content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता विशेष अदालतले भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र राष्ट्र विप्लवजस्ता मुद्दाका अभियुक्तको फोटो पनि पठाउन सम्बन्धित निकायलाई पत्राचार गरेको छ।, आइतबार विशेष अदालतले ती मुद्दाका अभियुक्तहरूको फोटो पठाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभागमा पत्राचार गरिएको विशेष अदालतका रजिष्ट्रार ...
सेतोपाटी संवाददाता मोरङमा हत्या गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन्।, सोमबार बेलुकी साढे आठ बजे प्रहरीले बेलबारी नगरपालिका-५ बस्ने ३१ वर्षीय कुमार सरदारलाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार उनलाई चन्द्र कुमार राईको हत्या गरेको आरोपमा पक्राउ गरेको हो।, उनले भदौ १२ कसेनी...
रासस नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँ-ठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ।, सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका छन्।, डिभिजन सडक कार्यालय चितवनका ई. शिव खनालका अनुसार पहिरो पन्छाउने काम बिहानदेखि सुरू भएको छ। थप पहिरो नखसेमा दिउँसो सम्ममा...
भगवती पाण्डे बुटवलका यमबहादुर थापा भारतीय सेनामा भर्ति भएको भए अहिले पेन्सन खाएर बसेका हुन्थे। सुवेदारबाट अवकाश पाएका उनका बुवा लालवीर थापा, हवल्दार बाजे जैबहादुर थापापछि उनका परिवारै भारतीय सेनामै जोडिए। यमबहादुरलाई पनि दबाब थियो।, 'हामी लाहुरेका सन्तान। बाजे, बुवा, मावली बाजे, मामाहरू, ससुरा बुवा सबै लाहुरे। यस्तो प...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणबाट चार वर्षे कार्यकाल पूरा गरेका कार्यकारी निर्देशक कुलमान घिसिङको बिदाई गरिएको छ। प्राधिकरणका कर्मचारीले मंगलबार घिसिङलाई बिदाई गरेका हुन्।, कार्यक्रममा बोलेका प्राधिकरणका कर्मचारीले कुलमानलाई फेरि कार्यकारी निर्देशकका रूपमा प्राधिकरणमा ल्याउनुपर्नेमा जोड दिएका थिए।, उनीहरूल...
सुजना ढकाल बिहीबार सिन्धुपाल्चोकबाट रुगमबहादुर (नाम परिवर्तन) काभ्रेको पनौती आइपुग्दा लगभग रातको साढे १० बजेको थियो। यसअघि पनि उनी कैयौं पटक बुवा-आमासँग गाडी चढेका थिए। बुवाआमासँग आउँदा उनी प्राय: दिउँसो वा बिहान गाडी चढ्थे।, नौ वर्षीय रुगमलाई गाडी चढ्न मन पर्छ, नयाँ ठाउँ जान। अहिलेसम्म कति पटक गाडी चढे उनलाई याद छैन।...
नारायण महर्जन सैलुन तथा पार्लर सञ्चालन गर्न पाउनुपर्ने भदै नाई श्रमिक आन्दोलित बनेका छन्।, संयुक्त नाई श्रमिक संघर्ष समितिले ६ महिनादेखि व्यवसाय सञ्चालन गर्न नपाउँदा नाई श्रमिकहरूलाई खाना खान समेत मुश्किल परेको भन्दै ७ सूत्रीय माग राख्दै माइतीघरमा प्रदर्शन गरेको हो।, संघर्ष समितिले देशभरका सैलुन तथा पार्लर तत्काल खोल्...
सेतोपाटी संवाददाता भारतले कोरोना संक्रमितको उपचारमा प्रयोग गरिँदै आएको रेम्डेसिभिर औषधि नेपाललाई सहयोग गरेको छ।, सोमबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई २ हजार थान रेम्डेसिभिर प्रदान गरेका हुन्।, 'एन्टी भाइरल ड्रग' को रूपमा रहेको यो औषधि कोरोना संक्रमितलाई दिएपछि यसले...
सेतोपाटी संवाददाता स्वास्थ्य मन्त्रालयले लक्षण देखिएका स्वास्थ्यकर्मीहरूको मात्र पिसिआर परीक्षण गर्ने जनाएपछि त्यसलाई तत्काल सच्याउन नेपाल चिकित्सक संघले माग गरेको छ।, सोमबार संघका पदाधिकारी सहितका टोलीले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटेर निर्णय तत्काल सच्याउन भन्दै ध्यानाकर्षण गराएका छन्।, संघका अध्यक्ष डा. लो...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।, उनीविरूद्ध सात करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ बिगो माग दाबी लिई अख्तियारले मंगलबार अदालतमा मुद्दा दायर गरेको हो।, सार्वजनिक पदम...
राजेश घिमिरे सन्दीप ढुंगेल नारायणगढबाट करिब पाँच किलोमिटर परको रामनगरनजिकै तेलको ट्यांकर अगाडि सडकमै सुतेर मोबाइल चलाइरहेका थिए। पोखराका लागि तेल लिएर वीरगञ्जबाट हिँडेका उनी सोमबार राति ११ बजे नै यहाँ आइपुगेका थिए।, उनको पछाडि नारायणगढतर्फसमेत करिब एक किलोमिटर लामो लाइन छ। अगाडि पूरै सडक सवारीसाधनले भरिएको छ। नारायणग...
