content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता सरकारले कोरोना परीक्षणको लागि काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकाबाट स्वाब संकलन गर्न थालेको छ।, उपत्यका प्रवेश गर्ने मुख्य नाका थानकोट, फर्पिङ र साँगाबाट स्वाब संकलन गर्न थालिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए।, 'हामीले काठमाडौं प्रवेश गर्ने तीन नाकाबाट कोर...
सेतोपाटी संवाददाता वीरगञ्जको जगदम्बा इन्टरप्राइजेजका सिइओसहित ४ जना मजदूर कोरोना संक्रमण देखिएपछि मंगलबारदेखि उद्योगलाई सिल गरिएको छ।, अर्को सूचना जारी नभए सम्मका लागि स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको अनुमति बिना उद्योग प्रवेशमा रोक लगाउने गरी उद्योग सिल गरिएको हो।, लकडाउनको समयमा समेत भारतबाट मजदूर ल्याएर काम गरा...
सेतोपाटी संवाददाता सवारी चालकहरूसँग विभिन्न वहानामा पैसा लिने चार जना प्रहरी कारबाहीमा परेका छन्।, बागमती प्रहरी प्रदेश कार्यालयले विशेष अभियान थालेर आर्थिक प्रलोभनमा पर्ने चार प्रहरीलाई कारबाही गरेको हो। एक हवल्दार र ३ जना प्रहरी जवानलाई प्रदेश कार्यालयमा झिकाइएको प्रवक्ता एसएसपी सुदीप गिरीले जानकारी दिए।, उनका अनुसा...
सेतोपाटी संवाददाता कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १० मा एक महिला मृत फेला परेकी छन्।, तीन दिनदेखि बेपत्ता रहेकी सोही ठाउँकी २२ वर्षीया लक्ष्मी साउद मृत फेला परेकी हुन्।, उनको शव नहर किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।, घटनाबारे आफन्तसँग सोधपुछ भइरहेको उनले ज...
नारायण खड्का प्रक्रिया पुरा नगरी सञ्चालित क्रसर उद्योगहरु वन्द गर्न माग गर्दै उच्च अदालत तुलसीपुरमा मंगलबार निवेदन परेको छ।, घोराही उपमाहानगरपालिका वडा नं. १३ निवासी ३७ वर्षीय प्रेम बुढाले मापदण्ड विपरित दाङको देउखुरी क्षेत्रमा सञ्चालित २४ वटा क्रसर उद्योग बन्द गर्न माग गरेका छन्।, दाङको देउखुरी क्षेत्रमा मात्रै गढवाम...
दिपकजंग शाही कालीकोटको पहिरोमा परी बेपत्ता भएकामध्ये ४ जनाको शव भेटिएको छ। अझ २ जना बेपत्ता छन्।, सोमबार राति परेको अविरल वर्षाका कारण रास्कोट नगरपालिका–१ बडुवालतोलामा रहेको जयबहादुर शाहीको घर पुरिएको थियो।, घर पुरिँदा शाहीसहित अरु ४ जना बेपत्ता भएका थिए।, मंगलबार बिहान जयबहादुर शाहीको शव भेटिएको थियो। मंगलबार नै दिउँ...
सेतोपाटी संवाददाता जमलको आकाशे पुलमा उभिएर रानीपोखरीतिर हेर्दा अचेल आँखा बिझाउँदैन।, भुइँचालोपछि यहाँ निकै समय खिङरिङ्ग मैदाने झाडी देख्दा मन कुँडिन्थ्यो। अब चाहिँ पोखरी बनाउने काम लगभग सकिएको छ। बीचको बालगोपालेश्वर मन्दिर पनि डेढ–दुई महिनामा पूरा हुनेछ। यो मन्दिर राणाकालीन गुम्बज शैलीको थियो। अहिले राजा प्रताप मल्ल प...
सेतोपाटी संवाददाता विषालु च्याउ खाँदा बिरामी परेकी डडेल्धुराकी एक महिलाको मृत्यु भएको छ।, नवदुर्गा गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षीया बिस्ना धामीको उपचारका क्रममा मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।, अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा बिरामी परे...
सेतोपाटी संवाददाता भक्तपुरको कमलपोखरीमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ।, मंगलबार बिहान साढे ११ बजेको कमलपोखरीमा पौडी खेल्ने क्रममा डुबेर चाँगुनारायण नगरपालिका-९ सौडौल बस्ने ५१ वर्षीय राजेश खड्काको मृत्यु भएको हो।, प्रहरीले ती व्यक्ति आफूले लगाएको लुगा किनारामा छाडेर पौडी खेल्न गएको र पछि बेपत्ता भएको भन्ने ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा एकैदिन ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो उपत्यकामा एकैदिन देखिएको अहिलेसम्मकै धेरै संक्रमित संख्या हो।, स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमा काठमाडौंका ४८, ललिपुरका ४ र भक्तपुरका एक जना छन्।, उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल, टिचिङ, पाटन र...
सेतोपाटी संवाददाता दार्चुलामा पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।, मंगलबार बिहान ५ बजेतिर दुहु गाउँपालिका वडा नम्बर ३ सल्लेखेतीमा आएको पहिरामा पुरिँदा सोही बेपत्ता भएका ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया श्रीमती इन्द्रा जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प...
