content
stringlengths
20
64.1k
रासस प्रदेश नं १ को प्रमुख पर्यटकीय घोषणा भएको इलामको सन्दकपुर जाने पर्यटकीय पदमार्ग बाक्लो हिमपातका कारण यातायात ठप्प भएको छ। सन्दकपुरलगायतका उच्च पहाडी क्षेत्रमा ११ वर्षपछिकै उच्च हिमपात भएपछि शनिबारदेखि पर्यटकीय पदमार्ग ठप्प भएको हो। , , वर्षातपछि बाक्लो हिमपात भएकाले इलामको नेपाल–भारत सीमाक्षेत्र मानेभञ्ज्याङदेखि ...
सेतोपाटी संवाददाता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा असन्तुष्टि पोख्दै प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन्।, शनिबार १४ जना एसएसपीको बढुवा हुँदा छुटेपछि उप्रेतीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई राजीनामा पत्र बुझाएका हुन्।, उनको राजीनामाबारे निर्णयार्थ प्रहरी प्रधान कार्यालयले गृह मन...
सेतोपाटी संवाददाता दश हजार रुपैयाँसहित रङ्गेहात अख्तियारको नियन्त्रणमा लिइएका महोत्तरीका एक प्रहरी सहायक निरीक्षक(असइ) फरार भएका छन् । मंगलबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासबाट खटिएको टोलीले रङ्गेहात नियन्त्रणमा लिएका महोत्तरी औरही प्रहरी चौकीका असइ रामनरेश साह फरार भएका हुन् ।, औरहीस्थित नव...
दिपकजंग शाही सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको राष्ट्रिय सम्मेलन कर्णाली प्रदेशमा हुने भएको छ।, विश्व रेडियो दिवसको अवसरमा देशमा प्रसारण भइरहेका सामुदायिक रेडियोहरूको छाता संगठनका रूपमा रहेको संघले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्मेलन गर्न लागेको हो।, कर्णाली प्रदेशमा रहेका छाउपडी, जातीय भेदभावलगायतका क...
सबिना श्रेष्ठ यो स्वस्थानी व्रतकथा वाचन गर्ने समय हो।, स्वस्थानी भन्नेबित्तिकै हामी सबैलाई साँखुको शाली नदीको सम्झना आउँछ। धेरै व्रतालुहरू यो महिनाभरि शाली नदी गएर स्वस्थानी पूजा-आराधना गर्छन्। तर, के तपाईंलाई थाहा छ, स्वस्थानीको सबभन्दा पुरानो मन्दिर कहाँ छ?, धेरैलाई शाली नदीकै मन्दिर पुरानो हो भन्ने लाग्न सक्छ। कतिल...
सेतोपाटी विपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन् । आज बिहान पढ्न हिँडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका हुन् ।, बिहान सिन्धुली बहुमुखी क्याम्पस पढ्न जाँदै गरेको समयमा कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा सुमोले ठक्कर द...
सागरराज तिमिल्सिना आफूसँगैको केटीसँग बिहेको कुरा गरेको भन्दै पोखरामा एक युवकले आफ्नो साथीको हत्या गरेका छन्।, प्रहरीका अनुसार 'केटी' का विषयमा विवाद भएपछि १४ वर्षीय सचिन सिञ्जालीको हत्या भएको हो।, उनको हत्या अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मंगलवार पर्व...
हिक्मत बहादुर नेपाली सदरमुकाम दैलेख बजारदेखि ६ किलोमिटरको दूरीमा रहेको पञ्चकोशी तीर्थस्थलमध्येको प्रशिद्ध धार्मिकस्थल हो श्रीस्थान। दैलेख बजार श्रीस्थान सडक खण्डको पुछारको छेउमै रहेको कुईकानाको रातामाटे दलित बस्ती। यही सडकखण्ड भएर दिनहुँ जसो नेता र नेतृत्व आहोरदोहोर गर्ने गरेका छन्।, सडकको छेउमै रहेको लालपुर्जाविहीन स...
सेतोपाटी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले गए राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ ।, इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले छापा मारी स...
सेतोपाटी संवाददाता पुस २३ गतेपछि लगालग आइरहेको पश्चिमी वायुको प्रभावले देशभर  लगातार  एकसातासम्म घाम लाग्न सकेको छैन।, त्यसयता पहाडी भू-भागमा सातामा दुई दिन हल्कादेखि मध्यम वर्षा भएको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। यो क्रम अझै केही दिन लम्बिने देखिएको छ।, ‘यसवर्षको सातौं पश्चिमी वायुले बिहीबारदेखि नै मौसम ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले बिहीबार  कञ्चनपुरको पुनर्वास क्षेत्रबाट  १८ किलो सुनसहित एक जनालाई पक्राउ गर्‍यो।, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को संयुक्त टोलीले भारतीय सीमावर्ती क्षेत्र पुनर्वासबाट सो परिमाणमा सुन बरामद गरेको थियो।  , पुनर्वा...
नारायण खड्का दाङमा एक प्रहरी हवल्दार बलात्कारको अभियोगमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय फूलबारी मझघटुवामा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्द स्थानीय एक महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन्।, कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १८ निवासी चन्दले गए राति सवा १० बजेतिर एक जना महिलालाई जवरजस्ती बलात...
