text stringlengths 71 459 | label int64 0 2 |
|---|---|
सहकारीमा लागेपछि गंगा शाहले आर्थिक उन्नति मात्रै होइन सामाजिक सम्मान पनि पाएकी छन् । सात वर्षअघि ५ रुपैयाँ जुटाउन उनलाई हम्मेहम्मे हुन्थ्यो । आफ्नो आम्दानी एक सुको थिएन । | 0 |
बंगलादेशको उत्तर बरिन्धरा क्लबलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै थ्रीस्टार क्लब १६ औं आहा–रारा गोल्डकपको फाइनल पुगेको छ । | 2 |
विदुर नगरपालिका ३ स्थित देवीघाट जलविद्युत केन्द्र परिसरमा नेपाल विद्युत प्राधिकरणले २५ मेगावाटको सोलार प्लान्ट निर्माण गर्ने भएको छ । उक्त प्लान्टको शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्लान्टको शिलान्यास गरेका छन् । उक्त प्लान्ट नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण हुने भएको हो । | 0 |
भक्तपुरको जनप्रेमी स्कुलले छात्रा भलिबलको उपाधि जितेको छ । मध्यपुर थिमी नगरपालिकामा रहेका ११ वटा संस्थागत विद्यालयहरुको समूह (एसडिआरवी) ले आयोजना गरेको भलिबल खेलमा जनप्रेमीले युनिक एकेडेमीलाई हराउँदै उपाधि जितेको हो । | 2 |
सन् १९६० को दशकपछि नेपाली आधुनिक कला सुरु भएको मानिन्छ । त्यसको केही समयलगत्तै प्रिन्टमेकिङ माध्यम पनि देखा पर्न थाल्यो । यस माध्यमको बाटो खोल्ने जस वरिष्ठ चित्रकार उर्मिला उपाध्याय गर्गलाई जान्छ । | 1 |
श्रीदेवीलाई मरणोपरान्त उत्कृष्ट अभिनेत्रीको आइफा अवार्ड दिइएको छ । थाइल्यान्डको बैंककमा सोमबार राति आयोजित आइफा अवार्ड्समा उनलाई ‘मम’ फिल्ममा निर्वाह गरेको शीर्ष भूमिकाका लागि पुरस्कृत गरिएको हो । | 1 |
इन्डियन प्रिमियर लिगमा किङ्गस पञ्जाव इलेभनले दिल्ली डेयरडेभल्सलाई आइतबार ६ विकेटले हराएको छ । पञ्जाव ७ बलको खेल बाँकी छँदा जितसम्म पुगेको थियो । | 2 |
यो साता वाणिज्य बैंकहरूको सेयरमा लगानीकर्ताको आकर्षण निकै बढेको छ । बजार घटेसँगै सेयर मूल्य तल झरेपछि ती कम्पनीहरूको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । | 0 |
खुला सीमा नाकाका कारण जिल्लामा चिनियाँ मदिरा भित्रिने क्रम बढदै गएको छ । प्रहरीले मदिरा नियन्त्रण अभियान सञ्चालन गरेसँगै चिनियाँ अवैध मदिरा बरामद हुने क्रम बढेको छ । | 0 |
त्रिभुवन आर्मी क्लबको पुरुष टोलीले इन्गेज इम्पावरिङ लिग ह्विलचियर बास्केटबलमा पहिलो दिन दोहोरो जित दर्ता गरेको छ । | 2 |
राजधानीमा ‘छैटौं नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०१७’ हुने भएको छ । ‘अफ्रिकालाई अन्य देशको नभएर अफ्रिकाकै लेन्सबाट हेरिनुपर्छ’ सन्देशसहित राजधानीमा कलेज अफ मास कम्युनिकेसन एन्ड जर्नालिज्मले पत्रकार सम्मेलन गर्दै असोज २ देखि ४ सम्म तीनदिने फेस्टिभल हुने जानकारी दिएको हो । | 1 |
भूपू गोर्खाहरूको उल्लेख्य लगानी रहेको बेलायतस्थित ऊर्जा कम्पनी जिनर्जीले छोटो समयमै ग्राहकको संख्या बढाउँदै लगेको छ । सन् २०१४ को २४ नोभेम्बरदेखि औपचारिक रूपमा ग्यास र बिजुली आपूर्ति गर्ने काम थालेको कम्पनीले यो अवधिमा बेलायतभर झन्डै ११ हजार ग्राहक बनाइसकेको जनाएको छ । | 0 |
