content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरूलाई पिसिआर रिपोर्ट नपर्खी बिरामीको आपतकालीन शल्यक्रिया गर्न निर्देशन दिएको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पतालहरूले पिसिआर रिपोर्ट कुरेर मात्र शल्यक्रिया गर्ने गर्दा बिरामीको मृत्यु भएको गुनासो आएको भन्दै अस्पतालहरूलाई त्यस्ता शल्यक्र... |
सेतोपाटी संवाददाता सुदूरपश्चिममा थप ३७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार भएको परीक्षणमा धनगढीको सशस्त्र प्रहरी गणका ३७ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो।, योसँगै बिहीबारसम्म सुदूरपश्चिमका ८३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।, प्रदेश प्रहरी कार्यालय दिप... |
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिकाको विद्युत शाखामा ज्यालादारीमा कार्यरत् एक जना कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ।, बिहीबार उप–महानगरपालिका वडा नम्बर ६ को शिवनगरमा विद्युत सर्भिस पोलमा राखिएको बत्ती जोडेर भर्याङ निकाल्ने क्रममा सोही ठाउँका ३२ वर्षीय राजकुमार चौधरी करेन्ट लागेर घाइते भएका थिए।, घाइतेपछि उनला... |
एजेन्सी लेबनानको राजधानी बेरूको पोर्टमा बिहीबार दिउँसो ठूलो आगलागि भएको छ। गत अगस्ट ४ मा बेरूतको पोर्टमा ठूलो बिस्फोट भएको थियो। उक्त बिस्फोटमा कम्तिमा २ सय जना मानिसले ज्यान गुमाएका थिए भने हजारौं घाइते भएका थिए।, उक्त बिस्फोटको घाउ नभलिँदै बेरूतमा बिहीबार आगलागी भएको हो। प्रारम्भिक विवरणहरू के कारणले आगलागी भएको भन... |
सविता बुढा बुधबार राति साढे १ बजेको हुँदो हो। कैलालीको कैलारी-५ का २३ वर्षीय पवन चौधरी ठूलो आवाज आएपछि ब्युझिए। टेबल पंखा लगाएर सुतेका उनी स्टेन्डमा केही ठोकिएर आवाज आए पछि उठेका थिए। , , हेर्दा अँध्यारोमा केही देखिएन। मोबाइलको टर्च बालेर हेर्दा त पंखा तल खाटभित्र बिरालो पसेजस्तो ठाने।, , ‘सुरूमा त के हो सोचें, बिरालो... |
सेतोपाटी संवाददाता प्रहरीको मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।, मानव बेचबिखन अनुसन्धान ब्युरोले रुकुमका ३३ र २८ वर्षीय पुरूषलाई अमेरिका पठाउने भन्दै मलेसियाको मनालीमा शारीरिक तथा मानसिक यातना दिएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो।, ब्युरोले ललितपुर महानगरपालिका-७ बस्ने ३२ वर्षीय रवि भन... |
विवेक राई सरकारले नेपालमा कोरोना संक्रमण सुरू भएलगत्तै यसको नियन्त्रण र उपचारका लागि फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई सतप्रतिशत भत्ता दिने निर्णय गरेको थियो।, उक्त निर्णयको कार्यावन्यन भने सरकारी अस्पतालमै भएको छैन। कुनै विकट ठाउँमा रहेको अस्पताल होइन राजधानी काठमाडौंको मुटुमै रहेको वीर अस्पतालका नर्सहरूले नै भत्त... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।, बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा थप ६ जनाको संक्रमणबाट मृत्यु भएको हो।, योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ। मृत्यु हुनेमा तीन जना महिला छन्। उनीहरू काठमाडौंका ८३ वर्षीया, कास्कीका ... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमित संख्या ४० हजार पुग्दासम्म व्यवस्थापन गर्न सकिने जनाएको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा ४० हजार सक्रिय संक्रमित पुगिञ्जेल अस्पतालहरूमा बेड अभाव नहुने जानकारी गराएका हुन्।, उनले अस्पतालहरुमा बेड संख्या बढाएकाले संक्... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ‘आफूलाई मार्ने धम्की’ दिने सञ्जय शाक्यलाई रिहा गर्न आग्रह गरेका छन्।, बुधबार मेयर महर्जनले एक विज्ञप्ति जारी गर्दै गत बिहीबार पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच भएको झडपमा पक्राउ परेका शाक्यलाई रिहा गर्न आग्रह गरेका हुन्।... |
सेतोपाटी संवाददाता सल्यानमा १६ वर्षे किशोरलाई हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।, जिल्लाको कुमाख गाउँपालिका वडा नं. २ निवासी १६ वर्षीय किशोर जनक खत्रीकाे हत्या अभियोगमा स्थानीय २९ वर्षीय देवराज जैशी पक्राउ परेका हुन्।, जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख प्रहरी निरीक्षक लक्ष्मण वलीका अनुसार भ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा निषेधाज्ञा क्रमश: खुकुलो पार्दै भोलिदेखि सार्वजनिक/निजी यातायातका साधन र व्यापार-व्यवसाय खोल्ने निर्णय गरिएको छ।, भदौ ४ गतेदेखि जारी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय काठमाडौं प्रशासनले गरेको हो।, बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई ... |
