content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता मोरङको उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बाँस्तोला मृत्यु प्रकरणमा थप एक जना पक्राउ परेका छन्। , प्रहरीले धरानबाट १९ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए। , उर्लाबारी-५ का प्रवीणको गत पुस ५ मा शङ्कास्पद अवस्थामा मृत्यु ... |
सेतोपाटी संवाददाता ताप्लेजुङको दोभान बजार आगलागीमा कम्तिमा ५५ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। , घटनास्थलमै रहेकी ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले सेतोपाटीलाई दिएको जानकारी अनुसार अहिलेसम्म ५५ घर नष्ट भएको तथ्यांक आएको छ।, ‘अहिलेसम्म ५५ वटा घर पूरै जलेको डाटा आएको छ’, उनले भनिन्,‘यो सं... |
सेतोपाटी संवाददाता ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ स्थित दोभान बजारमा भीषण आगलागी भएको छ।, मंगलबार बिहान सवा ९ बजेदेखि बजारमा आगलागी भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले जानकारी दिए।, 'हामीलाई आगलागी भएको भन्ने खबर आएको थियो। हामी पुग्न लागिसकेका छौं,' चापागाईले भने।, सुरूमा पाँच घर जलिरहे... |
सेतोपाटी संवाददाता ताप्लेजुङको दोभान बजारमा भइरहेको आगलागीबाट कम्तिमा ४० घर जलेर नष्ट भएका छन्। , घटनास्थलमै रहेकी ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले सेतोपाटीलाई दिएको जानकारी अनुसार कम्तिमा ४० घर पूर्ण रूपमा नष्ट भएका छन्। यो संख्या बढ्न सक्ने उनको भनाइ छ। , ताप्लेजुङको मेरिङदेन गाउँपालिक... |
भगवती पाण्डे 'विजनेश म्यानेजमेन्ट'मा मास्टर्स गरेकी श्रीमती ज्ञानकुमारी पुनसँग बेलायतबाट फर्केर बाख्रापालन सुरू गर्दा प्रेमसागर पौडेललाई खिसीट्युरी गर्नेहरू धेरै थिए।, प्रेमले पनि अंग्रेजी साहित्यमा स्नातकोत्तर र शिक्षाशास्त्रमा एमफिल गरेका छन्।, बागलुङ जैमिनिस्थित पैंयुमा जन्मिएका प्रेमसागर केही वर्ष राजनीति र लेखनमा... |
सेतोपाटी संवाददाता घुस लिएर भाग्दै गरेको धनुषा बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको गाडी र चालकलाई अख्तियारले पक्राउ गरेको छ। , अध्यक्ष भने फरार भएका छन्। भवन निर्माण सम्पन्नपछि भुक्तानी दिने प्रयोजनमा क्षेत्रीले अतिरिक्त रकमबापत ८ लाख घुस लिएको अख्तियारले जनाएको छ। , घुस लिएर गाउँपालिका अध्यक्ष भा... |
सेतोपाटी संवाददाता पर्साको वीरगञ्ज कारागारमा कैदीबन्दीलाई भेट्न आएका व्यक्ति १० ग्राम चरेशसहित पक्राउ परेका छन्।, प्रहरीले मंगलबार बिहान साढे १० बजे सिन्धुपाल्चोकका २२ वर्षीय मिङ्मा शेर्पालाई पक्राउ गरेको हो।, उनी थुनामा रहेका २० वर्षीय भाइ लाक्पा शेर्पालाई भेट्न पुगेका थिए। उनले एउटा झोलामा दाइलाई दिनका लागि जुत्ता ल... |
सेतोपाटी संवाददाता तुलसीपुरमा एक जना न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छन्। , उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी श्रीमती तुलसालाई प्रहरीले आईतबार दिउँसो तुलसीपुरबाट नियन्त्रणमा लिएको हो। तुलसा न्यायाधीस मदनकी कान्छी श्रीमती हुन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की ४२ वर्षीया पोख... |
सेतोपाटी संवाददाता नेपालमा पहिलो चरणमा कोरोना भाइरसविरूद्धको खोप चार लाखमध्ये कसैलाई पनि स्वस्थमा गम्भीर समस्या नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। , आइतबार काठमाडौंमा मन्त्रालयले सम्पादकहरूसँग गरेको अन्तरक्रियामा बोल्दै खोप विज्ञ डाक्टर श्यामराज उप्रेतीले भने, ‘अहिलेसम्म चार लाख बढीले खोप लगाइसके। त्यसमध्ये ९ जनाला... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका–३५ जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणको कार्य सुरु भएको छ ।, आइतबार बिहान मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले यी कार्यको संयुक्त रुपमा शिलान्यास गरे।, २०७२ को भूकम्प... |
सेतोपाटी संवाददाता खेतीयोग्य जमिनको माग गर्दै धर्नामा बसेका वादी समुदायमाथि लाठी प्रहार भएको छ। आइतबार दिउँसो १ बजे प्रहरीले उनीहरूमाथि लाठी प्रहार गरेको आन्दोलनरत पक्षले बताएका छन्।, शनिबारसम्म शान्तिपूर्ण रूपमा धर्नामा बसेका वादी समुदायले आइतबार नाराजुलुससहित आन्दोलन गरेका थिए। नाराजुलुस गर्दै अगाडि बढ्ने क्रममा आफू... |
सेतोपाटी संवाददाता नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराई चढेको गाडीले रौतहटमा एक साइकल यात्रुलाई ठक्कर दिएको छ। आइतबार साँझ जनकपुरबाट हेटौंडा जाँदै गरेको भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गमा ठक्कर दिएको हो। , जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक... |
