content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता नेपालमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३५३५ मा पिसिआर गर्दा ४७ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५५ पुगेको छ।, पछिल्लो २४ घन्टामा ६२ जना निको भएर... |
युवराज श्रेष्ठ सरकारका मन्त्रीदेखि सांसद र उच्चपदस्थहरूको पोखरा भ्रमणमा नछुट्ने गन्तव्य बनेको छ, निर्माणधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। धावनमार्ग र टर्मिनल भवन बनेपछि विमानस्थलले आकार लिएको छ।, विमानस्थलका अन्य आवश्यक संरचना पनि अहिले अन्तिम अवस्थामा पुगेका छन्। चीन सरकारको स्वामित्वमा रहेको निर्माण कम्... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘महाकाण्ड’ पुस्तक विमोचन गरेका छन्।, नेविसंघका पूर्वअध्यक्षसमेत रहेका कांग्रेस नेता नैनसिंह महरले लेखेको महाकाण्ड, संसद गठनदेखि विघटनसम्म पुस्तक शनिबार सभापति देउवाले विमोचन गरेका छन्।, देउवा निवास बुढानिलकण्ठमा आयोजित कार्यक्रममा उक्त पुस्तक विमोचन गरिएको ... |
सेतोपाटी संवाददाता धनगढीको चटकपुरमा रहेको एक फर्निचर पसल आगलागी भएको छ।, अहिले केहीबेरअघि लागेको आगो निभाउन प्रहरी,दमकल र स्थानीयले निभाउन प्रयास गरिरहेका छन्।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले आगोलाई नियन्त्रणको प्रयास भइरहेको बताए।, उनका अनुसार अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन। , ... |
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, धनगढी उप-महानगरपालिका ५ का २२ वर्षीय जगत चौधरीको गोदावरी नगरपालिका-१ मा से३प ३१०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो।, प्रहरीका अनुसार शुक्रबार अत्तरियाबाट धनगढी आउने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।, गम्भीर घ... |
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिका-४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालि नामकको फर्निचर स्वरूम आगलागी हुँदा स्वरूमभित्र रहेका सबै सामान जलेर सबै नष्ट भएका छन्।, शनिबार दिउँसो १२ बजेतिर उक्त स्वरूममा आगलागी भएको थियो। घटना भएको २ घण्टापछि स्वरूमको आगो नियन्त्रणमा आएको थियो।, धनगढी उपमहानगरपालिकाका २, गोदावरी... |
सेतोपाटी संवाददाता इलामको माई नगरपालिकाले फागुन २१ गते स्थानीय बिदा दिएको छ। , माई नगरपालिका ४ सुखानीमा वि.सं २०२९ गते झापाबाट इलाम जेल सार्ने क्रममा सहादत प्राप्त शहिदहरूको स्मृतिमा बिदा दिने निर्णय गरेको मेयर दीपक कुमार थेबेले जानकारी दिए।, तत्कालीन पञ्चायती शासकहरूले हत्या गरेका रामनाथ दहाल, कृष्ण कुइँकेल, वीरेन रा... |
सेतोपाटी संवाददाता कैलालीमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।, घोडाघोडी नगरपालिका-१ सुखडका १९ वर्षीय प्रलब बुढाथोकीलाई १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको हो।, पीडित किशोरीले आफूमाथि जबर्जस्तीकरणी गरेको उजुरी प्रहरी कार्यालयमा दर्ता गराएकी थिइन्।, सोही ... |
सेतोपाटी संवाददाता डोटीमा एक शिक्षक मृत फेला परेका छन्।, मृत फेला पर्नेमा जोरायल गाउँपालिका-२ का अन्दाजी २७ वर्षीय डम्बर भट्टराई रहेका छन्।, उनी सोही ठाउँमा रहेको भूमिराज केदार आधारभूत विद्यालयमा शिक्षक रूपमा कार्यरत थिए।, उनी बिहीबार बुडर बजार नजिकै मृत फेला परेको जिल्ला प्रहरी डोटीका प्रहरी नायब उपरीक्षक ईन्द्र मल्ल... |
सेतोपाटी संवाददाता काठमाडौंको नागढुंगाबाट एक जना लागुऔषधसहित पक्राउ परेका छन्। , बिहीबार बिहान पौने ५ बजे चन्द्रागिरि नगरपालिका २ नागढुंगा चेक पोइन्टबाट पर्सा छिपरमाई गाउँपालिका ५ बस्ने ३५ वर्षीय उपेन्द्र कुमारलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ। , परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी रमेशकुमा... |
सेतोपाटी संवाददाता दाङको राप्ती गाउँपालिकामा सुत्केरी आमालाई कोसेली दिन थालिएको छ।, गाउँपालिकाका स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाईमा सुत्केरी आमालाई बिहीबारदेखि ‘उपाध्यक्ष कोसली’ दिन थालिएको हो।, पहिलो दिन लालमटिया र सिसहनियाँ स्वास्थ्य चौकीहरूबाट कोसेली दिने क्रमको थालनी गरिएको गाउँपालिकाकी उपाध्यक्ष जगदम्बा कुमारी ... |
सेतोपाटी संवाददाता काठमाडौंको नागढुंगाबाट २२ तोला सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।, चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेकपोइन्टबाट भारतका ३१ वर्षीय टपस सम्सालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए।, बुधबार साँझ पौने ६ बजे चेकपोइन्टमा प्रहरी... |