सेतोपाटी संवाददाता रौतहटका तत्कालीन एसपी रविराज खड्कासहित ६ जना विरूद्ध सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता भएको छ।, बुधबार रौतहट सरकारी वकिल कार्यालयमा इलाका प्रहरी कार्यालय, गरूडाको हिरासतमा मृत्यु भएका विजयराम चमारका परिवारले जाहेरी दिएको हो।, पीडित परिवारले रौतहटका तत्कालीन प्रमुख एसपी रविराज खड्का, इलाका प्रहरी क... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त, कालिमाटीका तत्कालीन प्रमुख, डिएसपी रूँगम कुँवरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार उनले आफ्नो फेसबुकमार्फत आफूमा लक्षण सहितको कोरोना संक्रमण भएको बताएका हुन्।, 'मलाई ज्वरो, सुख्खा खोकी, टाउको दुख्ने समस्याहरु पनि देखा परेका छन्,' उनले आफ्नो फेसबुकमा लेखेका छन्, 'म ... |
खिलानाथ ढकाल काठमाडौं उपत्यकामा बिहीबारबाट ‘सीमित निषेधाज्ञा’ लागू गरिँदैछ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सामूहिक बैठकले बुधबार यस्तो निर्णय गरेको हो।, निषेधाज्ञा खुकुलो पार्दै केही क्षेत्रलाई बन्देज लगाएर धेरैजसो क्षेत्रमा निषेधाज्ञा खुलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज द... |
सेतोपाटी संवाददाता ज्यामेरे दहमा पौडी खेल्न पसेका एक युवाको डुबेर मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १३ स्थित ज्यामेरे दहमा डुबेर स्थानीय २१ वर्षीय जीवन बुढाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए।, डिएसपी खड्काका अनुसार बुढा बुधबार दिउँसो ४ बजेतिर पौडी खेल्न दहमा पसेका थिए। प... |
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशमा थप ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार भएको परीक्षणमा धनगढी सशस्त्र प्रहरी गणका ४ जना, काठमाडौंमा कार्यरत रही विदामा धनगढी आएका १ जना र प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत १ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो।, यस्तै, ड... |
सेतोपाटी संवाददाता युवतीलाई होटलमा बोलाएर बलात्कार गर्ने ४ जना कैलालीमा पक्राउ परेका छन्।, हिजो साँझ धनगढी उप–महानगरपालिका वडा नम्बर ४ स्थित डडेल्धुरा रेष्टुरेन्ट एण्ड बारमा २१ वर्षीया युवतीलाई बोलाएर जबरजस्ती करणी गरेको उजुरी पीडित पक्षले प्रहरीलाई दिएपछि उनीहरु आज पक्राउ परेका हुन्।, संचालक सन्जु पालले आफ्नो होटलमा ... |
सेतोपाटी संवाददाता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्री स्तरबाट गरेकाे भूमि कित्ताकाट खुल्ला गर्ने सम्बन्धी निर्णयमा संसदीय समितिले असन्तुष्ट व्यक्त गरेको छ।, प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नियमावली नबनेको अवस्थामा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले मन्त... |
सेतोपाटी संवाददाता बीस वर्षदेखि टुटेको दुई गाँउको सम्बन्ध भालुखोलामा पुल निर्माण हुने भएपछि जोडिने भएको छ।, चिल्लागढ र आँपटारीको दुई दसकदेखिको टुटेको सिधा सम्पर्क शिवसताक्षी नगरपालिका वडा नम्बर ९ र १० जोड्ने भालुखोलामा पुल निर्माण हुने भएपछि दुई गाँउको सम्बन्ध जोडिने भएको हो।, माइधारबाट आँपटारी हुँदै चिल्लागढ ब्याँङडा... |
रासस प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो दुई वर्षको कार्यकाल शत प्रतिशत सफल रहेको दाबी गरेका छन्।, दुई वर्षको कार्यकाल पूरा भई तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आज आयोजित सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई कार्यान्वयन वर्षको रुपमा र आगामी वर्षलाई सङ्गठन सुदृढीकरण ... |
एजेन्सी विश्वमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्यु बुधबार ९ लाख नाघेको छ।, यस्तै संक्रमित संख्या २ करोड ७७ लाख पुगेको रोयटर्सले जनाएको छ।, रोयटर्सका अनुसार संक्रमणबाट सर्वाधिक प्रभावित मुलुकमा अमेरिका पहिलो स्थानमा छ भने दोश्रो र तेश्रो स्थानमा क्रमशः ब्राजिल र भारत छन्।, संक्रमणबाट अमेरिकामा हालसम्म १ लाख ९० हजार... |
सेतोपाटी जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ।, टेम्केमैयुङ गाउँपालिका–५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो ।, गत २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायाला... |
सेतोपाटी संवाददाता धनुषामा १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपित पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।, गत शनिबार धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नं. २ सिनुरजोडामा साथीहरूसँग खेलिरहेकी ती बालिकालाई ५६ वर्षीय बद्रीनाथ साहले ललाई फकाई पसलमा बोलाएर मुख थुनी बलात्कार गरेका थिए।, आरोपित घटना भएदेखि नै फरार ... |
