content
stringlengths
20
64.1k
युनिक श्रेष्ठ स्याङ्जा गल्याङ नगरपालिका-८ बंग्रान्तीका अमित परियार, सुनिल राना र गणेश गाहा साथीभाइ थिए।, एकै गाउँका साथी उनीहरू लु.अ.अ.फ. १०१२ नम्बरको ट्याक्टर चालाउँथे।, उनीहरू कालिगण्डकी नदीबाट ढुंगा-गिट्टी-बालुवा ओसारेर बेच्थे।, उनीहरूमध्ये २७ वर्षीय अमित चालक, २१ वर्षीय सुनिल र १९ वर्षीय गणेश सहचालक थिए।, सुनिल र ...
भगवती पाण्डे आफ्नै बुवाबाट बलात्कृत भएकी गुल्मीकी एक १४ वर्षीया किशोरीले बच्चा जन्माएकी छन्।, गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर- ८ की किशोरीले आइतबार तम्घास अस्पतालमा छोरालाई जन्म दिएकी हुन्।, कक्षा ६ मा अध्ययनरत् किशोरी नियमित विद्यालय गइरहन्थिन्।, गत चैत १० गते पनि विद्यालय गएकी उनको खुट्टा सुन्निएको देखेपछि शिक...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ।, मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।, बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने नि...
सेतोपाटी संवाददाता नेपालमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३१२२ मा पिसिआर गर्दा १४१ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ।, पछिल्लो २४ घन्टामा ८२ जना निको भए...
दिपकजंग शाही २०७३ सालको कुरा हो। दैलेखको सदरमुकामभन्दा ८ किलोमिटर तल चुप्रामा रहेको प्रहरी चौकीमा सरकारी पोशाक लगाएका एक जना पातलो जिउडाल भएका मानिस पुगे। ड्युटीमा भएका प्रहरीलाई आफू दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी भनेर परिचय दिए।, प्रहरीले उनलाई ‘जय नेपाल सर’ भनेर स्वागत गरे। , आफ्नो सहायक सिडिओका रूपमा भर्खरै सर...
सेतोपाटी संवाददाता ताप्लेजुङ मिक्वाखोला-१, सिम्लेका २८ वर्षीय मनकुमार तामाङ सोमबार बिहान ७ बजे दाउरा काट्न कात्तिके सामुदायिक वन गएका थिए।, प्रहरीका अनुसार जंगल गएर चिलाउनेको रुख काट्न थाले। तामाङले रुख ढाल्दैथिए।, तर, रुख ढल्दाढल्दै अर्को रुखमा गएर अड्कियो।, ढाल्न खोजेको रुख अर्को रुखमा अड्किएपछि तामाङ अर्को रुख चढ्न...
सेतोपाटी संवाददाता सुनसरी इटहरीमा फलामको खन्तीले प्रहार गरी एक जनाको हत्या गरिएको छ। , प्रहरीका अनुसार इटहरी-२ का ५५ वर्षीय केशव कार्कीको हत्या भएको हो।  , रेग्मीलाई सोही ठाउँका ५० वर्षीय जीवनाथ रेग्मीले सोमबार दिउँसो खन्तीले आक्रमण गरेका थिए। , पहिलेको आपसी विवादलाई लिएर रेग्मीले कार्कीलाई खन्ती प्रहार गरेको इलाका प्...
सेतोपाटी संवाददाता सुनसरीको दुहबी नगरपालिका-१० नहरचौकमा सोमबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। , मृत्यु हुनेमा गढी गाउँपालिका-२ सखुवारे कलरुवाका ३२ वर्षीय सञ्जय चौधरी छन्। , दिउँसो पौने २ बजे को९प ७००० नम्बरको  मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को ४ प ६११२ नम्बरको मोटरसाइकल आपसमा ठक्किँदा...
सेतोपाटी संवाददाता चीनले अनुदानमा दिएको कोरोना भाइरसविरूद्धको ८ लाख डोज खोप सोमबार नेपाल आइपुगे पनि उक्त खोप कसलाई दिने भनेर सरकारले टुंगो गरेको छैन।, चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन 'भेरोसेल' नामक उक्त खोपले विश्व स्वास्थ्य संगठनबाट आपतकालीन प्रयोगका लागि हालसम्म अनुमति पाएको छैन। जसका कारण सरकारले तत्काल खोप वितर...
सेतोपाटी संवाददाता पश्चिम दाङमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने थप दुई जना गम्भीर घाइते भएका छन्। , बबई गाउँपालिका वडा नं. ३ हंसपुरको पिसियो चोकमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएको मध्य बबई ५ का १९ वर्षीय गोविन्द पुनको मृत्यु भएको हो। , उनको साँझ ६ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलस...
रासस धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी थपिने क्रम बढेको छ।, सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा आज गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।, तीमध्ये केही दिनअघि मात्रै भार...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरको एउटा जंगलमा सडेगलेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. १ मातगाउँस्थित सिसाखानी सामुदायिक वनभित्र सडे/ गलेको अवस्थामा अन्दाजी ५० वर्ष जस्तो देखिने एक पुरूष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएस...
रासस जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ।, मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धे...
