content
stringlengths
20
64.1k
सेतोपाटी बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका दुई जनालाई प्रहरीले सोमबार अपराह्न नियन्त्रणमा लिएको छ।, जिल्लाको पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।  , नियन्त्रणमा लिइएका ती दुबै जनामाथि पुर्चौडीकै न्वादेउ स्वास्थ्यचौकी अन्तर्गतको न...
नारायण खड्का कोरोना भाइरस संक्रमित रुकुम पश्चिमकी एक महिलाले जन्माएको बच्चाको मृत्यु भएको छ।, रुकुमको चौरजाहाी निवासी २८ वर्षीया ती महिलाले साउन २४ गते राति साढे ९ बजेतिर नेपालगञ्ज मेडिकलकलेज शिक्षण अस्पताल कोहलपुरमा छोरालाई जन्म दिएकी थिइन्।, अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले उपचारका क्रममा ती बच्चाको...
सेतोपाटी संवाददाता नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएका अछामका एक व्यक्तिमा मृत्यु पछि कोरोना भाइरसको पुष्टि भएको छ।, अछामको चौरपाटीका ५० वर्षीय पुरूक्षको उपचारका क्रममा साउन २५ गते मृत्यु भएको थियो।, अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।, ‘मृत्यु हुनुभन्दा पहिले नै उह...
सेतोपाटी संवाददाता बाजुरामा एक गर्भवतीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ।, जगन्नाथ गाउँपालिका वडा नम्बर ३ की २१ वर्षीया संगीता भण्डारीको हेलिकप्टरमार्फत् उद्धार गरी सुर्खेत लगिएको हो।, पेटमा दुई बच्चा भएकाले सुत्केरी गराउन समस्या भएर राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् हवाई उद्धार गरी सुर्खेत पठाइएको बाजुराका प्...
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका-८ बेलुवाका ४० वर्षीय मानबहादुर विक ड्राइभर हुन्।, उनी दाङ-काठमाडौं रुटमा ना ६ ख ९३७ नम्बरको बस चलाउँथे। गाडी चलाउँदा तलब र भत्ता गरी महिनामा ४० हजारसम्म कमाइ हुन्थ्यो। त्यही कमाइले उनी ६ जनाको परिवार चलाउँथे।, चैत ११ गतेदेखि उनले चलाउने बस थन्केको छ। अझै कहिले उनका हात स्टेरिङमा पर...
सेतोपाटी संवाददाता भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले लामो दूरीको यातायात भदौ मसान्तपछि मात्रै सञ्चालन हुने बताएका छन्।, सेतोपाटीसँग कुराकानी गर्दै मन्त्री नेम्वाङले अहिले चलिरहेका छोटो दूरीका सवारी साधनहरु भने सञ्चालन भइरहने बताए।, 'काठमाडौंमा सार्वजनिक सवारी साधनहरु अहिले जसरी नै चल्छन्। हामीले १ गत...
सेतोपाटी संवाददाता उच्च अदालत पाटनले रेल विभागको मेट्रो तथा मोनोरेल विकास आयोजनाले निकालेका दुईवटा बोलपत्र आह्वान सम्बन्धी सूचना यथावत राख्ने यस अघिको आदेशलाई खारेज गरेको छ।, मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले यसअघिको आदेशलाई निरन्तरता दिनु नपर्ने बताएको हो। काँकडभित्ता देखि इनरूवासम्म ...
नारायण महर्जन मंगलबार देशभरि कृष्ण जन्माष्टमी मनाइँदै छ।, वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक यो पर्व मनाउँदैछन्।, ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता  श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्र...
सेतोपाटी संवाददाता दाङको नारायणपुरमा मोटरसाइकल दुर्घटनामा परी एकजना १८ वर्षीय युवकको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १० झारबैरा निवासी १८ वर्षीय विमल डाँगीको मंगलबार बिहान आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।, जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काका अनुसार बिहान करिब साढे ३ बजेतिर डाँगीले च...
सेतोपाटी संवाददाता नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डे उपरथीमा बढुवा भएका छन्।, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी पाण्डेलाई उपरथीमा बढुवा गरेको रक्षा मन्त्रालय निकट स्रोतले सेतोपाटीलाई बतायो।, पाण्डे उत्तर पश्चिम पृतना सुर्खेतमा कार्यबाहक पृतनापतिको रूपमा कार्यरत छन्।, गत साउन पहिलो सातासम्म पाण्डे नेप...
सेतोपाटी संवाददाता पाल्पाको तिनाउमा एकजना व्यक्ति मृत फेला परेका छन्। तिनाउ गाउँपालिका वडा नं. ३ का २४ वर्षीय इन्द्र बहादुर लम्तरी मृत फेला परेको दोभान प्रहरीले जनाएको छ।, पाल्पाका खानीबाट ढुंगा गिट्टी बोक्ने टिपरका सहचालक रहेका लम्तरी घरनजिकैको पौवामा मृत फेला परेको प्रहरीले जनाएको छ। खुट्टामा रगत लागेको र घाँटीमा नि...
युनिक श्रेष्ठ आइतबार बिहानै झमझम पानी परिरहेको थियो। पानी परिरहेका बेला गोंगबुको नवज्योति मार्गका स्थानीय सडकमा एउटा सुटकेश देखे। त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरे-   यहाँ एउटा सुटकेश छ, त्यसबाट रगत बगरिरहेको छ।  , सुटकेशभित्र शव हुन सक्ने ठानेर प्रहरी टोली बिहान ७ बजेतिर घटनास्थलमा पुग्यो।  , महानगरीय प्रहरी परिसर क...
