content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता गोरखाको चुमनुव्री गाउँपालिका वडा नम्बर ५ बिहीका अध्यक्ष सोनाम ग्याल्जेन गुरूङलाई प्रहरीले सदरमुकाम झिकाएको छ।, वडाभित्र श्रृंखलावद्ध हत्या भए पनि ती घटनाहरू प्रहरीकहाँ नपुगेको र गाउँमै गुपचुप मिलाउने गरेको खबर सार्वजनिक भएपछि वडाध्यक्षलाई सदरमुकाम बोलाइएको प्रहरीले जनाएको छ।, केही दिनअघि अन्नपूर्ण प...
सेतोपाटी संवाददाता नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। , जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्ष...
रासस कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत् एक कैदी आइसोलेसनबाटै भागेका छन्। , अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत् रहेकै बेला गए राति भागेको प्रहरीले जनाएको छ।, गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला कोरोना संक्रमण देखिएपछि कार...
सेतोपाटी संवाददाता राष्ट्रिय मानवअधिकार आयोगले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग भएका सम्झौताहरूको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ।, साथै आयोगले अनसनरत् केसीको जीवन रक्षाप्रति संवेदनशील बन्न पनि सरकारलाई सम्झाएको छ।, शुक्रबार प्रेस विज्ञप्ति जारी गरी आयोगले सरकारसँग भएका सम्झौताको कार्यान्...
राजेश घिमिरे भरतपुर महानगरपालिकाभित्र ५ सय किलोमिटर सडक कालोपत्रे भएको छ। यसमध्ये ३ सय किलोमिटरभन्दा बढी सडक स्थानीय निकायको निर्वाचनपछि मात्रै कालोपत्रे गरिएको हो। , पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन जितेको महानगरका वडाहरूमा अझ द्रुत गतिमा सडक निर्माणको काम चलिरहेको छ।, तर सडक निर्माणको क्रममा बन...
नारायण खड्का दुई वर्षअघि गरिएको कालोपत्रे अहिले हराइसकेको छ। , दर्जनौं मोड र घुम्तीहरू हिल्लाम्मे छन्। ठाउँ-ठाउँमा पहिरो झरेको छ।, दाङको घोराही र रोल्पाको होलेरी जोड्ने साढे ३१ किलोमिटर सडक ४६ करोड खर्चेर निर्माण गरिएको थियो। कति ठाउँमा मोटर गाडीलाई उकालो चढ्न मुस्लिक पर्छ। बसहरू ठाउँ-ठाउँमा यात्रु झार्दै यात्रा गराउँ...
युनिक श्रेष्ठ २०७२ साल बैशाख १५ गते एक महिलाको लेले फैडोल सामुदायिक वनमा हत्या भयो। ती महिलाको शव भने दुई दिनपछि मात्रै फेला परेको थियो। प्रहरीका अनुसार उनको घाँटी काटिएको अवस्थामा शव फेला परेको हो। , शव फेला पर्नेवित्तिकै ती महिलाको सनाखत हुन सकेन। जसकारण प्रहरीलाई अनुसन्धानअघि बढाउन कठिनाइ भएको थियो। इटहरी नगरपालिका...
विवेक राई अहिले काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा छ। दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकाका छन्। , बिहीबार देशभर एक हजार ४ सय ९७ जना संक्रमित थपिँदा उपत्यकाका मात्र ६ सय ९ जना छन्। विज्ञहरूले त उपत्यकामा संक्रमण समुदारस्तरमा पुगिसकेको बताउँदै आएका छन्। , उपत्यकामा संक्रमण बढ्न थालेपछि संक्रमितको...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ६ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। , तीमध्ये काठमाडौंका ५ सय ३ जना, भक्तपुरका ५१ जना र ललितपुरका ९१ जना छन्। , त्यस्तै, पछिल्लो २४ घण्टाम...
सेतोपाटी संवाददाता झापामा घरको छतबाट झर्दा १३ वर्षीया बालिकाको मृत्यु भएको छ। , बिहीबार राति १० बजे बिर्तामोड नगरपालिका-५ स्थित घरको छतबाट खसेर १३ वर्षीया कृतिका भण्डारीको मृत्यु भएको हो। , उनी राति खाना खाएर घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा गम्भीर घाइते भएकी थिइन्।, गम्भीर घाइते भएकी उनलाई उपचारको लागि लैजाँ...
सेतोपाटी संवाददाता शुक्रबार थप १ हजार ३१३ जनामा कोरोना पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७० हजार ६१४ पुगेको छ। , पछिल्लो २४ घण्टामा १ हजार ४५५ जना कोरोनाबाट निको भएका छन्। हाल...
सेतोपाटी संवाददाता ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण भएको छ।, स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण गरेका मेयर महर्जनमा शुक्रबार कोरोना पुष्टि भएको हो।, ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले मेयर महर्जनलाई आज कोरोना संक्रमण पुष्टि भएको सेतोपाटीलाई जानकारी दिए।  मेयर महर्जनलाई जिउ दुख...
सेतोपाटी संवाददाता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले अनसनरत डाक्टर गोविन्द केसीका मागमा ऐक्यवद्धता जनाएको छ।, शुक्रबार नेविसंघ अध्यक्ष राजिव ढुंगाना नेतृत्वमा पदाधिकारीसहित प्रतिनिधिमण्डलले अनसनरत डाक्टर केसीलाई त्रिवि शिक्षण अस्पताल पुगेर भेटेका हुन्।, डाक्टर केसीले उठाएका चिकित्स...
