content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। , ‘मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिकाले मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो। नगर क्षेत्रभित्र सदाचार, स्वास्थ्य, सुविधा त... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चार किलो लागुऔषध चरेशसहित एक महिलालाई पक्राउ गरेको छ। , गत फागुन २९ गते बिहान पौने ११ बजेतिर इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल बिओपी कृष्णनगरको संयुक्त सुरक्षा टोलीले कपिलवस्तुको कृष्णनगर बसपार्कबाट महिलालाई पक्राउ गरेको हो।, ... |
सेतोपाटी संवाददाता नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २७९० मा पिसिआर गर्दा १०४ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ४२४ पुगेको छ।, पछिल्लो २४ घन्टामा ९४ जना निको भ... |
युवराज श्रेष्ठ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम भवन अगाडि मंगलबार मानिसको भीड थियो। भीडभाडमा धेरैको अनुहार मलिन थिए। उनीहरू आपसमा कुराकानी पनि कमै गर्दैथिए। वातावरण नै शोकमा डुबेको थियो।, पोष्टमार्टम भवनमा सोमबार मृत्यु भएका एक जना सैनिक जवानको शव राखिएको थियो।, त्यसैको पर्खाइमा थिए, भवन बाहिर बस्नेहरू... |
सेतोपाटी संवाददाता हराएको भनिएकी दैलेखको आठविस नगरपालिका-३ निमायल गाउँकी रजनी बडुवालको शव पनि भेटिएको छ।, मंगलबार बिहान साढे ११ बजे ७ वर्षीया रजनीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए।, उनको शव पनि अछामको तुर्माखाँद गाउँपालिका-३ असाराघाट नजिक कर्णाली नदीको किनारामा भेटि... |
सेतोपाटी कोटेश्वरको जाम हटाउने, बस्ती डुबान रोक्ने, वातावरणीय र अन्य विभिन्न सुधार गर्ने उद्देश्यका साथ भक्तपुरमा शुरु भएको हनुमन्ते करिडोर निर्माणमा अवरोध पुगेका संरचना हटाउन थालिएको छ। , अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिले शुरु गरेको हनुमन्ते करिडोर निर्माणको क्रममा मापदण्ड विपरित रहेका संरचना हटाउन सम्बन्ध... |
सेतोपाटी संवाददाता सिन्धुलीमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।, दुर्घटनामा परी सात जना घाइते समेत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डिएसपी) मनोजकुमार लामाले जानकारी दिए।, मंगलबार दिउँसो पौने ४ बजे सिन्धुली बजारबाट कमलामाई नगरपालिका-७ बाँसकटेरी जाँदै गरेको बा १७ च १११७ नम्बरको जीप दुर... |
भगवती पाण्डे भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति रुपन्देहीले जिल्लामा हालसम्म गरेको तथ्यांक संकलन अनुसार झण्डै पौने एक लाख संख्यामा अव्यवस्थित बसोबासी तथा भूमिहीन परिवारको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। , नेपाल सरकारले गत माघ १५ गते गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगले माघ २४ गतेदेखि काम सुरू गरेक... |
सेतोपाटी संवाददाता बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।, मंगलबार दिउँसो साढे ३ बजे ठाकुरबाबा नगरपालिका-७ मोहनपुर बस्ने ६२ वर्षीया दल्ली रावतमाथि बाघले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।, रावतसहित तीन महिला दिउँसो बर्दिया राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएका थिए।, त्यस स... |
रासस कर्णाली प्रदेशअन्तर्गत रहेको सामाजिक विकास कार्यालय सिमकोटले प्रकाशन गरेको दलित छात्रवृत्तिमा पर्याप्त निवेदन पेश नभएको पाइएको छ।, कार्यालयले २०७७ साल फागुन २९ गते प्रकाशन गरेको दलित छात्रवृत्ति र उच्च शिक्षा तथा अपाङ्ग छात्रवृत्तिमा कसैले पनि आवेदन पेश नगरेको निमित्त सामाजिक विकास अधिकृत रेशमबहादुर खत्रीले बताए।... |
सेतोपाटी संवाददाता तीन वटा नागरिकता लिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बाग्लुङको गलकोट नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-४ सुकेधारा जाल्पादेवी मार्गका ३७ वर्षीय कमल सुनारलाई पक्राउ गरेको हो।, उनीबाट प्रहरीले तीन वटा नागरिकता तथा अन्य कागजात समेत बरामद गरेको ब्युर... |
नारायण खड्का गत वर्षको भ्यालेन्टाइन्स दिनका राति (फागुन २ गते) हत्या गरिएकी सल्यानकी १६ वर्षीया किशोरी कविता बोहोराको हत्या उनकै छिमेकी १६ वर्षीय किशोरले गरेको खुलेको छ।, जिल्ला प्रहरी कार्यालय, सल्यानले कविता हत्याको एक वर्षपछि मंगलबार पत्रकार सम्मेलन गरि हत्या गर्ने छिमेकी १६ वर्षीय किशोरलाई सार्वजनिक गरेको हो।, जिल... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।, मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था बिग्रेको हो।, जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको नर्भिक अस्पतालले जनाएको छ।, ‘उहाँको अवस्था गम्भीर छ,’ अस्पतालका कम्युनिकेसन तथा पिआर प्रमुख ... |