सेतोपाटी संवाददाता सल्यानमा घर लिप्ने माटो खन्न गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ। अर्की एक महिला गम्भीर घाइते भएकी छन्।, शिद्धकुमाख गाउँपालिका- २ खर्केडाँडाकी ४५ वर्षीया एैली चलाउने र ३२ वर्षीया पौरी बोहरा घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरेपछि गम्भीर घाइते भएका थिए।, घाइतेमध्ये चलाउने...
एजेन्सी भारतको महाराष्ट्र राज्यमा आइतबारदेखि रात्रिकालीन कर्फ्यू जारी लगाइएको छ।, कोरोनाभाइरसको संक्रमण बढेपछि महाराष्ट्र सरकारले राति ८ देखि बिहान ७ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। रात्रिकालीन कर्फ्यू अप्रिल १५ सम्म रहनेछ।  , महाराष्ट्रका मुख्यमन्त्री उद्धव थाक्रेले शुक्रबार आइतबारदेखि ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चेकिङ कडा बनाएको छ।, आइतबार फागु पूर्णिमामा हुन सक्ने सडक दुर्घटनालाई मध्यनजरमा राख्दै बिहानैदेखि चेकिङ गर्न थालेको हो। महाशाखाका अनुसार चेकिङ बेलुकी ९ बजेसम्म रहनेछ।, काठमाडौं उपत्यकाभरि ९० ठाउँमा ट्राफिक चेकिङ भइरहेको महाशाखाका प्रवक्ता प्...
राजेश घिमिरे गीतानगरका मानबहादुर अधिकारी स्कुटरमा छोरी र भतिजीलाई लिएर खाना खान दाइको घर जगतपुर जाँदै थिए।, पकौडी बजारनजिकै एउटा मोडमा विपरीत दिशाबाट आइरहेको बससँग मानबहादुरले चलाएको स्कुटर ठोक्कियो। दुर्घटनामा मानबहादुर र उनीसँग रहेकी १७ वर्षीया छोरी विनिसा र १७ वर्षीया भतिजी दिविसाको मृत्यु भयो।, गीतानगरमा किराना पस...
सेतोपाटी संवाददाता उदयपुरको चौदण्डीगढी नगरपालिका-४ मा शनिबार राति ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ।, राति पौने १० बजे स्व. मदन भण्डारी स्मृति लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स१त ७६२० नम्बरको ट्याक्टरमा सवार  चौदण्डीगढी नगरपालिका-२ का २८ वर्षीय रुपेश लामगादेको मृत्यु भएको हो। , प्रहरीका अनुसार अचानक ट...
एजेन्सी इन्डोनेसियाको माकासारस्थित एक क्याथोलिक चर्चमा आइतबार आत्मघाती हमला भएको छ।, इस्टरको पहिलो दिन आइतबार एक जना आत्मघातीले बिहान सवा १० बजेतिर प्रार्थनाबाट फर्किएका मानिसहरूलाई लक्षित गरी हमला गरेका हुन्। हमलामा परी कम्तिमा १० जना घाइते भएका छन्।, प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार घटनास्थलमा श...
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंका धारामा वितरण थालिएको छ। , काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार आइतबार महांकालचौर पोखरीमा आइपुगेको पानी धारामा वितरण गर्न थालिएको हो।, सुरूङ, सुनदरीजल पानी प्रशोधन केन्द्र र चक्रपथमा विछ्याइएको थोक वितरण पाइपलाइनहरूको सफल परीक्षणपछि मेलम्चीको पानी काठमा...
आनी छोइङ डोल्मा महिनावारीका कुरा ,श्रृंखलाको यो अंकमा हामीले गायिका आनी ,छोइङ डोल्मासँग, कु,राकानी गरेका छौं। महिनावारी हुँदा आफ्नो घर, समाज र कार्यक्षेत्रका अनुभवबारे ,सेतोपाटीका अनुषा अधिकारीले गरेको कुराकानीको सम्पादित अंशः, म १३ वर्षकी हुँदा महिनावारी सुरू भएको थियो। त्यो बेला मलाई महिनावारीबारे केही ज्ञान थिएन। ,...
रासस जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ।, कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आइतबार भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको हो।, होलीको समयमा अस्थायी प्रहरी पोष्ट नजिक जाँचका क्रममा गोलीसहित १८ वर्षीय युवा पक्राउ परेको उनले बताए।, उनलाई जिल्ला ...
सेतोपाटी संवाददाता महोत्तरीको पिपरा गाउँपालिकाका झा दम्पतीको बेपत्ता तथा हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।, तारादेवी झा र उनका दुई छोरा कैलास र विकास झालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू शुक्रबार पक्राउ परेका हुन्।, पक्राउ परेका कैलासको घरमा झा दम्पतीको जलेको कपडा, शव ल...
सबिना श्रेष्ठ आर्काइभबाट, जस्तो काठमाडौंमा वसन्तपुर दरबार स्क्वायर, त्यस्तै भक्तपुरमा तचपालको भीमसेन मन्दिर। फागुमा काठमाडौं उपत्यकाका यी दुवै ठाउँको उस्तै महत्व छ।, पूर्णिमाको दिन फागु पर्व मनाइने भए पनि काठमाडौं उपत्यकामा यसको सुरूआत फागुन शुक्ल अष्टमीकै दिनबाट हुन्छ।, अष्टमीको दिन वसन्तपुरमा तीनतले चीर ठड्याएपछि (च...
