content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता मोरङमा नक्कली मदिरासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, मंगलबार दिउँसो विराटनगर महानगरपालिका ६ बस्ने श्रवण मुखियालाई प्रहरीले पक्राउ गरेको हो।, उनको न्यूडिएन ट्रेडर्सको पसलभित्र विभिन्न ब्राण्डको बोत्तलमा नक्कली लेवल टाँस गरी मदिरा बनाउने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले लकडाउनको पालना गराउनैका लागि बिहान ४ घण्टा मात्रै खाद्य पसलहरु खुलाइएको बताएका छन्।, सेतोपाटीसँग कुराकानी गर्दै मेयर शाक्यले उद्योगी व्यवसायीहरुसँग छलफल गरेर आएको सुझावको आधारमा यस्तो निर्णय गरिएको बताए।, ‘अहिले दैनिक ज्यालादारी गरेर सामान किन्नेहरु ... |
दिपकजंग शाही कोरोना पुष्टि भएका दैलेखका एक संक्रमितलाई सदरमुकाम ल्याइएको छ। दैलखेको आठविस नगरपालिका–१ का ३५ वर्षीय संक्रमितलाई आइसोलेशनमा राख्न सदरमुकाम ल्याइएको हो।, मंगलबार दिउँसो स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली आठविस गएर उनलाई ल्याएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निराजन पन्तले जानकारी दिए। , उनका... |
सेतोपाटी संवाददाता मंगलबार काठमाडौंमा तीन जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। तीमध्ये १ जना सिनामंगलको कालीमाटी डोलका रहेको बुझिएको छ।, काठमाडौं-९ का वडाध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले ती युवा उक्त टोलका स्थानीय भने नभएको बताए।, ‘उनी रौतहटबाट काठमाडौं आएका हुन्। मजदूरी काम गर्दा रहेछन्,’ वडाध्यक्ष श्रेष्ठले भने,‘लकड... |
नारायण खड्का बाँकेको नरैनापुर गाउँपालिकाका ४७ जना कोरोना संक्रमितलाई आइसोलेसनमा ल्याउने क्रम सुरु भएको छ।, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले संक्रमितलाई ल्याउन बेलुका ६ बजेतिर तीन वटा एम्बुलेन्स पठाइएको जानकारी दिए। संक्रमितलाई ओसार्न एम्बुलेन्सले केही खेप गर्ने उनले बताए।, उनीहरुलाई ल्याएर लायन्स डेन्... |
सेतोपाटी संवाददाता मंगलबार पुष्टि भएका ललितपुरका कोरोना संक्रमित कन्ट्याक्ट ट्रेसिङमा खटिएका स्वास्थ्यकर्मी रहेको खुलेको छ।, उनी पाँच दिनअघि कपिलवस्तु र रुपन्देहीमा संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर फर्किएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।, उनले संक्रमित पुष्टि भएका स्वास्थ्यकर्... |
सेतोपाटी संवाददाता अबदेखि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको उपचार हुने भएको छ।, हालसम्म कोरोना परीक्षण मात्रै गर्दै आएको प्रतिष्ठानले अबदेखि संक्रमितलाई राखेर उपचार गर्ने भएको हो।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार प्रतिष्ठानले संक्रमितको उपचार गर्न मंगलबारदेखि अस्पता... |
सबिना श्रेष्ठ कवि श्रवण मुकारुङले ७३ औं कविता वाचन गरेपछि फेसबुकमा पोस्ट गरे, 'यो संसारसित उज्यालोका मात्र दुईवटा स्रोत छन्- एउटा सूर्य र अर्को कविता। यात्रा जारी छ।', मुकारुङले कोरोना लकडाउनसँगै 'क्वारेन्टाइनबाट कविता शृंखला' सुरू गरेका थिए। यसमा उनी नाम चलेका पुराना कविदेखि नयाँ क्षमतावान प्रतिभाका कविता वाचन गरेर फ... |
सेतोपाटी संवाददाता सरकारले वैदेशिक रोजगारीका लागि विदेश गएकालाई फर्काउने योजना बनाउन सुरू गरेको छ।, मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकमा विदेशबाट फर्किन चाहनेहरूको लागि कसरी ल्याउने र व्यवस्थापन गर्ने भनेर छलफल भएको हो।, उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाउने र त्यसलाई मन्त्रिपरिषदले अन्तिम रूप दिनेछ।, ... |
सेतोपाटी संवाददाता जेठ १ गते भारतबाट फर्किएका दैलेखको आठबीसकोट नगरपालिकाका एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, सुर्खेतस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३५ वर्षीय ती व्यक्तिलाई कोरोनाभाइरसको संक्रमण देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए।, ‘य... |
नारायण महर्जन ललितपुरको छम्पीमा अहिले धमाधम खेतबारीमा पाकेको गहुँ भित्र्याउन किसान व्यस्त छन्। अहिले गहुँ पाकेकै खेतबारी खनजोत गरी जेठको अन्तिमतिर धान लगाउनका लागि तयार गरिँदैछ।, किसानलाई धानबाली लगाउन र भित्र्याउन लकडाउनले कुनै रोकावट नगर्ने मन्त्रिपरिषद बैठकले यसअघि नै निर्णय गरेको छ। यद्यपी बाली लगाउन कुनै अप्ठेरो ... |
सेतोपाटी संवाददाता सोमबार थप एकजनामा कोरोना संक्रमण देखिएको छ।, मोरङको रतुवामाई नगरपालिका-१, सोनापुरका युवकमा कोरोना देखिएको हो।, २५ वर्षीय युवकमा कोरोना पुष्टि भएको नगरपालिकाका मेयर रविन राईले सेतोपाटीलाई जानकारी दिए।, संक्रमित युवक गत शुक्रबार राति भारतको मुम्बईबाट नेपाल आएका थिए। त्यसपछि उनी एकरात घर बसेका थिए। त्य... |
