content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता सिन्धुपालचोकको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका एक जनाको शव भेटिएको छ।, वडा नम्बर २ का वडाध्यक्ष प्रताप लामाका अनुसार एक जनाको शव फेला परेको हो भने अन्य पाँच जनाको उद्धार भएको छ।, 'अहिले एक जनाको शव फेला परेको छ। पाँच जनालाई सेनाको हेलिकप्टरबाट उद्दार गरी अस्पताल पठाइएको ...
सेतोपाटी संवाददाता सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकको पहिरो पीडित बस्तीमा पुगेका छन्।, सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ को लिदीमा शुक्रबार बिहान भीषण पहिरो गएको थियो। सोही निरीक्षणका लागि सभामुख घटनास्थल पुगेका हुन्।, लिदीको लामा टोलमा बस्ती माथिबाट आएको पहिरोले १३ वटा घर पुरिएका छन् भने दर्जन बढी मानिस  ...
सेतोपाटी संवाददाता शिक्षण अस्पताल महाराजगञ्जमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ।, गत बुधबार इमर्जेन्सी वार्डमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरूको सम्पर्कमा आएका लगभग १ सय स्वास्थ्यकर्मीको स्वाब संकलनका लागि पठाइएको थियो। तीमध्ये थप ४ जनामा कोरोना पोजेटिभ देखिएको अस्पताल...
सेतोपाटी संवाददाता चितवनको माडी नगरपालिकाले साउन ३१ गते देखि एक हप्ताका लागि सिल गर्ने निर्णय गरेको छ।, हरितालिका तीजको अवसरमा हुने भीडभाडबाट कोरोना संक्रमणको जोखिम उच्च रहने भन्दै सोको नियन्त्रणका लागि भदौ ५ गतेसम्म यातायात तथा जनमानसलाई माडीबाट बाहिर जान तथा माडी प्रवेश गर्नमा रोक लगाउने निर्णय गरिएको मेयर ठाकुरप्रस...
सेतोपाटी तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ।, कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले बिहीबारदेखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो।, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट गाउँपालिका–५ का ५४ र ३० वर्षीय पुरुषम...
सेतोपाटी प्रहरीले पोखरामा स्कुटर तथा मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा गोरखा साविक थालाजुङ गाबिस–४ स्थायी घर भई हाल पोखरा–३ नदीपुर बस्ने वर्ष १९ का सन्दीप श्रीमल तथा अन्य दुई जना किशोरहरुको परिचय प्रहरीले गोप्य राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमा...
सेतोपाटी ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौँ चन्द्रागिरि नगरपालिका–६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ चोकबाट बुधबार पक्राउ गरेको हो ।, अभियुक्त उदास र टेकु बस्ने सिन्धुली सुनकोशी गाउँपालि...
एजेन्सी सुडानले रेड सी राज्यमा सुरक्षा बढाएको छ र पोर्ट सुडानको मुख्य समुद्री प्रवेशद्धारमा कर्फ्यू लगाएको छ।, आदिवासीबीच भएको झडपमा सुरक्षाकर्मीसहित ३२ जनाको मृत्यु भएपछि सुरक्षा सर्तकता बढाइएको देशको आन्तरिक मन्त्रालयले बुधबार बताएको छ।, पूर्व राष्ट्रपति ओमर अल बसिरलाई सत्ताबाट हटाएपछि सुडान संक्रमणकालिन अवस्थामा छ,...
सेतोपाटी दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।, दुर्घटनामा परि एम्बुलेन्स चालक दंगिशरण गाउँपालिका वडा नं. २ निवासी ३४ वर्षीय मिठुकुमार चौधरी र  तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ४४ वर्षीय पुष्पा पुन मगरको अवस्था गम्भीर रहेको छ।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी...
सेतोपाटी संवाददाता १५ किलो नक्कली सुन फ्याँकेर भागेका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन्।, साउन १३ गते कमलादीबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन फ्याँकेर भागेका अन्सारी बाराबाट पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार पक्राउ गरेको स्रोतले जानकारी दिए। उक्त स्कोर्पियो अन्सारीको थियो। उनला...
सेतोपाटी संवाददाता मकवानपुरमा १० जना प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूमध्ये १८ जना हेटौंडा उपमहानगरपालिकाका हुन्।, कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ का ७ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर ४ का ४ जना, वडा नम्बर २ का...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमित बढेपछि उपत्यका भित्रिने मुख्य राजमार्ग पृथ्वी राजमार्गमा कडाइ गरिएको छ।, धादिङको सुरक्षा समिति बैठकले एम्बुलेन्स र अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई मात्रै पृथ्वी राजमार्गमा चल्न दिने निर्णय गरेको हो।, सहायक प्रमुख जिल्ला अधिकारी रूद्रबहादुर मल्लले अर्को व...
सेतोपाटी संवाददाता कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ।, गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको हो।, अब काठमाडौं आउन र यहाँबाट...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा कोरोना भाइरसका संक्रमित बढ्दै गएको भन्दै पसलहरू बन्द गरिएका छन्।, बिहीबार बिहानैदेखि स्थानीय क्लब, वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा अत्यावश्यक बाहेकका पसल, होटल, रेस्टुरेन्ट लगायतलाई बन्द गरिएको हो।, महानगरी प्रहरी वृत्त , कालिमाटीका डिएसपी रूगम कुँवरक...
