content
stringlengths
20
64.1k
सुजिता कार्की सीमावर्ती विहार अमडुवा नाकाबाट भन्सार छली अवैधरुपमा नेपाली बजारमा कपडा ल्याउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । टरसाइकलसहित पक्राउ गरिएका उनीहरुलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।,करीब रु १० लाख मूल्य बराबरको लत्ताकपडासहित सुनसरी बर्जु गाउँपालिका–१ निवासी लक्ष्मी कामत, ...
सुजिता कार्की नेपाली सेनाको ‘गो ग्रीन अभियान’ अन्तर्गत सिद्धिबक्स गण फूलबारीको आयोजनामा बुधबार पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसर र सेती दोभानमा एक हजार १ सय  बिरुवा रोपिएको छ ।,कार्यक्रममा पश्चिम पृतनापति उपरथि जगदीशचन्द्र पोखरेलले वातावरणलाई स्वच्छ र हराभरा बनाउन वृक्षारोपण अपरिहार्य भएको बताए । उनले बिर...
सुजिता कार्की बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ ।,त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक विस्तार गर्ने क्रममा ढुङ्गेअड्डामा ४०० मिटर क्षेत्रमा बिजुलीको तार जमिनमुनि बिच्छ्याइएको भेटियो । तार कताबाट कतिमुनि ब...
सेतोपाटी संवाददाता कर्तब्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई रामेछाप प्रहरीले काठमाडौंको जमलबाट पक्राउ गरेको छ।,रामेछाप तिल्पुङ ४ का नरबहादुर बुढाथोकीलाई १० वर्षअघि हत्या गरि फरार भएका स्थानीय प्रमेश बुढाथोकीलाई पक्राउ गरेको डिएसपी कुमोध ढुंगेलले जानकारी दिए।,प्रमेशले २०६४ साल साउन ६ गते धारिलो हतियार प्रहार गरी नरब...
सेतोपाटी संवाददाता ‘रअ’को नेपाल एजेन्ट हुँ भन्दै ब्यापारीसँग ५० लाख माग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले काठमाडौंले ४ जनालाई काठमाडौंबाट पक्राउ गरि चितवनमा बुझाएको छ।,अपहरण र ज्यान लिनेसम्मको धम्की दिइ उनीहरुले चितवनका एक ब्यापारीसँग ५० लाख रकम माग गरेको चितवनका एसपी दीपक थापाले जानकारी दि...
सेतोपाटी संवाददाता राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) भक्तपुर शाखाले मोफसलका सञ्चारकर्मीका लागि पाँचदिने व्यावसायिक फोटो पत्रकारिता तालीम संचालन गरेको छ ।,मङ्गलबार मोफसलका सञ्चारकर्मीलाई गुणस्तरीय फोटो खिच्न सक्ने बनाउने उद्देश्यले आयोजना गरिएको सो तालीम एनएफपिजेका केन्द्रीय अध्यक्ष ध्रुव आलेले शुरु गरेका हुन् ।,उ...
सुजिता कार्की सुनसरी जिल्लाका इटहरी उपमहानगरपालिका–३ बुढीखापको पूर्वपट्टि रहेको मोरङको सुन्दरहरैचा नगरपालिका–५ को फोकलेण्ड टापुमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट दुई बालबालिकाको ज्यान गएपछि सो गाउँवासीमा आतंक फैलिएको छ ।,अत्यधिक ज्वरो आउने शरीर दुख्ने र टाउको फुट्ने गरी दुख्ने गरेका कारण बिरामी भएकामध्ये ...
सुजिता कार्की गोरखाको सदरमुकाममा बसपार्क हटाएर सोही ठाउँमा पार्किङसहितको सुविधा सम्पन्न नगर सभाहल निर्माण प्रक्रियण अघि बढाइएको छ ।,जग्गा अभावका कारण विगत एक दशकदेखि वर्षेनी बजेट फिर्ता हुँदै आएकामा यस वर्ष जग्गाको खोजी गरी सभाहल निर्माण प्रक्रिया थालिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्...
नारायण खड्का तुलसीपुर बजारलाई बुधबारदेखि हर्न निषेधित क्षेत्र बनाइने भएको छ । साउन १ गते नवनिर्वाचित वडा अध्यक्ष विरेन्द्रकुमार शाहको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले बुधबारदेखि लागू हुने गरी दाङको तुलसीपुरलाई हर्न निषेधित क्षेत्र बनाउने घोषणा गरेको हो ।,मंगलबार तुलसीपुरका छ स्थानमा हर्न निषेधित क्षेत्र भन्ने ...
चेतना गुरागाईं साझा यातायातले उपत्यका बाहिर (लामो दूरी) मा सेवा बिस्तार गर्ने भएको छ ।,साझा यातायातले १३ वटा नयाँ बस खरिद गरेर सेवा बिस्तार गर्न लागेको हो । साझाले अहिले दैनिक एउटा काठमाडौँ–बाग्लुङ सेवा सञ्चालन गरिरहेको छ ।,देशका अरु भागमा समेत लामो दूरीमा साझा बस चलाउन माग भएको कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्ड...
सेतोपाटी संवाददाता समता एजुकेशन फाउण्डेशनले यो वर्षको एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।,सबैका लागि शिक्षा भन्ने मुल नाराका साथ प्रति महिना एक सय रुपैयाँमा नर्सरीदेखि डिग्रीसम्म अध्यापन गराउँदै आएको उक्त विद्यालयले आज काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरि यो वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार...
समुन्द्र राज घिमिरे अछामकी दुर्गा विक गत साता काठमाडौंमा भेटिइन्। करिब दुई वर्षदेखि सर्वोच्च अदालतमा मुद्दा झेलिरहेकी उनी यसपटक तारिख धान्न आइपुगेकी थिइन्।,तारिख सर्यो। दुर्गाको झमेला झन् तन्कियो।,सर्वोच्चमा दुई वर्ष र पुनरावेदनमा तीन वर्ष गरी दुर्गाले यो मुद्दा खेप्न थालेको पाँच वर्ष बित्न आँट्यो। पुनरावेदनमा त उनले ...
सुजिता कार्की नारायणगढ–मुग्लिन सडकखण्डमा बायोईञ्जिनियरिङको काम तीव्र गतिमा भइरहेको छ ।,बायोईञ्जिनियरिङ गरेर बग्न लागेको माटो तथा चट्टान रोक्ने कार्य भइरहेको छ । पहिरो जाने क्षेत्रमा भित्तामा पर्खाल लगाउने र बाँस, निगालो, अम्रिसो लगायतका वनस्पति तथा घाँस लगाउने काम भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।,आयोजन...