रासस नेपाली सेनाका तत्कालीन बलाध्यक्ष रथी कुलबहादुर खड्काको निधन भएको छ।, आमाशय सम्बन्धी समस्याको उपचारका लागि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका पूर्वबलाध्यक्ष रथी खड्काको आज निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। स्व खड्काको आजै साँझ पशुपति आर्यघाटमा अन्त्यष्टि गरियो।...
रासस विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन्।, जुलाई ३१ तारिखदेखि हुने चौथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले आगामी अगष्ट ८ तारिखसम्मको उडान तालिका बनाएका हुन्।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन म...
दिपकजंग शाही विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चार जनाको मृत्यु भएको छ। कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका ४ जनाको मृत्य भएको हो। उक्त परिवारका एक बालकको सोमवार घरमै मृत्यु भएको थियो।, विषालु च्याउ खाँदा बिरामी परेका थप ७ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको थियो। सुर्खेतस्थित क...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६ पुगेको छ। मंगलबार ५३ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३ सय नाघेको हो।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा काठमाडौंका ४८, ललितपुरका ४ र भक्तपुरका एकजनामा संक्रमण पुष्...
युनिक श्रेष्ठ सोमबार साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्न गएका थिए। नजिकैको 'केयर बाल गृह' मा बस्ने उनीहरूले चउरमा साँझ अनौठो कुरा देखे।, छेउको झाडीमा एउटा बक्सा थियो। बक्साभित्र न्याना कपडाले शरीर पूरै बेरिएको बच्चा थियो। घरमा ओछ्यानमै पल्टिएजसरी बच्चा हाई हाई गरिरहेको थियो।  , कार्टुनभित्र ब...
सेतोपाटी संवाददाता दार्चुलामा पहिरोमा पुरिएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ।, महाकाली नगरपालिका वडा नम्बर- २ बडाली गाउँ नजिक शुक्रबार सुख्खा पहिरो जाँदा नौगाड गाउँपालिका वडा नम्बर- २ तल्लो सुण्डमुण्डका ६ वर्षीय जेनिस ठगुन्ना बेपता भएका थिए।, घटनापछि उनको खोजी गरे पनि भेटाउन सकिएको थिएन।, आइतबार साँझ पहिरो गएको...
युवराज श्रेष्ठ नागरिकको दैनिक समस्या समाधानमा अग्रसर हुनुपर्ने जिल्ला प्रहरी कार्यालय स्र्याङ्जा साउन ७ गतेदेखि सिल छ। जिल्ला कार्यालयमा कार्यरत ३ जना प्रहरी कर्मचारीलाई साउन ६ गते कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको थियो। सामान्य ज्वरो देखिएपछि उनीहरुको साउन ४ गते स्वाब लिएर परिक्षण गर्न पठाउँदा कोरोना संक्रम...
सेतोपाटी संवाददाता उत्तरी छिमेकी चीनले नेपालसँग जोड्ने भनिएको सिगात्से-केरूङ रेलमार्गको विस्तृत अध्ययन थालेको छ।, चिनियाँ टेलिभिजन सिजिटिएनका पत्रकार सेन सिवेईले पछिल्लो समय चिनियाँ प्राविधिकहरूले उक्त रेलमार्गको अध्ययन गरिरहेका तस्बिर सार्वजनिक गरेका छन्।, सिगात्सेदेखि केरूङसम्म पाँच सय किलोमिटर रेलमार्ग बनाउन चीनले ...
सेतोपाटी संवाददाता बुटवलमा सञ्चालित एक होटलमा बास बसेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, बुटवलको पुरानो बसपार्कमा सञ्चालित पूर्वाञ्चल होटलमा बसेका उनीहरूमा कोरोना पोजेटिभ देखिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ।, साउन ७ गतेदेखि होटलमा बस्दै आएका उनीहरूको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको बुटवल उपमहानगरपा...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणमा सरकारले सीमित स्रोतसाधनका बाबजुद् पनि सकारात्मक काम गरेको बताएका छन्।, वीर अस्पतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले सरकारले सीमित स्रोतसाधनमा पनि यत्रो काम गर्दा पनि त्यो कसैले नदेखेको भन्दै गुनासो पोखे।, 'हामीले ...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले एक साताभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिरहेको जनाएको छ।, त्यसका लागि देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेको बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए।, शिक्षा पत्रकार समूहको सोमबारको ‘शिक...
विवेक राई कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरूले नै वीरगन्जमा संक्रमण समुदायस्तरमा फैलिएको बताएका छन्।, पछिल्लो समय कुनै ट्राभल हिस्ट्री नभएका विभिन्न क्षेत्रका मानिसलाई संक्रमण देखिएको भन्दै संक्रमण समुदायमा गएको उनीहरूको दाबी छ।, कोरोना उपचार गरिरहेको नारायणी अस्पतालका एक चिकित्सकले सेतोपाटीसँग भने, 'कर्मचार...
नारायण महर्जन काठमाडौं महानगरपालिका-२७ महाबौद्धका दुई जना व्यवसायीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, दुई व्यवसायीमा संक्रमण देखिएपछि सोमबार वडाले सूचना जारी गरी उनीसँग सम्पर्कमा आएकाहरूले स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ।, संक्रमितहरू भारत घर भई हाल गोसिफलमा डेरा गरी बस्ने र गणेश मन्दिर नजिकै पसल गरी बस्ने धिर...
