text
stringlengths
71
459
label
int64
0
2
जेरार्ड पिकेले १० खेलाडीमा समेटिएको बार्सिलोनाको उद्दार गरेका छन् । उनको गोलमा बार्सिलोनाले क्याटलन डर्बीमा जिरोनासँगको खेल २–२ को बराबरीमा टुंग्याएको छ । क्याम्प नोउमा रक्षक क्लेमेन्ट लेङलेटलाई सिधा रातो कार्डमा गुमाउनु बार्सिलोनाका लागि महँगा पर्‍यो ।
2
आयातित विभिन्न सामग्रीका कारण स्वदेशी उद्योगहरू मर्कामा परिरहेका बेला सरकारले ‘एन्टी डम्पिङ ऐन’ ल्याउने भएपछि पूर्वका उद्योगी व्यवसायीले खुसी व्यक्त गरेका छन् ।
0
रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित साधारण शेयर (आइपिओ)मा छ गुणा बढी आवेदन परेको छ । कम्पनीले गत फागुन ११ देखि ३० गतेसम्म सीमित आइपिओ बिक्री गरेको थियो ।
0
अमेरिकी गायिका लाना डेल रे भाग्यवश बाँचेकी छन् । फ्लोरिडास्थित एमवे सेन्टरमा कन्सर्टका लागि निस्किएकी उनी झन्डै अपहरणमा परिन् । माइकल हन्ट नामको व्यक्ति हतियारसहित उनको पिछा गरिरहेको थियो । यो सूचना प्रहरीकहाँ पुग्यो । ओर्लान्डो पुलिसले उसलाई समातेपछि लाना बचेकी हुन् ।
1
सुनसरी मोरङ सिँचाइ योजनाले चार वर्षदेखि करोडौं रुपैयाँ खर्चेर योजनाको इन्टेकमा पानी छिराउँदै आएको छ । हिउँदे सिँचाइका लागि उक्त योजनाले करिब १० करोड रुपैयाँ खर्च गरिसकेको छ ।
0
अस्ट्रेलियामा एक महिनापछि हुन लागेको भारतीय फिल्म महोत्सवका लागि दुई नेपाली फिल्म छानिएका छन् । साथै, अभिनेता सुनील थापालाई विशेष सम्मान दिइने भएको छ ।
1
विश्व आर्थिक मञ्चको समापन समारोहमा गत वर्ष अमेरिकी खर्बपति एवं प्रविधि व्यवसायी मार्क बेनिअफले फेसबुकप्रति खरो टिप्पणी गरेका थिए ।
0
पाल्पा लोक आइडल धनमाया दिसुवा मगरले जितेकी छन् । श्रीनगर सामुदायिक टेलिभिजनद्वारा आयोजित गायन प्रतियोगिताको फाइनलमा निर्णायकहरूको मन जितेर उनले पुरस्कारस्वरूप एक लाख रुपैयाँ पाइन् ।
1
दोस्रो बजारमा सेयर कारोबारका लागि खुलेका करिब सवा १२ लाख खाता मंगलबारदेखि निष्क्रिय भएका छन् । नियामक निकायको निर्देशनबमोजिम ग्राहकको पूर्ण विवरण (केवाईसी) अद्यावधिक नगर्ने लगानीकर्ताका खाता रोक्का भएको हो ।
0
यी मोडल/गीतकार बस्छन् नवलपरासी, धाउँछन् राजधानी । यसरी नै उनले डेढ दर्जन गीतमा मोडलिङ गरे, केही गीत रेकर्ड गराए । लोकदोहोरी गायक खुमन अधिकारी र गायिका देवी घर्तीको स्वर रहेको ‘तिम्रो याद घटाउँm कसरी...’ बाट सुरु गरेका थिए, विपेश घिमिरेले मोडलिङ यात्रा । यसपछि ‘खुसीको के अर्थ...’, ‘नलाऊ झूटो पिरती...’ लगायतका गीतमा देखिए ।
1
मूल्य नपाएपछि यहाँको एउटै वडाको तीन सय क्विन्टल लसुन बिक्री भएको छैन । मुसीकोट नगरपालिका १० का किसानले उत्पादन गरेको लसुन उचित मूल्य नपाएपछि बिक्री नगरेका हुन् ।
0
तेस्रो लिटिल फ्लावर टी–२० प्रिमियर लिग क्रिकेटको फाइनलमा लिटिल बुद्ध कञ्चनपुर र आयोजक लिटिल फ्लावर धनगढी पुगेका छन् । फाइनल मंगलबार संघीय प्रहरी इकाईको क्रिकेट मैदानमा हुनेछ ।
2
भक्तपुरको जनप्रेमी स्कुलले ग्रासरुट भलिबल एकेडेमी स्थापना गरेको छ । राष्ट्रिय भलिबल दिवसको अवसर पारेर मंगलबार बिहान उक्त एकेडेमीको उद्घाटन गरिएको हो ।