सेतोपाटी संवाददाता चितवनमा मंगलबार राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय भएको छ।, जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अन्य जिल्लाबाट लुकीछिपी आउने प्रवृत्ति रोक्न र जिल्लाभित्र समेत रातिको समयमा मानिसहरूको आवागमन नियन्त्रण गर्न जिल्लाभित्र गुड्ने सवारी साधन र मानिसहरूको पैदल आवागमनमा रोक लगा...
सेतोपाटी संवाददाता मंगलबार देशका विभिन्न ठाउँमा ६ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६ सय ३८ जना संक्रमित थपिएका हुन्।, यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्प...
सेतोपाटी संवाददाता काठमाडौं उत्यकामा पहिलोपटक एकैदिन १ सय ३४ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय ३४ जनामा संक्रमण पुष्टि भएको जनाए।, संक्रमितमध्ये काठमाडौंका ११०,  ललितपुरका १६ र भक्तपुरका ८ जना छन्।, उनीहरूको उपत्यकाक...
सेतोपाटी संवाददाता सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ।, कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।, मन्त्रिपरिषदले गरेको निर्णय मंगलबार सार्वजनिक गर्दै खतिवडाले भने, ‘शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तका...
सेतोपाटी संवाददाता सरकारले होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाइने नियम पुन: लागू गरेको छ।, साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने नियम लागू भएकोमा र कोरोना महामारी बढेकोले फेरि टेक अवेमात्रै गर्न मिल्ने बनाइएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।, ‘होटल रेष्टुरा खोल्ने भनिएको थियो। अब होटल र रेष्टुराब...
सेतोपाटी संवाददाता बाँकेको ग्लोबल आइएमई बैंकका १३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।, त्यस्तै कोहलपुर मेडिकल कलेजका एक चिकित्सकसहित ७ जना पनि कोरोना संक्रमित पाइएको बाँके जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।, 'ग्लोबल आइएमईका १३ जना कर्मचारी, कोहलपुर मेडिकल कलेजका चिकित्सकसहित ७ जना र अन्य गरी बाँके जि...
सेतोपाटी संवाददाता सरकारले रुकुमकाे चौरजहारी घटनामा ज्यान गुमाएका सदस्यका परिवारलाई प्रतिसदस्य १० लाखका दरले प्रदान गर्ने भएको छ।, सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै प्रवक्ता युवराज खतिवडाले सो जानकारी गराए।, सो घटनामा ६ जनाले ज्यान गुमाएका थिए। घटनामा नवराज बिक, गणेश बुढा मगर, सञ्जु विक, ...
राजेश घिमिरे भरतपुरस्थित चितवन मेडिकल कलेजमा एक महिलाले ५ किलो ५० ग्राम तौलको बच्चालाई जन्म दिएकी छन्।, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीकी ३० वर्षीया सिता लोप्चन डिम्डुङ आइतबार स्वास्थ्य जाँचका लागि अस्पताल आइपुगेकी थिइन्। तत्कालै भिडियो एक्स-रे गर्दा बच्चाको तौल साढे ४ किलोभन्दा बढी देखिएपछि चिकित्सकहरुल...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा सोमबार २४ जना कोरोना संक्रमित थपिएका छन्।, प्रदेश अस्पताल सुर्खेत र दैलेख अस्पतालका प्रयोगशालामा २८६ जनाको स्वाब परीक्षण गरिएकोमा २४ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।, सोमबार थपिएकामध्ये सुर्खेतका १ जना, सल्यानका ६ जना र दैलेखक...
सेतोपाटी संवाददाता धनुषामा आइतबार मृत्यु भएका पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ।, धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का ती पुरूष विगत पाँच दिनदेखि रुघाखोकी, टाउको दुख्ने लगायतका समस्याले ग्रस्त थिए। उनको आइतबार मृत्यु भएको थियो। उनको मृत्युपश्चात् कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको थियो।, आइतबार मृत्...
रासस बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ।, जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्तर्गतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो।, स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको भट्टले बताइन्।, पुर्चौ...
सेतोपाटी संवाददाता सोमबार देशका विभिन्न ठाउँमा ३ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३ सय ३८ जना संक्रमित थपिएका हुन्।, यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पता...
सेतोपाटी संवाददाता पुतलीसडकको एक घरमा आगलागी भएको छ। सोमबार दिउँसो शंकरदेव क्याम्पस अगाडिको घरमा आगलागी भएको हो।, आगो निभाउन दमकल पुगिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।, 'अफिस भएको घरमा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,' उनले भने,'अहिले आगो निभाउने कार्...
सेतोपाटी संवाददाता गोंगबुमा फेला परेका शवको सनाखत भएको छ।, आइतबार बिहान गोंगबुको गणेशस्थान नजिकै सुटकेसमा टाउको काटिएको अवस्थामा फेला परेको शव कृष्णबहादुर बोहोराको भएको खुलेको छ।, 'पहिचान खुलेको खबर छ। अहिले उनी रोल्पा हो कि दाङका हुन् भन्ने यकिन भइसकेको छैन,'प्रहरी स्रोतले सेतोपाटीसँग भन्यो।, सुटकेसमा उनको टाउको थिएन...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरूले आफूले दिने अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन्।, काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावश्यकबाहेकका सबै सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको ...
