content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता धरान-२ की ३८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् उनको सोमबार बिहान पौने ६ बजे मृत्यु भएको हो।, प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनी आइतबार राति ११:५० मा भर्ना भएकी थिइन्।, ज्वरो, खोकी, श्वासप्रश्वासमा सम...
सेतोपाटी संवाददाता गृहमन्त्री रामबहादुर थापाले बलात्कार घटनामा मेलमिलाप गराउने, पञ्चायती बस्ने कार्यमा संलग्नहरूलाई पनि मतियारको रूपमा पक्राउ गरी कारबाही गर्न मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको बताएका छन्। , बलात्कारका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सोमबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएको अखिल नेपाल ...
सेतोपाटी संवाददाता सोमबार काठमाडौं उपत्यकामा थप ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार उपत्यकामा थप ८ सय १७ जनामा संक्रमण पुष्टि भएको हो। , त्यसमध्ये काठमाडौंका ६ सय ४९ जना, भक्तपुरका ३६ जना र ललितपुरका १ सय ३२ जना छन्। , पछिल्लो २४ घण्टामामात्रै नेपालमा थप १...
सेतोपाटी संवाददाता सरकारले कृषि अनुसन्धान परिषद (नार्क)को कार्यकारी निर्देशकमा डाक्टर दीपककुमार भण्डारीलाई नियुक्त गरेको छ।, आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रूपन्देहीका भण्डारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो।, मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सोमबार सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले नार्कको ...
राजेश घिमिरे भरतपुर महानगरपालिकाले करिब डेढ दर्जन योजनाहरूलाई गौरबका आयोजना भनेर प्रचार गर्ने गरेको छ।, ती योजनामध्ये नारायणी नदीको किनारलाई ‘सी बीच मोडल’मा व्यवस्थित बनाएर पर्यटकीय गन्तव्य बनाउने पनि हो।, नारायणगढस्थित नारायणी नदीको पुलमा उभिएर दायाँतर्फ हेर्दा महानगरले त्यही योजनाका साथ लाखौं रूपैयाँ खर्च गरिसकेको द...
सेतोपाटी संवाददाता सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।, सेती प्रादेशिक अस्पतालमा आइसियूमा उपचाररत् धनगढीकी-१ की ६३ वर्षीया संक्रमित महिलाको सोमबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।, उनी श्वासप्रश्वासमा समस्या आएपछि असोज ७ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन्।, तर...
नारायण खड्का सल्यानका एक वडाध्यक्ष दुई दिनदेखि घर नफर्किएपछि अपहरणमा परेको आशंका गरिएको छ।, कर्णाली प्रदेशका डिआइजी वसन्तराज पन्तले शारदा नगरपालिका- १३ का वडाध्यक्ष तुलसीराम रावत आइतबारदेखि घर नर्फिएपछि परिवारजनले अपहरणमा परेको आशंका व्यक्त गरेको सेतोपाटीलाई बताए।, ‘उहाँले हिजो छोरालाई फोन गरेर म जिल्लामै बस्छु भन्नु...
सेतोपाटी संवाददाता संघीय राजधानी काठमाडौंको सुरक्षाका लागि अब ‘संघीय राजधानी प्रहरी’ गठन हुने भएको छ। , नेपाल प्रहरी र संघीय प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण भएसँगै यस्तो व्यवस्था हुने भएको हो। ,  , सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी उक्त अध्यादेश प्रमाणीकर...
भगवती पाण्डे प्रदेश ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका थ्रिडी भर्चुअल टुर गाइड एप्लिकेशन सम्वन्धी विवादास्पद कागजात अख्तियारले नियन्त्रणमा लिएको छ।, काम सम्पन्न नगरी भुक्तानी दिएको समाचार सेतोपाटीमा ,आइतबार सार्वजनिक भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले सोमबार कागजात नियन्त्रणमा लिएको ह...
सेतोपाटी संवाददाता झापामा एक वृद्धा मृत फेला परेकी छन्। , गौरादह नगरपालिका-१ की ६५ वर्षीया मनमाया भण्डारीको आफ्नै घरमा खाटमुनि शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी राकेश थापाले जानकारी दिए।, सोमबार दिउँसो साढे ४ बजे घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेको थियो।, 'घरमै मृत अवस्थामा वृद्धाको...
सेतोपाटी संवाददाता जाजरकोटका एक कोरोना संक्रमितको सोमबार बाँकेमा मृत्यु भएको छ। , जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका वडा नं. ५ गर्खाकोट निवासी ७६ वर्षीया महिलाको अस्पताल नपुग्दै मृत्यु बाटोमै मृत्यु भएको छ। , होम आइसोलेसनबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्नाका लागि लैजाने क्रममा ती महिलाको बाटोमै...
रुमा रिजाल बिराटनगर महानगरपालिकाले असोज १५ देखि लिने भनिएको कक्षा ११ को परीक्षा स्थगित भएको छ।, विभिन्न राजनीतिक दल, विद्यार्थी र अभिभावकले परीक्षा रोक्न चौतर्फी दबाब दिएपछि महानगरले परीक्षा स्थगित गरेको मेयर भिम पराजुलीले बताए।, परीक्षा सञ्चालनका लागि बिराटनगरमा अझै वातावरण बन्न नसकेकाले जिल्लास्तरीय क्राइसिस म्यानेज...
