content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता बुटवलको कोरोना विशेष आइसोलेसन अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।, बुटवल उपमहानगरपालिका वडा नम्बर १० का ६९ वर्षीय पुरुषको शनिबार बिहान राति १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।, उनी कोरोना संक्रमण पुष्टि भएपछि गत भदौ २२ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए।, श्वासप्रस्वा... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ७ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ७ सय ११ जनामा कोरोना संक्रमण देखिएको हो।, त्यसमध्ये काठमाडौंका ५ सय ७०, ललितपुरका ५८ जना र भक्तपुरका ८३ जना छन्।, पछिल्लो २४ घण्टामा नेपालमा थप १२०... |
सेतोपाटी संवाददाता काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरीमा पाँच वर्षपछि पानी भरिएको छ।, आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा शनिबार पानी भरेको हो। खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाको सहयोगमा रानीपोखरीमा पानी भरिएको निर्देशनालयले जनाएको छ।, वि.सं. २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीप... |
सेतोपाटी संवाददाता ललितपुर महानगरको जवलाखेल क्षेत्रमा एकैसाथ चार वटा पार्क बन्ने भएका छन्। , यी पार्क ललितपुर महानगरको नगरस्तयरीय गौरवशाली आयोजना अन्तर्गत बन्न लागेका हुन्। , पार्कको शनिबार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शिलान्यास गरे। , चिल्ड्रेन पार्क, मिडल पार्क, पिस पार्क र गणेशमानसिंह पार्क नाम द... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा एक युवक पक्राउ परेका छन्।, पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिकाका २२ वर्षीय युवक सुरज साउद रहेका छन्।, गत भदौमा बेलडाँडीकै १६ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरी... |
सेतोपाटी संवाददाता अछाममा एक किशोरीलाई बलात्कार गरी फरार रहेका एक जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा दैलेखको आठबिसे नगरपालिका–२ सिस्नेका २८ वर्षीय लोकेन्द्रबहादुर शाही रहेका छन्।, उनी अछामको तुर्माखाद गाउँपालिका -३ की १६ वर्षीया किशोरीलाई भदौ ३ गते जबरजस्ती करणी गरेको आरोप लागेपछि फरार रहेका थिए।, फरार रहेका उनलाई ... |
सेतोपाटी संवाददाता भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत एक कर्मचारी अस्पताल परिसरमै मृत भेटिएका छन्।, अस्पतालको इन्जिनियरिङतर्फ काम गर्दै आएका सूर्य मिश्र अस्पताल परिसरमै रहेको नहरमा मृत भेटिएका हुन्। , जिल्ला प्रहरी कार्यालय चितवनले मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ। अस्पतालका कर्मच... |
सेतोपाटी विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन्।, सिमरा घर भई ११ वर्षदेखि अस्पतालमा कार्यरत ३२ वर्षीय सूर्य मिश्र मृतअवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार बिहान ११ बजे अस्पताल नजिक हुँदै ब... |
सेतोपाटी संवाददाता शुक्रबार भारतबाट जनकपुर ल्याइएका नेपालका दुई वटा रेल शनिबार भारततिरै फर्किएका छन्। रेल ल्याएर आएका भारतको कंकोण रेलवे कर्पोरेसनका कर्मचारीहरूले शनिबार दुबै रेल भारत लिएर गएका हुन्।, 'उहाँहरू दिउँसो १२ बजेतिर रेल लिएर यहाँबाट जानुभएको हो,' रेलवे तथा मेट्रो विकास कार्यालयका जनकपुरका इन्जिनियर विनोद ओझ... |
दिपकजंग शाही जुम्लामा अनसनरत् चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्यमा दिनानुदिन समस्या आइरहेको छ।, जुम्लाको सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा अनसनरत् केसीको स्वास्थ्यमा समस्या आइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बताए।, डा. केसीको शरीरमा क्रम... |
सेतोपाटी संवाददाता अछाममा एक बालकको हत्या भएको छ।, साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटमा ढुंगाले हानेर ८ वर्षका हिमाल विकको हत्या भएको प्रहरीले जनाएको छ।, हत्या आरोपमा सोही ठाउँका गणेश सुनारलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी योगेन्द्रबहादुर थापाले जानकारी दिएका छन्।, वडा अध्यक्ष धन बहादुर थापाले ... |