सेतोपाटी संवाददाता पूर्वी नवलपरासीको त्रिवेणी गाउँपालिका २ दाउन्नेको ओरालोमा ग्यास बुलेट दुर्घटना भएको छ।, बुलेटबाट ग्यास लिक भएपछि पूर्वी पश्चिम राजमार्ग केही बेरका लागि अवरुद्ध गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।, ‘बुलेट दुर्घटनापछि ग्यास लिक भएकाले सो अनुसारको हामीले सुरक्षा व्यवस्था गरिरहेका छौं,’ ए...
सेतोपाटी संवाददाता बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले घुस नखाने एक प्रहरी नायब निरीक्षक सहित सात जना प्रहरीलाई पुरस्कृत गरेको छ।, कार्यालयका अनुसार डियुटीमा बसेका प्रहरी कर्मचारीलाई विभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान ...
सेतोपाटी सप्तरीमा कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन्। यसअघि लक्षण नभएका संक्रमितहरू हुने गरेकामा अहिले आउने संक्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको चिकित्सकहरूले बताएका छन् ।, पछिल्लोपटक आउने संक्रमितमध्ये १५ प्रतिशतमा लक्षण देखिने गरेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा...
सेतोपाटी तनहुँको व्यास नगरपालिका–१२ पामर्दीमा करेन्ट लागेर आज साँझ एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा सोही ठाउँ बस्ने २६ वर्षीय राजेन्द्र कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।, खोलाबाट घरमा मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेर घाइते भएका कँडेलको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाए...
नारायण खड्का दाङको घोराहीबाट १५ किलो चरेशसहित ६ जना पक्राउ परेका छन्।,  , पक्राउ पर्नेमा बाँकेका एक, सल्यानका एक र रोल्पा जिल्लाका चार जना छन्।,  , ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रबक्ता, एसएसपी राजकुमार बैदवारका अनुसार पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका-२५ निवासी ४० वर्षीय सञ्तोष गुरुङ, सल...
सेतोपाटी कोरोना संक्रमणको जोखिम बढेपछि राजगढ गाउँपालिकाले मङ्लबारदेखि अनिश्चितकालका लागि सार्वजनिक सेवाहरू बन्द गरेको छ ।, गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले आज एक सूचना प्रकाशित गरी गाउँपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवा बन्द भएको जानकारी दिए।, अर्को सूचना नआउञ्जेल अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द रहने सो सूचन...
सेतोपाटी राप्ती गाउँपालिका–४ स्थित राष्ट्रिय वनबाट चिरान सालका घप्पुसहित ११ जना पक्राउ परेका छन् ।, पक्राउ पर्नेमा राप्ती गाउँपालिका–४ सिमलखुटीका २५ वर्षीय वीरबहादुर वली, सोही ठाउँका १८ वर्षीय शिशिर शाही, पिपरखुटीका १९ वर्षीय  शेखर थापा, ३६ वर्षीय तिलक नेपाली, सुन्दरपुरका २७ वर्षीय विष्णु गिरी, नयाँगाउँका १८ वर्षीय रा...
रासस बाग्लुङका विभिन्न ठाउँमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा  तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर बिक र १२ वर्षीया छोरी रीता बिकको मृत्यु भएको छ।, घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरूलाई पुरेको प्रहर...
समिक्षा अधिकारी केही दिनअघि टिकटकमा एउटा ,भिडिओ, भाइरल भयो। भिडिओमा एक जना व्यक्तिले पिँठ्युमा चामलको बोरा बोकेका थिए। निलो प्लास्टिक पनि ओढेका। बोराको भारी बोकेर बर्खामा उर्लेको खोला तर्न खोज्दै गरेका उनलाई भेलले तीन बल्ड्याङ खुवायो।, उनले भेलको भुल्कोमा चामलसहित तीन-चार डुबुल्की मारे। चामल र उनी दुवै बगे। तै पनि उनी...
एजेन्सी गुगलको माउ कम्पनी अल्फाबेटका प्रमुख कार्यकारी सुन्दर पिचाईले सोमबार आफ्ना कर्मचारीहरूलाई आगामी वर्षको मध्यसम्म कामका लागि कार्यालयमा आउनुनपर्ने बताएका छन्।, कर्मचारीले गत मार्चदेखि नै घरबाट काम गर्दै आइरहेका उनीहरूलाई कम्पनीले यसअघि आगामी जनवरीबाट कार्यालय सुरू हुनसक्ने बताएको थियो।, 'कर्मचारीलाई अगाडिको योजना...
एजेन्सी इरान सरकारका प्रवक्ता अलि रबिलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ।, कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएपछि उनले नियमित साप्ताहिक पत्रकार सम्मेलन समेत स्थगित गरेका छन्।, उनलाई थप उपचारका लागि अस्पताल लगिएकाले पनि पत्रकार सम्मेलन हुन नसकेको अधिकारीहरुले जनाएका छन्।, प्रवक्ता रबि कोरोना भाइरसबाट सं...
एजेन्सी क्यनाडामा कोरोना भाइरस संक्रमित व्यक्तिमध्ये अधिकांश ३९ वर्षभन्दा कम उमेर समूहका यूवाहरू रहेको भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन्।, 'हालै सार्वजनिक कोरोना भाइरसबारे राष्ट्रिय अनुगमनको एक तथ्याङ्क अनुसार २०–३९ वर्ष उमेर समूहमा कोभिड–८ संक्रमण दर बढी रहेको देखिएको छ,' क्यानडाका प्रमुख जनस्वा...
