content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता कैलालीकी कोरोना संक्रमित ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ।, सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी–५ की ती महिलाको बिहीबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।, कात्तिक १७ गते कोरोना पुष्टि भएपछि उनको भन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनमा कडा खालको निमोनिय...
सेतोपाटी संवाददाता भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ।, नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले दुइटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।, त्यस्तै नेपाली सेनाका तर्फबाट प्रधानसेनापति पूर्णचन्द्र थ...
एजेन्सी भारतको मुम्बई  प्रहरीले रिपब्लिक टिभीका संस्थापक तथा प्रधान सम्पादक अर्नव गोस्वामी, उनकी पत्नी, छोरा र अन्य दुई जनाविरूद्ध जाहेरी दर्ता गरेको छ।, प्रहरीले गोस्वामीलाई पक्राउ गर्न जाँदा उनीसहित उनकी पत्नी साम्याब्रता, छोरा र अन्य दुई जनाले हातपात तथा कुटपीट गरेको भन्दै बुधबार जाहेरी दर्ता गरेको हो।, प्रहरीले बु...
विनोद सापकोटा दमक-२ की मुना धिमाल कोरोना संक्रमण भएपछि घरमै बसिन्।, कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा उपचार गर्ने ठाउँ नपाएर उनले घरकै कोठालाई आइसोलेसन बनाइन्।, धिमाल स्थानीय चिया बगानकी मजदुर हुन्। उनले भनिन्, ‘सुरूमा ज्वरो आयो, पखाला चल्यो र जोर्नी दुखे। स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आयो तर न...
सविता बुढा भारत लगेर बेच्न खोजिएका तीन जना किशोरीको प्रहरीले कैलालीबाट उद्धार गरेको छ। , धनगढी उपमहानगरपालिका–४ स्थित बडिकेदार होटलबाट सर्लाहीका १७ र १८ वर्षका र सिन्धुलीका १९ वर्षका किशोरीको जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले बुधबार राति उद्धार गरेको हो।, प्रहरीको टोलीले बेचबिखनका लागि लैजान लागिएको भन्ने सूचनाका...
सेतोपाटी संवाददाता काठमाडौंको धापासीमा भएको ‘ग्याङ फाइट’मा आशिष मगरको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन्। , महानगरीय अपराध महाशाखाको टोलीले २० वर्षीय रुपेश आले मगरलाई पक्राउ गरेको हो। प्रहरीले उनलाई बुधबार साँझ ५ बजे सुनसरीको धरान उपमहानगरपालिका–८ भानुचोकबाट पक्राउ गरेको हो। , प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसा...
विवेक राई गत कात्तिक २ गते सरकारले कोरोना भाइरसको सशुल्क परीक्षण गर्ने नीति लिएसँगै सरकारी प्रयोगशालामा परीक्षण ह्वात्तै घटेको छ। , पैसा तिरेर परीक्षण गर्ने व्यक्तिहरू निजी प्रयोगशालातिरै आकर्षित हुने र कन्ट्याक्ट ट्रेसिङबाट समेत स्वाब संकलन भएर आउन छाडेपछि सरकारी प्रयोगशालाहरूमा परीक्षण घटेको हो। , देशभर रहेका प्रयोग...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप एक हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो।, थपिएका संक्रमितमध्ये ६ सय १ महिला र ७ सय ९८ जना पुरुष छन्।, अहिले काठमाडौंमा १६ हजार ३ सय ३१, भ...
सेतोपाटी संवाददाता दुई अलग बैंकिङ कसूर मुद्दामा ४५ दिन कैद र ७० लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।, वीरगन्ज महानगरपालिका-६ माइस्थानका ५८ वर्षीय सत्यनारायण चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।, काठमाडौं रातोपुल बसिरहेका रौनियारलाई पक्राउ गरी बिहीबार फैसला कार्यान्वयनको लागि पर...
सेतोपाटी रक्ताल्पता भएर शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा भर्ना भएकी डोटीको केअइसिंह गाउँपालिका–४ की धौलीदेवी विष्टको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले दान गरेको रगतले ज्यान बचेको छ।,  , विष्ट लामो समयदेखि रक्ताअल्पतासहित सेभर एनमिया भएकी उनी उपचारका लागि उक्त अस्पतालमा बिहीबार आएकी थिइन्। , सम...
नारायण खड्का बर्दियाको जंगलमा नरभक्षी बाघको खोजी गर्न १३ वटा क्यामेरा जडान गरिएको छ। , बर्दिया जिल्लाको नेपाल–भारत सीमा नाकाको ८१ नम्वर पिलरदेखि ८३ नम्वर पिलरसम्मको विभिन्न ११ ठाउँमा नरभक्षी बाघ खोज्न क्यामेरा जडान गरिएको हो।, बर्दियाका डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्लेका अनुसार कात्तिक १४ गते विभिन्न ११ ठाउँमा १३ ...
सेतोपाटी नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारको स–सम्मान पुनःबहाली र नियमित पारिश्रमिक दिलाउन पुनः आन्दोलन गर्ने भएको छ। , महासङ्घले कोभिड–१९ को समयमा काम गरेको तलब–भत्ता उपलब्ध गराउनुपर्ने, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्नुपर्ने माग गर्द...
सेतोपाटी संवाददाता सर्लाहीबाट ६ जना जुवाडे पक्राउ परेका छन्।, मंगलबार साँझ सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ६ का शम्भु सिंहको घरमा जुवा खेलिरहेका ६ जनालाई झण्डै ६९ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।, प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटको नेतृ...
सेतोपाटी संवाददाता पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ।, निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।, काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिए।, उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थिय...
