content
stringlengths
20
64.1k
सुदीप श्रेष्ठ हामीले केही समयदेखि एउटा सपनाको कुरा गर्दै आएका छौं।, रंगशालादेखि रानीपोखरी हुँदै नारायणहिटी दरबारसम्मको क्षेत्र समेटेर काठमाडौंको मुटुमा विशाल टुँडिखेल पार्क बनाउने सपना। काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक वैभव ब्युँताउँदै ‘सम्पदा सहर’ मा रूपान्तरण गर्ने सपना। यो सहरलाई ‘काठमाडौं मण्डल’ का रूपमा चिनाउने...
सेतोपाटी संवाददाता हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ।, पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात सुरू हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ। हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थ...
सेतोपाटी संवाददाता कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका १९ वर्षीय सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत भेटिएका छन्।, बिहीबार बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।, ‘प्रारम्भिक जानकारीअनुसार बि...
एजेन्सी पाकिस्तानको लाहोरस्थित एक अस्पतालभित्र छिरेर वकिलहरूले तोडफोड गरेका छन्।, बुधबार लाहोरस्थित पञ्जाब इन्टिच्युट अफ कार्डिओलोजीमा उल्लेख्य संख्यामा वकिलहरू छिरेर तोडफोड गरेका हुन्।, वकिलका अनुसार दुई हप्ता पहिला आफ्नो सहकर्मीलाई डाक्टरले हमला गरेका थिए। सोही बदला लिनको लागि उनीहरूले अस्पतालभित्र ताण्डव मच्चाएका छ...
सन्जिब बगाले नेपाली सेनाले निर्माण गरिररहेको काठमाडौं तराई द्रुत मार्ग(फास्ट ट्रयाक)को ट्रयाक खोल्ने काम असारसम्म सकिने भएको छ।, ट्रयाक खोल्न पर्ने ५५.५ मध्ये ३१ किलोमिटर सडकको ट्रयाक खोल्ने काम मंसिर तेस्रो सातासम्म सकिएको छ।, बाँकी सडकको ट्रयाक खोल्ने काम पनि ८० प्रतिशत सकिएको द्रुत मार्ग आयोजना कार्यान्वयन तथा...
सेतोपाटी संवाददाता हुम्लामा हिमपातको कारण टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, बा ५ ख ५३४४ नम्बरको टिपर नाम्खा गाउँपालिका ५मा सडकबाट चिप्लेर ७०० मिटर तल भीरमा खसेको हो। ‘यहाँ हिमपात भइरहेको छ, हिउँकै कारण सडकबाट चिप्लेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाउँछ’ जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक...
नारायण खड्का अचेल दाङको तुलसीपुर उपमहानगरपालिका-३ सातवास र राम्रीधाममा पहाड उधिनिरहेका डोजर दिनहुँ देखिन्छन्। डोजरले निकालेका ढुंगामाटो बोक्न केही टिपर पनि तम्तयार राखिएका हुन्छन्।, केहीदिनमै डोजरले यहाँको पाँच हजार घनमिटरभन्दा बढी पहाड खनेका छन् भने सयौं रूखविरूवा उखेलेका छन्।   , तुलसीपुर-घोराही सडक विस्तार गर्ने भन...
समिक्षा अधिकारी दुई साताअघि ललितपुर महानगरपालिकाले आफ्नो पहिलो साइकल लेन उद्घाटन गर्‍यो। ललितपुर मेयर चिरीबाबु महर्जनले कुपण्डोलदेखि पुल्चोकसम्म साइकल लेन उद्घाटन गर्दै थप लेन विस्तार गरिने बताएका थिए। , नभन्दै त्यो बेला एकतर्फी मात्र बनेको साइकल लेन बिहीबार दुईतर्फी नै बनिसकेको छ। महानगरले यो लेन गोदावारीसम्म विस्तार...
सेतोपाटी संवाददाता सर्वसाधारणको करोडौं रकम ठगीको आरोप लागेका डिएन भनिने दिनेश कोइराला पक्राउ परेका छन्।, दोलखाको मोलुङ गाउँपालिका-९ घर भई काठमाडौं बालुवाटार बस्दै आएका कोइरालालाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पक्राउ गरेको हो।, उनलाई दुई करोड ७५ लाख ५४ हजार, एक करोड ५४ लाख तथा ५६ लाख रुपैयाँ ठगी भएका छुट्टाछु...
नारायण महर्जन आज नेवारी समुदायले यःमरि पुन्ही मनाएका छन्। , मंसिर शुक्ल पूर्णिमाका दिन पर्ने यो पर्वमा नेवार समुदायले विशेषत यःमरि बनाएर खाने चलन छ। , चामलको पिठोको रोटीभित्र चाकु वा खुवा राखेर बनाइने परिकारलाई य:मरि भन्ने गरिन्छ। यःमरिको शाव्दिक अर्थ भने मन पर्ने रोटी हो। , यस दिन दिन नेवार समुदायले आफ्ना गाँउ, टोल छ...
सेतोपाटी संवाददाता विभिन्न उद्योग तथा व्यक्तिलाई फोन गर्दै रकम माग्ने र नदिएपछि बम बिस्फोट गराउँदै हिँडेको एउटा समूह प्रहरीको फन्दामा परेको छ। बारा प्रहरीले बम पड्काउँदै फिरौती माग्ने समूहलाई पक्राउ गरेको हो।, प्रहरीका अनुसार यो समूहले बाराका तीन ठाउँमा बम बिस्फोट गराइसकेको थियो। पछिल्लो पटक बाराको परवानीपुरको एउटा इँ...