सेतोपाटी भरतपुर महानगरपालिका–१४ का राजकुमार गुरुङको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सोमबार कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ।, भरतपुर महानगरपालिका–१० मैयादेवी कन्याकलेज नजिकको झाडीमा गत असार २३ गते ४१ वर्षीय गुरुङको शव भेटिएका थियो।, पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–४ घर भई भरतपुर महानगरपालिका–१० ब...
नारायण खड्का बाँकेमा यातायात र राजश्व कार्यालयमा कार्यरत एक/एक कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। , आइतबार यातायात व्यवस्था कार्यालयकी एकजना २२ वर्षीया महिला कम्प्युटर अपरेटरलाई कोरोना भाइरस पुष्टि भएको हो।, शनिबार आन्तरिक राजश्व कार्यालयका एकजना ३३ वर्षीय अधिकृतलाई कोरोना पुष्टि भएको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठ...
रासस पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार उपचारका क्रममा अन्दाजी ३१ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। मृतकको सनाखत हुनसकेको छैन।, पूर्वबाट पश्चिमतर्फ आइरहेको ना४ख ४१५५ नम्ब...
भगवती पाण्डे भैरहवाका सूर्यकुमार सारू मगर दैनिक ५० किलोमिटर साइकल गुडाउँछन्।, बिहान ५ बजे सुरू भएको उनको साइकल यात्रा ५० किलोमिटर पूरा गरेपछि ९ बजिसक्छ। सारुले साइकल चलाउन सुरू गरेको दुई वर्ष भयो।, सुरूका दिनमा १०/१५ किलोमिटरमात्र साइकल चलाउने उनले गत चैत महिनादेखि भने ४० किलोमिटर भन्दा बढी दूरी चलाउन थालेका छन्।, उनल...
सेतोपाटी संवाददाता पहिरो सहितको भलले बगाउँदा पाल्पामा एक जनाको मृत्यु भएको छ।, पाल्पाको रम्भा गाउँपालिका वडा नं. १ हुगी असर्दीका ३० वर्षीय दिनेश अर्यालको पहिरो सहितको भलले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।, आफ्नै खेतमा पानी हेर्न जाने क्रममा सोमबार राति १ बजेतिर बाटोमा ढुंगा माटो सहितको पहिरो...
सेतोपाटी संवाददाता वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय भारतीय नागरिकको मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, नारायणी अस्पतालको प्रयोगशालाम गरिएको पिसिआर परीक्षणमा उनमा काेराेना पोजेटिभ देखिएको अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए।, अहिले उनको शव अस्पतालमै राखिएको छ। आज राति भएकाले...
सेतोपाटी संवाददाता धनुषामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ।, धनुषाको शहिदनगर नगरपालिका डुमरीयाका ३८ वर्षीय पुरुषको मृत्यु भएकाे हाे।,  जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारपछि विपि कोइराला विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कोभिड-१९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए।, उ...
सेतोपाटी संवाददाता बाँकेमा श्रीमतीले बञ्चरो प्रहार गरी श्रीमानको हत्या गरेकी छन्।, जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ६ निवासी ६५ वर्षीया मिछिया थारुले ७५ वर्षीय श्रीमान लक्षिराम थारुको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिए।, डिएसपी खड्काका अनुसार आइतबार दिउँसो सवा ३ बजेतिर सामान्य घरायसी विवाद...
सेतोपाटी करेन्ट लागेर ट्याक्सी चालकको ज्यान गएको छ।, बिजुलीको नाङ्गो तारले छोएको ट्रकलाई अचानक छुँदा करेन्ट लागेर पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङखोल्याङका २७ वर्षीय ट्याक्सी चालक विकास सुनुवारको आइतबार ज्यान गएको हो।, सुनुवार मे १ ज ३०११  नम्बरका ट्याक्सी चालक हुन् ।, दोभान–बहानन्दे सडकखण्डमा दोभान बजारबाट सदरमुकाम फ...
सेतोपाटी भक्तपुर जिल्ला अदालतले सजाय एवं जरिमाना फैसला गरेपछि फरार भएका तीन अभियुक्तलाई आइतबार पक्राउ गरी कारागार चलान गरिएको छ।, पक्राउ पर्नेमा लागुऔषध २०७४ साल असार २६ गते दुईवर्ष कैद र एकलाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार भएका अभियुक्त सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका–९ भोटसिपा घर भई हाल सूर्यविनायक नगरपालिका–५ ब...
एजेन्सी थाईल्याण्ड नजिकै मलेसियाको समुद्री तटमा कम्तीमा दुई दर्जन शरणार्थीहरू बोकेको डुङ्गाबाट हाम फालेको तर आइतबारसम्म एक जना मात्र सम्पर्कमा आएको बताइएको छ।, उनीहरू डुङ्गाबाट किन हामफाले भन्ने विषय खुलेको छैन ।, पोडेर तटमा पुगेका एक रोहिंज्या आप्रवासीलाई प्रहरीको जिम्मा लगाइएको तर अन्य रोहिंज्या सदस्यहरू डुबेको आशङ्...
