content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय काभ्रेले ‘सरप्राइज’ रुपमा टिपर चालकहरूले लागुऔषध सेवन गरे-नगरेको परीक्षण गर्न थालेको छ।, काभ्रेका विभिन्न खोलानालाबाट निर्माण सामग्री बोकेर राजधानी छिर्ने टिपर चालकहरूले लागुऔषध सेवन गर्ने गरेको गुनासो आएपछि प्रहरीले परीक्षण गर्न थालेको हो।, ‘प्रहरी प्रधान कार्यालयबाट लागुऔषध ... |
सेतोपाटी संवाददाता विराटनगरस्थित लाइफगार्ड अस्पतालको आइसियू कक्षमा उपचाररत् एक बिरामी भागेर आफैं घर पुगेका छन्।, आइसियू कक्षको शौचालयको झ्याल फोडेर देवानगञ्ज-१ सुनसरीका २१ वर्षीय विनोदकुमार मेहता भागेर शुक्रबार बेलुका घर पुगेका हुन्।, उनी शुक्रबार मध्याह्न अस्पतालबाट भागेका थिए। आइसियू उपचार कक्षमा लगाउने गाउनसहित उनी... |
सेतोपाटी डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृत्यु भएको छ।, सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनियर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धाँमीको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए। , शिखर नगरपालिका-२ मुडेगाउँको कालागाड नजि... |
सेतोपाटी संवाददाता नेपालमा थप १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २७२७ मा पिसिआर गर्दा १२८ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ।, पछिल्लो २४ घन्टामा १६१ जना निको भ... |
सेतोपाटी वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले चितवनको गैंडा गणनामा ध्रुबे नाम गरेको जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएका कर्मचारी तथा गणकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका छन्। , मन्त्री आलेले आज राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभा... |
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ। त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ। निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासङ्घले केन्द्रीय प्रतिनिधि खटाएको जनाएको छ।, महासङ्घका सचि... |
सेतोपाटी संवाददाता बर्दिया प्रहरीले ‘नो ड्रग्स’ अभियान सुरू गरेको दोस्रो साता १४ जनालाई पक्राउ गरेको छ।, पक्राउ परेकामध्ये एक जनालाई सुधार केन्द्र पठाइएको र दुई जनालाई कानुनी कारबाही थालिएको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।, अन्य ११ जनालाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाइएको कार्कीले बताए।... |
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासङ्घको २६औं महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सङ्गठन नेपाललगायत पत्रकारहरूको संस्थाले आज संयुक्तरूपमा उम्मेदवार घोषणासभाको आयोजना गरेका छन्।, शनिबार राजधानीमा आयोजित कार्यक्रममा विपुल पोखरेल नेतृत्वको महासङ्घ केन्द्रीय समितिको लोकतान्त्रिक, व्यावसायिक, श... |
सेतोपाटी संवाददाता गोरखाको बारपाकमा यात्रुबहाक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सात जना घाइते छन्।, ना ५ च ३२९८ नम्बरको जिप दुर्घटनामा परेर लमजुङ दूधपोखरी गाउँपालिका वडा नम्बर २ बिचौरस्थित बागिश्वरी माध्यमिक विदयालयमा पढाउने दुई जना शिक्षकको मृत्यु भएको हो। अन्य घाइतेहरू पनि सोही विद्यालयका शिक्षक हुन्।, बारप... |
रासस नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ।, त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ। निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासङ्घले केन्द्रीय प्रतिनिधि खटाएको जनाएको छ।, महासङ्घका सचिव प्रकाश थापा... |
रासस जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन्।, पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए।, उनकाअनुसार आगो नियन्त्रण बाहिर छ। पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन। घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने लिने प्रयास... |
एजेन्सी छिमेकी भारतमा पछिल्लो समय कोरोनाभाइरसका संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। कोरोनाको दोस्रो लहर फैलिरहेको भारतमा शनिबारमात्रै झन्डै ९३ हजार संक्रमित थपिएका छन्। योसँगै भारत संसार दैनिक धेरै कोरोना संक्रमित थपिने मुलुकमध्ये पहिलो नम्बरमा पुगेको छ।, टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार भारतमा ८९ हजार मानिसमा सं... |
राजेश घिमिरे चितवनको राप्ती-१३ को स्यामराङ गाउँलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको एक दशकभन्दा बढी भयो। , तत्कालिन लोथर गाविसको केन्द्र कालिटारमा गरिएको भेलाले पुरै गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरेको थियो। , घोषणा हुँदा गाउँलेले ताली पनि बजाए। , तर यसको अर्थ बुझ्न र कार्यान्वयन गर्न भने उनीहरूलाई वर्षौं लाग्य... |