थोरै धेरै भए पनि तपाई हामी सबैको गोजीमा पैसा हुन्छ । अब अनुमान गर्नुहोस् । सबै नेपालीसँग कति पैसा होला ? उत्तर हामीले भन्नु पर्दैन । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आइतबारसम्म ४ खर्ब ७० अर्ब रुपैयाँ बराबरका मुद्रा चलनमा छ । | 0 |
सरकारले १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चाइना गेजुवा ग्रुप कम्पनीलाई दिन घुमाउरो बाटो प्रयोग गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्ले ऊर्जा मन्त्रालयलाई बूढीगण्डकी आयोजना ईपीसीएफ मोडलमा निर्माणका लागि गेजुवालाई दिन ‘वार्ता गरी समझदारी गर्न’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको हो । | 0 |
जिल्लाका किसानले तीन बाली धान खेती गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपर जोन कार्यान्वयनमा आएपछि जिल्लाका किसान बाह्रै महिना धान खेतीमा लागेका हुन् । | 0 |
पछिल्लो समय फिल्ममा रंगकर्मीहरूको लोभलाग्दो सहभागिता छ । पञ्चायत कालमै नेपाली फिल्ममा रंगकर्मीहरूको सहभागिताा ठूलो रहेको भए पनि ‘लुट’ फिल्ममा दयाहाङ राई, सौगात मल्ल, प्रवीण खतिवडा, कर्मा शाक्यको उपस्थितिपछि नेपाली फिल्ममा भिन्न लहर आएको मानिन्छ । | 1 |
अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रियसभाको दुई छुट्टाछुट्टै बैठकलाई सम्बोधन गर्दै प्रि–बजेट छलफल निर्वाचन क्षेत्रमुखी भएको बताएका छन् । | 0 |
नायिका छुल्ठिम गुरुङले आफ्नै ब्यानरमा बनाएको ‘डायरी’ जेठ ५ मा रिलिज हुने भएको छ । ‘नोभेम्बर रेन’ की सहनायिकाका रूपमा डल्लीबाट फिल्मी दर्शकमाझ नोटिस भएकी छुल्ठिम ‘डायरी’ मा भने सोलो नायिकाका रूपमा देखिँदै छिन् । त्यसो त फिल्मका निर्देशक अनिल योन्जनले पनि यही फिल्मबाट डेब्यु गर्न लागेका हुन् । | 1 |
नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले गर्दै आएको मिस तामाङ नयाँ पुस्तामा मौलिक सांस्कृतिक ज्ञान हस्तान्तरण गर्ने प्लेटफार्म हुने आयोजकले दावी गरेको छ । | 1 |
नागढुंगा–नौबिसे सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को खाका तयार भएको छ । भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले केही दिनमै उक्त डीपीआर मन्त्रालयले पाउने जनाएको छ । | 0 |
आयोजक झापा ११ बिर्तामोडमा जारी मगमग चौथो झापा गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । सोमबार घरेलु टोली झापाले नेप्लिज–हङकङ एकेडेमीलाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । | 2 |
दक्षिण एसियाली सहयोग संगठन (सार्क) अन्तर्गतका सदस्य मुलुकहरू केही खाद्य वस्तुमा एउटै गुणस्तर मापदण्ड कायम गर्न सहमत भएका छन् । सहमतिअनुसार बिस्कुट, प्रशोधित चिनी र दूधजन्य वस्तुमा यो मापदण्डमा लागू हुनेछ । | 0 |
अन्तिम खेलमा फ्रेन्ड्स क्लबसँग पराजित भएपछि सहिद स्मारक ए डिभिजन लिगमा शतप्रतिशत जितसाथ कीर्तिमान बनाउने मनाङ मस्र्याङदी क्लबको लक्ष्य पूरा हुन सकेन । ए डिभिजन लिगको कीर्तिमानी ट्रफी उचाल्नुअघिको हार मनाङका लागि खल्लो बन्यो । | 2 |
साल्ट ट्रेडिङ कर्पोरेसन्समा सरकारमार्फत आएको विदेशी अनुदानलाई सेयरमा रूपान्तरण गर्ने विषयमा आपूर्ति मन्त्रालयले निजी साझेदारको पक्ष लिएको छ । | 0 |
