content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता नागढुङ्गामा काठमाडौं पस्न घुस दिन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीलाई घुस दिन खोज्ने नागार्जुन नगरपालिका ४ घर भएको बताउने ३३ वर्षीय अनिल महर्जनलाई प्रहरीले पक्राउ गरेको हो।, उनी बिहीबार बिहान ७ बजे धादिङबाट काठमाडौंतर्फ बा ३ ख ३१०१ नम्बरको सवारी साधनमा आएका थिए। उनीसँग सवारी पास नभए... |
सेतोपाटी संवाददाता झापामा प्रहरीले हत्याका अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरेको छ।, प्रहरीले साविक जलथल गाविस-८ का दुर्गा मगरलाई बिहीबार मेचीनगर नगरपालिका-१२ स्थित शहरेडाँगी आफन्तको घरबाट पक्राउ गरेको हो।, उनले २०६० कात्तिक ३० गते झापा गाउँपालिका-४ बस्ने ४५ वर्षीय बिरिक लाल माझीमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका ... |
सेतोपाटी संवाददाता केरलामा पहिरो जाँदा १५ जनाको मृत्यु भएको छ।, शुक्रबार इडुक्की जिल्लाको राजाक्कडमा गएको पहिरोले १५ जनाको मृत्यु भएको हो। त्यहाँ करिब ५० जना अझै पुरिएको हुन सक्ने हिन्दुस्तान टाइम्सले जनाएको छ।, प्रहरीले पहिरोमा पुरिएका १६ जनाको उद्दार गरी अस्पताल लगेको जिल्लाका कलेक्टर एच दिनेशनले बताए।, उनका अनुसार ... |
सेतोपाटी संवाददाता कोरोना महामारी सुरू भएयता ४५ हजारभन्दा बढी नेपाली हवाई उडानबाट स्वदेश फर्किएका छन्।, भारतसहित विश्वका ३० देशबाट अहिलेसम्म ४५ हजार ८ सय १२ जना नेपाल फर्किएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले जनाएको छ। शुक्रबार मात्र १ हजार १२ जना स्वदेश फर्किए।, विदेशमा अप्ठ्यारो परेकाहरूलाई सरकारले प्र... |
रासस सरकारले तोकेभन्दा कम शुल्कमा कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्दै आएको ‘विध ल्याब’ले कोरोना परीक्षण गर्दा लाग्ने खर्च अनलाइबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। कोभिड परीक्षणको शुल्क अनलाइनबाट भुक्तानी गर्दा थप २०० छुट पाइने विध ल्याबले जनाएको छ।, कोरोनाबाट जोगिनका लागि भौतिक दूरी नै उत्तम उपाय देखिएका सन्दर... |
रासस प्रदेश नं २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तरमा वृद्धि भइरहेको छ।, निषेधाज्ञाको पालना गर्नुपर्ने विषयमा सर्वसाधारण जागरुक हुन नसक्नु, आफूलाई कोरोना नलाग्ने भ्रमले समाजिक दूरी कायम नगर्नु र कतिपयले मास्क प्रयोग नगरी भीडभाड ठाउँमा पुग्ने गरिएको कारणले कोरोना सङ्क्रमणम... |
सेतोपाटी संवाददाता वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत् ७४ वर्षीय वृद्धको मृत्युपछि कोरोना पुष्टि भएको छ।, वीरगन्ज छपकैया निवासी उनको बिहीबार राति साढे एक बजे मृत्यु भएकोमा पछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।, वृद्धलाई वीरगन्जकै एड्भान... |
सेतोपाटी संवाददाता भैरहवा परासी सडकखण्डमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, परासीबाट भैरहवातर्फ आउँदै गरेको कार शुक्रबार राति ११ बजेतिर अनियन्त्रित भई पल्टिदा ३ जनाको मृत्यु भएको हो। , रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागड स्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नं.को कार दुर्घटनामा परेको प्रहरीले जन... |
सेतोपाटी संवाददाता राप्ती राजमार्गमा शनिबार बिहान ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्।, दुर्घटनामा ट्रकका चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ३१ वर्षीय गणेश विक, सोही ठाउँका ३२ वर्षीय ईश्वर चन्द, ४० वर्षीय नातिराम चौधरी र ट्रकका सहचालक सल्यान जिल्ला बागचौर नगरपालिकाका २१ वर्षीय रोशण सुनार घाइते भ... |
सेतोपाटी नुवाकोटको शिवपुरी गाउँपालिकामा गत चैतमा पाँच जनाको समूहमा आई एक महिलालाई बलात्कारपश्चात् चोरी गरी फरार रहेका आरोपितलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ।, शिवपुरी गाउँपालिका–५ स्थित कुखुरे घर भएका ३७ वर्षीया एक महिलालाई गत वर्ष ०७६ चैत २ गते आफ्नै घरमा सुतिरहेका अवस्थामा चारपाँच जनाको समूहले जबर्जस्ती करणी गरी... |
एजेन्सी भारतीय राज्य केरलाको कोजिकोडमा शुक्रबार अवतरणका क्रममा भएको विमान दुर्घटनामा बचेका यात्रीहरूले विमानका क्याप्टेनले बुद्धिमताढंगले सम्भावित आगलागी हुन नदिई आफूहरूको ज्यान बचाएको बताएका छन्।, घटनामा दुई पाइलटसहित कम्तिमा २० जनाको मृत्यु भएको थियो। विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु थिए। घटनामा सय भन्दा ब... |
एजेन्सी गत मङ्गलबार लेबनानको राजधानी बेरूतमा भएको विस्फोटका कारण करिब ८० हजार बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) ले शुक्रबार जनाएको छ।, विस्फोटका कारण धेरै बालबालिकामा मनोवैज्ञानिक प्रभाव परेकोप्रति चिन्ता व्यक्त गर्दै पिडित बालबालिका तथा उनीहरूको परिवारलाई सहयोग पुर्याउने प्रयास भइरहेको य... |