सेतोपाटी संवाददाता लक्षण नदेखिएकालाई कोरोना परीक्षण नगर्न र नगराउन सरकारले आग्रह गरेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत पिसिआर परीक्षण गराउनुपर्ने अवस्थाबारे जानकारी गराएका हुन्। , ज्वरो तथा सुख्खा खोकी लागेका, श्वासप्रश्वासमा समस्या भएका, झाडापखाला लागेक...
सेतोपाटी संवाददाता लोक सेवा आयोगले लकडाउनका बेला स्थगित गरेका परीक्षाहरू अब सञ्चालन गर्ने भएको छ।, आयोगले शुक्रबार सूचना निकालेर शाखा अधिकृत र नायब सुब्बा वा सो सरहका पदको परीक्षा तालिका निकालेको हो।, ‘कोरोना महामारीका कारण स्थगित परीक्षा आयोगको असोज ८ को निर्णयबाट सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पाल...
सेतोपाटी संवाददाता सल्यानमा शुक्रबारदेखि पुनः निषेधाजा जारी गरिएको  छ। , स्थानीय प्रशासनले शुक्रबारदेखि लागू हुने गरी जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो।  , जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको भन्दै त्यो रोकथान तथा नियन्त्रण गर्न निषेधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी हेमराज ता...
सेतोपाटी संवाददाता ललितपुरमा नक्कली पैसा दिएर सुन किन्ने दुई जना पक्राउ परेका छन्।   , बिहीबार राति काठमाडौं महानगरपालिका-२१ टेकू घर भई भक्तपुरको सल्लाघारी बस्ने इक्युज तुलाधर र वडा नम्बर २७ ज्याठा असन बस्ने अजय महर्जनलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए। , उनीहरू असोज १...
खिलानाथ ढकाल बझाङको मष्टा गाउँपालिका-२ की १२ वर्षीया सम्झना कामी बुधबार साँझ साढे ५ बजे घरबाट गाई-गोरु गोठभित्र बाँध्न निस्केकी थिइन्।, घरदेखि आधी घन्टा टाढा गोठ छ। त्यसको बीचमा लाछीगाड खोला। , खोलापारिपट्टी जंगल छिचोलेर गोठमा पुग्नुपर्थ्यो। , बिहान गाई-गोरुलाई बाहिर पगा लगाइने र साँझ गोठभित्र बाँध्ने गरिन्थ्यो। , बिह...
सेतोपाटी संवाददाता ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोनाभाइरस संक्रमण भएको छ।, मेयर महर्जनलाई शुक्रबार कोरोना पुष्टि भएको हो।, उपत्यका नगरपालिका फोरम काठमाडौंका अध्यक्षसमेत रहेका काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य तथा सचिवसमेत रहेका मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले शुक्रब...
सेतोपाटी संवाददाता बुटवलको कोरोना अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।, उच्च ज्वरो आएपछि बिहीबार लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा पुगेका बुटवल उपमहानगरपालिका वडा नम्बर १० का ७२ वर्षीय पुरूषको शुक्रबार दिउँसो मृत्यु भएको हो। , कोरोना संक्रमण आशंकामा पिसिआर परीक्षण गर्दा शुक्रबार बिहान क...
सन्जिब बगाले सरकारले तेजाव आक्रमण गर्नेलाई २० वर्षसम्म कैद सजाय हुनेगरी अध्यादेश ल्याएको छ। तेजाव आक्रमणमा परेर पूर्ण क्षति भएमा आक्रमणकारीलाई २० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना हुने प्रावधान अध्यादेशमा राखिएको छ।, 'कसैको दुबै आँखा जलेकाे वा क्षति भई पूर्णरुपमा दृष्टि नष्ट भएमा, दुबै कान जाली क्षति भएमा वा सुन्ने शक...
सेतोपाटी संवाददाता दाङमा स्कार्पियो दुर्घटनामा हुँदा सल्यानका तीन पत्रकारसहित छ जना घाइते भएका छन्। , घोराही–लमही सडकखण्डको बेलदमारमा बिहीबार बिहान भएको दुर्घटनामा परी सल्यानका पत्रकारहरू खगेन्द्र केसी, वीरेन्द्र डिसी र तुलसीराम परियार घाइते भएको प्रहरीले जानकारी दिएको छ। , उक्त दुर्घटनामा परी पत्रकार केसीकी  १५ वर्षी...
रासस पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।, “शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ। आइबार...
सेतोपाटी संवाददाता स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर-१४ मा पहिरोमा पुरिएका ९ जनाको शव फेला परेको छ।, प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार बिहीबार बिहान पहिरो जाँदा पुरिएकामा एकै परिवारका ८ जना रहेका छन्। एक जना पाहुना आएकी महिला छिन्।, मृत्यु भएका सबैको पहिचान खुलेको बोगटीले बताए।, मृत्यु हुनेमा टिकामाया नेपाली...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखा सिल गरिएको छ।, कर्मचारीमा कोरोना देखिएपछि महाशाखा तीन दिनसम्म सिल गरिएको मन्त्रालयका सचिव लेखनाथ पौड्यालले जानकारी दिए।, असोज ८, ९ र १० गतेसम्म महाशाखा सिल गरिएको उनले जानकारी दिए। , उनका अनुसार महाशाखामा कार्यरत एक जना कर्मचारी...
सेतोपाटी संवाददाता ताप्लेजुङको सिरीजंघा गाउँपालिका-८ याम्फुदिनको थिबुकमा एकै परिवारका तीन जनामाथि धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ परेका छन्।, बिहीबार दिउँसो याम्फुदिनको थिबुकबाटै लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुरमार श्रेष्ठले जानकारी दिए।, स्थानीय २२ वर्षीय लाक्पा भोटेले आफ्नै...