सेतोपाटी संवाददाता मंगलबार थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५६ हजार ७८८ पुगेको छ।, त्यस्त...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणबाट चार वर्षे कार्यकाल सकेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारीले बिदाइ गरेका छन्।, मंगलबार प्राधिकरणका कर्मचारीहरूले घिसिङलाई बिदाइ गर्दै अबको १५ दिनमा फेरि कार्यकारी निर्देशकका रूपमा स्वागत गर्न पाइने आशा व्यक्त गरेका थिए।, घिसिङको कार्यकाल सोमबार सकिएको थियो। उनलाई...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ६ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६ सय ७६ जनामा कोरोना संक्रमण देखिएको हो।, त्यसमध्ये काठमाडौंका ५ सय ५५ जना, ललितपुरका ३५ जना र भक्तपुरका ८६ जना छन्।, अहिलेसम्म काठमाडौंमा १० हजार २८ जना, ल...
युवराज श्रेष्ठ पोखराको मणिपाल अस्पतालमा उपचाररत् ७० वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।, पोखरा–९ नयाँ बजारका ती वृद्धको गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए।, क्यान्सरका बिरामी रहेका वृद्धको नसा च्यापिएपछि भदौ २५ गते अस्पताल भर्ना भएका थिए।, अस्पतालमै गरिएको स्वाब परीक्षण...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 'होम आइसोलेसन' मा रहेका संक्रमितहरूलाई आकस्मिक सेवा प्रदान गर्न उपत्यकाका सबै अस्पतालहरूलाई निर्देशन दिएको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले होम तथा होटल आइसोलेसनमा रहेका संक्रमितहरू आकस्मिक सेवा लिनबाट बञ्चित भएको जनगुनासो आएको भन्दै त्यस्ता संक्रमितहरू...
एजेन्सी चिनियाँ अधिकारीले आफूले बनाइरहेको कोरोना भाइरस विरूद्धको खोप तीन महिनाभित्रै आउने बताएका छन्। उनीहरूले यो खोप आगामी नोभेम्बरको सुरूमै आममानिसको प्रयोगका लागि उपलब्ध हुने बताएका साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।, चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टरकी बायोसेफ्टी विज्ञ गुइझेन वुले सोमबार एक ट...
सेतोपाटी संवाददाता गैरकानुनी बाटोबाट नेपालगञ्ज हुँदै भारततिर लैजान लागिएका ५४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, उनीहरूलाई भारत लैजाने जिम्मा लिएका दुई जना युवालाई पनि प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्ने युवा नेपालगन्ज १३ का सरोज हैयम राई र तुलसीपुर ८ का अम्बर गन्दर्व छन्। ,...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।, मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार थप ११ जनाको मृत्यु भएको हो।, योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ।, संक्रमणबाट काठमाडौंमा ८६ वर्षीया महिलासहित चार जनाको मृत्यु भएको छ। पुरूषमा काठमाड...
भगवती पाण्डे चैत महिनामै परीक्षा तोकिए पनि ६ महिनासम्म परिक्षा दिन नपाउँदा रुपन्देहीकी आकांक्षा भण्डारी चिन्तित थिइन्। , उनी लुम्बिनी बौद्ध विद्यालयमा बिए एलएलबी अध्ययनरत छिन्। पहिलो सेमेष्टरको परिक्षा दिएर दोस्रो सेमेष्टरमा पढ्न पाइएला भन्दाभन्दै उनको ६ महिना बित्यो। , तर गत आइतबारदेखि भने उनी परीक्षामा व्यस्त छिन्। ...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यवस्तु समायोजन ढाँचा २०७७ स्वीकृत गरेको छ।, शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका अनुसार शैक्षिक सत्र खेर जान नदिने गरी पाठ्यवस्तु संश्लेषण गरी ढाँचा स्वीकृत गरिएको हो।, यो शैक्षिक सत्रको करिब पाँच महिना सकिएका बेला बाँकी रहेका महिनामा सिकाइ निरन्तरता दिन र च...
सेतोपाटी संवाददाता सरकारले असोज १ गतेदेखि लामो दूरीका सवारी चलाउन दिने निर्णय गरेको छ।, सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते  बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।, मन्त्री ज्ञवालीका अनुसार  सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ।, यात्रु राख्दा क्षमताको ५० ...
दिपकजंग शाही सुर्खेत जिल्ला अदालतले आफूमाथि बलात्कारको आरोप लगाउने एक युवतीलाई एक महिना कैद सजायको फैसला गरेको छ।, जिल्ला अदालतले भदौ १४ गते गरेको फैसला अनुसार ती युवतीलाई एक महिना कैद र १ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको सुर्खेत जिल्ला अदालतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले जानकारी दिए।, बाँस्कोटाका अनुसार युवती ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप जनामा कोरोना संक्रमण देखिएको हो।, त्यसमध्ये काठमाडौंका ४ सय ४० जना, ललितपुरका २९ जना र भक्तपुरका ४३ जना छन्। अहिलेसम्म काठमाडौंमा ९ हजार ५ सय ८६ जना, ललितपुर...
सेतोपाटी संवाददाता सोमबार मात्र सुर्खेतका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ५७७ जनाको पिसिआर परीक्षण गरिएकोमा कर्णालीका ४९ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ३९ जना सुर्खेतका रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका २२ जना, बराहताल...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्या कोरोनाबाट संक्रमित भएकाे हाे। , प्रवक्ता गौतमका अनुसार यीसहित हालसम्म कुल संक्रमित हुनेको संख्या ५५ हजार ३२९ पुगेको छ।, पछिल्लो २४ घण्टामा थप ८७...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ।, सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार थप १५ जनाको संक्रमणबाट मृत्यु भएको हो।, योसँग कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेकाे छ।, पछिल्लाे पटक काेराेना पुष्टि हुने मृतकमा काठमाडौंकी ६१ वर्षीया महिला र...