2
सिद्धिचरण नगरपालिका ११ वितलवमा निर्मित चिराइतो प्रशोधन केन्द्र अलपत्र परेको छ । भवन बनेको तीन वर्षभन्दा बढी बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । प्रशोधन केन्द्र प्रयोगविहीन भएपछि केन्द्रबाट प्राप्त भएका मेसिन तथा औजारहरूमा खिया पर्न थालेको छ ।
0
सुन्दर अनुहार र उच्च शिक्षा लिएकी उनी नेपाली चलचित्र क्षेत्रमा लामै समयदेखि सक्रिय छिन् । उनले अभिनय गरेका प्राय चलचित्रहरुले औसत ब्यवसाय पनि गरिरहेका छन् । तरपनि न कुनै सुपरहिट भएको छ न कुनै सुपरफ्लप । त्यसैले उनी आफुलाई नेपाली चलचित्र क्षेत्रकी ‘मिड वे’ की नायिका मान्छिन् ।
1
वसन्त निरौला निर्देशित ‘मेला’ को फिल्मको पहिलो गीत आएको छ । ‘परिचय पाउँm...’ बोलको गीतमा फिल्मका अतिथि कलाकारद्वय गजित विष्ट र पवित्रा आचार्य फिचरिङ छन् ।
1
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई ई–सेवाले ब्रान्ड एम्बासडर बनाएको छ । पछिल्लो समय नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटसँग जोडिएको पेमेन्ट गेटवे ई–सेवाले आफ्ना ब्रान्डलाई प्रवद्र्धन गर्न स्टाइलिस ब्याट्सम्यान ज्ञानेन्द्रलाई चुनेको हो ।
2
शरद भेषावकरलाई समेट्दै नेपालले आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ समूहका लागि १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । प्रतियोगिता अक्टोबर ३ देखि १२ सम्म मलेसियामा आयोजना हुँदै छ ।
2
भारतले सन् २००२ देखि नेपाली वनस्पति घिउ आयातमा कोटा लगाएपछि यस्ता उद्योगको उत्पादन ९० प्रतिशत घटेको छ । नेपाल वनस्पति घिउ तेल उत्पादक संघका अनुसार भारतमा बजार गुमेपछि यस्तो अवस्था आएको हो । भारतले सन् २००२ यता एक लाख टन मात्रै आयात गर्ने गरी कोटा लगाएको छ । 
0
निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) को वैशाख ६ को विशेष साधारणसभाले विवादमा रुमल्लिएको नेपाली क्रिकेटको निकासमा ठूलो आशा देखाएको थियो । यसले दुई वर्षदेखि बन्दी बनिरहेको क्रिकेटलाई निष्कर्षमा पुर्‍याउने धेरैको अपेक्षा थियो ।
2
इन्डियन प्रिमियर लिगमा किङ्गस इलेभन पञ्जावका केएल राहुलले बिस्फोटक ब्याटिङ गर्दै १४ बलमा ५० रन बनाएर किर्तिमान रचे पछि दिल्ली डेयर डेभिल्सलाई आइतबार ६ विकेटले हराएको छ ।
2
२०७४ सालमा नेपाली टोलीले घरेलु मैदानमा दक्षिण एसियाली हिलचेयर बास्केटबल र क्रिकेटको उपाधि जित्दा हिमाल अर्यालले कप्तानी सम्हालेका थिए ।
2
गौरादह नगरपालिका १ टुकुनाखाडीका किसानले लगाएको चैतेधानमा ‘नेक ब्लास्ट’ रोगले क्षति पुर्‍याएको छ । उक्त रोगका कारण चार बिघा खेतको धान पूर्ण रूपमा नष्ट भएको छ ।
0
मन्त्रिपरिषद्ले नियमावली पारित गरेपछि विद्युत् नियमन आयोग गठनको बाटो खुलेको छ । ऊर्जा मन्त्रालयले तयार पारेको आयोगको नियमावली मन्त्रिपरिषद् बैठकले सोमबार पारित गरेको हो ।
0
तिब्बतमा यार्चागुम्बुले भाउ नपाएपछि स्थानीयबासी र व्यापारी मर्कामा परेका छन् । बर्सेनि यार्चाको भाउ घट्दै गएकाले तिब्बतमै बिकाउन मुस्किल भएको हो ।
0