सेतोपाटी संवाददाता कालीकोट टिपर दुर्घटनाका घाइतेलाई नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले राहत वितरण गरेका छन्।, नरहरिनाथ गाउँपालिका वडा नम्बर १ लालिघाटमा भएको टिपर दुर्घटनामा ज्यान गुमाएका र घाइतेका परिवारलाई नगदसहित राहत रकम शाहीले वितरण गरेका हुन्।, जेठ २४ मा भएको टिपर दुर्घटना र घाइतेका परिवारलाई पाँच हजारका ...
सविता बुढा कञ्चनपुरमा बोक्सीको आरोप लगाउँदै एक महिला र उनका श्रीमानको हत्या गरेको आरोपमा ४ जना पक्राउ परेका छन्।, साउन १६ गते राति एक बजे बेलौरी नगरपालिका वडा नम्वर ७ मा घनश्याम खाती र उनकी श्रीमती बेलुदेवी खातीको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।, पक्राउ पर्नेमा बेलौरी नगरपालिका वडा नम्वर ७ का ५३ वर्षीय प्रका...
रासस विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ। उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो।, महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाएको जानकारी दिए।, सा...
सेतोपाटी संवाददाता कञ्चनपुरमा आइतबार घरभित्र मृत भेटिएकी महिलाको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।, बेलडाँडी गाउँपालिका वडा नम्बर २ की २६ वर्षीया दुरा धामीलाई ३६ वर्षीय श्रीमान तारा धामीले शनिबार राति मदिरा सेवन गरी कुटपिट गरेर हत्या गरेको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपु...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त थानकोटले विवाह गरी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, डिएसपी घनश्याम श्रेष्ठका आइतबार ३ बजे चन्द्रागिरि नगरपालिका-६ थानकोट बस्ने धादिङको सिद्धलेख गाउँपालिका-७ का ३० वर्षीय राजन बिश्वकर्मा पक्राउ परेका हुन्।, राजनले केही महिनाअगाडि एक महिलासँग चिनजान गरेका थिए। उनले ती ...
सेतोपाटी संवाददाता महोत्तरीको रामगोपालपुर नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सिल गरिएको छ।, सोमबार उक्त स्वास्थ्य चौकीका ल्याब टेक्निसियनमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य चौकीलाई आजदेखि एक साताका लागि सिल गरिएको हो।, स्वास्थ्य चौकीलाई सिल गरिए पनि आकस्मिक र प्रसूति सेवा सुचारू नै रहने जिल्ला स्वास्थ्य...
सेतोपाटी संवाददाता किस्ट अस्पताल, ललितपुरमा उपचाररत् ५० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।, काभ्रे स्थायी घर भएकी महिलाको सोमबार बिहान मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर (सिओओ) अमिस पाठकले सेतोपाटीलाई जानकारी दिए।, मृतक महिला निमोनियाका कारण समस्या भएपछि यही २५ गते अस्पताल भर्ना भएकी थिइन्।, सोमबार मृ...
समिक्षा अधिकारी हनुमानढोका घुम्ने कि स्वयम्भू? बिस्कुट खाने कि पाउरोटी? वा पैसा पो लिने कि? होइन, पत्रपत्रिका पढ्छु भने पनि उपलब्ध छन्।, तर, नझुक्किनू है। यी सामग्री वास्तविक होइनन्, २३ वर्षीय निकेश भण्डारीका 'थ्रिडी' चित्रकला हुन्।, सग्लो क्यानभास खुम्चिएजस्तो, प्वाल परेजस्तो, कतै उठेजस्तो वा कतै बसेजस्तो भ्रम थ्रिडी...
सेतोपाटी संवाददाता प्रदेश २ का विभिन्न जिल्लामा अहिलेसम्म ८८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।, भारतसँगको खुल्ला सीमा नाकामा खटिएका तथा लकडाउन कार्यान्वयन गराउने सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक अंशुकुमार सिंहले जानकारी दिए।...
समिक्षा अधिकारी कोरोनाकालसँगै सुरू भएको अनलाइन कक्षाले धेरै प्रश्न जन्माएका छन् जसको जवाफ मिलिसकेको छैन।, साना केटाकेटीलाई लामो समय स्क्रिन अगाडि राख्नु आँखाका लागि मात्र नभई मानसिक स्वास्थ्यमा समेत हानिकारक हुने विभिन्न अध्ययनको निष्कर्ष छ।, नेपालमा पनि सरोकारवालाहरूले इच्छाविपरीत बालबालिकालाई लामो समय मोबाइल कम्प्यु...
सेतोपाटी संवाददाता रुपन्देहीको सियारी गाउँपालिकामा हँसीमजाक गरी उचालेर पछार्दा एक जनाको ज्यान गएको छ।, सियारी गाउँपालिका वडा नं ३ सितापुर बस्ने ४० वर्षीय ओमप्रकाश यादवले स्थानीय ५५ वर्षीय जंगबहादुर बेलदारलाई मादक पदार्थ सेवन गरेको समयमा हँसीमजाक गर्दै उचालेर पछार्ने क्रममा गम्भीर घाइते भएका थिए।, भुईंमा पछारिँदा ढाड र...
रासस बाँकेमा कोरोना पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन्।, सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए। उनका अनुसार, भेरी अस्पतालबाट स्वाब सङ्कलन गरी साउन २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका नेपालगञ्ज उपमहानगरपालिका–२ का ३४ वर...
