content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता अत्यधिक चिसोका कारण कठ्यांग्रिएर मध्य तराईका तीन जिल्लामा चार जनाको मृत्यु भएको छ।, चिसोका कारण धनुषा, पर्सा र बारामा चार जनाको मृत्यु भएको हो।, जनकपुर उपमहानगरपालिका-२३ की ४४ वर्षीया सुनितादेवी कापडीको मृत्यु भएको छ।, बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२३ स्थित मस्जिद टोलका ५५ वर्षीय स्माइलमेहा मन्स...
सेतोपाटी संवाददाता आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले तीन लाख धरौटीमा छोडेको छ।, न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले अहिले नै उनी दोषी हुन् भन्ने प्रमाण नपुगेको भन्दै धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले स...
नारायण खड्का घोराही उपमहानगरपालिकाले नगल्ने फोहोर खरिद गर्ने भएको छ। नगरको वातावरण तथा विपद् व्यवस्थापन समिति अन्तर्गतको सरसफाई स्वच्छता शाखाले नगल्ने फोहोरको वर्गीकरण गरेर खरिद गर्ने निर्णय गरेको छ।, उपमहानगरले कपडा र पुनः प्रयोगमा आउने प्लाष्टिकजन्य फोहोरलाई प्रतिकिलो ५ रुपैयाँ र पुनः प्रयोगमा नआउने वस्तुलाई प्रतिकि...
सेतोपाटी संवाददाता अख्तियार अनुसन्धान आयोगले वीरगञ्जमा महानगरपालिकाका कम्प्युटर अपरेटरलाई १५ हजार घुस रकमसहित पक्राउ गरेको छ।, महानगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर राकेश कुमार जैशवाललाई १५ हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।, वीरगञ्ज महानगर-१८ मा सडक बनाएर रकम भुक्तानी गर्ने क्रममा उनले घुस मागेको आरोपमा पक्र...
एजेन्सी फिनल्याण्डमा ३४ वर्षीया सान्ना मरिन प्रधानमन्त्री भएसँगै उनको चर्चा विश्वभर चुलियो।, उनी संसारकै कम उमेरकी बहालवाला प्रधानमन्त्री हुन्। मरिनको नेतृत्वको सरका पाँच दलको गठबन्धनमा बनेको छ जसमा सबै दलका महिला प्रतिनिधि छन्। यसमध्ये चार जना ३५ वर्षभन्दा कम उमेरकै छन्।, यो खबरसँगै फिनल्यान्डकी प्रधानमन्त्री मरिन र ...
सेतोपाटी संवाददाता सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकी राष्ट्रिय सभा सांसद कोमल वलीले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका मेडिकल कलेजले शुल्क फिर्ता दिनुपर्ने बताएकी छिन्।, सोमबार राष्ट्रिय सभामा बोल्दै वलीले प्रधानमन्त्री केपीशर्मा ओलीले नै मेडिकल कलेज सञ्चालकलाई अतिरिक्त शुल्क फिर्ता गर्न निर्देशन दिनुपर्ने बताइन्।, ‘...
समिक्षा अधिकारी र जुना श्रेष्ठ विजय लिम्बूका घरमा एकदिन नौला मान्छे आए। दुई जना हुँदा हुन्, उनी ठ्याक्कै सम्झन सक्दैनन्।, नौला मान्छे आउने उनको एक्लो घर थिएन। अरू घरमा पनि अपरिचितहरू आइरहन्थे। त्यो दिन उनको घरको पालो परेछ। मान्छे मात्रै होइन, उनीहरूका कुरा पनि नौला थिए।, मिजासिला, फरासिला ती मान्छे सरसहयोगका कुरा गर्थ...
नारायण खड्का तुलसीपुरको पहाडी क्षेत्रमा भइरहेको उत्खनन् रोक्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।, आइतबार मात्रै तुलसीपुरका एक युवा नविन बुढाथोकीले उपमहानगरपालिका, उत्खननको काम गर्दै आएका ठेकेदार, सामुदायिक वन, उपभोक्ता समिति लगायतलाई विपक्षी बनाएर उच्च अदालत तुलसीपुरमा रिट हालेका थिए।, त्यसमाथि सोमबार सुनुवाई गर्...
सुधिर भण्डारी सर्लाहीका रौदी महत्तोलाई हिजोआज त्यति सन्चो छैन। काठमाडौको चिसोले रुघाखोकी लागेको छ।, आराम नभएपनि उनी ११ बज्दा नबज्दै माइतीघर मण्डला पुग्छन् र ‘तीन वर्ष देखिको उखुको पैसा भुक्तानी गर’ लेखिएको पर्चा छातीमा टाँसेर उभिन्छन्।, उनी रहरले राजधानी आएका हुन् न माइतीघर मण्डलमा उभिएका हुन्।, उनी आफ्नो ३ वर्ष देखिक...
सेतोपाटी संवाददाता नेपाल प्रहरीकी डिआइजी आशा सिंह एआइजी बढुवा सिफारिसमा परेकी छिन्। प्रहरी अस्पतालमा रहेकी उनलाई बढुवा सिफारिस समितिले एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो। , प्रहरीको रिक्त प्राविधिकतर्फको एआइजी पदमा वरिष्ठ स्त्री रोग विशेषज्ञ रहेकी डा. सिंह सिफारिसमा परेकी हुन्। अस्पतालको मेडिकल डाइरेक्टर एआइजी...
सेतोपाटी संवाददाता आफ्नै छोरीलाई पटक-पटक बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्।, काभ्रे मण्डनदेउपुर घर भई टोखा-९ गोंगबु बस्दै आएका ४० वर्षीय एक जनालाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो।, उनकी २२ वर्षीया छोरी बाबुसँगै डेरामा बस्दै आएकी थिइन्।, सोमबार राति बलात्कार गरेपछि पीडित युवतीले प्रहरीमा खबर गरेकी थिइन्।...
