content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ।, प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ।, स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा ... |
नेहा झा धनुषामा टिपरले किचेर एक युवकको हत्या गरिएको छ।, मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई शुक्रबार बिहान साढे चार बजेतिर मर्निङ वाकमा गएका बेला ना ७ ख ६४१३ नम्बरको टिपरले किचेको हो। टिपरले किचेका महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक ... |
सेतोपाटी संवाददाता फेसबुक लगायतका सामाजिक सञ्जालबाट पार्सल आएको छ भन्दै ठगी गर्ने पाँच जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले दुई जना विदेशी नागरिकसहित तीन जना नेपालीलाई पक्राउ गरेको छ।, प्रहरीले मुख्य अभियुक्त नाइजेरियन नागरिक साइरिल चिनोन्सो आइबेस, आइभेरीकोष्टका आस... |
सेतोपाटी संवाददाता बिहीबार बिहानैदेखि सिमसिमे पानी परिरहेको थियो। रोल्पाको रून्टिगढी गाउँपालिका-१ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक झक्कु ओली सधैझैं दुई घण्टा हिँडेर विद्यालय पुगेका थिए पढाउन।, विद्यार्थी पनि छाता ओढेर आउनेक्रम जारी थियो। पढाइ सुरू भयो। पानी परिनै रहे पनि विद्यार्थी पढिरहेका थिए। ... |
सेतोपाटी संवाददाता संगठित अपराध र बम विस्फोट मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य मोहन सापकोटालाई प्रहरीले पक्राउ गरेको छ।, पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४ निवासी २६ वर्षीय सापकोटालाई आज इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले पक्राउ गरेको हो।, विसं २०७५ फागुन ३० गते चन्द समूहले... |
सेतोपाटी संवाददाता शुक्रबार राति चार घन्टा बढी चन्द्रग्रहण लाग्ने भएको छ।, राति दस बजेर ५२ मिनेटमा सुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिने छ। यो ग्रहण सन् २०२० को पहिलो चन्द्रग्रहण हुनेछ।, शुक्रबार लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको ने... |
सेतोपाटी संवाददाता चितवन, रामेछाप, रौतहट, ताप्लेजुङ, धनुषा र मकवानपुरमा भएका दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।, रौतहट, कटहरिया नगरपालिका-९ डुमरियास्थित सडकमा बिहीबार बेलुका ना१त ४१४० नम्बरको ट्याक्टरले किचेर एक जना व्यक्तिको मृत्यु भएको छ।, घटनास्थलमै मृत्यु भएका उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।, यस्तै, रौतहट... |
सेतोपाटी संवाददाता पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन्।, करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन्।, गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन्।, किशोरीले भनिन्, ‘भाइहरूस... |
सेतोपाटी संवाददाता पाल्पाबाट तनहुँको भिमाद जाँदै गरेको ग १ ख ६१७५ नम्बरको यात्रुवाहक बस शुक्रबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।, तनहुँको घिरिङ ३ मानपुरमा सडकबाट झण्डै ४० मिटर तल खसेर भएको उक्त बस दुर्घटनामा घिरिङ १ का २० वर्षीय मुना थापाको घटनास्थलमै मृत्यु भएको छ।, दुर्घटनामा घाइते भए... |
सेतोपाटी संवाददाता धनकुटाको चौबिसे गाउँपालिका २ स्थित बतासे शुक्रबारे भित्री कच्ची सडक खण्डको बतासे फिमरे खोल्सीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , शुक्रबार बिहान साढे ७ बजे स्थानीय ३० वर्षीय टेकबहादुर लिम्बूको मृत्यु भएको हो। मोटरसाइकल लडेपछि खोल्सीमा रहेको ढुङ्गामा उनको टाउको ठोक्किएको थियो। , बिही... |
रासस मानव बस्तीमा प्रवेश गरेर वितण्डा मच्चाउने रोनाल्डो हात्तीमा रेडियो कलर जडान गरिएको छ।, चितवन राष्ट्रिय निकुञ्जको सो हात्तीलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियोकलर जडान गर्नुका साथै दाह्रा काटिएको हो।, चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौराहाका चिकित्सक तथा प्राविधिकले रेडियो कलर जडान गरेक... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले जनप्रतिनिधि र प्रहरीको समन्वयात्मक प्रयासबाट सुरक्षा व्यवसथा सुदृढ गर्न सकिने बताएका छन्।, महानगरीय प्रहरी बृत्त कीर्तिपुरको आयोजनामा समुदाय प्रहरी साझेदारी अन्तर्गत सुरक्षा सुदृढीकरणसम्वन्धी अन्तक्रियात्म... |
सेतोपाटी संवाददाता कपिलवस्तु र दोलखामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। , कपिलवस्तु, वाणगंगा नगरपालिका ११ देउपारस्थित सडकमा लु१च ९६२८ नम्बरको जिपले लु१३प १२५० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका २८ वर्षीय कृष्ण थारुको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ह... |
रासस भूकम्प गएको पाँच वर्ष पुग्न लाग्दा पनि राजधानीसँगै जोडिएको ललितपुरका ग्रामीण भेगमा क्षति पुगेका स्वास्थ्य संस्थाको पुनःनिर्माण हुन सकेको छैन। पुनःनिर्माण हुन नसक्दा स्थानीयवासी गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्।, जिल्लाका ११ स्वास्थ्य संस्था भूकम्पले क्षति भएका थिए। क्षति भएकामध्ये सबैजसो ललितपुरका ग्रा... |
