content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता मुगुको सोरू गाउँपालिका वडा नम्बर ८ की ९ वर्षीया बालिका लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्या भएको भन्दै नेविसंघले दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ।, बालज्योति प्राथमिक विद्यालयको कक्षा ३ मा पढ्ने चौलागाईं गत शनिबारदेखि हराएकी थिइन्। उनको शव सोमबार कर्णाली नदीमा फेला परेको थियो।, ‘यस्तो क्र...
एजेन्सी छिमेकी मुलुक भारत कोरोनाभाइरसको संक्रमणमा संसारकै नयाँ हटस्पट बनेको छ। त्यहाँ संक्रमितको संख्यामा हरेक दिन नयाँ रेकर्ड बनिरहेको छ।, बुधबारमात्रै भारतमा  १ लाख २६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ। गत वर्ष कोरोनाभाइरसको पहिलो लहर चल्दा पनि भारतमा एकैदिन यति धेरै मानिस संक्रमित भएका थिएनन्।, पछिल्लो एक महिन...
रासस पर्वतको फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय तत्कालका लागि रोक्का गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।, नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यपछि फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सञ्चालन गरिँदै आएको नगरपालिकाको केन्द्र परिवर्तन गर्ने नगर कार्यपालिकाले गते पुसमा निर्णय गरेको थियो।, नगर कार...
एजेन्सी चिनियाँ राजधानी बेइजिङ संसारकै बढी अर्बपतिहरू बस्ने सहर बनेको छ। फोर्ब्स म्यागजिनले प्रकाशित गरेको संसारका अर्बपतिको सूचीमा परेकामध्ये १ सय जनाल बेइजिङका बासिन्दा छन्। तीमध्ये ३३ जना  अर्बपति यसपालिमात्रै थपिएका हुन्।, बेइजिङपछि अमेरिकाको न्युयोर्क सहर छ। त्यहाँ ९९ जना अर्बपति बस्छन्। सात वर्षयता न्युयोर्क नै ...
सेतोपाटी संवाददाता सोमबार घरनजिकैबाट बेपत्ता भएका एक बालक भारत सीतामढीमा भेटिएका छन्।, भारतीय प्रहरीसँगको समन्वयमा सर्लाही प्रहरीले तीन वर्षे बालकलाई बिहारको सीतामढी सोनवर्षाबाट उद्धार गरेको हो।, सर्लाही मलंगवा नगरपालिका-५ भाडसरका रमेश सहनीका तीन वर्षे छोरा घरनजिकै खेलिरहेको बेला सोमबार बिहान बेपत्ता भएका थिए।, तीन वर...
सविता बुढा धनगढी उपमहानगरपालिका- १४, १८ र १९का बासिन्दा खानेपानीको समस्याले आहत छन्। उनीहरू नल्काको पानी पिउँछन्।, यस्तो पानी खाँदै उनीहरूले वर्षौं बिताएका छन्र। नल्काको पानी खान हुन्न, खानेपानी त शुद्ध हुनुपर्छ भन्ने थाहा पाएको पनि धेरै वर्ष भयो।, ८/१० वर्ष अघि नल्काको पानी पिउन ठिक छ कि छैन भनेर जाँच भएको वडा नम्बर ...
सेतोपाटी दुर्लभ रातो हाब्रे (रेडपाण्डा ) चोरी सिकारी गरेको अभियोगमा दोषी प्रमाणित भएका अभियुक्त कारागार चलान भएका छन्।, कारागार चलान हुनेमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका-५ चिलिमे निवासी ४७ वर्षका  छवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।, रातो हाब्रे (रेडपाण्डा) चोरी सिकारी गरेको अभियोगमा  जिल्ल...
सेतोपाटी सुर्तीजन्य पदार्थको सेवनमा २० वर्षमुनिका युवाको सहभागिता बढेर गएको छ।, स्कुल र कलेज तहका किशोर-किशोरीलाई सुर्तीजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ।  , स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा भएको सुर्तीजन्य पदार्थको स्वास्थ्यमा प्रभाव र यसको नियमनसम्बन्धी ऐन नियम र मापदण...
सेतोपाटी राष्ट्रिय जनगणना, २०७८ का क्रममा पहिलोपटक वित्तीय क्षेत्रको पहुँच, ऋण खाता सञ्चालन र सरकारी अनुदानमा बनेका घर संरचनाको तथ्यांक संकलन गरिँदै छ।, यस क्रममा अन्य उमेर समूहका साथै १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको अवस्था, देशमा अनुपस्थित नेपाली नागरिक, पुर्खाको भाषा र अपाङ्गतासम्बन्धी विस्तृत विवरणसमेत...
सेतोपाटी संवाददाता पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन्। पत्नी कोमल राज्यलक्ष्मीसाथ शाह बिहीबार नेपाल एयरलाइन्सको जहाज चढेर भारत गएका हुन्। , विमानस्थल स्रोतका अनुसार नेपाल एयरलाइन्सको ११:०५ बजेको उडानमा शाह दम्पती भारत गएका हुन्। , पूर्वराजाको स्वकीय सचिवालयले यसअघि नै उनी भारत जाने तय भएको बताइसकेको थिय...
सेतोपाटी संवाददाता ललितपुरबाट प्रहरीले चितुवाको छाला बरामद गरेको छ।, ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित सार्वजनिक सडकछेउको जग्गामा बेवारिसे अवस्थामा चितुवाको छाला बरामद गरिएको हो।, जेब्रा झोलाभित्र छाला राखिएको भन्ने खबरपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले बरामद गरेको हो।, प्रहरी उपरीक्षक प्रज्वल मह...