५ देखि ७ जनासम्मको टिम बनाएर खेलिने फुटसल खेलमा युवासँगै पाका पुस्ताको समेत आकर्षण बढो छ  । युवामा फुटबल खेलप्रतिको अभ्यास र पाका पुस्तामा स्वास्थ्य र मनोरन्जनले खेलप्रतिको आकर्षण बढेको हो  ।
2
दैजीदेखि लिप्ना हुँदै डडेलधुराको जोगबुडासम्म जोड्ने १६ किलोमिटर सडक निर्माण सुरु भएको वर्षाैं भइसक्यो । उक्त सडक कालोपत्रेका लागि २ वर्षमा १९ करोड ४१ लाखमा ठेक्का सम्झौता पनि भयो ।
0
अमेरिकी गायिका केटी पेरी कपाललाई नयाँ–नयाँ स्टाइल दिइरहन्छिन् । कहिले कर्ली बनाउँछिन्, कहिले पिंक कलरमा रंग्याउँछिन् त कहिले सर्लक्कै कालो बनाइदिन्छन् । यसपालि भने उनले कपाललाई ठुटै पारेकी छन् । प्ल्याटिनम रङको छोटो कपाललाई सुहाउने मेकअप गर्न उनलाई कसले सिकाओस् ।
1
आठबीसकोट नगरपालिका १२ स्थित कालाखोला लघु जलविद्युत् आयोजना आठ वर्षदेखि अलपत्र छ  । आयोजनाको काम न बन्द छ न अगाडि नै बढ्न सकेको छ  ।
0
आइतबार र सोमबार उकालो लागेको शेयर बजार मंगलबार भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार १६८ दशमलव १७ विन्दुमा झरेको छ । 
0
बाँदरको उपद्रोबाट दिक्क भएपछि सुरु भएको अदुवा खेती हाल व्यावसायिक बन्न पुगेको छ । कटारी नगरपालिका ११ गोठडाँडाका किसानले अदुवा खेतीलाई आम्दानीको दरो स्रोत बनाएका हुन् । 
0
किसानले धान बिक्री गरिसकेपछि बल्ल खाद्य संस्थानले खरिद सुरु गरेको छ । उत्पादन राम्रो भए पनि कैलालीका किसानले यो वर्ष पनि समयमै धानको उचित मूल्य पाउन सकेनन् ।
0
कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले आयोजना गर्न लागेको ‘कान्तिपुर कन्क्लेभ’ आइतबार सुरु हुने भएको छ । दुई दिनसम्म चल्ने कन्क्लेभमा छलफलका अधिकांश विषय अर्थतन्त्रका विद्यमान मुद्दा र अवसरमा केन्द्रित रहनेछन् ।
0
गायक एसराज कुमारको ‘बाँडुली...’ गीत सार्वजनिक भएको छ । एसराजलाई उक्त गीतमा मेलिना राईले गायनमा साथ दिएकी छन् । एसराजकै रचना रहेको गीतमा थानेश्वर गौतमले संगीत भरेका हुन् ।
1
अभिनेत्री तबु बलिउड र हलिउडकी समेत महसुर कलाकार मानिन्छिन् । उनले थुप्रै चर्चित फिल्महरू दिइसकेकी छन् । सन् १९८० देखि नै फिल्म क्षेत्रमा लागेकी उनी अझै सिंगल छिन् । आफू अविवाहित हुनुको कारण भने उनले आफ्नो प्रिय साथी एवं को–एक्टर, अजय देवगनलाई मान्ने गरेकी छन् । उनी ४५ वर्षकी भइसकेकी छन् ।
1
चार वटा नमूना वस्ती निर्माण गरेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।
2
इन्टरनेसनल प्रेस एकेडेमीले सञ्चालन गर्दै आएको स्याटलाइट अवार्डस्मा नेपाली फिल्म ‘सेतो सूर्य’ पनि मनोनयनमा परेको छ । विभिन्न देशका छापा, टीभी, रेडियो, अनलाइनका रंग पत्रकारहरूको ग्लोबल संगठनका रूपमा रहेको एकेडेमीले दीपक रौनियार निर्देशित ‘सेतो सूर्य’ लाई अन्तर्राष्ट्रिय फिल्मतर्फको विधामा मनोनीत गरेको हो ।
1
भूकम्पपीडितलाई आवास निर्माणका लागि सरकारले सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म निर्ब्याजी ऋण दिने भने पनि अझै पाएका छैनन् ।
0
गण्डकी प्रदेश, प्रदेश १, शान्तिदीप र नमुनादीप युवा क्लब मन्थली मेयर कप रामेछाप सिभिल भलिबल च्याम्पियनसिपको सेमिफाइनल पुगेका छन् ।
2
