content
stringlengths
20
64.1k
सेतोपाटी अभिनेत्री ऋचा शर्मालाई मातृशोकमा परेको छ।,  शर्माकी आमा रीनादेवी शर्माको शुक्रबार राती निधन भएको हो। लामो समयदेखि अस्वस्थ रीनादेवी ६७ वर्षकी थिइन्।, केहि साता अगाडी मात्रै ऋचा वैवाहिक जीवनमा बाँधिदै गर्दा रीनादेवीको अस्पतालमा उपचार भैरहेको थियो।, एकतर्फ विवाहको चटारो र अर्कोतर्फ अस्पतालमा आमालाई हेरचाह गर्नुप...
सेतोपाटी संवाददाता पर्सा प्रहरीले तीन थान नक्कली भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ का २१ वर्षीय रियाज देवान छन्। देवानलाई शनिबार राति करिब ११ बजे वीरगन्ज-८ बसपार्कको होटल साह प्याराडाइजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।, उनको साथबाट प्रहरीले दुई हजारका तीन थान भारतीय नो...
सेतोपाटी संवाददाता सिस्टम ह्याक गरेरकृषि विकास बैंकको झन्डै पाँच करोड रूपैयाँ लुट्ने गिरोहका एक सदस्य काठमाडौंमा पक्राउ परेका छन्।, मोरङ रंगेली नगरपालिका-२ का ४३ वर्षीय दीपक नेपाललाई महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको हो।, महाशाखाका अनुसार उनलाई काठमाडौंबाटै समातिएको हो। उनी कृषि विकास बैंकको गोल्फुटार शाख...
एजेन्सी अफ्रिकी मुलुक केन्यामा अमेरिकी सेनाले पनि प्रयोग गर्दै आएको सैन्य बेसमा छिमेकी सोमालियाका विद्रोहीहरूले आक्रमण गरेका छन्।, सोमलियाको मुस्लिम अतिवादी समूह अल सबाबका लडाकुले आइतबार बिहानै केन्या र अमेरिकी सेनाले प्रयोग गर्ने लामु काउन्टीमा रहेको मान्डा हवाइ बेसमा आक्रमण गरेका हुन्। यो बेसको छेउमा अमेरिका, केन्या...
सेतोपाटी संवाददाता मकवानपुरबाट २१ किलो गाँजासहित बिक्री वितरणमा संलग्न दुई जना पक्राउ परेका छन्।, धनुषा मुख्यापट्टी गाउँपालिका-६ का ४२ वर्षीय अशोकुमार यादव र मकवानपुर मनहरि गाउँपालिका-९ का ४० वर्षीय राजकुमार मोक्तान पक्राउ परेका हुन्।, बिआर०६बिजी ९५१२ नम्बरको भारतीय नम्बरको कारमा सवार उनीहरूलाई आइतबार बिहान सवा १ बजे ...
सेतोपाटी संवाददाता रुपन्देही सम्मरीमाई गाउँपालिका-६ मार्चवारका मोहम्मद देवान ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्छन्।, गत बुधबार देवान सधैंझै विद्यालय गए। तर त्यो दिन उनले एउटा विषयको कापी लान छुटाएछन्।, कापी लान छुटाएपछि उनको होमवर्क छुट्यो।, शिक्षक शैलेन्द्र बराईले होमवर्क नगरेको भन्दै उनलाई गाली गरे। उनले  गालीम...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जवान-हवल्दारको ब्यारेकमा साताको एक दिन अनिवार्य सुत्न प्रहरी अधिकृतलाई निर्देशन दिएका छन्।, आइतबार महानगरीय प्रहरी परिसर ललितपुरको निरीक्षण गर्दै डिआइजी पोखरेलले यस्तो निर्देशन दिएका हुन्। उनले हरेक साँझ जवान-हवल्दारकै मे...
एजेन्सी लिवियाको राजधानी त्रिपोलीस्थित एक सैन्य प्रतिष्ठानमा शनिबार आक्रमण हुँदा कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ।, , जनरल खलिफा हिफ्तरका विद्रोही सेनाले उक्त आक्रमण गरेको बिबिसीले जनाएको छ।, लिवियामा संयुक्त राष्ट्रसंघसमर्थित सरकार छ। सरकारले जनरल हिफ्तारको नेतृत्वमा भइरहेको विद्रोहको सामना गरिरहेको छ।, ‘सैन्य प्रत...
सेतोपाटी संवाददाता गत बुधबार राति स्कुटरलाई ठक्कर दिई फरार भएको कारलाई ईलाका प्रहरी कार्यालय बुटवलले दुई दिनपछि नियन्त्रणमा लिएको छ।, बुधबार राति करिब साढे १० बजे बुटवल उपमहानगरपालिका वडा नम्बर १० बेसक्याम्प चोकमा स्कुटरलाई ठक्कर दिई फरार रहेको कारलाई प्रहरीले शुक्रबार रुपन्देहीको देवदह खैरेनीबाट नियन्त्रणमा लिएको हो।...
युवराज श्रेष्ठ २२ वर्षअघि नेदरल्याण्डकी जिन भान भेगलले छोरी कोरीलाई नेपाल घुमाउन ल्याइन्।, पहिलोपटक नेपाल आएकी कोरी यहाँका सम्पदा र हिमालसँग सम्मोहित भइन्।, आमाछोरीले त्यतिबेला मुस्ताङमा पदयात्रा गरे।, कोरीकी दिदी करिन भान भेगल सन् १९९५-२००१ सम्म कृषिसम्बन्धी परियोजनामा काम गर्न नेपाल बसेकी थिइन्।, पहिलो पटक नेपाल आउँ...
सेतोपाटी संवाददाता नेपालले पहिलोपल्ट नापेको सगरमाथाको उचाइ आउन अझै समय लाग्ने भएको छ।, समुद्र सतहदेखि सगरमाथाको चुचुरोको उचाइ नाप्ने जिम्मा पाएको नापी विभागका प्रवक्ता दामेदर ढकालका अनुसार नयाँ उचाइ आउन अझै ६ महिना लाग्ने देखिएको छ।, यसअघि विभागले सगरमाथाको नयाँ उचाइ २०७६ मंसिर वा पुसभित्र आउने दाबी गरेको गर्‍यो।, ‘सर...
