content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता दुई दिनदेखि परेको अविरल वर्षाको कारण पश्चिम नवलपरासीको सुस्ता गाउँ डुबानमा परेको छ।, लगातारको वर्षापछि सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदी पारिको सुस्ता गाउँ डुबानमा परेको हो। गाउँ नजिकै रहेको नारायणी नदीको पानी पसेपछि सुस्ताका साढे २ सय बढी घर डुबानमा परेका छन्।, नारायणी नदीको पानी गाउँमा पसेका क... |
गिरीश गिरी आइतबारदेखि परेको अविरल वर्षाले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भागको जनजीवन प्रभावित भएको छ। ठाउँठाउँमा बाढीपहिरो जानुका साथै विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। सोमबारदेखि नै नारायणी र कोशी नदीले खतराको तह पार गरेर डुबान सुरू भइसकेको छ।, काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँ जलमग्न भएका छन्। बागमती, विष्... |
सेतोपाटी संवाददाता काठमाडौंको टोखामा पहिरोमा परी जुम्ल्याहा बालबालिकाको मृत्यु भएको छ।, मंगलबार बिहान टोखा नगरपालिका-१ तासीडाँडामा पहिरो खस्दा तीन/तीन वर्षीया जुम्ल्याहा बालबालिकाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ।, मृत्यु हुनेमा सचिन रानामगर र सन्ध्या रानामगर छन्। , 'काम गरेर आमाबुबा टहरोमा ख... |
सेतोपाटी संवाददाता मंगलबार देशभर कोरोनाका १ सय ५० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, यीसहित मुलुकभर कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ।, त्यस्तै विगत २४ घण्टामा ६ सय ९ जना कोरोनाबाट मुक्त भएका छन... |
सेतोपाटी संवाददाता सोमबार रातिदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड मंगलबार दिउँसो ५ बजेदेखि सूचारु भएको छ।, रातभर परेको वर्षापछि आधा दर्जन बढी स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो।, दिउँसो पानी पर्न छोडेपछि डिभिजन सडक कार्यालय बुटवल र पाल्पा दुवैतर्फबाट पहिरो हटाएर सडक सूचारु गरिएको प्रदेश... |
प्रशन्न पोखरेल बाढीले अवरूद्ध पृथ्वी राजमार्ग तत्काल नखुल्ने भएपछि हेलिकप्टरबाट बिरामीलाई उद्धार गरिएको छ।, धादिङ र चितवनको सीमाना मौवाखोलाबाट मंगलबार बिरामीलाई काठमाडौं ल्याइएको हो।, ती बिरामी सोमबार बिहानदेखि मौवाखोला नजिक सडकमै थिए।, मंगलबारको बाढीले मौवाखोला पुलको धादिङतर्फ करिब १५ मिटर सडक बगाएपछि सडक अवरूद्ध छ।,... |
सेतोपाटी संवाददाता नवलपरासीको बुलिङटारमा मंगलबार बिहान ३ बजेतिर गएको पहिरोमा परेर वेपत्ता एक दम्पत्तीको शव फेला परेको छ।, पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा २ डाडाँझेरी गाउँको टाँडीमा मंगलबार विहान ३ बजेतिर गएको पहिरोले घर बगाउँदा स्थानीय ६१ वर्षीय शेरबहादुर नेपाली र उनकी श्रीमती ५७ वर्षीय खिलमायाको मृत्यु भएको... |
सेतोपाटी संवाददाता चितवनको मुग्लिनदेखि धादिङ नौबिसेसम्म पृथ्वी राजमार्गमा साना-ठूला गरी दुई सय बढी पहिरो झरेर सडक अवरूद्ध छ।, अविरल वर्षापछि मुग्लिन-नौबिसे सडकखण्डमा खसेको पहिरो मंगलबार पन्छाउने काम सुरू गरे पनि अवरूद्ध सडक आज सुचारू हुन सक्ने अवस्था छैन।, धादिङ र चितवनको सीमाना मौवाखोलामा करिब १५ मिटर सडक बगाएको छ।, ... |
सविता बुढा सामान्य विवादलाई लिएर खप्तड छान्ना गाउँपालिकाको वडा नम्वर ४ माझीगाउँ र वडा नम्वर ३ मेल्डतडीका स्थानीयबीच झडप भएको थियो।, भाला र हसियासहित हानाहान गर्ने मेल्तडीका धिरज रावल र माझीगाउँका अटल रोकाया पक्राउ परेका छन्।, दुई गाउँका स्थानीयबीच झडप हुँदा प्रहरी असई र एकजना वडा सदस्य घाइते भएका छन्। विवाद मिलाउन छलफ... |
नारायण खड्का दाङको तुलसीपुरस्थित रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष देविप्रसाद धिताल (हेमराज)को हत्या भएको मंगलबार दश वर्ष पूरा भएको छ।, २०६७ साल साउन ६ गते बेलुका ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हेमनगरमा एक अपरिचित समूहले धितालको गोली हानेर हत्या गरेको थियो।, राप्ती राजमार्ग अन्तर्गत हेमनगरमा मोटरसाइकलमा ... |
रासस माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ।, सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझ ४ः५० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो।, नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार सो सडकको चारकिलोमा पहिराेले ६० मिटर सडक ढाकेक... |
सेतोपाटी संवाददाता भदौ १ गते देखि विद्यालयहरुले विद्यार्थी भर्ना लिन पाउने भएका छन्।, सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन्।, त्यस्तै स्थगित भएका परीक्षाहरु पनि विद्यालयहरुले सञ्चालन गर्न पाउने भएका छन्।, भर्ना प्रक्रिया तथा परीक्षा सञ्चाल... |