दिपकजंग शाही कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण बर्ष २०२० को सुरुवात सुर्खेतको बुलबुले तालबाट गर्ने भएको छ। जनवरी १ (पुस १६) गते बुलबुले उद्यानभित्र एक समारोहको आयोजना गरी भ्रमण बर्षको सुरुवात गरिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ।, कर्णाली प्रदेशको उद्योग मन्त्रालय, पर्यटन प्रवद्र्धन समिति र वीरेन...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चोरी भएका थप पाँच वटा मोटरसाइकल बरामद गरेको छ।, विशेष सूचनाका आधारमा मकवानपुरका विभिन्न स्थानबाट चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले बताए।, उनका अनुसार हालसम्म ३९ वटा चोरी भएका मोटरसाइकलसहित ११ जन...
सेतोपाटी संवाददाता गुरूङ समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछार आज मनाइँदै छ।  पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होछार पर्व धुमधामसित मनाइन्छ।, ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिएको गुरुङ समुदायको विश्वास छ। ‘तमु ल्होछार’ पर्व सूर्यको किर...
सेतोपाटी संवाददाता संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले उखुको पैसा नदिई चिनी मिल संचालक भागेको बताएका छन्।, किसानहरुको उखुको मूल्य नतिर्ने अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका मालिक वीरेन्द्र कनौ...
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थलमा सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।, महाराष्ट्र ठाणेका सुनिल हरिराम पक्राउ परेका प्रहरीले जनाएको छ।, मंगलबार बिहान साढे ८ बजे फ्लाइ दुबईबाट काठमाडौं ओर्लेका उनले मलद्वारभित्र लुकाएर ल्याएको आधा किलो सुन बरामद गरिएको प्रहरीले बतायो। उनले दुई वटा प्लाष्टिकमा पोको पारेर २५० ...
सेतोपाटी संवाददाता झापामा श्रीमानले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।, झापाको, शिवसताक्षी नगरपालिका-६ की ३९ वर्षीया फङके किस्कु मुर्मुको श्रीमानको छुरा प्रहारबाट मृत्यु भएको हो।, प्रहरीका अनुसार भारतको डिगलबैक पञ्चायत घर भई झापाको शिवसताक्षी नगरपालिका-६ मा रहेको धानको काँटामा काम गरी सोही स्थानमा बस्दै आएका ४...
राकेश यादव डेढ वर्षमा बनाइसक्नु पर्ने रौतहटको गौरमा रहेको छात्रावास भवन १५ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन।, भारतीय राजदूतावासको आर्थिक सहयोगमा निमार्णाधीन जुद्ध उच्च माविको सो छात्रावास भवन निर्माण गर्न ठेकेदारले छाडेपछि वर्षौदेखि अलपत्र अवस्थामा रहेको छ।, वि.स.२००४ सालमा स्थापित नेपाल कै पुरानो गौरस्थित जुद...
दिपकजंग शाही कर्णाली प्रदेशलाई नै सडक मानव मुक्त प्रदेशका रुपमा घोषणा गर्न लागिएको छ। वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेश समन्वय परिषदको वैठकमा प्रदेशलाई नै ‘सडक मानव मुक्त’ प्रदेश बनाउने विषयमा सरोकारवालाहरुले प्रतिबद्धता समेत जाहेर गरेका छन्।, शुक्रवारको बैठकमा वीरेन्द्रनगर नगरपालिका, कर्णाली प्रदेश सरकार र अन्य सरो...
सेतोपाटी संवाददाता टाउकोमा टुटुल्को उठ्यो भने के हुन्छ? यसो बिर्सेर हात टाउकोमा पुर्‍यायो, टुटुल्कोमै ठोकिन्छ। त्यसपछि त दुखेर हैरान।, राजधानीका केही सडकको बीचमा यस्तै टुटुल्कोजस्तै देखिने उठेको भाग भेटिन्छ। यसलाई ‘म्यानहोल’ भनिन्छ। प्राय बाइक वा स्कुटर चालकहरु यस्तो ‘म्यानहोल’मा झुक्किने गर्छन्। यसले सधैं दुर्घटनाको ...
सेतोपाटी संवाददाता कीर्तिपुरको पांगा दोबाटो नजिक शंकास्पद वस्तु भेटिएको छ।, दोबाटोस्थित तरकारी बजारको पछाडि फोहोर फालिएको ठाउँमा बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले जानकारी दिए।, बम डिस्पोजलको टोली आएर चेक जाँच गरिरहेको तर यकिनका साथ भन्न नसकिएको कामतीले ब...
सेतोपाटी संवाददाता कीर्तिपुरको पांगा दोबाटो नजिक भेटिएको शंकास्पद वस्तु ‘ह्याण्ड ग्रेनेड’ बम भएको प्रहरीले पुष्टि गरेको छ।, सो बमलाई अहिले सेनाको डिस्पोजल टोलीले निष्कृय गरिसकेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले जानकारी दिए।, शुक्रबार साँझ साढे पाँच बजे पांगा दोबाटोस्थित तरकारी बजारको पछाडितिर ...
सुनिता सिटौला दुई वर्षअघि ३०-३५ जनालाई रोजगारी काम दिएका नरेन्द्र साउद अहिले आफैं मालिक, आफैं कामदार भएका छन्। उनलाई सहयोग गर्ने ३-४ जना त छन् तर सबै काम उनीहरूले मात्र भ्याउँदैनन्।, 'अहिले कामदार थोरै छन्। धेरैजसो काम आफैं गर्छु। कागज बनाउने काम मात्र उनीहरूले गर्छन्,' ६३ वर्षीय नरेन्द्रले भने।  , नरेन्द्रको भक्तपुर,...
सेतोपाटी संवाददाता टुँडिखेललाई अतिक्रमणमुक्त गराउन भन्दै सुरू गरिएको 'अकुपाई टुडिखेल'को आठौं हप्ताको अभियानमा काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ।, अभियानअन्तर्गत 'अकुपाई टुडिखेल'का अभियन्ता र समर्थकहरूले आज शनिबार खुल्लामञ्चमा रहेको मञ्चमा रंग लगाउने कार्यक्रम राखेका थिए।, रंग लगाउन उपस्थित कलाकारहरूलाई प्रहरीले उक...
सेतोपाटी संवाददाता नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शंकर विजयी भएका छन्।, चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि उनी निर्वाचित भए।, पथरी जेसिज मोरङका पूर्वअध्यक्ष शंकरले ५५२ मत प्राप्त गरे।, अध्यक्ष पदका अर्का प्रत्यासी अरुणेश्वर खनालले ५२७ र विकास मानन्धरले ४८७ मत मात्रै ल्याएका छन्।, कुल...
सेतोपाटी संवाददाता मकवानपुर दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।, शुक्रबार रौटहटको चन्द्रपुरबाट काठमाडौं जाँदै गरेको ना १ ज ३४३३ नम्बरको टाटा सुमो दुर्घटना भएको थियो। मध्यान्ह १२ बजेतिर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ओखरडाँडाको ‘सिस्नेरी–काठमाडौं’ सडकखण्डमा सुमो दुर्घटना भएको हो।, जिल्ला प्रहरी कार्यालय...
सेतोपाटी संवाददाता गण्डकी प्रदेश सरकारले पुस १५ गते मंगलबार सार्वजनिक बिदा दिने भएको छ।, तमु ल्होसारको अबसरमा बिदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।, तमु समुदायले ल्होसारमा बिदा दिनुपर्ने माग गर्दै आएका थिए।, पुस १५ गते गण्डकी प्रदेशमा बिदा
सेतोपाटी संवाददाता काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियसमा झरेको छ।, जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री मापन गरिएको जानकारी दिएको हो।, यसअघि बिहीबार काठमाडौंको तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरिएको थियो। विभागले तापक्रम घट्न पनि सक्ने वा बढ्न पनि सक्ने बताएको छ...
सेतोपाटी संवाददाता अकुपाईं टुँडिखेलको आठौं हप्ता शनिबार कलाकारहरूले खुला मञ्च अकुपाईं गरेका छन्।, सोसाइटी अफ नेपालिज् आर्किटेक्टससँगको सहकार्यमा कलाकार धन यख्खाले खुलापन र वातावरणीय सन्तुलनको भाव झल्किने गरी रंगिचंगी आकृतिहरू कोरेका छन्, जुन अभियानमा बालकबालिकादेखि वृद्धवृद्धासम्म सहभागी भएका छन्।, उनीहरूले टुँडिखेलको...
सेतोपाटी चौरीदेउराली गाउँपालिका–५ बहालटोलमा शनिबार दिउँसो एक पुरुष बाटोमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।, मृतावस्थामा फेला परेको शव रुकुम सानोभेरी गाउँपालिका–८ घर भई हाल चौरीदेउरालीमा ज्यामी काम गर्दै आएका ४८ वर्षीय प्रवीर ओली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जा...
एजेन्सी सोमालियाको राजधानी मोगादिसुको एक व्यस्त क्षेत्रमा कारमा राखिएको शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थीसमेत रहेका अधिकारीले जनाएका छन्।, घटनामा कम्तीमा ७० जना घाइते भएका बताइएको छ। ‘विस्फोटमा कम्तीमा ७६ जनाको मृत्यु भएको र मृत्यु हुनेमा ...
रासस विगत केही दिनयता बढेको अत्याधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आइतबारदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ।, नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा ब...
सेतोपाटी संवाददाता गायिका आनी छोइङ डोल्माले काठमाडौंमा शुक्रबार सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेकी छिन्।, अन्तर्राष्ट्रिय समुदायका ब्यक्तिहरुलाई लक्षित गर्दै आनीले काठमाडौंको हायात होटलमा आफ्नो प्रस्तुती दिइन्।, उनको कार्यक्रम हेर्न चीन,रुस र हङकङका छ सय जनाभन्दा बढी उपस्थित थिए।, उनीहरु आ-आफ्नो देशमा टिकट काटेर हवाइ...
सेतोपाटी संवाददाता शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलसहितको टोली सडक अनुगमनमा थियो।, टोलीमा काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए। काठमाडौंको कमलादीस्थित गणेशमन्दिर नजिक सडकछेउमा बन्दोबस्त...
सेतोपाटी संवाददाता धनुषामा मंसिर २७ राति टाइम बम बिस्फोट गराउने व्यक्तिहरू नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको प्रहरीले निष्कर्ष निकालेको छ।, तराईमा आपराधिक गतिविधि गराएर रकम संकलनमा सक्रिय रहेका केही विप्लव कार्यकर्तालाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको थियो।, प्रदेश-२ का प्...
भगवती पाण्डे बाहिर चकमन्न अँध्यारो भइसक्दा उनीहरू भने साँस्कृतिक कार्यक्रमको तयारी गर्दै थिए। सेतो र रातो फरियामाथि कालो चोलीमा सजिएका महिला र सेतो कमिज र धोतीमा सजिएका पुरुषहरू होमस्टेको हलमा प्रवेश गर्दा दर्शक दिर्घातर्फको हल भरिसकेको थियो।, छल्लुराम महतोले ढोलक बजाउन सुरू नगर्दै दस जनाको समूह हातमा लाठी लिएर नाच्न ...
रासस अहिले बजारमा प्याजको मूल्य आकाशिएको छ। अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन्।, भारतले निर्यातमा प्रतिबन्ध लगायसँगै दशैँपछि नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो। भारतबाट सहजै निर्यात हुने प्याजको निर्यातमा अहिले प्रतिबन्ध छ।, नेपाली बजारमा खपत हुने...
सेतोपाटी संवाददाता रोल्पामा बाटो खनिरहेको डोजरलाई  पहिरोले पुरेको छ। बाटो खन्दाखन्दै खसेको पहिरोमा परी चालकको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय रोल्पा प्रमुख डिएसपी लीला आचार्यका अनुसार आइतबार बिहान साढे १० बजेतिर सुनछहरी गाउँपालिका- ५ कोबाङमा बाटो खनिरहेको डोजरलाई पहिरोले पुरेको हो।, ‘उद्धार गरेर स्वास्थ्यचौकी ल...
सेतोपाटी संवाददाता चन्द्रागिरी नगरपालिका–७ थानकोटस्थित सिटिजन बैंकको एटिएम फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। , पक्राउ पर्नेहरूमा सोही नगरपालिका ५ दाउराडिपो बस्ने मुगु सोरू गाउँपालिका ६ घर भएकाहरू २४ वर्षीय चित्र बहादुर शाही र २० वर्षीय नन्दराज धराल रहेका छन्। , उक्त ए...
सेतोपाटी संवाददाता ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङका ३१ वर्षीय चन्द्र बहादुर बस्नेत १ थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ सहित पक्राउ परेका छन्।, बस्नेतको घरमा हतियार तथा विष्फोटक पदार्थ समेत रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्ने क्रममा ...
एजेन्सी संयुक्त राज्य अमेरिकाको न्युयोर्क मोन्सेको एक घरमा भएको  चक्कु प्रहारमा पाँच जना घाइते भएका छन्।, शनिबार राति यहुदी धर्मालम्बीको प्रार्थनाघर नजिकै 'हासिडिक रब्बी' जातका मानिस बस्ने घरमा चक्कु प्रहार भएको थियो।  आक्रमणकारी चक्कु हानेर भागेका थिए।, यहुदीको हनुक्का पर्व मनाउन दर्जनौं मानिस  घरमा भेला भएका थिए।, ए...
राकेश यादव नेपाल-भारतको सिमा जोड्ने दसगजामै मदिरा र मासु पसल खोलिएका छन्। सोही स्थानमा विगत दस वर्षदेखि खसीको मासु बिक्री पसल सञ्चालन गर्दै आएका भारत जमुनधारका इस्ताक अन्सारीले दसगजामा पसल सञ्चालन गर्दा अहिलेसम्म कोही रोक्न नआएको बताए।, ‘पसल खोलेको बेलादेखि अहिलेसम्म कसैले रोक्न आएको छैन।‘न भारततर्फको एसएसबीले रोकेको ...
सेतोपाटी संवाददाता सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले चाक्चाकुर पर्वका लागि तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, पुस १५ देखि १७ सम्म गाउँपालिकाभित्रका सरकारी कार्यालय र शिक्षण संस्थामा बिदा दिइएको हो।, कुलुङ जातिको पर्व चाक्चाकुरमा हरेक वर्ष तीन दिन बिदा दिने निर्णय गत वर्ष गाउँकार्यपालिका बैठकले गरेको थियो।, ...
सेतोपाटी संवाददाता आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीमाथि जिल्ला अदालत सुनसरीमा थुनछेक बहस चलिरहेको छ।, न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासमा उनको थुनछेक बहस भइरहेको श्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले जानकारी दिए।, थुनछेक बहसपछि उनलाई थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउन...
सेतोपाटी संवाददाता आफ्नै श्रीमती २५ वर्षीया उषा पनेरू नेपालको हत्या गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका १२ कपन बस्ने २९ वर्षीय लक्ष्मण नेपाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। उषालाई डोरीले घाँटी कसी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो।, महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले लक्ष्मणलाई नियन्त...
सेतोपाटी संवाददाता काभ्रपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नम्बर ३ स्थित जंगलमा एक बेवारिसे शव फेला परेको छ।, नारायणथानस्थित जंगलमा अन्दाजी २०/२५ वर्षको युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रवि पौडेलले जानकारी दिए।, घटनास्थलमा बनेपा निस्ट लेखिएको टिसर्ट र टाउजर भेटिएको प्रहरीले जनाएको छ...
सेतोपाटी संवाददाता सुनसरीको धरान उपमहानरपालिका-१५ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।, बुधबार राति साढे ८ बजे श्रीमानश्रीमती ४३ वर्षीय काजीमान राई र ३६ वर्षीया रमिला राईबीच झगडा भएको थियो। काजीमानको कुटाइबाट रमिला घाइते भएकी थिइन्। पछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा रा...
सेतोपाटी संवाददाता काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ६ मा डलर साट्ने बहानामा अपरिचित व्यक्तिहरुले १५ लाख रुपैयाँ ठगी गरी फरार भएका छन्।, धुलिखेल अस्पतालको नर्सिङ होस्टेल पछाडिबाट ती व्यक्तिहरुले बुधबार रुकुम मुसिकोट नगरपालिका वडा नम्बर २ खलङ्गाका ३० वर्षीय पुरूषको साथबाट उक्त नगद ठगी गरी फरार भएको प्रहरीले जनाएको छ...
सेतोपाटी संवाददाता दोलखाको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल हिजोआज तनावमा छन्। दाता बनेर गाउँ आएका एक व्यक्तिले दुलालसहित गाउँलेसँग पैसा उठाएर भागेपछि समस्यामा छन्।, भारत सिक्किम घर बताउने दिपक गौतम केही समयअघि दाता बनेर गाउँ पुगेका थिए। सुरूमा उनले समुदाय र विद्यालयहरूमा सहयोग पनि गरे।,उनको उठबस गाउँपालिका ...
सेतोपाटी संवाददाता देशैभरि चिसो बढ्ने क्रम जारी छ। काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल झरेको छ।, बिहीबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस मापन भएको छ।, जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको छ भने डडेल्धुरामा १.७, सर्खेतको २, दीपायलको ३.५ र पोखराको  न्यूनतम तापक्रम ६ डिग्र...
भगवती पाण्डे तत्कालीन प्रधानमन्त्री जुद्धशमसेर जबराले निर्माण गरेको पाल्पाको अर्गली दरबार अहिले खण्डहर बनेको छ। पाल्पामा रहेका दर्जनौं ऐतिहासिक स्थल तथा सम्पदामध्ये अर्गली दरबार पनि एक हो।, तानसेन नगरपालिका वडा नं. १४ स्थित यो दरबार अहिले भग्नावशेष मात्रै रहेको छ।, पाल्पा सदरमुकाम तानसेनबाट २१ किलोमिटर पश्चिम उत्तरमा ...
रोशन सिग्देल दुई वर्षअघि रेल विभागले दुई इन्जिनियर (अधिकृत)लाई रेल इन्जिनियरिङ पढ्न चीन पठायो। रेल इन्जिनियरिङमा दुई वर्षे स्नातकोत्तर पढ्न उनीहरू चीन पुगे।, दुईमध्ये एक थिए, सन्त महर्जन। महर्जनले ७ वर्षदेखि नेपाल सरकारको इन्जिनियर रूपमा काम गरिरहेका थिए।, नेपालमा रेलको चर्चा चुलिए पनि विज्ञ कर्मचारी थिएनन्। कर्मचारीक...
खिलानाथ ढकाल एक २२ वर्षीया युवतीलाई काठमाडौंबाट विराटनगर हुँदै बिहार पुर्‍याउने योजनामा संलग्नहरू पक्राउ परेका छन्।, प्रहरीले विराटनगर पुगेर संलग्नलाई पक्राउ गरी युवती उद्धार गरेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंले झापा घर भएकी ती युवतीलाई विराटनगर पुगेर उद्धार गरेको हो।, प्रहरीका अनुसार संलग्न समूहले ती युवतीलाई ब...
सेतोपाटी संवाददाता दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको घरमा अज्ञात समूहले हतियार देखाएर खानतलासी गरेको छ।, बिहीबार बिहान सवा पाँच बजे उक्त समूहले पेस्तोल देखाएर अध्यक्षकी श्रीमती कमला पौडेलमाथि हातपात गरेका थिए।, उनीहरूले पेस्तोल देखाउँदै ‘तेरो श्रीमान् कहाँ छ’ भन्दै घर खानतलासी गरेका थिए।, गाउँपालिकाका प...
सेतोपाटी संवाददाता चार लाख रुपैयाँसहित दुई जना भारतीय हुण्डी कारोबारीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा रक्सौल भारतका सुशीलकुमार शर्मा र सरोजनी कुमारी रहेका छन्।, ना२९प ४४९५ नम्बरको मोटरसाइकलमा आएका उनीहरूलाई वीरगन्ज-१६ रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त स्वयम्भूले भन्सार छलेर ल्याएका करिब ५५ लाख रुपैयाँ बराबर फोन र आइप्याडसहित दुई जनालाई पक्राउ गरेको छ।, प्रहरीले बुधबार राति काठमाडौं महानगरपालिका-२५ टंगालबाट गुहेश्वरी बस्ने २७ वर्षीय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।, टंगालस्थित हरिबह...
सेतोपाटी संवाददाता कर छलीको आरोपमा ब्रिटिस काउन्सिलमाथि छानबिन हुने भएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ब्रिटिस काउन्सिलमाथि छानबिन गर्न अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ।, पत्रमा अनुमति विना परीक्षार्थीहरूसँग करोडौं रकम असुल गरेको, कर पनि नतिरेको आरोप लागेक...
दिपकजंग शाही कर्णाली प्रदेश सरकारले सुरु गरेको ‘बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको’ कार्यक्रमका लागि स्थानीय तहलाई रकम प्रदान गरेको छ।सामाजिक विकास मन्त्रालयले मंसिर २९ गते प्रदेशका सबै स्थानीय तहको खातामा जम्मा हुनेगरी रकम उपलब्ध गराएको छ।, प्रदेश सरकारले सम्वन्धित कार्यक्रमको कार्यान्वयनका लागि कार्यविधि तयार पारेक...
युनिक श्रेष्ठ घरका सरसामान चोर्नबाट बचाउन हामी अनेक किसिमका प्रयत्न गर्छौं।, चोरी नहोस् भनेर कम्पाउण्डमा ठूल्ठूला बार लगाउँछौं। त्यत्तिले पनि नपुगेर फुटेका सिसा, किला, चुच्चा रडहरू समेत राख्ने गर्छौं।, सुरक्षाका लागि बनाइएका त्यस्ता बारहरूले आफैंलाई घातक बनाउँछ भन्ने कसले पो सोचेको होला र?, टोखा नगरपालिका-६ की एक बालि...
सेतोपाटी संवाददाता चिसो बढेपछि बुटवल उपमहानगरभित्रका विद्यालय बन्द गर्ने निर्णय भएको छ।, शुक्रबारदेखि आइतबारसम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो।, स्थानीय विदाबाट कट्टी हुने गरी बिदा गर्नु हुन उपमहानगरका बरिष्ठ अधिकृत शिवनारायण शाहले बिहीबार सूचना निकालेर जानकारी गराएका छन्।, बिहीबार बसेको नगरपालिकाको बैठकले अत्याध...
सबिना श्रेष्ठ भक्तपुरको तलेजू भवानी मन्दिर परिसरमा ३२९ वर्ष पुराना एकजोडा नगरा लामो समयदेखि थन्किएका थिए। पाटीजस्तो ठाउँमा राखिएका यी नगरा चिसो र अँध्यारोको ओसमा परेर मक्किएका थिए।, नगरपालिकाले दुई साताअघि मर्मत गराएर पुनः स्थापना गरेको छ।, बिहीबार सिद्धिलक्ष्मी मन्दिरअगाडिको ताहा सत्तल (तबा सत्तल) मा यी नगरा पुनः स्थ...
सेतोपाटी अरुण तेस्रो आयोजनाको करिब ३० प्रतिशत काम सम्पन्न भइसक्दा  पनि प्रवेश मार्गको मुआब्जा विवाद अझै समाधान हुन सकेको छैन।, सङ्खुवासभाको मकालु गाउँपालिका र चिचिला गाउँपालिकामा सो आयोजना निर्माणाधीन रहेको छ। , छ्याङ्कुटीबाट पावरहाउसस्थल दिदिङसम्मको मुआब्जा विवाद अहिलेसम्म मिल्न सकेको छैन। स्थानीयवासीले प्रवेश मार्ग ...
सेतोपाटी संवाददाता भक्तपुरमा गत असार १५ गते दिउँसो प्रेमीसँग मिलेर आमाको हत्याका गर्ने छोरीसहित चारै जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ।, भक्तपुर जिल्ला अदालतले बिहीबार ईश्वरी भट्टराई, मोहम्मद नौसाद, मोहम्मद रहिश र भोला कुमारलाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको हो।, न्यायाधीश डा. प्रकाश उप्रेतीको इजलासले अभियोग दा...
सेतोपाटी संवाददाता मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मदनकुमार मोक्तान, सन्देश गोले, सोम सुनार, गणेश लामा, रिक्जेन मोक्तान, सन्दीप गुरुङ, भरत थापा क्षेत्री, इन्द्रबहादुर तामाङ, विक्रम भुजेल, राजु पौडेल, सबिन तामाङ र समिर तामाङ छन्। , मोटरसाइकल चोरी नियन्त्रणक...
सबिना श्रेष्ठ र नारायण महर्जन रानीपोखरीको पुल, पोखरी, मन्दिर एवं सौन्दर्यीकरणको काम एकैसाथ भइरहेको छ। वैशाख अन्तिमसम्म बनाइसक्ने योजना पुनर्निर्माण प्राधिकरण अन्तर्गतको उपभोक्ता समितिको छ।, अहिले पोखरी बीचमा इँट्टाको सोलिङ गरिरहेको देख्न सक्छौं। पोखरी मात्रैको काम भने पुस अन्त्य वा माघ सुरूआतसम्ममा सकिने समितिका राजुम...
सेतोपाटी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडकको छ किलोमा गत मङ्सिर २९ गते भएको बस दुर्घटनामा बाँच्न सफल छ महिने बालिकालाई बिहीबार आफन्तको जिम्मा लगाइएको छ।, बालिकाकी आमा सुनिता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बसका चालक सुमन तामाङ प्रहरी हिरासतमा रहेकाले बालिकालाई १२ दिनपछि मामा र ठूलीआमा...
एजेन्सी मध्य एसियाली मुलुक कजाकस्तानमा शुक्रबार बिहान एक यात्रुवाहक जहाज दुर्घटनामा परेको छ।, बेक एयरको फ्लाइट नम्बर २१०० को जहाज अल्माटी विमानस्थलबाट उडेको केहीबेरमै एक बारमा ठोक्किएको थियो। त्यसपछि दुई तले घरमा बजारिएको जहाज टुक्राटुक्रा भएको छ।, राजधानी नुरसुल्तानका लागि उडेको जहाजमा ९५ यात्रु र पाँच चालक दलका सदस्...
सेतोपाटी संवाददाता कीर्तिपुरबाट फोहोर बोकेर जाँदै गरेको टिपर तारकेश्वर-३ तीनपिप्लेमा पल्टिएको छ।, पल्टिएको टिपरभित्र दुई जना च्यापिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।, ना२क ३३८ नम्बरको टिपर पल्टिँदा सहचालक कमल लामा र चालक माइला लामा च्यापिएको वृत्तका डिएसपी बालनरसिंह राणाले बताए।, उनीहरूको अवस्थाबारे प्रहरीले...
दिपकजंग शाही सुर्खेतकी डोल्मा वादीका दुई छोरी छन्। अस्मिता र पुतली। अस्मिता अहिले मलेसिया छिन्। पुतली गाउँमै छिन्।, मलेसियामा रहेकी अस्मिताका दुई छोरा छन्। पुतलीका दुई छोरा, एक छोरी।, डोल्माले आफ्ना यी दुवै छोरीको सानै उमेरमा विवाह गराइदिएकी थिइन्।, उनलाई लाग्थ्यो छोरीले तलमाथि गरे आफ्नो इज्जत जान्छ। गाउँलेहरूले कुरा ...
एजेन्सी बलिउडका अभिनेता तथा टेलिसिरियल कलाकार कुशल पञ्जाबीले आत्महत्या गरेका छन्। उनी बिहीबार ११ बजे पञ्जाबी मुम्बई बान्द्रास्थित घरमा मृत अवस्थामा फेला परेका हुन्।, ४२ वर्षीय पञ्जाबीको घरबाट उनको नोट समेत भेटिएको बान्द्रा प्रहरीले जनाएको छ। नोटमा आफ्नो मृत्युको आरोप कसैलाई लाग्न नहुने बताइएको भारतीय सञ्चारमाध्यम द हि...
सेतोपाटी संवाददाता काठमाडौँ महानगरपालिकाले सहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्डहरु हटाउने काम अगाडि बढाएको छ। महानगरपालिकाले मंगलबारदेखि काठमाडौँका चोकमा राखिएका ठूला होर्डिङ बोर्ड हटाउन लागेको प्रवक्ता ईश्वरमान डङ्गोलले बताए।, ‘होर्डिङ बोर्ड हटाउने काम पहिलादेखि सुरु गरेपनि आजदेखि ठूलाठूला बोर्डहरु निकाल्ने ...
सेतोपाटी संवाददाता कीर्तिपुरबाट फोहोर बोकेर जाँदै गरेको टिपर तारकेश्वर-३ तीनपिप्लेमा पल्टिएको छ।, पल्टिएको टिपरभित्र दुई जनाको च्यापिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।, ना२क ३३८ नम्बरको टिपर पल्टिँदा सहचालक कमल लामा र चालक माइला लामा च्यापिएर मृत्यु भएको वृत्तका डिएसपी बालनरसिंह राणाले बताए।, उनीह...
सेतोपाटी संवाददाता रौटहटको चपुरबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, शुक्रबार साढे १२ बजे मकवानपुर इन्द्रसरोवर गाउँपालिका ३ ओखलडाँडाको ‘सिस्नेरी–काठमाडौं’ सडकखण्डमा सुमो दुर्घटना भएको हो। ,दुर्घटना हुँदा पाँच जना घाइते समेत भएका छन्।, मृत्यु हुनेमा एक महिला र दुई पुरूष रहेको जिल्ला प्र...
एजेन्सी बेलायत वेस्ट योर्कसिरका ५ वर्षीय बालक जेकब स्क्रिमशले आफ्नो कान्छो भाइलाई अँगालो हाल्न पाएका छन्।, मितिभन्दा आठ साताअघि नै जन्म भएपछि जेकब देब्रे हातबिना यस संसारमा आइपुगे। जेकबलाई एक हातले काम गर्न गाह्रो भएको देख्दा आमा जेमा स्क्रिम्श र बाबु क्रिश स्क्रिम्शले कृत्रिम हात (नक्कली हात) दिने निधो गरेका थिए।, जे...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी मागेको छ।, महानगरको नगरकार्यपालिकाको निर्णयअनुसार १५ दिने सूचना निकालेर करार सेवाका लागि नगर प्रहरी मागेको हो।, पाँच सय रुपैयाँ शुल्क तिरेर नेपाली युवाले आवेदन फारम भर्न सक्नेछन्।, फारमका लागि बेग्लै एक सय रुपैयाँ शुल्क बुझाउनुपर्ने महानगरले जारी गरेको सूचनाम...
सेतोपाटी संवाददाता दुई वर्षभित्र निर्माण गरिसक्ने ठेक्का लागेको गोरखा दरबार पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढ्न सकेको छैन।, निर्माणको जिम्मेवारी लिएको पचली सिभा जेभीले लगातार काम नगर्दा दरबार पुनर्निर्माणको काम अहिलेसम्म पहिलो तला पनि सम्पन्न भएको छैन।, गत शनिबार गोरखा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त...
सेतोपाटी संवाददाता धरान उपमहानगरपालिकाभित्रका सबै विद्यालय बिहीबार बन्द हुने भएको छ।, उपमहानगरपालिकाले मंगलबार सूचना जारी गरेर खण्डग्रास सूर्य ग्रहणका दिन विद्यालय बिदा दिने जानकारी दिएको हो।, उपमहानगरको मंगलबार बसेको नगर प्रमुखस्तरीय बैठकले यस्तो निर्णय गरेको हो।, यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट...
सेतोपाटी संवाददाता सप्तरी र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार सप्तरी, रुपनी गाउँपालिका-६ वीरेन्द्रबजारनजिक स१ज १३८१ नम्बरको जीपले स१०प ८२५ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको ...
विवेक राई शिवरात्रीअगाडि पशुपतिदेखि गुहेश्वरीसम्म बागमतीको पानी कम्तिमा नुहाउन मिल्ने हिसाबले सफा बनाइने भएको छ।, फागुन ९ गते पर्ने शिवरात्रीअघि नै गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्रबाट प्रशोधित पानी बागमतीमा बगाइने काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना कार्यान्वयन निर्देशनालयका इन्जिनियर किशोर पन्थीले ...
राकेश यादव रौतहटको इशनाथ नगरपालिकाको प्राङ्गढमा भेटिएको प्रेसर कुकर बम सेनाले डिस्पोज गरेको छ।, रौतहट प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार बुधबार बिहान नगरपालिका कार्यालय प्राङ्गढमा खेल्न गएका बच्चाहरूले शंकास्पद बस्तु देखेका थिए। स्थानीयले शंकास्पद बस्तु रहेको भनी प्रहरीलाई खवर गरेका थिए।, सो क्षेत्रमा सेनाको बम...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरबाट लमहीतर्फ जाँदै गरेको यात्रुवाहक बस मुसोट खोला नजिकै दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।, बुधबार बिहान पौने १२ बजे रा १ ख १४८९ नम्बरको यात्रुवाहक बस ब्रेक फेल भएर पल्टिएको हो।, सबैको उपचार लमही अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय ढाङका एसपी जनक भट्टराईले जानकारी दिए।, '२१ जना...
सेतोपाटी संवाददाता गुल्मीस्थित मालिका गाउँपालिकाको एक वडा कार्यालयमा चोरी भएको छ।, गाउँपालिकाको घमिरस्थित वडा नम्बर ७ को कार्यालयमा मंगलबार राति ताला फुटाएर चोरी भएको वडाध्यक्ष वेदप्रसाद पन्थीले जानकारी दिए।, 'गएराति कार्यालयबाट ३० हजार जति रकम चोरी भएछ। पैसा बाहेक अरु केही चोरी भएको छैन,' उनले भने।, चोरी कसले गरेको भ...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डडेल्धुरास्थित परशुराम नगरपालिकाका इन्जिनियरसहित पाँच जनाविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।, बुधबार आयोगले एक लाख ७३ हजार एक सय ९० रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा इन्जिनियर नरेन्द्रबहादुर भाटसहित पाँच जनाविरूद्ध मुद्दा दायर गरेको हो।, नगरपालिकाका...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महशुस गरिएको छ।, उपत्यकाको न्यूनतम तापक्रम आज २ दशमलव ९ डिग्री सेल्सियस रहेको छ।, यो काठमाडौं उपत्यकाको यस वर्ष मापन गरिएको सबभन्दा कम तापक्रम हो। यसअघि मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन भएको थियो।, मौसमविद् विभूति पोखरेलका अनुसार ...
एजेन्सी भारतकी सेलिब्रिटी तथा टेलिभिजन प्रस्तोता सेफ जगी जोन भान्सामा मृत भेटिएकी छिन्।, गत सोमबार साँझ केरलास्थित तिरुवनंतपुरमको आफ्नै फ्ल्याटमा उनी मृत भेटिएकी हुन्।, प्रहरीका अनुसार जोनको शव भान्सा कोठामा फेला परेको हो।, प्रारम्भिक अनुसन्धानका अनुसार उनकी आमा ग्रेसी छोरीको मृत्यु हुँदा घरमै रहेको भारतीय एजेन्सी एएन...
सेतोपाटी संवाददाता चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको छ।, बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए।, उनका अनुसार न्यायाधीश विदुर कोइरालाको इजलासले मुद्दा टुंग्याएको हो।, सम्बन्धविच...
सेतोपाटी संवाददाता रुपन्देही जिल्ला अदालतमा कार्यरत नायब सुब्बा र लेखापाल दुई हजार घुस रकमसहित पक्राउ परेका छन्।, आन्तरिक राजस्व कार्यालय भैरहवा दरबन्दी भई रुपन्देही जिल्ला अदालतमा लेखासम्बन्धी कामकाज गर्न खटिएका लेखापाल विनोद शर्मा र रुपन्देही जिल्ला अदालतमा कार्यरत नासु बुद्धिप्रकाश न्यौपानेलाई सेवाग्राहीबाट उक्त रक...
खिलानाथ ढकाल गत असोजमा भएको इन्टरपोलको ८८ औं महासभा बैठकमा सहभागी हुन नेपालका प्रहरी अधिकारीहरू चिली गएका थिए।, त्यस क्रममा इन्टरपोल महाशाखा बेइजिङ र नेपाली प्रहरी अधिकारीबीच ‘अनौपचारिक छलफल’ भएको थियो।, सो छलफलमा नेपालमा साइबर तथा वित्तीय अपराधमा चिनियाँ नागरिक संलग्न रहेको चीन र नेपाली प्रहरी अधिकारीबीच कुराकानी भएक...
सेतोपाटी संवाददाता इसाई धर्मावलम्वीहरुको महान पर्व क्रिसमस नेपालमा पनि मनाइएको छ। एकअर्कासँग प्रेम, सद्भाव बाँड्दै इसाई धर्मावलम्वीहरुले यो पर्व मनाएका छन्। यस अवसरमा राजधानीका पर्यटकीय ठाउँहरुमा कृसमस ट्री बनाएर सजाइएको छ।, आजभन्दा २०१९ वर्षपहिले इजरायलमा जन्मिएका यशुको जन्मोत्सवको अवसरमा यो पर्व मनाइँदै आएको छ। हरेक...
सेतोपाटी संवाददाता एजुकेसन कन्सल्टेन्सीको नाममा साढे १० लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, गुरूङलाई डिल्लीबजारबाट पक्राउ गरिएको हो।, धादिङ साविक कटुन्जे गाविका-९ घर भई हाल ललितपुर बस्ने ४२ वर्षीय मानबहादुर गुरूङलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।, वैदेशिक रोजगारको सिलसिलाम...
सेतोपाटी संवाददाता काठमाडौंको कुलेश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पसले पहिलोपटक संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) सर्टिफिकेट पाएको छ।, क्याम्पसमा आवश्यक पूर्वाधार तथा सुविधा हुनुका साथै गुणस्तरीय पढाइ र शैक्षिक क्रियाकलापमा अब्बल भएको भन्दै विश्वविद्यालय अनुदान आयोगले सो प्रमाणपत्र हस्तान्तरण गरेको ह...
समिक्षा अधिकारी लेखक बुद्धिसागरले ठमेलका खम्बामा असरल्ल तार काटिएको देखेपछि ट्विटरमा लेखे, 'तारका गुजुल्टा नभएर होला, आज आकाश देखियो ठमेलमा।', यी तारका गुजुल्टाले हाम्रो सहर साँच्चिकै कुरूप पारेको छ। कहीँ चुँडिएर लत्रिएका हुन्छन्, कहीँ मान्छे र सवारी अल्झिने गरी सडकमा छरिएका। सहरको सुन्दरता त नासियो नै, मान्छेको ज्यान...
सेतोपाटी  ‘प्रहरी हूँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले...
युवराज श्रेष्ठ आमा कहिले बित्नुभयो रञ्जना राना (नाम परिवर्तन) लाई थाहा छैन। होस् पनि कसरी?, उनको आमाले धर्ती छाड्दा उनी ३ वर्षकी थिइन् रे।, अहिले १४ वर्ष पुगिन्।, आमा बितेपछि बुवाले अर्को विवाह गरे। अहिले बुवा, कान्छी आमा र उनका छोराछोरी लिएर भारतमा बस्छन्।, रञ्जना गाउँकै पिताम्बर मावि कक्षा ९ मा पढ्छिन्। पढाइमा राम्र...
दिपकजंग शाही स्थानीयसँगको सहमतिविपरीत सर्भे गरिएपछि मदन भण्डारी राजमार्गको सुर्खेत खण्डबारे विवाद उत्पन्न भएको छ। सुर्खेत पश्चिम क्षेत्रको पञ्चपुरी नगरपालिकाका स्थानीय आन्दोलित बनेका छन्।, केही समयअघि पञ्चपुरीको खम्बागाडे हुँदै सालकोट–चतुरे–बाबियाचौरबाट सर्भे गरेर अगाडि बढ्ने सहमति राजनीतिक दल र स्थानीयबीच भएको थियो।,...
सेतोपाटी कला चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ।, निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परको हो।, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) नारायण रुपाखेतीले बाघ जुधेर मरेको प्रारम्भिक रिपोर्ट प्राप्त गरेक...
प्रशन्न पोखरेल महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रले पेट्रोल/डिजेलबाट चल्ने पुराना गाडी विस्थापित गर्दै विद्युतीय गाडी परिवर्तन गर्न केही समयदेखि  प्रयास गरिरहेको छ।, २० वर्ष पुराना पेट्रोलियम पदार्थबाट चल्ने इञ्जिन भएका सवारी साधनमा विद्युतबाट चल्ने इञ्जिन राख्ने उनको योजनाअनुसार कीर्तिपुरस्थित राष्ट्रिय आविष्का...
सेतोपाटी संवाददाता अहिले खण्डग्रास सूर्यग्रहण लागेको छ।  बिहीबार बिहान ८ बजेर ४३ मिनेटदेखि सुरू भएको सूर्यग्रहण बिहान ११ बजेर ३३ मिनेटसम्म रहने छ।, ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिनेछ। पृथ्वीका केही स्थानबाट रिङ अफ फायर समेत देखिनेछ।, र...
एजेन्सी भारत र पाकिस्तान बीचको सीमाना क्षेत्र, कास्मिरको लाइन अफ कन्ट्रोलमा गोलाबारी हुदाँ दुई पाकिस्तानी सेनाको मृत्यु भएको छ। पछिल्लो ३६ घण्टामा भारत र पाकिस्तान बीच गोलाबारी हुँदा बिहीबार दुई पाकिस्तानी सेना र तीन भारतीय सेनाको मृत्यु भएको पाकिस्तानी सेना प्रवक्ता मेजर जेनरल मसिफ गफुरले जानकारी दिए।, उनले आफ्नो ट्व...
राकेश यादव रौतहटको जिल्ला कारागारमा अचेल कैदीबन्दीहरू डराउन थालेका छन्। राणाकालमा बनेको यो कारागार जीर्ण बन्दै गएको थियो।  २०७२ वैशाखमा गएको भुकम्पका कारण चर्किएपछि यो झन् कतिखेर भत्केला भन्ने स्थितिमा छ।, भूकम्पका कारण भवन ठाउँ-ठाउँमा चर्किएपछि कैदीहरू डरत्रासमा बस्न बाध्य भएका हुन्।, भवन कुनैपनि बेला भत्किने डरबाट आ...