सेतोपाटी संवाददाता मलद्वारमा हिरा र सुन लुकाएर ल्याएको अवस्थामा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई पक्राउ गरेको छ।, क्लालालम्पुरबाट नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं आएका एक भारतीय नागरिकबाट २ सय २२ ग्राम हिरा बरामद भएको छ।, यस्तै प्रहरीले सार्हज विमानबाट आएका अर्का भारतीय नागरिकबाट पाँच सय...
सेतोपाटी संवाददाता पश्चिमी रुकुमस्थित त्रिवेणी गाउँपालिका ४ खुन्चरीमा ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ।, ,शनिबार राति गाउँपालिकास्तरको राष्ट्रिय रनिङ शिल्ड प्रतियोगिता खेलेर विद्या विकास माध्यामिक विद्यालय र अन्धानासक माध्यामिक विद्यालयका विद्यार्थीहरु फर्किरहेका थिए।, उनीहरु चढेको लु ३ त ९५९० नम्...
सेतोपाटी संवाददाता कान्तिपुर मिडिया ग्रुपको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोस्ट’का प्रधान सम्पादक अनुप काफ्लेले राजीनामा दिएका छन्।, आइतबार ट्वीट गर्दै काफ्लेले आफूले राजीनामा दिएको उल्लेख गरेका छन्।, राजीनामा दिए पनि उनी फेब्रुअरी १९ सम्म भने प्रधान सम्पादकै हैसियतमा काम गर्नेछन्।, काफ्ले डेढ वर्षअघि ‘द काठमान्डु पोस...
सेतोपाटी संवाददाता पश्चिमी रुकुमस्थित त्रिवेणी गाउँपालिका-४ खुन्चरीमा ट्याक्टर दुर्घटना हुदाँ एक विद्यार्थीको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन्।, शनिबार राति लु ३ त ९५९० नम्बरको ट्याक्टर पल्टिएर सडकबाट ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका इन्स्पेक्टर कविराज रोकायाले जानकारी दिए।, रोकायाका अनुस...
भगवती पाण्डे बुटवलकी प्रतिक्षा रिजाल बेहुलाको पर्खाइमा बेहुली बनेर सजिइरहँदा मधु पौडेललाई पनि बेहुलो हुन हतारो थियो।, बेहुलीको घरमा केराको खम्बा र स्वामीको लिंगो गाडेर बनाइएको मण्डपमा विवाह कार्य भइरहँदा बेहुलाको घरमा भने महिलाहरू रत्यौली गाएर नाचिरहेका थिए।, बेहुली लिन बुवा-आमाको हातबाट टिका र दिदीको हातबाट माला लगाए...
सेतोपाटी संवाददाता आतंकवादी समूह इस्लामिक स्टेट (आइएस) का लडाकु नेपाल हुँदै भारत छिरेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्।, भारतीय गुप्तचर संस्थाले कम्तिमा पाँच आइसिस लडाकु नेपाल हुँदै भारत छिरेको जानकारी दिएको भन्दै भारतीय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन्। सरकारी समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया, जी न्युज,...
सेतोपाटी संवाददाता रूपन्देही सम्मरीमाई गाउँपालिका-६ मर्चवारमा मोहम्मद देवानलाई कुट्ने शिक्षक पक्राउ परेका छन्।, ज्ञानदीप बोर्डिङ स्कुलमा पढाउने शिक्षक शैलेन्द्र बराईले कक्षा ५ मा पढ्ने देवानलाई होमवर्क नगरेको भन्दै गत बुधबार लठ्ठीले हानेका थिए।, कुटपिट हुँदा आइतबार हुलाकमार्फत् उजुरी गरेपछि शिक्षक बराईलाई आइतबार मर्चव...
सेतोपाटी संवाददाता गुठी संस्थान शाखा कार्यालय, जनकपुरका तत्कालीन कार्यालय प्रमुख सहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, तत्कालीन सहायक प्रशासक मनोजकुमार आचार्य, तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल, सुमनकान्त ठा...
सेतोपाटी सवारी चालक अनुमतिपत्रको लागि लिइने प्रयोगात्मक परीक्षामा सहभागी दुई नक्कली प्ररीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौँको सुकेधारास्थित नक्कली नेपाली नागरिकता बनाइ फरक व्यक्तिले ट्रायल परीक्षा दिँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा...
खिलानाथ ढकाल प्रदेश प्रहरी कार्यालय हेटौडाको १२ घन्टे पत्रको बेवास्ता गर्दै चितवनमा कार्यरत् प्रहरी उपरीक्षक दानबहादुर मल्लले जिल्ला छोड्न इन्कार गरेका छन्।, जिल्लाबाट सरुवा भएको झन्डै दुई हप्तासम्म जिल्ला नछोडेपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाले मल्लका नाममा बुधबार राति ११ बजे जिल्ला छोड्न १२ घन्टे निर्देशन द...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी आयुक्त रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले कानुन हातमा लिई गलत फाइदा उठाउन खोज्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।, महानगरीय प्रहरी वृत्त कालिमाटी,सामुदायिक सेवा केन्द्र कुलेश्वरको सहआयोजनामा भएको शान्ति सुरक्षा सुदृढीकरणसम्बन्धी अन्तर्क्रिया ...
अनुषा अधिकारी पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं १ मा बिहीबार महिनावारी मेला सम्पन्न भएको छ।, फिदिम नगरपालिकाको प्रायोजन र 'हेल्पिङ ह्यान्ड्स पाँचथर' को सहआयोजनमा 'इनिसिएसन फर चेन्ज' संस्थाले पहिलोपटक महिनावारी मेला आयोजना गरेको हो।, 'महिनावारी हाम्रो भाग्यवारी' नारासहित फिदिमका स्थानीयलाई महिनावारीका ज्ञानबारे सच...
