content
stringlengths
20
64.1k
नारायण खड्का दाङ तुलसीपुरको पर्सेनीस्थित कालोखोलामा विगतमा शिवरात्रिका अवसरमा सालिन्दा ठूलो मेला लाग्थ्यो। जसलाई भोटे मेला भनिन्थ्यो।, हिमाली भेग हुम्ला, जुम्लासम्मका मानिसहरू (भोटेहरू) घोडा लिएर मेलामा आउँथे। , उनीहरू जाडो छल्न पुस माघमा दाङमा आउँथे। महिनौं लगाएर उनीहरू यो सफर पूरा गर्थे। कालोखोलाको भोटे मेलाका भोटेह...
सेतोपाटी संवाददाता बैतडीमा घरभित्रै निस्सासिएर एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा शिवनाथ गाउँपालिका-३ पुडिलका अन्दाजी ३५ वर्षीय राजसिंह साउद रहेका छन्। , यस्तै उनकी २० वर्षीया भतिजी सरिता साउद बेहोस भएकी छन्।, बुधबार राति घरभित्रको एक कोठामा कुखुराका चल्लालाई न्यानो बनाउन उनीहरूले हिटर बालेर थिए। हिटर बालेर सुतेका...
सेतोपाटी संवाददाता कञ्चनपुरमा अपरेसन गरी बच्चालाई जन्म दिएकी सुत्केरी महिलाको मृत्यु भएको छ।, दोधारा चाँदनी नगरपालिका ५ शिवनगर बस्ने २० वर्षीय ज्योति सुनारको बिहीबार बिहान अपरेसन गरी बच्चा जन्मेपछि अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ। , बुधबार राति सुत्केरी व्यथा लागेकी सुनारलाई स्थानीय स्वास्थ्यचौकीमा उपचार सम्भव...
राजकुमार पराजुली बेलायतबाट सम्पदा खोज–अनुसन्धान गर्न  ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) टोली हालै नेपाल आएको छ। , मार्च पहिलो साता आइपुगेको टोलीले कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको पुरातत्व विभागले जनाएको छ। , बेलायतबाट आठ जनाको भू–भौतिकी सर्वेक्षणको एक समूह नेपाल आई केही दिनदेखि कपिलवस्तुमा सर्वेक्षण गर...
सञ्चिता घिमिरे नागढुङ्गा–सिस्नेखाला सुरूङमार्ग निर्माण अघि बढेको छ। अहिलेसम्म सुरूङको नौ प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ।, गत वर्ष कोभिड–१९ प्रभावका कारण निर्माण सुस्त भए पनि चालू आवमा निर्माणले गति लिइरहेको नागढुङ्गा सुरूङमार्ग आयोजनाले जनाएको छ।  , गत वर्षसम्म तोकिएको तालिकाभन्दा धेरै ढिलाइ भए पनि अहिले झण्डै एक ...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सुधार क्षेत्रका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले अवैध रूपमा अघि बढाइएको निजी मेडिकल कलेजलाई दिने सम्बन्धनको प्रक्रिया तत्काल नरोके अनसन बस्ने घोषणा गरेका छन्। , एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री तथा शिक्षामन्त्रीले चालेको कदम अवैध भएको भन्दै ...
भगवती पाण्डे गत वर्ष आजकै दिन अर्थात् विश्व मिर्गौला दिवसको अवसरमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले मञ्चमा सँगै रहेका गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमलाई सोधे- प्रदेश सरकारले के सहयोग गर्दा मिर्गौला बिरामीहरुलाई राहत हुन्छ?, अस्पतालका अध्यक्ष आलमसँग रेड...
जुना श्रेष्ठ २१ वर्षीया जेनी खड्का 'एसिड अट्याक सर्भाइभर' हुन्। उनको बायाँ चिउँडोभन्दा तल घाँटी, छाती र हातमा तेजाबले जलेको छ। , दुई वर्षअघिको घटनाले दिएको ज्यान र मनको घाउ आलै छ। तर उनी सबै चोट पन्छाएर आफ्नो पहिचान र कामको दायरा फराकिलो बनाउन लागिपरेकी छन्। , हालै मात्र उनले 'मोडल हन्ट नेपाल' मा सहभागिता जनाएकी थिइन्...
सेतोपाटी संवाददाता बिहीबार महाशिवरात्रि पर्व मुलुकभर धुमधामका साथ मनाइएको छ। हिन्दु धर्मावलम्बीले पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा अराधना गरी महाशिवरात्री पर्व मनाएका हुन्।, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको थियो। महाशिवरात्रीलाई लक्षित गरी पशुपति क्षेत्र विकास कोषले बिहीबार बिहान ४ बजेदेखि नै मन्द...
रासस नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित ‘गल्छी–देवीघाट’ सडकखण्डको गैरीगाउँमा गए राति मोटरसाइकलले ठक्कर दिँदा स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ।, पैदल हिँडिरहेका सोही स्थानका ४५ वर्षीय श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जान...
सेतोपाटी भक्तपुर प्रहरीले स्रोत नखुलेको रु ४२ लाखसहित एक जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि–३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा जाँचको क्रममा बिहीबार दोलखाका एक जनालाई पक्राउ गरेको हो।, दोलखा घर भए पनि हाल सूर्यविनायक नगरपालिका–३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट स्रोत ...