राजेश घिमिरे चितवनमा १४ जना कोरोना संक्रमित थपिएका छन्।, भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएका भरतपुर महानगरपालिकाका १३ जना र रत्ननगर नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो।, संक्रमितहरूमा महिला/पुरुष ७/७ जना छन्। उनीहरू २१ देखि ७० वर्षसम्मका रहेको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले बताइन्... |
सेतोपाटी कोरोना भाइरस् संक्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा थालिएको छ।, नगरले ‘उपप्रमुखसँग महिला कार्यक्रम’अन्तर्गत उक्त अभियान शुरु गरेको हो।, नगर उप्रमुख रेखा दाहाल सापकोटाले बुधबार एक कार्यक्रमकाबीच बीमा कम्पनीसँग सम्झौता गरेलगत्तै... |
सेतोपाटी चट्याङले लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ।, वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो।, मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, टाउकोमा गहिरो चोट लोका बस्ने... |
सेतोपाटी नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ।, प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो।, बिआर ०५ डी ६०३८ र ना... |
भगवती पाण्डे बोर्डिङका प्रिन्सिपलको कुटाइबाट खुट्टा भाँचिएका पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ३ पत्थरकल्लाका कृष्णप्रसाद आचार्य अस्पतालको बेडमा पल्टिएको २७ दिन भयो।, उनको पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-६ रानीनगरस्थित उज्जवल शिशु इङलिस बोर्डिङ स्कूलका सञ्चालक एवम् प्रधानाध्यापक दीपक कुँवरको कुटप... |
सेतोपाटी संवाददाता भक्तपुरमा एक जनाको शव फेला परेको छ। , मंगलबार दिउँसो करिब पौने १ बजे सुर्यबिनायक नगरपालिका ९ नलिन्चोक खत्री गाउँस्थित एक जंगलमा गलेको अवस्थामा एक जनाको शव फेला परेको हो। , स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। , महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीका अनुसार टाउको र जिउको भाग... |
सेतोपाटी संवाददाता बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलासिस गराइरहेका बिरामीहरूको नि:शुल्क कोरोना बीमा गरिदिने भएको छ।, नेपालमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका बिरामीहरू संक्रमणको उच्च जोखिममा रहेकाले उनीहरूलाई केही भए पनि आर्थिक राहत होस् भनी नि:शुल्क बीमा गरिदिने... |
सेतोपाटी संवाददाता डोल्पामा जंगली साग खाँदा बेहोस भएकाहरुलाई उपचारका लागि सुर्खेत ल्याइएको छ। मंगलबार बेलुका नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि उनीहरुलाई सुर्खेत ल्याइएको हो।, जंगली साग खाएर डोल्पामा बिरामी भएकामध्ये ४ जनाको उद्धार गरिएको हो। कामका लागि डोल्पा पुगेका जाजरकोटको नलगाड नगरपालिकाका ५ जना पुरुषले स... |
सेतोपाटी संवाददाता पोखरामा दुई महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको टोलीले मंगलबार पोखरा महानगर-७ शान्तिनगर बस्ने ३७ वर्षीय बामदेव सुवेदीलाई पक्राउ गरेको हो।, उनले ३१ र ३६ वर्षीया महिलालाई विभिन्न डर, धम्की तथा प्रलोभन देखाइ बलात्कार गरेको आरोप छ।, उनीविरूद... |
रासस जिल्ला प्रहरी कार्यालय खोटाङले जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयका दुई वृद्धवृद्धाको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरेको छ।, जङ्गल नजिकै एकान्तमा घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उहाँकी बहिनी ६७ वर्षीया गोपीमाया श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका सोही ठाउँका ३३... |
सेतोपाटी संवाददाता पश्चिम नवलपरासीमा राजनीतिक दलका प्रतिनिधि र केही स्थानीय तहका पदाधिकारीहरुले सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्।, नेपाली कांग्रेस नवलपरासीका उपसभापति सुवासचन्द्र गिरीको गत भदौ १ गते भएको मृत्युबारे यथार्थ छानविन गर्न माग गर्दै उनीहरुले प्रशासन गेटअगाडि धर्ना दिएका हुन्।, साउन २३... |
राजेश घिमिरे चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , भरतपुर अस्पताल प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ९ र माडीका २ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन्।, कोरोना पोजेटिभ देखिनेहरू १८ महिने बालकदेखि ५४ बर्ष सम्मका छन्। , भरतपुरमा पुष्टि ... |
सेतोपाटी संवाददाता बाँकेमा मंगलबार बिहान मृत्यु भएकी एक वृद्धालाई कोरोना संक्रमण पुष्टि भएको छ।, , नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ निवासी ८० वर्षीया महिलाकाे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बिहान ७ बजे मृत्यु भएको थियो।, , भदौ २२ गते बिहान पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न पठाइएकोमा मंगलबार दिउँसो सवा ३ बजे... |
