content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता सप्तरीमा माछा मारेको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार राति ९ बजे सप्तरी बोदेबरसाइन नगरपालिका-३ कुशमार टोलमा दुई पक्षबीच झडप भएको हो।, झडपमा परी कुशमार टोलकी ३५ वर्षीय गंगियादेवी मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ...
दिपकजंग शाही कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्न ‘भेरी पम्पिङ’ आयोजना निर्माणको प्रक्रिया अगाडि बढेको छ। , कर्णाली प्रदेश सरकार र संघीय सरकारको समन्वयमा आयोजनाको काम अगाडि बढाइएको हो। खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत् प्राविधिक टोली बनाएर हाल आयोजना निर्माण र वितरणबारे डिजाइन बनाउने काम...
सेतोपाटी संवाददाता पूर्वी नवलपरासीस्थित सामुदायिक वनमा नवजात शिशु मृत फेला परेका छन्।, मध्यविन्दु नगरपालिकाको वनमा बुधबार बिहान पौने १२ बजे शिशुको शव फेला परेको हो। , वडा नम्बर ५ को हरियाली सामुदायिक वन र ७ को विजय सामुदायिक वनको साधमा शव फेला परेको हो। , प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनबहादुर खाँणका अनुसार शिशु बाल...
एजेन्सी ‘ट्विटर किलर’को नामबाट चिनिने जापानका कुख्यात हत्यारालाई मृत्युदण्ड दिइने भएको छ। , मंगलबार जिल्ला अदालतले ३० वर्षीय टाकाहिरो सिराइसीलाई मृत्युदण्डको सजाय सुनाएको जापान टाइम्सले जनाएको छ। , शिराइसीलाई अदालतले हत्या, अंगभंग र शवहरू अपार्टमेन्टमा भण्डारण गरेकोमा दोषी ठहर गरेको हो। उनीमाथि पीडितहरूलाई यौन दुर्व्य...
सेतोपाटी संवाददाता उपत्यकामा सार्वजनिक तथा निजी सवारीसाधनमा ल्याइएको जोर–बिजोर प्रणाली आज शुक्रबारदेखि हटेको छ। उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवसायी र ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायको बिहिबार बसेको बैठकले जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो। , जोर–बिजोर प्रणा...
सेतोपाटी ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ। संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने कामले यो वर्ष तीव्रता पाएको नगरले जनाएको छ।, सूचीकृतको अन्तिम प्रक्रिया नेपालस्थित मन्त्रिपरि...
नारायण महर्जन राजधानीको संकटा क्षेत्र पछिल्लो समय आकर्षक रूपमा सिंगारिएको छ। यहाँको  सौन्दर्य र आकर्षणका लागि रङ्गीबिरङ्गी छाता राखेर सजाइएको हो।, स्थानीयबासी, संकटा क्लव र वडाको सहकार्यमा सो छाता राखिएको हो।, काठमाडौँको न्यूरोड गेटबाट संकटा मन्दिरसम्म विभिन्न रङ्गीबिरङ्गी छाताहरुले बाटो सजाउन राखिएको हो।, स्थानीय रवि...
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट गैंडाको बच्चा (केटो) को मृत्यु भएको छ।, शुक्रबार नमूना मध्यवर्ती सामुदायिक वनको बिजुली घोल क्षेत्रमा करिब ५ महिनाको गैंडाको बच्चा मृत मृत भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। यससँगै यस आर्थिक वर्षमा चितवन निकुञ...
सेतोपाटी संवाददाता सप्तरीमा बिहीबारदेखि बेपत्ता रहेका बालक मृत अवस्थामा फेला परेका छन्। , मृत्यु हुने बालक तिलाठी कोइलाडी गाउँपालिका-३ सकरपुराका ६ वर्षीय आनन्द मुखिया छन्। शुक्रबार बिहान ९ बजे आपको हाँगाले छोपेको अवस्थामा उनको शव फेला परेको हो। , परिवारका अनुसार आनन्द बिहीबार करिब २ बजे घरबाट खेल्न निस्किएका थिए। उनी ...
सेतोपाटी संवाददाता धाकधम्की दिएर मिटरब्याज लगानीको पैसा असुलेको आरोपमा प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर-९ घोघापुल चोकका एजाज शेख रहेका छन्। , सर्वसाधारणलाई नियन्त्रणमा लिएर पैसा उठाएको पाइएपछि उनलाई सोमबार बिहान पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए। , ‘केही सर्...
सेतोपाटी संवाददाता काठमाडौंको चुच्चेपाटीस्थित निर्माणधीन अस्पतालको पाँचौं तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ। , सोमबार दिउँसो सवा १२ बजे काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीस्थित निर्माणधीन स्तूपा अस्पतालमा काम गर्दै गरेकी महिलाको मृत्यु भएको हो। , मृत्यु हुनेमा सिन्धुली घर भइ कपन बस्ने ३५ वर्षीय निरूता तामाङ छिन्। , ...
सेतोपाटी संवाददाता नवलपुरको गैंडाकोट र बुलिङटार गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने कालिगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। गैंडाकोट नगरपालिका–३ स्थित कालिगण्डकी करिडोरअन्तर्गतको भोक्रोफाँट टोलको २६ किलोमिटर भन्ने स्थानको सेतो पहराबाट ट्रक खसेको हो। ना ३ ख ५३३९ नम्बरको ट्रक करिब २ सय मिटर तल  खस्द...