सिद्धार्थ रंगशाला भैरहवामा जारी रूपन्देही टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार देवदह क्रिकेट युनिट र न्यु होराइजन क्रिकेट क्लब बुटवल सेमिफाइनल पुगेका छन् । | 2 |
संचारकर्मी, कवि एवं कथाकार फूलमान वलले फिल्म निर्देशनमा हात हालेका छन् । उनी निर्देशित फिल्म ‘नीरफूल’ यतिबेला धमाधम छायांकन भइरहेको छ । फिल्म युनिटले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर ‘नीरफूल’को ७० प्रतिसत छायांकन पुरा भएको जनायो । | 1 |
चैत महिनामा प्राय: खेतबारी बाँझै बस्छन् । यस्तो मौसममा बाँझो रहने खेतलाई हरियाली बनाउन सरकारले ल्याएको कार्यक्रममा किसान सहभागी हुन थालेका छन् । सिँचाइ सुविधा भएका खेतमा चैतेधान लगाए सरकारले बिमामार्फत सहयोग गर्न थालेको हो । | 0 |
चेल्सीले शनिबार राति एफए कप जितेको छ । वेम्लीमा भएको फाइनलमा उसले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको हो । | 2 |
अहिले नयाँ फिल्म निर्माणमा होडबाजी छ । यसरी निर्माण गरिएका फिल्मको प्रचार आक्रामक भए पनि हलमा भने टिक्न धौधौ पर्छ । लगानी धेरै भए पनि फिल्मले लगानी उठाउन हम्मेहम्मे पर्छ । यही भीडमा दर्शमाझ आउने तयारीमा छ फिल्म ‘जोनी जेन्टलम्यान’ । | 1 |
पल्सर स्पोर्ट्स अवार्ड २०७४ को १५ औं संस्करण ४ जेठमा आयोजना गर्ने नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार घोषणा गरेको छ । | 2 |
युवा जनशक्ति बिदेसिएपछि यहाँका विकास निर्माणका ठूला योजनामा कामदार अभाव भएको छ । जिल्लामा संघ र स्थानीय तहबाट सञ्चालित योजना समयमै सम्पन्न हुन सकेका छैनन् । धेरै योजना भारतीय र जिल्लाबाहिरका कामदारको भरमा चलेका छन् । | 0 |
आदिवासी जनजातिमा सूचीकृत भुजेल समुदायको संस्कृति फिल्ममा समेटिने भएको छ । भुजेल समाज सेवा समितिको सक्रियतामा ‘नि–प्हुँगाल’ (हामी भुजेल) बन्ने भएको हो । | 1 |
टुकीको भरमा जीवन गुजार्दै आएका मकवानपुरका दुर्गम चेपाङ बस्तीका बासिन्दाहरू अहिले गाउँमै उत्पादन गरेको बिजुलीको उज्यालोमा बस्न पाउँदा दंग परेका छन् । | 0 |
आयल निगमले दसैंको बिदामा पनि इन्धन वितरण गर्ने भएको छ । बजारमा इन्धन अभाव हुन नदिन सार्वजनिक बिदामा पनि वितरण गर्ने निगमले जनाएको हो । | 0 |
कामना फिल्म अवार्डस्को चौथो शृंखलामा फिल्म ‘लिलिबिली’ ले सर्वाधिक पाँच विधामा अवार्ड जितेको छ । सर्वोत्कृष्ट फिल्म र सर्वोत्कृष्ट निर्देशकसहित महत्त्वपूर्ण विधामा समेत यही फिल्म उत्कृष्ट चुनियो । | 1 |
क्रिस्टियानो बिरागीले अन्त्यतिर निर्णायक गोल गर्दै रोबेर्टो मान्चिनीले सम्हालेयता इटालीलाई प्रतियोगितामा पहिलो जित दिलाएका छन् । अजुरीले नेसन्स कपमा सोरजोभमा भएको नेसन्स लिग ए को समूह ३ मा आइतबार पोल्यान्डमाथि १–० को जित हात पारेको हो । | 2 |
नेपाललाई आवश्यक ग्यास पाइपलाइनबाट दिन भारत सहमत भएको छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउन पाउने समझदारी भई निर्माणको काम भइरहेको छ । | 0 |