सेतोपाटी संवाददाता कैलालीमा गाडीले ठक्कर दिँदा एक जना किशोरीको मृत्यु भएको छ।, पूर्वपश्चिम राजमार्गको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा बा १४ च १७२२ को स्कारपीयोले ठक्कर दिदा सोही ठाउँकी करिब १६ वर्षीया पूर्णिमा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।, उनलाई कान्द्रा पुल नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो। ठक्करपछ...
सेतोपाटी संवाददाता कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने भएको छ।, राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको थियो।, बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बुधबार गोरखापत्रमा सूचना निकालेर कक्षा १२ को परीक्षा तालिकासमेत प्रकाशित गरेको छ।, बिहान ८ देखि ११ ...
सेतोपाटी संवाददाता आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सव सुरू हुँदैछ।, ‘कुडा कर्णालीका’ नारा दिइएको कर्णाली उत्सव बुधबार दिउँसो २ बजेदेखि वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा सुरू हुँदै छ। आज उद्घाटन हुने उत्सवमा २७, २८ र २९ गते विशेष सत्र सञ्चालन गरिने छ। यो कर्णाली उत्सवको दोस्रो संस्करण हो।, उद्घाटनका क्रममा ...
सेतोपाटी संवाददाता शिवरात्री पर्वका अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न नदिने भएको छ।, पशुपतिनाथ मन्दिरमा लाग्ने शिवरात्री पर्वका लागि ट्राफिक व्यवस्थापन भन्दै महाशाखाले आज सूचना निकालेर बिहीबार पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी निधेष गरेको छ।, पशुपति...
राजेश घिमिरे वन र वन्यजन्तु अवलोकन गर्न खोज्ने पर्यटकका लागि प्रमुख गन्तव्य हो चितवन।, चितवन राष्ट्रिय निकुञ्ज, यसको मध्यवर्ती क्षेत्र, अन्य सामुदायिक वन, खोला, नदी दुर्लभ प्राणीको मुख्य बासस्थान हुन्।, यी क्षेत्र अवलोकन गर्ने पर्यटकलाई लक्षित गरेर आसपासका क्षेत्रमा पर्यटकीय गतिविधि बढ्दै छन्।, पर्यटक भित्र्याउन गरिएज...
रासस किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीका १६ वर्षीय  किशोरलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ। ती किशोरमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको हो। , उनलाई सरकारी वकिल कार्यालयले मङ्गलबार अदालत बुझाएको ...
सेतोपाटी चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ।, नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन्।, पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्...
सेतोपाटी संवाददाता अमेरिकाको सान फ्रान्सिस्कोमा यात्रुको दुर्व्यवहार भोगेका नेपाली उबर ड्राइभर शुभाकर खड्कालाई सहयोग उठाउन थालिएको छ।, गोफन्डमी, डट ‌ओआरजी मार्फत् उनका लागि सहयोग उठाउन थालिएको हो।* खड्का अहिले पनि तनाव डरमा रहेकाले उनी काममा फर्किन नसक्ने भएकाले सहयोग गर्न आग्रह गरिएको छ। उनका लागि २० हजार अमेरिकी डलर...
सेतोपाटी संवाददाता झापाको शिवसताक्षी नगरपालिका– ११ मा बुधबार बिहान नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ।, वडा नम्बर ८ र ११ को सिमानामा पर्ने कनकाई नहर अन्तर्गत सतासी खोलाको साईफनमा शव अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार शवको पहिचान हुन सकेको छैन। प्रहरीले शव बाहिर निकाल्न नहरको पानी सतासी ...
सेतोपाटी संवाददाता नेकपा अलग हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सदस्य बनाएका मोरङका युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ परेका छन् ।, उनलाई मोरङको पथरीशनिश्चरे-१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो। भण्डारीको ‘शंकास्पद मृत्यु’ भएको घटनामा  एमालेका नेता ...
भीष्मराज ओझा ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले खर्च व्यवस्थापनका लागि सुरू गरेको ‘वन्यजन्तुको अभिभावकत्व कार्यक्रम’ अनुसार संरक्षित वन्यजन्तुको खर्चको जिम्मेवारी लिने व्यक्ति र संस्था बढ्दै गएका छन्।, चिडियाखानाले कोभिड-१९ को प्रभावका कारण वन्यजन्तुको आहारा, स्याहार र स्वास्थ्योपचारमा आवश्यक पर्ने खर्च एवं आम्द...
सेतोपाटी संवाददाता तीन दिनअघि नेपाली सेनाले वितरण गरेको राहत लिन कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित सिद्धनाथ मावि पुगेका लोपोन्मुख राउटे समुदायका २५ वर्षीय मानसिंह राउटेले कोरोनाभाइरस सङ्क्रमणका बेला आफ्नो परिवारलाई छाक टार्न धौधौ भएको दुखेसो पोखे।,  , बन्दाबन्दीमा गाउँमा ज्याला मजदूरीसमेत पाउन छाडेपछि खाद्यान्नको न...