सेतोपाटी संवाददाता काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ।, टाउको दुखेपछि उनले पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो।, गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिडिओ दाहाललाई कोरोना देखिएको हो।, दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोल...
सेतोपाटी संवाददाता यस वर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ। , तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ। तर, यस वर्ष तिहार अगाडि नै सयपत्री फूल फुलिसक्ने भएकाले मागअनुसार फूल आपूर्ति हुन नसक्दा बजार प्रभावित हुने देखिएको छ। , तर, व्यवसायीहरूले भने तिहारमा स्वदेशी उत्पादनले नै फूलको मा...
सेतोपाटी संवाददाता बिहीबार थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। , योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ। , त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ४३० जना निको ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका थप एक हजार ६ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , जसमध्ये ७ सय ४ जना महिला छन् भने बाँकी ९ सय ११ जना पुरूष हुन्।  , त्यस्तै, काठमाडौंमा १६ हजार ५ ...
सेतोपाटी संवाददाता ललितपुर बालकुमारस्थित गुहेपोखरीमा एक वर्षअघि हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। , पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका-१ का २८ वर्षीय मानबहादुर थिङ छन्। उनलाई सोही ठाउँबाट महानगरीय अपराध महाशाखाको टोलीले शनिबार पक्राउ गरेको हो। , उदयपुर कटारीका २५ वर्षीय हरि खड्काको २०७६ साउन ...
सेतोपाटी संवाददाता भारत सरकारले नेपाललाई भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो। , नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आइतबार भेन्टिलेटर हस्तान्तरण गरे।, भेन्टिलेटर हस्ता...
दिपकजंग शाही कालिकोटको नरहरीनाथ गाउँपालिका-४ रुप्साकी मंगला सहकारीलाई असोज २२ गते दिउँसो सुत्केरी व्यथा सुरू भयो। घरका अरु सबै सदस्य बिहानै काममा निस्किएका थिए। , छिमेकीसमेत घरमा नभएकाले उनले कसैसँग सहयोग माग्ने भेउ पाइनन्। एक्लै स्वास्थ्यचौकी जाने सुर कसिन्।, स्वास्थ्य चौकी जान उनलाई कम्तीमा पनि दुई घण्टा लाग्थ्यो। त...
सेतोपाटी संवाददाता प्रतिबन्धित नेकपा माओवादी (विप्लव) समूहको नाम लिएर एजुकेसन कन्सल्टेन्सी व्यवसायीसँग तीन करोड रुपैयाँ चन्दा मागेको अभियोगमा प्रहरीले चार जनालाई सोमबार साँझ पक्राउ गर्‍यो। , पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका-२ का ३३ वर्षीय विन्तोष सिलवाल (सुनार), रामेछाप सुनापति गाउँपालिका-३ का ३१ वर्षीय रामदल श्...
सेतोपाटी संवाददाता पछिल्लो समय टिकटकदेखि अन्य सामाजिक संजालहरूमा भाइरल भएको मानहुँकोटमा अब दैनिक ३ सय जनामात्र जान पाउने भएका छन्। , तनहुँको व्यास नगरपालिका-५ मा पर्ने मानुहुँकोटमा कोरोना महामारीकाबीच पनि दैनिक हजारौं मानिसहरूको भिड लागेपछि दैनिक ३ सय मानिसलाई मात्र प्रवेश गर्न दिइने नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपान...
रासस म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ मिति राखेर बजार पठाउने रोनक बोथ्रासहित दुई जनालाई एक वर्ष कैद सजाय भएको छ। , वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले म्याद गुज्रिएका खाद्य वस्तुमा नयाँ मिति राख्दै गर्दा पक्राउ परेका दुई जनालाई आइतबार कैद सजाय सुनाएको हो।, गत असोज १५ गते कलंकी क्षेत्रको आयान डिस्ट्रिब्य...
सेतोपाटी संवाददाता बझाङ कारागारबाट विप्लव समूहका एक कार्यकर्ता फरार भएका छन्।, बुधबार बिहान करिब सवा ६ बजे सदरमुकाम चैनपुरको कारागारबाट छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय प्रविन धामी फरार भएका हुन्। , जेलर झलक रोकायाका अनुसार उनी विप्लव समूहका कार्यकर्ता हुन्। , धामी कात्तिक १८ गते मात्रै पुर्पक्षका लागि...
सेतोपाटी संवाददाता सरकारले भाइटीकाको भोलिपल्ट किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। , मन्त्रिपरिषदको कात्तिक २४ गतेको बैठकले किजा पूजाको अवसरमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। , गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी देशभर सो दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक...
नारायण खड्का दाङका तीन वटा प्रहरी चौकीमा महिला प्रहरी नेतृत्वमा पुगेका छन्।, दाङका प्रहरी चौकी नर्ती, सतबरिया र सर्रामा महिला प्रहरीलाई नेतृत्वमा खटाइएको हो।, नर्ती र सतबरियामा महिला नेतृत्वलाई ‘पब्लिक रेस्पोन्स’ राम्रो मिलेपछि सर्रा प्रहरी चौकीमा पनि महिला प्रहरीलाई नै नेतृत्व गर्न पठाइयो।, जिल्ला प्रहरी प्रमुख तथा ए...