सुजिता कार्की महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकास्थित श्रीराम उमाविमा र्इ–लाइब्रेरी र विज्ञान प्रयोगशाला सञ्चालन भएको छ ।,जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रु सात लाख ५० हजारको लागतमा विद्यालयमा १० थान कम्प्युटर, एक थान ल्यापटप, इण्टरनेट, वाइफाई र अत्याधुनिक विज्ञान शिक्षा सामग्री खरीद गरी ई–लाइब्रेरी र विज्ञान प्रय...
चेतना गुरागाईं तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेस्थित वटडाँडामा आज अपराह्न ग १ त ३३२४ नं को ट्रयाक्टर पल्टिँदा सोही ठाउँका १५ वर्षीय डम्बर पुन र १२ वर्षीय भूपाल गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।,ढुङ्गा बोकेर फिरफिरे जाँदै गरेको उक्त ट्रयाक्टरको पछाडिको ट्रली फुस्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलचौत...
सुजिता कार्की अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने भोटेकोशी नदीको लार्चा पुल पहिरोले बगाएपछि आवतजावत गर्न अस्थायी रुपमा फलामे सत्तरी राखेर फट्के (साँघु) राखिने भएको छ ।,आइतबार बेलुका अविरल वर्षासँगै खसेको पहिरोले ७० मिटर लामो पक्की पुल भाँच्चिएर बगाएपछि अस्थायी रुपमा फलामे सत्तरी राखेर फट्के बन...
सुजिता कार्की जिल्ला मालपोत कार्यालय, महोत्तरीमा कार्यरत नायब सुब्बा रामजी राय सकुशल अपहरणमुक्त भएका छन् । बिहिबार कार्यालयबाट घर सर्लाहीको वेल्हीतर्फ जानेक्रममा बाटोबाट अपहरणमा परेका नायबसुब्बा राय शनिबार भारतको विहार सितामढी जिल्लाअन्तर्गत सोनवर्षा ग्राम पञ्चायतबाट अपहरणमुक्त भएका छन् ।,अपहरणकारीले रायलाई सोनवर्षास्...
सुजिता कार्की रसुवागढी नाकाबाट हुनसक्ने गैरकानुनी क्रियाकलाप रोक्न नेपाल तथा चीनका सुरक्षाकर्मीबाट सीमा क्षेत्रमा गस्ती तथा निगरानी बढाई कडा जाँच गर्ने सहमति भएको छ।,नेपाल–चीन सीमा सुरक्षासम्बन्धी शनिबार जिल्ला प्रशासन कार्यालय, रसुवामा सम्पन्न बैठकले नेपाल–चीन सीमा क्षेत्र हेर्ने अधिकारीबीच लागुपदार्थ ओसारपसार, मानव ...
नारायण खड्का यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले मोटरसाइकल चालकका लागि नयाँ लाइसेन्स वितरण गर्न लिखित परीक्षा सञ्चालनको तयारी गरेको छ ।  तीव्र दबाबपछि मात्रै आवेदन मागेको नौ महीनापछि बल्ल कार्यालयले मोटरसाइकल चालकका लागि लिखित परीक्षा गराउन प्रक्रिया शुरू गरेको हो ।,त्यसका लागि कार्यालयले सोमबारदेखि नै प्रवेश ...
सेतोपाटी अल्का अस्पतालले प्रहरीका गाडीमा प्राथमिक उपचार बक्स (किट बक्स) राखिदिएको छ। ललितपुर प्रहरी परिसरमा रहेका प्रहरी गाडी र परिसर मातहतमा रहेका ४० वटा गाडीमा प्राथमिक उपचार बक्स राखिदिएको अल्का अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिए।,किट बक्समा प्राथमिक उपचार गर्नका लागि चाहिने उपकरण र औषधि २५ प्रकारका छन् । प...
अनिश रेग्मी पशुपति मन्दिरसहितका शिवालयमा जल चढाउनका लागि आवश्यक जल लिन भक्तजन आइतबार रातिदेखि काठमाडौंको सुन्दरीजल पुगेका छन्।,साउन महिनाको सोमबार कुनै पनि शिव मन्दिरमा शुद्ध जल चढाएमा पाप पखालिई पुण्य कमाइने र मनोकामना पूरा हुने धार्मिक विश्वासमा यो महिनाभर प्राय शिवालयमा मेला लाग्ने गरेको छ।,अझ पशुपतिनाथलाई त ज्योति...
चन्द्र काफ्ले गुणस्तरीय शिक्षालाई प्रवर्धन गर्ने कार्यमा क्रियाशिल एक्रेटिभ मिडिया प्रा.लिले विगत ६ वर्षदेखि सञ्चालन गर्दै आएको नोबेल क्विज मेनिया सिजन ६ को राष्ट्रियस्तरको प्रतियोगिताको प्रसारणका लागि आफ्ना सम्पूर्ण तयारीहरू पूरा गरिसकेको छ।,कान्तिपुर टेलिभिजनबाट शिघ्र प्रसारणको क्रममा रहेको सो कार्यक्रम यसै सिजनदेखि...
सुजिता कार्की महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–११ पिगौना गाउँमा पोखरीमा डुबेर एक ६५ वर्षीय वृद्धको मृत्यु भएको छ ।,मृत्यु हुनेमा महोत्तरी गाउँपालिका– ५ बस्ने ६५ वर्षीय प्रकाश महतो रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।,आफ्नी बहिनीको घर पिगौनामा पूजा हेर्न गएका वृद्ध महतो ५०० मिटर टाँढा रहेको पोखरीमा नुहाउन लाग्द...
चेतना गुरागाईं प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग नेपाल भ्रमणमा रहेको बंगलादेशको नेशनल डिफेन्स कलेजको भ्रमण दलका प्रमुख हवाई सुरक्षा उपप्रमुख एम सनाउल हकले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन्।,सो अवसरमा उनीहरुबीच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटवार्तापछि भ्रमण दललाई युद्ध कार्य निर्देशनालयबाट नेपाली...
सुजिता कार्की राजधानीलगायत देशका अन्य भागमा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस)का बिरामीको संख्या बढेको छ । दुई महीनाको अवधिमा दुईजना बिरामीको मृत्यु भएको छ ।,इन्फ्लुएन्जा भाइरस टाएप ‘ए’ को (एच१एन१) भाइरसबाट संक्रमित बिरामीको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।,शुरुमा यसको भाइरस सुँगुरबाट...