फिल्म प्रदर्शनमा ५१ औं दिनलाई सफलताको कोशेढुंगा मान्ने गरिन्छ । डिजिटलाइजेसनको युगमा मास रिलिजको परिपाटीले ओपनिङ व्यापारमा केन्द्रित हुन थालेपछि फिल्मको प्रदर्शन आयु घटेको छ । यस्तोमा चैत ९ देखि प्रदर्शनमा आएको ‘शत्रु गते’ ले शनिबार ५१ औं दिनको दुर्लभ सफलता आत्मसात् गरेको छ । | 1 |
ओम प्रतीक गुरुङको निर्देशन रहेको फिल्म ‘बटरफ्लाई’ को शनिबार ट्रेलर सार्वजनिक गरिएको छ । आर्यन अधिकारी र प्रियंका कार्की अभिनीत उक्त फिल्मको ट्रेलरमा प्रेम, रोमान्स, सस्पेन्स र एक्सनको भरपुर प्रयोग गरिएको छ । | 1 |
नेपालले बलियो मानिएको थाइल्यान्डको सामना गर्दै बुधबार एएफसी यू–१९ महिला च्याम्पियनसिप २०१९ को छनोट यात्रा थाल्दैछ । नेपाली महिला फुटबल टोलीले थाइल्यान्डविरुद्ध पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेको हो र बैंककमा हुने खेलमा आयोजक टिमलाई निकै बलियो मानिएको छ । | 2 |
बलिउड अभिनेता सलमान खानका दुवै भाइ सोहेल र अरबाज फिल्म क्षेत्रमै छन् । तर, उनीहरूको फिल्मी करिअर त्यति सफल छैन । यद्यपि, सोहेल–अरबाजले निर्माताका रूपमा राम्रै अर्थोपार्जन भने गरेका छन् । | 1 |
एक वर्षअघि, सामाजिक सञ्जालहरूमा एउटा फोटो भाइरल भयो । गोरखाको भुम्लीचोककी कुसुम श्रेष्ठले डोकामा तरकारी बोकेर खोला तर्दै गरेको फोटो पर्यटन व्यवसायी रूपचन्द्र महर्जनले सामाजिक सञ्जालमा अपलोड गरेसँगै ‘तरकारीवाली’ को चर्चा चुलियो । उनी ‘सेलेब्रिटी’ बनिन् । | 1 |
दुई वर्षअघि फाइनल खेलेको बंगलादेशले बिहीबार कमजोर मानिएको भुटानविरुद्धको खेलमार्फत् पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको यात्रा सुरु गर्दै छ । | 2 |
करिब दशकपछि बझाङ विमानस्थलमा हवाईजहाज अवतरण भएको छ । ०६५ देखि बन्द विमान स्थलमा परीक्षण उडानका क्रममा आएको नेपाल वायुसेवा निगमको वाइ १२ ई जहाजले बुधबार अवतरण गरेको हो । | 0 |
इंग्ल्यान्डका पूर्व ब्याट्सम्यानद्वय इयान बेल र जोनाथन ट्रोटले नेपालसँग लर्डसमा खेल्ने भएका छन् । क्रिकेटको ‘मक्का’ मानिएको लर्डसमा बेल र ट्रोटले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बाट खेल्न लागेका हुन् । एमसीसी, नेपाल र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक एकदिने ट्वान्टी–२० शृंखला जुलाई २९ मा हुँदै छ । | 2 |
९ सय मेगावाटको संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस पुखुवामा अज्ञात समूहले बम विस्फोटन गराएका छन् । बिहीबार राति चिचिला गाउँपालिका–३, पुखुवामा रहेको पावरहाउसस्थलमा ३ वटा बम विस्फोट गराएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए । | 0 |
मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पाँचौँ संस्करण बिहीबार राजधानीमा सुरु हुने भएको छ । | 1 |
चलचित्र पत्रकार संघ नेपालले १८ औं वार्षिकोत्सव समारोहको अवसर पारेर आइतबार संघका सदस्यलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
| 1 |
चन्दननाथ ९ उम्गाडका रतनबहादुर रावलको कालिका फलफूल नर्सरीमा बर्सेनि २२ हजार स्याउका बेर्ना उत्पादन हुन्छन् । उनले स्याउसँगै जुम्लामा फल्ने अरू फलफूलका बेर्नासमेत उत्पादन गर्दै आएका छन् । उनको नर्सरीबाटै ४४ रुपैयाँ प्रतिगोटा स्याउका बेर्ना बिक्री हुने गरेका छन् । | 0 |