सेतोपाटी संवाददाता हात्तीपाइले रोगविरूद्ध सरकारले ११ जिल्लाका स्थानीय बासिन्दालाई औषधि खुवाउने भएको छ।, मानिसलाई अशक्त र अपांग बनाउने एक सरूवा रोगमध्ये हात्तीपाइले पनि पर्छ।, चैत २० गतेदेखि हात्तीपाइले रोगविरूद्ध औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।, यस वर्ष झाप... |
रासस चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका ... |
प्रभाकर गौतम बुधबार बिहान ठमेलको 'एस्ट्रेकमा वाल क्लाइम्बिङ'को माहोल सधैंभन्दा भिन्न थियो। एक हुल दृष्टिविहीन पहिलो पटक वाल क्लाइम्बिङ गर्न आतुर थिए।, २० देखि ३० वर्ष उमेर समूहका १५ जना दृष्टिविहीन युवालाई वाल क्लाइम्बिङ गराउन दृष्टिविहीन अभियन्ता सृष्टि केसी उत्साहित थिइन्।, सबै सहभागीलाई वाल क्लाइम्बिङका लागि प्रोत्... |
खिलानाथ ढकाल महोत्तरीको भंगाहा नगरपालिका-८ धर्मटोलका सात जना किशोरी/युवती मंगलबार दिउँसो २ बजे सामूहिक रुपमा ‘घाँस काट्न’ भन्दै घरबाट निस्किएका थिए।, ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीया अस्मित... |
सेतोपाटी संवाददाता बुधबार साँझदेखि परेको पानीले हप्ता दिनदेखि बढेको वायु प्रदुषण घट्ने भयो भनेर काठमाडौंवासी दंग परे। पानी पर्न थालेको एकछिनपछि भने बत्ती झ्याप्प गयो। धेरै जना अन्धकारमा बस्नु पर्यो।, बुधबार राति काठमाडौं उपत्यकाका अधिकांश ठाउँ बिजुली गयो। तीमध्ये केही ठाउँमा राति नै बत्ती आयो, केहीमा बिहीबार बिहानसम्... |
सेतोपाटी संवाददाता कैलालीको होटलमा एक जना पुरूष मृत भेटिएका छन्।, धनगढी चौराहमा रहेको होटल सनराइजमा दुई दिनदेखि बसिरहेका धनगढी १७ का धुरजन्नाका ४३ वर्षीय तिलक भण्डारी मृत भेटिएका हुन्।, उनी पंखामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। , प्रहरी निरीक्षक हिक्मत थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए।,
कैलाली... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित प्रदेश नम्बर १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा बिहीबार साँझ पनि पानी पर्ने सम्भावना देखिएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ काठमाडौंमा ९.८ मिलिमिटर वर्षा भएको छ। गत मंसिरयता काठमाडौंमा यति धेरै पानी परेको यो पहिलो पटक हो।, पानी परेसँगै काठमाडौं उपत्यका र आसपास... |
सेतोपाटी संवाददाता प्रहरीले पर्साबाट साढे २६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।, परेर्वासुनौली गाउँपालिका-२ अखवाका रामेश्वर पञ्जियारलाई बुधबार अपराह्न पक्राउ गरेको हो।, घरमा लुकाइछिपाइ राखेको अवस्थामा गाँजा र गाँजा च्याप्ने मेसिनसहित उनलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।, पक्राउ प... |
सेतोपाटी संवाददाता मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर भक्तपुरले पाँच जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए।, परिसरमा १६ वर्षीया बालिकालाई कपडा पसलमा काममा लगाइदिने भन्दै काठमाडौंको माकलबारीस्थित फ्ल्याट ... |
सेतोपाटी संवाददाता राजधानीमा बुधबार दिउँसै आइएमईमा प्रवेश गरेर लुटेराहरूले ६ लाख रुपैयाँ लुटपाट गरेका छन्। , शान्ति सुरक्षाको हिसाबले संवेदनशील मानिने काठमाडौं-२२ खिचापोखरीस्थित आइएमईमा पसेर लुटपाट भएको हो। , बुधबार ३:५६ बजे राज भण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एन्ड ट्राभल्स आइएमईमा अपरिचित व्यक्तिहरू प्रवेश... |
सेतोपाटी कैयौं वर्षदेखि आफ्नो जग्गा छ भन्न नपाएका महोत्तरीको मटिहानी नगरपालिका–१ का गरिब घरजग्गाको लालपुर्जा पाएपछि दंग भएका छन्। , पहिलेको धिरापुर गाविसमा पर्ने (हाल, मटिहानी–१) का सिरसिया र धिरापुरका घरबासी बुधबार आफ्नो नाउँमा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएर दंग भएका हुन्।, ‘लाग्छ, जिन्दगीमा ठूलै कुरा पाएका छ... |
सेतोपाटी संवाददाता पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, शुक्रबार बिहान पौने ६ बजे जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको कार अनियन्त्रित भई रेलिङमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो।, महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा १० च २८६४ नम्बरको कार दुर्घटनामा परेको हो। दुर्घटना हुँदा मृत्यु हुने काठमाड... |
रासस काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेको छ।, बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ।, आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकार... |