प्रशन्न पोखरेल ‘फोन राख राख... यहाँ आतंकवादी आएजस्तो छ।’, मंगलबार बेलुकी गोरखा नगरपालिका-५ रिप गाउँकी सरिता थापा मगरलाई भारतीय सेनामा कार्यरत श्रीमान् अर्जुन थापा मगरले कस्मिरबाट फेसबुक मेसेन्जरमा भने।, अर्जुनले यति भन्नासाथ कल काटियो। सरितालाई ननिको लाग्यो। उनी आत्तिइन्। प्रार्थना गरिन्- नराम्रो केही नहोस्। उनलाई आश ...
सन्जिब बगाले उमेरले नौ दशक काट्दा पनि उनी जोशिला छन्। बोली उत्तिकै कमाण्डिङ छ जति प्रहरी प्रमुख हुँदा थियो।, समय बलवान् छ, जित्न सकिन्न बरू आफूअनुकूल ढाल्न सकिन्छ।, यो सिद्धान्त ९२ वर्षीय नेपाल प्रहरीका पूर्वप्रमुख खड्गजित बरालभन्दा बढी कसले लागू गरेको होला र!, अहिले पनि उनी हरेक दिन हरेक क्षण सक्रिय हुन्छन्। ध्यान, य...
एजेन्सी लेबनानको न्यायालयले जापानी प्रसिद्ध कार कम्पनी निसानका पूर्व प्रमुख काल्लोस गोउनलाई पक्राउका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) द्वारा पठाएको ‘रेड नोटिस’ (सूचना) लाई बिहीबार बुझेको लेबनानको राष्ट्रिय समाचार संस्थाले जनाएको छ।, गोउनलाई जापानको अदालतले केही महिना पहिले उनको जापानस्थित घरमा नै राख्नसक्न...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका-१० बानेश्वर थापागाउँस्थित पार्किङ गरिरहेको भ्यानमा आगजनी भएको छ।, शुक्रबार बिहान तीन बजे राम बहादुर ठकुरीको बा ८ च ९६४४ नम्बरको भ्यानमा आगलागी भएको प्रहरीले जनाएको छ।, भ्यानको अगाडिका सिट र अन्य केही भागमा जलेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गा रेग्मीले जानकारी दि...
सेतोपाटी संवाददाता नेपाल एकीकरणका बेला गोरखाका राजा पृथ्वीनारायण शाह र उनका गोरखाली फौज हिँडेको बाटो हुँदै आजदेखि नेपाली सेनाले पदयात्रा सुरू गरेको छ।, शुक्रबार बिहान गोरखा दरबार नजिकै हनुमानभञ्याङबाट सेनाले पदयात्रा सुरू गरेको हो।, गोरखाबाट धादिङ, नुवाकोट हुँदै ९ दिनपछि पृथ्वीजयन्तीका दिन पुस २७ गते सेनाले काठमाडौं आ...
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।, महाशाखाबाट जारी मौसम बुलेटिन अनुसार हाल देशभरको मौसममा सामान्य बदली रहेको छ। महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको छ।, महाशाखाका अनुसार आज दिउँसो देशभर  सामान्य ...
सेतोपाटी संवाददाता महानगरीय अपराध महाशाखाले ज्यान मार्ने मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ।, धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-५ घर भइ काठमाडौंको नयाँ बजारमा बस्दै आएका राते भन्ने सुजन श्रेष्ठलाई पक्राउ गरेको एसएसपी सहकुल थापाले जानकारी दिए।, उनि प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी 'चरी' समूहमा रही आपराधि...
सेतोपाटी संवाददाता मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक महिलाको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा माइती घर भएकी २४ वर्षीया पवित्रा डाँगीको मृत्यु भएको छ।, डाँगी हाल तुलसीपुर ६ बरुवा गाउँमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन।, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक डम्मरबहाद...
सेतोपाटी संवाददाता इटहरीबाट अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ परेका छन्।, प्रहरीका अनुसार बिहीबार बेलुका चेकजाँच गर्ने क्रममा पेस्तोलसहित दुई जना पक्राउ परेका हुन्।, पक्राउ पर्नेमा सुन्दर-हरैंचा ४ का ३३ वर्षीय जागिर खान र सुनसरी हरिनगरा गाउँपालिका वडा नम्बर ७ का ४७ वर्षीय जमिल अन्सारी रहेका छन्।, इटहरी उपमहानगरपालिक...
एजेन्सी श्रीलंकाको पहाडी इलाका हापुतेलमा वायु सेना विमान दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको छ।, शुक्रबार चार जना सवार रहेको विमान दुर्घटना भएको श्रीलंकाका सैनिक अधिकारीले जनाएको छ।, चिनियाँ कम्पनीले बनाएको वाई-१२ को टर्बोप्रोप विमान विराविलाको दक्षिणी बेसबाट दक्षिण कोलोम्बो रत्नमालाका लागि उडेको थियो।, सैनिक प्रवक...
सेतोपाटी संवाददाता राष्ट्रिय अनुसन्धान विभागले दुई सय ३२ जना सहायक सूचक मागेको छ।, विभागले शुक्रबार सूचना प्रकाशित गरी रिक्त सहायक सूचक पदका लागि दरखास्त आह्वान गरेको हो।, एसएलसी वा एसइई उत्तीर्ण नेपाली नागरिकले यस पदमा आवेदन दिन सक्नेछन्।, १८ वर्ष पुरा भई २५ वर्ष ननाघेकाले माघ १९ गतेसम्म आवेदन दिन सकिने विभागले जनाएक...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले चार्ज बुझाएर काठमाडौं हिँडेका छन्। , एसपी मल्लले जिल्लाका डिएसपीलाई चार्ज बुझाएर काठमाडौं हिँडेको ३ नम्बर प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ।, एसपी मल्ल गाडीबाटै चितवनबाट काठमाडौं जाँदै छन्।, सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला नछाडेपछि मल्लक...
नारायण महर्जन केहीदिनयता नेपाल पसेको पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ।, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने पश्चिम पहाडी र तराई क्षेत्रमा वर्षा भएको छ।, शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भागमा पनि पानी परेको छ भने काठमाडौंको चन्द्रागिरिमा हिउँ परेको छ। पानी परेसँगै बजा...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित २ जना भारतीय पक्राउ परेका छन्। युएइको शारजाहबाट काठमाडौं ओर्लेका दुई यात्रुको साथबाट सुन बरामद भएको हो।, पक्राउ परेका नविन गोपिचन्द र सुरेशलाल भारतको साथबाट एक/एक किलो सुन बरामद भएको प्रहरीले जनाएको छ।, महानगरीय अपराध महाशाखा, विमानस्थल प्रहरी र भ...