एजेन्सी अपडेट: शुक्रबार राति १२:१५ बजे, एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ। , भारतीय अनलाइन स्क्रोलका अनुसार दुर्घटनामा जहाजका दुई पाइलटसहित कम्तिमा २० जनाको मृत्यु पुष्टि भएको छ। यो संख्या बढ्न सक्ने स्क्रोलले लेखेको छ। विमानमा चालक दलका सदस्य... |
सेतोपाटी संवाददाता महोत्तरीको गौशाला नगरपालिकाले नगरभित्र एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ।, शनिबार नगरपालिकाको कार्यालयमा बसेको सर्वपक्षीय छलफलमा आइतबार राति ११ बजेदेखि साउन ३१ गते शनिबार ११ बजे रातिसम्म लागू हुने लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख शिवनाथ महतोले जानकारी दिए।, नगरप्रमुख महतोको अध्यक्षतामा ब... |
सेतोपाटी संवाददाता कोरोना महामारीका बेला पनि मेडिकल कलेज सञ्चालकहरूले पैसा माग्दै विद्यार्थी र अभिभावकलाई धम्की दिने गरेको चिकित्सा शिक्षा संघर्ष समितिले बताएको छ।, चितवन मेडिकल कलेज संघर्ष समितिका संयोजक प्रकाश चन्द र काठमाडौं विश्वविद्यालय चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टले शनिबार संयुक्त रूपमा प्रे... |
सेतोपाटी नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ।, आज रातिदेखि मनसुन न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक सर्ने सम्भावना देखिएकाले दुई/तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताइन्।, ‘केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ’, मौसमविद् कँडेलले भन... |
सेतोपाटी संवाददाता शनिबार कोरोनाभाइरसका तीन सय ७८ जना संक्रमित थपिएका छन्।, विगत २४ घण्टामा जनामा सात हजार सात सय ८८ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। , अब नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार पाँच सय ... |
सेतोपाटी पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन।, गत चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि खुलेसँगै सङ्क्रमण दैनिक रुपमा बढिरहेको छ।, मानिसको भीडभाड र जमघट गरी बस्ने बानी पुरानै शैलीमा फर्किएको देखिन्छ। यसरी बस्दा सामान्य सावधानी अपनाएको पाइँदैन। ... |
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब संकलन सुरू गरेको छ।, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताए।, ‘कोरोना पोजेटिभ भएर होम क्वारेन्ट... |
सेतोपाटी काठमाडौँ महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना सङ्क्रमण बढेपछि त्यस क्षेत्रलाई आज सिल गरिएको छ।, महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना सङ्क्रमण देखिएपछि टोललाई नै सिल गरिएको हो।, प्रहरी टोली नै तैनाथ गरी अहिले सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ। केही दिन... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा शनिबार ६२ कोरोना संक्रमित थपिएका छन्।, शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा ५६, भक्तपुरमा ३ र ललितपुरमा ३ जना कोरोना संक्रमित थपिएका जानकारी दिएका हुन्।, आज कोरोनाभाइरसका तीन सय ७८ जना संक्रमित थपिएका छन्।, विगत २४ घण्टामा जनामा स... |
सेतोपाटी संवाददाता रुपन्देही प्रहरीले लाखौं मूल्यका जडिबुटी तथा केराउ बरामद गरेको छ। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. २ मैनीहवाबाट १७ लाख २५ हजार भन्दा बढीको दाँते ओखर, गुगल जडिबुटी, केराउ तथा मदिरा बरामद गरेको हो।, प्रहरीले मैनीहवाका पंगुला कहांर र उनकै छोरा कान्छा कहांरको घरमा गोदाम गरी राखिएको उक्त जडिबुटी र ग... |
सेतोपाटी संवाददाता प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ।, प्रदेश २ मा आज थप १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संख्या ५ हजार ६ सय ३१ पुगेको हो।, पछिल्लो २४ घण्टामा सबभन्दा बढी पर्सामा ४७ कोरोना संक्रमित भेटिएका छन्।, त्यस्तै सर्लाहीमा ३३, धनुषामा १६, महोत्तरीमा १४ र बारामा ७ जना कोरोनाका नयाँ स... |
सेतोपाटी संवाददाता समुदायस्तरमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन बुटवलमा गरिएको स्वाब परीक्षणका क्रममा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बुधबार २ सय ३८ जनाको स्वाब संकलन गरेको थियो। त्यसमध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानक... |
सेतोपाटी महोत्तरीमा नौ सशस्त्र प्रहरीसहित १४ जनामा शनिबार कोभिड–१९ संक्रमण पुष्टि भएको छ।, सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बल, प्रदेश–२ छिन्नमस्ता बाहिनीका एकसहित नौ सशस्त्र प्रहरीमा कोभिड–१९ संक्रमण पुष्टि भएको हो।, यससँगै जिल्लामा अब कूल संक्रमितको सङ्ख्या... |