साफ यू-१५ गर्ल्स च्याम्पियनसिपको सेमिफाइनलमा भारतले नेपाललाई २-१ ले पराजित गरेको छ । भारतले ३१ औं मिनेटमा लिन्डा कोमको गोलमा सुरुआती अग्रता बनाएको थियो । | 2 |
दोस्रो मिसेस नेपाल यूके २०१८ को ताज बिनु लामिछानेले जितेकी छन् । लन्डनस्थित हयारो फुटबल क्लबमा आयोजित प्रतियोगितामा १२ प्रतिस्पर्धीलाई पछि पार्दै हयारो निवासी डेन्टल नर्सिङ पेसामा आबद्ध लामिछाने अब्बल ठहरिएकी हुन् । | 1 |
सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ३६ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा यो ३.०३ प्रतिशतको वृद्धि हो । यो वृद्धिले समग्र नेप्से परिसूचक १ हजार २ सय २४.४१ विन्दुमा पुगेको छ । | 0 |
बजारमा चर्को मूल्य असुली र गुणस्तरमा समस्या भइरहेका बेला सरकारले गर्ने अनुगमन रोक्न निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाले नै दबाब दिन थालेका छन् । बजार अनुगमन र मूल्यमा हस्तक्षेप गर्ने अधिकार पाएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही केही अगाडि बढाएपछि निजी क्षेत्रले दबाब दिएको हो । | 0 |
ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको तेस्रो संस्करण मंगलबार सुरु हुँदै छ । पहिलो दिन न्युरोड टिम (एनआरटी) र मछिन्द्र क्लब तथा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी र सरस्वती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । | 2 |
शिवम् न्यु डायमन्ड एकेडेमी १३ औं रेडबुल ढोरपाटन महिला डबल लिग भलिबलको दोस्रो चरणअन्तर्गत मंगलबार दोहोरो जित निकालेको छ । | 2 |
नेपाली फिल्ममा कुनै समय धीरेन शाक्यको नामै काफी थियो । एक जमानाका लोकप्रिय स्टार अचेल अभिनयभन्दा आफ्नै फिल्म प्रोडक्सन कम्पनी चलाउन व्यस्त छन् । बचेको समय चाहिँ म्युजिक भिडियोलाई दिन्छन् । | 1 |
उपाधिका दाबेदारहरू थ्रीस्टार र पुलिसले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विहीबार तीन अंक जोडदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको यात्रा सुरु गरेका छन् । | 2 |
भारतले निर्माण गरिरहेको जलमार्गसम्बन्धी पूर्वाधारको स्थलगत अध्ययनका लागि नेपाली टोलीले वाराणसी र कोलकाताको स्थलगत भ्रमण सुरु गरेको छ ।जल तथा शक्ति आयोगका सह–सचिव माधव बेल्बासे नेतृत्वको टोली आइतबार काठमाडौंबाट दिल्ली हुँदै वाराणसी पुगेको छ । | 0 |
सिमेन्टका लागि आवश्यक कच्चा पदार्थ क्लिंकर उत्पादनमा मुलुक चाँडै आत्मनिर्भर बन्ने देखिएको छ । एक दशकअघिसम्म मुलुकका दुई सरकारीबाहेक निजी क्षेत्रबाट सञ्चालित सबै सिमेन्ट उद्योग भारतबाट आयातित क्लिंकरमा निर्भर थिए । दुई वर्षभित्र उद्योगका लागि मुलुकमा उत्पादित क्लिंकरले पुग्ने दाबी यहाँस्थित उद्योगीले गरेका छन् । | 0 |
एसियाली विकास बैंक (एडीबी) ले पुन: एकपटक सरकारी अनुमानभन्दा कम दरले अर्थतन्त्रको विस्तार हुने प्रक्षेपण सार्वजनिक गरेको छ । यसअघि ४.६ प्रतिशत वृद्धि हुने बताएको एडीबीले यसपटक ४.९ प्रतिशत आर्थिक वृद्धि हुने नयाँ आकलन सार्वजनिक गरेको हो । | 0 |