प्रशन्न पोखरेल अविरल वर्षा पछिको बाढी-पहिरोले काठमाडौंसँग पृथ्वी राजमार्गको सम्पर्क टुटेको २४ घण्टा बितिसकेको छ।, धादिङ र चितवनको सीमा क्षेत्र बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर-१० स्थित मौवा खोलामा बगेको सडक मंगलबार अपरान्हसम्म मर्मत भएको छैन।, मौवाखोलास्थित सडक बगेको ठाउँ पुगेका धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान ... |
सेतोपाटी खासा नजिकैको केरुङ छ्यो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।, खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबर सार्वजानिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो।, चीनको न्यालम र खासा क्षेत्रका वैदेशिक विभागले वर्षा रोकिएपछि तालको सतह... |
सेतोपाटी संवाददाता सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुराँ सञ्चालन गर्न दिने निर्णय गरेको छ।, सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोभिड–१९ सम्बन्धी सुरक्षाका मापदण्ड अपनाई होटल तथा रेष्टुराँले सेवा दिन सक्ने जानकारी दिए।, होटल तथा रेष्टुराँमा सभा सम्मेलन भने गर्न ... |
सेतोपाटी अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ।, फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिएका छन्।, उनका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपु... |
सेतोपाटी जनैपूर्णिमाको अवसरमा बर्सेनि एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष नहुने भएको छ।, पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको छ।, गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सु... |
सेतोपाटी नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ।, भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो।, डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो।, ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग... |
सेतोपाटी पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई एक लाख ५० रूपैयाँ हजारका दरले राहत रकम उपलब्ध गराइएको छ।, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा गत असार ३० गते बिहान आएको पहिरोमा पुरिएर मृत्यु भएका चार जनाको परिवारलाई केन्द्रीय सरकारको एक लाख रूपैयाँ र प्रदेश सरकारको ५० हजार रूपैयाँ गरी प्रतिपरिवार एक लाख ५० हजा... |
सेतोपाटी संवाददाता पूजा गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ। जिल्लाको बराहताल गाउँपालिका–४ सिम्लेघारीकी लक्ष्मी शाहीको पूजा गर्दागर्दै मन्दिरमा मृत्यु भएको हो।, सोमबार बिहान बराहताल–८ भट्टेघारीमा रहेको अग्नेश्वर शिवालय मन्दिरमा पूजा गर्ने क्रममा ५० वर्षीया शाहीको मृत्यु भएको बराहताल, गाउँपालिकाका अध्यक्ष तेजबहादुर ... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले लकडाउनको अवधिमा २८ जना महिलालाई भारतबाट उद्धार गरेको छ।, ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा भारतीय प्रहरीको सहयोगमा २८ महिलाहरूको उद्धार गरी नेपाल फर्काएको हो।, तीमध्ये एक नाबालिका पनि छिन्। फागुन ... |
सेतोपाटी संवाददाता सोमबार देशभर १ सय ८६ जना कोरोनाका संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, यीसहित मुलुकभर हालसम्म १७ हजार ८ सय ४४ जना संक्रमित भएका छन्।, विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १७३ जना कोरोनामुक्त... |
भगवती पाण्डे रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ की अनुस्का ढकालले उत्साहित हुँदै फागुन महिनाको अन्तिममा कक्षा ८ को वार्षिक परीक्षा दिएकी थिइन्।, तिलोत्तमा वडा नं. २ स्थित दुर्गादत्त माविमा अध्ययनरत अनुस्काले परीक्षा दिएपछि लकडाउनकै बीचमा परीक्षाफल प्रकाशित भयो। कक्षा ९ मा पुग्दा खुसी र उत्साहित बनेकी अनुस्का ला... |
सेतोपाटी संवाददाता अविरल वर्षापछिको बाढीले धादिङ र चितवन जोड्ने मौवाखोलाको पुलको एकतर्फी भाग बगाएको छ।, सोमबार दिउँसो करिब २ बजेतिर आएको बाढीले धादिङतर्फ मौवाखोलाको पुल करिब पाँच मिटर सडक कटान गरेको हो।, धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सेतोपाटीलाई दिएको जानकारीअनुसार तत्काल पुल मर्मत गर्न सक्ने अवस्था छैन... |
सेतोपाटी संवाददाता ललितपुरको सानेपास्थित स्टार अस्पतालले शुल्क लिएर कोरोना भाइरसको परीक्षण अनुमति पाएसँगै गएको २४ घण्टामा १ सय ७८ जनाको परीक्षण गरेको छ।, सरकारले स्टार अस्पतालसहित काठमाडौंका केही निजी अस्पतालहरूलाई स्वेच्छाले परीक्षण गर्न चाहने व्यक्तिको शुल्क लिएर परीक्षण गर्ने अनुमति दिएको हो।, अस्पतालका प्रशासकीय अ... |