युवराज श्रेष्ठ मर्दी पदमार्गमा कालिमाटीबाट उभो लागेपछि एउटा घना जंगल आउँछ। जंगलको बीचमा केही चौर जस्तो देखिन्छ। जहाँ साना–साना छाप्रा छन्। छाप्रामा केही भैंसी देखिन्छन्। र, त्यही भैंसीगोठमा बस्छन्- कास्कीको माछापुच्छ्रे ८ कालिमाटीका ५६ वर्षीय पूर्णभद्र ढुंगाना।, पूर्णभद्रको गोठमा ५ वटा भैंसी छन्। भैंसी चराउने, घाँस का... |
सेतोपाटी संवाददाता चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तरगत चार किलोमा पहिरो खस्दा सवारी आवागमन अवरूद्ध भएको छ।, शनिबार अपरान्ह पहिरो खस्दा बाटो पूर्णरूपमा अवरुद्ध भएको छ।, सवारीसाधन बीच बाटोमै रोकिएका छन्।, पहिरो खस्ने क्रम पनि जारी रहेकोले पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ।,
नारायणगढ–मुग्लिङ सडकमा पहिरो खस्य... |
सेतोपाटी संवाददाता नाबालक दुई छोराछोरीसहित रुपन्देहीको भैरहवास्थित डण्डा नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार गरिएको छ।, शनिबार दिउँसो साढे २ बजेतिर ती महिला दुई छोराछोरीसहित नदीमा हाम फालेकी थिइन्।, प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ४ घर भई हाल सिद्धार्थनगर नगरपालिका वडा नं. ८ बसडिलियामा कोठा भाडामा बस्ने २२ ... |
सेतोपाटी साइकलबाट खस्दा प्युठानको माडीखोलामा शनिबार दुई बालक बेपत्ता भएका छन्।, जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ७ सोत्रे निवासी सञ्जय पार्धेका छोरा अन्दाजी ११ वर्षीय सञ्जोक र गोपाल गौतमका छोरा अन्दाजी १० वर्षीय विपीन बेपत्ता भएका हुन्।, उनीहरु दुवै घर नजिकैको सडकमा साइकल चलाउँदै गर्दा सोत्रेढिकबाट करिब १०० ... |
सेतोपाटी संवाददाता कोरोनाभाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएपछि चन्द्रागिरि नगरपालिकाको सतुंगलमा मास्कको प्रयोग गर्न छाडेपछि नि:शुल्क मास्क वितरण गरिएको छ।, महानगरीय प्रहरी प्रभाग बलम्वु, समुदाय प्रहरी साझेदारी वडा समिति ११ सतुंगल तथा ट्राफिक स्वंय सेवकले अनिवार्य मास्क लगाउन आग्रह गर्दै नि:शुल्क मास्क वितरण गरेका हुन्... |
सेतोपाटी संवाददाता दाङमा दुई बालकको डुबेर मृत्यु भएको छ।, जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १६ निवासी राजु चौधरीको छोरा ७ बर्षको आयुश चौधरी र सोही ठाउँकै दिनेश चौधरीको छोरा निशान चौधरीको शुक्रबार बिहान कुलोमा डुबेर मृत्यु भएको छ।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार दुबै बालक शुक्रबार बिहान साढे ९ ... |
सेतोपाटी संवाददाता पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार वीरगन्ज निवासी उनको बिहीबार साँझ मृत्यु भएको हो।, उनलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो। डा. शर्माले मृतक पुरूषमा मधुमेह र रक्तचापको समस्या रहेको बताए।, स्टार अस्पतालमै हुँदा उनल... |
सेतोपाटी संवाददाता सिराहाको गोलबजारका २५ वर्षीय एक युवकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस गर्दागर्दै उनको बिहीबार राति पौने दश बजे मृत्यु भएको अस्पतालका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए।, 'उहाँ दुई वर्षदेखि किड्नीको डायलासिस गर्दै आउनुभएको रै... |
नेहा झा सर्प देखे हामी आतिन्छौं। सर्प देख्नेबित्तिकै मार्नुपर्छ भन्ने धेरैको मनमा आइहाल्छ।, धनुषा मिथिलाबिहारी नगरपालिका-३ मिथिलेश्वर मौवाहीका ३२ वर्षीय देवनारायण मण्डल भने सर्पको संरक्षणमा १० वर्षदेखि अहोरात्र खटिरहेका छन्।, उनी गाउँगाउँ पुगेर सर्प मार्नेलाई त्यसको महत्व सम्झाउँदै हिँड्छन्।, सर्प संरक्षण मात्र नभई धन... |
सेतोपाटी पौडी खेल्ने क्रममा सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन्।, बेपत्ता हुनेमा आदर्श गाउँपालिका–६ गिरीचौका खतेडा गाउँका मानबहादुर खडायतका १३ वर्षीय छोरा अर्जुन खडायत रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले जानकारी दिए।, पौडी खेल्ने क्रममा गाउँ नजिकैको सेती नदीमा बगेर उनी बेपत्ता भएका र... |
सेतोपाटी संवाददाता विराटनगरस्थित कोसी अस्पतालमा कोरोनासँग मिल्ने लक्षण देखिएका ५८ वर्षीय पुरूषको मृत्यु भएको छ।, विराटनगर-९ निवासी उनको शुक्रबार बिहान सवा नौ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए।, 'उहाँलाई बिहान ९ बजे अस्पताल ल्याइएको थियो तर उहाँको मृत्यु भइसकेको थियो,' उनल... |
सेतोपाटी संवाददाता कृष्ण जन्माष्टमीको दिन ललितपुरको कृष्ण मन्दिर बन्द रहने भएको छ।, बिहीबार ललितपुर महानगरपालिकाको सामान्य प्रशासन महाशाखा र मंगल टोल सुधार संघले संयुक्त रूपमा सूचना जारी गर्दै मंगलबार (२७ गते) कृष्ण मन्दिर बन्द रहने जानकारी दिएको हो।, , 'मंगलबार पर्न गएको श्रीकृष्ण जन्माष्टमी पर्वका दिन हाल व्... |