सबिना श्रेष्ठ यःमरि पुन्हि, 'त्यः छिं त्यः, बकछिं त्यः, लातापाता कुलिंचा जुस्सिं त्यः, यःमरि च्वामु, उकी दुने हाकु,, ब्यूसा ल्यासे मब्यूसा बुरिकुति!', यो 'यःमरि गीत' हो।, यःमरि पुन्हिका दिन नेवार समुदायबीच सुन्न सक्नुहुन्छ। मंसिर शुक्ल पूर्णिमाका दिन यही गीत गाउँदै यःमरि माग्दै घर-घर जाने चलन छ। गीत ठाउँअनुसार भिन्न-भ...
सेतोपाटी संवाददाता नक्कली भ्याट बिल तथा भन्सार चोरी पैठारी प्रकरणमा राजश्व अनुसन्धान विभागले विभिन्न कम्पनी तथा एक दर्जन व्यक्तिउपर छ करोड चौध लाख ९७ हजार रुपैयाँ बिगो माग्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।, विभागका अनुसार एस एण्ड एस अफसेट प्रेस र रामशरण गौतमलाई राजस्व चुहावट गरेको अभियोगमा २ करोड ७९ लाख ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा चल्ने स्कुल बसका लागि नयाँ नियम लगाउने तयारी भएको छ।, कार्यालय समयमा हुने सवारी अस्तव्यस्ततालाई मध्यनजर गर्दै नयाँ व्यवस्था गर्न लागिएको हो। जसअनुसार बिहान ९ बजे पछि स्कुल बसलाई चल्न नदिनेबारे प्रधानमन्त्री कार्यालयमा छलफल भएको छ।, प्रधानमन्त्री कार्यालयमा बिहीबार प्याब्सन, एन–प्य...
रासस बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ।, बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको केरानीगंजस्थित प्राइम प्याटेन्ट प्लास्टिक कारखानामा आगलागी शुरू भएको र द्रुतगतिमा आगो भुईं तलामा फैलिएको प्रहरीको प्रारम्...
सन्जिब बगाले नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं-तराई/मधेस द्रुत मार्ग(फास्ट ट्रयाक)मा २७ हजार ६९ रूख काटिएको छ।, सडक निर्माणका लागि आवश्यक पर्ने रूखहरू काट्ने काम तत्कालका लागि सकिएको सेनाले बताएको छ।, सेनाका अनुसार फास्ट ट्रयाक बनाउदा ३८ हजार ६ सय ६८ रुख काट्नुपर्छ।, 'यो सडक निर्माणमा मार्ग क्षेत्रमा...
सेतोपाटी भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि बस्दै आएका नेपालका १० बालश्रमिकलाई उद्धार गरी बिहीबार नेपाल ल्याइएको छ।, सामाजिक अभियन्ता सरोज रायले अपहरित तथा श्रमिक बालबालिकालाई उद्धार गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीको रोहबरमा परिवारलाई जिम्मा लगाएका हुन्।, उद्धार गरिएकामा आठ जना बालक सर्लाहीका र द...
प्रकाश ढुंगाना विहीबार अपरान्ह काठमाडौंकौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान नम्बर ६५१ दोहा उडान भर्नका लागि बोर्डिङ भइरहेको थियो।, विमानस्थलमा रहेको कतार एयरवेजको काउन्टरबाट तीन जना नागरिक बोर्डिङ पास लिएर अध्यागमन डेस्कतिर प्रस्थान गरे। उनीहरु दोहा हुदैँ इटली जान लागेका थिए।, तर उनीहरुलाई अध्या...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा एकजना मानसिक अपाङ्गता भएकी महिला बलात्कृत भएकी छन्। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गत आइतवार भिडियो एक्सरे गर्दा  उनको पेटमा सात महिनाको गर्भ रहेको देखिएको प्रहरीले बताएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी ती मानसिक अपाङ्गता भएकी महिला दिदीको घरमा आश्रय लिएर बस्दै आ...
सेतोपाटी मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी छन् ।, बिहीबार मल्टि मिडिया अवार्ड विजेताको नाम घोषणा भएपछि अनुष्काले खुशी व्यक्त गर्दै मत दिने सबैप्रति आभार व्यक्त गरेकी गरिन्। उनलाई यस अवार्डले थप आत्मविश्वास दिलाएको छ।, यसअघि अनुष्का हेड टु हेड च्यालेन्ज राउन्ड...
सेतोपाटी नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ।, पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो।, जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो।, स...
सेतोपाटी संवाददाता बुधबारदेखि नेपाल पसेको पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ।, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने पश्चिम पहाडी र तराई क्षेत्रमा वर्षा भएको छ।, शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भागमा पनि आकाश बादलले भरिएको छ।, मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा शुक्रब...
काशीराम शर्मा  नेपालगञ्ज उपमहानगरपालिका–८ को घसियारन टोल। साँघुरो गल्लीभित्र एकै लाइनमा २४ घर छन्। घाँस काटनेहरूको संख्या धेरै भएपछि टोलको नाम नै घसियारन रहेको छ। घाँस बेच्नु उनीहरूको पुख्र्यौली पेसा हो।, घसियारन समुदायका नागरिक शहरका निर्धनमा पर्छन्। उनीहरू शहर आसपास र टाढाटाढा घाँस काट्न जान्छन्। घाँस बेचेर नै रोजीर...