सेतोपाटी संवाददाता प्रहरीले निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीन जनाविरूद्ध अभद्र व्यवहारको मुद्दा चलाएको छ।, भक्तपुर नगरपालिका-१ स्थित सडकमा गत मंगलबार बाटोमा हिँड्दै गरेकी निकिशामाथि सफिल खत्रीलगायतले दुर्व्यवहार गरेका थिए।, सफिल खत्रीसहित अन्य दुई जना किशोरलाई महानगरीय प्रहरी परिसर, भक्तपुरको टोलीले बिहीबार पक्...
सेतोपाटी संवाददाता मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा सञ्चालक रहेको विराटनगरस्थित सेन्ट्रल बजार कारबाहीमा परेको छ। , उपभोक्ता ठगीको आरोपमा सेन्ट्रल बजारलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले बुधबार दुई लाख रुपैयाँ जरिवाना कारबाही गरेको हो।, टोलीले अनुगमनका क्रममा ९ सय रुपैयाँ प्रतिकेजी पर...
सेतोपाटी संवाददाता सिरहामा कटुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन्। , शनिबार बिहान ७ बजे औरही गाउँपालिका-५ जगदेव बाबा पोखरीमा छठ पर्व मनाइरहेको स्थानबाट एक युवक पक्राउ परेका हुन् पक्राउ पर्ने युवक सोही वडाका २२ वर्षीय रबिन दास हुन्। , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माका अनुसार दासले पोखरी...
विनोद सापकोटा अपाङ्गता भएकी भोजपुरकी १४ वर्षीया किशोरी आफ्नै छिमेकीबाट बलात्कृत भइन्। , ती किशोरी झापाको सुस्त मनस्थिति बालगृहमा छिन्। उनको गर्भमा ८ महिनाको शिशु छ। एक नम्बर प्रदेशको सामाजिक मन्त्रालयको आग्रहमा उनलाई बालगृहमा ल्याइएको हो।, केन्द्रमा उनी दुई महिनाअघि मात्र आएकी हुन्। आफन्तले किशोरी बलात्कृत भएको घटना ज...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आइतबारदेखि निःशुल्क पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ। , शनिबार राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले नि:शुल्क पिसिआर परीक्षण गराउन लागेको जानकारी दिएका हुन्। , उनले कार्यक्रम...
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो। , त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन्। साथै २ हजार ३ सय २३ जना निको भई घर फर्किए...
सेतोपाटी जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७  पोखरामा चार जनाको मृत्यु भएको छ।,  , आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा खसेर दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ का ४० वर्षीय घुमन डगौरा र भीमदत्त नगरपालिका-४ बस्ने ३५ वर्षीय गणेश राना रहेका छन्।, भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियाकी सरस्वती भट्टको घरमा  शुक्रबार ८ बजेतिर सेप्टिक ट्याङ्की सफा गर्ने क्रममा उनीहरू ...
नारायण खड्का गत कात्तिक १६ गते रातको १ बजे घोराही उपमहानगरपालिका- १८ नवलपुरस्थित बसन्ता रावतको निर्माणाधीन घरमा जुवा खेलिरहेका पाँच जनालाई  प्रहरीले पक्राउ गर्‍यो।, जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएको प्रहरी टोलीले ३ लाख २३ हजार ६० रुपैंया र पाँच थान तासको गड्डीसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो।, घोराही-१० का २६...
सेतोपाटी संवाददाता चितवनमा ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।, पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकास्थित हर्दीमा सोमबार साँझ ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।, प्रहरीले ग्यास बुलेट र चालकलाई नियन्त्रणमा लिएको छ। प्रदेश नं. ३ ०३-००२ प...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा धनुषाको रमण कन्स्ट्रक्सन प्रा.लि. विरूद्ध अदालतमा मुद्दा दायर गरेको छ। , विभागले उक्त प्रा.लि. तथा त्यसका सञ्चालकलाई २० करोड ८७ लाख रुपैयाँ बिगो र कैद मागदाबी लिई मंगलबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। , धनुषा, रघुनाथपुर-४ को उक्त ...
सेतोपाटी संवाददाता आज मैथिली आधुनिक साहित्यलाई उर्जा प्रदान गर्ने कवि  कोकिल विद्यापतिको स्मृति दिवस मिथिलाञ्चलसहित नेपाल र भारतको विभिन्न स्थानमा मनाइँदै छ।, कात्तिक धवल त्रयोदशी अर्थात् आजकै दिन मैथिली भाषाका महाकवि विद्यापतिको अवसान भएको थियो। उनले आफ्नो अवसानको विषयमा देहत्याग गर्नुभन्दा अगाडि नै लेखेका थिए।, मायब...
सेतोपाटी हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन्। ,    , सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको जिल्ला प्...
सेतोपाटी संवाददाता दाङमा स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने थप दुई जना गम्भीर घाइते भएका छन्। , दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं. १७ का ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा सोही ठाउँका ३६ वर्षीय उमाकान्त घिमेर र घोराही-१५ का ३६ वर्षीय समीर पन्त घाइते छन्। , गम्भीर घाइ...