एजेन्सी कोरोना खोपको तेश्रो चरणको परीक्षण गरिरहेको अक्सफोर्ड विश्व विद्यालयले परीक्षणमा सहभागी एक जना विरामी भएपछि परीक्षण रोकेको बिबिसीले जनाएको छ।, अक्सफोर्डले यो खोप एस्ट्राजेनेसँग मिलेर निर्माण गरिरहेको छ।, एस्ट्राजेनेले यसलाई नियमित रोक भनेको छ। उसले परीक्षणमा सामेल व्यक्ति विरामी हुनुको कारण पत्ता नलागेको जनाएको... |
सेतोपाटी सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरू भएको छ।, व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार ह... |
सेतोपाटी संवाददाता राष्ट्रिय गौरबको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको रुख गणना मंसिरभित्र सम्पन्न गर्न पर्यटन मन्त्रालयले डिभिजन वन कार्यालय बारालाई निर्देशन दिएको छ।, मन्त्रालयले जनशक्ति थपेर भए पनि मंसिरसम्म रुख गणना र नम्बरिङ सक्ने निर्णय गरेको हो। हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको ... |
सेतोपाटी जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ।, किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ।, आरोपित सबैलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्... |
राजेश घिमिरे भरतपुरस्थित क्यान्सर अस्पतालले कोरोना भाइरसको परीक्षणका लागि सञ्चालनमा ल्याएको पिसिआर प्रयोगशालाका कारण बिरामीको उपचार खर्चको भार थपिएको छ।, सरकारले निजी अस्पतालमा उपचार गराउँदै आएका बिरामीकोसमेत उपचार खर्च निःशुल्क गर्ने घोषणा गरिरहँदा सरकारीले सञ्चालन गरेको देशकै ठूलो क्यान्सर अस्पतालले भने कोरोना परीक्... |
सेतोपाटी संवाददाता 'नोभेम्बर रेन', 'क्लासिक', 'डमरूको डण्डिवियो' तथा 'प्रेमगीत-३'का लेखक छेतेन गुरूङको निधन भएको छ।, उनी ४२ वर्षका थिए।, पछिल्लो समय 'प्रेमगीत-३'मा लेखनसँगै निर्माता सन्तोष सेनसँग संयूक्त रूपमा सिनेमा निर्देशन गरेका गुरूङको आज २ बिहान निधन भएको हो।, 'प्रेमगीत-३'का कार्यकारी निर्माता चक्रबहादुर चन्दले ... |
रुमा रिजाल पानी लिन घरभित्र पसेको भन्दै मोरङको उर्लाबारी–४ थापाडाँगीकी १२ वर्षीया बालिका फुलसरी मंग्रान्तीमाथि निर्घात कुटपिट भएको छ । , बालिकालाई फ्रिजबाट पानी निकालेको निउँमा छिमेकी नन्दलाल श्रेष्ठ, उनकी पत्नी निर्मला र छोरा अम्बिरले कुटपिट गरेको बालिकाकी भाउजु दुर्गाकुमारी रोकाले बताइन्।, आमा सानैमा छोडेर अर्को... |
सेतोपाटी संवाददाता वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार राति गरिएको परीक्षणमा थप ३७ जनामा संक्रमण पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।, संक्रमितहरूमध्ये रौतहटका २२, बाराका ९ र पर्साका ६ जनामा छन्। जसमा पु... |
सेतोपाटी संवाददाता काठमाडौंमा थप एक जना कोरोना संक्रमितको व्यक्तिको मृत्यु भएको छ।, जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय संक्रमित पुरुषको मंगबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ।, काठमाडौं विशालनगर निवासी उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो। भर्ना गर्दै उनको स्वास्थ्य जटिल रहेको र भेन्ट... |
सेतोपाटी संवाददाता झापाको शिवसताक्षी नगरपालिका भदौ महिनाभरका लागि बन्द भएको छ। नगरपालिका बोर्डको बुधबार बिहान बसेको बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै भदौ महिनाभरि कार्यालय बन्द गरेको हो।, मंगलबार नगरपालिकाका स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण देखिएपछि बोर्ड बैठकले कार्यालय बन्द गर्ने निर्णय गरेको ९ नम्बर... |
रासस हिमालपारिको जिल्ला मनाङमा करारका एक चिकित्सकले मात्र स्वास्थ्य सेवा दिँदै आइरहेका छन्। जसले गर्दा सेवा प्रवाहमा समस्या हुँदै आइरहेको छ। , सुगम क्षेत्रमा धेरै चिकित्सक रहने भए पनि ग्रामीण क्षेत्रमा भने चिकित्सकको अभाव हुने गरेको छ।, कोरोना सङ्क्रमणको सङ्ख्या र बिरामीको अवस्था हेर्दा स्वास्थ्य क्षेत्रमा धेरै जनशक्त... |
सेतोपाटी संवाददाता नारायणगढ–मुग्लिन सडक खण्डको भतेरीमा सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ।, भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा पर्ने भतेरीमा सुख्खा पहिरो खसेका हो।, दुुई वटा रुखसहित झरेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको छ।, पहिरो गएको स्थान नारायणगढबाट करिब ७ किलोमिटर पर जुगेडीनजिक पर्दछ।, सडक अवरुद्ध ... |
