content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता नेपाल भ्रमणमा एसिया प्रशान्त क्षेत्रका सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायक रक्षामन्त्री रान्डाल जी स्च्रिभरले राजनीतिक भेटघाटलाई तीव्र पारेका छन्।, यसक्रममा उनले बिहीबार रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेका छन्।, रक्षामन्त्री पोखरेलसँगको भेटमा स्च्रिभरले इन्डोप्यासेफ... |
सेतोपाटी संवाददाता आइतबार राति अछाम साँफेबगर-३ की २१ वर्षीया पार्वती रावतको छाउगोठमा मृत्यु भएको भयो।, सासु-ससुरा र श्रीमान् घरमा नभएको बेला जेठाजु छत्र रावतले पार्वतीलाई छाउगोठ पठाएका थिए।, चिसोमा छाउगोठमा बस्दा उनको मृत्युपछि पनि प्रहरीले कुनै कारबाही अगाडि बढाएको थिएन।, मुलुकी अपराध संहिताले सुत्केरी वा महिनावारी भ... |
सेतोपाटी संवाददाता परीक्षा बहिस्कार गर्ने विद्यार्थीलाई प्रहरीले गण्डकी मेडिकल कलेजबाट पक्राउ गरेको छ।, एमबिबिएस परीक्षा बहिस्कार गरी बाहिर निस्किने क्रममा नौ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो।, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले केही विद्यार्थी पक्राउ परेको बताए। कलेज परिसरमा केही हुलहुज... |
सेतोपाटी संवाददाता प्रमाण ऐन २०३१ लाई परिमार्जन गर्दै भिडियो कन्फ्रेन्सबाट पनि घटनाका प्रमाणहरु संकलन गर्न सकिने व्यवस्था गरिने भएको छ।, घटनाका कुनै साक्षी अदालतमा सहभागी हुन नसक्ने अवस्थामा भिडियो कन्फ्रेन्स मार्फत पेश गर्ने प्रमाण ऐन २०३१ लाई परिमार्जन गर्ने तयारी गरिएको हो। समय सुहाउँदो प्रविधिलाई समेटेर ऐन संशोधन ... |
एजेन्सी केही दिनअघि मात्र गुगलका सिइओ सुन्दर पिचाई गुगलकै अभिभावक कम्पनी अल्फाबेट इंकका पनि सिइओ बने। सिइओ बनेसँगै भारतीय मूलका पिचाईले संसारकै दोश्रो ठूलो कम्पनी अल्फाबेट र यसको बजारको भविष्यबारेमा आफ्ना योजना सुनाएका छन्।, उनका भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले लेखेको छ-, संसारभरबाट मलाई शुभकामना ... |
सिएनएन एउटा केराको मूल्य कति पर्ला? महँगीमा भए दस रूपैयाँसम्म? संसारका केही ठाउँमा विशेष गरी फलाइएका भए एक सय डलर? , योभन्दा बढी त के पर्ला भन्ने सोच्दै हुनुहुन्छ भने तपाईंको अनुमान गलत भयो। अमेरिकाको मायामी बिचमा एउटा केरा एक लाख २० हजार डलर अर्थात् करिब एक करोड चालीस लाख रूपैयाँ बिक्रीमा राखिएको छ।, यो केरा सुनको है... |
रोशन सिग्देल काठमाडौंमा तपाईंका टोलमा सडकका खाल्डाखुल्डी पुरिँदैछन्? आलो अलकत्राको गन्ध तपाईंको घरछिमेकमा आइपुगेको छ? डोजरले आलो पिच पेल्दा सडक जाम भएको छ कि?, आर्थिक वर्ष सकिनै लाग्दा बजेट फ्रिज हुने डरले हतारहतार काम गर्ने नेपाली विकासे मोडलको सट्टा यसपालि हिउँदमै असारे चटारो देखिएको छ। धमाधम उपत्यकाका सडकहरूमा रहेक... |
खिलानाथ ढकाल विभिन्न पाँच वटा मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा बहिस्कार गरे पनि त्यसबाट उत्पन्न परिस्थितबारे सरकार निष्कृय देखिएको छ।, मेडिकल कलेजले गैरकानुनी रूपमा उठाएको शुल्कको विषयलाई लिएर बिहीबार राजधानीबाहिर चितवन, युनिभर्सल, गण्डकी, जानकी र नेसनल मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्क... |
युनिक श्रेष्ठ अहिले जताततै सडक धमाधम कालोपत्रे भइरहेको छ। सग्ला सडक देखेर मान्छेहरू खुसी भइरहेका बेला भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा भने बिहीबार बेग्लै दृश्य देखियो।, मध्यपुर थिमी नगरपालिकाले भीमसेनचोक–बोडे सडक कालोपत्रे गर्दै थियो। रोलरले कालोपत्रे सम्याउँदै गर्दा एक जना व्यक्ति आएर खैंतीले धमाधम खन्न थाले। यसको ... |
दिपकजंग शाही कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको रारामा फोरजी सेवा सुचारु गरिएको छ।, नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर नेपाल टेलिकमले द्रूत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो। बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम सुर्खेतका लेखा अधिकृत विमल पोखरेलले जानकारी दिए।, ट... |
दिपकजंग शाही वीरेन्द्रनगरकी सर्मिला अधिकारी (नाम परिवर्तन)को २५ वर्षअघि विवाह भएको हो।, विवाहपछि उनका चार छोरी जन्मिए। छोराको आश गरेकी उनको लगातार चार छोरी जन्मिँदा पनि आशा भने कायमै रह्यो। बढ्दो उमेरसँगै शर्मिलाको प्रजनन प्रक्रिया रोकियो।, छोराको आशमा सन्तानलाई जन्म दिने योजना बनाएका उनका श्रीमानको चित्त बुझेन। सर्मि... |
रासस ढिलासुस्ती भएको खाडीचौर–चरिकोट सडकखण्ड स्तरोन्नतिको काम द्रुतगतिमा गर्ने सहमति भएको छ।, सडक स्तरोन्नतिमा भएको ढिलाइ विरुद्ध आन्दोलनरत नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका प्रतिनिधिबीच बिहीबार सडक स्तरोन्नति द्रुतगतिमा गर्ने सहमति भएको हो।, लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीपक बा... |