एजेन्सी म्यानमारको प्रदर्शनमा हतियारधारी प्रहरीसामू एक ननले घुँडा टेकेको तस्वीरले अहिले संसारभरि चर्चा पाइरहेको छ।, सोमबार मित्यिनाको एक शहरमा ४५ वर्षीया क्याथोलिक नन ,एन रोज नु ट्वाङ,ले प्रदर्शनकारीहरूको भीडमा गोली हान्नुभन्दा बरू आफैंलाई मारिदेउ भन्दै प्रहरीसामू घुँडा टेकेको तस्वीर अहिले सामाजिक सञ्जाल र अन्तर्राष्ट...
सेतोपाटी संवाददाता पर्सामा हुण्डी कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, वीरगञ्ज महानगरपालिका-६ स्थित जय माँ अम्बे ट्रेडर्समा कार्यरत कर्मचारीलाई प्रहरीले मंगलबार ७ लाख ७५ हजार ४ सय ७० रुपैयाँसहित पक्राउ गरेको हो।, बारा कलैया उपमहानगरपालिका-२३ का ३८ वर्षीय जयराम राउत कुर्मी छन्।, उनीबाट ७ हजार ४ सय भ...
सेतोपाटी संवाददाता नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३४८८ मा पिसिआर गर्दा १०४  जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ९७३ पुगेको छ। , पछिल्लो २४ घन्टामा ६३ जना निको ...
सेतोपाटी संवाददाता लाजिम्पाटबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।, महानगरीय अपराध महाशाखाको टोलीले दुई जनालाई काठमाडौं महानगरपालिका-२ लाजिम्पाटबाट एक थान चितुवाको छालासहित मंगलबार पक्राउ गरेको हो।, पक्राउ पर्नेमा बाग्लुङ निसी खोला गाउँपालिका-३ जिवाखोला घर भई मनमैजु बस्ने २२ वर्षीय सन्तोष बुढामगर र मोरङ डाँगि...
सेतोपाटी संवाददाता मष्तिष्कघात भई उपचाररत् कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न आज (बुधबार) पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नर्भिक अस्पताल पुगेका छन्। , फागुन १४ गते मष्तिष्कघात भई कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी नर्भिक अस्पतालमा भर्ना भएका थिए।...
सेतोपाटी संवाददाता कञ्चनपुरमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । , कृष्णपुर नगरपालिका–९ पिपरीयाका २५ वर्षीय सञ्जय रानालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।, उनको साथबाट १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने सामान पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी ना...
सेतोपाटी संवाददाता पशुपति मन्दिर परिसरमा शिवरात्रीको चहलपहल बढेको छ।, हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्वमध्येको एक शिवरात्री यस वर्ष भोलि बिहीबार परेको छ। , यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट साधुसन्तहरू पशुपति मन्दिर परिसरमा आइसकेका छन्। केही बेलुकासम्म आउने छन्। हिन्दुहरूका आराध्यदेव पशुपति नाथमा ...
युनिक श्रेष्ठ बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत ५० हजार धरौटी बुझाएर छुटेका छन्।, बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले सेतोपाटीलाई जानकारी दिए।  ...
सेतोपाटी संवाददाता नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रममा विशेष वक्ताको रूपमा राख्ने भएको छ। , आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रूपमा प्रस्तुत गर्ने भएको हो।, बुधबार आयोग कार्यालयमा एसिड पीडित खातुनलाई अध्यक्ष समिम मियाँ अन्सारीले सम्मान गरे।, सम्मान कार्यक्रममा बोल्द...
सेतोपाटी पृथ्वीराजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रिठेपानीमा रूख ढल्दा पृथ्वीराजमार्ग अवरूद्ध भएको छ।, आज दिउँसो आएको हावाहुरीसहितको वर्षाले रूख ढाल्दा राजमार्ग अवरूद्ध भएको हो। , साना सवारी सञ्चालन भए पनि ठूला सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दि...
रासस प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ।, बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ। त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ। चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ। मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले ...
रासस दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ।, यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आएका वादी समुदायसँग बुधबार बसेको बैठकबाट पाँच बुँदे सहमति भएको हो।, सहमतिपत्रमा प्रदेश सरकारका ...
सेतोपाटी संवाददाता नेपालमा थप ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ६६ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ७२१ पुगेको छ।, पछिल्लो २४ घन्टामा ५८ जना निको भएर फर्किएका छन्। योसहित ...
सेतोपाटी संवाददाता गौतमबुद्धको जन्मस्थल रहेर पनि नेपालले लुम्बिनीलाई विश्वसामु चिनाउन नसकिरहेको अवस्थामा नेपाल टुरिजम बोर्डले लुम्बिनीलाई ‘ब्रान्डिङ’ गर्ने योजना अगाडि सारेको छ।, अन्तर्राष्ट्रिय स्तरमा लुम्बिनीलाई प्रवर्द्धन गरे त्यसबाट नेपालले आर्थिक तथा सामाजिक क्षेत्रमा समेत लाभ लिन सक्ने भन्दै बोर्डले लुम्बिनीको ब...