सेतोपाटी संवाददाता गोंगबुमा क्रुरतापूर्वक हत्या गरिएका व्यक्तिको शव नजिकैकाे घरभित्रैबाट सुटकेसमा हालेर सडक छेउमा फालिएकाे पाइएको छ।  , आइतबार गोंगबुको गणेशस्थान नजिकै सुटकेसभित्र टाउको विनाको शव फेला परेको थियो। शव भेटिएको ३ सय मिटर पर झोलामा टाउको र खुट्टा फेला परेको थियो।, ‘प्रहरीको प्रारम्भिक अनुसन्धानले शव भएको स...
विवेक राई उपत्यकाकै अस्पतालमा लापरबाही, काठमाडौं उपत्यकाका केही अस्पतालहरूले कोरोना संक्रमितलाई दिइने खानामा लापरबाही गरेको पाइएको छ।, गत बिहीबार ललितपुरस्थित पाटन अस्पतालले संक्रमितलाई दिएको खानामा कीरा भेटिएको थियो। तर पनि संक्रमितले कहिलेकाहीँ यस्तै हो भन्ने सोचेर चित्त बुझाए। त्यसपछि फेरि खानामा प्लास्टिकको डोरी भ...
प्रकाश ढुंगाना गोंगबु हत्याकाण्डमा संलग्न भन्दै ,चितवनबाट पक्राउ परेकी, कल्पना शाही र मृतक कृष्णबहादुर बोहराबीच 'आर्थिक लेनदेनका कारण मतभेद रहेको' प्रहरी अनुसन्धानबाट खुलेको छ।, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेकी महिला भाडामा बसेको घरमा मृतकको धेरै आउजाउ हुने गरेको थियो। हत्या भएको रात ती महिला ...
सेतोपाटी वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्।, ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता  श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।, यसदिन दे...
नारायण खड्का आइतबार बिहान काठमाडौंको गोंगबु गणेशस्थानमा सुटकेशभित्र एक अधवैंशे पुरुषको शव फेला पर्यो। नग्न अवस्थामा भेटिएको उक्त शवको शिर र धड अलग थियो।, सोमबार अपराह्न एक जना व्यक्तिको मद्दतले मृतकको पहिचान खुल्यो। उनी दाङ घर भई बालाजु बस्दै आएका कृष्णबहादुर बोहरा रहेछन्।, हामीले मृतक बोहराको आफन्तसँग उनका बारेमा सोध...
सेतोपाटी कोभिड–१९ महामारीका कारण विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका झण्डै आधा लाख नेपाली स्वदेश फर्किएका छन्।, विभिन्न मुलुकबाट गरिएका उद्धार चार्टर्ड उडानमार्फत सोमबारसम्म ४९ हजार ८६१ नेपाली स्वदेश फर्किएका छन्।, नेपालका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी वायुसेवा कम्पनीले नेपा...
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीपुर गाउँपालिका कैलालीका नायब सुब्बा सिद्धराज जोशीलाई घुस लिएको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।, सिलाइकटाइ तालिम, सैलनु र चुरा बनाउने तालिम दिइ सफलतापूर्वक सम्पन्न गरी चेक भुक्तानी गरेपछि सेवाग्राहीसँग घुस माग गर्दै गरेको भन्ने सूचनाका आधारमा कञ्चनपुरबा...
सेतोपाटी संवाददाता गो‌ंगबुमा आइतबार कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाई साेमबार साँझ नियन्त्रणमा लिएको छ।, महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट कल्पना शाहीलाई नियन्त्रणमा लिएको हो।, प्रहरी स्रोतका अनुसार उनलाई चितवनबाट काठमाडौं ल्याइँदैछ। गो‌ंगबुस्थित ती महिला बस्ने घरमा बेला-बेलाम...
सेतोपाटी पहिला सडकमा ट्र्याक्टर मात्र गुड्थे।, गाउँमा आगलागी भयो भने अर्का दिन बिहान दमकल आइपुग्थ्यो।, 'एकचोटी गाउँमा आगलागी भयो, २०० घरमा ४५ घर जोगिए', नरैनापुरका विनय दिक्षीतले भने, 'आगलागीको अर्को दिन बल्ल दमकल आइपुग्यो।', नेपालगञ्जदेखि ३५ किलोमिटरको दूरीमा रहेको नरैनापुर दुर्गम नभए पनि दुर्गम देखिनका लागि अनगिन्ती...
रासस कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन्। यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च रहेको छ। कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने भएकाले भीडभाड हुने जुनसुकै स्थानमा रोग सर्ने जोखिम उच्च रहने नेपाल चिकित्सक सङ्...
सेतोपाटी संवाददाता जनकपुरधाममा लगाइएको निषेधाज्ञा ७ दिनका लागि थपिएको छ। सीमावर्ती जिल्लामा कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकासहित जिल्लाका केही क्षेत्रमा साउन १९ गतेमध्ये रातिदेखि लागु गरिएको निषेधाज्ञा ७ दिनका लागि थपेको हो।, जनकपुरधाम उपमहानगरपालिका क्ष...
रासस राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।, सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको यही साउन २३ गतेको बैठकले सर्वसम्मतिले अनुुमोदन गरेका थिए। विधायन व्यव...