सेतोपाटी संवाददाता भारतको सीतामढीबाट उद्धार गरिएका सात जना किशोरी/युवतीलाई ओरेक नेपालको सेफ हाउसमा पठाइएको छ।, बिहीबार साँझ प्रहरीले अनुसन्धान नटुंगिएसम्मका लागि ओरेक नेपालमा मनोपरामर्शका लागि पठाएको हो।, घाँस काट्न घरबाट मंगलबार दिउँसो निस्किकी भंगहा-८ धर्मपुरका किशोरीहरू ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा र ... |
सेतोपाटी संवाददाता पानी जमेको खाल्डोमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ।, प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका-६ टौदह नयाँ झोलुङ्गे पुलनजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको बिहीबार दिउँसो डुबेर मृत्यु भएको हो।, प्रहरीका अनुसार मृत्यु हुनेह दक्षिणकाली नगरपालिका-१ खहरे बस्ने ओखलढु... |
सेतोपाटी संवाददाता माछा मार्ने बम विस्फोट हुँदा बाग्लुङमा एक युवाको मृत्यु भएको छ।, मृत्यु हुनेमा बडिगाड गाउँपालिका-२ बस्ने ३१ वर्षीय मित्र राना छन्। बिहीबार दिउँसो माछा मार्ने बम बनाइरहेका रानाको सोही बम विस्फोट हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ।, विस्फोटबाट गम्भीर घाइते भएका रानालाई पाल्पा प्रभास अस्पताल हुँदै मिस... |
एजेन्सी ताइवानमा शुक्रबार एउटा यात्रुबाहक रेल दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ।, राजधानी ताइपेईबाट तैतुङतर्फ गइरहेको रेल एउटा टनेलभित्र लिकबाट छुटेर बाहिर गएको थियो। त्यसपछि उक्त रेल एउटा ट्रकसँग ठोक्कियो। अहिले पनि झन्डै ७० जना यात्रु रेलभित्र चेपिएको बताइएको छ।, ताइवानमा चार दशकमा भएको यो सबभन्दा गम्भीर... |
सेतोपाटी संवाददाता 'वातावरण मन्त्रालय हराएको सूचना' भन्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, शुक्रबार दिउँसो सिंहदरबारअगाडि निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै केही प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, देशमा डढेलो र वायु प्रदर्शनले जनस्वास्थ्य संकटमा परेको तर सरकार अझै... |
सेतोपाटी संवाददाता 'अस्ट्रेलिया पठाइदिने' भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-८ का २३ वर्षीय अमित भुजेललाई पक्राउ गरेको हो।, प्रहरीका अनुसार उनलाई बिहीबार पक्राउ गरेको हो।, भुजेलले सर्ट-टर्म भिसामा दुई/दुई वर्षको काममा लगाइदिने बताएका थिए। त्यसको लागि उनले एक सय ५ दिन... |
मोहम्मद सदरुल ‘गरिबीरहित समाज’ निर्माणको अभियानमा जीवन विकास समाज सक्रिय छन्। , वि.सं २०५४ मा स्थापना भएको यो समाजले अहिले प्रदेशको सात जिल्लामा ७५ शाखाबाट कार्यक्रम सञ्चालन गर्दै आएको छ। शिक्षा, स्वास्थ्य, कृषि, जस्ता क्षेत्रमा आफ्ना सेवालाई सफलतापूर्वक प्रदान गरी सामाजिक तथा आर्थिक समुन्नतिका लागि प्रयासरत यो संस्था... |
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन्।, काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर राष्ट्रपति भण्डारीले शुक्रबार आयोजनाको औपचारिक रूपमा उद्घाटन गरेकी हुन्।, भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने... |
सेतोपाटी संवाददाता नेपालमा थप १७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३५६५ मा पिसिआर गर्दा १७९ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ६४० पुगेको छ।, पछिल्लो २४ घन्टामा १११ जना निको... |
दिपकजंग शाही युवाहरुबीच झडप हुँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाउँपालिका-२ लिम्सामा युवाबीच झडप हुँदा नलगाड नगरपालिका-४ का नरेश रावलको मृत्यु ज्यान गएको हो।, यातायात क्षेत्रमा काम गर्ने ती युवाबीच बिहिबार राति झडप भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख मधुकुम... |
सेतोपाटी जिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड झडप घटनामा संलग्न आठ जनालाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ।, होली पूर्णिमाका दिन भएको झडप घटनामा संलग्न बडिगाड गाउँपालिका-१० का २३ वर्षीय मिलन बुढामगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढामगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढामगर, तीर्थलाल बुढामगर, ... |
सेतोपाटी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैंडा गणना कार्य सुरू भएको छ।, गैंडा गणनाका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ।,
,
निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन वटा ब्लकमा गैंडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण ... |