सेतोपाटी संवाददाता म्युजिक भिडिओमा राष्ट्रिय झण्डा जलाउने मुख्य आरोपी पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ।, आइतबार जिल्ला अदालत काठमाडौंले पक्राउ परेका नौ जनामध्ये मुख्य आरोपी गेल्जङ दोर्जे तामाङलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।, त्यस्तै, म्युजिक भिडिओ बनाउनमा संलग्न आठ जना भने रिहा भएको महानगरीय प्...
राजेश घिमिरे कोरोनाको महामारीको समयमा सबैको नजर यसको परीक्षण गर्ने ल्याबमा पर्नु स्वभाविकै हो। परीक्षणका लागि दिएको स्वाबको नतिजा कहिले आउला, रिपोर्ट के आउला भन्ने चासो सबैमा हुन्छ।, सबैलाई लाग्छ- रिपोर्ट छिटो हेर्न पाए हुन्थ्यो। महामारी भर्खर-भर्खर सुरू हुँदै गर्दा खुलेका सीमित ल्याबले चाहेजसरी छिट्टै नतिजा दिन सकेनन...
सेतोपाटी संवाददाता सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसका प्राध्यापक राजन भट्टराई निलम्बनमा परेका छन्।, क्याम्पस सञ्चालक समितिको बैठकले प्राध्यापक भट्टराईलाई दुई महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको समिति सदस्य प्रमोद भट्टराईले बताए। , उनका अनुसार साउन २८ क्याम्पसमा अध्यापन गराउँदै आएकी एक महिला सहकर्मीलाई मध्...
राजेश घिमिरे पिसिआर परीक्षण शुल्क घटाउने सरकारको निर्णयको सरकारी अस्पतालले नै अटेरी गरेको छ।, भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सोमबार पनि बिरामीसँग पिसिआर परीक्षण शुल्कबापत ३ हजार ५ सय र भिटिएम संकलन शुल्क शीर्षकमा ५ सय रुपैयाँगरी ४ हजार रुपैयाँ लिएको पाइएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प...
सेतोपाटी संवाददाता समयमै मल नल्लाउने शैलुङ इन्टरप्राइजेज र  होनिको मल्टिपललाई कालोसूचीमा राख्न कृषि सामाग्री कम्पनी लिमिटेडले सार्वजनिक खरिद खनुगमन कार्यालयलाई पत्र लेखेको छ।, शैलुङ इन्टरप्राइजेज सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीको कम्पनी हो। कम्पनीले २५ हजार मेट्रिक टन मल आयात ग...
विवेक राई गत शनिबार ह्याम्स अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित वृद्धाको मृत्यु भयो। यो खबर उनकी छोरीलाई सुनाउन पुगेका डा. राजु पंगेनी आफैं स्तब्ध थिए।, मलिन स्वरमा उनले छोरीलाई भने, 'आमालाई बचाउन सकिएन।', त्यो सुनेर छोरी त्यहीँ भक्कानिइन्। केही समयअघि उनको दाइको पनि कोरोनाकै कारण मृत्यु भएको थियो। अर्की दिदीको ...
भानुभक्त जनकपुरका प्रज्ञा सिंह र प्रज्वल सिंह दिदीभाइ हुन्। उनीहरूका बुवा डाक्टर थिए। बुवाका पाइला पछ्याउँदै उनीहरू पनि डाक्टरी पढ्दैछन्। , प्रज्ञा अहिले एमबिबिएस पाँचौ वर्षमा छिन्, प्रज्वल दोस्रो सेमेस्टरमा। हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर ज्ञानेश्वरप्रसाद सिंहले दुई छोराछोरीलाई डाक्टर पढ्न बंगलादेश पठाएका थिए। ...
सेतोपाटी संवाददाता महामारीको समयमा रकम अभावमा परेका वकिलहरूलाई ६ महिनाका लागि ५० हजार रुपैयाँ सापटी दिइने भएको छ।, नेपाल बारका महासचिव लिलामणि पौडेलले वकिलहरूलाई  ५० हजार सापटी दिइने बताए।, 'हामीले सापटी रकम ५० दिने भएका छौं,' उनले भने, 'हाम्रो राहतकोषमा योगदान गर्नेको संख्या बढ्यो भने सजिलो पनि हुन्छ।', यसअघि बारले व...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी र जनस्वास्थ्यविद्हरूलाई अनावश्यक बहस नगर्न अनुरोध गरेको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित प्रेस बिफ्रिङमा डाक्टर र जनस्वास्थ्यविद्हरूलाई आफ्नो लेभल नमिल्नेसँग अन्तर्वार्ता नदिन आग्रह गरेका हुन्।, त्यसरी बहसमा उत्रिहाले पनि ...
सेतोपाटी संवाददाता रुपन्देहीमा सोमबार थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको ज्वरो क्लिनिकमा उपचाररत् सिद्धार्थनगर नगरपालिका ५ की ६४ वर्षीया महिलाको मृत्यु भएको हो।, अस्पालका सूचना अधिकारी डा. विष्णु गौतमले सोमबार बिहान अस्पतालमा भर्ना भएकी उनको दिउँसो साढे २ बजे मृत्यु भएक...
