content
stringlengths
20
64.1k
सेतोपाटी पृथ्वीराजमार्गअन्तर्गत दमौली डुम्रे सडक खण्डमा शनिबार सबै सवारी प्रवेशमा रोक लगाइएको छ।, प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बन्दीपुर गाउँपालिका वडा नम्बर १ मा सडक भाँसिएपछि वैकल्पिक मार्गबाट सडक सुचारू गरे पनि वैकल्पिक मार्ग पनि अवरूद्ध भएकोले आज सवारी साधन प्रवेशमा रोक लगाउनु परेको जानकारी दिए।, वैकल्पिक मा...
सेतोपाटी संवाददाता पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितवनको सीमा मोवाखोलामा बाढीले भत्काएको पुलको टेवा पर्खाल मर्मतको काम आज पनि जारी छ।, गत सोमबार आएको बाढीले मोलाखोला पुलको धादिङतर्फ करिब १५ मिटर सडक बगाएर पुललाई समेत जोखिममा पारेपछि राजमार्ग अवरूद्ध थियो।, यो पनि:, पृथ्वी राजमार्गमा बाढीको विनाश (फोटो फिचर), धादिङक...
सेतोपाटी संवाददाता पहिरोले थुनिएको गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ७ स्थित नौलीखोला खुलेको छ। , गए रातीको पहिरोले लापु गाउँको मापुडाँडामा स्थानीय नौलीखोला थुनिएर ताल बनेको थियो। स्थानीय बासिन्दा वीरवल तमुले दिएको जानकारीअनुसार पहिरो नाघेर पानी निस्केको हो।, ‘पहिरोले ११ घण्टा थुनिएको नौलीखोलाबाट पानी बग्न थालेको छ,...
सेतोपाटी पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टिन खाली गराउन शुरु गरेको छ।, पठनपाठन शुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका विद्यालयहरुमा बनाएका क्वारेन्टिन हटाउन थालिएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताए।, खैरहनीमा कंकाली मावि, जनजीवन मावि, खैरहनी मावि, कठार मावि, कपिया मावि,...
निशा भण्डारी हिन्दु धर्म, परम्पराअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज नागको पूजा अर्चना गरी नाग पूजा मनाइएको छ।, घरको मूल ढोकामा नागको तस्बिरसहित नागका अष्ट कुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजा आराधना गरिन्छ।, यसरी नागको तस्बिर टाँस्दा व...
दिपकजंग शाही कर्णाली प्रदेश सरकार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत् उच्च तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न प्रयासरत छ।, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले प्रतिष्ठानद्वारा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालनको विषयलाई सम्बोधन गरेको छ।, प्रदेश सरकारको वार्षिक बजेटमा पनि प्रतिष्ठान...
निशा भण्डारी ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ । शनिबार नागपञ्चमीका शुभसाइत हेरेर रथारोहण गरिएको हो।, रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भए पनि उल्लेख्य मात्रामा मानिसहरू सहभागी भएका छन्।, यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गर...
सेतोपाटी संवाददाता शनिबार कोरोनाभाइरसका एक सय ९ जना संक्रमित थपिएका छन्।, चार हजार ७५ जनामा गरिएको पिसिआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।, अब नेपालमा कोरोना संक्रमित संख्या १८ हजार चार सय ८३ जना पुगेका छन्।, उनका अनुसार देशभरका क्...
सेतोपाटी संवाददाता कोरोना भाइरस संक्रमणबाट बाराकी १७ वर्षीया एक किशोरीको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।, बारा परवानीपुर वडा नम्बर ८ की ती किशोरीमा कोरोना पोजेटिभसँगै पखला, श्वासप्रश्वासलगायत समस्या पनि देखिएको थियो।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १...
नारायण खड्का दाङमा करिब सात किलोग्राम लागुऔषध अफिमसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, रोल्पा सुनछहरी गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय दुजबहादुर रोका, सुनछहरी गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय लालमन घर्ती मगर, सोही ठाउँका ३२ वर्षीय हर्कबहादुर घर्ती मगर र २२ वर्षीय लालसिंह विक पक्राउ परेका हुन्।, बरामद अफिमसह...
रासस सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्वडिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधीवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ।, सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिए...
सेतोपाटी संवाददाता शनिबार कर्णाली प्रदेशका थप २५ जनामा कोरोना पुष्टि भएको छ।, प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमध्ये २७ जनामा कोरोना पोजेटिभ देखिएको हो। जसमध्ये २ जना अछामको विनायक नगरपालिका–४ का २ जना पुरूष छन्।, कर्णाली प्रदेशको सुर्खेतका ११ जना, दैलेखका २ जना, कालिकोटका ३ जना, हुम्लाका १ जना...
सेतोपाटी संवाददाता भारतबाट अवैध रुपमा भित्राइएका १७ लाख मूल्य बराबरका खसिबोकालाई नवलपरासीमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।, सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाले भारतबाट अवैध रुपमा भित्राउंदै गरेको अवस्थामा शुक्रवार राती ८५ वटा खसी बोका नियन्त्रण गरिएको जानकारी दिए...
सविता बुढा बझाङमा १५ दिनभित्र पिसीआर मेसिन आइपुग्ने भएको छ।, जेठ २६ गते जिल्लाका १२ स्थानीय तह र जिल्ला समन्वयन समितिले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेका थिए।, अब १५ दिनभित्र मेसिन खरिद गरेर जिल्लामा आइपुग्ने जिल्ला अस्पताल बझाङका मेडिकल सुपरिटेण्डेन्ट सन्दीप ओखेडाले जानकारी दिए।, उनकाअनुसार यसअघि असार १ गते भित्र ...