सेतोपाटी संवाददाता रुपन्देहीको सैनामैना नगरपालिका झारबैराका ८६ वर्षीय गोले दङ्गोरिया थारु आइतबार लालपूर्जा पाएपछि खुसी देखिन्थे। , साढे आठ दशक पुरा गरिसक्दा बल्ल आफूले खनजोत गरेको जग्गाको स्वामित्व पाउँदा उनको मुहार खुसी देखिन्थ्यो। , गाउँव्लकमा रहेको उक्त जग्गाको लालपुर्जाको लागि गोलेले धेरै पटक मालपोत र नगरपालिकाको ...
सेतोपाटी संवाददाता सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेलका सुरक्षा गार्ड (पिएसओ) लाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, कोरोना परीक्षणका लागि पौडेल, उनका ड्राइभर र पिएसओको गत शुक्रबार स्वाब संकलन गरिएको थियो।, पौडेल र ड्राइभरको रिपोर्ट भने नेगेटिभ आएको पौडेलनिकट स्रोतले जानकारी दिएको छ।, पिएसओमा ...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी कार्यालय रानिपोखरीका एक जना प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलका अनुसार आइतबार एक जनामा कोरोना पुष्टि भएको हो।, 'अहिलेलाई एक जनामा कोरानाभाइरसको संक्रमण देखिएको छ,' उनले सेतोपाटीसँग भने। , उनका अनुसार संक्रमित भएका प्रहरी कपाल काट्ने क...
सेतोपाटी संवाददाता बझाङमा पहिरोमा बेपत्ता भएका युवकको २८ दिनपछि शव फेला परेको छ।, असार १९ गते राति केदारस्यु गाउँपालिका वडा नम्वर ८ मल्लेसी बस्तीमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका २२ वर्षीय गिरीराज जेठाराको आइतबार शव फेला परेको हो।, उनको शव पहिरो गएको स्थानबाट ८ मिटर तल फेला परेको स्थानीय गोरख जेठाराले बताए। सोही पहि...
सुजना ढकाल वीरगन्ज महानगरपालिका- २ छपकैयाकी विष्णु लामालाई साउन १९ गते हल्का ज्वरो आएको थियो। उनी आफ्नी आमा र छोरीसँग बस्थिन्।, जनैपूर्णिमा परेकाले त्यो दिन उनी किनमेल गर्न बजार गएकी थिइन्। वीरगन्जमा गर्मी छ। गर्मी छल्न उनले चिसो पानी र कोक पिइन्। हल्का ज्वरो त छँदै थियो, त्यसपछि भने रूघा पनि लाग्यो।, चिसोले ज्वरो आएक...
सेतोपाटी संवाददाता बाँकेमा कोरोनाभाइरसका कारण एक महिलाको मृत्यु भएको छ।, कोहलपुर नगरपालिका- २ की ७० वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।, कोहलपुर मेडिकल कलेजमा आइतबार दिउँसो ३ बजे ती महिलाको मृत्यु भएको थियो।, उनलाई निमोनियाको लक्षण देखिएको हुँद...
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोनाभाइरस संक्रमित प्रहरीको संख्या एक सय पुगेको छ। , आइतबार थप १० जनामा संक्रमण देखिएपछि कुल संक्रमित संख्या एक सय पुगेको केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए। , ‘आजसम्म कुल संक्रमित संख्या एक सय पुगेको हो,’ एसएसपी कडायतले सेतोपाटीसँग भने, ‘हेडक्वाटर...
विवेक राई कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको 'रेम्डेसिभिर' नेपालमा पनि प्रयोगमा ल्याउन सकिने सम्भावनाबारे अध्ययन अघि बढाइएको छ।, अमेरिका, युरोप र भारतमा यसको प्रयोगमा सफलता देखिएपछि नेपालमा पनि यसको प्रभावकारिताबारे अध्ययन सुरु गरिएको हो। यसको लागि स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जि...
सेतोपाटी संवाददाता आइतबार बिहान काठमाडौंको गोंगबु गणेशस्थानमा सुटकेशभित्र भेटिएको शवको अझै सनाखत हुन सकेको छैन।, सनाखत नभएपछि अनुसन्धानमा जुटेका प्रहरी अधिकारी पनि अलमलमा परेका छन्। , 'अहिलेसम्म शवको सनाखत हुन सकेको छैन,' महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले भने, 'मृतक ४०–४५ वर्षका जस्ता देखिन्छन्।' , आइतबार बि...
रासस भारतबाट गत माघमा रेल सेट ल्याउने तयारी भए पनि कोभिड-१९ का कारण ढिलाइ भएको छ। भारतबाट ल्याइएको सेट सीमामा रोकिएको रेल विभागले जनाएको छ। सरकारले खरिद गरेको सो रेल सेट सीमामा आइसकेर पनि नेपाल ल्याउन नसकिएको विभागका महानिर्देशक बलराम मिश्रले बताए।, सबै प्रक्रिया पूरा गरेर ल्याएपछि त्यसको परीक्षण गरिने उनको भनाइ छ। प्...
सेतोपाटी संवाददाता हेटौंडा उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ।, भोलि सोमबार राति १२ बजेदेखि लागू हुनेगरी साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको मकवानपुर जिल्ला प्रशासन कार्यालयले जनाएको छ।, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस समुदायस्तरमै संक्रमण बढ्न...
सेतोपाटी संवाददाता सल्यानमा काम दिने प्रलोभन देखाएर किशोरीमाथि बालात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।, जिल्लाको शारदा नगरपालिका-१ का ४५ वर्षीय हिमलाल बुढाथोकीले सोही  नगरपालिका-१२ की १५ वर्षीया एक किशोरीलाई आफ्नो होटेलमा काम दिने प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ।, साउन २३ गते बेलुका साढे ...