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा संसारभरिका महिलाहरूले अनेक कार्यक्रम गरेर मनाइरहँदा रंगकर्मी महिलाहरू आरोहण गुरुकुल विराटनगरमा व्यस्त देखिए । उनीहरूले नेपाली महिलाहरूको वास्तविक चित्र नाटकमार्फत प्रस्तुत गरिन् । महिलामाथि भइरहेका विभेद अन्त्यका लागि महिला रंगकर्मीहरू सशक्त रूपमा नाटकमा देखिए । 
1
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतविरुद्ध उसकै भूमिमा ऐतिहासिक जित निकालेको छ । भुवनेश्वरमा जारी हिरो गोल्डकप फुटबलमा घरेलु टिमविरुद्ध पाएको २–१ को जित नेपाली महिला फुटबल इतिहासमै पहिलो हो । 
2
सदरमुकाम फुङलिङ र आसपास क्षेत्रमा दसैं लागेको छ । सहरदेखि गाउँसम्मका बासिन्दा घर सिँगार्न थालेका छन् । यो बेला सेतो र रातो माटोले घर चिरिच्याँट्ट बनाउँछन् । कालो लगाएर झयाल ढोका सजाउँछन् । घर, आँगन, पानी पँधेरा सफा बनाउँछन् ।
0
एक्सपर्ट धनगढी ब्लुजले नमस्ते पोखरा प्रिमियर लिगमा पहिलो विजय हात पारेको छ । आइतबार विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरी धनगढीले विजयको खाता खोलेको हो ।
2
केही अघि एक पाकिस्तानी कलाकारले बलिउड स्टार सलमान खानलाई ‘छिछोरा’ भनी टिप्पणी गरेकी थिइन् जुन भिडियो सोसल मिडियामा भाइरल बन्यो ।
1
‘लकिङ प्रणाली’ जडानको विरोधमा उत्रेका टयांकर चालकले इन्धन ढुवानी गर्ने सहमति जनाएका छन् ।
0
‘यस पालि हावाले निकै दु:ख दियो,’ बाल्दै गरेको दियो निभेपछि उर्मिला हाकुदुवालले भनिन् । जवाफमा उनकी साथी बोलिन्, ‘भजन गायो भने निभ्दैन कि ?’ अनि उनीहरूले विभिन्न देवदेवताका भजन गाउन थाले । संयोग पनि हुन सक्छ, तर हावा रोकियो । सिद्धपोखरीभरि क्रमश: दियोको झिलीमिली छायो ।
1
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का यतिखेर लन्डनमा छन् । यसपटक उनी न खेल अभ्यासमा छन्, न उनलाई प्रतियोगितामा हारजितको दबाब वा चिन्ता छ ।
2
शुक्रबारदेखि ‘चंगा चेट’ रिलिज हुँदै गर्दा यसका निर्देशक दीपेन्द्र के खनालमा तनावको पारो पनि चढिरहेको छ  । रिलिजको पूर्वसन्ध्यामा कान्तिपुरसँगको कुराकानी क्रममा उनले दर्शक/समीक्षकको प्रतिक्रिया कस्तो आउला भन्ने सोचेर चिन्ता बढिरहेको सुनाए  ।
1
यतिबेला हेमन्त रानाको ‘चालीस कटेसी रमाउँला...’ गीत चर्चामा छ । चलचित्रकर्मी प्रितम गुरुङले भने ४० वर्षमै रोचक कीर्तिमान राखेका छन् ।
1
उड्ने कार निर्माणको सपना मानिसले धेरै अघिदेखि गरेका हुन् । धेरै उपन्यास र फिल्ममा यसबारे कथा बुनिएका छन् । अब भने मानिसले देखेको उड्ने कारको सपना साकार हुँदै छ । धेरै कम्पनीले उड्ने कारको विकासमा अनुसन्धान गरिरहेका छन् । तीमध्ये केही कम्पनी भने परीक्षणको चरणमा छन् ।
0
सीवाइसी अत्तरियाले रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ को बिहीबारको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको छ । अत्तरियाको यो लगातार दोस्रो जित हो भने रुपन्देहीको लगातार दोस्रो जितपछिको हार हो ।
2
मुलुकमा तीन सेवा प्रदायकका फोरजी प्रयोगकर्ता १४ लाखभन्दा बढी भएको नेपाल दूरसञ्चार प्राधिरकणले जनाएको छ । प्राधिकरणका अनुसार गत फागुनसम्म नेपालमा फोरजी प्रयोगकर्ता १४ लाख १९ हजार छन् ।