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।, धनगढी–अत्तरिया सडकको गेटामा मोटरसाइकल दुर्घटना हुँदा डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ८ का खेम सार्कीको मृत्यु भएको हो।, से ६ प ३३८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब...
भगवती पाण्डे कोरोना महामारीकै बीचमा रुपन्देहीका स्थानीय तह लालपुर्जाविहीनलाई लालपुर्जा वितरण गर्ने होडबाजीमा छन्।, गत आइतबार रुपन्देहीको सैनामैना नगरपालिकाले गाउँब्लकको जग्गामा बसोबास गरेकालाई लालपुर्जा वितरण गरेको थियो। सैनामैनाले पुस्तौदेखि बसोबास गर्दै आए पनि भूमिको स्वामित्व नभएका १ सय ८८ जनालाई लालपुर्जा वितरण गर...
सेतोपाटी संवाददाता पछिल्लो समय कोरोनाभाइरसको ‘हटस्पट’ बनेको पर्सामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्। , गृह मन्त्रालयले सहसचिव अस्मान तामाङलाई पर्साको नयाँ सिडिओ बनाएर पठाएको छ।, बुधबारसम्म धादिङका प्रजिअ रहेका तामाङ बिहीबार पर्सा गएका छन्।, यसअघि मन्त्रालयले पर्साका सिडओ विष्णुकुमार कार्की र सहायक सिडिओ ललित...
सेतोपाटी संवाददाता मकवानपुरमा ट्रक र अटो आपसमा ठाेक्किँदा दुई जनाको मृत्यु भएको छ।, बिहीबार हेटौंडा उपमहानगरपालिका- १९ तीनताप्केमा हेटौंडाबाट भरतपुरतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना २ ह ३४६६ नम्बरको अटोलाई ठक्कर दिएको हो।, ठक्करबाट अटोमा सवार दुई जनाको मृत्यु भएको छ। अटो चालक मन...
सेतोपाटी संवाददाता न्यायापरिषदले जिल्ला न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीश समक्ष २९ जनाको नाम सिफारिस गरेको छ। बुधबार गरेको सिफारिसमा ३ जना महिला, ३ आदिवासी, २ मधेसी र बाँकी खस आर्य परेका छन्। २४ जना परीक्षाबाट पास भएका थिए भने पाँचजनालाई न्यायसेवाकै कर्मचारीबाट सिफारिस गरिएको परिषदले जनाएको छ।, केहीसमय अघि परि...
दिपकजंग शाही बिहीबार कर्णाली प्रदेशका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, संक्रमित सबै सुर्खेतका छन्। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ६९४ स्वाब परीक्षणमध्ये १८ जनामा कोरोना पोजेटिभ देखिएको हो।, संक्रमितमध्ये ५ महिला, ५ बालक छन् भने ८ जना पुरुष छन्। सुर्खेतको वीरेन्द्र...
सेतोपाटी अर्घाखाँचीको शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारीबिना नै कार्यालय छाडेपछि कार्यालयको काम प्रभावित भएको छ। प्रशासकीय अधिकृत अर्जुन गौतम नगरपालिकामा कुनै जानकारीसमेत नदिई हिँडेपछि नगरपालिकाको कार्यपालिका बैठकसमेत प्रभावित भएको छ।, गौतमले यही साउन २६ गते कार्यपालिकाको बैठकका लागि सबै कार्यपालिका...
सेतोपाटी संवाददाता चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि चितवनको रत्ननगरस्थित रत्ननगर बकुलहर अस्पतालले अकस्मिक, डाइलासिस र सुत्केरी बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ।, बुधबार गरिएको परीक्षणका क्रममा यहाँ कार्यरत चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।, अस्पतालका सूचना अधिकारी राजकुमार घिमिरेका अनुसार फ्रन्टलाइन...
सेतोपाटी संवाददाता सुनसरीमा एकै दिन १९ जना संक्रमित थपिएका छन्। जसमा विभिन्न वडाहरूका १० जना पुरूष र ३ जना महिला रहेको इटहरी उपमहानगरपालिकाले विज्ञप्तिमार्फत जानकारी दिएको छ।, त्यस्तै दुहवी नगरपालिकाका एक, धरान उपमहानगरपालिकाका एक, बराह क्षेत्र नगरपालिकाका एक जना र रामधुनी नगरपालिकाका एक गरी १९ जनामा कोरोना संक्रमण दे...
राजेश घिमिरे भरतपुर महानगरपालिकाले आफ्ना कर्मचारीहरुलाई प्रोत्साहन भत्ता बाँड्न थालेको छ। लकडाउन सुरु भएपछि असार मसान्तसम्म काम गरेका कर्मचारीहरुलाई महानगरले आन्तरिक स्रोतबाट भत्ता दिन थालेको हो।, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीकाअनुसार कर्मचारीलाई उनीहरु खटेको समयका आधारमा शत प्रतिशत भत्ता दिने निर्णय भएको छ। म...
रासस बर्दियामा जारी निषेधाज्ञा तीन दिनका लागि थप गरिएको छ।, कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले समुदायस्तरमा कोरोना संक्रमण फैलिन नदिन यही साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए।, बैठकले मुक्तिनाथ विकास बैंक गुलरिया र सिटिजन्स ...
सेतोपाटी संवाददाता बिहीबार मुलुकभर कोरोनाका ५ सय २५ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ५ सय २५ संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।, विगत २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन्। यीसहित हालसम्म १६ हजार ८...
