content
stringlengths
20
64.1k
रासस नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ।, समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति जारी गरी मङ्सिर १५ गतेसम्म चान्द्रमास अनुसार कार्तिक शुक्ल पक्ष नै रहेकाले ढुक्क भएर तिहारको टीका...
सेतोपाटी संवाददाता शुक्रबार थप दुई हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, योसँगै संक्रमितको संख्या दुई लाख ६ हजार ३५३ पुगेको छ।, त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। योसहित कोर...
युवराज श्रेष्ठ लेकसाइडको बाराहीघाटमा पानी बेच्न बसेकी पदममाया आले कात्तिक २० गते दिउँसो अचानक भागदौड गर्न थालिन्।, फेवाताल हेर्न आउने पर्यटकलाई बेच्न राखेको पानीलगायत पेय पदार्थ र अन्य सामग्री हतार–हतार लुकाइन् र आफू पनि लुकिन्।, उनलाई यो सब काम गर्न सघाउँदै थिइन्- ११ वर्षीया खुशी पुलामी मगर।, कक्षा ५ मा पढ्ने खुशीको ...
सेतोपाटी संवाददाता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जाका विकास निर्माणका आयोजनाहरूको निरीक्षण गरेकी छन्। , मन्त्री अर्यालले वालिङ र चापाकोटका निर्माणाधीन आयोजनाहरूको निरीक्षण गरेकी हुन्।, उनले वालिङ, सुर्कौँदी, अमले हुँदै स्वरेक मैदान जाने सडकको निरीक्षण गरेकी हुन्।, कालोपत्रे ...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सुधारका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण  पुष्टि भएको छ।, बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए।, पिसिआर परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। , ‘उह...
सेतोपाटी संवाददाता सहरी विकास मन्त्रालयले सबै सहरी सडकमा अनिवार्य रूपमा साइकल लेन हुनुपर्ने जनाएको छ। , सहरी सडक निर्माण गर्दा साइकल लेन बनाउन पर्ने व्यवस्था भए पनि निर्माण भने हुन सकेको छैन।, मन्त्रालयले अब बन्ने र बनिरहेका सबै सहरी सडकमा साइकल लेन बनाउनुपर्ने स्पष्ट पारेको हो।, सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ...
सेतोपाटी संवाददाता प्रहरीले कुवेत पठाउने भन्दै ७० जना भन्दा बढीलाई ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले मोरङ ग्रामथाम गाउँपालिका-५ तेतरियाका ४२ वर्षीय बुधनारायण चौधरीलाई पक्राउ गरेको हो।, उनी काठमाडौं महानगरपालिका बानेश्वरमा बस्दै आएका थिए। , उनले आफू गौशालास्थित राजदेवी इन्टरनेस...
सेतोपाटी यस वर्ष केही समूहले कात्तिक ३० गते लक्ष्मीपूजा मनाउने भनी शास्त्रीय मान्यता विपरीत पर्व मनाउन उत्प्रेरित गरी प्रचारप्रसार गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले आपत्ति प्रकट गरेका छन्।, 'केही समूहले राजनीतिक उद्देश्य प्राप्तिका लागि धार्मिक विषयमा अशास्त्रीय मान्यता स्थापित गर्न खोजेका छ...
सेतोपाटी यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। , सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गर...
अनुषा अधिकारी आज कुकुर तिहार। मान्छेको असल जनावर साथी पुज्ने दिन।, तर के कुकुर र मान्छेबीच सधैं यस्तै निकट सम्बन्ध थियो? यिनीहरू कहिलेदेखि घरमा पालिन थालिए?, कुकुरलाई संसारभरि मान्छेको निकट साथीका रूपमा लिइन्छ। घरको रक्षा गर्नु, चोरबाट खबरदारी गर्नु, प्रहरीलाई अपराधी पत्ता लगाउन सघाउनु वा उहिले–उहिले शिकारीलाई जंगलमा ...
सेतोपाटी डोटीबाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर आलेमगरले ब्रेन ट्युमर भएर उपचाररत डोटीको बिडकेदार गाउँपालिका–१ रिसडीकी २३ वर्षीया निर्मला मन्नी तथा उनका १८ वर्षीय भाइ डबल मन्नीको उपचारका लागि एक लाख रूपैयाँको आर्थिक सहयोग गरेका छन्। , छोराछोरी दुवैलाई ब्रेन ट्युमर भएपछि उपचारका लागि कैलालीमा रहेको आफ्नो जग्गा जमिन...
सेतोपाटी काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं. ९ मा कृषि सडक निर्माण भएको छ। , रातोचौंर–च्यानडाँडा–केउरेनी कृषि सडकको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले शुक्रबार उद्घटान गरे। , गाउँपालिकाको करिब ८ लाख रूपैयाँको बजेटमा निर्माण भएको उक्त सडकले स्थानीयवासीलाई निकै सहज बनाएको छ। , सो सडकले वडाबाट गा...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण भएका डाक्टर गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन्।, शनिबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले केसीको स्वास्थ्य लाभको कामना गरेका हुन्।, डा केसीको सबै उपचार खर्च पनि सरकारले व्यहोर्ने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।, डा केसीलाई शुक्रबार...
सेतोपाटी क्याप्टेन बेद उप्रेती ट्रष्टले कञ्चनपुरको महेन्द्रनगरमा ‘स्टेच्यू अफ सिद्धनाथ बाबा’ र म्युजियम परिसर शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ। , ट्रष्टका सञ्चालक क्याप्टेन उप्रेतीले स्टेच्यू अफ सिद्धनाथबाबा र म्युजियम परिसर सर्वसाधारणका लागि खुला गरेको बताए। , उनले भनिन्, 'लकडाउन र महामारीले सञ्चालन  समयमा गर्न सकेनौ...
नारायण खड्का दाङ जिल्लाका प्रहरी प्रवक्ता तथा डिसपी सुमित खड्काको कुकुर डरलागदो छ। फ्रेञ्च मास्टिक जातको कुकुर हो, झ्वाट्ट नियाल्दा झन्डै बाघजत्रै र जस्तै लाग्छ।,  यो कुकुर उनलाई उनका साथीले दिएका थिए।, त्यसैले डिएसपी खड्का उसलाई निकै मन पराउँछन्। बुवाले मन पराउने भएर उनकी छोरीले कुकुरको नाम 'डिएगो' राखिदिएकी थिइन्।, ...
सेतोपाटी संवाददाता धनुषामा २६ वर्षीया महिलामाथि उनकै पतिले एसिड प्रहार गरेको पुष्टि भएको छ।, महिलामाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले उनका  २७  वर्षीय पति सञ्जीव साहलाई जनकपुरधाम उपमहागरपालिका वडा नम्बर चार संकट मोचन स्कुलनजिक डेराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए। ...
सेतोपाटी संवाददाता धनुषामा एक जना युवतीमाथि एसिड प्रहार भएको छ।, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जानकी नगरकी एक २६ वर्षीया युवतीमाथि शनिबार बिहान करिब साढे ९ बजेतिर एक युवकले एसिड प्रहार गरेका हुन्। , एसिड प्रहारबाट घाइते युवतीलाई अहिले जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरिएको छ। उनको अनुहार  र छातीको भाग एसिड प्र...
रासस–एपी यस वर्ष सन् २०२० को “सिंगल्स डे” सपिङ मेलाका अवसरमा चिनियाँ उपभोक्ताले १०० अर्ब डलरभन्दा बढीको सामान खरिद गरेका छन्।, कोरोनाभाइरस महामारीका कारण संकट झेलिरहेको चिनियाँ अर्थतन्त्रमा सुधार आएको संकेत पनि यस खरिदले देखाएको अनुमान गरिएको छ। , गत नोभेम्बर १ देखि ११ दिनसम्म भएको यस मेलामा टाओबाओ र टीमलबाट ७५ अर्ब ड...
एजेन्सी जाडोयाम सुरू भएसँगै भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषण बढेर खतराको तहसम्म पुगेको छ। योसँगै कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या पनि बढ्न थालेको बीबीसीले जनाएको छ। , दिल्लीमा बुधबार मात्रै ८ हजार ५ सय कोरोना संक्रमित थपिएका थिए। यो संख्या दिल्लीको अहिलेसम्मकै धेरै हो। त्यस्तै संक्रमणबाट ८५ जनाले ज्यान ग...
भगवती पाण्डे कोरोना जोखिम भत्ता नपाएको भन्दै बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत चिकित्सक अस्पतालमा अनुपस्थित भएपछि अस्पतालको सेवा प्रभावित बनेको छ।, कोरोना महामारी फैलिएसँगै सञ्चालन गरिएको अस्पतालको सेवा प्रवाहका लागि लुम्बिनी प्रादेशिक अस्पतालले सात जना मेडिकल अफिसरलाई गत साउनदेखि ...
सेतोपाटी संवाददाता मकवानपुर प्रहरीले ८० किलो गाँजा बरामद गरेको छ। , बिहीबार हेटौंडा उपमहानगर -१० भुटनदेवीबाट बा ६ च १४७६ नम्बरको कारबाट गाँजा बरामद भएको हो।, प्रहरी देखेपछि कार तीव्र गतिमा हाँकिएको थियो। , पछि भुटनदेवी मन्दिर जाने बाटोमा पार्किङ गरि राखेको उक्त कारबाट प्रहरीले ८० किलो गाँजा बरामद गरेको हो।, कारमा सवार...
सुदीप श्रेष्ठ बुद्धिरत्न तुलाधर असनका ‘घ्यू साहु’ हुन्। उनको परिवारले सात पुस्तादेखि घ्यू–तेल बेच्दै आएको छ।, बहत्तर वर्षअघि बुद्धिरत्न जन्मँदा असन र काठमाडौं दुवै अहिलेजस्तो थिएन। असनको गल्लीमा भीड कम हुन्थ्यो, काठमाडौंको बागमतीमा धेरै पानी बग्थ्यो। पानी सुक्दै गयो, भीड फुक्दै गयो। अहिले असनको भीड छिचोल्न मुश्किल छ, ...
सेतोपाटी संवाददाता रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।, अस्पतालमा भर्ना भएका देवदह नगरपालिका वडा नं. ७ का ४७ वर्षीय पुरूषको बिहीबार बिहान मृत्यु भएको हो।, उनी गत कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएर २१ गते विशेष अस्पतालमा भर्ना भएका थिए।, एक सातादेखि अस्पतालमा उपचा...
सेतोपाटी संवाददाता पर्यटकीय नगरी पोखरास्थित फेवातालको छेवैमा रहेको रत्न मन्दिर र हिमागृह लामो समयदेखि बन्द छन्। , पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने रत्न मन्दिर (दरबार)लाई प्रयोगमा ल्याउने प्रयास गरिए पनि सफल हुन नसकेको प्रदेश सरकारले बताएको छ। तत्कालीन राजा महेन्द्रले आफ्नो कान्छी श्रीमती रत्नलाई खुसी पार्न वि...
सेतोपाटी संवाददाता फेसबुकमा नक्कली आइडी बनाई बालिकालाई यौनजन्य तस्वीर तथा अश्लिल सन्देश पठाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ।, नेपाल प्रहरीको साइबर ब्युरोले सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी-४ बस्ने २० वर्षीय अखिल नेपालीलाई पक्राउ गरेको हो। , ब्युरोका प्रवक्ता तथा प्रमुख एसएसपी नविन्द अर्यालका अनुसार जिल्ला अदालतबाट...
सेतोपाटी संवाददाता बिहीबार थप १ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, योसँगै संक्रमितको संख्या दुई लाख ४ हजार २४२ पुगेको छ।, त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १५ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबा...
सेतोपाटी संवाददाता सप्तरीमा आगलागी हुँदा ६ वटा घर जलेका छन्। , बिहीबार साढे ११ बजेतिर डाक्नेश्वरी नगरपालिका-३ की बतहीदेवी मुखियाको घरबाट आगलागी सुरू भएको थियो। , सोही आगो फैलिएर छिमेकी पाँच घरमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। , 'बालबालिकाहरूले पटाका पड्काउने क्रममा आगलागी भएको रहेछ,' प्रहरी...
सेतोपाटी संवाददाता अभिनेत्री मनिषा कोइरालाले 'मनीषा कोइराला क्यान्सर एजुकेशन फन्ड' सुरू गरेकी छन्।, फन्डको सहकार्यका लागि कोइराला र काठमाडौंको ग्लोबल कलेज इन्टरनेशनलबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।, बिहीबार आयोजित एक कार्यक्रममा कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्ना र अभिनेत्री कोइरालाले समझदारी पत्र साटासाट गरे। ...
नारायण खड्का बाँकेमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु भएको छ। , पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका -२ मुगुवा पुलनजिकै गएराति साढे १० बजेतिर बिग्रेर रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो। , दुर्घटनामा परी बर्दियाको ठाकुरबाबा-३ का २२ वर्षीय आशिष थारू र...
सेतोपाटी हामीकहाँ डेढ लाखभन्दा बढी मान्छे कोरोना संक्रमण भएर निको भइसके। कोरोनाले सताएको पीडा भुलेर धेरैजसो एक हिसाबले ढुक्क भएका छन्- अब हामीलाई फेरि कोरोनाले सताउँदैन।, विदेशमा भएका धेरै अध्ययन र कोरोना बिरामीमा गरिएको निगरानीले पनि पुनः संक्रमण दर एकदमै न्युन देखाएको छ। संसारभर रेकर्ड भएका पुनःसंक्रमित औंलामा गन्न ...
सबिना श्रेष्ठ दसैंमा पूर्ण चित्रकारलाई भ्याइनभ्याइ हुन्थ्यो, तिहारमा धौधौ हुन्छ चेतकुमारीलाई। उनीहरू चित्रकार दम्पती हुन्।, भक्तपुर, पाँचतले मन्दिरबाट दत्तात्रय जाने बाटोको यांछे गल्लीमा यी दम्पतीको घर छ। भक्तपुर पुगेर 'नवदुर्गा बनाउने मान्छे' को घर सोध्ने हो भने सजिलै उनीहरूको घर पत्ता लाग्छ।, पूर्णको विज्ञता नै त्यस...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला तथा सरकारी अस्पतालहरूलाई पत्राचार गरेको छ।, बुधबार कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको आइसिएस बैठकले लक्षण देखिएकाहरूको कोरोना परीक्षण र उपचार नि:शुल्क गराउन सरकारी अस्पताल तथा प्रयोगशालालाई पत्राच...
सेतोपाटी संवाददाता नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिएयता महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) का ६ जना नर्ससहित १६ जना कर्मचारीले जागिर छाडेका छन्। , अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले ६ जना नर्स र १० जना प्रशासनिक कर्मचारीले जागिर छाडेको जानकारी दिए। , उनले केही कर्मचारीले मात्र कोरोना संक्रमण ...
सेतोपाटी संवाददाता विदेशबाट आउने किताबमा लाग्दै आएको भन्सार महसुल छुट दिएकोबारे सरकारले थप व्याख्या गरेको छ। , छुट दिने निर्णयको व्याख्या गर्दै सरकारले नेपाली प्रकाशकले विदेशबाट किताब छापेर ल्याउँदा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेको छ। , गत आर्थिक वर्ष विदेशबाट आउने सबै किताब तथा पत्रपत्रिकामा १० प्रतिशत भन्...
सेतोपाटी संवाददाता कर्णाली प्रदेश अस्पतालले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूका लागि परामर्श दिन ‘टेलिकन्सल्टेसन’ सेवा सुरू गरेको छ। , अस्पतालले बिहीबारदेखि यो सेवा सुरू गरेको हो। , होम आइसोलेसनमा बसेरे टेलिमेडिसिन सेवामार्फत विशेषज्ञ चिकित्सकबाट परामर्श लिन सकिने अस्पतालका डा. नवराज केसीले जानकारी दिए। , केसी उ...
सेतोपाटी संवाददाता सिराहामा करिब ७ लाख नक्कली नेपाली रुपैयाँसहित तीन जना पक्राउ परेका छन्। , बिहीबार गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेस गोलबजारबाट खटेको संयुक्त टोलीले तीनै जनालाई पक्राउ गरेको सिराहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी...
सेतोपाटी संवाददाता ललितपुरबाट हराएको मिनी ट्रक परासीमा फेला परेको छ। , महालक्ष्मी नगरपालिकाको इमाडोलबाट हराएको मिनी ट्रक बर्दघाटबाट फेला परेको हो।, महानगरीय प्रहरी प्रभागका इन्स्पेक्टर विजय तिमिल्सिनाले दिएको जानकारीका अनुसार बा ३ ख ८१९४ नम्बरको मिनी ट्रक गत असोज २७ गते राति हराएको थियो। , उक्त ट्रक लक्ष्मण श्रेष्ठ र ...
सेतोपाटी संवाददाता हङकङका विशेषज्ञहरूले नेपालबाट गएका यात्रुका कारण सहरमा पछिल्लो समय कोरोना भाइरसका संक्रमितहरू देखिएको बताएका छन्। , साउथ चाइना मर्निङ पोष्ट समाचार पत्रमा प्रकाशित समाचारका अनुसार पछिल्लो समय हङहङमा भेटिएका संक्रमितको भाइरसको स्ट्रेन दक्षिण एसियाली देशमा देखिएको भाइरसको जस्तै छ।  , हङकङले केही समयअघि...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा अमेरिकी सहयोग नियोग युएसआइडीको तयार नेपालको झन्डै एक करोड आर्थिक सहयोगमा  पुनर्लाभ परियोजना सुरू भएको छ।  , तयार नेपाल, तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघबीच त्यसका लागि  बिहीबार त्रिपक्षीय सम्झौता भएको छ।, परियोजना सञ्चालन गर्न तुलसीपुर उद्योग वाणिज्य संघमा सहायत...
सेतोपाटी संवाददाता ट्रक चालकलाई कानुन बमोजिम हदै सम्मको कारबाही गर्ने र पीडितलाई क्षतिपूर्ति दिने सहमतिपछि बन्द राजमार्ग खुलेको छ। , अवरूद्ध लमही–भालुबाङ राजमार्ग खण्ड झण्डै चार घण्टापछि खुलेको हो। बिहान करिब साढे ९ बजेदेखि बन्द गरिएको राजमार्ग दिउँसो साढे १ बजेपछि खोलिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले स...
सेतोपाटी संवाददाता धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका शिक्षक तथा स्वास्थ्यकर्मी महिनौंदेखि तलब पाउनबाट बञ्चित भएका छन्। , गाउँपालिकाले बजेट ल्याउन नसक्दा त्यहाँ कार्यरत् शिक्षक तथा स्वास्थ्यकर्मीले सात महिनादेखि तलब पाउनबाट बञ्चित भएका हुन्। , गाउँपालिकाले गाउँसभा सम्पन्न गरे पनि जनप्रतिनिधिको विवादका कारण बजे...
युनिक श्रेष्ठ चेक बाउन्सको मुद्दामा सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका छन्। , उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेको हो।, उनी बुधबार कालिमाटीबाट पक्राउ परेको प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।, उनीविरूद्ध एक महिना अगाडि झविन्द्रप्रसाद बञ्जाडेले उजुरी दिएक...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालय कीर्तिपुरले उपप्राध्यापक पदमा लिइसकेको लिखित परीक्षा रद्द गरेको छ।, २०७६ कात्तिक २८ देखि २०७६ पुस २ गतेसम्म सञ्चालन भएका लिखित परीक्षा रद्द गरिएको हो।, दुई सय ४० जना उपप्राध्यापक पदका लागि लिखित परीक्षा लिइएको थियो।, परीक्षकलाई आफ्नो पहिचान खुलाउने गरी तोक...
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोमा बस, जीप र दुई वटा मोटरसाइकल ठोक्किएका छन्।, बुधबार दिउँसो बालकुमारीबाट सातोबाटोतर्फ जाँदै गरेको बा ५ ख ७६४६ नम्बरको बसको ब्रेक फेल भएपछि ग्वार्को चोकमा दुर्घटना भएको हो। , बसले बा २१ च ७४६८ नम्बरको पिकअप भ्यानलाई पछाडिबाट ठक्कर दिएको थियो। बसले भ्यानलाई ठक्कर दिएपछि त्यसले अगाडि...
सेतोपाटी संवाददाता बुधबार थप दुई हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, योसँगै संक्रमितको संख्या दुई लाख २ हजार २३९ पुगेको छ।, त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा २६ जनाको मृत्यु भएको छ। योसहित कोरोन...
एजेन्सी भारतीय टेलिभिजन प्रस्तोता अर्नब गोस्वामी जेलबाट रिहा भएका छन्। , बुधबार गोस्वामीलाई भारतको सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको हो। , आत्महत्या दुरूत्साहनको अभियोगमा कात्तिक १९ गते उनी पक्राउ परेका थिए। भारतीय टेलिभिजन रिपब्लिक टिभीका संस्थापक तथा प्रधानसम्पादक अर्नब गोस्वामीलाई तल्लो अदालतले १४ दिनको न्यायिक ...
सेतोपाटी संवाददाता सरकारले आर्थिक वर्ष २०७७/७८ मा कोभिड-१९ रोकथाम र उपचार व्यवस्थापनका लागि विनियोजित ६ अर्ब बढी रकमबाट हाई डिपेन्डेन्सी युनिट व्यवस्थापनका लागि ३ अर्ब २५ करोड रुपैंयाँ निकासा गरेको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विनियोजित रकमबाटै प्रयोगशाला परीक्षण तथा व्यवस्थापनका लागि १ अर्ब १२ करोड ४० लाख ...
सेतोपाटी संवाददाता काभ्रेबाट विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन्। , प्रहरीले बुधबार बिहान धुलिखेल नगरपालिका-१२ शंखुपाटीचौर एक्लेखेतका ५४ वर्षीय मधुसुधन बजगाईंलाई पक्राउ गरेको हो। , उनले विभिन्न व्यक्ति, उद्योगी, व्यापारीहरूलाई फोनबाट धम्की दिएर चन्दा माग गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ...
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।, श्वासप्रश्वासको समस्याका कारण अस्पताल भर्ना भएका भरतपुर–२ का ५५ वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले बताए।, उनमा कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।, अस्पतालको आइसियूमा भेन्...
सेतोपाटी संवाददाता पन्ध्र वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने लुम्बिनी विकास गुरूयोजना ४२ वर्ष बितिसक्दा पनि पूरा गर्न नसकेको लुम्बिनी विकास कोषले कपिलवस्तु गुरूयोजना सम्बन्धमा छलफल सुरू गरेको छ। , लुम्बिनीको व्यवस्थित विकासका लागि जापनिज वास्तुविद् प्राध्यापक केन्जियो टांगेले सन् १९७८ मा लुम्बिनी गुरूयोजना बनाई सोही अन...
सेतोपाटी संवाददाता इन्स्पेक्टर हुँ भन्दै धम्क्याएर पैसा लुट्न खोज्ने तीन जना पक्राउ परेका छन्। , महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई काठमाडौंबाट मंगलबार पक्राउ गरेको एसएसपी दीपक थापाले बताए।  , पक्राउ पर्नेमा नुवाकोट घर भई तार्केश्वर नगरपालिका-३ बस्ने २३ वर्षीय रमेश तामाङ, दोलखाका ३३ वर्षीय तुलबहादुर मगर र नवलपर...
सेतोपाटी संवाददाता प्रदेश २ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) धीरजप्रताप सिंह अस्पताल भर्ना भएका छन्। , कोरोना संक्रमण देखिएपछि सिंह नेपाल प्रहरी अस्पतालमा उपचाररत छन्। सिंहलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको  हो। , प्रदेश २ का निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलका अनुसार सि...
सेतोपाटी संवाददाता कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजकसमेत रहेका उप-प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारी र सदस्यबीच बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा लामो छलफल भएको छ। , पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रो...
नारायण खड्का सात किलो प्रतिबन्धित अफिमसहित बाँके प्रहरीले जाजरकोटका दुई व्यक्तिलाई  पक्राउ गरेको छ।  पक्राउ परेका दुबै जनालाई बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको  छ।, जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जको टोलीले मंगलबार बेलुका ५ बजेतिर उनीहरूलाई कोहलपुरको एक होटेलबाट पक्...
एजेन्सी जापानमा पनि कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। , यहाँका स्थानीय अधिकारी र सो मन्त्रालयले राजधानी टोकियोमा पछिल्लो समयमा यस भाइरसका संक्रमितहरू बढ्न थालेको जनाएका हुन्।, जापानमा मंगलबार मात्र १ हजारभन्दा धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्। जापानको राष्ट्रि...
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीमा रोकिराखेको ट्रकमा कुखुरा बोकेको गाडी ठक्कर खाएपछि तीन जनाको मृत्यु भएको छ।, एक जना घाइते छन्।, कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि बिहीबार बिहान करिब ३:३५ मा दुर्घटना भएको हो।, बल्खुबाट सीतापाइलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने गाडी मकालु पेट्रोल पम्पअगाडि सडकमा ...
एजेन्सी अमेरिकाको टेक्सास राज्यमा मात्र कोरोना भाइरस (कोभिड १९) का कम्तीमा पनि १० लाख संक्रमित भेटिएका छन्।, जोन हप्किन्स विश्वविद्यालयको बुधबारको तथ्यांकमा संक्रमितहरूको संख्या १० लाख पुगेको देखिएको अधिकारीहरूले जानकारी दिएका छन्।, अमेरिकी स्वास्थ्य क्षेत्रका अधिकारीहरूले दिएको जानकारीअनुसार अमेरिकाको टेक्सास राज्य न...
सेतोपाटी जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। , पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन्।, प्रहरीका अनुसार एक स्थानीय महिलालाई राउतले बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदपुरले विसं २०६४ जेठ १४ गत...
सेतोपाटी संवाददाता कैलालीको लम्कीचुहा नगरपालिका ३ मा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।, बुधबार राती पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ४ प ९२५६ नम्बरको मोटरसाइकलले करिब ३५ वर्षीया महिलालाई ठक्कर दिएको थियो।, ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन्।, उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ल...
सेतोपाटी संवाददाता रौतहटमा गोली प्रहारबाट एक जना युवतीको हत्या भएको छ।, गए राति करिब ११ बजेतिर गोली प्रहारबाट १८ वर्षिया अमृता कुमारीको हत्या भएको हो।, जिल्ला प्रहरी कार्यालय रौतहटबाट घटनास्थलमा प्रहरी उपरीक्षक सिद्धिविक्रम साहसहितको टोली पुगेका छन्।, अमृताको कन्चटमा एउटा गोली लागेको रौतहट जिप्रकाले जनाएको छ।, गोली प्...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ। उनीहरुलाई भरतपुर महानगरपालिका-५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो।, स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।, उनीहरुको साथबाट १६ थान कौड...
सेतोपाटी संवाददाता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड बनाइएको छ। , प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार  नागरिक उड्डयन प्राधिकरणकाे मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा हेलिप्याड निर्माण काम केही दिनअघि सकिएको हो। , बालुवाटारमै हेलिप्याड ब...
सेतोपाटी संवाददाता पूर्वमन्त्री भीमप्रसाद गौतमको निधन भएको छ।, तनहुँ पिप्ले घर भएका उनको गए राति निधन भएको हो। , तत्कालीन संविधानसभा सदस्यसमेत रहेका उनी भूमि सुधार मन्त्री रहेर पनि काम गरेका थिए। , गौतम जनता समाजवादी पार्टीमा क्रियाशील थिए।, निमोनियाको उपचारपछि घर फर्केर आराम गरिरहेका गौतमको गए राती निधन भएको पारिवारि...
सेतोपाटी संवाददाता कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि चाहिने प्लाज्मा उपलब्ध गराउने कार्यमा झापाको क्लिक माइन्ड इन्डेक्स एनपीले सहयोग गर्ने भएको छ।, प्लाज्मा चाहिएका र दिन चाहनेहरूबीच सम्पर्क गराउने गरी क्लिक माइन्डले बुधबारदेखि सेवा सुरू गरेको जनाएको छ।, प्लाज्मा दिने र चाहिनेहरूले क्लिक माइन्डले सञ्चालनमा ल्याए...
सेतोपाटी गोरखामा एक वयस्क चितुवा मृत फेला परेको छ।  गोरखा नगरपालिका–४, फिनाम, आरुस्वाँरामा पोथी चितुवा मृत फेला परेको  हो। , स्थानीयवासीले चितुवा मृतावस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएको थिए। , घटनाको जानकारी पाएलगत्तै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार पारी मृत चितुवालाई वन कार्याल...
एजेन्सी भारतको पुणेस्थित एक सैनिक कलेजमा 'अवैध रूप'मा बस्दै आएकी नेपाली महिला पक्राउ परेकी छन्। , दापोडीको कलेज अफ मिलिटरी इन्जिनियरिङ(सिएमई)बाट नवलपरासीकी २६ वर्षीया एलिसा मनोज पाण्डे खड्का पक्राउ परेकी हुन्।, भारतीय समाचार पत्र इन्डियन एक्सप्रेसका अनुसार उनी केही महिनादेखि सो कलेजको क्वार्टरमा बस्दै आएकी थिइन्। , त्...
सेतोपाटी संवाददाता ट्रकले ठक्कर दिँदा एउटै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ।,  राप्ती गाउँपालिका अन्तर्गत पूर्व-पश्चिम राजमार्गमा ना ६ ख ३३४४ नम्बरको ट्रकले रा ५ प ६७३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन युवाको मृत्यु भएको घटनास्थल पुगेका जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमति खड्काले बताए।, उप...
सेतोपाटी कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ मा गरिएको लकडाउन मंगलबारदेखि हटेको छ। , लकडाउन अन्त्य भएसँगै सेवा, बजार र यातायात पूर्ववत् रुपमा खुलेको छ। , सङ्क्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले यही १७ गतेदेखि एक साताका लागि बागलुङ बजारमा लकडाउन गरेको थियो।, जिल्ला प्रशासन कार्यालयले तत्काललाई लकडा...
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिकाका सबै सामुदायिक विद्यालयमा पठन-पाठनको सुरू भएको छ। , केही दिनअघिदेखि उपमहानगरपालिकाका ७३ ओटै सामुदायिक विद्यालयमा पठन-पाठन काम सुरू भएको हो। , सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेपछि बन्द रहेका विद्यालयमा पठन-पाठन सुरू भएको धनगढी उपमहानगरपालिकाको शिक्षा शाखाका शा...
सेतोपाटी हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको एक सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको छ। , वडा –६ को लिमीको सुनखानीमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली चिसोले सिमकोट फिर्ता भएको हो।    , यस क्षेत्रमा चिसो अत्यधिक बढ्दै गएपछि सीमा सुरक्षाका लागी खटिएका प्रहरी जिल्ला फिर्ता भएको जिल्ला प्रहरी कार्या...
सेतोपाटी मेचीनगर नगरपालिका–७ मा रहेको पालिया नदीमा पक्की पुल बन्न थालेपछि स्थानीय हर्षित बनेका छन्। , प्रदेश नम्बर १ सरकारको तीन करोड ८४ लाख १४ हजार ३८७ रूपैयाँ लागतमा पुल बन्न सुरू भएको हो। सो पुल निर्माणको ठेक्का हिम्टुङ एण्ड थोकर सरोज जेभी निर्माण सेवाले लिएको छ। , सेवासँग वि.सं. २०७८ असार २० गते निर्माण सक्ने  गरी...
सबिना श्रेष्ठ काठमाडौंको कुमारी घरमा रंग लगाइरहेका बेला त्यहाँका संरक्षक (चिताइदार) गौतम शाक्यले अघिल्लो वर्ष नै रोक लगाएका थिए।, दुई सय ५० वर्षको इतिहास बोकेको कुमारी घरको झ्यालमा सुनौलो रंग लगाउने कार्य उनलाई ठिक लागेन।, त्यो बेला उनको आपत्तिपछि काठमाडौं महानगरपालिकाले झ्याल सफा गरेर मात्र छाड्यो। सुनका झ्यालसँगै यह...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को आन्तरिक मूल्याङ्कनको प्राप्ताङ्क पठाउन निर्देशन दिएको छ।, २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कनका सम्बन्धमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको विद्यार्थी मूल्याङ्कन, परीक्षा...
सेतोपाटी संवाददाता लोक सेवा आयोगले निजामति सेवामा प्राविधिकलगायत विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।, करिब तीन सय पदका लागि आयोगले दरखास्त माग्दै बुधबार सूचना निकालेको हो।, राजपत्रांकित तृतीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदमा खुला र समावेशीतर्फ लिखित परीक्षाको विज्ञापन आयोगले गरेको छ।, दरखा...
सेतोपाटी संवाददाता प्रहरीले बोक्सीको आरोपमा महिलालाई गालीगलौज र कुटपिट गर्ने तीन जनालाई पक्राउ गरेको छ। , बोक्सीको आरोप लगाउने र महिलामाथि कुटपिट गर्ने  दुई फरक घटनामा संलग्न तीन आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् । , कात्तिक १५ गते राति मदिरा सेवन गरेर तुलसीपुर उपमहान...
रासस लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि ३८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ। बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५ औं बैठकले तीन ठूला परियोजनाका लागि ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो।, सार्वजनिक निजी साझेदारी अवधारणा...
सेतोपाटी संवाददाता गोरखामा दुई गाउँपालिकाबीच देखिएको भूकम्प इपिसेन्टर विवाद तत्कालका लागि मिलेको छ।, २०७२ वैशाख १२ मा गएको भूकम्पको केन्द्र बारपाक रहे पनि हालै छिमेकी गाउँपालिका धार्चेले इपिसेन्टरको बोर्ड राखेर इपिसेन्टर साइकल ट्रेल उद्घाटन गरेपछि विवाद भएको थियो।, जिल्ला समन्वय समिति गोरखाले दुबै गाउँपालिकाका प्रतिनि...
सेतोपाटी हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको एक सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको छ।, वडा –६ को लिमीको सुनखानीमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली चिसोले सिमकोट फिर्ता भएको हो।    , यस क्षेत्रमा चिसो अत्यधिक बढ्दै गएपछि सीमा सुरक्षाका लागी खटिएका प्रहरी जिल्ला फिर्ता भएको जिल्ला प्रहरी कार्याल...
नारायण खड्का दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मृत्यु भएका तीन जना किशोरको सनाखत भएको छ।, दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार मृतक तीनै जना किशोर राप्ती गाउँपालिकाका हुन्। राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाका १६ वर्षीय मनोज गाहा, राप्ती २ लालमटियाका १८ वर्षीय कसम पुन र राप्ती ८ पिपरीका १८ वर्ष...
रासस म्याग्दीको मंगला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर एक किशोरको ज्यान गएको छ। , म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शंकर विकको शव आज बिहान फेला परेको हो। , सशस्त्र प्रहरी बल आश्रित गुल्म म्याग्दीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङले पोखरास्थित कालिका गणबाट आएको गोताखोर टोलीले तलाउबाट विकको शव ...
सेतोपाटी संवाददाता ट्रकको ठक्करबाट तीन जना किशोरको मृत्यु भएपछि आफन्तले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन्। , बुधबार बिहान करिब १० बजेदेखि मृतकका आफन्तले पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा सडक बन्द गरेपछि सयौं सवारी साधान सडकमै रोकिएका छन्। , मृतकका आफन्तले दुर्घटनापछि मृतक तीनै जना...
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम अनुरुप नयाँ पाठ्यपुस्तक तयार पारेको छ।, चालू शैक्षिकसत्रदेखि विद्यालयहरूमा पठनपाठन भइरहेको पाठ्यक्रम अन्तर्गतका पुस्तकहरू तयार गरिएको हो। , उपमहानगरपालिकाले तयार गरिएका पुस्तकहरू सार्वजनिक गरेको छ। , उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले शैक्षिक उद्देश्य प्...
सेतोपाटी संवाददाता लमजुङ, धनुषा र नवलपरासी पूर्वबाट २३ जुवाडे पक्राउ परेका छन्। चाडवाडको समयमा जुवा तथा तास खेलिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। , लमजुङस्थित मध्यनेपाल नगरपालिका-१ सरेदीस्थित कृषि फर्ममा तास खेलिरहेको अवस्थामा सुन्दरबजार नगरपालिका-९ का ५० वर्षीय रामबहादुर गुरुङलगायत १३ जना जुवाडे प...
सेतोपाटी विस्तारको क्रममा रहेको ढोलाहिटी–सुनाकोठी सडक आगामी मंसिरको दोस्रो साता सम्ममा कालोपत्र गरिने भएको छ। , तीन किलोमिटर लम्बाइको यो सडक कालोपत्र चाँडो हुनुपर्ने माग गर्दै स्थानीयवासी पटक–पटक सडक अवरूद्ध गर्दै आएका छन्। , कात्तिक मसान्तसम्ममा बेस (आधार) को काम सकाएपछि मंसिर १५ सम्ममा कालोपत्र सकिने काठमाडौं उपत्यक...
सेतोपाटी संवाददाता सुर्खेतमा डेंगी संक्रमण बढ्दो क्रममा छ। विशेषगरी कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा डेंगीका बिरामी धेरै देखिएका छन्। वीरेन्द्रनगरमा रहेका सरकारी तथा निजी अस्पतालहरूमा आउने धेरैजसो बिरामीमा डेंगी संक्रमण देखिने गरेको छ।, कर्णाली प्रदेश अस्पतालका डा. प्रदीप न्यौपानेका अनुसार अस्पतालमा दैनिक...
सेतोपाटी संवाददाता दाङको घोराहीबाट चितुवाको छाला र झन्डै ४ किलो अफिमसहित दुई युवा पक्राउ परेका छन्। , दाङको घोराही उपमहानगरपालिका वडा नं. १२ हापुर निवासी २६ वर्षीय मधु डाँगी र प्यूठान जिल्लाको नौंबहिनी गाउँपालिका वडा नं. ५ निवासी २७ वर्षीय धनसिंह टमाटा पक्राउ परेका हुन्। , दाङ जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले गोप...
एजेन्सी कोरोनाभाइरसको संक्रमणबाट निको भएका धेरै मानिसलाई मानसिक समस्या हुन सक्ने अध्ययनले देखाएको छ। , भर्खरै गरिएको एक अध्ययनले कोरोना संक्रमणको ९० दिनभित्र २० प्रतिशत संक्रमितले विभिन्न खालका मानसिक रोगको उपचार गरेकाले अरूमा पनि यस्तो समस्या हुन सक्ने मनोविद्हरूले बताएका छन्। , चिट्चिटाहट, डिप्रेसन, अनिद्रा मानसिक स...
सेतोपाटी संवाददाता कतारका राजकुमारले अमादब्लम हिमालको सफल आरोहण गरेका छन्।, राजकुमार शेख मोहम्मद विन अब्दुल्लाहले ६ हजार आठ सय १२ मिटर अग्लो हिमालको आज सफल आरोहण गरेका हुन्।, राजकुमारको आरोहण टोलीमा ६ जना विदेशबाट आएका आरोही थिए। , हिमालयन गाइड ईश्वरी पौडेलले दिएको जानकारीअनुसार राजकुमारसहित उनको टोलीले बुधबार बिहान १...
सेतोपाटी संवाददाता रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा पश्चिम दाङमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। , दुर्घटनामा परी घाइते भएका बबई गाउँपालिका वडा नं.६ कट्कुँइयाका ४६ वर्षीय चित्रबहादुर डाँगीको मृत्यु भएको हो। , मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ४० वर्षीय मानबहादुर देवकोटा घाइते छन्। , इलाका प...
सेतोपाटी संवाददाता १६ वर्षअघि हत्या गरी फरार भएका व्यक्ति पक्राउ परेका छन्। , प्रहरीले झापा मेचीनगर नगरपालिका वडा नम्बर ७ का ३३ वर्षीय हरि गिरी भन्ने रामकुमार गिरीलाई सोमबार भक्तपुरबाट पक्राउ गरेको हो। , महानगरीय अपराध महाशाखाको टोलीले उनलाई चाँगुनारायण नगरपालिका-७ बाट पक्राउ गरेको हो। , काठमाडौंको रानीबारीमा डेरा गरी...
सेतोपाटी संवाददाता कञ्चनपुरमा हतियार प्रयोग गरी रकम लुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो।, गत बुधबार बेदकोट नगरपालिका–५ पोलखरीका हरेन्द्र बोहराको घरमा छोरोको जन्मदिन मनाउन भेला भएका व्यक्तिहरुलाई हतियार देखाएर उनीहरूले तीन लाख रकम लुटेका थिए। , अटोमेटिक पेस्तोल १ ...
सेतोपाटी संवाददाता कैलालीमा बालकको शव फेला परेको छ। , बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को काँडा नदी किनारमा  आन्दाजी १४ वर्षीय बालकको शव फेला परेको हो। , सो क्षेत्रका स्थानीयहरूले नदीमा नुहाउन जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। , बालकको पहिचान नखुलेको र घटनासम्बन्धी अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्य...
द गार्डियन उनीहरूको भेट 'ब्लाइन्ड डेट' मा भएको थियो। अपरिचित दुई जनाले प्रेम सम्बन्ध 'खोज्न' गरिने यो भेटघाटमै उनीहरूको मन साटियो। , त्यो भेटको नौ महिनापछि उनीहरूले बिहे नै गरे।, यो ४४ वर्षअघिको कुरा हो। त्यसपछिका चार दशकभन्दा बढी समय क्रिस र ट्रिस वाकर दम्पती कहिल्यै एकअर्कासँग अलग भएनन्। दुवैले एकअर्काको हात थामेर ज...
विवेक राई सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमितलाई घरघरै पुगेर निगरानी गर्ने तयारी गरेको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 'होम आइसोलेसन' मा बस्ने संक्रमितहरू बाहिर निस्किँदा संक्रमण थप फैलिएको ठहर गर्दै त्यस्ता संक्रमितहरूको निगरानी गर्ने तयारी गरेको हो। मन्त्रालयका कोभिड फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठल...
एजेन्सी कोरोनाभाइरसको दोस्रो लहर आएपछि अहिले युरोपका धेरै ठाउँमा लकडाउन गरिएको छ। मानिसबीच कम सम्पर्क होस् भनेर विभिन्न मुलुकले फेरि कडा नीति अपनाएका छन्।, डेनमार्कमा भने एक जनावरबाट मानिसमा कोरोनाभाइरस फैलिएको देखिएको छ।  भुँवा र रौंका  लागि पालिने न्याउरी मुसाजस्तै देखिने जनावर मिन्कबाट सयौं मानिसमा कोरोना संक्रमण फ...
सेतोपाटी संवाददाता कैलालीको धनगढी उपमहानगरपालिकामा कालोपत्रे गरेको सडक हप्ता दिन नपुग्दै उप्किन थालेको छ। , उपमहानगरपालिकाले गरेको वडा नम्बर १ मा मेनरोड जोड्ने ३ सय मिटर लामो सडकको कालोपत्रे उप्किन थालेको हो।, एक हप्ताअघि मात्रै कालोपत्रे  भएको उक्त सडक उप्किँदै जान थालेको स्थानीय रामसिंह महराले बताए।, ‘हातले कोट्याउँ...
सेतोपाटी भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याएको छ।, वडाध्यक्ष पदमपाणि सुवेदी सहितलाई नक्कली बुवा बनाएको भन्दै कार्यालयले कारबाही गर्न लागेको हो।, निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार वडा नम्बर ५ की स्वस्तिका मल्लले नागरिकता ल...
सेतोपाटी संवाददाता चेक बाउन्स आरोपमा एक जना पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सप्तरी वलान-बिहुल गाउँपालिका-५ रामनगरका ३२ वर्षीय सूर्यप्रसाद साहलाई पक्राउ गरेको हो।, उनलाई सोमबार ब्युरोको टोलीले काठमाडौं महानगरपालिका-१० बानेश्वर भेनस अस्पताल अगाडिबाट पक्राउ गरेको हो। , उनीविरूद्ध काठमाडौं विश्वविद...
सेतोपाटी संवाददाता कोरोना संक्रमणका कारण विराटनगरमा थप सात जनाको मृत्यु भएको छ।, नोबेल शिक्षण अस्पतालमा तीन, विराट नर्सिङ होममा दुई, विराट मेडिकल कलेज  र कोसी अस्पतालमा एक-एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।, मोरङको रतुवामाई नगरपालिका-८ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएक...
समिक्षा अधिकारी घरको कान्छो छोरो। २३ वर्ष भइसक्दा न पढ्न सके न केही इलमको बाटो समाउन। जिन्दगीले खोजेजस्तो बाटो भेट्टाउन नसकेपछि आकाश तिवारी पाल्पाबाट काठमाडौं हानिए।, आकाश काठमाडौं सहरमा कमाउने सपना बोकेर आएका थिए। त्यो बेला काठमाडौंको आकाशमा भने कोरोनाको कुइरो पस्दै थियो। , तर उनलाई यसबारे रत्तिभर भेउ भएन। रोजीरोटीका...