एजेन्सी मुम्बई प्रहरीले भारतीय टेलिभिजन च्यानल रिपब्लिक टिभीका प्रधान संपादक अर्नब गोस्वामीलाई बुधबार पक्राउ गरेको छ। , अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ।, यसै वर्ष महाराष्ट्र सरकारले घटनाको सिआईडी जाँच गर्न आदेश दिएको थियो। प्रहरीले अर्नबको घ...
सेतोपाटी संवाददाता रौतहटका प्रहरी उपरीक्षक एसपी सिद्विबिक्रम शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।, रुघाखोकीसँगै ज्वरो आएपछि पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको एसपी शाहले सेतोपाटीलाई बताए।, कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएदेखि नै उनी होम आइसोलेशनमा छन्।, ‘रुघाखोकीजस्ता लक्षण देखिएकाले पिसिआर परीक्षण गराएक...
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट मृत्यु भएकी पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ।, कोरोना संक्रमणको सुरूवातदेखि नै मृत्यु हुनेहरूको शवलाई सेनाले व्यवस्थापन गर्दै आएको छ।, केही समय अघि सरकारले मृतकका आफन्तले चाहेमा शव व्यवस्थापन गर्न पाउने निर्णय गरेको थियो।, नेपा...
सेतोपाटी संवाददाता प्रहरीले दुई जनालाई लोकन्थलीबाट लागुऔषधसहित पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको टोलीले मंगलबार राति पौने ६ बजे दुई जनालाई पक्राउ गरेको हो।, प्रहरीले धादिङ मुलाबारी घर भई काठमाडौं-३२ तीनकुने बस्दै आएका २५ वर्षीय निराजन थापा र ललितपुर महानगरपालिका-९ बस्ने २६ वर्षीय रविन खड्गीलाई पक्...
सेतोपाटी संवाददाता भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन्।, भारतीय सेनाको विशेष विमानबाट उनी यहाँ आइपुगेका हुन्।, प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नरवणे नेपाल आएका हुन्।, उनले नेपाल भ्रमणका क्रममा सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा प्रधानसेन...
सेतोपाटी संवाददाता भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन्।, भारतीय सेनाको विशेष विमानबाट उनी यहाँ आइपुगेका हुन्।, तर त्रिभुवन विमानस्थलमा भने फोटो खिच्नको लागि पत्रकारलाई रोक लगाइएको छ। त्यो रूटमा हिँड्ने सवारीमा पनि सुरक्षा जाँच कडाइ गरिएको छ।, नरवणे कालापानी-लिपुलेक सीमाबारे बोलेका कारण आलोचित छन्। ...
निशा भण्डारी नेपालीहरूको दोस्रो महान् चाड तिहार आउन अब हप्ता दस दिन मात्र बाँकी छ।, घर-घरमा ढकमक्क फुलेका सयपत्री र मखमलीले छुट्टै सुन्दरता थप्छ। तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु-भाइ पूजा गर्न, सयपत्री-मखमली फूल नै प्रिय मानिन्छन्।, काग तिहारमा कागलाई खाना खुवाउन, भोलिपल्ट कुकुर पूजा, पर्सिपल्ट गाई हुँद...
सेतोपाटी संवाददाता प्रहरीले पुण्य गौतमलाई पक्राउ गरेको छ। , काठमाडौंको जोरपाटीबाट उनलाई मंगलबार साँझ नियन्त्रणमा लिएको हो। , उनले नेपालका तर्फबाट राष्ट्रपतिले प्रदान गर्ने नेपाली सेनाको मानार्थ महारथी दर्जा लिनका लागि आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेविरूद्ध कालो झन्डा देखाउने र पुत्ला जलाउने भन्दै अभिव्यक्ति ...
सेतोपाटी संवाददाता प्रहरी हत्याकाण्डमा जोडिएपछि कैलालीका एक जना व्यापारी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिकाको जुगेडामा प्रहरी असई र जवानको तस्करहरूले हत्या गरेको घटनामा जोडिएपछि व्यापारी राजीव गुप्ता पक्राउ परेका हुन्।, प्रहरीले जुगेडा चौकीका इन्चार्ज रहेका असई गोविन्द विक र जवान रामबहादुर साउदको विभत्स हत्या भएको...
सेतोपाटी संवाददाता पूर्वसभामुख कृष्णबहादुर महराले पत्नी सीतालाई माला ओढाएर अन्तिम विदाइ गरेका छन्।, कोरोना पोजेटिभ देखिएकी निमोनियालगायतबाट पीडित सीताको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो।, सीताको शव नेपाली सेनाले व्यवस्थापन गरेको हो।, दाङमा उपचार सम्भव नभएपछि गत कात्तिक १४ गते हेलिकप्टरमा राखेर सीताल...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका–२७ नम्बर वडाका स्थानीयले सुनाकोठी सडक बिहानैदेखि बन्द गराएका छन्। , ठेकेदारले समयमै बाटो नबनाएको बिरोधमा बिहान ७ बजेदेखि नै स्थानीयले सवारी आवागमन बन्द गराएका हुन्।, उनीहरूले बाटोमा ढुंगामुढा तेर्स्याएर यातायात अवरुद्ध पारेका छन्। उनीहरूको नारा छ ‘घरबेटीलाई नमस्कार, पिच गर्नेलाई...
सेतोपाटी संवाददाता सहकर्मीको हत्या गरी फरार भएका अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले ध्रुव भनिने मानकाजी श्रेष्ठलाई पक्राउ गरेको हो। व्युरोले मंगलबार साँझ उनलाई ललितपुर महानगरपालिका ५ थसीखेलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। , श्रेष्ठले २०५४...