सेतोपाटी संवाददाता नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयले काठमाडौं उपत्यकाको फोहोरमैला विसर्जन गर्न अवरोध गरेका छन्।, काठमाडौं महानगरलगायत उपत्यकाका १८ वटा नगरपालिकासँग यसअघि भएको सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने स्थानीयहरुले बताएका छन्।, फोहोरमैला...
सेतोपाटी संवाददाता भारतका विभिन्न सहरमा कोरोना भाइरसको संक्रमण पुनः तीव्र रुपमा फैलन थालेपछि पूर्वी नाका काँकडभिट्टामा सुरक्षा सर्तकता बढाइने भएको छ।, इलाका प्रहरी कार्यालय काँकडभिट्टामा आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भारतसँग सीमा जोडिएका नाकामा सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो।, भारतमा बढ्दै गएको क...
सेतोपाटी संवाददाता यस वर्षको महामुर्खको उपाधि मह जोडीलाई प्रदान गरिएको छ।, होली पर्वको अवसरमा मिथिला नाट्य कला परिषदद्वारा प्रत्येक वर्ष आयोजना गरिने महामुर्ख सम्मेलनमा राजनीतिक छविका व्यक्तित्वलाई प्रदान गरिने भए पनि यस वर्ष मह जोडी अर्थात् कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको हो।, महामुर्खको ...
भगवती पाण्डे होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ।, बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा २ जनाको मृत्यु हुनुका साथै १०-१२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।, बागलुङ र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई ठाउँका युवाबीच झडप हुँदा २ जनाको ज्यान गएको ...
रासस हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।, ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर गरेपछि सदरमुकाम सिमकोटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेक...
रासस दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन्।, उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान हाब्रेको छालासहित शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी...
सेतोपाटी संवाददाता होलीमा ललितपुरमा लागुपदार्थ सेवनको र्‍यापिड टेष्टिङ गरिएको छ। आइतबार महानगरीय प्रहरी परिसर ललितपुरले विभिन्न स्थानमा लागुपदार्थ सेवनको र्‍यापिड टेष्टिङको किट प्रयोग गरेको हो।, आइतबार ललितपुरमा सात जनामाथि यो किटको प्रयोग गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए। त्...
रासस फाल्गुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष क्रमश : सभ्य रुपमा मनाउन थालिएको छ।, केही वर्षअघिसम्म फागु पूर्णिमा (होली) मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो। तीन चार वर्ष त्यस्तो काम रोकिएको छ।, केही वर्षदेखि नै फागु पूर्ण...
सेतोपाटी संवाददाता उत्तरी छिमेकी चीनले अनुदानमा दिएको  ८ लाख डोज कोरोनाभाइरसविरूद्धको भ्याक्सिन सोमबार आइपुग्ने भएको छ।  भ्याक्सिन ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज आइतबार साँझ चीनको राजधानी बेइजिङ गएको छ।, सरकारको निर्णयअनुसार कोभिड-१९ को भ्याक्सिनलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीन ग...
सेतोपाटी संवाददाता तराईमा रहेका जिल्लाहरूमा आज होली मनाइने भएको छ।, कोरोनाभाइरस महामारीबीच मिथिला क्षेत्रमा सोमबार होली मनाउन लागिएको हो।, आइतबार पहाडी जिल्लाहरूमा होली मनाइएको थियो।, १५ दिने मिथिला मध्यमा परिक्रमा अन्तर्गत मिथिला बिहारी र किशोरी जीको डोला जनकपुरधाम आइपुगेपछि त्यसको भोलिपल्ट अन्तगृह परिक्रमा गरिन्छ र ...
सेतोपाटी संवाददाता छिमेकी भारतको सेनाले नेपाली सेनाले कोरोनाभाइरस विरूद्धको एक लाख डोज भ्याक्सिन दिएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भारतीय सेनाले दिएको खोप आइतबार नेपाल आइसकेको छ।, सेनाले कोभिड-१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई भ्याक्सिन उपलब्ध गराएको...
रासस डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ।, नगरपालिकाको केन्द्र जुफालबाट वडा नम्बर ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नम्बरका दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा आगजनी गरिएको प्रहरी निरीक्षक हरिराम डाँगीले बताए।, घटना विषयमा स्था...
एजेन्सी एक साताअघि स्वेज नहरमा फसेको पानीजहाज फेरि तैरिएको छ। अधिकारीहरू सोमबार बिहान एभर गिभन नामक उक्त बडेमानको पानी जहाजलाई फेरि नहरमा तैराउन सफल भएका हुन्।, अहिले जहाजको चेकजाँच  गर्ने काम भइरहेको छ। चेकजाँचपछि गत मंगलबारदेखि बन्द भएको स्वेज नहर कहिलेबाट सुचारू हुन्छ भन्ने टुंगो लाग्नेछ।    , गत मंगलबार बिहान चीनब...