राजेश घिमिरे सडक डिभिजन कार्यालय हेटौंडाले सम्झौता बमोजिमको कार्य सम्पन्न नगर्ने निर्माण व्यवसायीसँगको ठेक्का तोड्दै कालोसूचीमा राख्ने प्रकृया सुरु गरेको छ। , शर्तनामा बमोजिम काम गर्न सम्झौता गरेका २१ वटा निर्माण व्यवसायीहरुले म्याद समाप्त भएको लामो अवधिसम्म पटक–पटक ताकेदा गर्दा पनि कार्य सम्पन्न नगरेको सडक डिभिजन कार...
राजेश घिमिरे बुढेसकालको सुखका लागि मान्छेहरू युवावस्थामा मरिमेटेर काम गर्छन्। साठी वर्षपछिको उमेरमा काम छोडेर ‘रिटायर्ड लाइफ’ बिताउने चलन छ।, तर भरतपुरकी अम्बिका धिताल भने यो चलनको उल्टो बाटो हिँडिरहेकी छन्।, साठी वर्षको उमेरमा उनी व्यवसायिका रूपमा उदाउँदै छिन्। दिनरात नभनी मेहनत गर्दैछिन्।, भरतपुर–१० घरकी अम्बिका क...
सेतोपाटी संवाददाता मोरङमा पर्खाल भत्किएर थिच्दा एक महिलाको मृत्यु भएको छ। , मोरङस्थित बिराट जुट मिलको पर्खाल भत्किँदा बिराटनगर महानगरपालिका १५ रानीकी ५५ वर्षीया समिरू नेसाको बिहीबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो।, उनी बिहान साढे ८ बजे कलमा पानी लिन जाँदै थिइन्। सोही बेला एक्कासी पर्खाल भत्किएर समिरूलाई थिचेको थियो...
सेतोपाटी संवाददाता बाग्लुङमा बुधबार गएको पहिरोमा परी बेपत्ता एक वृद्धको शव फेला परेको छ।, काठेखोला गाउँपालिका– २ भीमापोखराका करिब ६० वर्षीय वृद्ध टेकबहादुर खातीको शव फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।, गोठमा भैंसीलाई घाँसपात गर्न जाँदा अचानक आएको पहिरोमा परेर खाती ह...
सेतोपाटी संवाददाता बझाङको मष्टा गाउँपालिका–२ मा १२ वर्षीया बालिका मृत फेला परेकी छन्।, बुधबार साँझ घरबाट २ किलोमिटर टाढा गोठमा पशु चौपायालाई घाँस हाल्न गएकी बालिका नग्न र शरीरमा चोटपटक लागेको अवस्थामा मृत फेला परेकी हुन्। , जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र सिंहले बालिकाको शव तल्लो ...
समिक्षा अधिकारी सरकारले असोज १ गतेदेखि लकडाउन खुकुलो मात्रै बनाएन, अन्त्य नै गरिदियो। तर ६ महिनादेखि बन्द भएका शैक्षिक संस्था खुल्ने सुरसार छैन।, विद्यार्थीलाई पठनपाठनसँग नजिक राख्न वैकल्पिक सिकाइ तथा अनलाइन कक्षा सञ्चालन गरिएको छ। सामुदायिक विद्यालयका धेरै बालबालिका अनलाइनको पहुँचबाट टाढा छन्। उनीहरूको अनलाइन मात्र ह...
सेतोपाटी संवाददाता बिहीबार थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६९ हजार ३०१ पुगेको छ। , यस अवधिमा कोरोनाबाट ४५७ जना निको भएका छन्। हालसम्म ५० ह...
एजेन्सी चीनका सबैभन्दा धनी व्यक्ति जोङ सानशान बनेका छन्।, ब्लुमवर्ग बिलेनियर इन्डेक्सका अनुसार बुधबार जोन सानशान चीनकै धनी व्यक्ति बनेका हुन्। उनले यसअघिका चीनका सर्वाधिक धनीको सूचीमा लामो समय राज गरेका ज्याक मालाई उछिनेका हुन्।, जोङ 'नोङ फुङ' नामक बोतलको पानी र खोप निर्माता कम्पनीका संस्थापक हुन्। , ब्लुमवर्ग बिलेनिय...
सेतोपाटी संवाददाता सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण नबुझाए अब पाँच हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई जरिवाना तिराउन निर्देशन दिएको हो।, अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०५८ को दफा ३१ (क)को उपदफा (१)मा सार्वजनिक पद धारण ...
सेतोपाटी संवाददाता कोरोनाबाट निको हुनेको संख्या ५० हजार नाघेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४५७ जना निको भएको जानकारी दिए।, यीसहित हालसम्म निको हुनेको संख्या ५० हजार ४११ पुगेको हो। कुल संक्रमितमा निको हुनेको दर ७२. ७ प्रतिशत हो। , मन्त्रालयका अनुसार अहिले दे...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। , तीमध्ये काठमाडौंका ६ सय ९ जना, भक्तपुरका ५१ जना र ललितपुरका ९५ जना छन्। , त्यस्तै, पछिल्लो २४ घण्टामा...
सेतोपाटी संवाददाता लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ। , कोरोना संक्रमण फैलिएसँगै आइसोलेसन र आइसियू स्थापना तथा व्यवस्थापनमा सक्रिय रुपमा खटिँदै गर्दा आफू कोरोना संक्रमित हुन पुगेको उनले बताएका छन्। , दुई दिनअघि सुख्खा खोकी र ज्वरो आएपछि पि...