रासस कैलालीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ।, धनगढी–६ जालीमा रहेको जङ्गल प्लाजा नाम गरेको रिसोर्टबाट मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रिसोर्टका प्रबन्धक सोही ठाउँका रामप्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्ट... |
रासस जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फलफूल फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुन सकेको छैन।, यी क्षेत्रका जङ्गलमा न लालीगुराँस फुलेको छ न चुत्रो, ऐँसेलुजस्ता यस याममा फल्ने वनफल नै फलेका छन्।, यतिबेला म्याग्दीका विभिन्न क्षेत्रमा लालीगुराँस फुलेर रमणीयस्... |
सेतोपाटी संवाददाता महिलालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा दुई जना पक्राउ परेका छन्।, अछामको पञ्चदेवल नगरपालिकाकी एक महिलालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा सोही गाउँपालिकाका ४५ वर्षीय र २२ वर्षीय पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।, फागुन २६ गते पीडित पक्षले दिएको उजुरीको आधारमा उनीहरुलाई प्रकाउ गरिएको... |
एजेन्सी चीनको राजधानी बेइजिङमा सोमबार बिहानैदेखि धुलाम्ये हावा बहन थालेको छ। इनर मंगोलिया र उत्तर-पश्चिमी चीनका भागहरूबाट आएको हावाले बेइजिङको जनजीवन प्रभावित पारको हो। , चाइना मेट्रोलोजिकल एडमिनिस्ट्रेसनले सोमबार यलो अलर्ट जारी गरेको छ। इनर मंगोलियाबाट बालुवा मिसिएर आएको हावा बेइजिङ वरपरका गान्सु, सान्सी र हेबेई प्... |
सेतोपाटी संवाददाता विराटनगरको बरगाछीस्थित लाइफ गार्ड हस्पिटल प्रालि आज दिनभरि तनावग्रस्त बनेको छ। उपचारार्थ भर्ना भएका सात वर्षीय बालकको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि हस्पिटल दिनभर तनावग्रस्त बनेको हो। सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेका सात वर्षीय करन मण्डलको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाही... |
सेतोपाटी संवाददाता थुपारिएको निर्माण सामाग्री र संरचना हटाई खुलामञ्चलाई व्यवस्थित गर्ने अभियानलाई काठमाडौं महानगरपालिकाले निरन्तरता दिएको छ।, केही समयअघि खुलामञ्च खाली गर्न डोजर चलाएको महानगरपालिकाले आज पनि थप संरचना भत्काइदिएको छ। , काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले चिकित्सा विज्ञान राष्ट्रिय... |
सेतोपाटी तनहुँको बन्दीपुर गाउँपालिका कार्यालयले एक हल गोरु पाल्ने कृषकलाई एक थान हलो अनुदानमा वितरण गर्ने भएको छ।, गोरुलाई विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषकलाई हलो प्रदान गर्न लागिएको हो।, पछिल्लो समय नयाँ प्रविधिको आगमनसँगै गोरु पाल्ने र जोत्ने परम्परा हट्द... |
सेतोपाटी संवाददाता ललितपुरको नख्खुमा कन्टेनरको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि बसेका एक जना गम्भीर घाइते छन्।, आइतबार राति ९:२५ मा सातदोबाटोतिरबाट आइरहेको खाली कन्टेनरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा कास्कीका ३७ वर्षीय गणेशप्रसाद अधिकारीको मृत्यु भएको ललितपुर प्रहरीक... |
सेतोपाटी संवाददाता प्रहरीले चोरी मुद्दाका आरोपित व्यक्तिलाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले मकवानपुर घर भई बसुन्धरा बस्ने ३६ वर्षीय 'खन्ती' भन्ने सुकलाल वाइबालाई प्रहरीले आइतबार पक्राउ गरेको हो।, उनीमाथि गोकर्णेश्वर नगरपालिका-४ सुन्ताखाना बस्ने राजकुमार पण्डित क्षेत्रीको घरमा चोरी गरी फरार भएको ... |
सेतोपाटी संवाददाता दार्चुलामा ढुंगासहितको सुख्खा पहिरो खस्दा एक जना मजदूरको घटनास्थलमै मृत्यु भएको छ। , मालिकार्जुन गाउँपालिका ८ थकतोली बस्ने ४५ वर्षीय वीरराम टमटाको मृत्यु भएको हो।, सोमबार गोकुलेश्वर दार्चुला सडकखण्डमा गिट्टी फुटाउनलाई ढुंगा निकाल्ने क्रममा माथिबाट ठूल्ठूला ढुंगासहितको सुख्खा पहिरो खस्दा उनको मृत्यु... |
सेतोपाटी संवाददाता किशोरीमाथि पटक-पटक बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक पक्राउ परेका छन्।, बारा जितपुर सिमरा उपमहानगरपालिका-१० बेहराका ३० वर्षीय रमेश हजरा पासवानलाई प्रहरीले पक्राउ गरेको हो।, प्रहरीले गत बिहीबार पक्राउ गरी उनीमाथि जबरजस्ती करणीको मुद्दामा अनुसन्धान अघि बढाएको छ।, उनले १७ वर्षीया किशोरीलाई विवाह गर... |