सेतोपाटी संवाददाता चार वर्षअघि लागु औषध चरेश सहित पक्राउ परेर फरार भएका अभियुक्त पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले ३८ वर्षय साईन्टिस्ट भन्ने नरेश गणेश श्रेष्ठलाई शुक्रबार काठमाडौं न्यूरोडबाट पक्राउ गरेको हो।, २०७२ असोज १४ गते काठमाडौं महानगरपालिका २० चिकामहलबाट चरेश सहित पक्राउ परेका थिए। काठमाडौं जिल्...
सेतोपाटी संवाददाता धरान उपमहानगरपालिकाले भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ।, उपमहानगरले शुक्रबार सूचना जारी गर्दै भ्रमण वर्षसँगै आयोजित धरान महोत्सवका अवसरमा यही पुस २० गते सार्वजनिक बिदा दिएको हो।, उपमहानगरको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।, शुक्रबारदेखि आइतबारसम्म हुने धरा...
सेतोपाटी संवाददाता सन् २०१९ को अन्तिम दिन नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्विटरमा आफ्ना केही तस्बिरहरू सार्वजनिक गरिन्।, नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न यान्छीले तस्बिरहरू राखेकी थिइन्।, कुनै अभिनेत्रीले फोटोसुट गरेजस्तै ललितपुरको पाटनमा खिचिएका उनका तस्बिरले निकै चर्चा पाए।, शुक्रबार प...
सेतोपाटी संवाददाता उच्च अदालत विराटनगरले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले धरौटीमा छोड्न गरेको आदेशको कैफियत प्रतिवेदन मागेको छ।, विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले गिरीलाई धरौटीमा छोड्न जिल्ला अदालतले गरेको आदेश सहितको कैफियत प्रतिवेदन मागेको रजिष्ट्रार जितेन्द्र थपलिया...
सेतोपाटी संवाददाता काठमाडौंको इन्द्रचोकमा आगलागी भएको छ। इन्द्रचोकको एक पुरानो घरमा आगलागी हुँदा नियन्त्रण गर्न दुइटा काठमाडौं महानगरपालिकाको र एक ललितपुरको दमकलले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जुद्ध वारुण यन्त्र कार्यालयले जनाएको छ।, ‘इन्द्रचोक र असनको बीचमा एउटा काठको घरमा आगलागी भएको हो’, महानगरीय प्रहरी वृत्...
सेतोपाटी काठमाडौँको नागढुङ्गाबाट झण्डै पाँच किलो चरेससहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, यहाँको चन्द्रगिरि नगरपालिका–२ नागढुङ्गाबाट चार किलो ८०० ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका–७ का ५९ वर्षीय भगवान् खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट क...
नेहा झा महोत्तरीमा पिकनिक गएका एक किशोरमाथि गोली प्रहार भएको छ। बुधबार साँझ करिब साढे ६ बजे अज्ञात समूहले गोली प्रहार गरेको हो।, महोत्तरी जलेश्वर नगरपालिका वडा नम्बर ५ स्थित नेपाल-भारत दसगजा क्षेत्रको विशनपुर भन्ने स्थानमा पिकनिक गएका सोही स्थानका १६ वर्षीय अक्षय कापरमाथि गोली प्रहार भएको महोत्तरी प्रहरीले जनाएको छ। ,...
नारायण खड्का दाङ घोराहीका एक जना व्यक्तिलाई डर-धम्की दिँदै १३ लाख फिरौती माग्ने व्यक्ति पक्राउ परेका छन्।, रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका वडा नं. ५ राङकोटका ३४ वर्षीय राजकुमार दमाईलाई प्रहरीले कटुवा पेस्तोलसहित फिरौतीको रकम बुझ्दैगर्दा बुधबार पक्राउ गरेको हो।, दमाईले एक साता अगाडिदेखि घोराही उपमहानगरपालिका वडा नं...
सेतोपाटी संवाददाता मध्यपुर थिमी वडा नम्बर ६ को कार्यालय भवन २०३२ सालमा बनेको थियो।, यो भवन स्थानीय स्वंगा पुखु (पोखरी) को जग्गामा बनेको थियो। स्थानीयका अनुसार यहाँको पोखरी अलिअलि सुकेको थियो, अलि धेरै मासियो। , पोखरीमा वडा कार्यालय राम्रै चलिरहेको थियो। अहिले भवन पुरानो भयो भनेर मध्यपुर थिमी नगरपालिकाले नयाँ बनाउने तय...
नारायण महर्जन नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा दीप प्रज्वलन गरी भ्रमण वर्षको उद्घाटन गरिन्। भ्रमण वर्ष उद्घाटनका अवसरमा प्रतिकको रुपमा यतिको अनावरण गरिएको थियो।, सो अवसरमा राष्ट्रपति भण्डारीले साँस्कृतिक विविधताको कारण नेपालले सबै ...
सेतोपाटी काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा श्रेष्ठ दम्पतीको हत्या भएको करिब दुई महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।, प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलमा पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा उदयपुर जि...
सेतोपाटी सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ।, जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो।, अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो।, उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको आधा १४...
एजेन्सी ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा प्रधान सेनापति बेपत्ता भएका छन्।, ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण भएको थियो।, सेनापति मिङ उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिक...
सेतोपाटी संवाददाता गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहका फौज हिँडेको बाटोमा नेपाली सेनाले पदयात्रा गर्ने भएको छ।, शुक्रबार गोरखा दरबारमा कार्यक्रम गरी गोरखास्थित सेनाको रणसिं दल गणले पदयात्रा सुरू गर्न लागेको हो।, गोरखाबाट सेना, जनप्रतिनिधि, नागरिक समाज र पत्रकारको पदयात्री टोली धादिङ-नुवाकोट हुँदै काठमाडौंसम्म यात...