सेतोपाटी संवाददाता रौतहटका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) रविराज खड्कालाई गृह मन्त्रालयले कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ।, भदौ ११ गते इलाका प्रहरी कार्यालय, गरूडाको हिरासतमा रहेका विजय चमारको मृत्यु प्रकरणमा प्रमुख खड्काको कमजोरी देखिएको भन्दै मन्त्रालयले उनलाई कारबाही गर्न सिफारिस गरेको हो। ,...
सेतोपाटी संवाददाता पाँच वर्षअघि लेलेमा महिलाको हत्या गरी फरार भएका आराेपी पक्राउ परेका छन्। , महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार १ बजे सिराहा घर भइ काठमाडौंको मैतिदेवी बस्ने २४ वर्षीय रविकुमार यादवलाई पक्राउ गरेको हो। , दुई जना पुरूषले २०७२ साल बैशाख १५ गते बिहान साढे नौ बजे गोदावरी नगरपालिका ५ लेले फैडोल सामुदाय...
भानुभक्त भनिन्छ- दक्षिण एसियाको स्थायी अर्थमन्त्री मनसुन हो। किनकी परम्परागत कृषि क्षेत्रले कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा ठूलो हिस्सा ओगटेको यो क्षेत्रमा मनसुनी गतिविधिको सोझो असर अर्थतन्त्रमा परिहाल्छ। , यो क्षेत्रका देशमध्ये नेपालको अर्थतन्त्रमा ३१.७, भारतमा २९.६, अफगानिस्तानमा २३ र पाकिस्तानमा २२.४ प्रतिशत योगदान...
सेतोपाटी संवाददाता बुटवलको कोरोना विशेष अस्पतालमा बिहीबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।, कपिलवस्तुको वाणगङ्गा ११ बनगाईकी ७० वर्षीया महिलाको बिहीबार साँझ मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए। , अस्पतालका अनुसार मृतक महिलामा दम, मिर्गौला र रगतमा खराबी थियो।, असोज ३ गते अस्पताल आएकी ती...
सेतोपाटी संवाददाता महाकाली सिंचाई आयोजनाका कामु निर्देशक प्रचण्डदेव विष्ट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित पक्राउ परेका छन्।, उनलाई काठमाडौं महानगर ११ सुन्धारास्थित इसन होटलबाट बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।, उनलाई आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा पठाइएको छ। आयोगले विष्टलाई न्याय...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार संक्रमित पुगे फेरि लकडाउन गर्न सकिने गरी प्रस्ताव गर्ने भएको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङमा सक्रिय संक्रमित २५ हजार पुगे सरकारलाई फेरि लकडाउन गर्न सिफारिस गरिने जानकारी गराएका हुन्।, उनले सक्रिय संक्रमित संख्या २५...
नारायण खड्का मंगलबार  दिउँसो १ बजे लक्ष्मीपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयमा भर्खर विद्यार्थी  घरबाट आएका थिए।, अघिपछि यो समय  ‘टिफिन टाइम’ हुन्थ्यो। विद्यार्थी खाजा खाइरहेका हुन्थे होला। अहिले परिस्थिति अलि फरक छ।  ६ महिना लामो कोरोनाको कहरकाबीच  विद्यालय खुल्न थालेका छन्। पूर्ण रुपमा कहिले खुल्छन् भन्न सक्ने अवस्थ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। , तीमध्ये काठमाडौंका ४ सय ९२ जना, भक्तपुरका ९५ जना र ललितपुरका ५० जना छन्। , त्यस्तै, पछिल्लो २४ घण्टामा...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेभन्दा बढी पिसिआर परीक्षण शुल्क लिने अस्पताल र प्रयोगशालाहरूको अनुगमन गरी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। , मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पताल र प्रयोगशालाहरूले बढी शुल्क लिएको गुनासो आएकाले सम्बन्धित निकायलाई अनुगमन गरी कारबाही ग...
सेतोपाटी संवाददाता कपिलवस्तुको कृष्णनगरमा ३७ किलोग्राम चरेशसहित २ महिला पक्राउ परेका छन्।, इलाका प्रहरी कार्यालय कृष्णनगरले कार्यालय अगाडि चेक गर्ने क्रममा सुटकेस र शरीरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा मकवानपुर मनहारी गाउँपालिका वडा नं. ९ बस्ने वर्ष ४० की शान्ति तामाङ र रोल्...
युवराज श्रेष्ठ संरक्षित बन्यजन्तु सालकको खपेटा, चितुवाको छाला र हड्डीसहित एक युवक पोखराबाट पक्राउ परेका छन्।, धादिङको गल्छी गाउँपालिका– ४ का २८ वर्षीय सन्तोष लामिछानेलाई पोखरा–३१ शिशुवाबाट बनपोखरीतर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो।, उनको साथबाट ८ फिट लम्बाई र ३ फिट चौडाई भएको १ थान चितुवाको छाला, २ फिट ५ इन्च ल...
भगवती पाण्डे कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ कपिलधामस्थित भलवाडको कजवे पुलमा आएको बाढीले विद्युत प्राधिकरण कपिलवस्तुको गाडी बगाएको छ।, वा. १ ज्ञ १०८९ नं. को गाडी बगाउँदा गाडी चालक गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ५ का ३५ वर्षीय माधव पाण्डेको मृत्यु भएको छ।, त्यस्तै कार्यालयका शाखा प्रमुख ५३ वर्षीय कृष्ण प्रस...