सेतोपाटी संवाददाता विशेष अदालतले गएको आर्थिक वर्षमा ३ करोड ३९ लाख २८ हजार आम्दानी गरेको छ।, न्यायिक दस्तुर र कसुरदारबाट भराएको जरिवानासहित उक्त रकम राजश्वका लागि आम्दानी भएको विशेष अदालतका रजिष्ट्रार अशोक क्षेत्रीले जानकारी दिए।, 'राजश्वतर्फ न्यायिक दण्ड जरिवानामा ३ करोड ३३ लाख ७२ हजार र न्यायिक दस्तुर बापत ५ लाख ५६... |
सेतोपाटी तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा सोमबार पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ।, मृत्यु हुनेमा ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शिताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, स्थानीय मनोज धौलारीको घर पहिराले बगाउँदा दुवै जना बेपत्ता भएका थिए। वेपत्तामध्ये शिताष्माको उद्धार ग... |
सेतोपाटी संवाददाता चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो नामको पोखरी फुटेर नेपालमा क्षति पुग्न सक्ने भन्दै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ।, लगातारको वर्षाले सो पोखरी फुट्न सक्ने सूचना चीनको समकक्षी दोभाषेमार्फत जानकारी प्राप्त भएको प्रशासनले जनाएको छ।, उक्त पोखरी फुट्न गएमा भोटेकोशी नदीमा आ... |
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अधिकारीहरूलाई कानून कार्यान्वयनमा नचुक्न र नझुक्न निर्देशन दिएका छन्।, उनले सोमबार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा महानगरीय प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई नचुकेर र नझुकेर उच्च नैतिक आचरण तथा व्यवहार प्रदर्शन गरी आफ्न... |
सेतोपाटी नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले लकडाउनका समयमा नेपाल तथा भारतका विभिन्न स्थानबाट मानव बेचविखन तथा ओसारपसारमा परेका ४१ जनाको उद्धार गरेको छ।, ब्यूरोको टोलीले लकडाउनको समयमा विभिन्न प्रलोभनमा परेर पीडित बनेका ४१ जनालाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको समन्वयनमा उद्धार गरेको हो।,... |
नारायण महर्जन लगातारको वर्षापछि काठमाडौंका विभिन्न ठाउँ जलमग्न भएका छन् भने खोलाहरूमा पानीको बहाव उच्च भएको छ।, यद्यपी सोमबार उपत्यकामा बाढी पहिराेका कारण कुनै मानवीय क्षति भने नभएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।, उपत्यकाका हनुमन्ते खोला, धोबीखोला, विष्णुमती, बागमती, सुन्दरीघाट लगायतमा पानीको बहा... |
बिबिसी बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको खोप सुरक्षित हुनुका साथै कोरोना भाइरससँग लड्ने प्रतिरोधक क्षमता बढाउन सफल भएको छ।, पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनालाई उक्त खोप लगाइएको थियो, जसको नतिजा 'ल्यान्सेट' भन्ने मेडिकल जर्नलमा सोमबार प्रकाशित भएको छ।, खोप लगाएका व्यक्तिमा कोरोनासँग लड्न... |
सेतोपाटी संवाददाता कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेको छ।, उपप्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्दै आएको नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा आगजनी गरिएको हो । , घरमा पार्किङ गरि राखिएको अवस्थामा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्... |
सेतोपाटी गएराति माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ।, इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो।, माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले गएराति उद्धार गरेको हो।, म... |
सेतोपाटी संवाददाता सोमबार रातभर परेको वर्षाले सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डका आधा दर्जन बढी स्थानमा पहिरो खसेको छ।, बुटवल नजिकै रहेको सिद्धबाबा मन्दिर, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुल लगायतका स्थानमा पहिरो खसेको हो।, पहिरोका कारण बुटवल-तानसेन सडकखण्ड अवरुद्ध भएको ट्र... |
सेतोपाटी नेपाल बाढी सूचना केन्द्रले अविरल वर्षाका कारण नेपालका मुख्य र तिनका सहायक नदीमा बहाव खतराको सूचकमाथि जाने भएकाले सतर्क हुन भनेको छ।, केन्द्रद्वारा आज विहान जारी गरिएकजो सूचनामा नारायणी र सोका सहायक नदीमा बहाव खतराको संकेतभन्दा माथि हुने जनाएको छ। उसले वचलपरासीको सुस्तामा डुवानको जोखिम हुने जानकारी दिएको छ।, य... |
सेतोपाटी संवाददाता धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङको साँधखोलामा घरमाथिबाट आएको पहिरोले पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।, गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाका अनुसार घरमाथिबाट आएको पहिरोले पुर्दा २५ वर्षीय मिलन खाँड, उनकी २२ वर्षीया श्रीमती सम्झना र उनीहरूको १८-१९ महिनाकी छोरी अञ्जिता खाँडको म... |