सेतोपाटी संवाददाता उच्च अदालत तुलसीपुरको आइतबारको आदेशका कारण तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन अनिश्चित बनेको छ। , आइतबार उच्च अदालतले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म निर्वाचन नगराउन आदेश दिएपछि खानेपानीको निर्वाचन अनिश्चित बनेको हो। , अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने सन्दर्भमा आइतबार निवे... |
सेतोपाटी संवाददाता कुलेश्वरबाट १८ लाख रूपैयाँ भन्दा बढी रकमसहित हुन्डी कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। , आइतबार साँझ पौने ५ बजे काठमाडौं महानगरपालिका-१४ कुलेश्वर फलफूल बजारबाट तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ। , प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार कुलेश्वर फलफूल बजारम... |
रासस योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ।, आज बिहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले बताए।, सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकडिङसहित भवनसमेत जलेर नष्ट भएको ज... |
सेतोपाटी काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको रुपमा छनोट गरेको नेपालभाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण शुरुआत गरेको छ।, यसका लागि कामपाले आफू मातहत रहेका विद्यालयमा १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरिसकेको छ।, अब ती सबै शिक्षकलाई प्रशिक्षण दिएर कक्षामा पठाउने कामपाको तयारी छ।, संवैधानिक व्यवस्थाअनुरुप अनिव... |
रासस अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ।, स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो।, यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण त... |
रासस महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरीको आचरण सुधार गरी नागरिकमैत्री सेवा प्रदान गर्न कार्यक्रम थालेको छ।, महाशाखाले सेवाग्राहीसँग गर्ने आचरण, व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा सुधार कार्यक्रमको शुरुआत गरेको जनाएको छ।, ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारवाही एवं गतिविधिका... |
रासस बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका एक किशोरको डिएनए परीक्षणका लागि पठाइएको छ।, डिएनए परीक्षणका लागि रगतलगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको हो।, डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थ... |
सेतोपाटी राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिलका मुख्य कारोवारी सुरेशकुमार राठीसहित तीन जनाविरुद्ध उच्च अदालत पाटनमा आर्थिक अपराधको मुद्दा दर्ता गरेको छ।, उनीहरूले रु १५ करोड ३६ लाख बिगो बराबरको राजश्व छली गरेको विभागले आरोप लगाएको छ। उनीहरूविरूद्ध... |
सेतोपाटी संवाददाता महोत्तरीबाट नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी-सर्लाही इञ्चार्ज समातिएका छन्।, विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले कमलबहादुर सुसलिङलाई पक्राउ गरेको हो।, आइतबार राति महोत्तरी प्रहरीले उनलाई गौशाला नगरपालिका-११ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।, सर्लाहीमा चन्दा आतंक मचाएपछि प्... |
नारायण अधिकारी चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन्। निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन्। पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र पानीको स्रोतको खोजी गर्दै गैँडा पश्चिमी क्षेत्रमा केन्द्रित भएका हुन्। , निक... |
सेतोपाटी संवाददाता आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ। अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । , यो समयमा अपराह्न तथा साँझति... |
सेतोपाटी संवाददाता खाल्डोमा डुबेर सर्लाहीका १८ महिने शिशुको मृत्यु भएको छ। , सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ५ फुलजोरका रमेश मोक्तानको १८ महिनाकी छोरी अनिषा मोक्तानको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। , घर नजिकै रहेको पानी फ्याक्ट्रीको ... |
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ बनाउन भनेर प्रदेश सरकारले पोहोर साल २ करोड रुपैयाँ छुट्याएको थियो। , साइकल सिटीका लागि आवश्यक पर्ने आधारभूत संरचना निर्माण र सम्भाव्यता अध्ययनका लागि छुट्याइएको बजेट खर्च गर्ने अख्तियारी भौतिक पूर्वाधार मन्त्रालयले पायो।, ‘गत वर्षको बजटे फ्रिज भइसकेको छ, त्यसबाट सम्भ... |