सेतोपाटी संवाददाता खुला मञ्चमा भएका अस्थायी संरचना हटाउने क्रमलाई महानगरले तीव्र बनाएको छ। पहिलो चरणमा केही संरचना र बार हटाइसकेको महानगरले दोस्रो चरणमा डोजर लगाएर संरचना हटाउन थालेको हो। , दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेकोले बाँकी सामग्री र संरचना हटाउन थ... |
शोभा शर्मा ८ वर्ष अघिको कुरा हो, एकदिन बिहानै मैँया श्रेष्ठ र उनका तीन छोरा मध्यबानेश्वरस्थित अनूप खनालको घर पुगे। उनीहरूलाई देखेर अनूपकी श्रीमती आत्तिइन्।, अनूपकी श्रीमतीले बस्नु पनि नभनी मैँया र छोराहरू घरभित्र पसे।, 'अनूपजी खै,' मैँयाले सोधिन्।, 'मर्निङवाक जानुभएको छ। कतिखेर आउनुहुन्छ थाहा छैन,' अनूपकी श्रीमतीले भन... |
सेतोपाटी संवाददाता सफ्टवेयर सोर्स कोडको दुरूपयोग गरेको आरोपमा प्रिफेस टेकनोलोजी प्रालिका तीन जना पक्राउ परेका छन्।, नेपाल प्रहरीको साइबर ब्युरोले प्रिफेस टेकनोलोजीका तीन जना सञ्चालकलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा दाङ लमही नगरपालिका-५का ३९ वर्षीय बिमल केसी, रुपन्देही मायादेवी गाउँपालिका-५का ४० वर्षीय श्यामबहादुर च... |
भानुभक्त अदालतको सुनुवाइबिनै ४० वर्षदेखि भारतका जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना अझै केही दिन जेलमा बस्नु पर्ने भएको छ।, कलकत्ता उच्च अदालतमा सोमबार उनको मुद्दाको अन्तिम सुनुवाइ हुने र उनी आजै जेलमुक्त हुने अपेक्षा गरिएको थियो।, मुख्य न्यायाधीश थोट्टाथिल बि नायर राधाकृष्णन् र न्यायाधीश अनिरूद्ध रोयले उनको मुद्... |
सेतोपाटी संवाददाता राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने भएको छ। , मुस्लिम समुदायभित्र विभिन्न थर रहेका कारण समुदायलाई पहिचान गर्न समेत गाह्रो भएको भन्दै मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने भएको हो। सोमबार राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको वार्षिक प्रतिवेदन ... |
राजेश घिमिरे कपिलवस्तु, तौलिहवाका ६५ वर्षीय शाहिद मोहम्मदले हात्तीको संगत थालेको ४० वर्ष भयो। अहिले सौराहामा हात्तीका माउते छन्।, करिब चार दशक उनले हात्तीको स्याहारसुसार गरे। धेरै मान्छेलाई हात्ती स्याहार्न सिकाए। हात्तीको सफारी चलाउन पनि सिकाए। यतिका समय हात्तीसँग बिताएका उनलाई हात्तीबारे धेरै जानकारी छ। , यसका बाबजु... |
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसूरमा फरार प्रतिवादीलाई पक्राउ गरेको छ।, उच्च अदालत पाटनले माघ २ गते ९ लाख ५० हजार जरिवाना र तीन दिन कैद सजाय सुनाएका व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-३ जितपुर फेदी घर भई काठमाडौं बस्ने ५७ वर्षीय विजयकुमार श्रेष्ठल... |
सेतोपाटी संवाददाता बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले नेपाल प्रस्थान गरेको छ।, यस वर्षको बसन्तकालीन याममा सर्वाेच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली नेपाल प्रस्थान गरेको बहराइन, मनामास्थित नेपाली राजदूतावासले जारी गरेक... |
सेतोपाटी संवाददाता नेपालमा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३३११ मा पिसिआर गर्दा ७९ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ।, पछिल्लो २४ घन्टामा ७५ जना निको भएर ... |
सेतोपाटी दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग (१२ किमी) निर्माण सुरू हुने भएको छ। , लामाबगरबाट नौ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरूङमार्ग निर्माण हुनेछ। सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरूङले सोका लागि यसै वर्षमा ठेक्का लाग्ने बताएका छन्। , सडक विभागले उत्तर-दक्षिण कोरिडोरअन्तर्गत दोल... |
सुसन चौधरी वेगबहादुर तामाङ आफ्ना खुट्टाको भरमा दौडिन सक्दैनन्। दुइटा बैसाखी टेकेर हिँडडुल गर्ने भए पनि उनको वेग थामिएको छैन। स्कुटरमा सरर आफू मात्र होइन, अरूलाई समेत हुइँक्याउँछन् उनी। , वेगबहादुर पठाओ चालक हुन्। उनको स्कुटर अरूको जस्तो दुइटा पांग्रा भएको होइन, चार पांग्राको छ। जावलाखेल बस्ने उनी दैनिक यही स्कुटरमा पठ... |
दिपकजंग शाही गत फागुन २४ गते विद्यालय बन्द थियो। यसकारण फुर्सदमा रहेकी आठविस नगरपालिका–३ निमायलकी कल्पना भण्डारीले दिनभर घर परिवारलाई काममा सघाइन्। कल्पनाले बेलुका भान्सामा पनि आफैंले काम गर्ने सोचेकी थिइन्।, करिब सवा ५ बजेको थियो। गाउँभन्दा तल पर्ने कर्णाली नदीमा रहेको पुल नजिकै दुई जनाको शव भेटियो भनेर गाउँमा हल्ला ... |
सेतोपाटी संवाददाता सिरहाको लहानस्थित बमकाण्डमा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन्।, सशस्त्र प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले मालपोत कार्यालयमा भएको बमकाण्डमा संलग्न रहेको हुन सक्ने आशंकामा ३९ वर्षीय बलराम मण्डललाई पक्राउ गरेको हो।, मण्डल लहान नगरपालिका-१८का हुन्। उनलाई सुखीपुर नगरपालिकास्थित सीमावर्ती ... |