सेतोपाटी पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन्।, चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ।, सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ। कार्यालयका प्रमुख कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ। बिहान मात्र जोगिमारा... |
सेतोपाटी चितवनको एक मात्र गाउँपालिका इच्छाकामना–५ भोटेस्वरामा एक घर पहिरोले बगाएको छ भने बस्ती नै जोखिममा परेको छ।, आइतबारदेखि परेको अविरल वर्षाका कारण गएराति कमल विकको घर बगाएको हो।, पहिरोको जोखिम आँकलन गरेर उनीहरु राति नै बुबाआमाको घरमा गएर बसेका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीय शिक्षक यानबहादुर गुरुङले जानक... |
सेतोपाटी आइतबारदेखि निरन्तर परेको वर्षाका कारण पूर्वी पहाडी जिल्लामा सञ्चालित आयोजनाहरूको बिजुली उत्पादन बन्द भएको छ।, अविरल वर्षापछि खोलामा आएको बाढीका कारण इलामसहित पाँचथर र ताप्लेजुङबाट सञ्चालित अधिकांश जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन ठप्प भएको हो।, जम्मा भएर आएको भेलका कारण कतै विद्युत् उत्पादनगृहभित्र नै पानी... |
गिरीश गिरी खोकना कथा- शृंखला ३, जुलुससहित भेला भएकाहरूले खोकनाको खुडोलमा यो शनिबार फेरि रोपाइँ गरे। यसपालि रोपाइँ थाल्नुअगावै प्रहरीहरू फर्किएकाले झडप हुन पाएन। अनिष्ट टर्यो।, दुई साताअघि भने काठमाडौं–तराई फास्ट ट्रयाकको यो ‘जिरो किलोमिटर’ मा दुवै पक्षबीच दोहोरो भिडन्त हुँदा धेरै जना घाइते भएका थिए।, यस्तो किन ... |
सेतोपाटी मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर पुरिएर दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।, घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका–८ का वडा सदस्य केशवसिंह धामीले जानकारी दिए।, उनीहरूको घरभित्... |
सेतोपाटी भक्तपुर, साउन ६, , प्रतिभा नायभा श्रेष्ठको जाहेरी रहेको मुद्दामा भक्तपुर जिल्ला अदालतले विसं २०७६ माघ २७ गते पाँच दिन कैद र छ लाख ९६ हजार १०० रूपैयाँ जरिवाना फैसला गरेकामा फरार रहेका प्रधानाङ्गलाई भक्तपुरको प्रहरी टोलीले सोमबार पक्राउ गरी भक्तपुर जिल्ला अदालतमा पेश गरेकामा फैसला कार्यान्वयनका लागि केन्द्रीय... |
सेतोपाटी संवाददाता बैतडीमा एक १४ वर्षीया बालिका रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।, डिलासैनी गाउँपालिका वडा नम्वर ७ खेतीगाउँ बस्ने नवराज जोशीकी छोरी नन्दा जोशी घर नजिकैको रुखमा पासो लगाएको अवस्थामा मृत भेटिएकी हुन्।, सोमबार बिहान उनी मृत भेटिएपछि दिउँसो २ बजे प्रहरीलाई खबर गरिएको थियो।, खबर पाएपछि प्रहरी टोल... |
सेतोपाटी अपराध गरी लामो अवधिदेखि फरार रहेका अभियुक्तहरु बन्दाबन्दीका बेला धमाधम पक्राउ पर्न थालेका छन्।, सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा झापा जिल्ला अदालतबाट दुई वर्षअघि एक वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना तोकिएका विर्तामोड–१ का २५ वर्षीय सुशील बस्नेत पक्राउ परेका छन्।, प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुस... |
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागले अझै तीन दिनसम्म पानी पर्ने बताएको छ।, देशभर भइरहेको अविरल वर्षा र यसले पुर्याएका क्षतिबारे मंगलबार पत्रकार सम्मेलन गरेर विभागले नदी किनारा आसपास बस्तीका मानिसलाई सतर्क रहन आग्रह गरेको हो।, नारायणी, कोसी र बागमती नदी किनाराका बासिन्दा बाढीबाट धेरै जोखिममा रहेको विभागले जन... |
सेतोपाटी संवाददाता महोत्तरीमा रातु नदी तर्दै गर्दा बेपत्ता भएका युवकको शव भेटिएको छ।, मृतक भंगहा नगरपालिका ६ संग्रामपुर निवासी करिब ४० वर्षीय वीरेन्द्र कापर रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जानकारी दिए। , उनका अनुसार जनकपुरबाट भंगहा जाँदै गरेका उनी उक्त नगरपालिकाको वडा नम्बर १ कविलासा पछियार... |
सेतोपाटी संवाददाता पहिरो झरेर शुक्रबार रातिदेखि अवरुद्ध बनेको बुटवल–पाल्पा सडकखण्ड आज साँझ सवा पाँच बजेदेखि सूचारु भएको छ। , शुक्रबार राति सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडकखण्डको गौंडेपुलमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। निरन्तर पानी परेपछि पहिरो हटाउन सकिएको थिएन। , पहिरोका कारण सडकमा रोकेर राखिएकोे ल... |
सेतोपाटी नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।, बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो।, जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ। दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्ष... |