सेतोपाटी संवाददाता संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले यस वर्षको विश्व प्रसिद्ध ‘युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार २०२०’ बाट प्रसिद्ध साहित्यकार चट्याङ मास्टरको नेतृत्वमा ज्येष्ठ नागरिकहरूप्रति समर्पित नेपाली गैरसकारी संस्था ‘एजिङ नेपाल’लाई सम्मान गरेको छ।, एजिङ नेपालले सञ्चालन गर्दै आएको ‘ज्येष्ठ नागरिक आधार... |
सेतोपाटी संवाददाता रौतहटमा प्रहरीको 'वान टन ट्रक'को ठक्करबाट एक जनाको मृत्यु भएको छ।, मंगलबार राति चन्द्रपुर नगरपालिकामा-४ मा २ नम्बर प्रदेश सशस्त्र प्रहरी गणको ना १ ग ४७९ नम्बरको ट्रकले साइकलयात्रीलाई ठक्कर दिएको थियो।, ट्रकको ठक्करबाट कटहरिया नगरपालिका-७ का नथुनि देवानको मृत्यु भएको एसपी सिद्धिविक्रम शाहले जानकारी द... |
सेतोपाटी संवाददाता प्रहरीले कमलादीमा भेटिएको भनिएको साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा थप दुई सुन व्यवसायीलाई पक्राउ गरेको छ।, प्रहरीले भदौ १५ गते न्युरोडका लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय र अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारलाई पक्राउ गरेको हो।, उनीहरूविरूद्ध पनि प्रहरीले संगठित अपराधको कसूरमा अनुसन्धान अ... |
सेतोपाटी संवाददाता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताएका छन्।, प्रेस सङ्गठन जिल्ला शाखाले आज लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ गतेसम्म रहेकाले त्यसअघि नै ... |
द गार्डियन (सम्पादकीय नोटः यो लेख हामीले 'द गार्डियन' बाट भावानुवाद गरेका हौं। गार्डियन टिमले ओपनएआई कम्पनीको भाषासम्बन्धी काम गर्ने 'जिपिटी-३' रोबोटलाई एउटा लेख लेख्न लगाएका थिए। उनीहरूले 'मान्छे किन रोबोटसँग डराउनु पर्दैन' भन्ने विषय दिँदै यसलाई सामान्य भाषामा प्रस्तुत गर्न भनेका थिए। , उक्त रोबोटले यस विषयमा ८ वटा ... |
राजेश घिमिरे हामी उपभोग्य वस्तु प्रयोग गर्छौं तर पूर्ण प्रयोग गर्न जान्दैनौं। चाउचाउ खान्छौं, खोल ठाउँको ठाउँ फालिदिन्छौं। चामल किन्छौं, सकिएपछि बोरा यत्रतत्र छाडिदिन्छौं। अण्डाको महत्व थाहा छ, त्यसको बोक्रा कति उपयोगी छ भन्ने थाहा छैन।, त्यसैले हामी यस्ता चिज बेकारका फोहोर मानेर जताततै फालिदिन्छौं।, हाम्रा राजमार्ग, ... |
सेतोपाटी संवाददाता बाजुरामा स्थानीयहरुको ढुङ्गामुढा प्रहारबाट ३ जना प्रहरी घाइते भएका छन्।, त्रिविणी नगरपालिकाको मौरे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक रघुवीर बडु, हवल्दार नारदसिंह बिष्ट र प्रहरी जवान नरेन्द्र बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दि... |
रासस नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ।, सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो।, उक्त सडकखण्डमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । दुईवटा रुखसहित खसेको पहिराले दुई घण्टा सडक अवरुद्ध बनेको थियो।, आज बिहान परेको मुसलधारे पानीले सो सडकखण... |
सेतोपाटी जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ।, रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए।, बाढीमा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै २१ बेपत्ता छन्। हालसम्म फेला परेका शवमध्ये १५ जनाको मात्र सनाखत भइसकेको छ।... |
सेतोपाटी संवाददाता निषेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथ तान्न खोजेपछि गत बिहीबार ललितपुरको पाटनमा स्थानीय र प्रहरीबीच झडप भएको थियो। सो क्रममा केही युवाले ट्राफिक प्रहरीलाई निर्मम कुटपिट गरेका थिए। उक्त कुटपिटमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। , पक्राउ परेका उनीहरूको रिहाइको माग गर्दै मंगलबार कीर्तिपुरमा प्रदर्शन ... |
सेतोपाटी संवाददाता वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, संक्रमितहरूमध्ये पर्साका १३, बाराका ९ र रौतहटका ७ जना रहेको अस्पतालका प्रवक्ता डा. अतुलेस चौरसियाले जानकारी दिए।, संक्रमण पुष्टि भएका रौतहट गरुडाका ७ जना भने नेपाल प्रहरीमा कार्यरत हुन्। स... |
सेतोपाटी कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ।, बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन्।, कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको धुलिखेलस्थित घरेलु तथा साना उद्योग... |
सेतोपाटी काठमाडौँ महानगरपालिकाले कारोना भाइरस संक्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्नका लागि अपरेसन सेन्टर स्थापना गरेको छ।, हरेक दिन कोरोना संक्रमित बढ्न थालेपछि कामपाले यस किसिमको अभ्यास सुरू गरेको हो। , पहिलो चरणमा यसअघि बढी संक्रमित देखिएका वडाहरूमा स्वयंसेवकसहित स्वास्थ्यकर्मी परिचालन गरिसकिएको छ।, कामपा ज... |