सेतोपाटी संवाददाता झापाको कमल गाउँपालिका १ बालुबारीमा टिपरले किचेर मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।, शनिबार बिहान केर्खाबाट निर्माण सामग्री लिएर हुलाकी राजमार्गतर्फ जाँदै गरेको ना १ क ६१६५ नम्बरको टिपरले किच्दा शिवसताक्षी नगरपालिका वडा न.४ डाँडागाउँका २० वर्षीय सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको हो।, मे १ ... |
सेतोपाटी नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि नियमित सञ्चालनमा आउने भएको छ।, इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक आज दिउँसोदेखि नियमित सञ्चालनमा आउने भएको हो। , पहिरो रोक्नका लागि एक साता सो स्थानमा दुइतर्फी सवारी आवागमन रोकी काम भएक... |
सेतोपाटी संवाददाता महोत्तरीको पिपरा गाउँपालिकाबाट बेपत्ता पारिएका झा दम्पतीको अवस्था सार्वजनिक गर्नुपर्ने माग गर्दै जनकपुरधाममा चक्काजाम गरिएको छ ।, जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर–५ स्थित सहोडवाबाट गत फागुन ११ गते राति घरबाटै बेपत्ता पारिएका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवी झाको अवस्था अझै अज... |
सेतोपाटी संवाददाता झापाको भित्री सडकमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार विर्तामोड नगरपालिका वडा नम्बर २ चारपाने बस्ने ४५ वर्षीया कलसावती राजवंशीको घटनास्थलमै मृत्यु भएको हो।, बाह्रदशी गाउँपालिका वडा नम्बर ५ को कनकन मार्गमा राजवंशी सवार मे ११ प ... |
सेतोपाटी संवाददाता खप्तड छेडेदह गाउँपालिका एक घर एक बैंक खाता अभियान सम्पन्न गर्ने नेपालकै पहिलो गाउँपालिका घोषणा भएको छ।, हिमालयन बैंक लिमिटेडको छेडेदह शाखाको सहकार्यमा उक्त अभियान सम्पन्न भएको हो। वित्तिय चेतनामा अभिबृद्धि–सन्तुलित आर्थिक गतिविधि आत्मनिर्भरताको लागि बैंक खातामार्फत वचत बृद्धि नारा तय गर्दै गाउँपालिक... |
सेतोपाटी संवाददाता नेपालमा पहिलो पटक १ वर्षभन्दा कम उमेरका बच्चामा कलेजो प्रत्यारोपण गरिएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शनिबार राति ११ महिनाका एक जना शिशुमा कलेजो प्रत्यारोपण भएको हो।, त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीले दिएको जानकारी अनुसार काभ्रे घर भएका ३५ ... |
एजेन्सी बेलायतको राजधानी लन्डनमा शनिबार केही महिलाहरू हातमा फूल र मैनबत्ती ल्याएर सडकमा निस्किएका थिए। उनीहरू केही समयअघि अपहरणपछि हत्या गरिएकी ३३ वर्षीय सारा एभरार्डको सम्झनामा भेला भएका थिए। सारा मार्च ३ मा अन्तिम पटक जिवित देखिएको ठाउँमा उनीहरू पुगेका थिए। सारा त्यो रात आफ्ना साथीको फ्लाटबाट घर फर्किँदै थिइन्। त्यह... |
सेतोपाटी संवाददाता ट्रयाक्टरबाट खसेर दार्चुलामा एक जनाको मृत्यु भएको छ।, लेकम गाउँपालिका-६ मा ट्रयाक्टरबाट खसेर सोही ठाउँका ३० वर्षीय अशोक खत्रीको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय दार्चुलाकाले गोकुलेश्वरबाट रिठाचौंपाता गइरहेको सुप्रप्र ०१००२ त ४८३५ नम्बरको ट्रयाक्टरबाट खसेर उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ।... |
सेतोपाटी संवाददाता नेपालमा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ६० जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार १७८ पुगेको छ।, पछिल्लो २४ घन्टामा ७२ जना निको भएर फर्किएका छन्। योसहित... |
सेतोपाटी संवाददाता प्रहरीले स्रोत नखुलेको साढे १९ लाखसहित एक जनालाई पक्राउ गरेको छ।, शनिबार पर्साको वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेट इलाकाबाट एपिएफ टोलीले स्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका २१ घर भएका ३६ वर्षीय... |
सेतोपाटी संवाददाता विराटनगरका उद्योगीहरुको संस्था उद्योग संगठन मोरङमा नयाँ नेतृत्व चयन भएको छ।, शनिबार राति सम्पन्न साधारणसभाले सुयस प्याकुरेलको नेतृत्वमा नयाँ समिति छानेको हो । , अध्यक्ष निर्विरोध चयन हुँदा वरिष्ठ उपाध्यक्ष पदका लागि चुनाव नै भएको थियो। , वरिष्ठ उपाध्यक्षमा प्रदीपकुमार मुरारका निर्वाचित भएका छन्। वरि... |
एजेन्सी गत अक्टोबरमा सरकारी बैंक र नियामकको आलोचना गरेपछि चिनियाँ अर्बपति ज्याक मा एकाएक हराए। उनी कहाँ छन् भन्नेबारे संसारको चासो बढ्यो। उनको आन्ट ग्रुपको ३७ अर्ब डलरको आइपिओ नै रोकिएपछि मालाई चीन सरकारले नै नजरबन्दमा राखेको हुनसक्ने आशंका गरियो। उनी सिंगापुर गएको पनि हल्ला चल्यो। त्यसयता उनी एक पटक सार्वजनिक कार्यक्... |