एजेन्सी फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशमा जारी संकटकाललाई थप एक वर्ष लम्ब्याएका छन्।, कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै उनले अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्म कायम रहने गरी संकटकाल घोषणा गरेका हुन्।, घोषणा नं. १०२१ मार्फत् उनले संकटकाललाई लम्ब्याएको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बताएका छन... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा निस्किएका 'हन्ड्रेड ग्रुप'का अध्यक्षमाथि भएको कुटपिट सम्बन्धमा छानविन सुरू गरेको छ।, बिहीबार दिउँसो बबरमहलमा ग्रुपका अध्यक्ष बब्लु गुप्तामाथि प्रहरीले लाठी, मुक्का तथा बुटले ... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाअन्तर्गत २१ वटा भित्री सडकहरूको निर्माण सुरू भएको छ। महानगर प्रमुख चिरिबाबु महर्जनले बिहीबार बिहान सातदोबाटो नजिकैको एउटा भित्री सडक शिलान्यास गर्दै यो अभियान थालनी गरेका हुन्।, कोरोना महामारीका कारण सार्वजनिक गतिविधि ठप्प भएको अवस्थामा यो अभियानले सामान्य स्थितितर्फ पाइला चालिएक... |
सेतोपाटी संवाददाता कुर्था-जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि नेपालले किनेको रेल सेट आज शुक्रबार नेपाल आईपुग्दैछ।, लामो समय देखि बन्द रहेको नेपालको एकमात्र रेल सेवाको पुनः संचालनका लागि दुई सेट रेल तथा चार सेट इन्जिन ल्याइदैंछ।, यसरी ल्याइने रेलको बोगीहरू विशेषरूपमा डिजाइन गरिएको छ।, धेरैपछि रेल नेपाल पुनः स... |
सेतोपाटी सशस्त्र प्रहरीले सीमा सुरक्षामा जनशक्ति बढाउँदै प्रदेश–२ मा थप गण सञ्चालनमा ल्याएको छ।, प्रदेश–२ का भारतसँग दक्षिणी सीमा जोडिएका आठ वटै जिल्लामा सुरक्षा प्रबन्ध थप सुदृढ बनाउन बिहीबार महोत्तरीको बर्दिवास–४ माईस्थानमा रिजर्भ गणको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको हो।, सशस्त्र प्रहरी बल प्रदेश–२ मुख्यालय ... |
राजेश घिमिरे चितवन मेडिकल कलेजमा उपचाररत् कोरोना संक्रमित युवकको मृत्यु भएको छ।, नवलपुरको देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले बताए।, उनलाई भदौ २५ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भएका कारण अस्पताल भर्ना गरिएको थियो। २६ गते उनमा कोरोना संक्... |
रासस मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिमप्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा प... |
सेतोपाटी संवाददाता सप्तरी डाक्नेश्वरी-७ की संगीता मण्डललाई बलात्कार गर्ने चार जनामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, रञ्जित भनिने १८ वर्षीय सरोजकुमार मण्डल र बब्लु भनिने १९ वर्षीय सुमनकुमार मण्डललाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो।, उनीहरू बलात्कारका मुख्य आरोपी हुन्। अन्य दुई जना अझै फरार रहेको सप्तरी प्... |
नेहा झा ६ वर्षभन्दा बढी समयपछि जनकपुर-जयनगर रेल सेवा सञ्चालन हुने भएको छ।, रेल विभागका जनकपुर साइट इन्जिनियर विनोद प्रसाद ओझाका अनुसार आज ११ बजेदेखि १ बजेको बीचमा ट्रायलका लागि भारतको जयनगर स्टेसनबाट रेल जनकपुर आउन लागेको हो।, जनकपुरधाममा लगभग सात वर्षपछि रेल आउन थालेपछि जनकपुरधामको रेल्वे स्टेसनमा बच्चादेखि वृद्धसम्म... |
सेतोपाटी संवाददाता जनकपुर-जयनगर रूटमा चल्नेगरी शुक्रबार दुई रेल नेपाल आउँदै छन्। यी रेल भारतमा मध्यम दूरीमा चल्ने रेलजस्तै आधुनिक रहेको रेल्वे विभागले जनाएको छ।, विभागका अनुसार १३०० सिट क्षमताको यी रेलमा भारतका विभिन्न मध्यम दूरीमा चल्ने ‘इन्टर सिटी एक्स्प्रेस’ कै फिचर्स छन्।, विभागका महानिर्देशक बलराम मिश्रका अनुसार ... |
सेतोपाटी संवाददाता दाङमा सवारी दुर्घटनामा परी एक किशोरको मृत्यु भएको छ।, गढवा गाउँपालिका वडा नम्बर ३ निवासी १८ वर्षीय प्रकाश कुँवरको सवारी दुर्घटनामा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका सई रत्नबहादुर खत्रीले जानकारी दिए।, गम्भीर अवस्थामा फेला परेका कुँवरको शुक्रबार बिहान ७ बजेतिर लमहीमा उपचारको क्रममा मृत्... |
भगवती पाण्डे रूपन्देहीको सियारी गाउँपालिका-२ मुर्दहवा (दुर्गापुर)की ७० वर्षीया बेलासी केवटले धेरै वर्ष भोट हालेकी छन्। भोट हाल्ने बेला राजनीतिक दल र नेताहरू विभिन्न नारा लिएर उनको आँगनमा आउँछन्।, अस्तिपालिको नारा थियो- सिंहदरबारको अधिकार आफ्नै घर आँगनमा।, गाउँसम्म अधिकार आएको सुनेकी छन् उनले, अनुभूति गर्न भने पाएकी छै... |
राजेश घिमिरे चितवनका एक सय दश जना स्वास्थ्यकर्मी कोरोना संक्रमणमुक्त भएका छन्।, जिल्ला स्वास्थ्य कार्यालयअनुसार अहिलेसम्म १३ जना डाक्टर, ४७ जना नर्ससहित एक सय दश स्वास्थ्यकर्मी संक्रमणमुक्त भएर पुनः काममा फर्किएका छन्।, यहाँका विभिन्न अस्पतालमा कार्यरत २५४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो।, ३४ जना डाक्... |
सेतोपाटी संवाददाता नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटालाई कार्यालय प्रवेशमा अवरोध गरेको छ।, शुक्रबार नेविसंघले उपकुलपतिलगायत पदाधिकारी प्रवेशमा अवरोध गरेको हो। उपकुलपति कार्यालय अगाडि सडकमा टायर बालेर नेविसंघ त्रिवि समितिले प्रदर्शन पनि गरेको थियो।, त्रिविले छ महिना हुँदा पनि परीक्षा र पठनप... |