सेतोपाटी बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ कि १७ वर्षीया गर्भवती सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरिएको छ।, सुत्केरी व्यथा लागेर सो स्थानकी लक्ष्मी गुरुङलाई सुरूमा भिमगिठे स्वास्थ्यचौकी लगिएको थियो। , नवजात शिशु जन्मनुभन्दा पहिले नै साल खसेर  शिशुको हात बाहिर निस्केका कारण सो स्वास्थ्यचौकीले सुत्केरी गराउन सम्भव नभ...
सेतोपाटी पहिरोका कारण यही साउन १९ गतेदेखि अवरूद्व पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ।, धुञ्चे, स्याफ्रुबीच ठूलोभार्खु डाँडामा सडक सतहमा भाँसिन गई  राजमार्ग आवरुद्ध भएको थियो। , राजमार्गको कुनातर्फबाट नयाँ ट्र्याक तयार गरी आइतबारबाट सवारी यातायात सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए।...
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढोरपाटन नगरपालिका बाग्लुङका इञ्जिनीयर मिलन अधिकारीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।, उपभोक्ता समितिबाट भएको सडक निर्माणसम्बन्धी योजनाको भुक्तानी दिएवापत अधिकारीले विभिन्न बहाना बनाइ घुस मागेको पाइएको आयोगले जनाएको छ।, इञ्जिनीयर अधिकारीले सेवाग्राहीबाट एक लाख ...
सेतोपाटी संवाददाता भारी वर्षापछि आएको बाढीले बाजुरा जोड्ने साँफे-मार्तडी सडकमा पर्ने ४५ मिटर लामो ८० लाख लागतमा निर्माण भएको बेलिब्रिज बगाएको छ।, बडिमालिका नगरपालिका-२ जडंगा भन्ने ठाउँमा आएको बाढीले बेलिबिज्र बगाएको हो।, पुल बगाएपछि सडकखण्ड पूर्णरूपमा अवरूद्ध भएको छ।, बाढीले सोही क्षेत्रका घागर, भौनेरा,लगायतका बस्तीका...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थप तीन जना प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, कार्यालयमा गरिएको परीक्षणमा आइतबार राति थप तीन जनामा संक्रमण देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए।, संक्रमित प्रहरीहरू कन्ट्रोलमा कार्यरत थिए। रानीपोखरीको कन्ट्रोलमा एक सयभन्दा बढी प्रहरीहरू छन्।, ...
सेतोपाटी संवाददाता गएरातिदेखिको अविरल वर्षाका कारण धनगढी बजार क्षेत्र डुबानमा परेको छ।, पानी निकासको उचित व्यवस्थापन हुन नसक्दा बजारका क्षेत्रका ४ वटा कच्ची घर डुबानमा परी क्षति गरेको जिल्ला प्रहरी कार्यालयका सह-प्रवक्ता हिक्मत थापाले जानकारी दिए।, क्याम्पस चोकमा रहेका उक्त घरहरू पूर्णरूपमा डुबानमा परेपछि क्षति पुर्‍य...
सेतोपाटी संवाददाता नेपाल खानेपानी संस्थान बुटवल रुपन्देहीका कार्यालय प्रमुख इन्जिनियर सन्तोष साहलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।, विभिन्न सेवाग्राहीबाट घुस रकम उठाई काठमाडौं जाँदै गरेको सूचनाको आधारमा साहलाई अख्तियार केन्द्रीय कार्यालयको टोलीले धादिङबाट नियन्त्रणमा लिएको हो।, लु १ ञ ९...
सेतोपाटी कैलालीको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन्।, टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं ६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी र वडा नं ९ बैदीका तपेन्द्र साउद र भुवन साउद घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।, घाइतेमध्ये दिनेश साउ...
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक पुरूषको मृत्यु भएको छ।, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको कोभिड-१९ उपचार केन्द्रमा साउन १७ गतेदेखि उपचार गराइरहेका पोखरा महानगरपालिका वडा नम्बर १९ निवासी ६२ चर्षीय एक पुरूषको मृत्यु भएको हो।, प्रतिष्ठानद्वारा आइतबार जारी विज्ञप्तिमा संक्रमित ती पुरूषको...
सेतोपाटी कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म  विदेशमा मृत्यु हुने नेपालीको संख्या १९१ पुगेको छ।, गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीको निधन भएको थियो। शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले निधन भैसकेको छ।, सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव साप...
सेतोपाटी डडेल्धुरामा श्वासप्रश्वासमा समस्यामा देखिएकी एक महिलाको अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको छ।, श्वाशप्रश्वासमा समस्या आएर डडेल्धुरा अस्पतालमा उपचाररत रहेकी ३८ वर्षे महिलालाई धनगढी रेफर गरिएपछि शनिबार राति ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।, उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।, मृतकको स्वा...
सेतोपाटी संवाददाता प्रदेश ५ प्रदेशसभा सदस्य कृष्णा केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ।, बाँके क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित केसीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो।, सांसद केसीले शनिबार राति ९ बजे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको बताएकी छन्।, उनले विश्व महाम...
रासस भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। ,शनिबार राति बा १९च ३३८४ नम्बरको जीप र बा६६प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्...