सेतोपाटी संवाददाता झन्डै एक सातापछि पर्साका २४ जना कोरोना संक्रमितलाई क्वारेन्टिनबाट अस्पताल भर्ना गरिने भएको छ। , सिद्धार्थ माध्यामिक विद्यालयको क्वारेन्टिनमा राखिएका उनीहरूलाई भोलिसम्ममा वीरगन्जस्थित गण्डक अस्पतालमा सार्ने तयारी गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए।, गण्डक अस्प... |
सेतोपाटी संवाददाता सोमबार एकैचोटि थप बाँकेका ४७ जनासहित ५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, जसमा बाँकेका ४६ जना पुरूष र एक जना महिला संक्रमित छन्। भेरी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो।, यसैगरी, स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मोरङ, गुल्मी, धादिङ, दाङ, ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका फिल्डमा खटिएका ट्राफिक प्रहरीको पनि कोरोना परीक्षण गरिने भएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौंले फिल्डमा खटिएका ट्राफिक प्रहरीको पनि कोरोना परीक्षण गर्ने तयारी भएको प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।, 'हामीले फिल्डमा खटिएका ट्राफिक प्रहरीहरूको पनि पिसिआर परीक... |
नारायण खड्का कोरोना भाइरसबाट नेपालमा मृत्यु भएका दोस्रो व्यक्ति बाँकेको नरैनापुर गाउँपालिका-५ नयाँबस्तीका २५ वर्षीय युवकको शव डोजरमा बोकेर अन्तिम संस्कार गरिएको छ।, कोरोनाभाइरसको संक्रमणबाट आइतबार बिहान मृत्यु भएका ती युवकको शव राति साढे ९ बजेतिर राप्ती किनारमा लगेर गाडिएको हो।, शव व्यवस्थापन गर्न गएका ७ जना सबैले पिप... |
भगवती पाण्डे सोमबार कोरोना संक्रमण पुष्टि भएका गुल्मीका व्यक्ति रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएको बुझिएको छ ।, गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि क्रिमसन अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइ... |
सेतोपाटी संवाददाता हेटौंडास्थित बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्कीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।, सोमबार प्रशासन कार्यालय काठमाडौंले उनीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको महानगरीय प्रहरी परिसरका प्र... |
सेतोपाटी संवाददाता मोरङमा श्रीमतीकै योजनामा श्रीमानको हत्या भएको खुलेको छ।, आइतबार इटहरी उपमहानगरपालिका-१२ घर भई विराटनगर महानगरपालिका-१० मधुमारामा देवी पाथीभरा फार्मेसीका सञ्चालक ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या आफ्नै श्रीमतीको योजनामा भएको पुष्टि भएको छ।, हत्याको आरोपमा प्रहरीले उनकी श्रीमतीसहित दुई कामदारलाई पनि ... |
रासस हिउँदमा मजदुरीका लागि भारत छिरेका बैतडीको सुर्नया गाउँपालिका– ३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन सीमावर्ती क्षेत्र झुलाघाट आए।, उनीहरु सीमामा आउँदा नेपाल प्रवेश नाका बन्द भइसकेको थियो। त्यसपछि दुबै जना झुलाघाटस्थित जिआइसी क्वारेन्टाइनमा बसे। स्वदेशको साँधमै अड्किएका दुबै जन... |
सेतोपाटी संवाददाता अस्पतालमा उपचारत् व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएपछि अहिले रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पताल सिल गरिएको छ।, अस्पतालमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई अस्पतालबाट बाहिर जान दिइएको छैन भने बाहिरबाट पनि अस्पतालमा कसैलाई प्रवेश गर्न दिइएको छैन।, उपचारका लागि आएका तर संक्रमितसँग सम्पर्कम... |
नारायण खड्का बाँकेको नरैनापुर गाउँपालिकामा सोमबार फेला परेका ४७ जना संक्रमितमध्ये ४३ जना एउटै वडाका रहेको खुलेको छ।, ४३ जना संक्रमित नरैनापुर वडा नं. ५ का बासिन्दा हुन्। वडाध्यक्ष कृष्णचन्द्र मौर्यका अनुसार वडा नं.२ का दुई जना, वडा नं. १ का एक जना र वडा नं. ६ का एक जनामा संक्रमण फेला परेको हो।, संक्रमित सबै यसअघि भारत... |
सेतोपाटी संवाददाता झापामा थप एक जनामा कोरोना देखिएको छ।, केही दिनअगाडि भारतबाट आएका झापा कचनकवल गाउँपालिकाका २३ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका एक अधिकारीले जानकारी दिए।, भारतबाट साे गाउँपालिकामा आएका ६० जनाको नमुना संकलन गरी पठाएकोमा एक जनामा पोजेटिभ देखिएको मन्त्रालयले जना... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाको फोहोर विसर्जनको अवरोध तत्कालका लागि हटेको छ। ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत–जावतमा रोक लगाएपछि सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध भएको थियो।, काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको नेतृत्वमा ककनी गाउँपालिका जनप्रतिनिधिसहित बसेको बैठकले तत्कालका लागि फ... |
सेतोपाटी संवाददाता सोमबार धनुषामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका व्यक्ति पेशाले निर्माण कम्पनीमा सवारी चालक रहेको खुलेको छ।, धनुषाका प्रमुख जिल्ला अधिकारी कोष हरि निरौलाले २८ वर्षीय ती व्यक्ति धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अरेरबाका बासिन्दा भएको बताए।, ‘आज भेटिएका संक्रमितको स्थायी घर धनुषा भए पनि उनी लगभग २१/२२ दि... |