नारायण महर्जन तीन वर्षमा एक पटक महिना दिनसम्म मनाइने मत्स्यनारायण मेला आजबाट सुरू भएको छ। आजबाट सुरू मेला मेला असोज ३० गते सकिनेछ।, चन्द्रागिरी नगरपालिका वडा नं ९मा रहेको मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा पहिलाको जस्तो भक्तजनको भिड देखिँदैन। कोभिड–१९का कारण मन्दिरमा भक्तजन आवतजावतमा धेरै नै कम छ। मत्स्यनारायण मेल... |
सेतोपाटी संवाददाता सरकारले निषेधज्ञालाई खुकुलो पारे पनि कोरोना संक्रमण भने घटेको छैन। पछिल्लो १० दिनमा मात्र १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ।, अर्थात दैनिक औषत एक हजार २३३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार गएको १० दिनमा कुल १ लाख ५ हजार ३५२ जनाको पिसिआर परीक्षण भएको छ।, संक्रमण नघट... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर, ललितपुरले बिहीबार चार लाख ६५ हजार नक्कली रुपैयाँ बरामद गरेको छ।, बिहीबार दिउँसो ललितपुरको ताल्छिखेलस्थित जय माँ दुर्गा ज्वेलर्समा आएका ग्राहकले नक्कली पैसा दिएर फरार भएको परिसरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिए।, बिहीबार बिहान साढे १० बजे सो पसलमा दुई पुरूष ज्वेल... |
नेहा झा जनकपुरमा नेपालले नै किनेको रेल गुडेको छ। कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि रेल जनकपुरधाम आइपुगेकाे हाे।, ६ वर्षभन्दा बढी समयपछि जनकपुर-जयनगर रेल सेवा सञ्चालन हुने भएको छ। बन्द रहेको नेपालको एकमात्र रेल सेवा पुनः संचालनका लागि दुई सेट रेल ल्याइएको हो।, यसरी ल्याइएका रेलको बोगीहरू विशेषरूपमा ... |
सेतोपाटी संवाददाता बागमती प्रदेश अन्तर्गतका २८ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि गुनासो तथा सुझाव संकलन पेटिका राखिएको छ । , प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्तक हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बो... |
सेतोपाटी संवाददाता कैलालीमा कार्यरत एक जना पत्रकार मृत फेला परेकी छन्।, घोडाघोडी नगरपालिका वडा नम्बर-४ घर भएकी २३ वर्षीय निर्मला पहराई सोही नगरपालिकाको वडा नम्बर ५ को एक जंगलको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।, उनी सोही नगरपालिकाको सुखडस्... |
सेतोपाटी संवाददाता शुक्रबार देशभर २ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिन २ हजार बढी संक्रमित थपिएकाे पहिलाे पटक हाे। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २० संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ।, त्यस... |
खिलानाथ ढकाल काठमाडौंको पशुपति क्षेत्रबाट ५३ लाख घनमिटर बालुवा उत्खननको तयारी भइरहेको छ।, भदौ १९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकले उक्त परिमाणको बालुवा उत्खनन् गर्न टेन्डर लगाउने निर्णय गरेको हो। बोर्डमा निर्णय भइसकेकाले त्यसको कार्यान्वयन अब कोषले अगाडि ब... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त, कालिमाटीले नियन्त्रणमा लिएका चार जना फरार भएका छन्।, शुक्रबार बिहान १ बजे कालिमाटी वृत्तले शंकास्पद रूपमा हिँडिरहेका चार जनालाई नियन्त्रणमा लिएको थियो।, चोरी गरेको आशंकामा नियन्त्रणमा ल्याइएका चार जनालाई वृत्तको ड्युटी अफिसरको कार्यालयमा राखिएको थियो। तर त्यहाँबाट भागेको महानग... |
सेतोपाटी संवाददाता विश्वकर्मा पूजाको भोलिपल्ट शुक्रबार चोभारको बागमती नदीमा मूर्ति विसर्जन गरिएको छ।, बिहीबार विभिन्न मेसिन, उद्योग, कलकारखानालाई विश्वकर्माको प्रतिकका रूपमा पूजा गरिएको थियो। साथै, कतिपयले विश्वकर्माको मूर्ति बनाएर पूजा गरेका थिए।, पूजाको दिन मूर्ति घरमै राखेर भोलिपल्ट खोला नदीमा विसर्जन गर्ने चलनअनुर... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष उमेर नाघेकालाई घरबाहिर ननिस्कन अपिल गरेको छ। , मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौमतले संक्रमणको अवस्था खराब भएको भन्दै ६० वर्षभन्दा माथिको उमेर समूह्लाई घरबाहिर ननिस्कन आग्रह गरेका हुन्। , यस्तै मधुमेह, रक्तचाप, फोक्सोको समस्या, किड्नीका विरामी र क्यान्सर... |
राजेश घिमिरे लगातारको वर्षाले भरतपुर जलमग्न बनेको छ। केही दिनयता यहाँका सडक, सरकारी कार्यालयदेखि बस्तीहरू जलमग्न बनेको छ।, सेवाग्राहीको चाप हुने अधिकांश सरकारी कार्यालय परिसर पानीले भरिएको छ।, जिल्ला प्रहरी कार्यालय, जिल्ला शिक्षा समन्वय इकाई, जिल्ला अदालत, बार एसोसिएसनको कार्यालय, कृषि सामग्री विकास कम्पनीको गोदाम रह... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ८ सय ५९ जनामा कोरोना संक्रमण देखिएको हो।, त्यसमध्ये काठमाडौंका ६ सय ९८, ललितपुरका ७९ जना र भक्तपुरका ८२ जना छन्।, पछिल्लो २४ घण्टामा नेपालमा थप द... |