सेतोपाटी मानवअधिकारका लागि महिला, एकल महिला समूहमा करिब डेढ लाख एकल महिला आबद्ध छन्।, उनीहरूका हकहित, अधिकारका पक्षमा क्रियाशील हुने उद्देश्यले विसं २०५२ मा स्थापना गरिएको संस्थाले देशभर सञ्जाल विस्तार गरी महिलालाई सङ्गठित गर्नुका साथै अहिले १७ जिल्लामा आफ्नै भवन स्थापना गरेको छ।, विपतमा परेका एकल महिलाका दुःख, वेदना ...
सेतोपाटी संवाददाता एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको भर्पाइ गराएर भ्रष्टाचार गरेको अभियोगमा दुई जनाविरूद्ध मुद्दा दायर भएको छ।, अख्तियारले महोत्तरी साबिक सिंग्याही गाविसका तत्कालीन सचिव विनोदकुमार सिंह र कार्यालय सहायक नारायण यादवविरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।...
सेतोपाटी प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ।, मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।, विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आन्तरिक उडान केही सङ्ख्यामा प्रभावित भए...
सेतोपाटी संवाददाता प्रहरीले सरकारी कागजात किर्ते गरेको आरोपमा एक जना वकिललाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय मकवानपुरले काठमाडौंबाट सोमबार वकिल बद्रिप्रसाद पौडेललाई पक्राउ गरेको हो।, उनीविरूद्ध हेटौंडास्थित एक कम्पनीले २०७५ सालमै जाहेरी दिएको थियो।, भक्तपुर चाँगुनारायण घर हुने उनी जाहेरीपछि फरार भएका थिए।, 'सर...
निशा भण्डारी कलंकीमा रहेको हेयर कलर कम्पनीमा प्रहरी र वाणिज्य विभागले छापा मारेको छ।, मेहन्दी हबिब, काला-कोला, हिनाजलगायत उत्पादन कम्पनीमा वाणिज्य विभाग र महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार छापा मारेको हो।, ट्रेड मार्क खारेज भइसकेको कम्पनीले गैरकानुनी रूपमा मेहन्दीलगायत कस्मेटिक सामग्री उत्पादन तथा प्याकेजिङ गरी ...
सेतोपाटी संवाददाता साइबर ब्युरोले दीपाश्री निरौलालगायत कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, प्रहरीले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए।, निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा म...
सानेबहादुर नेपाली तनहुँको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेतीनदीमाथिको ऐतिहासिक झोलुङ्गे पुल ओझेलमा परेको छ।, राणाकालीन समयमा निर्माण गरिएको उक्त पुल जीर्ण अवस्थामा पुग्दा दक्ष कालीगढ नपाउँदा संरक्षण हुन नसकेको हो। , पुरातात्विक महत्वको झोलुङ्गे पुलको संरक्षणको लागि नगरपालिकाले बजेटसमेत विनियोजन गर्दै आए...
सेतोपाटी संवाददाता भक्तपुरको बिस्काः जात्रा रोक्ने सरकारी निर्णय फिर्ता लिन र स्वास्थ्य मापदण्ड अपनाउँदै सांस्कृतिक जात्रापर्वलाई निरन्तरता दिन सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले माग गरेको छ।, समितिले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय जनसमुदायको भावनाविपरीत उक्त निर्णय गरिएकोमा खेद व्यक्त गरेको छ।, ‘सां...
सेतोपाटी संवाददाता ओखलढुंगामा जीप भीरमा खस्दा चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव कट्टेलका अनुसार तीन जनाको अवस्था चिन्ताजनक छ। उनीहरू  अचेत छन्। , मंगलबार दिउँसो १२ बजे मानेभन्ज्याङ गाउँपालिका-४ स्थित केतुके बजारबाट सामान बोकेर ढुसेनी गाउँतर्फ गइरहेको ना १ ज ८३३२ नम्बरको जिप दुर्घटनाम...
सेतोपाटी बझाङको तलकोट गाउँपालिका-१ चौडामा मंगलबार बिहान साढे ७ बजे पानी ट्यांकी फुटेर दुई जनाको मृत्यु भएको छ।, ५२ वर्षीय गोगल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको मृत्यु भएको हो। गोगलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। त्यस्तै सुन्दरीदेवीको उपचा...
सेतोपाटी संवाददाता नेपालमा थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४२४३ मा पिसिआर गर्दा २६० जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ।, पछिल्लो २४ घन्टामा ११३ जना निको ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका-३० का वडा सचिव भरतकुमार पोखरेलविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरेलविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।, अख्तियारले निर्माण कार्य सम्पन्न गरेपछि बिल भुक्तानी दिएबापत घुस माग गरेको भन्ने सूचना पाएको थियो। त्यही सूचनाको...
सेतोपाटी संवाददाता भारतीय तस्करहरूसँगको मुठभेडमा प्रहरीले कैलालीमा गोली चलाएको छ।, भजनी नगरपालिका–३ मा पर्ने मोरियाघाटबाट सोमबार बेलुका लागुऔषध ब्राउन सुगरसहित ५/७ जनाको समूहमा वारि आउन लागेका तस्करमाथि प्रहरीले गोली चलाएको हो।, सुराकीबाट आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी नायब उपरीक्षकको नेतृत...