सेतोपाटी काठमाडौं महानगरपालिकाले ल्याण्डफिल साइट सिसडोल क्षेत्रका स्थानीयको माग पूरा गर्ने भएपछि उपत्यकाको फोहर शुक्रबार (आज) देखि उठ्ने भएको छ। , नुवाकोट ककनी गाउँपालिका सिसडोल क्षेत्रका स्थानीय बासिन्दाले फोहरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति बनाई विभिन्न माग राख्दै चैत १३ गतेदेखि फोहर विसर्जनमा अ... |
सेतोपाटी संवाददाता दाङको घोराही-लमही सडक बन्द हुने भएको छ। , लमही घोराही सडक खण्डमा केही ठाउँमा सडक जीर्ण भएकाले मर्मत सम्भार गर्नु परेकाले बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।, उक्त सडक मिति २०७७ चैत २२ गते बिहानदेखि चैत २६ गते साँझ ५ बजेसम्म बन्द हुने भएको हो। , साथै, उक्त सडकमा बस, ट्रक, टिपर, ट... |
सेतोपाटी संवाददाता ओखलढुंगामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।, खिजिदेम्बा-६ भित्ते की ५८ वर्षीया पासाङ शेर्पाको चट्याङ लागेर मंगलबार बेलुका मृत्यु भएको हो।, आफ्नै घरमा बसिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।,
चट्याङ लागेर ओखलढुंगाम... |
सेतोपाटी संवाददाता कैलालीमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन्।, बर्दगोरिया गाउँपालिका–३ खैरेनी बस्ने १९ वर्षीय अन्जली जैसी घरको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।, घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।,
कैलालीमा एक ... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा श्रीमतीमाथि चक्कु प्रहार गर्ने श्रीमान पक्राउ परेका छन्।, पुनर्वास नगरपालिका वडा नम्बर ६ धौलागिरी टोल बस्ने ३० वर्षीय धनबहादुर सार्कीलाई श्रीमतीमाथि चक्कु प्रहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।, सार्कीले २६ वर्षीया श्रीमती रुपा सार्कीमाथि ससुरालीमा चक्कु प्रहार गरेकोले पक्रा... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा इँटाभट्टामा काम गर्ने मजदुर मृत अवस्थामा फेला परेका छन्।, पुनर्वास नगरपालिका-१ मा रहेको श्री गणेश इँटा उद्योगमा काम गर्ने भारतको लखिमपुर इसाननगर घर भएका मुस्तथा नाम गरेका मजदुर मृत फेला परेका हुन्।, मंगलबार इँटाभट्टामै सुतेका उनी बुधबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका ... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा सुस्तमनस्थिति भएकी महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–२ दशरथबस्तीका ४० वर्षीय जग्गु चौधरी रहेका छन्।, उनले सोही ठाउँकी सुस्त मनस्थितिकी र आँखा कम देख्ने ३५ वर्षीय महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको ... |
सेतोपाटी संवाददाता कामको खोजीमा आउने युवतीहरूलाई पैसाको प्रलोभन देखाएर अनैतिक क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।, इलाका प्रहरी दमकका अनुसार वडा नम्बर ६ स्थित सब्जीमण्डीको घर भाडामा लिएर अनैतिक क्रियाकलाप चलाइरहेका महिला पक्राउ परेका हुन्।, पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे-४ की ३८ व... |
हरि बाँस्तोला उमेरले ९१ वर्ष पुगे पनि कास्कीको मादी गाउँपालिका–९ छाप मैदानकी द्रौपदी जमरकट्टेलका जीवनमा कहिल्यै खुसी आएन। चिसो–तातो मिलाएर छोराछोरी, बुहारी तथा नातिनातिनालगायत आफन्तले खाना खुवाउने तथा स्याहारसुसार गर्नुपर्ने अवस्थामा बेसहारा जमरकट्टेलले यतिखेर दर्दनाक जीवन बिताउँदै आएकी छन्।,
,
पाँच छोरी र एक छोराकी ... |
सेतोपाटी संवाददाता विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने भएको छ।, मौसमविद् समिर श्रेष्ठका अनुसार तुवाँलो हट्नका लागि मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ। , ‘अबको दुई तीन दिनमा त्यस्तो कुनै मौसमी प्रणाली विकास हुने अवस्था देखिएको छैन’, मौसमविद् श्रेष... |
सेतोपाटी संवाददाता पाँचथर याङबरक गाउँपालिका-३ मा बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनाबाट चालक फिदिम नगरपालिका-२ पल्लोटारका ३६ वर्षीय फूलकुमार राईको मृत्यु भएको हो।, बिहान ६ बजे फिदिमबाट च्याङथापुतर्फ जाँदै गरेको मे१ज ३५६ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल झरेको थियो।, दुर्घटनामा गम्भीर... |
सेतोपाटी बैतडीको सिगासमा गाउँपालिकामा भेटिएको फलाम खानीको उत्खनन सुरू गरिएको छ।, गाउँपालिका- १ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए।, यही चैत ८ गतेबाट फलाम खानीमा उत्खननको काम भइरहेको छ।, उनले भने,‘उक्त ठाउँमा खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन गरेको... |