सेतोपाटी संवाददाता दाङको श्रीगाउँमा यात्रुबहाक बससँग एउटा जन्ती बस ठोक्किदा ४२ जना घाइते भएका छन्।, दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा तुलसीपुरबाट बगाले तर्फ जाँदै गरेको रा १ ख १७७० नम्वरको बस र पश्चिमको खैरेनीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना ८ ख १०१७ नम्वरको जन्ती बस एक आपसमा ठोकिदा दुर्घटना भएको हो।, शुक्रवार द...
सेतोपाटी संवाददाता सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको उपचारका क्रममा निधन भएको छ। उनको उपचारका क्रममा सोमबार दिउँसो निधन भएको त्रिवि शिक्षण अस्पताल स्रोतले सेतोपाटीलाई  जानकारी दियो।, गत माघ १२ गते साँझ भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको चढेको गाडी बाराको पथलैयाम...
सेतोपाटी चार जनाको ज्यान जाने गरी जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार साँझ भएको जिप दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ । ध१ज ७९१ नंको जिप छिस्तीको रापुङबाट नेपाने हुँदै केवै जाने क्रममा दुर्घटनामा परेको थियो । अत्यधिक भार, सिकारु चालक र स्तरहीन सडकका कारण जिप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।, 'चालक...
सेतोपाटी सुनसरीको रामधुनी नगरपालिका–१ डुमरिया गाउँमा आगलागी हुँदा आठ लाख रूपैयाँ बराबरको क्षति भएको छ । स्थानीय महेश चौधरी र चुमकलाल चौधरीको घरमा शुक्रबार एक्कासी आगलागी हुँदा आठ लाख बराबरको क्षति भएको सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।, आगलागीमा परेर घरभित्र रहेका लत्ताकपडा, अन्नपात...
सेतोपाटी भारत मणिपुरहुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने लागिएका बेला भारतबाट उद्धार गरिएका १७९ जनालाई बुधबार काठमाडौँ आइपुगेका छन्।, मानव बेचबिखन गर्ने उद्देश्यले नेपालबाट भारत मणिपुरको विभिन्न स्थानमा पुर्याइएको आशङ्का गरिएका ३२ पुरुष र १४७ महिलासहित १७९ नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको हो ।, भारत सरक...
सेतोपाटी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आगजनी भएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।, 'आगजनीबाट टावरका केबुल र बोर्ड जलेको अवस्थामा रहेको छ', उनल...
सेतोपाटी संवाददाता विवादित नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण नगरपालिका–४ भक्तपुरले कलेज सामाजिक भएको दाबी गरेको छ।, शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कलेजले सो कुराको दाबी गरेको हो।, कलेजका संस्थापक अध्यक्ष एवम् सञ्चालक समितिका उपाध्यक्ष प्रा.डा. दिपक भट्टराईले २५ वर्षदेखि आफू यो कलेजसँग जोडिएको बताउँदै कलेज स...
सेतोपाटी संवाददाता ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि शुक्रबार साँझ भएको बम विस्फोटका घाइते भएका मध्ये एकको मृत्यु भएको छ।, लमजुङ घर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो।, गुरूङको राति साढे १ बजेतिर मृत्यु भएको अस्पताल...
निशा भण्डारी ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि शुक्रबार साँझ अज्ञात समूहले बम बिस्फोट गराएको छ।, साँझ ७ बजेर ५५ मिनेटमा भएको शक्तिशाली बम बिस्फोटबाट तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ।, घाइते हुनेमा दुई जना स्टाफ नर्स रहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी र...
सेतोपाटी संवाददाता शुक्रबार राति देशभरका ६ ठाउँमा रहेका एनसेलका टावरमा आगजनी भएको प्रहरीले जनाएको छ।, नेपाल प्रहरीका उत्तमराज सुवेदीले सेतोपाटीसँग कुरा गर्दै कञ्चनपुर, कास्की, रूपन्देही, काभ्रे, पुर्वी रूकुम तथा रोल्पा जिल्लामा रहेका एनसेलका टावरमा आगजनी भएको बताएका हुन्।, उनले थप ठाउँहरूमा पनि सोही प्रकृतिका घटना भएन...
महेश नेपाली याे वर्ष हिउँदमा साउनमास जस्ताे वर्षात भयाे। ताताे ठाउँमा पानी पर्याे भने चिसाे ठाउँमा हिउँ। सुरु सुरुमा खुसी भएपनि विस्तारै दिक्दारी बढायाे।, हिउँले चिसाे मात्र गराएन आयआर्जनमा समेत प्रभाव पार्यो। हिउँदमा उत्पादन नहुने जुम्लामा किसानहरुकाे सहायक आम्दानीकाे स्राेत ज्याला मजदुरी हाे। तर त्यही ज्याला मजदुरी ...