प्रशिक्षक बालगोपाल महर्जनलाई विश्वास गर्ने हो भने बुधबार नेपाली फुटबलका लागि ऐतिहासिक साबित हुँदै छ । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । | 2 |
सुरुवाती नाम ‘रोजी’ फेरेर ‘रोज’ बनेको र भदौ २२ मा रिलिज हुन लागेको फिल्मले सुटिङ अवधिदेखि नै झमेला बेहोर्नुपर्यो । प्रेमिका हत्याका आरोपी प्रेमीको सत्यकथा भनिएकोले र नामका कारण पनि यस्तै प्रकृतिको रोजी महर्जन हत्याकाण्ड र उनका परिवार यसबारे सचेत भए । | 1 |
राजनीतिक नियुक्ति हुँदै आएको चलचित्र विकास बोर्ड पाँच महिनादेखि नेतृत्वविहीन थियो । विगतका राजनीतिक नियुक्तिका कारण हुने गरेका आरोप र बहस छल्न मन्त्रालयले यसपटक पत्रिकामा आवेदन आह्वान पनि गर्यो । | 1 |
मंगलबार सेयर बजारमा १ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो केही महिनायताकै उच्च कारोबार हो । विगतमा एकैदिन २ अर्बभन्दा बढीको पनि कारोबार भएको थियो । पछिल्ला महिनामा कारोबार रकम धेरैले घटेको थियो । एक दुई सातायता कारोबार रकम पनि बिस्तारै बढदै गएको छ । | 0 |
स्याङ्जाको पिँढीखोलामा ८५ वर्षअघि जन्मेका चन्द्रदत्त पाण्डे अझै पनि सक्रिय छन्, अझै पनि राम्रै सुनिन्छन् । खेली भाकाको कुरा झिक्नासाथ उनी ‘सतर्क’ बनिहाल्छन् । | 1 |
सरकारले कपास विकास समितिलाई खारेज गर्ने मनस्थिति बनाएको छ । कपासको उत्पादन वृद्धि, भए–गरेका कामको समीक्षा गर्न गठित कार्यदलले समितिलाई निश्चित समय दिने र त्यसबाट उपलब्धि नभए खारेज गर्न सुझाव दिएपछि सरकारले यस्तो मनस्थिति
बनाएको हो । | 0 |
तिलोत्तमा कृषि सहकारी बगनासकाली २ पोखराथोककी सदस्य सीता ज्ञवालीले १० रोपनीमा लगाइएको मकैको बिमा गरिन् । उनले ७० हजार रुपैयाँ बराबरको बिमा गरेकी थिइन् । उनले ६ रोपनीको मकै ढल्दा नोक्सानी दाबी गरिन् । | 0 |
उत्पादन भएको दूधको राम्रो मूल्य छैन, सस्तो मूल्यमा पनि विक्री हुँदैन । त्यसमाथि मिसावट भएको चर्चा आएपछि दूध खानेहरु कम हुन थालेका छन् । | 0 |
रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ अन्तर्गत शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल वर्षाका कारण एक बल पनि नफ्याली रद्द भएको छ । | 2 |
चितवन टाइगर्सले पृथु बाँस्कोटालाई टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि कप्तान नियुक्त गरेको छ । पृथुको कप्तानीमा नेपालले सन् २०१२ मा अस्ट्रेलियामा आईसीसी यू–१९ विश्वकप खेलेको थियो । | 2 |
झन्डै ३३ वर्षअघिको फिल्मको नाम सापटी लिँदै निर्देशक आकाश अधिकारीले ‘कान्छी’ निर्माणको घोषणा गरेका छन् । भदौ २ देखि छायांकनमा जाने बताइएको उक्त फिल्ममा आकाशले दयाहाङ राई र श्वेता खडकालाई मुख्य जोडीका रूपमा उतार्ने भएका छन् । | 1 |
पर्याप्त वर्षाले प्रदेश १ का १४ जिल्लामा शतप्रतिशत रोपाइँ भएपछि यस वर्ष धान उत्पादन वृद्धि हुने भएको छ । | 0 |
ऋणीको कर्जा तिर्न सक्ने क्षमता विश्लेषण नगरी बैंकले एकतर्फी रूपमा ब्याजदर बढाएको भन्दै निजी क्षेत्रले आपत्ति जनाएको छ । | 0 |
पछिल्लो समय आदिवासी जनजाति फिल्महरूलाई लागेको एउटै आरोप छ– भाषा मात्रै सम्बन्धित समुदायको, विषयवस्तु र प्रस्तुति भने नेपाली या हिन्दीबाटै प्रभावित । तामाङ, मगर, गुरुङ या थारू, सबै मातृभाषी फिल्मको यो साझा समस्या बन्दै गइरहेको छ । | 1 |
