content
stringlengths
20
64.1k
सविता बुढा कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा साउन १४ गते आएको बाढीका कारण सयौं स्थानीय विस्थापित भए। धेरैजसो स्थानीयलाई हुलाकी सडकमा त्रिपाल हालेर राखिएको छ।, संघसंस्थाबाट त्रिपाल र नगरपालिकाले दिएको रासनले जसोतसो दिन काटिरहे पनि महिला र बालबालिकालाई भने समस्या भएको छ।, १३ वर्षीया किशोरी राजु कामीको परिवार ड...
सेतोपाटी संवाददाता शुक्रबार साँझ भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एकै घरका सबै जना मृत अवस्थामा फेला परे।, घरधनी सुदीप अधिकारी, श्रीमती सम्झना, छोरा सुशान्त र घरमा पालिएको कुकुरसमेत मृत अवस्थामा फेला परेको थियो।, एकै परिवारका सबै जना मृत अवस्थामा फेला परेपछि महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्...
सेतोपाटी संवाददाता शुक्रबार राति बुटवलको कोरोना आइसोलेसन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।, रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर  ४० वर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ।, लुम्बिनी प्रादेशिक अस्पतालमा भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी १६ गते आइसोलेसनमा भर्ना भएका थिए।, मधुमेहका...
सेतोपाटी संवाददाता कोरोना महामारीका बेला मानव स्वास्थ्यमा असर गर्ने खालको रसायनद्वारा निर्मित स्यानिटाइजर बिक्री वितरण भइरहेको पाइएको छ।, कोरोना रोकथामका लागि हातमा लगाइने केही स्यानिटाइजर कम्पनीका उत्पादनमा विषाक्त रसायन भेटिएको हो।  , औषधी व्यवस्था विभागले विभिन्न ती पाँच कम्पनीले उत्पादन गरी बजारमा पठाएका स्यानिटाइ...
सेतोपाटी संवाददाता शनिबार बाँकेमा थप ४० जना नयाँ संक्रमित थपिएका छन्।, भेरि अस्पतालमा गरिएको पिसिआर परीक्षणका क्रममा ३५ जना र बागेश्वरी ल्याबमा परीक्षण गर्दा थप ५ जनामा संक्रमन पुष्टि भएको छ। जसमध्ये १२ महिला र २८ पुरूष छन्।, शनिबार भेटिएकामध्ये ८ जना मालपोत कार्यालयका कर्मचारी रहेका छन्। जसमा लेखा अधिकृत समेत रहेको ज...
सेतोपाटी संवाददाता कोभिड-१९ अस्पताल विराटनगरमा उपचाररत् एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।, विराटनगर-८ का ६९ वर्षीय ती पुरुषको शनिबार मध्याह्न साढे १२ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए।, उनी २२ गते स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल ल्याइएका थिए। सोही द...
राजेश घिमिरे रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुई जना सैनिकको मृत्यु भएको छ।, कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् दुई जना सैनिकको शनिबार मृत्यु भएको हो।, गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसप...
सेतोपाटी संवाददाता प्रहरीले ‘दुर्लभ’ कछुवासहित पाँच जनालाई पक्राउ गरेको छ।, शनिबार ७०० ग्राम तौल र १२ इन्च लम्बाई भएको पहेंलो रंगको कछुवालाई ३५ लाखमा बेच्न भनि पाँच जनाले चितवनदेखि काठमाडौं ल्याएका थिए।, विशेष सूचनाका आधारमा प्रहरीले साढे ११ बजे उनिहरूलाई काठमाडौं महानगर-१४ कलंकी मकालु पेट्रोल पम्प अगाडिबाट पक्राउ गरे...
साउथ चाइना मर्निङ पोस्ट कोरोना भाइरसले विशेषगरी फोक्सो, मिर्गौला, कलेजो र रक्तनलीहरूमा आक्रमण गर्नेबारे हामीले थाहा पाइसक्यौं। तर कोभिड-१९ का धेरै बिरामीले टाउको दुखाइ, असमन्जस र विक्षिप्त अनुभव गरेका पनि पाइएको छ। र, बिरामीका यी लक्षण अध्ययन गर्दा कोरोना भाइरस मान्छेको दिमागसम्म पनि पुग्न सक्ने देखिएको छ। , बुधबार प्...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४ सय ३१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ३१ जना संक्रमित थपिएको हो। तीमध्ये काठमाडौंका ३ सय ७७ जना, ललितपुरका ३७ जना र भक्तपुरका १७ जना छन्।, त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय २...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।, शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ३ जना महिलासहित १४ जनाको मृत्यु भएको हो।, योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ।, मृत्यु हुनेका पर्सा, काठमाडौं र तनहुँका महिला छन...
सेतोपाटी संवाददाता विर्तामोड नगरपालिका-३ बिर्ताबजार त्रिवेणी टोलबाट ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, गोपाल एग्रोभेट्स पसलमा प्रतिबन्धित लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा सञ्चालक गोपाल गौतमलाई प्रहरीले ब्राउनुसगरसहित पक्राउ गरेको हो।, कृषिजन्य सामग्रीको पसल सञ्चालन गर्ने उनको साथबाट ४५ ग्राम ३५० ...