सेतोपाटी संवाददाता लुम्बिनी प्रादेशिक अस्पतालभित्रै संचालन गरिएको चमेना गृहलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाले जरिवाना गरेको छ।, कार्यालयले बिहीबार गरेको अनुगमनमा चमेना गृहको भान्सा फोहोर र अव्यवस्थित भएकोे तथा विल विजकहरू दुरुस्त नभएको भन्दै जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ। , उक्त टोलीले ... |
सेतोपाटी संवाददाता प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ताप्लेजुङ दोभान बजारका आगलागी पीडितलाई आर्थिक सहयोग गर्ने बताएका छन्।, बिहीबार ताप्लेजुङ मेरिङ्देन ३ स्थित दोभान बजार पुगेका मुख्यमन्त्री राईले घर गुमाउनेलाई ५० हजार र डेरामा रहेकालाई ३० हजार रुपैयाँ उपलब्ध गराउने बताएका हुन्। , आगलागी पीडित परिवारलाई प्रदेश सरका... |
सेतोपाटी संवाददाता नेत्र विक्रम चन्द विप्लव समूहका नेता तथा कार्यकर्तालाई छाड्न गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ।, बिहीबार नेपाल सरकार र विप्लव समूहबीचको वार्तापछि पक्राउ परेका नेता तथा कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए।, 'जिल्ला प्रशासन कार्यालयको कार्य क्षे... |
सेतोपाटी संवाददाता अवैध रुपमा नेपालीलाई छिराएर क्यासिनो खेलाएको आरोपमा म्यानेजरसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त कालिमाटीले काठमाडौं-१३ ताहाचलस्थित प्लाटिनम होटलको सिएमजी क्यासिनोबाट बिहीबार अपराह्न १० जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा क्यासिनो म्यानेजर काठमाडौं-२२ का महेश मल्ल, सहाय... |
सेतोपाटी संवाददाता कैलालीमा प्रहरीले हत्यामा संलग्न आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको छ।, गोदावरी नगरपालिका-५ गेटीस्थित गेटा आँखा अस्पताल नजिक बस्ने ३५ वर्षीय छोटु भन्ने शिवचरण रानाको हत्यामा संलग्न रहेको आरोपमा ३७ वर्षीय जयन्ती चौधरी र अन्य दुई जनालाई पक्राउ गरी प्रहरीले बिहीबार बेलुका सार्वजनिक गरेको हो।, फागुन १... |
सेतोपाटी संवाददाता लागूऔषध ब्राउन सुगरका कारोबारी समात्ने क्रममा प्रहरीले कञ्चनपुरमा गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुने भारतीय नागरिक २५ वर्षीय गोविन्द सिंह रहेको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले सेतोपाटीलाई जानकारी दिए।, बेलौरी नगरपालिका-७ को सिमावर्ती क्षेत्रमा बिहीबार साँझ साढे ६... |
एजेन्सी न्युजिल्यान्डमा बिहीबार ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ।, अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १७८ किलोमिटर टाढा पर्छ। समाचार एजेन्सी रोयटर्स र एपीका अनुसार ७.२ रेक्टर स्केलको भूकम्प गएको हो । यता अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्पको तिव्रता ६.९ म्याग्निच्युड माप... |
सेतोपाटी संवाददाता फागुन २२ गते शनिबार गण्डकी प्रदेशका पाँच जिल्लामा विद्युत सेवा बन्द हुने भएको छ।, बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कास्की, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।, प्राधिकरणको पोखरा ग्रिड शाखाअन्तर्गत लेखनाथ सबस्टेशनमा १३२ केभी बस... |
एजेन्सी किशोरीलाई बलात्कार आरोप लागेका सरकारी कर्मचारीलाई 'उनीसँग विवाह गर्यौ भने जेल जानु पर्दैन, हामी सहयोग गर्छौं' भन्ने भारतका प्रधानन्यायाधीशको राजीनामा मागिएको छ।, प्रधानन्यायाधीश शरद अरविन्द बोब्देको राजीनामा माग्दै अहिलेसम्म ५ हजार बढी मानिसहरूले हस्ताक्षर गरेका छन्।, बलात्कार मुद्दाको सुनुवाइका क्रममा बोब्... |
सेतोपाटी मोटरसाइकल ग्यारेज सञ्चालन गरेर मनग्य धन आर्जन गर्ने विराटनगरमा प्रशस्त देखिन थालेका छन्।, ग्यारेज सञ्चालनका लागि पर्याप्त अध्ययन नपर्ने र चार/पाँच महिना तालिम लिइसकेपछि ग्यारेज सञ्चालन गर्न कुनै समस्या नभएको यस काममा लाग्नेको भनाइ छ।, सुरूमा प्रशिक्षार्थीलाई बिना पारिश्रमिक काममा लगाउने र काम सिकिसकेपछि पारिश... |
सेतोपाटी संवाददाता वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेकी छन्।, काठमाडौंस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड पाएकी हुन्।, Drumroll please! धेरै-धेरै बधाई। I’m absolutely thrilled to ann... |
नारायण महर्जन म्यानमारमा भइरहेको सैन्य दमनको विरोधमा शुक्रबार ललितपुरस्थित म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरिएको छ।बृहत् नागरिक आन्दोलनको अगुवाइमा भएको प्रदर्शनमा नागरिक अभियन्तारूले नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि प्रदर्शन गरेका हुन्।, सहभागीले म्यानमारमा नरसंहार बन्द गर्नुपर्ने भन्दै आफूहरू त्यहाँका जनताको ... |