नारायण महर्जन महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ परिसरमा साधुसन्तहरूको भीड लागेको छ।, शिवरात्रिमा धुनी जगाउन र पशुपतिको दर्शन गर्नका लागि विभिन्न ठाउँबाट साधुहरू काठमाडौं आएका हुन्।, आइतबार साँझ उनीहरुमध्ये कोही फोटो खिचाउन व्यस्त थिए भने कोही भजनमा मस्त।, अनुहारमा चन्दन, अबीर लगाउने, खरानी धस्ने, त्रिशुल बोक्ने,...
रासस काठमाडौं महानगरले सार्वजनिक यातायातका साधनले यात्रु चढाउने र ओराल्ने ६९ स्थानमा सार्वजनिक शौचालय निर्माणको लागि स्थान पहिचान गरेको छ।, कामपाका सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख ध्रुव काफ्लेका अनुसार मानिसको आवतजावत र किनमेल बढी हुने स्थानमा शौचालय निर्माण गर्ने तयारी रहेको छ। , , हालसम्म पहिचान भएका स्थानमा ब...
रासस महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ। , , महाशाखाले दर्शनार्थीलाई सहज रूपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो।, महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तका अनुसार चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौ...
सागरराज तिमिल्सिना पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, एक जना विदेशीको मृत्यु भएको ४८ घण्टा नपुग्दै अर्को एक प्याराग्लाइडिङ पाइलटको मृत्यु भएको हो।, पोखराको सराङकोटबाट उडेका रसियन प्याराग्लाइडिङ पाइलटको उडेको केहीबेरमा सराङकोट मै खस्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनको नाम भने खुलिस...
सेतोपाटी संवाददाता झण्डै एक महिनायता झापा दमकस्थित मिनी दरबारमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमणका लागि तराईका विभिन्न जिल्ला जाने भएका छन्।, शाह बुधबार दमकबाट जनकपुर जाने कार्यक्रम छ। उनी २३ गते जनकपुरबाट सर्लाही सदरमुकाम मलंगवास्थित शिव मन्दिर जानेछन्।, उनको निजी सचिवालयका अनुसार शाहले २४ गते जानकी मन्द...
रासस अधिकांश सवारी चालकमा उच्च रक्तचापको समस्या देखिएको छ।, सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडकमै गरेको स्वास्थ्य परीक्षणबाट उनीहरूमा उच्च रक्तचापको समस्या देखिएको हो।, जिल्ला ट्राफिक प्रहरी कार्यालयले लामो दूरीका सवारी चालकलाई लक्ष्य गरी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेक...
सेतोपाटी संवाददाता दाङमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना नेतालाई प्रहरीले पक्राउ गरेको छ।, ईलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलबार दिउँसो पौने ३ बजेतिर तीन जना नेताालई तुलसीपुरबाट पक्राउ गरेको हो।, पक्राउ पर्नेहरूमा नेकपा दाङका जिल्ला सचिवालय सदस्यद्वय प्रदीप वली र ईश्वरी पाण्डे र तुलसीपुर उपमहानगर...
सेतोपाटी संवाददाता काठमाडौंको नागार्जुन नगरपालिका-१०, स्युचाटारमा भेटिएको प्रेसर कुकर बम डिस्पोज गरिएको छ।, नेपाली सेनाको बम डिस्पोजल टोलीले प्रेसर कुकर बम डिस्पोज गरेको हो। डिस्पोजल टोलीले डिस्पोज गर्दा नजिकै रहेको घरको सिसाहरू फुटेका थिए।, काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले दिएको जानकारी...
सेतोपाटी संवाददाता कोटेश्वर–कलंकी सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम सुरू भएको छ।, चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका काम सुरू भएको सडक विभागले जनाएको छ। सो सडकमा कुन कुन कुरा यात्रु र चालकका लागि सहज छैन भनेर पहिचान भइसकेको वैदेशिक सहयोग समन्वय ...
सेतोपाटी संवाददाता राजधानीको मखनमा बिहीबार दिउँसो केही घरमा आगलागी भएको छ।, जुद्ध वारूण यन्त्र बसन्तपुरका अनुसार बिहान १२ बजेतिर मखनको सानो पशुपति जाने बाटोको एक घरबाट आगलागी भएको थियो। पछि त्यो आगो अरू घरमा फैलिएको थियो। आगलागी नियन्त्रण गर्न चार वटा वारूण यन्त्र परिचालन गरिएको छ।, घटनाको विस्तृत विवरण आउन बाँकी छ।, ...
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारी प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरमा पूजा अर्चनाका लागि पुगेकी छन्।, बिहीबार दिउँसो हेलिकोप्टरबाट मनकामना पुगेकी भण्डारीले मन्दिरमा पूजा अर्चना गरेकी छिन्।, २०७२ वैशाख १२ मा गएको भूकम्पबाट क्षति पुगेको मनकामना मन्दिर करिब १४ करोडको लगानीमा पुनर्निर्माण सकिएको ...
सबिना श्रेष्ठ ‘रानीपोखरी पनि भक्तपुरलाई बनाउन दिने कि?’, भक्तपुरले धमाधम परम्परागत पोखरी र सम्पदा ब्युँताइरहँदा धेरैको प्रतिक्रिया यस्तै हुन्थ्यो।, अन्ततः पुनर्निर्माण प्राधिकरणले रानीपोखरी बनाउने जिम्मा पाएपछि भक्तपुरसँग सहकार्यको निर्णय गर्यो। भक्तपुरेहरू रानीपोखरीमा घाँस उखेल्न आए। पोखरी पुनर्निर्माणका काममा लागि प...