सेतोपाटी संवाददाता रौतहटको गढीमाई नगरपालिका-३ गम्हरियाकी ३५ वर्षीया मिन्त्रादेवी बैठाको हत्या जग्गा विवादका कारण भएको खुलेको छ। , जिल्ला प्रहरी कार्यालय रौतहटले उनको हत्या जग्गा विवादका कारण भएको प्ररम्भिक निष्कर्ष निकालेको हो। उनको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा सोही ठाँउका ४०...
सेतोपाटी वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँग ठगीमा संलग्नलाई पक्राउन गर्न सहयोग मागेको छ। , नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय  सञ्चालन भइरहेको गुनासोका आधारमा विभागले अध्ययन गर्दै ठगीमा व्यक्तिलाई पकाउ गर्न सहयोग मागेको हो। , विभागले गरेको प्रारम...
सेतोपाटी संवाददाता खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षका लागि घोषित पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवै रद्द गर्ने निर्णय गरेको छ।, दुवै पुरस्कारमा उत्पन्न विवादपछि सोमबार बसेको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।, 'सम्मानित र पुरस्क...
सेतोपाटी वडाध्यक्षलाई हातपात तथा कुटपिट गरेको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न मानेको छैन् ।, बारा जिल्लाको सुवर्ण गाउँपालिका–५ का वडाध्यक्ष राम एकवाल साहलाई स्थानीय केही युवाले हातपात र कुटपिट गरेको विषयमा जिल्ला प्रहरी कार्यालय बारामा मुद्दाको जाहेरी दिन जाँदा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको वडाध्यक्षको आरोप छ। ...
सेतोपाटी संवाददाता विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले सरकारले तोकेकोभन्दा साढे चार सय रुपैयाँ कम शुल्कमा पिसिआर परीक्षण सुरू गरेको छ। , राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति पाएसँगै नोबेलले सरकारले तोकेकोभन्दा सस्तो मूल्यमा पिसिआर परीक्षण सुरू गरेको हो। , सरकारले निजी अस्पतालका लागि दुई हजा...
एजेन्सी इरानमा कोरोना भाइरसको महामारीको तेस्रो चरण सुरू भएको छ।, सरकारी अधिकारीहरूले देशको ३२ प्रान्तलाई खतरापूर्ण क्षेत्रका रुपमा घोषणा गरिएको जानकारी दिएका छन्।, मध्यपूर्वका देशमध्ये इरान कोरोना भाइरसको महामारीबाट धेरै प्रभावित देशमा पर्दछ। , यहाँ आइतबार थप १९५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ।  , इरानमा क...
रासस राजधानीका स्थानीय तहमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपणका लागि वितरण अभियान तीव्र भएको छ।, गुर्जोका बिरुवा निःशुल्क बाँड्दै आएका आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवटले सोमबार राजधानीका तीन स्थानीय तह र त्रिभुवन विश्वविद्यालयका चार विभागमा बिरुवा हस्तान...
रासस खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ।, कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गर...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणको लैनचौर सबस्टेशनको प्यानल बोर्डमा मुसा पसेपछि काठमाडौंका मुख्य क्षेत्रमा विद्युत आपुर्ति रोकिएको छ।, नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै लैनचौर सबस्टेशनबाट विद्युत आपुर्ति हुने बागबजार, नारायणहिटी दरबार, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, पानीपोखरी, गैह्रीधारा, ठमेल,  साम...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकालगायत मोरङ, चितवन र सुर्खेतमा संक्रमणको उच्च जोखिम रहेको भन्दै ती ठाउँमा ६० वर्ष उमेर पुगेका व्यक्तिलाई घर बाहिर ननिस्कन अपिल गरेको छ। , मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती ठाउँमा संक्रमणको जोखिम उच्च रहेको भन्दै ६० वर्ष पुगेका, रक्तचाप, मध...
भगवती पाण्डे प्रदेश ५ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले काम सम्पन्न नै नगरी ७५ लाख रुपैयाँ भुक्तानी गरेको छ।, ललितपुरको सानेपामा कार्यालय रहेको पिकासो इन्फो डेभलपर्स सट्याक जेभीलाई काम नै पुरा नगरी मन्त्रालयले ठेक्काको ९३ प्रतिशतभन्दा बढी रकम भुक्तानी दिएको हो।, मन्त्रालयले प्रदेश ५ भित्रका प्रमुख पर्यटकीय...
साउथ चाइना मर्निङ पोस्ट कोरोना भाइरसका कारण अधिकांश अन्तर्राष्ट्रिय ओहोरदोहोर ठप्प भएको छ। यस्तोमा एक अस्ट्रेलियन प्राविधिक कम्पनीले भावी हवाइ यातायात कसरी सहज र सुलभ हुनेछ भनेर झलक दिनेगरी 'स्मार्ट  प्यासेन्जर कियोस्क'को अवधारणा बाहिर ल्याएको छ।, कियोस्क एक सानो उपकरण हो जसले आर्टिफिसियल इन्टेलिजेन्स (रोबोट) मा आधारि...
द गार्डियन फिनल्यान्डको हेल्सिन्की एयरपोर्टमा कुकुरहरूबाट गरिएको कोरोना भाइरस परीक्षण नतिजा 'लगभग शतप्रतिशत सही आएको' अनुसन्धाताहरूले बताएका छन्।, हेल्सिन्की एयरपोर्टले तालिमप्राप्त कुकुर प्रयोग गरेर कोरोना परीक्षण सुरू गरेको हो। ती कुकुरले यात्रुको पसिनाको गन्ध सुँघ्छन् र त्यसै आधारमा संक्रमण छ कि छैन पत्ता लगाउँछन्।...