भगवती पाण्डे मोतिपुर औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रमअघि स्थानीयले अवरोध गरेका छन्।, शुक्रबार बुटवल र तिलोत्तमास्थित तिनाउ नदीको उकास क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने सरकारको निर्णयको स्थानीयले विरोध गरेका हुन्।, वैकल्पिक व्यवस्था नभएसम्म र मुआब्जा नदिएसम्म शिलान्यास गर्न नदिने भन्दै स्थानीयले नाराबाजी गरिरहेका छ... |
सेतोपाटी संवाददाता स्थानीयको व्यापक अवरोधकाबीच रुपन्देहीको मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गरिएको छ। , शुक्रबार बुटवल र तिलोत्तमास्थित तिनाउ नदी उकास क्षेत्रमा औद्योगिक क्षेत्रको शिलान्यास गरिएको हो। उक्त क्षेत्र ९ सय ४६ बिगाहको छ। , सरकारले यसअघि नै मोतिपुरमा औद्योगिक क्षेत्र बनाउन गरेको निर्णय अनुसार शुक्रबार ... |
दिपकजंग शाही कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि धर्नामा बसेकी संगीतावादीका दुई छोराछोरी भोक नलाग्दासम्म चौरमा उफ्रिँदै खेल्छन्।, जब भोक लाग्छ अनि आएर भन्छन्- मम्मी भोक लाग्यो।, संगीता यताउति कसैले फालेका प्लाष्टिकका टुक्रा र आगो बाल्न मिल्ने केही वस्तु जम्मा गरेर आगो बाल्छिन्। आफूसँगै ल्याएको चामल पकाउन थाल्छ... |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरण धनुषा नोलाइटका सुपरभाइजरसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्राधिकरणको सखुवा वितरण केन्द्र अन्तर्गत ढल्केवर धनुषा नोलाइटका सुपरभाइजर जगतनारायण साहसहित चार जनाविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।, सुपरभाइजर साह,... |
काठमाडौं, फागुन २१ मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक हस्पिटलमा भर्ना भएका कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले आफैं सास फेर्न थालेका छन्।, नेता जोशीको अवस्थामा चमात्कारिक सुधार भएपछि बिहीबार बिहानदेखि नै भेन्टिलेटरको फूल सपोर्ट हटाइएको अस्पतालले जनाएको छ। , उनको उपचारमा संलग्न न्यूरो सर... |
सेतोपाटी नेपालमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा १२० जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ।, पछिल्लो २४ घन्टामा ८३ जना निको भएर फर्किएका छन्। योसहित कोरोना... |
सेतोपाटी कञ्चनपुरको बेलौरी नगपालिकामा बिहीबार साँझ अबेर प्रहरी र तस्करबीच भएको दोहोरो भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाउने तयारीमा प्रहरी जुटेको छ।, लागुऔषध र नक्कली नोट बनाउने मेसिनसहित नेपाल भित्रिएका भारतको पिलिभित जिल्ला ग्राम भूमिदान राघवपुरी थानाका २० वर्षीय गोविन्दा सिंहको दोहोरो भिडन्तमा मृत्यु भ... |
सेतोपाटी चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकामा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन सुरू भएको छ। , नेपाल-चीनबीचको २४ नम्बर सीमास्तम्भ रहेको कोरोला नाकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टर मोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डले बन्दरगाह बनाउन भौगो... |
सेतोपाटी सरकारले पहिलो चरणमा कोभिड-१९ विरूद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड-१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा... |
सेतोपाटी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित परिवारलाई रु पाँच लाख आर्थिक सहयोग गरेका छन्।, आगलागी क्षेत्रको निरीक्षणपछि विस्थापित परिवारका लागि आज उहाँले मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्वाङ लिम्बूलाई सो रकम हस्तान्तरण गरे। , सो अवसरमा उनले आगलागीपीडितहर... |
सेतोपाटी संवाददाता गोंगबुमा कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा राखेर फ्याँक्ने कल्पना मुडभरीलाई आजीवन कारावासको सजाय सुनाइएको छ।, कल्पनाले रोल्पा रून्टीगढी गाउँपालिका-७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको हत्या गरी टाउको, खुट्टा काटेकी थिइन्। उनको जिँउ सुटकेसमा राखेर नवज्योतिमार्गमा फ्याँक्... |
सेतोपाटी संवाददाता प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लोकेन्द्रबहादुर मल्ललाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय मकवानपुरले मल्ललाई आइतबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) अमरप्रसाद गजमेरले जानकारी दिए।, आफ्नै उद्योगमा काम गर्ने महिलामाथि अभद्र व्यवहार गरेपछि ती मह... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले आगामी चैत २० गतेभित्र सिसिक्यामेराको फुटेजसहित उत्तरपुस्तिका पठाउन निर्देशन दिएको छ।, वार्षिक परीक्षाको सिसिक्यामेराको दृश्यसहित शिलबन्दी गरेको उत्तरपुस्तिका पठाउन केन्द्रले निर्देशन दिएको हो ।, त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सूचना जारी गर्दै भनेका छन्, ‘परीक्षा ... |