0
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि जनकपुरमा छिमेकी मुलुकबाट पर्यटकको ओइरो लागेको छ । यहाँका होटल, धर्मशाला तथा लजहरू भरिभराउ छन् ।
0
सन् २०१५ मा कुनै बलिउड फिल्मको काम लिएर मुम्बईका निखिलसिंह राजपूत काठमाडौं आएका थिए । तीन/चार महिना यतै बस्नु थियो उनलाई । त्यही बेला पत्रकार दीपक अधिकारीले लेखेको एउटा समाचार हेरेपछि उनी स्तब्ध भए ।
1
आगामी असारभित्र थप २ सय ३६ स्थानीय तहमा वाणिज्य बैंक पुग्ने भएका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म ती स्थानीय तहमा वाणिज्य बैंकहरूले शाखा स्थापना गर्न लागेका हुन् । 
0
ब्याज अनुदानसम्बन्धी सहुलियतपूर्ण ऋण प्रवाहमा राष्ट्र बैंकले जोड दिएको छ । यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन गर्न थालेको छ । सोही क्रममा ब्याज अनुदानसम्बन्धी सहुलियतपूर्ण ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा/निक्षेप तथा पुँजी अनुपात (सीसीडी) मा छुट पाउने दिने भएको छ । 
0
अब लगानीकर्ताले धितोपत्र ब्रोकरबाट ऋण लिएर राम्रा कम्पनीको सेयरमा लगानी गर्ने सुविधा पाउने भएका छन् । धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरूलाई मार्जिन कारोबार सम्बन्धी सेवा प्रदान गर्न अनुमति दिएपछि लगानीकर्ताले यस्तो सुविधा पाउने भएका हुन ।
0
काठमाडौं पाटनको कृष्ण मन्दिर परिसरमा सोमबार बिहान एक युवतीलाई हत्कडी लगाएर सुरक्षाकर्मीले नियन्त्रणमा लिएको भिडियो फोटो पत्रकार दिनेश बोहराले कैद गर्न भ्याएका थिए । त्यसलाई युट्युबमा हालेपछि जनचासो ह्वात्तै बढ्यो ।
1
विभागीय टोली एपीएफले चौथो आरबीबी–एनभीए महिला क्लब लिग भलिबलमा मंगलबार दोस्रो जित दर्ता गरेको छ । एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराएर लिगमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको हो ।
2
सञ्चारकर्मी योजना पुरीले तीज गीत सार्वजनिक गरेकी छन् । तीजको अवसरमा पुरीले ‘यसपालि तीजमा रुन्चे गीत गाउँदिन...’ गीत सार्वजनिक गरेकी हुन् । उनले तीन वर्षदेखि वर्षेनि तीज गीत आउँदै आएकी छन् ।
1
पुँजी बजारसम्बन्धी प्रदर्शनी बुधबारदेखि सुरु हुँदै छ । धितोपत्रको प्राथमिक र दोस्रो बजारसम्बन्धी जानकारी दिने उद्देश्यले बुधबार र बिहीबार (वैशाख २६ र २७ गते) पुँजी बजार प्रदर्शनी (क्यापिटल मार्केट एक्स्पो) हुन लागेको हो ।
0
मिस मंगोल नेपाल २०१७ को उपाधि सिन्धुपाल्चोककी १७ वर्षीया अनीता लामाले चुमेकी छन् । राजधानीमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा उनले मुलुकभरका २९ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि उछिनेकी हुन् । मिस पङ्चुअलको उपाधिसमेत पाएकी उनले ताजसँगै एक लाख रुपैयाँ हात पारिन् ।
1
छैटौं संस्करणको म्युजिक खबर म्युजिक अवार्डमा विधागत रूपमा ३४ जना सर्वोत्कृष्ट पुरस्कृत भएका छन् । राजधानीको राष्ट्रिय नाचघरमा आयोजित अवार्ड समारोहमा गीतसंगीतको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएबापत गीतकार रत्नशमशेर थापालाई दीर्घ सेवा सम्मान प्रदान गरियो ।