रासस आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ।, स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।, प्रि-मनसुनको अवधिमा दिनभर घाम... |
सेतोपाटी संवाददाता नारायणहिटी संग्रहालय (पुरानो राजदरबार) भित्र रहेको सिनेमा हल अब चलाइने भएको छ। , दरबार हत्याकाण्ड २०५८ सालदेखि बन्द रहेको सिनेमा हल सरसफाइ र रंगरोगन गरेर आउँदो वैशाखदेखि सञ्चालन गर्न लागिएको छ। दरबारभित्रको यो सिनेमा हलमा सर्वसाधारणले पनि डकुमेन्ट्री हेर्ने पाउने छन्।, तत्कालीन राजपरिवारका सदस्यलाई ... |
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशमा माघ र फागुन महिनामा एक लाख ४९ हजार ५ सय ७१ जनालाई कोरोनाभाइरस विरूद्धको खोप लगाइएको छ।, प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ९ वटै जिल्लामा यो संख्यामा खोप लगाइएको हो।, अछामका १३ हजार ८ सय ५, बैतडीका १४ हजार ९६, बझाङका १३ हजार ७ सय ३५, बाजुराका ८ हजार १ सय ९५ डडे... |
एजेन्सी साउदी अरबले विदेश कामदारहरूलाई सजिलो हुने गरी 'काफला' प्रणालीमा सुधार गरेको छ।, साउदी अरबका मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेको सुधार आइतबारदेखि लागू भएको हो।, योसँगै अब साउदीमा रहेका विदेशी कामदारले मालिकको अनुमतिबिनै देश भित्रिने र बाहिरिने गर्न सक्ने छन्। विदेशी कामदारले का... |
रासस बैतडी र दार्चुलाको सिमानामा पर्ने चौलानी नदीमा आइतबार एक युवक मृत फेला परेका छन्।, मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका-१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन्।, कार्की बैतडीको दोगडाकेदार गाउँपालिका-६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानका... |
नेहा झा सिरहाको लहानमा बम बिस्फोट हुँदा ६ जना घाइते भएका छन्।, लहानको मालपोत कार्यालयमा आइतबार दिउँसो करिब १ बजेतिर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिएका छन्।, घाइते भएकामध्ये १ जनाको अवस्था गम्भीर छ भने पाँच जना सामान्य छन्।, घटनाबारे विस्तृत जानकारी लिन एसपी ... |
एजेन्सी भारतीय अर्बपति मुकेश अम्बानीको मुम्बईस्थित घरनजिकै विस्फोटक पदार्थले भरिएको गाडी राखेको घटनामा एक प्रहरी पक्राउ परेका छन्।, नेशनल इन्भेस्टिगेसन एजेन्सी (एनआइए) ले शनिबार १२ घन्टा सोधपुछ गरेपछि मुम्बई प्रहरीका अधिकारी सचिन वेजलाई पक्राउ गरेको इन्डिया टिभी न्युजले जनाएको छ।, एनआइएका प्रवक्ताका अनुसार वेजलाई दक्ष... |
सेतोपाटी संवाददाता छात्रालाई कक्षाकोठामै यौन दुर्व्यवहार गरेको आरोपमा दाङमा एक शिक्षक पक्राउ परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित अमर मावि उरहरीका ती शिक्षकविरूद्ध बाल यौन दुराचारको उजुरी परेपछि पक्राउ गरिएको हो। तुलसीपुर-११ सुकौराका शिक्षकलाई प्रहरीले फागुन २६ गते पक्राउ गरेको हो।, एक हप्ताअगाडि फागु... |
सेतोपाटी ताप्लेजुङको तीन स्थानीय तहले ग्याल्पो ल्होसारका अवसरमा आज सार्वजानिक बिदा दिएका छन्।, मेरिङ्देन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाले ग्याल्पो ल्होसारमा सार्वजानिक बिदा दिएका हुन्।, शेर्पा समुदाय बसोबास भएको स्थानीय तहले ग्याल्पो ल्होसारको दिन सार्वजानिक बिदा दिएको मेरिङदेन गाउँपालिका ... |
सेतोपाटी संवाददाता सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम बिस्फोटको घटनामा ८ जना घाइते भएको खुलेको छ।, कार्यालयमा आइतबार दिउँसो पौने एक बजे बम बिस्फोट हुँदा धनगढीमाई नगरपालिका-१३का सेवाग्राही अन्दाजी ३० वर्षीय दिनेशकुमार भण्डारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्ड... |
नेहा झा सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम बिस्फोट हुँदा घाइते हुनेको संख्या ७ जना पुगेको छ।, घाइते हुनेमा २ जना सरकारी कर्मचारी छन् भने बाँकी सेवाग्राही हुन्।, प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले दिएको जानकारीअनुसार बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्... |
सेतोपाटी संवाददाता सिरहाको बम बिस्फोटमा परी गम्भीर घाइते भएका दिनेशकुमार भण्डारीलाई हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको छ।, उनको थप उपचारको लागि नेपाली सेनको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शालीग्राम शर्माले जानकारी दिए।, उनको काठमाडौंको कुन अस्पतालमा उपचार गराउन लागेको ... |
सेतोपाटी संवाददाता कैलालीमा मोहना नदी तर्ने क्रममा बेपत्ता भएका भारतीय नागरिकको शव फेला परेको छ।, टीकापुर नगरपालिका–१ खक्रौलामा मोहना नदी तरेर नेपाल आउने क्रममा बेपत्ता भएका भारतको लखिमपुर खिरीका १८ वर्षीय सैवाजरिवास खानको शव फेला परेको हो।, आइतबार बिहान ७ बजे नदि तरेर नेपाल आउनेक्रममा उनी बेपत्ता भएका थिए।, बेपत्ताप... |