सेतोपाटी संवाददाता चन्द्रागिरी १२ दूरसचार पछाडि निर्माणाधीन घरको इनार खन्ने क्रममा माटोको डिस्को भत्किएपछि एक युवा पुरिएका छन्।, आइतबार सो घटना भएता पनि उनलाई अहिलेसम्म उद्धार गर्न सकिएको छैन।, हाल पनि महानगरीय प्रहरी वृत्त थानकोट,प्रभाग वलम्वु, नेपाल प्रहरीको विपत व्यवस्थापन शाखाको टोली , सशस्त्र प्रहरी वल निलवाराही,...
सेतोपाटी संवाददाता अफ्रिकी मुलुक इथियोपियाको राजधानी आदिसअबाबामा आइतबार भएको जहाज दुर्घटनामा एक नेपालीको पनि मृत्यु भएको छ। इथियोपियन एयरलाइन्सले दुर्घटनामा १ नेपालीको मृत्यु भएको पुष्टि गरे पनि उनका बारेमा थप विवरण खुलाइएको छैन।, आदिस अबाबाबाट  केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपिएन एयरलाइन्सको ७३७ बोइङ जहाज ...
भगवती पाण्डे अज्ञात समूहको आक्रमणबाट रुपन्देहीको देवदहमा एक जनाको मृत्यु भएको छ। आइतबार साझ मोटरसाइकलमा खैरेनीबाट भलुही तर्फ जाँदै गरेका देवदह ५ खैरेनीका अन्दाजी २० वर्षिय अनिश पुरीको मृत्यु भएको हो।, मोटरसाइकलको पछाडि रहेका एक युवा भने सकुशल छन्। अहिले आठ बजे भएको उक्त घटनाको विस्तृत विवरण नआए पनि मोटरसाइकलको पछाडि र...
सेतोपाटी संवाददाता ललितपुरको पाटनढोकास्थित पाटन गेट आइतबारदेखि ‘वान वे’ हुने भएको छ।, ट्राफिक जाम न्यूनिकरणका लागि ललितपुर महानगरपालिकाले बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म पाटन गेट एरिया वान वे गरेको हो।, महानगरपालिकाको भित्री सडकमा बढेको सवारी चापले आवागमनमा समस्या उत्पन्न भएपछि न्यूनिकरणका लागि महानगरीय ट्राफिक महाशाखा...
खिलानाथ ढकाल अध्यागमन विभागले थालेको भ्रमण भिसामा ४० वर्षमुनिका महिलाका लागि स्थानीय तह र परिवारको सहमति चाहिने कार्यविधि संशोधन विवादमा आएपछि त्यो कार्यविधि जारी नहुने सम्भावना बढेको छ।, विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ।, चार दिनअघि विभाग...
सेतोपाटी संवाददाता शुक्रबार अपराह्न कोसी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ।, धरानबाट इटहरी जाँदै गरेको प्रदेश १-०१-०४४प १२५६ मोटरसाइकल दुर्घटना हुँदा सवार बाबुछोरा दुबै जनाको मृत्यु भएको प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।, मृत्यु हुनेमा ५० वर्षीय नुरजंग मल्ल र उनका बुवा ८२ वर...
खिलानाथ ढकाल नेकपा दमकका नेता रेवतराज पुरी ‘गगन’विरूद्ध सवा १२ करोड बिगो माग्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ।, सरकारी जग्गा आफ्नो नाममा ल्याएर बेचेको अभियोग लागेका पुरीमाथि अनुसन्धान थालेको विभागले १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगो माग्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरे...
सेतोपाटी संवाददाता धाडिङमा सवारी दुर्घटना हुँदा बुवा-छोराको मृत्यु भएको छ।, थाक्रे गाउँपालिका-८ चारकिलोको पेट्रोल पम्पनजिकै बिहीबार दिउँसो पौने १ बजे मोटरसाइकल दुर्घटना भएको हो।, धाडिङबाट काठमाडौं आउँदै गरेको बा प्र ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल बसलाई ओभरटेक गर्नेक्रममा ट्रकसँग ठोक्किएको थियो।, ना १ क ६५४७ नम्बरको ट...
खिलानाथ ढकाल बैतडी दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार-हत्याको अनुसन्धान तेस्रो चरणमा पुगेको प्रहरीले जनाएको छ।, भागरथी बलात्कार-हत्यापछि प्रहरीले दायरा फराकिलो बनाएर अनुसन्धान सुरू गरेको थियो। यो चरणको अनुसन्धान सकिएपछि प्रहरीले दोस्रो चरणमा सूचनाको पुष्ट्याइँ सकेको छ।, अहिले तेस्रो चरणमा व्य...
सेतोपाटी संवाददाता बारा महागढीमाई नगरपालिका-१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको हत्यामा संलग्न उनकै दुई जना छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ परेका दुबै जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।, बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार पक्राउ पर्नेमा कान्तिदेवीका छिमेकी ४२ वर्षीय लालबा...