सेतोपाटी संवाददाता विसं २०७८ मा तीन दशैँ परेको छ। यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ। वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ। यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अ... |
नारायण खड्का घरमै राखेको स्कुटरमा ब्राउन सुगर बरामद भएपछि पक्राउ परेकी ४२ वर्षीया तुलसा पोखरेललाई प्रहरी म्याद थपका लागि घोराही पठाएको छ।, आइतबार दिउँसो पक्राउपछि इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा उनलाई प्रहरीले राखेको थियो।, म्याद थपका लागि सोमबार बिहान सवा ११ बजेतिर पोखरेललाई घोराही पठाइएको इप्रका तुलसी... |
सेतोपाटी संवाददाता जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन्।, राज्यले विवाहको उमेर २० वर्षभन्दामाथि... |
राजेश घिमिरे नेपालको कानूनले वन्यजन्तुको अंगको चोरी सिकारीमा संलग्नलाई सजायको व्यवस्था गरेको छ। महँगो मूल्यमा देश, विदेशमा बिक्रीका लागि चोरी सिकारीमा संलग्न भएका व्यक्तिलाई तस्करका रूपमा मुद्दा चलाएर वर्षौंसम्म कैदमा राख्ने गरिएको छ।, तर बहुमूल्य मानिने आखेटोपहार(वन्यजन्तुका अंग) का लागि भने उचित भण्डारणको व्यवस्था प... |
सेतोपाटी संवाददाता विष्णुचन्द्र गौतमको अध्यक्षतामा सामाजिक सेवा गर्ने उद्धेश्यले ‘सावित्रा नन्दलाल गौतम स्मृति सेवा समाज’ गठन भएको हो।, स्वर्गीय समाजसेवी नन्दलाल गौतमको स्मृतिमा गठन भएको संस्थाले लोककल्याणकारी काम गर्ने, विभिन्न रचनात्मक काम गर्ने सज्जनलाई पुरस्कृत गर्ने, अनाथ असहायलाई सहयोग गर्ने, विभिन्न पुस्तक पत्र... |
सेतोपाटी संवाददाता धनुषामा गएराति कुकुरको टोकाइबाट १२ वर्षीया बालिकाको मृत्यु भएको छ। , कुकुरको टोकाइबाट जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ दर्जी टोलका मोहम्मद अख्तरकी १२ वर्षीया छोरी शिवरन खातुनको मृत्यु भएको हो। , राति करिब साढे १ बजे शौचका लागि बाहिर निस्केकी शिवरनलाई कुकुरले टोकेको धनुषाका प्रहरी प्रवक्ता... |
सेतोपाटी संवाददाता वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका मेनपावर व्यवसायी पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नवलपरासी देवचुली गाउँपालिका-१३ का ४८ वर्षीय गुरुदत्त पौडेल रहेका छन।, रिलायवल एचआर सोलुसन प्रा.लि.का सञ्चालक पौडेललाई ब्युरोको टोलीले आइतबार साँझ बागबजारबाट पक्राउ गरेको हो।, ब्युरो प्रवक्त... |
खिलानाथ ढकाल गत कात्तिक २७ गते भोजपुर हतुवागढी गाउँपालिका-६ घर भएका २५ वर्षीय पुजन राई ‘रहस्यमय’ ढंगले बेपत्ता भए।, बेपत्ता भएको चार महिना पुग्न लाग्दा पनि उनको अत्तोपत्तो छैन।, उदयपुरको चौदण्डीगढी नगरपालिका-४ मा बसोबास रहेको उनका परिवारका अनुसार पुजन सिन्धुपाल्चोक बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायक थि... |
रासस उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटोले पुरिएर सोमबार अपराह्न एक महिलाको मत्यु भएको छ।, सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी- १ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो।, सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो प... |
सेतोपाटी संवाददाता नेपालमा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ७३ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार २१६ पुगेको छ। यो मध्ये ९६८ सकृय संक्रमित रहेका छन्। , पछिल्लो २४ घन्टाम... |
रासस सिरहा नगरपालिका-१८ इटारीमा एक युवकको शंकास्पद मृत्यु भएको छ।, मृत्यु हुनेमा इटारी निवासी २२ वर्षीय अजितकुमार यादव रहेको प्रहरीले जनाएको छ।, आपसी विवादमा साढुदाइ नाता पर्ने मुनेश्वर यादवले निर्घात कुटपिट गर्दा अजितको मृत्यु भएको परिवारका सदस्यले बताएका छन्।, कुटपिटबाट गम्भीर घाइते भएका अजितलाई उपचारका लागि अस्पताल... |
सेतोपाटी संवाददाता धाकधम्की दिँदै व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा मागेको अभियोगमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा सप्तरी खडक नगरपालिका-३ रामनाथ मण्डल, राजविराज नगरपालिका-४ उदयनाथ मण्डल र विष्णुपुर गा... |
सेतोपाटी संवाददाता ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा सुनसरीका एक युवाको मृत्यु भएको छ।, मृत्यु हुनेमा सुनसरी इटहरी-३ का १८ वर्षीय गजेन्द्र राई छन्।, शनिबार बिहान ८ बजे मोरङ केराबारी-५ स्थित भित्री सडकखण्डमा को२त ५५०० नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घट्ना हुँदा सहचालक गजेन्द्र राई गम्भीर घाइते भएका थिए। ... |