नारायण खड्का रोल्पा जिल्लाको एक विद्यालयले विद्यार्थी बोलाएर पठनपाठन थालेको छ।, जिल्लाको माडी गाउँपालिका वडा नं. ६ स्थित शिद्धकैलाश माविले असोज १ गतेदेखि विद्यालय सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक शुबबहादुर बुढाले जानकारी दिए।, ‘हामीले असोज १ गतेदेखि नै विद्यालयमा विद्यार्थी बोलाएर पढाउन सुरु गरेका हौं,’ बुढाले भ... |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्रधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग राख्दै प्रदर्शनमा उत्रिएका एक जना घाइते भएका छन्।, शुक्रबार बुद्धनगरमा प्रदर्शन गर्न निस्किएपछि प्रहरीले लखेट्ने क्रममा आफै लडेर उनी घाइते भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। घाइते ह... |
विवेक राई कोरोना संक्रमित डाक्टर नै संक्रमितको उपचारमा खटिएको सुन्दा अचम्म लाग्न सक्छ। तर काठमाडौंको टिचिङ अस्पतालका आवासीय चिकित्सक सचित शर्मा आफू कोरोना संक्रमित भए पनि अन्य संक्रमितको उपचारमा खटिएका छन्।, उनी नियमित उपचार सेवामा फर्किएको छ दिन भयो।, उनले कोरोना संक्रमण भएको दुई सातापछि आफू नियमित सेवामा फर्किएको जन... |
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्ज भित्र घोंगी खोज्न गएका बेला सेनाको निर्घात कुटपिटबाट ज्यान गुमाएका राजकुमार चेपाङको परिवारले अझै राहत पाएका छैनन्।, मृतकका परिवारसँग चितवन राष्ट्रिय निकुञ्ज र राप्ती नगरपालिकाले राहत उपलब्ध गराउने सहमति गरेपनि अझै राहत नपाएका हुन्। निकुञ्जले ७ लाख रुपैयाँ र नगरपालिकाले ३ लाख ... |
सेतोपाटी संवाददाता सेती प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचाररत् कैलालीकी कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।, , धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ५७ बर्षीया संक्रमित महिलाको बुधबार साँझ मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।, , 'ती महिलामा निमाेनियाकाे कारण श्वास... |
राजेश घिमिरे कोरोना परीक्षणका लागि आवश्यक 'रिएजेन्ट' नहुँदा चितवनमा दुई दिन पिसिआर परीक्षण नै बन्द भएको छ। भदौ २९ गते सोमबार परीक्षण गरिएपछि रिएजेन्ट सकिएको यहाँका प्रयोगशालाहरुले जनाएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई जानकारी गराउँदा पनि समयमै उपलब्ध नहुँदा परीक्षण रोकिए... |
एजेन्सी रूसले भारतीय कम्पनीलाई कोरोनाविरूद्धकाे १० करोड डोज भ्याक्सिन दिने भएको छ।, रूसको सार्वभौम धन कोषले भारतको डा. रेड्डीज ल्याब्रोटरिज कम्पनीलाई स्पुतनिक–भी नामक भ्याक्सिनको १० करोड डोज दिन सहमत भएको हो।, समाचार संस्था रोयटर्सका अनुसार अहिले तेस्रो चरणको परीक्षणका लागि मस्कोले अन्य देशमा भ्यक्सिन वितरण गर्ने योजन... |
खिलानाथ ढकाल काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि भदौ ३ गतेदेखि लागू गरेको निषेधाज्ञा आदेश परिमार्जन गरी भदौ २४ गते ‘सीमित’ क्षेत्र तोकेको थियो।, सो निर्णयमा ‘सीमित क्षेत्रमा निषेधाज्ञा’ भनिएको थियो। ‘सीमित निषेधाज्ञा’को समय बुधबार राति १२ बजे सकिँदैछ।, त्यसको पूर्वसन्ध्यामा काठमा... |
सेतोपाटी संवाददाता कालोबजारी गरेको अभियोगमा सिरहामा साढे सात हजार किलो प्याजसहित पसलका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, बुधबार अनुगमन टोलीले ७ हजार ४ सय ४० किलो प्याजसहित सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।, गोलबजार, मिर्चैया र लहानका ... |
सेतोपाटी संवाददाता छोरीलाई बलात्कार गरेको अभियोगमा दाङमा ६२ वर्षीय बाबु पक्राउ परेका छन्।, १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले बुधबार बाबुलाई पक्राउ गरेको हो।, बंगलाचुली गाउँपालिका–२ मर्पेसका ६२ वर्षीय बाबुलाई १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।, पीडित पक्... |
राजेश घिमिरे चितवनमा पिसिआर परीक्षणको नतिजा मोवाइलबाट एसएमएस गरेर पठाउन थालिएको करिब दुई हप्ता भयो।, परीक्षण पश्चात तुरुन्तै नतिजा उपलब्ध गराउनेगरी यो सेवा सुरू गरिएको हो। तर एसएमएसबाट नतिजा थाहा पाएपछि संक्रमितहरू लुक्न थालेको भेटिएको छ।, जिल्ला स्वास्थ्य कार्यालय चितवनमा प्रमुख दिपक तिवारीकाअनुसार एसएमएसमार्फत पोजेट... |