भगवती पाण्डे २०५८ सालमा माओवादी जनयुद्धमा होमिँदा जगनाथ-१ बाजुराका टेकबहादुर बोगटी १६ वर्षका मात्र थिए।, १० कक्षामा पढ्दै गरेका टेकबहादुरलाई जनयुद्धबाट गरिब विपन्न नागरिक र आफूजस्तै युवाहरूका सबै समस्या समाधान हुने विश्वास थियो।, त्यसैले पनि विद्यालयमा प्रशिक्षण दिन आएका टोलीसँगै गएका थिए।, घरदेखि टाढा एक महिना प्रशिक...
खिलानाथ ढकाल वैदेशिक रोजगार विभागले इटहरीमा सञ्चालित एक दर्जन मेनपावर कम्पनीमा शुक्रबार छापा मारेको छ।, यसक्रममा दुई वटा मेनपावर कम्पनी बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।, अवैध रुपमा शाखा सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा विभागले मेनपावर कम्पनीहरूमा छापा मारेको हो।, विभागका अनुसार इटहरीको एचआर मेन...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय धुलिखेलले जिल्लाका पाँच हजारभन्दा बढी भूकम्पपीडितको नाम आवास पुनःनिर्माण लाभग्राही सूचीबाट हटाउने भएको छ।, जिल्ला कार्यान्वयन एकाईले गत पुस १५ गतेभित्र आवास निर्माण सम्झौता गरी पहिलो किस्ता रक...
सेतोपाटी संवाददाता उदयपुरको कटारी नगरपालिकाकी उपमेयर भीमकुमारी राउतले आफ्नो गाडी खरिद गर्न छुट्याइएको पैसाले एम्बुलेन्स खरिद गरेकी छिन्।, नगरसभामार्फत उनको लागि गाडी किन्न ४० लाख रुपैयाँ विनियोजन भएको थियो। त्यो रकममध्ये १० लाख रुपैयाँ खर्च गरेर राउतले एम्बुलेन्स खरिद गरेकी हुन्।, खरिद गरिएको एम्बुलेन्स नगरपालिकामा आइ...
सेतोपाटी संवाददाता दार्चुलामा नहरको पर्खाल निर्माण गर्ने क्रममा दुई जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ।, अपिहिमाल गाउँपालिका-६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत आयोजनाको पर्खाल भत्किँदा निर्माणको काममा खटिएका दुई जना मजदुरको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दल...
नारायण महर्जन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु)मा विद्यार्थीहरूले प्रतिगमनविरूद्ध मार्च पास गरेका छन्।, सोमबार बृहत् नागरिक आन्दोलन अन्तर्गत शैक्षिक प्रतिगमनविरूद्ध टियु मार्चपास कार्यक्रमको आयोजना गरिएको हो।, विद्यार्थीहरूले विभिन्न नाराबाजी गरी विरोध प्रदर्शन गरेका छन्। त्यस्तै, विरोध प्रदर्शन गर्नेक्रममा...
सविता बुढा गत बुधबार कैलालीको मध्यदक्षिणी क्षेत्र कैलारीमा बाघ देखिएको थियो। नेपाल र भारतको सिमानामा पर्ने कैलारी गाउँपालिका–४ को वनमा बाघ देखिएको स्थानीयले बताए।, वडा नम्बर ८ का सचिव तुलसीराम चौधरीले एक साताअघि ४ नम्बर वडाको दक्षिणतिर मोहना नदीनजिक बाघले गाई-गोरु लखेटेको बताए।, त्यसको भोलिपल्ट कैलारीकै ६ नम्बर वडामा ...
सेतोपाटी संवाददाता डिजेल चोरेर भारत निकासी गर्ने नेपाल आयल निगमको तेल बोक्ने ट्यांकरका चालकसहित तीन जना पक्राउ परेका छन्।, प्रहरीले आइतबार राति ना७ख १५११ नम्बरको ट्यांकरका चालक मकवानपुर मनहरि गाउँपालिका-३ का रामकृष्ण उप्रेती, सहचालक सोही ठाउँका अशोक पाख्रिन र वीरगञ्ज २२ को श्वेता आयल ट्रेडर्सका कर्मचारी शम्भु महतोलाई ...
एजेन्सी पाकिस्तानको भूमिमा जासुसी र राज्य विरोधी क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका भारतीय सेनाका कर्नेल कुलभुषण जादवलाई पाकिस्तानको सैनिक अदालतले मृत्युदण्ड दिने फैसला गरेको छ।,पाकिस्तानी सञ्चारमाध्यमका अनुसार गत वर्ष पाकिस्तानमा पक्राउ परेका भारतीय सेनाका कर्नेल जादवविरुद्ध त्यहाँको आन्दोलित प्रदेश बालोचिस्तानमा भ...
सेतोपाटी संवाददाता नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजमा स्नातक तहको अध्ययनलाई अघि बढाउन २०० जना जेहेन्दार नेपाली विद्यार्थीहरुलाई शैक्षिक सत्र २०१८–२०१९ का लागि भारतले स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ।, यस वर्ष नेपालका ५० जिल्लाको विद्याथीले MBB, BDS, BE, B.Sc., BBA, B.Com. लगायत ३६ वटा स्नातक कोर्षका लागि...