सेतोपाटी संवाददाता काठमाडौंको स्थानीय भाषा अर्थात् नेपाल भाषामा स्थानीय पाठ्यक्रम लागू गरेको उपलक्ष्यमा काठमाडौं महानगरपालिकालाई नागरिक अभिनन्दन गरिएको छ। स्थानीय भाषा संरक्षणमा उल्लेखनीय काम भएको भन्दै वसन्तपुरमा मंगलबार नागरिक अभिनन्दन कार्यक्रम भएको थियो।, नेवाः पत्रकार राष्ट्रिय दबु, काठमाडौं जिल्लाले आयोजना गरेको...
सेतोपाटी संवाददाता उत्तरी छिमेकी चीनले अनुदानमा दिएको कोरोनाभाइरसविरूद्धको खोप आज (बुधबार) देखि लगाउन थालिने भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका अनुसार काठमाडौंका विभिन्न अस्पतालहरूबाट खोप लगाइनेछ।, यो खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा ...
युनिक श्रेष्ठ मंगलबार दिउँसो प्रहरीले काठमाडौंको एक उद्योगमा छापा मार्‍यो। महानगरीय अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले उक्त उद्योगमा छापा मारेको हो।, उद्योगबाट कस्मेटिक सामानहरू उत्पादन तथा बिक्री-वितरण हुन्थ्यो तर गैरकानुनी रूपमा। , प्रहरीले केही समयअघि नै गैरकानुनी रूपमा मेह...
विवेक राई संक्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदीले कोरोना भाइरसको 'दोस्रो वेभ' को जोखिम बढिरहेको बेला सरकारले त्यसको रोकथामको लागि प्रभावकारी काम नगरेको बताएका छन्। , पछिल्लो समय संक्रमण फैलिने जोखिम उच्च रहे पनि सरकारले आवश्यक कदम नचालेको हुँदा पुनः लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने डा. सुवेदीको भनाइ छ। , 'लकडाउनमा नजा...
सेतोपाटी संवाददाता लोक सेवा आयोगले बुधबार राजपत्रअनंकित द्वितीय श्रेणीमा  प्राविधिक तथा स्वास्थ्य सेवा चौथो तहमा साढे ४ सय बढी पदमा आवेदन खुला गरेको छ।, आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हो।, आयोगले आफ्ना विभिन्न कार्यालयमातहतका जिल्लामा चाहिने कर्मचारीहरूका लागि आव...
सेतोपाटी संवाददाता नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज (बुधबार) चुनाव हुँदैछ। केन्द्रीय अध्यक्षलगायत विभिन्न पदहरूका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।, केन्द्रीय अध्यक्षका लागि गजेन्द्र बुढाथोकी, निर्मला शर्मा र विपुल पोखरेल गरी तीन जना उम्मेदवार मैदानमा छन्। तीम...
एजेन्सी संसारका केही धनाढ्यहरूका लागि कोरोनाभाइरसको महामारी धन बढाउने अवसर बनेर आयो। यही बीचमा धेरैले करौडौंको सम्पत्ति थपे।, फोर्ब्स म्यागजिनले मंगलबार  प्रकाशित गरेको २ हजार २ सय ५५ जना अर्बपति ,सूचीमा, अमेजनका संस्थापक जेफ बेजोस यसपालि पनि सूचीको पहिलो नम्बरमा छन्। उनको सम्पत्ति १७७ अर्ब डलर छ। त्यस्तै टेस्लाका माल...
रासस भूतपूर्व गोर्खाहरूको हकहितका लागि भनी गठित भूपू गोर्खाका पाँच सङ्गठन र गैरआवासीय नेपाली सङ्घ बेलायतले संयुक्त रूपमा बेलायतका प्रधानभमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन्। लामो समयदेखि भूपू गोर्खाहरूको असमान पेन्सन तथा अन्य समस्याहरूका सम्बन्धमा पटक-पटक आन्दोलन गर्दै आइरहेका सङ्गठनहरूले यसपटक एकजुट भई मङ्गलबार प...
नारायण खड्का गएको हिँउदसम्मै बेलझुण्डी रंगशाला देख्नेहरू टक्क उभिएर नियाल्थे।, बीचमा हरियो दुबो र वरिपरि गुलाबी रंगको सेन्थेटिक ट्रयाकले जो कोहीलाई लोभ्याउँथ्यो।, तारबार बेरिएको भए पनि तुलसीपुर-घोराही सडक खण्डमै रहेको रंगशालाले सबैका आँखा तान्थ्यो।, पहिलो पटक देख्नेहरु भन्ने गर्थे- ‘वाउ! क्या दामी रंगशाला।’, कलकत्ताबा...
एजेन्सी छिमेकी भारतमा कोरोनाभाइरसको संक्रमणसँगै मृत्युदर पनि बढेको छ।, मंगलबार भारतमा एक लाख ३ हजार ९ सय ५५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।  यो संख्या मंगलबार संसारकै सबैभन्दा धेरै हो।, भारतपछि ब्राजिल र अमेरिकामा संक्रमण धेरै छ।, गत वर्ष सुरू भएको कोरोनाभाइरसको पहिलो लहर चल्दा भारतमा एकैदिन यति धेरै संक्रमित थ...
रासस यस वर्षको वसन्तयाम सुरू भएसँगै हिमाली जिल्ला म्याग्दीका छ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ। वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन्।, म्याग्दीमा हावाहुरीको मौसम सु...