विनोद सापकोटा कोरोना माहामारीका बीचमा गृह जिल्ला झापा आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पाटी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार फरक शैलीले फूलपातीको दिन बिताएका छन्। , बिहीबार गृह जिल्ला झापा आएका पार्टी प्रवक्ता शर्माले कनकाई नदीको बाढीले बगाएर घरबारविहीन भएकी शिवसताक्षी-१० की तारा शेर्माको घरमा एक दिन श्...
सेतोपाटी संवाददाता बडादसैंको नवौँ दिन आज देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदैछ।, घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने गरिन्छ। , महानवमीका अवसरमा आज दसैंघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेंडा र र...
सेतोपाटी संवाददाता मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण देखिएको छ। , बैरागीले बिहीबार ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। , संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका छन्। , बैरागीले पछिल्लो समय आफूसँग सम्पर्कमा रहेका सबैलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।, मुख्यसचिव बैरागीला...
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। , इटहरी-४ सुनसरीका ७९ वर्षीय पुरुषको आइतबार अपराह्न उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। , उनी मिर्गौलापीडित र उच्च रक्तचापका बिरामी थिए। उनलाई आइतबार नै प्रतिष्ठान भर्ना गरिएको थियो। ,  ...
सेतोपाटी संवाददाता तिहार आउनुअघि नै राजधानीमा अति प्रज्जवलनशील पदार्थ पटाका भित्रिन थालेको छ। रौतहटबाट काठमाडौं भित्रिँदै गरेको ठूलो परिमाणको पटाकासहित एकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार नागढुंगा चेक प्वाइन्टबाट रौतहट राजदेवी नगरपालिका-६ का ३२ वर्षीय पिन्टु जैसवाललाई पक्राउ गरिए...
सेतोपाटी संवाददाता बाँकेको नेपालगञ्जवाट साढे २९ लाख रकमसहित पक्राउ परेका दस जना जुवाडेलाई प्रहरीले सार्वजनिक गरेको छ।, पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का सन्तोष थापा, नेपालगञ्ज ६ का मेघनाथ कुचबन्दिया, नेपालगञ्ज वडा नं. ४ का नवीन घिमिरे, नेपालगञ्ज वडा नं. १० का टोपबहादुर शाही, नेपालगञ्ज वडा नं...
सेतोपाटी संवाददाता नेपालमा बिहीबार थप दुई हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप दुई हजार ३ सय ६४ जनामा संक्रमण भएको हो। , यो सँगै अहिलेसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ पुगेको छ। , त्यस्तै, पछिल्लो २४ घण्टामा ती...
दिपकजंग शाही फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका आफ्नै परम्परा र मूल्य मान्यता छन्।, आमाको मृत्यु भएपछि नुहाउन नहुने, एकै ठाउँमा स्थायी रूपमा नबस्ने, विद्यालय शिक्षा नलिने, बाहिरका मानिसबाट स्वास्थ्य उपचार नगराउने जस्ता कुरा राउटे समुदायको मूल्य मान्यताभित्र पर्छन्।, यिनै मान्यताका कारण शिक्षा र स्वास्थ्यबाट राउ...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलले लत्ताकपडा, ज्याकेट, बुट लगायत १४ प्रकारका सामग्री खरिदको प्रक्रियामध्ये बिहीबार १० वटा सामग्रीको बोलपत्र स्वीकृत गरेको छ।, यो आर्थिक वर्ष २०७७/७८ मा स्वीकृत बजेटबाट जाडो छल्नका लागि सामग्री किन्न करिब ४० करोड रुपैयाँ बराबरको सामग्रीको बोलपत्र स्वीकृत गरेको हो।, स्वीकृति पाएका ठेक...
सेतोपाटी संवाददाता जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन तयार भएको छ। २०६९ सालमा निर्माण सुरू भएको टर्मिनल भवन आठ वर्षपछि तयार भएको हो।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार उद्घाटन गरेपछि जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन गर्दैछन्। , मंगलबार बिहान ११ बजे भट्टराईले टर्मिनल भवनको उद्घाट...
खिलानाथ ढकाल एक वर्षअघि रामकृष्ण ठाकुर विराटनगर-९ घोघापुल चोकका एजाज शेख अहमदकहाँ पुगेका थिए।, विराटनगर-१५ रानीका ठाकुरलाई पन्ध्र लाख रुपैयाँ चाहिएको थियो। दुई लाख रुपैयाँ थपेर ब्याज साँवा-ब्याज गरी १७ लाख रुपैयाँ फिर्ता गर्ने सहमति दुबैबीच भएको थियो।, यो त मौखिक सहमति थियो। तर, लिखित सहमतिमा एजाजले ठाकुरलाई परिबन्धमा...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्ष जाडो सुरु भएपछिकै निकै कम भएको छ ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको छ। हिजो काठमाडौंको तापक्रम २ दशमलव ५ डिग्री थियो।, यसअघि गएको पुस ३ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री मापन गरिए...
रासस २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि २०७२ पुस १२ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना गरियो।, भूकम्प अतिप्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लाका निजी आवास, सांस्कृतिक धरोहर, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सडक र खानेपानी संरचनालगायत पुनःनिर्माणको चुनौती प्राधिकरण...