नारायण खड्का दाङ तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठ र घोराहीका युवा रणबहादुर घर्तीको अपहरण तथा हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेकामध्ये बाबु-छोरीसहित आठ जना कारागार चलान भएका छन्। , जिल्ला अदालत सल्यानले अपहरण तथा हत्या काण्डमा संलग्नलाई ९ वर्षदेखि जन्मकैदसम्मको फैसला सुनाएको हो। पक्राउ परेकाम... |
रासस झापाको मेचीनगर–१ मा दलित समुदायका बाबुछोरा नै मिर्गौला फेल भएर डाइलासिस गराइरहेका छन्।, घरमै परम्परागत आरन चलाउने ६३ वर्षीय पूर्णबहादुर विक र उनका जेठा छोरा ३८ वर्षीय दलबहादुरको दुवै मिर्गौला फेल भएको नोबेल मेडिकल हस्पिटल विराटनगरले पुष्टि गरेको छ।, हाल बाबुछोरा नै विराटनगरमा डेरामा बसेर सातामा दुई पटक डाइलासिस उ... |
एजेन्सी इरानमा बुधबार बिहान भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दुर्घटनामा परेका मृतकको परिचय खुलेको छ।, १६७ यात्रु र ९ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७-८०० जहाज बुधबार बिहान स्थानीय समयअनुसार सवा ६ बजेतिर तेहरानको इमाम खामोनी विमानस्थलनजिकै दुर्घटनामा परेको थियो।, जहाज दुर्घटनामा ८२ इरानी, ६३ क्यानेडियन, ११ य... |
सेतोपाटी संवाददाता थाई एयरलाइन्स बैंककबाट आएका भारतीय नागरिकको मलद्वारमा ६ सय ग्राम सुन भेटिएको छ।, महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार भारतीय नागरिक मोहम्मद टोस्मिदको मलद्वारमा लुकाएको छ सय ग्राम सुन भेटिएको हो।, प्रहरीले शंका लागेर विमास्थलमा उत्रिनेवित्तिकै तोस्मिदलाई पक्राउ गरी काठमाडौं मेडिकल कलेजमा लगेर एक्सर... |
सेतोपाटी संवाददाता पुस २५ गते शुक्रबार राति ४ घन्टा बढी चन्द्रग्रहण लाग्नेछ।, राति १० बजेर ५२ मिनेटमा सुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिनेछ। यो ग्रहण सन् २०२०को पहिलो चन्द्रग्रहण हुनेछ।, शुक्रबार लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको न... |
एजेन्सी इरानको तेहरानमा दुर्घटना भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाजको ब्ल्याक बक्स जहाज निर्माता कम्पनीलाई नदिइने भएको छ।, अमेरिकी जहाज निर्माता कम्पनी बोइङको ७३७-८०० मोडलको जहाज बुधबार बिहान तेहरानको इमाम खामेनी विमानस्थलबाट टेकअफ भएको केहीबेरमै दुर्घटनामा परेको थियो।, इरानो नागरिक उड्ययनका प्रमुख अली अवेजादेहल... |
रासस भूकम्पका कारण विस्थापित भई खाल्टे बगरमा बसोवास गरेका रसुवाको साविक हाकु गोगनेवासी अधियामा जग्गा कमाउन थालेका छन्।, विस्थापितमध्येका परमासिंह तामाङले जीविकोपार्जनका लागि धौधौ परेपछि बेत्रावती बोगटीटारका बासिन्दाको स्वामित्वमा रहेको जमिन खनजोत गर्न थालेका बताए।, अहिले खाल्टे बगरमा करिब २०० घर परिवार बसोवास गर्छन्। ... |
सेतोपाटी संवाददाता २२४ ग्राम खैरो हेरोइन लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार गोकर्णेश्वरका आशिष थापा र झापा कमल गाउँपालिका ५ का ऋतुहाङ लावतीलाई पक्राउ गरेको हो। , सुरूमा प्रहरीले गोकर्णेश्वर ८ घर भएका थापालाई तीन ग्राम हेरोइनसहित पक्राउ गरेको थियो। उनीसँगको सोधपु... |
सेतोपाटी संवाददाता धनुषाको जनकपुर उपमहानगरपालिकाको कार्यालयमा नगरप्रमुख लालकिशोर साहकै निर्देशनमा सञ्चारकर्मीहरूमाथि भएको कुपपिट घटनाका दोषीमाथि कारबाही गर्न माग गर्दै नेपाल पत्रकार महासंघ धनुषाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।, कुटपिट घटनाका दोषीलाई कारबाही माग गर्दै महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र... |
एजेन्सी अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने अमेरिकी संस्था नासाले सौर्यमण्डलभन्दा बाहिर नयाँ ग्रह पत्ता लगाएको छ। नासाको नयाँ ग्रह खोज मिसनअन्तर्गत पत्ता लागेको यो ग्रह पृथ्वीकै आकारको छ।, नासाका अनुसार, त्यहाँ जीवनको सम्भाव्यता पनि देखिएको छ। सौर्यमण्डल बाहिर जीवनको सम्भाव्यता फेला परेको यो पहिलो ग्रह हो।, यो ग्रह पृथ्वीभ... |
खिलानाथ ढकाल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीले बुढानिलकण्ठ नगरपालिकामा मेलम्ची खानेपानी आयोजनाको काममा पनि ढिलाइ गरेको छ। शैलुङले ठेक्का सम्झौता भएको ९ महिनासम्म पनि काम नथालेपछि आयोजना निर्देशनालय कार्यालयले दबाब र ताकेता थालेको छ।, तीन पटक छलफ... |
सेतोपाटी संवाददाता नेपालले चीनसँग मौसम पूर्वानुमान सूचना माग गरेको छ। नेपालको १५ सय किलोमिटर उत्तरी सीमाना चीनसँग जोडिएकाले चीनमा विपत्ती आउँदा त्यसको असर नेपालमा समेत पर्ने भन्दै त्यसबारेको पूर्वसूचना माग गरिएको हो।, चीनको मौसम विभागका उपमहानिर्देशक चेन युङफेङ नेतृत्वको टोलीसँग बुधबार सिंहदरबारमा भएको भेटमा उर्जा, जल... |
एजेन्सी ब्रिटेनका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले शाही भुमिकाबाट आफूलाई अलग राख्ने घोषणा गरेका छन्।, घोषणामा ह्यारी र मेगनले आर्थिक रुपमा आत्मनिर्भर बन्न काम गर्ने घोषणा पनि गरेका छन्।, बुधबार भएको घोषणामा उनीहरूले आफ्नो अबको बसाइ ब्रिटेन र उत्तरी अमेरिकामा हुने पनि बताए।, बिबिसीका अनुसार राजकुमार ह्यारी र ... |
नारायण महर्जन १ सय २२ चिनियाँ नागरिकलाई लिन दुई चिनियाँ चार्टर्ड जहाज साँझ काठमाडौं आएका छन्।, कुन्मिङबाट चाइना इस्टर्नको जहाज र ग्वान्झाओबाट चाइना साउदर्नको जहाज चिनियाँ लिन आएका हुन्। , उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट हत्कडी लगाएर प्रहरीको गाडीमा राखेर विमानस्थलसम्म लगिएको थियो। , नेपालले डिपोर्ट गरेका... |
सेतोपाटी संवाददाता काठमाडौंमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई बुधबार देश निकाला गरिएको छ। अध्यागमन विभागले जनही एक हजार रुपैयाँ जरिवाना तिराएर उनीहरुलाई स्वदेश फर्काएको हो। विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार चिनियाँलाई चार वर्ष नेपाल छिर्न प्रतिबन्ध लगाइएको छ।, यसका साथै उनीहरुको पासपोर्ट कालोसूचीमा रा... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी बृत्त कीर्तिपुरमा प्रहरी जवान र हवल्दारको मेसमा सँगै बसेर खान खाएका छन्।, प्रहरी नायव महानिरीक्षक पोखरेलले कीर्तिपुर प्रहरी बृत्त अवलोकन तथा निरीक्षणको क्रममा प्रहरी जवान र हवल्दारको मेसमा सँगै बसेर खान खा... |
सेतोपाटी समयमै स्वास्थ्य संस्था र एम्बुलेन्स सेवाका लागि सम्पर्क गर्न नपाउँदा यहाँ एक महिलाको मृत्यु भएको छ।, मुगुको छायाँनाथ रारा नगरपालिका–१० जिउला गाउँकी ३५ वर्षीया धनरुपा विकको बुधबार बिहान सुत्केरी भएपछि अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको हो।, थप उपचारका लागि जिल्ला अस्पताल लैजान एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई स... |
सेतोपाटी संवाददाता काभ्रे पनौती नगरपालिका-११ थुम्कीमा स्काभेटर दुर्घटना हुँदा दुई जना बेपत्ता रहेका छन्।, बिहीबार बिहान करिब ११ बजे स्काभेटर तीन सय मिटर तल खस्दा दुई जना पुरिएको र एक जना घाइते रहेका जिल्ला प्रहरी कार्यालयका एसपी रवि पौडेलले जानकारी दिए।, 'दुई जना पुरिएका छन्, एक जना घाइतेलाई उद्धार गरेर उपचारका लागि ल... |
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले मंगलबारदेखि बादल-वर्षा भइरहेको मौसममा बिहिबार दिउँसोदेखि सुधार हुने भएको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही पहाडी भेगमा हल्का वर्षा भए पनि आज दिउँसोदेखि पश्चिमी वायु कमजोर हुँदै जानेछ।, 'दिउँसोदेखि पश्चिमी वायु कमजोर भएर आकाश खुल्दै जानेछ र काठमाडौंमा पनि घाम ल... |
सेतोपाटी संवाददाता हेटौंडा उपमहानगरपालिका-१५ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले पाँच किलो गाँजाहित एक जनालाई पक्राउ गरेको छ।, प्रदेश ०२-०३-००६ प २८८३ नम्बरको मोटरसाइकलमा सवार चितवन राप्ती नगरपालिका वडा नं. २का ३७ वर्षीय कृष्ण थापामगरलाई प्रहरीले गाँजासहित बुधबार साँझ पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय मकवानप... |
सेतोपाटी संवाददाता उदयपुरका दुई छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, दुर्घटनामा सात जना घाइते रहेको प्रहरीले जनाएको छ।, बुधबार साँझ ५ बजे उदयपुरको गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको स १ ह ३८११ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा त्रियुगा नगरपालिका-७ का २० वर्षीय सीमा दनुवारको मृत्यु भएको ... |
सेतोपाटी संवाददाता गोरखामा मृत चितुवा फेला परेको छ।, भीमसेन थापा गाउँपालिका वडा नम्बर ५ बगुवामा चितुवा मृत फेला परेको जिल्ला वन कार्यालय गोरखाले जनाएको छ।, करिब २ वर्ष उमेरको भाले चितुवा फेला परे पनि के कारणले मरेको भन्ने खुलेको छैन।, उक्त मृत चितुवालाई बगुवाबाट ल्याएर बुधबार व्यवस्थापन गरिएको उनले जानकारी दिए।,
गोरख... |
दिपकजंग शाही सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। सुर्खेतदेखि जाजरकोट जाँदै गरेको भे १ ख २५७३ नम्बरको फोर्स गाडी सल्यानको बनगाड कुपिण्डे नगरपालिका-११ बालुवासंग्रहीमा दुर्घटना भएको हो।, गाडीमा सवार १८ जनामध्ये ९ जना घाइते भएको प्रहरी चौकी बालुवासंग्रहीले जनाएको छ। घाइते ९ मध्ये ६ जनाको अवस्था गम्भीर... |
सेतोपाटी संवाददाता अष्ट्रेलियामा गर्मी बढेसँगै हजारौं उँटलाई हेलिकप्टरबाट गोली हानेर मारिने भएको छ।, ठूलो संख्याको उँट पानीको खोजीमा शहर आउन थालेपछि घरमा नोक्सानी पुगेको भन्दै त्यहाँका आदिवासीले उजुरी दिएका थिए। ‘उँटहरु पानीको खोजीमा बाटोमा हिँडिरहन्छन्, बालबच्चाको सुरक्षाका निम्ति चिन्तित छौं,’ स्थानीय मरिता बेकरले ब... |
सेतोपाटी संवाददाता रौतहटको फतुवा बिजयपुर नगरपालिका कार्यालयमा शिक्षकहरुले ताला लगाएका छन्। तलब नपाएको भन्दै नगरपालिकाका शिक्षकहरुले बुधबारदेखि कार्यालयमा ताला लगाएको मेयर गोपाल राय यादवले बताए।, ‘तलबको विषयमा यहाँ समस्या भइरहेको छ, यसै विषयलाई लिएर शिक्षकहरुले तालाबन्दी गर्नु भएछ,’ उनले भने। नगरपालिका कार्यालयमा तलबको... |
सेतोपाटी संवाददाता अवैध रूपमा नेपाल प्रवेश गर्न लागेका पाँच भुटानी नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।, भारतको बोधगयाबाट काठमाडौं जान लागेको बा ५ ख २३८८ नम्बरको नेपाल–भारतमैत्री बसमा सवार पाँच भुटानीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, ४० यात्रुमध्ये पाँच जना भुटानी राहदानीबिनै नेपाल प्रवेश गर्न लागेको भेटि... |
सेतोपाटी संवाददाता गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले सरकारी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छन्।, आफ्नो निर्वाचन क्षेत्र गोरखा २ (ख) का गरिव तथा जेहेन्दार विद्यार्थीलाई सांसद दवाडीले छात्रबृत्ति वितरण सुरू गरेका हुन्।, दवाडीले सिरानचोक गाउँपालिका वडा नम्बर ५ स्थित चित्रेपोखरी माध्यमिक विद्याल... |
समिक्षा अधिकारी डेनमार्कको कोपनहेगनमा ७० वर्षअघि साइकल चालकको अवस्था आजको काठमाडौंजस्तै थियो। छुट्टै लेन थिएन। गाडीहरूकै बीचमा कुदाउनुपर्दा दुर्घटना जोखिम थियो। जोखिम मोलेरै साइकल चलाउनेलाई गाडीवालाहरू दुत्कार्थे।, समयसँगै साइकलको महत्व बढ्दै गयो। आज कोपनहेगन संसारभरि 'साइकल सहर' का रूपमा चर्चित छ।, साइकल अभियन्ता सोम... |
एजेन्सी नेपालमा पुसको चिसोले हातगोडा कठ्यांग्रिरहेका बेला दक्षिणी गोलार्द्धमा पर्ने अष्ट्रेलियाको जंगलमा आगलागीका समाचार आइरहेका थिए। धेरैलाई लाग्यो- विपरित ध्रुवमा पर्ने भएकाले यहाँ जाडो हुँदा उता गर्मी हुन्छ हाम्रोमा चैत-वैशाखतिर जंगलमा आगो लागेजस्तै अष्ट्रेलियामा अचेल आगो लाग्यो होला।, महिना दिनभन्दा बढी बितिसक्यो ... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर ३ सरकारले उच्च शिक्षा पढ्न चाहने चार सय जना छोरी बुहारीहरुलाई छात्रवृत्ति दिने भएको छ।, सामाजिक विकास मन्त्रालयको शिक्षा विकास निर्देशनालयले प्रदेशभित्रका सामुदायिक क्याम्पसमा स्नातक तथा स्नातकोत्तर अध्ययनरत चार सय छोरी बुहारीलाई छात्रवृत्ति दिने भएको हो।, निर्देशनालयले स्नातकोत्तर तहमा... |
सेतोपाटी संवाददाता लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायव सुब्बा) पदमा बुधबार विज्ञापन खोल्ने भएको छ।, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसअनुसार आयोगको नियमित कार्यतालिका बमोजिम विज्ञापन खोल्न लागिएको हो।, संघमा दरबन्दी रहने गरी नासुतर्फ प्राविधिक र अप्राविधिक सेवामा विज्ञापन गर्न लागिएको आ... |
नेहा झा धनुषाको जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यालयमा एक दर्जन पत्रकारमाथि कुटपिट भएको छ।, मेयर साहकै नेतृत्वमा पत्रकार महासंघका धनुषाका अध्यक्ष अनिल मिश्र, देशसञ्चार डटकमका संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकान्त ठाकुरसहित १ दर्जन पत्रकारमाथि कुटपिट भएको हो। , कुटपिटबाट ठाकुरलाई चोट ल... |
एजेन्सी क्यारेबियन टापुको पोर्टो रिकोमा भूकम्प गएको छ।, अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार मंगलबार पोर्टो रिकोको दक्षिण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो।, सोमबारमात्रै अमेरिकाको सीमाना क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युड भूकम्प गएको थियो। जसकारण पाँच घर भत्किनुका साथै पह... |
सेतोपाटी संवाददाता हुण्डीमा प्रयोग भएको चार लाख ४५ हजार रकमसहित एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।, वीरगञ्ज-१६ रजत जयन्ती चोकस्थित सडकमा सवारीसाधन चेकजाँच गर्ने क्रममा बिहार मोतिहारी पूर्वी चम्पारण रक्सौलका ४९ वर्षीय राजकुमार श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको हो।, बिआर १ सीके ९७९६ नम्बरको स्कुटरमा सवार उनलाई प... |
सेतोपाटी संवाददाता पर्सा पोखरिया नगरपालिका ९ शिवबर्वामा छोरीको हत्या आरोपमा आमासहित चार जना पक्राउ परेका छन्।, सोमबार साँझ ६ बजे १५ वर्षीया पुनिता कुमारीको हत्या गरी दुई किलोमिटर उत्तर खोला नजिक गाडेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाले अनुसन्धान थालेको थियो।, सोही खोजीतलासी गर्दा पुनिताको शरिरका आंश... |
सेतोपाटी संवाददाता २०७४ सालयता १९ वर्षीया संगीता विश्वकर्मा र गोविन्द कार्कीबीच टेलिफोनमा संवाद हुन्थ्यो।, टेलिफोन संवादकै क्रममा उनीहरूबीच प्रेम सम्बन्ध भयो। गोविन्दले संगीताको थर सोध्दा ‘मगर’ भनेकी थिइन्।, यहीबीचमा २०७४ असोज २९ गते उनीहरूले बिहे गरे। भागेर बिहे गरेका उनीहरूलाई बाबु-आमाले भित्र्याए।, उनीहरू केही समय ... |
सेतोपाटी संवाददाता जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुसी लागेको छ।, सामाजिक कुरीतिका रूपमा रहेको छाउगोठ बस्ने प्रचलन खड्काले आमाबाट सिकेकी थिइन्।, पुस्ता हस्तान्तरण जस्तै गरी कुसंस्कार पनि आमाबाट छोरी, छोरीबाट नातिनीसम्म पुग्ने गरेको छ। अहिले सुमित्रा जस्तै गाउँका अधिकांश ... |
एजेन्सी भारतमा बलात्कारी ठहर भएका चार जनालाई फाँसी दिइने भएको छ।, सन् २०१२ को डिसेम्बर १६ मा नयाँदिल्लीमा मेडिकल पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो।, निर्भयाको बलात्कार-हत्यामा दोषी भेटिएपछि पटियाला हाउस अदालतले अक्षय गुप्ता, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई माघ ८ (जनवरी २२) मा बिहान सात बजे फाँसी दि... |
प्रकाश सिलवाल कुनै समय यस्तो थियो–शैक्षिक सत्र सुरू भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ।, कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले जिम्मेवार निकायबीचको समन्वय अभावले समयमा पाठ्यपुस्तक उपलब्ध हुँदैनथ्यो।, त्यसमा पनि जनक शि... |
सेतोपाटी संवाददाता खारेजीमा परेको चक्रवर्ती नर्सिङ कलेजका विद्यार्थीले न्याय नपाए आत्मदाह गर्ने चेतावनी दिएका छन्।, मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरूले यस्तो चेतावनी दिएका हुन्। , ‘दुर्गम गाउँबाट नर्स पढ्न आएका हामीमाथि अन्याय हुँदा पनि सुनुवाइ हुँदैन भने हामी सिंहदरबार अगाडि नै आत्मदाह गर्न बाध्य हु... |
भगवती पाण्डे दाङ तुलसीपुरकी मिना नेपाली बादीलाई श्रीमानबाट अधिकार पाउन विवाह गरेको २६ वर्ष पर्खिनुपर्यो। १४ वर्षको उमेरमा अन्तरजातीय विवाह गरेकी मिनालाई विवाहपछि श्रीमानले घर भने लगेनन्। , मिना नेपालगञ्जमा सिलाईकटाई सिक्थिन्, सोही क्रममा उनको लामा थरका व्यक्तिसँग प्रेम बस्यो, पछि उनीहरुले विवाह गरे। विवाह गरेपनि उनला... |
अनुषा अधिकारी पाटनको यलमाया केन्द्रमा मंगलबार दिउँसो साइकल हेर्नेको भीड थियो। यो सामान्य साइकल होइन- विद्युतीय साइकल, त्यसमाथि बाँसबाट बनेको।, साइकल हेर्न मात्र मिल्छ कि चलाउनै पाइन्छ भन्ने खुल्दुली बोकेर आएकाहरूले यलमायाको प्रांगणमा पाइडल मार्दै साइकलको अनुभव लिए। उनीहरूले आफू मात्र चलाएनन्, अगाडि बाँसको सिटमा आफ्ना ... |
नारायण खड्का मंगलबार बिहान साढे ९ बजेतिर तुलसीपुरका मेयर घनश्याम पाण्डेले नेतृत्व गरेका सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित दुई भ्यान सुरक्षाकर्मी ग्वारखोला पुल पुगे।, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल पनि साथमै थिए। साथमा एम्बुलेन्स, डोजर पनि थियो । , अल्टिमेटम दिए पनि स्थानीयले अटेरी गर्दै आएपछि सरकारी पदाधिकारी यसरी... |
सेतोपाटी संवाददाता प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपले सञ्चालन गरिरहेको सुनसरी दुहबीको पशुपति विस्कुट फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।, प्रहरीका अनुसार मंगलबार राति ८ बजे फ्याक्ट्रीमा अचानक आगो लागेको हो।, डेढ घन्टादेखि लागेको आगो नियन्त्रणबाहिर रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धर्मराज भण्... |
सेतोपाटी मादक पदार्थ सेवन गरेका सशस्त्र प्रहरी बलका एक हवल्दारले विद्युत प्राधिकरणका कर्मचारीलाई कुटपिट गरेका छन्।, मंगलबार राती नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रको नोलाइटको टोलीलाई प्रहरी हब्लदार छविन्द्र राईले रातीको समयमा करिब ११-१२ बजेतीर कुटपिट गरेका हुन्।, नो लाइटको गाडी मूलपानीको लक्ष्मीनारायण चोकम... |
एजेन्सी इरानको राजधानी तेहरानमा युक्रेन इन्टरनेशनलको जहाज दुर्घटनामा परेको छ।, १८० यात्रु र १२ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७ जहाज बुधबार बिहान तेहरानको इमाम खामोनी विमानस्थल नजिकै दुर्घटनामा परेको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्था एसोसिएट प्रेसले जनाएको छ।, इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार युक... |
सेतोपाटी संवाददाता सुनसरीको दुहबीस्थित पशुपति विस्कुट फ्याक्ट्रीमा लागेको आगो मध्यराति नियन्त्रणमा आएको छ।, , सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार दुहबी-५ स्थित फ्याक्ट्रीमा राति साढे ८ बजे सुरू भएको आगलागी राति साढे १२ बजे नियन्त्रणमा आएको हो। , , मंगलबार राति साढे ८ बजे अचानक फ्याक्ट्रीबाट आगोको म... |
रासस भक्तपुर नगरपालिकाले नगरवासी विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्न सम्झौता सुरु गरेको छ।, गरीब र इमानदार ९१ विद्यार्थीलाई चालू आर्थिक वर्षमा ऋण उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।, नगरप्रमुख सुनिल प्रजापतिले कार्यक्रमको मङ्गलबार शुभारम्भ गर्दै ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवं अभिभावकलाई आग्रह गरे। स्थानीय सरक... |
रासस काठमाडौँ महानगरपालिकाले विशिष्ट व्यक्ति आहोरदोहोर हुने पाँच क्षेत्रलाई केन्द्रित गरेर शहरलाई कुरूप बनाई राखिएका प्रचार सामग्री हटाउने कार्यलाई तीव्रता दिएको छ।, अहिले बानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, कोटेश्वर, त्रिपुरेश्वर र जमल–लैनचौर गरी पाँच क्षेत्रमा पाँच टोली बनाएर होर्डिङबोर्ड हटाउने काम ... |
एजेन्सी इरानमा बुधबार बिहान भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाजमा रहेका सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको छ। , १७० यात्रु र ६ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७-८०० जहाज बुधबार बिहान स्थानीय समयअनुसार सवा ६ बजेतिर तेहरानको इमाम खामोनी विमानस्थलनजिकै दुर्घटनामा परेको थियो। , युक्रेनी विदेश मन्त्रालयका ए... |
सेतोपाटी संवाददाता १ सय २२ चिनियाँ नागरिकलाई लिन दुई चिनियाँ चार्टर्ड जहाज साँझ काठमाडौं आउने भएका छन्।, कुन्मिङबाट चाइना इस्टर्नको जहाज र ग्वान्झाओबाट चाइना साउदर्नको जहाज आउने भएका हुन्। चाइना इस्टर्नको जहाज साँझ ६ बजे र साउदर्नको जहाज ७ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने विमानस्थलले जनाएको छ।, नेपालले डिपोर्ट गरेक... |
सेतोपाटी संवाददाता नुवाकोटको विदुर नगरपालिकाले पृथ्वीजयन्तिका दिन सार्वजनिक बिदा दिने भएको छ।, नगरपालिकाले पुस २७ गते राष्ट्रिय एकीकरण दिवसको रूपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका सचिव सुदेवकुमार पोखरेलले जानकारी दिए। नगरपालिकाको गत पुस १० गते बसेको पाँचौं नगरसभा अधिवेशन बैठकले यस्तो निर्णय गरेको ह... |
रासस भानु नगरपालिका–४ शिखरकटेरीमा करिब तीन करोड रुपैयाँ लागतमा रामायण भवन निर्माण सम्पन्न भएको छ।, पर्यटन विभाग र भानु जन्मस्थल विकास समितिद्वारा संयुक्त रुपमा भवन निर्माण पूरा भएको भानु नगरपालिकाले जनाएको छ।, आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कलात्मक रामायण भवन बनाइएको भान... |
सेतोपाटी संवाददाता आफ्नै ३० वर्षीया श्रीमती कान्छी सुवेदी (कुमाल) लाई धारिलो हतियार ‘ह्याम्मर’ प्रहार गरी हत्या गरेको अभियोगमा रूपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , सियारी गाउँपालिका ३ सितापुरका ३० वर्षीय सनी कुमाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। उनले मादक पदार्थ सेवन गरी श्रीमतीलाई ह्याम्मर प्रहार ... |
सेतोपाटी संवाददाता नेपाली सेनाले अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर आयोजना गरेको दावी गरेको छ। गत मंसिर २७ देखि पुस ६ सम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको सहकार्यमा महोत्तरीमा स्वास्थ्य शिविर संचालन भएको थियो।, महोत्तरीको सोन्मा गाउँपालिकास्थित खक्ना उच्च माध्यमिक विद्यालयमा मुख्य क्याम्प तथा जलेश्वर अस... |
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीमा एउटा पोथी गैँडा आइतबार मृत अवस्थामा भेटिएको छ।, करिब छ सात वर्षको पोथी गैँडा कार्यालयको लामिचौर वन उपभोक्ता समितिअन्तर्गत कावासोती नगरपालिका १० चिलाहामा मृत फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बताए।, गैँडाहरु अन्नबाली खान आउन... |
खिलानाथ ढकाल जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी उपरीक्षक दानबहादुर मल्ल सरूवा भए पनि त्यहाँ सरूवा भएकी प्रहरी उपरीक्षक गंगा पन्तलाई जान दिइएको छैन।, प्रहरी प्रधान कार्यालयले पुस ४ गते मल्ललाई चितवनबाट सरूवा गरेर पन्तलाई पठाउने निर्णय गरेको थियो। दुई सातासम्म मल्लले जिल्ला नछोडेपछि पन्त सरूवा भएको ठाउँमा जान पाएकी ... |
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमाबाट १५ किलोग्राम लागु औषध चरेशसहित दुईजना पक्राउ परेका छन्। , ईलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका वडा नंं ३ जानकीनगरस्थित लक्ष्मी प्रसाद पथबाट उनीहरुलाई चरेश सहित नियन्त्रणमा लिएको जनाएको छ। , पक्राउ पर्नेमा गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ८ का ३० वर्षका सञ्जय र... |
सेतोपाटी संवाददाता फोटो जर्नालिस्ट क्लब नेपालले फोटो प्रतियोगिताको सातौं संस्करण ‘नेपाल फोटो प्रतियोगिता-२०७६ְ’ को घोषणा गरेको छ। क्लबले आइतबार कमलादीस्थित होटल रोयल सिंघीमा एक कार्यक्रमको आयोजना गरी ‘नेपाल फोटो प्रतियोगिता २०७६’ को घोषणा गरेको हो।, ग्लोबल आइएमई बैंक नेपाल तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले... |
गिरीश गिरी एक महिनापछि अर्थात् माघ २९ गते नेपाल प्रहरीका आइजिपी र एआइजीहरूले तीसवर्षे सेवा अवधिका कारण एकसाथ अवकाश पाउँदैछन्।, उनीहरूसँगै प्रहरी सेवामा प्रवेश गरेका र हाल विशेष व्यवस्थाबाट डिआइजी बनाइएका राजेन्द्रमान श्रेष्ठ पनि विदा हुँदैछन्, जसको दैनिक जीवनमा यो घटनाले कुनै फरक पार्ने छैन।, राजेन्द्रमानको जस्तो परिस... |
सेतोपाटी चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा आइतबार साँझ एक बालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा ८ वर्षीय पुजन सिंजाली मगर रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए।, घर बाहिर खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको हो।, बालकको शव घरभन्दा दुई-तीन सय मिट... |
सेतोपाटी नेपालमा बसेर चीनविरुद्ध अपराधमा संलग्न रहेका १२२ चिनियाँ नागरिकलाई अभद्र व्यवहारअन्तर्गत मुद्दामा आइतबार जनही एक हजार रुपैयाँ जरिवानाको फैसला भएको छ।, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले उक्त फैसला सुनाएको हो।, 'उनीहरुले कसुर स्वीकार गरे, अभियोजनको आधारमा एक हजार जरिवानाको फैसला सुनाइएको ... |
सेतोपाटी संवाददाता आइतबारदेखि घाम लागेको काठमाडौंमा मंगलबारदेखि फेरि बादल र वर्षा हुने सम्भावना देखिएको छ।, सोमबारदेखि नेपालमा फेरि पश्चिमी वायुको प्रभाव पर्ने भएकाले देशैभरिको मौसम प्रणालीमा प्रभावित हुने भएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रणाली सोमबार दिउँसोबाट सुदूरपश्चिमबाट नेपाल प्रवेश गर... |
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजले विद्यार्थीबाट उठाएको गैरकानुनी शुल्क फिर्ता गर्न अटेर गरेको विद्यार्थीले बताएका छन्।, विद्यार्थीका अनुसार कलेजले हालसम्म शुल्क समायोजनको प्रक्रिया थालेको छैन।, गत मंसिर १० गते निजी मेडिकल कलेज सञ्चालक र शिक्षा मन्त्रालयबीच भएको सहमतिमा यथाशीघ्र शुल्क समायोजन गर्न सञ्चालक तयार भएक... |
सेतोपाटी संवाददाता आइतबार जरिवाना तिरेर थुनामुक्त भएका १२२ जना चिनियाँ नागरिकलाई देश निकाला अर्थात ‘डिपोर्ट’को तयारी थालिएको छ। अध्यागमन विभागले उनीहरूको ‘डिपोर्ट’का लागि आवश्यक कागजात तयार गर्न थालेको जनाएको छ।, विभागका सूचना अधिकारी रामचन्द्र तिवारीका अनुसार नेपालस्थित चिनियाँ दूतावासँगको परामर्शमा ‘डिपोर्ट’ थालिएको... |
राकेश यादव उनको उमेरमा धेरै मान्छे थला पर्छन्। बिराम नलागेकाहरू पनि कमजोर भइसक्छन्, अरूको भरमा बाँच्नुपर्छ।, रौतहट चन्द्रपुर नगरपालिका- ४ की नन्दकुमारी गुरूङले भने वर्षमा गणना हुने उमेरलाई जितेकी छन्।, मौसम जस्तोसुकै होस्, महिना जेसुकै लागोस्। हरेक दिन उनी बिहान ४ बजे उठ्छिन्। नित्य कर्म गर्छिन् अनि सम्हाल्छिन् आफ्नो ... |
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण गर्न इच्छुक लाभग्राहीलाई अनुदान लिन समय सीमा तोकेको छ।, प्राधिकरणले निजी आवास पुनर्निर्माण लाभग्राहीमा कायम भइ हालसम्म अनुदान सम्झौता नगरेका र पहिलो किस्ता नलिएका लाभग्राहीहरूलाई अनुदान लिन समय सीमा तोकेको हो।, प्राधिकरणले सोमबार सूचना जारी ग... |
सेतोपाटी संवाददाता कैलाली सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष एक लाख ६० हजार घुस रकमसहित पक्राउ परेका छन्।, सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई एक लाख ६० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो।, धनगढी उपमहानगरपालिका-१२ मा रहेको सिद्धनाथ सा... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर ५ सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ।, मन्त्रिपरिषद्को बैठकले माघे संक्रान्तिको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको हो।, प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मन्त्रिपरिषद् बैठकको निर्णय सोमबार सुनाउँदै दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।, उनले पुस २९ ग... |
सेतोपाटी संवाददाता सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ।, मोबाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ।, सिरहाका १९ वर्षीया ती युवतीलाई ... |
सेतोपाटी संवाददाता सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय ईलामका तत्कालीन सिनियर इञ्जिनियर सुभास बस्नेत पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई अनुसन्धानको लागि पक्राउ गरेको हो।, काठमाडौंमा रहेका उनलाई घुस लिएको प्रमाण प्राप्त भएपछि पक्राउ गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए... |
सेतोपाटी संवाददाता टेकुको सुकुम्बासी टोलमा महिलामाथि ‘किक’ हान्ने पुरूष खोज्न प्रहरी परिचालन गरिएको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंले महिलामाथि निर्घात रूपले किक हान्ने व्यक्तिको खोजी गर्न प्रहरी परिचालन गरेको जनाएको हो।, ‘तीन सेकेन्डको उक्त भिडियो सार्वजनिक भएपछि खोजी गर्न प्रहरी खटाइएको छ,’ प्रवक्ता होविन्द्र बोग... |
सेतोपाटी संवाददाता हुण्डी कारोबारमा संलग्न चार जनालाई साढे १३ लाख रकमसहित प्रहरीले पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले न्युरोडका विभिन्न स्थानमा छापा मारी तीन कारोबारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं २४ का गोपाल अग्रवाल, ताहचलका कमल अग्रवाल, सुनसरी धरान २ का नारायणकुमार अग्रवाल र सिन्धुपाल्चो... |
सेतोपाटी संवाददाता राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा किशोरीहरू उच्च जोखिममा रहेको औंल्याएको छ।, ‘नेपालमा बाल अधिकार अवस्था २०७६’ विषयक प्रतिवेदनमा आयोगले यस्तो औंल्याएको हो।, मानव बेचबिखन र बालविवाहका कारण किशोरीहरू उच्च जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले बताइन्।, २६ दशमलव ३ प्रतिशत बा... |
सेतोपाटी संवाददाता छाउपडी उन्मुलनका लागि थालिएको अभियान अन्तर्गत अहिलेसम्म करिब १३ सय छाउगोठ भत्काइएको गृह मन्त्रालयले जनाएको छ।, सबैभन्दा बढी अछाममा ९४९ र सुर्खेतमा ३०० गरी पुस २० गतेसम्म १ हजार २७६ छाउगोठहरु भत्काइएको मन्त्रालयले जनाएको छ। सोमबार संसदको महिला तथा सामाजिक समितिमा गृहसचिव प्रेमकुमार राईले प्रस्तुत गरे... |
सेतोपाटी संवाददाता कोठा तातो बनाउनका लागि कोइला बालेर सुतेकी एक महिलाको घरभित्रै निस्सासिएर मृत्यु भएको छ। , आइतबार राती सुर्खेतको वीरेन्द्रनगर–२ कोलडाँडास्थित नयाँबस्तीकी चन्दा कामीको निस्सासिएर मृत्यु भएको हो।, राति कोइला बालेर हरिबहादुर कामी, उनकी पत्नी चन्दा र छोरी एउटै कोठामा सुतेका थिए। जिल्ला प्रहरी कार्यालय सु... |
सेतोपाटी संवाददाता भक्तपुरको एउटा रिसोर्टमा जुवा तास खेलिरहेका १४ जना नगदसहित पक्राउ परेका छन्। ठिमी नगरपालिका ९ को निलबाराही रिसोर्टमा जुवातास खेलिरहेका १४ जनालाई भक्तपुर परिसरले सोमबार पक्राउ गरेको हो।, उनीहरूको साथबाट सात लाख तीन हजार १९६ रूपैयाँ र ८ हजार ६६० भारू बरामद भएको प्रहरीले जनाएको छ। महानागरीय प्रहरी वृत्... |
सेतोपाटी संवाददाता राजधानीको चन्द्रागिरिमा हिउँ परेको छ।, पश्चिमी वायुको प्रभावले शनिबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिउँ परेकाे हो। , चन्द्रागिरि डाँडामा हिउँ परेपछि त्यहाँ जानेको संख्या बढिरहेको चन्द्रागिरी हिल्स लिमिटेडले बताएको छ। बालबालिका देखि युवायुवतीहरू हिउँको मज्जा ल... |
सेतोपाटी संवाददाता दुबईबाट धुलो बनाई ल्याइएको एक किलो दुई सय ग्राम सुनसहित दुई जना भारतीय पक्राउ परेका छन्। फ्लाई दुबईबाट नेपाल आएका भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार,विमानस्थल प्रहरी र महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।, शनिबार राति मोहम्मद मित्तालिब र परवेज मुसरफलाई पक्राउ गरिएको महाशाखाले जनाय... |
भगवती पाण्डे ‘मन्त्रीज्यू हामीहरूको सजिलै जन्मदर्ता गराइदिने र नागरिकता लिने दिन कहिले आउँछ?’ केही दिनअघि बुटवलमा आयोजित किशोरी शिक्षाको लागि पैरवी एवं साक्षात्कारमा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग रुपन्देहीको कोटहीमाईकी रोशनी यादवले सोधेकी प्रश्न हो यो।, हाम्रो समुदायमा छोरीको जन्मदर्ता गरिदियो र ना... |
रासस भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित अरनिको राजमार्गमा स्कुटरले ठक्कर दिँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ।, काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको एनएल ०१ एडी ५९१८ नम्बरको भारतीय कन्टेनरका सहचालकलाई शनिबार स्कुटरले ठक्कर दिएको हो। , कन्टेनर गाडी पछाडि सार्ने क्रममा ठाउँ माग्दै गरेका सहचालक फरकुवावाद भारतका २... |
विनोद सापकोटा झापाको शिवसताक्षी नगरले आफ्ना नगरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा १ करोड ७० लाख रुपैयाँको पूर्वाधार निर्माण गर्ने भएको छ।, यो योजना चालू आर्थिक वर्षको असार मसान्तसम्ममा निर्माण भइसक्ने नगरपालिकाले जनाएको छ। नेपाल भ्रमण वर्षकै मौका पारेर यहाँ पर्यटकीय क्षेत्रको विकास गर्न लागिएको हो। , संघी... |
सेतोपाटी पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।, दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर-०७-जीएच-७८ को ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित... |
सेतोपाटी झापाको दमकबाट शनिबार १५ सडक बालबालिकाको उद्धार गरिएको छ।, प्रदेश नं १ लाई सडक बालबालिकामुक्त बनाउने अभियानअन्तर्गत दमकबाट एकैसाथ १५ सडक बालबालिकालाई उद्धार गरिएको हो।, बालबालिकाको उद्धार गर्न प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित अधिकारी दमकको चोक, बजारका सडकमा पुगेका थिए।, सडक बालबालिकालाई नेपा... |
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभाव हटेपछि आइतबारदेखि देशका पहाडी भू-भागमा घाम लाग्ने भएको छ।, गत बिहीबारदेखि पश्चिमी वायुको प्रणालीले देशभरको मौसम प्रभावित भएको थियो।, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको थियो भने बाँकी ठाउँमा मध्यमस्तरको वर्षा भएको थियो।, ‘आइतबारदेखि त्यो प्रणालीको प्रभाव हटेको छ। अहिले ब... |
रासस पूर्वीउत्तरी क्षेत्रको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ। स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक गणेश चौधरी समायोजन भइ अन्यत्र गएपछि स्वास्थ्य केन्द्र चार महिनादेखि चिकित्सकविहीन बनेको हो।, अहिले स्थानीयवासीले ठूलो सास्ती खेप्नुपरेको छ। हिमाली गाउँपालिका–७ बाधुको कालापडा भिरबाट सडक दुर्घटना हुँ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.