सेतोपाटी समुदायमा कोरोना संक्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा आइतबारबाट ‘मास टेस्टिङ’ सुरू गरिएको छ।, मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ सुरू गरेको हो ।, पहिलो दिन कोभिड–१९ को परीक्षणका लागि ११७ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाका सामाजिक वि...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय सप्तरीले करिब ७४ बोरा युरिया मलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।, राजविराज नगरपालिका–६ स्थित न्यू सगरमाथा एग्रोभेट सेन्टरमा आइतबार प्रहरीले छापा मारेर अवैधरुपमा भण्डार गरी राखेको ती मलसहित सेन्टरका सञ्चालक स्थानीय सूर्यनारायण यादव र स १ ज ४६४ नम्बरको सवारी साधनका चालक महेन्द्रप्रसाद य...
सेतोपाटी संवाददाता फेसबुक ह्याक गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरी दुहबीबाट २३ वर्षीय सविर आलमलाई आइतबार पक्राउ गरेको हो।, उनले अर्काको फेसबुक ह्याक गरी आफन्तहरूसँग आफू समस्यामा परेको भन्दै ठगी गर्ने गरेका थिए।, 'उसले अरूको फेसबुक ह्याक गर्ने अ...
सेतोपाटी संवाददाता कुरिअर सेवाका नाममा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, धनुषाका अन्दाजी ३५-३६ वर्षीय धिरज शाहलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको छ।, अनलाइनमार्फत घडी, मोबाइल लगायत सामानहरूको कुरिअर सर्भिस दिने र पछि ठग्ने गरेको उजुरी आएपछि पक्राउ गरेको महानगरीय अपराध महाशाखाका एसपी इश्वर कार्कीले...
सेतोपाटी मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा गएराति एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।, उहाँका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन घाइते भएका छन्।, ढुङ्गा र माटोले बनेको घर वर्षाले भत्किएको बत...
सेतोपाटी वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ।, सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ।, विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल इन्सोरेन्स कम्पनीसँग कोरोना बीमा गरेको जानकारी दिए।, 'विश्वभर फैलिएको महामारीक...
सेतोपाटी संवाददाता सल्यानमा प्रहरीले अदालतबाट दोषी ठहर भई फरार सात जना प्रतिवादीलाई पक्राउ गरेको छ।, प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी हिरालाल भन्ने लालबहादुर शाहु, कर्तव्य ज्यान मुद्दाको शेरबहादुर बस्नेत, सवारी ज्यान मुद्दामा टेकबहादुर गिरी, लुटपिट मुद्दामा होमबहादुर बुढा, जारी मुद्दामा सुनिता बुढ...
सेतोपाटी संवाददाता कैलालीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवती मृत्यु भएको छ।, मुत्यु हुनेमा लम्कीचुहा नगरपालिका वडा नम्बर- ६ की २६ वर्षीया सन्तोषी बोहरा रहेकी छन्।, आज बिहान ७ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दगोरिया गाउँपालिका वडा नम्बर १ बौनियामा ना ६ ख ३३४० नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक बोहराको घटन...
सेतोपाटी संवाददाता आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो झर्दा सिद्धार्थ राजमार्गको बुटवल- तानसेन सडकखण्ड अवरूद्ध भएको छ।, पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ नागमन्दिर र सिद्धबाबा मन्दिर नजिकै दुई स्थानमा पहिरो झरेको प्रहरीले जनाएको छ।, सोमबार बिहान साढे ५ बजेतिर सडकमाथिबाट ढुंगा सहितको पहिरो झरेर सडक अवरूद्...
युवराज श्रेष्ठ पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक जना डाक्टरलाई केही दिनदेखि सामानय ज्वरो आएको थियो। कोरोना संक्रमणका आशंकामा आइतबार उनको स्वाब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा परिक्षणका लागि पठाइयो।, उक्त परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनलाई क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको प्रदेश स्वा...
सेतोपाटी संवाददाता धनुषामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरधामको आइसियू कक्ष सिल गरिएको छ।, कोरोना संक्रमण पुष्टि भएर गत साउन १० गतेदेखि प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका शहीदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय एक युवकको  मृत्यु भएपछि जिल्ला सुरक्षा समितिको बैठक...
सेतोपाटी संवाददाता विषालु च्याउ खाँदा डडेल्धुरामा एक बालकको ज्यान गएको छ।, नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय बालक ललित धामीको ज्यान गएको हो।, परिवारका अन्य चार जना सदस्य बिरामी छन्।, उनको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपर...
रासस चन्द्रागिरि नगरपालिकाले ‘एक घर, एक स्नातक’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।, काठमाडौं उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिले नगरपालिका भित्रका सबै जनतालाई शिक्षित बनाउन उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो। चन्द्रागिरिले आर्थिक वर्ष २०७७/७८ को बजेटमा समेत उक्त कार्यक्रमलाई अगाडि सारेको छ।, चन्द्रागिरिल...
सेतोपाटी संवाददाता भारतले गुन्जी, कालापानी, लिम्पियाधुरा क्षेत्रमा नेपालीहरू अवैध तरिकाले प्रवेश गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ।, ती क्षेत्र भारतले आफ्नो दाबी गर्दै नेपालीको प्रवेशमा रोक लगाउन भारतको धार्चुलाका उप जिल्लाअधिकारी अनिलकुमार शुक्लाले जिप्रका दार्चुलालाई आग्रह गरेका हुन्।, भा...
जुना श्रेष्ठ सन्तोष पौडेलकी ६ वर्षीया छोरीले प्राय: हिन्दी कार्टुन हेर्थिन्। छोरीकै उमेरका धेरै बालबालिका विदेशी कार्टुनमा भुलेको उनलाई चित्त बुझ्थेन।, त्यसपछि उनी युट्युबमा नेपाली भाषाका बाल सामग्री खोज्न थाले। हिन्दी र अंग्रेजी बालगीत र राइम प्रशस्तै भेटिए पनि नेपालीमा त्यस्ता सामग्री फेला पार्न उनलाई हम्मे पर्‍यो।,...