सेतोपाटी संवाददाता शनिबार थप १ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। , आज थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या ५३ हजार १२० पुगेको छ।, त्यस्तै पछिल्लो २४ घण्टामा जना कोरोनाबाट ८५२ जना निको भइ घर फर्किएका छन्। यीसह...
सेतोपाटी संवाददाता मुस्लिम समुदायको मोहरम पर्वका लागि बनाइएको फोटो एक युवाले सामाजिक सञ्जालमा पोष्ट गरेपछि त्यसमा आएको टिकाटिप्पणीका कारण जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा दुई पक्षबीच झडप भएको छ।, शनिबार दुबै पक्षबीच केहीबेर झडपसमेत भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, शनिबार बिहान सुरू भएको सो ...
रासस मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ।, कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरूको सङ्क्रमण देखिएको हो।, कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये आजसम्म ८६ जना निको भएर फर्किएको र १३७ उपचाररत् छन्।, केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको...
रासस उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा आज बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको छ।, सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको हत्या गरेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका–११ का २५ वर्षीय ईश्वर मगरले स्थानीयवासी ५० वर्षीया महिला ड...
सेतोपाटी संवाददाता प्रदेश २ मा कोरोना संक्रमितको संख्या ११ हजारभन्दा बढी नाघेको छ।, आज थप १ सय ३२ कोरोना संक्रमित थपिएसँगै हालसम्म प्रदेश २ मा कोरोना संक्रमितको ११ हजार ८ सय ४५ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर दुईका वरिष्ठ जनस्वास्थ्य प्रशासकीय अधिकृत डाक्टर विजय झाले जनाए।, यस्तै हालसम्म ६ हजार भन्दा बढी व्य...
सेतोपाटी एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित १५ वर्षीय बालकलाई पक्राउ गरेको छ।, पीडितकी आमाले दिएको उजुरीका आधारमा अनुसन्धानपछि पक्राउ परेका आरोपितविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले बताए।, आरोपितलाई गाउँलेले घटनास्...
सेतोपाटी संवाददाता पर्सा प्रहरीले ठूलो मात्रामा चल्ला बरामद गरेको छ। भारतबाट ल्याइएको ३९ कार्टुन (२४ सय) चल्ला प्रहरीले बरामद गरेको हो।, पर्सा बहुदरमाई नगरपालिका-२ नगरदाहबाट शनिबार चल्ला बरामद गरेको हो। चल्लासँगै पर्सा विन्दवासनी गाउँपालिका-३ का ३० वर्षीय ललन साह कानु र भारत बिहार पूर्वी चम्पारणका २७ वर्षीय नरेश यादवल...
सेतोपाटी संवाददाता बुटवलमा टिपरले ठक्कर दिँदा एक प्रहरी जवानको ज्यान गएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल धागो कारखानानजिकै टिपरले प्रहरीलाई ठक्कर दिएको हो।, कपिलवस्तु नगरपालिका वडा नम्बर ४ तौलिहवा घर भई जिल्ला प्रहरी कार्यालय बाग्लुङमा कार्यरत् प्रहरी जवान अमित श्रेष्ठको दुर्घटनामा ज्यान गएको हो। सोही घटनामा ...
सेतोपाटी संवाददाता प्रहरीले चार किलो गाँजासहित दमकबाट एक जनालाई पक्राउ गरेको छ।, दमक-१ मा डेरा गरी बस्ने इलाम माङसेबुङ गाउँपालिका-६ का २६ वर्षीय अर्पण राईलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो।, राईले बेचबिखनका लागि गाँजा राखेको भन्ने जानकारी पाएपछि प्रहरी उनको कोठामा तलासी लिन पुगेको थियो। उनको कोठाबाट चार किलो २...
एजेन्सी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन्।, धेरै दिनको भारी वर्षापछि पहिरोको कारण दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक्रबार भएको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।, प्रान्तीय गभर्नर थेओ ए...
विवेक राई सरकारी अस्पतालहरूले नै सशुल्क पिसिआर परीक्षण गर्दा फरक-फरक शुल्क लिने गरेको पाइएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूले सशुल्क परीक्षण गर्दा अधिकतम ४ हजार रुपैयाँ लिन पाउने भने पनि केही सरकारी अस्पतालले त्योभन्दा बढी रकम असुल्ने गरेका छन् भने केहीले थोरै पैसामा पनि परीक्षण गरिरहेका छन्।, आफ्नै...
सेतोपाटी संवाददाता पहिरोका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ३ जनाको मृत्यु हुनुका साथै १५ जना बेपत्ता भएका छन्।, अविरल वर्षाका कारण नगरपालिकाको वडा नम्बर ७ मा गएको पहिरोले ८ वटा घर बगाउँदा १५ जना बेपत्ता भएका हुन्।, नगरपालिकाकी उपमेयर सुशिला पाख्रिनले सेतोपाटीसँग कुरा गर्दै सो स्थानभन्दा माथि रहेको भिरखर्क भ...