सेतोपाटी खोटाङमा पहिलोपटक एक युवकमा कोरोना संक्रमण देखिएको छ। हलेसी तुवाचुङ नगरपालिका-७ निवासी २० वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको मेयर इवन राईले बताए।, उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। युवकलाई मंगलबार बिहान विराटनगरको कोशी अस्पताल लैजाने नगरपालिकाको ... |
सविता बुढा दार्चुलाको मालिकार्जुन गाउँपालिकाकी उपाध्यक्षले सोही पालिकाका अध्यक्षविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन्।, उपाध्यक्ष पुष्पा अवस्थीले अध्यक्ष नरेन्द्रसिंह धामीविरुद्ध आर्थिक अनियमितता र मनपरी गरेको भन्दै छलफल सहित निकासको माग गरी उजुरी दिएकी हुन्।, अवस्थीले सेतोपाटीसँग जिल्ला प्रशाशन कार्यालयला... |
सेतोपाटी रोल्पा जिल्ला अस्पतालको आइसोलेसनमा एक युवकको मृत्यु भएको छ। उनको सोमबार बेलुकी ४ बजेतिर निधन भएको रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले सेतोपाटीलाई जानकारी दिए।, दुई वर्षदेखि मिर्गौला रोग लागेका उनी काठमाडौंमै बसेर महाराजगन्जस्थित टिचिङ अस्पतालमा डायलासिस गर्दै आएका थिए। रोल्पा- १ बाजविसौनाका उनलाई बुवाले ट्या... |
भगवती पाण्डे सोमबार कोरोना संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ पुर्कोटका ४१ वर्षीय व्यक्तिमा जण्डिस र मिर्गौलामा समस्या देखिएपछि रुपन्देही आएको खुलेको छ।, गाउँपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक रहेका उनी गाउँपालिकामा हुने सर्वदलीय बैठकहरूमा सहभागी हुँदै आएका थिए । , बिरामीको पारिवारिक स... |
दिपकजंग शाही कर्णालीमा पहिलोपटक एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। दैलेखको आठविसकोट नगरपालिका–१, साततलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हो।, सोमबार बिहान सुर्खेतमा रहेको जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा पहिलोपटक कोरोना पोजेटिभ... |
सेतोपाटी सोमबार राति थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमा बाँकेका १२ जना, धनुषाका २ जना, खोटाङ, सुनसरी, झापा र दैलेखका एक-एक जना छन्।, योसँगै संक्रमितको संख्या ३ सय ७५ पुगेको छ। , आजै बिहान ९ जना, दिउँसो ५३ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यसैले सोमबार ... |
सेतोपाटी सर्वोच्च अदालतमा महामारीका बेलामा म्याद र हदम्यादका तारिकका विषयमा कानूनी बाधा फुकाउनका लागि प्रधानन्यायाधीशसहित १९ जनाको बृहत् पूर्ण इजलासले गरेको निर्णय यही जेठ ११ गते सुनाइने भएको छ। , कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमबाट बच्नका लागि सरकारले बन्दाबन्दी गरेका बेलामा म्याद र हदम्यादका तारिकका विषयमा क... |
गिरीश गिरी कोरोना आतंक हुन्थेन भने अमृत गुरुङ जापानको फुकुओका र नागोयाकामा दुई कन्सर्ट सिध्याएर भर्खर त्रिभुवन विमानस्थल ओर्लिएका हुन्थे। त्यसपछि अमेरिकाको कन्सर्ट र नेपाल यात्राको तयारी अघि बढ्न सक्थ्यो। यी पछिल्ला कार्यक्रमको मिति तय हुन मात्र बाँकी थियो।, 'नेपथ्य ब्यान्ड' का यी 'फ्रन्ट म्यान' मञ्चबाट भीडमा लहर फैला... |
सेतोपाटी संवाददाता सुत्केरी लिन जाँदै गरेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ।, म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ बैसरीस्थित कालीगण्डकी नदीमा एम्बुलेन्स खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए।, ‘सुत्केरी लिन जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको हो। एम्बुलेन्सको केही टुक्र... |
एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ।, सो रकम दुई वर्षभरीमा कोरोनाभाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सि चिन फिङले सोमबार जानकारी दिए।, विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका लागि संयुक्त रा... |
प्रशन्न पोखरेल सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद प्रेमप्रसाद तुलाचन आइतबार प्रतिनिधि सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे बोल्दै थिए।, छलफल आगामी वर्षको कार्यक्रमबारे भए पनि सांसद तुलाचनको विषय भने अनौठो थियो। उनले केही दिनअघि बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको आफूले महको महत्व स... |
सेतोपाटी संवाददाता निजी तथा सामुदायिक अस्पतालहरुले कोरोना भाइरसको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) गर्न पाउने भएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुमति लिएर निजी तथा सामुदायिक अस्पतालहरुले आरडिटी गर्न पाउने भएका हुन्।, मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको परीक्षणमा सहजता प्रदान... |