सेतोपाटी कैलालीमा क्वारेन्टिनबाट भागेका एक जना व्यक्ति आइतबार मृत फेला परेका छन्।, यही साउन १ गते भारतबाट फर्किएर गोदावरी नगरपालिका–८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका सोही वडाका ४५ वर्षीया शेरबहादुर आउजी कबुलियत सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्र... |
दिपकजंग शाही सुर्खेतको बराहताल गाउँपालिका–१ का शिवराम राना २०७६ फागुन १० गते साथीहरुसँग शिकार खेल्न गए। उनी र अरु दुई जना बर्दिया राष्ट्रिय निकुञ्जभित्र शिकार खेल्न गएका थिए। एकाएक शिवराम सम्पर्कविहीन भए।, परिवारले प्रहरीमा गई शिवराम हराएको जानकारी गराए। तर सँगै शिकार खेल्न गएका दुई जना भारततिर थिए।, जिल्ला प्रहरी कार... |
सेतोपाटी काठमाडौँ महानगरपालिकाले वीर अस्पताल र थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई कोभिड–१९ परीक्षणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।, भगिनी सम्बन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशीत क्षेत्रमा रहेको ल्हासा नगरले कामपालाई अनुदानस्वरुप दिएका केही स्वास्थ्य सामग्री ती ... |
सेतोपाटी संवाददाता बैंकिङ कसुरको मुद्दामा तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक मधुसुदन सिलवाल पक्राउ परेका छन्।, २०७० सालमा परेकाे बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनलाई आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)काे टिमले पक्राउ गरेकाे डिआइजी शहकुल थापाले जानकारी दिए। , उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १ करोड ज... |
सेतोपाटी संवाददाता पहिरो हटाएर संचालनमा ल्याइएको तीन घण्टा नबित्दै बुटवल तानसेन सडकखण्ड फेरि अवरुद्ध भएको छ। , शुक्रबार रातिदेखि अवरुद्ध बनेको बुटवल–पाल्पा सडकखण्ड आईतवार साँझ सवा पाँच बजेदेखि खुलेको थियो।, दुई दिनको प्रयास पछि खुलेको सडकमा फेरि तानसेन नगरपालिका वडा नम्बर ८ गौंडेपुल डुम्रेमा ठुलो ढुङ्गा खसेपछि सडक अवर... |
सेतोपाटी आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरू डुबानमा परेका छन्।, भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन्।, सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारी... |
सेतोपाटी संवाददाता बझाङमा पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ।, आइतबार साँझ तल्कोट गाउँपालिका वडा नं ३ वस्तीका ९ वर्षीय शोभान रोकाया र ८ वर्षीय बालक सर्जन रोकाया सिचाईका लागि बनाइएको पोखरीमा डुवेर मृत्यु भएको हो।, पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई स्थानीयले बेहोस अवस्थामा निकाल्न सफल भएका थिए।, उपचारका लागि जिल्ला ... |
सविता बुढा भारी वर्षापछि आएको बाढीले बाजुरा जोड्ने साँफे–मार्तडी सडकमा पर्ने १६ मिटर लामो पक्कीपुल बगाएको छ।, बुढीगंगा नगरपालिका-२ ताप्रीसेरास्थित घट्टेखोलामा आएको बाढीले उक्त पुल बगाएको हो।, पुल बगाएपछि ताप्रीसेरा–बल्दे सडक पुर्ण रुपमा अवरुद्ध भएको छ।, बाढीले चार घरमा आंशिक क्षति पुगाएको छ भने ब्रहमतोलामा करिब एक सय ... |
सेतोपाटी बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए।, प्रहरी प्रवक्ता अधिक... |
सेतोपाटी क्रसर उद्योगले जथाभावी बनाउने ठूलाठूला खाल्डा ज्यानमारा बन्दै गएका छन्।, महोत्तरीको बर्दिवास–१४ मा आइतबार यस्तै खाल्डोमा परेर एक किशोरको मृत्यु भएको छ।, बर्दिवास–१४ कै अशोक भनिने आशुतोष मिश्रका १६ वर्षीय कन्हैया भनिने रोशन मिश्रको गहिरो खाल्डोको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महोत्तरीले जनाएको... |
सेतोपाटी सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका–२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई पक्राउ गरेको हो। , केही दिनअघि मात्रै लागुऔषध मुद्दामा अदालतबाट... |
सविता बुढा दार्चुलामा पहिरोमा पुरिएर ६ वर्षीया छोरीसहित आमाको मृत्यु भएको छ।, नौगाढ गाउँपालिका वडा नम्वर-६, परिगाउँमा गएराति आएको पहिरोमा परि ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको हो।, दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले पहिरोमा वेपत्ता भएका आमाछोरीको शव भेटिएको बताए।, उनले... |
सेतोपाटी संवाददाता प्रदेश-५ का दुई जिल्लामा मात्रै मास्क नलगाई हिँड्नेलाई कारबाही गर्दा साढे ४२ हजार राजस्व संकलन भएको छ।, प्रदेश- ५ का १२ जिल्लामध्ये बाँके र पाल्पा जिल्लाबाट मात्रै असार २२ गतेदेखि आइतबारसम्म मास्क नलगाई हिँड्नेहरूलाई कारबाही गर्दा उक्त राजस्व संकलन भएको ५ नं. प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी वर... |