एजेन्सी भारतले चन्द्रयान-२ को विफलपछि चन्द्रमामा पुग्ने चन्द्रयान-३ बनाउने तेस्रो योजना बनाएको छ।, बुधबार भारतको स्पेस एजेन्सीका अध्यक्ष के सिभनले मानवरहित चन्द्रयान-३ को काम सहज रूपमा अघि बढेको बताएका छन्।, चन्द्रयान-३ लाई २०२० भित्र नै पठाउने योजना बनाएको छ तर २०२१ सम्म पनि धकेलिन सक्ने सिभनले जनाएको छ।, यो सफल भए च...
सेतोपाटी संवाददाता प्रदेश नम्बर ३ को प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई १२ घण्टाभित्र तोकिएको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ।, सरूवा भए पनि चितवन नछाडेका एसपी मल्ललाई बुधबार प्रदेश प्रहरी कार्यालयले कार्यालयको सम्पूर्ण चार्ज बुझाएर सरूवा भएको ठाउँमा हाजिर हुन ...
सेतोपाटी संवाददाता बुधबार राति बुटवलमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।, ‍राति करिब साढे १० बजे बुटवल उपमहानगरपालिका वडा नम्बर १० बेसक्याम्प चोकमा कारले स्कुटरलाई ठक्कर दिएको थियो।, बुटवलबाट पूर्वतर्फ जाँदै गरेको उक्त कारले बेसक्याम्प चोकबाट सडक पार गर्दै गरेको लु २२ प १८२३ नम्बरको स्कुटरलाई ठक्कर दिए...
सेतोपाटी संवाददाता काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं सहरलाई व्यवस्थित र सुरक्षित बनाउन कर्मचारीहरु बढी सक्रिय र उत्तरदायी बन्नुपर्ने बताएका छन्। काठमाडौँ महानगरपालिकाका सबै विभागका विभागीय प्रमुखहरुसँग छलफल गर्दै मेयर शाक्यले यस्तो बताएका हुन्।, सहरी सेवा, सहरी पूर्वाधार तथा सहरी सुविधा वितरणम...
एजेन्सी ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा प्रधान सेनापतिसहित आठ जनाको मृत्यु भएको छ।, ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्ल्याक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा दुर्घटना भएको थियो।, प्रधान सेनापति मिङ उत्तरपूर्वी क्षेत्रमा रह...
नारायण महर्जन काठमाडौंमा विविध कार्यक्रम गरी सातौं राष्ट्रिय पोसाक दिवस मनाइएको छ।, यसै अवसरमा काठमाडौंमा र्‍याली निकालिएको छ। , काठमाडौंका विभिन्न ठाउँबाट निकालिएको र्‍याली माइतीघर मण्डलामा कोणसभामा परिणत भएको छ।,  राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्...
सेतोपाटी संवाददाता बेरूजु फर्स्यौटमा नेपाल प्रहरीले सर्वोत्कृष्ट पुरस्कार पाएको छ।, आर्थिक वर्ष २०७४/७५ को बेरूजु फर्स्यौटमा सबैभन्दा बढी प्रतिशत हासिल गर्नेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी देखिएका छन्। नेपाल प्रहरीले ८८.५ र सशस्त्रले ८६.९६ प्रतिशत बेरूजु फर्स्यौट गरेका छन्। यस्तै, अध्यागमन विभागले ८४.६२ र गृह मन्त्रा...
अनुषा अधिकारी पाँचथर जिल्लाको फिदिम चियाका लागि प्रख्यात छ। लिम्बू भाषामा 'फे' भनेको फराकिलो र 'देन' भनेको ठाउँ अर्थात् 'फराकिलो ठाउँ' भएकाले फिदिम नाम रहेको अनुमान लगाउनेहरू धेरै छन्।, यो अनुमान सही हो-होइन, यकिन छैन। तर बिहीबार फिदिम नगरपालिका वडा नं १ मा हुने कार्यक्रमले फिदिमलाई साँच्चै फराकिलो ठाउँ बनाएको छ। भौगो...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सादा पोसाकमा वर्षौंदेखि खटिरहेका प्रहरीको ‘घुमुवा टोली’ हटाएको छ।, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रहरी वरिष्ठ उपरीक्षककै नेतृत्वमा खटाइने गरिएको ‘घुमुवा टोली’ हटाएका हुन्।, अनुगमन तथा निर्देशन दिने कार्यालयले घुमुवा प्रहरी राखिरहन आवश्यक नरहेको निष्क...
सेतोपाटी संवाददाता म्यानमारको यांगुनस्थित स्वेडागन प्यागोडामा दीप प्रज्ज्वलन गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ।, स्वेडागन प्यागोडा बर्माको सबभन्दा प्रसिद्ध धार्मिक स्थल हो। यहाँ दैनिक हजारौं स्वदेशी र विदेशी पर्यटक भ्रमण, ध्यान र पूजाअर्चनाका लागि पुग्छन्।, म्यानमारका लागि नेपाली राजदूत भीमकृष्ण उदास र यांग...
सेतोपाटी संवाददाता बारा प्रहरीले दस किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। , निजगढ नगरपालिका ९ सहिद चोकबाट बिहीबार बिहान दस किलो गाँजा बरामद भएको बारा प्रहरीले जनाएको छ। , महोत्तरी सितापुर नगरपालिका १४ गोदारका ३० वर्षीया ममता कार्कीसहित पाँच जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले ना५ख...
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।, बिहीबार मध्याह्न फ्लाई दुबईबाट काठमाडौं आएका कासिब मोहम्मदको साथबाट दुई किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ।, विमानस्थलमा खटिएको अपराध महाशाखाको टोलीले सुनसहित उनलाई पक्राउ गरेको हो।, महाशाखाको टोलीले नै सुन लिन भारतब...
सेतोपाटी संवाददाता सुदूर पश्चिमको बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जिप कर्णाली नदीमा खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार से१ज १०६४ नम्बरको जिप बिहीबार दिउँसो कर्णाली नदीमा खसेको हो।, भाटका अनुसार धुलाचोरबाट कोल्टी जाँदै गरेको जिप कर्...