सेतोपाटी संवाददाता सुदूरपश्चिममा थप एक संक्रमितकाे मृत्यु  भएको छ।, कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत् भीमदत्त नगरपालिका-१५ का ४५ वर्षीय संक्रमित पुरुषको मंगलबार राति मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।, उनले अस्पताललाई उदृत गर्दै संक्रमितकाे मृ...
सेतोपाटी संवाददाता राइस कुकरमा सुन लुकाएर ल्याउने एक जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।, मंगलबार राति सवा १० बजे दुबईबाट आएको फ्लाई दुबईको विमानबाट आएका धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेका हुन्।, उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गरेको विमा...
एजेन्सी कोरोनाभाइरसको संक्रमण भएर निको भएका तीन जनामध्ये एक जनालाई मानसिक र मस्तिष्कसम्बन्धी समस्या देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।, मंगलबार ल्यान्सेन्ट साइकीआट्री जर्नलमा प्रकाशित अध्ययन रिपोर्टमा अनुसन्धानकर्ताहरूले निको भएकाहरूमध्ये ३४ प्रतिशतले संक्रमित भएको ६ महिनाभित्र मस्तिष्कसम्बन्धी/ मानसिक समस्याको उ...
सविता बुढा भारतमा दोस्रो चरणको कोरोना संक्रमण फैलिएसँगै रोजगारका लागि कमाउन गएकाहरू अहिले स्वदेश फर्किन थालेका छन्। , चैत ३ गतेदेखि त्रिनगर भन्सार नाकाबाट मात्रै ८ हजार बढी घर फर्किसकेका छन्।, तीमध्ये नाकामा ४ हजार बढीलाई कोरोना छ कि छैन भनेर एन्टिजेन परीक्षण गर्दा  १ सय ५० बढीलाई संक्रमण देखिएको छ।, त्रिनगर नाकामा हे...
सेतोपाटी संवाददाता इटहरीको तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भएको छ। , सोमबार मध्यान्ह इटहरी-१० स्थित प्लाई उद्योगमा आगो लागेको हो। , आगो के कारण लाग्यो भन्ने यकिन हुन नसकेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। , आगलागी सुरू भएपछि इटहरी, सुन्दरहरैंचा, उर्लाबारी, विराटनगर र इनरुवाबाट आएका पाँच वटा दमकलले निभाउने प...
सेतोपाटी संवाददाता बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको मान्छे मार्ने बाघलाई सदर चिडियाखानामा राखिने भएको छ।, आइतबार साँझ बाघलाई राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिएको थियो। बाघलाई सोमबार ललितपुरस्थित जावलाखेलको चिडियाखानामा राख्न लागेको सूचना अधिकारी असिम थापाले जानकारी दिए।, 'निकुञ्जले दुइटा बा...
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा पाँच दिन कैद र ६१ लाख जरिवाना हुने ठहर भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा खोटाङ जिल्ला मझुवागढी नगरपालिका-१५ घर भई हाल कागेश्वरी मनहरा नगरपालिका-९ गोठाटार बस्ने ३४ वर्षीय वरुण ढकाल छन्। उनलाई काठमाडौं पेप्सीकोलाबाट आइतबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धा...
सेतोपाटी संवाददाता अतिरिक्त रकम मागेपछि काठमाडौंस्थित पिपुल्स डेन्टल कलेजमा अध्ययनरत् ब्याचलर अफ डेन्टल साइन्स (बिडिएस) विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।, कलेजले तोकिएको भन्दा सात लाख रुपैयाँसम्म अतिरिक्त शुल्क मागेपछि आन्दोलन गर्नुपरेको विद्यार्थी बताउँछन्।, उक्त कलेजमा बिडिएस अध्ययनरत् २० औं ब्याच पहिलो वर्षका विद्...
किरण पौड्याल सन्दकपुर गाउँपालिकास्थित माइपोखरीकी सलिना राईको सोख चित्रकार बन्ने हो। सानो उमेरबाटै फाट्टफुट्ट चित्र कोर्ने गरेकी उनले अहिले त राम्रै तस्बिर बनाउँछिन्।  , उनी जिल्लामा मात्र होइन, राजधानीसम्म पुगेर पनि चित्र कोर्छिन्। उनको सपना उत्कृष्ट तस्बिर बनाउने र सबैमाझ चिनिने हो। उनी चित्रकलामै भविष्य खोज्दै छन्। ...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ सुकुटेस्थित एक रिसोर्टको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ।, आइतबार राति रिभरबे र्‍याफ्टिङ रिसोर्टको स्विमिङ पुलमा डुबेर १९ वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।, मृतक सिन्ध...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका प्रवेश गर्ने एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ। काठमाडौं जिल्ला संकट व्यवस्थापन समितिको  सोमबार बसेको बैठकले अब काठमाडौं प्रवेश गर्नेमध्ये शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्नु पर्ने निर्णय गरेको हो।, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सम्बन्धित स्थानीय तहहरू...
सेतोपाटी संवाददाता नेपालमा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४५३६ मा पिसिआर गर्दा २६६ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको छ।, पछिल्लो २४ घन्टामा १०२ जना निको भ...
सेतोपाटी संवाददाता अछाममा डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, सोमबार दिउँसो बान्नीगढी जयगढ गाउँपालिका-६ दर्नास्थित डोजर सडकबाट दुई सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए।, कच्ची सडक सफा गर्न गएको डोजर दुर्घटनामा परेको उनले बताए।, 'सडक सफा गर्न गएको ड...
