content
stringlengths
20
64.1k
सुजिता कार्की अरुलाई नियमन गर्ने निकाय आफैंँले नियमको पालना नगरेको पाइएको छ ।,नेपाल विद्युत् प्राधिकरणको ६० दिनभित्र महसुल तिर्नुपर्ने नियम भए पनि विभिन्न सरकारी निकायले लाखौँं रुपैयाँ महसुल तिर्न बाँकी राख्दै आएका छन् । गत आवको असारसम्ममा ललितपुरका सबै सरकारी कार्यालयको बाँकी बक्यौता रकम  १२ करोड २६ लाख ८९ हजार रुपैय...
सुजिता कार्की थोरै क्षेत्रफलमा धेरै पाटे बाघ, विश्वमै दुर्लभ बाह्रसिंगाको विशाल झुण्ड, त्यसैमा दुर्लभ एकसिंगे गैँडा र हात्तीको लस्कर । त्यतिमात्र नभई ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी, सीमसार क्षेत्र र ऐतिहासिकस्थल छन् कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र ।,वन्यजन्तुप्रेमी पर्यटक पक्कै पनि एकैथलोमा अवलोकन ग...
सुजिता कार्की दक्षिण कोरियालीको कोरिया साउथ–इष्टपावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  एक करोड दुई लाख ५७ हजार ८ सय ७१ रुपैयाँ सहयोग गरेको छ।,उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्र मन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्...
सेतोपाटी संवाददाता नेपाल मेडिकल काउन्सिलको नयाँ कार्यसमिति चयनका लागि काठमाडौंमा भोलिदेखि निर्वाचन हुने भएको छ।,१ जना उपाध्यक्ष र ८ जना सदस्यहरूको ४ वर्षको कार्याकालका लागि काठमाडौंको मृकुटीमण्डपस्थित नेपाल प्रहरीको हेल्थ क्लव र ललितपुरको जावलाखेलमा रहेको स्थानीय विकास प्रशीक्षण प्रतिष्ठानमा निर्वाचन हुने काउन्सिलको न...
सुजिता कार्की नेपाल विधुत् प्राधिकरण धनगढी वितरण केन्द्रमा लामो समयदेखि विद्युतको महसुल नबुझाउने ३०५ ग्राहक कालोसूचीमा परेका छन् ।,लाइन काटिएको छ महिनासम्म पनि महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखिएको नेपाल विद्युत् प्राधिकरण धनगढी कार्यालयका लेखापाल गोविन्द ढकालले बताए । कालोसूचीमा पर्नेमा घर विक्री गरी अन्यत्र बस...
चेतना गुरागाईं गत साउन महिनामा परेको अविरल वर्षापछि प्रदेश नम्बर २ का बाढीबाट प्रभावित आठ जिल्लाका सडक, पुल, कलभर्ट तथा बाटोहरू मर्मत कार्य सम्पन्न भएको छ ।,आगामी असोज २ गते हुन गइरहेको तेस्रो चरणको स्थानीय निर्वाचनको क्रममा सर्वसाधारण जनतालाई मतदान केन्द्रहरूसम्म पुग्ने पहुँच मार्ग तथा सडकहरू सुरु गर्न स्थानीय निकायह...
सुजिता कार्की राष्ट्रियस्तरमा भूकम्पसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गरिने लक्ष्यका साथ सिन्धुपाल्चोकमा भूकम्पस्मृति उद्यान निर्माण सुरू भएको छ ।,विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा देशमा भएको क्षतिको ४० प्रतिशत मानवीय र ९५ प्रतिशत भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा मुलुकका अति प्रभावित १४ जिल...
सुजिता कार्की सुरक्षित, व्यवस्थित र नियमित आप्रवासका लागि विश्वव्यापी सहकार्य (जिसिएम)को खाकाको सम्बन्धमा ‘कोलम्बो प्रोसेस’मा आबद्ध एसियाका १२ राष्ट्रको साझा धारणा तयार गर्ने विषयमा केन्द्रीत रही ती देशका प्रतिनिधि सहितको परामर्श बैठक आजदेखि  सुरू भएको छ ।,कोलम्बो प्रोसेसमा नेपालसहित भारत, चीन, कम्बोडिया, इन्डोनेसिया,...
सुजिता कार्की तानसेन नगरपालिकाले चालू आवमा ६९ करोड ११ लाख ३१ हजार ९ सय ४७ रुपैयाँ बजेट विनियोजन गरेको छ ।,नगरपालिकाले आन्तरिक आयमा  चार करोड ६४ लाख ८० हजार रुपैयाँ , नेपाल सरकारको निशर्त अनुदान  २३ करोड ८२ लाख ४७ हजार रुपैयाँ , गत आवको नगरपालिकाको बाँकी रकम  छ करोड ९२ लाख १० हजार ९ सय ४७ रुपैयाँ  गरी कुल निशर्त अनुदान...
नारायण खड्का राप्ती अञ्चल अस्पताल तुलसीपुरमा विद्युत नहुँदा मोबाईलको उज्यालोले उपचार गर्नु परेको चिकित्सकहरूले बताएका छन् ।,अस्पताल हातामा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्‍याएपछि अस्पताल विद्युत विहिन बनेको छ । विद्युत नुहँदा अक्सिजन उत्पादन र एक्सरे जस्ता सेवाहरू ठप्प भएका छन् । जसले गर्दा सामान्य प्रकृतिका ब...
कुमार चौलागाईं त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा केन्द्रबाट खटिएका आन्तरिक लेखापरीक्षकको टोलीले अनियमितता गरेको भेटिएको छ ।,त्रिविबाट काज लिएर गएका लेखापरीक्षकले क्याम्पसको आन्तरिक लेखापरीक्षण गर्ने क्रममा ती क्याम्पसलाई पनि थप आर्थिक भार पारिदिएको पाइएको हो ।,अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा ला...