सेतोपाटी संवाददाता काठमाडौंको बालाजु बाइपास सडकमा निर्माण हुन लागेको सूचना केन्द्रको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शिलान्यास गरेका छन्। , करिब एक करोड लागतमा सार्वजनिक शौचालयसहितको सूचना केन्द्र निर्माणका लागि राज्यमन्त्री मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन्। , श... |
सेतोपाटी संवाददाता गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको आज मृत्यु भएको छ।, मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। , गोली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौं रिफर गरिएको थियो।,... |
सेतोपाटी डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ।, जीप व्यवसायीहरूले भाडा बढाउन माग गर्दै गाडी थन्काएपछि सुँपानी–दुनै सडकखण्डमा चल्दै आएको यातायात सेवा ठप्प भएको हो।, जिल्ला प्रशासन कार्यालय डोल्पाले रु ३५० बाट भाडा घटाएर रु ३०० मा झारेकाले विरोध गर्दै यातायात सेवा ठप्प पारेको चालक सुरज पौडेल क्षेत्रीले बताए।, ‘... |
सेतोपाटी संवाददाता दरबारमार्गस्थित मेगा बैंकको एटिएम बुथ ह्याक गरि पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ परेका छन्। , महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझ २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङलाई पक्राउ गरिएको हो। , परिसरका अनुसार सिआओलङले एटिएम ह्याक गरी पैसा निकाल्न खोजिरहेका थिए। उनी एटिएम मेसिनको... |
सेतोपाटी संवाददाता प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश अहिराजले पदभार ग्रहण गरेपछि पहिलो महिनाको पारिश्रमिकको आधा रुपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन्।, बुधबार अहिराजले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगी आधा महिनाको तलब बराबरको रुपैयाँ सहयोग गरेका हुन्।, प्रदेश प्रमुख अहि... |
रविन्द्र बराल मोरङको रंगेली नगरपालिका ८ साझा टोलका रामबहादुर बस्नेत रंगेली अस्पतालका कर्मचारी हुन्।, उनी २०३८ सालदेखि कार्यालय सहयोगी पदमा काम गर्दे आईरहेका छन्। तर पछिल्लो समय उनी सरकारी निकायको कमजोरीले समस्यामा परेका छन्।, निजामति किताबखानामा जन्ममिति फरक पर्दा उनी थप समस्यामा परेका हुन्। उनको नागरिक लगानी कोष, ... |
शर्मिला पाठक स्थानीयबासीले अवरोध गरेपछि काठमाडौं उपत्यकाको फोहर छ दिनदेखि व्यवस्थापन हुन सेकेको छैन। , विगत १३ वर्षदेखि उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका बासिन्दाले विभिन्न माग राखी अवरोध गरेपछि उपत्यकाको फोहर उठ्न नसकेको हो।, सिसडोलका स्थानीयबासीले यही चैत १३ गतेदेखि उपत्यक... |
सेतोपाटी संवाददाता नेपालमा थप १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३९१९ मा पिसिआर गर्दा १६२ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ।, पछिल्लो २४ घन्टामा ५९ जना निको भए... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका करिडोरका सडक व्यवस्थापन गर्न ट्राफिक प्रहरी परिचालन गरिएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि करिडोर व्यवस्थापन टोली (सिएमटी) खटाएको हो।, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईका अनुसार १७ वटा मोटरसाइकलसहितको ट्राफिक प्रहरी करिडर व्यवस्थापनका लागि... |
एजेन्सी जापानले म्यान्मारमा प्रजातान्त्रिक प्रक्रिया अवरूद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै नयाँ आर्थिक सहायता दिन बन्द गरेको छ। , तर सेना र प्रहरीका कमान्डरहरुलाई अन्य देशले प्रतिबन्ध गरे पनि जापान त्यस्तो प्रतिबन्ध भने नलगाएको विदेश मन्त्रालयले जनाएको छ ।, म्यान्मारका लागि जापान सबैभन्दा ठूलो दातृ मुलुक हो । जा... |
सेतोपाटी संवाददाता चोभारमा रहेको हुप्पी ल्यान्ड सञ्चालनमा आएको छ।, स-साना केटाकेटीदेखि लिएर वृृद्धवृद्धाले रुचाएको रमणीय स्थलको रूपमा रहेको हुप्पी ल्यान्ड कोरोनाका कारण एक वर्षदेखि बन्द रहेको थियो । उक्त स्थान चैत्र १४ गते शनिबार देखि पूर्ण रूपमा सञ्चालनमा आएको जनाइएको छ। , एक अर्बभन्दा बढीको लागतमा स्थापना भएको उक्त ... |
सेतोपाटी संवाददाता बारामा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , जिल्लाको कोल्हबी नगरपालिका वडा नं.१ निकासमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा वडा नं.६ अधनवाका १८ वर्षीय विकास चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य एक जना घाइते भएका छन्। , ना ५४ प ६८५१ नम्बरको मोटरसाइकलमा सवार... |