नारायण खड्का साउन ७ गतेदेखि लकडाउन हट्ने समाचार सुनेर ५७ वर्षीया प्रेमकुमारी पुन फुरङ्ग भइन्। नहोऊन् पनि किन! जतिबेला उनको सिजन हुन्थ्यो त्यही बेला कतै निस्किन नमिल्ने लकडाउन भएको थियो।, ‘लकडाउनको अनुसाशनमा बस्नु पर्दा मेरा हातखुट्टा सकसकाउँथे, आफ्नै शरिर कुजिएजस्तो लाग्थ्यो,’ प्रेमकुमारीले भनिन् ‘पूर्व मेचीदेखि पश्चि...
एजेन्सी कुनै पुरूषले दाह्रीजुंगा काट्नु नियमित र सामान्य कुरा हो। आफ्नो सजिलोअनुसार कोही दिनदिनै सेभिङ गर्छन् कोही केही समयको अन्तरालमा दाह्रीजुंगा काट्छन्। कसैले दाह्रीजुंगा काट्दा त्यो सार्वजनिक चासोको विषय हुनु पर्ने होइन तर दक्षिण कोरियाका लागि अमेरिकी राजदूत ह्यारी ह्यारिसले जुंगा खौरिएको कुरा अहिले अन्तर्राष्ट्र...
सेतोपाटी संवाददाता पूर्वाञ्चाल विश्वविद्यालयले भदौदेखि गर्ने भनेकाे परीक्षा स्थगित गरेको छ। लकडाउन खुलेसँगै विश्वविद्यालयले भदौ पहिलो सातादेखि परीक्षा गर्ने कार्यतालिका प्रकाशित गरेको थियो।, कोरोना संक्रमणका कारण केही जिल्लामा सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा अवस्था सामान्य नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गर...
सेतोपाटी संवाददाता जुम्लामा मादकपदार्थ सेवन गरी आफ्नै बुवाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ।, आइतबार राति करिब १० बजे कनकासुन्दरी गाउँपालिका-४ का ३२ वर्षीय ऐनबहादुर शाहीले आफ्नै ७५ वर्षीय बुवा दानबहादुर शाहीमाथि कुटपिट गरी हत्या गरेका थिए।, जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी लालबहादुर धामीका अनुसार उन...
सेतोपाटी भियतनामले मासुको प्रयोजनका लागि हुने वन्यजन्तुको आयातमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ।, कोरोना भाइरसजस्ता जनावरबाट मानिसमा सर्ने सङ्क्रामक रोगबाट हुने खतराप्रति चासो देखाउँदै वन्यजन्तु बजार बन्द गर्ने निर्णय लिएको सरकारी अधिकारीहरूले बताएका छन्।, बिहीबार प्रधानमन्त्री नुग्येन जुआन फुकले हस्ताक्षर गरेको आदेशम...
सेतोपाटी संवाददाता गत साता देशका विभिन्न ठाउँमा भारी वर्षा भयो। ठाउँ-ठाउँमा बाढी र पहिरोले जनधनको क्षति भयो।  शुक्रबारदेखि सुधार भएको मौसममा भोलि (मंगलबार) देखि फेरि बदली हुने भएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिदेखि देशका विभिन्न स्थानमा मध्यमदेखि अति भारी वर्षा हुन सक्छ।, ‘अहिले दक्षिणी क्षेत्रमा रहेको न्...
सेतोपाटी संवाददाता बागमती प्रदेश प्रहरी कार्यालयले आफू मातहतका निकायसँग कार्यसम्पादन सम्झौता गरेको छ।, बागमती प्रदेश प्रहरी प्रमुख बसन्त लामाले आफू मातहतका ३ वटा कार्यालयका प्रमुखहरु वीच कार्य सम्पादन सम्झौता भएको छ ।, बागमती प्रदेश प्रहरी तालिम केन्द्र, बागमती प्रदेश प्रहरी दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र बागमती प...
सेतोपाटी विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ।, गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो।, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १६१ नेपालीको कोरोना सङ्क...
सेतोपाटी मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।, पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आज बिहान ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, दुर्घटनामा मृतक राजका बाबु तथ...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधीवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनको तीन जना न्यायाधीशले सुनुवाइ गर्ने भएका छन्।, न्यायाधीशहरू वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले आइतबार उक्त मुद्दाको सुनुवाइ ग...
सेतोपाटी संवाददाता सर्लाहीको ईश्वरपुर नगरपालिका-१४ मा बाख्रा चराउन गएका १३ र १० वर्षका दुई बालिका मृत भेटिएका छन्।, उनीहरू माछा पालनका लागि स्थानीय प्रकाश महतोले खन्दै गरेको पोखरीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।, मृतक १३ वर्षे बालिका अन्जली कुमारी महतो हुन् भने १० वर्षे बालिका आ...
सेतोपाटी संवाददाता वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय भारतीय नागरिकको मृत्यु भएको छ। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्तपताल भर्ना भएका उनको आइतबार बिहान पौने सात बजेतिर मृत्यु भएको अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए।, मुटु र मधुमेहसमेतका बिरामी उनलाई शनिबार राति ८ बजे गण्डक अस्पता...
