content
stringlengths
20
64.1k
रासस राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट महानुभावको कोभिड–१९ स्वास्थ्य परीक्षण भएको छ।, सङ्घीय संसद्मा राष्ट्रपतिबाट आगामी जेठ २ गते नेपाल सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी उनीहरुको पिसिआर विधिबाट परीक्षण गरिएको हो।, संसद् सचिवालयबाट प्राप्त जानकारीअनुसार राष्ट्रपति क...
गिरीश गिरी केही महिनाअघि एकबिहानैको भेटमा मैले सत्यमोहन जोशीलाई सोधेको थिएँ, ‘तपाईंको इच्छा के छ?’, ‘अलि समयपछि जन्मदिन आउँदैछ,’ उनले भनेका थिए, ‘सय वर्ष पूरा गरेर एक सय एक पुगुञ्जेल संसारमा भौतिक उपस्थिति जनाउन पाए हुन्थ्यो।’, गएको वर्ष नै शतवार्षिकीमा उनको भव्य नागरिक अभिनन्दन गरिएको थियो। उनले फेरि पनि सय वर्ष पूरा...
नारायण खड्का बर्दिया जिल्लाकी पहिलो कोरोना संक्रमित ११ वर्षीया बालिकालाई मंगलबार बेलुका बाँकेतर्फ ल्याइएको छ।, बर्दियामा कोरोना विशेष अस्पताल नभएको हुँदा ती बालिकालाई बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सेतोपाटीलाई बताए।, ‘हामीले करिव पौने ६ बजेतिर संक्रमित बालिक...
सेतोपाटी संवाददाता नेपालमा मंगलबार मात्रै ८३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। , मंगलबार राति थप २६ जनामा कोरोना भाइरस पुष्टि भएसँगै एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका हुन्।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणअनुसार मंगलबार राति पुष्टि भएकामध्ये पर्साका १८ जना, महोत्तरीका दुई जना...
सेतोपाटी संवाददाता काठमाडौं लगायत केही ठाउँमा मंगलबार राति भुइँचालोको धक्का महशुस भएको छ।, रातको ११ बजेर ५३ मिनेट जाँदा भुइँचालो धक्का महशुस भएको हो।, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्युडको भुइँचालो दोलखाको जुगु आसपास केन्द्र बनाएर आएको हो।, भुइँचालोको धक्का महशुस
सेतोपाटी संवाददाता मंगलबार भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितमध्ये २५ वर्षीय महिला सुनसरीको झुम्काबाट आएको खुलेको छ।, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार तीन दिन अघि उनी सुनसरीको झुम्काबाट भक्तपुर आएकी थिइन्।, युवतीलाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ।, संक्रमित युवतीकी साथी स्टाफ नर्स रहेको र उनलाई पनि...
सेतोपाटी संवाददाता भक्तपुरमा हिजो भेटिएका कोरोना संक्रमित एक युवक महिना अघिसम्म नेता भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी भएको खुलेको छ।, भक्तपुरमा भेटिएका ती २७ वर्षीय पुरुष सशस्त्र प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन्।, चाँगुनारायण नगरपालिकाका अनुसार रामेछाप घर भएका उनी सशस्त्र प्रहरीका सुरक्षाकर्मी रहेको र अस्थाय...
सेतोपाटी धनगढी उपमहानगरपालिकाले वडा नं ४ मा वितरण गरेको राहत चामलको गुणस्तर परीक्षण र छानबिनमा गुणस्तरहीन भेटिएपछि चामलको आपूर्तिकर्ता फार्म ठाकुर ट्रेडलिङ्कलाई जरिमाना गरेको छ।, वडाका केही स्थानीयले राहतअन्तर्गत वितरण गरिएको चामलमा किरा भेटिएको भन्दै गुनासो गरेपछि उपमहानगरपालिकाले छानबिनका लागि सम्बन्धित निकायसँग अनु...
सेतोपाटी हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजा धरौटीमा छुटेका छन्।, जिल्ला अदालत म्याग्दीका न्यायाधीश माधवेन्द्रराज रेग्मीको मङ्गलवारको इजलासले शेरपुजालाई धरौटीमा छाड्न आदेश दिएका हुन्।, सामाजिक सञ्जाल फेसबुकमा शेरपुजाले आफूसँग...
सेतोपाटी संवाददाता सर्लाहीका ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मानसिक अवस्था ठिक नभएको खुलेको छ।, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार संक्रमित पुरुषका परिवारले १० वर्षदेखि अवस्था ठिक नभएको बताएका छन्।, संक्रमित पुरुषलाई जनकपुर अञ्चल अस्पताल पठाइएको छ। मानसिक अवस्था ठिक नभएकाले ती पुरुष कहाँ कहाँ पुगे भन्ने ...
द न्यूयोर्क टाइम्स कोरोना महामारी कहिले अन्त्य होला? कसरी अन्त्य होला?, यो संसारभरिका लागि ज्वलन्त प्रश्न हो।, इतिहासकारहरूका अनुसार कुनै पनि महामारी प्रायः दुई किसिमबाट अन्त्य हुन्छ- एउटा, स्वास्थ्य विज्ञानका कारण, जसले महामारीको प्रभाव र मृत्युदर घट्दै जान्छ। अर्को, सामाजिक कारण, जसले मानिस आजित भएर महामारीले निम्त्...
एजेन्सी मंगलबार अफगानिस्तानमा भएका दुई छुट्टाछुट्टै हमलामा नवजात शिशुसहित ४० जनाको मृत्यु भएको छ।, अफगानिस्तानको राजधानी काबुल स्थित अन्तर्राष्ट्रिय मानवीय संगठन डक्टर्स विथवाउट बोर्डरद्वारा संचालित प्रसूति क्लिनिकमा एक बन्दुकधारी समूहले पुलिसको भेषमा आक्रमण गर्दा दुई नवजात शिशु सहित १६ जना मारिएका छन्।, यसैगरी मंगलबा...