सेतोपाटी संवाददाता धनुषाको जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत रमदैयामा विंगर अनियन्त्रित भएर पल्टिँदा चार जना घाइते भएका छन्। , जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ३ रमदैयास्थित ना १ ज ६३८५ नम्बरको विंगर अनियन्त्रित भएर पल्टिँदा चार जना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले... |
नारायण खड्का दाङको घोराही उपमहानगरपालिका-११ झुम्केटारीका केशव बस्नेतले आफ्नो घरअगाडिको सडकमा दिनहुँ राम-रमाइलो होला भनेर कहिल्यै सोचेका थिएनन्।, उनको घरअगाडि कालोपत्रे नागबेली सडकबाहेक अरू खासै केही छैन। न कुनै मन्दिर छ, न चर्चित पर्यटकीय स्थल नै छ। , दुईमहिना अघिसम्म सुनसान हुने यो ठाउँ अचेल भीडभाड हुन थालेको छ। किनभ... |
सेतोपाटी संवाददाता कैलालीमा एक स्थानीय तहका प्रमुखको मृत्यु भएको छ। मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो।, रावलको उपचारका क्रममा काठमाडौको अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद शर्माले जानकारी दिए।, लामो समयदेखि रक्तचा... |
सेतोपाटी संवाददाता रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकको एकसाथ सरुवा गरिएको छ।, गृह मन्त्रालयले सोमबार अकस्मात प्रजिअ पिताम्बर घिमिरेको सरुवा गरेको छ।, सिडिओको सरुवालगत्तै प्रहरी मुख्यालय र सशस्त्र प्रहरी मुख्यालयले पनि प्रहरी उपरीक्षक प्रवीण पोखरेल र सशस्त्र प्रहरी उपरीक्षक भर... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा दुई जना मृत फेला परेका छन्। , वेदकोट नगरपालिका-१ चम्फापुरस्थित राधा नदी नजिकै सोही ठाउँका अन्दाजी २९ वर्षीय नरेश सार्की मृत फेला परेको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार उनी महाकाली अस्पतालमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए।, उनी मंगलबार बिहान नदी नजिकैको रूखमा झुण्डिएको अवस्थाम... |
सेतोपाटी संवाददाता वातावरणीय प्रभावका कारण देशभरका विद्यालय चार दिनसम्म बन्द गर्ने सरकारले निर्णय गरे पनि रूकुम पश्चिमको चौरजहारी नगरपालिकाले भने यसलाई कार्यान्वयन नगर्ने भएको छ। , नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।, वायुमण्डलमा परेको अस्वभाविक वातावरणीय ... |
सेतोपाटी संवाददाता यातायात मजदूरले गरेको चक्काजामका कारण मंगलबार बिहानैदेखि दाङमा सार्वजनिक सवारीका साधन सञ्चालनमा आउन सकेका छैनन्। , नेपाल यातयात स्वतन्त्र मजदूर संगठन जिल्ला कमिटी दाङ, नेपाल यातयात मजदूर संघ इकाई तुलसीपुर र अखिल नेपाल यातायात मजदूर संघ दाङले संयुक्त रूपमा चक्काजामको आह्वान गरेका हुन्। , उनीहरूले दुई... |
प्रशन्न पोखरेल वायु प्रदुषण बढेको भन्दै सरकारले गरेको देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय विवादमा परेको छ।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठसहित मन्त्रालयका अधिकारीहरूको बैठकले मंगलबारदेखि चैत २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका थिए।, उक्त निर्णय मन्त्रालयका प्रवक्ता दीपक शर्माले... |
सेतोपाटी संवाददाता दाङका यातायात मजदूरहरूको तलबभत्ता नियमित रूपमा उपलब्ध गराउन यातायात व्यवसायीहरू सहमत भएका छन्।, यसअघि यातायात मजदूरहरूले आफ्नो माग पूरा नगरेको भन्दै मंगलबार बिहानदेखि नै चक्काजाम गरेका थिए। त्यसपछि जिल्ला प्रशासन घोराहीमा मजदूर संगठन र प्रमुख अधिकारीबीच समस्या समाधानका लागि छलफल भएको थियो। यसैगरी दि... |
सेतोपाटी संवाददाता होली खेल्ने क्रममा झगडा हुँदा सोमबार साँझ बारामा एक वृद्धाको मृत्यु भएको छ।, कलैया उपमहानगरपालिका-२३ भथौडामा होली खेल्ने क्रममा झगडा तथा कुटपिट हुँदा सोही ठाउँकी ६५ वर्षीया सञ्जादेवीको मृत्यु भएको हो।, प्रहरीका अनुसार घटनामा अन्य ६ जना घाइते भएका छन्। ती वृद्धाको उपचारको क्रममा भवानी अस्पताल वीरगञ्ज... |
सेतोपाटी वडाध्यक्ष र सदस्यबीचको विवादका कारण खोटाङको ऐंसेलुखर्क गाउँपालिका-२ बाकाचोलमा करोडौंको खानेपानी योजना रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ।, बाकाचोलस्थित बिस्कामखोला मुहान भएको माथिल्लो खानेपानी योजनामा वडाध्यक्ष सन्तवीर तामाङले समन्वय नगरी बिस्कामखोलाको पानी अन्यत्र लैजान अनुमति दिएको भन्दै असन्तुष्ट बनेका ... |
सेतोपाटी बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। , पौडी खेल्नेक्रममा नदीमा डुबेर हराएका राप्तीसोनारी गाउँपालिका-५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दिपक वैश्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी द... |
सेतोपाटी बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई लाखभन्दा बढी व्यक्तिले कोरोना भाइरसविरूद्ध खोप लगाएका छन्। , सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै गत माघदेखि हालसम्म कूल दुई लाख दुई हजार ८०८ जनालाई खोप दिइएको जनाएको छ। ,