सेतोपाटी संवाददाता प्रहरीले झापाबाट दुई जना ब्राउनसुगरका कारोबारी पक्राउ गरेको छ। , झापा भद्रपुर नगरपालिका-१० भृकुटी चौकबाट आइतबार दिउँसो दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। , पक्राउ पर्नेमा ३९ वर्षीय माइक मर्डी र कचनकवल-६ बस्ने २१ वर्षीय रोशन मगर छन्। , किनबेच गर्न लागेको अवस्थामा १६ ग्राम ९३० मिलीग्राम ब्राउ...
भगवती पाण्डे बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई जनाको ज्यान जानेगरी आइतबार भएको ग्याङ फाइटमा हराइरहेका सबै युवा सम्पर्कमा आएका छन्।, आइतबार बल्देधुरीमा होली मनाउने र बनभोज खाने क्रममा बाग्लुङको निसीखोला गाउँपालिका- ७ राजकुत र बडीगाड गाउँपालिका- १० दर्लिङका युवाहरूबीच ग्याङ फाइट भएको थियो।, झगडा...
सेतोपाटी संवाददाता भूमि सम्बन्धी समस्या समाधान आयोग झापाले आगामी तीन महिनाभित्र गौरादह का ७ हजार भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा दिने भएको छ।, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि सरकारले गत वैशाखमा केन्द्रमा र त्यसपछि जिल्लामा आयोग...
सेतोपाटी आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका-६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन्।, सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया बालिकालाई जर्बजस्ती करणी गर्न खो...
सेतोपाटी संवाददाता कैलालीमा ७ वर्षको उमेरमा घरदेखि बेपत्ता एक जना १२ वर्षपछि फेला परेका छन्।, घोडाघोडी नगरपालिका- १० पहलमानपुरका गीता देवी शाहीका सात वर्षको उमेरमा बेपत्ता भएका छोरा कैलाश शाही फेला परेका हुन्।, उनी घरबाट २०६५ सालमा बेपता भएका थिए।, बेपत्ता भएपछि उनले दिल्लीमा  दुई वर्ष सडक बालबालिकाको रूपमा जीवन बिताए...
सेतोपाटी संवाददाता सप्तरीमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, शुक्रबार दिउँसो जिल्लाको खडक नगरपालिका वडा नं. ४ पनसेरास्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०२–०१५ प. २५६५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको बा. २० च. २१५९ नम्बरको पिकअप गाडील...
सेतोपाटी संवाददाता नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको स्नातकोत्तर तहको विशेषज्ञ चिकित्सक (एमडी) परीक्षामा न्यून संख्यामा मात्र डाक्टरहरू पास भएका छन्।, काउन्सिलका अनुसार शुक्रबार लिइएको विशेषज्ञ चिकित्सकको परीक्षामा ५० प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन्।, परीक्षामा जम्मा ३३० जना सहभागी थिए। जसमध्ये १५५ जना विद्य...
सेतोपाटी संवाददाता अनाथालयका सञ्चालकले बालिकालाई बलात्कार गरेको उजुरी परेपछि तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीस्थित ‘असहाय बाल विकास नेपाल’ अनाथालयमा रहेका सबै बालबालिकालाई उद्धार गरिएको छ।, इलाका प्रहरी कार्यालय प्रमुख, तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिको जानुका शर्मा, वडा १८ का अध्यक्ष माधव वली, तुलसीपुर...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय बर्दियाले ‘नो ड्रग्स’ अभियान सञ्चालन गरेको एक सातामा २५ जना पक्राउ परेका छन्।, यसै साता चलाइएको अभियानमा ११ वर्षीय नाबालकदेखि ३५ वर्षीय वयश्क युवा लागुऔषधको कूलतमा फसेको पाइएको छ।, बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार यो अभियान चलाउँदा कक्षा ९ र १० मा अध्ययनरत् विद्...
सबिना श्रेष्ठ सिनामंगल भन्नेबित्तिकै तपाईं कुन ठाउँ सम्झनुहुन्छ? पक्कै पनि पुरानो बानेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बीचको ठाउँ।, पेप्सीकोलातिर पनि कतैकतै पुरानो सिनामंगल भनेर लेखिएका बोर्ड देख्न सकिन्छ। ती बोर्ड देखेर नझुक्किनुहोस्।, यहाँ पेप्सीको कारखाना खुलेपछि मात्र यो ठाउँको नाम पेप्सीकोला भएको हो। मान...
भानुभक्त शुक्रबार दिउँसो हुँदै गएपछि काठमाडौं उपत्यकावासीले आँखा पोलिएको अनुभव गर्न थाले।  धुँवा र धुलो मिसिएको हावाले वायुमण्डल ढपक्कै भएको थियो।, दिउँसो ३ बजेपछि त काठमाडौंको भिजिबिलिटी यति कम भयो कि त्रिभुवन विमानस्थलमा जहाज अवतरण र उडान हुनै नसक्ने भयो।, साढे १२ बजेसम्म काठमाडौं एयरपोर्टमा भिजिबिलिटी ३ हजार ५ सय म...
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएकी छन्।, स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवर्द्धनमा लागेकी मन्त्री राईले शुक्रबार सपथ तथा पदभार ग्रहण गरेलगत्तै सामाजिक सञ्जालमा स्टाटस लेखिन्।,...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँग काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ। , मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले शुक्रबार एक अपिल जारी गर्दै वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइ लगायत विविध स्वास्थ्य...