सेतोपाटी संवाददाता दाङको घोराहीबाट एक महिला जरायोको सिङसहित पक्राउ परेकी छन्।, घोराही उपमहानगर वडा नम्बर ४ पृथ्बीनगर टोलबाट २८ बर्षीया सीता चौधरीलाई जरायोको पाँच वटा सिङ (ओखेटोपहार)सहित प्रहरीले पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मोहनजंग बुढाथोकीले आइतबार बिहान ८ बजेतिर उनलाई पक्राउ गरिएको जानक... |
सेतोपाटी कमलपोखरी पुनर्निर्माणको काम ७० प्रतिशत सकिएको छ।, अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको काम भइरहेको छ। आगामी एक महिनाभित्र सबै सक्नेगरी पुनर्निर्माणको काम भइरहेको काठमाडौं महानगरपालिकाले जानकारी गराएको छ।, सौन्दर्यको कामसँगै काठको केही कलात्मक बुट्टा कुँद्ने काम पनि भइरहेको कामपा भौतिक प... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा ११ वर्षीया एक बालिकाको शव झुण्डिएको अवस्थामा फेला परेको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ गाईखुटी गाउँकी ११ वर्षीया सीता विकको गएराति घर नजिकै रूखमा झुण्डिएको अवस्थामा फेला परेको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार राति ९ बजेतिर सीताको श... |
सेतोपाटी संवाददाता भारतको नयाँ दिल्लीमा कोठी चलाउँदै आएकी नुवाकोटकी एक महिलालाई पक्राउ गरेको छ।, प्रहरीले दुप्चेश्वर नगरपालिका-२ घर भइ नयाँ दिल्लीको जिबी रोड ५६ नम्बरको गल्लीमा कोठी चलाउँदै आएकी ६२ वर्षीया (चमेली) सीता तामाङ भन्ने रूकमाया तामाङलाई पक्राउ गरेको हो।, मानव बेचबिखन अनुसन्धान ब्युरोले नुवाकोट प्रहरीको सहयो... |
एजेन्सी अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली उबर ड्राइभरलाई हातपात गर्ने महिला पक्राउ परेकी छन्।, सान फ्रान्सिस्को प्रहरीका अनुसार नेपाली उबर ड्राइभर शुभाकर खड्कालाई गत आइतबार हातपात गर्ने २४ वर्षीया मलेसिया किंगलाई बिहीबार पक्राउ गरिएको हो।, घटनामा संलग्न अर्की महिलाको पनि खोजी भइरहेको छ। ती महिलाले आफू अधिकारीसामू उप... |
सेतोपाटी संवाददाता बारामा एक पुरूषको शव फेला परेको छ।, शुक्रबार बिहान साढे आठ बजे जीतपुरसिमरा उपमहानगरपालिका-१० मा एक पुरूषको शव कुहिएको अवस्थामा फेला परेको बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले जानकारी दिए।, घटना शंकास्पद हुँदा प्रहरीले प्रदेश नम्बर २ प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको टोली बोला... |
सेतोपाटी संवाददाता धादिङको जमुना गाउँपालिकाका लेखा अधिकृत र इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा लेखा अधिकृत अर्जुनप्रसाद सापकोटा र इन्जिनियर पूजा कार्कीविरूद्ध बिगो ९५ हजार कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो। , इन्जिनियर कार्कीले ठेक्का सम्झ... |
सेतोपाटी संवाददाता पत्रकार सुशील शर्माको निधन भएको छ। , लामो समय बिबिसीमा काम गरेका शर्माको शुक्रबार दिउँसो काठमाडौंमा निधन भएको हो।, ठूलो आन्द्राको क्यान्सरबाट लामो समय पीडित शर्माको ओम अस्पतालमा उपचारकै क्रममा निधन भएको अस्पताल प्रशासनले जनाएको छ।, पारिवारिक स्रोतका अनुसार उनको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्का... |
सिद्धराज भट्ट धनगढी उपमहानगरपालिकाका वीरबहादुर खाती कोरोनाको समस्यापछि बजारमा पाइने खाजा खान डराउँछन्।, खानै परेमा धुलोधुँवा नभएको र सरसफाइ भएको होटलमा पुगेर एक्लै खाजा खान्छन्। , ‘कोरोनाले स्वास्थ्यप्रति सजगता अपनाउन सचेत गराएको छ’, स्थानीय एक होटलमा भेटिएका उनले भने, ‘छरछिमेकका कतिपय व्यक्ति पनि आफ्नो सरसफाइमा सचेत ... |
नारायण खड्का दंगीशरण गाउँपालिका, गोलटाकुरीका छविलाल नेपालीलाई करिब २० वर्ष पुरानो घटनाले बेलाबेला झस्काइरहन्छ। आङ सिरिङ्ग हुन्छ। हातखुट्टा चिसा हुन्छन्। मुटु ढुक्क फुल्छ।, हलो बनाउने काठ काट्न वन गएका बेला उनी नेपाली सेनाको निसानामा परेका थिए।, यो २०५९ साल, साउन १६ गतेको कुरा हो।, साउनको महिना भए पनि त्यो दिन गोलटाकुर... |
सेतोपाटी संवाददाता झापाको प्रस्तावित बिएण्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टर प्रा.लि.लाई सम्बन्धन दिनका लागि काठमाडौं विश्वविद्यालय र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबीच ९ बुँदे सम्झौता भएको छ।, बुधबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको रोहवरमा विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र बिपी प्रतिष्ठानका उ... |