सेतोपाटी संवाददाता स्याङ्जामा बस र ट्रक आपसमा ठक्कर खाँदा १३ जना घाइते भएका छन्। , शनिबार दिउँसो साढे २ बजे पुतलीबजार नगरपालिका-११ वगालेथोक नजिकै सिद्धार्थ राजमार्गमा दुर्घटना भएको हो। , अर्जुनचौपारीबाट आउँदै गरेको ना५ख ५१३९ नम्बरको बस र पोखराबाट वालिङ जाँदै गरेको लु१ख ६५९४ नम्बरको ट्रक ठोक्किएको हो। , ठक्कर खाँदा बस ...
सेतोपाटी संवाददाता नक्कली भ्याट बिल प्रकरणमा काठमाडौं सीतापाइला बस्ने रामकिशोर प्रसादसहित २८ जनाविरूद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।, विभागले सर्लाहीका प्रसादसहितलाई १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो मागी शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।, प्रसादको मोहन ट्रेड इन्टरनेशनल कम्...
सेतोपाटी संवाददाता राजस्व अनुसन्धान विभागले भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस)मा प्रविष्ट नगरी मालसामान ढुवानी गर्ने १९ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ।, विभागले सुरूमा काठमाडौं ढुंगेअड्डा र न्युरोडमा ट्रयाकिङ गर्दा १९ व्यापारिक कम्पनी कारबाहीमा परेका हुन्।, विभागले ती फर्मबाट २४ लाख रुपैयाँ जरिव...
सेतोपाटी संवाददाता कोभिड-१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिए।, उनका अनुसार ती व्यक्तिमा देखिएको असर केही समयपश्चात् आफैं हराएर जाने गरेको बताए।, खोप लगाएको ठाउँ रात...
विनोद सापकोटा देशका अन्य पालिकाहरूमा नगरप्रमुख उपप्रमुखहरूले महंगो मूल्यका गाडी सुविधा लिइरहेको समाचार आइरहेको बेला झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेलले भने आफू चढ्न किनेको गाडी प्रहरीलाई दिएका छन्।, मेयर पोखरेलले आफू चढ्न किनेको बलेरो गाडीको चाबी इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायब ...
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र प्रहरीबीच मंगलबार साँझ काभ्रेमा दोहोरो फायरिङ भएको छ। , काठमाडौंका विभिन्न ठाउँमा बम बिस्फोट गराउने समूहको खोजीमा गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोली र चन्द कार्यकर्ता काभ्रेको रोशी गाउँपालिका-२ फलामेसाँघुमा दोहोरो फायरिङ भएको हो। , महाशाखाका प्रवक्ता...
शान्ति तामाङ फागुने झरीले बाटो ओभाएको छैन। चिसो उत्तिकै। बिहानको तापक्रम पाँच डिग्रीभन्दा कम।, हेलम्बु गाउँपालिका, मेलम्ची घ्याङ विद्यालयमा करिब तीन सय विद्यार्थी एकाबिहानै लामबद्ध छन्। अगाडि उभिएका दस जना विद्यार्थी आ–आफ्नो प्रतिभा देखाइरहेका छन्। फर्रर अंग्रेजीमा।, २०७२ को भुइँचालोले भवन भत्काएपछि अस्थायी टहरामा पढा...
सेतोपाटी पानी पर्दा चुहिने दैलेखको एक सामुदायिक विद्यालयको जीर्ण भवन मर्मत गरिएको छ । नेपाली सेनाको इन्द्रदल गुल्म दैलेखले उक्त भवन मर्मत गरेको हो ।, सेनाले दैलेखको नारायण नगरपालिका–११ जुफियामा रहेको वडाभैरव आधारभूत विद्यालयको तीनकोठे जीर्ण भवन मर्मत गरेको हो । जीर्ण अवस्थामा रहेको उक्त भवन दुई लाख रूपैयाँ लागतमा मर्म...
नारायण खड्का दाङमा पहिलो पटक अदालतबाट न्यायाधीशले आरोपितसँग भिडियोबाट बयान लिएका छन्।, अदालती न्याय सेवाको प्रक्रियालाई छिटो छरितो र सहज बनाउन दाङ देउखुरी जिल्ला अदालतले मंगलबार पहिलो पटक एक जना अभियुक्तसँग भिडियोमार्फत् बयान लिएको हो। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिश नहकुल सुवेदीले जिल्ला प्रहरी कार्यालय घोराहीक...
सबिना श्रेष्ठ कर्णालीको शिर (कैलाश) देखि पुछार (गंगा) सम्म यात्रा गर्दा एक हजार ८० किलोमिटर दुरी पार गर्नुपर्छ।, यो यात्रामा तीन देश पुगिन्छ – चीनको तिब्बत, भारतका सीमावर्ती प्रान्त उत्तरप्रदेश र विहार, र नेपाल।, फोटोग्राफर नवीन बराल, वातावरण पत्रकार रमेश भुषाल, केही वैज्ञानिक, माछा विज्ञ लगायत ११ जनाको टोलीले ४४ दिन ...