रुमा रिजाल सुनसरीको बराहक्षेत्र नगरपालिका– १ कटहरेकी १२ वर्षीया बालिका मिना राई लाई सोही ठाउँका १५ वर्षीय रञ्जीत राईले बलात्कारकाे प्रयासपछि हत्या गरेको खुलेको छ।, बलात्कारकाे प्रयास गर्दा प्रतिकार गरेपछि रञ्जितले मिनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।, शुक्रबार राति हत्या गरिएको अवस्थाम...
सेतोपाटी संवाददाता प्रदेश ५ मा भिडिओ कन्फरेन्समार्फत अभियुक्तहरुको म्याद थप्ने प्रक्रिया सुरु भएको छ। , प्रदेश ५ अन्तर्गतका १२ जिल्ला प्रहरी कार्यालय र सो मातहतमा मुद्दा चल्ने ४० वटा इकाईहरुमा अनुसन्धानको सिलसिलामा पक्राउ परेका अभियुक्तहरुको भिडिओ कन्फरेन्समार्फत म्याद थप्न थालिएको छ।,  , ५ नम्वर प्रदेश प्रहरी कार्याल...
सेतोपाटी संवाददाता बारामा बसको ठक्करबाट स्कुटरमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ।, आइतबार दिउँसो साढे ४ बजे जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित पुर्वपश्चिममा ना ४ ख ७२४४ नम्बरको बसले प्रदेश न २-०३-००४ प ४४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।, निजगढबाट पथलैयातर्फ जाँदै गरेको बसले निजगढतर्फ आउँदै गरेको स्कुट...
सेतोपाटी कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन्। , सहकारीको अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको हो।, जिल्लाको सौराहासँगै पर्यटकीय क्षेत्रहरूमा होटल सञ्चालकहरूसँग हात्ती रहेका छन्। सौराहामा हात्तीको सङ्ख्या ७० हाराहारी छ। चितव...
रासस टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८२५ पुगेको छ।, काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८२५ पुगेको हो। , वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना सङ्क्रमित भेटिएका छन्।, वडा नं २ मा ५१, वडा नं ४ मा ...
सेतोपाटी संवाददाता ३४ वर्षअघि हत्या गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन्।, प्रहरीले लिशंखुपाखर गाउँपालिका-७ बस्ने ५७ वर्षीय फुर्पा तामाङलाई आइतबार सवा २ बजे पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपालचोक र प्रहरी चौकी लामो साँघुबाट खटिएको टोलीले पक्राउ गरेको हो।, तामाङ र उनका दाइले २०४३ साल असोज २० गत...
विवेक राई भदौ पहिलो सातासम्म वीरगन्जमा १४ सय बढी कोरोना भाइरसका सक्रिय संक्रमित थिए। तीमध्ये पनि ९ सय बढी संक्रमित त घरमै 'होम आइसोलेसन' मा बसिरहेका थिए। , दुईटा कोभिड अस्पतालमा नयाँ संक्रमित भर्ना गर्ने ठाउँ थिएन। दैनिक दुई-तीन जना संक्रमितको मृत्यु हुँदै गर्दा वीरगन्ज दिनदिनै थिलथिलो हुँदै गएको थियो।  , त्यही बेला...
खिलानाथ ढकाल बझाङ मष्टा गाउँपालिका-२ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिले एक महिनाअघि अर्की बालिकालाई बलात्कार गरेको खुलेको छ। , कामीको बलात्कारपछि हत्यामा पक्राउ परेका १८ वर्षीय राजेन्द्र बोहोरासँगको अनुसन्धानबाट प्रहरीले अर्को बलात्कार घटनाको तथ्य फेला पारेको हो।, सम्झनाको बलात्कारपछि हत्...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय नुवाकोटले नेपाल पत्रकार महासंघका जिल्ला सचिव जगदिश खनाललाई पक्राउ गरेको छ।, नुवाकोटकै पत्रकार शिव देवकोटामाथि सांघातिक आक्रमण गरेको आरोपमा आइतबार पक्राउ परेका खनाललाई हिरासतमा राखिएको छ। , ‘सचिव खनाललाई पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक तुलबहा...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत औषधि व्यवस्था विभागले विषाक्त रसायन मिश्रित ह्यान्ड सेनिटाइजर विक्री वितरणमा रोक लगाएको छ। , राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको सेनिटाइजरको नमूना परीक्षणमा विषाक्त रसायन मेथानल मिश्रण गरेको भेटिएकोले मानव स्वास्थ्यमा हानी पुर्‍याउने भन्दै विभागले त्यस्ता सेन...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही सवार स्कुटीलाई माइक्रोले ठक्कर दिएको छ।, स्कुटीमा सीतापाइलाबाट अनामनगर जाँदै गरेका स्नेहीलाई सोमबार बिहान पौने ८ बजेतिर माइक्रोले टेकुमा ठक्कर दिएको हो। उनी घाइते छन्।, स्नेहीको नर्भिक अस्पतालमा उपचार भइरहेको नेविसंघ पूर्वकेन्द्रीय सदस्य पवन नेपालीले जानक...
सेतोपाटी संवाददाता चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ।, आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना पुष्टि भएको हो।, प्रहरी उपरीक्षक नान्तिराज गुरूङले संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको जानकारी दिए। उनीहरू...