सेतोपाटी संवाददाता काठमाडौंमा पहिरोमा जाँदा एक जनाको मृत्यु भएको छ।, आइतबार साँझ साढे ६ बजे कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीमा पहिरो गएको थियो। पहिरोमा परी त्यहीका एक स्थानीयको मृत्यु भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।, मृत्यु हुनेमा २२ वर्षीय नवराज गुरूङ छन्।, डिए... |
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूलाई शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ।, निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र नेसनल प्याब्सनले अनलाइन क्लास बन्द गरेको मन्त्रालयले विषम परिस्थितिमा सिकाइ सहजीकरण कार्य नरोक्न भनेको हो।, यो पनि:, तत्काल अनलाइन कक्षा सुचारु... |
सेतोपाटी संवाददाता साउनको पहिलो सोमबार आज दर्शनार्थीका लागि पशुपति मन्दिर खुलेन। भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेर बाहिरबाटै दर्शन गरेर फर्किएका थिए। , कोरोनाभाइरस महामारीपछि धेरै भीडभाड हुने मन्दिर, विद्यालयलगायतमा सरकारले लकडाउन जारी नै राखेको छ। पशुपतिमा नियमित नित्य पूजा भइरहे पनि भक्तजनका लागि दर्शन गर्न भने खु... |
युनिक श्रेष्ठ केही दिनयता देशभरि झरी परिरहेको छ। आकाशतिर हेर्यो भने बादलैबादल मात्र देखिन्छ। बादलमाथि भने एउटा नयाँ चिज आएको छ। जुन हजारौं वर्ष पहिला आएको थियो र अब ६ हजार ८ सय वर्षपछि मात्र आउने छ।, अचेल पृथ्वीको उत्तरी गोलार्द्धबाट आकाशमा सूर्यास्तपछि प्रकाशका दुइटा पुच्छर भएको एउटा तारा देखिन्छ। खगोलशास्त्रीहरूले ... |
सेतोपाटी संवाददाता गत शुक्रबार कोरोना भाइरसबाट मृत्यु भएका सप्तरी राजविराजका एक वृद्धको परिवारपछि पसलमा काम गर्ने व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ।, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले मृतकको पसलमा काम गर्ने दुई जना व्यक्तिमा संक्रमण देखिएको जानकारी दिए।, 'उहाँको ग्यास र खाद्यबीच भण्डारको पसल छ। हामील... |
सेतोपाटी संवाददाता बारामा ९ जना जनप्रतिनिधि र १६ जना स्वास्थ्यकर्मीसहित ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए।, यस्तै, स्थानीय तहका ५ जना कर्मचारी र स्वास्थ्यकर्मीका प... |
सबिना श्रेष्ठ चिनी कम रङ कडा– चिया पारखीहरू स्वादिलो चियाको पर्यायझैं यो वाक्यांश भनिरहेका भेटिन्छन्। चियाकै लागि परिचित 'चियावाला' मा धेरैले 'फर्माइस' गर्ने चिया पनि यही हुन्छ।, फिल्म निर्देशक एवं निर्माता गणेशदेव पाण्डेले खोलेको चिया पसल हो यो।, बागमती करिडोर, सिम्रिक एयरको ठ्याक्कै खोलापारि छ, चियावाला। सन् १९५६ दे... |
रासस भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन्।, सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ४० हजार ४२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो संख्या दैनिक संक्रमित भएकाहरूको संख्यामध्ये सबैभन्दा धेरै पनि ... |
सेतोपाटी संवाददाता गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलमा पहिरोले गोठ भत्किँदा एक जना महिलाको मृत्यु भएको छ।, सोमबार मध्यान्ह १२ बजेतिर घर नजिकैको गोठमा बाख्रालाई घाँस हाल्न गएकी करिब ३४ वर्षीया लक्छीमाया गुरूङको पहिरोमा पुरिँदा मृत्यु भएको हो।, ‘पहिरोले गोठ भत्काएर बगाउँदा महिला बेपत्ता थिइन्। ताङ्लीचोकबाट गएक... |
सेतोपाटी संवाददाता पोखराको पृथ्वी चोकस्थित ‘ट्रुथ एसेम्ब्ली चर्च’ मा एक साताअघि ६५ वर्षीय वृद्धको निधन भयो। क्रिश्चियन परम्पराअनुसार उनको शव पोखरा-१५, पटनेरीस्थित सेती नदी किनारको घाटमा गाड्न लगियो।, खाल्डो खन्दै गर्दा केही स्थानीयले विरोध गरे। भनाभनमै यो घटना टुंगो लाग्यो, तर विवाद टुंगिएन।, हिन्दु र क्रिश्चियन दुवै ... |
नेहा झा पर्साको छिपहरमाई गाउँपालिकाकी एक जना एकल महिलालाई अर्धनग्न बनाएर दुर्व्यवहार गरेको खुलेको छ।, जयमंगलापुरकी ४८ वर्षीया ती महिलालाई अर्धनग्न बनाएर जुत्ताको माला लगाएर गाउँ डुलाएको घटना उनले प्रहरीकोमा उजुरी दिएपछि बाहिर आएको हो।, असार ३१ गते उनलाई दुर्व्यवहार भएको थियो। उनले आफूमाथि कुटपिट र दुर्व्यवहार भएको भन्... |
सेतोपाटी संवाददाता शनिबार कोरोनाभाइरसका ५७ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा तीन हजार तीन सय ३१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ५७ जनामा कोरोना देखिएको हो।, नेपालमा अब कोरोना संक्रमित संख... |
सेतोपाटी संवाददाता सडक निर्माणसँगै छेउछाउमा रोपिएका बिरूवाले हरियाली बनेको बेलहिया-बुटवल व्यापारिक मार्ग सडकबत्तीका कारण झिलिमिली बन्न थालेको छ।, सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगरपालिका ड्राइभरटोलदेखि कोटिहवासम्मको सडक डिभाइडरमा अहिले विद्युतीय सडक बत्ती जडान गरेर बाल्न सुरू गरिएको छ।, पहिलो चरणमा निर्माण सम्प... |