सेतोपाटी संवाददाता यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईमा रुपन्देहीबाट तीन जना दृष्टिविहीन सहभागी भएका छन्।, तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयका सन्तोष न्यौपाने, मिलन सारु र मेनुका बिसीले मणिग्रामकै गिर्वाण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट सहयोगीको साथमा परीक्षा दिएका छन्।, विद्य...
गिरीश गिरी पूर्णिमाको चन्द्र अर्थात् बुधबारको रात सुरु हुनेबित्तिकै गहवाको महावीर मन्दिरमा भजन सुरु भइसकेको थियो।, महिलाहरूको टोलीले सुरु गरेको त्यो भजन अबेरसम्मै चल्यो। त्यसपछि अखडा सम्हाले पुरुषहरूले। अधिकांश मातिएका पुरुष टोलीको उपस्थितिसँगै गीतको आवाज चर्कियो र ‘टेम्पु’ पनि तीव्र भयो।, राम खेले होली, लछुमन खेले हो...
रासस फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।, केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रह...
सेतोपाटी संवाददाता गत वर्ष झैं यो वर्ष पनि संसारकै खुसी देशको उपाधि फिन्ल्यान्डले जितेको छ। सन् २०१९ मा विश्वकै खुसी देशको सूची सार्वजनिक भएको छ जसमा फिनल्यान्ड पहिलो भएको हो।, सन् २०१६ मा पहिलो स्थानमा रहेको डेनमार्क यो वर्ष दोस्रो स्थानमा छ। त्यस्तै नर्वेले तेस्रो स्थान हासिल गरेको छ।, यूएन अन्तर्गतको ‘सस्टेनएबल डेभ...
सेतोपाटी संवाददाता पोखराका महानगरपालिका १६ को वडा कार्यालयमा चोरी भएको छ।, आइतबार बिहान कार्यालय पुग्दा चोरी भएको देखिएको पोखरा महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष जीवन आचार्यले जानकरी दिए।, उनका अनुसार दुई वटा ल्यापटप, चार वटा कम्प्युटरसहित अन्य सामग्री चोरी भएको बताए।, उनले शुक्रबार कार्यालय बन्द गरेर गएपछि आइत...
नारायण खड्का कक्षा दशको माध्यमिक शिक्षा परीक्षा एसइईको परिक्षा दिन राष्ट्रिय सभा सदस्य शान्ता चौधरी पनि परीक्षा हलमा बसेर परीक्षा दिइरहेकी छन् ।, नेपाल कम्युनिष्ट पार्टीको सचेतक समेत रहेकी चौधरीले खुल्ला शिक्षा अन्तर्गत माध्यमिक विद्यालय तुलसीपुर सेन्टरबाट परीक्षा दिन लागेकी हुन्।, उनले दाङको तुलसीपुर उपमहानगरपालिका व...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छुकहरूले अस्पताल परिसरमै रक्तदान गरेका छन्।, आन्द्राबाट भएको रक्तस्राप र त्यसबाट उत्पन्न रक्तअल्पताको उपचार काठमाडौंको ह्याम्स अस्पतालमा गराइरहेका सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले आइतबार जारी गरे...
सेतोपाटी संवाददाता पोखरामा आजबाट सुरू भएको एसइईमा ६ जना दृष्टिविहीनले सहभागिता जनाएका छन्।, पोखराको अमरसिंह उच्च माध्यमिक विद्यालयबाट उनीहरू परीक्षामा सहभागिता जनाएका हुन्। उनीहरूले अर्को एक सहयोगीसहित परीक्षामा सहभागिता जनाएका हुन्।, दृष्टिविहीनले कक्षा ९ मा अध्ययन गर्दै गरेका विद्यार्थीलाई सहयोगीका रूपमा लिएका छन् ।...
रासस चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा प्राकृतिक कारणले चालू आर्थिक वर्षमा ३९ गैंडा मरेका छन्।, प्राकृतिक कारणले एकै वर्षमा यति धेरै गैंडा मरेको हालसम्मकै यो पहिलो हो।, सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३७ वटा गैंडा शिकारीले मारेका थिए। विसं २०५८ मा एकैवर्ष ३७ वटा गैंडा चोरी शिकारीले मारेका थिए। त्यसपछिका...
सेतोपाटी पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा तीन घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना५ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो ।, राति १० बजे मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो । घाइतेमध्ये गम्भीर रहे...
विजय नेपाल सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित सिल्डुङ निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ।, आयोजनाको ठेकेदार कम्पनी सिआरसीको क्याम्पको, स्टोरमा सोमबार साँझ  भएको बिस्फोटमा परी स्टोर किपर हुम्लाका सन्दुप लामा, साइट इन्चार्ज दोलखाका भाइकाजी शेर्पा, ठेकेदार गोप...
भगवती पाण्डे पैदलयात्रुलाई सडक पार गर्न सहज होस् भन्ने उद्धेश्यले रूपन्देहीको बुटवल बेलहीया ६ लेन सडकखण्डमा निर्माण गरिएका आकाशे पुलहरूको प्रभावकारी प्रयोग हुन सकेको छैन।, विद्यालय, बजार क्षेत्र तथा अति व्यस्त चोकहरूमा बाटो पार गर्दा हुनसक्ने दुर्घटनाको जोखिमलाई कम गर्न बेलहीया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले ६...