सिवी अधिकारी  पर्वतीय पर्यटनको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) को यही साउन २१ गते हुने निर्वाचनमा प्रमुख राजनीतिक दल निकट व्यवसायीबीच चर्को प्रतिस्पर्धा हुने भएको छ ।,एनएमएको नेतृत्व हत्याउन मुख्य प्रतिस्पर्धीका रुपमा जिम्बा जाङ्बु शेर्पा र सन्तवीर लामाको समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेको छ ।,शेर्पालाई...
चेतना गुरागाईं विद्युत्भार कटौती अन्त्यको माग गर्दै आन्दोलनरत उपभोक्ता र प्रहरीबीच आज तिलोत्तमाको शंकरपुरमा झडप भएको छ ।,नेपाल विद्युत् प्राधिकरण नयाँमिल प्रशाखा कार्यालयमा घेराउ गर्न पुगेका उपभोक्ता र प्रहरीबीच झडप भएको हो ।,विद्युत प्रशाखामा तालाबन्दी गरेर सडक अवरुद्ध पार्ने क्रममा प्रहरीसँग आन्दोलनरत पक्षको झडप भएक...
नारायण खड्का दाङमा एकजना महिला बोक्सीको आरोपमा आफन्तबाटै कुटिएकी छन् ।,लमही नगरपालिका वडा नं. – ४ चैलाही निवासी ४३ वर्षीया लक्ष्मी विकलाई उनका जेठाजु ४७ वर्षीय कृष्णबहादुर विक, उनकी श्रीमती ४५ वर्षीया के शरी विक र उनका २३ वर्षीय छो रा सन्दिप विकले  बो क्सीको  आरो प लगाउँदै निर्घात कुटपिट गरे का हुन् ।,पीडित विकले उक्त...
सेतोपाटी काठमाडौं सिनामंगलमा ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।,विहीबार विहान ९ बजेतिर ना ३ ख ८८५४ नम्बरको इन्धन बोक्ने ट्यांकरको ठक्करबाट मकवानपुर घर भए हाल काठमाडौं बस्ने ३८ वर्षीया मिरा भुजेलको मृत्यु भएको हो।,ट्यांकर र चालक गौशाला प्रहरीको नियन्त्रणमा छन् । सिनामंगलमा ट्यांकरको...
सेतोपाटी छात्रालाई यौनहिंसा गरेको आरोपमा रत्नराज्यलक्ष्मी क्याम्पस आरआरका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।  आरआरका शिक्षक विष्णु आर्चायलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी सिद्धिविक्रम शाहले जानकारी दिए।,प्रहरीका अनुसार उनले यही साउन १२ गते स्नाकोत्तर तहमा पढ्ने एक छात्रालाई कक्षामा एक्लै बसेको अवस्थामा ...
सुजिता कार्की गुल्मीको मुसिकोट नगरपालिका वडा नंं २, ३, ४ को मुसिकोट र बडागाउँमा सञ्चालित मुसिकोट बडागाउँ खानेपानी अवरुद्ध हुँदा स्थानीयवासी निकै समस्यामा परेका छन् ।,झण्डै ३२ किलोमिटर टाढा दलिङ पासेखोलाबाट ल्याइएको खानेपानी मुसिकोट नगरपालिका–२ का मुसिकोटका विभिन्न स्थानमा पाइप जीर्ण बन्दै जाँदा खानेपानी जडान गरिएका पा...
सुजिता कार्की भोजपुर जिल्लाभित्रका तीन विद्यालय नमूना विद्यालयका लागि छनोट भएका छन् ।,साल्पासिलिछो गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालय कुलुङ, षडानन्द नगरपालिकाको षडानन्द माध्यमिक विद्यालय र भोजपुर नगरपालिकाको विद्योदय माध्यमिक विद्यालयलाई नमूना विद्यालय घोषित भएका जिल्ला शिक्षा कार्यालय भोजपुरले जनाएको छ ।,शिक्षा...
सुजिता कार्की वर्षातका  कारण पहिरो खस्दा अवरुद्ध बनेको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रुपमा सञ्चालन भएको छ ।,सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ दोभानस्थित प्रहरी चौकी नजिकै पहिरो खसेको हो ।,बुधबार अपराह्न ४ बजे पहिरो खसेपछि अवरुद्ध बनेको सडक बिहीबार बिहानदेखि एकतर्फी रुपमा सञ्चालन भएको ...
सुजिता कार्की स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा छ महीनासम्म पुर्याउन तीव्र पहल शुरु गरेको छ ।,जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्केरी बिदा छ महीनासम्म पुर्याउने पहल गरेको हो ।,हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार...
सेतोपाटी संवाददाता शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले अनशनरत डा. गोविन्द केसीलाई तत्काल अनसन तोड्नको लागि आग्रह गरेका छन्।,शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव श्रेष्ठले एक हप्ताभित्र संसदबाट स्वास्थ्य ऐन सम्बन्धी विद्येयक पास हुने बताउदै डा. केसीलाई तत्काल अनशन तोड्न आग्रह गरेका ह...
सञ्चिता घिमिरे घरमा प्रयोग भएको पोलिथिन झोलाको व्यवस्थापन गर्न हैरान हुनुभएको छ ? यदि हो भने हैरान हुनुपर्दैन । तपार्इंले प्रयोग गरेर खेर जाने पोलिथिन पेट्रोलियम पदार्थका लागि कच्चा सामग्री हुन सक्छ ।,पोलिथिनबाट पेट्रोल बनाउन सकिन्छ भने कुरा सुन्दा अपत्यारिलो लाग्न सक्ला । तर यो वास्तविकता हो । नेपाल विज्ञान तथा प्रवि...
चेतना गुरागाईं सोलुखुम्बु हुँगा नदीको कटानका कारण सुरू भएको पहिरोले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ बुङका सात घरपरिवार विस्थापित भएका छन् ।,पहिरोका कारण स्थानीय रामबहादुर बस्नेत, नारायणकुमार बस्नेत, प्रेमकुमार बस्नेत, लक्ष्मण बस्नेत, ताराकुमारी बस्नेत, कुमारी बस्नेत र पदमबहादुर बस्नेतको घर बगाएका कारण उनीहरुको परिव...