सेतोपाटी संवाददाता सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति ५८ अर्बभन्दा बढी पुगेको छ।, प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सैनिक कल्याणकारी कोषको रकम गत पुस मसान्तसम्म रु ५८ अर्बभन्दा बढी पुगेको हिताधिकारीलाई जानकारी दिए।, वि.सं. २०३२ मा संयुक्त राष्ट्रसङ्घको मिसनअन्तर्गत मध्यपू...
सेतोपाटी संवाददाता शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ। उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धम...
सेतोपाटी संवाददाता कञ्चनपुरमा पिकनिक गएका वडाध्यक्षको मृत्यु भएको छ।, भीमदत्त नगरपालिका-५ का वडाध्यक्ष मदनबहादुर चन्दको पिकनिक गएका बेला मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार शुक्रबार वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिसहित ८ जनाको टोली वेदकोट नगरपालिका-६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका थिए।, ‘त्यहाँ व...
सेतोपाटी संवाददाता दाङको घोराहीमा शिकार खेल्न गएका दुईमध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले सेतोपाटीलाई बताए।, एसपी चन्दका अनुसार घटना वडा नं. १२ मा शुक्रबार राति भएको भन्ने खबर प...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका-२४ विशालबजार नजिकबाट स्रोत नखुलेको नगद ३० लाख ५० हजार रुपैयाँसहित एक पक्राउ परेका छन्। , काठमाडौं कालोपुल बस्ने गुल्मी कालिगण्डकी गाउँपालिका-१ घर भएका २५ वर्षीय गणेश पाण्डे लगायत २ जनालाई प्रहरीले शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।, उक्त स्थानमा हुण्डीको कारोबार भइरहेको ...
सेतोपाटी संवाददाता नेपालमा थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २७४५ मा पिसिआर गर्दा ८५ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ७५० पुगेको छ।, पछिल्लो २४ घन्टामा ९३ जना निको भएर ...
सेतोपाटी पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरू वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौं उपत्यकामा बाक्लो तुवाँलो लागेको छ।, जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएक...
रासस धादिङ नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एक जनाको मृत्यु भएको छ।, बारीमा आगो लगाउने क्रममा बारी छेउको जङ्गलको आगोले जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङ (मजरुम मम्बा) को मृत्यु भएको छिमेकी सिर्जा लामाले टेलिफोनबाट जानकारी दिइन्।, आफ्नै बारीमा आगो लगाउने क्रममा ...
सेतोपाटी प्रतिकूल मौसमका कारण दुई दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ।, मौसम खराबीले 'भिजिबिलिटी' कम हुँदा मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।,     , विमानस्थलबाट बिहान प्रस्थानतर्फ केही उडान ...
नारायण खड्का शुक्रबार अपरान्ह सवा ४ बजे। मौसम धुम्म छ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीस्थित ‘असहाय बाल विकास नेपाल’ अनाथालय परिसरमा नेपाल प्रहरी लगायत अन्य केही गाडी र मोटरसाइकल पनि छन् ।, अनाथालयको आधा गेट खुल्लै छ। स्थानीय भने पर्खालबाट भित्र चिहाइरहेका छन्।, प्रहरी प्रशासनका यस्ता गाडी स्थानीयले यो ...
राजेश घिमिरे चितवनको पकौडीमा यात्रुबाहक बसमा स्कुटर ठोक्किँदा शनिबार साँझ बाबु-छोरी र भतिजीको मृत्यु भएको छ।, प्रहरीका अनुसार साँझ जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख २१५० नम्बरको बसमा ठोक्किँदा ना४०प ७०८२ नम्बरको स्कुटरमा सवार तीनै जनाको मृत्यु भएको हो।, दुर्घटनामा भरतपुर महानगरपालिका-६ गीतानगर बस्ने ४५ वर्षीय मोहन...
सेतोपाटी दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन्।, यस्तो व्यवस्थासहितको कानून गत वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गत बुधबार कोरिया सरकारले पारित गरेको प्रवासी मजदुर य...
प्रशन्न पोखरेल काठमाडौं र ललितपुरका विभिन्न ठाउँका घरघरमा आजदेखि मेलम्चीको पानी वितरण गरिने भएको छ।, काठमाडौं उपत्यका खानेपानी लिमिटेडमार्फत् पुरानै पाइप संरचनाबाट परीक्षणका रूपमा घरघरमा पानी छाड्न लागिएको छ।, आइतबारदेखि मेलम्चीको पानी वितरण सुरू गर्न लागेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले सेतोपाटीलाई बताए।, ‘मेल...
युवराज श्रेष्ठ धेरै दिन भो, पोखराबाट माछापुच्छ्रे नदेखिएको।, पोखराको प्राकृतिक सुन्दरता हेर्न नयाँ दिल्लीबाट नेपाल आएकी सोनिया कार्की र उनका साथी मिनु जङभिडले माछापुच्छे नहेरी फर्कनुपर्‍यो।, भारतको महाराष्ट्र निवासी उनीहरुले भारतमा भोगेका समस्या नेपालमा पनि भोग्नुपर्ला भनेर सोच्दा पनि नसोचेको बताए।, ‘पोखरामा पनि यस्तो...