सेतोपाटी आगामी सोमबारदेखि पुनः मौसम सक्रिय हुने भएको छ।, वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।, यस वर्ष नेपालमा गतजेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो। त्यसै दिन मुलुकका विभ...
सेतोपाटी सर्लाही, साउन ११,  , हिउँदको समयमा खोलामा पानी नहुने भए पनि वर्षायाम सुरू भएपछि खोला वारपार गर्नुपर्दा जोखिमपूर्ण तवरले बाँसको कच्ची पुल बनाएर खोला तर्नुपर्ने बाध्यताका कारण सो क्षेत्रका स्थानीयवासी मारमा परेका हुन्।, सो हुलाकी सडक भएर आवतजावत गर्ने यात्रु स्थानीयवासीले बनाएको बाँसको अस्थायी पुलबाट रकम तिरेर ...
समिक्षा अधिकारी विद्यार्थीलाई सिकाइ सहजीकरण गर्दै केही निजी स्कुलले अनलाइन कक्षा चलाइरहेका छन्। तर गाउँघरका सामुदायिक स्कुलमा यो सम्भव छैन। प्रविधिमा पहुँच नभएका विद्यार्थी वैकल्पिक सिकाइबाट बञ्चित छन्।, विद्यार्थी र सिकाइबीचको यही दुरी कम गर्न लागि परेको छ चितवनको एक सामुदायिक विद्यालय। यो स्कुलले आफ्ना शिक्षकलाई नै ...
सेतोपाटी कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्दामा संलग्न रही फरार  रहेका तीन अभियुक्तलाई पक्राउ गरेको छ।, प्रदेश प्रहरीको विशेष टोलीले कर्तव्य ज्यान, जबर्जस्ती करणी र अनादर चेक मुद्दामा संलग्न रहेको ठहर गरी जिल्ला अदालतबाट फैसला भई कैद र जरिवाना भुक्तानी नगरेका अभियुक्तलाई यही साउन ५, ६ र ७ गते पक्राउ...
सेतोपाटी संवाददाता सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, बिहीबार साँझ पौने आठ बजे नागरजुन नगरपालिका-४ सृजनशील टोलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो।, उनीमाथि एसिड प्रहार गर्ने एक भारतीय नागरिक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेम...
सेतोपाटी भद्रपुर नगरपालिका–२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको परिवारलाई दश-दश लाख रूपैयाँ  प्रदान गरिने भएको छ।, निर्माण कम्पनीले खनेर छाडेका पोखरीमा डुबेर गत बुधबार बालकको मृत्यु भएको थियो ।,  बिहीबार उचित क्षतिपूर्तिको माग राख्दै परिवारले शव बुझेक...
सेतोपाटी नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ। , जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः  सोही स्थानमा पहिरो खसेको हो।, निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालयका ...
युनिक श्रेष्ठ बिहीबार साँझ एसिड प्रहार गरिएकी पवित्रा कार्कीलाई हौसला दिन एसिड आक्रमणबाट पीडित मुस्कान खातुन शुक्रबार बिहान कीर्तिपुरस्थित कीर्तिपुर अस्पताल पुगेकी छन्।, उनी पौने ९ बजे त्यहाँ पुगेकी हुन्।, उनी आफ्नो फलोअपका लागि हिजोमात्र अस्पताल पुगेकी थिइन।, घटना भएको थाहा पाएपछि आफ्ना बाबुलाई भनेर मुस्कान बिहानै प...
सेतोपाटी त्रिभुवन राजपथ अन्तर्गत पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ।, सो सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा विहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिएका छन्।, सडक अवरुद्ध भएपछि सयौँ सवारी साधनबीचमै रोकिएका छन्।, पृथ्वी राजमार्गको नौबिसे–मुग्लिनख...
सेतोपाटी पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ।, राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा  सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो।, अविरल वर्षा पछि बन्दीपुर गाउँपालिका–१ स्थित नालामा सडक नै भाँसिएर पहिरो गएपछि यसअघि पनि राजमार्ग अवरुद्ध भएको थियो।, यही साउन ४ र ५ गते प...
सेतोपाटी भैँसी बचाउन जाँदा पहिरोले पुरिएर गए राति एक जनाको मृत्यु भएको छ।, थाक्रे गाउँपालिका–६  रानीबारी कार्कीगाउँमा पहिरोमा पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।, राति गोठमाथीबाट पहिरो झर्न लागेपछि भैँसी फुकाउन जाँदा गोठमा प...
सेतोपाटी नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित नारायणी नदीले बगाएर एक व्यक्ति वेपत्ता भएका छन्।, नदीले बगाएर ल्याएको दाउरा छोप्न गएका सुस्ता गाउँपालिका–५ का ५२ वर्षीय राधेश्याम कोइरीलाई आज बिहान नारायणीले बगाएको हो।, सुस्ता–५ पक्लिहवास्थित ठोक्कर नं ३ मा दाउरा छोप्ने क्रममा चिप्लिएर कोइरी नदीमा खसेको र अहिलेसम्म फेला...
सेतोपाटी संवाददाता सुर्खेतको वीरेन्द्रनगरस्थित एक जंगलमा युवतीको शव फेला परेको छ।, वीरेन्द्रनगर–१२ नेवारे नजिकको सामुदायिक वनमा शुक्रबार युवतीको शव फेला परेको हो।, २९ वर्षीया युवतीको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।, युवतीको श...