एजेन्सी मानिसका क्रियाकलापले पछिल्ला ५० वर्षमा वन्यजन्तुको संख्या दुई तिहाइभन्दा बढीले घटेको छ। विश्व वन्यजन्तु कोषले हालै सार्वजनिक गरेको 'द लिभिङ प्लानेट रिपोर्ट २०२०' मा यही अवस्था निरन्तर रहे मानिसलाई पनि खतरा रहेको उल्लेख गरिएको छ।, 'अनुसन्धानबाट बाहिर आएका तथ्यहरू एकदमै स्पष्ट छन्,' रिपोर्टमा भनिएको छ,'प्रकृतिसँ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ९६ जना संक्रमित थपिएको हो। तीमध्ये काठमाडौंका ६ सय २० जना, ललितपुरका ३८ जना र भक्तपुरका ३८ जना छन्।, अहिलेसम्म काठमाडौंमा ८ हजार १ सय ६ जना, ललितपुर...
सेतोपाटी संवाददाता होल्डिङ सेन्टरबाट दिइने सवारीसाधन अनुमति पत्रको कीर्तेछाप गरी सर्वसाधारणलाई दुई हजारमा बेच्ने एक जना पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरोले गोर्खा घर भइ काठमाडौं महानगर २६ कपुरधारा बस्ने २७ वर्षीय विश्वप्रकाश अधिकारीलाई शुक्रबार पक्राउ गरेको हो। उनलाई ब्युरोले टोखा नगरपालिका ७ तिलिंगेटारबाट...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ।, शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार थप पाँच जनाको मृत्यु भएको हो।, योसँगै मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ। मृत्यु हुनेमा काठमाडौंका ७० वर्षीय, महोत्तरीका ६५ वर्षीय, धनुषाका ४५ वर्षीय, नवलपरासीका ५५ वर्षीय पु...
सेतोपाटी संवाददाता शुक्रबार थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै धेरै हाे।, शुक्रबार थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुग...
सेतोपाटी संवाददाता नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बिहीबारसम्म कुल संक्रमित हुनेको संख्या ५० हजार ४ सय ६५ पुगेको छ।, ५० हजार संक्रमित संख्या नाघ्दा बढी संक्रमित हुनेमा २१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति छन्। अर्थात् तन्नेरी उमेरका व्यक्तिहरूमा बढी सं...
रासस जिल्ला प्रशासन कार्यालय काठमाडौंले केही सीमित परीक्षा सञ्चालनमा सहजीकरण गरेको छ।, कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी निषेधको आदेशलाई केही खुकुलो बनाइएको काठमाडौँ प्रशासनले आज एक विज्ञप्ति जारी गरी अति आवश्यक परीक्षा सञ्चालन गर्न सकिने जनाएको छ।, व्यावसायिक अंग्रेजी परीक्षा, टोफेल/आइएलटिएस, जिआरइ, जिएलएफडब्लु, ज...
सेतोपाटी संवाददाता कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक जनाको मृत्यु भएको छ।, कीर्तिपुर नगरपालिका ७ बस्ने ६६ वर्षीय प्रेमलाल महर्जनले आफ्नै घरमा बहालमा बसेका बारा कलैयाका ४८ वर्षीय शम्भु चौधरीमाथि कुटपिट गरेका थिए।, महर्जनले काठको भाटाले हिर्काउँदा शम्भु गम्भीर घाइते भएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक (डिएस...
सेतोपाटी संवाददाता झापाको शिवसताक्षीमा विद्युतीय करेन्ट लागेर शुक्रबार दिउँसो सामुदायिक विद्यालयका एक जना शिक्षकको मृत्यु भएको छ।, दमकको हिमालय माध्यमिक विद्यालयमा कार्यरत् महेन्द्रराज शेर्माको करेन्ट लगाएर माछा मार्ने क्रममा पानीमा फैलिएको करेन्टले मृत्यु भएको हो।, शिवसताक्षी नगरपालिका वडा नं ८ घर भएका शेर्माको माछा ...
सेतोपाटी संवाददाता काभ्रेमा एक पुरूषलाई अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम मागेको आरोपमा तीन जना पक्राउ परेका छन्।, प्रहरीले धुलिखेल नगरपालिका-४ स्थित २८ किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, उनकी श्रीमती २१ वर्षीय सविना तामाङ र उमा परियारलाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय, काभ्रेका डिएसपी कुमार विक्र...
रूमा रिजाल सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ बाराम्चिकी ४३ वर्षीया सञ्चमाया तामाङको भिरबाट लडेर मृत्यु भएको छ। उनीसहित उनको गर्भको बच्चाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजन अधिकारीका अनुसार बिहीबार बिहान ८ बजेतिर भिरबाट लडेपछि घटनास्थलमै सञ्चमायाको मृत्यु भएको थियो ...