सेतोपाटी सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा मोड–सुधार गरिरहेको छ।, राजमार्ग दायाँबायाँका विभिन्न स्थानमा समेत सर्भिस ट्रयाक खोल्न प्रक्रिया थालिएको छ। हाल धुलिखेलदेखि पाँचखालसम्म १५ किलोमिटर सडकखण्डको १३ स्थानमा मोड–सुधारको काम भइरहेको कार्यालयप्रमुख डिभिजन इन्जिनियर... |
नेहा झा धेरै वर्षअघिको कुरा हो, छोरीहरूलाई शिर उठाएर बोल्न, हिँड्न र बाँच्न मनाही थियो, त्यसमाथि बुहारीहरूलाई घुम्टो खोलेर!, समाज त्यस्तै भएपनि बुवाले भने छोरीलाई पढाउनुपर्छ भन्ने सोच्थे।, रौतहटको सेरवा– ब्रह्मपुरी गाउँमा रहेको स्कुलमा रिता कुमारी मिश्र र उनकी दिदीले पाँच कक्षासम्म पढे। त्यसपछि पढ्न सदरमुकाम गौर जानुप... |
सेतोपाटी संवाददाता नेपालमा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३३९९ नमूना परीक्षण गर्दा ६७ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ३६१ पुगेको छ। , पछिल्... |
सेतोपाटी संवाददाता जंगी अड्डामा उच्च सैनिक अधिकारीहरूको तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ सुरू भएको छ।, विगतको समीक्षा, सेनाको भावी कार्यदिशा र कार्ययोजनाको विषयमा रणनीति तय गर्न उच्च सैनिक अधिकारीहरूको बैठक सुरू भएको हो।, हरेक ६/६ महिनामा आयोजना हुने बैठकको बुधबार प्रधानमन्त्री केपी ओलीले शुभारम्भ गरे। , त्यस... |
प्रकाश अधिकारी कर्णालीका वादी समुदाय खेती गर्न जमिन माग्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बसेको १० दिन बितेको छ। , सरकारले देशभरका भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा दिने तयारी गरिरहेका बेला यहाँका वादी समुदायसँग भने जग्गा नै छैन।, जग्गा नै नहुँदा पुर्जा पाउनबाट बञ्चित हुने भन्दै यो समुदाय सङ... |
सेतोपाटी किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय किशोरमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ। , आज जिल्ला अदालत बैतडीबाट अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच दिनका लागि अनुमति मागेको हो। , किशोरमाथि चडेपानीकै १७ वर्षीय... |
विनोद सापकोटा झापाको सुरुङ्गामा बुधबार अपरान्ह भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्।, कनकाई नगरपालिका वडा नम्बर ४ पूर्वपश्चिम राजमार्गको कोटिहोममा भएको दुर्घटनाबाट सोलुखुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय दिलिप राना मगरको घटनास्थलमै मृत्यु भएको हो।, यस्तै, सु... |
सेतोपाटी संवाददाता राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शून्य सहनशीलताका साथ काम गर्ने प्रतिवद्धता जनाएकी छन्।, आयोगले बुधबार भद्रकालीस्थित आफ्नै कार्यालयमा १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरेको अन्तर्क्रियामा अध्यक्ष पराजुलीले राजनीतिक पूर्... |
भगवती पाण्डे भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीमाथि ज्यादती गरेको भन्दै रूपन्देहीको नेपाल-भारत सीमानाका बेलहियावासीले बुधबार साँझ प्रदर्शन गरेका छन्।, सिमापारि सुनौली गएकी बेलहियाकी देवी आलेलाई चेकजाँचको बहानामा हातपात र दुर्व्यवहार गरेको भन्दै स्थानीयले नाकामा प्रदर्शन गरेका हुन्।, बेलहियाका स्थानीय माधव शर्माका ... |
सेतोपाटी संवाददाता पोखरा महानगरपालिकाले ‘पोखरा प्रज्ञा प्रतिष्ठान’ स्थापना गरेको छ।, प्रतिष्ठानका नवनियुक्त कुलपति र प्राज्ञ सदस्यहरूले बुधबार सपथ ग्रहण गरेका छन्।, महानगरका मेयर मानबहादुर जिसीले प्रतिष्ठानका कुलपति पदमराज ढकाललाई सपथ खुवाए भने ढकालले सदस्यहरूलाई सपथ ग्रहण गराए।, प्रतिष्ठानका प्राज्ञ सदस्यहरूमा लोकदोह... |
रासस झापाको कनकाई नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु छ। चार जना घाइते छन्।, को१ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बुधबार विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–००१ च ०१६७ नम्बरको कार र प्र१–०१–०१३प१७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कारमा सवार सुनसरी ध... |
रासस पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ।, सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले उक्त निर्णय गरेको हो।, प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला... |