सेतोपाटी संवाददाता पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह भारत जाने भएका छन्।, पूर्वराजाको सचिवालयले दिएको जानकारी अनुसार भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेलामा सहभागी चैत २६ गते बिहीबार भारत जान लागेका हुन्।, उनी कहिले फर्किने हुन् भन्ने बताइएको छ।, हरिद्वारमा लागेको कुम्भ मेला अप्रिल २७ सम्म चल्नेछ।, प...
सविता बुढा रानाथारू समुदायमा होरी पर्व ३८ दिनसम्म मनाइन्छ। कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको यो समुदायको सबभन्दा ठूलो पर्व होरी हो।, यस समुदयामा माघको पूर्णिमाका दिन होरी राखिन्छ र त्यसै दिनदेखि पर्व सुरू हुन्छ। माघको पूर्णिमादेखि फागु पूर्णिमासम्म गरी एक महिना जिन्दा (जिउँदा) होरीे खेलिन्छ। त्यो रातमा मात्र खेल...
सेतोपाटी मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ।, स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो।, केबुलकारको स्तरोन्नतिको पहिलो चरणमध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्...
सबिना श्रेष्ठ भक्तपुरमा बिस्का: जात्रा निम्ति रथ बनाउन सुरू भएको एक महिना भयो। रथका नाइके प्रेमलाल शिल्पकारसहित जात्रा सञ्चालन गुठीका सदस्यहरू फागुन २१ देखि न्यातपोल मन्दिरअगाडि रथको काम गर्दै थिए।, दुई हजार वर्ष पुरानो सांस्कृतिक पर्वलाई निरन्तरता दिँदै आएका ६० वर्षीय शिल्पकार सोमबार बिहान असन्तुष्ट र आक्रोशित भेटिए।...
सेतोपाटी संवाददाता नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। सोमबार राति ९ बजेर ५ मिनेटमा भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो।, भूकम्पको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ, संखुवासभासहितका जिल्लामा पनि महसुस भएको छ।, पूर्वी नेपालमा पाँच म...
सेतोपाटी संवाददाता सरकार र राजनीतिक दलहरूका कार्यक्रमदेखि जनजीवन सामान्य चलिरहेका बेला काठमाडौंका सांस्कृतिक पर्वलाई भने कोरोनाको कारण देखाउँदै रोक्न खोजिएको भन्दै विरोध प्रदर्शन सुरू भएको छ।, भक्तपुर जिल्ला प्रशासन कार्यालयले स्थानीय सरोकारवाला गुठीहरूसँग परामर्श नै नगरी बिस्का: जात्रा रोक्ने निर्णय गरेपछि स्थानीय जन...
सेतोपाटी संवाददाता पाल्पाको तानसेनमा मालबहाक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।, कुखुरा बोकेको उक्त गए राति करिब १२:२० बजे तानसेन नगरपालिका वडा नम्बर ७ काजिपौवामा दुर्घटनामा परेको थियो।, प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले सेतोपाटीलाई दिएको जानकारीअनुसार लु २ च ६३२ नम्बरको जिप तानसेनतर्फ आउँदै गर्दा कच्ची सड...
एजेन्सी साउदी अरबका एक जना राजकुमारले बेलायतको कट्सवल्डमा रहेको आफ्नो सम्पत्ति बहराइनका राजालाई बेचेका छन्।, बेलायती समाचार पत्र द गार्डियनका अनुसार साउदी राजकुमार बन्डर बिन सुल्तानले  ग्लिम्पटन पार्क स्टेट बहराइनका राजा हमाद बिन इसा अल खालिफा र उनका छोरा सलमान बिन हमाद बिन इसा अल खालिफालाई १६ करोड ६८ लाख अमेरिकी डलरम...
खिलानाथ ढकाल अछाम, मंगलसेन नगरपालिका-११ का ४९ वर्षीय भवानसिंह रावल २२ वर्षअघि रोजगारका लागि भारत गएका थिए। आफन्तका अनुसार उनी भारतको महाराष्ट्रमा सेक्युरिटी गार्डको काम गर्थे।, भारत गएको एक वर्ष नपुग्दै उनी सवारी दुर्घटनामा परे। बायाँ खुट्टा काट्नुपर्‍यो। त्यसयता नेपाल फर्केर श्रीमती जानकी रावलको रेखदेखमा बसिरहेका थिए...
एजेन्सी भारतीय इन्जिनियरहरूले रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज बनाएका छन्। कस्मिरमा रहेको चेनाब नदीमा बनेको उक्त आर्क ब्रिजको निर्माण सोमबार सकिएको छ। नदीको सतहदेखि ३५९ मिटर अग्लो रहेको यो आर्क ब्रिजको उचाइ पेरिसको आइफेल टावरको भन्दा ३५ मिटर अग्लो छ। १३ सय १५ मिटर लामो ब्रिजमा १७ वटा स्पान छन्।, भारतको नर्दन रेलवेले...
रासस कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ।, सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय त...
रासस वायु प्रदूषणको प्रतिकूल मौसमका कारण चितवनको हवाइ उडान प्रभावित भएको छ।, वायुमण्डलमा ‘भिजिबिलिटी’ कम हुँदा भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरातर्फ हुने उडान प्रभावित भएका हुन्।, भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले सोमबार भरतपुरबाट काठमाडौँ र पोखरामा हुने सबै उडान अवरुद्ध भएको जानकारी दिए।, प्रदूषणका कारण ...