सेतोपाटी संवाददाता डडेल्धुरामा खानेपानीको विषयमा विवाद हुँदा बालकको मृत्यु  भएको घटनामा फरार ८ जनामध्ये प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।, गत असार २६ गते आलिताल गाउँपालिका वडा नम्बर ६ का दुई गाउँका स्थानीयबीच खानेपानीको योजनाका विषयमा विवाद हुदा ८ वर्षीय हिमांशु महराको मृत्यु भएको थियो।, घटनाको एक दिनपछि मृतकका बुवा ग...
सेतोपाटी संवाददाता बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।, सिगास गाउँपालिका वडा नम्वर ९ की ५६ वर्षीया जुना चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किसन चन्दले जानकारी दिए।, हिजो साँझ ७ बजे घरबाट १ सय मिटर टाढा लोट भन्ने ठाउँमा घाँस काट्न गएका बेला च्वाँगड लघुजलविद्युत आयोजनाको मेन तारमा अचानक...
सेतोपाटी संवाददाता नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जना प्रहरीमा कोरोनाभाइरस संक्रमण भएको छ।, नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज शाहीका अनुसार चार जनामा कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरूको स्वाब निकालिएको थियो।, 'कोरोनासँग मिल्ने लक्षण देखिएपछि हामीले चार जना प्रहरीको स्वाब प्रहरी अस्...
रासस कञ्चनपुरको भीमदत्तनगरपालिका- उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन। दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कुलको गृहकार्य गर्न आएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो।, घटनापछि मुलुकभर दोषीलाई कानुनी कार...
सविता बुढा बाजुराको बुढीगंगा नगरपालिकामा अज्ञात समूहले आगजनी गरिएको छ।,  , गएराति अज्ञात समूहले झ्यालबाट प्लाष्टिकमा आगो लगाएर भित्र फालेकाे र कार्यालयको लेखाशाखामा आगजनी भएकाे बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए।,  , उनले लेखा शाखाका कागजात र महत्वपुर्ण फाइल जलेर नष्ट भएको बताए। आगो लागेको केह...
नारायण खड्का दाङमा शनिबार राति बाटो काट्ने क्रममा स्कार्पियोले ठक्कर दिँदा घाइते भएका पाँच जनामध्ये दुई जनाको मृत्यु भएको छ।, घाइतेमध्ये राप्ती गाउँपालिका-८ पिपरीका ८ वर्षीय निसान चौधरीको बुटवलमा र ५० वर्षीय राजकुमार चौधरीको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।, दाङ जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काका अनुसार राजक...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्लालाई पुन: निर्देशन दिएको छ।, लकडाउन खुलेसँगै कोरोना संक्रमणको जोखिम बढे पनि सर्वसाधरण मास्क नलगाइ बाहिर निस्कने क्रम बढेपछि  आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिइएको मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारी...
सेतोपाटी संवाददाता बाजी राखेर लुडो खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। , प्रहरीले शनिबार काठमाडौं महानगरपालिका– १४ सुनारगाउँबाट बाजी राखेर लुडो खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो। , ‘बाजी राखेर लुडो खेलिरहेको खबर आएपछि हामीले पक्राउ गरेका छौं,’ महानगरीय प्रहरी वृत्त, कालिमाटीका डिएसपी रूगमबहादुर कुँव...
सेतोपाटी संवाददाता धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिपी कोइरालाको  तस्बिरबारे अहिले विवाद छ।, बिपी कोइरालाको तस्बिर उपकुलपति कार्यालयबाट हटाइएको भन्दै कांग्रेसले विरोध गरिरहेको छ।, बिपी प्रतिष्ठानमा गत चैतदेखि डाक्टर ज्ञानेन्द्र गिरी उपकुलपति छन्।, कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ...
सेतोपाटी संवाददाता आफ्नो बैंक खातामा रकम नभएको जान्दाजान्दै झुक्याएर चेकमार्फत भुक्तानीमा दोषी ठहर भएका एक जना पक्राउ परेका छन्। कलंकी घर भई ललितपुर इमाडोल बस्ने ४७ वर्षीय राजेन्द्रकमार महर्जन पक्राउ परेका हुन्।, उच्च अदालत पाटनले उनलाई १० दिन कैद र १५ लाख पच्चहत्तर हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। सो सजाय वे...
सेतोपाटी संवाददाता आफूहरुलाई डिभी परेको र बिहे गरेर अमेरिका लैजाने आश्वासन दिई ठगी गर्ने दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार बाग्लुङ काठे गाउँपालिका–२ घर भइ भक्तपुर बस्ने २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसीलाई पक्राउ गरेको हो।, उनीहरूले विभिन्न व्यक्तिहरूलाई फेसब...
सेतोपाटी संवाददाता संघीय संसदको महिला तथा सामाजिक समितिले सबै क्षेत्रमा कानुनअनुसार महिलालाई प्रसूति बिदा दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ (१)मा सरकारी, गैरसरकारी वा निजी संघसंस्थामा कार्यरत महिलालाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिन ...