सेतोपाटी कैलालीको जानकी गाउँपालिकाबाट आठ ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।, इलाका प्रहरी कार्यालय टीकापुरले आठ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको हो।, कैलालीको जानकी गाउँपालिका–८ भोक्सीबाट उनीहरुलाई मङ्गलवार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।, लागुऔषधसहित पक्राउ पर्नेमा जानकी–६ सुवर्णपुर...
सेतोपाटी संवाददाता मंगलबार काठमाडौं चन्द्रागिरि-९ मच्छेगाउँमा भेटिएकी संक्रमित महिला वैशाख २९ गते महेन्द्रनगरबाट काठमाडौं आएको पुष्टि भएको छ।, आएको भोलिपल्टै उनको स्वाब परीक्षण गरिएकोमा मंगलबार पोजेटिभ रिपोर्ट आएको हो।, ३३ वर्षीया ती महिला प्राइभेट गाडीमा आएको बुझिएको छ।, उनलाई मंगलबार राति नै टेकु अस्पतालमा लगिएको चन...
सेतोपाटी संवाददाता बुधबार बिहान चिनियाँ एयरफोर्सको जहाज काठमाडौं आएको छ। त्रिभुवन विमानस्थल स्रोतका अनुसार उक्त जहाज बुधबार बिहान अवतरण भएको हो। , सैनिक उडान भएकाले जहाजले के सामान ल्याएर आएको छ भन्ने विमानस्थल प्रशासनलाई जानकारी दिइएको छैन।, सैनिक स्रोतका अनुसार उक्त जहाजले केही मेडिकल सहायता ल्याएर आएको छ तर त्यसमा ...
सेतोपाटी संवाददाता भारतसँग सीमाना जोडिएका रुपन्देहीका सात वटा पालिकाहरूमा आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।, भारतीय सीमासँग जोडिएका पालिकाहरूमा कोरोना संक्रमित थपिँदै जान थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले  प्रशासनले आवागमन पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ।, जिल्ला सुरक्षा समिति र स्थानीय तहका प्रमुखहरूको...
सेतोपाटी संवाददाता धनुषाका एक जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ।, धनुषामा मंगलबार देखिएका दुई जना कोरोना संक्रमितमध्ये एक जना पत्रकार रहेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।, धनुषा र महोत्तरीमा गरी मंगलबार चार जनामा कोरोना देखिएको थियो।, उनीहरूलाई उपचारका लागि जनकपुरधामनस्थित प्रादेशिक अस्पतालमा ...
सेतोपाटी प्रदेश नं २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ।, पर्सामा ५७, महोत्तरी र धनुषामा दुई-दुई र बाराका एक जना मङ्गलवार सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ।, कूल सङ्क्रमितमा अब तीन भारतीयसहित पर्सामा मात्रै ८२ सङ्क्रमित पुगेका छन्। त्यसैगरी बारा र रौतहटमा तीन-तीन, महो...
एजेन्सी दक्षिण अमेरिकी मुलुक ब्राजिल महादेशमै कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ।, दक्षिण अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र ब्राजिलमा पछिल्लो २४ घन्टामा मात्र ८८१ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएमा छन्।, पछिल्ला दिनमा त्यहाँ कोरोनाभाइरसको संक्रमण र मृत्युदर तीव्र गतिमा बढिरहेको छ।, जोन हप्किन्स वि...
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) भीमलाल भट्टराई बुटवलमा रहेर समन्वय नगरेको आदेश पालना नगरेको भन्दै प्रदेश प्रहरी कार्यालय दाङमा तानिएका छन्।, इलाका प्रहरी कार्यालय बुटवलको प्रमुख रहेका भट्टराईलाई बुधबार नै दाङ तानिएको हो। उनी बुधबार बिहान ११ बजे बुटवलबाट दाङ गइसकेका छन्।, ...
युवराज श्रेष्ठ मर्दी पदमार्गको फरेष्ट क्याम्प (कोकार)मा काम गर्ने ३६ वर्षीय हरि राईले घरमा पैसा पठाउन नपाएको दुई महिना बढी भयो।, लकडाउन भएपछि उनले घरमा पैसा पठाउन त पाएका छैनन् नै, पाउनुपर्ने पैसा पनि पाएका छैनन्। उनको घरमा २ वर्षको छोरा, श्रीमती र आमा छिन्। उनी हिउँदमा पदमार्गमा काम गर्ने र बर्खामा घरमै खेतीपाती लगाउ...
रासस चार साताको अस्पताल बसाइँपछि कोरोनामुक्त भएर घर फर्कंदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन्।, दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक छोरालाई कोरोना भाइरस संक्रमण देखिएको थियो भने अर्का एक छोरामा नेगेटिभ देखिएको थियो।, वैशाख १३ गते ...
सेतोपाटी संवाददाता ',प्रहरी हुँ,' ,भन्दै एम्बुलेन्स र बोलेरो चालकलाई लुटपाट गर्ने तीन जना पक्राउ परेका छन्।, बुधबार बिहान सवा १२ बजे चन्द्रगिरि नगरपालिका-४ मा काठमाडौंबाट मकवानपुरतर्फ जाँदै गरेको प्र.३–०१–२३ च–११०९ नम्बरको एम्बुलेन्स चालकलाई उनीहरूले लुटपाट गरेका थिए।, लुटपाट भएको थाहा पाएसँगै प्रहरीले लुटपाटमा संलग्न...