जो रुट इंग्ल्यान्डका लागि वान–डे अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने ब्याट्सम्यान भएका छन् । आफ्नो घरेलु मैदानमा ठ्याक्कै सय रन बनाएर रुट नटआउट रहेपछि इंग्ल्यान्डले भारतमाथि मंगलबार ८ विकेटको जित निकालेको छ । योसँगै इंग्ल्यान्ड तीन खेलको शृंखला २–१ ले जित्न पनि सफल भयो । | 2 |
चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेको छ । चिनियाँ व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् । | 0 |
नेपालले आईटीएफ एसिया यू–१२ टिम टेनिस च्याम्पियनसिपअन्तर्गत दक्षिण एसियाली क्षेत्रको छनोटमा ब्वाइजतर्फ श्रीलंकालाई ३–० ले पराजित गरेको छ । | 2 |
सेतो मासुका रूपमा कुखुराको मासु खाँदै आएका यस भेगका मांसाहारीले टर्कीको मासु रुचाउन थालेका छन् । दसैंको समयमा टर्कीको माग बर्सेनि बढदै गएको छ । | 0 |
सरकारले विदेशी लगानी आकर्षित गर्न सबै सुविधा एउटै कार्यालयबाट दिने गरी कानुन ल्याउने भएको छ । विदेशी लगानी स्वीकृतिको सम्पूर्ण अधिकार केन्द्र सरकारमै राखेको छ । | 0 |
दसैं नजिकिँदै जाँदा कैलालीका थारू गाउँमा सखिया सुरु भएको छ । गुरुवाले नाँचमा प्रयोग हुने मादल मन्जिरा लगायतको पूजा गरेपछि थारू महिलाले सखिया नाच्न सुरु गरेका हुन् । | 1 |
भारतीय अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । उनका देवर एवं अभिनेता सञ्जय कपुरले आइतबार बिहान मात्र यसबारे पुष्टि गरेका हुन् । भतिजा मोहितको विवाहमा सहभागी हुन दुबई पुगेकी अभिनेत्रीको हृदयाघातका कारण निधन भएको बताइएको छ । उनी त्यहाँ पति बोनी कपुर र कान्छी छोरी खुशीसँगै थिइन् । | 1 |
‘नारायण भन्नुस् बा, नारायण ।’ मञ्चमा कलाकार रामशेखर नकर्मी जतिजति ठूलो स्वरमा यो संवाद दोहोर्याउँथे, प्रेक्षालयमा बसेका दर्शकश्रोताको हाँसो झन्झन् चर्को सुनिन्थ्यो । दर्शकदीर्घामा थिए त्यति बेलाका युवा मदनकृष्ण श्रेष्ठ पनि । | 1 |
थोरै भ्युज, एकाध सब्स्कि्रप्सन । युटयुब उनका लागि फगत बसिबिँयालो बनिरहेको थियो । तर, अमेरिकाकी समान्था मन्टगोमेरीले आफ्नो गायकीका ‘फुटेज’ पोस्ट गर्न छोडिनन् । | 1 |
दीपन्द्रसिंह ऐरीले २६ बलमा ४ चौका र ४ छक्का प्रहार गरी अविजित ४९ रन बनाएपछि धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ रोजेको पोखरलाई ८ विकेट गुमाइ १४४ रन बनाएको थियो । | 2 |
म्यानचेस्टर युनाइटेड र वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहिबारको खेलमा गोलरहित बराबरी खेलेका छन् । | 2 |
संगीतकार अर्जुन पोखरेल, गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तको सहकार्य धेरै गीतमा सुनिएको छ । उनीहरू आफूलाई ‘आस ग्रुप’ भन्दा रहेछन् । | 1 |
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन चार महिना बाँकी छ । तर, त्यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण धेरै बाँकी छन् । अधिकांश खेलस्थल अधुरा छन् । पूर्वाधार पूरा नभएको खण्डमा राष्ट्रिय प्रतियोगिता प्रभावित हुने खतरा बढेको छ । | 2 |