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले विद्यालय पुन: सञ्चालनमा नआएसम्म कक्षा ११ को परीक्षा नगराउन निर्देशन दिएको छ।, शुक्रबार बोर्डले सूचना जारी गर्दै नेपाल सरकारबाट विद्यालय सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो।, 'कोभिड-१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः... |
रासस पहिराका कारण अवरूद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ।, यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै गएराति ११ बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरूद्ध भएको थियो।, पहिरो हटाइ आज बिहान ९ बजेबाट एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक... |
सेतोपाटी संवाददाता शिक्षा पत्रकार समूहले आफ्नो सांगठनिक संरचना प्रदेश तहसम्म विस्तार गर्ने निर्णय गरेको छ।, समूहको (२१ साउन, ०७७) मा बसेको कार्यसमिति बैठकले संस्थाको प्रदेश कमिटी गठनका लागि संयोजक तोक्ने निर्णय गरेको हो।, बैठकले प्रदेश १ मा राधा खनाल (झापा), प्रदेश २ मा दिपेन्द्र सिंह (जनकपुर), बागमती प्रदेशमा ध्रुब अ... |
सेतोपाटी संवाददाता भारतमा पछिल्लो २० दिनमै १० लाख कोरोनाभाइरसका संक्रमित थपिएका छन्।, बिबिसीका अनुसार भारतमा सबैभन्दा बढी संक्रमित रहेका राष्ट्र अमेरिका र ब्राजिलभन्दा तीव्र गतिमा संक्रमित थपिँदै गएका छन्। सबैभन्दा बढी संक्रमित भएका मुलुकमा अमेरिका र ब्राजिल पछि भारत तेस्रो स्थानमा छ।, पछिल्ला केही हप्तामा भारतले परीक... |
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्जको कुसुम खोलामा घर जलाइएको-भत्काइएको विषयमा बुझ्न चितवन आएको संसदीय समितिको टोली घटनास्थलमै नपुगी काठमाडौं फर्किएको छ।, संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीसहित तीन सदस्यीय टोली मंगलबार चितवन आएको थियो।, एक दिन चितवनमै बसेको उक्त टोली माडी नगरपाल... |
सेतोपाटी संवाददाता स्वास्थ्यमा समस्या देखिएपछि सांसद रेमश चौधरी अस्पताल भर्ना भएका छन्।, डिल्लीबजार कारागारका जेलर गणेश आचार्यका अनुसार खुट्टा र मुटुमा समस्या भएपछि उनलाई सोमबार वीर अस्पताल लगिएको हो।, 'उहाँको खुट्टा सुन्निएको र मुटु सम्बन्धी समस्या आएको भनिएपछि अस्पताल लगिएको हो,' जेलर आचार्यले भने। २०७२ साल भाद्र ७ ... |
सेतोपाटी संवाददाता प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी क्वारेन्टिनमा बसेका छन्। , यसै साता काठमाडौंमा सम्पन्न प्रदेश प्रहरी व्यवस्थापन सम्बन्धी छलफलमा सँगै रहेका प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संंक्रमण पुष्टि भएपछि प्रदेश ५ का मन्त्री केसी होम क्वारेन्टिनमा बसेका हु... |
सेतोपाटी संवाददाता विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएका ५८ वर्षीय पुरूषको कोरोना पुष्टि भएको छ।, विराटनगर-९ निवासी उनको स्वाब परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता लक्ष्मीनारायण यादवले जानकारी दिए।, उनको शुक्रबार बिहान सवा नौ बजे अस्पताल ल्याउँदा-ल्याउँदै बाटोमै मृत्यु भएको थियो।, मृत्युपछि उनको... |
सेतोपाटी संवाददाता पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार ४१ वर्षीय महिला र ४५ वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भएको हो।, सुनौली घर भएकी मृतक महिलालाई पाठेघरको क्यान्सर रहेको डा. शर्माले जानकारी दिए। उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको... |
नेहा झा धनुषामा अस्पताल र रेडक्रसको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको छ।, मृतकका परिवारका अनुसार गलत ब्लड ग्रुपको रगत चढाएपछि महोत्तरी गौशाला नगरपालिका-११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको शुक्रबार बिहान रामजानकी हस्पिटलमा मृत्यु भएको हो। ,गंगालाई ‘ओ’ पोजेटिभ ब्लड ग्रपुको साटो ‘बी’ पोजेटिभ समूहको ब्लड चढाउँद... |
सेतोपाटी संवाददाता सप्तरीमा एकै दिन पाँच स्वास्थ्यकर्मी संक्रमित भएका छन्। स्वाथ्यकर्मी संक्रमित भएपछि गजेन्द्र नारायण सिंह अस्पतालको सेवा बन्द भएको छ।, संक्रमित स्वास्थ्यकर्मीहरुलाई आइसोलेसनमा भर्ना गरिएको र सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मी, कर्मचारीसहित २७ जना क्वारेन्टाइनमा बसेकाले सेवा नै बन्द गर्नु परेको अस्पता... |
सेतोपाटी संवाददाता काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रबार बैठक गरी अत्यावश्यकबाहेकका सेवा दुई साताका लागि बन्द गर्ने निर्णय गरेका छन्। , उक्त बैठकले कोरोनाभाइरसका संक्रमित भेटिएका स्थानमा सिल गर्न निर्णय पनि गरेको छ। , काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमण देखिएका ... |