सेतोपाटी संवाददाता आइतबार कोरोनाका १ सय ३० जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमित हुनेको संख्या १८ हजार ६ सय १३ पुगेको छ।, त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ७५ जना निको भइ घर...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एसिड आक्रमणमा परेकी पवित्रा कार्कीलाई भेटेका छन्।, आइतबार मन्त्री ढकाल कीर्तिपुर अस्पतालमा पुगेर कार्कीलाई भेटेका हुन्। भेट गरेकोबारे मन्त्री ढकालले आफ्नो आधिकारिक फेसबुकमार्फत जानकारी गराएका हुन्। , ‘एसिड प्रहारबाट घाइते हुनुभएकी पवित्रा कार्कीको आज कीर...
सबिना श्रेष्ठ लकडाउनमा खुसी हुने विरलै व्यापारीमध्ये एक हुन्, राजेन्द्र केसी।, काठमाडौं, यट्खास्थित श्री कन्या माध्यमिक विद्यालयको ठ्याक्कै अगाडि छ उनको मिठाई पसल। ५५ वर्षीय राजेन्द्रलाई अहिलेको व्यापारबारे सोध्दा जवाफ दिए, 'बरू लकडाउनमै राम्रो व्यापार थियो। अहिले त त्यो बेला जस्तो हुन्न।', कसरी नि?, 'सबै व्यापारीले ड...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक १८ हजार जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्न सकिने जनाएको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा देशभरी रहेका सरकारी र निजी प्रयोगशालाबाट तथ्यांक लिँदा दैनिक १८ हजारको परीक्षण गर्न सकिने बताएका हुन्।, 'प्रयोगशालाहरूको पिसिआर क...
सेतोपाटी संवाददाता प्रहरीले १४ वर्षीया बालिकामाथि बलात्कार गरेकाे अभियाेगमा एक जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त, सातदोबाटोले लुम्किचुहा नगरपालिका-२ घर भइ धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्कीलाई पक्राउ गरेको हो।, वृत्तका डिएसपी मित्रबन्धु शर्माका अनुसार बालिकालाई फेसबुकमार्फत सम्पर्क गरी प्रलोभनमा पार...
सेतोपाटी ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ परेका छ।, गत जेठ ९ गते कोहलपुरको पिपिसी इँटा भट्टा उद्योगमा काम गर्दै आएका शोनु शेखलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका खजुरा गाउँपालिका–७ गोदाना बस्ने १९ वर्षीय समीर भाट र २९ वर्षीय कलिम भाटलाई बिहीबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्या...
सेतोपाटी काठमाडौँ, साउन १०, श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।, यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।, सू...
एजेन्सी युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको संक्रमण थप फैलिएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिन्ता व्यक्त गरेको छ।, डब्लुएचओको युरोप शाखाले शुक्रबार चासो देखाउदै संक्रमण बढेका मुलुकहरुमा निधेषात्मक व्यवस्थालाई अबलम्बन गर्नुपर्नेमा पनि जोड दिएको छ।  , गत बिहीबारसम्ममा युरोपमा ३० लाखभन्दा बढीमा संक्रमण पुष्टि ...
सेतोपाटी बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारवाही गरिएको छ।, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारवाही गरेको हो।, कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको अगुवाइको अनुगमन टोलीले उक्त उद्योगले गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको पाएप...
सेतोपाटी जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ।, गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड–१९ को संक्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने सरकारको निर्णयलाई पालना गर्दै यही साउन १५ गते पुत्रदा एकादशीदेखि १९ गते जनैपूर्णिमा पर्वसम्म लाग्ने विशेष धार्मिक मेला स्थगन ग...
युनिक श्रेष्ठ शुक्रबार बिहान कीर्तिपुर अस्पताल पुग्दा पवित्रा कार्की बेड नम्बर ३२१ मा पल्टिरहेकी थिइन्। उनको दुवै हातमा साउनको मेहन्दी थियो। अनुहार भने गम्लङ्ग सलले ढाकेकी थिइन्।, उनी हातको मेहन्दी त सबैलाई देखाउन सक्छिन्, तर अनुहार देखाउन सक्दिनन्। उनको अनुहारमा बिहीबार साँझ मात्र तेजाब छ्यापिएर ठूलो घाउ बनेको छ।, पव...
सेतोपाटी प्रदेश नं १ सरकारले मेची अञ्चल अस्पताललाई उपलब्ध गराएको कोभिड–१९ परीक्षण गर्ने अत्याधुनिक पिसिआर मेसिन झापामा आइपुगेको छ।, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले आजदेखि मेसिनको जडान सुरू हुने र छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको बताए।, स्वीस सरकारबाट प्रदेश सरकारलाई प्राप्त भएको सो मेसिन मेची अञ्च...
सेतोपाटी संवाददाता पहिरोले गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ७ स्थित नौलीखोला थुनिएको छ।, गए रातीको पहिरोले लापु गाउँको मापुडाँडामा स्थानीय नौलीखोला थुनिएर ताल बनेको हो।, स्थानीय बासिन्दा सुशील गुरूङका अनुसार अविरल वर्षापछि गए राती करिब ११ बजे पहिरो जाँदा नौलीखोला थुनिएको हो।, ‘भीरबाट खसेको ठूलो ढुंगासहितको पहिरोले ...
सेतोपाटी झापाको मेचीनगर–२ बाहुनडाँगीमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय कपडा व्यवसायी नारायण आचार्यको हत्या आरोपमा संलग्न एक युवा पक्राउ परेका छन्।, आचार्यमाथि उनकै पसलमा शुक्रबार धारिलो हतियार प्रहार भएको थियो।, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार शुक्रबार अपराह्न ४ बजेत...