सेतोपाटी नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अबरुद्ध भएको छ।, ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज विहान ४:३० वजे पहिरो खसेको हो।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी रहेको छ।, पहिरो खस्न रोकीए संगै बिहानै बाट सडक सफा गरिने डिभिजन सडक कार्यालय भरतपुर... |
सेतोपाटी संवाददाता ज्वरो आएर ओम अस्पतालमा भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य सुधार हुँदै गएको छ।, कांग्रेस महामन्त्री कोइरालाको ज्वरो नियन्त्रणमा आइसकेको र अक्सिजनको जरुरी समेत नपरेको अस्पताल श्रोतले सेतोपाटीलाई बतायो।, 'उहाँले हिजै स्यान्डविज र जुस खाइसक्नुभएको छ। आइसियुमा राखेर उपचार गरेकाले अक... |
सुदीप श्रेष्ठ सपनामा ऐँठन परेको थियो भने आज निद्राबाट ब्युँझन सजिलो भयो होला।, भालेको डाँकसँगै तपाईंलाई ब्युँझाउन भुइँचालोको ठूलो धक्का जो आएको थियो!, मीठो सपना देखेर निद्रामै मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो भने चाहिँ तपाईंको त्यो अलौकिक आनन्द भुइँचालोले भंग पारेको हुनुपर्छ।, बुधबार बिहानै ५ बजेर १९ मिनेट जाँदा गएको भुइ... |
सेतोपाटी कालिकोट कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ।, बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना संक्रमण मुक्त जिल्ला बनेको हो।, कालिकोट जिल्लाभर १०० जनामा कोरोना संक्रमण देखिएको सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्... |
रासस नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ।, इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान ४:३० बजे पहिरो खसेको थियो।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८ :४० बजेदेखि सडक दुईतर्फी सञ्चालमा ल्याइएको हो।, सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी स... |
सेतोपाटी संवाददाता बुधबार राति सवा ११ बजे। काठमाडौंको मण्डिखाटारमा एउटा रातो रङ कार गुड्दै थियो। चालकले स्टेरिङ, एक्सिलेटर, ब्रेक र क्लजको सन्तुलन गुमाउँदा उक्त कार केहीबेरमा सडक छेउतिर मोडियो र बिजुलीको पोलमा ठोक्कियो।, कारको गति यति तीव्र थियो कि सिमेन्टको बिजुलीको पोल नै भाँचियो। संयोगले कार चालकलाई भने ठूलो चोट ला... |
नारायण खड्का सरकारले झन्डै ६ महिनापछि आजबाट लामो दूरीका सवारी साधन चलाउन अनुमति दिएको छ। आधा वर्षसम्म गाडीको स्टेरिङ समाउन नपाएका चालक र सहचालक बिहानैदेखि बसपार्कमा पुगेका छन्। चालक र सहचालक बस चलाउन तम्तयार भए पनि यात्रु भने आएका छैनन्। यो दृश्य दाङको तुलसीपुरस्थित बसपार्कको हो।, बसपार्कमा टिकट काट्नेको लाइनमा तरकारी... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणालीमार्फत् राजस्व निर्धारण तथा संकलन गर्ने कामको सुरूआत गरेको छ।, महानगरपालिकाले आज वडा नम्बर २६ लगायत १० वटा वडाबाट सेवा सुचारू गरेको हो।, महानगरपालिकाको सातौं नगरसभाको निर्णय अनुसार विभिन्न १० वटा वडाबाट सेवा सुरू भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत एक... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज ४ गतेदेखि आफ्ना सबै सेवा सुरू गर्ने भएको छ।, प्रशासनले बिहीबार सूचना प्रकाशित गरी साउन २५ गतेबाट स्थगित भएका सेवा पूर्ववत् सुचारु गर्ने जनाएको हो।, कोरोना महामारीको अवस्थालाई मध्यनजर गरी प्रत्येक सेवामा दिनको २० जनाभन्दा बढी सेवाग्राही नबढ्ने गरी काम थालिने प्... |
सेतोपाटी संवाददाता पाल्पामा कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।, भदौ २२ गते युनाइटेड मिसन अस्पताल तानसेनमा भर्ना भएका तानसेन नगरपालिका वडा नंं ७ का ५२ वर्षीय पुरूषको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो।, उच्च रक्तचाप र कलेजोको समस्या देखिएपछि अस्पतालमा भर्ना भएका उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको समेत... |
राजेश घिमिरे चितवनमा ४१८ जनाको कोरोना परीक्षण गर्दा १०२ जनामा पोजेटिभ देखिएको छ ।, चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ७८ जना सहित १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डाक्टर नविनकुमार चौधरीले जानकारी दिए। , संक्रमण पुष्टि हुनेहरु ५ वर्षीय बालक देखि ८७ वर्षीया वृद्धासम्म छन्। ... |
नेहा झा १७ वर्षीया लक्ष्मी (नाम परिवर्तन)विक्षिप्त छन्।, कुनै बेला उनलाई जे सोधिन्छ उनले त्यसको जवाफ राम्ररी फर्काउँछिन्, कुनै बेला भने सक्दिनन्।, उनी बाल्यकालदेखि नै यस्तो हैनन्।, करिब चार वर्ष पहिलेसम्म बलात्कार भएपछि उनको यो हालत भएको हो।, उनी सधैं विद्यालय जाने गर्थिन्। घरको काम पनि सम्हाल्थिन्।, स्कुलबाट घर पर्कि... |