युनिक श्रेष्ठ कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँको शव मंगलबार भेटिएको तथ्य खुलेको छ।, मकवानपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाका अनुसार उनको शव मंगलबार दिउँसो करिब साढे १ बजेतिर फेला परेको थियो।, भीमफेदी गाउँपालिका-८ स्थित मान्डु हाइड्रोपावरको ड्याममा च्यापिएको अवस्थामा स्थानीयले शव देखेक...
सेतोपाटी संवाददाता तीन दिनदेखि बेपत्ता कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ।, महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा उनको शव फेला परेको सेतोपाटीलाई जानकारी दिए।, बानियाँ सोमबारदेखि बेपत्ता थिए।, बानियाँको शव पोस...
सेतोपाटी संवाददाता काठमाडौं उत्यकामा एकैदिन १ सय २७ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय २७ जनामा संक्रमण पुष्टि भएको जनाए।, संक्रमितमध्ये काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ जना छन्।, उनीहरूको उपत्यकाका विभिन्न ...
सेतोपाटी संवाददाता कैलालीको प्रहरी हिरासतमा रहेका एक जनाको मृत्यु भएको छ।, धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीका अन्दाजी ४५ वर्षीय अमरबहादुर चन्दको प्रहरी चौकी फूलबारीको हिरासतमा मृत्यु भएको हो।, मदिरा सेवन गरी झैझगडा गरेको आरोपमा उनी पक्राउ परेका थिए।, चन्दको शव घाँटी काटिएको अवस्थामा शौचालयमा फेला परेको प्रहरी...
सेतोपाटी संवाददाता कान्तिपुर दैनिकका बरिष्ठ संवाददाता बलराम बानियाँ तीन दिनदेखि बेपत्ता भएका छन्।, बुधबार बिहानम उनी हराएको भन्दै उजुरी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए।, उनका अनुसार, कान्तिपुर दैनिकले नै उनी तीन दिनदेखि सम्पर्कमा नरहेको भन्दै उजुरी गरेको थियो।, 'आज बिहा...
सेतोपाटी संवाददाता ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, ती वृद्धको आइसियुमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालले  जनाएको छ।, बारा कलैया घर भएका ७७ वर्षीय पुरूषलाई त्रिवि शिक्षण अस्पतालले किस्ट ‘रिफर’ गरेको थियो।, ती वृद्धलाई गत साउन २६ गते अस्पताल भर्ना गरिए...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा ४ सय ८४ जना कोरोनाका संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत सो संख्याका संक्रमित थपिएको जानकारी दिए।, बुधबार थपिएकासहित मुलुकभर हालसम्म कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ।,...
सेतोपाटी संवाददाता नेपाल तरूण दलले सुशील कोइरालाको ८१ औं जन्मजयन्ती तथा युवा दिवसमा स्वास्थ्य सामग्री वितरण गरेको छ।, कालिमाटी रवि भवनमा आमा घरमा रहेकाहरूलाई बुधबार फलफूल र स्वास्थ्य वितरण गरेको अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए।, कांग्रेस ललितपुरका सदस्य सन्तोषराज केसी र नेविसंघ पूर्वकेन्द्रीय सदस्य रवि थापाको सहयो...
प्रशन्न पोखरेल सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका क्षेत्रका मानिस  मंगलबारदेखि घरमै छन्। उनीहरूलाई नगरपालिकाले ‘होम क्वारेन्टिन’ मा बस्न भनेको छ।, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय  सदस्य मोहनबहादुर बस्नेतका बुवा खड्गबहादुर बस्नेतको अन्त्येष्टिमा सहभागी भएर फर्केको चार दिनपछि उनीहरूलाई नगरपालिकाले अबदेखि क्व...
राजेश घिमिरे एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ३० जना स्वास्थ्यकर्मीहरूलाई क्वारेन्टिनमा राखिएको छ। क्वारेन्टिनमा राखिएकामध्ये ६ जना डाक्टर हुन्।, मंगलबार गरिएको परीक्षणका क्रममा चितवनमा डाक्टर, एक नर्स, एम्बुलेन्स चालक तथा अस्पतालका कर्मचारीमासमेत कोरोना संक्रम...
सेतोपाटी संवाददाता महोत्तरीका एक जनाकाे अन्त्येष्टि भएपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको छ।, महोत्तरीको मठियानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय ती पुरुष मधुमेह र फोक्सोका रोगले ग्रस्त थिए। जस अन्तर्गत संक्रमित पुरुषको २ दिन अघि जनकपुरधामको जानकी हेल्थ केयरमा मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद...
सेतोपाटी संवाददाता ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत् ३२ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।, श्वासप्रश्वासमा समस्या भएपछि उनी गत साउन २६ गते अस्पतालमा भर्ना भएका थिए।, आइसियुमा उपचारका क्रममा मंगलबार साँझ ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।, धादिङ स्थायी घर भएका उनी श्वासप्रश्वास तथा मिर्गौलाका बिरामी ...
सेतोपाटी संवाददाता काठमाडौं उत्यकामा पहिलोपटक एकैदिन १ सय ३८ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको जनाए।, संक्रमितमध्ये काठमाडौंका १०९, ललितपुरका २१ र भक्तपुरका ८ जना छन्।, उनीहरूको उपत्यकाका...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणका क्रममा मृतक ८ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ।, पछिल्लो समय ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत् धादिङका ३२...