रासस नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाल लगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन्।, संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवार...
एजेन्सी छिमेकी मुलुक भारतमा सन् २०२१ मा पहिलो पटक एकैदिन कोरोनाभाइरसको संक्रमण भएका ३ सय १२ जनाको मृत्यु भएको छ। , टाइम्स अफ इन्डियाका अनुसार  गत वर्षको डिसेम्बर २४ यता पहिलो पटक यो भाइरसको संक्रमणबाट एकैदिनमा यति धेरै मानिसहरूको ज्यान गएको हो। , भारतमा पछिल्लो समय कोरोनाभाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको छ।  शन...
सेतोपाटी कुनै समय थियो, गौँथलीको चिरबिर र परेवाको माकुर...कुर..जुन घरमा सुनिन्छ, त्यो घर लच्छिनको हुन्छ, त्यहाँ सह बसेको हुन्छ भनेर विश्वास गरिन्थ्यो। समय बदलियो।, समयसँगै हाम्रा पुख्यौली मान्यता र श्रृति परम्पराका कथनभित्र रहेका ज्ञानका अथाह भण्डार पनि विस्मृतिको गर्भमा पुरिँदै गए। धार्मिक, सामाजिक र वातावरणीय महत्वस...
रासस सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ।, छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले रु छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाइ छ।, शनिबार सल्लेरीमा पत्रकारहरूसँगको भेटमा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग...
रासस श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।, माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले ब...
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अगाडि बढाउन पूर्वअध्यक्षहरू र पूर्वपदाधिकारीहरूले आह्वान गरेका छन्।, पूर्वनिर्धारित कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि नबढाइएको पाइएपछि उनीहरूले बिहीबार एक विज्ञप्तिमार्फत् उक्त आह्वान गरेका छन्।, पत्रकार महासंघमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीब...
सेतोपाटी म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ।, जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुट...
रासस गोरखाको आरुघाट गाउँपालिका–७ स्थित सातदोबाटो सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको जलेर मृत्यु भएको छ।, सामुदायिक वनको सल्लाघारी जङ्गलमा लागेको आगो निभाउने क्रममा बिहीबार स्थानीयवासी ७२ वर्षका मोहन फेवाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताए।, दिउँसोदे...
रासस प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशब...
एजेन्सी इजिप्टको स्वेज नहरमा फसेको मालवाहक पानीजहाज निकाल्न हप्तौं लाग्न सक्ने भएको छ। , मंगलबार बिहान चीनबाट नेदरल्याण्ड जान लागेको एभर गिभन नामक पानीजहाज नियन्त्रण गुमाएर किनारमा फसेको थियो। १९३ किलोमिटर लामो स्वेज नहरले भूमध्यसागर र रेड सीलाई जोड्छ।, अहिले नहरको दुबैतिर १६० वटा जहाज जाममा फसेका छन्। एभर गिभनले स्वे...
सेतोपाटी संवाददाता नेकपा (एमाले) का नेता माधवकुमार नेपालसहित चार नेताले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। एमाले नेताहरू नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ बिहिबार दिएको पार्टी मुख्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।, यही चैत ७ गते...
सेतोपाटी संवाददाता दैलेखमा एक जना महिलाले आफ्नो नबालक छोरालाई मारेर आफूले पनि आत्महत्या प्रयास गरेकी छिन्।, दैलेखको डुंगेश्वर गाउँपालिका–३ रेक्चा खोलाकी २८ बर्षीया हिरा थापा मगरले बिहीबार बिहान ६ बजेतिर आफ्नो ३ बर्षका छोरालाई मारेको प्रहरीले जनाएको छ।, उनले आफ्ने घरमा छोरा उमेश थापा मगरलाई कुर्ताले झुण्ड्याएर मारेको ज...
सेतोपाटी संवाददाता श्रीमती हत्या आरोपमा सुनसरीको धरान उप-महानगरपालिका-८ का ३७ वर्षीय तिलबहादुर माझी पक्राउ परेका छन्।, बिहीबार अपराह्न ३१ वर्षीय श्रीमती सम्झना राईको हत्या आरोपमा प्रहरीले माझीलाई पक्राउ गरेको हो।, इलाका प्रहरी कार्यालय धरानका अनुसार माझीले राईलाई खुकुरीले घाँटीमा प्रहार गरी घाइते बनाएका थिए।, खुकुरी प...
सेतोपाटी संवाददाता भक्तपुरको होटलमा ग्यास सिलिन्डर पड्किँदा घाइते भएका सञ्चालकको मृत्यु भएको छ।, सूर्यविनायक नगरपालिका-५ सृजनानगरस्थित भीमेश्वर म:म एन्ड चिकेन हाउसका सञ्चालक ३९ वर्षीय टिकाराम बस्नेतको मृत्यु भएको हो।  , गत आइतबार साँझ सवा ६ बजे होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी भएको थियो। त्यसमा परी सञ्चालक टिकारा...