सेतोपाटी राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाका लागि आर्थिक वर्षको सुरूमै पर्याप्त बजेट विनियोजन र अख्तियारी नभए निर्माण लक्ष्य हासिल गर्न कठिन हुने निष्कर्ष निकालिएको छ।, आयोजना कार्यान्वयनलाई प्रभावकारी तुल्याउन सम्बोधन गर्नुपर्ने विषयका रूपमा पहिचान गर्दै रक्षा मन्त्रालयले यस्ता कुरालाई अन्तरमन्त्रालयले विश... |
विवेक राई कोरोनाभाइरसको संक्रमण पत्ता लगाउन सरकारले एन्टिजेन परीक्षण गर्ने तयारी गरेपछि विज्ञहरूले त्यसको विश्वसनीयता नभएको भन्दै परीक्षण गर्न नहुने बताएका छन्।, एन्टिजेन विधिबाट परीक्षण गर्दा भाइरस समात्ने सम्भावना निकै कम हुने भन्दै विज्ञहरूले यसको प्रयोग गर्नु घातक हुन सक्ने औंल्याएका हुन्।, भाइरोलोजिष्ट डा. लुना भ... |
सेतोपाटी संवाददाता झूटो विवरण पेश गरी नागरिकता लिएको आरोपमा उद्योगी वि.के बोस हेटौंडाबाट पक्राउ परेका छन्।, मंगलबार उनलाई हेटौंडा उपमहानगरपालिका-४ बाट पक्राउ गरेको मकवानपुर प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।, उनका अनुसार बोस भारतीय नागरिक हुन्। उनले नेपाली नागरिकता लिँदा झूटो विवरण पेश गरी लिएको... |
सेतोपाटी अविरल वर्षासँगैको पहिराका कारण घर भत्किँदा जिल्लाको रुपा गाउँपालिकामा आज एकको मृत्यु भएको छ।, रुपा गाउँपालिका–६ बराहथोकका काजीबहादुर विकको घरमाथिबाट बिहान अन्दाजी ४:२५ बजेको समयमा आएको पहिराले ढुंगा माटोले बनेको घर पुरिँदा विकका २० वर्षीया छोरी सिर्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहर... |
सेतोपाटी संवाददाता प्रहरीले भक्तपुरबाट ठूलो लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।, मंगलबार बिहान महानगरीय अपराध महाशाखाको टोलीले वीरगन्जबाट आएको ना ३ ख ९८९ नम्बरको ट्रकबाट ठूलो परिमाणको लागुऔषध बरामद गरेको हो।, महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार पहिले दुई जनालाई समातिएको थियो।, अहिले भने डिलर सञ्चालक समेत समा... |
डा. सञ्जीव कुमार शर्मा कोरोनाभाइरसको संक्रमण बढदै जाँदा अस्पताल भरिँदै गएका छन्। आउने दिनमा संक्रमण झनै बढ्ने देखिन्छ। संक्रमण बढेसँगै गम्भीर समस्या नदेखिएका बिरामी घरमै बस्ने क्रम बढ्ने छ।, 'होम आइसोलेसन’(घरमा अरू परिवारभन्दा अलग भएर)मा कसरी बस्ने, आफूलाई भएको संक्रमण परिवारमा कसरी सर्न नदिने भन्ने अत्यन्तै महत्वपूर्... |
नारायण खड्का बाँकेमा मंगलबार थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।, अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. १२ निवासी ४२ वर्षीय पुरूषको मंगलबार बिहान ९ : २० बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।, बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार गम्भीर खाले निमोनियाको कारण उ... |
सेतोपाटी संवाददाता सुर्खेतको दोस्रो व्यापारिक केन्द्र छिन्चु बजार सिल गरिएको छ।, भेरीगंगा नगरपालिकाको केन्द्र रहेको उक्त बजार मंगलबार राति १२ बजेदेखि भदौ ३० गते राति सम्मका लागि सिल गरिएको हो। छिन्चु बजार वीरेन्द्रनगर पछिको सुर्खेतको दोस्रो व्यापारिक केन्द्र हो।, व्यापारीमा कोरोना देखिएपछि बजार सिल गरिएको भेरीगंगा नगर... |
नेहा झा धनुषाको विदेह नगरपालिकामा एक दलित परिवारमाथि निर्घात कुटपिट भएको छ। विदेह नगरपालिका वडा नम्बर–३ गोबराहीका स्थानीय सवाई दासका परिवारमाथि कुटपिट भएको हो।, ,उनीहरूलाई स्थानीय हरी कुसियैतका छोराहरू रोशन, बिटु र भतिजा दुर्गेश कुसियैतले निर्घात कुटपिट गरेको पीडित परिवारको आरोप छ।, ,सोमबार साँझ आफूहरूले ज्यालादारी गर... |
सुदीप श्रेष्ठ पाटनमा बिहीबार भएको विध्वंसले एउटा काम राम्रो गर्यो– महिनौंदेखि नसुनिएको जनताको स्वर रातारात सुनुवाइ भयो।, आइतबार पुल्चोकबाट रथ तानेर ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पाटीसम्म ल्याइएको छ। अब भदौ २९ गतेको साइतमा रातो मच्छिन्द्रनाथलाई सोह्रखुट्टे पाटीबाटै खटमा हालेर बुंगमती लगिनेछ।, महिनौंदेखि सडकमा... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना संक्रमण देखिएको हो।, त्यसमध्ये काठमाडौंका ३ सय जना, ललितपुरका ३८ जना र भक्तपुरका ५८ जना छन्।, उनीहरूको विभिन्न प... |
सेतोपाटी संवाददाता मंगलबार थप ९०२ जनामा कोरोना पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ।, पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बुधबार सम्मको लागि निषेधाज्ञा लगाएको छ।, यस अवधिमा नेपाल सरकारले अत्यावश्यक कामको लागि, चिकित्सक, बैंकका कर्मचारी, पत्रकार लगायतलाई मात्र हिँडडुल गर्न अनुमति दिएको छ। चेकिङ गर्न बसेका प्रहरी तथा ट्राफिक प्रहरील... |