युवराज श्रेष्ठ गण्डकी प्रदेशमा डेंगु र स्क्रब टाइफसका १ सय ५९ जना संक्रमण देखिएका छन्। जसमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु १०५ जनालाई देखिएको छ भने एक प्रकारको किर्नाको टोकाइबाट सर्ने स्क्रब टाइफसको संक्रमण ५४ जनालाई देखिएको छ।, प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार यो तथ्यांक गत माघ ६ ... |
सेतोपाटी संवाददाता बिहीबार थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५९ हजार ५७३ पुगेको छ।, त्यस्तै पछिल्लो ... |
सेतोपाटी संवाददाता मोरङमा नहरमा डुबेर १८ महिने शिशुको मृत्यु भएको छ।, बिहीबार दिउँसो अन्दाजी २ बजे रंगेली नगरपालिका-३ रन्जनीस्थित बस्नेत टोल बस्ने डोलेन्द्र विष्टको १८ महिने छोरा सोमरात विष्टको मृत्यु भएको हो।, उनी आफ्नो घरदेखि १ सय ५० मिटर पूर्वमा रहेको नहरको पानीमा डुबेर मृत्यु भएको मोरङका प्रहरी नायब उपरीक्षक मानबह... |
नेहा झा कुर्था-जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि नेपालले किनेको रेल सेट शुक्रबार नेपाल भएको छ।, कुर्था-जनकपुरधाम-जयनगरसम्म गुडाउनका लागि दुई सेट रेल तथा चार सेट इन्जिन ल्याइने भएको हो।, नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार पारिएका ती दुबै रेल सेट सक्दो छिटो नेपाल ल्याउने तयारी भइरहेको रेल विभागका महानिर्दे... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ६ सय १८ जनामा कोरोना संक्रमण देखिएको हो।, त्यसमध्ये काठमाडौंका ५ सय ७, ललितपुरका ६१ जना र भक्तपुरका ५० जना छन्।, पछिल्लो २४ घण्टामा नेपालमा थप ... |
सेतोपाटी संवाददाता हेटौंडामा एक महिलाको शव फेला परेको छ।, बिहीबार दिउँसो हेटौंडा उपमहानगरपालिका-५ टिप्लेस्थित एक जंगलमा ६० वर्षीया लेखादेवी सुवेदीको शव फेला परेको हो।, उनी सोही ठाउँका स्थानीय हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी इन्द्रबहादुर रानाका अनुसार उनी भदौ २८ गते रातिदेखि बेपत्ता थिइन्।, उ... |
एजेन्सी चीनले म्यानमारको सीमासँग जोडिएको सहरमा लकडाउन गरेको छ। म्यानमारबाट आएका दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि युनान प्रान्तको रूइली सहरका अधिकारीहरूले कोरोना भाइरसविरूद्ध 'युद्धकालीन' अवस्थामा पुगेको बताएका छन्।, रूइलीवासीलाई घरमै बस्न आदेश दिइएको छ भने सहरमा आउन र कसैलाई बाहिर पनि जान नदिन चेक पोइन्ट स... |
सेतोपाटी संवाददाता रुपन्देहीमा खोलामा पौडी खेल्नेक्रममा डुबेर एकजना किशोरको मृत्यु भएको छ।, रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ३ हात्तीडाँडास्थित रोहिणी खोलामा डुबेर पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ अस्नैया बस्ने १५ वर्षीय करण रानाको मृत्यु भएको हो।, आफ्नै दाजु किरण राना सहित ८ जनाको समूहमा खोलामा पौडी ख... |
सेतोपाटी संवाददाता परराष्ट्रमन्त्री मन्त्री ज्ञवालीले अमेरिकी मिलेनियम कर्पोरेशन (एमसिसी) संशोधनसहित पारित हुने बताएका छन्।, बिहीबार पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘हामी तीब्र गतिमा विकासको बाटोमा छौँ, हामीलाई वैदेशिक सहयोगको पनि खाँचो छ’ मन्त्री ज्ञवालील... |
नारायण खड्का बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ निवासी ४५ वर्षीय पुरूषको भेरी अस्पतालमा बिहीबार बेलुका सवा ५ बजे मृत्यु भएको छ।, बाँके जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ती व्यक्तिमा बुधबार बेलुकामात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। दुबै फोक्सोमा निम... |
सेतोपाटी संवाददाता बुधबार बिहानै काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भूकम्पको ठूलो झड्का महशुस गरिएको छ। बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको हो। केहीबेरसम्म भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए।, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ म्या... |
सेतोपाटी जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको संख्या बढ्दै गएको छ।, विगत केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको संख्या बढ्दै गएको स्थानीय पुसे कार्कीले जानकारी दिए।, गाउँमा हरेक दिन बिरामीको संख्या बढ्दै गएपछि अहिले १५ दे... |
सेतोपाटी सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन्।, बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ।, सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरी... |
सेतोपाटी कोभिड–१९ बाट उत्पन्न परिस्थितिले उपकरण र जनशक्ति व्यवस्थापनमा कठिनाई भई सुस्ताएको राष्ट्रिय गौरवको काठमाडौ–तराई-मधेश द्रूतमार्गको निर्माणको कामले पुनः गति लिएको छ।, निर्माण आयोजनाको कामकारवाहीलाई पूर्ण पारदर्शी र गुणस्तरीय तुल्याउँदै तोकिएको समयसीमाभित्रै सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता प्रदान गरि... |