नारायण महर्जन भाषामाथि भएको दमनविरूद्ध प्रदर्शन गरिएको छ।, बृहत् नागरिक आन्दोलन, नेपाल आदिवासी जनजाति महासंघ, भाषिक अधिकार संघर्ष समिति नेवाः देय् दबु संयोजनमा खलः पुच, मोर्चा, अभियान र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले विरोध प्रदर्शन गरेको हो।, शुक्रबार उनीहरूले सबै मातृभाषालाई सरकारी कामकाजको भाषा बनाऊ ... |
सेतोपाटी संवाददाता नेपालमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २५१२ मा पिसिआर गर्दा ४८ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको छ।, पछिल्लो २४ घन्टामा ६१ जना निको भ... |
सेतोपाटी संवाददाता प्रहरीले दुई किलो ५ सय ग्राम युरेनियमसहित चार जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी कार्यालय रानीपोखरीले विशेष सूचनाको आधारमा काठमाडौं महानगरपालिका- ६ बौद्ध टुसालबाट युरेनियमसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिए।, पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोश... |
पूर्णप्रसाद मिश्र महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ। , कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि गत वर्ष चैत ११ गते लागू गरिएको बन्दाबन्दीअघिकै समयानुसार मन्दीर खुला हुने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए। , विसं २०७६ चैत ११ गते ... |
सेतोपाटी संवाददाता प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले जनकपुरको एक विद्यालयमा गएर कक्षा १ का विद्यार्थीलाई पढाएका छन्।, प्रदेश २ को शैक्षिकस्तर खस्किरहेको समयमा प्रदेश प्रमुख झाले शिक्षामा जोड दिने उद्देश्यले जनकपुरधामस्थित ऐतिहासिक सरस्वती माध्यमिक विद्यालयमा पुगेर कक्षा १ मा अध्ययनरत विद्यार्थीहरूलाई पढाएका हुन्। ,... |
दिपकजंग शाही यही फागुन २३ गते आइतबारको कुरा हो। दैलेखको आठविस नगरपालिका–३, निमायल गाउँको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा चालू थियो। विद्यालय बन्द हुनु एक घन्टाअगाडि कक्षा ७ मा पढ्ने छात्रा कल्पना बडुवालले प्रधानाध्यापकको कार्यकक्षमा आएर बिदा मागिन्।, उनले घरमा काम परेकाले बिदा चाहिएको बताएकी थिइन्। उनको कुरा... |
प्रा.डा सविना भट्टराई, छालारोग विशेषज्ञ शरीरमा आउने पोतोलाई हामी एक किसिमको छाला रोगको रूपमा लिन्छौं। यो एक किसिमको कस्मेटिक रोग हो। यसले बढी मानसिक तनाव गराउँछ। यो सबैभन्दा बढी मुखमा हुन्छ भने पुरूषको तुलनामा महिलालाई धेरै हुन्छ।, घाममा धेरै बस्दा अनि वंशानुगत कारणले पनि चाया पोतो हुन्छ। गर्भ निरोधक पिल्स, छारे रोगको... |
दुर्गा देवकोटा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ।, त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझै... |
सेतोपाटी संवाददाता बझाङमा १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्।, बुंगल नगरपालिकामा आफ्नै छोरी बलात्कार गरेको आरोपमा किशोरीकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले ४४ वर्षीय बुवालाई पक्राउ गरेको हो।, उनीमाथि शुक्रबार म्याद थप गरी अनुसन्धान भइरहेको बझाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक... |
सेतोपाटी झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।, मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मद... |
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्का वर्षा हुने अनुमान छ ।, आज दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा... |
सेतोपाटी संवाददाता काठमाडौंको जोरपाटी वितरण केन्द्र र बुढानीलकण्ठ वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा शनिबार बिजुली जाने भएको छ।, नेपाल विद्युत प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गतका क्षेत्रमा र बुढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गतका क्षेत्रमा करिब ६ घण्टा बिजुली जानेछ।, जोरपाटी ... |
सेतोपाटी संवाददाता तुलसीपुर उपमहानगरपालिकाको लोगो सार्वजनिक गरिएको छ।, आठौं नगरसभाको पहिलो बैठकमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का प्रेमराज चौधरीले बनाएको लोगोलाई उत्कृष्ट लोगोका रूपमा सार्वजनिक गरिएको हो। , उपमहानगरपालिकाको सबै पहिचान झल्कने कुराहरूलाई समेटेर लोगो निर्माणका लागि सार्वजनिक सूचना आह्वान गरिएको ... |
सेतोपाटी पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ।, हाल देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा ... |
रासस काठमाडौँ महानगरपालिकामा करार सेवामा रहेका कर्मचारीलाई सीमित प्रतियोगिताका माध्यमबाट स्थायित्वको प्रक्रिया अघि बढाउन संघ र प्रदेश सरकारलाई लेखेर पठाउने विधेयकमा प्रस्ताव गरिएको छ।, कामपाको बुधबार बसेको अधिवेशनले उक्त विधेयक प्रस्ताव गरेको हो। काठमाडौँ बैठकमा कामपामा कार्यरत कर्मचारीको सेवा, सर्त र सुविधा व्यवस्था ... |