रासस 'म  जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थैं, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ ।', तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराई निधनको १२ औं दिनमा अधिकारीलाई सम्झँदै भन्छिन्। , 'जत्ति हतार नै भए पनि जाने बेला जानकारी गराएर जानु...
सेतोपाटी संवाददाता नेपाली महिलाले समाज र राजनीतिका विभेदकारी व्यवस्थाका विरूद्ध इतिहासका धेरै कालखण्डमा बोले। २००७ सालको क्रान्ति, पञ्चायतविरूद्धको लडाइँ, २०४७ सालको अन्दोलन, माओवादी 'जनयुद्व' र २०६२/६३ को आन्दोलनमा धेरै महिला अग्रपंक्तिमै उभिए।, अहिलेको समाज र राजनीतिक व्यवस्था पहिलेकोभन्दा धेरै बदलिएको छ। तर, अझै पन...
बुद्धिसागर घिमिरे न्युजिल्याण्ड, क्राइस्टचर्चका दुई मस्जिदमा भएको गोलीकाण्डमा कम्तिमा ४९ जनाको मृत्यु भएको छ। शुक्रबार भएको हमलामा परी २० जना भन्दा बढी गम्भीर घाइते भएका छन्।, बन्दुकधारीहरूले क्राइस्टचर्च सहरका दुई मस्जिदमा शुक्रबारको प्रार्थना गर्न भेला भएकाहरूमाथि अन्धाधुन्द गोली चलाएका थिए।, न्युजिल्याण्डकी प्रधानम...
सेतोपाटी संवाददाता दाङको तुलसीपुर उपमहानगरपालिकाले विकट वडाका जनतालाई सेवा दिने उद्धेश्यका साथ एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।, नगरका १९ वटै वडाहरूमा एम्बुलेन्स सञ्चालन गर्ने लक्ष्य राखेको तुलसीपुरले पहिलो चरणमा ३ वटा वडाहरूमा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।, मेयर घनश्याम पाण्डेले वडा नं १, १३ र १९ मा पहिलो चरणमा एम्ब...
रासस ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारबाही गरेको छ। , , महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारबाही गरेको हो।, महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीर रूपले बढेर उपत्यकावासीको स्वास्थ्यमा प्र...
एजेन्सी भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिँड्ने एक पुल भत्किँदा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६ पुगेको छ भने अन्य ३१ घाइते भएका प्रहरीले जनाएको छ।, स्थानीय समयानुसार बिहिबार साँझ ७ः३० सो घटना भएको थियो। घाइतेहरूको अवस्था हाल स्थिर रहेको जनाइएको छ।, यस घटनामा ज्यान गुमाउने व्यक्तिलाई ५ लाख भारतीय रुपैयाँ ब...
सेतोपाटी संवाददाता कास्कीको मादी गाउँपालिका ३ मा बर्डफ्लु देखिएको छ।, मादी गाउँपालिका ३ की सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्लु देखिएको पशुपंक्षी रोग अन्वेषण कन्ट्रोलका प्रवक्ता डा कृष्ण न्यौपानले जानकारी दिए। परियारले पालेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन्।, पोखराबाट काठमाडौं परीक्ष...
सेतोपाटी संवाददाता सरकारले २०७६ सालका सार्वजनिक बिदा हुने दिनको कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ सालका सार्वजनिक बिदा सार्वजनिक गरेको हो। , , पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा, दसैं, तिहार बिदा, दिवस बिदा, दिवस जयन्ती बिदा र स...
सेतोपाटी संवाददाता गत फागुन २१ गते राति काठमाडौं-४ धुम्बाराही पीपलबोट नजिकको घरमा सञ्चालित रिजन इन्टरप्राइजेज हार्डवेयर पसलमा चोरी भयो।, कर्णप्रसाद चौलागाईंको उक्त पसलमा सटरको ताला फोडी ज्याकवेयर र विभिन्न कम्पनीका धारालगायत सामानहरू चोरी भएका थिए।, चोरीको सो घटनापछि महानगरीय प्रहरी बृत्त महाराजगञ्जको टोलीले अनुसन्धान...
सेतोपाटी संवाददाता काठमाडौंको नागढुङ्गाबाट प्रहरीले स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित एक जना भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ। , सोमबार बिहान नागढुङ्गाबाट प्रहरीले कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको निजी गाडीबाट बरामद भएको महनगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआइजी हरिबहादुर पालले जानकारी दिए।, उनका ...
नारायण खड्का कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुरकी ५० वर्षीया नन्दकली थापाको शव फेला परेको छ। , थापालाई गएराति बर्दिया राष्ट्रिय निकुञ्जको बाघले मोटरसाइकलबाटै झम्टिएर लगेको थियो। , जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काले शनिबार मध्यान्ह १२ बजेतिर थापाको शव घटनास्थलनजिकै फेल...