सेतोपाटी संवाददाता सोसल चेन्ज मेकर एण्ड इनोभेटर (सोचाइ) की संस्थापक बोनिता शर्मा यस वर्षको ‘ग्लोबल गोल प्रोगेस अवार्ड’ जित्न सफल भएकी छन्।, करिब तीन वर्षदेखि महिला सशक्तिकरण र पोषण क्षेत्रमा थुप्रै सामाजिक काम गर्दै आएकी बोनिताले पाँचौ वार्षिक ग्लोबल गोल पुरस्कार पाएकी हुन्। , अन्तर्राष्ट्रिय संस्था ‘द बिल एन्ड मेलिन्...
भानुभक्त सिन्धुलीका उत्तम घिमिरे बुधबार दिउँसो पनि थापाथलीस्थित प्रसुति गृहको आइसियूमा गएका थिए- आफ्नी सानी छोरीलाई हेर्न।, मंगलबार जाँदा रोइरहेकी अनि चलिरहेकी उनकी छोरी आज शिथिल थिइन्। उनको मुटुको चाल पनि सुस्त भइरहेको थियो।, सात महिना नपुग्दै जन्मिएकी ती सानी मान्छेको मुटुको चाल घटेसँगै उत्तमको मन पनि भारी भयो। उनी ...
सेतोपाटी संवाददाता दाङमा मामा घर जान भनि हिँडेकी एक बालिकाको खोलाले बगाउँदा मृत्यु भएको छ। , जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ८ स्याला निवासी ६ वर्षीया कविता सुनारको स्थानीय खोलाले बगाउँदा मृत्यु भएको हो।, भोजराज सुनारकी छोरी कविता सोही गाउँपालिकाको वडा नं. ७ को गठीस्थित मामाघर जान खोज्दा मंगलबार बेलुका ७ बजेतिर ...
सेतोपाटी संवाददाता बाराबाट १२ लाख ६ हजार नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्। , प्रहरीले बुधबार बिहान बारागढी गाउँपालिका ५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र विहार मोतिहारी झरौखरका २७ वर्षीय सन्दिप कुमारलाई पक्राउ गरेको हो। , सिम्रौनगढ नगरपालिका ९ बसवरिया नहरमा चोरीका मोबाइलहरू खरिदबिक्री भएको भन्ने विशेष सूचन...
शोभा शर्मा उच्च अदालत पाटनले समयमै रासायनिक मल नल्याउने होनिको मल्टिपल कम्पनी लिमिटेड र शैलुङ इन्टरप्राइजेजको जमानत जफत गरी कालोसूचीमा राख्न र प्रक्रिया अघि बढाउन बाटो खुला गरिदिएको छ। , यसअघि कालोसूचीमा राख्ने प्रक्रिया रोक्न भन्दै आफैंले दिएको अन्तरिम आदेश उच्च अदालत पाटनले रद्द गरेको हो। यो आदेशसँगै ती कम्पनीलाई का...
समिक्षा अधिकारी बदलिँदो समयमा सूचना-प्रविधिले नयाँ-नयाँ सुरक्षा चुनौती खडा गरेको छ। भौतिक सुरक्षा मात्रै होइन, प्राविधिक सुरक्षा पनि उत्तिकै आवश्यक भइसक्यो। सामाजिक सञ्जालमा असुरक्षादेखि डाटा चोरी, बैंक खाता ह्याक, सरकारी साइट ह्याक भएका जस्ता समाचार सामान्य भइसके।, २२ वर्षीया श्रृंखला भट्टराई यस्तै समस्याको सुरक्षा ग...
शशांक बंगाली (लस एन्जल्स टाइम्स) उनीहरू साताको छ दिन दैनिक बाह्र घन्टाको 'सिफ्ट' मा काम गर्छन्। कारखानाको तापक्रम झन्डै ४० डिग्री सेल्सियससम्म पुग्छ। बीचमा एकैछिन खाना खान छुट्टी हुन्छ। बिरामी पर्दा हत्तपत्त विदा पाइँदैन। शौचालय जाँदा अलि बढी समय लाग्यो भने पनि तलब काटिन्छ।, दिनभरीको थकानपछि जब निद्राले चूर हुन्छन्, उ...
सेतोपाटी गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ। , तीन दिनदेखिको लगातार वर्षाका कारण घरमाथिबाट खसेको पहिरोमा परी स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताए।, वडा अध्यक्ष पाण्डेका अनुसार गएराति २ बजे गौतम टोलका मान...
सविता बुढा डडेल्धुरामा उपचाररत् एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। , श्वासप्रश्वासमा समस्या आएपछि डडेल्धुरा  अस्पतालमा उपचारका लागि आएका नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको बुधबार बेलुका  मृत्यु भएको हो।, उनी दुई दिनअघि भारतबाट आएका थिए । , श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बेलुका  अस्पतालमा भर्ना भएका थिए। ...
सेतोपाटी बन्दाबन्दीका कारण छ महिनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईमा यही शनिबारदेखि नियमित उडान हुने भएको छ।, कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी हटेसँगै नेपाल वायु सेवा निगमको हवाईजहाजले मनमायाँ राई खानीडाँडा विमानस्थल र थामखर्क विमानस्थलमा शनिबारदेखि नियमित उडान भर्ने भ...