प्रकाश ढुंगाना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रस्थान गर्ने भवनको शौचालयबाट दुई जना भारतीय नागरिक पक्राउ परे।, दुबईबाट काठमाडौं ओर्लिएका कासिव मोहम्मद र नयाँ दिल्ली हुँदै काठमाडौं आएका मुस्राफिन मोहम्मदलाई विमानस्थलमा खटेको महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लियो। उनीहरूको साथबाट प्रहरीले ४ वटा ...
सेतोपाटी संवाददाता सरकारले साँस्कृतिक संस्थानको अध्यक्ष र महाप्रबन्धक नियुक्त गरेको छ।, गत पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले संस्थानको अध्यक्षमा तेह्रथुमका प्रेमनाथ अधिकारी र रिक्त महाप्रबन्धक पदमा ताप्लेजुङका अशोककुमार राईलाई नियुक्त गरेको हो।, सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उनीहरूलाई चार वर्षका लागि नि...
सेतोपाटी संवाददाता कोटेश्वरको एक घरमा आगलागी भएको छ। बिहीबार दिउँसो झोलुंगे पुलनजिकैको एक घरमा आगलागी भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ।, तीन तले घरको तेस्रो तलाबाट आगलागी सुरू भएको वृत्तका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिए।, अहिले दमकलले आगो निभाइरहेका छन्।, आगलागी भएको  घर कसको हो र कति क...
सेतोपाटी संवाददाता बाजुराको हिमाली गाउँपालिकामा जीप कर्णाली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।, दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो। एक बेपत्ता थिए। बेपत्ताको शव फेला परेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार से१ज १०६४ नम्बरको जीप बिहीबार दिउँ...
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले बिहीबार राजधानी काठमाडौंलगायत देशका पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ।, राजधानीमा केहीबेर पानी पर्ने र घाम लाग्ने भइरहेको छ।, पानी परेसँगै चिसो अझै बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले बताइन्।, उनका अनुसार  उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर...
सेतोपाटी संवाददाता प्रहरी चौकी त्रिभुवननगर, सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई पक्राउ गरिएको छ।, सिंह र यादवलाई सेवाग्राहीसँग ५० हजार घुस बापतको रकम लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।, उनीहरूले...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले निलम्बन गरेको उपसचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि मंगलबार रिजाललाई पक्राउ गरेको हो।, जिल्ला प्रशासन कार्यालय, दोलखामा तत्कालीन प्रमुख जिल्ला रहँदा उनले आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तहरूलाई धरौटीमा रिहा गर्न ...
सेतोपाटी संवाददाता काठमाडौं सोह्रखुट्टेमा ब्रेक फेल भएको एक पानी बोक्ने ट्यांकरले छ वटा गाडीलाई ठक्कर दिएको छ।, मंगलबार बिहान गोल्फुटारबाट आइरहेको बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्यांकर ‌ओह्रालोमा ब्रेक फेल भएपछि पाँच गाडी र एक मोटरसाइकललाई ठक्कर दिएको हो। गाडीलाई ठोक्दै गुडेको ट्यांकर पछि वीरबहादुर तामाङ र विषयजंग...
दिपकजंग शाही कर्णाली प्रदेशमा मानव अधिकार हनन् तथा ज्यादतिका घटना बढ्दो क्रममा देखिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले गरेको अध्ययन अनुसार गत वर्षभन्दा यो वर्ष २६ वटा बढी मानव अधिकार हननका घटना भएका छन्।, इन्सेकका अनुसार यो वर्ष (सन् २०१९) मा कर्णाली प्रदेशमा ४६२ मानव अधिकार उल्लंघन तथा ज्य...
दिपकजंग शाही हाल नियमित उडान हुँदै आएको कर्णाली प्रदेशको ठूलो विमानस्थलका रुपमा रहेको सुर्खेत विमानस्थल अवरुद्ध हुने अवस्था आएको छ।, विमानस्थल रहेको ९ मिटर जग्गा सडकको भएकाले खाली गर्नुपर्ने पत्र आएको नागरिक उड्ड्यन प्राधिकरण सुर्खेतका प्रबन्धक उमेशकुमार पन्थीले बताए। जग्गा खाली गरेपछि विमानस्थल अवरुद्ध हुने खतरा बढेक...
सेतोपाटी संवाददाता सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र नजिकैको ऐतिहासिक पाटी र ढुंगेधारा पुनर्निर्माण हुने भएको छ। सडक विस्तार क्रममा मासिएको उक्त संरचना सोमबार नगरपालिकाले शिलान्यास गरेको छ।, दुई सय ५२ वर्ष पुराना यी संरचनामध्ये अघिल्लो भागमा पाटी र पछिल्लो भागमा धारा थियो। पुनर्निर्माण क्रममा ढुंगेधारा पहिलेकै ...
नेहा झा महोत्तरीको बर्दिवास नगरपालिकास्थित लक्ष्मी नारायण माविका आधा दर्जन शिक्षकहरू एक वर्षदेखि तलब भत्ता नपाउँदा बिचल्लीमा परेका छन्।, उनीहरूले एक वर्षदेखि तलब भत्ता पाएका छैनन्। बर्दिवास नगरपालिकाले आफूले गरेको सरूवाको निर्णय कार्यान्वयन नगरेको झोंकमा उनीहरूलाई तलब नदिई राखेको छ। , ,नगरपालिकाले वडा नम्बर ११ मा रहेक...
सेतोपाटी संवाददाता ७७ प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा गरिएको छ।, प्रहरी महानिरीक्षकको मंगलवारको बैठकले ७७ डिएसपीको सरुवा गर्ने निर्णय गरेको हो।, सरुवा भएकाले पुस महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरवन्दीबाट खान पाउने व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। , ७७ डिएसपीको सरुवा
नारायण महर्जन मंगलबार सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा भक्तपुर दरबार क्षेत्रबाट सुरू भएको छ। सो अवसरमा सांस्कृतिक झाँकीसहित भक्तपुरको प्रसिद्ध माक प्याखं, बाँसुरी बाजा र लाखे नाच पनि प्रदर्शन गरिएको थियो।, कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, कार्यालय प्रमुख, भक्तपुर पर्यटन विकास समिति, पर्यटन व्यवसा...