सेतोपाटी संवाददाता नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।, कोरोना पुष्टि भएका सशस्त्र प्रहरी हुन्। उनी चालकको रूपमा कार्यरत छन्। उनलाई सशस्त्र प्रहरीकै आइसोलेसनमा राखिएको स्रोतले बतायो।, ती चालक प्रचण्डका सवारी चालकसँगै हिँड्ने र बस्ने गर्थे। ...
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो छानबिन गर्न माग गरेको छ।, साउन २६ गतेदेखि सम्पर्कविहीन बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजना स्थलमा फेला परेको थियो। उनको शव हेटौंडा अस्पतालमा छ।, महासंघका महासचिव रमेश बिष्टले बुधबार विज्...
सविता बुढा सुदूरपश्चिम प्रदेशमा कोरोनाका लक्षण देखिएका ७६ जना अस्पतालमा उपचाररत छन्।, ती संक्रमितहरुमा लक्षण देखिएकाले प्रदेशका विभिन्न ६ वटा स्वास्थ्य संस्थाहरुमा रहेका आइसोलेसनमा उपचार भइरहेकाे सामाजिक विकास मन्त्रालयले जनाएकाे छ। , ‘ज्वरो आउने, पखाला लाग्ने, श्वास फेर्न गाह्रो हुने, रुघाखोकी जस्ता लक्षण देखिएका ७६ ...
सेतोपाटी संवाददाता सूचना तथा प्रसारण विभागले पत्रकारहरूको नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र जारी र नवीकरणका काम तत्कालका लागि स्थगित गरेको छ।, अनलाइन सञ्चारमाध्यमतर्फ नयाँ र पुन: दर्ता तथा नवीकरण र प्रसारणतर्फको सेवा प्रवाह गर्दा व्यक्ति स्वयम् विभागमा उपस्थित हुनुपर्ने भएकोले विभागको उपरोक्त सेवा अनलाइन, भर्चुअल वा विद...
सेतोपाटी संवाददाता कान्तिपुरका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे सत्यतथ्य छानबिन गर्न नेपाल प्रेस युनियनले माग गरेको छ।, दुई दिनदेखि सम्पर्कविहीन बानियाँको शव मकवानपुर भीमफेंदी गाउँपालिका सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजनाको फिल्टरको जालीमा अड्किएको अवस्थामा फेला परेको थियो।, उनको शव हेटौंडा अस्पतालमा छ।, प्...
सेतोपाटी संवाददाता कोरोना संक्रमितको मृत्यु भएपछि धादिङको सदरमुकाम क्षेत्रमा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गर्ने भएको छ।, बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको संकट व्यवस्थापन समितिले राति १२ बजेदेखि भदौ ३ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।, जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्र बहादुर मल्लक...
सेतोपाटी संवाददाता एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशका लागि दिइने सम्पूर्ण सवारी पास बन्द गरिएको छ।, गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न निर्देशन दिएको छ। भोलि बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण नगर्न सबै जिल्ला प्रशासन कार्यालयालई निर्देशन दिइएको हाे।, गृहमन्त्रालयद्वारा सबै...
शोभा शर्मा उनलाई समकालीनहरूले लगाउने गरेको सबभन्दा ठूलो आरोप हो- बलराम बानियाँ कांग्रेसी हुन्।, तनहुँस्थित उनको गाउँ नेपाली कांग्रेसको अखडा थियो। त्यहाँका सांसद थिए, गोविन्दराज जोशी। उनी नजिकका आफ्ना साथीभाइलाई भन्थे, 'म जोशीको भोटर हुँ।' तर, कान्तिपुर दैनिकमा कांग्रेसको रिपोर्टिङ गर्दा जोशीको सबभन्दा बढी आलोचना गरेर ...
सेतोपाटी संवाददाता टिचिङ अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा कार्यरत दुई जना डाक्टरलाई कोरोना भाइरस संक्रमण देखिएको छ।, उनीरूलाई संक्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रोहितकुमार पोखरेलले जानकारी दिए।, उनका अनुसार अस्पतालका अन्य डाक्टर तथा नर्सहरूको पिसिआर परीक्षण सुरू गरिएको...
सेतोपाटी संवाददाता चितवनको पुरानो मेडिकल कलेजमा नक्कली भान्जा खडा गरी अवैध मिर्गौला प्रत्यारोपण गरेको आरोपमा पक्राउ परेका १२* जना धरौटीमा छुटेका छन्।, मिर्गौला मिलाउन मध्यस्थकर्ताको भूमिका खेलेकी रेश्मा राई भने तोकिएको धरौटी बुझाउन नसक्दा थुनामा पुगेकी छन्। उनीसँग ४ लाख धरौटी माग गरिएको थियो। , बुधबार जिल्ला अदालत ललि...
सेतोपाटी संवाददाता स्विफ्ट टटल नामक पुच्छ्रेताराका कारण बुधबार र बिहीबार अत्यधिक उल्का वर्षा हुने भएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार साउन २ गतेदेखि सक्रिय रहेको यो उल्कावर्षा बुधबार राति १०ः३० देखि बिहीबार बिहान ३ बजेसम्म देख्न सकिन्छ।, पर्सियस तारामण्डलमा भएको जस्तो देखिने भएकाले पर्सिड मिटियर सावर नाम दिइए...
सेतोपाटी संवाददाता कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत १८ जना स्वास्थ्यकर्मीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ।, गत सोमबार अस्पतालमा कार्यरत ९१ जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएकोमा १८ जनामा कोरोना पुष्टि भएको हो। १३ जनाको भने रिपोर्ट आउन अझै बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।, अस्पतालका मेडिकल अधिकृत, ...