सेतोपाटी संवाददाता बलिउडका अग्रज अभिनेता अमिताभ बच्चनले एसिड आक्रमण विरूद्ध निरन्तर लागेका अभियन्ता उज्जवलविक्रम थापाको प्रशंसा गरेका छन्। अभिनेता बच्चनले सोमबार ट्वीट गर्दै अभियन्ता थापा तथा नेपालले ल्याउन लागेको नयाँ कानुनको प्रशंसा गरेका हुन्।, ‘उज्जवल थापा! स्याबास शेरउडियन। एसिड पीडितहरूको मुद्दामा तिम्रो कडा मेह...
सेतोपाटी संवाददाता उच्च अदालत पाटनले समयमै मल नल्याएकाे कम्पनी शैलुङ इन्टरप्राइजेजलाई कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न कृषि सामाग्री कम्पनीलाई आदेश दिएको छ। , न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले बुधबारसम्म निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको अदालतका प्रवक्ता शम्भु रेग्मीले...
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय कास्कीले रुपा गाउँपालिका-५ देउराली बस्ने ५८ वर्षीय केशबहादुर गुरुङलाई आइतबार पोखरा महानगरपालिका-६बाट पक्राउ गरेको हो।, उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनलाई दण्डहिनता बिरुद्धको अभियान अन्त...
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण भएको छ।, उपकुलपति डा.गिरीको सोमबार साँझ पिसिआर रिपोर्ट पोजेटिभ आएको हो।, उनले बिपी प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमार्फत आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गर्दै सम्पूर्ण सुरक्षा उपायहरू अपनाउँदा अपना...
सेतोपाटी संवाददाता भारतसँग सिमाना जोडिएका सिमावर्ती नाकाहरूबाट हरियो मटर (केराउ) अत्यधिक मात्रामा तस्करी हुने गरेको पाइएको छ।, तेस्रो मुलुकबाट अनुदानको रुपमा निकै सस्तो दरमा नेपाल आउने केराउ भारत तस्करी हुने गरेको हो। सोमबार एकै दिन नवलपरासी (पश्चिममा) भन्सार छलेको २९ लाख बढीको केराउ प्रहरीले पक्रेको छ।, नवलपरासी (पश्...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा रुपन्देहीका विभिन्न अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।, आईतवार रातिदेखी सोमबार साँझसम्म रुपन्देहीका विभिन्न अस्पतालमा उपचाररत् चार जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।, पछिल्लो पटक सोमबार साँझ लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना व...
नारायण महर्जन रातो मच्छिन्द्रनाथलाई सोमबार साँझ बुगमतीस्थित उनको घर फिर्ता लगिएको छ। जावलाखेलमा भोटो देखाएपछि बुंगमती लगिँदै आएकोमा यसपालि कोरोना महामारीका कारण भोटो देखाइएन। पुल्चोकको सोह्रखुट्टे पाटीबाटै उनलाई खटमा हालेर बुंगमती लगियो।, यो लामो समय चल्ने रातो मच्छिन्द्रनाथ जात्राको समापन हो। मच्छिन्द्रनाथलाई जसै बुं...
सेतोपाटी बबई नदीमा एक जनाको शव सोमबार फेला परेको छ।, आइतबार रातिदेखि बेपत्ता बारबर्दिया वडा नं १ बस्ने विनोद चौधरीको शव गुलरियाको भादा नदीमा फेला परेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। , माछा मार्न गएका बेला बबई नदीमा डुवेर उनी बेपत्ता भएका थिए।, यही भदौ २७ गते बबईमा नुहाउने क्रममा बेपत्ता भएका...
सेतोपाटी नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।, इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०:३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।, सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो।, पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ।, पानी परिरहेकाले पहिरो पन्छाउने क...
सेतोपाटी एक १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुरुङ्गा नगरपालिका–५ कुशहाका १७ वर्षीय मोहम्मद अन्साद मियाँलाई पक्राउ गरेको छ।, फरार भएका आरोपितलाई नौ महिनापछि सिरहाको धनगढीमाई नगरपालिका–२ धनगढास्थित मामाघरमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाइएको छ।, मामाघरमा लुकेर बसेको गोप्य सूचनाका आधार...
सेतोपाटी सेती नदीमा बगेर सोमबार एक महिला बेपत्ता भएकी छन्।, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शिखर नगरपालिका–६ कोट बस्ने अन्दाजी ३२ वर्षीया तुलसी बलायर नदीमा बगेर बेपत्ता भएकी हुन्।, उनी सोमबार गाउँ नजिकै सेती नदीमा गएको बेला चिप्लिएर नदीमा खसेको र नदीले बगाएर ब...
सेतोपाटी जिल्लामा कोरोना संक्रमण अस्पतालहरूबाट फैलिएको अध्ययनले देखाएको छ।, जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनमा संक्रमितमध्ये ५० प्रतिशतको संक्रमणको माध्यम अस्पताल बनेको पाइएको हो।, केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल संक्रमितमध्ये २५४ चिकित्सक तथा स्वास्थ्...
सेतोपाटी नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ।, पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो।, बाग्लुङ नगरपालिका–१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका ला...