रासस अविरल वर्षापछि आएको पहिरोका कारण अवरूद्ध बनेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) राजमार्गको बागलुङ खण्ड सञ्चालनमा आएको छ।, पहिरोका कारण मंगलबारदेखि अवरूद्ध मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड बिहीबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको हो।, बागलुङ नगरपालिका–३ बोक्सेमा गएको ठूलो पहिरोका कारण अवरूद्ध बनेको लोकम...
सेतोपाटी संवाददाता सेनाको कुटाइबाट चितवन राष्ट्रिय निकुञ्जमा एक युवकको मृत्यु भएपछि नेपाली सेनाले छानबिन सुरू गरेको बताएको छ।, शुक्रबार सेनाले विज्ञप्ति जारी गर्दै आफ्नो आन्तरिक छानबिन सुरू गरिसकेको र अधिकार प्राप्त सरकारी निकायहरूले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने बताएको छ।, चितवन राष्ट्रिय निकुञ्जमा सेना...
सेतोपाटी संवाददाता वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत् ८५ वर्षीया वृद्धाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।, मुटु रोगी समेत रहेकी उनको आइसियूमा उपचारको क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए।, उनमा कोरोना संक्रमण पुष्टि भए...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले आफैंले प्रतिपादन गरेका कानुनी सिद्धान्तविपरित श्रीमती मार्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइलाको कैद सजाय घटाउने फैसला गरेको भन्दै उक्त मुद्दामा पुनरावलोकन गर्न महान्यायाधीवक्ताको कार्यालयले निवेदन दिएको छ।, असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश तेजबहादु...
रासस गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका–७ मल्मका लक्ष्मण सुनारको वाचा थियो छिट्टै घर फर्कने।, दुर्भाग्य, साउदी अरब पुगेको तीन महिनामै सुनारले आकस्मिक मृत्युवरण गर्नुपर्‍यो। धन कमाउन विदेशिएका उनी बन्द बाकसमा फर्किए।, फागुन पहिलो साता साउदी अरब पुगेका ४२ वर्षीय सुनारको गत जेठ ११ मा निधन भयो। शव...
सेतोपाटी अविरल वर्षाका कारण जिल्लाको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ।, बेलकोटगढी नपा–८ हर्रेमा गएराति घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए।, ढुङ्गामाटोबाट बनाइएको कच्ची घर अविरल वर्षाको कारण भत्किए...
रासस गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका–७ मल्मका लक्ष्मण सुनारको वाचा थियो छिट्टै घर फर्कने। दुर्भाग्य, साउदी अरब पुगेको तीन महिनामै सुनारले आकस्मिक मृत्युवरण गर्नुपर्‍यो। धन कमाउन विदेशिएका उनलाई बन्द बाकसमा ल्याइयो।, फागुन पहिलो साता साउदी अरब पुगेका ४२ वर्षीय सुनारको गत जेठ ११ मा मृत्यु भयो...
सेतोपाटी संवाददाता अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।, शुक्रबार दिउँसो उनले १० करोड क्षतिपूर्ति माग गर्दै शाहविरूद्ध मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकृत ज्ञानबहादुर कार्कीले जानकारी दिए।, केसीले निवेदनमा आफूलाई साम्राज्ञीले बेइज्जत गरेको ...
सेतोपाटी संवाददाता सप्तरीमा एकै परिवारका ४ जनासहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, राजविराज ६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएका एउटै परिवारका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, संक्रमितहरू क्रमशः ६९, २९ र २२ वर्षीय पुरूष तथा ४० वर्षीया महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्...
सेतोपाटी संवाददाता शुक्रबार १ सय ३३ जना कोरोनाका संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, यीसहित मुलुकभर कुल संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण गरिएको छ।...
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गर्ने भएको छ।, शुक्रबार बसेको संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले महानगरपालिका क्षेत्रमा शनिबार बिहान ५ बजेदेखि अर्को आदेश नभए सम्मका लागि निषेधाज्ञा जारी गरेको हो।, निषेधाज्ञा अवधिभर औषधि उप...
निशा भण्डारी प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाभियोग लगाउन माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ।, ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाभियोग, भागवण्डाको गोटीले हत्यारा छुट्यो भेटीले’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर नागरिक समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।, प्रधानन्यायाधीश चोलेन्द्र र न्...
सेतोपाटी संवाददाता वीरगञ्जकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको झन्डै एक वर्ष भएको छ। गत भदौ २० गते स्कुल जाने क्रममा उनीमाथि एसिड प्रहार भएको थियो।, त्यसयता मुस्कान आफ्नो परिवारसहित काठमाडौं नै बसेर उपचार गराइरहेकी छिन्।, अहिले भने मुस्कानले आफ्नो घाउलाई बिर्सिंदै पुरानै खुसीमा फर्किएकी छन्। यसका लागि उनले...
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने १७ वटा सार्वजनिक सवारीसाधनलाई कारबाही गरेको छ।, शुक्रबार महाशाखाका ट्राफिक प्रहरी आफैं यात्रु बनेर कारबाहीको अभियान थालेको हो। सार्वजनिक यातायातहरू चलेको केही दिन बितेसँगै यात्रुसँग बढी भाडा असुल्न सक्ने भन्दै अभियान थालेको हो।, महाशाखाले तोक...
युवराज श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले लमजुङबाट २ जना इञ्जिनियरलाई पक्राउ गरेको छ।, लमजुङको मस्र्याङ्दी गाउँपालिकामा कार्यरत इञ्जिनियर भुपेन्द्रकुमार मण्डल र टिकाप्रसाद गुरुङलाई अनुसन्धानका लागि पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन्।, ...