दिपकजंग शाही सुर्खेतको चिङ्गाड गाउँपालिका-६ मा रहेको वृद्धवृद्धाहरूलाई गाडी रिजर्भ गरी कोरोना विरूद्धको खोप लगाइएको छ।, ६५ वर्षमाथिका नागरिकलाई कोरोना विरूद्धको खोप लगाउने अभियानअन्तर्गत वृद्धवृद्धालाई खोप केन्द्रमा ल्याउन गाडी रिजर्भ गरिएको हो।, वडा नम्बर ६ को खोप केन्द्र रहेको पाम्का स्वास्थ्य चौकीका सिनियर अहेव डिक...
राजेश घिमिरे श्रीमानलाई बोकेर दौडने भन्ने सुन्दा विष्णु अधिकारीलाई निकै अप्ठ्यारो लागेको थियो।, श्रीमानलाई उचालेकोसम्म अनुभव नभएकी उनका लागि यो विल्कुलै नौलो कुरा थियो। तर सोमबार उनी श्रीमान पदम अधिकारीलाई बोकेर कुँदिनन् मात्रै श्रीमतीले श्रीमान बोक्ने प्रतिस्पर्धीको विजेता नै बनिन्।, प्रतिस्पर्धीहरू देख्दा श्रीमान पद...
नारायण खड्का मुलुकमा सातवटा उच्च अदालत छन्। ती उच्च अदालतको नेतृत्वमा विरलै महिला न्यायाधीश पुग्छन्।, अहिले भने सातमध्ये एउटा उच्च अदालतमा महिला मुख्यन्यायाधीश छन्, नीता गौतम दीक्षित। उनी उच्च अदालत तुलसीपुरकी मुख्यन्यायाधीश हुन्। , माघ १२ गते उनले मुख्यन्यायाधीशको नियुक्ति पाएकी हुन्।, काम कारबाहीमा कुनै फरक नभएको हु...
नारायण महर्जन विकासको नाममा विस्थापित गरिएकाहरूको पुनर्स्थापना माग गर्दै सोमबार बालाजु बाइपास सडकमा खबरदारी सभा गरिएको छ।, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवा देय् दबूको संयोजनमा सो सभा आयोजना गरिएको हो।, यसअघि काठमाडौं महानगरपालिका-१६ स्थित बालाजु बाइपास सडकमा सडक विस्तार गर्ने भन...
रासस दोलखाको वैत्येश्वर गाउँपालिका–६ नाम्दुमा बोलेरोले किचेर एक जनाको मृत्यु भएको छ।, वैत्येश्वर गाउँपालिका–६ को नाम्दु पैयूँखोलामा वा१४च ९९९३ नम्बरको बोलेरोले किचेर नाम्दु निवासी ४० वर्षीय बद्री थामीको घटना स्थलमा नै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए।, यात्रु लिएर नाम्दुको पैयूँखोलाको भित्री सडकमा...
एजेन्सी भारतको कलकत्तामा इस्ट्रन रेलवेजको कार्यालय रहेको १३ तले भवनमा सोमबार साँझ आगलागी भएको छ। आगलागीमा परी ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे  प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी छन्।, मृत्यु भएका दुई जनाको पहिचान खुल्न सकेको छैन। उनीहरूको शरीर जलेर नचिनिन...
सेतोपाटी चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका-२ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन्।, गाउँनजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ।, बाख्रा, बङ्गुर र गाईलगायतका जनावर चितुवाले खान थालेको परदेशी चौधरी...
सेतोपाटी सूर्यविनायक नगरपालिका-२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारबाहीको माग गरेको छ।, घटना भएको नौ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय भक्तपुरदेखि महानगरीय प्रहरी परिसर भक्तपुर,...
दिपकजंग शाही सोमबार दैलेखको राकमस्थित कर्णली नदीमा मृत भेटिएका दुई दिदी-बहिनीका आमासहितले नदीमा हाम फालेको आशंका गरिएको छ।, उनीहरूका आमा सुकु बडुवालले आफ्ना चार सन्तानलाई लिएर सँगै नदीमा हाम फालेको आशंका गरिएको छ।, सोमबार बेलुका १४ वर्षकी छोरी कल्पना बडुवाल र ११ वर्षकी सरिता बडुवाल माछा मार्न प्रयोग गर्ने डोरीमा हात ब...
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा र पाटेबाघ मृत भेटिएका छन्। , निकुञ्जको अमलटारी सेक्टरअन्तर्गतको कोर इलाका नारायणी नदी कलकत्ता टापु सेहरीमा अन्दाजी ३० वर्षको गैंडा मृत भेटिएको हो।, भाले गैंडाहरू आपसमा जुधेर घाइते भई मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दि...
सेतोपाटी संवाददाता नेपाली सेनाको जहाजबाट प्यारासुटसहित झरेका ६ जना सेनाले टुँडिखेल बाहिर ल्यान्ड गरेका छन्।, नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलका अनुसार मंगलबार बिहान शिवरात्रीका लागि रिहर्सल गरिरहेका १४ जनामध्ये ६ जना प्याराट्रुपर टुँडिखेलभन्दा बाहिर अवतरण भएका हुन्। , वायुमण्डलमा हावाको गति नमिलेकाले...
सेतोपाटी संवाददाता माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म चल्ने भएको छ।, राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले एसईई परीक्षाको मिति तय गरेको हो।, बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले एसइई परीक्षा जेठ १३ देखि सुरू गर्ने निर्णय भएको सेतोपाटीलाई बताए।, विद्यार्थी भौतिक रूपमा उपस्थित...