सेतोपाटी संवाददाता वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत् ७४ वर्षीय वृद्धको मृत्यु भएको छ।, वीरगन्ज छपकैया निवासी उनको बिहीबार राति साढे एक बजे मृत्यु भएको अस्पतालका चिकित्सक डाक्टर जेपी जैसवालले जानकारी दिए।, वृद्धलाई वीरगन्जकै एड्भान्स अस्पतालबाट बिहीबार राति ‘रिफर’ गरिएको थियो।, 'उहाँलाई भर्ना ... |
सेतोपाटी संवाददाता शुक्रबार देशभर कोरोनाका ४ सय ६४ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।, यीसहित हालसम्म संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ।, त्यस्तै विगत २४... |
एजेन्सी चिनियाँ र रूसी सरकारी सञ्चारमाध्यम र तीनका प्रमुख पत्रकार र विदेश मन्त्रालयका अधिकारीहरूले शुक्रबार गरेका ट्वीट अरू प्रयोगकर्ताको एकाउन्टभन्दा फरक देखिएका छन्।, चीन र रूसका सरकारी सञ्चारमाध्यमको बायोमै ट्वीटरले 'राज्य आवद्ध मिडिया'को फुर्को लगाइदिएको छ भने सरकारी निकायको खातामा चिनियाँ/रूसी सरकारको एकाउन्ट भनि... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक २२ हजार जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्नसक्ने जनाएको छ।, मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सरकारी प्रयोगशालामा १८ हजार ५ सय र बाँकी निजी प्रयोगशालामा गरी दैनिक २२ हजारको परीक्षण गर्न सकिने बताए। उनले देशभर अहिले ३२ वटा सरकारी र ६ वटा... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा रहेका निजी अस्पतालहरूलाई आइसोलेसन सेन्टरमा रूपान्तरण गर्न गृह मन्त्रालयलाई पत्र लेखेको छ।, उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकपछि काठमाडौंका सिडिओ जनकराज दाहालले निजी अस्पताललाई कोभिडका बिरामी राख्ने आइसोलेसन सेन्टर बनाउन प्रस्ताव पठाइएको बताए।... |
सेतोपाटी संवाददाता काठमाडौं उत्यकामा पहिलोपटक एक सय बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय ६ जनामा संक्रमण पुष्टि भएको जनाए।, संक्रमितमध्ये काठमाडौंका ९२, ललितपुरका १० र भक्तपुरका ४ जना छन्।, उनीहरूको उपत्यकाका विभिन... |
सेतोपाटी संवाददाता प्रहरीले हात्तीको दाह्राजस्तो देखिने वस्तुसहित तीन जनालाई पक्राउ गरेको छ।, काठमाडौं महानगर-४ सुकेधाराबाट महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले शुक्रबार साढे १ बजे तीन जनालाई पक्राउ गरेको हो।, उनीहरूले सुकेधारामा हात्तीको दाह्राको खरीद/विक्री गर्दैछ भन्ने प्रहरीले पूर्वसूचना पाएको थियो।, त्यही अनुसा... |
सेतोपाटी संवाददाता गत बुधबार वीरगञ्जको प्रभु अस्पतालमा उपचाररत् एक बिरामी हेलिकप्टर चार्टर्ड गरेर काठमाडौं आए।, कोरोना रिपोर्ट नेगेटिभ आए पनि थप स्वास्थ्यमा समस्या देखिएको भन्दै उनलाई अस्पतालले काठमाडौं ‘रिफर’ गरिदिएको थियो।, उनलाई एअर डाइनेस्टीको हेलिकप्टरबाट महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्याइयो। बेड अभाव रहेको ... |
सेतोपाटी संवाददाता प्रहरी आचरणविरूद्ध कार्यमा संलग्न रहेका एकजना प्रहरी सहायक निरीक्षक निलम्बनमा परेका छन्।, प्रहरी आचरणविपरीत काम गरेकै कारण प्रहरी गण गुल्म नं. ३ जनकपुरधाममा दरबन्दी भई प्रहरी चौकी मोहनपुर सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश सहनीलाई निलम्बन गरिएको २ नम्बर प्रदेश प्रहरीका प्रवक्ता प्रहरी नाय... |
सविता बुढा कैलालीमा थप एक पिसिआर मेसिनबाट कोरोनाको परीक्षण सुरू भएको छ।, सेती प्रादेशिक अस्पतालले नै सञ्चालन गर्ने गरी स्वास्थ्य कार्यालयमा स्थापना गरिएको ल्याबमा बिहीबारदेखि कोरोनाको परीक्षण सुरू भएको हो।, सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले अस्पतालले अब दुई ल्याब सञ्चालनमा ल्याएको बताए।, ‘थपिएको पिसिआर मेसिनबाट पनि ... |
प्रशन्न पोखरेल दुई दिनअघि लमजुङमा तुइनको लठ्ठा छिन्दा दोर्दी गाउँपालिका-६ कीर्तिपुरबेंसीकी ३२ वर्षीया फूलमाया गुरूङ बेपत्ता भइन्।, जनैपूर्णिमाका दिन जलदेवी मन्दिरमा पूजा गर्न तुइन चढेर दोर्दी खोला तर्दै गरेकी गुरूङ अझै भेटिएकी छैनन्। उनीसँगै तुइन चढेका १७ वर्षीय विकास घले सामान्य घाइते छन्। छिनेको तुइनको लठ्ठा समातेर ... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले कर्मचरीलाई कोरोना भाइरसको परीक्षण गराएरमात्रै कार्यालय आउन निर्देशन दिएको छ।, अख्तियार स्रोतका अनुसार एक जना चालकसहित २२ प्रहरीलाई कोरोना पोजिटिभ देखिएको हो।, २२ जनालाई कोरोना संक्रमण देखिएपछि आयोगले कर्मचारीलाई परीक्षण गराएरमात्र कार्याल... |