सेतोपाटी संवाददाता वीर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।, उनीहरूले निरन्तर पेस गर्दा पनि आफ्ना मागहरू पूरा नभएको भन्दै अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन्।, पत्रमा अस्पतालले दसैंको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्...
विवेक राई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका लेखा अधिकृत ५२ वर्षीय राजाराम इटनीलाई मंगलबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखियो। त्यसपछि उनलाई हत्तपत्त परिवारले उनी कार्यरत अस्पताल महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्‍याए। , राजारामलाई अस्पताल पुर्‍याउँदा रातिको ३ बजेको थियो। त्यतिञ्जेल उनी होसमा थिएनन्। , अस...
सेतोपाटी संवाददाता लोक सेवा आयोगले रा.प. प्रथम र द्वितीय श्रेणी (सहसचिव र उपसचिव)को दरखास्त स्थगित गरेको छ।, तह ११ र ९ औं का बढुवा तथा खुला सबै विज्ञापनहरूमा दरखास्त लिने कार्य स्थगित गरिएको लोक सेवाले बुधबार सूचना निकालेर जानकारी दिएको हो।, आयोगका उपसचिव देवीप्रसाद सुवेदीका अनुसार सर्वोच्च अदालतले मंगलबार आयोगका नामम...
सेतोपाटी संवाददाता बुधबार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। , योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ। , त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ८४४ जना निको भ...
रासस त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ।, बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो।, विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप एक हजार ८ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार थप एक हजार ८ सय ७८ मा संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका एक हजार ५ सय ७०, भक्तपुरका एक सय १९ र ललितपुरका एक सय ८९ जना छन्।...
सेतोपाटी संवाददाता गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा फर्मासिस्ट पदमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणका कारण आज बिहान मृत्यु भएको छ।, राजविराज नगरपालिका २ निवासी २८ वर्षीय ती पुरुष कर्मचारीको अस्पतालले सञ्चालन गरेको साईकृष्ण मेडिकल भवनको आइसोलेसन केन्द्रमा बिहान मृत्यु भएको हो।, उनमा गत १५ गते कोरोना संक्रमण...
सेतोपाटी संवाददाता ६ वर्षीया बालिकालाई करणी गरी फरार भएका एक अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय सल्यानले कात्तिक ३ गते उनलाई पक्राउ गरेको हो। , उनलाई जिल्ला अदालत सल्यानमा बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, सल्यानको कालिमाटी गाउँपालिका–२ का नारायणप्रसाद कँडेलले २०६५ चैत १७...
सेतोपाटी संवाददाता प्रहरी चौकी ढुङ्ग्रेवास हिरापानी चेक प्वाइन्टले अवैधरूपमा काठमाडौं लैजाँदै गरेको पटका बुधबार बरामद गरेको छ।, राजविराजबाट काठमाडौं जाँदै गरेको बा ४ ख ५०६२ नम्बरको हायस गाडीबाट प्रहरीले पटका बरामद गरेको हो।, कमलामाई नगरपालिका-४ को हिरापानी चेक प्वाइन्ट इन्चार्ज प्रहरी नायब निरीक्षक विदुरचन्द्र अधिकारी...
सेतोपाटी संवाददाता नेपाल जेसिजको वर्ष २०२१ का लागि १७ पदका लागि ६७ जनाकाे उम्मेदवारी दर्ता भएकाे छ।, रुपन्देहीको तिलोत्तमा हुने ४७औं राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ६७ जनाकाे उम्मेदवारी दर्ता भएकाे हाे।,  आगामी पुस १ गतेदेखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमामा भलबारी जेसिजको आतिथ्यतामा महाधिवेशन  हुनेछ।, महाधिवेशनमा ...
सेतोपाटी संवाददाता सुर्खेतमा जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्।, वीरेन्द्रनगर नगरपालिका–७ इत्रामबाट जुवा खेलिरहेका र खेलाइरहेका सात जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले बुधबार बिहान १ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर–८ का जीवन सुनार, व...
सेतोपाटी संवाददाता काठमाडौंको एक गेष्ट हाउसमा युवती मृत फेला परेकी छन्।, बुधबार कोटेश्वरको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा एक युवती मृत फेला परेकी हुन्।, काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिकको हाउसको २०४ नम्बर कोठामा ती युवतीको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, मृतक ललितपुरकी २५ वर्षीया...
रासस शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन्।, आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलल...
सेतोपाटी संवाददाता कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा पाँच जना मजदुरको पहिरोले पुरिएर बुधबार मृत्यु भएको छ। , पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नम्बर ३ सखुवा भन्ने स्थानमा साँझ ५ बजे सुख्खा पहिरो खसेको हो।, सडक खन्ने क्रममा खसेको  सुख्खा पहिरोमा परी उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिका...
रासस धनुषाको बटेश्वर गाउँपालिका वडा नं ४ मा माटोको ढिस्कोले पुर्दा एक महिलाको मृत्यु भएको छ। , प्रहरी चौकी बटेश्वरका अनुसार आज बिहान माटोको ढिस्कोमा परी  ३५ वर्षीय सुनिता देवी रविदाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।, घाइते हुनेमा १४ वर्षीया मधुकुमारी ठाकुर र सोही उमेरका रिनादेवी ठाकुर रहेकी छन्। गम्भी...