सुदीप श्रेष्ठ भोटो देखाउनुलाई रातो मच्छिन्द्रनाथ जात्राको ‘क्लाइमेक्स’ मान्ने हो भने लगनखेलमा हुने महास्नान यसको ‘ग्य्रान्ड ओपनिङ’ हो। अनि, मच्छिन्द्रनाथलाई उनको घर बुंगमती फिर्ता लैजाने उत्सव यो जात्राको ‘क्लोजिङ’, जुन आज सोमबार सम्पन्न भयो।, क्लाइमेक्सबारे मैले भदौ २२ गते लामो ,फिचर, लेखिसकेको छु, आज हामी यसको ओपनिङ...
सेतोपाटी पहिरोले चितवनमा आठ घरमा क्षति पुर्याएको छ।, अविरल वर्षासँगै गए राति खसेको पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो।, पहिरोले दुईवटा मोटरसाइकल, एक÷एक वटा म्याजिक भ्यान र बलेरो पनि बगाएको स्थानीय चित्रबहादुर गुरुङले जानकारी दिए।, वडा नं ६ कै राष्ट्रिय आधारभूत विद्यालय प...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७मा आइतबार बिहान गएको पहिरोमा पुरिएका ११ जनाको शव फेला परेको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटका अनुसार साँझसम्म ११ जनाको शव फेला परेको हो। बिहान वडा नम्बर ७ को भिरखर्क, नागपुजे, केम्बे भन्ने स्थानमा पहिरो गएको थियो।, मृत्यु ...
सेतोपाटी संवाददाता प्रहरीले चार वटा अवैध बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आइतबार पुतलीबजार नगरपालिका ७ मोहरिया झग्रीडाँडा बस्ने ६९ वर्षीय भिमबहादुर ठकुरी र ६० वर्षीय ओम बहादुर हमाललाई पक्राउ गरेको हो।, उनीहरूबाट प्रहरीले अवैध तीन वटा भरूवा बन्दुक र एक १२ बोर बन्दुक बरामद गरेको ह...
सेतोपाटी संवाददाता सवारीसाधनलाई लापरवाही पुर्वक चलाउने हो भने त्यसैले मालिक, चालक तथा परिवारको नै ज्यान लिन सक्छ।, पश्चिम नवलपरासीमा यस्तै घटना भएको छ। शनिबार साँझ टिपरले ठक्कर दिंदा सोही चालककी आमाको ज्यान गएको छ।, नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नं. ४ बेलारीमा पार्किङ गरी राखेको टिपर निकाल्ने क्रममा सोही टिप्प...
सेतोपाटी संवाददाता तनहुँको भानु नगरपालिका– ११ का २८ वर्षीय बाबुराम आले विरुद्ध परेको बहुबिवाहको मुद्धामा अदालतले २०७३ मंसिर १५ गते सजायको फैसला दियो। अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। , अदालतको फैसला लगत्तै फरार रहेका आले ४ वर्षपछि आइतबार पक्राउ परेका छन्।, तनहुँ प्रह...
राजेश घिमिरे युरिया मलमा कालोबजारी गरेको अभियोगमा चितवनको एक सहकारी संस्थाका चार जनालाई चितवन प्रशासनले १०हजार रुपैयाँका दरले जरिवाना तिराउने निर्णय गरेको छ।, पूर्वी चितवनमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक विनोद अधिकारी, सोही संस्थाका खरिद बिक्री उपसमितिका संयोजक रामकृष्ण तिम्सिना र सदस्य...
नारायण खड्का दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित बाँके प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेहरुमा जाजरकोट जिल्लाको कुसे गाउँपालिका वडा नं. ६ निवासी ३२ वर्षीय कृष्ण वली, वडा नं. ९ निवासी २८ वर्षीय इन्द्रबहादुर नेपाली, सुर्खेत जिल्लाको भेरी गंगा नगरपालिका वडा नं. ५ निवासी ३० वर्षीय जयबहादुर कामी, सोही ठा...
विनोद सापकोटा नोबेल अस्पताल, विराटनगरमा पुगेकी झापाकी एक सुत्केरी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। शिवसताक्षी-५ सालमाराकी २३ वर्षीया महिलालाई कोरोना संक्रमण देखिएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।, उनी पाँच दिनअघि सुत्केरी गराउन नोबेल अस्पताल गएकी थिइन्। संक्रमण देखिए पनि उनले स्वस्थ शिशुलाई जन्...
सेतोपाटी संवाददाता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक कोरोना संक्रमितको गएराति मृत्यु भएको छ।, मृत्यु हुनेमा मोरङको धनपालथान ६ का ४० वर्षीय पुरूष रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन्।, वीपीको ल्याबमा भदौं २६ गते शुक्रबार गरिएको पिसिआर परिक्षणले उनमा संक्रमण पुष्टि गरेको ...
राजेश घिमिरे चितवनका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालाले सोमबार बिहान सार्वजनिक गरेको विवरण अनुसार सो संख्यामा संक्रमण पुष्टि भएको हो।, संक्रमितहरु २ वर्षका बालक देखि ५५ वर्षीया महिलासम्म छन्। , संक्रमण पुष्टि हुनेहरूमा भरतपुर महानगरपालिकाका ११ जना, कालिका नगरपालिकाक...
सेतोपाटी संवाददाता झापामा आफ्नै छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन्।, आइतबार राति आठ बजे कमल गाउँपालिका-७ ठुलो बाह्रघरे बस्ने २४ वर्षीय दिनेश ऋषिदेवले आफ्नै ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए।, उनका अनुसार दिनेशले मादक पदा...