एजेन्सी अफगानिस्तानमा गएको २४ घन्टायता भएको हिंसामा परी कम्तीमा पनि ४४ जनाको ज्यान गएको छ।, यता सरकारले थुनामा रहेका तालिबानहरुलाई रिहा गरिरहेका बेला पनि देशमा यस्ता हिंसात्मक गतिविधिहरु जारी नै रहेका छन्।, प्राप्त समाचारअनुसार यसरी मारिनेमा अधिकांश तालिबानहरु नै रहेका छन्।, त्यस्तै केही स्थानमा सरकारी सुरक्षाकर्मी पन...
एजेन्सी कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ।, एपीमा प्रकाशित समाचारका अनुसार बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलोपटक हो।, राष्ट्रिय तथ्यांक कार्यालयले यस वर्षको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनम...
दिपकजंग शाही आर्थिक वर्ष ०७६/७७ को अवधिभर कर्णाली प्रदेशका १० जना घुस लिने क्रममा रंगेहात पक्राउ परेका छन्। उनीहरुबाट १० लाख ७५ हजार रुपैयाँ बिगो दावी गरिएको छ। रंगेहात पक्राउ पर्नेमा जनप्रतिनिधिदेखि सरकारी कर्मचारीसम्म छन्।, बिहीबार पत्रकारसँगको भेटमा अख्तियार दुरुपायोग अनुसन्धानको सुर्खेत कार्यालयका प्रमुख नारायणप्र...
राजेश घिमिरे चितवनमा एक चिकित्सक र सशस्त्र प्रहरीगरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, बुधबार ६ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।, भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा  गरिएको परीक्षणमा राप्ती नगरपालिका–६ मा रहेको ३ नम्बर बाहिनी विपद् व्यवस्थापन गण भण्डारामा कार्यरत ६ जना सशस्त्र प...
सेतोपाटी स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ।, मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन्। पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो।, स्क्रब टाइफसबाट संक्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मंगलबार धनगढीको सारथी अस...
सेतोपाटी संवाददाता बुटवलको कोरोना विशेष अस्पतालमा मंगलबार राति मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।, कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२ का २५ वर्षीय युवा मंगलबार दिउँसो मात्र प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि आएका थिए।, उपचारका लागि आएका उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिनासाथ कोरोना व...
सेतोपाटी संवाददाता महानगरीय अपराध महाशाखाले सुन पलसबाट सुन ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ।, महाशाखाले बुधबार राति नौं बजे काठमाडौं महानगर-३१ नयाँ बानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई ज्ञानेश्वरबाट पक्राउ गरेको हो। , प्रारम्भिक अनुसन्धान अनुसार उनले करिब ४ लाख ३६ हजार बराबरको सिक्री, लकेट, ब्रासलेट, हिराको औंठी...
रूमा रिजाल प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण गर्न तथा उपचारको व्यवस्था मिलाउन स्थानीय तह र अस्पतालहरूलाई १ करोड ६० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।, आफ्नो कार्यालयमा भएको एक कार्यक्रममा बोल्दै १ का मुख्यमन्त्री शेरधन राईले संक्रमण बढ्दै गएकाले आइसोलेशन अभाव भएको र अन्य सेवा पनि स्तरीय नभएको गुनासो आएपछि बजेट वि...
सेतोपाटी संवाददाता चट्याङ लागेर कैलालीको लम्कीमा एक बालिकाको मुत्यु भएको छ।, लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित १३ वर्षीया अन्जु शाहीको बाख्रा चराउन गएका बेला चट्याङ लागेर मृत्यु भएको हो।, चट्याङ लागेर सोही ठाउँकी १४ वर्षीया भावना शर्मा घाइते भएकाे प्रहरीले जनाएको छ।, उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको जिल्...
सेतोपाटी संवाददाता नेपाली सेनाको दाङस्थित १९ नम्बर बाहिनीका २९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ।, सैनिक स्रोतका अनुसारका प्युठानबाट तालिममा आएका एक जना सैनिकमा कोरोना पुष्टि भएपछि बाहिनीमा रहेकाको कोरोना परीक्षण गरिएको थियो।, बाहिनी अहिले सिल गरिएको छ।, स्रोतका अनुसार केही दिनअघि प्युठानबाट आएका ती सैनिक बाटोमै बिर...
सेतोपाटी संवाददाता बाराको सिमरास्थित जगदम्बा स्टिलमा कार्यरत थप ११ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।, उक्त उद्योगमा कार्यरत सुरक्षा गार्डदेखि लिएर सुपरभाइजर सहितका कर्मचारीहरूमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।, जसमध्ये एक जना सुरक्षागार्ड, १ जना सुपरभाइजर, १ जना ल्याब असिस्टेन्ट, १ जना ट्रयाक्टरका सहचा...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोनाभाइरसको संक्रमण भएको छ।, घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले सेतोपाटीलाई जानकारी दियो। केही दिन अघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना लागेको थियो।, त्यो दिनदेखि उनी कार्यालय ...