सुजिता कार्की वर्षाका कारण भिरालो जमिन भएको पहाडी जिल्ला तेह्रथुमका अधिकांश गाउँ पहिरोको जोखीममा परेका छन् ।,पछिल्ला वर्षहरुमा अनियन्त्रितरुपमा भइरहेको सडक निर्माणका कारण जिल्लाका दर्जनभन्दा बढी गाउँमा पहिरोको खतरा बढेको हो । बुधबार राति परेको भारी वर्षाका कारण पहिरो खस्दा दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् । बि...
चेतना गुरागाईं दोलखामा निर्वाचित जनप्रतिनिधिले आफूले तोकेका व्यक्तिलाई भूकम्प पीडितको सूचीमा नराखिए गुनासो दर्ता गरेका घरको छुट सर्वेक्षण तथा पुनः जाँच गर्न नदिने चेतावनी दिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।,प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयले छुट सर्वेक्षण तथा पुनः जाँच गराउने सम्बन्धमा बिहीबार आय...
अनिश रेग्मी कानमा मुन्द्रा, आँखामा कालो चस्मा, इस्टकोट र ढाका टोपी लगाएका मोटा व्यक्ति कुर्सीमा छन्। उनकै वरपर इस्टकोट लगाएका केही व्यक्ति धुप बालेर उनको आरती उतारिरहेका छन्।,राजधानीको बानेश्वरस्थित संसद भवनको सय मिटर वर शनिबार देखिएको दृश्य हो। ती मोटा व्यक्ति मेडिकल माफिया र अरू सा‌ंसदका प्रतिनिधि पात्र हुन्।,डाक्टर...
समुन्द्र राज घिमिरे कोही मान्छे यस्ता हुन्छन्, जो सपना पूरा नभएसम्म लडिरहन्छन्।,कोही मान्छे यस्ता हुन्छन्– जिन्दगी चलाउने पूरै जिम्मा समयलाई छाडिदिन्छन्।,हामीले न्युरोड गेटमा दोस्रो प्रकृतिको मान्छे भेट्यौं, ६४ वर्षीया दिजुला थापामगर।,यो ३६ वर्षदेखि एकै ठाउँमा चिया बेच्नेको कथा हो।,न्युरोड गेटबाट देब्रे मोडिँदा जति लो...
नारायण महर्जन काठमाडौं उपत्यकामा उपत्यका वरपरको आकाशमा अनौठो दृष्य देखिएकाे छ। अस्ताउन लागेको सूर्यलाई इन्द्रेणीले घरेको थियो। २२° दिशामा रहेको सूर्यका किरण हरेक क्षेत्रमा बराबर गएका हुन्छन्। यो काठमाडौं उपत्यकाको अधिकांश स्थानबाट देखिएको थियो। मौसममा आएको परिवर्तनसँगै काठमाडौंको आकाशमा यस्तो दृष्य देखिएको हो ।,हेर्नु...
नारायण खड्का चर्चित हास्य व्यङ्ग्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले विश्वमा नेपाललाई चिनाउनका लागि नमूना बस्ती निर्माणमा लागेको बताएका छन् । दाङको तुलसीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरसफाई दूत कट्टेलले विश्वले नेपाललाई एकै ठाउँमा हेरर चिन्न सकोस् भनेर आफूले नमूना बस्ती निर्माण परियोजना शुरु गर्न लागेको बताए...
सुजिता कार्की मोरङको सुन्दरहरैचा नगरपालिका– ९ स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट आज दिउँसो एक साइकलयात्रीको मृत्यु भएको छ, भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।,पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख २३२३ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका तीनवटा साइकललाई ठक्कर दिँदा साइकलमा सवार मोरङ सुन्दरहरैचा– ११ बस्...
सुजिता कार्की सप्तरीको रुपनी गाउँपालिका– ५ अन्तर्गत तेरोहतास्थित पोखरीमा आज डुबेर एक बालिकाको मृत्यु भएको छ ।,सोही गाउँपालिका– ६ जगमोहनटोल घर भई तेरोहोता माइती गएकी अमरिकादेवी चौधरीको तीन वर्षीया छोरी दीपिका चौधरी घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए ।,उनी खेल्दाखेल्दै सो पो...
सुजिता कार्की आर्थिक वर्ष २०७३/७४ मा जिल्ला शिक्षा कार्यालयको  चार करोड ७७ लाख ३१ हजार रुपैयाँ बजेट फिर्ता भएको छ ।,कार्यालयलाई अख्तियारी आएको  ७१ करोड ३१ लाख ३९ हजार रुपैयाँमध्ये  ६६ करोड ५४ लाख सात हजार रुपैयाँ  खर्च भएको जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले जानकारी दिए । गत आवमा ९२ प्रतिशत बेरुजु फछ्रर्यौट भए...
सुजिता कार्की गएराति परेको भीषण वर्षासँगै घरमाथिबाट आएको पहिरोले कास्कीको माछापुच्छ्रे गाउँपालिका– ५ रिभान लामपाटाका १३ घरमा बाढी पसेर पूर्ण क्षति पुर्याएको छ ।,गाउँभन्दा माथिबाट पहिरो आउँदै छ भन्ने प्राप्त सूचनाका आधारमा घरमा सुतेका सबै गाउँले भागेर सुरक्षित स्थानमा पुगेकाले मानवीय क्षति भने हुन नसकेको जिल्ला प्रहरी ...
सुजिता कार्की छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ ।,मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेकोे नेपालको फौजदारी कानूनलाई आधुनिक र समयसापेक्ष बनाउन व्यवस्थापिका–संसद्को आजको बैठकबाट पारित यो नयाँ विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आउँदो भदौ १ गतेबाट लागू...
चेतना गुरागाईं बेलकोटगढी नगरपालिका–५ दुईपिपलको डबलीमा लाखेजात्रा हेर्न पुगेका जात्रालुबीच आज झडप भएको छ ।,बेलकोटगढी नगरपालिका वडा नं ५ र ६ दुईपिपल र वडा नं ७ रातमाटेका युवाहरुबीच मोटरसाइकलले ठक्कर दिएको विषयलाई लिएर भएको झडप रोक्न प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम...
नारायण खड्का दाङका व्यापारीको अपरहण तथा हत्या काण्डमा सम्लग्न ११ जना अभियुक्तहरुलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । दाङका व्यापारीहरु राजकुमार श्रेष्ठ र रणबहादुर घर्तीको अपहरणपछि हत्या गरेको अभियोगमा पक्राउ परेका ११ जना कारागार चलान भएका हुन्।,तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का ३४ वर्षीय खुमबहादुर केसी,  तुलसीप...