रामबहादुर थापा सँधैझैँ बिहानको घरधन्दा सम्हाल्दै थिइन्, रुपा पन्त।, सोचे न सम्झेको छोरा नगेन्द्र टुप्लुक्क आँगनछेउ देखिए। रुपाका गह आँशुले भरिए। वाक्य फुटेन।, हराएको छोरा १५ वर्षपछि घर फिर्दा उनलाई सुरूमा सपनाजस्तै लाग्यो।, एउटी आमाका लागि आश मारिसकेको छोरासँगको पुनःमिलन जत्तिको प्रिय क्षण अरू कुन हुन सक्थ्यो र?, नगेन... |
सेतोपाटी चितवनमा गाई कोटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा कालिका नगरपालिका–३ दुई सय बिघाका हानुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।, स्थानीय सन्तबहादुर तामाङको घरमा गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको ... |
सेतोपाटी मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ।, शनिबार अपराह्न मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैसेको खोप्लाङ भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका–१ का २५ वर्षीय युवा दिपेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।, शनिबार भैसे पुगेर हेटौँडा फर्कने क्रममा मृतक पाण्डे सवार न... |
सेतोपाटी प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ ।, स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो।, स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय... |
एजेन्सी विश्व स्वास्थ्य संगठनले लगातार दोश्रो दिन विश्वमा कीर्तिमानी संख्यामा कोरोना भाइरस संक्रमित फेला परेको जनाएको छ।, रोयटर्समा प्रकाशित समाचारमा बितेका २४ घण्टामा २ लाख ५९ हजार ८ सय ४८ जना संक्रमित फेला परेपछि संक्रमित संख्यामा लगातार दोश्रो दिन नयाँ कीर्तिमान कायम भएको हो।, शनिबारमात्र विश्व स्वास्थ्य संगठनले वि... |
सेतोपाटी सरकारद्धारा प्रतिबन्धित विप्लव समूहका रोल्पा जिल्ला इन्चार्ज कमल थापा (बिजुली) पक्राउ परेका छन्।, ४२ बर्षीय थापालाई शुक्रबार दिउँसो सुनिलस्मृति गाउँपालिका वडा नं.६ गजुलस्थित घरवाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी शंकर खड्काले जानकारी दिए।, प्रहरी निरिक्षक खड्काका अनुसार थापालाई आइ... |
सेतोपाटी पिसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भिटिएम (भाइरस ट्रान्सपोर्ट मिडिया) अभाव हुँदा महोत्तरीमा स्वाब संकलन सुस्त भएको छ।, शनिबार महोत्तरीको बर्दिवासमा स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा यस्तो जानकारी दिएको हो।, 'तत्काल पिसीआर परीक्षण गरिनुपर्ने यहाँ छन्', कार्यालयका कोभि... |
नारायण खड्का प्यूठानको स्वर्गद्वारीमा ट्रयाक्टर दुर्घटनामा ज्यान गुमाएका सबैको परिचय खुलेको छ।, मृत्यु भएका सात जना रोल्पाका हुन्।, दु्र्घटनामा मृत्यु हुनेमा रोल्पा रुम्टगढी गाउँपालिका वडा नं. ५ निवासी १९ वर्षीय बिरेन्द्र बाठा मगर, १९ वर्षकै थमन बाठा मगर, २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षी... |
रासस विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच नेपालीको मृत्यु भएको छ।, शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएका छन्। सङ्घका अनुस... |
सेतोपाटी संवाददाता आँबुखैरेनी-गोरखा सडकखण्ड अवरूद्ध भएको छ।, गए राती परेको वर्षासँगै आएको लेदोमाटोसहितको पहिरोले गोरखा नगरपालिका वडा नम्बर १२ स्थित सातकिलो घुम्तीमा सडक अवरूद्ध भएको। सडकमा लेदो माटो थुप्रिएकोले हटाउने काम भइरहेको छ।, ‘बिहानैदेखि पहिरो हटाउने काम जारी छ। पानी परेन भने अब एक घण्टामा सडक सुचारू हुन्छ,’ ज... |
सविता बुढा पहिरोले भासिएर अवरूद्ध भएको साँफे-मार्तडी सडक १३ दिन बित्दा पनि खुल्न सकेको छैन।, माथि बस्ती र तल नदी रहेको बाजुराको बुढीगंगा नगरपालिका-१ द्धारीमा भासिएको झन्डै सय मिटर सडक दुई साता बित्न लाग्दा पनि बन्न नसकेको हो।, सोही सडकको मर्मत गर्ने र वैकल्पिक सडक बनाउने दुबै प्रयास गरे पनि सफल नभएको सडक कार्यालयले जन... |
रासस झापाको कमल गाउँपालिका-३ केर्खामा गएराति भएको मोटरसाइकल दुर्घटनामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख २७ वर्षीय प्रदीप लम्सालको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार शनिबार राति ११:५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा मे१०प ९८२६ नंको मोटर... |
सेतोपाटी संवाददाता नेपालको कुल जनसंख्याको १ प्रतिशत व्यक्तिमा कोरोनाभाइरसको पिसिआर विधिबाट परीक्षण भएको छ। सरकारले यसअघि कुल जनसंख्याको २ प्रतिशतमा परीक्षण गर्ने जनाएको थियो।, तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या ३ करोड ६ सय ३४ छ।, जसमध्ये ३ लाख ११ हजार ८ सय २९ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ। यो भनेको क... |