सेतोपाटी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ।, अस्पतालको प्रसूति विभागमा भदौ २७ गते भर्ना भई सोही दिन आकस्मिक शल्यक्रिया गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका–१० की २४ वर्षीया महिलामा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछ... |
सेतोपाटी सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ।, मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।, खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको चट्याङले सुष्मा गम्भीर घाइते भएकी थिइन्।, उपचारका लागि अस्पतालतर्फ लैजान... |
सेतोपाटी पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ।, निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।, पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा आज बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका... |
सेतोपाटी संवाददाता उदयपुरको रौतामाई गाउँपालिका-७ की ६० वर्षीया तिलमाया पुलामी मगरको खोलाले बगाएर मृत्यु भएको छ।, मंगलबार बेलुका ७ बजे समयमा मुर्कुची बजारबाट घर फर्कंदै गरेकी मगरको छौडिया खोला तर्ने क्रममा अचानक खोलाले बगाउँदा मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनको शव पोस्टमार्टमका लागि पठाइएको छ।... |
सेतोपाटी संवाददाता मध्यपूर्वको मुलुक बहराइनका राजपरिवारका सदस्यसहित १८ जनाको टोली हिमाल चढ्ने उद्देश्यले विशेष विमान ल्याएर काठमाडौं आएको छ।, बहराइनस्थित नेपाली राजदूतावासका अनुसार उक्त टोली गए राति साढे १२ बजे शेख ईशा एयरबेसबाट विशेष विमानबाट नेपाल प्रस्थान गरेको थियो।, उनीहरू चढेको विमान बुधबार बिहान सवा ११ बजेतिर त... |
सेतोपाटी संवाददाता झापाको मेचीनगर नगरपालिका-१३ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगरसहित मेचीनगर नगरपालिका-१५ का २९ वर्षीय श्रीमत सोरेन र विर्तामोड नगरपालिका-५ का २७ वर्षीय पवनकुमार वसाकलाई मंगलबार साँ... |
रासस झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ।, सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन सुरू गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानो परिवर्तन हुन लागेको हो। यसका लागि सरकारले रु एक अर्ब ३६ करोड ५० लाख बजेट विनियोजन गरेको छ।... |
सविता बुढा कैलालीको गोदावरी नगरपालिकामा श्राद्धको प्रसाद खाँदा एक जनाको मृत्यु भएको छ भने १९ जना बिरामी परेका छन्।, नगरपालिकाको वडा नम्बर १० खमौरामा २७ गते स्थानीय भीम विष्टका घरमा गरिएको श्राद्धमा प्रसाद खाएकाहरू बिरामी भएका हुन्।, १८ वर्षीय सुरेश बोहराको मृत्यु भएको हो। उनी २७ गतेदेखि नै बिरामी परेका थिए। पद्मा अस्प... |
सेतोपाटी संवाददाता कोरोना भाइरस संक्रमित भक्तपुरकी एक गर्भवतीले धुलिखेल अस्पतालमा बच्चा जन्माएकी छिन्।, सोमबार दिउँसो ३ बजे २८ वर्षीय गर्भवतीको शल्यक्रियामार्फत् छोरी जन्माएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए।, संक्रमित गर्भवतीलाई आइतबार प्रसूति कक्षमा भर्ना गरिएकोमा सोमबार कोरोना पुष्टि भएको थिय... |
नारायण महर्जन मध्यपूर्वको मुलुक बहराइनका राजपरिवारका सदस्यसहित १८ जनाको टोली हिमाल चढ्ने उद्देश्यले विशेष विमान ल्याएर काठमाडौं आएको छ।, उनीहरू चढेको विमान बुधबार बिहान सवा ११ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। , टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेका छन्।, उक्त ... |
खिलानाथ ढकाल कुरा अढाइ वर्षअगाडि हो। आमा-बाबुबाट छुट्टिएपछि नवलपरासीपूर्व गैंडाकोट नगरपालिका-१८ हुर्चिलका ४२ वर्षीय धनबहादुर सुगुरपाक मगर वैदेशिक रोजगारीका लागि दुबई गए।, आमा-बाबुसँग अंशबण्डा हुँदा घर बनाउन पाएको जमिनमा एउटा सानो घर बनाए।, घर बनाएपछि आर्थिक समस्या आइलाग्यो। पारिवारको आर्थिक दुरावस्था सुधार गर्न उनी वि... |
सेतोपाटी संवाददाता निर्माणाधीन पोखरा क्षेत्रीय विमानस्थलको कार्यप्रगति ६३ प्रतिशत सम्पन्न भएको छ।, सन् २०२१ जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भए पनि कोभिडका कारण केही समस्या हुने देखिएको छ। यद्यपी अहिलेसम्म विमानस्थल निर्माणको काम ६३ प्रतिशत सकिएको छ।, विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन... |
सविता बुढा दसैंतिहार लाग्यो। धन कमाउन भारत जानेहरू मनभरि उमंग बोकेर घर फर्किने बेला। कैलालीको त्रिनगर नाका होस् कि कञ्चनपुरको गड्डाचौकी सामान्य अवस्था भएको भए दसैंतिहारका बेला घर फर्किनेहरूको रौनकले गुलजार हुन्थ्यो। तर यो वर्ष कोरोना महामारीले संसारको ‘जिना हराम’ गरेको छ।, कैलालीको गौरीगंगा–७ की रम्बादेवी विष्टका श्री... |