सुजिता कार्की दुई दिनदेखिको अविरल वर्षाका कारण झापाका करीब ६७० घरपरिवार जोखीममा परेका छन् ।,वर्षाले जिल्लाका विभिन्न नदी/खोलामा आएको बाढीले जमिन कटान गरेर बस्तीमा पानी पसेकाले ती घरपरिवारको बसोबास जोखीममा परेको नेपाल रेडक्रस सोसाइटी जिल्ला विपद् व्यवस्थापन शाखाले जनाएको छ ।,गौरीगञ्ज गाउँपालिका–२ कोरोबारीस्थित पिण्डाघु...
सुजिता कार्की हिमाली क्षेत्रको गौरवको आयोजनाका रुपमा मानिने ३०० शैय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अस्पताल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।,७६ करोड रुपैयाँमा निर्मार्णाधीन भवनको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको कम्पनीका ईञ्जिनियर दिनेश भण्डारीले जानकारी दिए । यो ३०० शैय्याको भवन पश्...
सुजिता कार्की मनसुन सक्रिय भएसँगै देशैभर बदली र वर्षा भएको छ ।,झण्डै एक महिनादेखि कमजोर रहेको मनसुन बिहिबारदेखि बढी सक्रिय भएकाले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।,गएरातिदेखि नै काठमाडौं उपत्यकासहित देशभर वर्षा भएको र यो क्रम अझै केही दिन जारी रहने मौसमविद् सुजन सुवेदीले बताए । ‘मनसुन नेपालमा ब...
चन्द्र काफ्ले १९ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भेट्न कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य शुक्रबार शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।,११औँ अनशनमा बसेका डा. केसीको मागमा उनीहरूले समर्थन र ऐक्यबद्धतासमेत जनाए। दुवै कलाकारले डा. केसीका माग सम्बोधन गरी उनको जीवन रक्षा गर्नुपर्ने बताएका छन्।,  ...
सेतोपाटी संवाददाता शुक्रबारदेखि परेको अविरल वर्षाले विराटनगर विमानस्थल जलमग्न भएको छ। यहाँ धावनमार्गमा पानी भरिनुका साथै टर्मिनल भवनको भुइँतलामा पानी छिरेको छ।,स्थानीय केसलिया खोलामा पानी सतह बढ्नाले नजिकै विमानस्थलभित्र छिरेको हो। विराटनगर विमानस्थल प्रमुख सुरेशमान सिंहका अनुसार धावनमार्गमा ३ देखि ४ फिट पानी भरिएको छ...
सेतोपाटी सिन्धुलीमा पहिरोले पुरिएका एक जनालाई सेनाले जिवितै उद्धार गरेको छ।,अविरल बर्षाका कारण सिन्धुलीको कमलामाई नगरपालिकामा आएको पहिरोमा परेकाको उद्धार गर्न चण्डीदल गणबाट टोली खटाइएको हो। सेनाले पहिरोबाट चार जनाको शव निकालेको छ।,बाँकेमा डुबानमा परेकाको उद्धार गर्न सेनाले हेलिकप्टर पठाएको छ। सुनसरी र मोरङमा पनि पीडित...
अनिल तिवारी तीन दिनदेखिको अविरल वर्षापछि बाराको जनजीवन नराम्ररी प्रभावित भएको छ। वर्षाकै कारण शनिबार बिहान एक घर भत्किँदा सिम्रौनगढ नगरपालिका ८ कचोर्वाका रामविलास पासवानकी ४५ वर्षीया श्रीमती गहनीदेवी पासवानको मृत्यु भएको छ।,वर्षाका कारण घर भत्किएपछि गहनीदेवी पुरिएर मृत्यु भएको स्थानीय स्वास्थ्यकर्मी वीरेन्द्र यादवले ब...
सुजिता कार्की पाँच दिनदेखि लगातारको वर्षाका कारण जिल्लाको विभिन्न स्थानमा पहिरो गएको छ ।,पृथ्वीराजमार्ग अन्तर्गत धादिङ खण्डमा गएको पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ । धादिङबेँसी–काठमाडौं यातायात पहिरोका कारण अवरुद्ध भएकाले पहिरो पन्छाएपछि एकातर्फी यातायात सञ्चालनमा ल्याइएको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी ...
राकेश यादव रौतहटको करूनीयास्थित जोहर टोलमा बाढीका कारण दुई सय भन्दा बढी मानिस जोखिममा परेका छन्। उनीहरुको उद्धार  हुन सकेको छैन।,लालबकैया नदीले देवाही गोनाही गाउँपालिका २ को करूनियाघाट करिब एक सय मिटर बाँध भत्काउँदा जोहरटोल डुवानमा परेको हो।,बस्ती डुवानमा परेपछि गाउँका करिब दुई सयभन्दा बढी मानिस एकघरमा उद्धारको पर्खाइ...
चेतना गुरागाईं पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ३ का पहिरोबाट विस्थापित ११४ परिवारलाई बुधबार प्रभावित क्षेत्रमै पुगेर राहत रकम प्रदान गरिएको छ ।,केन्द्रीय दैवीप्रकोप राहत समितिबाट आएको दुई हजार १ सय रुपैयाँ प्रतिव्यक्तिका दरले २०२ जना व्यक्तिलाई राहत प्रदान गरिएको जिल्ला दैवीप्रकोप राहत समिति तथा प्रमुख जिल्ला अधिका...
सुजिता कार्की पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण गएको आठ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन् ।,बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण बितेको आठ दिनयता उडान हुन नसकेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिए । उडान हुन नसक्दा खुम्बु...
भानुभक्त राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त भनी पहिचान भएका बस्तीका भूकम्प प्रभावितलाई लाभग्राहीको सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ। प्राधिकरण कार्यकारी समितिको पछिल्लो बैठकले धादिङको गंगाजमुना गाउँपालिकाका १७ घरधनीलाई लाभग्राही सूचीमा राखेको हो।,प्राधिकरणले यसरी लाभग्राही सूचीमा राखेकाहरुमा गंगाजमुना ग...
सुजिता कार्की शहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १७२ जनालाई कारबाही गरिएको छ ।,जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार यही भदौ १ गतेदेखि भरतपुर महानगरपालिकाको चक्रपथ क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । सो क्षेत्र घोषणा गरिएसँगै ट्राफिक प्रहरीले एक हजार १५५ ...