रासस बर्दियामा कोरोना भाइरसको संक्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा सवारीसाधन सञ्चालन गर्न जोरबिजोर प्रणाली लागू गरिने भएको छ। , प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ गतेदेखि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।, जोरबिजोर प्रणालीसँगै जिल्लाका सबै पसलहरू शनिबार पूर्ण...
सेतोपाटी संवाददाता नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण देखिएको छ।, आइतबार स्वाब परीक्षणका लागि दिइएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको ढकालले जानकारी दिएका छन्।, तर आफूलाई स्वास्थ्यमा खासै समस्या नरहेको उनको भनाइ छ।, ‘आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ आयो,’ उनले भने, ‘तर मलाई...
सेतोपाटी औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ।, विभागले बजारमा विक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ ...
रासस कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ।, नगर उपप्रमुख जानकी ऐर बमको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो।, बैठकले सोही दिनदेखि स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सर...
राजेश घिमिरे चितवनमा बाघको आक्रमणबाट पुन: एक जनाको मृत्यु भएको छ।, पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा सोमबार बिहान बाघको आक्रमणबाट रत्ननगर नगरपालिका-६ बछ्यौलीका अन्दाजी ५५/६० वर्षीय बबना चौधरीको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।, बिहान ९ बजे घाँस काट्न पुगेका उनलाई ...
नारायण महर्जन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली विक्री कक्षबाट प्रतिकेजी ६० रुपैयाँमा प्याज सर्वसाधारणलाई विक्रीवितरण गर्न सुरू गरेको छ।, सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई विक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज विक्री गर्न थालेको हो। खाद्यले गत शुक्रबारदेखि ...
सेतोपाटी रौतहटको देवाही गोनाही नगरपालिकामा एक महिलाको हत्या भएको छ। , उनका श्रीमान्को अवस्था गम्भीर छ। , देवाही गोनाही–५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण हुँदा जगरामी मृत्यु भएको प्रहरीले जनाएको छ। , चार जनाको समूहमा आएका व्यक्तिले धारिलो हतियारले प्रहार गर्दा घाइते भएका तिवारी दम्पतीलाई उपचा...
सेतोपाटी मकवानपुरमा विभिन्न घटनामा शनिबार सात जनाको मृत्यु भएको छ । , शनिबार  हेटौंडा ९ का ७४ वर्षीय वृद्धको कोरोनाका कारण ज्यान गएको छ भने रेबिजका कारण ५९ वर्षीय एकजना पुरुषको मृत्यु भएको छ। , यस्तै खोलाले बगाउँदा विभिन्न स्थानमा तीन जनाको ज्यान गएको छ भने दुई फरकफरक स्थानमा भएको मोटरसाइकल दुर्घटनामा थप दुई जनाको मृत...
विनोद सापकोटा बाह्रदशी गाउँपालिकामा विकास निर्माणका कामले गति लिएको छ। कोरोना कहरकाबीच पनि गाउँपालिकामा सञ्चालित विकासका ठूला आयोजना अघि बढाइएको छ। गाउँका सडक, पुल, कल्भर्ट लगायतका पूर्वाधार धमाधम निर्माण हुन थालेपछि सर्वसाधरण पनि खुसी देखिएका छन्।, बाह्रदशी गाउँपालिकाको गौरवको आयोजना उज्यालो बाह्रदशीको काम सम्पन्न भए...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरूलाई आफू कार्यरत रहेको विद्यालयमा तत्काल पुग्न निर्देशन दिएका छन्।, कोरोनाभाइरस महामारीका कारण अहिले नै भौतिक रूपमा विद्यार्थी उपस्थित गराएर पठनपाठन गर्न सकिने अवस्था नरहे पनि वैकल्पिक विधिको सिकाइका लागि शिक्षक विद्यालयमा उपस्थित हुनुप...
सेतोपाटी संवाददाता अनुशासन उल्लंघन गरेको कसुरमा अफ्रिकाको कंगोमा खटिएको नेपाली सेनाका अधिकृत र जवानमाथि छानविन सुरू गरिएको छ। , शान्ति स्थापनार्थ खटिएको गणमा सैनिक आचरण र मर्यादाविपरीत कार्य भएको घटनामा सेनाले ‘कोर्ट अफ इन्क्वायरी’ सुरू गरेको हो। , घटना छानविनको लागि ज्येष्ठ सेनानीको (मेजर) नेतृत्वमा छानविन थालिएको सै...
रासस काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ।, कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन्।, पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन्।, काभ्रेपलाञ्चोकको पा...
एजेन्सी भारतको पश्चिम बंगाल सरकारले कोरोना भाइरस महामारीका कारण बन्द रहेका सिनेमाघरलाई अक्टुबर १ देखि खोल्न दिने निर्णय गरेको छ।, राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले ट्विट गर्दै सोको जानकारी दिएकी हुन्।, निर्णय अनुसार सिनेमाहलका अलावा रंगमञ्च, संगीत, नृत्य तथा जादूसम्बन्धी क्रियाकलाप गर्ने अनुमति पनि दिइएको छ।, यस्तै ...
सविता बुढा बझाङमा मृत फेला परेकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।, प्रहरी स्रोतले दिएको जानकारीअनुसार बालिकाको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखाएको हो।, जिल्ला अस्पताल बझाङले प्रहरीलाई शनिबार दिएको पोस्टमार्टम रिपोर्टमा योनाङ्गमा घाउ भएको देखाएको हो।, तर ...
सविता बुढा कोरोनाभाइरस महामारीले गत चैतदेखि बन्द रहेका कैलालीका विद्यालयमा पठनपाठनको तयारी गरिएको छ।, यहाँका स्थानीय तहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सिकाई सहजिकरण निर्देशिकाअनुसार पठनपाठन गर्ने तयारी सुरु गरेका हुन्।, दुर तथा खुला शिक्षालगायतका प्रणालीलाई तत्कालका लागि सिकाई सहजीकरण प्रणालीका र...
रासस भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विभिन्न निकायबाट हुने कमजोरीमा समेत सरकारलाई दोषी देखाउने कार्य भइरहेको बताएका छन्।, सरकार प्रत्यक्षरूपमा नजोडिएका क्षेत्रमा समेत सरकारलाई नै जिम्मेवार देखाई बद्नाम गर्न खोज्ने काम भइरहेको मन्त्री नेम्वाङको भनाइ छ।, जिल्ला समन्वय समिति पाँचथरले शनिबार फिदिमम...
एजेन्सी भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ।, सिंहको आइतबार विहान ८२ वर्षको उमेरमा निधन भएको हो। उनी लामो समयदेखि विरामी रहँदै आएका थिए।, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन्। , सिंह भारतको सत्तारूढ  दल भारतीय जनता पार्टी(भाजपा)का संस्थापक सदस...
रासस झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ।, नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा ती पुरूषको मृत्यु भएको हो।, उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए।, आज कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्कार गरिने उनले बताए।, हालसम्...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले 'पैदल यात्रुलाई फुटपाथमा हिँड्न दिउँ' अभियान सुरू गरेको छ।, आइतबारदेखि महानगरले ललितपुरको कुपन्डोलदेखि कुमारीपाटीसम्म यो अभियान सुरू गरेको हो।, फुटपाथमा पैदल यात्रुहरूलाई हिँड्न समस्या भएपछि अभियान सुरू गरिएको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेँथुले जानकारी ...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोनाभाइरस संक्रमण भएको छ।, शनिबार स्वाब परीक्षण गराएका श्रेष्ठको आइतबार रिपोर्ट पोजेटिभ आएको हो।, हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठले आफूलाई कोरोना संक्रमण देखिएको सेतोपाटीलाई बताए।, ‘बिहीबार रूघाखोजी र ज्वरो आएको थियो। हिजो...
सिएनएन सुरूमा जीउ कटकटी खायो।, त्यसपछि सानो केराउको दानाजात्रा गिर्खाहरू देखा परे। विस्तारै ती गिर्खा स्याउजत्रै ठूलो हुँदै छालाको पत्र फुटाएर उछिट्टिएलाझैं भयो। जसै रोग जीउभरि फैलियो, बिरामीहरूले रगत बान्ता गर्न थाले।, अन्तिम चरणमा, रोग लागेकामध्ये धेरै जना मृत्युको मुखमा पुगे।, चौधौं शताब्दीमा युरोपभरि फैलिएको ‘ब्ल्...
एजेन्सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कहिल्यै पनि क्लिन सेभ गरेका देखिन्नन्। उनले सधैँ छोटा दाह्री जुंगा राखेकै हुन्छन्। , पछिल्लो समय भने मोदीका दाह्रीजुंगा बढेका छन्। सेतै फुलेका दाह्रीजुंगाले उनी  साधुजस्ता देखिन्छन्।, कोरोनाभाइरसको संक्रमण रोक्न गत मार्चमा भारतले देशव्यापी लकडाउन गरेको थियो। केही महिनासम्म लक...
सेतोपाटी संवाददाता बाँकेमा आइतबार थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।, नेपालगञ्ज उपमहानगर वडा नम्बर ९ बाँके गाउँका ४७ वर्षीय पुरुषको मृत्यु भएको हो।, उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको प्रशासनिक कर्मचारी हुन्।, उनलाई भदौ ३१ मा कोरोना देखिएको थियो।, स्वास्थ्यमा समस्या देखिएपछि उनको केही स...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सलाई दिइएको सेल्फ ग्राउन्ड ह्यान्डलिङबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चासो देखाएका छन्।, आइतबार नेपाल नागरिक उड्डडन प्राधिकरणका महानिर्देशकलाई निर्देशन दिंदै उनले प्रक्रिया पूरा भएपछिमात्र आवश्यक निर्णय लिन निर्देशन ...
एजेन्सी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको भ्याक्सिन उद्योगले भाइरसविरूद्धको लडाईंमा 'सम्पूर्ण मानवतालाई सहयोग' गर्ने बताएका छन्।, संयूक्त राष्ट्र संघको वार्षिक महासभालाई शनिबार सम्बोधन गर्दै मोदीले भारतको विशाल खोप उत्पादन उद्योगले कोरोना महामारीविरूद्धको लडाईंमा विश्वको सेवा गर्ने जनाएका हुन्। , 'विश्वको सबै...
सेतोपाटी संवाददाता मकवानपुरमा खोलाले बगाउँदा एक वृद्ध दम्पत्तिको मृत्यु भएको छ।, आइतबार बिहान साढे ११ बजे मकवानपुरगढी गाउँपालिका ७ झल्लामा बस्ने ६५ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६३ वर्षीय श्रीमती तुलसा परियारको मृत्यु भएको हो।, उनीहरूलाई सामरी खोलाले बगाएको थियो। उनीहरूको एक किलोमिटर तल शव फेला परेको जिल्ला प्रहरी ...
प्रशन्न पोखरेल दसैं नजिकिएको छ। अरूबेलाभन्दा दसैंका बेला लुगाफाटा, खाद्यान्न लगायत सामानको धेरै किनमेल हुन्छ।  , तर बजारमा यतिबेला खोजेजस्ता पर्याप्त सामग्री छैनन्। छ महिना लामो लकडाउन र त्यसपछि निषेधाज्ञाले मात्र होइन नेपाल–चीनको मुख्य नाका रसुवागढी पूर्ण रूपमा सञ्चालनमा नआउँदा सामग्री आयातमा समस्या छ। तीजका लागि अर्...
सेतोपाटी संवाददाता प्रधानसेनापति पूर्णचन्द्र थापा होम क्वारेन्टिनमा बसेका छन्।, सरकारी निवास शशि भवनमा कार्यरत भान्सेमा कोरोनाभाइरसको संक्रमण देखिएपछि आइतबारदेखि प्रधानसेनापति थापा होम क्वारेन्टिन बसेका हुन्।, थापाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होम क्वारेन्टिन बसेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ...
सेतोपाटी संवाददाता ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।, ट्याक्टरको ठक्करबाट आइतबार बिहान साढे १० बजे फुङलिङ नगरपालिका-७ बस्ने २६ बर्षीय दिपेन्द्र ओख्राबु लिम्बुको मृत्यु भएको हो।, ना ६ त ३००० नम्बरको ट्याक्टरले पैदल हिँडिरहेका लिम्बुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ...
एजेन्सी अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नीयाले सन् २०३५ सम्ममा पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ।, राज्यका गभर्नर गाभिन न्युसमले सन् २०३५ सम्ममा पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको बिक्री वितरणमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका हुन्।, क्यालिफोर्नियाले कार्बन ...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सुधारका लागि १९ औं पटक १४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न नागरिकहरूले सरकारसँग अपिल गरेका छन्।, केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गिर्दो अवस्थामा रहेकोले कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्नेतर्फ उनीहरूले सरकारको ध्यानाकर्षण गरेका हुन्।, आइतबार विज्ञप्ति निक...
सेतोपाटी संवाददाता नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोले पोखराबाट साढे १० किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको छ। , काठमाडौं र पोखराबाट खटिएको व्युरोको टोलीले शनिबार ११ बजे पोखरा महानगरपालिका ६ स्कुलमार्गबाट तीन जनालाई पक्राउ गरेको हो। प्रहरीको विशेष सुराकीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा पूर...
सेतोपाटी संवाददाता हालसम्म दातृ निकाएको सहयोगमा सञ्चालन हुँदै आएका आँखा अस्पतालहरुलाई जिल्लाका स्थानीय सरकारदेखि सांसदहरुले आर्थिक सहयोग प्रदान गर्न थालेका छन्।, गैर सरकारी संस्थाहरुको आर्थिक सहयोगमा सञ्चालन हुँदै आएका अस्पतालहरुमा पछिल्लो समय सरकारी निकायबाट समेत भौतिक पूर्वाधार निर्माणमा सहयोग प्राप्त हुन थालेपछि व्...
सेतोपाटी संवाददाता ‘कोरोना संक्रमितको अंग निकाल्ने गरिएको’ भन्दै विभिन्न युट्युब च्यानलमा अभिव्यक्ति दिएपछि पक्राउ परेका व्यक्ति धरौटीमा छुटेका छन्। , जिल्ला प्रशासन कार्यालय ललितपुरले ५१ वर्षीय सुवाससुब्बा लिम्बूलाई धरौटीमा छाड्न आदेश दिएको थियो।, महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेक प...
सेतोपाटी जिल्लामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। , कुशे गाउँपालिका–२ टालेगाउँका झलक सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , बिहीबार सामान्य वादविवाद हुँदा  टालेलेगाउँका २२ वर्षीय अर्जुन सिंहको कुटाइबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  निमित्त प्रहरी प्रमुख  यामबहादुर मल्लले बताए।  , सिंहल...
सेतोपाटी ठगीको उजुरी परेपछि बनेपा नगरपालिका बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जना फरार भएका छन्।, उनीहरूविरूद्ध साता दिन अघि विद्यार्थी र अभिभावकले ठगीको उजुरी दिएका थिए।, गत शैक्षिक सत्रमा कक्षा ११ र १२ मा अध्ययनरत कम्प्यूटर इन्जिनियरिङ संकायमा भर्ना भएका विद्यार्थी तथा उनका अभिभावकले क्याम्पसबाट आफ...
सेतोपाटी संवाददाता पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा पहिरोमा पुरिएका एकै परिवारका पाँच जना रहेको खुलेको छ। , बिहीबार बिहान पहिरोले पुरिएका सबैको शव फेला परेको हो। , पहिरोमा ६० वर्षीय हुमबहादुर गाहा, उनको श्रीमती ५० वर्षीया धनीसरा गाहा, १७ वर्षीय छोरी कृष्णमाया गाहा, नातिनी १४ वर्षीया खुमिसरा आले र ८ वर्षीया लक्ष्मी...
सेतोपाटी तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलाका ६७ वर्षीया तेजकुमारी ढकालको हत्याको अभियोगमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा गोरखा भीमसेनथापा गाउँपालिका–१ बसेनीका ४६ वर्षीय शिव गौतम रहेका छन्। उनलाई दमौली बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।, हत्या भएको अवस्थामा शुक्रबार बिहान घर...
सविता बुढा सुदूरपश्चिममा पिसीआर मेसिनको संख्या बढेपनि कोरोना परीक्षणको दायरा बढ्न सकेको छैन। , प्रदेशमा कोरोनाको दैनिक ६ हजार वटा नमुना परीक्षण गर्ने क्षमता रहेको स्वास्थ्य निर्देशनालयको दावी छ। तर, दैनिक तथ्यांकले बढीमा एक हजार वटा नमुनाको मात्र जाँच हुने गरेको देखाएको छ। , अहिलेसम्म एकैदिन सबैभन्दा बढी भदौ १६ गते १ ...
सेतोपाटी भरतपुर महानगरपालिका वडा नम्बर १२  टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । , मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।, कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वपश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुरतर्फ आई...
युवराज श्रेष्ठ पोखराको नयाँ बजारस्थित महेन्द्र मावि कक्षा १० मा अध्यनरत प्रनिशा गुरूङ ३ दिनमात्र अनलाइन कक्षामा सहभागी भइन्। त्यसपछि आफैं छोडिन्।, सरकारले ल्याएको वैकल्पिक शिक्षा निर्देशिकाअनुसार विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको छ।, अनलाइन कक्षा ३ दिनमै छोड्नुको कारण उनले सिकाइ अभ्यास नै बुझ्न नसकेको बताइन्।...
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। , राजविराज नगरपालिका-३ सप्तरीका ६३ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो। , अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्याका कारण उनी प्रतिष...
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट २० वर्षीय सैनिक जवानको मृत्यु भएको छ। बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत् ती सैनिक जवानको शुक्रबार राति वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको हो। , सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो। , उनी ६ गते छारे रोगको लक्षण देखिएर बेह...
सेतोपाटी संवाददाता गोरू काटेर खाएको आरोपमा झापामा तीन जना पक्राउ परेका छन्। , पक्राउ पर्नेमा झापाको अर्जुनधारा-५ का २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीर हादुर दनुवार र २७ वर्षीय टिकाराम दनुवार रहेका छन्। , शनिबार बिहान ८ बजे उनीहरुले गोरु काटेर खाएको प्रहरीको भनाइ छ। गोरुको टाउको र खुट्टा नजिकै रहेको उखुबारीमा गाडेको भन...
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजमा उपचाररत् एक जना कोरोना संक्रमित युवाको मृत्यु भएको छ। , कैलाली जिल्ला गोदावरी नगरपालिका १ का ३० वर्षीय युवाको शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको हो।, उनी सोही दिन भर्ना भएका थिए। उनी मिर्गौलापीडित हुन्। श्वासप्रश्वासमा समस्या देखिएपछि उनी भर्ना भएका थिए। , उनको पिसिआर संकलन...
सुदीप श्रेष्ठ रानीपोखरी काठमाडौंको मुटु हो भने, भक्तपुरका कालिगढ महिलाहरू मुटुको बाइपास सर्जरी गरेर रगत दौडाउने भगवान कोइराला र रामेश कोइरालाजस्तै डाक्टर हुन्।, तिनै महिलाको शिल्पी हातले रानीपोखरीमा चार वर्षदेखि झांगिएको झाडी–जंगल पन्छायो। माटो सम्यायो, इँटा बिछ्यायो। र, रानीपोखरीलाई नयाँ जीवन दियो।, जसरी मुटुको शल्यक...
भगवती पाण्डे शुक्रबार साँझदेखि रातभर परेको अविरल वर्षाले रुपन्देहीको अधिकांश क्षेत्र डुबानमा परेको छ। चुरे क्षेत्रबाट बग्ने रुपन्देहीका तिनाउ, रोहिणी, दावन, कंचन, डण्डा लगायतका नदीहरूको जलसतह बढेर आसपासका बस्तीहरू कटानमा परेका छन्। , त्यस्तै, बुटवल उपमहानगरपालिकासँगै तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर, लुम्बिनी ...
नारायण महर्जन डाक्टर गोविन्द केसीको समर्थनमा उत्रेकामाथि काठमाडौंको माइतीघर मण्डलमा प्रहरीले धरपकड गरेको छ।, विगत केही दिनदेखि अनसनरत् डा केसीको जीवन रक्षा माग र उनको मागको सम्बोधन गर भन्दै सरकारविरूद्ध प्रदर्शकारीहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गर्दै आइरहेका छन्।, सोही विरोध प्रदर्शन गर्ने क्रममा आज पनि माइतीघर ...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिनसमेत रहेकी उनले शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताइन्।, ‘हल्का थकाइ लागेको अनुभव भइरहेको छ, ज्वरो आएको छ। अरू खासै समस्या छैन’, उनले भनि...
सेतोपाटी संवाददाता भारतबाट फर्कंदै गर्दा बाटोमै मृत्यु भएका एक जना पुरूषमा कोरोना पुष्टि भएको छ।, बैंगलुरूबाट फर्किएका बैतडीको पुर्चौंडी नगरपालिका–३ का अन्दाजी ३५ वर्षीय पुरूषको शुक्रबार वडा नम्बर १ को बाटोमै मृत्यु भएको थियो।, बैंगलुरूबाट ४ दिन अगाडि आएका उनी घर पुग्नु २ घण्टावर बाटोमै मृत भेटिएको प्रहरीले जनाएको छ। ...
सेतोपाटी संवाददाता कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान मृत फेला परेका छन्।, विओपी सशस्त्र प्रहरी गण धनगढीको जुगेडामा कार्यरत  सुर्खेत घर भएका २२ वर्षीय प्रहरी जवान कुमार तारु मगर मृत फेला परेका हुन्।, हिजो बेलुका अफिसबाट बाहिर जान्छु भनेर निस्केका उनी नफर्किएपछि खोजतलास गरिएको थियो।, खोजी कार्य गर्दा शनिबार बिहान ११ ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ७ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ७ सय २४ जनामा कोरोना संक्रमण देखिएको हो।, त्यसमध्ये काठमाडौंका ५ सय ८३, ललितपुरका ७८ जना र भक्तपुरका ६३ जना छन्।, पछिल्लो २४ घण्टामा नेपालमा थप...
सेतोपाटी संवाददाता मकवानपुरको कैलाश गाउँपालिका–५ बिमिरेखोलामा एक पुरूषको शव भेटिएको छ। , कैलाश–५ का ३८ वर्षीय सोम सिन्तानको शव भेटिएको प्रहरी चौकी डाँडाखर्कका प्रहरी सहायक निरीक्षक तेजनारायण कुँवरले जानकारी दिए।, कैलाश वडा नं १ र ५ को दोभानमा पर्ने बिमिरेखोलामा आज बिहानै शव देखेपछि स्थानीयवासीले वडाध्यक्षलाई खबर गरेका...
सेतोपाटी संवाददाता शनिबार थप १ हजार २०७ जनामा कोरोना पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ। , पछिल्लो २४ घण्टामा १ हजार १४७ जना कोरोनाबाट निको भएका छन्। हालसम...
सेतोपाटी संवाददाता सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नं. १ कटहरेस्थित आफ्नै घरमा एक बालिका मृत भेटिएकी छन्।, शुक्रबार राति मृत भेटिएकी १२ वर्षीया बालिका मिना राईको हत्या आशंकामा अनुसन्धानका लागि प्रहरीले आधा दर्जनभन्दा बढी स्थानीय किशोरहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। , आफ्नै घरको कोठामा मृत भेटिएकी बालिका राईको ट...
सेतोपाटी संवाददाता रौतहटमा फेरि एक जना महिलाको हत्या भएको छ। , रौतहटको देवाही गोनाही नगरपालिका-५ टिकुलीयाका महेश तिवारीकी श्रीमती जगरानी देवी तिवारीको हत्या भएको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए। , चार जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले शुक्रबार राति करिब ९ बजेको समयमा जगरानी देवी र ...
रासस नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्रयाक खुलाएको छ।, गत जेठ ९ गतेदेखि काम सुरू गरेको सेनाले ५५० मिटर बाटोको ट्रयाक खुलाएको हो। , भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरूद्ध हुँदा व्यास गाउँपालिकाको वडा नं १ छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या ...
सेतोपाटी बर्दियाको बारबर्दिया नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन  नदिन पाँच दिनका लागि निषेधाज्ञा जारी गर्ने  निर्णय गरेको छ। , शुक्रबार राति १२ बजेदेखि १४ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको नगरप्रमुख दुर्गाबहादुर थारुले जानकारी दिए। , उनले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जारी गर्न...
एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी भतिजी मेरी ट्रम्पले उनी विरूद्ध बिहीबार पैत्रिक सम्पतिमा आफूलाई ठगेको भन्दै मुद्धा दायर गरेकी छन्। , मेरी डोनाल्डका जेठा दाजु फ्रेड ट्रम्प जुनियरकी छोरी हुन्।, मेरीले डोनाल्ड ट्रम्पसँगै परिवारका अन्य सदस्यमाथि पनि दशौं लाख अमेरिकी डलर बराबरको पैत्रिक सम्पतिमा आफूलाई ठगेको भन...
रासस बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। , जीपमा फल्स बटम बनाई (लुकाइछिपाइ) अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जीपमा तस्करी भइरहेको काठसहित बिहीबार दुई जनालाई पक्राउ गरेको ह...
सेतोपाटी संवाददाता दार्चुलामा एक प्रहरी नायब निरीक्षक (सई) होटलमा मृत फेला परेका छन्।, शुक्रबार बिहान करिब ४ बजे महाकाली नगरपालिका-४ बंगाबगडको एक होटलमा कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय सई ध्रुव रावल मृत फेला परेका हुन्।, इलाका प्रहरी कार्यालय, हुतीको लागि सरूवा भएका उनी राति होटलमा बास बसेको कार्यालयका प्रवक्ता प्र...
नारायण खड्का बाँकेमा थप एक जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ। , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एकलैनी निवासी ५२ बर्षीय पुरुषको शुक्रवार विहान २ : २५ बजे मृत्यु भएको हो। , उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी  दि...
सेतोपाटी संवाददाता सुर्खेतको वीरेन्द्रनगरमा प्लाष्टिकमा बेरेर फालेको अवस्थामा नवजात शिशु भेटिएको छ। खोर्के खोलामा प्लाष्टिकमा बेरेर फालिएको अवस्थामा शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।, कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार शुक्रबार बिहान ९ बजेतिर नवजात शिशु भेटिएको ...