दिपकजंग शाही दैलेखको आठविस नगरपालिका-३ का सुकी बडुवाल र उनका छोराको पनि मंगलबार शव भेटिएको छ।, सोमबार बिहानदेखि हराइरहेका उनीहरूको शव भेटिएको हो। सुकीका दुई छोरीको सोमबार बेलुका डोरीले हात बाँधिएको अवस्थामा शव भेटिएको थियो।, आइतबार राति मदिरा सेवन गरी घर गएका श्रीमानसँग झगडा परेपछि सुकी सोमबार बिहानै चार छोराछोरीलाई स...
सेतोपाटी संवाददाता कपडा व्यापारको नाममा ब्राउन सुगरको कारोबार गर्ने भारतीय नागरिक दाङमा पक्राउ परेका छन्।, भारतको जिल्ला सराबस्ती थाना भरन्गा निवासी २३ वर्षीय शंशाद राजालाई प्रहरीले लमही दाङबाट सोमबार बिहान साढे १ बजे पक्राउ गरेको हो। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार राजाले डुलाएर कपडाको व्...
सेतोपाटी संवाददाता ललितपुरमा रहेको कुमारी छें र कुमारी घर पुनर्निर्माण हुने भएको छ। , ०७२ सालको भूकम्पले क्षतिग्रस्त रहेको ललितपुरस्थित कुमारी छेँ र कुमारी घर भारत सरकारको अनुदानमा पुनर्निमाण हुने भएको हो। , मंगलबार भारतीय राजदूत विनय मोहन क्वात्राले ललितपुर महानगरपालिका वडा नं. १६ मा रहेको कुमारी छेँ र कुमारी निवासको...
सेतोपाटी संवाददाता मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था फेरि बिग्रिएको छ।, शनिबारदेखि स्वास्थ्य अवस्थामा थप समस्या देखिएपछि उनलाई फेरि कोमामा राखिएको छ। उनलाई भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको चिकित्सकहरूले बताएका छन्।, ५७ वर्षका जोशीलाई फागुन १३...
सेतोपाटी संवाददाता त्रिशूलीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ।, मंगलबार बिहान पौने १ बजे बेनिघाट रोराङ गाउँपालिका-१० तिङग्राङखानीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा ट्रक खसेको थियो।, इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भोजराज पाण्डेका अनुसार रूपन्देहीबाट काठमाडौं सिमेन्ट बोकेको ट्रक नदी...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिएका छन्।, मंगलबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै ...
सेतोपाटी संवाददाता झापामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, मंगलबार बिहान १० बजे शिवसताक्षी नगरपालिका-९ एलम्बर चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए।, पूर्वबाट पश्चिम जाँदै गरेको मे १ ख २७४६ नम्बरको ब...
नारायण खड्का दाङको घोराही उपमहानगरपालिका वडा नं. १ बुकाका किसान भीमबहादुर मल्लले केहीदिनअघि आफ्नो खेतबारीनजिकै एउटा वयस्क गिद्ध झोक्राएको देखे।, मल्लले बिरामी गिद्धको उद्धार गरी घर पुर्‍याए। घरमा लगेर मल्लले डोकोमा छोपेर राखे। बेसार तेल लगाएर घरेलु उपाचार थाले।, पर्यावरणीय दीगो विकास एवं अनुसन्धान केन्द्रका कर्मचारी द...
सेतोपाटी संवाददाता ‘पहिले छोरीचेलीलाई पढाउने चलन थिएन, पढ्ने विद्यालय पनि नजिक हुँदैनथ्यो त्यसैले पढ्ने रहर मार्नु पर्थ्यो, आज त्यही रहर पूरा गरिरहेको छु’, ६७ वर्षीय प्रेमकुमारी पौडेलले भनिन्।, सानोमा विद्यालय देख्न नपाएको बताउने उनी अहिले बिहान ११ बज्नै लाग्दा झोलामा किताब कापी लिएर विद्यालयमा पढ्न निस्कनु दैनिकी बने...
सेतोपाटी संवाददाता सप्तरीमा करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ।, जिल्लाको राजगढ गाउँपालिका–३ कट्टी टोलमा आइतबार साँझ करेन्ट लागेर स्थानीय ७० वर्षीय शिवलाल यादवको मृत्यु भएको हो।, आफ्नै घरमा स्विच थिच्दा यादवलाई करेन्ट लागेको थियो।, करेन्ट लागेर घाइते भएका उनलाई उपचारार्थ गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लै...
सेतोपाटी संवाददाता बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेतमाथिको अनुसन्धान प्रहरीले सकाएको छ।, प्रहरीले अनुसन्धान सकाएर मंगलबार रायसहितको प्रतिवेदन काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले ...
सेतोपाटी संवाददाता बारामा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ।, बाराको निजगढ नगरपालिका वडा नं.९ का करिब १८ वर्षीय युवक काले भनिने रोहित शर्माको गएराति घाँटी रेटी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।, प्रहरीले युवकको हत्या आरोपमा उनकै साथी रौतहटको चन्द्रपुर...