सेतोपाटी संवाददाता रौतहटबाट काठमाडौं हिँडेको सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक सर्वसाधारणलाई ठक्कर दिएको छ।, ठक्कर दिएर भागेको ना१झ ३८४२ नम्बरको साह सवार गाडी कहाँ छ भन्ने प्रहरीलाई थाहा छैन।, सर्लाही प्रहरीका अनुसार मन्त्री साहको गाडीले हरिवन नगरपालिका-१० मा सर्वसाधारणलाई ठक्कर दिएको हो।, ‘मन्त्री...
सेतोपाटी संवाददाता विराटनगरमा खानेकुरा सर्किँदा गम्भीर घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ।, दुधसँग कर्नफ्लेक्स मिसाएर खाँदै गर्दा बुधबार साँझ १२ वर्षीय बालक हेमन ढकालको मृत्यु भएको हो।, विराटनगर-९ का उनी बिकेभिएम स्कुलमा कक्षा ५ मा अध्ययनरत् थिए। उनको उपचारको क्रममा न्युरो अस्पतालमा मृत्यु भएको बिकेभिएम...
सेतोपाटी संवाददाता मोरङ प्रहरीले मिटरब्याजी एजाज शेख अहमदविरूद्धको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।, आपराधिक लाभ लिन खोजेको कसुरमा पक्राउ परेका एजाजको अनुसन्धान प्रतिवेदन मंगलबार प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको हो।, उनीविरूद्ध एक करोड १० लाख रुपैयाँ आपराधिक लाभ लिन खोजेको कसुरको अ...
विवेक राई इन्सिच्युट अफ मेडिसिन (आइओएम) ले कडा निर्देशन दिएपछि वीरगन्जस्थित नेसनल मेडिकल कलेजले रामजी राम र पंकज रामलाई परीक्षामा सामेल गराउने भएको छ।, एक घण्टा अगाडि मात्र कलेजले फाराम भर्न बोलाएको रामजीले सेतोपाटीलाई जानकारी दिए।, 'एक घण्टा अगाडिमात्र कलेजले बोलाएर फाराम भर्ना लगाउनुभयो। अहिलेलाई परीक्षा दिँदै गर भन...
विनोद सापकोटा नक्कली कम्पनी ‘पोखरी ग्रुप अफ’को नामबाट किसान ठगी गरेको आरोपमा तीन जनालाई चैनपुर प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले चैनपुर नगरपालिका वडा नम्बर ३ पोखरी बस्ने धनकुटा छथर गाउँपालिका वडा नम्बर ६ का रमेश भनिने नरेन्द्र थापा, चैनपुर नगरपालिका वडा नम्बर ३ का चन्द्रबहादुर आलेमगर र सोही नगरपालिका वडा नम्बर ४ का म...
सेतोपाटी संवाददाता चक्रवर्ती मिटरब्याज लगानी गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले मोरङबाट अर्का मिटरब्याजी पक्राउ गरेको छ।, रंगेली नगरपालिका-६ मधुवनीका विनोद मण्डललाई प्रहरीले पक्राउ गरी आइतबार ठगी मुद्दामा अनुसन्धान थालेको हो।, मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार मण्डल पूर्वशिक्षक हुन्।, उनले सोही नगर...
सुधिर भण्डारी ६५ वर्षीय पिताम्बर अधिकारी आफ्नो गोरु ‘फुर्के’ सुम्सुम्याउँदै थिए।, नुवाकोट तारुकाका उनी ‘फुर्के’लाई धेरै नै स्याहार गरिरहेका छन्।, पोसिलो आहार खुवाएर स्याहार गर्नुको उद्देश्य माघे संक्रान्तिमा हुने गोरु जुधाइ मेलाका लागि हो।, यसपालि पनि जुधाए। तर, ‘फुर्के’ले जितेन। , उसो त गोरु जुधाउनु उनको लागि नौलो कु...
नारायण न्यौपाने नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (निवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ।, पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढ्दै गएपछि सैनिक मुख्यालयको पटक-पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संशोधन...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा बुधबारदेखि 'ऐना' कार्यक्रम लिएर आउँदैछन्। बुधबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनबाट यो कार्यक्रम प्रसारण हुँदैछ।, देशका सामाजिक र मानवीय मुद्दामा बनाइएको टेलिभिजन कार्यक्रम 'ऐना' समाजका विकृति, विसंगति, कुरीति, अन्याय, अत्याचार, महिला हिंसा र रुढीवादी परम...
सेतोपाटी संवाददाता सप्तरीको बोदेबरसाइन नगरपालिका-२ विष्णुपुरमा तीन जना चढेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनामा दुई जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।, मृत्यु हुनेमा खडक नगरपालिका-८ का १८ वर्षीय सुदीप चौधरी छन्। उनी मोटरसाइकलको बीचमा बसेका थिए।, विष्णुपुरब...
सेतोपाटी संवाददाता काठमाडौंको पवित्रानगरमा बुधबार बिहान एक नवजात शिशु फेला परेको छ। , काठमाडौं महानगरपालिका-२६ पवित्रानगरस्थित झाँडीमा बिहान करिब २-३ बजे नवजात शिशु फेला परेको थियो।, महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टका अनुसार शिशुको अहिले कान्ति बाल अस्पतालमा उपचार भ...