सेतोपाटी संवाददाता सहरको ट्राफिक जाम, प्रदूषण, कोलाहल र भिडभाडसँग हामी दिनहुँ भुक्तमान हुनुपर्छ। सहरलाई अपनाउँदा–अपनाउँदै हामी सहरसँग अभ्यस्त भइसकेका छौं।, यही सहर हाम्रा साना केटाकेटीलाई कस्तो लाग्दो हो?, कस्तो लाग्दो हो उनीहरूलाई यहाँको ट्राफिक जाम? यहाँको प्रदूषण? यहाँको कोलाहल र भिडभाड?, अझ ती साना नानीबाबुहरू साइ...
सेतोपाटी यहाँ चैतको दोस्रो साता पुनः हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या बनाएको छ ।, हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्...
सेतोपाटी खस जातिको कुलदेवता मष्टाको उद्गम स्थल खस प्रदेश मानिन्छ ।, महाकाली नदीदेखि त्रिशूली नदीसम्म, नेपाली पर्वतीय खण्ड सिंजा साम्राज्य अन्तर्गत चीनको तिब्बतमा पर्ने खारी प्रान्त र भारतको पहाडी भू–भाग काश्मिरदेखि कुमाउँसम्मको क्षेत्रलाई खस प्रदेश र त्यहाँ बस्ने जातिलाई खस भनिन्छ ।, यिनै खस जातिले पुज्ने कुलदेवताका र...
सेतोपाटी चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नंको यात्रुवाहक बस आज बिहान ७ बजे चाल्नाखेलस्थित हात्तीवनमा दुर्घटना हुँदा २४ यात्रु घाइते भएका हुन् ।, बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा दुर्घटना भएको हो ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी...
सेतोपाटी संवाददाता गोकर्णेश्वर नगरपालिका-४ का ६० वर्षीय गोपाल कारञ्जित बुधबार बिहान घरबाट ट्याक्सी चढे। नियमित स्वास्थ्य परीक्षणका लागि उनी चाबहिलस्थित मेडिकेयर अस्पताल हिँडेका थिए।, छोरा प्रवीण चाहिँ मोटरसाइकलमा हिँडे।, गोपाल मेडिकेयर अस्पतालमा १० बजे आइपुगेका थिए। सवा ११ स्वास्थ्य परीक्षण सकियो र उनी अर्को ट्याक्सीम...
सेतोपाटी उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ ।, बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फै...
सेतोपाटी संवाददाता पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ। , , शुक्रबारदेखि प्रवेश गरेको न्यूनचापीय वायुको प्रभावले अझै एक–दुई दिन देशका पूर्व र मध्य भू–भागको मौसम प्रभावित हुने महाशाखाका मौसम...
सेतोपाटी संवाददाता लगातारको प्रश्नपत्र आउट प्रकरणपछि स्थगित गरिएको एसइईपछि आक्रोशित बनेका धनुषाका विद्यार्थीहरूले प्रदेश दुईका राज्यमन्त्रीको गाडी तोडफोड गरेका छन्। यसका साथै विद्यार्थीहरूले प्रदेश २ का विभिन्न जिल्लामा प्रदर्शन गरेका छन्।, जनकपुरबाट वीरगञ्ज हिँडेका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द...
गोपाल काफ्ले मोरङको उर्लाबारीस्थित मंगलबारेमा केन्द्रीय कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको २५ औं रजतजयन्ती उद्घाटन गर्न आइतबार प्रधानमन्त्री आउने कार्यक्रम तय भएपछि रातारात बाटो कालोपत्रे गरिँदै छ।, केही समयअघि राष्ट्रपति आउँदा पनि कालोपत्रे नभएको सो सडक प्रतिष्ठानको नियमित कार्य भएको भन्दै कालोपत्रे आफूखु...
सेतोपाटी चितवनमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ ।, पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट आउँदै गरेको बा३ ख ७९९३ नंको यात्रुबाहक बसमा सोही दिशाबाट आएको ना ४ च ३२९० नंको डेलिभरी भ्यान र बा ९० प ...
सेतोपाटी नेपाली काङ्ग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आफूले प्रदेशसभा सदस्यवापत प्राप्त गरेको एक वर्षको मासिक पारिश्रमिक एवं बैठक भत्ता र अन्य सुविधा सामाजिक काममा खर्चिएका छन् ।, नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा थापाले विसं २०७४ माघ महीनादेखि २०७५ माघसम्म आफ्नो...
सेतोपाटी संवाददाता आइतबार साँझ एक्कासी आएको हावाहुरीले र बारा र पर्सामा २७ जनाको ज्यान गएको छ भने ५ सयभन्दा बढी घाइते भएका छन्।, राति साढे आठ बजेतिर बेस्सरी चलेको हावाले  बाराको फ्रेटा, पर्सौनी, महागढीमाई र सुवर्ण गाउँपालिका र पर्साको वीरगञ्जमा ठूलो मानवीय क्षति गरेको हो।, चैत वैशाखमा साँझपख गड्याङगुडुङ हुनु र हावाहुर...