सेतोपाटी संवाददाता सर्लाहीमा टाउको काटेर युवकको हत्या गरेको आरोपमा दुुई जना पक्राउ परेका छन् । , पक्राउ पर्नेमा जिल्लाको मलङ्गवा नगरपालिका-९ निवासी ४५ वर्षीय कमल पण्डित उर्फ विमलकान्त पाठक र ४० वर्षीय भारतीय नागरिक अशोक झा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।, बुधबार र...
सेतोपाटी संवाददाता धनुषामा ट्रक र मोटरसाइकल ठोक्किँदा मुख्यमन्त्री कार्यालयमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ।, धनुषाको मिथिला नगरपालिका-१० लालगढस्थित मोडल अस्पतालनजिक शुक्रबार बिहान करिब साढे दुई बजेतिर एउटा ट्रकले प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँ...
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिमल्सिनालाई कारबाहीस्वरूप हेडक्वार्टर तानेको छ।, तिमल्सिना तीन महिनाअघि पुस २१ गतेमात्रै सिन्धुली सरूवा भएका थिए।, कमजोर कार्यक्षमता, आन्तरिक तथा बाह्य रूपमा समय अनुकूलको सेवा दिन नसकेकाले उनको काज सरुवा गरिएको प्रहरी महानिरीक्...
सेतोपाटी संवाददाता नेपाल-भारत सीमा नाका कोइलाबासमा शुक्रबारदेखि हेल्पडेस्क स्थापना गरिएको छ। , उक्त हेल्पडेस्कमा भारतबाट नेपाल प्रवेश गर्ने नागरिकको अभिलेख राख्ने, स्वास्थ्य चेक गर्ने काम हुने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए। , भारतमा कोभिड-१९ को दोस्रो चरण सुरू भएको हुँदा भारतबाट उक्त नाका भएर जि...
नेहा झा ‘आमा ए आमा हामीलाई छोडेर कहाँ जानुभयो, अब हाम्रो सहारा को बन्छ? हाम्रा छोराछोरीलाई कसले पढाइदिन्छ आमा?’, यो बिलौना महोत्तरीमा हत्या गरिएका दम्पती मुसाफिर झा र गीतादेवीकी जेठी बुहारी सञ्जु झाको हो।, गत फागुन १० गते राति सासु गीता र ससुरा मुसाफिर बेपत्ता भएदेखि परिवार नै शोकमा डुबेको थियो। बिहीबार दिउँसो उनीहरू ...
सेतोपाटी संवाददाता सप्तरी प्रहरीले १० वर्षीया बालिकालाई बलात्कार गरी फरार अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ।, बालिका बलात्कार गरेको मुद्दामा दोषी ठहर भई १३ वर्षदेखि फरार रहेका जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर-३ बस्ने ३५ वर्षीय सेभु भनिने श्याम मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र...
एजेन्सी गत मंगलबारदेखि भूमध्यसागर र रेड सीलाई जोड्ने स्वेज नहरमा आवातजावत बन्द छ। एभर गिभन नामको बडेमानको जहाज फसेकाले युरोप र एसिया जोड्ने यो नहरमा आउजाउ बन्द भएको हो।, आउजाउ बन्द भएसँगै उक्त नहरबाट हुने दैनिक  झन्डै १० अर्ब डलर बराबरको व्यापार रोकिएको छ। यही नहरबाट विश्वव्यापारको १२ प्रतिशत व्यापार हुने गरेको थियो। ...
सेतोपाटी संवाददाता विश्व सम्पदा सूचीमा सूचीकृत बसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रूपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन पुरातत्व विभागले ढिलासुस्ती गरेको भन्दै काठमाडौं महानगरपालिकाले ध्यानाकर्षण गराएको छ। , ‘विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंका चार सम्पदा काठमाडौं महानगरपालिका क्षेत्रभित्र अवस्थित छन...
एजेन्सी भारतको मुम्बईस्थित कोरोना अस्पताल रहेको एक भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ।, सनराइज अस्पताल रहेको ड्रिम्स मलमा बिहीबार मध्यराति आगलागी हुँदा १० जनाको मृत्यु भएको एनडिटिभीले जनाएको छ।, अस्पतालमा उपचाररत् कोरोना संक्रमितहरू सुरक्षित स्थानमा लगिएको छ। ७० जनाभन्दा बढी कोरोना संक्रमितहरू अस्पतालमा उपचाररत...
सेतोपाटी संवाददाता कञ्चनपुरकी एक महिला भारतमा मृत फेला परेकी छन्। , बेलौरी नगरपालिका-४ रिछाहाकी २४ वर्षीया भागरती रानाको भारतको उत्तरप्रदेश जिल्ला लखिमपुर सम्पूर्णा नगरमा शव फेला परेको प्रहरीले जनाएको छ।, उनी चैत ६ गते घरबाट सोही ठाउँका अन्दाजी ३० वर्षीय विक्रम कुमारसँग भागेकी खुल्न आएको प्रहरीले जनाएको छ।  , घरबाट हर...
सविता बुढा भारतमा कोरोनभाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको गौरीफन्टा नाकाबाट कञ्चनपुरको डोकेबजार हुँदै स्वदेश फर्किनेको संख्या फेरि बढेको छ।, टीकापुर-१ की सीता बिक भारतबाट फर्कीएकी छन्। उनी तीन महिना पहिले बैंगलुरू गएकी थिइन्। श्रीमान् उतै काम गर्ने भएकाले दूधे बच्चासहित कमाइ गर्न उतै गएकी उनी कोरोना फेरि फैलिने डरल...