सेतोपाटी संवाददाता बुधबार मध्यान्हसम्म दुई जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित दुई जना कपिलवस्तु र बाँकेका छन्।, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो भने कपिलवस्तु -५ का निवासी २२ वर्षीय पुरूषमा संक्रमण देखिएको हो।, योसँगै कोरोना संक...
सेतोपाटी संवाददाता वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित व्यक्ति भागेका छन्।, वीरगन्ज महानगरपालिका श्रोतका अनुसार दुई जना युवकहरू अस्पतालबाट भागेको छन्। , उनीहरूको अहिले खोजीकार्य भइरहेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले घटनाबारे बुझ्ने काम भइरहेको बताए। , वीरगन्जको न...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनावश्यक हिँड्डुल नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। बुधबार सूचना जारी गर्दै प्रशासनले कोरोना भाइरसको महामारीबाट बच्न अनावश्यक हिँड्डुल नगर्न आग्रह गरेको हो।, ‘हाल कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएकोले जोखिमको सम्भावना उच्च रहेको हुँदा आवश्यकीय कार्यवाहेक ह...
सेतोपाटी संवाददाता  एक्सन एड नेपालले धुलिखेल नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।, सोमबार एक्सन एडले स्वास्थ्य सामग्री मेयर अशोककुमार ब्याञ्जुलाई हस्तान्तरण गरेको हो।, एक्शन एडले ६ सय थान सर्जिकल मास्क, इन्फ्रा रेड थर्मामिटर ६ थान, पूरा सामाग्री सहितको पीपीई ३० सेट हस्तान्तरण गरेको छ।, त्यस्तै गाउन ३० सेट, ह्...
सेतोपाटी संवाददाता स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले १ लाख व्यक्तिको कोरोनाको परीक्षण गर्न मिल्ने पिसिआर किट उपलब्ध भएको बताएका छन्। योसँगै अब किट अभाव नहुने उनले बताए।, 'अहिले हामीसँग भएको किटले १ लाख व्यक्तिको परीक्षण गर्न सक्छौं,' उनले भने।, सोमबारमात्र चीन सरकारले दिएको ४० हजार पिसिआर किट...
सेतोपाटी संवाददाता नेपालमा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ।, ६ जना कपिलवस्तु, ६ जना रुपन्देही र बर्दियामा १ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।, संक्रमितहरू कपिलवस्तुको यशोधरा -८ र बुद्धभूमि नगरपालिका-७ निवासी १५,१९, २३, ३०,३२ र ३८ वर्षीय पुरूष रहेका छन्। त्यस्तै, रुपन्देही सम्मरीमाई गाउँ...
विवेक राई सोमबार एकैदिन कपिलवस्तुका १० जना व्यक्तिमा कोरोना संक्रमण देखियो। तीमध्ये ८ जना भारतसँग सीमा जोडिएको यशोधरा गाउँपालिकाका छन्।, उनीहरू सबै गएको दश दिनबीचमा भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ। गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेयका अनुसार आठैं जना भारतको मुम्बाईबाट आएका हुन्।, उनीहरूमध्ये केही म...
सेतोपाटी संवाददाता सरकारले कपिलवस्तुको क्वारेन्टाइनमा रहेका २ जना बालबालिकाको संरक्षणको व्यवस्था गरेको छ।, शिवराज नगरपालिकाको क्वारेन्टाइनमा रहेका सहाराविहीन ९ वर्षीया बालिका र १० वर्षका बालकलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषदले चितवनस्थित दियालो परिवारद्वारा संचालित...
सेतोपाटी थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ।, स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिएको भेटिएपछि लिखित जवाफ माग गरिएको जनाइएको छ।, विभागका सूचना अधिकार...
सविता बुढा गाडीमा हतियार भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएका कैलालीको गोदावरी नगरपालिका १० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) धरौटीमा रिहा भएका छन्।, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीबाट खटिएको टोलीले गत चैत २५ गते भारतीय डिएल ३ सिसिआर ३९९७ नम्बरको गाडीबाट प्वाइन्ट टु–टु एसएलआर एक थान र एअरगन एक थान बरामद...
सेतोपाटी दाङमा खुकुरी प्रहारबाट दुई युवा घाइते भएका छन्।, सोमबार राति पौने ९ बजेतिर खुकुरी प्रहारबाट तुलसीपुर उपमहागनरपालिका वडा नं ६ गोलौरा निवासी २९ वर्षीय टीकाराम बस्नेत र  २८ वर्षीय प्रकाश नेपाली गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिए।, तुलसीपुर –१२ एयरप...
एजेन्सी जर्मनमा कोरोना भाइरस संक्रमित संख्या दैनिकी दरमा सुस्त भएसँगै लकडाउनका प्रतिबन्धहरु सहज पारियो। तर लकडाउन सहज भएसँगै संक्रमित संख्यामा पुनः वृद्धि आयो।, योसँगै सोमबार विश्वभर सम्भावित संक्रमणको दोस्रो लहर आउन सक्ने चेतावनी दिइयो।, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसमा डेमोक्र्याटहरुलाई राजनीतिक फाइदाका ल...
सेतोपाटी संवाददाता काठमाडौंमा जनप्रतिनिधिलगायत ७ हजार बढी व्यक्तिको कोरोनाभाइरसको पिसिआर परीक्षण गरिने भएको छ।, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले एक हप्ताभित्र राहत वितरणमा सहभागी जनप्रतिनिधि, सरसफाइ कर्मचारी र स्वास्थ्यकर्मी सबैको पिसिआर परीक्षण गर्न लागिएको जानकारी दिए।, यस्तै, नगर सुरक्षाक...