सेतोपाटी संवाददाता भक्तपुरमा एकै परिवारका तीन जनाको शव फेला परेको छ।, मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका तीन जनाको शव फेला परेको प्रहरीले जनाएको हो।, महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक एसपी ईश्वर कार्कीका अनुसार शव शुक्रबार साँझ फेला परेको हो।, 'हामी घटनास्थलमै छौं, अहिले कारण के हो खुल...
राजेश घिमिरे भरतपुर अस्पतालको भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।,  , चितवनको राप्ती नगरपालिका–५ बस्ने ६१ वर्षीय पुरुषको साँझ ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।,  , भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई २५ गते उच्च ज्वोरो, खोकी र श्वासप्र...
सुदीप श्रेष्ठ कोरोना लकडाउनले संसारभरका प्रेमीहरूलाई भुतुक्कै पारेको छ।, लुकिछिपी भेट्नुपर्नेहरूको त मन हरहर हुँदा पनि हेराहेर नभएर कति बेहाल होला! अझ वर्षको एकचोटि भेट्न आउने प्रेमी यही बेला लकडाउनमा थुनिएपछि प्रेमिका कति 'सेन्टी' भएर बसेकी होलिन्, सोच्नुस् त!, रातो मच्छिन्द्रनाथकी ‘प्रेमिका’ भनिने लक्ष्मीकुमारी महर्...
सेतोपाटी नेपाल गुणस्तर तथा नापतौल विभागले  गुणस्तरअनुरुप उत्पादन नगर्ने दुई उद्योगलाई कारवाही गरेको छ। , विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने जगदम्बा स्टील्स प्रालि बारा र मङ्गला सिमेन्ट उद्योग प्रालि धादिङलाई शुक्रबार कारवाही गरेको हो।, विभागका महानिर्देशक विश्वबाबु प...
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् झुम्का कारागारका एक कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।, सुनसरीको रामधुनी-५ का ४३ वर्षीय कोरोना संक्रमित पुरूषको शुक्रबार मृत्यु भएको हो।, मृतक विगत एक वर्षदेखि झुम्का कारागारमा रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए।, श...
सेतोपाटी जिल्ला प्रहरी कार्यालयले १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई  पक्राउ गरेको छ।, पक्राउ पर्नेमा ज्वालामुखी गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेका छन्।, पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई शुक्रबार पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज राइले जानकारी दिए।, बालिकालाई घरमा बोलाई बला...
सेतोपाटी दैलेखको भैरवी गाउँपालिकामा बारीमा बाँधिएका गोरु मरणासन्न छन्।, दुई गोरुमध्ये एउटा गोरुको अगाडीको दुई वटै खुट्टा काटिएको छ। पुच्छर छैन।, अर्को गोरुको नाकमाथि छेदबिच्छेद हुने गरी काटिएको छ। दुई वटै गोरुका गर्धनमा पटक–पटक हतियार प्रयोग गरिएको छ।, भैरवी–२ रावतकोटस्थित सोबिन थापाले बारी मल्न घरदेखि टाढा गोरु बाँधे...
सेतोपाटी विश्व हिन्दू महासंघले ६ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ।, महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ।, महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गरी अन्य क्षेत्र भौतिक दूरी काय...
राजेश घिमिरे चितवनमा एकै दिनमा ८७ जना कोरोना संक्रमित थपिएका छन्।, भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ७३ जनासहित चितवनका ८७ जनामा संक्रमण पुष्टि भएको हो।, संक्रमितहरू ३ देखि ९० वर्षसम्मका छन्।, कालिका नगरपालिकाका ८, खैरहनीका ४ र रत्ननगरका २  जनामा पनि संक्रमण पुष्टि भएक...
सेतोपाटी संवाददाता लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।, रुपन्देहीको देवदह नगरपालिका वडा नं. ६ का ६० वर्षीय पुरुषको शुक्रबार साँझ मृत्यु भएको हो।, लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले ज्वरो खोकी र स्वासप्रस्वासको समस्या लिएर शुक्रबार नै अस्पताल आएका उनको ...
सेतोपाटी विराटनगर महानगरपालिकाले  कोरोना भाइरस परीक्षणका लागि आरएनए एक्स्ट्राक्सन मेसिन कोशी अस्पताल विराटनगरलाई हस्तान्तरण गरेको छ।, महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईलाई शुक्रबार उक्त मेसिन हस्तान्तरण गरेका हुन्।, निजी क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न संस्था तथा व...
युवराज श्रेष्ठ कोरोना भाइरस संक्रमणका कारण पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसियुमा एक जनाको मृत्यु भएको छ।, स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए।, दमका कारण स्याङ्जा जिल्ला अस्तालमा भर्ना भएका...
सेतोपाटी संवाददाता कागेश्वरी मनहरास्थित गोठाटारमा ग्यास विस्फोट हुँदा एक जना महिला घाइते भएकी छन्।, शनिबार बिहान भएको विष्फोटबाट ४८ वर्षीया मीरा ओझा घाइते भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।, 'विस्फोटपछि उनलाई केही जलन भएको छ। उपचारको लागि अस्पताल पठाएको छ,'उनले भने।, उनको उपचारक...