युवराज श्रेष्ठ असार अन्तिम साता परेको पानीले बसिरहेको घर पछाडि पहिरो गयो।, बस्नका लागि घर असुरक्षित भयो। पोखरा– २२ छोरेपाटन की ५६ वर्षीय ओमकला क्षेत्री (सावित्री) त्यसपछि आफ्नो घरसँगै जोडिएको पक्की घरमा एउटा कोठा लिएर बसेकी छन्। दिउँसो आफ्नै घरमा बस्ने, खाना बनाउने र खाने गरे पनि रात परेपछि अर्को घरको कोठामा सुत्न जा... |
सेतोपाटी संवाददाता नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसहित उनका परिवारका सबै सदस्यको कोरोना नेगेटिभ देखिएको छ।, एक निजी प्रयोगशालामा गरिएको परीक्षणमा दाहालसहित उनका परिवारका सबै सदस्यको नेगेटिभ देखिएको हो। आजै दाहालका निवासमा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।, प्रचण्ड सचिवालयका... |
सेतोपाटी संवाददाता संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना पोजेटिभ देखिएको छ।, संसद सचिवालयका अनुसार लेखा समितिका सचिवसमेत रहेका पाण्डे अर्का संक्रमित सांसद प्रदीप यादवसँगै वनको अनुगमनका लागि गएका थिए।, यादवलाई कोरोना पोजेटिभ देखिएपछि उक्त टोलीमा रहेका सबै सेल्फ आइसोलेसनमा बसेका थिए।, 'टोलीमा रहेका अन्य सांसदहरु... |
सेतोपाटी संवाददाता बिहीबार देशका विभिन्न ठाउँमा कोरोनाका ३ सय ६० संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका नयाँ संक्रमित भेटिएका हुन्। यीसहित हालसम्म संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ।, त्यस्तै विगत २४ घण्टामा २ सय ३३ जना कोरोन... |
विवेक राई एक सातादेखि वीरगन्जमा कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्न सकिएको छैन। अस्पतालहरूमा बेडको अभाव भएपछि एक साता थपिएका संक्रमितहरूलाई अस्पताल भर्ना गर्न नसकिएको हो।, अहिले वीरगन्जमा ५ सय बढी सक्रिय संक्रमित छन्। तर तीमध्ये १ सय २५ जनालाई मात्र अस्पताल भर्ना गरिएको छ। अर्थात झन्डै ४ सय बढी संक्रमित अस्पताल बाहि... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढेको भन्दै अप्ठ्यारो परिस्थिति तयार भएको जनाएको छ।, मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्थिति अप्ठ्यारो रहेको भन्दै कुनै पनि सरकारी, सामुदायिक र निजी कार्यालयहरूमा कुनै पनि बैठक, छलफल वा... |
सेतोपाटी संवाददाता काठमाडौंमा थप एक जना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।, चाबहिलस्थित ओम अस्पातलमा उपचारको क्रममा बुधबार राति मृत्यु भएकी महिलाको आज कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।, उनलाई पाँच दिनअघि ओम अस्पताल भर्ना गरिएको थियो।, सोही दिन उनको स्वाब परीक्षणको लागि पठाइएको थियो। दम, रक्तचा... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको गेलुन खोला साल हाइड्रोपावर प्रोजेक्टमा स्थानीयले अवरोध गरेका छन्।, चौतारा साँगाचोकगढी नगरपालिकाका-२ साँगिनी विरौते मंगलबार राति गाडिएका पोल स्थानीयले भत्काइदिएका हुन्।, 'आठमध्ये चार वटा पोल मंगलबार राति गाढेका थियौं, तार पनि जोड्यौं,' उक्त आयोजनाका प्रोजेक्ट म्यानेजर रामकुमार राईले स... |
सेतोपाटी संवाददाता वीरगन्जस्थित नारायणी कोभिड अस्थायी अस्पताल गण्डकमा उपचाररत् ६५ वर्षीय पुरूषको मृत्यु भएको छ।, वीरगन्ज निवासी उनको बिहीबार बिहान ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर निरज सिंहले जानकारी दिए।, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत मंगलबार अस्तपाल भर्ना गरिएको थियो। सुरूमा आकस्मिक कक्... |
सेतोपाटी संवाददाता बिहीबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ८६ जना संक्रमित थपिएको जानकारी दिए।, यो एकैदिन उपत्यकामा थपिएको धेरै संक्रमित हो। बुधबार उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए।, आज थ... |
राजेश घिमिरे बुधबार अपरान्ह चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एउटा दुर्लभ दृश्य देखियो।, पर्यटकीय नगरी सौराहानजिकै रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनको घाँसे मैदानमा विचरण गर्दै थिए, भगौडी र तिखे। साथमा उनीहरूका केटाकेटी पनि थिए।, भगौडी र तिखे बाघमाराका रैथाने पोथी गैंडा हुन्। यी दुईले यसपालि केही दिनको ... |
सेतोपाटी संवाददाता वीरगन्जमा थप एक जना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।, वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत् ६५ वर्षीय पुरूषको मृत्युपछि कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत मंगलबार अस्तप... |
विवेक राई 'आमा ... आमा, मरेँ ... मरेँ।', बुधबार राति ११ बजे पाटन अस्पतालको आइसोलेसन वार्डमा एक जना कोरोना संक्रमित युवक एक्कासि रुँदै चिच्याउन थाले। वरिपरि रहेका संक्रमितहरू आत्तिए। मध्यरातमा मस्त निद्रामा रहेकाहरू झस्किएर आँखा मिच्दै हेर्न थाले।, मानसिक समस्यासमेत रहेका ती युवक घरि माथि हेर्दै चिच्याउँथे, घरि घोप्टो ... |