सेतोपाटी संवाददाता हुण्डी कारोबार गर्ने एक जनालाई प्रहरीले १९ लाख ९१ हजार नगद सहित पक्राउ गरेको छ।, शुक्रबार स्याङ्जा घर भइ सामाखुशी बस्ने ४० वर्षीय ढुण्डीराज न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो।, न्यौपानेले अवैध हुण्डी कारोबार गर्ने गरेकाे भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाले अनुसन्धान थालेको थियो।, श...
सेतोपाटी संवाददाता रुपन्देहीको सम्मरीमाई गाउँपालिकाले स्थानीयलाई निशुल्क रुपमा ग्यास वितरण गरेको छ। , ,गाउँपालिकाले कुनै पनि कार्यविधि र मापदण्ड नबनाई मनोमानी रुपमा जमिनदारलाई समेत निशुल्क ग्यास वितरण गरेको हो।, सरकारले राहत तथा अन्य आर्थिक सहयोग गरिब तथा विपन्नताको आधारमा उपलब्ध गराउने भए पनि मर्चवार क्षेत्रमा पर्ने ...
सेतोपाटी संवाददाता मलेसियामा अलपत्र अवस्थामा रहेका ५५ जना नेपालीलाई नेपालको हार्भेट मुन टुर्स एण्ड ट्राभलले निशुल्क नेपाल ल्याइदिने भएको छ।, जेल र डिटेन्सन केन्द्रमा रहेकामध्ये ५५ जनालाई मलेसियाबाट नेपाल ल्याउन लागिएको सो ट्राभलले जनाएको छ। यही जुलाइ २९ तारिख मलेसियामा रहेका नेपालीहरु जहाज चार्टर गरेर स्वदेश फर्कदैछन ...
सेतोपाटी जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबार काठे पुलबाट खसेर एक जना बालकको मृत्यु भएको छ।, पुलबाट खसेर खोलामा परेर मृत्यु हुनेमा अदानचुली–५ करगाईका १५ वर्षीय गोपाल रोकाया रहेको अदानचुली–४ का वडा सदस्य देवखर जैसीले जानकारी दिए।     , बुधबार भैँसी चराउन गएका रोकाया भैँसी चराएर मध्याह्न १२ बजे घर...
सेतोपाटी संवाददाता बाढीपहिरोले अवरूद्ध पृथ्वी राजमार्ग बिहीबारसम्म सञ्चालनमा आउन सकेको छैन।, सोमबार दिउँसोको बाढीपहिरोले मुग्लिनदेखि नौविसेसम्म साना ठूला गरी दुई सय भन्दा बढी पहिरो खसेको थियो।, यो पनि:, पृथ्वी राजमार्गमा बाढीको विनाश (फोटो फिचर), बाढीले धादिङ र चितवनको सीमामा रहेको मौवाखोला पुलको एकतर्फ करिब १५ मिटर स...
सेतोपाटी अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी गरेका छन्।, आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ।, कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए।...
नेहा झा जितनी महतोले कहिल्यै नसोचेको भयो।, रिसको झोंकमा उनले लुकीछिपी जेठाजुलाई मारेकी थिइन्। सबैले थाहा पाइहाले। प्रहरी आयो, उनलाई हत्कडी बाँधेर लग्यो।, यो घटनाको डेढवर्ष भयो। उनको यो मुद्दामा अदालतले फैसला गरिसकेको छैन। , महोत्तरीको औरही घर भएकी जितनी श्रीमानको घर आउँदा कहिल्यै सोचेकी थिइनन्, कुनैदिन यही घरबाट हत्कड...
सेतोपाटी कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार भाइरस संक्रमणबाट सर्वाधिक प्रभावित ३ मुलुक अमेरिका, ब्राजिल र भारतमा २४ घण्टाको अवधिमा  हजार बढी मानिसको ज्यान गएको छ।, वर्ल्डमिटरको तथ्यांकका अनुसार बितेका २४ घण्टामा कोरोनाबाट सर्वाधिक प्रभावित मुलुक अमेरिकामा १२ सय ५ जनाको मृत्यु भएको छ भने ब्राजिलमा १२ सय ९३ जनाको...
सेतोपाटी सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख रूपैयाँसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ।, सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाको अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक...
सेतोपाटी संवाददाता श्रीमतीको हत्या गरेको कसुरमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइराला बिहीबार जेलबाट छुटेका छन्।, सर्वोच्च अदालतले जन्मकैदको फैसला 'चर्को पर्न जाने' भन्दै कैद सजाय घटाइदिएपछि  उनी जेलबाट  छुटेका हुन्।, आठ वर्ष ६ महिना कैद सजाय भुक्तान भएपछि कोइरालालाई थुनामुक्त गरेको डिल्लीबजार कारागा...
सेतोपाटी संवाददाता नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जना व्यक्तिको मृत्यु भएको छ।, वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचाररत् वीरगञ्ज निवासी ७० वर्षीय वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।, 'उहाँलाई गत मंगलबार अस्पतालमा भर्ना गरेका थियौं। स्वासप्रस्वासमा समस्य...
रासस जाजरकोटमा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ। एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ।, बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गत असार २५ गते आएको पहिराले घर बगाउँदा विस्थापित दलवीर सार्कीको खाना नपाएर मृत्यु भएको वडा सचिव डम्बर पुनले बताए।, यहाँ खानाको अभावमा जटिल अवस्थासमेत आएको छ। बार...