नारायण खड्का रोल्पामा गोठ भत्किँदा दुई बालबालिकाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन्।, जिल्लाको लुंग्री गाउँपालिका वडा नं. १ आपे निवासी ८ वर्षीय अमर घर्ती र ११ वर्षीय युवराज घर्तीको मृत्यु भएको छ।, गएराति साढे १२ बजे गोठ भत्किँदा उनीहरूकी ३० वर्षीया आमा ननकली घर्ती मगर र ५० वर्षीया हजुर आमा च्यापिएर घाइते भए...
सेतोपाटी संवाददाता धनुषामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर चार मुरली चोकका ६०वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।, भदौ १९ गते स्वासप्रस्वासको समस्या देखिएपछि उनको भेन्टिलेटरमा उपचार गरिदैं आइएको थियो।, ती पुरुषको गत भदौ २२ गते पीसीआर परीक्षण गरिएको थियो।, शु...
सेतोपाटी बैतडीमा एक बालिकामाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, जिल्लाको सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर...
रासस डडेल्धुरा अस्पतालले दुई हजार पाँच सयमा पिसिआर जाँच गर्ने भएको छ। आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने जनाएको छ।, यसअघि अस्पतालले आपत्कालीनवस्थामा एक घण्टाभित्र पिसिआर रिपोर्ट दिने जनाएको थियो। स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको पत्र र अस्पताल विकास समितिको निर्णयानुसार सो शुल्क...
राजेश घिमिरे अविनाश ग्रुुप प्रालिले भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाका लागि पिसिआर परीक्षण मेसिन उपलब्ध गराएको छ।, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा रहेको मेनुअल मेसिनको माध्यमबाट परीक्षण गर्दै आएको प्रयोगशालालाई अविनाश ग्रुपले स्वचालित मेसिन उपलब्ध गराएको हो।, ग्रुपका अध्यक्ष गुणचन्द्र विष्टले सामाजिक उत्तरदायित्...
सुदीप श्रेष्ठ आज म तपाईंहरूलाई एक जीवित सम्पदासँग परिचय गराउँदैछु। उनी हुन्, रातो मच्छिन्द्रनाथ अर्थात् बुंगद्यःकी 'प्रेमिका'।, उनको नाम लक्ष्मीकुमारी महर्जन हो। उमेर– ७० वर्ष, घर– कीर्तिपुर।, तपाईंहरूले कीर्तिपुरमा उमा–महेश्वरको मन्दिर देख्नुभएको छ?, बाघभैरव नाघेर उकालो लागेपछि कीर्तिपुर डाँडाको सबभन्दा उचाइमा पर्छ उ...
सेतोपाटी संवाददाता गत बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका सबै जना रिहा भएका छन्।, जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबार पुल्चोक घटनामा पक्राउ परेका सबैलाई धरौटीमा रिहा गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए।, ‘हाम...
सेतोपाटी संवाददाता अत्यावश्यक कामका लागि काठमाडौंबाट बाहिर जानेले अनिवार्य रूपमा कामको प्रयोजन स्पष्ट खुल्ने कागजात र गन्तव्य जिल्लाको अनुमतिपत्र अनिवार्य पेश गर्नुपर्ने भएको छ।, बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरिएको सूचनामा भनिएको छ- काठमाडौंबाहिर जाने अत्यावश्यक काम जस्तै: दाह संस्कार, कर्मचारी सरूव...
सेतोपाटी संवाददाता झापामा कोरोना संक्रमण परिवारस्तरमा पुग्न थालेको छ। कन्काई नगरपालिका-३ मा एकै परिवारका १० जनामा कोरोना पुष्टि भएको २४ घण्टाभित्रैमा छिमेकी शिवसताक्षी नगरपालिकामा पनि एकै परिवारका पाँच जनामा कोरोना संक्रमण देखिएको हो।, उनीहरूको रिपोर्ट बिहीबार पोजेटिभ आएको स्वास्थ्य कार्यालय झापाले जारी गरेको प्रेस वि...
एजेन्सी युरोपेली संसदले  रोहिंज्या समुदायविरूद्धको राज्य अपराधमा ‘मौन स्वीकृति’ दिएको ठहर गर्दै  बिहीबार म्यानमारकी प्रजातन्त्रवादी नेता आङ सान सुकीलाई ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाएको छ।, उनले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभन्दा करिब एक वर्ष पहिले सन् १९९० मा यूरोपेली संसद सभाले उसको उच्च मानव अधिकारवादी पुरस...
सेतोपाटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन।, दुई जनाको अवस्था गम्भीर रहेको छ।, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयवासी चढेको से १ ज १०६६ नंको जीप आज बिहान दुर्...
सेतोपाटी जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाहरू संरक्षण र शिक्षाका लागि बिहीबारदेखि एसओएस बालग्राम काभ्रे पुगेका छन्।, त्यहाँ उनीहरू पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षालगायतका सबै सुविधासहित बस्नेछन् ।, यससँगै अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि सभामुख अग्निप्रसाद सापकोटाको पहलले स...