सेतोपाटी काठमाडौं महानगरपालिका-६, चुच्चेपाटीमा घरायसी झगडाका कारण श्रीमानले हानेको 'थिनर' लागेर श्रीमती र छोरी घाइते भएका छन्।, मकवानपुर घर भई चुच्चेपाटी डेरा गरी बस्ने ४५ वर्षीय राजन विष्टले रङ सफा गर्न प्रयोग हुने उक्त रसायन बिहीबार साँझ आफ्नी श्रीमतीमाथि प्रहार गरेका थिए।, श्रीमतीलाई लक्ष्य गरी हानेको रसायन १४-१५ व... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले फेरि पनि अत्यावश्यक मुद्दा बाहेक अरू मुद्दा दर्ता र सुनुवाई नगर्ने भएको छ।, सर्वोच्चका सहप्रवक्ता देवेन्द्रराज ढकालले एक सूचना जारी गर्दै केही दिनका लागि अत्यावश्यक बाहेकका मुद्दा सुनुवाई नहुने जानकारी दिएका छन्।, विभिन्न स्थानीय तहले फेरि पनि निषेधाज्ञा जारी गरिरहेको र सर्वोच्चकै ए... |
रासस जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ।, कार्यालय परिसरमा मानिसको अत्याधिक भीड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड–१९ देखिन थालेकाले भीडभाड रोक्न र सामाजिक दूरी कायम गर्न उक्त व्यवस्था गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए।, प्राप्त वि... |
सेतोपाटी संवाददाता पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै नगरपालिकाको वडा नं. १८ का एकजना सर्वसाधारणमा पनि कोरोना भाइरसको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। , कार्यालयका प्रमुख गौरव ढकालका अनुसार समुदायमा कोरोनाको अवस्था कस्तो छ थाहा पाउन गरिएको परी... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोककी एक गर्भवती महिलालाई हेलिकप्टरबाट उद्दार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।, ,पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ६ की ३४ वर्षीया पासाङ लामालाई स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि बिहीबार दिउँसो हेलिकप्टरबाट उद्दार गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्र... |
सेतोपाटी नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।, प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो।, प्राधिरकणले शुक्रबार र शनि... |
सेतोपाटी बैतडीमा पहिरोमा परी आमाछोराको मृत्यु भएको छ।, गएराति घरमाथिबाट पहिरो जाँदा डिलाशैनी गाउँपालिका वडा नम्वर ४ का आनसीह बोहराकी श्रीमती ४० वर्षीय पशुपति वोहरा र निजका १२ वर्षीय छोरा रिकेश वोहराको मृत्यु भएको हो।, गएराति १ बजेतिर पहिरो आउँदा उनीहरू घरसँगै पुरिएका थिए।, उनीहरूको शव विहान ७ बजे शव फेला परेको जिल्ला ... |
सेतोपाटी सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गर्ने एक गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन रहेका छन्।, बाहिरबाट ताला लगाई अनावश्यकरूपमा कागजात मिलाउँदै ... |
सेतोपाटी गोरखामा दरौदी नदीले बगाउँदा दुई किशोर बेपत्ता भएका छन्।, बेपत्ता हुनेमा पालुङटार नगरपालिका–१ खुर्पाजुङ घर भएका १६ वर्षीय सविन श्रेष्ठ र १५ वर्षीय प्रज्ज्वल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए।, 'गोरखा नगरपालिका वडा नं ३ स्थित बेनीखोलामा फुटबल खेल हेर्... |
सेतोपाटी संवाददाता झापाको कमल गाउँपालीका वडा नम्बर ५ मा गए राती हात्तीको आक्रमण बाट एक व्यक्तिको ज्यान गएको छ।, कमल ५ टुक्रे स्थित सशस्त्र प्रहरीको जग्गामा बसोबास गर्ने ५८ बर्षिय रेवत रेग्मीको शुक्रबार बिहान करिब साढे २ बजे तिर हात्तीको आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक भुवनबाबु खड्काले... |
एजेन्सी बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा भारतको केन्द्रिय अन्वेषण ब्यूरो(सिबिआई)ले सिंहकी प्रेमिका रिया, रियाका बाबुसहित ६ जना विरूद्ध एफआईआर दर्ता गरेको छ।, एफआईआरमा सन्ध्या चक्रवर्ती, शोविक चक्रवर्ती, स्यामुयल मिरान्डा र श्रुति मोदीको नाम छ।, सिबिआईले यी सबैविरूद्ध भारतीय दण्ड संहिता(आईपिसी) अन... |
सेतोपाटी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिहीबार आवागमन र प्रस्थान दुवैगरी १२ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन्।, यी उडानमार्फत एक हजार ४६६ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ। , कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई... |
सेतोपाटी नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ।, सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाक... |
युवराज श्रेष्ठ पोखरामा पनि एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा नदीपुर बिटमा खटिएका एक जना प्रहरीमा बुधबार संक्रमण पुष्टि भएको हो।, ड्युटीमा खटिएकै समयमा रुघाखोकी र ज्वरो आउने भएपछि १८ गते अस्पताल भर्ना भएका प्रहरीको १९ गते स्वाब परीक्षण गरिएको थियो। ज्वरो आउनेजस्ता लक्षण देखिएपछि उनी फिस्टेल अस्पतालमा ... |