सेतोपाटी संवाददाता संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि लिविया जान लागेका नेपाली सेनाको केही सैनिक जवानहरूमा कोरोना संक्रमण देखिएपछि उडान स्थगित भएको छ।, युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया(युएन्समिल)मा खटिएको नेपाली सेनाको टोलीलाई प्रतिस्थापन गर्न जान लागेको अर्को टोलीका सदस्यलाई कोरोना संक्रमण देखिएको हो।, नेपा...
नारायण खड्का दाङमा चट्याङ र अबिरल वर्षा पछि आएको बाढीले कुखुरा बोकेको बोलेरो र कुखुरा फर्म बगाएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ चमेरे खोलामा स्थानीय राजकुमार वलीको कुखुराको फर्म बाढीले बगाएको हो। बाढीका कारण फर्मसँगै त्यहाँ रहेका २२ दिनका एक हजार चल्ला र १०  बोरा दाना बगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्र...
सेतोपाटी संवाददाता रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतक दुबै जना कपिलवस्तुका हुन्।, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचाररत्  कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ का २ जनाको मृत्यु भएको हो।, कार्यालयका कोर...
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजमा नवलपरासीका कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।, अस्पतालका अनुसार ६२ वर्षीय ती पुरुषको उपचारको क्रममा आइतबार राति साढे ११ बजे मृत्यु भएको हो।, अस्पतालका निर्देशक दयाराम लम्सालले विज्ञप्तिमार्फत् कोरोना संक्रमित वृद्धको मृत्यु भएको आइतबार बिहान जानकारी गराएका छन्।, वृद्ध भदौ ...
सेतोपाटी संवाददाता नारायणगढ–मुग्लिन सडक खण्डको खहरे पुलनजिकै दुई ट्रक ठोक्किँदा चालकसहित ६ जना घाइते भएका छन्।, इच्छाकामना गाउँपालिका–५ स्थित खहरे पुलनजिकै काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख २४२३ नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको ना४ख ८०११ नम्बरको ट्रक सोमबार बिहान ठोक्किँदा खाँदा दुवै ट्रकका चालक र ट्रकमा...
सेतोपाटी संवाददाता बागलुङमा सोमबार बिहान पहिरो जाँदा एक जनाको मृत्यु भएको छ।, जैमिनी नगरपालिका-१ टुनिबोटमा पहिरो जाँदा ६१ वर्षीय हरिकृष्ण पौडेलको मृत्यु भएको मेयर इन्द्रराज पौडेलले बताए।, उनका अनुसार बिहान साढे ६ बजे पहिरो गएको थियो। पहिरोले पाँच घर भत्किएका छन्। पहिरोमा पुरिएका उनको शव निकालिएको हो।, सडकमाथिबाट खसेको...
रूमा रिजाल धरान-१६ को एकै घरमा भाडामा बस्ने ६ परिवारका १३ जनामा संक्रमण पुष्टि भएको छ।, आइतबार साँझ उनीहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताएका छन्।, उनका अनुसार यसअघि संक्रमण पुष्टि भएको ७८ वर्षका वृद्ध र ७० वर्षकी वृद्धा दम्पत्तिको कन्ट्याक ट्रेसिङ गरेर स्व...
सेतोपाटी संवाददाता दाङमा बाढीले बगाउँदै गरेका एक व्यक्तिको उद्धार गरिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ हेमन्तपुरका रेशम नेपालीलाई चौखा खोलाको बाढीले बगाउँदै गर्दा स्थानीय र प्रहरीले उद्धार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक चक्रडम्मर पालले जानकारी दिए।, प्रहरी निरीक्षक पालका...
सेतोपाटी संवाददाता सुत्केरी हुन नोबेल अस्पताल विराटनगरमा पुगेकी झापाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भयो।, शिवसताक्षी ५ सालमाराकी २३ वर्षीया महिलालाई कोरोना संक्रमण देखिएको थियो।, उनी छ दिनअघि सुत्केरी गराउन नोबेल अस्पताल विराटनगर गएकी थिइन्।, कोरोनाको संक्रमण देखिए पनि उनले स्वस्थ शिशुलाई जन्म दिइन्।, शिवसताक्ष...
सेतोपाटी संवाददाता वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचाररत् ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।, उनको सोमबार बिहान ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।, वीरगन्ज महानगरपालिका-१० निवासी उनलाई गत भदौ १२ गते अस्पताल भर्ना गरिएको। उनमा संक्रमण पुष्टि भने २२ गते भएक...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ भिरखर्क र नाकुचेमा गएको पहिरोमा पुरिएका थप दुई जनाको शव फेला परेको छ।, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक (डिएसपी) प्रकाश सापकोटाका अनुसार सोमबार बिहान थप दुई जनाको शव फेला परेको हो। भिरखर्कका २२ वर्षीय कुमार विक र २१ वर्षीय सोनिया विकको...
राजेश घिमिरे नारायणगढ–मुग्लिन सडक खण्डको खहरे पुल नजिकै ट्रक ठोक्किँदा घाइते भएका ट्रक चालकको मृत्यु भएको छ।, इच्छाकामना गाउँपालिका–५ स्थित खहरेपुल नजिकै काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख २४२३ नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको ना ४ ख ८०११ नम्बरको ट्रक आपसमा ठक्कर खाँदा दुवै ट्रकका चालक र ट्रकमा सवार ४ ज...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय बाँकेले प्रतिबन्धित लागुऔषध अफिमसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तर गंगा गाउँपालिका वडा नं. ८ निवासी ५३ वर्षीय धनबहादुर सेन र दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ निवासी २४ वर्षीय वसन्त घर्ती छन्।, गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार...