एजेन्सी आतंकवादी संगठन अल-कायदाका संस्थापक ओसामा बिन लादेनको तीन पटक अन्तरवार्ता लिएका पत्रकार रोबर्ट फिस्कको निधन भएको छ।, ७४ वर्षको उमेर उनको पक्षघातबाट मृत्यु भएको आइरिस टाइम्सले जनाएको छ।, आइरिस टाइम्सका अनुसार घरमा विरामी परेका उनलाई शुक्रबार उपचारका लागि डब्लिनस्थित सेन्ट विन्सेन्ट अस्पतालमा भर्ना गरिएको थियो। त...
रासस पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने भएको छ।  , पहाडी क्षेत्रमा उक्त प्रणालीको प्रभाव बुधबार बेलुकासम्म कायम रहने बताइएको छ।, मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकामा बुधबारसम्म केही समय घाम लाग्ने र फेरि बदली हुने क्रम चलिरहने छ। , हाल प्र...
विवेक राई आइसियू र भेन्टिलेटर चाहिने कोरोना संक्रमितका लागि अस्पतालहरूमा बेड अभावको समस्या कायमै छ।, काठमाडौं उपत्यकाकै अधिकांश अस्पतालहरूमा गम्भीर अवस्थाका संक्रमितका लागि आइसियू र भेन्टिलेटर खाली छैनन्। , ललितपुरस्थित पाटन अस्पतालमा रहेको २७ बेडको आइसियू र २० वटा भेन्टिलेटर संक्रमितले भरिएका छन्।, अस्पतालका निर्देशक...
विवेक राई कोरोना भाइरस संक्रमणको जोखिम यथावत रहे पनि परीक्षण भने ह्वात्तै घटेको छ। सरकारले निश्चित समूह बाहेक अन्यको परीक्षण गर्दा शुल्क लाग्ने निर्देशिका जारी गरेसँगै कोरोना भाइरसको परीक्षण ह्वात्तै घटेको हो। , टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दैनिक १५ सय जनाको परीक्षण हुँदै आएकोमा अहिले भने औसत पाँच सय ज...
रासस बुवाआमाले सानैमा छाडेर गएपछि हजुरआमाको संरक्षणमा रहेका जुम्ल्याहा दाजुभाइको अभिभावक बनेर तनहुँकी एक शिक्षिकाले उदाहरणीय कार्य गर्दै आएकी छन्।  , भानु नगरपालिलका–२ रिठ्ठाबोट निवासी शिक्षिका जुनामाया कुमालले जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण सुनारको अभिभावक बनेर पढाइमा लाग्ने सबै खर्चमा सहयोग गर्दै आएकी हुन्।, सुस्त...
समिक्षा अधिकारी तनहुँ, बर्लाचीका दीपक ओझा कोरोनाबारे सचेत थिए। सावधानी पनि नअपनाएका होइनन्। जति नै पन्छिए पनि असोज ३० गतेदेखि उनलाई सामान्य ज्वरो देखा पर्‍यो। क्रमशः टाउको दुख्न थाल्यो।, मौसमी रुघाखोकीको समय भएकाले कोरोनाबारे शंका गरेनन्। कात्तिक ३ गते राती शौचालय जाँदा चक्कर लागेको महशुस गरे। के भयो भन्ने भेउ नपाउँदै...
सेतोपाटी संवाददाता आफूलाई प्रहरीले पक्राउ गर्न लागेकोले त्यसलाई रोकी पाऊँ भन्दै र्‍यापर गायक भिटेन भनेर चिनिने समिर घिसिङ उच्च अदालत पाटन पुगेका छन्।, पाटन उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार आफूलाई पक्राउ नगर्न प्रहरीलाई आदेश दिन भिटेनले माग गरेका छन्।, 'उहाँ पक्राउ नगर्न अन्तरिम आदेश दिनु भन्ने माग गर्...
सेतोपाटी संवाददाता निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन मंसिर २७ गते हुने भएको छ।, प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मंगलबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।, जसअनुसार कात्तिक २५ गतेदेखि निर्वाचन कार्यक्रम नसकिँदासम्म कर्मचारीको सरूवा वा काज सरूवा गर्न पाइने छैन।, ‘निर्वाचन सम्पन्न नभएसम्म निजाम...
सेतोपाटी संवाददाता काठमाडौंमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक भारतीय पक्राउ परेका छन्।, भारत घर भई काठमाडौं महानगरपालिका-१७ धोबिचौर डेरा गरी बस्ने ४५ वर्षीय मुजबिल अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।, बालिकालाई बलात्कार गरेको भन्ने खबर पाएपछि महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले अ...
सेतोपाटी संवाददाता सुर्खेत प्रहरीले ३० वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ। , ईलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले मंगलबार ती अभियुक्तलाई पक्राउ गरेको हो।, जिल्ला अदालतले २०४७ पुस २६ गते कैद सजायको फैसला गरेका मानबहादुर सुनारलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको हो।, उनीमाथि व्यक्तिलाई कुटपिट गरी अंगभंग ...
सेतोपाटी संवाददाता धादिङबाट काठमाडौं आइरहेको स्कार्पियो दुर्घटना हुँदा मंगलबार पाँच जना घाइते भएका छन्। , बा१५च ३५०४ नम्बरको स्कार्पियो नीलकण्ठ नगरपालिका-८ ससाहमा बिहान ८:४५ मा दुर्घटना भएको हो।, प्रहरीका अनुसार घाइते हुनेमा नीलकण्ठ नगरपालिका-३ का ३० वर्षीय विनोद खतिवडा, त्रिपुरा-सुन्दरी नगरपालिका-२ का ३४ वर्षीय सुरेन...