सेतोपाटी संवाददाता कात्तिक २७ गतेदिखि सिन्धुपाल्चोकबाट हराएका भोजपुरका पुजन राईको खोजीका लागि उनका बाबु आमाले सहयोगको याचना गरेका छन्।, सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीय पुजन कात्तिक २७ गतेदेखि सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ।, पुजन १० महिनादेखि नेत्र सहायकको रूपमा कार्यरत... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतको स्टे अर्डरको बेवास्ता गर्दै काठमाडौं महानगरपालिका-१६ को बालाजु बाइपास सडकमा डोजर पसेको छ।, विवादकै क्रममा स्थानीयहरूसँग परामर्श नै नगरी शनिबार बाइपास सडकको निर्माण काम अघि बढाइएको हो।, सडक निर्माणको काम गर्न दुई वटा डोजरले काम अघि बढाएको स्थानीय तथा पीडित रोशन श्रेष्ठले जानकारी दिए।... |
सेतोपाटी किशोरीसँग विवाह गरेको आरोपमा प्रहरीले बेहुला र उनका बुवालाई पक्राउ गरी सार्वजनिक गरेको छ।, वीरगन्ज महानगरपालिका-१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको आरोपमा प्रहरीले हिजो शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुवालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।, लक्ष्मीनारायण टोलमा विवाह भइरहेको ... |
सेतोपाटी संवाददाता मनकारी मान्छे संसारको जुनसुकै कुनामा पुगे पनि उसको मनमा जन्मथलो धड्किरहन्छ। मातृभूमिमा केही योगदान गरौं भन्ने भावना छचल्किरहन्छ। यस्तै एक हुन्- दलबहादुर शेरबुजा।, तिहार अगाडि हङकङको जागिरबाट बिदा लिएर जन्मथलो म्याग्दी फर्केका दलबहादुर बाढीपहिरोबाट विस्थापितहरूलाई घर बनाउने काममा स्वयंसेवी बनेर दिनर... |
सेतोपाटी संवाददाता कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा केही सुधार आएको नर्भिक अस्पतालले जनाएको छ।, उपचारमा संलग्न डा. राजीव झाका अनुसार जोशीको स्वास्थ्यमा साबिकभन्दा केही सुधार देखिएको हो।, बिहान बेहोस् पार्ने औषधी हटाएर हेर्दा जोशीले दाहिने हात र खुट्टा चलाएको झाले बताए।, जोशीलाई शनिबार बिहानसम्म लगात... |
एजेन्सी संयुक्त राज्य अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।, अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले १८ वर्षमाथिका व्यक्तिका लागि उक्त खोप प्रयोग गर्न शनिबार अनुमति दिएको हो।, जोन्सनको खोप एक डोजमात्र लगाए पुग्छ। यसअघि अनुमति पाएका खोपहरू... |
सेतोपाटी संवाददाता नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २८२४ मा कोरोना परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ।, पछिल्लो २४ घन्टामा ४८ जना ... |
सेतोपाटी संवाददाता रैथाने एकता परिषद्ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसँग तत्कालीन माओवादी लडाकुको नाममा भएको व्यापक अनियमितता (क्यान्टोनमेन्ट) र ललिता निवास जग्गा प्रकरण काण्डमा छानबिन सार्वजनिक गर्न माग गरेको छ।, विराटनगरमा शनिबार रैथाने एकता परिषद् प्रदेश नं. १ कमिटीले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा परिषद्... |
सेतोपाटी संवाददाता गोरखाको आरूघाट गाउँपालिका वडा नम्बर २ भवानी माध्यमिक विद्यालयमा भूकम्पले क्षति पुर्याएको छात्रावास पुनर्निर्माण गरिएको छ।, १६० जना विद्यार्थी बस्न मिल्ने गरी संभव नेपालले छात्रावास भवन पुनर्निर्माण गरेको हो। संभव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीका अनुसार उक्त छात्रावास १६ कोठे छ।, उक्त छात्रावा... |
सेतोपाटी संवाददाता काठमाडौंको तीनकुनेमा आइतबार बिहान क्याम्पस हिँडेका विद्यार्थीलाई कारले ठक्कर दिएको छ।, भिएस निकेतनमा कक्षा ११ मा पढ्ने एक विद्यार्थीलाई कारले तीनकुनेस्थित जेब्रा क्रसिङमा ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।, प्रहरीको बानेश्वर वृत्तका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले ठक्कर दिएपछि विद्यार्थी... |
सेतोपाटी देशको सबैभन्दा पुरानो विद्यालय दरबार हाई स्कूललाई चिनियाँ सरकारले शैक्षिक तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ।, विसं २०७२ को भूकम्पबाट भत्केको उक्त विद्यालयको भवनको पुनर्निर्माण पनि चीन सरकारबाट नै भएको हो । , चिनियाँ नयाँ वर्षका उपलक्ष्यमा यहाँस्थित चिनियाँ राजदूतावासले पोशाक, १० हजार थान मास्क, पाँँच सय लि... |
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ।, दुर्घटनामा एक युवती घाइते छन्।, मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए।, दुर्घटनामा मोटरसाइ... |
एजेन्सी भारतको तेलंगनामा ककफाइटका लागि खुट्टामा चक्कु बाँधिएको भालेले आफ्नै मालिकको ज्यान लिएको छ।, प्रतिष्पर्धी भालेसँग जुध्न खुट्टामा चक्कु बाँधेर पठाउन थालेको भाले भागेपछि मालिकले दौडेर समाउन खोजेका थिए। त्यही क्रममा भालेको खुट्टामा रहेको चक्कु उनको पेट र तीघ्राबीचको भागमा लागेको थियो।, अस्पतालमा पुग्नुअघि अत्याधिक... |