एजेन्सी रातो ग्रह उपनामले चिनिने मंगल ग्रहमा अहिले अमेरिकी अन्तरिक्ष संस्था नासाले पठाएको पर्सिभिरेन्स अन्तरिक्ष यानले विभिन्न अनुसन्धान गरिरहेको छ। , सात महिना लामो यात्रा गरेर मंगल ग्रहको सतहमा पर्सिभिरेन्स गत फेब्रुअरी १८ मा ल्यान्ड भएको थियो। अहिले पर्सिभिरेन्सको ६ पांग्रे रोभरले जेजेरो कार्टरमा कुनै बेला मंगल ग्... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले वडाअनुसार खोप लगाउने केन्द्र तोकेको छ।, फागुन २३ देखि चैत १५ गतेसम्म ५५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक, महाविद्यालयका प्राध्यापक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी र सार्वजनियक यातायातका चालक/सहचालकका लागि वडाअनुसार विभिन्न खोप केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाइ... |
एजेन्सी भारतको हिमाञ्चल प्रदेशको सालोनमा रहेको मानव भारती विश्वविद्यालयबाट डिग्री लिएकाहरू अहिले संसारभरि समस्यामा पर्न थालेका छन्।, उक्त विश्वविद्यालयले ११ वर्षमा दिएका ४१ हजार डिग्रीमध्ये ५ हजारमात्र सक्कली भएको तथ्य खुलेपछि सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अमेरिका र क्यानडालगायत मुलुकमा काम गरिरहेका उक्त विश्ववि... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरूद्ध खोप लगाउन आग्रह गरेका छन्।, बुधबार आफूले कोरोनाविरूद्ध खोप लगाएपछि देउवाले आफ्नो पालोअनुसार कोरोनाविरूद्ध खोप लगाउन सबैलाई आग्रह गरेका छन्।, उनले निजामती अस्पताल पुगेर कोरोनाविरूद्ध खोप लगाएका थिए।, फागुन २३ गतेदेखि प्रतिनिधि सभा बैठक बस्ने भ... |
रासस वाग्मती प्रदेशको हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ।, दुवै चिकित्सकले आफ्नो कार्यालय समयमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको पाइएकाले डा बुद्धीराज पाण्डे र डा साजित अन्सारीलाई अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले २४ घण्टे स्पष्टीकरण सोधेका छन्।, अ... |
रासस अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि रु एक अर्ब आठ करोड ५३ लाख २३ हजार शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ।, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा ... |
विनोद सापकोटा सर्वोच्च अदालतको अन्तरिम आदेश विपरीत झापाको अर्जुनधारा नगरपालिकाले बिरिङ खोलाबाट निर्माण सामग्री निकासी गरिरहेको छ।, बिरिङ खोलाबाट निर्माण सामग्रीको दिनहुँ निकासी हुने गरेको स्थानीयले बताएका छन्। स्थानीयले बिरिङ खोलाबाट नदीजन्य वस्तुको दोहन गरेर बस्ती नै खतरामा पर्न लागेपछि अर्जुनधारा नगरपालिकालाई विपक्ष... |
सेतोपाटी कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन्। , सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रिमत छैनन्।, आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना सङ्क्रमण शून्यमा झरेको हो। ,
,
... |
सेतोपाटी संवाददाता सर्लाहीमा निर्माणाधीन घर छतबाट लड्दा एक जनाको मृत्यु भएको छ।, मलंगवा नगरपालिका वडा नं. ४ पानी ट्यांकीस्थित नयाँ घरको ढलान भइरहेको स्थानमा खटिएका कौडेना गाउँपालिका वडा नं. २ ईनर्वाका २० वर्षीय श्याम बाबु मुखियाको लडेर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए। , रामब... |
सेतोपाटी संवाददाता नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ७८ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार २९४ पुगेको छ। , पछिल्लो २४ घन्टामा ७२ जना निको भएर फर्किएका छन्। योसहि... |
एजेन्सी मंगलबार बिहान भारतीय एयरलाइन्स कम्पनी इन्डिगोको जहाजले पाकिस्तानको कराँचीस्थित विमानस्थलका अधिकारीहरूसँग आपतकालीन अवतरणका लागि अनुमति माग्यो।, युएईको सारजहबाट उत्तर प्रदेशको राजधानी लखनऊ लागि उडेको फ्लाइट नम्बर ६ई १४१२ को जहाजलाई कराँची विमानस्थलमा अवतरण अनुमति दिइयो।, बिहान चार बजे इरानको आकाशबाट पाकिस्तानमा ... |
सेतोपाटी संवाददाता रौतहटको मौलापुर नगरपालिका वडा ५ मा महाशिवरात्रिको मेला आयोजन गर्नका लागि किसानहरूले लगाएका गहुँ बाली नष्ट गरिएको छ।, सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा मेला लगाउन किसानले लगाएको गहुँ बालीमा डोजर लगाइएको हो।, फागुन २७ गते मनाइने महाशिवरात्रीको उपलक्ष्यमा ठूलो मेला लगाउनका लागि करिब तीन बिगाहा ... |
सेतोपाटी संवाददाता मष्तिष्कघात भई शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ। , नेता जोशीको अवस्थामा सुधार भएपछि सोमबार बिहानबाट भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको उ... |
नेहा झा न गर्मीमा ओत लाग्ने त्रिपाल छ, न त चिसोमा न्यानो दिने छाप्रो।, छ त खुला आकाश र त्यही खुला आकाशमुनि सडकछेउ टुसुक्क बसेर ४६ वर्षदेखि खानेतेल र मट्टीतेल बेच्दै आएका छन्, ७० वर्षीय रामशंकरलाल देव।, सप्तरी, राजविराज नगरपालिकास्थित कृष्ण मन्दिरको ठिक सामुन्ने छ उनको पसल। यो पसल सुरू गर्दा उनी जम्मा २४ वर्षका थिए। भर... |