1
 दशक लामो सशस्त्र युद्ध मुलुकमा किन भयो ? आ–आफ्नै तर्क होलान् । यही प्रश्न त्यसमै होमिएकालाई सोधियो भने कस्तो जवाफ आउला ? पाँच वर्षअघि रंगकर्मी राज शाहले माओवादी छापामारलाई यस्तै प्रश्न सोधेका थिए ।
1
कोलकाता बन्दरगाहको समस्याले आजित नेपाली आयातकर्ता भारतकै अर्को बन्दरगाह विशाखापट्टनम खुला भएपछि एक वर्षअघि जति उत्साहित थिए, अहिले त्यसमा कमी आएको छ ।
0
मिडफिल्डर लक्ष्मण रुचाल ५ वर्षअघि लिगमा सरस्वतीविरुद्ध उत्रँदा तत्कालीन उनको टोली हिमालयन शेर्पालाई सुपर ६ चरणमा पुग्न जित आवश्यक थियो ।
2
मोरङ फुटबल एकेडेमी दोस्रो डाँगीहाट बुद्ध एयर गोल्डकप फुटबलको फाइनल पुगेको छ । मोरङले बिहीबार लक्ष्मी खेल मैदानमा बिहीबार चर्च ब्वाइज काठमाडौंलाई २–१ ले पराजित गरेको हो ।
2
ललितपुरका अनुज पिटरको विवाह गर्न युवतीसँग टीकाटालो भयो । ‘इन्गेजमेन्ट’ पछि उनले आफू समलिंगी भएको महसुस गरे । भइसकेको इन्गेजमेन्ट तोडा परिवारले साथ दिने कुरै भएन । पछि बिस्तारै उनले परिवारलाई सम्झाइबुझाई गरे । परिवारले उनलाई स्विकार्‍यो । उनले पनि आफ्नो समलैंगिकतालाई खुलेर प्रदर्शन गरे । 
1
निर्माणपूर्वका तयारी सम्पन्न गर्न नसक्दा सरकारले पटकपटक म्याद थप्दै आएको माथिल्लो कर्णाली आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) अझै हुन सकेको छैन ।
0
मकवानपुर र सिन्धुपाल्चोकमा किबी खेतीतर्फ कृषकहरूको आकर्षण बढ्दै गएको छ । कृषकहरूले किबी खेतीबाट राम्रै आम्दानी गर्न थालेका छन् । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नपा वज्रबाराही लिलाखेलका मनोरथ बलामीले किबी खेती गरेर यो वर्ष ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।
0
जितेन्द्र परियार र प्रेरणा कोइराला शनिबार छैटौं सिटिजन्स बैंक खुला टेनिसमा च्याम्पियन भएका छन् । त्रिपुरेश्वरस्थित राखेपको टेनिस कोर्टमा पुरुष एकल फाइनलमा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्रले कमल भण्डारीलाई ६–३, ३–६, ६–३ को सेटमा हरायो । उनले यो तेस्रोपल्ट उपाधि जितेका हुन् ।
2
भ्याली च्यासल युथ क्लब बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएको छ । देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सोमबार च्यासलले सीएमजी क्लब संकटालाई २–० ले पराजित गरेपछि क्वाटरफाइनल सुरक्षित गरेको हो । 
2
डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार एनआरटीविरुद्ध ३ अंक त जोड्यो तर त्यसमा घाइते भएपछि विंगर प्रकाश बुढाथोकी आठ सातासम्म मैदानबाहिर हुने भएका छन् ।
2
नेपाली आधुनिक संगीतमा लोकप्रिय नाम हो– रामकृष्ण ढकाल । झन्डै तीन दशकदेखि नेपाली श्रोतामाझ ढकालको क्रेज सदाबहार छ । यति बेला भने उनी नयाँपुराना गीतहरूका साथ ‘रामकृष्ण ढकाल एकल साँझ’ गर्ने तयारीमा छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आउँदो शुक्रबार ढकालले २० भन्दा बढी गीत गाउँदै छन् ।
1
आगामी फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । 
2