सेतोपाटी संवाददाता चितवनको ठिमुरालाई देवघाटसँग जोड्ने निर्माणाधीन पुल भत्किएको छ। , भरतपुर–१ ठिमुरा र देवघाटको घिनाटार जोड्ने १० मिटर चौडाई भएको २२० मिटर लामो पुल मंगलबार बिहान करिब ४ बजे तिर भत्किएको हो ।, ठेकेदारको लापरबाहीका कारण पुल भत्किएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले जानकारी दिए। उनले प्रावि...
सेतोपाटी संवाददाता भोजपुर अरुण गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, वडा नम्बर ४ छेम्ताङमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा सोमबार बेलुका एक जनाको मृत्यु भएको हो।, प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका-८ का ४३ वर्षीय भेषबहादुर बस्नेत छन्।, बेलुका ६ बजे धरानबाट भोजपुर जाँदै गरे...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वडा नम्बर २० जैसिदेवलस्थित एक घरमा आगलागी भएको छ।, आइतबार बिहान करिब १० बजे बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, रत्नलक्ष्मी रञ्जितको चार तले पुरानो घरमा आगलागी भएको परिसरले जनाएको छ। दमकल र प्रहरीको सहयतामा आगो निभाइसकेको छ।, आगलागीबाट धेरै क...
सेतोपाटी संवाददाता ललितपुरको कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठ पक्राउ परेका छन्।, प्रहरीले शनिबार उनलाई चितवनबाट पक्राउ गरी ललितपुर ल्याएको महानगरीय प्रहरी परिसर ललितपुर स्रोतले जनाएको छ।, गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए। प्रहरीका अनुसार उनी १५-१६ दि...
विनोद सापकोटा झापाको विर्तामोडस्थित गाउँले होटलका सञ्चालक तिलक निरौला चारआलीको जंगलमा मृत फेला परेका छन्।, निरौला मोटरसाइकलसहित २ दिनअघि बेपत्ता भएका थिए। मे ९ प २२०९ नम्बरको साइन मोटरसाइकलसहित निरौला बेपत्ता भएपछि परिवारले सामाजिक सञ्जालमार्फत उनी हराएको सूचना सार्वजनिक गरेका थिए।, विर्तामोड-५ बस्ने निरौलाको शव जंगलम...
सेतोपाटी पुरातत्व विभाग काठमाडौँले प्रदेश नं २ को प्रसिद्ध तथा ऐतिहासिक स्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीणोद्वार गर्दा करीब २४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ।, सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जस्थित सो मन्दिरको जीणोद्वार गर्ने क्रममा उक्त कलात्मक इँटा फेला परेको हो। सो इँटा विसं १८३५ र १९३५ को हुनसक्ने बताइए...
एजेन्सी भारतको छत्तीसगढमा शनिबार माओवादीको आक्रमणमा परी २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।, टाइम्स अफ इण्डियाका अनुसार बिजापुर जिल्लामा शनिबार सुरूमा माओवादीहरूले एम्बुस आक्रमणमा गरेा थिए। त्यसपछि दुबैतर्फबाट गोली हानाहान भएको थियो।, प्रहरीका अनुसार माओवादीका पनि  केही मानिसहरू मरेका छन्। , 'नक्सलवादी विरूद्धको अपरे...
सेतोपाटी संवाददाता ज्वाला सिंह समूहको नाममा चन्दा मागेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।, बाँके राप्तीसोनारी गाँउपालिका-४ सुर्यलालपुरका २४ वर्षीय विकास चौधरी, ४१ वर्षीय मेघनाथ चौधरी, ४० वर्षीय भीमबहादुर भण्डारी र दाङ तुल्सीपुर उपमहानगरपालिका-१५ घर भई नेपालगन्ज बस्ने २९ वर्षीय ज्योतीप्रकाश चौधरीलाई प्रहरीले ...
एजेन्सी अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारी थालेका छन्। एक ग्रहबाट नियन्त्रण  गरी अर्को ग्रहमा गरिने पहिलो उडानका लागि नासाले पठाएको हेलिकप्टर मंगल ग्रहको सतहमा निस्किएको छ। , १.८ किलोग्राम तौल भएको हेलिकप्टरलाई वैज्ञानिकहरूले इन्जेन्युटी नाम दिएका छन्। यो हेलिकप्टर गत फेब...
सेतोपाटी संवाददाता नेपालमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३४५६ मा पिसिआर गर्दा १७६ जनामा कोरोना पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा भक्तपुरमा ४, ललितपुरमा ८ र काठमाडौँमा ८७ गरी उपत्यकामा मात्रै ९९ सय जनामा कोरोना संक्...
सेतोपाटी संवाददाता भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दो रूपमा रहेको छ । सीमा नाका त्रिनगर (डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नजिता पोजेटिभ आएको छ । शनिबार मात्रै सीमा...
सेतोपाटी संवाददाता बिनाअदालती प्रक्रिया भारतीय जेलमा ४० वर्ष बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य परीक्षण सुरू भएको छ।, विराटनगरस्थित विराट मेडिकल कलेजका चिकित्सकहरूले आइतबार उनको सामान्य स्वास्थ्य परीक्षण गरेका छन्। थप परीक्षण र उपचारका लागि उनलाई मेडिकल कलेजमा भर्ना गरिएको  छ।, दुर्गाप्रसादको प्रारम्भिक ...
सेतोपाटी संवाददाता ललितपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठले झन्डै ८० करोड रुपैयाँ ठगेको उजुरी परेको छ। , उनलाई प्रहरीले महानगरीय प्रहरी परिसर ललितपुरले चितवन भरतपुर महानगरपालिका-१० बाट शनिबार पक्राउ गरेको थियो। उनले संस्थाका पदाधिकारी तथा सर्वसाधरणलाई संस्थामा रकम जम्मा गराई...