नारायण खड्का तीन दिनअघि ट्रकले एक छात्रालाई ठक्कर दिएपछि एकाएक अशान्त बनेको कोहलपुर मंगलबार बिहानदेखि सामान्य बनेको छ।, त्रिभुवन उच्च माविका शिक्षक ऋषि शर्माले मंगलबारदेखि विद्यालय सञ्चालनमा आएको र वातावरण सामान्य बन्दै गएको जानकारी दिए। स्थिति सामान्य बनेपछि यातायात, बजार र विद्यालय सञ्चालनमा आएका छन्।कोहलपुर नगरपालि...
सेतोपाटी संवाददाता नेपाल र भुटानबीच आज दिउँसो हुने साग फुटबलको फाइनलको टिकटका विषय विवाद हुँदा प्रहरीले दशरथ रंगशालामा लाठी चार्ज गरेको छ।, प्रहरीको लाठी लागेर नागरिक दैनिकका पत्रकार सुमन चापागाईं पनि घाइते भएका छन्।, ‘टिकट छैन भन्दा होहल्ला गर्दै केही युवाहरू आए। धकेलाधकेल भयो। भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग ग...
सेतोपाटी संवाददाता पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो।, ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त भिडिओ सार्वजनिक भएपछि विवाद सुरू भएको छ।, साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक?, पशुपति क्षेत्र...
सेतोपाटी संवाददाता दस किलो चरेससहित मकवानपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बारा पचरौटा नगरपालिका-७ का अरबिन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका-१ का सुत्लान मिया अन्सारी छन्।, प्रहरी चौकी भैंसेबाट खटिएको टोलीले उनीहरूलाई भीमफेदी गाउँपालिका-२ बाट बिहीबार अपराह्न पक्राउ गरेको हो।, बा ४० प ७२४०...
सेतोपाटी संवाददाता १३ औं सागमा समाचार संकलनका लागि त्रिपुरेश्वर पुगेका पत्रकार सुमन चापागाइँमाथि प्रहरीले कुटपिट गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी शैलेश थापा क्षेत्री घटनास्थल पुगेका छन्। घटनास्थल पुगेर उनले घटना र त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्।, उनले घटनास्थलमा पुगेर पत्रकार कुट्ने प्...
सेतोपाटी संवाददाता प्रेममा धोका पाएपछि काठमाडौंको कपनमा एक युवतीले प्रेमीको लिंग काटिदिएकी छिन्। गएराति आफ्नै कोठामा बोलाएर ती युवतीले आफ्नै प्रेमीको लिंग काटिदिएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी रमेश सिंहले जानकारी दिए।, युवक र युवतीको नाम गोप्य राखिएको छ। हायात होटलमा काम गर्ने ती युवकको अवस्था चिन्ताजनक रहेको छ...
एजेन्सी पाकिस्तानमा नवजात शिशु चोरेर निःसन्तान आफन्तलाई दिने एक महिला स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ। दक्षिणपश्चिम बलोचिस्तान प्रान्तस्थित एउटा अस्पतालबाट उक्त महिलाले शिशु जन्मेको छोटो समयमा नै चोरेकी थिइन्।, शिशुको परिवारलाई उनकी आमाले जुम्ल्याहा छोरी जन्माएकोबारे कसैले नभनिदिँदा सुरुमा शिशु गायब भएकोबारे...
सेतोपाटी संवाददाता पूर्वराजा ज्ञानेन्द्र शाहले दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हासिल गरेको सफलताले आफू खुसी भएको बताएका छन्। , दशरथ रंगशालामा १३ औं सागको औपचारिक समापन समारोह भइरहँदा एक सन्देश जारी गर्दै पूर्वाराजाले भनेका छन् ‘नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति मेरो हार्दिक शुभकामना छ। यसपालीको सागमा ...
सेतोपाटी संवाददाता अब काठमाडौंका सडकमा न रुमाल थापेर गीत गाएको भेटिने छ न दुबै मृगौला फेल भएको भन्दै उपचारको गर्न आर्थिक सहयोगको अपिल गरेको सुनिने छ।, बाटोमा हिँड्दा हिँड्दै वा गाडीमा कोट्याएर पैसा माग्ने पनि हुने छैनन्। किनकी काठमाडौं महानगरपालिकाले मंसिर २८ गतेपछि सडकमा माग्ने भेटिए कारबाही गर्ने जनाएको छ।, मंगलबार ...
सेतोपाटी संवाददाता जनकपुरमा भएको १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत उद्घाटन समारोहमा आतिशबाजीका लागि ल्याइएको पटका पड्काउँदा घाइते भएका एक बालकको मंगलबार मृत्यु भएको छ।, सागको उद्घाटन समारोहमा पड्किन नसकेको पटका १० वर्षीय बालक आलोक राउतले घरमा लगेका थिए। घरमा सोही पटका पड्काउने क्रममा उनी घाइते भएक...
सेतोपाटी संवाददाता पर्सा प्रहरीले साढे ११ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१९ का ६० वर्षीय रामबालक वैठा रहेका छन्।, उनलाई ११ किलो ८ सय ग्राम चरेससहित सोमबार राति गण्डक चौकबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। वीगन्ज-१४ गण्डकमा सवारीसाधन तथा पैदल यात्रु चेकजाँच गर्ने क्रम...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियरद्वय निरोज महर्जन र ध्रुव श्रेष्ठलाई पक्राउ गरेको छ।, मंगलबार साँझ उनीहरूलाई काठमाडौंको बानेश्वरस्थित एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियारले जनाएको छ।, उनीहरूको साथबाट १०/१० लाख बरामद गरिए...