सेतोपाटी संवाददाता शिक्षाका लागि दोलखादेखि दिपायलसम्म एकल साइकल यात्रामा निस्केका साइकल यात्री देवेन्द्र बस्न्यातले आफ्नो यात्रा पुरा गरेका छन्।, दोलखादेखि दिपायलसम्म यात्रामा निस्केका उनी धुलिखेल, काठमाडौं, मकवानपुर, चितवन, बुटवल, लालमटिया, लमही, अमेलिया, कुसुम, कोहलपुर, नेपालगञ्जहुँदै आठौँ दिन चिसापानी पुगेका थिए। न...
सेतोपाटी संवाददाता कोभिड संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा फेरि कडाइ गरिने भएको छ।, शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरूबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका ला...
राजेश घिमिरे चितवनको राप्ती नगरपालिका-१३ स्थित कान्दाका सिंगराम चेपाङ गाउँनजिकै सरकारी कार्यक्रम भयो कि लट्ठी टेकेर पुगिहाल्छन्। , उनको मनभरि अचेल एउटा आश छ- कसैले मेरो उमेर सच्याइदिन सक्छु भनि पो हाल्छ कि!, कोही सरकारी मान्छे भेटे उनी यही आश भरिएका नजरले हेर्छन्। गएर आफ्नो गुनासो सुनाउँछन्। , उनको गुनासो सुने पनि काम...
सेतोपाटी तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ।, दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो। पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन गर्न सकिने बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।,...
एजेन्सी इजिप्टको स्वेज नहरमा एक मालवाहक पानीजहाज फसेपछि आवतजावत ठप्प भएको छ। १९३ किलोमिटर लामो स्वेज नहरले भूमध्यसागर र रेड सीलाई जोड्छ्।, मंगलबार बिहान चीनबाट नेदरल्याण्ड जान लागेको एभर गिभन नामक पानीजहाज नियन्त्रण गुमाएर किनारमा फसेको थियो।, ४ सय मिटर लामो र ५९ मिटर  जहाज निकाल्ने प्रयास भइरहेको छ। अहिलेसम्म जहाज नि...
सेतोपाटी संवाददाता आउने सेप्टेम्बरदेखि सरकारले इ-पासपोर्ट दिने भएको छ। राहदानी विभागले इ-पासपोर्ट छाप्ने तयारी पूरा भइसकेकाले अब अत्यावश्यक नभइकन मेसिन रिडएबल पासपोर्ट (एमआरपी) नबनाउन र नवीकरण नगर्न भनेको छ।, विभागका प्रवक्ता राजेन्द्र पाण्डेका अनुसार इ-पासपोर्टको डिजाइनको काम पनि सकिइसकेको छ।, 'राहदानीको म्याद सकिएपछ...
सेतोपाटी संवाददाता दोलखाको राजकुलेश्वर विद्यालय र डडेलधुराको बहादुर खडक स्मृति पुस्तकालय भवन निमार्णका लागि आर्थिक सहयोग जुटाउन एक्लै साइकल यात्रामा निस्केका प्रख्यात साइक्लिष्ट देवेन्द्र बस्न्यात बुधबार साँझ डडेलधुरा पुगेका छन्।, ‘पेडल फर एडुकेसन’ नारा बोकेर फागुन २९ गते दोलखाबाट यात्रा थालेका बस्न्यातले डडेलधुरा पुग...
युनिक श्रेष्ठ र निशा भण्डारी शरिन ख्युङ्वा तामाङ फागुन १० गते धरानबाट हुर्रिएर काठमाडौं आइन् र सिधै त्रिभुवन विमानस्थलतर्फ लागिन्।, उनको मुटुमा धेरैथरि सवालले उधूम मच्चाउँदै थियो- म कहाँ जाँदैछु? कसलाई भेट्न जाँदैछु?, मुटुले धड्कनकै गतिमा जवाफ फर्कायो- म आफ्नी प्रेमिका भेट्न जाँदैछु।, ४८ वर्षकी शरिन आफ्नी प्रेमिका देव...
रमेश गिरी मध्यपुरथिमि नगरपालिका–४ मा दुई पोखरीको नामले प्रसिद्ध पोखरीमा दुई वर्ष अघिसम्म बालबालिका फुटबल खेल्थे। स्थानीयले मङ्सिरमा सरसफाइ गर्दै धान सुकाउँथे। ,तीन सय वर्ष पुरानो, यो पोखरीलाई वरिपरि घाँस र झारले पहिचान मेटेर नाममा मात्रै सीमित पारेको थियो। , आज त्यही पोखरीले स्वरूप फेरेको छ। घाँस र झार छैन। पोखरीमा सु...
सेतोपाटी संवाददाता बैंकिङ कसूरको मुद्दा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, प्रहरीले बुधबार कीर्तिपुर नगरपालिका मच्छेगाउँ बस्ने गोर्खाका ३२ वर्षीय नविन लामिछानेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए।, प्रहरी कार्यालयमा बैंकिङ...
सेतोपाटी आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ।, शिवसताक्षी- १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो।, दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर ...