content stringlengths 20 64.1k ⌀ |
|---|
गिरीश गिरी ललितपुर दरबार स्क्वायरमा बुधबार बेलुकी दौडादौड पुग्दा प्रदर्शन समाप्त भइसकेको थियो।, कात्तिक नाच डबलीमा औंठाछापका दुईवटा बडेमान पोस्टर र भुइँमा केही लतपतिएका रंग मात्र बाँकी थिए।, सत्याग्रही डा. गोविन्द केसीका औंठालाई यतिबेला विभिन्न तवरले प्रदर्शनमा प्रयोग गरिँदै आएको छ। यहाँ त्यसै औंठाछापको मुन्तिर रातो ध... |
सबिना श्रेष्ठ महिला वैज्ञानिकः, पोखरास्थित वन विज्ञान कलेजकी सहायक प्राध्यापक हुन् डा. ज्योति भण्डारी। पढाउनुबाहेक उनको मुख्य काम अन्नपूर्ण क्षेत्रमा परम्परागत रूपमा प्रयोग हुँदै आएका औषधिजन्य वनस्पति अध्ययन गर्नु हो।, ती वनस्पति त्यहाँ औषधिका रूपमा प्रयोग त भइरहेकै छन्, तिनीहरू वैज्ञानिक हिसाबमै कत्तिको उपयोगी र प्रभ... |
सेतोपाटी संवाददाता कैलालीको गोदावरी नगरपालिकाका ४ वटा पसलमा आगलागी भएको छ। , गोदावरी नगरपालिका वडा नम्वर ५ का रमेश चौधरी, जगदीश चौधरी र शिव चरण रानाको किराना पसल तथा केशव बोहराको चिया पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए।, बिहीबार बिहान साढे ३ बजेत... |
युनिक श्रेष्ठ प्रहरीले काठमाडौंको कलंकीस्थित गणेशमान सिंह कलेज नजिकैको गोदाममा बिहीबार छापा मार्यो।, तीन तल्लाको उक्त घरका प्रायजसो कोठामा स्निकर्स चकलेट, ट्याङ जुस पाउडर, प्रिङ्गल्स ब्राण्डको चिप्स, ओरियो विस्कुट लगायत उत्पादन बाकसले भरिएका थिए। , तर सबैको डेट भने एक्सपायर भइसकेको थियो। विशेष सूचनाको आधारमा महानगर... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले घरधनीहरूलाई डेरामा बस्नेको पिसिआर परीक्षणमा दवाव नदिन आग्रह गरेको छ।, महानगरभित्रका घरमा डेरा गरी बस्नेलाई घर धनीले अनिवार्य पिसिआर परीक्षण गर्न र रिपोर्ट देखाउन आग्रह गरेको गुनासो आएको भन्दै महानगरले त्यसो नगर्न भनेको हो।, महानगरको जनस्वास्थ्य महाशाखाले सूचना निकालेर भनेको छ... |
भगवती पाण्डे कपिलवस्तुमा आधा किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, उनीहरू दाजुबहिनी हुन्।, मायादेवी गाउँपालिका वडा नम्बर ५ बनकछियाबाट ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता आधा किलो सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ।, उनीहरू लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका... |
सेतोपाटी संवाददाता रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।, बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा पाल्पा रामपुर ७ का कोरोना संक्रमित ६० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो।, असोज १३ गते अस्पताल भर्ना भएका उनको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको लु... |
सेतोपाटी तनहुँको व्यास नगरपालिका–३ र ५ मा रहेको मादी नदीमा कृत्रिम ताल निर्माण हुने भएको छ। , पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित नगरपालिकाले मादीमा कृत्रिम ताल निर्माण गर्न लागेको हो। कृत्रिम ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नगरपालिकाले इकोकोड नेपाल तथा प्यारागन जेभीसँग बिहीबार सम्झौत... |
सेतोपाटी संवाददाता नेपाल एस्ट्रोनोमिकल सोसाइटीले शुक्रबारदेखि 'नासा इन्टरनेसनल स्पेस एप्स च्यालेन्ज २०२०' सुरू गर्ने भएको छ। , शुक्रबारदेखि आइतबारसम्म सात वटै प्रदेशका आठ स्थानमा यस कार्यक्रम सञ्चालन हुने भएको हो। , नासा इन्टरनेसनल स्पेस एप्स च्यालेन्जमा देशभित्र र बाहिरका आठ सय नवप्रवर्तनकारी सोच भएका युवाहरू माझ विश... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज शुक्रबार सेवा नदिने भएको छ।, परीक्षा नियन्त्रक पुष्पराज जोशीमा कोरोनाभाइरस संक्रमण देखिएपछि कार्यालय बिहीबार र शुक्रबार दुई दिन बन्द गरिएको हो।,
अब आइतबारबाट कार्यालय खुल्ने कार्यालयले निकालेको सूचनामा उल्लेख छ।, परीक्षा नियन्त्रक जोशी ह... |
एजेन्सी विदेशी यात्रुहरूलाई स्वदेश प्रवेश निषेध गर्ने निर्णयलाई क्यानडाले फेरी एक महिना लम्व्याएको छ। , कोरोना भाइरसको महामारीका कारण विदेशी नागरिकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाउदै आएको क्यानडाले अक्टोबर महिनाभरी पनि प्रतिवन्ध लगाउने निर्णय गरेको हो। , देशका सार्वजनिक सुरक्षा मन्त्री बिल बलैरद्धारा जारी वक्तव्यमा व... |
एजेन्सी चीनमा एक टिकटक स्टारको पतिले आफ्नो नियमित 'लाइभ' गर्नेक्रममा नै पेट्रोल खनाएर आगो लगाइदिएपछि मृत्यु भएको छ।, बिबिसीमा प्रकाशित समाचार अनुसार लामु नाम गरेकी ती महिला चिनियाँ संस्करणको टिकटक 'डोइन'मा चर्चित थिइन् जहाँ उनलाई लाखौंले पछ्याउने गरेका थिए। , स्थानीय चिनियाँ संचारमाध्यमका अनुसार पूर्व पतिले लगाएको आगो... |
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजले भरतपुर अस्पतालमा रिफर गरेको कोरोना संक्रमित वृद्धको बिहीबार विहान उपचारका क्रममा मृत्यु भएको छ। , मकवानपुरको हेटौंडा उपमहानगरपालिका न्यूरेनी बस्ने ७८ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। , बुधबार राति १० बजे चितवन मेडिकल कल... |
सेतोपाटी संवाददाता मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। , ट्रकको ठक्करबाट उर्लाबारी नगरपालिका-९ बस्ने २९ वर्षीय देउ कुमार लिम्बूको मृत्यु भएको हो। , शुक्रबार बिहान साढे ६ बजे उर्लाबारी जोरबाटोमा ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १-०२०-०४१ प २२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसको ठक्क... |
सेतोपाटी संवाददाता गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त भएका छन्। , उपकुलपति नियुक्त भएका देवकोटालाई शुक्रबार बिहान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सपथ ग्रहण गराएका हुन्।, उपकुलपति नियुक्त गर्न गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको नेतृत्वमा रहेको सर्च कमिटीले दुई जनाक... |
सेतोपाटी संवाददाता अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई कोरोनाभाइरस संक्रमण देखिएको छ।, ज्वरो, रूघाखोकी लागेपछि प्रजिअ पौडेलको स्वाब परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो। , सहायक प्रजिअ थापामा भने कोरोनाका लक्षण देखिएको छैन। , उनीहरू शीतगंगा नगरपालिका कोठिया तथा सन्धिखर्क न... |
एजेन्सी बेल्जियमका पूर्व राजा अल्बर्ट द्वितीयकी प्रेमिकाबाट जन्मेकी छोरी डेल्फिन बउललाई अदालतको आदेशपछि शाही पदवी प्रदान गरिएको छ।, उनलाई राजाकी विवाहिता पत्नीबाट जन्मिएका अन्य तीन सन्तान सरहको अधिकार प्रदान गर्दै शाही पदवी प्रदान गरिएको हो।, आदेशपछि ५२ वर्षीय डेल्फिनले 'बेल्जियमकी राजकुमारी'को उपाधि पाएकी छन्।, राज अ... |
जुना श्रेष्ठ झन्डै ६ महिनादेखि शैक्षिक क्षेत्र अस्तव्यस्त छ। स्कुल बन्द हुँदा सहरी क्षेत्रका अधिकांश निजी तथा सामुदायिक स्कुलले अनलाइनमार्फत पाठ्यक्रम अघि बढाउँदै छन्।, सबै विद्यार्थी सहभागी नहुने भएकाले स्कुल, शिक्षकदेखि अभिभावकसम्मलाई असहज र चुनौतीपूर्ण अवस्था भएको छ। एक सातायताबाट भने केही स्कुल भौतिक रूपमै पुनः सञ... |
सेतोपाटी संवाददाता बिपी प्रतिष्ठान धरानका प्राध्यापक डाक्टर निदेश सापकोटाले प्रवक्ताबाट राजीनामा दिएका छन्।, प्रवक्ता भएको चार महिनामै उनी उक्त जिम्मेवारीबाट हटेका हुन्।, उनले प्रवक्ताबाट राजीनामा दिएको जानकारी इमेलबाट पठाएका हुन्। इमेल प्रतिष्ठानका विभागीय प्रमुखसहित सिनियर चिकित्सकहरूलाई पठाएको उनले उल्लेख गरेका छन्... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा खेतमा धान थ्रेसिङ मेसिनमा परी एक महिलाको मृत्यु भएको छ।, कृष्णपुर नगरपालिका वडा नम्बर-७ मा शुक्रबार बिहान ७ बजे धान थ्रेसिङ गर्ने क्रममा मेसिनमा परी ४५ वर्षीया लक्ष्मी साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए।, धान थ्रेसिङ गर्ने क्... |
सेतोपाटी संवाददाता उपचारमा संलग्न चिकित्सक भन्छन्- डाक्टर गोविन्द केसीको ज्यान जोखिममा छ। , चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक केसीले सत्याग्रह थालेको बुधबार १७ दिन पुगेको छ। , उपचारमा संलग्न चिकित्सकका अनुसार केसीको शरीरमा सोडियम, पोटासियम र क्याल्सियमको अत्यधिक कमी छ। लामो समय पेटमा अन्न नपरेपछि हुने सम... |
सेतोपाटी संवाददाता प्रधानसेनापति पुर्णचन्द्र थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।, गत असोज ११ गते भान्सामा काम गर्ने एक व्यक्तिलाई कोरोना देखिएपछि प्रधानसेनापति थापा होम क्वारेन्टिनमा बसेका थिए।, थापाको आज पिसिआर रिपोर्ट नेगेटिभ आएको हो। प्रधानसेनापति थापा बिहिबारदेखि कार्यालय जाने सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले... |
राजेश घिमिरे चितवनमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ। बुधबार गरिएको परीक्षणमा चितवनका ७४ जनासहित ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ र नवलपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो।, त्यस्तै चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्... |
सेतोपाटी संवाददाता कञ्चनपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा सजायको फैसला भएका, फरार २ जना पक्राउ परेका छन्।, जबरजस्ती करणी मुद्दामा २०५९ साल जेठ २५ गतेदेखि फरार रहेका प्रतिवादी बेलौरी नगरपालिका २ बस्ने २७ वर्षीय ज्ञान सिंह राना र सोही प्रकृतिको अर्को मुद्दामा ६ वर्ष कैद फैसला भएका पुनर्वास नगरपालिका ३ बस्ने ३७ ... |
सेतोपाटी संवाददाता काठमाडौं तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को सुरुङ बनाउन २७ कम्पनी इच्छुक भएका छन्।, छोक्रेडाँडादेखि धेद्रे खोलासम्मको सुरुङको लागि कुल २१ ओटा कम्पनीहरुले बोलपत्र आह्वान गरेका छन् भने धेद्रे खोलादेखि लेनडाँडासम्मको सुरुङको लागि २२ ओटा कम्पनीले बोलपत्र दाखिला गरेका हुन्।, यीमध्ये दुवैतिर १६ कम्पनील... |
सेतोपाटी संवाददाता बाँकेमा बुधबार ३५ वर्षीया महिलाको कोरोना संक्रमनका कारण मृत्यु भएको छ। , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजीकी ती महिलाको बुधबार दिउँसो सवा २ बजे भेरी अस्पताल नेपागञ्जमा मृत्यु भएको हो। , बाँके जिल्लाका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी मधुमेह, उच्चरक्तचाप र हाइपोथाइराडिज्म रोगकी बिरामी थि... |
एजेन्सी स्पेनको सरकारले कोरोना संक्रमण बढेको भन्दै राजधानी शहर मड्रिड र आसपासका क्षेत्रमा लकडाउन गर्ने आदेश दिएको छ।, लकडाउनका नयाँ प्रतिबन्ध अनुसार त्यहाँका बासिन्दाहरूलाई अत्यावश्यक बाहेकका अवस्थामा हिँडडुल गर्न पूर्णरूपमा निषेध गरिएको छ।, यध्यपी मड्रिडको क्षेत्रीय सरकारले लकडाउन कानुनीरूपमा मान्य नभएको बताएको छ।, स... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले काठमाडौं महानगरपालिका भित्रका बासिन्दालाई मास्क वितरण गर्ने भएका छन्।, तीन लाख ५० हजार पिस मास्क वितरण शुक्रबारदेखि गर्ने वैद्यको तयारी छ।, एक परिवारलाई चार पिस मास्कका दरले वितरण गर्न लागेको वैद्यको भनाइ छ।, वैद्यको उक्त अ... |
सेतोपाटी संवाददाता सरकारले तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ।, पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर प्रेमनारायण अर्याल नियुक्त भएका छन्। अर्यालले बुधबार नियुक्ति बुझेका हुन्।, नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापक डाक्टर यादवप्रकाश लामिछाने र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्राध्यापक ड... |
सेतोपाटी संवाददाता बुटवलमा बुधबार राती थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।, लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्थायी अस्पतालमा ८० वर्षीय पुरुषको मृत्यु भएको हो। , लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खा नगरका कोरोन... |
दिपकजंग शाही जाजरकोटको कुशे गाउँपालिकाले गृह शिक्षक बनाएर पठनपाठन सुरू गरेको छ।, कोरोना संक्रमणको जोखिमका कारण विद्यालय सञ्चालन गर्न नसकिने भएपछि ‘गृह शिक्षक’मार्फत घरघरमा गएर पढाउने व्यवस्था गाउँपालिकाले गरेको हो।, असोज ३ गते प्रधानाध्यापकहरुको बैठक बोलाएर गाउँपालिका शिक्षा समितिले गृह शिक्षकमार्फत पठनपाठन गराउने नि... |
सेतोपाटी संवाददाता महोत्तरीमा बलात्कार गरेको आरोपमा एक वडा सचिव पक्राउ परेका छन्।, महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर-९ स्थित मुसहरी टोलकी एक दलित महिलालाई बलात्कार गरेको आरोपमा वडा नम्बर-९ का वडा सचिव मिथिलेश यादवलाई बुधबार राति ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसील... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको प्रहरी निरीक्षकको पोशाक लगाएर ठगी गर्दै हिँड्ने नक्कली इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ।, पर्सा प्रहरीले बुधबार बारा जितपुर सिमरा उपमहानगरपालिका-७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई बर्दीमै पक्राउ गरेको हो।, प्रहरीका अनुसार उनले ९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्... |
प्रशन्न पोखरेल संविधानले प्रदेशलाई दिएको अधिकार खोस्ने गरी केन्द्र सरकारले प्रहरीसम्बन्धी अध्यादेश ल्याएपछि बागमती प्रदेशले विरोध गरेको छ।, मन्त्रिपरिषदको सिफारिसमा गत सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) को पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण गरेक... |
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसूर मुद्दामा फरार भएका व्यक्तिलाई ठेंचोबाट पक्राउ गरेको छ। , बिहीबार बिहान प्रहरीले एक करोड ६५ लाख जरिवाना र तीन वर्ष कैद सजाय पाएका फरार व्यक्तिलाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा ठेंचो बस्ने ६० वर्षीय हेमकाजी महर्जन डंगोल छन्। , बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले उनलाई २०७१... |
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण भएको छ।, स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि ज्ञवाली होम आइसोलेसन बसेका छन्।, ‘गत सोमबार उहाँको रिपोर्ट पोजेटिभ आएको हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘उहाँ होम आइसोलेसन बस्नुभएको छ।’, स्वाब परीक्षणको रिपोर... |
सेतोपाटी संवाददाता बाँकेमा बिहीबार दुई जनाको मृत्यु भएको छ। मृतकमध्ये सुर्खेतकी महिला र बाँकेका पुरूष छन्। , सुर्खेत जिल्लाको भेरी गंगा नगरपालिका वडा नं. ५ निवासी ७५ बर्षीया महिला र बाँकेको नेपालगञ्ज नगरपालिका वडा नं. ४ निवासी ५२ वर्षीय पुरूषको मृत्यु भएको छ। , सुर्खेतकी महिलाको बिहीबार राति १ बजे नेपालगञ्ज मेडिकल कले... |
सेतोपाटी संवाददाता सुर्खेतका एक जना महिलामा मृत्युपछि कोरोना पोजेटिभ देखिएको छ।, घरमै मृत्यु भएकी वीरेन्द्रनगर–११ पिपिराकी ३५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। उनको मंगलबार मृत्यु भएको थियो।, घरमै मृत्यु भएपछि उनलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको थियो। पोष्टमार्टम अघि स्वाब संकलन गरी पिसिआर गर्दा बुधबार उन... |
खिलानाथ ढकाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले मातृशिशु स्याहार केन्द्र (एमसिएच)को भवन निर्माणको महत्वकांक्षी योजना फेरि अघि बढाएको छ।, कानुनी तथा प्राविधिक पाटो नमिलेको भन्दै स्वास्थ्य मन्त्रालयले दुई वर्षअघि रोक लगाएको यो काम प्रतिष्ठानले यथावस्थामै सुरू गरेको हो। , २०७६ चैतमा प्रतिष्ठानमा उपकुलपति नि... |
युनिक श्रेष्ठ प्रहरीले काठमाडौंको कलंकीस्थित गणेशमान सिंह कलेज नजिकैको एक घरमा 'डेट एक्स्पायर' भएका स्निकर्स चकलेट ठूलो परिमाणमा फेला पारेको छ।, सुराकीको आधारमा पुगेको प्रहरी टोलीले घरभित्रै प्रिन्टिङ मेसिन राखेर ती स्निकर्स चकलेटमा नयाँ डेट राख्न लागेको भेटाएको महानगरीय अपराध महाशाखामा एसपी ईश्वर कार्कीले जानकारी दिए... |
सेतोपाटी संवाददाता रोल्पामा मोबाइल चार्जमा राखेर भिडिओ हेर्दै गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , जिल्लाको सुनिल स्मृति गाउँपालका वडा नं. १ घोडागाउँ निवासी ४३ वर्षीय भरत नेपालीको करेन्ट लागेर मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्का अनुसार नेपालीले बिहीबार ... |
एजेन्सी भारतमा प्रमुख प्रतिपक्षी कंग्रेस आईका नेता राहुल गान्धीलाई बिहीबार दिउँसो उत्तर प्रदेश प्रहरीले धक्कामुक्का गर्यो।,
हाथरस सामुहिक बलात्कारकी पीडित युवतीको परिवार भेट्न जान लागेका राहुल र उनकी बहिनी तथा कंग्रेसकी युपी नेतृ प्रियंका गान्धीको टोलीलाई प्रहरीले रोकेको थियो।,
प्रहरीले गाडी रोकेपछि उनीहरू पैदलै हि... |
सेतोपाटी संवाददाता काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ मा घरघर पुगेर जेष्ठ नागरिक सम्मान गरिएको छ।, भंगाल युवा क्लबले बिहीबार ५० जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो।, जेष्ठ नागरिकलाई स्वास्थ्य सुरक्षा सम्बन्धी मास्कलगायत सामग्री र कम्मललगायत सामग्री वितरण गरिएको अध्यक्ष अरूण थापाले बताए।, वडाध्यक्ष राजेन्द्र ... |
दिपकजंग शाही कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा. हरि सापकोटाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। , वरिष्ठ अर्थोपेडिक सर्जन डा. सापकोटाको उपचारका क्रममा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो।, उनकाे बिहीबार दिउँसो ३ बजे मृत्यु भएको हो।, कोभिड–१९ पुष्टि भएपछि उनलाई दुई साताअघि नेपालगञ्ज उपचारका लागि प्रद... |
सेतोपाटी संवाददाता काठामडौं उपत्यकामा थप ९ सय ४३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा.जागेश्वर गौतमका अनुसार बिहीबार थप ९ सय ४३ जनामा पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका ८ सय १७, भक्तपुरका ५८ जना र ललितपुरका ६८ जना छन्।, उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। प... |
सेतोपाटी संवाददाता बिहीबार देशभर थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७९ हजार ७२८ पुगेको छ। , त्यस्तै यस अवधिमा ९६१ जना कोरोनाबाट निको भए... |
नारायण खड्का डाँडापारीको सूर्य अस्ताउने दिशामा रहेकाले तापक्रम मत्थर भइसकेको छ। , पिप्रहवा डाँडानजिकै मयाखोला सामुदायिक वन छ। त्यही पिप्रहवा डाँडामा बस्छिन् ६३ वर्षीया रामप्यारी शाह। यो दंगिशरण गाउँपालिका वडा नं. ५ मा पर्छ। हामी पुग्दा उनी घरमा थिइनन्। घर लिप्नका लागि थुपारेर राखेको माटो आँगनमा थियो। सानो ताल्चा झु... |
सेतोपाटी संवाददाता भ्रष्टाचार गरेको आरोपमा जलस्रोत तथा सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुरेशकुमार शर्माविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्माविरूद्ध तीन करोड ६ लाख ५४ हजार ९३२ रुपैयाँ बिगो माग्दै बिहीबार अदालतमा मुद्दा दायर गरेको हो। , उनले सार्वजनिक सेवामा... |
रासस चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ।, मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो।, नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइए... |
रासस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा नारायणप्रसाद पौडेल नियुक्त भएका छन्।, विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो। , दरखास्त आह्वानबमोजिम १९ जनाको आवेदन परेको थियो।, काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेश... |
सेतोपाटी जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई पक्राउ गरी अनुसन्धान सुरू गरेको छ।, राप्ती नगरपालिका वडा नं २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार घटनामा... |
एजेन्सी 'हाम्रो गाँउमा पानीको यति समस्या छ कि बालिकाहरू पाँच-छ वर्ष हुने बित्तिकै सानोसानो भाँडोमा पानी भरेर ल्याउन थाल्छन्। म स्वयंले ८ वर्षको उमेरदेखि यसरी पानी भर्न सुरू गरेको थिएं।' , यो भनाइ भारतको मध्यप्रदेश राज्यको अगरौठा गाँउका सयौं महिलाहरूसँग मिलेर एउटा पहाड काट्दै पानीका लागि १ सय ७ मिटर लामो बाटो बनाउने १... |
साउथ चाइना मर्निङ पोस्ट कोरोनाको खोप बनाउने दौडमा यतिबेला विश्वभरका मुलुकमध्ये चीन अग्रपंक्तिमै छ। यसरी तयार हुने खोप व्यापक मात्रामा उपलब्ध हुनुपर्ने अवस्था छ। तर यसबारे अहिलेको तयारी, क्षमता र प्रभावकारीता जस्ता कुरामा प्रश्न उठ्न पनि सुरू भइसकेको छ।, विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरमा खोप बनाउन तीन सय प्रयास ... |
सेतोपाटी संवाददाता मलेसियामा नेपालीलाई अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा प्रहरीले मोरङ सुन्दर-हरैंचा नगरपालिकाका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई मंगलबार साँझ महाराजगन्ज क्षेत्रबाट पक्राउ गरेको हो।, ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार उनीव... |
सेतोपाटी संवाददाता रौतहटमा बाघको आक्रमणबाट एक पुरूषको मृत्यु भएको छ।, इलाका प्रहरी कार्यलाय चन्द्रपुर र सशस्त्र प्रहरीको टोलीले बुधबार बिहान साढे १० बजे एक पुरूषको शव फेला परेको हो। , मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका-६ चिम्नी टोल बस्ने २७ वर्षीय संगम भण्डारी छन्। , संगम मंगलबार बिहान ७ बजे वडा नम्बर ४ मा रहेको जंगलमा... |
सविता बुढा नेपालको शुक्लाफाँटा निकुञ्जबाट दुई हात्ती भारतीय वन क्षेत्रमा पुगेका छन्।, हिन्दुस्तान टाइम्सका अनुसार नेपालबाट गएका दुई भाले हात्ती भारतीय पिलिभित र खटीमा क्षेत्रमा पुगेका छन्।, यी हात्ती १५ सेप्टेम्बरमा पिलिभितका जंगल क्षेत्रमा प्रवेश गरेका थिए।, नेपालका हात्ती गएपछि भारतको उत्तराखण्ड वन विभागले सूचना जार... |
सेतोपाटी कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ।, राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने... |
सेतोपाटी संवाददाता पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी,नेपालका नेता बाबुराम भट्टराईले बुधबार खुलामञ्चमा पुगेर खाना बाँडेका छन्।, राजधानीको खुलामञ्चमा केही समयदेखि हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एसोसियसन, गसिप क्वीन र हाम्रो सानो प्रयास संस्थाले लकडाउन र निषेधाज्ञाका कारण रोजीरोटी गुमाएर खान नपाएकाहरूलाई ख... |
युनिक श्रेष्ठ खेलबहादुर तामाङ अहिले महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा छन्। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-३ का उनी गत शुक्रबार पक्राउ परेका हुन्। , उनको समूहका अन्य ६ जना पनि पक्राउ परिसकेका छन्। उनीहरूलाई प्रहरीले सस्तोमा डलर साटिदिने भन्दै लुटपाट गरेको आरोपमा पक्राउ गरेको हो। , उनीहरूले अहिलेसम्म कति जना... |
सेतोपाटी संवाददाता मकवानपुरको हेटौंडामा ट्रयाक्टरलाई माइक्रोले ठक्कर दिँदा ९ जना घाइते भएका छन्। , बुधबार बिहान सवा नौ बजे हेटौंडा उपमहानगरपालिका-११ नवलपुरमा ट्रयाक्टरलाई माइक्रोले ठक्कर दिएको थियो। , ना ५ त ७७०० नम्बरको ट्रयाक्टरलाई ना १ ज ८६८५ नम्बरको माइक्रोले पछाडिबाट ठक्कर दिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द... |
नारायण खड्का दाङमा विष सेवनबाट श्रीमानको मृत्यु भएको छ भने श्रीमतीको अवस्था गम्भीर रहेको छ।, पश्चिम दाङको बबई गाउँपालिका-५ बबरपुरका २५ वर्षीय भरत केसीको मृत्यु भएको छ भने उनकी श्रीमती रीता केसीको गम्भीर अवस्थामा उपचार भइरहेको छ।, आपसी विवादपछि बिहान २ बजे श्रीमानले विष खाएका थिए। उनलाई उपचारका लागि तुलसीपुरस्थित राप्त... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ खरिद-बिक्रीमा संलग्न विद्यार्थी सुरेन्द्र कोइराला, केदार भट्टराई र परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारी रामबहादुर कर्माचार्यलाई विशेष अदालतले जरिवाना र कैद सजाय सुनाएको छ। , मंगलबार विशेषका अध्यक्ष न्यायाधीश शिवराज अधिकारी, सदस्य न्यायाधीशहरू बालेन्द्र रू... |
रुमा रिजाल २९ वर्षीया प्रतिभा थापा मगर आफूलाई सुध्रिएको सावित गर्न लागिपरेकी छन्। , सुनसरी, धरान उपमहानगरपालिका बस्ने प्रतिभालाई लाग्छ- उनले कुलतको बाटो त्यागेमा उनका दुई छोरी उनीसँग फिर्ता आउनेछन्।, सानै उमेरमा लागुऔषध लतमा फसेकी प्रतिभाको भोगाइ निकै कष्टकर छ।, प्रतिभाका बुवा ब्रिटिस आर्मी हुन्। बुवाआमा हङकङमै रहेका ... |
सेतोपाटी संवाददाता बुधबार देशभर थप १ हजार ५५४ जना कोरोनाका संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ। , यस अवधिमा १ हजार ५७ जना कोरोनाबाट निको भएका छ... |
सेतोपाटी संवाददाता भारतसँग सीमाना जोडिएका सीमावर्ती नाकाहरूबाट हरियो मटर (केराउ) अत्यधिक मात्रामा तस्करी हुने गरेको पाइएको छ।, तेस्रो मुलुकबाट अनुदानको रूपमा निकै सस्तो दरमा नेपाल आउने केराउ भारत तस्करी हुने गरेको हो। बुधबार प्रहरीले पर्साबाट दुई करोड ६० लाख रुपैयाँ बराबरको केराउ पक्राउ गरेको छ। , प्रदेश नम्बर २ प्रहर... |
सेतोपाटी संवाददाता इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट खेलमा अनलाइनमार्फत् सट्टेबाजी खेलाएको आरोपमा तीन जना पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय मोरङले विशेष सूचनाको आधारमा मंगलबार तीन जनालाई पक्राउ गरेको हो। , प्रहरीले विराटनगर महानगरपालिका-१५ बस्ने ३८ वर्षीय मुन्ना भन्न सत्यजित साहलाई उनको घरबाट पक्राउ गरेको... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ६ सय ९७ जना, भक्तपुरको ९३ जना र ललितपुरका १ स... |
सबिना श्रेष्ठ ‘गोल्डेन टेम्पल’ भनेर चिनिने पाटनको हिरण्यवर्ण महाविहार (क्वः बहा) मा सुदनरत्न शाक्य ७ सय ९५ वर्ष पुरानो बौद्ध ग्रन्थ 'प्रज्ञापारमिता' लाई सुनको अक्षरले रंगरोगन गर्दै थिए।, धेरैलाई सुनको अक्षर भन्नाले सुनजस्तै देखिने रंग हो कि भन्ने लाग्न सक्छ। तर, यो सुनौलो अक्षर मात्र होइन, सुनलाई नै घोटेर त्यसको धूलोल... |
सेतोपाटी संवाददाता बुटवलमा बुधबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको देवदह नगरपालिका वडा नं. ११ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो।, लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उनलाई कोरोनासँगै एचआइभी संक्रमण तथा लिभर, ... |
सेतोपाटी संवाददाता सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको राजधानीमा मंगलबार बिहान ९ सय वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। , कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले काठमाडौंमा जोरबिजोर प्रणाली लागू गरेको थियो। , जोरबिजोर नियम उल्लंघन गरेको आरोपमा महानगरीय ट्राफिक महाशाखाले ९ सय वटा सवारीसाधन नियन्त्र... |
सेतोपाटी संवाददाता बागमती प्रदेशसभाकी सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोनाभाइरस संक्रमण भएको छ।,
ललितपुरको विध ल्याबमा गरिएको सिग्देलको स्वाब परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो। घाँटी दुखेपछि सिग्देलले स्वाब परीक्षण गरेकी थिइन्। ,
उनी अहिले काठमाडौंस्थित घरमा होम आइसोलेसन... |
द न्यूयोर्क टाइम्स अदर पुनावालाको परिवार भारतकै धनी घरानामध्ये एक हो।, केही वर्षअघि मात्र उनीहरूले मुम्बईस्थित पूर्वअमेरिकी कन्सुलेट भवन झन्डै साढे ११ करोड डलरमा किनेका थिए। त्यो भवन कुनै बेला महाराजाहरूको दरबार थियो। त्यहाँ उनीहरू सप्ताहन्त मनाउँछन्। उनीहरूको घरमा रोल्स रोयस र फरारी कारको लश्कर लाग्छ।, ३८ वर्षीय अदर ... |
नारायण खड्का चार दिनदेखि घर नगएका सल्यानको शारदा नगरपालिका-१३ का वडाध्यक्ष तुलसीराम रावतलाई प्रहरीले म:म पसलमा भेटाएको छ। ,
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार उनलाई तुलसीपुर-७ मा पर्ने दाङ-सल्यान सडक खण्डको दाजुभाइ म:म पसलबाट बुधबार दिउँसो नियन्त्रणमा लिइएको हो।,
‘हामीले मोबाइलको ... |
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने गरेको पाइएको छ। , ब्रोइलर चल्लालाई कालो, रातो लोकल भन्दै कलंकी र काठ क्षेत्रमा महँगोमा विक्री गर्ने समूह सक्रिय देखिएको छ।, यसरी कृत्रिम रङ्ग लगाउँदै ब्रोइलर कुखुरालाई लोकल भनेर बिक्री गर्ने भारतीय नागरिकलाई... |
भगवती पाण्डे रामवरण लोहारले तातो फलाममाथि घन बजार्न थालेको ५० वर्ष नाघ्यो।, ७० वर्ष पुगेका उनले फलाम पिटेर घरेलु औजार बनाउने काम भने छोडेका छैनन्।, उनका बुवा भरोसे लोहार पनि फलाम पिट्दा पिट्दै बितेर गए।, बाबु बाजेले सुरू गरेको पुर्ख्यौली पेशालाई धान्दै आएका रामवरणले आफ्ना छोराहरूलाई पनि यहि पेशा हस्तान्तरण गर्दै छन्।,... |