सेतोपाटी संवाददाता अप्टिमिष्ट क्लब अफ काठमाडौं र मातृका आँखा केन्द्रले शनिबार काठमाडौंमा निःशुल्क आँखा शिविर चलाएकोछ। सिनामंगलस्थित गुहेश्वरी माध्यमिक विद्यालयमा भएको शिविरमा २६० जनाले आँखा जाँच गराएका थिए।, कार्यक्रमा मोतिबिन्दुका बिरामीलाई निःशुल्क उपचार र औषधिको व्यवस्था गरिएको अप्टिमिष्ट नेपालका सचिव पृथ्वी थापाले... |
रासस राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषितरूपमा सामाजिक बहिष्करणमा पारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय टङ्कप्रसाद आचार्यलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन तथा स्थानीय सरकारलाई आग्रह गरेको छ।, छुवाछूतमुक्त समाज निर्माणका लागि प्रदेश नं १ को अभियानअन्तर्गत ... |
नारायण महर्जन वृहत् नागरिक आन्दोलनले विकासका नाममा जारी प्रतिगमन विरूद्ध काठमाडौं महानगरको कार्यालय घेराउ गरेको छ।, आइतबार वृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तारपीडित संघर्षसमितिले महानगर कार्यालय घेराउ गरेका हुन्।, उनीहरूले कमलपोखरीमा कंकिट प्रयोग गर्न नपाउने र मातृभाषा प्रयोग गर्न पाउनुपर्नेलगायत माग गरेका ... |
राजेश घिमिरे माछा मार्ने पेशा बोटे समुदायको परम्परागत पेशा हो। खोलानजिकै बसोबास गर्ने अल्पसंख्यक बोटे समुदायको ठूलो हिस्सा अझै पनि यही पेशामा छ।, २०६८ सालको जनगणनाअनुसार उक्त समुदायको संख्या देशभरि करिब १० हजार छ। उनीहरूमध्ये आधाभन्दा बढी चितवन र नवलपरासी जिल्लामा बस्छन्।, यस क्षेत्र भएर बग्ने नारायणी, राप्ती नदी तथा ... |
रासस ५० वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबका पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ।, संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति हुन सिफारिस गरेसँगै गरिब देशको समूहबाट स्तरोन्नत हुन लागेको हो।, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्... |
सेतोपाटी संवाददाता कैलालीमा ग्रेडरको ठक्करबाट एक पुरुषकाे मृत्यु भएको छ।, मृत्यु हुनेमा चुरे गाउँपालिका–१ बजारीका ४६ वर्षीय लक्ष्मण छेलाल रहेका छन्।, उनलाई सोही ठाउँमा बा २ क २१३५ नम्बरको ग्रेडरले ठक्कर दिएकाे थियो।, उनलाई उपचारका लागि धनगढी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी ना... |
सेतोपाटी संवाददाता कार्टुनिष्ट क्लब अफ नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘कार्टुन पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक बहस कार्यक्रममा सहभागी वक्ताले राजनीतिक दलले सत्ताको लक्ष्य हासिल गर्न सञ्चार क्षेत्रलाई प्रयोग गर्ने गरेको बताएका छन् । , उनीहरुले लक्ष्य पूरा हुनेवित्तिकै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित बन... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई आज बिहान ३ बजेतिर शरीरको देब्रे भाग नचल्ने समस्या देखियो।, उपचारका लागि सुरूमा उनलाई वीर अस्पताल पुर्याइएको थियो। त्यहाँबाट बिहान थापाथलीस्थित नर्भिक अस्पताल सारियो।, मस्तिष्कघात भएका जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको छ। उनको स्वास्थ्य अवस्था जटिल ... |
निशा भण्डारी कमलपोखरीमा नागरिक अभियन्तामाथि प्रहरीले धरपकड गरेको छ।, नागरिक अभियन्ताले सिमेन्ट कमलपोखरी चाहिँदैन भन्दै ढलान भत्काउन खोजेपछि प्रहरीले रोक्न खोजेको थियो। त्यहीबीच एक जना अभियन्ताले कंक्रिट भत्काउने क्रममा प्रहरीले उनीसँग भएको घनसमेत खोसेको थियो। , त्यसपछि उनीहरू विद्या सुन्दर शाक्य मुर्दावाद, प्रहरी दमन ... |
सेतोपाटी संवाददाता साइबर ब्यूरोको लोगो दुरूपयोग गरेर नक्कली फेसबुक पेज बनाएको आरोपमा रूपन्देहीबाट एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, कपिलबस्तु बाणगंगा नगरपालिका वडा नम्बर २ घर भई रूपन्देही सैनामैना नगरपालिका वडा नम्बर ६ बसोबास गर्दै आएका १८ वर्षीय प्रज्वल पोख्रेललाई प्रहरीले पक्राउ गरेको हो।, उनले फेसबुक पेज ख... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ।, पुनर्वास नगरपालिका ९ ख गाउँ बस्ने ६२ वर्षीया धनादेवी थापाको हात्ती आक्रमणबाट बिहीबार मृत्यु भएको हो।, भारतीय दुधुवा नेसनल पार्कमा घाँस काट्न गएको बेला जंगली हात्तीको आक्रमणबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्... |