सेतोपाटी संवाददाता देवेन्द्र बस्न्यातले दोलखामा निर्माणाधीन विद्यालय भवन र डडेल्धुराको पुस्तकालयका लागि रकम संकलन गर्न दोलखादेखि डडेलधुरासम्म एकल साइकल यात्रा गर्ने भएका छन्।, भुकम्पले क्षतिग्रस्त दोलखाको राजकुलेश्वर विद्यालय भवन र डडेल्धुराको एक पुस्तकालय भवन निर्माणका लागि रकम संकलन गर्ने उद्देश्यले हेल्प नेपाल नेटव...
भगवती पाण्डे रुपन्देहीको मोतिपुर औद्योगिक कोरिडोरलाई निर्वाध रुपमा अगाडि बढाउन प्रभावित भनिएका स्थानीय र औद्योगिक व्यवस्थापन लिमिटेडबीच सहमति भएको छ।, औद्योगिक करिडोर प्रभावित क्षेत्रका बासिन्दा र औद्योगिक क्षेत्रबीच शनिबार छलफलपछि उक्त सहमति भएको हो। यसअघि औद्योगिक क्षेत्रका कारण प्रभावित भनिएका व्यक्तिहरूको अवरोधका ...
सेतोपाटी संवाददाता प्रहरी जवान खुला तथा समावेशी परीक्षाको लिखित परीक्षामा नक्कली विद्यार्थी फेला परेका छन्।, लोक सेवा आयोग दीपायल केन्द्रबाट महेन्द्रनगरका विभिन्न क्षेत्रमा सञ्चालन भएको परीक्षामा नक्कली विद्यार्थी भेटिएका हुन्।, यसक्रममा प्रहरीले हस्तक्षेप गरी २२ जनालाई पक्राउ गरेको छ। कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्...
निशा भण्डारी कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरू भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार बिहान १०ः०० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियान शुरू भएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए।, प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्य...
रासस सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा झरेको छ।, उपत्यकावासीको प्यास मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको पानी सुन्दरीजलमा आएपछि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच दबाएर...
रासस पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ।, आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो।, नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको ...
सेतोपाटी संवाददाता कोभ्याक्सअन्तर्गत नेपालले पाएको  झन्डै साढे ३ लाख डोज कोरोना भ्याक्सिन आइतबार काठमाडौं आइपुग्ने भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिनको ३ लाख ४८ हजार डोज नेपाल आउन लागेको हो।, यो खोप नेपालले अनु...
रासस पूर्व-पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ। शनिबार राति टिकौली जाँचचौकीबाट करिब ३०० मिटर पूर्वतर्फ चितुवाको बच्चा मरेको अवस्थामा भेटिएको हो।, डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठक्कर...
नेहा झा बाल्यकालमा धेरैको सपना हुन्छ- पढेर डाक्टर, इन्जिनियर वा शिक्षक बन्छु।, महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ४ सुगाकी सुनैना ठाकुरको सपना भने फरक थियो।, कक्षा १० पढ्दापढ्दै उनले ठानिसकेकी थिइन्, अरूलाई सामान्य लाग्ने आफ्नै घर बनाइने चित्रकलालाई बजारसम्म पुर्‍याउने छु।, ठाकुरलाई बच्चैदेखि चित्र कोर्न र त्यसमा ...
सेतोपाटी संवाददाता कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका थिए । , शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ। हालसम्म २१ देशमा रहेका नेपालीको कोरोना सङ्क्र...
सेतोपाटी संवाददाता भक्तपुरमा १७ वर्षीया किशोरीमाथि पटक पटक बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले धनगढी नगरपालिका-४ सन्तनगर घर भई मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार बस्ने २७ वर्षीय दुर्गानन्द चौधरीलाई पक्राउ गरेको हो। उनी विरूद्ध पीडित किशोरीले गत शुक्रबार जाहेरी दिएकी थिइन्।, सोही जाहेरीको आ...
रासस एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौं मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन्।, सिरहाको मिर्चैया नगरपालिका-५ थानाचौकस्थित स्वस्तिका इन्टरप्राइजेजले दिएको गलत औषधीका कारण सिरहाकै कल्याणपुर नगरपालिका-१ बनिनियाँमा रहेको पोखरीको माछा मरेको भन्दै माछापालक किसान अमरप्रसाद यादवल...
सेतोपाटी असजिलो बाटो त्यहीमाथि साँघुरो। स–साना सवारी साधनसमेत कठीन यात्रा गरेर तमानखोला गाउँपालिकाको केन्द्र बोङगादोभान पुग्थे। दोहोरो सवारीको आवतजावत नहुने। कच्ची सडकको ठाउँठाउँमा परेका खाल्डाखुल्डीले सवारीलाई उचाल्ने र पछार्ने गर्दा यात्रुलाई लाग्थ्यो गन्तव्यमा सकुशल पुगिन्छ या पुगिँदैन्।, दुई वर्ष पहिलेसम्म बागलुङक...
सेतोपाटी संवाददाता अछाममा घरको छतबाट लडेर गम्भीर घाइते भएका एक पुरुषको मृत्यु भएको छ।, साँफेबगर नगरपालिका-४ मा ट्याक्टर चालकको काम गर्दै आएका कैलालीको रामपुरका लाजुराम चौधरीको मृत्यु भएको प्रहरीले  जनाएको छ।, प्रहरीका अनुसार डेरा गरी बस्दै आएका उनी शनिबार घरको छतबाट खसेका थिए।, लडेर गम्भीर घाइते भएका चौधरीको उपचारको ल...