चेतना गुरागाईं निर्माणाधीन माथिल्लो सोलु हाइड्रो पावर कं र प्रभावित क्षेत्र साल्मेका बासिन्दाबीच आंशिक सहमति भएको छ ।,जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले स्थानीयवासीले राखेका मागलाई केन्द्र भागमा राखेर पूरा गर्न सकिने माग तत्काल कार्यान्वयन गर्ने गरी द्विपक्षीय सहमति गरिएको छ ।,सोलु दूधकुण्ड नगर...
प्रकाश ढुंगाना ८८ किलो सुन काण्डमा ५ जना सुन व्यवसायी मुछिएका छन् ।,रन्जना ट्रेड सेन्टरमा रहेको कार्य विनायक सुनचाँदी गहना पसलका संचालक गणेश दत्त,रविश्याम ट्रेडसका संचालक सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसलका संचालक शुभरत्न शाक्य,उल्लास दिनकर, नन्दकुमार मर्गलाई प्रहरीले पक्राउ गरेको छ।,महानगरीय अपराध महाशाखाका प्रम...
अर्जुन गिरी वैशाख ३१ गते ४५ वर्षीय विक्रम परियारको हत्यामा धारिलो हतियार र ढुंगाले प्रहारबाट हत्या भयो । कुनै पुरानो रिसइबी या अन्य कारण थिएन उनको हत्या हुनुमा । फोटो खिचेको विषयलाई लिएर ब्यास नगरपालिका–१ भादगाउँको छाला उद्योग नजिकै परियारलाई ५ जनाले धारिलो हतियार र ढुंगाले हानेर हत्या गरे । जुन घटना अहिले पनि बिर्सेक...
विद्या राजपुत म्यान्मारको आदिवासी रोहिङ्ग्या मुस्लिम समुदायमाथि जारी अत्याचार र विस्थापनको विरुद्ध काठमाडौंमा शनिबार विरोध कार्यक्रमको आयोजना गरिएको छ।,तराई मधेश राष्ट्रिय परिषद्ले माइतीघर मण्डलामा आयोजना गरेको कार्यक्रममा विभिन्न समुदाय र पेशाआबद्ध एक सयभन्दा बढी व्यक्तिले रोहिङ्ग्या मुस्लिम समुदायको पीडा र संघर्षमा ...
सुजिता कार्की तीन दिनदेखिको लगातार वर्षाका कारण आज बिहानदेखि साँफे–मार्तडी सडकखण्डअन्तर्गतको तिपाडामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।,राजमार्ग अवरुद्धपछि छोटो तथा लामो दूरीका यातायातका साधन र मानिस आवतजावत गर्न नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।,सडकको माथि रहेको सामुदायिक वनबाट आएको पहिरोले सडक अव...
सुजिता कार्की पर्वत जिल्लाको महाशीला गाउँपालिकामा चक्रपथ निर्माण कार्य सुरू भएको छ ।,महाशीला गाउँपालिकाका सबै वडामा बाह्रैमास यातायातको सुविधा पुर्‍याउने उद्देश्यले चक्रपथ निर्माण सुरू गरिएको हो ।,गाउँपालिकाअन्तर्गतका साविकका छवटै गाविसलाई जोड्ने गरी चक्रपथ निर्माण कार्य थालिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानका...
सुजिता कार्की नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीमा आगलागी भएको छ ।,एघार केभी प्रशारण लाइनको इन्कमिङ फिडरमा गए राति आगलागी भएको प्राधिकरण बैतडीका प्रमुख मोहनदेव जोशीले जानकारी दिए । विद्युत चुहिएर आगलागी भएको बताइएको छ ।,३३ केभी प्रसारण लाइनलाई ११ केभीमा स्थानान्तरण गर्ने यन्त्र आगलागीका कारण नष्ट भएको हो । उ...
सुजिता कार्की आकस्मिकबाहेक सबै सेवा ठप्प पारी महाकाली अञ्चल अस्पताल भीमदत्तनगरका चिकित्सक आन्दोलनमा उत्रेपछि बिरामी मर्कामा परेका छन् ।,तीन दिनदेखि चिकित्सकले बहिरंग सेवा ठप्प पारी आन्दोलनमा लागेपछि बिरामी उपचारका लागि अन्यत्र जान थालेका छन् । सरकारले ल्याएको विधेकको विरोध गर्दै चिकित्सक आन्दोलनमा गएपछि बिरामीले चर्का...
नारायण वाग्ले , ,   , ,   , ,   , , , , ,  , , ,  , , , , ,  , ,[caption id="attachment_91967" align="alignnone" width="1500"], ????????????????????????????????????[/caption], ,  ,  , , ,  , , ल्हासाबाट ल्हास्सो (फोटो फिचर)
चेतना गुरागाईं नारायणगढ–मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ ।,सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् । सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार चार पुलको आउँदो एक महिनाभित्र ठेक्का सम्झौता हुने छ । उनका अनुसार बोलपत्र भइसकेका ती पुलको ...
चेतना गुरागाईं संस्कृति जगेर्नामा सहयोग पुर्‍याउने उद्देश्यले सन्थाल समुदायलाई परम्परागत बाजा हस्तान्तरण गरिएको छ ।,बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले सन्थाल समुदायको संस्कृति जोगाउन बाजा हस्तान्तरण गरिएको जानकारी दिए। बिर्तामोड वडा नं १ कार्यालयले सोही वडामा रहेका सन्थाल समुदायका अगुवालाई मादल, ड्रम, दमाहा...
चेतना गुरागाईं रामपुरमा जीप र मोटरसाइकल ठोक्किँदा बिहीबार एकको मृत्यु भएको छ ।,साँझ करिब ७ बजे रामपुर नगरपालिका–४ इस्लामपुर नजिकै भएको दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार रामपुर–४ बडवान बस्ने अन्दाजी २५ वर्षीय सुरज सेनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।,मोटरसाइकल चालक अन्दाजी १८ वर्षीय सु...
चेतना गुरागाईं जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गए राति १२ हजार ३०७ बोकाको बलि दिइएको छ ।,राति ८-१९ मिनेटमा शुरु भएको बलिको कार्यक्रम ३ बजेर २१ मिनेटसम्म चलेको थियो । गत साल मन्दिरमा १४ हजार ६१७ बोकाको बलि दिइएको राजदेवी पूजाका मूल आयोजक महावीर युवा कमिटीका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादले बताए।,नवमीका दिन आज...