,
सो अभियानमा प्रदेशमा रहेका नौ जिल्लामध्ये सबभन्दा ब... |
सेतोपाटी ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ सिकैचामा भएको टिपर दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु गएको छ।, प्रदेश ३–०१–०५ ख ९२७१ नंको टिपर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय कृष्ण विकको मृत्यु भएको हो।,
,
दुर्घटनामा परी चालक यामबहादुर विक र मन्दीप लिम्बू घाइते भएको युनिटेक हाइड्रोपाव... |
विनोद सिंह विष्ट पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको संख्या बढ्न थालेको छ।, जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको संख्या बढ्न थालेका हुन्।, पछिल्लो केही दिनयता भाइरल ज्वरो र पखालाका बिरामीको संख्या बढ्दै गएका जिल्ला अस्पताल बैतडीका... |
सेतोपाटी कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ।, निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल-भारत २४ नम्बर सीमास्तम्भ नजिक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए।, ‘हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखेपछि निकुञ्ज प... |
सेतोपाटी प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ। , खराब मौसमको सबभन्दा बढी मार हवाई क्षेत्रले व्यहोर्नु परेको छ। मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भए। आज पनि कतिपय गन्तव्यको उडान सञ्चालनमा कठि... |
सेतोपाटी संवाददाता भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोरोना भ्याक्सिन सहयोगस्वरूप दिएको छ। , उक्त भ्याक्सिन मंगलबार एक कार्यक्रमबीच जंगी अड्डामा हस्तान्तरण गरिएको छ। , भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले भिडिओ कम्फरेन्समार्फत् उक्त भ्याक्सिन प्रधानसेनापति पूर्णचन्द्र थापालाई ग्रहण गर्न अनुरोध गरेका थिए। ,... |
सेतोपाटी संवाददाता नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३१४० मा पिसिआर गर्दा १६७ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ।, पछिल्लो २४ घन्टामा ११५ जना निको ... |
सेतोपाटी संवाददाता प्रहरीले लहानस्थित मालपोत कार्यालयमा विस्फोट गराउने दुई जना मुख्य आरोपीलाई पक्राउ गरेको छ। , प्रदेश नम्बर २ प्रहरी कार्यालयका अनुसार सिरहा सुखिपुर नगरपालिका-५ का रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका-३ का २६ वर्षीय अभिमन्यू गिरी पक्राउ परेका हुन्। , उनीहरूलाई प्रदेश प्रहरी कार्यालय र सिरहा प्रह... |
सेतोपाटी संवाददाता बाल यौन दुराचार गरेको आरोपमा अमेरिकी नागरिक पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार एक अमेरिकी नागरिकलाई पक्राउ गरेको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।, पक्राउ पर्नेमा अमेरिकाको क्यालिफोर्नियाका ६६ वर्षीय माइकल नोरम्यान टेलर छन्। उनलाई ब्युरोको टोलीले पोखरा महानगरपा... |
सबिना श्रेष्ठ भक्तपुरका प्रेमलाल शिल्पकार बिस्काः (बिस्केट जात्रा) को रथ बनाउने काममा सहभागी भएको झन्डै आधा शताब्दी भयो। ६० वर्षीय प्रेमलाल अहिले रथका नाइके हुन्। , फागुन २१ देखि उनकै नेतृत्वमा पाँच तले मन्दिर (न्यातपोल) मा यो वर्षका लागि रथ निर्माण भइरहेको छ।, केही दिनअघि भेट हुँदा आफू सानो छँदा रथ निर्माणमा सहभागी भ... |
मनोज सत्याल सन् २००९ मा रिलिज सुपरहिट बलिउड फिल्म 'थ्री इडियट्स' मा अभिनेता आमिर खानले एक यस्ता वैज्ञानिकको भूमिका गरेका थिए, जसका नाममा चार सयभन्दा बढी पेटेन्ट दर्ता छ। संसारभरका बहुराष्ट्रिय कम्पनी उनको पछि लागेका छन्।, ती वैज्ञानिक भने सहरको चकाचौंध र नाम-दामबाट टाढा लद्दाखको दुरदराज गाउँमा केटाकेटीहरूको निम्ति स्क... |
नेहा झा घाँस काट्न गएका महोत्तरीका *सात जना बालिका/किशोरीहरू सम्पर्कविहीन भएका छन्।, उनीहरू सबै भंगहा नगरपालिका वडा नम्बर ८ स्थित धर्मपुर टोलका हुन्।, ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मि... |
सेतोपाटी संवाददाता कोरोना संक्रमण फैलिँदै गएपछि झापाको विर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्र लाग्ने सबै साप्ताहिक हाटबजार बन्द गरेको छ।, बढी भीडभाडमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरिएको हो।, मंगलबार बसेको नगरस्तरीय कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले सा... |