सेतोपाटी जिल्लामा ११ महिनाको अवधिमा २० हत्याका घटना भएका छन्। हत्या घटनामध्ये नौ घटनाका अभियुक्त पक्राउ नपरेका र बाँकी घटनाका अधिकांश फरार छन्।, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजना एवं इन्सेकको संयोजनमा मङ्गलबार राजविराजमा भएको अन्तक्र्रिया कार्यक्रमको आधारपत्रमार्फत उक्त कुरा सार्वजनिक गरि...
युवराज श्रेष्ठ पोखरा महानगरपालिका र बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआइडी)बीच नेपाल सहरी उत्थानशीलता परियोजना सञ्चालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।, पोखरा महानगरपालिकाको सभाहलमा मंगलबार आयोजित कार्यक्रममा पोखरा महानगरका प्रमुख मानबहादुर जिसी र बेलायतको डिएफआइडीको तर्फबाट उत्थानशीलता तथा समावेश...
सेतोपाटी संवाददाता मकवानपुरको हेटौंडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा४ख ६३५५ नंको टिपरले ठक्कर दिँदा एकको मृत्यु भएको छ।, मकवानपुरगढी गाउँपालिका–४, मक्रान्चुली नजिककै टिपरले ठक्कर दिँदा स्थानीयवासी ३४ वर्षीय दीपक पाख्रिनको गएराति घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, प्रहरीका अनुसार दुर्घटन...
सेतोपाटी प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ ।, इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो।, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्ष...
सेतोपाटी नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ५० हजार रुपैयाँ घुस रकमसहित मङ्गलबार पक्राउ गरेको छ।, भारतबाट नेपालमा अवैधरूपमा समान ओसार्नमा सहज गर...
सबिना श्रेष्ठ जस्तो काठमाडौंको टुँडिखेल, त्यस्तै भक्तपुरको। यता पनि ठूलो हिस्सा सेनाले ओगटेको, उता पनि उस्तै।, काठमाडौंको टुँडिखेल पहिले उत्तरमा रानीपोखरी र दक्षिणमा दशरथ रंगशालासम्म फैलिएको थियो। अहिले जति बाँकी छ, त्यही टुडिँखेलका रूपमा चिनिन्छ। भक्तपुरको टुँडिखेल त कहाँ छ भन्ने धेरैलाई थाहा पनि नहोला!, सल्लाघारी चो...
सेतोपाटी संवाददाता जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा दुई जनाको मृत्यु भएको छ।, बुधबार बिहान घाँसदाउराका लागि मायापुरी सामुदायिक वनमा गएका महिलाहरूको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।, मृत्य...
सेतोपाटी संवाददाता सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले बुधबार सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ।, वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।, उनका अनुसार विशेष सूचनाका आधारमा जिल्...
सेतोपाटी संवाददाता काठमाडौंमा सबभन्दा धेरै पैदलयात्रुले सडक वारपार गर्ने स्थानको रूपमा रहेको नयाँ बानेश्वर चोकमा आकाशे पुलको निर्माण तोकिएको अवधिमा नबन्ने भएको छ।, आगामी महिनासम्ममा पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकामा अहिले जगको काम मात्रै भएकाले समयमै सम्पन्न नहुने देखिएको हो।, डिभिजन सडक कार्यालय काठ...
खिलानाथ ढकाल यौन शोषणजस्तो गम्भीर आरोप लागेका संघीय प्रहरी इकाई कार्यालय एक नम्बर प्रदेश धरानमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणाको पोस्टिङ विवादमा आउँदा प्रहरी प्रधान कार्यालय मौन देखिएको छ।, उनीमाथि यौनशोषण गरेको आरोपमा गृह मन्त्रालयले आवश्यक अनुसन्धान तथा कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई चिठी लेखेको एक...
भगवती पाण्डे २०६९ साउन ७ मा नरपानीको दहखोलाको चिप्लो मोडमा बस दुर्घटना भयो। १७ जना यात्रुको मृत्यु भयो।, २०६९ साउन ८ मै नरपानीमै फोर्स जीप दुर्घटनामा १५ जनाको मृत्यु भयो।, २०७० पुस २२ गते फुद्बाङ बजार नजिकै बस दुर्घटना हुँदा ३ जनाको ज्यान गयो भने २०७० पुस १६ गते ट्याक्टर दुर्घटना हुँदा नरपानी ५ जगतामा, हरि बहादुर खड्क...
सेतोपाटी संवाददाता सामाजिक सञ्जालमार्फत १५ करोड ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवारलाई पक्राउ गरेको हो। , उनीहरूले चिठ्ठा परेको भन्दै विभिन्न मानिसलाई भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सा...
सेतोपाटी संवाददाता स्कुल बसले किचेर मोरङमा एक जना नाबालकको ज्यान लिएको छ।, मोरङको बेलबारी नगरपालिका-५ मा स्कुल बसले किचेर बुधबार बिहान एक वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।, बिहान सवा ९ बजे बेलवारी नगरपालिका-५ रामपुरस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कु...
सेतोपाटी संवाददाता मुग्लिन नारायणघाट सडकखण्ड शुक्रबारदेखि दुई हप्तासम्म दैनिक चार घण्टा बन्द हुने भएको छ।, सडक पहिरो रोकथामको काम आठ ठाउँमा बाँकी रहेको हुँदा दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गर्न लागेको नारायणघाट मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ।, नारायणघाटतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनलाई पन्ध्र ...
नेहा झा १४ वर्ष लामो गृहिणी जीवन बिताएर सुनिता मेस्तरनी २ वर्षअघि घरबाहिरको काममा निस्किइन्।, आफ्नो घरमा कुशल बुहारीको नाम कमाइसकेकी थिइन्। बिहे गरी आएको १४ वर्षमा उनले घरको काम गरिन्, व्यवस्थापन गरिन्, ४ जना छोरा र दुई जना छोरीलाई स्कुल जान सक्ने बनाइन्।, उनलाई अझै चित्त बुझिरहेको थिएन। उनी आफ्ना पतिलाई घरखर्च जुटाउन...