राजेश घिमिरे चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३१ सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन्।, संक्रमण पुष्टि हुने चितवनका सबै भरतपुर महानगरपालिकाका हुन्। उनीहरूमा २६ जना पुरुष र ५ ...
सेतोपाटी हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन भएको छ।, वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका लेखा शाखा प्रमुख विशाल बोहराले बताए।, वडाध्यक्ष हमाल गाउँमा एक्कासी लडेपछि उनको कम्मरदेखि तलको भाग चल्न सकेको थिएन...
राजेश घिमिरे नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलो नजिकै पहिरो खसेर यातायात अवरुद्ध भएको छ।, इच्छाकामना गाउँपालिका–६ स्थित उक्त स्थानमा पहिरो झरेको हो।, पहिरोका कारण सडक बन्द हुँदा यातायात पूर्णरुपमा अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।, सडक बन्द हुँदा सवा्री साधनहरुको लाम लागेको छ। पहिरो पन्छाउने प्रयास भइरहेको चितवन ...
रूमा रिजाल विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।, विराटनगर-१९ बस्ने ४४ वर्षीय महिलाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको कोभिड अस्पतालका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिएका छन्।, ती महिलालाई ५ दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार दिउँसो कोशी अस्पताल...
सेतोपाटी सिरहाको गोलबजार नगरपालिका–१० बाट प्रहरीको टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको छ।, इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो।, बरामद भएको बन्दुक वनक्षेत्रमा गस्तीका लागि आएकाहरुले प्रहरीलाई देखेपछि छाडेर भागेको हुनसक्ने प्रहरीक...
सेतोपाटी सिरहाको छुट्टाछुटै स्थानमा खोला र दहमा डुबेर हिजो एकै दिन एक बालकसहित दुई जनाको मृत्यु भएको छ।, सिरहाको अर्नामा गाउँपालिका–३ मैनाबत्ती खोलाको पानीमा डुबेर स्थानीय  १० वर्षीय बालक चन्दन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।, खोलाको पानीमा नुहाउने क्रममा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि स्थानीय क्लिनिकमा...
सेतोपाटी संवाददाता रौतहटमा अज्ञात समुहको धारिलो हतियार प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्।, रौतहटको राजपुर नगरपालिका वडा नंबर २ फतुवा महेशपुर टोल का ५४ वर्षीय सुरज मुखियामाथि धारिलो हतियार प्रहार हुँदा गम्भीर घाइते भएका हुन्।, आज बिहान करीब साढ़े ५ बजेको समयमा घरबाट धान खेत डुल्न गएका मुखिया ऊपर अपरिचित व्यक्तिले छ...
सेतोपाटी संवाददाता चितवनमा शुक्रबार थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४० सहित ५४ जनामा कोरोना पोजेटिभ देखिएको हो।, यसअघि शुक्रबार बिहानमात्रै भरतपुर अस्पतालको कोभिड-१९ परीक्षण प्रयोगशालाले उपलब्ध गराएको विवरणमा चितवनका ३१ सहित ३४ जनामा कोरोना प...
सेतोपाटी संवाददाता पहिरोका कारण अवरूद्ध बनेको नारायणगढ–मुग्लिन सडक सुचारू भएको छ।, राजमार्गमा खसेको पहिरो हटाइएपछि यातायात एकतर्फी सुचारू भएको हो।, चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलो नजिकै बिहान ८ बजे पहिरो खसेको थियो।, पहिरोका कारण उक्त सडक दुई घण्टा भन्दा बढी अवरूद्ध भएको थियो।, सडक दुईतर्फी सुचारू गराउन भने सम...
सेतोपाटी संवाददाता शुक्रबार बिहान झापामा ५ म्याग्नेच्युडको भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बाहुनडाँगीको नेपाल-भारत सीमा क्षेत्रमा बिहान साढे ९ बजे भूकम्प गएको हो।, भूकम्पका कारण ठूलो क्षति भएको विवरण भने आइसकेको छैन।, झापामा ५ म्याग्नेच्युडको भूकम्प
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन्।, भदौ २२ गते चोरी मुद्दामा धनगढी उपमहानगरपालिका–१ बाट पक्राउ परेका १९ वर्षीय रोशन बिकले थुनुवा कक्षको शौचालयमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।, ‘आज बिहान सवा ९ बजे घटना थाहा भएको हो,’ कैलालीका प्रहरी...
सेतोपाटी संवाददाता महानगरीय अपराध महाशाखाका सात जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।, महाशाखाका एसएसपी दीपक थापाका अनुसार एक असई, एक हवल्दार र पाँच सिपाहीमा कोरोना संक्रमण देखिएको हो।, उनीहरूलाई नेपाल प्रहरी अस्पताल, दुई नम्बर गणको आइसोलेसन र होम आइसोलेसनमा राखिएको छ।, संक्रमितहरूमध्ये चार जना महाशाखाकै कार्...