एजेन्सी गत महिना मारवा सुलेहदोरले अनौठो कुरा देखिन्। २९ वर्षकी उनी इजिप्टकी पहिलो महिला पानीजहाज कप्तान हुन्।, एभर गिभन नामक विशाल कन्टेनर पानीजहाज स्वेज नहरमा फस्यो भन्ने समाचार बाहिरिएको थियो। जसकारण विश्वकै सबैभन्दा व्यस्त रहने व्यापारिक मार्ग बन्द भयो। उक्त पानीजहाज मार्च २३ गते बिहान फसेको थियो।, पानीजहाज फसेपछि ...
सेतोपाटी संवाददाता नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयकी एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिमाल रेग्मीलाई आइतबार पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।, '८४ वर्षीया जेष्ठ नागरिक आमाले उजुरी दिएपछि हामीले उनला...
सेतोपाटी संवाददाता सुनसरी कोशी गाउँपालिका-४ कोशीबाट प्रहरीले दुई जनालाई ८७ किलो गाँजा सहित पक्राउ गरेको छ।, कटानदेखि ५०० मिटर पश्चिम सडक छेउ बाँस झाङमा बालुवाको थुप्रोमा खाल्डो बनाएर गाँजा लुकाइराखेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।, तीन वटा प्लाष्टिकको बोरामा २९ किलोको दरले जम्मा ८७ किलो गाँजा बरामद भएक...
सेतोपाटी संवाददाता भक्तपुरमा पानी तान्ने मेसिन चोरेको आरोपमा कुटपिट गरी एक पुरूषको हत्या भएको छ।, प्रहरीले कुटपिट गरी हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। , शनिबार राति साढे ११ बजे चाँगुनारायण नगरपालिका-२ बर्खेपाटीस्थित पानी तान्ने मोटर चोरी गर्ने व्यक्तिलाई स्थानीयले न...
युवराज श्रेष्ठ भूकम्पपछि बारपाक, लाप्राक कस्तो भयो होला? पुनर्निर्माण पश्चातका यी गाउँका तस्वीर सञ्चार माध्यम र सामाजिक सञ्जालमा बेलाबखत छाइरहन्छन्। त्यही तस्वीर देखेर लमजुङका दूधपोखरी– २ बिचौरका शिक्षकको पनि आँखा लोभियो। ती गाउँ हेर्ने हुटहुटी पलायो। , स्थनीय बागेश्वरी माविका शिक्षक मिलेर शनिबार सवेरै बारपाक जाने योज...
सेतोपाटी संवाददाता बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट गैंडा गणना गर्न गएका निकुञ्जका एक कर्मचारीको मृत्यु भएको छ ।, आइतबार साँझ पौने ६ बजे ठाकुरबाबा नगरपालिका-९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत गैंडा गणना गर्न हात्तीसहित गएका माहुतेलाई बाघले आक्रमण गरेको थियो। , बाघको आक्रमणमा परी ज्यान गुमाउ...
रासस सुदुरपश्चिम प्रदेशले आज सार्वजनिक बिदा दिएको छ।, राना थारू समुदायको होली पछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक बिदा दिएको हो।, सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार प्रदेश सरकारको निर्णयअनुसार खखडेहरा पर्वका लागि सार्वजनिक बिदा ...
सेतोपाटी संवाददाता कोभिड १९ संक्रमण फेरि बढेको भनदै  भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा स्थगित गरिएको छ।, कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको आइतबार बसेको बैठकले बिस्केट जात्रा रोक्ने निर्णय गरेको हो। बैठकले गत वर्ष जस्तै यस वर्ष पनि जात्रा नगर्ने निर्णय गरेको हो।, जात्रामा भक्तजनको भीड हुने यसले संक्रमण ...
रासस तनहुँको भानु नगरपालिकाका कर्मचारीले अनिश्चितकालका लागि कामकाज बन्द गरेका छन्।, कार्यालयको काममा खटिरहेको बेला जनप्रतिनिधिको रोहवरमा केही व्यक्तिहरुले कार्यालयको सामान चोरी गरेको आरोप लगाएपछि विरोध गर्दै नगरपालिकाका कर्मचारीले आइतबारदेखि कामकाज बन्द गरेका हुन्।, नगरपालिकाका सम्पूर्ण कर्मचारीले आइतबार प्रेस विज्ञप्...
एजेन्सी भारतको महाराष्ट्रमा एकदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएपछि प्रदेश सरकारले रात्रिकालीन कर्फ्यू र सप्ताहन्तमा लकडाउन घोषणा गरेको छ।, आइतबार एकैदिन ५७ हजारभन्दा बढी मानिसमा संक्रमण देखिएपछि मुख्यमन्त्री उद्धव ठाक्रेले मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर सोमबारदेखि लागू हुने गरी प्रतिबन्धहरू लगाएका हुन्।, ...
रासस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन्।, घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ।, समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई रु प...
एजेन्सी छिमेकी भारतमा आइतबार एकैदिनमा अहिलेसम्मकै धेरै कोरोनाभाइरसका संक्रमित भेटिएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार १ लाख २ हजार ९ सय ८५ जना संक्रमित थपिएका छन्।, भारतमा पहिलो लहरको कोरोना संक्रमण फैलिँदा पनि एकैदिन यति धेरै मानिसमा संक्रमण भएको थिएन। गत सेप्टेम्बर १६ मा ९८ हजार १ सय ८३ जनालाई संक्रमित थ...