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेको एक सिंगे गैंडा मृत भेटिएको छ।, निकुञ्जको रातोपानी घोल भन्ने स्थानमा डुबेको अवस्थामा मृत गैंडा भेटिएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।, टाउकोमा दुईवटा गोली लागेको अवस्थामा गैंडा भेटिएको बरालले बताए। भदौ २१ गते नै मृत गैंडा भेटिए पनि मंगलबार मात्रै निकु... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।, मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार एक जना महिलासहित ६ जनाको मृत्यु भएको हो।, योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ।, मृत्यु हुनेमा एक जना काठमाडौंकी ८० वर्षीया महि... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक २५ हजार जनाको पिसिआर विधिबाट परीक्षण गर्न सकिने जनाएको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दैनिक २२ देखि २५ हजार जनाको पिसिआर परीक्षण गर्ने क्षमता रहेको जानकारी गराएका छन्।, विभिन्न विधिबाट परीक्षण गर्ने ढोका खुलेको भन्दै उनले ... |
रूमा रिजाल सुनसरीको बर्जु गाँउपालिकाकी ४५ वर्षीया कौशिला मेहता केही दिन अस्पताल बसेपछि सोमबार घर फर्किएकी छिन।, मंसिरमा मिर्गौलाले काम गर्न छोडेपछि अस्पताल धाउन थालेकी उनी समयमा अस्पताल पुग्न नसकेर तीन दिनअघि सिकिस्त भइन्। आइतबार कोशी अस्पताल आइपुगिन्।, बिरामी भएदेखि नै अनेक समस्या झेल्दै आएकी कौशिला हरेक १५ दिनमा डाय... |
युनिक श्रेष्ठ महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार बिहान भक्तपुरको सल्लाघारीबाट १२ हजार ९ सय एम्पुल लागुऔषधसहित दुई जनालाई पक्राउ गर्यो।, वीरगन्जबाट आएको ना ३ ख ९८९ नम्बरको कन्टेनर चेकिङ गर्ने क्रममा प्रहरीले ४० देखि ४५ लाख रुपैयाँ बराबरको लागुऔषध बरामद गरेको हो।, निषेधाज्ञाको समयमा नेपाल सरकारले खाद्यान्नका गाडी ... |
सेतोपाटी संवाददाता वीरगन्जमा थप एकजना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।, वीरगन्ज हेल्थ केयर अस्पतालको आइसियूमा उपचाररत् ५४ वर्षीय पुरूषको सोमबार मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।, वीरगन्ज महानगरपालिका ३० निवासी उनलाई गत भदौ १५ गते अस्पताल भर्ना गरिएको थियो।, सोही... |
रासस बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरी आजबाट कोरोना परीक्षण थालिएको छ।, अस्पतालका कार्यकारी निर्देशक डा देवकुमार गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सञ्चालनको अनुमति दिएसँगै आजबाट प्रयोगशाला सञ्चालनमा ल्याइएको हो।, आइतबार स्वाब सङ्कलन गरिएका ११७ वटा नमूना परीक... |
सविता बुढा सुदुरपश्चिम प्रदेश सरकारले लकडाउनको समयमा भारतबाट आएकाहरूलाई स्वदेशमै कृषिमा व्यवसायी बनाउने उद्देश्यले १५ करोडको कार्यक्रम ल्याएको छ। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले त्यो कार्यक्रममा आवद्ध हुन चाहनेहरूलाई २१ दिनभित्र आवेदन दिन पनि सूचना जारी गरिसकेको छ।, कृषि व्यवसाय गर्न चाहने भारतबाट फ... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त, गौशालाले बलात्कार प्रयास गरेको आरोपमा प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ।, आइतबार राति सोही वृत्तका प्रहरी जवान उपेन्द्र सिंहले २१ वर्षीया महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरेको हो।, 'हिजो राति ७ बजेको घटना हो। पीडित महिलाले नै उजुरी दिएपछि हामीले उनलाई नियन्त्रणम... |
सेतोपाटी संवाददाता घोराहीमा मानव निर्मित कृत्रिम जलासयमा डुवेर बेपत्ता भएका युवाको शव २४ घन्टापछि फेला परेको छ।, आइतबार दिउँसो घोराही उपमहानगरपालिका वडा नं. ४ भकारेमा निर्मित कमिरे ड्याममा पौडी खेल्न पसेका स्थानीय २३ वर्षीय गोपाल विक डुवेर बेपत्ता भएका थिए। उनको शव सोमबार दिउँसो साढे २ बजेतिर फेला परेको हो।, ,जिल्ला प... |
सेतोपाटी संवाददाता सोमबार देशभर थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित देशभर हालसम्म संक्रमित हुनेको संख्या ४७ हजार २३६ पुगेको छ।, त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना कोरोना... |
एजेन्सी संसारकै ठूलो अनलाइन स्टोर अमेजनले अमेरिकामा विदेशबाट आउने बिउबिजनको बिक्री रोक लगाएको छ।, गत महिना अमेरिकाका विभिन्न ठाउँका नागरिकका हुलाक ठेगानामा चीनको ठेगानाबाट 'अज्ञात' बिउका केही प्याकेटहरू आएपछि अमेजनले यो निर्णय गरेको बिबिसीले जनाएको छ। , ती प्याकेटमा बाहिर खेलौना र गहना भनिएको भए पनि भित्र केही बालीका ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ३ सय २६ जनामा कोरोना संक्रमण भेटिएको हो।, त्यसमध्ये काठमाडौंका २ सय ९३ जना, ललितपुरका २० जना, र भक्तपुरका १३ जना छन्।, उनीहरूको विभिन्न प्रयोगशालामा परीक्... |