सेतोपाटी संवाददाता पोखरामा कोरोना भाइरसबारे झूटो अफवाह फैलाएको आरोपमा दुई जना पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय, पोखराले बुधबार पोखरा महानगर-५ बस्ने २९ वर्षीय ईश्वर रिमाललाई र वडा ९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साललाई बिहीबार पक्राउ गरेको हो।, उनीहरूले आफ्नो पिसिआर परीक्षण प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्...
सेतोपाटी संवाददाता अछाममा रूखले च्यापिएर एक युवतीको मृत्यु भएको छ।, मृत्यु हुनेमा कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्साकी २१ वर्षीया निशा थापा छन्।, बिहीबार घर नजिकैको जंगलमा दाउरा ल्याउने क्रममा सल्लाको रूखले घाँटी च्यापिएपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह ...
सेतोपाटी संवाददाता ललितपुरस्थित पाटन अस्तपालमा उपचाररत् काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।, उनको शुक्रबार बिहान ३ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।, उनलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो।, मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।, स्वास्थ्य...
सेतोपाटी संवाददाता ‘फुटपाथ र ठेलागाडा व्यापार’ वाक्यांश हटाएर पुनः आदेश जारी गर्न काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षण गराएकी छन्।, जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते जारी गरेको आदेशको, सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ प...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि विद्यार्थीलाई इन्टरनेट सुविधा उपलब्ध गराउने तयारी गरेको छ।, ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ हालै जारी गरेको मन्त्रालयले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी नि:शुल...
सेतोपाटी संवाददाता बुटवलको कोरोना विशेष अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।, पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ का ५५ वर्षीय पुरूषको शुक्रबार बिहान ११ बजेतिर मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ।, कोरोना संक्रमण पुष्टि भएपछि उनको भदौ १९ गतेदेखि बुटवल धागो कारखानास्थित कोरोना विशेष...
सेतोपाटी संवाददाता तेह्रथुममा भाइलाई खुकुरी प्रहारगरी गम्भीर घाइते बनाएको आरोपमा दाइ पक्राउ परेका छन्।, लालिगुँरास नगरपालिका-७ लसुने बस्ने २९ वर्षीय सल बहादुर तामाङमाथि उनका दाइ राम बहादुर तामाङले खुकुरी प्रहार गरेका थिए।, सो खबर प्राप्त भएपछि प्रहरीले उनलाई बिहीबार बेलुकी पक्राउ गरेको हो।, घरायसी विवाद हुँदा मादक पदा...
रासस आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पौखरेलले बताइन्।, “प्रदेश न १ र २ वाग्मती र गण्डकी प्रदेशका एक व...
सेतोपाटी संवाददाता कोरोनाको कहरकै बीच भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट फेरिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको मेसुमा डा. राजन पाण्डेलाई नियुक्त गरेको छ। यसअघि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी थिए।, भदौ २४ गतेको मन्त्रीस्तरको निर्णयबाट उनलाई भरतपुर अस्पतालको प्रमुख मेसुमा निय...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेको छ।, अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी स्कुलहरूले अब निर्देशिका बमोजिम शुल्क लिने बाटो खुला भएको छ।, मन्त्रालयले अनलाइनलगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै शुल्क लिन पाइने भएको हो। तर शुल्क लिन...
सेतोपाटी संवाददाता डोटीमा बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, जोरायल गाउँपालिका वडा नम्बर ३ बरमका ३१ वर्षीय टेकबहादुर ओलीलाई सोही गाउँकी एक महिलालाई बलात्कार गरेको आरोपमा बिहीबार पक्राउ गरेको हो।, बिरामी महिलालाई झारफुक गरेर निको गर्ने बहानामा एक्लो भेटेर बलात्कार गरेको उजुरीका आधारमा पीडकलाई पक्राउ गरिएको...
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजमा उपचाररत् कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।, भरतपुर नगरपालिका-११ का ६२ वर्षीय वृद्धको उपचारका क्रममा बिहीबार मध्याह्न सवा १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।,  भदौ १८ गते श्वासप्रश्वासमा समस्या र निमोनिया भएपछि उनी अस्पताल भर्ना भएका थिए।, २२ गते उनलाई कोरोना पुष्टि भएक...
सेतोपाटी संवाददाता एसिड आक्रमण गर्नेलाई कारबाही गर्न सरकारले कडा कानून ल्याउने तयारी गरेको छ।, अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानून बनाइने प्रधानमन्त्री केपीशर्मा ओलीले बताएका हुन्।, यसका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न प्रधानमन्त्रीले कानूनमन्त्री र सम्बद्ध निक...
सेतोपाटी संवाददाता बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कार प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।, किशोरीका आफन्तले दिएको जाहेरीमा सिगासकै दानबहादुर बोहरा र धनबहादुर बोहरालाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।, उनले घटनाको ...
रूमा रिजाल सप्तरीको महुली गाउँपालिका-६ मोहनपुरका नवीन सार्की अहिले बुवाको किरियामा छन्।, उच्च रक्तचापले भएको बिमारीका कारण उनका बुवाको मृत्यु भयो तर अस्पतालमा तिर्ने पैसा नभएपछि नवीनले तीन दिनसम्म शव उठाउन पाएनन्।, बल्लतल्त शव उठाएर उनले बुवाको दाहसंस्कार गरे। उनी किरिया बसेको तीन दिन पनि पुगेको थिएन, फार्मेसीबाट फोन ...