राजेश घिमिरे चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ। , भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आइतबार विहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए।, होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु भएको चितवनमा यो दोश्रो घटना हो...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ।, बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार आइतबार बिहान पहिरो जाँदा बेपत्तामध्ये सात जनाको शव फेला परेको हो।, पहिरोमा अझै २४ जना हराइरहेको शेर्पाले बताए।, शेर्पाका अनुसार उक्त वडाको नाकचुच्चे...
सेतोपाटी संवाददाता दाङमा एक होटल सञ्चालिकाले प्रहरी हवल्दारलाई चक्कु प्रहार गरी घाइते बनाएकी छिन्।, जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत् प्रहरी हवल्दार ४० वर्षीय खड्गबहादुर खत्री ती महिलाको चक्कु प्रहारबाट घाइते भएका हुन्।, टाउको र शरीरका विभिन्न ठाउँमा चक्कुको चोट लागेका प्रहरी हवल्दार खत्री राप्ती स्वास्थ्य विज्...
सेतोपाटी संवाददाता बाग्लुङको जैमिनी नगरपालिकामा आइतबार बिहान छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परि २ जनाको मृत्यु भएको छ।, जैमिनी नगरपालिका–५ बिनामारे स्थित निलकण्ड पौडेलको घर बिहान साँढे ७ बजे पहिरोले पुर्दा उनकी करिब ७५ वर्षीय आमा जल्पादेवी पौडेलको मृत्यु भएको हो।, घरमाथिबाट बाँसको झ्याङ सहित पहिरो खास्दा उनको मृत्य...
सेतोपाटी संवाददाता पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको जहाज नारायणहिटी दरबार संग्रहालयमा राखिएको छ।, शनिबार साँझ जहाजलाई क्रेनले तानेर संग्रहालयमा पुर्‍याइएको हो। विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, भद्रकाली हुँदै जहाज संग्रहालयसम्म पुर्‍याइएको थियो।, दुई वर्षदेखि थन्किएको एभ्रो कम्पनीको यो जहाज ४६ वर्षअघि ब...
सेतोपाटी संवाददाता सर्लाहीमा प्रहरीले तीन सय ९ केजी गाँजा बरामद गरेको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीका अनुसार शनिबार राति पर्सा गाउँपालिका-५ डोमोवा टोलबाट ना ४ ख ७७४८ नम्बरको ट्रकबाट सो गाँजा बरामद गरेको हो।, प्रहरीले ग्रामीण क्षेत्रको बाटो हुँदै नेपालबाट भारत र भारतबाट नेपालतर्फ गाँजा ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा कार्यालयमै प्रहरी कर्मचारीमाथि कुटपिट भएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको कार्यालयमै आएर स्थानीयले प्रहरी निरीक्षकसहित कर्मचारीमाथि कुटपिट गरेका हुन्। , ‘बाहिर चौतारोमा तास खेलिरहेका ६/७ जनालाई पक्राउ गरिएको विषयमा विवाद भएपछि स्थानीयले इन्स्पेक्टर वकिल सिंहसहितका कर्मचारीमाथि ह...
खिलानाथ ढकाल केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि २०७५को दसैंमा मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं झार्ने भनिएको थियो।, त्यो साल सचिव गजेन्द्र ठाकुरको बोलीको भर पर्दा प्रधानमन्त्रीको बचन खेर गयो। उक्त साल मेलम्चीको सुरूङ फिनिसिङ नै सकिएको थिएन।, अर्को साल पानी ल्याउने भनी सुरूङ फिनिसिङको काम हुँदाहुँदै इटालिय...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७को नागपुजे र भिरखर्कमा गएको पहिरोमा पुरिएका थप दुई जनाको शव फेला परेको छ। , आइतबार बिहान गएको पहिरोमा पुरिएका ९ जनाको शव फेला परेको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशिला पाख्रिनले जानकारी दिइन्। त्यस्तै अझै २२ जना बेपत्ता भएको उनले जानकारी दिइन्।, ‘३१ जनामध्ये अहिल...
सेतोपाटी संवाददाता काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ।, मृत्यु हुनेमा काठमाडौंका तीन जना र सिन्धुपाल्चोकका एक जना पुरुष रहेको अस्पतालका कोभिड टिम सदस्य डा‍. सविन थपलियाले जानकारी दिए। , मृत्यु हुने संक्रमितहरूमा काठमाडौंका ५९, ६४ र ७० वर्षीय पुरुष छन्। त्यस्तै सिन्धुपाल्...
नारायण खड्का बाँकेमा सुसुराले ज्वाइँलाई जबरजस्ती विषादी फल खुवाएर हत्या गरेको आरोप लागेको छ।, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ परस्पुरका २३ वर्षीय शत्रुहन रैदासलाई ससुरा नेपालगञ्ज वडा नं. २० नटनपुरुवाका नरेश चमारले कुटपिटपछि जबरजस्ती कन्डाई नामक विषादी फल पानीमा घुलाएर खुवाएको आरोप लागेको हो।, शत्रुहन शनिबार दिउँसो...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसङको चार वर्षे कार्यकाल आज (आइतबार) सकिँदैछ।, प्राधिकरण स्रोतले दिएको जानकारीअनुसार पुन: नियुक्ति नभए घिसिङ सोमबारदेखि प्राधिकरण आउने छैनन्।, ‘प्राधिकरणमा उहाँलाई विदाइ गर्ने आज कुनै औपचारिक कार्यक्रम छैन,’ प्राधिकरण स्रोतले सेतोपाटीसँग भन्यो, ‘आ...