एजेन्सी भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा परेर मृत्यु हुने व्यक्तिको संख्या ३९ पुगेको छ।, त्यसमा परेर निधन भएका व्यक्तिको संख्या ३९ पुगेको महाराष्ट्रको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ले जानकारी दिएको छ।, उक्त फोर्स्ले दिएको जानकारीअनुसार त्यसमा रहेकामध्ये कम्तीमा पनि ३९ जनाको ज्यान गएको ...
राजेश घिमिरे तनहुँका कोरोना भाइरस संक्रमित पुरुषको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ।, चितवन मेडिकल कलेजमा उपचाररत् तनहुँको आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ।, उनलाई भदौ २९ गते डायलाइसिस गर्नका लागि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनमा भदौ ३१ गते कोरोना संक्रमण पुष...
सेतोपाटी नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अवरुद्ध भएको छ। , इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो। जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो। , सोहि स्थानमा...
सेतोपाटी नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार पुग्ने बताएका छन्। , पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा वृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै उनले सरकारले जेष्ठ नागरिकलाई ...
राजेश घिमिरे अविरल वर्षासँगै नाराययणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। , बिहीबारदेखि निरन्तर वर्षा भएपछि नारायणीमा पानीको बहाब बढ्दै गएको हो । , देवघाट क्षेत्रमा नदीको सतहले खतराको तह पार गरिसकेको छ भने नारायणगढ क्षेत्रमा सतर्कताको तह पार गर्दै खतराको तहतर्फ उन्मुख भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ,...
सेतोपाटी संवाददाता पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटमा पहिरोले दुई वटा घर बगाउँदा पाँच जना बेपत्ता भएका छन्।, पहिरोले फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। , प्रहरीका अनुसार हुमबहादुर गाहाको परिवारका पाँच जना बेपत्ता भएका भएका हुन्।, बेपत...
सेतोपाटी संवाददाता नवलपरपासी पूर्वको एउटा पाउरोटी उद्योगबाट छुटेको गाडी र त्यसका चालक एक दिनदेखि बेपत्ता छन्।, नवलपरासी नवलपरासी पूर्व विनयी गाउँपालिका-३ को सुनही खोलाले बगाएका चालक र गाडी अहिलेसम्म फेला नपरेका हुन्। , प्रहरीका अनुसार ना३च १५९४ नम्बरको गाडी तर्ने क्रममा बुधबार अपराह्न खोलाले बगाएको थियो। चालक कावासेती...
भगवती पाण्डे बुटवल रामनगरस्थित कोरोना विशेष अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।, कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाका अनुसार नवलपरासी पश्चिम र कपिलवस्तुका एक-एक जनाको मृत्यु भएको हो। , मृत्यु हुनेमा कपिलवस्तु बुद्धभुमि नगरपालिका-६ का ५० वर्षिय पुरुष र नवलपरासी पश्चिम रामग्राम नगरपालिका-३ क...
खिलानाथ ढकाल मोरङ लेटाङ नगरपालिका-३ की २२ वर्षीया मनिका ढकाल सुनसरी रामधुनी नगरपालिका-५ झुम्कामा डेरा गरी बस्थिन्।, उनी झुम्का बजारमा तरकारी व्यापार गर्थिन्। तर, लकडाउनयता उनको तरकारी व्यापार चौपट्ट भएको थियो।, सप्तरीको विष्णुपुर गाउँपालिका-५ का २८ वर्षीय सुमितकुमार मण्डलसँग उनको तीन वर्षदेखिको चिनजान थियो। उनीहरू फेस...
नेहा झा सप्तरीमा एक जना सरकारी कर्मचारीको कोरोना संक्रमणबाट आज बिहान मृत्यु भएको छ।, जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। , उनमा भदौ ३१ गते कोरोना पोजेटिभ देखिएको थियो। त्यसयता उनी होम आइस...
सेतोपाटी संवाददाता स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर-१४ मा पहिरोमा पुरिएर बेपत्ता भएका छ जनाको शव फेला परेको छ।, स्थानीय माया परियारको घर पहिरोले पुरिँदा १० जना बेपत्ता भएका थिए। , बिहीबार बिहान माथिबाट गएको पहिरोले एकै परिवारका १० जना पुरिएका थिए।, तीमध्ये एक जनाको जीवितै उद्धार गरी उपचारको लागि पोखरा पठाइएको जिल्...
नारायण महर्जन डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डललामा प्रदर्शन भएको छ।, उनका पक्षमा सोलिराडिटी फर जिकेसी अलायन्सले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।, केसीका माग जायज हुँदाहुँदै सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले बीच सडकमा बसेर विरोध जनाएका हुन्।, ‘डा. केसीको अनसन मेडिकल माफियालाई टेन्सन, दूरदराजमा मेडिकल शि...
खिलानाथ ढकाल राजस्व अनुसन्धान विभागले दुई वर्षको अवधिमा ३० अर्बको राजस्व चुहावट तथा वैदेशिक विनिमय अपचलनको मुद्दा टुंग्याएको छ।, विभागले भन्सार चोरी पैठारी, आयकर, मूल्य अभिवृद्धि कर छली तथा विदेशी विनिमय अपचलन प्रकरणको अनुसन्धान गर्ने क्रममा यो बराबरको कारबाहीबाट राजस्व सरकारी ढुकुटीमा आएको जनायो।, विभाग २०७५ सालमा प्...
रासस सर्वोच्च अदालतले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक र उद्योगले आफ्नो खुद नाफाको एक प्रतिशत रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा राख्नुपर्नाको कारणबारे लिखित जवाफ माग गरेको छ।, न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सोमबार जारी गरेको आदेशमा नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत कोरो...