खिलानाथ ढकाल गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणामाथि आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।, गृह स्रोतका अनुसार संघीय प्रहरी इकाइ धरानमा कार्यरत एएसपी राणामाथि यौन शोषणको आरोपमा अनुसन्धान गरी कारबाही गर्न मंगलबार प्रधान कार्यालयलाई पत्राचार गरिएको हो।... |
प्रेम ढकाल टाइफाइडको नयाँ खोपको परीक्षण नेपालका बालबालिकामा सफल भएको समाचार विश्वका सञ्चार माध्यमहरुले प्रमुखताका साथ प्रकाशित गरेका छन्। धेरै वैज्ञानिकहरू यो परीक्षण टाइफाइडविरूद्धको लडाइँमा महत्वपूर्ण खुड्किलो भएको बताएका छन्। तर नेपालमा भने यो खबरको सामाजिक सञ्जालमा विरोध भइरहेको छ। , विकसित राष्ट्रहरुले नेपालीह... |
सेतोपाटी संवाददाता भारतको उत्तरप्रदेशमा बलात्कारका विरूद्ध रायबरेलीस्थित अदालतमा बयान दिन जान लाग्दा एक महिलालाई उनका पीडकहरूले समातेर जलाएका छन्।, उत्तरप्रदेशको उन्नाओ जिल्लाको सिन्दुपुर गाउँकी २० वर्षिय ती महिला बिहीबार अदालतमा बयान दिन जान रेल स्टेशन पुग्न लागेको बेला केही मानिसले आएर कब्जामा लिएका थिए।, उनलाई गाउँ... |
रासस विपन्न परिवारका लागि झापाको अर्जुनधारा नगरपालिकामा ३३ घर निर्माणको काम सुरु भएको छ।, प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको शहरी विकास तथा भवन कार्यालय इलामले लक्षित वर्ग कार्यक्रमअन्तर्गत घर निर्माणको काम सुरु गरेको हो।, घर निर्माणका लागि एक करोड नौ लाख ७२ हजार पाँच सय रुपैयाँ बजेट विनियोजन भएको ... |
रासस मोटरसाइकल एकआपसमा ठोक्किँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।, मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३६ वर्षिय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, भरतपुरबाट रामपुरतर्फ गइरहेको ना४०प ७३१३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु४प ६६५० नम्बरको मोटरसा... |
एजेन्सी भारतको हैदरावादमा बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले गोली हानेर मारेको छ।, अघिल्लो साता अस्पतालबाट घर फर्किरहेकी २७ वर्षीया एक भेटेनरी डाक्टरलाई राति बलात्कार गरेर जलाइएको थियो।, ती डाक्टरको बलात्कार र हत्या अभियोगमा प्रहरीले चार जनालाई हिरासतमा लिएको थियो। शुक्रबार बिहान अनुसन्धानका लाग... |
एजेन्सी फिलिपिन्सकी १६ वर्षीय डेनिका मार्टिनेज हुर्किएकी घर हरेक वर्ष बित्दा अग्लो हुँदै जान्छ। उनका बुबा झोपडीको बाँस ठड्याएर समुद्रको पानी घरभित्र छिर्न दिँदैनन्।, उनको घर सिटिओ पारियाहान नामक गाउँमा छ, जुन फिलिपिन्सको राजधानी मनिलाबाट १७ किलोमिट। टाढा छ। कुनै समय टापू रहेको यो गाउँ अहिले भूमिहीन भएको अन्तर्राष्ट्रि... |
रासस महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रबार एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको छ।, सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलसागरका सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीका अनुसार लचका पुलमुनि रहेको खरबाट पेस्तोल र पाँच राउन्ड गोली बरामद गरिएको हो।, आज ब... |
युनिक श्रेष्ठ जंगलको राजा बाघको बालकथा सुन्नु भएकै होला। बाघले जंगलका जनावरलाई दुःख दिएको र जनावरले लिएको बदलामा आधारित छ।, बाघको त्रासले दिक्क भएपछि सबक सिकाउन सबै जनावर आफैं आहारा बनेर उपस्थित हुने वाचा गर्छन्। र पछि खरायोले जुक्ति लगाएर बाघलाई कुवामा खसाल्छ र जंगलमा खुसी छाउँछ।, यस्तै खालको कथामा आधारित छ, सातगाउँक... |
रासस डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ स्थित कफलकटेश्वर प्राथमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।, रावलले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालयमा छिमेकी राष्ट्र भारतको इलाहावादबाट प्राप्त उच्च शिक्षाको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी स्थायी नियुक्त लि... |
सेतोपाटी संवाददाता रुपन्देहीमा छोराले वृद्ध बुवाआमाको हत्या गरेका छन्। जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरस्थित गोरख यादवले आफ्नै घरमा धारिलो हतियार प्रहार गरी बुवा आमाको हत्या गरेको प्रहरीले जनाएको छ। , कान्छो छोरा गोरखले शुक्रबार बिहान घरको कोठाभित्र ७२ वर्षीय बुबा राम नारायण यादव र ७० वर्षीय आमा थगना या... |
दिपकजंग शाही सुर्खेतमा जडान गरिएको मौसमसम्बन्धी पूर्वसूचना दिने प्रणाली ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार)को उद्घाटन गरिएको छ।, सुर्खेत र दैलेखको सीमानामा पर्ने रातानाङ्लामा जडान गरिएको राडारको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले उद्घाटन गरेका हुन्।, उद्घाटनका क्रममा मन्त्री पुनले पूर्वसूचना प्... |
सुजना ढकाल काठमाडौंको झोछेँस्थित बालसेवा माध्यमिक विद्यालयको एउटा कोठामा बुधबार दिउँसो १२ बजे कक्षा एकदेखि १० सम्मका विद्यार्थी भेला भए।, कक्षाकोठाको 'ह्वाइट बोर्ड' मा एउटा चित्र देखियो। आफूजस्तै केटा र केटीको चित्रले विद्यार्थीहरूको ध्यान खिच्यो। पहेँलो र रातो रङ भएको त्यो चित्र देखेर धेरै विद्यार्थीले मुखामुख गरे। स... |