सेतोपाटी संवाददाता मोरङमा माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, आइतबार बिहान पौने १ बजे सुन्दरहरैंचा नगरपालिका-७ गोठगाउँस्थित पूर्वपश्चिम राजमार्गमा प्र २-०२-००१ प.३८७८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ६९६ नम्बरको माइक्रो बस  ठोक्किएका थिए।, दुर्घटना हुँदा बेलबारी नगरपालिक...
सेतोपाटी संवाददाता कोभ्याक्सअन्तर्गत नेपालले पाएको  झन्डै साढे ३ लाख डोज कोरोना भ्याक्सिन आइतबार काठमाडौं आइपगेको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिनको ३ लाख ४८ हजार डोज नेपाल आएको हो।, यो खोप नेपालले अनुदानमा पाएको ...
युनिक श्रेष्ठ अर्काको जग्गाको किर्ते लालपुर्जा बनाइ ठगी गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ।, म्याग्दीकी मीना खड्काको काठमाडौं थानकोटमा रहेको २० आना जग्गाको काजगात किर्ते गरी बेचेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।, खड्का बेल्जियममा हुँदा उनको नामको नक्कली नागरिकता र जग्गाधनी प्रमाणपूर्जा बनाएर ठगी गरेको ...
सेतोपाटी संवाददाता अख्तियारको थुनामा रहेका भन्सार कार्यालयका कर्मचारीलाई छुटाईदिने भन्दै ११ लाख घुस लिने महिला प्रहरी हवल्दार सहित २ जना पक्राउ परेका छन्। , महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा कार्यरत हवल्दार ताराकुमारी श्रेष्ठ र रेष्टुरेन्ट सञ्चालक अनिश जोशीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। , आयोगको टोलील...
सेतोपाटी संवाददाता इसेवामा अनधिकृत रूपमा पहुँच पुर्‍याइ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले दाङ तुल्सिपुर उपमहानगरपालिका-४ घर भइ काठमाडौं चाबहिल बस्ने २३ वर्षीय आशिष खड्कालाई पक्राउ गरेको छ। उनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरी महानगरीय प्रहरी परिसर, काठमाडौंमा आइतबार बुझाएको छ।, खड्काले...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय, मोरङले मृतक प्रविण बास्तोलाको मृत्यु प्रकरण सम्बन्धी छानविनको निष्कर्ष पेश गरेको छ। प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईको संयोजकत्वमा गठन भएको तीन सदस्यीय छानविन समितिले आइतबार अनुसन्धानको निष्कर्ष सार्वजनिक गरेको हो। , छानविन समितिले मिसिलमा अर्कै व्यक्तिको फोटो किर्...
भगवती पाण्डे रूपन्देहीमा भाइसँग मिलेर दाजुले श्रीमतीको हत्या गरेको खुलेको छ। ऋण मिनाहासहित बिमा रकम पाउने लोभमा देवर र आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका हुन्।, हत्या गरेपछि उनीहरूले दुर्घटना भन्दै प्रहरीमा जाहेरी दिएका थिए। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले आईतबार पत्रकार सम्मेलन गरि उक्त घटनाबारे सार्वजनिक गरेको...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय सुर्खेतले पेस्तोलसहित एक युवालाई पक्राउ गरेको छ।, जिप्रका सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको सादा पोशाकका प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत बस्ने ३० वर्षीय साजितअलि इन्द्रिसीलाई पक्राउ गरेको हो।, इन्द्रिसीले सुर्खेतका विभिन्न स्थानमा हतियार देखाई डर त्रास, ...
एजेन्सी फ्रान्सका अर्बपति व्यापारी तथा राजनीतिज्ञ ओलिभियर देसूको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको छ। ६९ वर्षीय देसू चढेको हेलिकप्टर आइतबार दुर्घटनामा परेको हो।, फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोंले देसूको निधनमा दु:ख व्यक्त गरेका छन्।, देसू फ्रान्स अर्बपति उद्योगी सर्जेई देसूका जेठा छोरा थिए। उनीहरूको कम्पनी...
सेतोपाटी संवाददाता लुम्बिनी बौद्धविश्वविद्यालयले बुद्ध मावली देवदहमा डिन कार्यालय सञ्चालनमा ल्याएको छ। नयाँ शैक्षिक सत्रदेखि तीन वटा कार्यक्रम संचालन सञ्चालन गर्ने योजनासहित देवदहमा डिन कार्यालय खुलेको हो।, उक्त डिन कार्यालयको अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार उद्घाटन गर्नुको साथै नयाँ पूर्वाधार निर्माण स्थलको पनि अ...
सेतोपाटी संवाददाता काठमाडौंको नागढुंगाबाट लागुऔषधसहित १३ वर्षीय बालक पक्राउ परेका छन्।, शुक्रबार बिहान पौने ५ बजे चन्द्रागिरि नगरपालिका-२ नागढुंगाको चेकपोइन्टबाट प्रहरीले १३ वर्षीय बालकलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए।, उनीबाट प्रहरीले १९ हजार एम्...