सेतोपाटी संवाददाता कैलालीको अस्थायी प्रहरी पोष्ट शान्तिनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कृष्ण चन्द कारबाहीमा परेका छन्। , कार्यालयमा रक्सी खाएर ड्युटी गरेका उनलाई जिल्ला प्रहरी कार्यालयले कारबाही गरेको हो।, कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार असार २७ गते राति जिल्ला प्रहरी कार्यालयबाट हुने निय...
सेतोपाटी संवाददाता झापाको भद्रपुर नगरपालिकाले बनाएको पोखरीमा तीन जना बालक मृत फेला परेका छन्।, बुधबार वडा नम्बर-२ पृथ्वीनगरस्थित कमलधाप बस्ने १० वर्षीय अंकुश तामाङ बेपत्ता थिए। दिउँसो २ बजे घरबाट निस्केका उनी साँझसम्म नफर्किएपछि परिवारले आफन्तसमक्ष सोधिखोजी गरेका थिए।, बेलुकी आठ बजे आफन्तले तामाङलाई पोखरीमा मृत फेला प...
सेतोपाटी संवाददाता सिराहामा एक साताअघि मृत फेला परेका एक सशस्त्र प्रहरी जवानको हत्या भएको खुलेको छ।, बिओपी मार्डर सिराहामा कार्यरत प्रहरी जवान मनोहरकुमार यादवको हत्या भएको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले यादवको हत्यामा संलग्न भएको भन्दै ३ जनालाई पक्राउ गरेको छ। अरु दुइ जना भने फरार छन्।, सिराहा नगर...
प्रशन्न पोखरेल निजी विद्यालयले रोकेको अनलाइन कक्षा बिहीबारदेखि सुचारू हुने भएको छ।, लकडाउनका बेला सरकारले सहुलियत नदिएको र अभिभावकबाट पनि शुल्क नउठ्दा खर्च धान्न नसकिएको भन्दै साउन १ गतेदेखि अनलाइन कक्षा बन्द थियो।, यो पनि:, शिक्षा मन्त्रालयले निजी विद्यालयहरूलाई भन्यो - अनलाइन क्लास बन्द नगर्नू, प्याब्सन र नेसनल प्या...
सेतोपाटी संवाददाता ललितपुरको झम्सिखेलमा बिहीबार तीन वटा सवारी ठोक्किँदा एक जना घाइते भएका छन्।, बिहीबार दिउँसो भनिमण्डलबाट झम्सीखेलतर्फ जाँदै गरेको बा ८ च ७२५६ नम्बरको कारको टायर पञ्चर भएर विपरीत दिशाबाट आउँदै गरेको बा ११ च ११७० नम्बरको कारसँग ठोक्किए थियो।, सोहीबेला पछाडिबाट आउँदै गरेको प्रदेश २-०३-००३ प ६८३४ नम्बरको...
सविता बुढा धनगढीमा गर्भवती र बिरामी महिलालाई राख्नको लागि होल्डिङ सेन्टर र आइसोलेसन बनाइएको छ।, धनगढी उपमहानगरपालिकाले वडा नम्बर-१ स्थित बी पोलिटेक्निकमा नमूना महिला होल्डिङ सेन्टर र आइसोलेसनको स्थापना गरी बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो।, धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले महिला होल्डिङ र आइसोलेसन से...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वडा-१८ मा पुष्पलाल स्मृति पार्क बनाइएको छ।, उद्योग, पर्यटन वातावण मन्त्रालय, बागमती प्रदेश र काठमाडौं महानगरपालिकाको संयुक्त अनुदानमा सो स्थानमा पार्क बनाइएको हो।, करिब एक करोडको लागतमा निर्माण भएको सो पार्कको नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशका विभिन्न जिल्लाबा बिहीबार ३० जना कोरोना संक्रमित थपिएका छन्।, सुर्खेतका ५, दैलेखका २४ जना र सल्यानका १ जना कोरोना संक्रमित थपिएका हुन्। प्रदेश अस्पताल सुर्खेत र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा ३० जनामा कोरोना पोजेटिभ देखिएको हो।, यी मध्ये ३ जना बालवालिका रह...
प्रशन्न पोखरेल सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७’ जारी गरेको छ।, मन्त्रिपरिषदको हालैको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ५४ ले दिएको अधिकार प्रयोग गरी सरकारले नियमावली जारी गरेको हो।, चिकित्सा शिक्षा आयोगले गत माघमा बनाएको नियमावलीका प्रस्तावमाथि कानुन, अर्थ, शिक्षा र स्वास्थ्य मन्त्रालयमा...
सेतोपाटी संवाददाता रुपन्देहीको सियारी गाउँपालिकाले नियमित कक्षा कोठामा उपस्थित भई अध्ययन गर्ने विद्यार्थीलाई पुरस्कृत गर्न शुरु गरेको छ।, विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउन सहयोग होस् भनी नियमित कक्षाकोठामा उपस्थित हुने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गर्ने गरिएको गाउँपालिकाले जनाएको छ।, ग...
सेतोपाटी संवाददाता बिहीबार १ सय ४७ जना कोरोनाका संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, यीसहित मुलुकभर कुल संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ। यद्यपी विभिन्न अस्पतालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय...
रासस त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ। बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। , ,“हामीले सेमेष्टरको परीक्षाका बारेमा खुला प...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरूणराज खनाललाई नियन्त्रणमा लिएको छ।, बिहीबार अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले खनालको कार्यकक्षबाट स्रोत नखुलेको १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँसहित नियन्त्रणमा लिएको हो।, उनले सो रकम आफ्नो कार्यकक...