सेतोपाटी संवाददाता साउनको पहिलो सोमबार (भोलि ५ गते) दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ।, सरकारले नै मन्दिर, विद्यालयलगायत धेरै भीडभाड हुने ठाउँ नखोल्ने निर्णय जारी राखेकोले पशुपतिमा भक्तजनका लागि खुल्ला नगरिएको हो।, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार सरकारले मन्दिर खोल्ने निर्णय नगर... |
सेतोपाटी संवाददाता नेपाल एयरलाइन्सका चार जना पाइलटसहित १४ जना उडान कर्मचारी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।, एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले सबै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन्। निको भएका सबै संक्रमितलाई अहिले आ-आफ्नो घर पठाइएको छ।, अब आवश्यक्ता अनुसार निको भएका कर्मचारीलाई काममा बोलाइने खड्काल... |
युनिक श्रेष्ठ आफ्नै भान्जालाई अपहरण गरी हत्या गरेको आरोप लागेका एक जनालाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका वडा नम्बर २२ खिचापोखरी बस्दै आएका ११ वर्षीय भान्जा रोहित गुप्तालाई उनकै मामा ४५ वर्षीय राजेशकुमार गुप्तासहितले अपहरण गरी २०६४ सालमा हत्या गरेका थिए।, रोहितको स्थायी घर भारतको बिहार प्रान... |
सेतोपाटी संवाददाता कोरोना भाइरसबाट मृत्यु भएका सप्तरी राजविराजका वृद्धको परिवारका सबै सदस्यमा संक्रमण देखिएको छ।, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले मृतकका परिवारका पाँचै जना सदस्यको नतिजा पोजेटिभ आएको बताए।, पोजेटिभ देखिनेमा मृतककी श्रीमती, छोरा-बुहारी र दुई नाति-नातिनी छन्। उनीहरू ११ वर्ष देखि ६७ वर्ष... |
नारायण खड्का दाङमा दश थान चोरीका मोटरसाइकलसहित १४ जना पक्राउ परेका छन्।, आइतबार जिल्ला प्रहरी कार्यालय घोराहीमा पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको छ।, उनीहरूले विभिन्न कम्पनीका मोटरसाइकल चोरेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए।, यसरी मोटरसाइकल चोरी गर्नेमा घोराही उपमहानगरपालिका-१३... |
सेतोपाटी संवाददाता आइतबार देशभर १ सय ५६ जना कोरोनाका संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर हालसम्म १७ हजार ६ सय ५८ जना संक्रमित भएका छन्।, विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ५८ जना कोरोनामुक्त भएका... |
सेतोपाटी संवाददाता सिंहदरबारभित्र सरसफाइमा खटिने कर्मचारीको कोरोना भाइरसको परीक्षण गरिने भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा सिंहदरबारमा सरसफाइ गर्ने कर्मचारीको कोरोना परीक्षण गर्ने तयारी भएको जानकारी दिए।, उनले त्यसको लागि नमूना संकलन कार्य तत्काल सुरु गरिने... |
रासस काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायातका साधन फाट्टफुट्ट गुड्न थालेका छन्। सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न त्यस्ता सवारीमा सानिटाइजरसमेत राखेर चलाउन सकिने निर्णय भए पनि सही रुपमा कार्यान्वयन हुन सकेको छैन।, ,सरकारले गत असार २६ गतेदेखि नै सुरक्षा विधि अपनाएर दुई जनाको सिटमध... |
प्रशन्न पोखरेल मेलम्ची खानेपानी आयोजनाको सुरूङभित्र रहेको ढोका नम्बर १७ एक्कासी खुलेर कसरी पानी बाहिर निस्कियो भन्नेबारे अध्ययन गरिरहेको प्राविधिक समितिले नटबोल्ट कसाइमै समस्या देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ।, आयोजनाको अम्बाथानस्थित सुरूङभित्र ढोका नम्बर १७ बाट एक्कासी पानी बाहिर आउँदा निरीक्षण गर्न पुगेका आयो... |
सेतोपाटी संवाददाता पोखरा ७ मुस्ताङचोकमा नेपाल प्रहरीले बनाएको प्रहरी अस्पतालको नवनिर्मित भवन आइतबार उद्घाटन भएको छ।, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी घनश्याम अर्यालले उक्त भवनको उद्घाटन गरेका हुन्। उक्त भवन तीन वर्षअघि निर्माण थालिएको थियो।, प्रहरी कल्याणकारी कोषबाट २८ लाख २३ हजार रुपैयाँमा नयाँ भवन... |
सेतोपाटी संवाददाता महाराजगन्जमा तीन सवारी साधन ठोक्किँदा एक जना प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ।, शनिबार साँझ सवा ५ बजे काठमाडौं महानगरपालिका-४ सुकेधारा हिमाल डेन्टल अगाडि दुर्घटना हुँदा बा ७४ प २८६१ नम्बरको मोटरसाइकल चलाइरहेका असई प्रेमराज पौडेलको मृत्यु भएको हो। सुर्खेत घर भएका उनी प्रहरी प्रधान कार्यालय... |
युवराज श्रेष्ठ लेखनाथ लायन्स क्लबलाई विदेशबाट स्वास्थ्य क्षेत्रमा खर्च गर्न ठूलो परिणाममा पैसा आउने चर्चा चल्यो। लेखनाथ लायन्सका पदाधिकारीलगायत सदस्यले अस्पताल चलाउने निर्णय गरे। उक्त निर्णयलाई तत्कालीन लेखनाथ नगरपालिका, लेखनाथ उद्योग वाणिज्य संघलगायत संघ-संस्था र स्थानीयले साथ दिए।, अस्पताल चलाउन उनीहरूसँग कुनै पूर्व... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.