सेतोपाटी संवाददाता कोरोना संक्रमितको मृत्यु भएपछि विराटनगरस्थित कोशी अस्पतालका डाक्टरमाथि हातपातको प्रयास भएको छ।, मृतकका आफन्तले आइसोलेसनमा खटिएका एक चिकित्सकमाथि हातपातको प्रयास गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए।, विराटनगर-९ निवासी ४५ वर्षीय पुरुषको दिउँसो साढे एक बजेतिर मृत्यु भ... |
सेतोपाटी संवाददाता प्रदेश २ का मन्त्रालयको कर्मचारीहरू नै कोरोनाबाट संक्रमित भएपछि एक मन्त्रालयबाहेक सम्पूर्ण मन्त्रालयको काम ठप्प भएको छ।, मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि सम्पूर्ण काम बन्द गरिएको हो।, आन्तरिक मामिला मन... |
सेतोपाटी संवाददाता काठमाडौंमा एक जनासहित बुधबार एकै दिन पाँच जना व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ।, मृत्यु हुनेमा मोरङ र पर्साका दुई-दुई जना र सर्लाहीका एक जना छन्।, मोरङका दुई जनाको भने कोसी अस्पतालमा मृत्यु भएको हो।, उनीहरूको मृत्युपछि कोरोना पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर लक्ष्मीनारायण यादवले जानक... |
निशा भण्डारी ललितपुर जिल्लाको खोकनामा नेवार समुदायले द्यःपुखू जात्रा मनाएका छन्। गाई जात्राको भोलिपल्ट नेवार समुदायले यो सांस्कृतिक पर्व मनाउने गर्छन्।, खोकनास्थित द्योःपुखू पोखरीमा जिउँदो बाख्रालाई छाडेर सो बाख्रा समाउनका लागि युवाहरुबीच तछाडमछाड हुन्छ।, जुन समुदायका युवाले बाख्रा समाउँछ, सो बाख्रा उनीहरुकै हुन्छ। खो... |
सेतोपाटी संवाददाता कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयका दुई जना कर्मचारी कारबाहीमा परेका छन्। अघिल्लो शनिबार फलफूल तथा तरकारी बोकेका १५ बढी गाडीलाई विषादी जाँचको नक्कली कागजात बनाएर भन्सार पास गराएपछि उनीहरु कारबाहीमा परेका हुन्।, भन्सारमा कार्यरत कर्मचारीले व्यवसायीसँग मिलेर भारतबाट ल्याइएका फलफूल तथा तरकारीमा विषा... |
राजेश घिमिरे चितवनमा ७९ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर महानगरपालिका–२ का ती वृद्धमा आज संक्रमण पुष्टि भएको हो। , भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको स्वाव परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो। चिकित्सकहरुले उनमा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमण समुदायमा पुगेको आशंका गरेका छ... |
सेतोपाटी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताएका छन्।, प्राधिकरण, पुरातत्व विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका अधिकारी, विज्ञ, अभियानकर्मी र स्थानीयवासीबीच आज भएको अन... |
सेतोपाटी कोरोना रोगको सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नुवाकोटको विदुर नगरपालिकामा बुधबारदेखि निषेधाज्ञा लगाइएको छ।, जिल्ला प्रशासन कार्यालय नुवाकोटको आदेशअनुसार आज साँझ ६ बजेदेखि नै अनिश्चित समयका लागि निषेधाज्ञा लगाइएको हो।, आदेशमा निषेधाज्ञा तथा 'लकडाउन' भन्ने शब्द उल्लेख नगरे पनि यसअघि कायम गरिएको सरहको 'लकडाउन' हु... |
सेतोपाटी संवाददाता बिहीबारदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू हुने भएको छ।, अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गरिएको गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सेतोपाटीलाई जानकारी दिए। त्यस्तै सक्रिय संक्रमितको संख्या २ सयभन्दा बढी रहेका जिल्लामा पनि जोर/बिजोर प... |
सेतोपाटी बुधबार विभिन्न मुलुकमा अलपत्र एक हजार ३१३ नेपाली स्वदेश फर्किएका छन्।, कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरूलाई स्वदेश फर्काएका हुन्। , त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार आवागमन र प्रस्थान दुवैगरी १५ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भ... |
सेतोपाटी संवाददाता राति ९ बजेदेखि ५ बजेसम्म हिँडडुल गर्न रोक लगाइएको छ।, गृह मन्त्रालयले एक सूचना जारी गरी काेराेना नियन्त्रण तथा राेकथामका लागि भन्दै भोलिदेखि लागू हुनेगरी यस्ताे व्यवस्था गरिएकाे जनाएको छ।, काठमाडौं उपत्यका र २ सयभन्दा बढी संक्रमित रहेका जिल्लाभित्र पनि सो समयमा हुने आवागमन बन्द गर्ने गृह मन्त्रालयको... |
सेतोपाटी ट्रकको ठक्करबाट पश्चिम चितवनमा बुधबार साँझ एक पैदलयात्रीको मृत्यु भएको छ।, मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २५ अमृत चोकका ६० वर्षीय लक्ष्मण महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार जप्काबाट ज्योतिनगरतर्फ जाँदै गरेको ना४ख ७३६७ नम्ब... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.