सेतोपाटी संवाददाता कोरोना भाइरस संक्रमित संख्या वृद्धि भइरहे पनि संघीय सरकारले फेरि मुलुकव्यापी लकडाउन नगर्ने भएको छ।, सरकारका प्रवक्ता युवराज खतिवडाले फेरि लकडाउन गर्ने तयारीमा सरकार नरहेको प्रष्टाएका हुन्।, मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै मंगलबार मन्त्री खतिवडाले दुई सयभन्दा बढी सक्रिय कोरोना संक्रमित भए...
सेतोपाटी संवाददाता बागमती प्रदेश प्रहरी कार्यालयले घुस लिने ६ जना प्रहरीलाई निलम्बन गरेको छ। , मंगलबार कार्यालयले विभिन्न जिल्लामा कार्यरत ६ जना प्रहरीलाई घुस खाएको आरोपमा निलम्बन गरेको हो। उनीहरूलाई कार्यालयबाट खटिएको विशेष टोलीले बुधबार सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो।, निलम्बन पर्नेमा ...
सविता बुढा कञ्चनपुरमा क्वारेन्टिनमा बसेकी एक युवतीको करेन्ट लागेर मृत्यु भएको छ।, कृष्णपुर नगरपालिका वडा नम्वर ६ मा रहेको महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया राधा वडको करेन्ट लागेर मृत्यु भएको हो।, नुहाउने क्रममा पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेर घाइते भएकी ...
विनोद सापकोटा फुटबल खेल्दा बलले छातीमा लागेर घाइते भएका झापाको कनकाई नगरपालिका–५ का १७ वर्षीय रोशन सुनारको निजी अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको छ।, निजी अस्पतालहरुले घाइतेको पिसिआर रिपोर्ट चाहिने भन्दै भर्ना नगरी एकबाट अर्कोमा जान सुझाउँदा सुझाउँदै सुनारले ज्यान गुमाए।, ४ दिन अघि साथीहरुसँग फुटबल खेल्ने क्रमम...
द न्यूयोर्क टाइम्स रूसले बनाएको कोरोना भाइरस खोप ‘एकदमै प्रभावकारी’ रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरे पनि यसको तेस्रो चरणको क्लिनिक परीक्षण सकिएको छैन।, राष्ट्रपति पुटिनले मंगलबार कोरोना भाइरसविरुद्धको खोप अनुमोदन गर्ने रूस पहिलो मुलुक भएको घोषणा गरेका थिए।, क्लिनिक परीक्षण पूरा नहुँदै औपचारिक घोषणा गरिएको य...
सेतोपाटी हुम्ला जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताजाकोट गाउँपालिकामा चार दिनदेखि प्रसूति व्यथा लागेकी एक महिलाको उद्धार हुन सकेको छैन।, ताजाकोट –१  काँडागाउँकी २३  वर्षीया  विपना खड्कालाई चार दिनअघि घरमै व्यथा लागेका अवस्थामा मैला स्वास्थ्यचौकीमा बोकेर  ल्याई राखिएको भए पनि सुत्केरी हुन नसकेपछि उनी  छट्पटिएको स्थानीयव...
अनुषा अधिकारी निर्मला बुढाथोकी चार महिनाको लकडाउनपछि बल्ल आफ्नो काममा फर्किन पाएकी छन्। काठमाडौं, बसन्तपुरमा थर्मसमा चिया बेचेर घरखर्च चलाउँदै आएकी ४३ वर्षीया निर्मला लामो समय कामविहीन भइन्।, लकडाउन खुकुलो भएसँगै उनको आम्दानीको बाटो खुल्यो। तर अहिले उनलाई कमाइभन्दा बढी समस्या हुन थालेको छ।, दिनभर घरधन्दा सकेर साँझ परे...
युवराज श्रेष्ठ पोखराको नदीपुरमा ड्युटीमा खटिएका एक जना प्रहरीलाई साउन २१ गते कोरोना भाइरस पुष्टि भयो।, सामान्य ज्वरो आएपछि उनको स्वाब परीक्षण गर्न प्रयोगशाला पठाइएको थियो। उनलाई कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका अरुको पनि परीक्षण गरियो।, मंगलबार परीक्षण गर्दा ७ जनालाई कोरोना पुष्टि भएको छ। यसरी कोरोना पुष्टि हुन...
सेतोपाटी बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले पहिराले घरबार गुमाएका पानबहादुर रसाइलीको घर बनाइदिने भएको छ।, यही साउन १२ गते राति अविरल वर्षाका कारण तमानखोला २ खोलेसबाङमा गएको पहिराले भत्किएको रसाइलीको घर गाउँपालिकाले निर्माण गरिदिने भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए। , पहिराका कारण रसाइलीको घर पुरिँ...
सेतोपाटी संवाददाता चितवनमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १६ सहित २१ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन्।, संक्रमण देखिएका मध्ये १२ जना भरतपुरका महानगरका, ३ जना राप्ती नगरपालिका र १ जना इच्छाकामना गाउँपालिकाका छ...
भगवती पाण्डे कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररतः दुई जनाको मंगलबार राति* मृत्यु भएको छ।, यहि साउन २५ गते अस्पतालमा भर्ना भएका ४२ वर्षीय र मंगलबार भर्ना भएका २५ वर्षका दुईजना पुरुषको मृत्यु भएको हो।, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाका अनुसार दुबैजनाको बुटवल धागो कारखाना स्थि...