‘मार्जिन कल थेगिनसक्नु भयो, दिनहुँजसो फोन आउँछ, उठाउँनै दिक्क लाग्छ,’ सेयर लगानीकर्ता हेमन्त पौडेलले भने । अर्का लगानीकर्ता दीपेश रायमाझीले पनि गुनासो पोखे, ‘बैंकले पनि ऋण नतिरेरै भाग्ला जस्तो गर्छन्, बजार घटिरहेको छ, हाम्रो समस्या पनि बुझ्नु नि ।’
0
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्ष (सन् २०१८) मा ७१ लाख ९० हजार हवाई यात्रुले ओहोरदोहोर गरेका छन् । यो हालसम्मकै सबैभन्दा धेरै हो भने १० वर्षको दाँजोमा १ सय ५० प्रतिशतले यात्रु ओहोरदोहोर बढेको हो ।
0
भारतले लाइसेन्सबिना ताजा अदुवा आयात गर्न पाइने व्यवस्था गरेपछि नेपाली किसानलाई निर्यात गर्न सजिला हुने भएको छ ।
0
विद्युत् आयोजनाको उत्पादन अनुमति (लाइसेन्स) पाएको कम्पनीले घुमाउरो बाटो प्रयोग गरी अर्को कम्पनीलाई लाइसेन्स बिक्री गर्न मिल्ने कानुन संशोधन गर्न सांसदहरूले माग गरेका छन् ।
0
दुई हिरोइन कदापि राम्रा साथी बन्न सक्दैनन् भन्ने भनाइ सुिनँदै आएको हो । यो कुरा बलिउडका केही डिभालाई हेर्दा हो जस्तै पनि लाग्छ । बलिउडले दशकौंदेखि अभिनेत्रीहरूबीचको ‘क्याट फाइट’ झेल्दै आएको छ । यस्तो किस्सा अहिले फेरि दोहोरिएको छ । कुरा हो, फिल्म ‘जुडवाँ’ का दुई अभिनेत्री, तापसी पन्नु र ज्याकलिन फर्नान्डेजको । उनीहरू एकअर्कालाई रुचाउन छोडेका छन् ।
1
त्रिभुवन आर्मी र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले तेस्रो ललित मेमोरियल युथ यू–१८ च्याम्पियनसिपको उपाधिलाई भिड्ने भएका छन् ।
2
थारू भाषाको फिल्म ‘भुरभुरा रहर’ दसैंमा प्रदर्शन हुने तरखरमा छ । मूलधारको नेपाली फिल्ममा जत्तिकै लगानी रहेको भनिएको फिल्मको सुटिङमा अत्याधुनिक क्यामेरा र ड्रोनसमेत प्रयोग गरियो । मुख्य कलाकारहरू इन्द्र चौधरी र नायिका भीष्माकुमारी चौधरीले राम्रै पारिश्रमिक लिए ।
1
उखु खेतमै फूलेर सुक्न थालेपछि यहाँका किसानहरू सरकारले तोकेको न्यूनतम मूल्यभन्दा ३० रुपैयाँ कममा उद्योगीलाई उखु बिक्री गर्न बाध्य भएका छन् । 
0
झन्झटिलो र खर्चिलो प्रक्रियाका कारण बर्सेनि अर्बौं मूल्यको जडीबुटी भारत निर्यात हुने गरेको छ । नेपाली उद्योग त्यही जडीबुटी पुन: भारतबाट महँगो मूल्यमा खरिद गर्न बाध्य छन् ।प्रदेश ५ का प्यूठान, दाङ, रुकुम, रोल्पा, बाँकेमा जडीबुटी उत्पादन हुन्छ । कर्णालीका हुम्ला, जुम्ला पनि जडीबुटी उत्पादन हुने जिल्ला हुन् ।
0
क्रिकेट सहरको परिचय बनाउने क्रममा धनगढीमा पहिलोपल्ट प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । 
2
आयोजक रमपम झापा ११ टाइब्रेकरमा जित निकाल्दै झापा गोल्डकप फुटबलको फाइनल पुगेको छ । बलियो प्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई ४–३ ले हराउँदै झापा उपाधि दाबेदार बनेको छ । 
2
सिमरा रंगशालामा भइरहेको दसौं सिमरा गोल्डकप फुटबलमा मंगलबार अन्तिम क्वाटरफाइनलमा रुस्लान थ्रीस्टार क्लब विजयी भएको छ । उसले सीएमजी संकटा क्लबलाई २–० स्तब्ध पार्दै सेमिफाइनल यात्रा तय गरेको छ । 
2
सबैभन्दा बढी विदेश टुर गर्ने नेपाली गायकमा पर्ने राजेशपायल राई केही दिनदेखि यतै छन् । सांगीतिक प्रस्तुतिका लागि उनी पाँचौँ पटक सिड्नी आइपुगेका हुन् ।
1