एजेन्सी माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सका बुवाको गत सोमबार निधन भएको छ।, अमेरिकी अखबार सिएनएनका अनुसार उनी ९४ वर्षका थिए। बिल गेट्स सिनियर भनेर चिनिने उनको खास नाम विलियम हेनरी गेट्स द्वितीय हो।, उनको निधनबारे गेट्स परिवारले विज्ञप्ति जारी गरी जानकारी दिएको थियो। बयानमा भनिएअनुसार बिल गेट्स सिनियर अल्जाइमर्स... |
सेतोपाटी संवाददाता जिल्ला अदालत रौतहटले निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका ७ जनामध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।, रौतहटको गरुडा नगरपालिका वडा नम्बर ८ जिंगडीयाका २० वर्षीय निरन्जन रामको घाँटी रेटी हत्या गरेको आरोपमा पक्राउ परेका अर्जुन राम, अजयकुमार रन्जन र शेख आजादलाई जिल्ला अदालत रौतहटले... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा एकै दिन थप ७३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उपत्यकामा एकै दिन थपिएकाे याे संख्या अहिलेसम्मकै उच्च हाे। , मंगलबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ७३७ जनामा कोरोना संक्रमण देखिएको हो।, त्यसमध्ये काठमाडौंका ६५२, ललितपुरका ६० जना र भक्तपुरका २... |
खिलानाथ ढकाल सामूहिक बलात्कारमा न्याय नपाएपछि सप्तरी डाकनेश्वरी नगरपालिका-७ की संगीता मण्डलले सोमबार राति घरमै आत्महत्या गरिन्। नगरपालिकाभित्र नै बलात्कारजस्तो गम्भीर अपराधमा पीडित हुँदा कानुनी बाटो अपनाउन नपाई आत्महत्या गर्न बाध्य भएको देखिएको छ।, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको शव परीक्षणको विस्त... |
सेतोपाटी संवाददाता बुधबार थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५८ हजार ३२७ पुगेको छ।, त्यस्तै... |
प्रकाश शिलवाल लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ।, राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्... |
सेतोपाटी संवाददाता नेपाली सेनाले काठमाडौं– तराई मधेस द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ निर्माण मंसिरदेखि थाल्ने योजना बनाएको छ।, सुरुङ मार्ग निर्माणका लागि त्यहाँको जमिनको प्राविधिक अध्ययन भइरहेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले सेतोपाटीलाई बताए।, ‘सुरुङ निर्माणको लागि ठेक्का आह्वानको अन्तिम तयारी भइरहेको छ। अबको... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना संक्रमणबाट मृत्यु भएको शंका लागे पनि परीक्षण गर्नु नपर्ने जनाएको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले 'इन्सिडेन्ट कमान्ड' सिस्टमको बैठकले शंकास्पद मृतकबाट नमूना झिकेर परीक्षण गर्नु नपर्ने निर्णय गरेको जानकारी गराएका हुन्।, 'शंकास्पद मृत्युको कोरोन... |
सेतोपाटी संवाददाता काठमाडौंको तार्केश्वर नगरपालिका-५ मा गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।, बुधबार दिउँसो बालाजुबाट मुड्खुतर्फ जाँदै गरेको पानीको जार बोक्ने गाडी दुर्घटनामा परेको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब निरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए।, उक्त बा २१ च २१३३ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट ... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षणविहीन कोरोना संक्रमितहरूको पिसिआर परीक्षण नगर्ने नीति लागू गर्ने तयारी गरेको छ।, मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले अब लक्षणविहीनको परीक्षण नगर्दा पनि फरक नपर्ने निष्कर्ष निकाल्दै मन्त्रालयले लक्षण भएकाहरूको मात्र परीक्षण गर्ने गरी काम अघि बढाएको जानकार... |
खिलानाथ ढकाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित तरिकाले बसोबास गरिरहेकाहरूलाई घर बनाउन र खेती गर्न जग्गा दिने प्रावधानसहित भूमिसम्बन्धी नियमावली २०२१ को अठारौं संशोधन गर्न लागिएको छ।, कानुन मन्त्रालयको स्वीकृति लिएर उक्त नियमावली सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ।, कानुनमन्त्रीको संयोजकत्वमा ... |
सेतोपाटी संवाददाता जिल्ला अदालत रौतहटले निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका ७ जनामध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।, रौतहटको गरुडा नगरपालिका वडा नम्बर ८ जिंगडियाका २० वर्षीय निरन्जन रामको घाँटी रेटी हत्या गरेको आरोपमा पक्राउ परेका अर्जुन राम, अजयकुमार रन्जन र शेख आजादलाई जिल्ला अदालत रौतहटले... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.