रासस दैनिक कुटाइबाट पीडित सुर्खेतको मेहलकुनाकी एक महिला श्रीमानलाई कानूनी कारवाही गर्ने अठोटका साथ उजुरीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगिन्। उनको उजुरीले श्रीमानलाई प्रहरी नियन्त्रणमा पुर्‍यायो।, प्रहरी कार्यालयमा श्रीमान् देखेपछि उनले टुलुटुलु हेरिरहिन्। अघिसम्म कारवाही गर्ने अडान लिएकी उनको मनमा एकाएक परिवर...
सेतोपाटी संवाददाता ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर कोहलपुरमा दुई विद्यार्थी घाइते भएका छन्।, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायका अनुसार दुई जना छात्रहरूको घुँडामूनि गोली लागेको छ।, उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको उपाध्यायले जान...
सेतोपाटी संवाददाता विद्यार्थीबाट पैसा लिएर उत्तरपुस्तिका नै फेरबदल गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृतसहित चार जना विरूद्ध मुद्दा दायर गरेको छ।, परीक्षार्थीसँग पैसा लिएर उत्तरपुस्तिकाको नम्बर फेरबदल, साटासाट गरेको आरोपमा लेखा अधिकृत कमलप...
सेतोपाटी संवाददाता प्रहरीले चार किलो दुई सय ग्राम लागुऔषध रसायन इफेड्रिनसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।, लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शुक्रबार काठमाडौं १६ को एक कार्गोबाट न्यूजील्याण्ड पठाउन लागेको उक्त बराबरको लागुऔषध बनाउने सहायक रसायनसहित ३१ वर्षीय झाङ लाओलाई पक्राउ गरेको हो। , आइतबार ब्युरोले ती चिन...
नारायण खड्का वनभोज खान गएको दाङको बबई गाउँपालिकाका अध्यक्षसहितको टोलीको गाडीले ठक्कर दिएर एक महिलालाई घाइते बनाएको छ। प्रहरीका अनुसार घटना शनिबार साँझको हो।, गाउँपालिकाको रा१झ १५० नम्बरको सरकारी गाडीले बबई-५ की देवीकला भण्डारीलाई घाइते बनाएको हो। भण्डारीको दाहिने खुट्टा गाडीको टायरले किचिदिएको छ।  , प्रहरीका अनुसार भण...
रासस महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले ठूलालाई कानून नलाग्ने पुरानो मान्यतालाई बदल्न चाहेको बताएका छन्।, झापाको चन्द्रगढीमा उनले कानुनका दृष्टिमा सबै नागरिक समान हुन् भन्ने मूल्यमान्यताका आधारमा लोकतन्त्रको अनुभूति दिलाउने गरी न्यायिक क्षेत्रमा काम भइरहेको बताए।, गलत काम गरेपछि शक्तिशाली, ठूलो ओहोदा भएका र प्रतिष्ठि...
सेतोपाटी संवाददाता प्रसूति गराउन ल्याइएकी महिलाको नोबेल मेडिकल कलेजमा मृत्यु भएपछि आफन्तले आइतबार अस्पताल परिसरमा प्रदर्शन गरेका छन्।, डाक्टरले लापरबाही गरेको भन्दै आफन्तले प्रदर्शन गरेपछि दिउँसो केहीबेर त्यहाँ तनाव भएको थियो। यसक्रममा प्रहरीले हस्तक्षेप गरी आन्दोलित आफन्तको भीडलाई तितरवितर पारेको छ।, प्रहरीका अनुसार ...
प्रभाकर गौतम मान्छेका केही सपना उसको मृत्युपछि पनि पूरा हुने रहेछन्।, लोकप्रिय गायक तथा संगीतकार नारायणगोपाल गुरुवाचार्यको एउटा अधूरो सपना उनी बितेको झन्डै तीन दशकपछि पूरा हुने भएको छ।, २०४७ मंसिर १९ गते ५१ वर्ष उमेरमा निधन भएका नारायणगोपालले एउटा संगीतघरको परिकल्पना गरेका थिए– गीतगंगा।, यही सपनासँग उनकी श्रीमती पेमला...
रासस व्यास नगरपालिकाले मादी नदीमा निर्माण गर्न लागेको कृत्रिम तालको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ। पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गर्न लागिएको हो। , , सो आयोजना सम्भाव्यता अध्ययन गर्न नगरपालिकाले चालू आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन ...
युनिक श्रेष्ठ चितवनको इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्ष पञ्चबहादुर प्रजालाई गत शनिबार केही स्थानीय घेरा हाले। उनीहरूका हातमा मोसो थियो। जबरजस्ती मोसो प्रजाको मुखमा दले। उनीहरूले जुत्ताको माला पनि ल्याएका थिए। त्यो माला प्रजाको गलामा हाले।, पदीय जिम्मेवारी पूरा नगरेर वा सेवाग्राहीलाई दु:ख दिएकाले प्रजालाई मोसो दलिएक...
सेतोपाटी संवाददाता अमेरिकाले नेपाली सेनालाई दिएको दुई वटा स्काई ट्रक काठमाडौं आइपुगेको छ।, अमेरिकाले नेपाली सेनालाई सहयता स्वरुप प्रदान गरेको दुई स्काई ट्रक आइतबार बिहान अवतरण गरेको हो।, ‘एम–२८’स्काई ट्रक विपद व्यवस्थापन,आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारका लागि प्रयोग हुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव प...
सेतोपाटी संवाददाता त्रिचन्द्र बहुमुखी क्याम्पसले पुरानै शुल्कमा विद्यार्थी भर्ना लिने भएको छ।, स्नातक तहमा मानविकी र विज्ञान संकायमा नयाँ शुल्क तोके पनि विद्यार्थीले विरोध गरेपछि पुरानै शुल्कमा आइतबारदेखि भर्ना खुलाइएको क्याम्पसले जनाएको छ।, पाठ्यक्रम परिवर्तन गरिएको भन्दै क्याम्पसले स्नातक तह पहिलो वर्षमा गत मंसिर ९ ...
रासस खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको सवारीसाधनमा गए राति आगलागी भएको छ।, निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा आगलागी भएको हो। आगलागीका कारण सवारी जलेर ध्वस्त भएको छ।, 'म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो,' उनले भने, 'उठेर हेर्दा गाडीमा ठूलो ...
रासस भरतपुर महानगरपालिका-१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका-१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन्।, जिप्रका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार राति ११ बजे प्रहरीचौकी रामनग...
सेतोपाटी संवाददाता नेपाली सेनाले २०८१ वैशाखसम्म फास्ट ट्रयाक निर्माण सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको छ। त्यसका लागि सेनाले समय तोकेरै फास्ट ट्रयाक निर्माणको कामको तालिका सार्वजनिक गरेको हो।, जटिल मानिएको ठूला पुल निर्माणको कामलाई २०७७ पुसमा सुरू गरेर २०८० को मंसिरमा सम्पन्न गर्ने सेनाले जनाएको छ। यस्ता पुलहरू १६ व...
सेतोपाटी संवाददाता बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च मावि कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि एकाएक अशान्त बनेको कोहलपुरको माहोल शान्त पार्न सोमबार सर्वपक्षीय छलफल सुरू भएको छ।, कोहलपुर नगरपालिका वडा नं. ८ स्थित कृषि तालिम केन्द्र पिपरीमा छलफल भइहेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानका...
सेतोपाटी संवाददाता कपिलवस्तुको बाणगङ्गा ८ मा बा ८ च ६३९० नम्बरको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको उक्त निजी कार दुर्घटनामा परी कपिलवस्तु नगरपालिका ९ का ३० वर्षीय सुरेश पाण्डेको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। मृतक पाण्डे ग्लोबल आइएमई बैंक बनगाई ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको शिक्षा विभागले शिक्षिकालाई बिदा नदिने असनस्थित त्यौड माविका निमित्त प्रधानाध्यापक सुरेन्द्र केसीलाई प्रधानाध्यापक बनाउने निर्णय रोक्का गरेको छ।, विभाग स्रोतका अनुसार उनीविरूद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले बढुवा रोक्का गरिएको हो।, आराम गर्न डाक्टरले सुझाएपछि माध्यमिक तहकी...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले साइकल लेन मिच्ने सवारी चालकलाई जरिवाना र कारबाहीको दायरामा ल्याउने भएको छ।, मुख्य सडकसँग जोडिएको लेनलाई दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीले हस्तक्षप नगरून् भनेर यस्तो नियम ल्याउन लागेको ललितपुर मेयर चिरिबाबु महर्जनले बताए। उनका अनुसार पुस मसान्तभित्रै यस्तो नियम ल्याउने महानगरक...
सेतोपाटी संवाददाता आर्थिक प्रलोभन देखाएर नेपाली बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार एयरपोर्टस्थित मेमोरियल गेस्ट हाउसबाट ४० वर्षीय ज्यासोन लोएड मुडीलाई पक्राउ गरेको हो।, ब्युरोका अनुसार मुडीलाई होटलको १०४ नम्बर कोठाबाट तीन बालिकासहित पक्राउ ...
सेतोपाटी संवाददाता विद्यार्थीले कुटेपछि थलिएका त्रिचन्द्र बहुमुखी क्याम्पस काठमाडौंका प्रमुख प्राध्यापक डाक्टर प्रदीपबहादुर न्यौपाने एक साता अस्पताल बसेर घर फर्किएका छन्।, क्याम्पसले स्नातक तह पहिलो वर्षमा मानविकी र विज्ञान संकायमा भर्ना शुल्क वृद्धि गरेको विरोधमा विद्यार्थीले न्यौपानेमाथि मंसिर ९ गते आक्रमण गरी घाइते...
सेतोपाटी संवाददाता महोत्तरी प्रहरीले ओरही नगरपालिका-३ श्रीपुर खोलाबाट दुई थान पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।, ‘मेड इन युएसए’ लेखिएको अटोमेटिक पेस्तोल, नलकटुवा पेस्तोलसहित गौशाला नगरपालिका-६ फुल्काहाका ३२ वर्षीय राकेशकुमार यादवलाई सोमबार बिहान पक्राउ गरिएको हो।, यादवको साथबाट अटोमेटिक पेस्तोलको म्याग्जिन तथा गो...
सेतोपाटी संवाददाता गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विवरण दर्ता अपरेटर माग गरेको छ।, विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत विभिन्न छ जिल्लाबाट करारमा ६०० विवरण दर्ता अपरेटर माग गरेको हो।, विभागले सोमबार सूचना जारी गरेर झापाबाट १६४, ललितपुर र चितवनबाट ११७, कञ्चनपुरबा...
प्रशन्न पोखरेल अभियुक्तका परिवारबाट घुस लिएको बाहिरिएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानिएको छ।, दुई भिन्न मुद्दाका तीन अभियुक्तसँग रिजालले बुधबार एक लाख ११ हजार रुपैयाँ  ‘घुस’ लिएका थिए। उनले एक लाख रूपैयाँ मागेर दश हजारको मात्रै रसिद दिएका थिए भने ३५ हजार मागेर १४ हजार रूपैं...
सेतोपाटी संवाददाता रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।, घोराही उपमहानगरपालिका वडा नं. ८ निवासी १९ वर्षीय रेशम वलीको उपचारका क्रममा गएराति मृत्यु भएको हो। , मोटरसाइकलको पछाडि सवार घोराही १० का १८ वर्षीय अमृत चौधरी घाइते भएका छन्। , घाइते चौधरीलाई राप्ती स्वास्थ्य ...
सेतोपाटी संवाददाता पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड सडकखण्डको रेखापुल नजिकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन्।, झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो।, दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्रा...
सेतोपाटी संवाददाता भारतको उत्तरप्रदेशमा बलात्कारका विरूद्ध रायबरेलीस्थित अदालतमा बयान दिन जान लाग्दा ज्युँदै जलाइएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।, उत्तरप्रदेशको उन्नाओ जिल्ला सिन्दुपुर गाउँकी २० वर्षीय ती महिला बिहीबार अदालतमा बयान दिन जान रेल स्टेशन पुग्न लागेको बेला केही मानिसले कब्जामा लिई नजिकैको खेतमा...
सेतोपाटी संवाददाता तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन र साइक्लिङ रोड रेस हुने भएकाले मुख्य लेनमा सवारी साधन नचलाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।, आज बिहान ७ बजेदेखि म्याराथन भइरहेको छ।, बिहान ७:०० बजेदेखि दशरथ रङ्गशालाबाट सुरू भएको म्याराथन कलंकी,बल्खु, सातदोब...
रासस त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा रु एक लाखसम्म खर्च गर्ने भएको छ।, त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत प्रति विद्यार्थीलाई उपचार खर्च रु एक लाखसम्म उपलब्ध गराइने त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए।, यसअघि त्रिविले प्रतिविद्यार्थी रु ५० हजारसम्मको खर्च गर...
सेतोपाटी संवाददाता काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ तिरतिरे धारास्थित विपी राजमार्गमा आज बिहान यात्रुवाहक बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ।, काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला ...
रासस प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक एसपी र २१ प्रहरी नायब उपरीक्षक डिएसपीको काज सरुवा गरेको छ।, नेपाल प्रहरीको शुक्रबारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालय कानून शाखाका एसपी जनार्दन जिसीलाई स्याङ्जा र स्याङ्जाका राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ।, सर्लाहीका एसपी गोपालचन्द्र भट्ट...
सेतोपाटी संवाददाता विभिन्न सरकारी निकायहरूबाट लामो समयदेखि अतिक्रमण हुँदै आएको टुँडिखेललाई खुला सार्वजनिक स्थलमा परिणत गर्न जागरूक नागरिकहरूबाट सञ्चालित 'मुक्त टुँडिखेल' अभियान पाँचौं सातामा प्रवेश गरेको छ।, अभियन्ताहरूले दक्षिण एसियाली खेलकुद (साग) को सन्दर्भ पारेर शनिबार आयोजित पाँचौं साताको कार्यक्रमलाई खेलकुदको वि...
नारायण खड्का ६८ वर्षकी नवसरा खत्री शनिबार सबेरै तुलसीपुर रजौरामा भेटिइन्।, झिसमिसे अँध्यारोमा टर्च बालेर लम्कीरहेकी उनले पिठ्युमा झोला भिरेकी थिइन्।, मंसिरको यो चिसोमा उनी मर्निङ वाक हिँडेकी होइनन्। उनी किसान हुन्। घरमै पालेको भैंसीको दूध विक्री गर्न सबेरै घर-घर पुग्ने गरेकी छन्।, ‘नानी, ए नानी! ढोका खोल त दूध आयो,’ उ...
सेतोपाटी संवाददाता ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा बाँकेमा एम्बुलेन्स चालक र नवजात शिशुको मृत्यु भएको छ।, बाँकेबाट दाङतर्फ आउँदै गरेको रा १ ज १६१ नम्बरको एम्बुलेन्सलाई विपरीत दिशा आएको ना ८ ज ५४३२ नम्बरको ट्रकले शनिबार दिउँसो करिब १ बजेर ४० मिनेटमा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ को जिरो पोइन्ट नजिकै ठक्कर...
सेतोपाटी संवाददाता महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा रौतहटमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्।, यमुनामाई गाउँपालिका सरूअठा स्वास्थ्य चौकीमा कार्यरत ४५ वर्षे स्वास्थ्यकर्मी सुधिरकुमार सिंह महिलामाथि बलात्कार र यातना आरोपमा शुक्रबारदेखि प्रहरी हिरासतमा छन्।, ‘बलात्कार घटनामा संलग्न रहेका सुधिरकुमार सिंहलाई पक...
सेतोपाटी संवाददाता गोरखा र मनाङमा १/१ जना विदेशी पर्यटकको मृत्यु भएको छ।, मनाङको ङिस्याङ ६ स्थित मनाङ गाउँमा जापानी नागरिक हिसाको कोरीको मृत्यु भएको हो। होटल हिमालयन सिङ्गीमा पासपोर्ट नं. ००४६२६२ का बसेका ६७ वर्षीय कोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।, यस्तै, गोरखामा लेक लागेर फ्रान्सेली पर्यटकको भारी बोकेर गएका पोटर...
रासस चितवनको राप्ती नगरपालिका–५ मा शनिबार साँझ अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ६४०९ नम्बरको अटो राप्ती–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो ।, अटो पल्टिँदा अटो...
दिपकजंग शाही बराहताल गाउँपालिका–४ तरंगाका लक्ष्मण थापा हप्तादिन अघि बराह ताल पुगे।, बाटोभरी ६ वर्षअघि आफुले देखेको बराह तालको बयान गर्दै हिडेका उनी त्यहाँ पुगेपछि सुख्खा जमिन देखेर निरास भए।, कक्षा ८ मा पढ्दा २०७० मा बाल क्लवका साथीलाई लिएर उनी बराह ताल पुगेका थिए। त्यहाँ उनीहरू पौडि खेलेका थिए।, ‘त्यतिबेला भेरी तर्दा...
सेतोपाटी संवाददाता भर्खरै स्थापना गरिएको कर्णालीकै ठूलो राशिको साहित्यिक पुरस्कार वितरण गरिएको छ। कर्णाली साहित्य समाजले स्थापना गरेको उक्त पुरस्कार कथाकृति ‘मरीचिका’, लेखक बुद्धिसागर र श्यामल अधिकारीलाई प्रदान गरिएको हो।, शनिवार एक कार्यक्रमका बीच कर्णाली साहित्य समाजका संरक्षक एवम् कथाकार महेशविक्रम शाहले नगद ५० हजा...
युवराज श्रेष्ठ लमजुङमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, बेंसीसहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सुन्दरबजार नगरपालिका ७ पाउँदीमा आइतबार बिहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ।, लमजुङका प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरूङका अनुसार बिहान सात बजेतिर प्रहरी चेक पोष...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यका बाहिर जनकपुर र पोखरामा भइरहेको साग खेलकुदको सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण भ्रमण गरेका छन् । गत शुक्रबार जनकपुर पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका खनाल आइतबार पोखरा पुगेर साग खेलकुदका सुरक्षाबारे राखेपका पदाधिकारी र सुरक्षा निकायका अ...
एजेन्सी भारतको राजधानी नयाँदिल्लीको एक अनाज मण्डीमा आइतबार बिहान भएको आगलागीमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको  छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार मध्यदिल्लीको झाँसी रोडस्थित अनाज मण्डीमा रहेको एक उद्योगमा आगो लाग्दा भित्र रहेका मानिसहरूको  निसास्सिएर मृत्यु भएको हो।, ३० वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए। आगो निय...
सेतोपाटी संवाददाता शनिबार मध्यराति विराटनगरमा ग्यास सिलिण्डर पड्केर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।, विराटनगर-२ शनिहाटका जयप्रसाद दाहालको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।, आइतबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले प्रहरीलाई खबर गर्दा उनी जलेर मृत भेटिएका थिए।, परिवारसँग काठमाडौं बस्दै आएका दाहाल शुक्रबार मा...
नारायण खड्का बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि  स्थिति तनावपूर्ण भएको छ।, कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा आइतबार बिहान ट्रकले एक स्कुले बालिकालाई ठक्कर दिएको थियो। स्थानीयले उक्त ट्रकमा आगो लगाइदिएका थिए।, उनीहरूले टायर बालेर सडक अवरूद्ध पारेका थिए। अवस्था तनावपूर्ण बन...
सेतोपाटी संवाददाता शनिबार सुनसरी र झापाका तीन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।, शनिबार दिउँसो साढे १ बजेको समयमा सप्तरीबाट रामधुनीतर्फ जन्ती बोकेर आउँदै गरेको ना५ख ४९८९ नम्बरको बसका सहचालक सप्तरीको सप्तकोशी नगरपालिका-१ का ४५ को सन्तोष गुप्ताको ...
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द विप्लव समूहको झापा मेचीनगर नगरपालिका इञ्चार्ज तथा झापा जिल्ला सदस्य यामकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ। गिरी झापा शिवसताक्षी नगरपालिका,-,४ पाँचगाछीका हुन्।  , झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधीन भवनमा बम बिस्फोट गराएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको ह...
सेतोपाटी संवाददाता ट्रकको ठक्करले स्कुले बालिकालाई ठक्कर दिएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ। , प्रहरीका अनुसार ना२ख ९४५९ नम्बरको ट्रकले भे ६प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा कोहलपुर-११ की १२ वर्षीया प्रकृति चन्दलाई  घाइते भएकी हुन्। , पाँच नम्बर प्रदेश प्रहरीका प्रवक्ता नवराज पोखरेलका अनुसार घाइते बालिकाको क...
सेतोपाटी संवाददाता सरकारले छ वटा जिल्लामा महिलालाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ।, भक्तपुरमा हुमकला अधिकारी, रामेछापमा लिलाकुमारी केसी पाण्डे, पर्वतमा कल्पना घिमिरे नेपाल, सिन्धुपाल्चोकमा गोमादेवी चेम्जोङ, जुम्लामा दुर्गा बन्जाडे र हुम्लामा विनिता भट्टराइलाई सिडिओ खटाइएको हो।, सरकारले यसै मंसिर १४ गते भएको उप...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय पाल्पाकी नर्सले ८१ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेको छ।, बुधबार आयोगले पब्लिक हेल्थ नर्सिङ छैठौं तहकी कल्पना पौडेलले नक्कली बिल भरपाई पेश गरी सरकारी रकम भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अन...
सेतोपाटी संवाददाता पाल्पाको तिनाउ गाउँपालिका-५ चौबिस माइलस्थित सिद्धार्थ राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार बिहीबार बिहान ११ बजे लु१ज ४२०९ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको हो।, घटनास्थलमा पुगेका प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक हुमानन्द खनालले...