चेतना गुरागाईं यही महाअष्टमीको दिन तृष्णा शाक्यलाई विधिवत् कुमारी देवीका रुपमा प्रतिस्थापन गरिने भएको छ।,गणतन्त्र स्थापनापछिको पहिलो कुमारी मतिना शाक्यको उमेर १२ वर्ष पुगेकाले उनको ठाउँमा राजधानीको ओमबहालकी तृष्णा शाक्यलाई कुमारी छनोट गरिएको हो।,तीन वर्ष उमेरमा कुमारी भएकी मतिनालाई अष्टमीकै दिन राजकीय सम्मानका साथ ‘कु...
सुजिता कार्की बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न १.७ किमी बाँकी भएकाले राजधानीमा पानी भित्रिन अझै छ महिना पर्खनुपर्ने भएको छ।,सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ खन्ने काम आगामी डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य छ । सुरुङ खन्ने काम सम्पन्न भए पनि त्यहाँभित्र ढल...
रवीन्द्र शाही/नारायण महर्जन (तस्बिर) सात वर्षदेखि बल्खुको सुकुम्बासी बस्तीमा बस्दै आएका अर्जुन गुरुङ दमका बिरामी हुन्। अक्सिजन सिलिन्डर सँगै राख्नुपर्ने उनको बाध्यता छ। तर, ६५ वर्षीय गुरुङसँग आजदेखि केही रहेन। बस्ने एउटा टहरोदेखि भाँडाकुँडा, लत्ताकपडा सबै आगोले जलाएर खरानी बनाइदियो।,आठ कक्षा पढ्ने नातिनी र श्रीमतीसित ...
सुजिता कार्की भारतीय नम्बर प्लेट एस के ०१ जे १७७० पिकअप भ्यानको ठक्करबाट आज बिहानी भ्रमणमा निस्किएका एक व्यक्तिको मृत्यु भएको छ ।,कमल गाउँपालिका–५ निवासी ४५ वर्षीय खेम चम्लागाईंलाई पश्चिमबाट पूर्व आउँदै गरेको उक्त पिकअपले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला...
सुजिता कार्की तनहुँ जिल्लामा गत आर्थिक वर्षमा  २३ करोड ८८ लाख ६६ हजार ८१७ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।,ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला, पूर्ण अशक्त अपाङ्गता, आंशिक तथा अति अशक्त अपाङ्गता, ज्येष्ठ नागरिक (दलित), ५ वर्षमुनिका विपन्न दलित बालबालिकाका लागि सो  रकम भत्ता वितरण गरिएको हो ।,तीन हजार ...
सुजिता कार्की पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा मान्छेलाई आक्रमण गर्ने बाघको आनीबानी पत्ता लगाउन दुई वटा उच्चप्रविधिको सिसी क्यामेरा जडान गरिएको छ ।,बाघको आक्रमणबाट यही असोज १६ गते यहाँ निउरो टिप्न गएकी कुमरोजकी एलिना चौधरीको मृत्यु भएको थियो ।,मान्छेलाई आक्रमण गर्ने बाघ घाइते, रोगी हो या बच्चासँगै छ भन्न...
सुदीप श्रेष्ठ काठमाडौंमा राति २ बजेर ५ मिनेट जाँदा भुइँचालोको धक्का महसुस गरिएको छ।,दुई सेकेन्ड जति हल्लाएको यो परकम्प ३.७ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। काठमाडौंको नयाँ बसपार्क (गोंगबु) बाट उत्तरतिर केन्द्रबिन्दु पारेर गएको भूकम्प २०७२ वैशाख १२ गतेको भूकम्पकै परकम्प भएको पनि केन्द्रले ज...
चेतना गुरागाईं सन् २०१७को भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई दिइने भएको छ। म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका रेनर विसलाई आधा पुरस्कार र क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका ब्यारी बारिस र किप थोर्नलाई अर्को आधा पुरस्कार संयुक्त रूपमा दिइएको नोबेल पुरस्कारको भौतिकशास्त्रतर्फ निर्णाय...
चेतना गुरागाईं कुश्मा नगरपालिका–१४ स्थित ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा सञ्चालन भएको छ ।,सांसद विकास लम्सालले बिहीबार स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष कुमार सुवेदीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरेका हुन् । निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत आव ०७३÷७४ को बज...
सुजिता कार्की कुटपिट र धरिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सिरहा नगरपालिका–२ निवासी ४५ वर्षीय प्रताव रायको भारतको सिलिगुडीस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोे छ।,गत असोज ९ गते राति ११ बजे रायमाथि धारिलो हतियार प्रहार भएको थियो। टाउकामा धारिलो हतियार र जीउभरि रडले हानेको निलडाम रहेको अवस्थामा उद्दार  गरी रा...
सुजिता कार्की भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै रहेको खाजा पसलमा आगलागी हुँदा  तीन लाख ६८ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।,उदयपुर लेखगाउँ–२ घर भई हाल रेदिहाङ खाजा पसल सञ्चालन गर्दै आएका कृष्णबहादुर राईको खाजा पसलमा आज बिहान ग्यास सिलिण्डर पड्केर आगलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब ...
नारायण खड्का पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङ र बाँके जिल्लामा भएका दुईवटा बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई दर्जन बढी यात्रु घाइते भएका छन्।,मंगलबार काठमाडौंबाट  यात्रु बोकेर धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८२५५ नं. को यात्रुबाहक बस बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ लौकी खोलामा दुर्घटनामा हुँदा दुई...
सागर राज तिमिल्सिना नेपालीहरूको महान चाड बडादशैंको कोजाग्रत पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी सम्पन्न हुँदैछ।,असोज ५ गते प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको दशैंको आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधना गरी विसर्जन गरिने धार्मिक परम्परा रहिआएको छ।,कोजाग्रत पूर्णिम...
सुजिता कार्की सुर्नया गाउँपालिका–६ मा रहेको तेस्रो सुर्नयागाड लघुजलविद्युत् आयोजना बन्द भएको छ । आयोजनाको उपकरणमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध भएको आयोजना सञ्चालक समितिले जनाएको छ ।,बाह्र किलोवाट क्षमताको उक्त लघुजलविद्युत् आयोजना गएको एक सातादेखि बन्द रहेको सञ्चालक समितिका अध्यक्ष डम्मरदत्त अवस्थीले बताए।आयोजनाक...
प्रकाश ढुंगाना केही दिन अघि मकवानपुरको गोगने ५, चौकीटारकी चौध वर्षिया बालिका रुपा गुरुङ (नाम परिवर्तन) को विवाहको मिति टुङ्गियो। धादिङ जिल्लाका पच्चीस वर्षिय युवक जन्तीसहित बालिकालाई विवाह गरी लैजान उनको घरमा आए। एकातिर विवाहका लागि मण्डप तयार थियो, अर्कोतिर विवाहमा आउनेहरूका लागि भोज तयार हुँदै थियो।,बेहुला पक्षका आफ...
सुजिता कार्की गौशाला नगरपालिकाको कार्यालयबाट निर्णय पुस्तिका हराएको छ । नगरपालिका स्थापनापछि भएका निर्णय पुस्तिका पछिल्लो एक महिनादेखि हराएको कार्यालयका पदाधिकारीले जनाएका हुन् ।,प्राप्त जानकारीअनुसार तत्कालीन वडा सचिव सुदीप दाहालको नियन्त्रणमा रहेको सो निर्णय पुस्तिका नयाँ कार्यकारी अधिकृत रामजी जोशी आएलगत्तै हराएको ...
रवीन्द्र शाही वैदेशिक रोजगारीको सिलसिलामा विगत १० वर्षदेखि कुवेतमा रहँदै आएका एक नेपाली कामदारको उद्धार गरिएको छ ।,कुवेतको विकट ओफ्रा भन्ने ठाउँमा भेंडा चराउने काम गर्दैआएका नवलपरासी बर्दघाट नगरपालिका–१६ निवासी मीनराज भुसाल १० वर्षपछि घर फर्किएका हुन्।,लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेनविक्रम हमालको सहयोगमा भुष...
प्रकाश ढुंगाना अज्ञात समूहले मंगलबार साँझ सप्तरीको सुरुगा नगरपालिकास्थित त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार गरेको छ ।,साँझ ७ बजेतिर आएको समूहले डिस्ट्रलरीको गेटमा बसिरहेका सुरक्षागार्ड मोरङको सुन्दर हरैचा नगरपालिका–६ निवासी २५ वर्षीय नवराज कोइरालामाथि गोली प्रहार गरेका हुन् ।,गोली लागेर घाइते भएका सुर...
सागर राज तिमिल्सिना नक्कली पासपोर्ट र ट्राभल्स डकुमेण्ट  लिएर नेपाल आउने र विदेश जाने अपराधीहरूलाई पक्राउ गर्ने माइण्ड डिभाइस प्रविधि थप चार ठाउँमा प्रयोग गर्न थालिएको छ।,यसअघि नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा मात्र यो डिभाइस प्रयोग गर्दै आएको थियो।,नेपालको भैरहवा, रसुवा र रक्सौल नाका तथा प...
भानुभक्त/प्रकाश ढुंगाना बालाजुस्थित थकाली सेवा समाजको आँगनमा बिहीबार बिहान केही मानिस बाँसको चोया बाँधिरहेका थिए। कोही चिया पिइरहेका थिए। भीड ठूलै थियो तर अनुहार कसैको उज्यालो थिएन।,सेवा समाजकै एक हलमा थिइन्, ८० वर्षीया शरणकुमारी गौचन।,दुःखसुखमा काम लाग्छ भनेर देश-विदेशका थकाली समुदायले बालाजुमा खान बस्न सुविधा भएको स...
अमरेन्द्र झा, अर्थोपेडिक फिजियो थेरापिष्ट हिजोआज ढाड दुख्ने समस्या बढिरहेको छ। ढाड दुख्ने थुप्रै कारणहरु भए पनि मुख्य रुपमा हेर्दा तीनवटा छन्।,१.जीवनशैली,२.उमेर,३.हाड र जोर्नीका मांसपेसी कमजोर भएर,भिटामीन ‘बी–१२’, भिटामीन ‘डी–३’, क्याल्सियम जस्ता हाम्रो शरीरलाई चाहिने आवश्यक तत्वहरु कम हुँदा र मधुमेहका रोगीलाई ढाड दुख...
चेतना गुरागाईं पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयीत्रिवेणी गाउँपालिकामा आज बिहानसवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।,काठमाडौंबाट नेपालगञ्जका लागि हिँडेको ना५ख ३९६४ नंको बस नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–२ घिउखोला विश्वकर्माबाबा मन्दिर नजिक आफैं अनियन्त्रित भएर सडकबाट ३० ...
सुजिता कार्की धनकुटा नगरसभाका पदाधिकारी एवं सदस्यले असोज १ गतेबाट लागू हुने गरी सेवा सुविधा लिने गोप्य निर्णय गरेका छन् ।,धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ १५ दिने चीन भ्रमणमा गएका बेला नगर उपप्रमुख शकुन्तला बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिका बोर्डले थप सेवा सुविधा लिने गरी गोप्य राख्ने निर्णय गरेको स्रोत...
सुजिता कार्की तानसेन नगरपालिका–१३, बौघागुम्बास्थित रानीमहलमा पर्यटकको चहलपहल बढेको छ।,रानीमहल दरबारसम्म सवारी आवागमन सहज भएपछि पर्यटकको चहलपहल बढेको हो। रानीमहल तानसेनदेखि १३ किलोमिटर उत्तर कालीगण्डकी नदी किनारस्थित चट्टानमा रहेको छ । दशैं तिहारको बिदा र सडक मर्मतपछि यहाँ आउने पर्यटक बढेका हुन्।,कालीगण्डकी नदीको भिराल...
चेतना गुरागाईं ‘मान्छे धेरै खालका हुन्छन्। मान्छेको भावना अभिव्यक्त गर्ने तरिका पनि धेरै खालका हुन्छन्। भावना अभिव्यक्ति भनेको सबैको आ–आफ्नो विश्वासमा भर पर्ने कुरा हो। मेरो विश्वास अलग छ। म समाजलाई केही दिएर आफ्नो भावना अभिव्यक्त गर्न चाहन्छु। मलाई यही प्रिय लाग्छ, मेरो मनको एकदम नजिक।’, जब अमेरिकाको क्यूपरटिनोस्थित...
नारायण महर्जन , , , , , , , ,  , , , , , नेपाल संवत् झाँकी (फोटो फिचर)
डा मनोजकुमार यादव (एमडी इन्टरनल मेडिसिन) तिहारमा के खाने? के नखाने? भन्दा यसका दुई वटा पाटा हुन्छन् । स्वस्थ मानिसले के खाने ? बिरामीले के खाने ? भन्ने हुन्छ ।,शाकाहारीले घ्यू,तेल र मिठाइहरू तिहारमा धेरै खान्छन् भने मासु खानेहरूले अरू खानेकुराभन्दा  मासुलाई  नै  बढी प्राथमिकता दिने गर्छन् । अन्य समयमाभन्दा चाडपर्वमा  ...
प्रकाश ढुंगाना 'गुन्डानाइके' दीपक मनाङेको समूहले मनाङबाट एक जना  व्यवसायीको अपहरण गरेका छन्।  गत शनिबार राती ११ बजे मेथास्थित एक होटलमा बास बसेका ४ जनामध्ये नार फु गाउँपालिकाका कर्मा लाक्पा लामाको अपहरण गरेका हुन्।,होटलमा सँगै बास बसेका अन्य ३ जना लोप्साङ फुम्जो, धोर्जे लामा, गणेश घले र टासी लामा भागेका थिए।  कर्मा ला...
सुजिता कार्की झापाको कमल गाउँपालिका–१ को सराङपाडास्थित मिस्त्री बस्तीका बाढीपीडित १० परिवारलाई प्रवासी झापालीले घर बनाइदिने भएका छन् ।,अन्तरराष्ट्रिय झापाली समाजले प्रवासबाट संकलित रकमबाट त्यस क्षेत्रका बाढीपीडित १० वटा परिवारलाई घर बनाइदिने भएको हो। ती घर बनाउन समाजले  ४५ लाख रुपैयाँको परियोजना तयार पारेको छ।,समाजका ...
भानुभक्त दक्षिणी भारतको तामिल नाडू राज्यमा अवस्थित यहाँको यातायात कार्यालय भवनको छाना खस्दा शुक्रबार बिहान आठ जनाको ज्यान गएको छ।,चेन्नईबाट करिब ३१२ किलोमीटर टाढा रहेको नागापट्टिनाममा रहेको सो राज्यको राज्य सरकारको यातायात निगम कार्यालय भवनको छाना खसेको र यसमा परी आठ जनाको ज्यान गएको समाचारमा जनाइएको छ।,मृत्यु हुने सब...
सुजिता कार्की नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ ।,कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहा...
सुजिता कार्की हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आज रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ ।,उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको छ । उल्का वर्षाको समय कात्तिक शुक्ल प्रतिपदा भएकाले आज राति हेर्न सकिनेछ।,उल्...
प्रकाश ढुंगाना बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित बकुलियामा प्रहरीले जुवाडे समाउन छ राउण्ड गोली प्रहार गरेको छ ।,बिहीबार राति २ बजे जुवाको खाल नियन्त्रणमा लिने क्रममा इलाका प्रहरी कार्यालय सिमराले छ राउण्ड हवाईफायर गरेको प्रहरीले जनाएको छ ।,बकुलियामा जुवा खेलिरहेको सूचनाका आधारमा जुवा नियन्त्रण गर्न पुगेका प्रहरील...
एजेन्सी एसियाली राष्ट्र सिंगापुरको पासपोर्ट विश्वमै शक्तिशाली भएको एक सर्वेक्षणले देखाएको छ। ग्लोबल एडभाइजरी फर्म आर्टोन क्यापिटलले बुधबार सार्वजनिक गरेको सूची अनुसार सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली सूचीमा परेको हो।,सिंगापुरका नागरिक धेरै देशमा फ्रि भिसामै जानसक्ने अवस्था रहेको उक्त तथ्यांकले देखाएको हो। चीन, क...
प्रकाश ढुंगाना रुपन्देही प्रहरीले तिलोत्तमा नगरपालिकाको मणिगाम्रस्थित एक घरमा छापा मारेर जुवा खेलिरहेका २६ जनालाई पक्राउ गरेको छ।,मनिष अधिकारीको घरमा जुवा खेलिरहेका २६ जनालाई ९ लाखसहित पक्राउ गरिएको एसपी श्याम ज्ञवालीले जानकारी दिए। प्रहरीले दर्जनौ तास र कौडा बरामद गरेको छ।,'यो विसुद्ध जुवा हो,' एसपी ज्ञवालीले भने, 'अ...
सुजिता कार्की शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज जनकपुरधाममा श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ ।,श्रद्धालु यहाँका इतिहास वर्णित सरोवर गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायत कुण्ड, पोखरी, तलाउमा यो पर्व गएरातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् ।,ग...
प्रकाश ढुंगाना यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।,दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन...
प्रकाश ढुंगाना अवैध बिट क्वाइन कारोबारमा राप्रपामा नेता पक्राउ परेका छन् । प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीका केन्द्रीय सदस्य दमन बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेको हो ।,उनीसँगै सिआइबीले अन्य ६ जनालाई अवैध बिट क्वाइन कारोबार गरेको भन्दै गत असोज २१ गते पक्राउ गरेको छ।  प...
लक्ष्मण देवकोटा आँखामा कालोपट्टि बाँधेर सुँघेकै भरमा रातो, कालो, हरियो, नीलो लगायत सबै किसिमका रंग पत्ता लगाउने ११ वर्षिषा नेपाली बालिका दिप्ती रेग्मीको युरोपका सँचारमाध्यममा चर्चा चुलिएको छ।, लण्डनबाट निस्कने डेलिमेल पत्रिकामा छापिएपछि त्यसैलाई श्रोत मान्दै स्वीजरल्याण्ड, फ्रान्स, पोर्चुगल, जर्मनका अखबारहरुमा उनको अ...
सेतोपाटी संवाददाता कर्तब्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई सिआइबीले पक्राउ गरेको छ।,दाङ उरहरी ७ का ४२ वर्षीय कालुराम चौधरीलाई पक्राउ गरेको एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। चौधरीले २०६५ साल भदौं ११ गते उरहरीकै रमेश हमाललाई अपहरण गरी हत्या गरेका थिए।,आफूलाई गोली हानी आक्रमण गरेको इबी राखेर उनले हमालको हत्या गरे...
सुजिता कार्की काठमाडौं उपत्यकामा विद्यालयका बस चलाउने सवारी चालकले आगामी मंसिर १ गतेदेखि अनिवार्य रुपमा पोसाक लगाउनुपर्ने भएको छ।,महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्याब्सन, एनप्याब्सन, हिसान, अभिभावक संघलगायत विभिन्न संघसंस्थाको बुधबार महाशाखामा बसेको बैठकले उक्त निर्णय गरेको हो।,महाशाखाका प्रहरी नायब उपरीक्षक बिपीन ग...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले बागदरबार भवन पुनर्निर्माण प्रचलित कानुन र भवन निर्माणसम्बन्धि मापदण्डकै आधारमा हुने स्पष्ट पारेको छ।,महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूकम्पले क्षति पुर्‍याएको बाघ दरबार भवनको पुनर्निर्माण प्रचलित कानुन र भवन निर्माणसम्बन्धि मा...
सुजिता कार्की मर्स्याङ्दी करिडोरमा निर्माण हुन लागेको २२० केभी विद्युत् प्रसारण लाइनमा अवरोध गर्ने स्थानीयवासीले चेतावनी दिएका छन् ।,लमजुङको उदिपुरदेखि मनाङको तालसम्म निर्माण गर्न लागिएको २२० केभी विद्युत् प्रसारण लाइन प्रभावितको माग पूरा नभएसम्म विद्युत् प्रसारण लाइन निर्माण हुन नदिने गठित संघर्ष समितिले यहाँ आयोजित ...
सुजिता कार्की कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।,हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी ...
सुजिता कार्की महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा डेंगुको त्रास फैलिएकोे छ।,गत असोजको तेस्रो सातामा पाँच जनामा डेंगु देखिएयता दिनहुँ डेंगुका रोगी बढ्दै गएका छन्। बर्दिवासका शुभ स्वस्तिक हस्पिटल, जनसेवा हस्पिटल र बर्दिवास अस्पतालमा अहिले डेंगु संक्रमित उपचार लिन र डेंगुको शंका भएकाहरू रगत जाँच गराउन आएका छन्। अहिलेसम्...
सुजिता कार्की राजविराजबाट काठमाडौं जाँदै गरेको बस शनिबार बिहान त्रिशूली नदीमा खसेर दुर्घटनामा परी सप्तरीका झण्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आइतबार शोक मनाउने भएका छन् ।,सबै स्थानीय तहमा आइतबार एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी द...
सुजिता कार्की मलिन अनुहार, शिरमा ढाकाको टोपी, निधारमा बिदाइको सेतो अच्छेता र हातमा कालो रंगको झोलासहित भारतको गड्वाललाई मजदूरीको अन्तिम यात्रा साँधेर सोमबार गड्डाचौकी नाकामा ४८ वर्षीय सर्पे बूढा भेटिए।,सीमावर्ती भारतीय बजार वनबासासम्मको पैदल यात्रापछि बस चढ्ने भन्दै गड्डाचौकी नाका भएर भारतको गड्वाल रोजगारीका लागि गइरह...
सुजिता कार्की काठका कारण पुनर्निर्माणमा अवरोध आउन नदिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले वन मन्त्रालय र अन्तर्गतका निकायलाई निर्देशन दिएको छ।,मन्त्रालय, वन विभाग र टिम्बर कर्पोरेशन अफ नेपालका अधिकारीसँग सोमबार भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनर्निर्माणका लागि सहज रुपमा काठ विक्री वितर...
द न्यूयोर्क टाइम्स साढे चार हजार वर्षभन्दा अघिको कुरा हो।,इजिप्टका राजा–महाराजाको निधनपछि अहिलेजस्तो गाड्ने वा जलाउने चलन थिएन। विशाल संरचना बनाएर त्यसैभित्र शव सुरक्षित राख्ने गरिन्थ्यो भन्ने मानिन्छ।,त्यही विशाल संरचनालाई ‘पिरामिड’ भनिन्छ, जसले आधुनिक युगसम्म यो अफ्रिकी देशको शान बढाएको छ।,पिरामिड संरचना आफैंमा भव्य...
सेतोपाटी संवाददाता सरकारले चितवन राष्ट्रिय निकुञ्जको बाटो भएर यात्रा गर्दा लिने शुल्क मिनाहा गरेको छ।,मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चितवन राष्ट्रिय निकुञ्जको बाटो भएर यात्रा गर्दा लिइँदै आएको शुल्क हटाउने निर्णय गरेको हो।,सोमबार बसेको मन्त्रीपरिषद बैठकले सो बाटोमा यात्रा गर्दा शुल्क नलिने निर्णय गरिएको चितवन क्षे...
प्रकाश ढुंगाना पुर्वसभासद बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागार चलान गरिएको छ। हत्या अभियोगमा दोषी ठहर भएका पूर्वसांसद बालकृष्ण ढु‌ंगेललाई नेपाल प्रहरीको सिआइबीले  मंगलबार पक्राउ गरेको थियो।,सिआइबीले पक्राउ गरेर जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन इकाइ शाखामा बुझाएको थियो। अदालतले ढुंगेललाई कैद भुक्तानका लागि डि...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्यले बाघदरबारको बारेमा फैलिएको सबै कुरा भ्रम भएको बताएका छन्।,‘बाघदरबार भन्ने कहिँ पनि छैन। यसको बारेमा फैलिएको सवै कुरा भ्रम मात्र हो। त्यसैले अहिलेको भवनलाई पूरै भत्काएर नयाँ भवन बनाउन लागेका हौं,’ राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा शाक्यले भने।...
सेतोपाटी संवाददाता त्रिभुवन शिक्षण अस्पतालका प्राध्याक डा. गोविन्द केसीको माग सम्बोधन गर्न भन्दै सरकारले चिकित्सा शिक्षा अध्यादेश पारित गरे पनि अझै राष्ट्रपतिबाट प्रमाणिकरण भएको छैन।,सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश पठाएको ९ दिन भइसकेको छ। साता भन्दा बढी समय सम्म पनि राष्ट्रपतिबाट अध्यादेश प्रमाणिकरण नभएपछि डाक्टर गोव...
चेतना गुरागाईं केआइसिंह गाउँपालिका वडा नं ३ देउरालीमा आज जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।,केआइसिंह गाउँपालिका टिखातरबाट दिपायलका लागि छुटेको से१ज २०६५ नं को जिप दुर्घटनामा दुईजना पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन।,उद्धारका लागि प्रह...
सुजिता कार्की पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिड कम्पनीले विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाएको छ।,कम्पनीले अहिले कार्यालय भवन, प्राविधिक तथा मजदूर बस्ने अस्थायी भवनको निर्माण गरेको र ती संरचना निर्माण भएपछि अन्य काम तीव्र रुपमा अघि बढ्ने पोखरा अन्तर्राष...
सेतोपाटी संवाददाता एनआरएनए अष्ट्रेलियाले राष्ट्रिय आविस्कार केन्द्रका लागि २८३३५.८८ अष्ट्रेलियन डलर अर्थात २२ लाख ५६ हजार ३ सय ६८ रूपैयाँ सहयोग गरेको छ।,एनआरएन अष्ट्रेलियाका महासचिव देवबहादुर गुरूङले महाविर पुनलाई उक्त रकम मंगलबार एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्। गुरूङले पुनको महत्वकांक्षी कामको लागि एनआरएन अष्ट...
सेतोपाटी संवाददाता  ,बाघ मारेर त्यसको मासु र हड्डी काठमाडौंमा ल्याइ बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।,बारा कोहल्वी नगरपालिका ८ नयाँवस्तीका ६६ वर्षीय भरत महतो कुशवाहलाई पक्राउ गरिएको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।,कुशवाहले संरक्षित बन्यजन्तु बाघ मारेर मासु र हड्डी काठमाडौंमा बेच्न ल्याएको उनले ब...
प्रकाश ढुंगाना गोरखामा माओवादी उम्मेद्वार सुशीला शिंखडा चढेको मोटरसाइकलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ।,भिमसेन गाउँपालिका ३ धावाचोकबाट सदरमुकाम गोरखा आउने क्रममा उनी चढेको बा ७३ प ३३८६ नम्बरको मोटरसाइकल चेक गर्दा चालकको झोलाबाट पेस्तोल बरामद भएको एसपी प्रकाश अधिकारीले सेतोपाटीलाई जानकारी दिए।,चालक गुणप्रसाद खनाल झो...
सेतोपाटी संवाददाता मकवानपुरको नेवारपानी प्रहरी चौंकीमा स्थानीयले तोडफोड गर्न थालेपछि प्रहरीले ७ राउण्ड हवाइ फायर गरेको छ।,शनिबार राती मापसे सेवन गरेर महिला तथा युवती जिस्क्याउने हेटौंडा १९ का राजकुमार जिम्बालाई नियन्त्रणमा लिएपछि केही स्थानीयले उनलाई छुटाउन माग गर्दै प्रहरी चौकी घेराउ गरेका थिए।,छुटाउन नमानेपछि स्थानी...
सेतोपाटी संवाददाता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा आफन्त र शुभेच्छुकहरु आउने क्रम जारी छ।,यसैबीच नर्भिक अस्पतालका महाप्रबन्धक रवि शर्माले दाहालको निधन भइसकेको पुष्टि गरेका छन्।,अस्पतालमा परिसरमा माओवादी केन्द्रका शीर्ष नेताहरु पनि आउने क्रम जारी छ। दाहालका...
एजेन्सी कतार एयरवेजको दोहाबाट इन्डोनेशियाको बाली जान लागेको विमान एक दम्पतीबीचको झगडका कारण आपतकालीन अवतरण गराइएको छ। आइतबार कतार एअरलाइन्सको जहाजमा यात्रा गरिरहेकी एक इरानी महिलाले आफ्नो श्रीमानसँग झगडा गर्दा जहाज भारतको चेन्नईमा आकस्मिक अवतरण गरिएको हो। इरानी जोडी छुट्टि मनाउन बाली जाँदै थिए।,उडानका बेला महिलाले आफ्...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय चितवनले प्रोसेफनल स्टार्डड टिम गठन गरेको छ। डिएसपी प्रभु प्रसाद ढकालको संयोजकत्वमा प्रोसेफनल स्टार्डड टिम गठन गरिएको एसपी दीपक थापाले बताए।,नेपाल प्रहरीको आन्तरीक सुदृढीकरण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी कार्यालयहरुबाट सम्पादन भइ रहेका कार्यहरुला...
सेतोपाटी संवाददाता माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको मृत्यु ‘अाकस्मिक हृदयघात’ का कारण भएको भन्नु गैरजिम्मेवारपूर्ण भएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताएका छन्।,‘के कारणले मृत्यु भएको हो भन्ने त थाहै लाग्न पाएन,’ डा. रेग्मी भन्छन्, ‘र, पोस्टमार्टम नै नगरेर अन्त्येष्टि गरिदिएपछि अब त्यो...
प्रकाश ढुंगाना सिन्धुली तिनपाटन ४ का ३५ वर्षीय रूद्रबहादुर मोक्तानको सपना थियो एक दिन अमेरिका पुग्ने। उनले एक वर्षअघि डिभी भरे। नभन्दै उनलाई डिभी पर्‍यो।,फस्ट लेटर आयो, डकुमेन्टहरू नेपालस्थित अमेरिकन दूतावासमा पेश गरे । केही महिनापछि सेकेन्ड लेटर पनि आयो।  अन्तर्वार्ता दिन  उनलाई सोमबार दूतावासमा बोलाइएकाे थियो।,अन्तर...
नारायण खड्का दाङको फोनसेवा १२ घण्टादेखि ठप्प रहेको छ ।,गएरातिदेखि दाङको टेलिफोन सेवा ठप्प रहेको हो। नमस्तेको मोबाईल र ल्याण्डलाईन फोन समेत बिग्रिएपछि दाङ जिल्ला सञ्चारविहीन बन्न पुगेको छ । त्यसैले जिल्लाको इमेल इन्टरनेट सेवा समेत प्रभावित बनेको छ।,घोराही नजिकैको कटुवा खोलामा जमिनमुनी विच्छाइएको अप्टिकल फाईबर चुडिएको ह...
नारायण खड्का सुगम जिल्ला मानिने दाङको तुलसीपुर उपमहानगरपालिका अन्तरगतको वडा नं ४ मुलकोटमा सोमबार पहिलो पटक गाडी पुगेको छ।,लु १ ज १७०९ र रा १ ज ५२२ नं. जीप पुगेपछि स्थानीयले गाडी चालकलाई भव्यरूपमा स्वागत गरेका छन्। स्थानीयले पहिलो पटक त्यहाँ चारपाङ्ग्रे गाडी चलाएर लैजाने चालकलाई फूलमालाले स्वागत मात्रै गरेनन् त्यहाँ पु...
सेतोपाटी संवाददाता मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीकहाँ दुई दिनयता थुप्रै तन्नेरी उपचार गराउन आइरहेका छन्। जचाउन आउनेमा झन्डै २५ प्रतिशत तन्नेरी छन्। अरू बेला चार–पाँच प्रतिशत मात्र यो उमेर समूहका हुन्थे।,माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको ‘आकस्मिक हृदयाघात’ ले मृत्यु भएपछि उनकै उमेरका तन्नेरीमा स्वास...
भानुभक्त सगरमाथा अाधार शिविर नजिकैको होटलमा एक जापानी मृत फेला परेका छन्।,नाम्चेका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार  बेस क्याम्प नजिकै स्नो ल्याण्ड होटलमा ७९ वर्षीय अाकेमी कोजुरोको शव फेला परेको हो।  भरिया र गाइड नलिइकन गएका उनी ४ गते राति मृत भेटिएका हुन्।,'हेर्दा लेक लागेको जस्तो देखिन्छ। पोस्ट पार्टमका लागि ...
सुजिता कार्की सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेको विराटनगर महानगर क्षेत्रका खाल्डाखुल्डी सडक आउँदो सातादेखि निर्माण हुने भएको छ ।,एशियाली विकास बैंक (एडिवी)को सहयोगमा निर्माण भइरहेको ढल, नाला र ग्राभेल सडकमा कालोपत्रे हुने भएपछि नगरवासीले खेप्दै आएको धुलो र दूषित प्रदूषणबाट मुक्ति पाउने छन् । खाल्डाखुल्...
सुजिता कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरीदमा ६० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरीदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ।,चालू आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म उक्त उपमहानगरपालिकाको जिन्सी शाखाले व्यापारीसँगको मिलेमतोमा का...
सेतोपाटी संवाददाता ड्यूटीमा रहेका बेला ट्राफिक प्रहरीलाई घुस दिने ७ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।,विभिन्न प्रलोभनमा पारेर घुस दिन प्रयास गरेका ७ जनालाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेश रन्जितकारले जानकारी दिए। पक्राउ पर्नेमा २ जना कार चालक, २ जना बस चालक, २ जना स्कुटर र १ जना मोटरसाइक...
सुजिता कार्की नेपालमा पहिलो पटक पशुपंक्षी कल्याणको मुद्दामा आधारित अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। ‘जेन गुडविल इन्सिच्यूट नेपाल’को आयोजनामा पाँच दिने ‘एशिया फर एनिमल सम्मेलन’ काठमाडौंमा हुन लागेको हो।,सम्मेलनमा बढ्दो मानवीय व्यस्तता साथै औद्योगिकरणको युगमा पशु अधिकार सम्बन्धी मुद्दा ओझेलमा परेकोबारे विभिन्न छलफल ...
भानुभक्त सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ।,हजरत मुहम्मद सल्ललल्लाहो अलैह वोसल्लमको जन्मदिन परेकाले विदा दिइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।, भोलि सार्वजनिक विदा
सेतोपाटी संवाददाता काठमाडौंको तिलगंगामा एक युवकको हत्या भएको छ।,काठमाडौं महानगरपालिका–७ तिलगंगास्थित वाइसिएल मार्गमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। जलाएर उनको हत्या गरी त्यहाँ फ्याँकेको हुन सक्ने प्रहरीकाे अनुमान छ। जलेका कारण उनकाे अनुहार पहिचान गर्न कठिन छ।,करीव २० वर्षीय युबकको सनाखत हुन सकेको छैन...
सुजिता कार्की राजविराजमा बम विष्फोट गराउन खोज्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।,जिल्ला प्रहरी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बस्ने ४० वर्षीय तेजनारायण यादव र विष्णुपुर गाउँपालिका– ६ का सञ्जयकुमार रायलाई दुई दिन अगाडि राजविराजमालाई...
नारायण खड्का तत्काल किरियाखर्च बापत प्रहरीबाट ७५ हजार रुपैयाँ सहयोग,बम विस्फोटमा परी ज्यान गुमाएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई राज्यले २५ लाख रूँपैया राहात स्वरुप उपलब्ध गराउने दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिएका छन्।,बिहीबार बिहान तुलसीपुर उपमहानगरपालिका -१२ क्वाङ्गीस्थित चौधर...