सेतोपाटी संवाददाता गोकर्णेश्वर नगरपालिका ६ बौद्धको नयाँ पाटीमा एक ट्रेकिङ गाइड मृत अवस्थामा फेला परेका छन्। , शनिबार मध्यराति खोटाङ घर भइ आरूबारी डेरा गरी बस्ने ४० वर्षीय पासाङ शेर्पा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक (डिएसपी) नविन कार्कीले जनकारी दिए। , गएराति एक महिलाले तामा...
सेतोपाटी संवाददाता युवा वैज्ञानिकहरूलाई संगठित गर्ने र उनीहरूको आवाज उठाउने उद्देश्यले युवा वैज्ञानिकहरुको संस्था नेसनल योङ एकेडेमी नेपाल (नयन) गठन गरिएको छ।, डा. वसन्त गिरीको अध्यक्षतामा गठित सात सदस्यीय तदर्थ समितिमा डा. बालकुमारी ओलिया, डा. विशेष खनाल, डा. सागर रेग्मी, डा. स्मृति पन्त, डा. सुरज भट्टराई र डा. उत्तमब...
सेतोपाटी संवाददाता दाङमा सोमबारदेखि लागू हुनेगरी निषेधाज्ञा खुकुलो पारिएको छ। बिहानदेखि बेलुकासम्म बजार र सार्वजनिक सवारी साधन सञ्चालन हुने भएका छन्। , आइतबार घोराहीमा बसेको संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो। , ‘सोमबारबाट बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म बजार, उद्योगधन्दा कलकार...
सेतोपाटी संवाददाता बिध ल्याबले कोरोना परीक्षणको शुल्क फेरि घटाएको छ। ४ हजारमा कोरोना परीक्षण गराउँदै आएको यस ल्याबमा अब २ हजारमै पिसिआर परीक्षण गराउन सकिने भएको हो।, सरकारको कोरोना परीक्षणको दायरा बढाउने नीतिमा सहयोग पुग्ने हिसाबले परीक्षण शुल्क घटाइएको बिध म्यानेजमेन्ट प्रालिले जनाएको छ। बिधका संचालक भीमकान्त भण्डारी...
सेतोपाटी संवाददाता काठमाडौंबाट ७१ हजार ५ सय रुपैयाँ लुटपाट गरेर भाग्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त, स्वयम्भूले चार जनालाई शनिबार साँझ पक्राउ गरेको हो।, पक्राउ पर्नेमा काठमाडौं महागर-१४ बस्ने २४ वर्षीय सन्तोष बिष्ट, गोदावरी नगरपालिका-२ बस्ने २२ वर्षीय गगन तामाङ, दक्षिणकाली बस्ने ३७ ...
सेतोपाटी संवाददाता आइतबार देशभर थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार १ सय ५९ पुगेको छ।, त्यस्तै विगत २४ घण्टामा १ हजार १७३ जना कोरोनाबाट...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार २४ घण्टामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। तीमध्ये काठमाडौं जिल्लाका ४ सय ८३ जना, ललितपुरका ३३ जना र भक्तपुरका ८१ जना छन्। , हालसम्म काठमाडौं जिल्लामा ९...
सेतोपाटी संवाददाता सरकारले पिसिआर परीक्षणको शुल्क आधा घटाएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अधिकतम परीक्षण शुल्क दुई हजार रुपैयाँ तोकिएको जानकारी दिए।, उनका अनुसार अब निजी तथा सरकारी सबै प्रयोगशालाले पिसिआर परीक्षण गरेबापत अधिकतम दुई हजार रुपैयाँ लिन पाउने छन्।, यसअघि प्रयोगशालाहरू...
भगवती पाण्डे बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले कोरोनाको पिसिआर परीक्षणको शुल्क घटाएको छ। नेपाल सरकारले यसअघि तोकेअनुसार चार हजार पाँच सय रुपैयाँ लिँदै आएको अस्पतालले सोमबारदेखि लागू हुने गरी शुल्क घटाएको हो।, सोमबारदेखि शुल्क परिमार्जन गरी दुई हजार पाँच सय रुपैयाँमा पिसिआर परीक्षण गरिने अस्पतालका अध्यक्ष सूर्यबहादु...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। , स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप ९ जनाको संक्रमणबाट ज्यान गएको हो। योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ। , मृत्यु हुनेमा छ जना काठमाडौंका छन्। उनीहरूमध्य दुई जना ६५ वर्षीया महिला छन्। त्यस्...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ। , स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सम्मान र संक्रमितहरुको मनोबल बढाउन घर घरमा दीप ...
सेतोपाटी गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुघाट बजार नजिकै कुकुरले टोकेर मारेको अवस्थामा चितुवा फेला परेको छ।, गोरखातर्फको आरुघाट बजारबाट धादिङतर्फको आरुघाट बजार जाने कच्ची सडकखण्डमा मृतावस्थामा चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए।, करिब ६ महिनाको जस्तो देखिने चितुवाला...
विवेक राई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आफ्ना कुनै पनि स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण नदेखिएको दाबी गर्दै आएपनि यसअघि नै अस्पतालका दुई जना चिकित्सक र दुई जना कार्यालय सहयोगीलाई संक्रमण देखिएको खुलेको छ।, अस्पताल स्रोतका अनुसार झन्डै तीन साताअघि स्वास्थ्य मन्त्रालयले टेकु अस्पतालका चिकित्स...