सेतोपाटी संवाददाता कालीगण्डकी नदीमा डुबेर पाल्पाका दुईजना बालक बेपत्ता भएका छन्।, पाल्पाको रामपुर नगरपालिका वडा नंं १० शिखरडांडाका २ बालक रामपुरको मलौटे घाटबाट बेपत्ता भएका हुन्।, बेपत्ता हुनेहरुमा रामपुर नगरपालिका वडा नंं १० का १० वर्षीय सुनिल भट्टराई र सोही ठाउँका ८ वर्षीय समिर चापागाईं रहेको वडा अध्यक्ष लिलबहादुर ग... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसका कारण भारतसहित तेस्रो मुलुकमा अड्किएका नेपालीलाई उद्दार गर्ने प्रस्ताव गरिएको छ।, कोडिभ-१९ सम्बन्धी उच्चस्तरिय समन्वय समितिले मन्त्रिपरिषदमा विभिन्न मुलुकमा रहेका उद्दार गर्न प्रस्ताव गरेको हो।, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीका अनुसार विदेशीमा रहेका ... |
विवेक राई हेटौंडास्थित प्रदेश ३ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की कोरोना परीक्षण किट लिनलाई शुक्रबार काठमाडौं आउँदै थिए।,नागढुंगा आएपछि उनको गाडी प्रहरीले रोक्यो।, त्यसपछि एकजना इन्स्पेक्टर आएर निर्देशक कार्कीलाई केरकार गर्न थाले। ,‘तपाईंको पास खोइ भनेर सोध्नुभयो, मैले प्रदेश मन्त्रिपरिषद्को सवारी पास दे... |
रासस क्वारेन्टिनमा मृत्यु भएका २५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुर आज चारैतिरबाट सिल गरिएको छ।, सदरमुकाम नेपालगञ्जदेखि करिव ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुरमा सङ्क्रमण फैलिन नदिन थप नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले आवतजावतमा रोक लगाएर नरैनापुर बन्द ग... |
नारायण महर्जन काठमाडौं उपत्यकामा केही दिनअघि लकडाउन निकै खुकुलो भएको थियो।, बिहान र बेलुका सडकमा ट्राफिक जाम हुन थालेको थियो। मान्छेहरूको भिड बढ्न थालेको थियो।, तर शनिबार र आइतबार कोरोनाभाइरसबाट दुई जनाको मृत्यु भएको पुष्टि भएपछि फेरि काठमाडौंका सडकमा गाडी पातलिएका छन्।, मुख्य सडकमात्र होइन भित्री गल्लीहरूमा पनि मानि... |
शोभा शर्मा कोरोना जोखिम व्यवस्थापन समितिका एक कर्मचारीले सोमबार मलाई फोन गरे, 'तपाईं पुस महिनायता विदेशबाट आउनुभएको हो?', 'हो,' मैले जवाफ दिएँ।, 'कहाँबाट?', मैले कहाँबाट आएको भन्न नपाउँदै उनले अर्को प्रश्न सोधे, 'तपाईं सन्चै हुनुहुन्छ? यो बीचमा बिरामी त पर्नुभएको थिएन?', मैले छैन भनेँ।, म अमेरिका फर्केको दुई महिनाभन्द... |
सेतोपाटी संवाददाता आइतबार थप तीन जना कोरोना संक्रमित थपिएका छन्। जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ।, बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन्। उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन्। , धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीह... |
राजेश गाईजू कोरोना संक्रमणबाट शनिबार धुलिखेल अस्पतालमा मृत्यु भएकी युवतीको अन्त्येष्टि म र मेरो समूहले गर्यो। यो हामी सबैका लागि नौलो अनुभव रह्यो।, खबर सुन्दासम्म हामी भक्तपुर अस्पतालमै थियौं। वीरदल गणमा अस्पतालका लागि चाहिने प्लास्टिक कभर लिन गएका थियौं। हामी पुग्दा वीर दल गणका कर्णेल शिवप्रसाद पौडेल र महानगरीय प्रह... |
सेतोपाटी संवाददाता पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृह केही दिनका लागि बन्द भएको छ। कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीको शनिबार राति अन्त्येष्टिपछि सरसफाइका लागि गृह बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ। , 'शनिबार कोरोना संक्रमित युवतीको अन्त्येष्टि गरियो। केही दिन सरसफाइ र स्यानिटाइजमा... |
सेतोपाटी संवाददाता र्यापिड डाइग्नोस्टिक टेस्ट गर्न निजी तथा सामुदायिक अस्पताललाई बाटो खुलेको छ। स्वास्थ्य मन्त्रालयले यस सम्बन्धी निर्देशिका जारी भएको भन्दै अब यी अस्पतालहरूले अनुमति लिएर टेस्ट गर्न सक्ने जनाएको छ।, साथै अस्पतालहरूले र्यापिड टेस्ट गर्दा शुल्क लिन पाउने छन्। मन्त्रालयले किटको खरिद मूल्यभन्दा २० प्रति... |
नारायण खड्का बाँकेको नरैनापुर गाउँपालिका-५ नयाँ बस्तीका २५ वर्षीय युवक गत वैशाख ३० गते नेपाल छिरेका थिए।, सयौं किलोमिटर टाढाको मुम्बईबाट अनेकौं हण्डरठक्कर खाएर मातृभूमि आएका उनी घर जान पाएनन्। पाऊन् पनि कसरी! उनी काम गर्न गएको भारतमा पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ। आएकै दिन उनलाई गाउँकै क्वारेन्टिन... |
सेतोपाटी नेपाल कोरियामैत्री अस्पतालले सञ्चालनमा ल्याएको पिसिआर मेशिनसहितको ल्याबमा गरिएको कोरोना परीक्षणमा भक्तपुरका क्रियाशील पत्रकारको नतिजा नेगेटिभ आएको छ।, मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालमा गत शुक्रबार भक्तपुर जिल्लाका कार्यरत २९ पत्रकारको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो।, ल्याबले आइत... |
सेतोपाटी धनुषामा हतियारसहित दुई जना पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुई जनालाई हतियारसहित पक्राउ गरेको हो।, पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २० वर्षीय सुनिलकुमार साह रहेको प्रहरीले जनाएको छ।, प्रदेश प्रहरी कार्याल... |
सेतोपाटी भारतको उत्तर प्रदेशको रामपुरमा अलपत्र परेका थलारा गाउँपालिकाका ९३ जना गाउँ पुगेका छन्।, अलपत्र रहेका थलारावासीलाई उद्धार गरी ल्याउनुपर्ने विभिन्न निकायबाट दबाब सिर्जना भएपछि गाउँपालिकाको टोलीले विभिन्न निकायसँग समन्वय गरी गाउँ ल्याएको हो।, भारतको दिल्लीबाट चैत ११ गते घर फर्किनका लागि आएका उनीहरुलाई भारत सरकार... |
सेतोपाटी लामो अवधिसम्म भएको लकडाउनका कारण हातमुख जोर्न समस्या भएका बेला सप्तरीमा हात्तीले गरिबको घर दैनिक भत्काउन थालेको छ।, कोशीटप्पु वन्यजन्तु आरक्षबाट तीन वटा सङ्ख्यामा आएको हात्तीको समूहले गए राति अग्निसाइर कृष्ण सवरण गाउँपालिका–६ मोहनपुरका मोतीलाल विश्वकर्माको घर भत्काएको छ।, हात्तीले घर भत्काई अन्नसमेत खाइदिएपछि... |
सेतोपाटी थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा थप ९ जना नयाँ कोरोना संक्रमित फेला परेको जनाइएको छ।, योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ।, संक्रमित हुनेमा ८ पुरुष र एक महिला रहेका छन्।, यसरी संक्रमित हुनेमध्ये ७ जना... |
सेतोपाटी संवाददाता कैलालीमा प्रहरीले खाद्यान्न बोकेको मिनिट्रकबाट एक लाख १५ हजार बराबरको मदिरा बरामद गरेको छ।, नुन लगायत खाद्यान्न बोकी धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से १ ख २०१० नम्बरको मिनिट्रकलाई चटकपुरमा रोकी चेक गर्दा एक सय २६ पेटी मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ।, चालक गोदावरी नगरपालिका ४ का नरेन्द्र सिं... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाका १३ दिने शिशुसहित परिवारका चार जना सदस्यको कोरोना नेगेटिभ देखिएको छ।, धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए।, २९ वर्षीय ती सुत्केरी महिलाको मृत्युपछि कोरोना भएक... |
शुरबहादुर सिंह 'रसुवाबाट हिँडेको आज नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौं। प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौं,’ डुङ्गेश्वर गाउँपालिका-३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढामगरले दुःखेसो पोखे।, हर्कबहादुरसहित पाँच जनाको टोली गत फागुन अन्तिम साता ज्याला मजदुरीका लागि रसुवाको आमाछेदुङ्मोमा पुगेको थियो।, भ... |
सेतोपाटी संवाददाता कोरोना संक्रमण भएका नेपाली सेनाका वरिष्ठ अधिकृतका सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ।, महोत्तरीमा रहेको मध्यपूर्वी पृतनामा कार्यरत उच्च अधिकृत र त्यहाँ कार्यरत चिकित्सकलाई शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।, आफ्ना उच्च अधिकृतलाई कोरोना भाइरस पुष्टि भएपछि सेन... |
सेतोपाटी संवाददाता हेटौंडास्थित बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की आफूमाथि दुर्व्यवहार गर्नेविरूद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन्।, गत शुक्रबार राति नागढुंगामा केही युवाहरूले चेकिङको नाममा कार्कीमाथि दुर्व्यवहार गरेका थिए।, 'आज उहाँ दुर्व्यवहार भएको भन्दै जाहेरी लिएर आउ... |
सेतोपाटी रोजगारीका सिलसिलामा भारतका विभिन्न शहरमा रहेका नेपाली रोजगारदाता कम्पनी बन्द भएपछि धमाधम घर फर्किएका छन्।, कम्पनीले बेतलबी बिदा दिएपछि घर जान हिँडेकाहरु केही दिनदेखि सीमावर्ती भारतीय क्षेत्रमा बनाइएका क्वारेन्टिनमा बसेका थिए।, एक हप्तादेखि उनीहरु स्वदेश फिर्ता हुने क्रम बढेको हो। अहिलेसम्म रुपन्देहीको बेलहिय... |
सेतोपाटी दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन्।, सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति ९:३० बजेतिर घरेलु हतियारसहित डेढ सयको सङ्ख्यामा भार... |
सेतोपाटी संवाददाता नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, मन्त्रालयले बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार थप १० जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै मुलुकमा संक्रमित संख्या २ सय ९१ पुगेको हो।, संक्रमित हुने दशै जना पुरुष हुन्।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला... |
सेतोपाटी कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ।, सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलन नदिन सो वडालाई सिल गरिएको सिरहा प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुर... |
एजेन्सी शनिबारसम्मको तथ्यांक अनुसार ब्राजिलको कोरोना भाइरस संक्रमित संख्या इटाली र स्पेनमा भन्दा धेरै भएको छ।, कुनै समय इटाली र स्पेन महामारीको केन्द्रबिन्दु बनेका थिए।, संक्रमित संख्या बढि भएको मुलुकमा ब्राजिल चौथो स्थानमा आएको छ।, ब्राजिलको स्वास्थ्य मन्त्रालयले निकालेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै १४ ह... |
सेतोपाटी बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ। , गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासी स्वास्थ्य असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए।, उनका अनुसार बिरामीलाई उपचार... |
सेतोपाटी दक्षिणी झापाको कचनकवल गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।, मृत्यु हुनेमा कचनकवल गाउँपालिका–७ निवासी ८० वर्षीय बृखबहादुर राई रहेका छन्।, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार शनिबार साँझ घर नजिकै दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका वृद्धल... |
एजेन्सी रुवाण्डा नरसंहारका आरोपी फेलिसियन काबुगा झन्डै २६ वर्षपछि फ्रान्समा समातिएको फ्रान्सको न्याय मन्त्रालयले जनाएको छ।, उक्त नरसंहारमा ८ लाख बढी मानिसको हत्या भएको थियो। सो नरसंहारका लागि सैनिकहरुलाई आर्थिक सहयोग गरेको अभियोग लागेका काबुगालाई शनिबार पेरिस नजिकैबाट पक्राउ गरिएको मन्त्रालयले जनाएको छ।, काबुगा रुवाण... |
एजेन्सी इटालीमा कोरोना भाइरस महामारीबाट हुने दैनिक मृत्यु संख्या कम भएको छ।, मार्च ९ पछि पहिलोपटक शनिबार संक्रमणका कारण मृत्यु संख्या १ सय ५३ मा झरेको छ। अघिल्लो दिन मात्र संक्रमणका कारण २ सय ४२ जनाको मृत्यु भएको थियो।, संक्रमणका कारण इटालीमा हालसम्म संख्या ३१ हजार ७ सय ६३ जनाको मृत्यु भइसकेको छ।, अमेरिका र बेलायत पछि... |
नेहा झा नेपाली सेनाका एक जना चिकित्सकलाई कोरोनाभाइरसको संक्रमण भएको छ। शनिबार संक्रमण पुष्टि भएका नेपाली सेनाका दुई जनामध्ये एकजना सेनाको मध्यपूर्वी पृतना महोत्तरीमा कार्यरत डाक्टर भएको खुलेको छ।, महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको अनुसार ती चिकित्सक पछिल्लो समय कोरोना परीक्षणका लागि स्वाब संकल... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको १२ दिने शिशुसहित परिवारका चार जना सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ।, परिवारका बाँकी तीन जना सदस्यमा मृतककी श्रीमान, आमा र बहिनी छन्। उनीहरू सबैको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको अस्पतालका प्रवक्ता सुमनराज ताम्राकारले बताए... |
सन्जिब बगाले कोरोनाभइरसको संक्रमणमा फरक-फरक रहस्य देखिएपछि त्रिवि शिक्षण अस्पतालले अनुसन्धान र सतर्कताको दायरा पनि बढाएको छ।, अस्पतालमा सुत्केरी भएकी महिलाको अस्पतालबाट डिस्चार्ज भएको १० दिनपछि कोरोनाभाइरसका कारण मृत्यु भएपछि उनको सम्पर्कमा आएकाको खोजी भइरहेको छ।, ती महिलाको सम्पर्कमा आउनेहरूको पहिचान गरिएको र उनीहरूक... |
नारायण खड्का बाँकेको नरैनापुर गाउँपालिका-५को दीपेन्द्र प्रावि भगवानपुरस्थित क्वारेन्टिनमा मृत्यु भएका युवकले आइतबार बिहान ४ बजेतिर बान्ता गरेको खुलेको छ।, उनीसँगै क्वारेन्टिनमा बसेका साथी तथा त्यहाँ खटिएका स्वास्थ्यकर्मीका अनुसार उनलाई दुई पटकसम्म भए पनि समयमै अस्पताल लैजान सकिएको थिएन।, ‘उहाँलाई अरू त सबै ठिक थियो,तर... |
सविता बुढा सीमापारि क्वारेन्टिनमा रहेका साढे ७ सय नेपालीलाई गौरीफन्टा नाकाबाट स्वदेश ल्याइएको छ।, शुक्रबार र शनिबार गरी ७ सय ५८ जनालाई ल्याइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।, भारतको रामपुर, महाराष्ट्र लगायतका ठाउँमा क्वारेन्टिनमा रहेका ३४ जिल्लाका नेपालीलाई स्वदेश ल्याइएको हो। त्यस्तै ९ सय ... |
सेतोपाटी संवाददाता प्रहरीले नागढुंगामा चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने एक जनालाई कारबाही गर्ने तयारी थालेको छ।, शुक्रबार उक्त नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्न खोजेका प्रदेश-३ का जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीको गाडीलाई रोकेर केही व्यक्तिले सोधपुछ गरेका थिए।, आफ्नो परिचयपत्र देखा... |
सेतोपाटी संवाददाता नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज भोलि चीनको ग्वान्जाओ जाने भएको छ। ग्वान्जाओ विमास्थलमा भएको व्यस्तताले गर्दा उडानको लागि ढिलो भएको सेनाले जनाएको छ।, ‘भोलि साँझसम्म वाइडबडी चीन जाने पक्का भएको छ’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीसँग भने, ‘पहिलो उडानबाट १८ टनसम्म ... |
सेतोपाटी संवाददाता भारत सरकारले नेपाललाई कोरोना परीक्षणका लागि ३० हजार थान पिसिआर किट दिएको छ।, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्थास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई आइतबार पिसिआर किट र स्वास्थ्य सामग्री प्रदान गरे।, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार भारतले उक्त स्वास्थ्य सामग्री स्व... |
युनिक श्रेष्ठ प्रहरीले नागढुंगामा चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने एक जनालाई पक्राउ गरेको छ।, काठमाडौं चन्द्रागिरिका उत्तम कार्कीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।, कार्कीविरूद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गर्ने तयारी भ... |
युनिक श्रेष्ठ गत शुक्रबार नागढुंगामा चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको घटनामा प्रहरीको संलग्नता देखिएपछि दुई सदस्यीय छानबिन समिति गठन भएको छ।, महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यस घटनामा प्रहरीको संलग्नता देखिएको भन्दै प्रहरी उपरीक्षक सन्तोष राठौर र निरीक्षक बिष्णुप्रदीप बस्याल सम्मिलित छानबिन समिति... |
सेतोपाटी संवाददाता सर्लाहीमा मोटरसाइकलमा प्रेस लेखेर हातहतियारसहित हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, शनिबार साँझ साढे तीन बजे बिष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बांसघारीमा भारतीय नम्वरप्लेट बिआर ३० एम ६७८७ मोटरसाइकलमा आएका दुई जनामाथि प्रहरीले जाँच गरेको थियो। उनीहरूबाट प्रहरीले हातहतियार बरामद गरेको हो।... |
रासस सङ्घीय संसद्अन्तर्गतको परराष्ट्र सम्बन्ध समितिका सदस्यहरुले भारतलगायत अन्य मुलुकमा अलपत्र परेका नेपालीलाई वर्गीकरण गरी चरणबद्धरूपमा उद्धार गरिनुपर्ने बताएका छन्।, सिंहदरबारमा आज बसेको समितिको बैठकका सहभागी सांसदहरुले कोरोना भाइरसका कारण विदेशमा जोखिमा परेका नेपालीको उद्धार गर्न ढिलाइ गर्न नहुने धारणा राखेका थिए।,... |
रासस जारी बन्दाबन्दीका कारण विपन्न वर्गको जीविकोपार्जनमा कठिनाइ भएपछि झापाको दमक नगरपालिकाले रोजगारी कार्यक्रम ल्याएको छ।, नगरपालिकाले राहतका विकल्पमा एक परिवार, एक रोजगारी कार्यक्रम सुरु गरेको हो।, सो नगरपालिकाको वडा नं ३ मा करिब ६०० परिवारलाई लक्षित गरी उक्त कार्यक्रम सुरु गरिएको वडाध्यक्ष नवीन बरालले जानकारी दिए। क... |
प्रशन्न पोखरेल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपनमा बस्ने एक युवतीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, केही दिनअघि सर्लाही रामनगरबाट काठमाडौं आएकी उनमा पिसिआर परीक्षणबाट आइतबार कोरोनाको संक्रमण पुष्टि भएको बुढानिलकण्ठका मेयर उद्धवप्रसाद खरेलले सेतोपाटीलाई बताए।, ती युवतीको बाबु कपनमा फर्निचर उद्योग ... |
सेतोपाटी संवाददाता पौडी खेल्ने क्रममा सुनकोशी नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन्। , आइतबार साढे ११ बजे सिन्धुली फिक्कल गाउँपालिका ४ कुईभिरस्थित नदीमा पौडी खेल्नेक्रममा दुई युवा बेपत्ता भएका हुन्। , बेपत्ता हुनेमा सुर्खेत पंचकोटी नगरपालिका ७ घर भई हाल फिक्कल गाउँपालिका खाङसाङमा काठको मिस्त्री काम गर्ने १९ वर्षीय दि... |
रासस कन्टेनर भ्यानमा आइतबार बिहान धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई बिहान धुलिखलस्थित बस बिसौनी नजिकैबाट नियन्त्रणमा लिएको थियो।, सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइ मध्याह्नतिर उतै फकाईएको जिल्ला ... |
नारायण खड्का बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।, प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको सेतोपाटीलाई बताए।, ‘उहाँको रिपोर्ट पोजेटिभ आयो, योसँगै कोरोनाबाट मृत्यु हुनेको सं... |
सेतोपाटी संवाददाता झापामा सशस्त्र प्रहरीको पोष्टमा तोडफोड गर्ने भारतीय नागरिकलाई सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरी कारबाही गर्ने भएको छ। , आइतबार बिहान भारत–नेपालका सुरक्षाकर्मी तथा जनप्रतिनिधिबीच बसेको बैठकले सशस्त्र प्रहरीको पोष्टमा तोडफोड गर्नेलाई पक्राउ गर्ने निर्णय गरेको हो।, ‘त्यस घटनामा संलग्न हुनेलाई पहिचा... |
रासस पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै देशभर मौसम सफा भइ घाम लागेकाले काठमाडौँ उपत्यकासहित देशभर तापक्रम वृद्धि भएको छ।, मौसमविद् राजु प्रधानांगका अनुसार शनिबार उपत्यकाको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री र आज ३० दशमलव सात डिग्री सेल्सियस रहेको छ।, 'अबको केही दिन तापक्रम निरन्तर वृद्धि भइरहने छ,' उनले ... |
सेतोपाटी संवाददाता नेपालमा कोरोनाभाइरसबाट दुई जनाको मृत्यु भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।, यसअघि बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो। , प्रदेश ... |
सेतोपाटी कोरोना महामारीको उद्गम चीनभन्दा धेरै पछि संक्रमण फैलिएको भारतको पछिल्लो स्थिति चीनभन्दा नराम्रो छ। शुक्रबारसम्म कोरोना संक्रमणमा चीनलाई समेत उछिनेर भारत विश्वव्यापी सूचीमा एघारौं स्थानमा पुगेको छ। यसअघि चीनभन्दा एक स्थान तल थियो।, शुक्रबार राति १० बजेसम्मको तथ्यांकअनुसार भारतमा ८५,५४६ जनामा संक्रमण पुष्टि भएक... |
सेतोपाटी संवाददाता धनकुटामा बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, धनकुटा नगरपालिकाकी १५ वर्षीया बालिका गर्भवती भएको थाहा पाएपछि गत बिहीबार जिल्ला प्रहरी कार्यालयमा चार जनाविरूद्ध जाहेरी दर्ता भएको थियो।, जाहेरी आएपछि प्रहरीले शुक्रबार तीन जनालाई पक्राउ गरेको थियो भने शनिबार ... |
नारायण खड्का दाङमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएका गढवाका दुई युवा पाँच दिनअघि भारतबाट आएको खुलेको छ। उनीहरू गोरखपुर र मुम्बईबाट कपिलवस्तुको कृष्णनगर नाका हुँदै दाङ आएका थिए।, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले उनीहरूलाई कृष्णनगर नाकाबाट एम्बुलेन्समा ल्याएर सोझै क्वारेन्टाइनमा राखिएको जानकारी दिए। आफ्नै गाउँप... |
सेतोपाटी संवाददाता दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ खर्चवा गाउँका ३४ वर्षीय कोरोना संक्रमित व्यक्ति काठमाडौंस्थित टिचिङ अस्पतालका कर्मचारी भएको खुलेको छ।, लामो समयदेखि काठमाडौं बस्दै आएका उनले परीक्षण गराउँदा आफ्नो ठेगाना दाङ तुलसीपुर राखेको अधिकारीहरुले बताएका छन्। , तुलसीपुरका कोरोना सम्पर्क व्यक्ति विमल केसीले... |
एजेन्सी शनिबार इटाली सरकारले जुन ३ देखि देशभित्र र बाहिर आवतजावत गर्न दिने एक निर्णयमा सहमति दिएको छ।, कोरोना भाइरसका कारण कडा लकडाउन गरेको इटाली हाल त्यसलाई सहज पार्ने प्रक्रियामा छ।, निर्णय अनुसार अब इटालीका नागरिकलाई देशबाहिर जान र अन्य देशका नागरिकलाई इटाली आउन कुनै रोकतोक हुनेछैन्।, सरकारले सोही दिनदेखि देशभित्रक... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसका छ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अब नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई सय ७३ पुगेको छ।, बर्दिया नार्सु ११ का २८ वर्षकी महिला, सिराहा सखुरा १९ का ३० वर्षीय पुरूष, पर्सा वीरगन्ज १२ का २८ र २९ वर्षीय पुरूष, सर्लाही रामनगर ४ की... |
सेतोपाटी संवाददाता सिराहामा एक जना कोरोना संक्रमित भेटिएसँगै प्रदेश नम्बर २ का आठ वटै जिल्लामा कोरोना संक्रमितको देखिएका छन्।, शनिबार थपिएका ६ जना कोरोना संक्रमितमध्ये एक जना सिराहाका हुन्। , स्वास्थ्य मन्त्रालयका अनुसार सिराहाको सखुवा१९ निवासी ३० वर्षीय पुरूषमा संक्रमण देखिएको हो। यसअघि प्रदेशभित्र सिराहामा मात्र सं... |
सेतोपाटी गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारबाट मृगको शिकार गरेको आरोपमा सात जनालाई शुक्रबार पक्राउ गरिएको छ।, पक्राउ पर्नेमा स्थानीयवासी मधु भुजेल, दुर्गाबहादुर भुजेल, खुमबहादुर माझी, डिबी सापकोटा, शिव रेग्मी, पूर्णबहादुर माझी र रोल्पा जिल्ला घर भइ सिउरेनीटार बस्दै आएका इन्द्रजित ओली रहेको डिभिजन वन कार्यालय गोरखा... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसका तीन जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अब नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई सय ७६ पुगेको छ।, यी तीनै जना कपिलवस्तु शिवराज चन्द्रौटाका बासिन्दा हुन्। संक्रमितहरू २५ ३४ र ४४ वर्षीय उमेर समूहका पुरूषहरू हुन्।, उनीहरूको स्वास्थ्य... |
सेतोपाटी संवाददाता शुक्रबार कोरोना पुष्टि भएका काठमाडौं, चन्द्रागिरि नगरपालिका-१० सतुंगलका ७ वर्षीय बालक गत वैशाख २९ गते पालुङबाट आएको खुलेको छ।, आमा-बुवा सँगै उनी पालुङबाट हिँडेर आएको नगरपालिका प्रवक्ता हरिभक्त महर्जनले बताए।, ‘उनीहरू सतुंगलको एक घरमा भाडामा बस्दा रहेछन्। अहिले त्यो घरलाई नै सिल गरिएको छ,’ उनले भने, ... |
सेतोपाटी संवाददाता त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा बिरामी भेट्न आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको टिचिङ अस्पतालले पुष्टि गरेको छ।, यसअघि टिचिङ अस्पतालको न्यूरो वार्डमा भर्ना भएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि न्यूरो वार्डमा उपचारमा संलग्न डाक्टर/नर्स र बिरामी भेट्न आएकाको स्वा... |
सेतोपाटी संवाददाता रुकुम पश्चिममा शनिबार घरमा आगो लाग्दा जलेर एक महिलाको मृत्यु भएको छ ।, आगलागीबाट आठबीसकोट नगरपालिका वडा नं. ३ खदीमा ३५ वर्षीया लाली बोहोरो देवकोटाको घटनास्थलमै मृत्यु भएको हो।, घरको माथिल्लो तल्लामा रहेको भान्सा कोठामा खाना पकाइरहेकी ती महिलाको बिहान साढे ९ बजेतिर भएको आगलागीका कारण मृत्यु भएको जिल्... |
नारायण खड्का पश्चिम नेपालको एक प्रमुख सीमा नाका जमुनाहा नाका शनिबार बिहानैदेखि पूर्ण रूपमा बन्द गरिएको छ।, बाँके जिल्लाका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले शनिबार बिहानैदेखि बाँकेस्थित जमुना नाकाबाट आवातजावत पूर्ण रूपमा बन्द गरिएको जानकारी दिए।, गृहमन्त्रालयको आदेश अनुसार नाका पूर्ण रूपमा सिल गरिएको एसपी ओलीले बताए।,... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.