सेतोपाटी संवाददाता पाल्पामा तीन जना अपरिचित व्यक्तिले एक महिलामाथि कुटपिटपछि लुटपाट गरेर फरार भएका छन्। , सोमबार मध्यराति रामपुर नगरपालिका ८ ढकालचौपारीका ६९ वर्षीया मोहन कुमारी श्रेष्ठको घरमा लुटपाट भएको हो। , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीका अनुसार घरमा मध्यराति तीन जना अपरिचित व्यक्ति आएका थि...
भगवती पाण्डे आफ्नो धार्मिक संस्कार अनुसार बुवाको दाहसंस्कार गर्ने भन्दै दुई दिनसम्म शव डुलाउँदै हिँडेका अर्घाखाँचीका बाबुराम खनालले साढे चार महिनापछि बुवाको हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरेका छन्।, बाबुरामका बुवा ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते कोरोना संक्रमणका कारण मृत्यु  भएको थियो। ३० गते  नेपाली से...
सेतोपाटी संवाददाता दार्चुलामा एक प्रधानाध्यापकको शव फेला परेको छ। , मंगलबार बिहान शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शिवपुरीधाम नजिकै अन्दाजी ४० वर्षीय गोविन्द घरेडीको शव फेला परेको हो। , जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार उनको टाउकोमा चोट लागेको हो। , उनी बैतडी डिलाशैनी गाउँपालि...
सेतोपाटी संवाददाता सल्यानको भेरी नदी किनारमा एक पुरूषको शव फेला परेको छ।, सोमबार राति कुमाख गाउँपालिका-१ भित्री वन चौरस्थित भेरी नदीको किनारमा २७ वर्षीय पुरूषको शव फेला परेको हो।, मृतक जाजरकोट भेरी गाउँपालिका-४ का मधुबहादुर शाही हुन्। उनी करिब ९/१० दिन पहिले घरबाट निस्किएर बेपत्ता भएका थिए।, जिल्ला प्रहरी कार्यालय सल्...
युवराज श्रेष्ठ पोखराका सूर्यबहादुर केसीका तीन परिचय थिए: राजनीतिज्ञ, उद्योगपति र समाजसेवी।, पोखरामा यी तीनै क्षेत्रमा सायदै अरूले योगदान गरेका होलान्, जति सूर्यबहादुले दिएका छन्। उनै केसीको ६३ वर्षको उमेरमा सोमबार राति निधन भएको छ।, सूर्यबहादुर राजनीतिमा लामो समय ‘कन्जर्भेटिभ’ पार्टी राप्रपाका नेता बने, व्यवसाय र समाज...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका थप एक हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयले  मंगलबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , जसमध्ये ६ सय ४९ जना महिला छन् भने बाँकी ८ सय १९ जना पुरूष हुन्।, काठमाडौंमा ६५ हजार ७ सय ८८ जना ...
सेतोपाटी संवाददाता नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ।, पछिल्लो २४ घण्टामा मृतक थप २० मा कोरोना पुष्टि भएसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ४ पुगेको छ। , यसैबीच मंगलबार थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानका...
सेतोपाटी संवाददाता उच्च अदालत पाटनले  र्‍याप गायक भिटेन भनेर चिनिने समिर घिसिङलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।, पाटन उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले गीतसंगीतको विषयलाई लिएर पक्राउ नगर्न आदेश गरेको हो। , प्रहरीले आफूलाई पक्रिन लागेको भन्दै त्यसलाई अन्त...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ।, काठमाडौंको ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको विश्वकर्माको स्वास्थ्यमा आजदेखि क्रमिक सुधार आएको डाक्टरहरूले बताएका छन्।, विश्वकर्मालाई गत कात्तिक १ गते कोरोना संक्रमण देखिएको थियो।, कोरोना र निमोनियाका कार...
विवेक राई उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ कोरोनामुक्त भएपछि हेलिकप्टर चढेर काठमाडौंबाट गृह नगर फर्किएका छन्। , उनले आफू सोमबार बिहान ९ बजे कैलाश एयरको हेलिकप्टरबाट गृह नगर फर्किएको जानकारी दिए। , हेलिकप्टरको भाडा भने ठेकेदारहरूले तिरिदिएको मेयर श्रेष्ठले बताए। , उनले सेतोपाटीसँग भने, 'हेलिकप्टरको भ...
सेतोपाटी संवाददाता आज बुधबार त्रिभुवन विश्वविद्यालय बन्द हुने भएको छ।, त्रिवि केन्द्रीय कार्यालयलगायत देशभरका आंगिक क्याम्पस तथा कार्यालयहरूमा आज बिदा दिइएको हो।, त्रिविका पूर्वशिक्षाध्यक्ष प्राध्यापक डाक्टर राममान श्रेष्ठको निधनमा त्रिविले शोक बिदा दिएको हो। श्रेष्ठको असोज ३० गते निधन भएको थियो।, त्रिवि रजिष्ट्रारको ...
रासस किशोरी बलात्कारको आरोप लागेका जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहलाई पक्राउ गरिएको छ।, सिंहले सोही वडामा बस्ने १५ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै आफन्तले मुद्दा दर्ता गरेपछि पक्राउ परेका हुन्। ,      प्रहरी जवान सिंह चौकीबाट एकाएक सम्प...
सेतोपाटी संवाददाता झापाको दमकमा भोलि (बुधबार)देखि लागू हुनेगरी दैनिक १६ घण्टा लकडाउन हुने भएको छ।, नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी समन्वय समितिको आज बसेको बैठकले हरेक दिन बेलुका ४ बजेदेखि बिहान ८ बजे सम्म पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो।, नगरपालिकाकी प...