युवराज श्रेष्ठ स्याङ्जाको गल्याङ नगरपालिका १० गाउँस्वारामा बुधबार बिहान आएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।, पहिरोमा परी स्थानीय ५२ वर्षीय माया सारूको मृत्यु भएको हो। पहिरोमा परेर उनकी २० वर्षीय छोरी नारायणी सारू घाइते भएकी छन्। नारायणीलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपश्चात थ...
प्रभाकर गौतम अबको तीज नो ब्रत प्लिज,अबको तीज नो ब्रत प्लिज, नो खुट्टाको पानी,,महिला पुरुष दुवै नै बराबरी ,रंगीबिरंगी चुरा र साडी, गहनाको भारी ,गुडिया जस्तै सजिएर नखाने दर ,हामी अबको तीज नो नक्कल ,प्लिज नो खर्चको भारी..., यसै साता सार्वजनिक सोफिया थापाको शब्द, संगीत र स्वरको यो गीत अहिले निकै चर्चामा छ। एक साताभित्र यो...
सेतोपाटी संवाददाता मकवानपुरमा तुइनबाट खस्दा ७७ वर्षीय वृद्धको मृत्यु भएको छ।, मंगलबार साँझ ५ बजे तुइनबाट खसेर हेटौंडा उपमहानगरपालिका-१ लालझाडी बस्ने कृष्ण प्रसाद पराजुलीको मृत्यु भएको हो।, उनको उपचारका लागि अस्पताल लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, 'उनी हिजो पारीपट्टिको खेतमा जान खोज...
नारायण खड्का रुकुम पश्चिममा टाउको छुट्टिएको, गाडेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ।, जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर ९ गुर्ताल निवासी ४५ वर्षीय हरिबहादुर मल्लको शव बिहीबार बिहान घर नजिकै मकै बारीमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो।, जिल्ला प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक कविराम रोकायाकाअनुसार मृतक...
सेतोपाटी संवाददाता बाजुराकी एक गर्भवतीको उपचारको लागि हेलिकप्टरमार्फत् सुर्खेत लगिएको छ।, स्वामीकार्तिक गाउँपालिका वडा नम्बर- १ साप्पाटाकी २१ वर्षीया शर्मिला बुढालाई सुत्केरी हुन नसकेपछि उद्धार गरी सुर्खेत लगिएको हो।, ५ गते साँझ प्रसूतिका लागि साप्पाटा स्वास्थ्य चौकी आएकी उनलाई २४ घण्टासम्म पनि बच्चा नजन्मेपछि स्वास्थ...
युवराज श्रेष्ठ उत्तरी लमजुङको मर्स्याङ्दी  गाउँपालिका ३ तरापु पल्लोटारीमा बुधबार बिहान पहिरो आउँदा १८ घर पुरिएका छन्।, पहिरोमा परेर ३ जना घाइते भए पनि अन्य मानवीय क्षति नभएको गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले बताए।, ‘बिहान मान्छे घरमा थिएनन्, पहिरो आएको देखेपछि धेरैजसो सुरक्षित ठाउँमा भागे,’ गुरूङले सेतोपाटीसँग भने, ‘...
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि मादक पदार्थ सेवन(मापसे) चेकिङ गर्ने भएको छ।, मंगलबार सरकारका प्रवक्ता युवराज खतिवडाले लकडाउन खुलेको घोषणा गरेसँगै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मापसे चेकिङ गर्न लागेको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।, 'हामीले बुधबारदेखि कडाइका सा...
सेतोपाटी संवाददाता हृदयघातबाट बाजुरामा एक वडा अध्यक्षको मृत्यु भएको छ।,  , बुढीगंगा नगरपालिका वडा नम्वर १ का  ६८ वर्षीय वडाध्यक्ष राजेश कुमार सिंहको बुधबार विहान मृत्यु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए।,  , घरमा आज बिहान नुहाएर वडा कार्यालय जानका लागि तयार भइरहेको अवस्था अचानक हृदयघात भ...
एजेन्सी १६ वर्षीया अफगानी किशोरीले आफ्ना आमाबुबाको हत्या गर्ने तीन तालिवानी लडाकुलाई गोली हानेर मारिदिएकी छन्। गत साता ४० तालिवानी लडाकु घोर प्रान्तको जिरिभे गाउँ पसेका थिए।, जुलाई १७ मा लडाकुहरू कमार गुलको घरमा पनि आएका थिए। त्यतिबेला उनी आमाबुवा र भाइसँग सुतिरहेकी थिइन्।, 'ती विद्रोहीहरू राति १ बजे उनीहरूको घरमा गएक...
सेतोपाटी संवाददाता आज बिहान निधन भएका कम्युनिष्ट नेता बर्मन बुढाको पशुपतीस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ।, रोल्पाको थवाङ घर भएका कम्युनिष्ट नेता बुढाको ललितपुरस्थित पाटन अस्पतालामा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो। बुढा २०४८ सालमा रोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद थिए।, ९० वर्षीय बुढाको वि...
युवराज श्रेष्ठ पोखरा-३१ पचभैयाका ७५ वर्षीय रेवतीरमण पौडेल र उनकी श्रीमती ६९ वर्षीया शान्तादेवी पौडेलका छोराछोरी छैनन्। सन्तान जन्माउने आशाले उनीहरू अस्पताल नगएका होइनन्। गण्डकी प्रदेशकै ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्न गए पनि उनीहरूका सन्तान भएनन्।, रेवतीरमणका परिवारमा उनीमात्र नि:सन्तान भने होइनन्। चार...