सेतोपाटी संवाददाता सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को अध्यक्षमा दाङका अर्जुन गिरी विजयी भएका छन्।, आज बिहान काठमाडौंमा भएको सातौं अधिबेशनबाट कूल खसेको १७८ मतमध्ये गिरीले १६१ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्।, अध्यक्षका अर्का उम्मेदवार कपिलदेव खनालले १४ मत ल्याएका थिए भने ३ मत बदर भएको थियो।, यस्तै अधिवेशनबाट ... |
सुदीप श्रेष्ठ शनिबारको दिन बिदा–सिदा गोली मारेर, काँधमा गह्रुँगो क्यामरा र ट्राइपड बोकेर, मास्टरसेफ सन्तोष साहलाई पछ्याउँदै एकाबिहानै हामी नरदेवी आइपुगेका छौं।, म र मेरा भिडिओ सहकर्मी विवेक खिम्दुङ राई सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधरको निम्तोमा यहाँ आएका हौं, जो आजका हाम्रा टूर गाइड हुन् र हामीलाई काठमाडौंका रैथाने ... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषास्थित आन्तरिक राजश्व कार्यालय जनकपुरधामका कर अधिकृतसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ।, कार्यालयका कर अधिकृत रमेश ढकाल र आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविनकुमार कर्णलाई बुधबार एक लाख ५० हजार घुससहित पक्राउ गरेको हो।, अख्तियारका प्रवक्त... |
नेहा झा हिन्दु धर्मावलम्बीहरूले आज धूमधामका साथ भगवान शिवको पूजा आरधना गर्दै महाशिवरात्रि पर्व मनाउँदैछन्।, पर्वको अवसरमा जनकपुरधाममा रहेका विभिन्न शिवालयमा समेत श्रद्धालु भक्तजनहरूको भीड लागेको छ।, महाशिवरात्रि पर्वको अवसरमा जनकपुरधामको शिव मन्दिर, सोमेश्वर नाथ, भूतनाथसहितका मन्दिरहरू सजाइएको छ। तर जनकपुरधामको दुई प्... |
सेतोपाटी संवाददाता रामेछाप प्रहरीले जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।, मन्थली नगरपालिका-२ टेकनपुरका अर्जुन श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज ढुङ्गानाले जानकारी दिए।, उनलाई रामेछाप जिल्ला अदालतले २०७५ असार ४ गते जबरज... |
भानुभक्त इलामको माई नगरपालिका- १० की धनमाया तिम्सिना ८६ वर्षकी भइन्। बाँचेको यो जुनीको झन्डै आधा समय धनमायाको मनमा एउटै कुरा गढिरह्यो। जेठो छोरो कुनै साँझ टुप्लुक्क घर आइपुग्छ कि भनेर उनले बाटो हेरिरहिन्।, हिउँद बिते, बर्खा सकिए। धनमायाको कपाल फुल्न थाल्यो, अनुहारमा चाउरी पर्यो तर उनका जेठा छोरा दुर्गाप्रसाद तिम्सिन... |
सेतोपाटी संवाददाता चार महिनाअघि बेपत्ता भएका पुजन राईको बुलेट मोटरसाइकल र एउटा जुत्ता फेला परेको छ।, गत कात्तिक २७ गते भोजपुर हतुवागढी गाउँपालिका-६का २५ वर्षीय पुजन राई ‘रहस्यमय’ ढंगले बेपत्ता भएका थिए।, उनको को २१प ५७९९ नम्बरको बुलेट मोटरसाइकल बुधबार बिहान बाह्रबिसे नगरपालिका-६ स्थित भोटेकोशी नदीमा भेटिएको केन्द्रीय ... |
निशा भण्डारी काठमाडौंको टुँडिखेलमा आज सेना दिवस मनाइएको छ। , सेना दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित थिए। , नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँ... |
दिपकजंग शाही कालिकोटबाट सुर्खेत आउँदै गरेको मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, सदरमुकाम मान्मबाट आउँदै गरेको कर्णाली प्रदेश ०२४७ एसएमएल नम्बरको गाडी दैलेखको आठविस नगरपालिका-३ सेराघाटमा दुर्घटनामा परेको हो।, बिहीबार बिहान ११ बजे गाडी दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपर... |
सेतोपाटी संवाददाता ललितपुरको लेलेमा दुर्घटनामा एक प्रहरी जवानले ज्यान गुमाएपछि प्रहरी नायब महानिरिक्षक(डिआइजी)को नेतृत्वमा छानविन समिति गठन भएको छ।, मंगलबार दिउँसो साढे ३ बजे गोदावरी नगरपालिका-५ लेलेको खत्री गाउँमा पुगेका प्रहरी जवान रवि सुनुवारको दुर्घटनामा मृत्यु भएको थियो। उनको शव बर्दियास्थित घरमा पठाएको छ।, महानग... |
सेतोपाटी संवाददाता नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४४८४ मा पिसिआर गर्दा ९७ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ७० पुगेको छ। , पछिल्लो २४ घन्टामा ६६ जना निको भए... |
सेतोपाटी संवाददाता बाराको कलैया उपमहानगरपालिकाका एक वडाध्ययक्षको निधन भएको छ।, जिल्लाको वडा नम्बर–८ का वडाध्यक्ष विक्रम यादवको उपचारको क्रममा निधन भएको हो। वडाध्यक्ष यादवको बिहीबार बिहान काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो।, गत एक सातादेखि लिभर सिरोसिसको उपचार गराइरहेका उनको आज बिहान करिब १० बजेको समयमा... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.