सेतोपाटी दाङको लमही नगरपालिकास्थित लमही अस्पताल मंगलबारदेखि सात दिनलाई बन्द गरिएको छ। , अस्पतालमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही कात्तिक २४ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा न्द भएको जनाइको छ। , अस्पतालका कर्मचारीमा गत सोमबार कोराना पुष्टि भएकाले उनीहरुको सम्पर्कमा रहेका कर्मचारीको...
एजेन्सी चीनमा पतिले बीच सडकमै पत्नीको कुटपिट गरी हत्या गरेका छन्। , शाङ्सी प्रान्तमा एक महिलालाई आफ्ना श्रीमानले बीच सडकमै कुटपिट गरी हत्या गरेका हुन्।, उक्त घटनाको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। , घटना अक्टोबर ३१ तारिखको हो। , भाइरल भिडिओमा बीच सडकमै उनले आफ्नी पत्नीलाई निर्मम तरिकाले कुटपिट गरेको देखि...
सेतोपाटी संवाददाता प्रदेश-२ का  मुख्यमन्त्री लालबाबु राउत विगत केही दिनदेखि होम आइसोलेसनमा छन्।, रुघाखोकी लागेपछि कोरोनाको शंका भएकाले मुख्यमन्त्री राउत एक सातादेखि होम आइसोलेशनमा बसेका हुन्।,   , अत्यावश्यक काम परेका कर्मचारी र निजी सचिवालयका व्यक्तिबाहेक अरु व्यक्तिसँग उनले भेटघाट गर्न छाडेका छन्। मुख्यमन्त्री राउतल...
सेतोपाटी संवाददाता बहुमूल्य नागमणि भन्दै दाङ घोराहीका एक व्यक्तिबाट झन्डै २ करोड रकम ठगी भएको छ। , दाङको  घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी  माधवप्रसाद घिमिरेलाई एक करोड ८९ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा दैलेख जिल्लाको  नौमुरे गाउँपालिका वडा नं. ४ निवास...
सेतोपाटी संवाददाता काभ्रेमा हत्या गरिएको अवस्थामा एक पुरूषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।, बनेपा नगरपालिका वडा नम्बर ११ सिनागालमा शनिबार दिउँसो सवा तीन बजे एक पुरूषको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनको शव वडा कार्यालयबाट ५ सय मिटर पश्चिम बाटोमुनि फेला परेको थियो। , अन्दाजी ३५/३६ ...
नारायण खड्का दाङको शान्तिनगर गाउँपालिकाले रोजगारीको सिलसिलामा भारत जान खोज्नेलाई सिफारिस दिएवापत प्रतिव्यक्ति पाँच सयका दरले असुलेको छ।, रोजगारीका लागि भारतको गोवा जान सिफारिस बनाउन गएका स्थानीय २३ वर्षीय सुनिल खड्कासँग आइतबार गाउँपालिका अन्तर्गत वडा नं. २ को वडा कार्यालयले पाँच सय रुपैयाँ असुलेको हो।, खड्का भारतको हो...
सविता बुढा दसैंअघि कैलालीको गोदावरी नगरपालिका- १२ ओलानीकी जुनकिरी महिनावारी भएकी रहिछन्। , बिहान साढे आठ बजे हामी उनको घरमा पुग्दा आमाले भनिन् - गड्बड्या खोला गएकी छ। , बस्ती मै छ त धारा! , 'त्यसमा त खानेपानी पनि कहिले कहिलेमात्र झर्छ,' जुनकिरीकी आमाले भनिन्,'पानीको दु:ख छ। महिनावारी भएकी छोरीलाई सफा हुन खोला पठाउनुपर...
सेतोपाटी संवाददाता गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोना संक्रमण देखिएको छ।, रूघाखोकीलगायत लक्षण देखिएपछि कात्तिक १४ गते स्वाब दिएका उनको रिपोर्ट आज पोजेटिभ आएको हो। , ‘दसैंलगत्तै रूघाखोकी र टाउको दुखाइपछि स्वाब दिँदा कोरोना पोजेटिभ पाइयो,’ उनले भने। , आफू गत बिहीबारदेखि नै होम आइसोलेसन बसेको सिडिओ ...
सेतोपाटी संवाददाता कुलेश्वरमा बैंकको एटिएम मेसिन फोडिरहेको अवस्थामा एक किशोर पक्राउ परेका छन्।, आइतबार राति सवा ११ बजे काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटिएम फोडिरहेको अवस्थामा एक किशोरलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा कैलाली टीकापुर घर भई बानेश्वर बस्ने १७ वर्षीय प्रज्वल खाँड छन्।, उनलाई ...
सेतोपाटी संवाददाता आफूलाई महानगरीय प्रहरी वृत्त, कालीमाटीका डिएसपी भनेर आफ्नै दाइलाई धम्क्याउने भाइ पक्राउ परेका छन्। , वृत्तले आइतबार बिहान पौने १२ बजे नक्कली डिएसपी बनेका सर्लाही रामनगर गाउँपालिका ६का बब्लु झालाई पक्राउ गरेको हो। , बब्लु झाले आफू कालीमाटी वृत्तका डिएसपी बनेर बानेश्वर बस्ने आफ्ना दाइ चन्दु झालाई फोन ...
प्रशन्न पोखरेल गोरखाको बाह्रकिलोमा आज बिहान स्थानीय बासिन्दाले कालोपत्र सडक उप्काइदिए।, आइतबार यो सडक कालोपत्र गरिएको थियो।, राम्रोसँग सेट भइनसकेको कालोपत्र स्थानीयले हातले चपरी चपरी निकालेका हुन्। , मानिस हिँड्दा पनि कालोपत्र उप्केकोले यो सडक दीर्घकालीन नहुने भन्दै स्थानीयले विरोध गरेका हुन्।, गोरखास्थित एघारकिलो-छेप...