सेतोपाटी संवाददाता छ करोड ६० लाख वर्षअघि आकाशबाट एउटा विशाल उल्कापिण्ड पृथ्वीमा खसेको थियो।, बाह्र किलोमिटर लामो त्यो उल्कापिण्डले पृथ्वीको सतहमा आगोका लप्का उठे। वायुमण्डल धुवाँको मुस्लोले भरियो। पृथ्वीमा विनाशकारी भुइँचालो आए। समुद्रमा हिमालझैं अग्ला पानीका छाल लहराए।, यसले उल्कापिण्ड खसेको ठाउँभन्दा कोशौं टाढासम्म ...
सेतोपाटी संवाददाता सरकारले बारा र पर्साको विभिन्न स्थान आएको हुरी बतासमा परी घाइतेको संख्या ३ सय ७५ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ।, घटनालगत्तै स्थानीय प्रहरीहरूले प्रारम्भिक अनुमानमा घाइतेको संख्या ५०० बढी भएको बताएका थिए तर गृह मन्त्रालयले आधिकारिक रूपमा घाइतेको संख्या ३ सय  ७५ रहेको बताएको हो।, गृह मन्त्रालय...
सेतोपाटी संवाददाता राष्ट्रिय विकास परिषदको बैठक यही चैत २० र २१ गते बस्ने भएको छ।, राष्ट्रिय योजना आयोगले तयार पारेको २५ वर्षे दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदालाई अन्तिम रूप दिन बुधबार (भोलि) र बिहिबार दुई दिन बस्ने गरी राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको हो।, मुलुकलाई समृद्ध बनाउने सूचकसहितको ...
सेतोपाटी संवाददाता सरकारी स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले बारा र पर्साका हावाहुरी प्रभावितहरूका लागि चार लाख राहत उपलब्ध गराएको छ।, कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका...
रासस भक्तपुरका एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ। बर्डफ्लु भेटिएपछि सूर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरा नष्ट गरिएको छ।, उक्त फार्ममा २८ हप्ता पुगेका कुखरामा एचवानएनवान बर्डफ्लु भएको भेटिएपछि प्रहरीको रोहबरमा दुई  हजार  ९८५ कुखुरा, १५० किलो दाना र अण्डा वैज्ञानिक त...
सेतोपाटी संवाददाता एसइई परीक्षाको प्रश्नपत्र ‘आउट’ मा संलग्न दुई प्रहरीसहित छ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरो र सप्तरी प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी प्रहरी र अन्यलाई सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय कल्याण्डपुरमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपे...
रासस देशबाट छुवाछूत र जातीय विभेद अन्त्य भयो भनिए पनि वास्तवमै त्यो लागू हुन सकेको छैन। अझ लोकतान्त्रिक विधिबाट बनेको स्थानीय तहबाटै यस्तो विभेदपूर्ण व्यवहार हुनुले यो तथ्यलाई पुष्टि गर्छ। पदमा बहाल रहँदारहँदै इलाम नगरपालिकाले साङरुम्बा माविका प्रधानाध्यापक मात्रिकाप्रसाद विश्वकर्मालाई पदबाट हटायो।, यसबाट दुःखी बनेका ...
सेतोपाटी चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र शुरु भएको छ ।, चैते दशैँ समेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैते दशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ ।, वैदिक सनातन धर्मावलम्बीले घरघरम...
सेतोपाटी पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानैदेखी काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरीसहित वर्षा भएको हो ।, सोमबारसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने मौसमविद् पोखरेल...
सेतोपाटी संवाददाता शनिबार बिहान पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।, मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी ४० वर्षीय प्रकाश राउत रहेको छन् भने मृतक राउतका श्रीमती ३५ वर्षीया सुनिता राउत र उनका भाउजु ३६ वर्षीया मञ्जु राउत घाइते भएको प्रहरीले बताएको छ।, झ...
भगवती पाण्डे बुटवलका केही घरधनीहरूले बुटवल-बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका कर्मचारीहरूलाई धम्की दिन थालेका छन्।, सडक सीमा मिचेर घर टहरा निर्माण गरी व्यवसाय गर्दै आएकाले धम्की दिन थालेका आयोजनाका कर्मचारीहरू बताउँछन्।, केही दिन अघि बेलहिया-बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले सडक सीमाभित्र अनधिकृत ढंगले बनाइ...
सेतोपाटी संवाददाता बारा र पर्साका हावाहुरी पीडितलाई प्रदेश नंं ५ का सांसदहरूले एक दिन बराबरको तलब दिने भएका छन्।, प्रदेश सभाको आइतबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले सांसदहरूको एक दिनको तलब बराबरको रकम प्रदेश नम्बर २ का मुख्यमन्त्रीको राहत कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी गराए। सांसदहरूले उक्त निर्णयमा सहमति ...
रासस माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ।, मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिए...
रासस मिथिलाञ्चलमा प्रत्येक वर्ष चैत तृतीया तिथिदेखि सुरू हुने चैती छठ आजदेखि विधिवतरूपमा सुरू भएको छ।, लोक आस्थाको पर्वको रूपमा रहेको चैती छठ पर्वको आज पहिलो दिन व्रत बसेका महिलाले माछा, कोदो खान बन्द गर्ने र लसुन, प्याज बार्ने गर्छन्। दोस्रो दिन यो पर्व विधिवतरूपमा प्रारम्भ हुन्छ। सो दिनलाई नहाय खाय भनिन्छ।, चैत २७ ग...