सेतोपाटी राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक ट्राफिक प्रहरी पुगेको छ।, राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदै बोलेरो, टिपर, ट्र्याक्टरलगायतका दुर्घटनामा १९ जनाले ज्यान गुमाएपछि जिल्लामा पहिलो पटक ट्राफिक प्रहरी आएको हो।, जिल्लाभित्रका विभिन्न क्षेत्रमा चल्ने सवारीसाधन दुर्घटनामा परी ज्यान गुमाउनेको क्रम बढेप...
सेतोपाटी संवाददाता आज (बुधबार) नेपाल भ्रमण वर्ष २०२०को उद्घाटन हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उदघाटन समारोहअगाडि विभिन्न ठाउँबाट र्‍याली निकालिनेछ।, उक्त र्‍यालीका कारण सो क्षेत्रको ट्राफिक व्यवस्थापनमा समस्या हुनेछ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठमेलबाट र्‍यालि निस्केर रंगशालासम्म जाने हुदाँ थापाथ...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले पक्राउ गर्न निर्देशन दिएपछि महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनोडिया वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमा पुगेका छन्।, मंगलबार मन्त्री लेखराज भट्टलाई भेटेर कनोडियाले दस दिनभित्र किसानको बक्यौता पैसा फिर्ता गर्ने बचन दिएका छन्।, उनले किसानलाई भुक्तानी दिन २१ करोड रूपैयाँ ब...
सेतोपाटी संवाददाता नक्कली सुनको कारोबार गर्ने दुई जना भारतीयलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भारत पिलिभित राघुपुरी गाउँ चौकी बजार घर भएका १९ वर्षीय मुक्तियार सिंह र सोही ठाउँका ३२ वर्षीय मञ्जित सिंह छन्।, शंकर बोहराले सञ्चालन गर्दै आएको धनगढी उपमहानगरपालिका-४ स्थित बसपार्कको नेसनल गेस्ट हाउसबाट उनीह...
रासस हुम्लाको खार्पुनाथ गाउँपालिका-३ रायागाउँ निवासी एक महिलाको मौसमी रुघाखोकीले मृत्यु भएको छ।  केही दिनयतादेखि फैलिएको मौसमी रुघाखोकीले गाउँ नै थला परेको छ।  , सोमबार राति रुघाखोकीले रायागाउँकी ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको स्थानीय पूर्णबहादुर रोकायाले जानकारी दिए।, उनकाअनुसार मृतकका श्रीमान् घरमा छैनन्।  मृत...
सेतोपाटी संवाददाता कास्की, पोखरा महानगरपालिका-१४ चाउथेमा ग१ख ९४०५ नम्बरको बस, ग२च २७२६ नम्बरको जिप र ग१६प ९५३७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा बुधबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, मोटरसाइकल चालक तनहुँ घर भएका १९ वर्षीय रोनश गुरुङ र जीप चालक पोखरा महानगरपालिका घर भएका ३६ वर्षीय सरोज लामाको पश्चिम क्ष...
सेतोपाटी संवाददाता अंग्रेजी नयाँ वर्षका दिन नेपालभर १,५६७ शिशु जन्मिने अनुमान गरिएको युनिसेफले जनाएको छ। नेपाली शिशुहरूको हिस्सा संसारभर नयाँ वर्षका दिनमा जन्मिने ३ लाख ९२ हजार ७८ शिशुको ०.४ प्रतिशत हुनेछ।, 'नयाँ वर्ष र नयाँ दशकको सुरूवात हाम्रो आफ्नो भविष्यका लागि हाम्रा आशा र आकांक्षाबारे सोच्ने मात्र नभई हामीपछि आउ...
सेतोपाटी संवाददाता बर्दिया, ठाकुरबाबा नगरपालिका-२ स्थित सडकमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, लु२ख १०६८ नम्बरको ट्रक अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेका तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, दुर्घटनामा घाइते भएका ट्रक चालक दाङ घोराही उपमहानगरपालि...
सेतोपाटी संवाददाता नक्कली सवारी चालक अनुमति पत्रको बिगबिगी हटाउन यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स प्रयोगमा ल्यायो। तर, यही स्मार्ट लाइसेन्स पनि नक्कली बनाउने गिरोह सक्रिय रहेको पाइएको छ।, प्रहरीले नक्कली स्मार्टधारी एक सवारी चालकलाई सातदोबाटोबाट पक्राउ गरेपछि स्मार्ट लाइसेन्स बनाउने गिरोह सक्रिय रहेको खुलेको ...
शोभा शर्मा महिना दिनअघि मैले जनकपुरको एउटा होटलमा रातो लुगा लगाएकी एक पातली महिला मुस्कुराउँदै अरूको कुरा सुनिरहेको देखें।, त्यहाँ जम्मा भएका महिलाहरूले आफ्नो आफ्नो परिचय दिँदै थिए। उनीहरू एक कार्यक्रममा आफ्ना अनुभव सुनाउन आएका रहेछन्।, ती पातली महिलाको पालो आयो उनले मैथिलीमा भनिन् - मेरो नाम मरणीदेवी हो। घर सिमरदही, ...
सेतोपाटी संवाददाता मेक्सिकोको जकाटेकसस्थित एक जेलमा झडप हुँदा १६ कैदी मृत्यु भएको छ।, मंगलबार दिउँसो कैदीहरुबीच झडप भएपछि १६ जनाले ज्यान गुमाएका थिए भने पाँच जना घाइते समेत भएका थिए। कैदीहरुको विभिन्न समूहबीच आपसमा कुरा नमिल्दा झगडा सुरू भएको सिन्ह्वाले जनाएको छ।, पछि प्रहरीले उक्त तनावलाई नियन्त्रणमा लिएको थियो।, मे...