सेतोपाटी संवाददाता काभ्रेका प्रमुख जिल्ला अधिकारी(सिडिओ) शिवराम पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। , सोमबार सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईले सूचना जारी गर्दै सिडिओ पोखरेललाई कोरोना संक्रमण देखिएको पुष्टि गरेकी हुन्। , उनले सिडिओमा संक्रमण देखिएको हुँदा कार्यालयको सेवा स्थगन गर्ने जानकारी गराएकी ...
राजेश घिमिरे गत मे २५ मा भारतको वन्यजन्तु ट्रष्टले ट्वीटरमा घडियाल गोहीको फोटो पोष्ट गर्दै लेख्यो -तपाईं सायद लकडाउनमा हुनुहुन्छ होला तर यो घडियाल गोहीले ११०० किलोमिटरको यात्रा गरेको छ।’, भोलिपल्ट भारतको अंग्रेजी दैनिक ‘द इन्डियन एक्सप्रेस’ले यही ट्वीटको आधारमा घडियाल गोहीको यात्राबारे समाचार बनायो। , मे महिनाको १७ ता...
सेतोपाटी संवाददाता सोमबार थप २ हजार ९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ९३३  जनामा संक्रमण भएको हो। , योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ। , त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार १ सय ५० जना निको भइ...
सेतोपाटी संवाददाता कछुवा बेचबिखन गर्न खोज्ने पाँच जना पक्राउ परेका छन्। , महानगरीय अपराध महाशाखाको टोलीले कछुवाको विक्री गर्न खोज्ने पाँच जनालाई आइतबार साँझ पाँच बजे पक्राउ गरेको हो। , कछुवा विक्रीवितरण गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा रामेछापका २...
सेतोपाटी संवाददाता लकडाउनको बेला विभिन्न प्रलोभन देखाई अनलाइनमा गेम्लिङ र बेटिङ (जुवा) खेलाएर ५० लाख ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , प्रहरीले प्यूठान नौवाहिनी गाउँपालिका-४ घर भई ललितपुर झम्सिखेल बस्ने ३८ वर्षीय डुबलाल घर्तीमगर र इमाडोल बस्ने नौवाहिनीकै २० वर्षीय सुनिल पुनमगरलाई पक्राउ गरेको हो। , घर...
सेतोपाटी संवाददाता संखुवासभाको मकालु गाउँपालिका-५ मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। , उक्त स्थानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाका कार्यरत् सिमरा जितपुर उप-महानगरपालिकाका ३६ वर्षीय समबहादुर योञ्जन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। , आइतबार राति ११ बजे फाक्सिन्दा दोभानबाट बालुवा लिएर फर्कंदै ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका थप एक हजार ६ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , जसमध्ये ७ सय २ जना महिला छन् भने बाँकी ९ सय २८ जना पुरूष हुन्।, काठमाडौंमा ६४ हजार ५ सय ४६ जना कोर...
समिक्षा अधिकारी त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभाग प्रमुख डम्बर चेम्जोङलाई हामीले अघिल्लो वर्ष भेटेका थियौं। छ महिनाअघि मात्रै विभाग प्रमुख भएका उनले त्यतिबेलै विभागको मुहार फेरेका थिए।, खण्डहर भइसकेको विभाग भवनलाई उनले आकर्षक बनाए। कक्षाकोठा रंगरोगन, आरामदायी डेस्क-बेन्च, व्यवस्थित पुस्तकालय र पठन सामग्री, सफा ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा भिडभाड गरी खाना खुवाउने अभियान रोकेको छ। कोरोना भाइरस सिर्जित लकडाउनयता विभिन्न संस्था र अभियन्ताहरूले खुलामञ्च, पशुपति लगायत सार्वजनिक स्थलमा खाना खुवाउँदै आएका थिए। , महानगरको यस किसिमको निर्णयको सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ।, पछिल्लो समय लकडाउन ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पिसिआर मेसिन हस्तान्तरण गरेको छ। , काठमाडौं महानगरपालिकासँग भागिनी सम्वन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुईमध्ये एक थान पिसिआर मेसिन कान्ति बाल अस्पताललाई आज हस्तान्तरण गरेको हो।, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा ...
सेतोपाटी संवाददाता मिर्गौलाको समस्या रहेका एक चिकित्सकको वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको छ।, सोही अस्पतालमा मेडिकल अफिसरका रुपमा कार्यरत डाक्टर अशोक कुशवाहको आइतबार मृत्यु भएको हो। , डा. कुशवाहा मिर्गौलाको समस्याका कारण करिब एक वर्ष देखि बिदामा थिए। ६ महिना देखि उनले नियमित डायलासिस गराउँदै आएका थिए।, नाराय...
सेतोपाटी नेपालीहरूको दोस्रो महान् पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ। , विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसीभैलो नखेल्न भनेको हो। ,  , प्रशासनले सक्रिय सङ्क्रमित बढ...
खिलानाथ ढकाल भारत सिक्किम र गोवा तथा श्रीलंकाको क्यासिनोमा अनलाइनमार्फत् क्यासिनो खेलाएर नेपालीलाई ‘टाट’ पल्टाउने गिरोहका दुई नेपाली ‘एजेन्ट’ आइतबार पक्राउ परे। , महानगरीय अपराध महाशाखाको टोलीले प्यूठान नौवाहिनी गाउँपालिका-४ घर भई ललितपुर झम्सिखेल बस्ने ३८ वर्षीय डुबलाल घर्तीमगर र इमाडोल बस्ने नौवाहिनीकै २० वर्षीय सुन...