सेतोपाटी संवाददाता श्रीमान-श्रीमतीको झगडा छुट्याउन खोज्दा होटल सञ्चालकले धकेल्दा लडेर एक जनाको मृत्यु भएको छ। , घटना मोरङको उर्लाबारी-७ मा रहेको युनिक होटलमा भएको हो। गत आइतबार साँझ उक्त होटलमा एक दम्पत्ती डिनरका लागि पुगेका थिए।, डिनरअघि मदिरा सेवन गरेका उनीहरूले एकछिनमा झगडा गर्न थाले। राति साढे ११ बजेतिर ग्राहकले झ... |
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनियर चिकित्सकहरुले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्न माग गरेका छन्।, बिहीबारदेखि आन्दोलनमा उत्रिएका प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले मंगलबार पनि आन्दोलनलाई निरन्तरता दिएका छ्न्।, उनीहरुले आफ्ना न्युनतम माग समेत पुरा गर्न नस... |
सेतोपाटी संवाददाता स्याङ्जाको वालिङ नगरपालिका–११ पनिरगैह्रामा ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। , गिट्टी निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर वालिङ–११ बस्ने ३९ वर्षीय दुर्गाबहादुर थापाको मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए। , ढिस्कोले पुरि... |
एजेन्सी एम्नेस्टी इन्टरनेसनलले भारतमा आफ्नो सेवा बन्द गर्ने भएको छ। मानव अधिकारका विषयमा निरन्तर बोल्दै आएको गैरसरकारी संस्था एम्नेस्टी इन्टरनेसनलले सन् १९६१ देखि ७० भन्दा बढी देशमा सेवा पुर्याउँदै आएको छ। , एम्नेस्टीका अनुसार भारत सरकारले यसको सबै कार्यक्रम र अनुसन्धानहरूमा जबर्जस्ती बन्देज लगाएको बिबिसीले लेखेको छ।... |
सेतोपाटी संवाददाता मंगलबार थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ। आज थपिएकामध्ये आधा भन्दा बढी काठमाडौंका छन्। काठम... |
सेतोपाटी संवाददाता मंगलबार थपिएका कोरोना संक्रमितमध्ये ६० प्रतिशत बढी काठमाडौं उपत्यकाका छन्।, मंगलबार १५१३ जना कोरोना संक्रमित थपिएका छन्। त्यसमध्ये काठमाडौं उपत्यकाका ९३४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, काठमाडौंमा ७४७, भक्तपुरमा ७३ र ललितपुरमा ११४ गरी ९३४ जना संक्रमित छन्।, त्यस्तै पछिल्लो २४... |
द गार्डियन यतिबेला वैज्ञानिकहरू एउटा 'स्प्रे' को परीक्षण तथा विकासमा लागिपरेका छन्। यो स्प्रे मान्छेको नाकमा छिसछिस पार्ने हो। यसले मान्छेको शरीरमा कोरोना भाइरस प्रवेश रोक्न सक्ने विश्वास वैज्ञानिकहरूले गरेका छन्।, बेलायती अखबार द गार्डियनका अनुसार यसको एक जनावरमा परीक्षण भइसकेको छ। बिरालो प्रजातिको फेरेट्स नामक एक घर... |
सेतोपाटी संवाददाता महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालकी ५७ वर्षीया स्वास्थ्यकर्मीको कोरोना भाइरसका कारण मृत्यु भएको छ।,
,
काठमाडौं ठेगाना भएकी उनको मंगलबार बिहान सवा सात बजे मृत्यु भएको अस्पतालका कोभिड टिमका सदस्य डा. सविन थपलियाले जानकारी दिए। ,
मृतक अस्पतालमा वार्ड एटेन्डेन्ट थिइन्। मृतक स्वास्थ्यकर्मीमा दम र... |
युवराज श्रेष्ठ पोखरा–१४ चाउथेकी रुपा गुरुङलाई ४ दिनपछि भारत जानुछ, उनी विस्तारा एयरलायन्सकी एयर होस्टेज हुन्।, लकडाउनअघि २० दिनको छु्ट्टीमा घर फर्किएकी रुपालाई अहिले एयरलायन्सले बोलाएको छ, पिसिआर टेष्ट गर्नुपर्नेछ। लकडाउनभर एयरलायन्सको सम्पर्कमै रहेकी रुपालाई यसअघि कम्पनीले घरमै बस्न भनेको थियो।, आन्तरिक र अन्तर्राष्ट... |
सेतोपाटी संवाददाता गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ५ दर्बुङ गाउँका किसान राजेन्द्र श्रेष्ठले पोखरीमा पालेका माछा मरेका छन्।, कसैले पोखरीमा विष हालिदिएका कारण माछा मरेको हुन सक्ने श्रेष्ठको भनाइ छ।, गत जेठमा पोखरीमा राखेका माछा दसैंमा बिक्री गर्ने उनको तयारी थियो। बूढीगण्डकी पशुपन्छी फार्म सञ्चालन गर्दै आएका श्रेष्... |
एजेन्सी जापान एयरलाइन्सले अर्को महिनादेखि यात्रुलाई सम्बोधन गर्दा 'लेडिज एन्ड जेन्टल मेन' नभन्ने भएको छ। , अक्टोबर १ देखि एयरलाइन्सले आफ्ना यात्रुहरूलाई सम्बोधन गर्ने तरिका परिवर्तन गर्न लागेको हो। , लेडज एन्ड जेन्टल मेनको सट्टामा 'एटेन्सन अल प्यासेन्जर्स' भन्दै सम्बोधन गरिने स्थानीय समाचार अनलाइन माइनिचीलाई उद्धृत गर... |
निशा भण्डारी डाक्टर गोविन्द केसीको समर्थनमा आज पनि माइतीघर मण्डलामा प्रदर्शन भएको छ।, उनका पक्षमा सोलिराडिटी फर जिकेसी अलायन्सले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।, अलाइन्सले डा. केसीको जीवन रक्षा माग गर्दै विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेको हो। , प्रदर्शनकारीले गोविन्द केसीको माग पूरा गर, गोविन्द केसीको... |