अनिश रेग्मी अाइतबार परेको पानीले ललितपुरको महपाल सडक केहीबेर जलमग्न भयो। सडकमा पानी जमेपछि पैदल यात्रु,  सवारी चालक र स्थानीय व्यापारीलाई असहज भएको थियो।   ढल निकासको राम्रो व्यवस्था नभएको र ठाउँ ठाउँमा फोहोर थुप्रिएर पानीको निकास नहुँदा यो सडक अलि ठुलो पानी पर्दा जलमग्न हुने गरेको स्थानीय बताउँछन्।,हेर्नुस् केही तस्ब...
सुजिता कार्की ओखलढुङ्गा ज्यामिरेकी केशवकुमारी वाग्लेको १७ वर्षअगाडि बेपत्ता भएको छोरा गोपीकृष्ण वाग्ले अझै अत्तोपत्तो छैन ।,चितवनस्थित रत्ननगरमा रहेको हरिहर मन्दिरमा संस्कृति विषय पढ्न गएको कक्षा १० मा पढ्दै गर्दा २०५६ साल भदौ २६ गते बेपत्ता भएको छोरा अझै नभेटिएपछि आज अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा बेपत्ता पारि...
रबिन्द्र बराल  ,मोरङको धनपाल थान गाउँपालिका ४ कर्सिया चोकमा अवैध रूपमा क्लिनिक सञ्चालन गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्।,धनपालथान गाउँपालिका २ घर भएका वेचु ऋषिदेवकि ४५ वर्षिकी श्रीमती लजिया देवि ऋषिदेव साउन ३० गते गरेको पायल्सको अप्रेशन गलत तरिकाले गरेको भन्दै प्रहरीमा निज डाक्टरविरूद्ध उजुरी दिएपछि उनी नक्कली ...
सुजिता कार्की नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।,बिहिबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि अपराह्न ४ बजेदेखि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।,पहिरोका कारण चार किलोमा ५० मिटर सडक बगेपछि भित्तापट्टी ढलको क्षेत्रलाई सम्माई दुईतर्फी सडक सञ्चालनमा ल्या...
चेतना गुरागाईं दशैँ आउन तीन सातामात्र बाँकी हुँदा पनि लामो दूरीमा जानुपर्ने यात्रुले सार्वजनिक यातायातको टिकट नपाउँदा हैरानी खेपिरहेका छन्।,विगत वर्षमा दशैँको एक महिनाअघि नै सार्वजनिक यातायातको टिकट खुला गरिन्थ्यो। यस वर्ष यातायात व्यवसायीले टिकट खुला गर्ने विषयलाई भाडा बढाउने विषयसँग सौदाबाजी गर्न खोजेका छन् ।,पेट्रो...
चेतना गुरागाईं राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ ।,जसमा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका छन् । नियमिततर्फ एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए।,त्यसै गरी आंश...
सुजिता कार्की तीन दिनयता विद्युत् अवरुद्ध हुँदा जिल्लामा रहेका रेडियोको नियमित प्रसारण बन्द भएको छ ।,सदरमुकामबाट प्रसारण गर्दैआएका ‘रेडियो भोजपुर ९३.८’, ‘चोमोलुङमा एफएम. ९८.६’ र उन्नति एफएम ९२.८’को बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्मको नियमित प्रसारण बन्द भएको हो ।,विद्युत् अवरुद्ध हुँदा एकातिर इलेक्ट्रोनिक पसल तथा विद्...
सुजिता कार्की चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लू संक्रमण भएको पुष्टि भएको छ ।,जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लू भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको पाइएको हो ।,कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केस...
अनिश रेग्मी काठमाडौं उपत्यकामा आईतबारबाट इन्द्रजात्रा सुरु भएको छ। काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजाताको सुरुवात गरिएको हो।,भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन गरेको केन्द्रीय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले जानकारी द...
प्रकाश ढुंगाना काठमाडौंको क्षेत्रपाटीबाट बरामद भएको ८८ किलो सुनका मालिक चिनियाँ नागरिक पान विइ मिङ भएको खुल्न आएको छ।  सुन सहित पक्राउ परेका गाडी चालक मनोज अधिकारीको वयानको आधारमा प्रहरीले सुन मालिक मिङ रहेको पत्ता लगाएको हो।,'सुन तस्कर गर्ने चिनियाँ नागरिक हुन्' महाशाखाका एसएसपी दिवेश लोहनीले भने, 'तस्कर गर्नेको नाम ...
सेतोपाटी संवाददाता काठमाडौं निर्वाचन क्षेत्र नं. चार अन्तर्गत कपन क्षेत्रमा निर्माण भइरहेका सडकको निर्माण कार्य अबदेखि तीव्र रूपमा अगाडि  बढ्ने भएको छ।,सरोकारवालाहरूले बाटो निर्माणमा आइपरेका सबै अवरोध हटाउँदै निर्माण कार्यलाई तीव्रता दिने  प्रतिबद्धता जनाएका छन् ।,क्षेत्र नं. चारको सांसदको कार्यालयले कपनमा आयोजना गरेक...
सेतोपाटी संवाददाता नेपालमै पहिलो पटक युवा इन्जिनियरहरुको सक्रियतामा स्मार्ट इलेक्ट्रिक ह्विलचियर सार्वजनिक गरिएको छ । चार जना नेपाली युवाको दुई वर्षको प्रयासपछि बनाउन सफल भएको ह्विलचियरको सोमबार राजधानीमा एक कार्यक्रमबीच अर्थराज्यमन्त्री उदयशम्सेर राणा, मह जोडीलगायतको संयुक्त रुपमा सार्वजनिक गरे ।,हालसम्म विदेशबाट मात...
प्रकाश ढुंगाना प्रहरी तथ्थाङ्कका अनुसार पछिल्लो ५ वर्षमा ५ सय ५७ किलो भन्दा बढी सुन तस्करी भएको छ। पछिल्लो एक वर्षको बिचमा १ सय ८० किलो भन्दा बढी सुन बरामद भएको छ।,सबैभन्दा धेरै चीन, त्यसपछि युएई, थाइल्याण्ड र मलेसियाबाट सुन तस्करी हुने गरेको छ।,यो त पछिल्लो पाँच वर्षमा बरामद भएको सुन मात्रै हो। पाँच वर्षदेखि लगातार स...
सुजिता कार्की रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अन्तरजातीय प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपिट गर्ने पाँच जनाविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ ।,त्यसैगरी, इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी प्रमुख प्रहरी निरीक्षकमाथिसमेत विभागीय कारबाही थालिएको छ ।,तल्लो जातको युवकसँग प्...