साफ महिला च्याम्पियनसिपको पाँचौं संस्करण फागुन २८ देखि चैत ८ सम्म विराटनगरको सहिद रंगशालामा हुने भएको छ । 
2
विराटनगर वारियर्सलाई ४ विकेटले हराउँदै भैरहवा ग्ल्याडिएटर्स टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्लेअफ चरणमा प्रवेश गरेको छ । भैरहवाको यो लगातार तेस्रो जित हो ।
2
पाहुना टोली हङकङ नेप्लिज एकेडेमी विरुद्ध फराकिलो जित निकाल्दै हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचौँ माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ । सुनिल खड्काको ह्याट्रिक मद्दतले हिमालयन शेर्पाले १ का विरुद्ध ५ गोल अन्तरमा हङकङलाई पाखा लगायो । 
2
युरोपियन च्याम्पियन्स लिगको उपाधि लगातार तेस्रो वर्ष जितेको केही दिनमै रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सबैलाई स्तब्ध पार्दै बिहीबार क्लब छाडेका छन् ।
2
रिलिजको एक महिनाअघि लभस्टोरी ‘ए मेरो हजुर २’ को ट्रेलर सार्वजनिक भएको छ। झरना थापाको डेब्यु निर्देशन रहेको फिल्म भदौ १६ मा रिलिज हुँदै छ।
1
राष्ट्रिय कप्तान पारस खड्का र उनका प्रशिक्षक जगत टमाटाले कीर्तिमान बनाएको दिन नेपाली क्रिकेटले एनएसजेएफ–पल्सर स्पोर्टस अवार्ड २०७४ मा वर्चस्व जमाएको छ । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित अवार्डमा पारस चौथोपल्ट वर्षका उत्कृष्ट खेलाडी बने भने टमाटाले वर्ष प्रशिक्षकको उपाधि हात पारे ।
2
नेपाली सेनाका खगेन्द्र भाट तेस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ–म्याराथन च्याम्पियन बनेका छन् । उनले ३ घण्टा ४९ मिनेट २७ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गरेका थिए । सेनाकै भरत खत्री ४ घण्टा ६ मिनेट १८ सेकेण्डमा सोही दूरी पार गर्दै दोस्रो भए । ४ घण्टा ७ मिनेट ५८ सेकेण्डका साथ सेनाकै सुवास कार्की तेस्रो भए । 
2
दार्चुला 'हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन,' यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाको । 
0
अचेल सामाजिक सञ्जाल पारिवारिक सन्दर्भ सेयर गर्ने गतिलो थलो बन्दै गइरहेको छ । संसारको जुनसुकै थलोमा रहे पनि आफ्ना शुभचिन्तकसित नियमित सम्पर्कमा रहिरहने माध्यमको रूपमा पनि यसको प्रयोग हुँदै आएको छ ।
1
जब रेखा थापा मञ्चमा उक्लिइन्, धेरैले अपेक्षा गरेभन्दा भिन्न विषयसहित प्रस्तुत भइन् । नायिका भएकाले पनि फिल्मकै बारेमा बोल्लिन् वा नाचेर मनोरञ्जन देलिन् भन्ने अपेक्षाले पश्चिमको चन्द्रौटामा आयोजित कार्यक्रममा भेला भएकाहरू नारी वेदना र पीडाका कुरा सुनेर भावुक बने ।
1
बंगाली र हिन्दी नाटकको भीडमा नेपाली नाटक ‘पानीघट्ट’ ले पश्चिम बंगालको पुरानो सरह कोलकातामा दर्शकको मन जितेको छ । 
1
पहिलो पटक बेलायत आएका नायक सौगात मल्ल (हाकु काले) दुई साता लामो बसाइमा अनगिन्ती सम्झना लिएर सोमबार नेपाल फिरे । बेलायतमा नेपाली चलचित्रप्रेमी उनको कल्पना भन्दा उल्लेख्य भेटिए । ‘नेपाली चलचित्र मन पराउने दर्शकहरु बेलायतमा अत्यधिक हुनु हुँदोरहेछ', सौगातले कान्तिपुरसंग भने, ‘यसले नेपाली चलचित्रको बजार भविष्य अन्तर्राष्ट्रिय क्षेत्रमा उज्ज्वल रहेको संकेत दिन्छ ।’
1