सबिना श्रेष्ठ महिला मार्चमा सपना सञ्जिवनीले सुनाएको मैथिली कविताको भिडिओ सेयर गर्दै पल्लवी पायलले ट्विटरमा लेखेकी थिइन्, 'यो आवाजलाई बन्द गर्न सकिन्न। यो सपनाको मात्र होइन, हामी सबैको आवाज हो।', मिल्ने साथी पल्लवीले 'हम आब सीता नही बनबौं' कविता सबैको आवाज भनिरहँदा सपना भने चुप थिइन्। सामाजिक सञ्जाल र मिडियाबाट टाढा रह... |
सेतोपाटी संवाददाता दाङ घोराहीका एक शिक्षक घरको आँगनमै मृत फेला परेका छन्।, घोराही उपमहानगरपालिका वडा नं. १० सौंडिकुलाका ४३ वर्षीय श्रीधर घिमिरे शुक्रबार बिहान घरको आँगनमा मृत फेला परेका हुन्।, उनी मावि लमडरुवाका सहायक प्रधानाध्यापक हुन्। , शुक्रबार बिहान बस चालक घिमिरेलाई लिन उनको घर पुगेका थिए। तर उनी मृत भेटिएपछि चा... |
सेतोपाटी पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत् भेटी दान गर्न सकिने भएको छ।, पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ।, यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ। ती स्थानमा राखिएका कोड मोबाइल उपयोग गरी अनलाइन ‘... |
सुसन चौधरी कमलपोखरीको कालो माटोको टीका लगाएर बालुवाटार मार्च गरेका अभियन्ताहरू आज पुनः कमलपोखरीमा भेला भएका थिए। काठमाडौं महानगरपालिकाले कमलपोखरीमा कंक्रिटको कमल फूल रोप्ने योजनासहित ढलान संरचना बनाएपछि अभियन्ताहरूले भत्काएर विरोध जनाएका हुन्।, पोखरीबीच ठाउँठाउँमा कंक्रिट ढलान गरिएको थियो। शुक्रबार अभियन्ताहरूले ती सं... |
सेतोपाटी लोपोन्मुख कुसुण्डा जातिको भाषा जोगाउन भाषा आयोगले दाङमा एक महिने कक्षा सञ्चालन गर्ने भएको छ। , उक्त कक्षा यही फागुन १८ गतेदेखि एक महिनासम्म सञ्चालन हुनेछ।, घोराही उपमहानगरपालिका-५ धर्नाको महेन्द्र मावि र वडा –१८ को सुपैलाखुटीको कुसुण्डा बस्तीमा कुसुण्डा भाषा कक्षा संचालन हुन थालेको हो।, मावि धर्नामा १२ जनालाई... |
सेतोपाटी संवाददाता प्रहरीले झापाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मेचीनगर-८ का ३० वर्षीय लिप्सु राजवंशी छन्।, उनलाई लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा शाखाको टोलीले सोही ठाउँबाट १५ ग्राम ब्राउनसुगरसहित शुक्रबार दिउँसो पक्राउ गरेको हो।, प्रहरीका अनुसार उनी डब्लु बी ७४ आर... |
नारायण खड्का घोराही उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख वासुदेव आचार्यले आफ्नै छोरी दीपा आचार्यको अन्तर्वार्ता लिएर उत्तीर्ण गराएका छन्।, उपमहानगरपालिका मागेको भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको लगत संकलनका लागि मागेको लगत प्रविष्टिकर्तामा आचार्यले आफ्नी जेठी छोरी दीपाको अन्तर्वार्ता लिएको र उत... |
सेतोपाटी संवाददाता गृह मन्त्रालयले व्यापक रूपमा सह-सचिव र उपसचिव (सिडिओ)हरूको हेरफेर गरेको छ। , शुक्रबार गृह मन्त्री रामबहादुर थापाले २५ जना सहसचिव र २७ उपसचिवको सरूवा गर्ने निर्णय गरेका हुन्। , गृह मन्त्रालयका अनुसार सुनसरीमा उमेशकुमार ढकालको सरूवा भएको छ। उनी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी थिए। , सुनसरीका प्र... |
सेतोपाटी संवाददाता नेपालमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ११२ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ।, पछिल्लो २४ घन्टामा ५४ जना निको भएर फर्किएका छन्। योस... |
समिक्षा अधिकारी सर्वोच्च अदालतले रोक्न भनेर अन्तरिम आदेश दिएकै दिन बुधबार पशुपतिनाथ मन्दिरमा ९६ किलो सुनको जलहरी राखियो। यसमा १२ किलो सुन थप्न बाँकी छ, जुन विस्तारै राखिने पशुपतिका मुख्य पूजारीमध्ये एकले जानकारी दिए।, त्यसअघि फागुन १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिमा क्षमापूजा गरी १०८ किलो जलहरी राख्न साइत... |
सेतोपाटी संवाददाता बिबिसीको प्रभावशाली सूचीमा परेकी सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेतविरूद्ध प्रहरीले साइबरसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ।, महानगरीय प्रहरी परिसर, काठमाडौंले उनीमाथि साइबर मुद्दामा अनुसन्धान अघि बढाएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।, उनीमाथि अनुसन्धान गर्न प... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी) र १८ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ।, प्रहरी प्रधान कार्यालयले शुक्रबार निर्णय गरी ११ एसपी र १८ डिएसपीको सरूवा गरेको हाे।, फागुन महिना देखिको तलब, भत्ता समेत सरूवा भएको दरबन्दीबाट लिने गरी सरूवा भएको नेपाल प्रहरीले जनाएको छ।, हेर्नूहोस् सूची:, ... |
खिलानाथ ढकाल महोत्तरी पिपरा गाउँपालिका-५ सहोडवाका ६५ वर्षीय मोसिफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी ‘रहस्यमय’ ढंगले चार दिनदेखि बेपत्ता छन्।, उनीहरू सुतेकै ठाउँबाट मंगलबार ‘रहस्यमय’ ढंगले बेपत्ता भएका थिए। उनीहरूको स्थिति अज्ञात छ। प्रहरीले दुबैलाई फेला पार्न सकेको छैन।, प्रहरीका अनुसार झाका श्रीमान्-श्रीमती मं... |
सेतोपाटी संवाददाता तेस्रो मुलुकबाट आयातित कम्तीमा दुई करोडको मोबाइल सामग्री झापा प्रहरीले बरामद गरेको छ।, झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार भद्रपुर भन्सारबाट छुटेका तीन वटा मालबाहक सवारीसाधनबाट सो बराबरका मोबाइल सामग्री बरामद गरिएको हो।, मे१ज १८२१, प्र-१-०१००१ ज ३४७६ र मे१ज २२१८ नम्बरका मालबाहक सवारीसाधन... |
सेतोपाटी संवाददाता सेनाले आफ्नो गुप्तचरी संयन्त्रलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म गृहकार्य सुरू गरेको छ।, यो खबर मिडियाहरूमा आएसँगै सबैको चासो पनि बढेको छ। सरकारको आफ्नो छुट्टै गुप्तचरी संयन्त्र हुँदाहुँदै सेनाले किन सैनिक गुप्तचरी सक्रिय बनाउन लाग्यो त यो प्रश्न र संशय देखिएको छ।, यसै विषयमा आधारित रहेर सेनाले सक्... |
सेतोपाटी संवाददाता हुण्डी कारोबार गर्ने दुई जना भारतीय पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार दुई जनालाई स्रोत नखुलेको सात लाख रुपैयाँसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए।, पक्राउ पर्नेमा भारतको बिहारका ४० वर्षीय संजयकुमार गुप्ता र ३७ वर्षीय विनोदकुमार छन्।, उनी... |
एजेन्सी नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३१७ विद्यार्थीलाई अपहरण गरेको प्रहरी पुष्टि गरेको छ। अपहरित विद्यार्थीको खोजी भइरहेको बताइएको छ। प्रहरी प्रवक्ता मोहम्मद सेहुले एक विज्ञप्ति जारी गरी भनेका छन्, “सशस्त्र समूहले विद्यालयलाई नियन्त्रणमा लिई एउटा माध्यमिक विद्यालयमा अध्ययन गर्ने कम्ती... |
सेतोपाटी संवाददाता कीर्तिपुरको नयाँ बजार वानवेमा गलत दिशाबाट आउँदै गरेको एउटा निजी कारले विपरीत दिशाबाट आइरहेको भ्यानलाई ठक्कर दिएको छ। , गलत दिशाबाट आउँदै गरेको बा १६ च १३३४ नम्बरको कारले बा १२ च २८१० नम्बरको भ्यानलाई ठक्कर दिँएको थियो। त्यसपछि किनारमा रोकिएका केही स्कुटर र मोटरसाइकललाई पनि ठक्कर दिएको कीर्तिपुर प्र... |
सेतोपाटी संवाददाता आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ६ घन्टासम्म बत्ती जाने भएको छ।, नेपाल विद्युत प्राधिरकणले केही स्थानमा नांगो तार हटाएर कभर कन्डक्टर राख्नेलगायतका काम हुने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको जनाएको छ।, प्राधिकरणले कीर्तिपुर फिडरअन्तर्गत त्रिभुवन विश्वविद्यालय परिसरमा ११ केभी क्षमताको लाइन... |
सेतोपाटी संवाददाता शनिबार बिहान नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरको मौसम सफा छ। , देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको हो। महाशाखाका अनुसार तराईका थोरै स्थानहरुमा हल्का कुहिरो र ... |
नारायण खड्का पसल भित्र प्रवेश गर्नासाथ भारतीय स्टार कमिडियन कपिलको आवाज कानमा ठोक्कियो । , बाहिर पसलमा एक युवक बसेका यूवकलाई लालबहादुरजी बारे सोधियो।, उनले नबोली भित्रतिर ईसारा गरे। भित्र एउटा कोठाको कुनामा उनी एक्लै बसिरहेका रहेछन्। ढोका खुल्लै थियो। मैले बाहिरबाटै उनलाई चिहाएँ। , लालबहादुर केसीका औंलाहरू व्याडमिन्ट... |
सेतोपाटी संवाददाता पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ।, पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन्। त्यसै दिनद... |
सेतोपाटी संवाददाता हिमाली जिल्ला म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्न विभिन्न स्थानमा १३ पक्की पुल निर्माण गर्न थालिएको छ ।, एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्याउन गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्न लागेको हुन् ।, प्रदेश सरकारअन्... |
सेतोपाटी संवाददाता कैलालीका एक जना पुरुष मृत फेला परेका छन्।, गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका ३५ वर्षीय शिवचरण राना शनिबार सोही ठाउँमा मृत्त फेला परेका प्रहरीले जनाएको छ।, टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।, रानाक... |
सेतोपाटी दोर्दी गाउँपालिका–५ पाचोक गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ।, टुकी तथा सोलारका भरमा जीवनयापन गर्दै आएका सो वडामा सिम्ररुङ, फुम्चे र कैचे गाउँमा नेपाल विद्युत् प्राधिकरणले आज पहिलो पटक बिजुली पुर्याएको हो। , गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले कन्द्रीय प्रसारण लाइनको शु... |
सेतोपाटी संवाददाता उच्च अदालत तुलसीपुरले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई फागुन १६ गतेसम्म निर्वाचन सम्बन्धी कुनैपनि गतिविधि सञ्चालन नगर्न आदेश दिएको छ।, तुलसीपुर खानेपानीकी पूर्व कर्मचारी तथा उपभोक्ता एमुना शाहले बुधबार उच्च अदालत तुलसीपुरमा खानेपानी संस्थाले साधारण सभा समेत नगरी संस्थाको नयाँ नेतृत्व ... |
सेतोपाटी बझाङका अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।, छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले मङ्गलबार पुर्पक्षका लागि कारागार चलान गरेको हो।, पुर्पक्षका लागि कारागार चलान गर्नेमा छबिसपाथिभेरा गाउँपालिका–३ का विकास ऐडी, प्रक... |
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले दुई जना प्रहरी अधिकृतलाई नियन्त्रणमा लिएको छ।, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प गैंडहवा-३ लोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालयका सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीलाई अख्त... |
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुस्थित बाइपासबाट आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिकाले निर्माण गर्न लागेको सूचना केन्द्रको बार भत्काएको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेहरू सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि, महेश मानन्धर, स्थानीय भीमदेव श्रेष्ठ ... |
सेतोपाटी बाजुराको बूढीगङ्गा नगरपालिका-३ स्थित पशुपति माध्यमिक विद्यालयको पर्खाल निर्माणमा काम गरेका मजदूरले एक वर्षसम्म पनि ज्याला पाएका छैनन्। , सो विद्यालयको पर्खाल निर्माणमा काम गरेको एक वर्ष बितिसक्दा पनि उनीहरूले ज्याला नपाएका हुन्।, विद्यालयको पर्खाल निर्माणका लागि आएको रकम नगरपालिकाले भुक्तानी गरिसक्दा पनि आफूह... |
सेतोपाटी बागलुङको तित्याङस्थित मनकामना मन्दिरमा चोरी भएको छ। , अज्ञात समूहले हिजो राति मन्दिरमा रहेका लाखौं मूल्यका सामग्री चोरी गरेको हो।, बागलुङ नगरपालिका-९ तित्याङको स्वामी डाँडास्थित मन्दिरबाट रु तीन लाख बराबरको सामान चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिए। , मन्दिरको ढोकाअघि राखिएक... |
सिबी अधिकारी नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ।, मेहनत र संघर्षले सफलताको शिखरमा पुर्याउने थोरै मात्र पात्र भेटिन्छन्। तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह। पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ को उपविजेता बनेका थिए।, पाककला... |
युनिक श्रेष्ठ करिब डेढ वर्षअघि गोंगबुको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा काम गर्ने एक पुरुषको स्कुटर दुर्घटनामा मृत्यु भयो। उनका दुई छोरा र एक छोरी छन्। सबै जना काठमाडौंकै एक घरमा डेरा गरी बस्थे। उनकै आम्दानीले जसोतसो घर धानिरहेको थियो।, दुर्घटनापछि घरमा समस्या पर्न थाल्यो। उनकी श्रीमती माया (नाम परिवर्तन) लाई छोराछोर... |
सेतोपाटी संवाददाता नेपालमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ११२ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ।, पछिल्लो २४ घन्टामा ८४ जना निको भएर फर्किएका छन्। योसह... |
खिलानाथ ढकाल फागुन ११ गते सुनसरीको गढी गाउँपालिका-३ की चन्दनकुमारी साह नजिकैको मेडिकल हलमा पुगेकी थिइन्।, प्रहरीका अनुसार पेट दुखेपछि उनी बुवा हरिनारायण साहसँग गढी मेडिकल हलमा गएकी हुन्।, दिउँसो सवा २ बजेतिर गढी मेडिकलका अहेबले चन्दनकुमारी गर्भवती रहेको र ब्यथा लागेको भनेका थिए।, उपचार सुरू हुने क्रममै थियो। यतिकैमा च... |
सेतोपाटी संवाददाता बन्द भएको औषधि पसल सञ्चालन गर्न दिने भन्दै घुस लिएको आरोपमा बिहीबार औषधि व्यवस्था विभागका अधिकृत पक्राउ परेका छन्।, औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको जनाएको छ। , बिहीबार अपरान्ह विराटनगर ३ स्थित एक होटलबाट सुव... |
सेतोपाटी संवाददाता मास्टर सेफ 'युके' मा उपविजेता सन्तोष साह नेपाल फर्किएका छन्। बिहिबार काठमाडौं ओर्लिएका साहलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्था र नेपालका सेफहरुले उनलाई स्वागत गरेका हुन्।, प्रतियोगिताभर नेपाली खाना प्रस्तुत गरेका उनले बनाएको कोदोको खीर, नेपाली गुन्द्रुक, भटमासलगायतका खा... |
सेतोपाटी संवाददाता उर्लाबारीका प्रवीण बाँस्तोलाको ‘रहस्यमय मृत्यु’ प्रकरणमा दुईमध्ये एक जना पुर्पक्षका लागि जेल चलान भएका छन् भने अर्का एक जना आरोपी तीन लाख धरौटीमा छुटेका छन्। , पक्राउ परेका मोरङका रतुवामाई- १० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई बिहीबार मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदे... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.