रुमा रिजाल सुनसरीको रामधुनी नगरपालिका-५ की एक किशोरी बलि चढ्नबाट जोगिएकी छन्। १७ वर्षीया किशोरीलाई सीमा क्षेत्र विराटनगर महानगरपालिका-१७ हुँदै भारत लैजाने क्रममा उद्धार गरिएको हो।, किशोरीलाई भारत पुर्‍याउन लागेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ।, ‘घटनाको प्रकृति र कनेक्सन हेर्दा किशोरीलाई बली दिन भारत ...
रासस पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना देखिएको छ।, उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम तर्फ सर्ने क्रममा पाँच दिन नेपालको धेरै स्थानमा वर्षा हुनाका साथै तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ।, जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्र...
सेतोपाटी मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ। , पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो। , दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने वित्तिकै पनि पटकपटक स...
भानुभक्त पहिलो बच्चा जन्मिँदै छ भने तपाईंको मनमा खुलदुली हुन्छ- नयाँ मान्छे कस्तो होला? अलिअलि डर पनि हुन्छ बच्चाको आमालाई केही गाह्रो हुने हो कि! त्यो डरलाई पन्छाएर धेरै जना आफ्नो दुनियाँमा आउने नयाँ मान्छेको अनुहार हेर्न आतुर हुन्छन्।, सिन्धुलीको गोलन्जर गाउँपालिका-२ का ३० वर्षीय उत्तम घिमिरेलाई पनि आफ्नो पहिलो बच्च...
सेतोपाटी तीन जिल्ला जोड्ने सडकको रूपमा बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य सुरू भएको छ। , बझाङ जिल्लासँग जोडिने जिल्लाको महत्वपूर्ण सडकका रूपमा रहेको सो सडकको ट्र्याक विस्तारको काम सुरू भएको हो। , बैतडीको गन्नादेखि बझाङको सिमाना गनैखानसम्म २० किलोमिटर ट्र्याक खोल्नका लागि निर्माण कम्पनीसँ...
साउथ चाइना मर्निङ पोस्ट हंगेरीमा भएको एउटा अध्ययनले कोरोना भाइरसले धेरै ताप सहन सक्ने देखाएको छ। साथै यसले आफूमा भएको क्षति आफैं निको पार्न सक्ने र आजसम्मै सम्भवतः सबभन्दा ज्याद्रो भाइरसका रूपमा देखिएको अध्येताहरूले बताएका छन्।, अध्ययन टोलीले कोरोना भाइरसलाई धेरै मसिनो सुइले घोचेर हेरेको थियो। उनीहरूले यो बेलुनजस्तो फ...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले काठमाडौं उपत्यकाका प्रत्येक युनिटमा घुम्ती कक्षा सञ्चालन गर्ने भएको छ। , बुधबार देखि कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलको नेतृत्वमा घुम्ती कक्षा सञ्चालन गर्न लागेको हो। उनीसँगै कक्षा लिन दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) समे...
सेतोपाटी संवाददाता भद्रपुर-१० घर भएका कोरोना संक्रमित ८६ वर्षीय वृद्ध पुरूषको उपचारका क्रममा बुधबार बिहान विराटनगरमा मृत्यु भएको छ।, मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट टिचिङ अस्पतालको आइसोलेनमा उपचारका क्रममा बिहान पौने ६ बजे वृद्धको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिए।, कोरोनासँग मिल्दो ...
सेतोपाटी संवाददाता ललितपुरमा थप दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। , जावलाखेलस्थित अल्का अस्पताल र सानेपास्थित मेघा अस्पतालमा उपचाररत दुई जना वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। , अल्का अस्पतालमा पाटनका ७४ वर्षीय वृद्धको मंगलबार राति सवा दुई बजे मृत्यु भएको हो। गत भदौं १६ गत...
सेतोपाटी बर्दिया जिल्लाका एक कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। , बर्दिया जिल्लाको ठाकुरद्धारा नगरपालिका वडा नं. ७ निवासी ६४ वर्षीय पुरुषको मंगलबार दिउँसो ४ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलुपरमा मृत्यु भएको छ। , उनलाई असोज ४ गते विहान अस्पताल भर्ना गरिएको थियो। असोज ५ गते पिसिआर...
सेतोपाटी नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ।, नारायणगढ–मुग्लिन सडकखण्डको  इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा  आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए। , अ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका बालबालिकाको कानको मुन्द्रा लुटपाट गर्ने महिला र पुरूष पक्राउ परेका छन्। , महानगरीय प्रहरी वृत्त, बौद्धले म्याग्दी घर भई बालाजु बस्दै आएकी ३२ वर्षीया संगीता क्षेत्रीलाई र काभ्रे घर भई ललितपुरको सौगल बस्ने ३० वर्षीय मुरली विकलाई मंगलबार पक्राउ गरेको हो। , संगीताले काठमाडौं उपत्यकाका...
सेतोपाटी संवाददाता कैलालीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।, गौरीगंगा नगरपालिका १० नुक्लिपुरमा करेन्ट लागेर सोही ठाउँका ३० वर्षीय रघुवीर सिंह धामीको मृत्यु भएको हो।, ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले खेतमा बाली बचाउनका लागि जंगली जनावरलाई पासो थाप्ने क्रममा करेन्ट ला...
सेतोपाटी संवाददाता काठमाडौंबाट मकवानपुर जाँदै गरेको जीपमा पहिरो बस्दा एक जनाको मृत्यु भएको छ।, मकवानपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाका अनुसार बुधबार इन्द्रसरोवर गाउँपालिका-२ देउरालीमा बा १७ च ४८७४ नम्बरको स्कोर्पिओमाथि ढुङ्गामाटो सहितको पहिरो खसेको हो।, पहिरोले पुरिएपछि चालक बारा प...