एजेन्सी चीनमा जनवरी ३१ पछि आइतबार सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित फेला परेका छन्।, दक्षिणपश्चिमी प्रान्त युनानको रूइली सहरमामात्रै आइतबार १५ जनामा संक्रमण देखिएको छ। म्यानमारसँग सीमा जोडिएको यो सहरमा भेटिएका सबै संक्रमित स्थानीय रूपमा संक्रमित भएका हुन्।, विदेशबाट आएका संक्रमितहरू समेत जोड्दा आइतबार संक्रमितको सं...
रासस मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ।, वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा उनका श्रीमती हस्तमायाको मृत्यु भएको ह...
सेतोपाटी संवाददाता देशभरि फेरि वायु प्रदुषणको मात्रा ह्वात्तै बढेको छ। बुुधबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटे पनि आइतबारदेखि फेरि बढेको हो।, वातावरण विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ। धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ। दोस्रो नम्बरमा चि...
सेतोपाटी संवाददाता देशभरि फेरि वायु प्रदुषणको मात्रा ह्वात्तै बढेको छ। बुुधबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटे पनि आइतबारदेखि फेरि बढेको हो। , स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ छ र काठमाडौं संसारकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो...
सेतोपाटी आफ्ना खेत गरामा सिँचाइ सुविधाका लागि बोरिङ जडानको काम थालिएपछि मटिहानी नगरपालिकाका किसानको मुहारमा चमक बढेको छ।, जिल्लास्थित भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय जलेश्वरले नगरपालिकाको समन्वयमा पावरड्रिल स्यालो ट्युबवेल–बोरिङ जडान कार्य थालेपछि किसानको मुहारमा चमक बढेको हो । , वडा नं ६ मा अहिले एकसाथ १० वट...
सेतोपाटी संवाददाता कैलालीमा 'सादा पोशाकमा खटिएको प्रहरी हुँ' भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्।, धनगढी उपमहानगरपालिका-८ स्थित व्यापारीबाट नगद मागेको अवस्थामा नगद पाँच हजारसहित धनगढी-५ का  २३ वर्षीय वीरेन्द्र सिंह र वडा नम्बर २ का २५ वर्षीय  पारस मल्ल पक्राउ परेका हुन्।, निजहरूको साथबाट माग गरेको नगदसमेत बरामद ग...
सेतोपाटी संवाददाता चुरे भावर संरक्षण कार्यक्रम अन्तर्गत पोखरी निर्माणको लागि प्राप्त भएको रकम पथरी-शनिश्चरे नगरपालिकाका प्रशासकीय अधिकृतसहित छ जनाले भ्रष्टाचार गरेको थाहा भएको छ।, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, इञ्जिनियर कृष्णप्रसाद कोइराला र सव-इञ्जिनियर लीलाराज भट्टराईविरूद्ध...
राजेश घिमिरे एक सिंगे गैंडाको गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जमा खटिएको टोलीमाथि जंगली हात्ती 'ध्रुबे'ले आक्रमण गरेको छ। , आक्रमणमा राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि साँझ ५ बजेतिर हेलिकप्टरबाट काठमाडौं पठाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ...
सेतोपाटी संवाददाता आफ्नै नवजात बच्चाको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्।, प्रहरीले बाग्लुङ ढोरपाटन नगरपालिका-३ घोसाखानी घर भई कास्की अन्नपूर्ण गाउँपालिका-२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवरलाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठ...
सेतोपाटी संवाददाता दाङमा भएको बस दुर्घटना मृतक दुबै जनाकै पहिचान खुलेको छ। , घोराहीबाट लमहीतर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रु बाहक माइक्रोबस शुक्रबार बेलुका  ५:४० बजेतिर  मसोटको ओरालोमा दुर्घटना भएको थियो।, दुर्घटनामा परी लमही नगरपालिका– ९ पैतेका  २९ वर्षीय अतिराम चौधरी र रूपेन्देहीको सैनामैना नगरपालिका  २८ वर...
सेतोपाटी संवाददाता दाङको घोराहीदेखि लमहीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, शुक्रबार साँझ पौने ६ बजे घोराही उपमहानगरपालिका-३ मसोतमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिए।, लु १ ख ९८६३ नम्बरको बसको ब्रेक फेला भई दुर्घटना हु...
डा.नुतन शर्मा, टेष्ट ट्युव बेवी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक पछिल्लो समय पुरूषहरूमा बाझोपनको समस्या धेरै बढिरहेको छ। एक समय महिलालाई धेरै आरोप लगाइन्थ्यो। तर अहिले पुरूषहरुमा समेत बाँझोपनको समस्या बढ्दै गएपछि हामीले यसबारे दुवैको अध्ययन गर्छौ।, पुरुषहरुमा बाँझोपना हुनका धेरै कारण छन्। जसमध्ये उसको काम गर्ने वातावरण र...
सेतोपाटी संवाददाता कैलालीको जानकी गाउँपालिका-६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ ।, शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ ।, प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका...
सेतोपाटी संवाददाता देशका पहाडी भू-भागमा आंशिक बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ।, जल तथा मौसम विज्ञान विभागले स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि बदली रही पहाडी भू-भागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।...
सेतोपाटी संवाददाता पश्चिमी सीमा नाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टिजेन परीक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजेटिभ आएको छ।, सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो।, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहर...