content
stringlengths
20
64.1k
सुजिता कार्की प्राचार्य सञ्जय साहले आर्थिक हिनामिना गरेको भन्दै विद्यार्थीले सिरहाको मिर्चैयास्थित ब्रह्मचारी दामोदरानन्द कलेजमा तालाबन्दी गरेका छन् ।,प्राचार्य साहले गरेको आर्थिक हिनामिनाका कारण कलेजको अवस्था दिनानुदिन खस्किँदै गएको भन्दै विद्यार्थीले कलेजमा तालाबन्दी गरेका हुन्।आर्थिक हिसाब परीक्षण र पठनपाठनमा सुधार...
नारायण खड्का आफ्नै साढुदाईलाई जंगलमा लगेर गोली हानेर हत्या गरेको अभियोगमा दाङमा एकजना व्यक्ति पक्राउ परेका छन्।,कपिलबस्तु जिल्लाको शिवगढी गाउँपालिका वडा नं. ३ निवासी २८ बर्षीय माधव पुनलाई आफनै साढुभाईलाई जंगलमा लगेर गोलि हानी हत्या गरेको अभियोगमा पक्राउ गरिएको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्।,पुनल...
चेतना गुरागाईं साँझको रत्नपार्क।,सिधा पाइला चाल्न हम्मे छ। मान्छे गाडी चढ्न ठेलमठेल गर्दै छन्। घम्साघम्सीमा कसैका झोला खस्छन्, कसैका खुट्टा किचिन्छन् त कसैका टाउका ठोक्किन्छन्।,यस्तो लाग्छ, मानौं त्यहाँ होडबाजी छ, गाडी चढ्नेको। यो होडमा सफल हुनेहरू सिटमा बसेर जितको खुइय मार्छन्, नसकेकाहरू सडकमै निरीह उभिन्छन्। कोही आध...
सेतोपाटी संवाददाता कीर्तिपुरको नयाँबाटो–तीनकुने सडक खण्डको मर्मत सुरु गरिएको छ।,कीर्तिपुरको मुख्य प्रवेशद्वारको रुपमा रहेको यो सडक निर्माण सकिएको हप्तामै पिच उप्किएपछि सडक विभागले प्राविधिक अध्ययन थालेको थियो।,अध्ययनले जमीनमुनिबाट पानी आएकाले ठाउँ ठाउँमा पिच उप्किएको देखाएपछि मर्मत थालिएको डिभिजन सडक कार्यालय काठमाडौं...
सुजिता कार्की भारतीय बैंकले मतदाता परिचयपत्र अनिवार्य गरेपछि सयौँ भारतीय पेन्सन लिइरहेका नेपाली समस्यामा परेका छन्।,मतदाता परिचयपत्र नबनाएका भारतीय पेन्सन धारी नेपालीलाई अहिले समस्या भएको छ। भारतीय बैंकले डिसेम्बर १५ तारिखभित्र कागजात बुझाउन सूचना जारी गरेको छ। भारतीय बैंकले सबैको पेन्सन खाता अद्यावधिक गर्न लागेको छ। ...
सुजिता कार्की चिसो बढेसँगै मतदान गर्न बसेका माथिल्लो डोल्पाका बासिन्दा अहिले जाजरकोटका विभिन्न गाउँमा पुगेका छन्।,जाजरकोटमा चिसो कम हुने भएकाले चिसो छल्न घोडा, भेडा र खच्चडसहितका डोल्पाली जाजरकोटका गाउँमा पुगेको सहरताराका गैरी थकालीले बताइन्।,माथिल्लो डोल्पामा हिमपात सुरू भएर बस्न नसकिने अवस्था भएकाले सहरतारा, गुम्वात...
अनिलकुमार तिवारी निर्वाचनको मुखमा पर्सा क्षेत्र नं.३ को पोखरिया नगरपालिकामा ३ लाख रुपैयाँ रकमसहित वाम–गठबन्धनका कार्यकर्ता पक्राउ परेका छन्।,मौन अवधि सुरू भएसँगै निर्वाचनलाई लक्षित गरि चेकजाँचको क्रममा पोखरियास्थित पेट्रोल पम्प नजिकैबाट एमालकोे स्वस्तिक छाप लागेको २ हजार नमूना मतपत्रसहित ३ जना पकाउ परेका हुन्।,पक्राउ ...
चेतना गुरागाईं तान्जा पार्डेलाले लन्डन छाडिन्।,आइतबार उनको अन्तिम दिन थियो।,लन्डनको कुरा उठ्नेबित्तिकै उनको अनुहार उज्यालो भएर आउँछ।,उनी यहाँको उसिनेको आलु सम्झन्छिन्। तारेको मासु सम्झन्छिन्। हरेक दिन घरबाट अस्पताल आउजाउ गर्दा बाटोमा पर्ने खेल मैदान, स्कुल पोसाक लगाएका केटाकेटी र रातो टेलिफोन बाकस सम्झन्छिन्।,उनले यहा...
प्रकाश ढुंगाना विहीबार हुने निर्वाचनको एउटा मतदान ५६ जनासम्म प्रहरी खट्ने भएका छन्।  निर्वाचन सुरक्षा व्यवस्थाबारे जानकारी दिन प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलननमा प्रहरी प्रवक्ता मनोन नेउपानेले मतदाता संख्या, भौगोलिक बनावट लगायतका कुरा ध्यानमा राखेर एउटा मतदान केन्द्रमा म्यादी र प्रहरी गरी ५६ जनासम्म खट...
दाङ, पुस ६ जनताको गुनासो सुन्नका लागि तुलसीपुर उपमहानगरपालिकाले बिहिबारदेखि टोल फ्री नं. प्रयोगमा ल्याउने भएको छ।,उपमहानगरको सेवा प्रवाह र विकासका बारेमा बुझ्नका लागि सर्वसारधारणले  पैसा नलाग्ने फोन नं. १६६०८२५२००० मा फोन गर्न सक्नेछन्।,‘कर्मचारीले सर्वसाधारणलाई गर्ने व्यवहार र उपमहानगरका हेरक वडामा भएका गरेका विकास न...
सेतोपाटी संवाददाता सुदूरपश्चिमका जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प बुधबार राति करिब ९ बजेर ६ मिनेट जाँदा भूकम्प गएको हो । दार्चुला, डडेलधुरालगायतका जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयबासीले जानकारी दिएका छन् ।,भारतको उत्तराखण्ड...
नारायण खड्का दाङ प्रहरीले तुलसीपुर क्षेत्रबाट दशवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ।,स्थानीय खोलाहरूबाट बालुवा गिट्टी अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा फेला परेका दश ट्रयाक्टर नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।,तोकेको स्थानभन्दा बाहिर उत्खनन गरिरहेका र ठ...
सुजिता कार्की म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ ।,म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर नदीबाट २५० मिटरमाथि बेनी नगरपालिका–२, खव...
विनोद आचार्य आदेश पोखरेल १२ कक्षा पढ्छन्।,अन्तिम घन्टीमा उनलाई सधैं एउटै कुराले सताउँछ– आज फेरि घर जाने गाडी नपाइने हो कि!’,मनमैजु बस्ने आदेश डिल्लीबजारको ट्रिनिटी कलेज पढ्छन्। घर जाने माइक्रो कुर्नमै उनको आधादेखि एक घन्टा बित्छ। त्यसपछि भिड छिचोल्दै, च्यापिँदै, धकेल्दै माइक्रोमा छिर्न ‘सफल’ हुन्छन्।,सिट उनले बिरलै पा...
सुजिता कार्की राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ। स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा सार्वजनिकमा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै ढिलाइ गरेको छ।,बोर्डक...
सुजिता कार्की काभ्रेपलाञ्चोकमा अहिलेसम्म झण्डै १० हजार घर भूकम्प पीडितले पुनर्निर्माण गरेका छन्। भूकम्पका कारण जिल्लामा ७२ हजार ४१७ घरमा क्षति भएको थियो। पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैडाले अझै भूकम्प पीडितको दुई हजार निवेदन अध्ययनका क्रममा रहेको जानकारी दिए।,‘पीडितले बनाइसकेका घ...
सुजिता कार्की नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा विद्युतभार कटौती नहुने स्पष्ट पारेको छ।,विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युतभार  कटौती हुने आशयका समाचार सार्वजनिक भएपछि प्राधिकरणले बत्ती ननिभ्ने प्रष्ट पारेको हो।,हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक...
सुदीप श्रेष्ठ सम्पदाविद् सुदर्शनराज तिवारी शुक्रबार रानीपोखरी गएका थिए।,तीनवटा डोजर चलाएर पोखरीको पिँध खोस्रने काम हुँदै थियो। डिलमा कंक्रिट पर्खाल ठड्याउन डन्डी बाँधिँदै थियो। अझ भुइँमा टायल बिछ्याउने योजना सुनेपछि उनले मुख बिगार्दै भने, ‘रानीपोखरी अब सम्पदा रहेन, यो स्विमिङ पुलमा परिणत हुँदैछ, जसमा काठमाडौंले गर्व ग...
नारायण महर्जन भोलि डिसेम्बर २५, अर्थात क्रिसमस डे। विश्वभर नै यशु ख्रिष्टको जन्मदिनमा क्रिसमस मनाउने चलन छ।  नेपालमा पनि पछिल्ला वर्षमा धुमधामले क्रिसमस मनाउने चलन बढेको छ। क्रिस्चियनले मात्र नभई सबैले यस दिनलाई पर्वको रुपमा मनाउँछन्।,खासगरी युवायुवती क्रिसमस इभ र क्रिसमस डे मनाउँछन्। क्रिसमसका उपलक्ष्यमा काठमाडौँको ठ...
सुन्दर कुमार थकाली हिउँदयामको चिसो छिचोल्दै मुस्ताङका किसान दाउराको जोहो गर्न जुटेका छन् ।वर्षभरी चाहिने दाउरा संङ्कलनका लागि गाउँलेलाई निश्चित समय अवधि तोकेर स्थानीय गाउँसमाजले दाउरा फुकुवा गर्ने हिमालपारीको सदियौ देखिको चलनचल्ती मानिन्छ । गाउँ/गाउँका मुखिया टोली र बन उपभोक्ता समितिको समन्वय मार्फत स्थानीयवासीलाई जंग...
चेतना गुरागाईं भक्तपुर दरबार स्क्वायरमा यतिबेला दुइटा काम हुँदैछ।,एउटा, भुइँचालोले क्षति पुगेका संरचना फेरि ठडिँदैछन्, प्राचीन शैलीमै। मूलढोका छिर्नेबित्तिकै वत्सला मन्दिर आधाभन्दा बढी बनेको देखिन्छ। जगसम्मै लडेका केदारनाथ, तलेजु भवानी लगायत पुराना मन्दिरले पुनर्जीवन पाउँदैछन्।,दोस्रो काम, न्यातपोल मन्दिर अगाडि बाटोका...
विद्या राजपुत माङमति लामा ३७ वर्षकी थिइन्। उनले पूरै कपाल खौरिइन्। नयाँ नाम राखिन्– झ्यांसी डोल्मा।,झ्यांसी डोल्मा ५२ वर्षकी भइन्।,उनलाई यो नाम निकै प्यारो छ। चितवन टाँडीको एक गुम्बामा यही नाम सार्थक बनाउन उनी बसिरहेकी छन्।,झ्यांसी आनी हुन्।,लमजुङको गाउँबाट धेरै वर्ष पहिले चितवन झरेपछि उनी अरूको घरमा काम गरेर जीवन गुज...
सुजिता कार्की मुलुककै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेको छ।,चिसो मौसमसँगै नदीको बहाव घटेका कारण छिमेकी जिल्ला स्याङ्जाको मिर्मीमा रहेको आयोजनाले १४४ मेगावाट उत्पादन दिँदै आएकामा यतिबेला दैनिक ८० मेगावाटमा झरेको छ।,पानीको बहाव घटेपछि उत्पादन पनि कम हुँदै गएको आयोजना प्रमुख राजेश पाण्डेले जान...
नारायण खड्का दाङ देउखुरीको राप्ती नदी किनारमा फेला परेको शवको पहिचान भएको छ।,मृतक गढुवा गाउँपालिका वडा नं. ३ जेठान गाउँ निवासी ४० वर्षीया निर्मला थारु कुमाल रहेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एवं एसपी दुर्गा सिंहले अत्यधिक मदिरा सेवन गरि चौधरीले राप्ती नदी तर्न खोज्दा डुबेर मृत्यु भएको...
सेतोपाटी संवाददाता पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै आन्दोलनमा उत्रिएका वाम गठबन्धनमा आबद्ध युवा, विद्यार्थी संगठनहरूले बिहिबार नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन्।,वाम गठबन्धनमा आबद्ध युवा, विद्यार्थी संगठनले बिहिबार बिहान ११ बजे पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै क...
सेतोपाटी संवाददाता म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको कर्फ्यू आजदेखि हटेको छ।,शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेका समयमा आन्दोलनकारी म्यादी प्रहरीले प्रशासन अगाडि टायर बाल्नाका साथै ढुंगामुढा प्रहार भएपछि ४ बजेदेखि कर्फ्यू लगाइएको थियो।,गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा सर...
सेतोपाटी पूर्वस्वास्थ्य मन्त्री गगन थापा चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथितिविरुद्ध आन्दोलनरत डा. गोविन्द केसी पक्राउको विरोधमा मंगलबार माइतीघर मण्डला जाने भएका छन्।,केसी पक्राउको विरोधमा उनलाई सर्वोच्च अदालत पेस गर्नुअघि मंगलबार बिहान ८ बजे माइतीघर मण्डलामा प्रदर्शन आयोजना गरिएको छ। प्रदर्शनमा सहभागी भए...
सुजिता कार्की शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।,तीन दिनदेखि एक्कासी चिसो बढ्नुका साथै शीतलहर र बाक्लो कुहिरोले आकाश छोप्नेक्रम नरोकिएपछि तराईका जिल्लामा घाम पनि मधुरो लाग्ने गरेको छ।,चिसोसँगै बहने सिरोटोले पनि यस क्षेत्रका नागरिकमध्ये कमजोर घरसंरचना भएका परिवार अधिक प्...
सुजिता कार्की धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज धर्ना  दिइएको छ ।,हरेक हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ९ देखि १०ः३० बजेसम्म धर्ना दिएका हुन् ।,धनकुटालाई प्रदेश राजधानी बना...
सुजिता कार्की लमजुङको सुन्दरबजारमा बस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रस्त भएका छन्। सुन्दरबजार नगरपालिका–९ सिउडीबारको बस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो।,स्थानीयवासी सुनिता खनालको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले स्थानीयवासी त्रस्त भएका हुन्। गत मंगलबारबा...
सुजिता कार्की हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाअन्तर्गत वडा नं ९ होर्तमा आगलागीबाट एक मष्टा मन्दिरसहित आठ घर जलेर नष्ट भएका छन्।,आगलागीबाट  दुई करोड ३२ लाख रुपैयाँ बराबरको क्षति भएको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिए। आगलागीमा परेर पाँचसय वर्ष पुरानो मष्टा मन्दिर पनि जलेको छ,...
रासस महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा बुधबार चिसोका कारण  तीन वर्षीय बालकको मृत्यु भएको छ।,मृत्यु हुनेमा मनरा सिस्वा नगरपालिका–५ बस्ने रञ्जीत ठाकुरका छोरा तीन वर्षीय मोहित ठाकुर रहेका छन्। लगातारको असहनीय जाडोका बीच चार/पाँच दिन अगाडि आफ्नै घर अगाडि खेलिरहेका बालक ठाकुर चिसो लागेर अचानक बिरामी भई लडेका थिए। च...
सेतोपाटी संवाददाता निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।,प्रहरीले मुख्य अभियुक्तहरूलाई सहयोग गर्ने उदयपुरका राजकुमार शाह, काठमाडौंका सूर्य बाजी र सिरहाका श्याम गुप्तालाई पक्राउ गरेको  बताएको हो।,महानगरीय प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।,प...
सुदीप श्रेष्ठ हामीले अहिलेसम्म रानीपोखरी बीचको मन्दिर जस्तो स्वरूपमा देख्दै आएका थियौं, अब सम्भवतः त्यस्तो देखिने छैन।,यो ३ सय ५० वर्षअघिको मल्लकालीन स्वरूपमा फर्कनेछ- ‘ग्रन्थकुट’ शैलीमा।,रानीपोखरी जिर्णोद्वार अध्ययन समितिका संयोजक विष्णुराज कार्कीका अनुसार मल्लकालीन ग्रन्थकुट शैलीमै मन्दिर बनाउन सिफारिस गरिने भएको हो...
सुजिता कार्की प्रदेश नं १ को राजधानी धनकुटा बनाउन सरकारलाई दबाब दिन यातायात सेवा बन्दका गरेका कारण कोशी पहाडको जनजीवन कष्टकर बन्दै गएको छ।,धनकुटा बजारमा आज प्रदर्शन गर्दै कोशी राजर्मागमा निस्किएका धनकुटावासीले जिल्लाका बजार, पसल एवं यातायात ठप्प बनाइएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए।,धनकुटा ...
सेतोपाटी संवाददाता काठमाडौंको भोटेवहालबाट एक जना विदेशी नागरिक बाल यौन दुराचारीको अभियोगमा पक्राउ परेका छन् ।,२ जना बालकसहित जर्मन नागरिक ६३ वर्षीय योगेन भन्ने ह्यान्स जरजेन गुस्टाभलाई पक्राउ गरिएको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। उनी काठमाडौं ११ भोटेवहालमा एक डेरा लिएर बस्दै आएका थिए।,डेरामा बालकहरु ल्...
गिरीश गिरी पेमा दोर्जेका दुवै खुट्टा नभएर के भयो? उनले कतिपय सीप खुट्टा भएका मानिसले भन्दा बढ्ता जानेका छन्।,भुइँचालो आउनुअघि दमाइटारस्थित उनको घर सद्दे थियो। त्यो घरमै आफूलाई साँघुरो घेरामा राखेर उनले पाँच सयवटा कुखुरा पालेका थिए। त्यसबाट डेढ महिनामै साठी हजार कमाइ भयो।,अर्थात्, पेमासँग सीप छ। बन्धकी राख्नलाई उपत्यका...
सुजिता कार्की त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ।,त्रिविले अध्ययन पूरा नगरी बीच सेमेस्टर वा खण्डतिर अन्यत्र अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालभित्र र नेपाल बाहिरका विश्वविद्...
दी गार्डियन अमेरिकी राज्यहरूमा गाँजा खोल्ने क्रम बढेपछि अमेरिका–मेक्सिको सीमा क्षेत्रमा हुने अपराध कम भएको एक अध्ययनले देखाएको छ।,मेक्सिकोसँग सीमा जोडिएका क्यालिफोर्निया लगायत राज्यमा गाँजा वैधानिक भएपछि १३ प्रतिशत अपराध कम भएको पाइएको हो।,गाँजा खुला गर्दा अमेरिकामा हुने अपराधमा पर्ने असरबारे ‘द इकोनोमिक जर्नल’ ले गरे...
सेतोपाटी संवाददाता ऐतिहासिक सिन्धुलीगढी जिर्णोद्धार तथा पुनर्निर्माण गुरूयोजना तयारीका लागि कमलामाई नगरपालिका र गैर आवासीय नेपाली संघ एनआरएनएबीच सम्झौता भएको छ।,कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्री र एनआरएनका अध्यक्ष भवन भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत र...
प्रकाश ढुंगाना इन्डोनेसियन प्रहरीको ‘इन्काउन्टर’मा परि मृत्यु भएका नेपाली नागरिकको सनाखत भएको छ।,मृत्यु हुनेमा धादिङ सेम्जोङका ३४ वर्षीय शरण कुमार तामाङ रहेको पुष्टि भएको छ। इन्डोनेसिया हेर्ने मलेसियास्थित नेपाली दुतावासले प्रहरीसँगको झडपमा उनी मारिएको बताएको छ ।,'हामीले इन्डोनेसियाका हाम्रा अवैतनिक बाणिज्यदुतसँग यस व...
न्यूयोर्क टाइम्स ‘फेसबुक खोलेपछि मान्छेले सकारात्मक अनुभूव गरून्, साथीभाइ र आफन्तबीच निकटता बढाऊन् भन्ने हाम्रो चाहना हो,’ फेसबुक संस्थापक मार्क जुकरवर्ग भन्छन्।,उनको यो भनाइसँगै फेसबुकमा परिवर्तन आएको छ। यसमा देखिने न्यूजफिड अब यो ‘सुरूआती दिन’ कै अवस्थामा फर्कनेछ। अर्थात् केही वर्षदेखि हामीले न्युजफिडमा देख्दै आएका ...
विजय नेपाल अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–६ सखुवामा बिहिवार साँझ  जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छ ।,तातोपानीबाट बाह्रबीसेतर्फ आउँदै गरेको ना १ च ९९५० नम्बरको जीप दुर्घटना हुँदा बाह्रबीसे–८ मानेश्वराकी १४ बर्षीया गोमा तामाङ, वडा नं ६ की १५ बर्षीया पासाङ तामा...
नारायण खड्का लगातार चार दिनदेखिको बन्दले दाङको जनजीवन प्रभावित भएको छ। प्रदेश राजधानीको  माग गर्दै यहाँ मंगलबारदेखि बन्द सुरू भएको थियो भने रुपन्देहीलाई प्रदेश राजधानी घोषणापछि आन्दोलन झनै चर्किदै गएको छ।,प्रदेशको केन्द्र भागमा रहेको दाङलाई प्रदेश राजधानी नतोकी रुपन्देही जस्तो कुनामा राजधानी तोक्नु अन्याय भएको भन्दै आ...
सुजिता कार्की दोलखामा सञ्चालित सबै निजी अस्पताल मापदण्ड विपरीत रहेका पाइएको छ।,दोलखा जिल्लामा सञ्चालित कुनै पनि निजी अस्पतालले सरकारी मापदण्डअनुसारको भवन, जनशक्ति तथा प्रविधि निर्देशिका पालना गरेका छैनन्। जिल्लामा तीनवटा निजी अस्पताल, केही पोलिक्लिनिक, केही डेण्टल अस्पताल र मेडिकल सञ्चालनमा रहेपनि ती सबै मापदण्ड विपरी...
सुजिता कार्की जीर्ण अवस्थामा रहेको भवनबाट स्वास्थ्य सेवा लिन बाध्य रोल्पाका बिरामी अब भने आधुनिक सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सुविधा लिन पाउने भएका छन् ।,जिल्ला अस्पताल, रोल्पाको नयाँ भवन एक महिना अगाडि बन्न थालेपछि यस्तो सुविधासहित उपचार गर्न पाउने आशा पलाएको हो । २०४१ सालमा निर्माण गरिएको टिनको छाना रहेको सो भवन ...
नारायण खड्का दाङको तुलसीपुरमा एकजना व्यक्तिले आफ्नै बाबुको हत्यापछि आफैँ झुण्ड्याएर आत्महत्या जस्तो देखाउन खोजेको रहस्य सार्वजनिक भएको छ।,तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेना निवासी २९ वर्षीय तेजबहादुर चौधरीले आफ्नै ५२ वर्षीय बाबु बाबुराम चौधरीलाई घाँटीमा खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जानकारी दिएको छ। ईला...
चेतना गुरागाईं अमेरिकी तथा युरोपेली देशमा गाँजाको वैधानिक प्रयोग बढ्न थालेपछि नेपालको परम्परागत ज्ञान विदेशी कम्पनीको हातमा जाने अवस्था आएको छ।,यहाँ सदियौंदेखि गाँजाको आयुर्वेदिक ओखती प्रयोग हुँदै आएको थियो। सिंहदरबार वैद्यखानादेखि पुस्तैनी वैद्यहरूले समेत ती औषधि चलाउँथे। सन् १९७० दशकमा अमेरिकी दबाबले गाँजा प्रतिबन्ध...
सन्जिब बगाले त्रिचन्द्र मिलिटरी अस्पतालका लागि काठमाडौं महांकालमा बनाइएको नयाँ भवन ब्यापारीलाई भाडामा दिने नेपाली सेनाको निर्णयको पूर्वसैनिक अधिकृतहरूले  नै विरोध गरेका छन्।,अस्पतालको ९० वर्ष पुरानो भवन भत्काएर बनाइएको ९ तले भवन सेनाले वार्षिक ५० करोड रुपैयाँमा एभरेष्ट इन्टरप्राइजेजका सञ्चालक चन्द्रबहादुर श्रेष्ठलाई १...
चेतना गुरागाईं उनीहरूले फिल्म सेटमै हंगामा मच्चाए। निर्देशकको कपाल भुताले। फिल्मका पोस्टर जलाए। मुख्य अभिनेत्रीको शिर छेदन गर्छौं भनी ललकारे। नभए नाक काट्ने धम्की दिए।,यी सबै घटना जोडिएका छन्, फिल्म ‘पद्मावत’ सँग।,राजस्थान, चितौडकी रानी पद्मावतीमा आधारित फिल्म रिलिज रोक्ने यी सबै प्रयास अन्ततः असफल भएका छन्। पछिल्लो स...
सुजिता कार्की छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी) ओछ्याउने काम द्रुतगतिमा भइरहेको छ।,जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग विस्तार गर्ने सम्बन्धमा नेपाल तथा भारत सरकारबीच सन् २०१० मा द्...
सुजिता कार्की बैतडीको सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउडेमा बुधबार मध्यान्ह जन्ती बोकेको दुई जीप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।,घाइतेमध्ये पाटन नगरपालिका– ५ का १७ वर्षीय विक्रम बोहरा ,२७ वर्षीय दानसिंह विष्ट र सुर्नया– २ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य क्लिनिकमा उ...
सुजिता कार्की संघीयता लागू भएसँगै विद्यमान जिल्ला शिक्षा कार्यालयका सबै काम आगामी चैतभित्र स्थानीय तहमा हस्तान्तरण गरिसक्नुपर्नेमा पुराना कागजात र अभिलेख कुन निकायमा राख्ने भन्ने अन्योल देखिएको छ।,माध्यमिक तहसम्मको शिक्षा सञ्चालन र व्यवस्थापनको अधिकार संविधानतः स्थानीय तहको भएकाले सम्बन्धित काम छिटो हस्तान्तरण गर्न सं...
नारायण खड्का  ,तुलसीपुरस्थित पातुखोलामा डुवेर दुई जना बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित रानी जरूवा नजिकैको खाल्डोमा डुवेर १२ वर्षीय राज कुमार कुवर र उनका १० वर्षीय भाइ कुमार कवरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।,बुधबार दिउँसो नुहाउन भनि गएका उनीहरु गहिरो खाडलमा डुब्न पुग्दा मृत्यु भएक...
सेतोपाटी संवाददाता प्रहरीले रक्तचन्दनसहित ४ जनालाई काठमाडौंको चावहिलबाट पक्राउ गरेको छ।,सिन्धुपाल्चोक धुस्कुनमा जनकबहादुर कार्की, काठमाडौं ३ का कुमार गुरुङ, रुपन्देहीका जनक पन्थी र मोरङका डिल्लीराम लिम्बु पक्राउ परेका हुन् । उनीहरुको साथबाट २ सय ५० केजी रक्तचन्दन बरामद गरिएको छ।,वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपरा...
रासस सिन्धुलीमा हावाबाट बिजुली उत्पादन गरिएको छ।,सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ मा अहिले हावाबाट सफल रुपमा विद्युत् उत्पादन गरिएको हो। त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले गाउँलाई उज्यालो बनाइरहेका छन्।,यसलाई चिसापानी वायु तथा सौर्य मिश्रित मिनि ग्रिण्ड परियोजना नाम दिइएको छ। यसबाट ३५ किलोवाट विद...
सुजिता कार्की ठेकेदार कम्पनीको लापर्वाहीका कारण समय सकिँदासमेत निर्माणाधीन सप्तरीको कुशहा–बेल्ही सडकको काम पूरा हुन सकेको छैन।,उक्त योजनाअन्तर्गत निर्माण गरिएका सडक र नाला एक वर्ष नबित्दै भत्किन थालेका छन्। राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माणाधीन उक्त सडकको स्तरोन्नतिको काम सम्पन्न गर्ने समयस...
सुजिता कार्की कुवेतको खराफी नेशनल कम्पनीमा कार्यरत रही समस्यामा परेका नेपाली कामदारमध्ये २० जनालाई उद्धार गरी आइतबार नेपाल पठाइएको छ।,त्यहाँस्थित नेपाली राजदूतावासले उक्त कम्पनीसँग समन्वय गरी वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट प्राप्त उद्धार रकमले हवाई टिकटको व्यवस्था गरी एअर अरेबियाको उडानद्वारा नेपाल पठाएको जनाएको छ...
सुजिता कार्की खोलाको बगरमा गाडिएको अवस्थामा फेलापरेको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी आठ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ।,गत माघ १० गते राति स्थानीय चिम्चीमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी उनलाई सोही स्थानका १६ वर्षीय जीउधन राईले बलात्कारपछि हत्या गरेर ...
सुजिता कार्की पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गमा बिहिबार बिहान जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।,तानसेनबाट हेक्लाङ्ग जाँदै गरेको लु १ ज ३४९९ नं को जीप दुर्घटना हुँदा हेक्लाङ्गका ४५ वर्षीय दानबहादुर रानाको मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका रानाको उपचारका लागि तानसेन ल्याउने क्रममा बाटोमा नै मृ...
सेतोपाटी संवाददाता काठमाडौंको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो हुने भएको छ।,राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा यहि माघ १९,२० र २१ गते एक्स्पो हुने भएको हो।,एक्सपोको उद्घाटन् उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने कार्यक्रम रहेको छ।,एनएफपीजेले  हेवी हेल्प लिंकको मुख्य प्रायोजनमा नेपालम...
प्रकाश ढुंगाना प्रहरीले काठमाडौं उपत्यकाका ५ वटा अस्पतालमा छापा मारेको छ।,ठमेलमा रहेको एपोलो, बौद्धको चाइना ग्रेटवाललगायतका अस्पतालमा छापा मारेर १७  जना विदेशी डाक्टर र ३ सञ्चालकलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।,'नेपाल मेडिकल काउन्सिलका अनुमति विना केही स्वास्थ्य संस्थाले विदेशी डाक्टर ल्याएर स्वास्थ्थ सेवा दिइरहेक...
सेतोपाटी संवाददाता लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गरौं भन्ने नाराका साथ आउँदो शुक्रबारदेखि दोलखाको जिरीमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव हुँदैछ।,अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवका अबसर पारेर युवा सञ्जाल जिरी तथा प्रकृतिका साथीहरू नामक गैरसरकारी संस्थाले दुई दिन उत्सव मनाउन लागेका हुन्। किसानका साथी लाटोको...
सेतोपाटी संवाददाता गएको बिहिबार काठमाडौंको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको घटनालाई गुपछुप राख्ने प्रहरीका सई निलम्बनमा परेका छन् भने वृत्तका प्रमुख डीएसपीलाई महानगरीय प्रहरी परिसरमा तानिएको छ।,त्यसैगरी, घटना लुकाउनमा संलग्न प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीलाई प्रहरी प्रधान कार...
प्रकाश ढुंगाना तीन जना महिला भुइँमा म्याट्रेस ओछ्याएर पल्टेका थिए। एक जना कुर्सीमा बसेर टोलाइरहेकी थिइन्।,वैदेशिक रोजगार निम्ति विभिन्न समय संयुक्त अरब इमिरेट्स (युएई) आएका यी चार महिला यतिबेला नेपाली दूतावासको सेल्टरमा छन्। युएई पुगेर समस्यामा परेका महिलालाई दूतावासले आफ्नो सेल्टरमा शरण दिन्छ।,म गत साता त्यहीँ पुगेको...
सुजिता कार्की राजधानीमा प्रदूषणविरुद्ध जनचेतना बढाउन र सरोकारवालाहरूलाई दबाब सिर्जना मास्कमाडौं–३ को अभियान सुरू गर्न लागिएको छ।,बढ्दो सवारी साधन, सडकको गुणस्तर र अव्यवस्थित सहरीकरणसँगै केही वर्षयता राजधानी काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर निकै खस्किएको र यसले वातावरण र जनस्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याएको भन्...
सुजिता कार्की भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोकका ३५ प्रतिशत पीडितले अझै घर निर्माण गर्न सकेका छैनन्। पहिलो किस्ता अनुदान घरायसी प्रयोजनमा खर्च गरेको र आर्थिक तथा दक्ष कामदार अभाव, आकासिँँदो मूल्य वृद्धिका कारण घर निर्माण गर्न कठिनाइ भएको पीडितले बताएका छन्।,जिल्लामा भूकम्प पीडित लाभग्राही ७८ हजार ५३७ परिवार र...
सुजिता कार्की नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ।,समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाशदर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि रहेको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।...
प्रकाश ढुंगाना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंसहित देशका विभिन्न स्थानमा अनुमति विना दर्जनौ विदेशी डाक्टरले काम गरिरहेको पत्ता लगाएको छ।,सिआइबीले यही माघ १५ गते काठमाडौंका ५ वटा अस्पतालमा एकै साथ छापा मारेपछि काठमाडौंकै विभिन्न अस्पताल र देशका विभिन्न स्थानमा अनुमति नलिइ विदेशी डाक्टरहरुले ...
सेतोपाटी संवाददाता जुम्लामा प्रदेश नम्बर ६ को सबैभन्दा बढी शैया भएको अस्पताल बनेको छ।,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले खलंगामा बनाएको उक्त अस्पतालको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दै छन्।,प्रष्तिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार अस्पताल बनाउन ७६ करोड खर्च भएको छ। अस्पतालको निर्माण कार्य ...
प्रकाश ढुंगाना पाँचथरकी २२ वर्षीया युवती बानेश्वरमा बस्छिन्। सामाजिक संजाल फेसबुकमा 'ह्याण्डसम' फोटो प्रोफाइल भएका एक युवकले उनलाई ६ महिना तिर रिक्वेष्ट पठाउँछन्।,फेसबुकमा उनीहरुबीच साथी भएपछि 'च्याट' हुन थाल्छ। ती युवकले आफू अमेरिकामा रहेको र विदामा नेपाल आउँदा भेट गर्ने वाचा दिन्छन्। फेसबुकमा साथी बनेको १५ दिनपछि ती...
रासस मनाङ र लमजुङ जोड्ने एउटै मात्र सडक बेसीशहर–चामे सडक आजबाट चार दिनका लागि बन्द हुने भएको छ। मनाङ र लमजुङ सिमानामा रहेको म्यादी खोलामा मोटरेवल पुल निर्माण गर्ने क्रममा आजबाट पुलको ढलान हुने भएकाले सवारी आवत जावतमा रोक लगाइएको हो।,साँघुरो सडक भएको र अर्को कुनै विकल्प नहुँदा सवारी आवत जावतमा रोक लगाइएको पुल निर्माणका...
सेतोपाटी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सोमबार भएको दुर्घटनामा थाई एयरवेजका कर्मचारीको मृत्यु भएको छ।,नेपाल आयल निगमको हवाई इन्धन बोक्ने ट्यांकरको ठक्करबाट सोमबार थाई एयरवेजका सिनियर टेक्निसियन काठमाडौं कोटेश्वर बस्ने ५५ वर्षीय सानु बनको मृत्यु भएको हो।,दुर्घटनामा गम्भीर घाइते भएका उनको सिनामंगलमा उपचारका क्र...
सबिना श्रेष्ठ रगतले लतपतिएको रातो पिण्ड।,क्यानभास बीचको यो पिण्ड स–साना ध्वजाले घेरिएको छ।,यो अमूर्त कला हो। यसका सर्जक हुन्, ८१ वर्षीय गेहेन्द्रमान अमात्य।,अमात्यको यो कला काठमाडौंको बांगेमुढास्थित ‘अमात्य आर्ट ग्यालरी’ मा देख्न सकिन्छ। हालै स्थापना भएको यो आर्ट ग्यालरी उनले दिवंगत श्रीमती र नातिको सम्झनामा सजाएका हु...
सुदीप श्रेष्ठ दाइजो विवाद, रिसिइबी वा सम्बन्ध बिग्रँदै जाँदा महिलालाई आगो लगाउनेसम्मको घटना बढ्दै गएका छन्। यसलाई महिलाविरुद्धको लैंगिक हिंसाकै रूपमा लिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।,अग्नि हिंसा पीडित नेपालद्वारा आइतबार आयोजित अन्तर्क्रियाका सहभागीले यस्तो प्रकृतिको लैंगिक हिंसामा पारिवारिक संलग्नता बढी हुने र ...
नारायण खड्का दाङमा सवारी दुर्घटनाका दर उच्च रहेको पाइएको छ।,साउनदेखि पुस महिनासम्म ६ महिनाको अवधिमा भएका ७४ विभिन्न दुर्घटनामा परि दाङमा ३३ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक कार्यालय दाङका ट्राफिक प्रमुख ओमप्रकाश वाग्लेका अनुसार यो अवधिमा भएका दुर्घटनामा परि २७ पुरुष र ६ जना महिलाहरूको मृत्यु भएको छ।,चालू आर्थिक वर्...
सेतोपाटी संवाददाता प्राचिन बुद्धको मुर्ति बेचबिखन गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काभ्रे घर भइ नागार्जुन ५ बस्ने आकाश कार्की र सिन्धुपाल्चोक घर भइ बौद्ध बस्ने शेरप लामालाई पक्राउ गरिएको एसपी जीवन श्रेष्ठले जानकारी दिए।,उनीहरुलाई नागार्जुन ५ रानीपाटीबाट नियन्त्...
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रि पर्वलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना निर्माण गरेको छ ।,महाशाखाले भोलि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्नका लागि पशुपति क्षेत्र विकास कोष वरपरका क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको हो ।,महाशाखा...
रासस बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वरमा हिन्दू धर्मावलम्बीको आराध्यदेव भगवान् शिवको नृत्य अवतार मानिने नटराजको मूर्ति अनावरण गरिएको छ ।,गलेश्वरमा रहेको १०८ शिवलिंगको बीचमा स्थापना गरिएको नटराजको मूर्तिको प्रदेशसभा सदस्य विनोद केसीले सोमबार अनावरण गरेका हुन्।,पोखरा उपमहानगरपालिका–१० का चन्द्रबहादुर, चेतबहा...
सेतोपाटी संवाददाता महाशिवरात्री २०७४ को अवसर ज्योतिष  एवं वास्तुविद् शिव पोखरेलले ‘पशुपतिनाथ सबका प्यारा प्रभु कल्याणकर्ता...’ भजन सार्वजनिक गरेका छन्।,भजनमा शिवशंकर भोलेनाथको केही स्वरूप र स्वभावको वर्णन गरिएको छ। ‘यो भजन सुनेर शिव कस्तो हुनुहुन्छ भन्ने आभास हामीलाई हुन्छ। पशुपतिनाथ, निलकंठ,जटाधारी, शिव, शंकर, शम्भु,...
भानुभक्त नेपाली सेनाले आज स्थापनाको २५० औं वर्षगाँठ मनाउँदै छ। सैनिक दिवसका अवसरमा सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गर्दै आएको छ।,यसपालि सेना दिवसमा भारतीय सेनाध्यक्ष विपिन रावत विशेष अतिथिका रूपमा निम्त्याइएका छन्।,नेपाली सेनाको २५० वर्ष लामो इतिहासमा पहिलो पटक सेना दिवसमा भारतीय सेनाध्यक्ष विशेष अतिथि बन...
आगामी तीन वर्षभित्र दरबार पुनर्निर्माण सकिने भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ।,करीब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनर्निर्माण गर्न लागिएको हो। विसं १९९० को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर २०७२ वैशाख १२ मा गएको गोरखा भूकम्पले क्षति पुगेको थियो।,विस...
सुजिता कार्की सुनसरी जिल्लाको हालको बराह नगरपालिका–१ स्थित चतरामा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको मूल नहरमा निर्माण गरिएको चतरा विद्युत् उत्पादन गृहको दुवै टर्वाइनको विद्युत् उत्पादन उपकरण बिग्रिएपछि विद्युत् उत्पादन कार्य पूर्णरूपमा बन्द हुन पुगेका छन्।,बराह क्षेत्रको चतरामा रहेको सिँचाइ नहरमा सप्तकोशी नदीबाट आउने ...
चेतना गुरागाईं पृथ्वी राजमार्गको सवारी चाप व्यवस्थापन गर्न सरकारले नौबिसे–मुग्लिङ खण्ड चार लेनमा विस्तार गर्ने भएको छ। कतिपय ठाउँमा अहिलेको सडक यथावत् राखी त्रिशूली नदीपारि नयाँ बनाउने योजना छ।,सडक विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले विश्व बैंकको आर्थिक सहयोगमा नौबिसे–मुग्लिङ खण्ड विस्तार गर्न लागेको जानकारी दि...
निशा भण्डारी बौद्ध धर्मावलम्बीहरूले आज (शुक्रबार)  ल्होछार अर्थात नयाँ वर्ष मनाएका छन्। तामाङ तथा शेर्पा समुदायले नयाँ वर्ष हर्षोल्लासका साथ मनाएका हुन्।,तामाङ समुदायले सोनाम ल्होछार र शेर्पा समुदायले ग्याल्बो ल्होछार पर्व मनाएका हुन्।,सरकारले माघ ४ गते नै सोनाम ल्होछारको बिदा दिएपनि केही तामाङ समुदायले आफूहरूको तिथि ...
सेतोपाटी संवाददाता सिन्धुलीको कमलामाई नगरपालिका–२, सेल्फीडाँडामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।,जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सेल्फीडाँडामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै १७ यात्रु घाइते भएका छन्।,सदरमुकाम सिन्धुलीमाढीबाट तीनकन्या नाकाझोलीतर्फ जाँदै गरेको बा ११ च २२७५ नम्बरको जीप श...
सुजिता कार्की तपाईले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको भए अब कारबाहीमा पर्नुहुन्छ।,महानगरीय ट्राफिक प्रहरी महाशाखाले सिसी क्यामराको माध्यामबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनका चालकलाई धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । मह...
सेतोपाटी संवाददाता काठमाडौंको लगनस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।अमृतलाल रञ्जितको चार-पाँच तलाको घरमा शनिबार बिहान लागेको आगोले ६५ वर्षीय जीवनकाजी श्रेष्ठको जलेर मृत्यु भएको हो। यस्तै अर्का एक जना जलेर घाइते भएका छन्।,काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार बिहान आगलागी हुँदा दुईवटा घर जलेर प...
कमलेश मण्डल महोत्तरीको मटिहानीमा एक व्यक्तिको हत्या गरी फालिएको अवस्थामा शव भेटिएको छ।,मटहानी नगरपालिका-७ पानी ट्याङ्की नजिकै ३० वर्षीय रमेश ठाकुरको धारिलो हतियार प्रयोग गरि हत्या भएको अवस्थामा शव फेला परेको एसपी कुबेर कठायतले जानकारी दिए।,‘टाउकोमा धारिलो हतियार प्रयोग गरि हत्या भएको छ, जिउभरी निलडाम पनि छन्। अनुसन्धा...
विजय नेपाल सिन्धुपाल्चोकको चौतारास्थित वर्ल्ड भिजन ईन्टरनेशनलको कार्यालयमा आगलागि भएको छ।,गएराति करिब १२ बजेदेखि सुरू भएको आगलागिबाट करिब १ करोडको क्षति भएको प्रहरीको प्रारम्भीक अनुमान छ।,भूकम्पपछि धेरै राहत र उद्दारको काम गरेको सो संस्थाको जिल्लाको मुख्य कार्यलयमा आगलागि भएको हो।,आगलागिमा परि संस्थाको फर्निचर, ल्यापट...
नारायण खड्का रोल्पामा भएमो ट्रयाक्टर दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ भने थप आठ जना घाइते भएका छन्।,ट्रयाक्टर दुर्घटना हुँदा त्यसमा सवार लुङ्ग्री गाउँपालिका–४ नम्जाका ४० वर्षीय नगेन्द्र रोका र सोही ठाउँकै १२ वर्षीय दीपेन्द्र विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।,सोमबार दिउँसो सुवर्ण...
सुजिता कार्की कपिलवस्तुको ऐतिहासिक दोहनी क्षेत्रमा उत्खनन गर्दा इशापूर्व चारसय वर्षदेखि मानव बसोबास सुरू भएको पाइएको छ।,पुरातत्व विभागको व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले उत्खनन गर्दा पाएका पुरातात्विक सामग्रीको अनुसन्धानपछि सो तथ्य प्रकाशमा आएको हो।,उत्खननमा भेटिएका माटोका भाँडा तथा सा...
सेतोपाटी संवाददाता सडक विस्तारको मारमा परेका काठमाडौं उपत्यकाका पीडितहरूले आफूहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।,सडक विस्तारपछि उचित क्षतिपूर्तिको व्यवस्था नगरिएको भन्दै उनीहरूले बुधबार माइतीघर मण्डलामा उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै नयाँ सर...
सागरराज तिमिल्सिना नेकपा माओवादी विप्लव समूहले घोषणा गरेको नेपाल बन्दका क्रममा मंगलबार पोखरामा विभिन्न ठाउँमा बम विस्फोट गराएको अभियोगमा कास्की प्रहरीले ३ जना पक्राउ गरेको छ।,पोखराका ४ ठाउँमा बम राखेको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ विजयपुर पुल नजिक प्रेसर कुकर बम विस्फोट हुँदा दुई जना घाइते भएका थिए।,पक्राउ प...
सेतोपाटी संवाददाता शनिबार दिउँसो बजार जाने भन्दै हिँडेकी शिनमोरङको पथरी शनिश्चेर नगरपालिका ६ की ५१ वर्षिया सुकमाया लिम्बु मृत अवस्थामा फेला परेकी छन्।,जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लिम्बु शनिबार दिउँसो बजार जाने भन्दै घरबाट हिँडेकी थिइन्। साँझ अबेरसम्म घर नर्फिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।,शनिबारदेखि हर...
सेतोपाटी संवाददाता सरकारले स्थानीय तहमा स्थापना गरिने प्राविधिक शिक्षालयको नीतिगत तथा संरचनागत ढाँचाका विषयमा औपचारिक छलफल सुरू गरेको छ।,शिक्षा मन्त्रालयका उपसचिव सुशीलबाबु खनालले स्थानीय तहमा स्थापना हुने प्राविधिक शिक्षाको नीतिगत र संरचनागत ढाँचाका विषयमा औपचारिक छलफल सुरू गरिएको जानकारी दिए।,प्रधानमन्त्री केपी शर्म...
भानुभक्त प्रहरीको ‘इन्काउन्टर’मा मारिएका गुन्डा नाइके भनिने मनोज पुन र सोमबहादुर आलेको शव बुझ्न आफन्तले आनकानी गरेका छन्।,रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बिहानैदेखि प्रहरीले आफन्तहरुलाई शव बुझ्न खबर गरेपनि अहिलेसम्म कोही नआएको बताए।,दुबै जनाको शव लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ।,पुनका आफन्त रुप...
सुजिता कार्की रामारोसन गाउँपालिका वडा नं ३ मुजा बगरमा आज  ट्रयाक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ।,मृत्यु हुनेमा रामारोसन गाउँपािलकाका कलशी साउथ र नरु भण्डारी छन्। सिलाइकटाइका काममा जाँदा से १ त ३१४८ नं को ट्रयाक्टर दुर्घटना अन्य दुई जना घाइते भएकामा बयलपाटा अस्पतालमा उपचार गरिँदैछ।,राजविराज– सप्तरीको उत्तर...
सेतोपाटी संवाददाता जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका विभिन्न होटल तथा अस्पताललाई जरिवाना र कारबाही गर्ने निर्णय गरेका छन्।,आइतबार मन्त्रालयमा बसेको बैठकले सोल्टी सिटी अपार्टमेन्ट, द्वरिका होटल, सिद्धि होटल र काठमाडौं गेष्ट हाउसलाई इआइए नगरी सेवा व...
डिल्ली पाण्डे/प्रकाश ढुंगाना काठमाडौंमा कार्यरत केही प्रहरीका कारण शान्ति सुरक्षामा प्रतिकूल असर परेको र अपराधीको मनोबल बढेको निश्कर्ष  निकाल्दै काठमाडौं प्रहरीले घुस्याहा प्रहरी र फरार अपराधी पक्राउ गर्न काठमाडौंमा गोप्य रूपमा २ सय जना युवालाई परिचालन गर्ने भएको  छ।,करिब २ साताअघि काठमाडौं प्रहरीको जिम्मेवारी पाएका ए...