सेतोपाटी बैतडीमा ढंङ्गाले लागेर एक महिला मजदूरको मृत्यु भएको छ। , मृत्यु हुनेमा पाटन नगरपालिका ८ खोडपेका  ४० वर्षीया कौशा विष्ट रहेका छन्। , खोडपे–सौखाया सडकखण्डको खोल्देखाली भन्ने स्थानमा गिट्टी निकालिरहकी कौशाको माथिबाट आएको ढुङ्गाले लागेर मृत्यु भएको स्थानीय कृष्ण विष्टले जानकारी दिए।, गम्भीर घाइते कौशाको उपचारको ल...
सेतोपाटी संवाददाता बाँकेमा कोरोना संक्रमणबाट एक जना वडा सदस्यको मृत्यु भएको छ। , नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ की वडा सदस्यको मृत्यु भएको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। , नेपालगञ्ज २ घरबारी टोल निवासी ६७ वर्षीया महिला वडा सदस्य शान्तिदेवी परियारको सोमबार बिहान साढे बजेतिर भेरी अस्पताल नेपालगञ्जमा म...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रले आज मंगलबार दिनभर विद्युत आपूर्ति बन्द गर्ने भएको छ।, बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म विद्युत आपूर्ति बन्द गर्ने केन्द्रले जानकारी दिएको छ।, जोरपाटी वितरण केन्द्रको मुलपानी स्वचिङ्गबाट सञ्चालित साँखु फिडरको मुलपानी ब्रह्मखेल सडक खण्डको पोल सिफ्टिङ गर...
सेतोपाटी संवाददाता कोरोना भाइरस संक्रमणबाट नेपालमा चार जना पत्रकारको मृत्यु भएको छ।, नेपाल पत्रकार महासंघको तथ्यांकअनुसार चार पत्रकारको मृत्यु भएको छ भने अहिलेसम्म चार सय भन्दा बढी पत्रकार संक्रमित भइसकेका छन्।, उच्च जोखिमका साथ रिपोर्टिङमा खटेका पत्रकारको निःशुल्क पिसिआर परीक्षण र उपचाररत सबै संक्रमित पत्रकारको उपचार...
सेतोपाटी संवाददाता ललितपुरबाट साढे ११ लाख रुपैयाँसहित १८ जना जुवाडे पक्राउ परेका छन्। , प्रहरीले शनिबार राति महालक्ष्मी नगरपालिका-७ चाङ्गाथलीबाट १८ जनालाई पक्राउ गरेको हो। , महानगरीय प्रहरी परिसरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनीहरू शंकर बस्नेतको दुई तले पक्की घरमा जुवा खेलिरहेका थिए। , प्रहरी निरीक्षक...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले आफ्ना कर्मचारीसँग हाजिर हुनु पहिले पिसिआर परीक्षणको रिपोर्ट मागेको छ।, कोरोना संक्रमण देखिएका कर्मचारीले हाजिर गर्नु पहिले कोरोना नेगेटिभ आएको रिपोर्ट देखाउन त्रिवि रेक्टर कार्यालयले भनेको हो।, त्रिवि रेक्टर कार्यालय अन्तर्गत अनुसन्धान निर्देशनालयले आइतबार कार्यालय पुगेका कर...
सेतोपाटी संवाददाता जुवातास खेलिरहेको अवस्थामा पूर्वराज्यमन्त्री खोवारी रायसहित १० जना पक्राउ परेका छन्। , शनिबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१५ स्वयम्भू फेमली क्वार्टर नजिकबाट पूर्वराज्यमन्त्रीसहित १० जनालाई पक्राउ गरेको हो।, महानगरीय प्रहरी वृत्त, स्वयम्भूले पाएको गोप्य सूचनाको आधारमा प्रहरीले साइँली तामाङको घ...
सेतोपाटी संवाददाता कोरोनाभाइरस संक्रमण देखिएका नेपाली कांग्रेस बाराका महासमिति सदस्य मेदनी महतो धानुक (मदन मण्डल) को मृत्यु भएको छ।, बारा आदर्शकोटवाल गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय मण्डलको आज बिहान मृत्यु भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।, श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं ...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईलाई धम्की दिने विप्लव समूहकी जिल्ला सेक्रेटरी पक्राउ परेकी छन्। , प्रहरीले विप्लव समूहका ललितपुरकी सेक्रेटरी ३५ वर्षीया सविता अधिकारी (विदुषी)लाई शनिबार पक्राउ गरेको हो। , उनलाई ललितपुरको मंगलबजार क्षेत्रबाट पक्...
सेतोपाटी संवाददाता स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पताल टेकुमा भर्ना हुने कोरोना संक्रमित बिरामीको लागि उपचार शुल्क तालिका सार्वजनिक गरेको छ। , सार्वजनिक शुल्क गत शुक्रबारदेखि लागू भएको हाे। भेन्टिलेटर आवश्यक पर्ने जटिल अवस्थाका कोरोना संक्रमितलाई आइसियूमा भर्ना गर्न ५० हजार धरौटी बुझाउनु पर्न...
सेतोपाटी संवाददाता तीनकुनेको पुलमुनि एक पुरूषको शव फेला परेको छ। , आइतबार दिउँसो अन्दाजी साढे दुई बजे तीनकुनेस्थित खोलामा एक पुरूषको शव फेला परेको हो। , महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरका अनुसार ती पुरूषको पहिचान भइसकेको छैन। , 'आन्दाजी ३०-३२ वर्षका पुरूष हुन्। उनको शरीरमा त...