सविता बुढा डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।, पुर्वीचौकी गाउँपालिका वडा नम्वर १ तल्लो फुलोटमा ना ६ ख २५२९ नम्वरको गाडी दुर्घटनामा परेको हो।, बस सडकबाट एक सय मिटर तल खसेको छ।, भारतबाट फर्केका ३४ जना यात्री बोकेको सो बस धनगढीबाट अछाम जाने गाडी दुर्घटना भएको डोटीका प्रहरी नायव उप...
एजेन्सी भारतको पूर्वी बेङ्लुरुमा सामाजिक सञ्जालमा धर्मसम्बन्धी गरिएको एक आपत्तिजनक पोस्टविरूद्ध भएको प्रदर्शनमा प्रहरी फायरिंग हुँदा दुई जनाको मृत्यु हुनुका साथै कयौं मानिसहरू घाइते भएका छन्।, सामाजिक सञ्जालमा धर्मसम्बन्धी एक आपत्तिजनक पोस्टविरुद्ध प्रदर्शन गर्दै उक्त भीड प्रहरी स्टेशन पुगेको थियो।, आक्रोशित भीडले दुई...
सेतोपाटी संवाददाता सप्तरीमा एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।, सप्तरीको राजविराज नगरपालिका वडा नं. ६ का ७२ वर्षिय पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजका निमित मेडिकल सुपरिडेंट डाक्टर रंजित झाले जानकारी दिए। , करिब १० दिनदेखि रुघाखोकी तथा ज्वरो लागेका पुरुषको ...
सेतोपाटी संवाददाता ललितपुरस्थित किस्ट अस्पतालमा मृत्यु भएकी महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, टेकुकी ती ७८ वर्षीया महिलालाई दुई दिनअघि किस्ट अस्पताल भर्ना गरिएको थियो।  उनलाई ज्वरो, झाडापखाला  र बान्ता भएको थियो। अरू अस्पतालले उपचार गर्न नमानेपछि उनलाई पाटन अस्पताल ल्याइएको थियो। पाटन अस्पतालले पनि किस्टमा...
सेतोपाटी संवाददाता स्थानीय प्रशासनले रुकुम पश्चिममा बुधबार बिहान चार बजेदेखि निषेधाज्ञा जारी गरेको छ।, जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढेकाले सोको रोकथामका लागि स्थानीय प्रशासनले बुधबार बिहान ४ बजेदेखि भदौ २ गते सम्म निषेधाज्ञा जारी गरेको छ।, प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले त्यसबीचमा अत्यावश्यक सव...
सुदीप श्रेष्ठ यो स्टोरी यही साउन १० गते कान्तिपुर 'कोसेली' मा प्रकाशित तीर्थबहादुर श्रेष्ठको 'काठमाडौंका रैथाने' शीर्षक लेखको दोस्रो भाग हो। वा, यसलाई त्यसैको 'एडप्टेसन' का रूपमा लिए पनि हुन्छ।, वनस्पतिविद् श्रेष्ठले आफ्नो लेखमा प्रसिद्ध अंग्रेजी लेखक रड्यार्ड किप्लिङको 'नियोलिथिक एज' कविताको एउटा पंक्ति उद्धृत गर्दै ...
सेतोपाटी संवाददाता डोटीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तीन जनाको नामठेगाना खुलेको छ।, दुर्घटनामा मृत्यु हुनेमा अछामको बान्नीगढी जयगढ गाउँपालिका ३ का ५९ वर्षीय पदम साउद, चौरपाटी गाउँपालिका ७ का ३१ वर्षीय टीकाराम विक र साँफेबगर नगरपालिका २ का ५५ वर्षीय लक्ष्मीदेवी विक रहेको प्रहरीले जनाएको छ।, मृतकको शव परीक्षणक...
सेतोपाटी संवाददाता सल्यानमा १२ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।, पक्राउ पर्नेमा जिल्लाको शारदा नगरपालिका वडा नं. ६ बरला निवासी २७ वर्षीय प्रकाश परियार छन्।, परियारमाथि जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. ३ घर भई हाल शारदा नगरपालिका वडा नं. ६ बरलामा बस्दै आएकी १२ वर्षीया एक...
एजेन्सी मेक्सिकोको स्वास्थ्य मन्त्रालयले मंगलबारमात्रै त्यहाँ कोरोना भाइरसका छ हजार छ सय ८६ नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ।, भाइरस संक्रमणबाट एकै दिन नौ सय २६ जनाको ज्यान गएको छ।, अहिलेसम्म चार लाख ९२ हजार पाँच सय २२ जना भाइरसबाट संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या ५३ हजार नौ सय २९ पुगिसकेको  छ।, त्यहा...
सेतोपाटी संवाददाता धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् ५५ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।, मोरङ स्थायी घर भएका पुरूषको बुधबार राति १ बजेर २० मिनेट जाँदा मृत्यु भएको अस्पतालका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए।, ‘रूघाखोकी, श्वासप्रश्वासमा समस्या भएको, ज्वरो आएको सिकिस्त बिरामी २...
सेतोपाटी संवाददाता जनकपुर उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण गिरीको निधन भएको छ। कोरोना संक्रमित गिरीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा  मंगलबार राति निधन भएको हो।, पारिवारिक स्रोतका अनुसार ७३ वर्षीय गिरी मुटु रोगी थिए। उनलाई कोरोना संक्रमण देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।, उनका छोरा डा. सन्तोष ...