सेतोपाटी संवाददाता महोत्तरीमा पानी निकास गर्ने विषयमा दुई पक्षबीच विवाद भई कुटाकुट हुँदा ७ जना घाइते भएका छन्।, आज बिहान महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर–३ रघुनाथपुरमा वर्षाको पानी पसेपछि पानी निकासका लागि आ-आफ्नो अनुकूल बाटो खोल्न थालेपछि स्थानीय चतुरी यादव र सुजित यादवको परिवारबीच विवाद भई कुटाकुट हुँदा ३ महिला...
नारायण महर्जन झण्डै चार महिनाको लकडाउन गए रातिदेखि अन्त्य भएसँगै बुधबार काठमाडौंका सडकमा सवारी साधनको जाम भयो।, बुधबार बिहानैदेखि काठमाडौंका सडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखियो।, चोकहरूमा सवारी साधनको जाम लागेको थियो। सार्वजनिक बसमा यात्रा गर्ने यात्रुले मास्क लगाएका थिए भने सडकमा पनि बटुवाहरूको आउजाउ बाक्लो...
सेतोपाटी संवाददाता पाँच नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी रबिन्द्र धानुकले लकडाउनका बेला सुरक्षित भएर कार्यक्षेत्रमा काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन।, प्रदेश तालिम केन्द्र बुटवलमा आयोजित प्रहरी जवान आधारभुत तालिम कार्यक्रममा सम्बोधन गर्दै धानुकले लकडाउन सकिएको तर कोरोनाले अझै नछाडेको बताए। हालसम्म १ सय भन्...
सेतोपाटी संवाददाता सरकारले गएरातिदेखि पूर्ण रूपमा लकडाउन सकिएको बताए पनि काठमाडौं उपत्यका प्रवेशमा भने पास चाहिने भएको छ।, अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ।, ‘लकडाउन सकिएको भए पनि अन्तरजिल्ला सवारी साधन चलाउन पाइँदैन। त्यसैले काठमाडौं प्रव...
सेतोपाटी संवाददाता काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत् एक चिनियाँ नागरिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।, अस्पतालका निर्देशक डा. रोहित पोखरेलले ५८ वर्षीया चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे।, 'उहाँ हिजो बेलुका अस्पताल भर्ना हुनुभएको थियो। आज बिहान उहाँको मृत्यु भयो,' उनले भन...
विवेक राई १ सय २० दिन जारी लकडाउन मंगलबार मध्यरातबाट अन्त्य भएसँगै संक्रमणको जोखिम थप बढेको विज्ञहरूले बताएका छन्।, संक्रमणको जोखिम कायम रहेकाले सरकारले परीक्षणलाई पनि चुस्त बनाउनुपर्ने उनीहरूको सुझाव छ। परीक्षण नगरी संक्रमणको अवस्था थाहा नहुने भन्दै परीक्षणलाई कडाइ नगरे संक्रमण फेरि भित्रभित्रै फैलिएर नियन्त्रण बाहिर...
सेतोपाटी संवाददाता स्याङ्जामा तीन जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालयमा प्रवेश रोक लगाइएको छ।, बुधबार कार्यालयले सूचना जारी गर्दै प्रहरी कर्मचारीमा संक्रमण देखिएको हुँदा सेवाग्राहीलाई प्रवेशमा रोक लगाएको जानकारी दिएको हो।, साथै, केही निवेदन वा जाहेरी दिनु परेमा वा सरकारी तथा गैरसरकारी क...
सेतोपाटी संवाददाता स्याङ्जामा जीपबाट खस्दा १६ वर्षीय किशोरको मृत्यु भएको छ। बुधबार जीपबाट खस्दा गम्भीर घाइते भएका पाल्पा रम्भा गाउँपालिका-४ बस्ने मन बहादुर सारूको उपचारका क्रममा मृत्यु भएको हो।, बिहान पौने ९ बजे भिरकोट नगरपालिका-४ छाङ्छाङ्दीस्थित सिद्धार्थ राजमार्गमा त्रियासीबाट बयारघारी तर्फ जाँदै गरेको ग. १ ज. ७४४५ ...
सेतोपाटी संवाददाता प्रहरीले अपहरण भएको नाटक गर्ने एक जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपालिका-४ बस्ने ३० वर्षीय शक्तिराज रेग्मीलाई पक्राउ गरेको छ।, उनी असार २४ गतेदेखि हराएको र अपहरणमा परेको हुन सक्ने भन्दै उनकी श्रीमतीलाई शुक्रबार महाशाखामा उजुरी दिएकी थिइन्।, सोही उजुरीमाथि अनुसन्धान हु...
सेतोपाटी संवाददाता बुधबार देशभर कोरोनाका १ सय संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, बुधबार थपिएकासहित देशभर हालसम्म संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ। त्यस्तै २४ घण्टामा २ सय ७ जना कोरोनाबाट निको भएका छन्। यीसह...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा बुधबार २२ जना कोरोना संक्रमित थपिएका छन्।, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमध्ये २२ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।, बुधबार थपिएकामध्ये कोरोना संक्रमितमध्ये दैलेखका १६ जना र कालिको...
सेतोपाटी संवाददाता चितवनको नारायणी नदीले बगाएका तथा डुबानमा परेका पाँच जनाको शव फेला परेको छ।, केही दिनयता परेको अविरल वर्षाका कारण डुबानमा परेका र खोलाले बगाएका पाँच जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, यी शवहरू मंगलबार र बुधबार गरी फेला परेको हो। जसमध्ये एक जनाको मात्रै सनाखत हुन सकेको चितवन...