सेतोपाटी कोरोनाविरुद्ध अग्रभागमा रहेर कार्यरत स्वास्थ्यकर्मीलाई बाँकेको सोनपुरमा स्थानीय व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन्। , स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यही जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग  अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि खजुरा गाउँपालिका वडा नं ७ स्थित सोनपुर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्य...
सेतोपाटी घाँटी रेटिएका अवस्थामा आज बिहान सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको शव फेला परेको छ।, स्थानीयवासी ४० वर्षीय मोहम्मद सरिफ मियाँको  घर नजिकै शव फेला परेको प्रहरीले जनाएको छ।, मियाँको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक...
भगवती पाण्डे सोमबार मात्रै एकैदिन प्रदेश ५ मा २३ जना नयाँ कोरोनाका संक्रमित थपिए। तीमध्ये २२ जना पछिल्लो एक डेढ हप्ताको अवधिमा भारतबाट फर्किएका हुन्।, भारतको मुम्बईबाट लुकेर गाउँ फर्किएकाहरूलाई स्थानीयको सहयोगमा क्वारेन्टाइनमा राखेपछि उनीहरूको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको सम्बन्धित पालिकाले जनाएका छन...
दिपकजंग शाही सुर्खेतमा ड्यूटीमै रहेका बखत सम्पर्कविहिन बनेका एक प्रहरी जवान मृत फेला परेका छन्।, सिम्ता गाउँपालिकामा रहेको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का ड्युटीबाटै सम्पर्कविहीन भएका थिए।, सम्पर्कविहिन भएका खड्काको शव आज बिहान ९ बजे आग्रीगाउँ प्रहरी चौकीदेखि एक किलोमिटरको दुरीमा भेटिएको खबर...
सेतोपाटी संवाददाता  सेतोपाटी संवादादता, दार्चुलाको कालापानी क्षेत्र नजिकै राख्न लागिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टका लागि सशस्त्र प्रहरी लिएर हेलिकप्टर त्यसतर्फ जान लागेको हो।, 'बुधबार यहाँबाट २६ जनाको टोली लिएर सेनाको हेलिकप्टर जाँदैछ,'सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने,'सशस्त्रको पोष्टका लागि आवश्यक सामग्...
नारायण खड्का बर्दियामा सोमबार कोरोना संक्रमण पुष्टि भएकी ११ वर्षीया बालिका १८ घन्टा बित्दा पनि अस्पताल जान पाएकी छैनन्।, उपचार गर्न कुन अस्पतालमा लैजाने भन्ने टुंगो नहुँदा उनी मंगलबार दिउँसो पनि स्थानीय विद्यालयको क्वारेन्टिनमा बसिरहेकी छन्।, उनलाई बर्दिया, बाँके वा दाङ कहाँको अस्पतालमा उपचार गर्ने भन्ने अझै टुंगो लाग...
सेतोपाटी संवाददाता भारतीय दूतावास अगाडिबाट कृष्ण पहाडी लगायत २२ अधिकारवादी पक्राउ परेका छन्। , लिपुलेकमा भारतले गरेको सडकविस्तरको विरोधमा प्रदर्शन गर्ने २२ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। , ‘हामीले विभिन्न ठाउँबाट अधिकारकर्मी, अभियान्ताहरूलाई नियन्त्रणमा लिएका छौं,’ महानगरीय प्रहरी परिसरका डिएसपी सुध...
युवराज श्रेष्ठ सोलुखुम्बुका २३ वर्षीय अभिषेक बस्नेत रोजगारीका लागि भारतको कर्नाटकस्थित बैंगलुरूमा बस्थे। लकडाउन भएपछि बैंगलुरूमा काम गर्ने अवस्था भएन। नेपालका लागि मे १ तारिखका दिन प्रस्थान गरे। नेपाल आउँदा कर्नाटक हुँदै कहीँ हिँडे त कहीँ तरकारीका गाडी चढे।, बस्नेत कहाँबाट नेपाल छिरे भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला...
समिक्षा अधिकारी अवस्था सामान्य हुन्थ्यो भने गायक प्रकाश सपूत यति बेला फिल्म 'परदेशी –२' को सुटिङमा व्यस्त हुन्थे। लकडाउनले उनलाई परदेशी होइन, घरदेशी बनाएको छ। अर्थात्, लगभग दुई महिने लकडाउनमा उनी आफ्नो पुर्ख्यौली थलो बागलुङ, धम्जामा परिवारसँग छन्।, व्यस्त दैनिकीले पारिवारिक भेटघाट कम भएको थियो। लकडाउनले परिवारसँग पुनः...
सेतोपाटी संवाददाता पर्सामा थपिएका सबै ३९ जना संक्रमित नै वीरगन्जको छपकैयाका वासिन्दा रहेको खुलेको छ।, उनीहरू वीरगन्ज महानगरको वडा नम्बर १, २ र ३ का वासिन्दा रहेको मेयर विजयकुमार सरावगीले सेतोपाटीलाई बताए।, छपकैया वस्ती महानगरको यी तीनटा वडामा फैलिएको छ। मंगलबार एकैदिन ५७ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।, जसमा प...
सेतोपाटी संवाददाता लकडाउन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ परेका छन्। , मंगलबार दिउँसो उनलाई काठमाडौंस्थित थापाथलीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका डिएसपी सुधिर शाहीले जानकारी दिए। , भारतले लिपुलेकमा सडकविस्तार गरेको विरोधमा ज्ञानेन्द्र शाही प्रदर्शन गर्न निस्केका थिए। उनलाई प्रहरीले पक्राउ गरी पुलि...
सेतोपाटी संवाददाता शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १ सय १ वर्षमा पुगेका छन्।, वि.सं. १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका जोशी आज १ सय १ वर्षमा प्रवेश गरेका हुन्। जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिएका छन्।, जोशीको जन्मदिनका अवसरमा विभिन्न व्यक्ति, समुदायले शुभकामना दिए...
सेतोपाटी संवाददाता वीरगन्जका दुई जना पत्रकारलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ।, मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको खुलेको छ।, नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो।, आज एकैदिन ५७ जना व्यक्तिमा संक्रमण देखिएको हो। जसमा ३९ जना पर्साका मात्र छन्।, वीरगन्जक...
सेतोपाटी संवाददाता रुपन्देही र कपिलवस्तुमा मंगलबार भेटिएका संक्रमित लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ।, भारतको मुम्बईबाट आएका उनीहरु उनीहरु लुकेर नेपालको सीमा प्रवेश गरेका थिए। प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार संक्रमित मध्ये कपिलवस्तु नगरपालिकाका ८ र लुम्बिनी साँस्कृतिक नगरपालिकाका ९ ज...
दिपकजंग शाही कर्णाली प्रदेश सरकारले प्रदेशका २७ ठाउँमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ।, आइतबार चिकित्सकसतिको स्वास्थ्यकर्मीको टोली प्रदेशभर परिचालन गरिएको हो। कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्यात्मक कार्यका लागि स्वास्थ्कर्मीको टोली विभिन्न ठाउँमा खटाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।, दैलेखका २, डोल्प...
सेतोपाटी संवाददाता स्वीस सरकारले दिएको ३० हजार थान पिसिआर किट आएसँगै दैनिक एक हजार जनाको कोरोना परीक्षण हुन थालेको छ।, पछिल्लो दुई दिनमा मात्र १८ सय जनाको कोरोना परीक्षण भएको छ। किट आएसँगै परीक्षणको दायरा बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।, यसअघि किट अभावका कारण दैनिक ३ सय जनाको परीक्षण हुँदै आएको थियो। मन्त्रालय...
प्रशन्न पोखरेल लकडाउनका बेला काठमाडौंको टोखा नगरपालिका-७ स्थित तिलिङ्गाटार माध्यमिक विद्यालय केही शिक्षक र कर्मचारीलाई जागिरबाट निकालेको छ।, कोरोना संक्रमणका बेला सरकारी निर्णयविपरित आफूहरूलाई विद्यालयले जागिरबाट निकालेको विद्यालयका शिक्षकहरूले बताएका छन्।, कोरोना संक्रमणका बेला सरकारले कसैलाई पनि जागिरबाट ननिकाल्नू भ...
नारायण महर्जन कोरोनाभाइरस संक्रमण फैलन नदिन सरकारले जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने घोषणा गरेको छ।, तर आइतबार काठमाडौं उपत्यकाभित्रका सडकमा सवारी साधन खचाखच देखिए। लकडाउन खुलेको झल्को दिने गरी सडकमा सवारी साधन गुडेका थिए।, काठमाडौंमा लकडाउन केही खुकुलो भएको संकेत सडकमा देखिन्थ्यो। ट्राफिक प्रहरीले पनि सवारी साधन सञ्च...
एजेन्सी कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बनाएको कोरोनाभाइरस टास्क फोर्सका तीन शीर्ष डाक्टरहरू क्वारेन्टाइनमा बस्न थालेका छन्।, नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्टियस डिजिजका डाइरेक्टर डाक्टर एन्थोनी फाउची, सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)का डाइरेक्टर ड...
सुरज भण्डारी मधुमेह र रक्तचापका बिरामी ५१ वर्षीय शैलेस गिरीले नियमित औषधी खानुपर्छ। उनले औषधि सेवन गर्न थालेको धेरै भयो। औषधी सेवन गर्नेमात्र नभएर गिरीले नियमित इन्सुलिन (सुई) पनि लिने गर्छन्।, काठमाडौं कोटेश्वरका गिरी अहिले अमेरिका छन्। मेरिल्याण्डको बाल्टिमोरमा रहेका छोरालाई भेट्न झन्डै पाँच महिनाअघि उनी अमेरिका आएक...
सेतोपाटी संवाददाता गत २४ घण्टामा १३ सय बढीको कोरोना भाइरस परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, मन्त्रालयले आइतबार कुनै पनि नयाँ संक्रमित नदेखिएको बताएको छ। गत २४ घण्टामा १ हजार ३ सय १६ जनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।, अहिलेसम्म नेपालमा संक्रमितको संख्या १ सय १० छ...
सेतोपाटी संवाददाता उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले काठमाडौंमा अलपत्र परेका आफ्ना नगरवासीलाई जिल्लाबाटै राहत पठाएका छन्।, उनले दैनिक ज्यालादारी गर्ने र अफ्ठ्यारो परेका २ सय जनाको लागि शनिबार ट्रकबाट राहत काठमाडौं पठाएको जानकारी दिए। , नगरपालिकाले राहतमा एकजनाको लागि १० केजी चामल, १ लिटर तेल र एक–एक केज...
सेतोपाटी संवाददाता आइतबार एकैदिन दुई जना कोरोना संक्रमित निको भएका छन्। झापाको बाह्रदशी गाउँपालिका निवासी ५० वर्षीय पुरुष र भोजपुरको हतुवागढीका २६ वर्षीय युवक कोरोनामुक्त भएका हुन्।, विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरूलाई केहीबेर अघि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेस्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन...
सविता बुढा धनगढीस्थित सेती प्रादेशिक अस्पतालले एक वर्षयता बिरंग हेल्थ केयर प्रालिमार्फत विरामीलाई डायलासिस सेवा दिँदै आएको छ।, बिरंग हेल्थ केयरमा लकडाउनपछि डायलासिस गर्ने नयाँ नयाँ बिरामी थपिए। तर यहाँबाट डायलाइसिसको सेवा लिँदै आएका बिरामी भने नियमित हुन छोडे।, बिरंग हेल्थ केयरका दिपक भट्टका अनुसार सरकारी अस्पतालमा आउ...
रासस भारतसँग सीमा जोडिएको कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सीमाबाट नेपाल प्रवेश गर्नेक्रम रोकिएको छैन। जिल्लाको सीमा क्षेत्रबाट एक हजार तीन सयभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किने पर्खाइमा छन्।, उनीहरु सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको आँखा छलेर विभिन्न नाकाबाट नेपाल प्रवेश गरिरहेको कपिलवस्तुका प्र...
समिक्षा अधिकारी खाद्यान्न ढुवानीका लागि लकडाउन खुकुलो पारेको भनिए पनि फुडमारियो कम्पनीको भ्यान आइतबार बिहान १० बजेपछि कमलादी प्रहरीले रोक्यो। उक्त भ्यानले खाद्यान्न, तरकारी लगायत उपभोग्य वस्तु घर-घरमा डेलिभरी गर्दै आएको थियो।, फुडमारियो कम्पनीका प्रमुख रोहित तिवारीका अनुसार प्रहरीले झन्डै दुई घन्टा डेलिभरी भ्यान नियन्...
सेतोपाटी संवाददाता अस्पतालहरूमा बन्द भएको ओपिडी सेवा पुनः सुरू हुने भएको छ। सरकारले कोरोना भाइरसको रोकथाम र उपचारका लागि तयार रहन भन्दै सबै अस्पताललाई इमेर्जेन्सीबाहेकका सबै ओपिडी सेवा बन्द गर्न निर्देशन दिएको थियो।, ओपिडी सेवा बन्द हुँदा सर्वसाधरणहरू अत्यावश्यक सेवाबाट बन्चित भएको भन्दै स्वास्थ्य मन्त्रालयले सबै केन्...
रासस पाकिस्तानमा लागु हुँदै आएको लकडाउनको अवधि फेरि तीन हप्ताका लागि थप गरिएको छ।, सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ। तर व्यापार व्यवसायलाई सजिलो हुनेगरी केही खुकुलो व्यवस्था पनि गरिएको छ।, सर्वसाधारणको धेरै भिडभाड नहुने ठाउँका लागि लकडाउनलाई खुकुलो बनाइएको सरकारले जारी गरेको सूच...
सेतोपाटी गोरखाको गण्डकी गाउँपालिका–२ पाङखोलाका एक बालकलाई त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ।, माछा मार्ने क्रममा आइतबार दिउँसो स्थानीयवासी रुद्रबहादुर चेपाङका छोरा १४ वर्षीय विकास चेपाङलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिएका छन्।, बेपत्ता बा...
सेतोपाटी सङ्खुवासभा मकालु आधार शिविरको भ्रमणका क्रममा करीब एक महिनादेखि अलपत्र परेका एक पर्यटकको उद्धार गरिएको छ।, गत चैत २ गते मकालु आधार शिविरको भ्रमण गर्न आएका युक्रेनी २६ वर्षीय अर्टेम सुहोनियाकिनको उद्धार गरिएको हो।, युवा विकास केन्द्रको आपतकालिन प्रतिकार्य केन्द्रको व्यवस्थापन र जिल्ला समन्वय समितिको पहलमा उद्धा...
सेतोपाटी महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन्।, बिर्ता बस्तीकै मकैबारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो।, मृतक ठाकुरको टाउकोमा गम्भीर चोट देखिएको छ।, यस आधारमा कसैले हत्या गरेर फालेको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प...
भगवती पाण्डे सोमबार कपिलवस्तुमा थप भएका कोरोनाका संक्रमित सबै पछिल्लो दशदिनको बीचमा भारतबाट आएको पाइएको छ।, कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार संक्रमित सबै भारतको महाराष्ट्रबाट लुकिछिपी नेपाल आएका हुन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका बुद्धभूमि नगरपालिका र यशोधरा गाउँपा...
सेतोपाटी संवाददाता कोरोना भाइरसका १० नयाँ संक्रमित फेला परेका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार बिहान जारी गरेको विज्ञप्तिमा थप १० जनामा संक्रमण पुष्टि भएको जनाएको छ।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना भाइरस पुष्टि गरेको हो।, संक्रमित सबै पुरुष हुन्।, यसरी स...
एजेन्सी अग्लहोकको उत्तरी माली क्षेत्रमा बम विस्फोट हुँदा नियमित गस्तीमा हिँडेका संयुक्त राष्ट्र संघका ३ शान्ति सेनाको मृत्यु भएको छ।, घटनामा चार जना गम्भीर घाइते भएको संयुक्त राष्ट्र संघले आइतबार विज्ञप्ति मार्फत जनाएको छ।, 'हामी यस आतंकवादी गतिविधि लागि जिम्मेवारहरूको पहिचान गर्न र उनीहरूलाई यसको लागि जवाफदेही बनाउन ...
एजेन्सी पश्चिमी नाइजरको तिल्लाबेरी क्षेत्रका केही गाउँहरूमा शनिबार अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा कम्तिमा २० जना मारिएका छन्।, त्यस क्षेत्रका गभर्नरले आइतबार गरेका हुन्।, इब्राहिम तिडजानी कत्चेलाले एक राष्ट्रिय रेडियो प्रसारणलाई शनिबारको आक्रमण मोटरसाइकलमा आएका अज्ञात समुहले गरेको बताए।, उनले यसबारे थप कुनै विवरण ...
एजेन्सी मंगलबारदेखि भारतको दिल्लीमा रेलवे पुन: सञ्चालनमा आउने भएको छ। कोरोनाभाइरसको नियन्त्रण तथा रोकथामका लागि दुई महिनाअघि रेलवे बन्द गरिएको थियो।, रेलवे मन्त्री पियुष गोयलले आइतबार ट्वीट गर्दै मंगलबारदेखि रेलवे पुन: सञ्चालनमा आउने जानकारी दिएका हुन्।, यसको अनलाइन बुकिङ भने सोमबार अपराह्न ४ बजेदेखि सुरू हुनेछ। रेलवे...
सेतोपाटी संवाददाता सोमबार एकैदिन ११ जना कोरोनाभाइरसको संक्रमित थपिएका छन्।, बिहान मात्र कपिलवस्तुका १० जना व्यक्तिमा संक्रमण देखिँदा दिउँसो थप एक जना व्यक्तिमा संक्रमण देखिएको हो।, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार नयाँ संक्रमित युवक सप्तरीका हुन्। १८ वर्षीय युवक डाक्नेश्वरी नगरपालिका-३ का बास...
नारायण महर्जन नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा निस्केका ३० जनालाई प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट पक्राउ गरेको छ।, सोमबार दिउँसो विद्यार्थी तथा सीमा रक्षा अभियानका अभियान्ताहरूले विरोध गर्दै निस्किएपछि प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका ...
बिबिसी कोरोना महामारीले मान्छेको जीवन लकडाउनमा बाँधेर राख्दा जीवजन्तु, बोटबिरूवा र वातावरणले भने खुल्ने मौका पाएका छन्।, मान्छेको घन्चमन्च, धूलोधुँवा र टाँटाँटिँटीबाट मुक्त भएर जीवजन्तुहरू रमाउन थालेका छन्। निकुञ्जभित्र सडकमै सुतेका सिंहको बथानदेखि हङकङको पार्कमा एक दशकपछि सम्भोगरत पान्डाका समाचारहरू आइरहेका छन्।, यो ...
एजेन्सी सुडानको पूर्वी शहर कसलामा दुई जातीय समूह बीच झडप हुँदा तीन जनाको मृत्यु भएको छ।, झडपमा ७९ जना घाइते भएको राज्यका कार्यवाहक गभर्नरले आइतबार रोयटर्सलाई बताएका छन्।, बेनी आमेर र नुवा नामका यी दुई जातीय समूहको सम्बन्ध विगतदेखि तनावपूर्ण रहँदै आएको छ।, बिहीवार उनीहरूबिच पुनः झडप भएको हो।, शुक्रवार केही घरहरुमा आगो ...
रासस विगत केही दिनयतादेखि नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव सक्रिय अवस्थामा रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले बदली...
सेतोपाटी संवाददाता सोमबार थपिएका सप्तरीका कोरोना संक्रमित युवक चितवनबाट घर पुगेको खुलेको छ। डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहका अनुसार २० दिन अघि युवक चितवनबाट सप्तरी पुगेका हुन्।, १८ वर्षीय ती युवक १४ जनाको टोलीसहित चितवनबाट ट्रकमा सप्तरी पुगेको वडा नम्बर ३ का अध्यक्ष प्रदीप कुमार साहले बताए। उनका अनुसार संक...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले २२ जना सशस्त्र प्रहरी नायब उपरीक्षकलाई सशस्त्र प्रहरी उपरीक्षकमा सिफारिस गरेको छ।, शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ जनालाई सशस्त्र प्रहरी उपरीक्षक पदका लागि सिफारिस गरेको हो।, बढुवा सिफारिस हुनेमा समिक  कुमार महर्जन, महेश अधिकारी,दिपक कुमार थापा,  राजु श्र...
सेतोपाटी संवाददाता तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले एक महिनाको खानेपानीको न्यूनतम महशुल छुट दिने निर्णय गरेको छ।, न्यूनतम शुल्क भनेको १ सय ५० रुपैयाँ हो। लकडाउन अवधिमा जरिवाना शुल्क समेत नलाग्ने भएको छ। , संस्थाका अध्यक्ष खेमराज वली र सचिव मनोज लामिछानेले शनिबार जारी गरेको संयुक्त विज्ञप्तिमार्फत् उक्त ज...
रासस झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला भएको छ।, गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो। यो नाका एक महिनापछि खुलेको हो।, मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले भारतबाट आज ३० मालवाहक गाडी नेपा...
नारायण खड्का तुलसीपुरमा क्वारेन्टिनमा बसेकी एक महिलाले जुम्ल्याहा छोरी जन्माएकी छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलवारी निवासी ४० वर्षीया अनिता यादवले शुक्रबार राति सवा नौ बजेतिर जुम्ल्याहा सन्तानको जन्म दिएकी हुन्।, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उनको नर्मल डेलिभरी भएको हो। , अस्पतालकी मेडिकल अधिकृत डा....
सेतोपाटी संवाददाता चीनले नेपाल सरकारलाई अनुदानमा दिएको कोरोनाभाइरस परीक्षणका लागि आवश्यक मेडिकल सामग्री काठमाडौं आइपुगेको छ।, हिमालयन एयरलाइन्सका जहाजबाट ल्याइएका ती सामग्री पहिलो खेप हो।, नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले शनिबार ट्वीट गर्दै चीनबाट टेस्टिङ किट, एन ९५ मास्क, सर्जिकल मास्क, डिस्पोजेवल कोभरअल्स, म...
रासस नुवाकोट डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादलाई घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ।, टोलीले कार्यालय परिसरबाट नै रु एक लाखसहित उनलाई पक्राउ गरेको हो।, अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि काठमाडौंँ लगिएको वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकार...
सेतोपाटी संवाददाता काठमाडौंका केही स्थानमा दुई दिन विद्युत आपूर्ति रोकिने भएको छ।, कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तारको लागि स्यूचाटार–स्वयम्भू फिडरबाट वितरित एचटी लाइनको जम्पर छुटाएर सितापाइला गोल्छा चोकसँगैको सेक्सनलाइजर स्विच काटेर काम गर्नुपर्ने भएकोले ती स्थानको लाइन काटिने ...
सेतोपाटी संवाददाता उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो।, आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ।, योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक...
सेतोपाटी घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन्।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।, प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालका...
एजेन्सी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकहरुमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ।, दक्षिण एसियाका आठ देशमा हालसम्म कोरोना सङ्क्रमित सङ्ख्या एक लाख सात हजार ४ सय ८४ पुगेको छ भने दुई हजार ९४९ जनाको मृत्यु भएको छ।, दक्षिण एशियाली मुलुकमध्ये भारतमा सबैभन्दा बढी सङ्क्रमित रहेका छन्। शनिबारसम्म...
सेतोपाटी जिल्लाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ।, प्रहरीले मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फर्म प्रालिका सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी ...
एजेन्सी संयुक्त राष्ट्रसंघद्वारा मान्यताप्राप्त लिवियाली सरकारी सुरक्षा फौजले पूर्वी इलाकामा समानान्तर सत्ता चलाउँदै आएको सैनिक जनरल खालिफा हफ्तर पक्षधर सैनिकलाई लक्षित गरी गरेको हवाई आक्रमणमा कम्तीमा ७० सैनिकको हताहत भएको शनिबार बताइएको छ।, शुक्रबार भएको आक्रमणमा सैनिक नेता हफ्तरको सेनातर्फ ठूलो क्षति भएको हो। हताहत ...
एजेन्सी विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ।, जोन्स हपकिन्स विश्वविद्यालयको आधिकारिक तथ्यांक अनुसार आइतबार बिहानसम्म संक्रमित संख्या ४० लाख २३ हजार २ सय १८ पुगेको छ।, त्यसैगरी मृतक संख्या २ लाख ७९ हजार नाघेको छ। पछिल्लो विश्व विवरण अनुसार आइतबारसम्म २ लाख ७९ हजार ३ सय ३ जनाको कोरोनाका कारण ज...
सेतोपाटी निर्माण सम्पन्न भएको ६ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ।, पूर्वाधार विकास योजना कार्यालयले दुई करोड १० लाख रुपैयाँको लागतमा कालिका शर्मा रसुवा जेभीमार्फत गत मङ्सिरमा सो पुल निर्माण गरेको थियो।, पाँच सय ३१ मिटर लम्बाइको सो पुलको बीच भागमा दुईव...
सेतोपाटी विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण  शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७८ पुगेको छ।, गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ।, यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने...
एजेन्सी एनआरएनलेकोरोना प्रभावित मुलुकमा राहत वितरण भइरहेको जनाएको छ।, संस्थाका महासचिव डा हेमराज शर्माले ४६ देशका २७० भन्दा बढी क्षेत्र शहरमा एक हजार ६ सयभन्दा बढी स्वयंसेवक राहत वितरणमा सक्रिय रहेको बताएका हुन्।, पैँतीस हजारभन्दा बढी गैरआवासीय नेपालीले प्रत्यक्षरुपमा राहत सामग्री (खाना, मास्क, स्यानिटाइजर, औषधि आदि) ...
सेतोपाटी संवाददाता लकडाउनका बेला कैलालीमा चोरी भएको छ। धनगढी उपमहानगरपालिका-७ की ४५ वर्षीया रेखा बिकको घरमा चोरी गर्ने र उक्त चोरीको सामान किन्ने पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले शनिबार  धनगढीको बेताल आरती सुनचाँदी पसलका सञ्चालक तथा चोरी गरेको आरोपमा अन्य दुई जनालाई पक्राउ गरेको हो। , , पक्राउ पर्नेमा...
सेतोपाटी संवाददाता कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुरकी एक युवतीको फेसबुकबाट आफन्त तथा साथीहरुलाई अश्लिल भिडियो तथा फोटो पठाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक प्रक्राउ परेका छन्।, घटनामा संलग्न कन्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ बस्ने २३ वर्षीय सन्तराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।, घट...
रासस लकडाउनका कारण समस्यामा परेकालाई आगामी दिनमा राहत सामग्री होइन, रोजगारी दिने उपत्यका नगरपालिका फोरमले जनाएको छ।, विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रणका लागि सरकरले गत चैत ११ गतेदेखि नै लकडाउन गरेको छ। त्यसको प्रत्यक्ष असर श्रमिक वर्गमा परेको छ।, श्रमिकको यस्तो समस्याको सहज समाधानका लागि फोरमले सङ्घीय ...
सेतोपाटी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ।, ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएको प्रहरीले जनाएको छ।, सालटाकुरा नाव–सा...
सेतोपाटी संवाददाता लिपुलेकमा भारतले गरेको सडक विस्तारको विरोधमा बानेश्वर पुगेका १० विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, आइतबार विभिन्न गल्लीबाट निस्केर नयाँ बानेश्वर संसद भवन अगाडि विरोध गर्न लागेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए। , ‘थापा...
रासस यो साता (२०७७ वैशाख अन्तिम साता) नेपालबाट एउटा धूमकेतु (पुच्छ्रेतारा) देखिइरहेको खगोलविद्ले जनाएका छन्।, खगोलविद्ले यो धूमकेतुको नाम २०२० स्वान पुच्छ्रेतारा राखेका छन्। यो धूमकेतु नाङ्गो आँखाले पनि देख्न सकिने वाल्मिकी विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक एवं वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए।, नेपालबाट...