सेतोपाटी संवाददाता पर्सामा बाँसघारीमा अखडा बनाएर जुवा खेलिरहेका तीन जना पक्राउ परेका छन्।, मंगलबार अपराह्न प्रहरीले बहुदरमाई नगरपालिका-१ विश्रामपुरको बाँसघारीबाट एक लाख ७६ हजार रूपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा बहुदरमाई वडा नम्बर ९ का गुरदेली साह, बारा कलैया उपमहानगरपालिका-२३ का जंगबहादुर साह र क... |
नारायण खड्का दाङ तुलसीपुरका ऋषिश्वर परियारले विश्व कीर्तिमान कायम गरेका छन्। ,‘मस्ट जम्पिङ ज्याक इन वन मिनेट’, विधामा उनले ,विश्व कीर्तिमान, बनाएका हुन्।, परियारले सन् २०२० को जनवरी ३१ मा उक्त विधाका लागि वर्ल्ड रेकर्डको प्रयास गरेका थिए। , तुलसीपुरको अरनिको मैदानमा परियारले एक मिनेटमा १२३ पटक पिटी जस्तै गरि खेलिने हा... |
सेतोपाटी संवाददाता बैतडीमा तीन महिनाको छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन्।, छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-५ खनाडीका ४० वर्षीय राजबहादुर चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।, राजबहादुरले आफ्नै घरमा छोरा लक्ष्मणलाई लछार-पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्... |
सेतोपाटी संवाददाता डाँस खोलाको बगरमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक युवतीको मृत्यु भएको छ।, मोरङ सुनवर्षी नगरपालिका-४ गान्धी आश्रम बस्दै आएकी २० वर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मंगलबार मृत्यु भएको हो।, दिउँसो साढे १ बजे सुनवर्षी-१ काला बन्जारस्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा यादवको माटोको ... |
सेतोपाटी संवाददाता भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको धातुका मूर्ति रुपन्देहीबाट बरामद गरिएको छ। भैरहवास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएका लाखौं रुपैयाँका धातुका मूर्ति बरामद गरेको हो। , सशस्त्र प्रहरीले मंगलबार दिउँसो नेपाल भारत सीमाक्षेत्र भैरहवाको बालापु... |
राजु अधिकारी हरेक सुख्खायाममा भीषण आगलागीको चपेटामा पर्दै आएको पूर्वी पहाडमा यसपटक पनि उस्तै नियति दोहोरियो।, ताप्लेजुङको व्यापारिक केन्द्र दोभान बजार मंगलबार दिनभरजसो आगोले दन्दनी बल्यो।, बिहान करिब पौने ९ बजेतिर सुरू भएको आगलागी झण्डै साढे पाँच घण्टापछि अढाइ बजे बल्ल नियन्त्रणमा आउँदा जिल्लाको दोस्रो ठूलो व्यापारिक ... |
समिक्षा अधिकारी ललितपुरको बालकुमारी मन्दिर छेउमा केही समयअघिसम्म एउटा ठूलो खाल्डो थियो। झार उम्रेको र फोहोर फाल्ने ठाउँसमेत बनेको त्यो खाल्डो खासमा मल्लकालीन बालकुमारी पोखरीको अवशेष हो, जसलाई अब ललितपुर महानगरपालिकाले पुनर्निर्माण गरी पुरानै स्वरूपमा ब्युँताउँदैछ।, ऐतिहासिक महत्व बोकेका सम्पदा संरक्षण गर्ने अभियानअन्त... |
रासस ज्येष्ठ नागरिक ग्रामका परिकल्पनाकार तथा सामाजिक अभियानता मित्रसेन दाहालको स्मृतिमा रु पाँच करोडको अक्षयकोष घोषणा गरिएको छ।, सामाजिक अभियानमा सक्रिय रहँदा रहँदै हृयघातबाट मृत्यु भएपछि स्वर्गीय दाहालको १२ औँ पून्य तिथिमा अक्षयकोष घोषणा गरिएको हो।, दाहालको गत फागुन ७ गते ५८ वर्षको उमेरमा निधन भएको थियो।, मित्रसेन दा... |
सेतोपाटी संवाददाता प्रतिनिधि सभा बैठक आह्वान भएपछि सभामुख, मन्त्रीहरू र सांसदका लागि कोरोनाविरूद्ध खोप लगाइने भएको छ।, बुधबार उनीहरूलाई कोरोनाविरूद्ध खोप दिने तयारी छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा सञ्चार केन्द्रका अनुसार बुधबार बिहान १० बजेदेखि खोप लगाउन सुरू गरिन... |
सेतोपाटी कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन्।, आफ्ना जनताका लागि खानाको समस्या भएको भन्दै मङ्गलबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको गुनासो गरेका थिए।, गाउँपालिकाले दिने प्रतिव्यक्ति मासिक रु ... |
रासस प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा पुर्याएको जनाएको छ।, उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यही फागुन ५ गते चडेपानीकै १६ वर्षीय एक किशोरलाई सार्वजनिक गरेको थियो।, भागरथीको गत माघ २१ गते बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको ... |
सेतोपाटी संवाददाता बुधबार बिहान ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ।, विहान सवा ५ बजे बाटो काट्दै गरेकी सिन्धुपाल्चोक घर भइ बागडोल बस्ने १९ वर्षीया अन्जु दाहाललाई स १ ज ५६७ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो। , ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी... |
रासस ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ।, पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएको तथ्याङ्क छ।, विसं २०६० चैत १५ गते वीरेन्द्रचोक क्षेत्रमा भएको आगलागीमा ४५ घर जलेर नष्ट हुँदा १२९ परिवार विस्थापित भएका थिए।,... |