सेतोपाटी जुम्ला, डोल्पा र जाजरकोट जिल्ला जोड्ने दानसाँघु पक्की पुल नौ वर्षपछि निर्माण सम्पन्न भएको छ।, विसं २०६८ असारदेखि निर्माणकार्य थालनी गरिएको ६० मिटरको सो पुल २०७१ असारमा निर्माण सम्पन्न सम्झौता भए पनि २०७७ असारमा सम्पन्न भएको हो।, विसं २०७२ मा तत्कालीन प्रमुख ई. हरिप्रसाद शर्मा बहाल हुँदा पुलको डिजाइन काम नलाग्...
रासस मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजिक रेखा रहेकाले सोमबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ। , मंगलबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। यही साउन २७ गतेसम्म देशभर मनसुनी गतिविधि बढ्ने जनाइएको छ।, जल  तथा मौसम विज...
सेतोपाटी संवाददाता वीरगन्जमा शुक्रबार राति मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार राति सवा एक बजे मृत्यु भएकी उनको पछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको कोरोना अस्तपाल गण्डकका डाक्टर जेपी जैसवालले जानकारी दिए।, उनमा श्वासप्रश्वासको समस्या देखिएपछि शुक्रबार मध्यरातमा गण्डक ...
सेतोपाटी संवाददाता नेपालका लागि किर्गिस्तानका कन्सुलर रहेका शंकर ग्रुपका संचालक शुलभ अग्रवाल पक्राउ परेदेखि काठमाडौंको नक्सालमा रहेको कन्सुलर कार्यालय अनिश्चित कालका लागि बन्द भएको छ।, नक्सालमा रहेको सो कार्यालय चार महिनादेखि बन्द रहेको छ।  थर्मल गन कालोबजारीमा नेपालकै प्रतिष्ठिन घरानियाका शंकर ग्रुपका संचालक अग्रवाल ...
सेतोपाटी कोरोना विरूद्ध लड्न सरकार गम्भीर बन्ने लिखित सम्झौतापछि अनशनरत ईःले अनशन तोडेका छन्।, उनले २३ औं दिनमा अनशन तोडेका हुन्।, उनलाई सरकारकोतर्फबाट पानी पिलाउँदै स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता समिर अधिकारीले अनशन तोडाएका हुन्।, सरकार र ईः बिच दोस्रो पटक सहमति भएको हो। ईः पहिलोपटक असार २२ गते अनशनमा बसेका थिए। ,...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ।, स्वास्थ्य मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार उपत्यकामा संक्रमित संख्या एक हजार ४४ पुगेको छ।, तीमध्ये काठमाडौंका ८२२, ललितपुरका १३७ र भक्तपुरका ८५ जना छन्।, अहिले उपत्यकामा संक्रिय संक्रमितको संख्या भने ८ सय ६ छ। शनिबार उपत्यकामा ६२ ...
प्रशन्न पोखरेल देशभरका विभिन्न नदी र खोलामा रहेका ४५ वटा तुइन हटाउन नसकिने अवस्थामा छन्।, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभाग सस्पेन्सन बृज डिभिजन श्रीमहल पुल्चोकले दिएको जानकारीअनुसार ४५ ठाउँका तुइन हटाएर त्यहिँ झोलुंगे पुल बनाउन मिल्दैन।, यो पनि:, फूलमाया र कृष्णप्रसाद अझै तुइ...
एजेन्सी भारतको आन्ध्रप्रदेशमा कोरोनाभाइरसका संक्रमित राख्न प्रयोग गरिएको होटलमा आगलागी हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ।, हिन्दुस्तान टाइम्सका अनुसार विजयवाडामा रहेको उक्त होटलमा आइतबार बिहान पाँच बजेतिर आगो लागेको हो। होटलभित्र रहेका २० जनाको उद्धार गरिएको छ।, होटलभित्र ३० कोरोना संक्रमित र १० स्वास्थ्यकर्मी थिए। ...
सेतोपाटी संवाददाता सरकारले लकडाउन हटाएसँगै पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा कोरोनाभाइरसका संक्रमितको संख्या दिनदिनै बढिरहेको छ।, झन्डै ४ महिना लकडाउन गर्दा पनि कोरोना संक्रमण नियन्त्रणमा नआएपछि लकडाउन हटाएको सरकारले नागरिकहरूले आफूलाई सुरक्षित राख्न विभिन्न मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ।, कोर...
सेतोपाटी संवाददाता विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण विदेशमा मात्र १ सय ९१ जना नेपालीको मृत्यु भएको छ।, गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप २ जनाको कोरोनाका कारणले निधन भए पछि विदेशमा मृत्यु हुने नेपालीको संख्यामा वृद्धि भएको हो।, शनिबार साँझसम्म नेपालसहित विश्वभर २ सय ...
सेतोपाटी संवाददाता बाजुरामा पहिरोमा परेर एक बालकको मृत्यु भएको छ। गएराति ८ बजे पहिरो खस्दा गौमूल गाउँपालिका वडा नम्वर ४ का १२ वर्षीय अनिल विकको मृत्यु भएको हो।, उक्त पहिरोमा मृतक बालकका ६० वर्षीय हजुरबुबा भिके कामी घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।, उनीहरु घरबाट डाँडाबाडा भन्ने ठाउँमा ग...
रासस जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ बजेदेखि मङ्गलबार राति १२ बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ।, सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन। जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै समयमा उक्त क्षेत्र सिल गरेको जानकारी दिइएको छ।, जिल्ला प्रशासन का...