युवराज श्रेष्ठ मध्यपहाडी (पुष्पलाल) लोकमार्गको काम जबदेखि सुरू भयो, त्यही बेलादेखि पोखरा-२५ हेमजाका ६७ वर्षीय बलराम तिमिल्सिनाले बस्दै आएको घर छाडे। लोकमार्गले घर खाइदिएर भने उनले छाडेका हैनन्। भइरहेको पक्की सडक फराकिलो बनाउन भत्काउन थालेपछि उनले घर छाडेका हुन्।, पोखरा-बाग्लुङ सडक खण्डअन्तर्गत हेमजामा उनको घर छ। सडक क...
समिक्षा अधिकारी सिमरा उपमहानगरपालिका-१ की सविना थापाले भर्खरै कोरोनालाई जितेकी हुन्। कोरोनाले गाँजेर निको भएपछि अहिले उनी संक्रमितलाई माया र सद्भाव फैलाउँदैछिन्। उनले हालै युनिसेफ नेपालमार्फत् भिडिओ सन्देश दिँदै कोरोना संक्रमितलाई भेदभाव नगर्न आग्रह गरेकी थिइन्। , हामीले उनका भोगाइ र अनुभवबारे कुराकानी गर्‍यौं। , २४ व...
सेतोपाटी संवाददाता धनुषामा कटुवा पेस्तोल र एक थान गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, हातहतियार बेचबिखनका लागि दुई जना व्यक्ति जनकपुर आइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज दिउँसो करिब साढे १२ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका ...
सेतोपाटी संवाददाता धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।, धनुषाको औरही गाउँपालिका वडा नम्बर १ पुरनदैयाका ६० वर्षीय पुरूषमा श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई भदौ २३ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो।, उपचारकै क्रममा ती पुरूषको हिजो मृत्यु भएको जिल्ला...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्तिको विरोध गरेका छन्।, बिहीबार विज्ञप्ति जारी गरी केसीले उक्त निर्णय सच्याउन माग गरेका हुन्।, उनले डिन नियुक्तिको स्थापित वरिष्ठताको आधार भत्काएर नियुक्ति गरिएको भन्दै तुरुन्तै सच्याउन माग ...
रासस मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना संक्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ।, नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना संक्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।, आफ्नो नगर क्षेत्रमा कोरोना संक्रमण...
सेतोपाटी संवाददाता बिहीबार थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको छ।, त्यस्तै पछिल्लो २४ घण्टामा जना १ हजार ८१८ जना निको भइ घर...
सेतोपाटी संवाददाता भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय विराटनगरका तत्कालीन डिभिजनल इन्जिनियर काशीप्रसाद गुप्ताविरूद्ध मुद्दा दायर गरेको छ।, पदमा रहँदा १६ करोड ७२ लाख ५६ हजार ४ सय ९६ रुपैयाँ भ्रष्टाचार गरेको आरोमा गुप्ताविरूद्ध बिहीबार अख्तियारले विशेष अदालत...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ५ सय ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ७२ जना संक्रमित थपिएको हो।, तीमध्ये काठमाडौंका ४ सय ९५ जना, ललितपुरका ४३ जना र भक्तपुरका ३४ जना छन्।, अहिलेसम्म काठमाडौंमा ७ हजार ६ सय ११ जना, ललितपु...
निशा भण्डारी दाङकी ३० वर्षीया कविता चौधरी कोरोनाअघि घर सम्हाल्थिन्। दुई सन्तानकी आमा भएपछि घरमै भ्याइनभ्याइ हुन्थ्यो।, अहिले कोरोना र लकडाउनले उनलाई काठमाडौं उपत्यकामा मजदुर बनाएको छ। दाङबाट उनी मजदुरी गर्नै भनेर आफ्नी १२ वर्षकी छोरी र ७ वर्षीय छोरालाई एक्लै छाडेर आएकी छन्।, 'छोराको हेरचाह छोरीले गर्छे। छोरीको छोराले,...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ।, बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा कोरोनाको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको हो।, योसँगै कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ। मृत्यु हुनेमा तीन जना काठमाडौंका छन्। उनीहरू ५५ वर्...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले कारागारहरूको व्यवस्थापन राम्रो नभएको भन्दै कानुनअनुसार कैदीबन्दीले पाउने विभिन्न सुविधा दिन र कोरोनाको परीक्षण बढाउन सरकारलाई आदेश दिएको छ।, गोपाल सिवाकोटी ‘चिन्तन’ले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले विभिन्न ख...
सेतोपाटी संवाददाता अब काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं प्रवेश गरेपछि १४ दिन होम क्वारेन्टिनमा वा आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्ने जानकारी गराएका हुन्।, उनले यो नियम काठमाडौं प्रवेश गर्...