सेतोपाटी संवाददाता इलाममा एक पुरूषको शव फेला परेको छ।, जोरपाखरी जाने सडकमा एक जना पुरूषको शव बुधबार बिहान फेला परेको छ।, माई नगरपालिका वडा नम्बर ८ मा पर्ने एक खोल्सामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो।, शव सडेको अवस्थामा फेला परेको छ। , इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुबनारायण श्रेष्ठका अनुसार... |
सेतोपाटी संवाददाता ताप्लेजुङ दोभान बजारका अग्नीपीडितलाई दिर्घकालिन पुनःस्थापनाको लागि भुकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने माग सहित गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ।, ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका वडा नं. ३ स्थित दोभान बजारमा फागुन १८ गते आगलागी भई ४९ घर जलेर ध्वस्त भएको थियो भने डेरावालसहित ७९ परि... |
सेतोपाटी पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघिदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरू हुने भएको छ।, कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरू गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए।, हाललाई रु... |
नारायण खड्का पश्चिम दाङमा ११ वर्षीया एक बालिका बलात्कृत भएकी छन्। , बबई गाउँपालिकाकी ती बालिकामाथि मंगलबार बेलुका ६ बजेतिर दही लिन जाँदै गर्दा ट्वाङखोलाको जंगल क्षेत्रमा बलात्कार भएको थियो। , इलाका प्रहरी कार्यालय खितलपुरका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीका अनुसार स्थानीय १३ वर्षीय एक बालकले ती बालिकालाई जबरजस... |
सेतोपाटी रुकुम (पूर्व) को सिस्ने गाउँपालिकाले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजित बजेट सबै वडामा पठाउने भएको छ।, पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालनका लागि विनियोजित सशर्त अनुदानको रु एक करोड ४४ लाख २५ हजार बजेट वडामा सूचीकृत बेरोजगार सङ्ख्याका आधारमा गाउँपालिकाको आठ वटै वडामा प... |
सेतोपाटी संवाददाता ललितपुरको एकान्तकुनामा सुमो गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि बुधबार जावलाखेलमा विद्यार्थीले प्रदर्शन गर्दै सडक अवरोध गरेका छन्।, बुधवार बिहान साढे ५ बजे स १ ज ५६७ नम्बरको गाडीको ठक्करबाट कोटेश्वर क्याम्पसमा अध्ययनरत १९ वर्षकी अन्जु दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको... |
इन्दु बर्मा, राष्ट्रिय महिला क्रिकेट खेलाडी महिनावारीका कुरा, बाह्र वर्षको उमेरमा मेरो पहिलो महिनावारी भएको थियो। त्यो बेला म होस्टलमा थिएँ। होस्टलमा बिहान पाँच बजे उठ्नुपर्ने नियम थियो। सबेरै उठेर बाथरूम जाँदा मेरो शरीरबाट रगत बगेको थाहा पाएँ। रगत देख्नेबित्तिकै म निक्कै डराएँ। एकछिन त कतै घाउ भएर रगत आएको हो कि भनेर... |
सेतोपाटी संवाददाता धनुषाको सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरीलाई विहार प्रहरीले सघाउने भएको छ। , भारत विहारको मधुवनी जिल्ला प्रमुख र धनुषाका एसपी प्रहरीबीचको भेटमा विहारको मधुवनी जिल्ला प्रमुख सत्य प्रकाशले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरीलाई विहार प्रहरीले सघाउने प्रतिबद्धता... |
सेतोपाटी संवाददाता कञ्चनपुर प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।, कञ्चनपुर बेलौरी नगरपालिका-१ वैशाखीस्थित शाही चोकबाट प्रहरीले तीन जना भारतीयलाई सोमबार पक्राउ गरेको हो।, पक्राउ पर्नेमा भारत लख्मिपुर खिरी सम्पूर्णानगरका २६ वर्षीय धर्मेन्द्र कुमार, २५ वर्षीय शुभम् भासिन र ३० वर्षीय नि... |
सेतोपाटी संवाददाता विराटनगरमा एक महिलाले स्यानिटाइजर खाँदा उपचारको क्रममा मृत्यु भएको छ।, शनिबार राति विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका अधिकारीले स्यानिटाइजर सेवन गरेकी थिइन्।, घरायसी विवादका कारण उनले स्यानिटाइजर सेवन गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक... |
सेतोपाटी संवाददाता बालाजु बाइपास सडकमा विरोध गर्दा पक्राउ परेकाहरूलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।, जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार अभियन्ता तथा पीडित स्थानीयहरूलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।, गत बुधबार बाइपास सडकमा क... |
सेतोपाटी संवाददाता स्कूटरबाट ब्राउन सुगर बरामद भएपछि पक्राउ परेकी तुलसा पोखरेलमाथि अनुसन्धानका लागि स्थानीय प्रशासनले ७ दिनको म्याद थप गरेको छ ।, ४२ वर्षीया पोखरेलाई प्रहरीले आइतबार दिउँसो उनकै घरबाट उनैले प्रयोग गर्ने स्कूटरमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको थियो।, प्रहरीले गोप्य सूचनाका आधारमा तु... |