सेतोपाटी संवाददाता कास्की प्रहरी कार्यालयले बाघको छाला, सालकको खपेटा र आखेटोपहारसहित एक  जनालाई पक्राउ गरेको छ।, मंगलबार साँझ साढे ६ बजे वन्यतन्तुको अवैध ओसारपोसार तथा कारोबार गरेको आरोपमा प्रहरीले धादिङ गल्छी गाउँपालिका- ४ बस्ने २८ वर्षीय सन्तोष लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो।, प्रहरीले अन्य ठाँउबाट आएर कास्कीम...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले काठमाडौं उपत्यकाका प्रत्येक युनिटमा घुम्ती कक्षा सञ्चालन गर्ने भएको छ। , बुधबारदेखि कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलको नेतृत्वमा घुम्ती कक्षा सञ्चालन गर्न लागेको हो।, उनीसँगै कक्षा लिन दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) समे...
सेतोपाटी संवाददाता मिडिया हाउस सञ्चालकहरूले ‘मिडिया अलाइन्स नेपाल’ गठन गरेका छन्।, एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा बुधबार उनीहरूले तदर्थ समिति घोषणा गरेका हुन्।, सल्लाहकारमा अन्नपूर्ण नेटवर्क प्रालिका अध्यक्ष रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालिका अध्यक्ष विनोद ज्ञवाली छन्। अलाइन्सको...
सविता बुढा सुदूरपश्चिमका हर्कबहादुर पार्की कैनी अहिले दुबईबाट विश्वलाई इन्डियन प्रिमियर लिग (आइपिएल) देखाउँदै छन्।, डडेल्धुराको अमरगढी नगरपालिका–७ का कैनी युएईमा जारी आइपिएलको प्रत्यक्ष प्रसारण गर्ने 'रियल इम्प्याक्ट' को ब्रोडकास्ट फिडका भिजन इन्जिनियर हुन्। उनी आइपिएलको पहिलो सिजनबाटै प्रत्यक्ष प्रसारण गर्ने काममा सह...
सेतोपाटी संवाददाता काभ्रेपाल्चोकको पाँचखालस्थित वीरेन्द्र तालिम केन्द्रमा रहेका ६२ जना सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको छ।, उनीहरूमध्ये अधिकांश सैनिकहरू शान्ति सेनामा जाने पर्खाइमा थिए। गत भदौ २९ गते लिबिया जान लागेका ३७ सैनिकलाई कोरोना संक्रमण देखिएको थियो।कोरोना संक्रमण देखिएकै कारण लिबियाको उडान स्थगित भएको थियो...
भगवती पाण्डे कपिलवस्तुको महाराजगञ्जका ३३ वर्षीय शेषराम बढइ गत साउन १६ गते दिउँसो घरमा सुतिरहेका थिए।, खाटमा निदाइरहेका उनको अचानक खुट्टा दुख्यो, किरासिराले टोकेजस्तो लाग्यो।, उठेर कोठा वरिपरि हेरे, खाटमुनि पनि हेरे केही देखेनन्।, खुट्टाको औंलामा केहिले टोकेजस्तो डोब देखिएको थियो, ठूलो कमिलाले टोकेहोला भन्ठानेर खासै वा...
सेतोपाटी संवाददाता बुधबार देशभर थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ६७ हजार ८०४ पुगेको छ। , त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८९३ जना को...
रासस त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ।, त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो। , त्रिविले ...
सेतोपाटी संवाददाता ओखलढुंगामा करेन्ट लागेर मोलुङ खोला हाइड्रोपावर ट्रान्समिसन लाइनका सुपरभाइजरको मृत्यु भएको छ।, बुधबार बिहान ११ बजे मोलुङ-१ कुन्तादेबी बस्ने २८ वर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको हो। सिद्धिचरण-१२ सिमलडाँडाको बिजुली आपूर्तिकाे लागि 'जम्पर' छुटाउन उनी बिजुलीको पोलमा चढेका थिए।, त्यही क्रममा व...
सेतोपाटी संवाददाता सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेशकुमार साहलाई कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।  , प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा समेत रहेका नगर प्रमुख साहलाई मंगलबार कोरोना संक्रमणको पुष्टि भएको थियो। , मंगलबार प्...
साउथ चाइना मर्निङ पोस्ट हंगेरीमा भएको एउटा अध्ययनले कोरोना भाइरसले धेरै ताप सहन सक्ने देखाएको छ। साथै यसले आफूमा भएको क्षति आफैं निको पार्न सक्ने र आजसम्मै सम्भवतः सबभन्दा ज्याद्रो भाइरसका रूपमा देखिएको अध्येताहरूले बताएका छन्।, अध्ययन टोलीले कोरोना भाइरसलाई धेरै मसिनो सुइले घोचेर हेरेको थियो। उनीहरूले यो बेलुनजस्तो फ...
सेतोपाटी संवाददाता आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। , बारा प्रहरी कार्यालयले परवानीपुर गाउँपालिका १ घर भएका ३६ वर्षीय कपिलदेव महत्तोलाई मंगलबार राति १० बजे पक्राउ गरेको हो। , प्रहरीका अनुसार उनी केही दिनअघि नेपाल आएर आपराधिक गतिविधिमा संलग्न हुन लागेको भन्ने खबर पाएपछि...