सेतोपाटी संवाददाता सुत्केरी हुन नसकेकी जाजरकोटकी एक महिलालाई हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको छ।, जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ की कमला नेपालीलाई मंगलबार बिहान सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा ल्याइएको हो।, सोमबार बिहानदेखि सुत्केरी व्यथा सुरु भएकी कमलाको बच्चा जन्मिन सकेको थिएन।, बच्चा नजन्मँदै अत्याधिक रक... |
सेतोपाटी संवाददाता बाग्लुङ जीप दुर्घटनामा परेर मृत्यु भएका १४ जनाको पहिचान खुलेको छ।, मृत्यु हुनेमा गुल्मी इस्मा गाउँपालिका ५ का रेशम थापा (जीप चालक), वसुन्धरा कार्की, माया थापा, सिता कार्की, भुमी कार्की, मुना कार्की, झवी कार्की, सुचना कार्की, अनुसा कार्की, महेन्द्र कार्की, मिना बस्नेत रहेका छन्।, त्यस्तै नवलपरासी वर्... |
सेतोपाटी संवाददाता धनुषामा १४ महिनाका बच्चा (गोलु) सुतिरहेकै ठाउँबाट दुई दिनदेखि हराएका छन्।, घटनालगत्तै बच्चा चोरी भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको बताए पनि बच्चा भने फेला परेका छैनन्।, सबैला नगरपालिका-१० खरिहानी टोल बस्ने दीपनारायण साहका १४ महिने छोरा गोलु साह आइतबार राति ८ बजे सुतिरहेकै ठाउँबाट हराएका हुन्।, ... |
सेतोपाटी संवाददाता सामाजिक सञ्जाल ह्वाट्स एपमा अमेरिकाबाट आइफोन, ल्यापटप, मोबाइल, क्यामरा, घडी, श्रृङगार लगायतका सामानहरू सस्तो मूल्यमा पठाइदिने विज्ञापन गरी ठगी गरेको अभियोगमा दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भक्तपुर कौशलटार बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका(१० घर भएका २२ वर्ष... |
सेतोपाटी संवाददाता मोरङमा टिपरले ठक्कर दिँदा चार वर्षीया बालिकाको ज्यान गएको छ। प्रहरीका अनुसार मोरङको उर्लाबारी दक्षिण सडकखण्डमा टिपरको ठक्करले उर्लाबारी नगरपालिका-५ डुम्राहाकी चार वर्षीया राधिका मण्डलको मृत्यु भएको हो।, ना८ख ७०५३ नम्बरको टिपरले ठक्कर दिँदा मंगलबार दिउँसो उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ... |
सेतोपाटी संवाददाता नेपालका जगन चापागाईं अन्तर्राष्ट्रिय रेडक्रस महासंघको कार्यकारी प्रमुख अर्थात् महासचिव चयन भएका छन्।, १९० मुलुकमा कार्यरत रेडक्रसको यस तहमा पुग्ने उनी पहिलो नेपाली हुन्।, जेनेभामा मंगलबार बसेको महासंघको कार्यकारी निकायले चापागाईंलाई महासचिव पदमा चयन गरेको हो।, इन्जिनियरिङको पढाइ गरेका जगन चितवनका बा... |
सुदीप श्रेष्ठ यो कुनै मन्त्रालयको योजना महाशाखाले बनाएको नक्सा होइन। कुनै नगरपालिकाको योजना विभागले बनाएको पनि होइन।, यो लगनखेल, पाटनका स्थानीय पूर्ण स्थापितले परिकल्पना गरेको सप्तपाताल पोखरीको डिजाइन हो। यही परिकल्पना पूरा गर्न उनले चौध वर्ष कानुनी लडाइँ लडे।, तपाईंहरूलाई सप्तपाताल पोखरीबारे जानकारी छैन भने थाहा पाइह... |
सेतोपाटी संवाददाता महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित गढन्ता पुल नजिकै दर्शनार्थी बोकेको पिकअप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने १६ घाइते भएका छन्।, मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–२ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतको विहार राज्यको सिताही बस्ने ६५ वर्षीया वर्तनियादेवी साह रहेको जिल्ला प्रहरी क... |
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय महेशपुर पतार सिरहाको हिरासतबाट भागेका सातमध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, शनिबार खाना खुवाउने क्रममा हिरासतमा रहेका ११ जना थुनुवामध्ये सात जना थुनुवा फरार भएका थिए। पक्राउ पर्नेमा नवीन यादव, गणेश साह, रन्धीर यादव र साखुनन्कर भोर रहेका छन्।, सिरहाका प्रहरी उपरीक्षक उमा... |
सेतोपाटी संवाददाता बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा थौरै तोकिएको विरोधमा गोरखा आरूघाट र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।, जिल्ला प्रशासन कार्यालय गोरखाले घरजग्गाको मुआब्जा थोरै तोकेको विरोधमा गोरखातर्फ आरूघाट, आर्खेत र धादिङतर्फ त्रिपुरासुन्दरीको खहरेक... |
सेतोपाटी संवाददाता सिरहाको गोलबजार नगरपालिका-६ बाट प्रहरीले ब्राउन सुगरसहित चार युवकलाई पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले मंगलबार राति गोलबजार-३ बाट आठ पोका ब्राउन सुगरसहित पक्राउ गरेको हो।, पक्राउ पर्नेहरूमा गोलबजार-६ का १८ वर्षीय बालकृष्ण साह, गोलबजार-३ का १८ वर्षीय मनिष श्रेष्ठ, २२ वर्... |
एजेन्सी भारतको छत्तिसगढमा बुधबार सहकर्मीको गोली प्रहारबाट पाँच जना इन्डो-टिबेटियन बोर्डर प्रहरी(आइटिबिपी)को मृत्यु भएको छ।, स्थानीय प्रहरीका अनुसार नारायणपुरस्थित कडेनार क्याम्पको ४५ औं बटालियनमा प्रहरी जवानले एक-अर्कालाई गोली हान्दा पाँच जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्।, एक प्रहरी जवानले गोली हानेर चा... |