जिल्लाका विभिन्न ठाउँमा व्यावसायिक मह उत्पादन सुरु गर्न प्रयत्न गरिरहेका किसानहरू बजारको समस्या खेप्दै आएका छन् । मौरीपालन व्यवसाय फस्टाउँदै गएको बेला किसानहरूले बजार अभाव हुन थालेको गुनासो गरेका हुन् । | 0 |
लिभरपुल र चेल्सीले इंग्लिस प्रिमियर लिगमा लगातर चौथो जित हात पारेका छन् । गोलरक्षक एलिसन बेकरको अक्षम्य गल्तीका बावजुद लिभरपुलले शनिबार लेस्टर सिटीलाई २–१ पराजित गर्यो । | 2 |
इन्ज्युरी टाइममा विष्णु गुरुङले गरेको गोल रुस्लान थ्रीस्टार क्लबका लागि बुढासुब्बा रेडबुल गोल्डकप फुटबलको फाइनल पुग्न निर्णायक बनेको छ । | 2 |
लेखनमा कुमार नगरकोटीको छवि भिन्न छ । उनी अनेकौं प्रयोग गरिरहन्छन् । त्यही भएर उनको लेखन अरूभन्दा फरक लाग्छ र स्रष्टाहरूको भीडमा टाढैबाट चिनिन्छन् उनी । | 1 |
सडक सञ्जालमा नजोडिएका हुम्ला र डोल्पाका बासिन्दालाई प्रदेश राजधानी सुर्खेतसँग हवाई सम्बन्ध नजोडिँदा असुविधा भएको छ । कर्णालीमा उडान भर्ने निजी हवाई कम्पनी र नेपाल वायु सेवा निगमले नेपालगन्जबाट मात्र उडान भर्ने गरेकाले स्थानीयलाई प्रदेश राजधानी आउजाउ गर्न समस्या भएको हो । | 0 |
नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई दोस्रो एकदिवसीय खेलमा १४५ रनको फराकिलो जित हात पारेको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल मैदानमा शनिबार टस जितेर ब्याटिङ गर्दै नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन मात्रै बनाउन सक्यो । | 2 |
बलिउड/हलिउड अभिनेत्री प्रियंका चोपडा विवाह बन्धनमा बाँधिएकी छन् । उनले आफूभन्दा १० वर्ष कान्छा अमेरिकी गायक निक जोनाससँग विवाह गरेकी हुन् । | 1 |
कोरियोग्राफर तथा ट्रेनर, ११ औं मिस नेपाल सुगारिका केसीले प्रथम मिसेज हङकङ, नेपालको तयारीप्रति आफु सन्तुष्ट रहेको बताएकी छन् । उनी बिहीबार मात्र यहाँ आइपुगेकी हुन् । | 1 |
सरकारले उखु उत्पादन बढाउन दिने अनुदान रकम सिधै कृषकको खातामा जम्मा गरिदिने भएको छ । मूल्य अभिवृद्धि कर फिर्ता गर्दा किसानले नपाएको गुनासो पश्चात् सरकारले आर्थिक वर्ष २०७५/७६को बजेटमार्फत उत्पादन अनुदान दिने निर्णय गरेको थियो । | 0 |
नायक राजेश हमाल बुधबार कावासोतीमा एक्कासी देखिए । दिउँसोको १ बजे खुला मैदानमा उनी देखापरेपछि दर्शकको भीड बढ्दै गयो । | 1 |
टिन्ज क्रयु सेन्टर, धनकुटाद्वारा आयोजित ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ मा मोरङकी सोनी गुरुङले बाजी मारेकी छन् । | 1 |
अर्जेन्टिनाविरुद्ध उत्कृष्ट गोलका लागि चर्चित भएका विश्वकप विजेता फ्रान्सका डिफेन्डर बेन्जामिन पाभार्ड बायर्न म्युनिख जाने भएका छन् । २२ वर्षीय उनलाई सन् २०१९ सम्म सम्झौता गरिएको बताइएको छ । | 2 |
‘म पढ्न सुरु गर्छु अनि सोच्न थाल्छु कि ‘लिभरपुल र योर्गन क्लोप’ । म केन्द्रित हुनै सक्दिनँ ।’ म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले गत महिना भनेका थिए । प्रिमियर लिगमा आफ्नो प्रभाव कमजोर बनाउने टिमका रूपमा लिभरपुललाई उनले स्वीकारेका छन् । | 2 |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.