सेतोपाटी संवाददाता सरकारले शताब्दी पुरूष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ।, राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीको नाममा विद्यालय स्थापना गर्ने चाहना व्यक्त गरेको सन्देश दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ ललितपुरस्थित जोशी निवास पुगेका थिए।, मन्त्री श्रेष्ठले संस्कृतिविद् जो... |
सेतोपाटी संवाददाता काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।, मंगलबार बिहान साढे नौ बजे मूलपानीस्थित घर निर्माण गर्न खन्दै गरेको जगमा माटोको ढिस्कोले पुर्दा एक मजदूरको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकार... |
रासस महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका/किशोरी अपहरणमा परेको हुनसक्ने आशङ्का गरिएको छ।, मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको हो।, धर्मपुरको दलित बस्तीका घाँस काट्न भनी समूहमा निस्केका १० वर्षीयाद्वय रञ्जना पासवान र सीम... |
सेतोपाटी विगत केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ।, तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। , उहाँका अनुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थान... |
दुर्गा देवकोटा कैलालीमा मुस्लिम समुदायका छोरीहरूले ५ कक्षामाथि पढ्नै मुस्किल रहेको पाइएको छ। छोरी ठूली भएमा अभिभावकले विद्यालय पठाउन आनाकानी गर्दा छोरीहरूको शिक्षा आर्जनमा बाधा पुगेको छ।, जानकी गाउँपालिका–५ पथरैयामा मुस्लिम समुदायको बसोबास छ। पथरैयामा मुस्लिम समुदाय विगत ८० वर्षदेखि बसिरहेका छन्।, बस्तीकै बीचमा विसं २... |
नारायण खड्का ६ वर्षअघि विवाह भएकी दाङकी तिलाकुमारी वली न्यौपाने माइतीको शरणमा पुगेको वर्ष दिन भइसक्यो। उनी आफूसँगै दुई नाबालक छोराछोरी पनि बोकेर माइतीमै बसिरहेकी छन्। उनका ५ वर्षीय छोरा शशांकको कम्मरमुनिको भाग चल्दैन, जन्मेदेखि नै। छोरी विपना ३ वर्ष पुगिन्।, बबई गाउँपालिका-६ चौपारीमा उनको माइती घर छ। विवाह भएको घर घोर... |
सेतोपाटी संवाददाता स्याङ्जामा विङ्गर गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।, सोमबार बिहान पौने आठ बजे वालिङ नगरपालिका-७ बिसाउनीराजमा ग १ ख ९५९४ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।, उक्त गाडीमा १० जना सवार थिए। त्यमध्ये आठ जना घाइते भएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक (डिएसपी)... |
सेतोपाटी संवाददाता उत्तरी छिमेकी चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाभाइरसविरूद्धको भ्याक्सिन आइपुगेको छ।, सोमबार त्रिभुवन विमानस्थलमा आयोजित खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरेकी हुन्। , भ्याक्सिन ल्याउनका लागि नेपा... |
सेतोपाटी संवाददाता सिरहामा दुर्घटना भएको ठाउँमा कटुवा पेस्तोल र दुई राउण्ड गोली फेला परेको छ।, गोलबजार नगरपालिका-७ पुरानो चोहर्बामा आइतबार राति दुर्घटनास्थलबाट एक थान कटुवा पेस्तोल र ७.६२ एमएमको २ राउन्ड गोली बरामद भएको हो।, जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उक्त ठाउँमा ना ३ ख ४७७४ नम्बरको ट्रकले प्रदेश नम्बर २-०१... |
दिपकजंग शाही कर्णाली प्रदेशमा घरेलु हिंसा र आत्महत्याको अवस्था बढ्दो क्रममा देखिएको छ। प्रहरी र न्यायिक निकायहरूमा आउने उजुरीलाई हेर्ने हो भने यसको अवस्था बर्सेनि बढ्दो छ।, घरेलु हिंसाकै कारण यहाँ कतिपयले आत्महत्याको बाटोसमेत रोज्ने गरेका छन्। गत महिना दैलेखको आठबिस नगरपालिकामा भएको एउटा घटना त्यो शिलशिलाको पछिल्लो कड... |
सेतोपाटी बाजुराको बूढीगङ्गा नगरपालिका-१ डुङ्ग्रीमा पर्ने धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी लगातार चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेपछि विद्यालय नै बन्द हुने अवस्थामा पुगेको छ। , विद्यालयमा अध्ययनरत छात्रछात्रा विद्यालय आएपछि धमाधम बिरामी पर्दै घर जान थालेपछि विद्यालय नै बन्द गर्नुपर... |
सेतोपाटी संवाददाता बर्दियामा बाघले फेरि मान्छेमाथि आक्रमण गरेको छ।, सोमबार बाघको आक्रमणबाट एक पुरूष घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।, गेरूवा गाउँपालिका-१ जनकनगर बस्ने ३५ वर्षीय चुलाराम थारूमाथि आक्रमण भएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जनाएको छ।, उनी आफ्नो घरबाट तीन सय मिटर ... |
सेतोपाटी संवाददाता बागमती प्रदेशभरका प्रहरीले अब अपराध अनुसन्धानमा संलग्न हुँदा ज्याकेट र टोपी अनिवार्य लगाउनुपर्ने भएको छ। , प्रदेश प्रहरी कार्यालयले अनुसन्धानमा खटिने प्रहरीको छुट्टै पहिचान र कार्यसम्पादनमा एकरूपता ल्याउने ज्याकेट र टोपीसहित खटाउने निर्णय गरेको हो। , यो सोमबारदेखि लागू गरिएको प्रदेश प्रहरी प्रवक्ता ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.