एजेन्सी चीनको गुइजोउ प्रान्तमा विश्वकै अग्लो मध्येको पुल निर्माणको काम सम्पन्न भएको छ।, पिङ्टाङ र लुओडियन काउन्टी जोड्ने विश्वकै अग्लो पुल जनवरी १ अर्थात आजदेखि खुल्ला गरिएको छ। उक्त पुलको लम्बाई दुई हजार एक सय ३५ मिटर छ भने तीन ठूला टावर र केबल तारले ठड्याइएको छ।, यस विशाल पुलले एक काउन्टीदेखि अर्को काउन्टीसम्मको पहु...
एजेन्सी संसारभर अंग्रेजी नयाँ वर्ष २०२० हर्सोल्लासका साथ मनाउने क्रम जारी छ।, संसारका विभिन्न देशका नागरिकले नयाँ वर्ष २०२० लाई एक उत्सवको रूपमा मनाउँदै छन्।, बालबालिका, युवापुस्तादेखि वृद्धवृद्धाले समेत यस वर्षलाई उल्लासमय तरिकाले मनाइरहेका छन्।, ‘उज्यालो प्रकाश, चमक धमक अनि धेरै मिठाई’ बच्चाहरूका लागि नयाँ वर्षको मत...
समिक्षा अधिकारी धुवाँधूलो, भिडभाड, गाडीको घन्चमन्च र अव्यवस्थित संरचनाले मात्र होइन, जथाभाबी राखिएका साइनबोर्ड, होर्डिङ बोर्ड र पर्चा-पम्प्लेटले पनि काठमाडौंको सौन्दर्य बिगारेको छ।, काठमाडौं महानगरपालिकाले नगर सफाइ अभियानअन्तर्गत केही समययता धमाधम यी साइनबोर्ड र होर्डिङबोर्ड हटाउन थालेको छ। माइतीघर, तीनकुने, टेकु र वि...
सुदीप श्रेष्ठ हामीले केही समयदेखि काठमाडौंको मुटुमा विशाल टुँडिखेल पार्क बनाउने कुरा गर्दै आएका छौं। यो सपना कसरी पूरा गर्न सकिन्छ भनेर पटक–पटक लेखेका छौं।, कुनै पनि ठाउँको नयाँ ‘ल्यान्डस्केप’ परिकल्पना गर्दा त्यहाँको इतिहास बिर्सनुहुन्न। इतिहासले हामीलाई त्यसको विकासक्रम मात्र होइन, त्यससँग जोडिएको संस्कृति र सभ्यता ...
एजेन्सी अमेरिकाको टेक्सास राज्यमा रहेको एक चर्चमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ।, ह्वाइट सेटलमेन्टको चर्च अफ क्रिस्टमा आइतबार बिहान प्रार्थना भइरहेका बेला एक बन्धुकधारीले गोली चलाएका थिए। दुई जनालाई उनले चलाएको गोली लागेपछि चर्चका अधिकारीहरूले उनैलाई गोली हानेका थिए।, गोली लागेका तीन जनालाई उपचारका लागि अस्पताल ल...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले लहानस्थित मिर्चैयाको गोमति गुट्खा उद्योगविरूद्ध ५१ करोड बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। , उक्त उद्योगका सञ्चालक मोहन महतोसहित तीन जनाविरूद्ध उक्त बिगो, जरिवाना र तीन वर्ष कैद माग गर्दै विभागले आइतबार मुद्दा दायर गरेको हो।, महतोसहित सुपरभाइजर राजा...
सबिना श्रेष्ठ फेसबुकमा 'रोहन लामा' खोज्दा उनलाई भेटाउन सकिन्छ।, २४ वर्षका यी अष्ट्रेलियाली फिल्म निर्देशकको वास्तविक नाम कलानी गाकोन हो। नेपालप्रतिको माया यसरी नामै फेरेर दर्शाउने उनी आफ्नो देशमा नपाएको खुसी यहाँ पाएको बताउँछन्। यतै रमाएका छन्।, बर्सेनि विदेशिने नेपालीको संख्या बढ्दा, नेपालमा बस्न चाहने विदेशी पनि कम्...
सेतोपाटी संवाददाता पूर्वीनवलपरासीस्थित कावासोती नगरपालिका-१४ मा र कपिलवस्तु यशोधरा गाउँपालिका-३ मा गएराति आगजनी भएको छ।, कावासोती नगरपालिका-१४ मा केही फर्निचर, पर्दा लगायतका केही सामग्री आगोले जलेको वडाध्यक्ष जीतबहादुर महतोले जानकारी दिए।, 'बिहान आउँदा आगलागी भइरहेको रहेछ', उनले भने,'बाहिर झ्यालको सानो प्लावबाट मोबिल ...
सेतोपाटी संवाददाता नेपाल बैंक डिल्लीबजार शाखाका पूर्वप्रबन्धक भूपराज कोइराला पक्राउ परेका छन्।, नेपाल बैंक केन्द्रीय कार्यालयको जाहेरीपछि प्रहरीले कोइरालालाई पक्राउ गरेको हो।, सोलुखुम्बु सल्यान गाउँपालिका-१ का कोइरालालाई बैंकलाई नभएको दायित्व सिर्जना गरेर अनुचित लाभ लिएको आरोपको जाहेरी परेपछि पक्राउ गरिएको केन्द्रीय अ...
सेतोपाटी संवाददाता प्रहरीले मोरङबाट आइतबार पेस्तोल र गोलीसहित तीन जना विप्लव माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-१० का ५० वर्षीय नरेश चौलागाई, विराटनगर महानगरपालिका-८ बस्ने ३० वर्षीय क्षितिज पौडेल र पथरी शनिश्चरे नगरपालिका-३ सिद्धार्थ टोल बस्ने ५६ वर्षीय चिरन्जीवी धिताल छन्।...
सेतोपाटी संवाददाता कञ्चनपुरको वैजनाथ इन्जिनियरिङ कजेलका विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ।, आइतबार दिउँसो साढे दुई बजे कृष्णपुर नगरपालिका १ दोमिल्लाका २९ वर्षीय तेजराज जोशी कलेजबाट ओजेटी (प्रयोगात्मक अध्यास) गर्न महाकाली नगरपालिका ३ मा पुगेका थिए।, सो स्थानमा सडक निर्माणको काम हुँदै थियो। अभ्यासकै क्रममा उनले बा...