राजेश घिमिरे सोमबार सबेरै खोरसोर पुग्दा हात्तीसार रित्तै थियो। हात्ती प्रजनन् केन्द्रको मैदानमा रहेको एउटा टेबल भने औषधीले भरिएको देखिन्थ्यो। सँगै चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक, स्वास्थ्य प्राविधिक र केही कर्मचारी थिए।, केहीबेरमा घाँसका ठूला–ठूला भारी बोकेका हात्ती छावालाई अघिपछ... |
सेतोपाटी संवाददाता कञ्चनपुरका बस र माेटरसाइकल आपसमा ठोक्किँदा दुई जनाकाे मृत्यु भएको छ।, दुर्घटनामा माेटरसाइकल चालक २५ वर्षीय दिनेश दमाई र पछाडि बसेका २० वर्षीय प्रकाश दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ।, शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा साेमबार बेलुका पूर्वबाट पश्चिमतर्फ गइरहेकाे ना६ख १७६४ नम्बरको बस र म३प १४८० ... |
रासस बागलुङ र पूर्वी रुकुमको सीमा विवाद सुल्झाउने प्रयास थालिएको छ।, बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भूमे गाउँपालिकाको सीमामा वर्षौंदेखि विवाद छ।, भूमे गाउँपालिकाले २०७४ सालमा बागलुङको भू–भागमा आएर प्रवेशद्वार निर्माण गर्न थालेपछि विवाद झनै बढेपछि अहिले दुई जिल्लाका सरोकारवाला निकाय सीमा विवाद सुल्झाउने ... |
रासस पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।, दुर्घटनामा परी दुई जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घनामा परेका दुवै ट्रकका... |
नेहा झा प्रदेश-२ का विभिन्न कोभिड अस्पतालमा करारमा खटाइएका कर्मचारीहरूले गत पाँच महिनादेखि तलब-भत्ता पाउन सकेका छैनन्।, कोरोना महामारीका बेला प्रदेश-२ का आठ वटै जिल्लामा विज्ञापन गरी २०७७ असार मसान्तसम्मको नियुक्ति दिई खटाइएका स्वास्थ्यकर्मीले तलब-भत्ता नपाएका हुन्।, आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकसम्मका लागि सेव... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज चिकित्सा क्याम्पसले उपप्राध्यापकहरू माग गरेको छ।, करार सेवाका लागि ३५ दिनभित्र आवेदन बुझाउन सकिने आज सूचना निकालेर जानकारी गराएको हो।, कार्डियोलोजीमा २ उपप्राध्यापक, पल्मुनोलोजी, ग्याष्ट्रोइन्टेरोलोजी, कार्डियोथोरासिक भास्कुलर सर्जरी,... |
सेतोपाटी संवाददाता भैंसी चराउन गएका बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० कालाबन्जरका ६५ वर्षीय लालबहादुर चौधरीको शव जंगलमा फेला परेको छ।, सोमबारदेखि हराइरहेका उनको शव जंगलमा फेला परेको हो। भैंसी गोठाला गएका उनलाई बाघले आक्रमण गरेको आशंकामा खोजी गरिएको थियो।, राजापुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष दयाशंकर थारूका... |
सुदीप श्रेष्ठ चन्द्रशमशेर जंगबहादुर राणाले आजभन्दा ११७ वर्षअघि, विक्रम सम्बत् १९६० मा बडो सोखका साथ युरोपेली शैलीको भव्य दरबार निर्माण गराए।, नयाँ दरबारमा सर्नुअघि उनले आफ्ना महारानीहरूलाई अवलोकन भ्रमण गराउन लगेछन्।, कौसीमा पुगेपछि उनकी जेठी महारानी लोकभक्त लक्ष्मीदेवीले भद्रकाली मन्दिरभन्दा पनि पश्चिम धरहराछेउको बागद... |
सेतोपाटी संवाददाता मोटरसाइकलको ठक्करले दाङको घोराहीमा एक छात्राको मृत्यु भएको छ।, सोमबार विद्यालयबाट घर फर्कंदै गरेकी घोराही उपमहानगर वडा नम्बर १७ नवरपुरकी १५ वर्षीया छात्रा अम्बिका आचार्यको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।, आचार्यलाई रा ४ प ४७६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।, घाइते आचार्यलाई अस्पताल लैजाँदै ... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले पाटन मंगलबजार क्षेत्रको महापाल चोकबाट इखालखु (मछिन्द्र बहाल, लगनखेल) तर्फ जाने सबै किसिमका सवारी साधन निषेध गरेको छ।, अत्याधिक जाम हुने यो क्षेत्रमा बिहान ८ बजेदेखि राति ८ बजेसम्म सबै सवारीसाधन वान वे गरिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।, ‘महानगर... |
सेतोपाटी संवाददाता घाँस बोकेर घरतर्फ गइरहेकी धादिङकी एक महिलालाई एक्साभेटरले ठक्कर दिएपछि जिउँदै पुरेको छ। त्रिपुरा सुन्दरी गाउँपालिका-१ मा सोमबार दिउँसो सवा २ बजे एक्साभेटरले महिलालाई जिउँदै पुरेको हो। , प्रहरीका अनुसार सडक खन्न गाउँपालिकाले ठेक्का लगाएको सडक ठेकेदार कम्पनीको एक्साभेटरले सोही वडाकी ४५ वर्षीया सरस्वती... |
हेमन्त केसी फागुन महिना सुरू हुँदै गर्दा सबैलाई तातो मौसमको सुरूआत भएको अनुभूति हुने गर्छ।, निम्न तथा गरिब परिवारका स्थानीयबासीको घरमा एकखालको खुसी नै आउने गर्दछ। चिसो मौसम सबैका लागि उस्तै खालको भए पनि हुनेखाने र आर्थिकरूपमा पछि परेकाहरूको जीवनशैलीमा भने फरक पर्दै आएको छ।, कर्णाली प्रदेशका हिमाली जिल्लामा बस्ने स्थान... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.