एजेन्सी भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ लाख २९ हजार छ सय ३८ पुगेको छ।, जसमध्ये छ लाख ४३ हजार नौ सय ४८ सक्रिय केस रहेका छन् भने १६ लाख ३९ हजार पाँच सय ९९ संक्रमणबाट मुक्त भएका छन्।, बुधबारमात्र ६० हजार नौ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् भने आठ सय ३४ जनाको ज्यान गएको छ।, ज्यान गुमाउनेको कुल संख्या भा...
सेतोपाटी संवाददाता झापामा अस्पताल चहार्दाचहार्दै मृत्यु भएका कन्काई नगरपालिका वडा नम्बर ५ का १७ वर्षीय किशोरको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।, मेची अञ्चल प्रादेशिक अस्पताल भद्रपुरमा मंगलबार बिहान उनको मृत्यृपछि स्वाब संकलन गरिएको थियो। साँझ उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ।, फुटबल खेल्दा बलले छात...
राजेश घिमिरे भरतपुरमा कोभिड-१९ परीक्षण प्रयोगशालाको स्थापना भएको ४ महिनाभन्दा बढी भयो। २०७६ सालको चैत २० गते भरतपुर महानगरपालिका र भरतपुर अस्पतालको पहलमा यो प्रयोगशाला स्थापना भएको थियो।, स्थापनाको चार महिना बितिसक्दा पनि यहाँका प्राविधिक तथा कर्मचारीहरूले सरकारले दिने भनेको प्रोत्साहन भत्ता प्राप्त गरेका छैनन्। जबकी ...
सेतोपाटी संवाददाता धनुषामा दुई मोटरसाइकल आपस ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, गएराति धनुषाको महेन्द्रनगरबाट जनकपुरधाम आउने क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलियामा दुई मोटरसाइकल आपस ठोक्किँदा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ वकिल टोलका २२ वर्षीय अशोक यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मकेन्द्र कु...
दिपकजंग शाही वीरेन्द्रनगर–३ मसुरीखेतका कृषक लक्ष्मी न्यौपाने यो वर्ष आफूले लगाएको धान उत्पादनमा गिरावट आउने कुरामा चिन्तित छन्। मध्य असारमै धान रोपेका न्यौपानेले अहिलेसम्म पनि युरिया प्रयोग गर्न पाएका छैनन्।, धान रोपेको १५ देखि २५ दिनभित्र युरिया छरिसक्नुपर्छ। उनले धान रोपेको करिब डेढ महिना पुग्यो।, 'मलबिनै धान रोप्यौ...
सेतोपाटी वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ।, वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६-७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५३१ मुद्दा दर्...
सेतोपाटी कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास सुरू भएको छ।, सोमबार दिउँसो १:३० बजेको रेकर्डअनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ। कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार बिहान ८ बजेको रेकर्डमा आठ मिटर ८० सेन्टिमिटर रहेको थियो।, कर्णालीको ठूलीगाड, सेती र भेरी नदीमा पनि...
सेतोपाटी धनुषामा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ।, विदेह नगरपालिका वडा नं. ८ निवासी ६० वर्षीय पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।, जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड १९ विशेष अस्पतालमा करिब २० दिन देखि आईसीयुमा उपचाररत रहेका सो पुरुषको गए र...
सेतोपाटी संवाददाता डोटीमा घर भत्किँदा परिवारका ४ जनाको मृत्यु भएको छ।, गएराति २ बजे आर्दश गाउँपालिका वडा नम्वर १ बाजककनी वस्तीका ४० वर्षीय लोवे लुहारको माटो र ढुँगाले बनेको तीन तले कच्ची घर भत्किँदा परिवारका ४ जनाको मृत्यु भएको हो।, मृत्यु हुनेमा ३५ वर्षीया श्रीमती बिष्ना लुहार, ११ वर्षीय छोरा पारस लुहार, ५ वर्षीय छोर...
एजेन्सी कोभिड–१९ खोपको विश्वका सबै व्यक्तिमा पहुँच पुर्‍याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ।, सोमबार जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम घेब्रियससले भने, 'यो धेरै पैसा जस्तो लाग्छ र यो हो पनि।', स्वास्थ्यका लागि प्रयोग ...
सेतोपाटी लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव अत्यधिक बढेको छ।, नदीमा पानीको बहाब बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले स्थानीयवासीलाई आग्रह गरेको छ।, डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ।, सेती नदीमा गरिएको पानी...
सेतोपाटी संवाददाता विगत सात वर्षदेखि पानी परेपछि हिलाम्मे र घाम लागेपछि धुलाम्मे हुने सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाईपासका स्थानीय आन्दोलित भएका छन्।, मंगलबार बिहान बालाजु बाइपासमा सडक विस्तारलाई तीव्रता दिन र तत्काल कालोपत्रे गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन्।, प्रदर्शनका क्रममा स्थानीयले 'सरकार बा...
प्रकाश ढुंगाना गोंगबुमा आइतबार  बिहान सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको अण्डकोषमा हानेर हत्या गरेको खुलेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न  भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको छ।, पत्र...
सेतोपाटी संवाददाता सल्यानमा कर्तव्य ज्यान मुद्दामा अदालतद्धारा २० वर्ष कारावासको सजाय तोकिएका एक फरार प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन्।, जिल्लाको साविक निगालचुला गाविस वडा नं. २ निवासी हाल ६६ वर्षीय ईन्द्रे कामी बिक्रम संवत २०५५ साल कात्तिक ५ गते दिउँसो स्थानीय २३ वर्षीय मनबहादुर कामीको बञ्चरो प्रहार गरि हत्या गर...