सेतोपाटी संवाददाता सरकारले ७ वटा ‘आरएनए एक्ट्रयाक्सन’ (रि-एजेन्ट) मेसिन खरिद गरेको छ।, योसँगै अब प्रयोगशालाहरूले मेसिनको प्रयोगबाट आफ्नो परीक्षण क्षमतालाई दोब्बर बनाउने भएका छन्।, स्वास्थ्य सेवा विभागका व्यवस्थापन शाखा प्रमुख रमेशप्रसाद खरेलले ७ वटा मेसिन आइपुगेको जानकारी दिए।, उनले अब मेसिनको गुणस्तर जाँच गरेर यथाशिघ...
सेतोपाटी संवाददाता गत शुक्रबार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका सप्तरी राजविराजका वृद्धको परिवारसँग सम्पर्कमा आएका थप १३ जना व्यक्तिमा संक्रमण पुष्टि भएको छ।, कोरोनाबाट वृद्धको मृत्यु भएपछि उनका परिवारका सदस्यको पनि कोरोना परीक्षण गर्दा पाँचै जना सदस्यलाई संक्रमण देखिएको थियो। त्यसपछि परिवारसँग सम्पर्कमा आएकाहरूक...
सेतोपाटी संवाददाता सरकारले प्राकृतिक विपदमा ज्यान गुमाउनेको परिवारलाई नगद सहयोग गर्ने भएको छ। विपदमा एक जना सदस्यले ज्यान गुमाएमा परिवारलाई दुई लाख रूपैयाँ दिइने भएको छ।, बुधबार गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विपद्का घटनामा परिवारका एक सदस्यको मृत्यु भएमा दुई लाख दिने घोषणा गरेको हो।, सोमबार बसेको मन्त्रिप...
अनुषा अधिकारी डाक्टर अमोद घिमिरेलाई अस्पतालको काममा भ्याइनभ्याइ हुन्छ। कालीगण्डकी अस्पताल, कावासोतीमा काम गरिरहेका उनको धेरैजसो समय बिरामीको जाँचमै बित्छ। तर यी डाक्टरको व्यस्तता अस्पतालमा सीमित छैन।, अस्पतालको ड्युटी सकिएपछि उनी जंगलतिर चहार्छन्। अस्पतालमा मान्छेको ज्यान बचाउने उनी जंगल भने सर्प बचाउन पुग्छन्।, पेसाग...
सेतोपाटी संवाददाता जिल्ला अदालत ललितपुरले अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका १२ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान थाल्न प्रहरीलाई अनुमति दिएको छ।, मानव बेचबिखन अनुसन्धान ब्युरोले ११ दिनअघि चितवनको पुरानो मेडिकल कलेजबाट ३ जना चिकित्सक र काठमाडौंबाट बाँकीलाई नियन्त्रणमा लिएको थियो।, अदाल...
सेतोपाटी संवाददाता सरकारी छाप, दस्तखत मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरोले फरार अभियुक्त हरिशरण महतलाई बुधबार ललितपुरबाट पक्राउ गरेको हो।, उनीविरूद्ध मालपोत कार्यलय कलंकीले उजुरी दिएको थियो।, सरकारी छाप दस्तखतको दुरुपयोग गरेको अभियोगमा उनीविरूद्ध २ वर्ष कैद र ३७ लाख ५० हजार जरिवाना...
सेतोपाटी संवाददाता नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक बराजका सबै ढोका खोलिएका छन्।, नेपाल-भारत सीमामा गण्डक बराज बनाएर नारायणी नदीलाई थुनिएको छ। त्यहाँबाट नारायणीको पानी भारत, उत्तर प्रदेश र बिहारका विभिन्न जिल्लामा सिँचाइ गर्न लगिन्छ। नारायणी नदीलाई नै भारतमा गण्डक नदी भनिन्छ।, नारायणी नदी...
सेतोपाटी संवाददाता आफूलाई ‘राष्ट्रिय वाणिज्य बैंक कपिलवस्तु चनौटाको शाखा अधिकृत बताएर जागिर लगाइदिने’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, शुक्रबार बाँसबारीस्थित एक होटलबाट महानगरीय प्रहरी वृत्त महाराजगन्जले सुर्खेत सिम्ता गाउँपालिका–२ घर भएका २४ वर्षीय महेश चन्दलाई पक्राउ गरेको हो।, उनले ६ जनालाई विभिन...
विवेक राई काठमाडौं उपत्यकामा कोरोना भाइरस समुदायमा फैलिएको एकीन गर्न ५ हजार जनाको परीक्षण गर्दा एकजनामा पनि संक्रमण देखिएको छैन।, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले पाँच हजार जनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको जानकारी दिए।, महाशाखाले उपत्यकामा कोरोना संक्रमण समुदायमा कुन ...
सेतोपाटी संवाददाता अविरल वर्षा पछिको बाढी-पहिरोले पृथ्वी राजमार्गका ठाउँ-ठाउँमा सडक अवरूद्ध भएको छ।, धादिङ र चितवनको सीमानामा रहेको मौवा खोला पुलको एकतर्फ करिब पाँच मिटर सडक बगाएको छ।, जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार अवरूद्ध सडक खुलाउने प्रयास भए पनि वर्षा नरोकिएका कारण समस्या छ।, मुग्लिन–नौबिसे सडकखण्डमा साना–...