सुजिता कार्की आफ्नो मान्छेलाई शिक्षक बनाउनुपर्ने अडानका कारण जाजरकोटका दुई विद्यालयमा शिक्षक नियुक्ति हुन सकेको छैन ।,छेडागाड नगरपालिका–१२ मनघाटस्थित चन्द्रज्योति आधारभूत विद्यालय र त्रिवेणी नलगाड नगरपालिका–६ पिउलीस्थित जनप्रिय प्राविको प्राथमिक तहको राहत शिक्षक पदका लिइएको परीक्षाको अन्तर्वार्ताका बेला व्यवस्थापन समि...
सुजिता कार्की ठूलीभेरी नदीमा ट्रयाक्टर पल्टिँदा चालकसहित फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ ।,ठूलीभेरी नगरपालिका–३ स्थित लामालोटेमा ढुंगासहितको रा१त ७४८१ नंको ट्रयाक्टर नदी पार गराउने क्रममा बीच नदीमा पल्टेको प्रहरीले जनाएको छ ।,यही भदौ १९ गते साँँझ सवा ६ बजेतिर नदीमा ट्रयाक्टर पल्टेपछि सवार तीन जना बेपत्ता भएको ख...
समुन्द्र राज घिमिरे ‘नयाँ शक्ति’ पार्टीको आन्तरिक बैठक चल्दै थियो। आफ्नो मन्तव्यको सिलसिलामा एक नेताले भनिछन्, ‘... यी काम न काजका कलाकार ...!’,ती नेताको भनाइ करिश्मा मानन्धरप्रति लक्षित थिएन, तर पनि उनको कन्पारो तातिहाल्यो।,आफ्नो पालोमा करिश्मा जुरुक्क उठिन् र भनिन्, ‘हामी कलाकार पिएचडी गर्न सक्छौं, तर पिएचडी गरेको म...
सुजिता कार्की दक्षिण कोरियाको डेजन सिटीमा हुन गइरहेको एशिया प्यासिफिक सम्मेलनमा भाग लिन पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीसहित पाँच नगर प्रमुख त्यसतर्फ जाने भएका छन् ।,जिसीसहित काठमाडौं, धरान, धुलिखेल र नवलपरासीका प्रमुख र अन्य गरी १० जना सम्मेलनमा जाने प्रमुख जिसीका प्रेस सहयोगी लक्ष्मण तिमिल्सिनाले जानक...
सुजिता कार्की शीतगंगा–७ जलुकेकी ३५ वर्षीया नौ दिनकी सुत्केरी मनिसरा राउतलाई रक्तश्राव भएसँगै दुई घण्टा डाँडी(तामदान, डोली) मा बोकेर छिमेकी जिल्ला प्यूठानको दर्वाङमा लगेर उपचार गरियो ।,स्ट्रेचर नभएकाले मान्छे खोजेर डाडीमा बोकी उपचार गर्न लगिएको उनका बुबा पीताम्बर राउतले बताए । मनिसरा मात्र हैन उनीजस्तै सयौँ महिलाको हाल...
नारायण खड्का घोराही र बुटवल नगर न्यूनतम सर्त तथा कार्य सम्पादन मापनमा देशभरी कै उत्कृष्ट भएका छन् ।,संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको स्थानीय निकाय वित्तीय आयोगले गरेको मूल्यांकनमा घोराही र बुटवलले समान ९१ अंक प्राप्त गर्दै प्रथम बन्न सफल भएका हुन् ।,आथिर्क वर्ष २०७२/७३ मा आयोगका स्थानीय शासन  विज्ञ र...
सेतोपाटी मेक्सिकोको पिपिजियापानमा ८.१ म्याग्निच्यूडको भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म तीन जनाको मृत्यु भएको छ।,अमेरिकी जिओलोकिजल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु पिपिजियापान सहरबाट ८७ किलोमिटर दक्षिण–पश्चिम क्षेत्र हो।,जमिनको सतहभन्दा ७० किलोमिटर मुनिबाट भूकम्पको तरंग सुरु भएको सर्भेले जनाएको छ। उक्त भूकम्प ए...
सुजिता कार्की पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्तनगर–गड्डाचौकी खण्डमा बिहिबार राति दुई भारतीय नागरिकलाई गोली होनी फरार रहेका दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ ।,बिहिबार राति भीमदत्तनगरबाट सीमावर्ती भारतीय बजार वनवासातर्फ मोटरसाइकलमा गइरहेका भारतीय सिँचाइ विभाग कर्मचारी यूनियन संघ, कैनालका जगतसिंह...
रोहेज खतिवडा समाज विज्ञान सूत्रमा आधारित हुँदैन। विचार, विधि र पक्षका आधारमा एउटै विषयको परस्परविरोधी नतिजा आउन सक्छ। यसले कहिलेकाहीँ यस्तो बहस सिर्जना हुन्छ, जुन प्राज्ञिकबाट व्यक्तिगत आरोपप्रत्यारोपमै रूपान्तरण हुन पुग्छ।,दुई ख्यातिप्राप्त इतिहासकारको साढे चार दशक लामो झगडा यसैको एउटा उदाहरण हो।,ती इतिहासकार हुन्- त...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय पाँचथरले सदरमुकाममा विभिन्न प्रलोभन देखाई नेटवर्किङ विजनेस गर्दै आएका एक जना संचालकसहित दुई जनालाई पक्राउ गरेको छ ।,प्रहरीले शुक्रबार  बिहान सदरमुकामबाट आईअोस ग्लोबल मार्केटिङको नाममा विभिन्न सामग्रीहरू विक्री गर्दै आएका फिदिमका व्यवसायी दिपक धमाला सहित अर्का एक ग्राहकलाई पक्र...
सुजिता कार्की लोपोन्मुख अवस्थामा रहेको पाटेबाघको संख्या सन् २०२२ सम्म दोब्बर पुर्‍याउने नेपाल सरकारको लक्ष्यअनुरुप पर्सा राष्ट्रिय निकुञ्ज आधाभारमा पाटेबाघको संख्या २५० पुर्‍याउने भएको छ ।,सो निकुञ्जमा विगतमा बाघको गणना गर्दा सन् २००७ र २००८ मा २२ वटा पाटेबाघ रहेकोमा अहिले सो बाघको संख्या दोब्बर हुनुसक्ने अनुमान गरिएक...