रासस तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका–८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।, जीप चालक होमबहादुरको घटनास्थलमै र राजकुमारको दमौली अस्पतालमा उपच... |
सेतोपाटी संवाददाता बाँकेमा एक जना कोरोना पोजेटिभ पुरूषको आन्द्राको सफल अपरेसन भएको छ।, प्रादेशिक अस्पताल सुर्खेतबाट ‘रिफर’ भई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आएका दैलेख भगवतीमाई गाउँपालिका वडा नं. १ निवासी ३८ वर्षीय कोरोना पोजेटिभको सोमबार सफल अपरेसन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।, अस्पतालका सह... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ।, सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार थप ११ जनाको मृत्यु भएको हो।, मृत्यु हुनेमा चार जना महिला छन्। काठमाडौं ३७ वर्षीया, ९० वर्षीया र ८३ वर्षीया महिला छन्। त्यस्तै कास्कीका ६३ वर्षीया महिला छन्।, त्यस्तै, मो... |
दिपकजंग शाही राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) कर्णाली प्रदेश समिति, सुर्खेत जिल्ला समिति र वीरेन्द्रनगर नगर कमिटीले संस्थागत विद्यालय सञ्चालन गर्न नसकिने भन्दै कर्णाली प्रदेश सरकारलाई ताला-चाबी बुझाएका छन्।, प्रदेशभित्रका सबै निजी तथा आवासीय विद्यालयको तर्फबाट सोमबार प्रदेश सरकारलाई तालाच... |
सेतोपाटी संवाददाता गत बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका सात जना हाजिर जमानीमा छुटेका छन्।, महानगरीय प्रहरी परिसर, ललितपुरले कोरोना संक्रमित ६ जनासहित सात जनालाई हाजिर जमानीमा छोडेको डिएसपी सन्तोष तामाङले जानकारी दिए।, 'हामीले ६ जना संक्रमित हाजिर जमानीमा छोडेका छौ... |
सेतोपाटी संवाददाता प्रहरीले नक्कली प्रेस कार्ड बनाएर बेच्ने तीन जनालाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले बागबजारबाट तीन जनालाई पक्राउ गरेको हो।, उनीहरूबाट प्रहरीले २५ वटा नक्कली प्रेस कार्ड समेत बरामद गरेको स्रोतले बताएको छ। , प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम भने सार्वजनिक गरेको छैन। , उनीहरूले प... |
सेतोपाटी संवाददाता सोमबार कैलालीमा ६३ जना सैनिकमा कोरोना पुष्टि भएको छ।, लम्कीचुहा नगरपालिकास्थित सुदुरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेमा कार्यरत सैनिकहरुमा कोरोना देखिएको हो।, योभन्दा अघि सोही शिक्षालयमा कार्यरत चार जना सेनामा संक्रमण पुष्टि भएको थियो। पछि दुई सय ४५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइ... |
सेतोपाटी संवाददाता महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अनाथ बालबालिकाहरुको संरक्षणका लागि ‘एकीकृत बाल संरक्षण’ नीति ल्याउने बताएका छन्।, मन्त्री गुरुङले अनाथ तथा असहाय बालबालिकाहरुको संरक्षण सरकारको प्रत्यक्ष निगरानीमा हुनेगरी सो नीति ल्याउने योजना तय गरिएको बताए।, सोमबार काठमाडौंको नक्सालस्थित ... |
रासस कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यसलाई केही होइन भन्ने रुपमा लिनु नहुने बताएका छन्।, आफू मृत्युको मुखमा पुगेर पनि फर्किएर आएको भन्दै उनले यसबाट सजग रहन सबैलाई अनुरोध गरे। अहिले पनि धेरैले कोभिड भनेको केही होइन भन्ने सोचेर यसलाई बेवास्ता गरिरहेको उनको भना... |
राजेश घिमिरे वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग(सिपिएल टी–२०) क्रिकेटमा बाजी राख्ने चार जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ।, इन्टरनेट ब्राउजर डाइमन्डएक्सचेज डटकमलगायतका विभिन्न युआरएलहरूको प्रयोग गरी सट्टेबाजीमा संलग्न भएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, भरतपुर महानगरपालिका–७ का २२ वर्षीय रिनाज... |
एजेन्सी भारत सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित भएको संसारकै दोस्रो मुलुक बनेको छ। भारत सरकारले भूमिगत रेल सेवा सुरू गरेकै दिन दक्षिण अमेरिकी मुलुक ब्राजिललाई उछिन्दै भारत धेरै संक्रमित भएको दोस्रो देशमा उक्लिएको हो। अब भारतभन्दा अगाडि अमेरिकामात्र छ।, नरेन्द्र मोदी सरकारले निरन्तर ओह्रालो लागिरहेको अर्थतन्त्रलाई चल... |
सेतोपाटी संवाददाता चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।, पश्चिम चितवनमा रहेको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएका व्यक्तिलाई बाघले आक्राण गरेको थियो। , बाघको आक्रमणबाट भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, सोमबार बिहान ८ बज... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.