युवराज श्रेष्ठ पोखरा-१९ का ६२ वर्षीय पुरुष ज्वरो, रूघाखोकीले ग्रस्त भएर आफैं अस्पताल गए। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा साउन १६ गते भर्ना हुन पुगेका उनको स्वाब निकालेर कोरोना परिक्षण गर्दा नतिजा पोजेटिभ आयो। त्यसपछि अस्पतालकै आइसोलेसनमा बसे।, उनी मधुमेहका बिरामी थिए। उनलाई आइसोलेसनमै राखेर अस्पतालका चिकित्सकले निगरान...
सेतोपाटी संवाददाता धनुषामा कोरोनाको जस्तै लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ। मिथिला विहारी नगरपालिका वडा नम्बर ५ घर रहेका ती पुरुषमा केही दिन यतादेखि रुघाखोकीकाे समस्या रहेकोमा आज उनको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।, उनको शव व्यवस्थापनका नेपाली सेनाको टोली त्यहाँ पुग्...
सेतोपाटी संवाददाता प्रहरीले चन्द्रागिरीबाट एक किलो १ सय ६० ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ। शनिबार दिउँसो २ बजे चन्द्रागिरी नगरपालिका-५ दाउराडिपोस्थितको टहराबाट ४२ वर्षीय देवेन्द्र थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो।, उनी मकवानपुर थाहा नगरपालिका-७ का हुन्। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले विशेष ...
सुरेन्द्र फुयाल कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायहरूबारे त तपाईं-हामीले अहिलेसम्म धेरै नै पढिसकेका छौं, धेरै नै सुनिसकेका छौं। तर, घना बस्ती भएका ठाउँमा हिँडडुल गर्न बाध्य हुनेहरूका लागि कोरोना भाइरसबाट जोगिन अहिले विज्ञ चिकित्सकहरूले केही सामान्य र व्यवहारिक सुझाव दिइरहेका छन्।, कोभिड-१९ को विश्वव्यापी महामारी नेप...
सेतोपाटी संवाददाता कञ्चनपुरमा घर भित्र एक महिला मृत भेटिएकी छन्।, बेलडाडी गाउँपालिका वडा नम्वर २ की अन्दाजी २६ वर्षीया दुरा धामी आइतबार विहान मृत भेटिएकी हुन्।, गएराति घरमा झगडा र कुटपिट भएको भन्ने खबर प्रहरीमा पुगेको थियो।, विहान प्रहरीको टोली पुग्दा ती महिला मृत फेला परेकी कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थ...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा आइतबार ९ जना कोरोना संक्रमित थपिएका छन्।, प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रहेको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा ९ जनालाई कोरोना पोजेटिभ देखिएको हो।, सुर्खेतका २, दैलेखका १, जुम्लाका ४ जना र कालिकोटका २ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास...
राजेश घिमिरे रामको जन्मभूमि अयोध्या भारतमा होइन, चितवनको अयोध्यापुरीमा पर्छ भन्ने प्रधानमन्त्रीको भनाइपछि पुरातत्व विभागले स्थलगत अध्ययनमा सक्रियता देखाएको छ। स्थानीयबासी पनि जुर्मुराएका छन्। यही क्रममा प्रधानमन्त्रीले माडीका जनप्रतिनिधिसँग शनिबार बालुवाटारमा छलफल गरे।, तर, भारतले समेत मान्दै आएको वाल्मीकि आश्रम वर्षौ...
सेतोपाटी संवाददाता पाल्पामा बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार राति प्रहरीले नुवाकोट बेलकोटगढी नगरपालिका-१ घर भई नवलपरासी देउचुली नगरपालिका-४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र ३७ वर्षीया यममाया कुमाललाई पक्राउ गरेको हो।, उनीहरूले रामपुर नगरपालिका-८ सिद्धबाबास्थित कालीगण्डकी नदीक...
सेतोपाटी संवाददाता कैलालीमा ३ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा दाेषी ठहर भएका एक युवा ५ वर्षपछि पक्राउ परेका छन्।,  , ९ वर्ष जेल सजाय सुनाइएका गौरीगंगा नगरपालिका ३ का २१ वर्षीय अर्जुन चौधरी शनिबार पक्राउ परेका हुन्।,  , २०७२ भदौ १३ गते घरमा सुतिरहेकी बालिकालाई जंगलमा लगेर अर्धचेतन अवस्थामा बलात्कार गरेका ...
सेतोपाटी संवाददाता समुदायमा गरिएको नमूना पिसिआर परीक्षणमा कपिलवस्तुको तौलिहवामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, आइतबार मध्यान्न साढे १२ बजे आएको पिसिआर रिपोर्ट अनुसार तौलिहवाका १६ र कृष्णनगर नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो।, जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तौलिहवा बजारमा गरिएको परीक्षणमा पान पसल ...
सेतोपाटी संवाददाता आइतबार कोरोना भाइरसका तीन सय ८० जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विगत २४ घण्टामा जनामा आठ हजार आठ सय १५ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा ३ सय ८० जनामा कोरोना पुष्टि भएको हो।, अब नेपालमा कोरोना संक्रमितको संख्या २२ हज...
सेतोपाटी संवाददाता आइतबार काठमाडौं उपत्यकामा ९२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ९२ जना संक्रमित थपिएको जानकारी दिए।, आज थपिएका संक्रमितमध्ये काठमाडौंका ९० र  ललितपुरका २ जना छन्। उनीहरूको उपत्यकाका सात वटा प्रयोगशाल...