चेतना गुरागाईं शक्तिशाली समुद्री आँधी इर्माले क्यारेबियन क्षेत्रमा कम्तिमा १४ जनाको मृत्यु भएको छ। यस शताव्दीकै केही शक्तिशाली आँधीमध्ये एक मानिएको इर्माको गति प्रतिघण्टा २९० किलोमिटरसम्म थियो।,आँधीका कारण कयौं घाइते भएका छन् भने हजारौं घर तथा अन्य भौतिक संरचना भत्किएका छन्। यसले सेन्ट मार्टिन प्रायद्वीपमा सबैभन्दा बढ...
सुजिता कार्की लमजुङमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मध्यनेपाल–६, भोर्लेटारमा ग १ ख ६०९० नं को मालबाहक ट्रक दुर्घटना भएको हो ।,दुर्घट्नामा परी मकवानपुर, हेटौंडाका अन्दाजी २२ वर्षीय सागर लामाको मृत्यु भएको ट्राफिक प्रहरी हबल्दार भूमिराज घिमिरेले जानकारी दिए।,मृतक सोही ट्रकको सहचालक भएको प्रहरीले जनाएको छ ।...
सुजिता कार्की यशोधरा गाउँपालिका– २ का दुई युवतीको स्थानीय खोलामा डुबेर मृत्यु भएको छ ।,मृत्यु हुनेमा स्थानीय ३३ वर्षीया इन्द्रावती यादव र १५ वर्षीया रिमा कोहार रहेको प्रहरीले जनाएको छ ।,कुचो बनाउने घाँस काट्न गएका उनीहरुको खोला डुबेर मृत्यु गएको हो । खोला किनारमा रिमा घाँस काट्दै गर्दा खसेर डुब्न लागेपछि उनलाई बचाउन ख...
सुजिता कार्की बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभावितले सरकारसँग तत्काल मुआब्जा निर्धारण गरिदिन माग गरेका छन् ।,प्रधानमन्त्री शेरबहादुर देउवालाई आज १२ बुँदे ज्ञापनपत्र बुझाउँदै प्रभावितले सो माग गरेका हुन् । आर्थिक केन्द्र र सहरका रुपमा विकास हुँदै ग...
सुजिता कार्की साउनको अन्तिम साता आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्या–पर्यावरणम खल्बलिएपछि वन्यजन्तु प्रभावित बनेका छन् ।,बाढीले घाँसे मैदान हिलाम्मे छ भने एक ठाउँका वन्यजन्तु बाढीले अन्यत्र पुर्‍याएको छ । कतिपय आहार प्रजातिका जनाव मरेपछि मांसहारी जनावरलाई पनि आहारको अभाव भएको छ । आहार नपाएपछि वन्यजन्तुहरु मानव...
सुजिता कार्की डडेल्धुराको भागेश्वर गाउँपालिकामा भाइरलजन्य रोगको संक्रमण बढेपछि गाउँपालिकाले आइतबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।,दुर्गममा रहेको वर्षातका कारण गाडी चल्न नसकेपछि भागेश्वर गाउँपालिकाको वडा नं ५ का विभिन्न गाउँमा भाइरलजन्य रोगका बिरामीको सहज उपचारका लागि भन्दै गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको ...
अर्जुन गिरी पोखरा व्यास नगरपालिका–१० वनबाटिकामा २ समूहबीचको ग्याङ फाइट भयो । फाइटकै क्रममा आकाश थापामाथि खुकुरी र अन्य धारिलो हतियार प्रहार भयो । उनी मारिए ।,१८ वर्षीय थापाको हत्याको कारण सानो विवादको रिसइबी थियो । मारिने आकाशमात्रै होइन हत्यामा संलग्न पनि कलिलै उमेरका थिए ।,पोहोर साउन २९ गतेको उक्त घटनामा संलग्न सबैज...
सागर राज तिमिल्सिना पोखराको पृथ्वी चोकस्थित सस्तो बजारमा राखेको सिलिण्डर बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।,सोमबार बिहान आगो निभाउन प्रयोग हुने फायर बिग्रेडको सिलिण्डरमा मोटरसाइकलमा ब्याट्री जडान गरी सस्तो बजारमा देखिएको थियो ।,सोमबार बिहान साढे ८ बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो।,अज्ञात व्यक्त...
नारायण रिजाल स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जनप्रतिनिधीहरूले कार्यभार सम्हालिसकेका छन् ।,संघीय संरचना अनुसार सबै तहमा आगामी वर्षका लागि भनेर नीति तथा कार्यक्रम र योजना समेत प्रस्तुत गरिसकेका छन् । बागलुङका १० वटा स्थानीय तह अन्तरगत  केही गाउँपालिका र नगरपालिकामा प्राविधिक कर्मचारी नहुँदा विकास निर्माणका ठोस योजना...
सेतोपाटी एटिएम कार्डबाट अनधिकृत रुपमा रकम निकाल्ने एक जना बुल्गेरियन नागरिक पक्राउ परेका छन् । सिआइबीको टोलीले बुल्गेरियन नागरिक मिल्को स्टोयानोभलाई होटल बुद्ध चाक्सीबारीबाट पक्राउ गरेको हो ।,उनको साथबाट प्रहरीले १ सय २८ वटा एटिएम कार्ड, ४ लाख ४० हजार नेपाली रुपैयाँ, कार्ड स्किमर मेसिन बरामद गरेको छ। सिआइबीले ५ दिनको ...
सुजिता कार्की सरकारले चालू आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ताको रकम ७५३ वटै स्थानीय तहबाट वितरण गर्ने भएको छ ।,यसअघि जिल्ला विकास समितिमार्फत स्थानीय तहमा जाने भएता पनि यस आवबाट सिधै स्थानीय तहमा सुरक्षा भत्ता पठाइने केन्द्रीय पञ्जीकरण विभागका महानिर्देशक अनिलकुमार ठाकुरले बताए ।,उनले स्थानीय तह नै स्थानीय सरकार भए...
सुजिता कार्की मध्यपुर नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने पुल निर्माण भएको छ महिनापछि बल्ल सडक निर्माण सुरू भएको छ ।,मध्यपुर थिमिबाट दधिकोट जाने छोटो र वैकल्पिक सडक निर्माणका लागि ठेक्का लिएको तीनवर्षपछि पुल निर्माण भएको र त्यसको छ महिनापछि बल्ल सडक निर्माण सुरू भएको हो ।,मध्यपुरथिमि नगरपालिका– ४ हनुमन्ते पुलबाट ...