सेतोपाटी संवाददाता नेपालमा कोरोना भाइरसको पिसिआर परीक्षण गर्नेको संख्या १० लाख नाघेको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार मंगलबारसम्म १० लाख ९ हजार २ सय ९८ जनाको पिसिआर परीक्षण गरिएको छ। , गएको २४ घण्टामा मात्र १० हजार ८ सय ९१ जनाको परीक्षण भएको छ। दश लाख बढीको परीक्षण गर्दा अहिलेसम्म ७६ हजार २ सय ५८... |
सेतोपाटी संवाददाता भक्तपुरमा डलरको प्रलोभन देखाएर पाँच लाख लुटपाट भएको छ।, महानगरीय प्रहरी वृत्त, जगातिबाट खटिएको टोलीले मंगलबार लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूलाई बिहान १० बजे चाँगुनारायण नगरपालिका–८ रातोपाटीबाट पक्राउ गरेको हो। , पक्राउ पर्नेमा भक्तपुर चारदोबाटोमा कोठा गरी बस्ने २३ वर्षीय वि... |
सेतोपाटी संवाददाता रूसले बनाएको कोरोनाभाइरस विरूद्धको स्पुतनिक-५ भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाल ल्याउने सम्झौता भएको छ।, द रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडिआइएफ) ले विज्ञप्ति जारी गर्दै ट्रिनिटी फर्मास्युटिकल्ससँग उक्त सम्झौता भएको जनाएको छ। , अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि यो समाचार प्रकाशन ग... |
रासस पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९गतेदेखि खुल्ने भएको छ।, नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेदेखि खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।, नेपालमा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेसँगै र तातोपानी नाकासम्म पुग्ने... |
शोभा शर्मा दसैं-तिहार नजिक आइसक्यो, लमजुङकी वीणा भने घर जानुपर्ला भनेर डराउन थालेकी छन्।, दुई वर्षदेखि बलात्कार प्रयास गर्ने छिमेकी मोहन त्रिपाठीलाई अदालतले धरौटीमा छाडेपछि उनको डर बढेको हो।, सुन्दरबजार नगरपालिकाकी वीणा (नाम परवर्तन) झन्डै एक महिनाअघि अंकलसँग चितवन झरेकी थिइन्। अहिले काठमाडौं आइपुगेकी छन्।, यसबीच जिल्... |
सेतोपाटी संवाददाता भरतपुर अस्पतालको आइसियूमा उपचाररत् कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। , भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्ने ५५ वर्षीय पुरुषको सोमबार दिउासो १ः२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।, मिर्गौला फेल भएर केही समयदेखि डाइलासिस गरिरहेका ती व्यक्तिमा २०७७ असोज ४ गते कोरोना पुष्टि भएको थियो।,
,
ख... |
सेतोपाटी संवाददाता बाँके प्रहरीले चार ग्राम पाँचसय मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्कका २३ वर्षीय मोहम्मद जुनेड हलुवाई र बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ३ की २७ वर्षीया सपना पुन छन्। , जिल्ला प्रहरी कार्यालय बाँक... |
सेतोपाटी संवाददाता २० हजार लिटर पेट्रोल लोडेड नेपाल आयल निगमको ट्यांकरमा मट्टितेल मिसाएको आरोपमा प्रहरीले एक चालकलाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार ना४ख ३०८५ नम्बरको ट्यांकरका चालक सचिन सुवेदीलाई पक्राउ गरिएको हो। , उनलाई आयल निगमको थानकोटस्थित डिपोबाटै पक्राउ गरिएको वृत्तका प्रहरी नायब उपरीक्ष... |
रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसिआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ।, मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई गृह मन्त्रालयलाई का... |
सेतोपाटी संवाददाता झापाको झिलझिलेमा मंगलबार साँझ जीपको ठक्करबाट एक जनाकाे ज्यान गएकाे छ।, पूर्वबाट पश्चिम जाँदै गरेको बा ११ च ५९९० नम्बरको जीपले ठक्कर दिँदा शिवसताक्षी ८ झिलझिलेकी ४० वर्षाया कमला चापागाईंको मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय झिलझिले अगाडि भएको सो दुर्घटनाबाट गम्भीर घाइते भएकी चापागाईंको उपचारका क्... |
भगवती पाण्डे प्रदेश ५ का विभिन्न जिल्लाहरूमा फरक-फरक घटनामा ७ जनाको शव फेला परेको छ। , रुपन्देही, कपिलवस्तु, बाँके र बर्दियामा फरक-फरक घटनामा आइतबार सात जनाको शव फेला परेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।, ५ नं. प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राज कुमार वैदवारका अनुसार रुपन्देहीको द... |
सेतोपाटी संवाददाता जोर बिजोर प्रणालीबाट मुक्त हुन नक्कली नम्बर प्लेट बनाएर सवारीसाधन चलाउने व्यक्ति पक्राउ परेका छन्।, महानगरीय प्रहरी वृत्त, कालिमाटीले जोर र बिजोर मिति अनुसार नक्कली नम्बर प्लेट फेर्दै सवारीसाधन चलाउने व्यापारीलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो। , पक्राउ पर्नेमा ललितपुरको हात्तीवन बस्ने व्यापारी सुर... |
सेतोपाटी संवाददाता सोमबार थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ७४५ पुगेको छ। , त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ जना कोरोनाबाट निको... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.