सेतोपाटी संवाददाता भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतम घुस रकमसहित पक्राउ परेका छन्।, नासु मिश्रले सेवाग्राहीको मोही लागत कट्टा गर्ने प्रयोजनका लागि कार्यालय सहयोगी गौतमलाई ४० हजार दिनु भनी घुस माग गरेका थिए। सोही प्रयोजनका लागि सेवाग्राहीसँग घुस म... |
सेतोपाटी संवाददाता गोदावरीमा सडक विस्तारको काम गर्दै गरेका स्काभेटर चालकलाई स्थानीयले कुटपिट गरेका छन्।, बुधबार बिहान आठ बजे गोदावरी बसपार्कभन्दा डेढ किलोमिटर तल पर्खाल लगाउँदै गरेका स्काभेटर चालक सन्तोष कोइरालालाई स्थानीयले हात भाँच्चिने गरी कुटपिट गरेका हुन्।, सेन्टरबाट ८ मिटर चौडाइमा पर्खाल लगाउने क्रममा केही स्थान... |
सेतोपाटी संवाददाता आन्दोलनरत् चिकित्सा शिक्षा एमबिबिएसलगायतका विद्यार्थीले परीक्षा बहिस्कार गरेका छन्।, आजदेखि सुरू हुने भनिएको बिडिएस, नर्सिङलगायत आठ संकायका परीक्षार्थीले परीक्षा बहिस्कार गरेका हुन्। बिहीबारदेखि भने एमबिबिएस पहिलो वर्षको परीक्षा तय भएको थियो।, युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल क... |
सेतोपाटी संवाददाता बाग्लुङमा मंगलबार भएको जीप दुर्घटनामा परी बेपत्ता भएका ६५ वर्षीय धनबहादुर कार्कीको शव फेला परेको छ।, दुर्घटना भएको स्थानभन्दा केही मिटर तल खोलाले बगाएको अवस्थामा बुधबार इस्मा गाउँपालिका ५ का कार्कीको शव फेला परेको प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए।, गुल्मीको इस्माबाट मंगलबार बाग्लुङको बुर्तिब... |
सेतोपाटी संवाददाता मुस्ताङको घरपझोङ ३ जोमसोममा रहेको होटल होलिडे होममा एक भारतीय पर्यटकको मृत्यु भएको छ।, मृत्यु हुनेमा भारतको छत्तिसगढ राइपुरका ६१ वर्षीय सरालु नाडु को ए रहेका छन्। उनको हाइ अल्टिच्युडका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।, यस्तै, मनाङको तिलिचो ताल क्षेत्रबाट ३३ जना पर्यटकको उद्धार गरिएको छ। मनाङको ङि... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका डिएसपी कुमोध ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।, काठमाडौं जिल्ला अदालतले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको प्रहरीले पुष्टि गरेको छ।, उनलाई गत वैशाखमा प्रहरी प्रधान कार्यालयले पदबाट निलम्बन गरेको थियो।, लुटपाट तथा डकैती गरेको अभ... |
सेतोपाटी संवाददाता झम्सिखेल युथ क्लबको आयोजनामा 'चौथो झम्सिखेल सडक महोत्सव २०७६' हुने भएको छ। मंगलबार ललितपुरमा भएको प्रेस सम्मेलनमा मंसिर २१ गते शनिबार आयोजना हुने जानकारी दिइयो।, झम्सिखेल परिसरको करिब ५०० मिटरभित्रको परिसरमा आयोजना हुने एक दिने महोत्सवमा गीत संगीत, खानाको स्टल, हाँस्यव्यंग्य लगायतका गतिविधि प्रमुख आ... |
रवीन्द्र शाही मंगलबार (१७ गते) दिउँसो त्रिभुवन विमानस्थलमा एक जना युवतीलाई प्रहरीले पक्राउ गर्यो।, पक्राउ पर्ने हुम्लाकी २९ वर्षीया सम्झना बुढा नियमित जहाजमा विमानस्थल आएकी यात्रु थिइनन्। न त उनी हुम्लाबाट नै आएकी थिइन्।, उनी हेलिकप्टरबाट काठमाडौं आएकी थिइन्। सिम्रिक एयरको हेलिकप्टरमा गोरखाबाट काठमाडौं आएकी उनीसँग व... |
सेतोपाटी संवाददाता आगामी शुक्रबार र शनिबार चार घण्टा कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्मको मुख्य लेनमा सवारी साधन चलाउन ट्राफिक प्रहरीले रोक लगाउने भएको छ।, मुख्य लेनमा सवारी साधन चलाउन रोक लगाउँदै ट्राफिक प्रहरीले दायाँ बायाँको सर्भिस लेनमा भने अनुमति दिएको छ। साग खेलकुदमा यी दुई दिन सो सडक खण्डमा साइक्लिङ हुदैँछ।... |
युवराज श्रेष्ठ मुस्ताङको घरपझोङ ३ रहेको होटल होलिडे होममा एक भारतीय पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको छत्तिसगढ राइपुरका ६१ वर्षीय सरालु नाडु को ए रहेका छन्। उनको हाइअल्टिच्युडका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।, यस्तै, मनाङको तिलिचो ताल क्षेत्रबाट ३३ जना पर्यटकको उद्धार गरिएको छ। मनाङको ङिस्याङ ९ तिलिचो ... |
दिपकजंग शाही बुधबार कर्णाली प्रदेश योजना आयोगका सदस्य दीपेन्द्र रोकाया र सांसद् पदमबहादुर रोकायासँग अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना समस्या राखे। समाधानका लागि पनि आग्रह गरे। तीमध्येका सुन्न र बोल्न नसक्ने प्रविण थापा र कविता रोकायाले सांकेतिक भाषामा आफ्ना समस्यासँगै माग राखे।, उनीहरुले भनेका कुरा नबुझेपछि योजना आयोगक... |
सन्जिब बगाले काठमाडौंको ढल्कुमा रहेको प्रहरी बिट नजिकै एउटा भाडाको फ्ल्याटमा बस्छन्, ५४ वर्षका राजु तुलाधर। श्रीमती र १ छोरी पनि उनीसँग छन्। काठमाडौंको असनका रैथाने तुलाधर कसरी भाडामा बस्ने भए होलान्?, यसका पछाडि पीडाको पहाड छ, रोगको सास्ती छ।, २३ वर्षअगाडि राजुको मिर्गौलाले काम गर्न छोड्यो। भारत गएर उपचारको प्रयास गर... |
सेतोपाटी संवाददाता करिब रातको १० बजेको समय। काठमाडौंको सडक चकमन्न बन्दै गए पनि शुक्रबारको रात अघिपछिभन्दा सवारीको चाप बढी नै थियो। साना सवारी र मोटरसाइकल कालीमाटी हुँदै कलंकी, बल्खु र त्रिपुरेश्वर हुइँकिँदै थिए।, काठमाडौंमा जाडो सुरू भइसकेको छ। बिहान-बेलुका न्याना कपडा नलगाई हिँड्न गाह्रै हुन्छ। त्यो पनि रातको १० बजे ... |
सेतोपाटी संवाददाता पोखराको मनिपाल शिक्षण अस्पतालमा शनिबार एक विदेशी नागरिकको मृत्यु भएको छ।, पासपोर्ट नम्बर ३०२५३५२७७ भएका ५७ बर्षीय ताइवानी नागरिक यु चाङ छिङको मृत्यु भएको प्रहरीले जनाएको छ।, उनी ८ मंसिरमा पोखराबाट अन्नपूर्ण आधार शिविर पदयात्रा गएका थिए।, पदयात्राबाट फर्किएका छिङ शनिबार विहान घान्द्रुकको टाडापानी आइप... |
सेतोपाटी इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी सिरहाबाट शनिबार साँझ सात जना थुनुवा फरार भएका छन्।, इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा विभिन्न मुद्दामा थुनुवाका रुपमा रहेका ११ जना शनिबार साँझ ६:३० बजेतिर फरार भएकोमा चार जनालाई तत्कालै प्रहरीले पक्राउ गर्न सफल भएको छ।, अन्य सात जना अझै फरार रहेको सिरहाका प्रमुख ... |
विनोद सापकोटा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार एम्बुलेन्समा ६ पुरुष थिए।, जिल्ला प्रहरी कार्यालय,सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माका अनुसार घटना लौकी नजिकै भएको हो।, शर्माका अनुसार विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गर... |
प्रभाकर गौतम महाकवि लक्ष्मीप्रसाद देवकोटा २०१२-१३ सालतिर साइकल चढेर डिल्लीबजारबाट कुपण्डोल नियमित आउजाउ गर्थे। बागमती पुलछेउको 'प्रगति' द्वैमासिकका सम्पादक नारायणप्रसाद बाँस्कोटाको घर उनको गन्तव्य थियो।, कमलमणि दीक्षितले त्यस बेला देवकोटा साइकलमा सवार भएको तस्बिर आफ्नो किताब ‘गुरुभेटी’ को अन्तिम पातोमा छापेका छन्। उक्... |
सेतोपाटी गएराति १ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा मृत्यु हुनेहरू एक्कै परिवारको भएको खुलेको छ। यसरी मृत्यु हुनेहरू उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका हुन्। निधन हुने अर्का व्यक्ति एम्बुलेन्स चालक हुन्।, विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीय... |
सेतोपाटी पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बिहान ८:४५ बजेको समयमा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गरिएको छ।, सडक निर्माणका क्रममा एक्कासी माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदारमध्ये तीन जनाको शवबाहिर निकालिएको सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरु... |
रासस चितुवा नियन्त्रणका लागि तनहुँको भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठका खोर राखिएपछि आइतबार बिहान एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको छ।, दिनप्रतिदिन चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि चितुवा नियन्त्रणका लागि वडा नम्बर ३ रिढीपानीस्थित कालिका सामुदायिक वनमा राखिएको खोरमा परेर चितुवा नियन्त... |
रासस राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको निर्णय बदर गरी ६४ जना भूकम्प पीडित पुनःनिर्माण लाभग्राही सूचीमा सूचीकृत भएका छन्।, पुनरावेदन समितिले प्राधिकरणको निर्णय बदर गरी ६४ भूकम्प पीडितलाई लाभग्राही कायम गरेको हो। समितिले एक हजार ५२० मुद्दाको फैसला गरेको सदस्य अधिवक्ता भीष्मराज कडरियाले जानकारी दिए।, कडर... |
रासस भरतपुर विमानस्थल आइतबारदेखि १० दिन बन्द हुने भएको छ।, विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न आजदेखि मङ्सिर २४ गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ।, कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरिसकिएको छ। धावनमार्गको ठाउँ... |
भगवती पाण्डे पश्चिम नेपाल यातायात व्यवसायी प्रालीले आफू मातहत सञ्चालन हुने सवारी साधनको जाँचपासलाई अनिवार्य गरेको छ। , पहाडी तथा लामो दुरीमा सञ्चालन हुँदै आएका सवारी साधनहरुको प्रत्येक पटक यात्रा थाल्नुअघि प्राविधिक जाँचपास गर्न अनिवार्य गरेको हो । , कम्पनीका अध्यक्ष दधिराम खरेलले नम्बरमा जानु भन्दाअगाडि पहाडी तथा लाम... |
सेतोपाटी संवाददाता आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी प्रहरीले अस्पतालको आईसियूबाटै पक्राउ गरेको छ।, सुनसरी प्रहरीका प्रवक्ता डिएसपी विनोद शर्माको टोलीले गिरीलाई आज बिहान करिब ५ बजेतीर उनी उपचाररतः विराट नर्सिङहोम बाट पक्राउ गरेको हो।, शर्माले हाल उनको जिल्ला अस्पता... |
सेतोपाटी संवाददाता मिथिलाञ्चलको घर घरमा आज रामजानकी विवाहपञ्चमी महोत्सवको रौनकता छाएको छ। त्रेता युगको झ–झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि देश विदेशबाट लाखौ दर्शनार्थीहरु जनकपुरधाम आएका छन्।, आजै राति जनकपुरधामस्थित जानकी मन्दिरको प्राङगढमा वैवाहिक कार्यक्रमको आयोजना गरिने छ। वैवाहिक कार्यक्रमका लागि मन्दिरम... |
सेतोपाटी प्रसूति व्यथा लागेपछि उपचार गर्न ल्याइएकी श्रीमतीको उपचार खर्च जुटाउन भनि निस्किएका एक व्यक्ति बेपत्ता भएका छन्। उपचार गर्न ल्याइएकी श्रीमतीको भने मृत्यु भइसकेको छ।, जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का प्रेम बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरले सार्वजनिक ठाउँका सम्पूर्ण विज्ञापन सात दिन भित्र हटाउन निर्देशन दिएको छ।, सोमबार सूचना जारी गर्दै महानगरले घर, कम्पाउण्ड, छत, बिजुलीका पोल, सडकमा राखिएका डिभाइडर लगायतमा राखिएका पर्चा पम्पलेट, भित्तेलेखनजस्ता अनधिकृत विज्ञापन बोर्ड आफै हटाउन निर्देशन दिएको हो।, आफैले नहटाए महानगरले... |
एजेन्सी भारतको तमिलनाडु प्रदेशमा भारी वर्षाका कारण चार घर भत्कँदा १७ जनाको मृत्यु भएको छ।, सोमबार बिहान साढे पाँचतिर मानिसहरू सुतिरहेका बेला कोइमबाटोरको नादुर गाँउमा घर भत्किएका थिए।, मृत्यु हुनेमा सात वर्षका दुई बालकसमेत रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। सबै शव पोर्टमर्टमका लागि पठाइसकिएको छ।, प्रहरीका अनुसार ती चा... |
सेतोपाटी संवाददाता काठमाडौं, भक्तपुर, चितवन, बारा र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। , काठमाडौं महानगरपालिका १४ कलंकी मकालु पम्पनजिक नम्बर नखुलेको टिपरको ठक्करबाट नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा सोमबार बिहा... |
सेतोपाटी संवाददाता मकवानपुर प्रहरीले आइतबार राति २५ किलो चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा२५प ८७८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चरेस बरामद भएको हो।, प्रहरी उपरीक्षक मुकेश सिंहका अनुसार पक्राउ पर्नेमा भारत बिहार मोतिहारी... |
सेतोपाटी संवाददाता झापाको मेचीनगर नगरपालिका-६ तुर्केनीबाट ठूलो परिमाणको सुपारी बरामद भएको छ। नेपालबाट भारततर्फ लैजाँदै गरेको चार हजार ६ सय २० किलो सुपारी प्रहरीले बरामद गरेको हो।, इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले साइकलमा लोड गरी लैजान तयारी गरिएको झन्डै १३ लाख ८६ हजार रुपैयाँ बराबरको सुपारी बरामद ग... |
सेतोपाटी संवाददाता चताराधामका धर्मगुरू सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जबरजस्ती करणी मुद्दामा चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।, सुनसरी जिल्ला अदालतले सोमबार गिरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।, सुनसरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद शर्माका अनुसार सोमबार बिहान... |
अनुषा अधिकारी महिनावारीका कुरा, महिलाहरूको व्यवहारमा कहिलेकाहीँ असामान्य परिवर्तन आउँछ। छिनमै रिसाउने, छिनमै शान्त हुने।, कहिले भावनात्मक रूपमा कमजोर हुने। कहिले जति खाए पनि नअघाउने, कहिले रूच्दै नरूच्ने। घरि पीरो, अमिलो स्वादको चाहना बढ्ने, घरि टाउको दुख्ने, कब्जियत वा पखाला लाग्ने र स–साना कुरामा झिझिने।, के तपाईंहर... |
एजेन्सी दक्षिण फ्रान्समा बाढीपिडितको उद्धारका लागि गएको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको छ।, आइतबार राति इसी १४५ को हेलिकप्टर सम्पर्कविहीन भइ मार्सेलीमा दुर्घटना भएको हो।, दक्षिण पूर्वी फ्रान्समा भारी वर्षाका कारण बाढी पहिरोमा परी आइतबार दुई जनाले ज्यान गुमाएका थिए। हेलिकप्टर दुर्घटनाको मुख्य... |
सेतोपाटी संवाददाता भक्तपुरमा टिपरको ठक्करले एक जना युवकको मृत्यु भएको छ।, प्रहरीका अनुसार भक्तपुर नगरपालिका-१ सृजनानगरस्थित राधेराधेबाट सल्लाघरीतर्फको सर्भिस ट्रयाक सडकमा टिपरले ठक्कर दिँदा उदयपुर चौदण्डीगढी नगरपालिकाका २७ वर्षीय समीर विकको मृत्यु भएको हो।, तीनकुनेबाट भक्तपुरतर्फ गइरहेको सो टिपरले सडकमा हिँडिरहेका विक... |
एजेन्सी फिलिपिन्सका विद्यार्थीले प्राथमिक, उच्च विद्यालय र कलेजबाट ग्राजुएट हुन कम्तिमा दस वटा रूख रोप्नुपर्ने कानुन पास गरेको छ।, सिएनएनका अनुसार फिलिपिन्स सरकारले आधिकारिक रुपमा पारित गरेको नयाँ विधेयकमा प्राथमिक विद्यालय, उच्च माध्यमिक विद्यालय र कलेजका सबै विद्यार्थीले रूख रोप्नुपर्ने उल्लेख छ। , विधेयकका अनुसार व... |
सेतोपाटी संवाददाता राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको अभियोगमा तीन कम्पनीका सञ्चालक विरूद्ध कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। , आइतबार राजस्व विभागले सुर्तिजन्य पदार्थको कारोबार गर्ने तीन कम्पनीले एक करोड ८४ लाख ४१ हजार २ सय ८० रुपैयाँ राजस्व छली गरेको आरोपमा मुद्दा दायर गरेको हो।, कपिलवस्तु शिवराज ... |
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थलबाट ८ किलो सुनसहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। विमानस्थल भन्सार कार्यालय र नेपाल प्रहरीको संयुक्त टोलीले चेन होङयाङ र चेन क्वीनहाङलाई ८ किलो सुनसहित पक्राउ गरेको हो। , बिहीबार राति नेपाल एयरलाइन्सबाट हङकङ हुँदै नेपाल आएका उनीहरूको साथबाट सुन बरामद भएको प्रहरीले जनाएक... |
सेतोपाटी अज्ञात समूहले पुनर्वास नगरपालिकाको आइबीआरडी बजारमा बिहीबार दुई बैंक कर्मचारीमाथि साङ्घातिक आक्रमण गरेको छ।, आक्रमणबाट माछापुच्छ्रे बैंकमा कार्यरत प्रवीन भट्ट र शारदा पन्त घाइते भएका छन्।, दुवै जनाको टाउको र मुखमा चोट लागेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।, बैंकका व्यवस्थापक भट्टलाई उपचारका लागि का... |
सेतोपाटी हुम्लामा बिहीबार साँझदेखि हिमपात शुरु भएको छ। हिमपातसँगै चिसो बढेको छ।, जिल्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो। चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ।, जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्याधिक हिमपात भएको स्थानीयवासीले बताएका छन।, हिमपातपछि बालीनाली सप्रिने भन्दै य... |
सेतोपाटी संवाददाता सुर्खेत–दैलेख सडकखण्डमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे१ज १०२९ नम्बरको हायस गुराँस गाउँपालिका–४ मंग्रामा दुर्घटना भएको हो।, दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र अन्य सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।, प्रहरीका अ... |
सेतोपाटी संवाददाता शनिबार हुने उपनिर्वाचनका लागि भक्तपुर जिल्लाका निर्वाचन क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाएको छ।, शुक्रबार राति १२ बजेदेखि शनिबार बेलुकी ९ बजेसम्म भक्तपुर जाने सवारीसाधनलाई विभिन्न नाकाबाट प्रवेश गर्न रोक लगाइएको हो।, त्यस समयमा अत्यन्तै जरूरी सवारीसाधन एम्बुलेन्स, शव वाहन, दमकल र निर्वाचन आयोगका ... |
सेतोपाटी संवाददाता यौन दुर्व्यवहारको आरोपमा मेडिसिटी डाक्टर रोहितकुमार झालाई प्रहरीले पक्राउ गरेकोप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ।, बिरामीको जाँच गरिरहेका डाक्टरलाई अनुसन्धानबिना अस्पताल परिसरबाट पक्राउ गरिएको वियषमा संघले आपत्ति जनाउँदै संशोधित मुलुकी अपराध संहिता ऐन बमोजिमको कानुनी कारबाही अगाडि बढाउन माग... |
सेतोपाटी संवाददाता राजस्व अनुसन्धान विभागले ८६ लाख राजस्व छली गरेको आरोपमा दुई कम्पनी सञ्चालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।, बुधबार विभागले झुटो र नक्कली विजकको प्रयोग गर्ने दुई फर्मका संचालक विरुद्ध मुद्दा दायर गरेको हो। काभ्रे मण्डनदेउपुर नगरपालिका ११ स्थित प्रभा इन्टरप्राईजेजका संचालक राम प्रस... |
रासस नागरिक उड्यन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मतसम्भार गर्न १० दिन विमानस्थल बन्द हुने भएको छ। यही मङ्सिर १५ देखि २४ गतेसम्म हवाई सेवा रोकेर काम गर्न लागिएको हो।, ,कार्यालय प्रमुख पवनकुमार गौतमका अनुसार धावनमार्ग ओभरले तथा पार्किङ विस्तारका लागि हवाई सेवा रोकेर काम गर्न लागिएको हो। धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखु... |
सेतोपाटी संवाददाता प्रहरीले सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमति-पत्रलगायत कागजात किर्ते बनाउने गिरोहलाई पक्राउ गरेको छ।, अवैध रूपमा नक्कली कागजातहरू बनाई सर्वसाधारणबाट ठूलो रकम असुल गरीरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बिहीबार काठमाडौंका विभिन्न स्थानम... |
सुदीप श्रेष्ठ अतिक्रमणले टुँडिखेल बिग्रेको, भत्केको कुरा हामीले धेरै गर्यौं। आज अलि फरक कुरा गर्दैछु।, टुँडिखेलको सबै अतिक्रमण नराम्रो छैन। २०७२ को भुइँचालोपछि एउटा यस्तो अतिक्रमण भयो, जुन त्यति बेला हामीलाई नराम्रो लागेको थियो। यस्तो के गरेको होला भनेर दिक्क मान्दै नाक खुम्च्याएका पनि थियौं। आज त्यही अतिक्रमणले टुँड... |
सेतोपाटी संवाददाता सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदातल सुनसरीले शुक्रबार गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।, ‘अदालतले अनुमति दिइसकेको छ,’ अदालतका तहसिलदार ईश्वर भण्डारीले सेतोपाटीसँग भने।, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उप... |
सेतोपाटी संवाददाता सुर्खेत–दैलेख सडक खण्डमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।, सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको बुलबुले यातायात प्रालिको भे१ज १०२९ नम्बरको हायस गुराँस गाउँपालिका–४ मंग्रामा दुर्घटना भएको हो।, दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन बालबालिकासहित १५ जना... |
रासस मादकपदार्थ सेवन गर्न हतियारसहित सप्तरी आएका भारतीय नागरिकलाई एक वर्ष कैद सजाय सुनाइएको छ।, बिहीबार जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले भारत बिहारको सुपौल जिल्ला डगमाराग्राम पञ्चायत १२ कुनौली थाना सोनापुर बस्ने २२ वर्षीय रमेशकुमार मण्डललाई एक वर्ष कैद सजाय गरेको हो।, कैद सजायका साथै अदालतले १० हजार रुपैया... |
सेतोपाटी संवाददाता कञ्चनपुरको महाकाली नगरपालिका-३ चाँदनीका २२ वर्षीय दीपक पन्तलाई हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई सार्वजनिक ग... |
सेतोपाटी संवाददाता धनकुटा नगरपालिका-१ हिलेस्थित कोशी राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका चालक र सहचालकको मृत्यु भएको छ।, शुक्रबार दिउँसो साढे १ बजे सिधुवाबाट हिलेतर्फ आउदै गरेको को २ त ८७२१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टेर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो।, दुर्घटनामा धनकुटा सिंजाली बस्... |
सेतोपाटी संवाददाता घुस लिइरहेको अवस्थामा प्रहरी निरीक्षण (इन्स्पेक्टर)लाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।, शुक्रबार दिउँसो प्रहरी निरीक्षक रामकिशोर साहलाई अख्तियारको बर्दिवासस्थित कार्यालयको टोलीले पक्राउ गरेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।, जनकपुर-८ को सीता प्यालेस होटलबाट उन... |
सेतोपाटी संवाददाता अर्घाखाँची जिल्लाको नरपानीमा बुधवार भएको बस दुर्घटनाको छानविन गर्न ९ सदस्यीय समिति गठन भएको छ।, शुक्रबार जिल्ला प्रशासन कार्यालय अर्घाखांचीमा बसेको छलफल र समीक्षा बैठकले सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेको संयोजकत्वमा ९ समिति गठन भएको हो।, छानबिन समितिका सन्धिखर्क नगरपालिका, जिल्ला ट्रा... |
सेतोपाटी संवाददाता कैलालीमा सरकारी इन्जिनियर दुई लाख ५० हजार घुससहित पक्राउ परेका छन्।, शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग कैलालीबाट खटेको टोलीले इन्जिनियर त्रिलोक जोशीलाई घुस लिँदै गर्दा कार्यकक्षबाट पक्राउ गरेको हो।, कैलाली सहरी विकास तथा भवन निर्माण विभाग, धनगढी संघीय आयोजना कार्यान्वन इकाईमा कार्यरत इन्जिनि... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा कार्यरत इन्स्पेक्टर राम किशोर साह ९० हजार घुससहित पक्राउ परेका छन्।, शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग, बर्दिबासले ठगीको मुद्दा मिलाइदिने भनि सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई रंगेहात पक्राउ गरेको हो।, साहलाई आयोगले घुस रकम ९० हजारसहित जनकपुर उपमहानगरपालिक... |
एजेन्सी भारतमा एक जना डाक्टरको बलात्कारपछि हत्या भएको छ। , हैदरावादको शादनगरकी २६ वर्षीया भेटनरी डाक्टर पोतुला प्रियंका रेड्डी बुधबार अस्पतालबाट घर फर्किँदै थिइन्। उनको स्कुटर नजिकैको एउटा प्लाजाको पार्किङ गरिएको थियो।, त्यो दिन उनको स्कुटरको टायर पन्चर भएको रैछ। रात परिसकेको थियो। नजिकै वर्कसप थिएन। उनी त्यहीँ अड्क... |
सेतोपाटी संवाददाता विवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत तथा सम्मान गरेकी छिन्।, ,जनकपुरधामस्थित रंगभूमि मैदान बाह्र बिघामा आयोजित कार्यक्रममा राष्टपति भण्डारीले जन्तीलाई दोसल्ला र फूलमाला लगाई सम्मान गरेकी हुन्। उनले ऋषि विश्वामित्रको भूमिकामा रहेका अयोध्याका सन्... |
सेतोपाटी संवाददाता सर्लाहीको जिल्ला अस्पताल मलंगवामा शुक्रबार दिउँसो आगलागी भएको छ।, दिउँसो करिब दुई बजेको समयमा अस्पतालमा विद्युत सर्ट भई आगलागी भएको हो। अस्पतालमा आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।, एक थान कम्प्युटर, ल्यापटप दुई थान र फ्रिज एक थान, प्रोजेक्टर एक थान र ७५... |
एजेन्सी ३ वर्ष अघि बंगलादेशको राजधानी ढाकाको होटल अर्टिसन क्याफे आक्रमणमा संलग्न ७ जनालाई मृत्यु दण्डको सजाय सुनाइएको छ। सन् २०१६मा भएको आक्रमणमा हातहतियार दिन सहयोग गर्ने ७ जनालाई बंगलादेशको अदालतले बुधबार मृत्यु दण्डको सजाय सुनाएको हो।, उक्त घटनामा २२ जनाले ज्यान गुमाएका थिए, जसमा ९ इटालियन, ७ जापानी, एक अमेरिकन र ए... |
सेतोपाटी संवाददाता अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ।, सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो।, दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरि... |
द न्यूयोर्क टाइम्स के–पप (कोरियाली) चर्चित गायिका सुल्लीले गत महिना आत्महत्या गरिन्।, सुल्लीको मृत्युमा उनकी साथी तथा ब्यान्डकी सदस्य गू हाराले लाइभ भिडियोमार्फत् विदाइ गर्दै भनेकी थिइन्- उनले आफ्ना इच्छाअनुसारका गीत स्वर्गमा पनि सुनाउँछिन् होला!, गायिका हाराले थप भनेकी थिइन्, 'अब म दोब्बर मिहिनेत गर्नेछु। मेरा फ्यानह... |
सेतोपाटी संवाददाता काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ।, बुधबार राति १०:८ बजे सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।, भूकम्पको धक्का सिन्धुपाल्चोकका आसपासका जिल्लामा समेत महशुस गरिएको थियो।, २०७२ सालमा गोरखाको बारपाक केन्... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.