सेतोपाटी संवाददाता भारतबाट नेपाल फर्किन लागेका दैलेखका चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ।, दैलेखको दुल्लु नगरपालिका–६ खर्चेगैराका कालो रावलकाे परिवारका ३ सदस्यसहित नेपाल फर्किन लागेका चार जनाको मृत्यु भएको हो।, रोजगारीको शिलशिलामा भारत गएका उनीहरु बम्बईबाट आउने क्रममा उत्तर प्रदेशको नोयडा भन्ने ठाउँमा गाडी दुर्...
सेतोपाटी संवाददाता बारा प्रहरीले अपहरणमा संलग्न रहेको आरोपमा १४ वर्षपछि एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका–८ बस्ने ४६ वर्षीय जगदिश दास छन्।, दासमाथि २०६३ साल मंसिर २१ गते साँझ करैया पुलमा काठमाडौंबाट आएको बा २ ख ६४१ नम्बरको यात्रुबाहक बस रोकेर बसधनीको अपहरण गरेको आरोप छ। ती बसधनीलाई द...
सेतोपाटी संवाददाता झापामा गुडिरहेको मालवाहक ट्रकमा अचानक आगलागी भएको छ।, चन्द्रगढीतर्फ जाँदै गरेको ना २ ख ५८८१ नम्बरको मालवाहक ट्रकमा आगलागी हुँदा ट्रक पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।, प्रहरीले ट्रकको बाइरिङ बिग्रिएर  विद्युत् चुहावट भई आगलागी हुँदा ट्रक चालकले भागे...
सेतोपाटी संवाददाता महोत्तरीमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रुको मृत्यु भएको छ।, मृत्यु हुनेमा बर्दिबास नगरपालिका–३ गौरीडाँडाका ६६ वर्षीया भद्रामाया भुजेल छन्। , बर्दिबासबाट सिन्धुली जाँदै गरेको लु ५९ प ३७३५ नम्बरको मोटरसाइकलले भुजेललाई बाटो काट्ने क्रममा ठक्कर दिएको महोत्तरी प्रहरीले जनाएको छ।, उनलाई तत्काल...
सेतोपाटी संवाददाता आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङहुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुग्दैछ।, आयोजनाको मुहानबाट सुरूङमा परीक्षणका लागि छाडिएको पानी आज दिउँसोसम्म सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने आयोजनाले जानकारी दिएको छ। आयोजनाको मुहानबाट सुरूङमार्ग साढे ...
सेतोपाटी संवाददाता चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । , आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। विद्युत्...
सेतोपाटी संवाददाता कोसी राजमार्गमा बाटो काट्दै गरेकी वृद्धालाई एम्बुलेन्सले ठक्कर दिँदा मृत्यु भएको छ।, प्रहरीका अनुसार सुनसरी दुहबी नगरपालिका-८ की ६५ वर्षीया जगवती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको हो।, मंगलबार साँझ ६ बजे सोनापुर चोकस्थित कोसी राजमार्गमा प्रदेश १-०२-००२च३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो...
सेतोपाटी संवाददाता चितवन प्रहरीले चार किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।, सिमलढापबाट भोजाडतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ प १९२ र ना ५४ प ३६०८ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरुलाई गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।, भरतपुर महानगरपालिका-२ ...
सेतोपाटी पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ।, फागुन २३ देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो।, नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागि...
सेतोपाटी संवाददाता मुलुकका पहाडी तथा हिमाली भेगमा शनिबार हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, हाल देशका केही पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सफा रहेको महाशाखाले जनाएको छ ।, महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प...
सेतोपाटी संवाददाता काठमाडौंको पुतलीसडकबाट कुमारी हल जाने ठाउँमा ‘हेलम्बु फास्टफुड’ नामक एउटा खाजा घर छ। त्यहाँ मम र चाउमिन पस्किरहेका भेटिन्छन् पातलो गाँठीका एक युवा। यसरी म:म पसलेको चिनारी बनाएका युवाको नाउँ हो- छिरिङ लामा ह्योल्मो।, धेरैले उनलाई म:म पसलेका रुपमा मात्र चिन्छन्। साहसिक खेल पर्यटन अभियन्ताहरू भने उनलाई...
सेतोपाटी संवाददाता वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन्।, १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको 'इन्टरनेसनल वुमेन अफ करेज' अवार्ड जितेकी हुन्।, राष्ट्रपति भण्डारीले ट्वीट गर्दै भनेकी छन्-एसिड आक्रमणको असैह्य पीडालाई ...
सेतोपाटी संवाददाता उर्लाबारी-५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणमा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा उर्लाबारी-६ का ३२ वर्षीय राजेश रणपहेली र झापाको गौरादह नगरपलिक-९ का ३१ वर्षीय दीपेश पौडेल रहेका छन्।, दुबैलाई प्रहरीले भैरहवाबाट शुक्रबार साँझ पक्राउ गरेको इलाका प्रहरी कार्यालय उर्ला...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड- १९ कोरोना भाइरसविरूद्धको खोप लगाउने भएका छन्।, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान शिक्षण अस्पतालमा पुगेर कोरोना भाइरसविरूद्धको खोप लगाउने छन्।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड- १९ खोप अभियानसम्बन्धी अन्तर्क्...