सेतोपाटी संवाददाता पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामामा तीन जना युवाको समूहले धरान जाँदै गरेको यात्रुबाहक बसमा तोडफोड गरेको छ।, घरेलु हतियार खुकुरीसहित आएका उनीहरूले बस रोकेर तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, प्रहरीका अनुसार यो घटनामा नेत्रविक्रम चन्द विप्लव समूहको नेकपा-म...
रासस कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ शनिबारदेखि सात वटै प्रदेशमा पठाउन थालिएको छ।, भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सात वटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।            , भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान...
सेतोपाटी संवाददाता मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले पिकअप जलाएका छन्।, बन्द घोषणा गरेको दिन शनिबार बिहान विप्लव कार्यकर्ताले बा१३च ७९६९ नम्बरको पिकअप भ्यान जलाएका हुन्।, प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार भीमफेदीमा सामान अनलोड गरेर काठमाडौं फर्किँदै गरेको पिङकअप फर्पिङ र मकवानपुरको सिमा...
सेतोपाटी संवाददाता कोरोना महामारीले ग्रस्त भएको बेलामा चिकित्सा शिक्षा आयोगले यस शैक्षिक सत्र २०७७/७८ का लागि एमबिबिएस शुल्क आठ लाख रुपैयाँ बढाउन सिफारिस गरेको छ। , आयोगले शनिबार शैक्षिक सत्र २०७७/०७८  मा एमबिबिएस कार्यक्रमको लागि आठ लाख रुपैयाँ बढाउनुपर्ने प्रस्ताव पेश गरेको हो।, आयोग शुल्क निर्धारण कार्यदलले विभिन्न...
सेतोपाटी संवाददाता बाघले घिसारेर लगेको आशंकामा पर्सा राष्ट्रिय निकुञ्जमा प्रहरी, नेपाली सेना र निकुञ्जको टोली एक जना बटुवाको खोजीमा लागेको छ।, जिल्ला प्रहरी कार्यालय बाराका अनुसार एक जना अधवैंशे बटुवालाई शनिबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत अमलेखगञ्ज-पथलैया सडकखण्डबाट बाघले लगेको खबर पाएपछि खोजी भइरहेको हो।, प्...
सविता बुढा मंगलबार छविसपाथिभेरा गाउँपालिका–३ को बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव थियो।, व्यवस्थापन समितिको अध्यक्ष पदका लागि नेकपा पक्षधर नेकपा र नेपाली कांग्रेस पक्षधर दुई प्यानलमा देखिएका थिए।, दुबै पक्षका तर्फबाट उम्मेदवारी परेको थियो।, २०७५ को वैशाखमै उक्त विद्यालयमा व्यवस्थापन समितिको कार्यक...
सेतोपाटी संवाददाता बलात्कार गरेको आरोपमा प्रहरीले रामेछाप मन्थली नगरपालिका वडा नम्बर १० का ५१ वर्षीय वडाध्यक्ष भरतबहादुर बोहरालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले उनलाई शनिबार मन्थलीको चनखुबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज ढुङ्गानाले बताए।, वडाध्यक्ष बोहराविरूद्ध चिनजानकी ३३ ...
सेतोपाटी संवाददाता महोत्तरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोमबार बिहान ना८ख ९८० नम्बरको टिपरले ज६प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।, टिपरको ठक्करले मोटरसाइकलमा सवार बलुवा नगरपालिका-९ का १८ वर्षीय प्रमोद राम चमार र पछाडि बसेका और...
सेतोपाटी संवाददाता धनुषामा एक डिस्टिलरी उद्योगका सञ्चालकको शंकास्पद अवस्थामा शव फेला परेको छ। उनको हत्या भएको आशंकातर्फ प्रहरी अनुसन्धान केन्द्रित छ।, मंगलबार रातिकै घटना भए पनि प्रहरीले २४ घन्टासम्म सार्वजनिक गरेन। प्रादेशिक अस्पताल जनकपुर हुँदै सूचना बिहीबार बिहान सार्वजनिक भएको छ।, उदयपुर त्रियुगा नगरपालिका-७ का कर...
सेतोपाटी संवाददाता बाँकेको राष्ट्रिय अनुसन्धान विभाग सहायक सूचकको हत्या आरोपमा दुई पक्राउ परेका छन्। , नेपालगञ्ज उपमहानगरपालिका-१८ बस्ने राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक २७ वर्षीय प्रवीण थापामगरको माघ २ गते शुक्रबार बिहान साढे ९ बजे हत्या गरेको अवस्थामा शव फेला परेको थियो।  , प्रवीणको शव उनको घरभन्दा साढे दुई कि...
सेतोपाटी संवाददाता सप्तरीमा तीन जना चढेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, बिहीबार बिहान करिब साढे ७ बजे कोसी ब्यारेजको नहरनजिक स३प ३०४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।, सप्तरी प्रहरीका अनुसार मृत्यु हुनेमा चालक सप्तरी तिलाठी मोइलाडी गाउँपालिका-३ सखरपुरका ३० वर्षीय शिवकुमार मुख...
राजेश घिमिरे भरतपुर अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउन बुधबार मध्यान्ह १२ बजेबाट सुरू गर्ने तयारी गरिएको थियो। त्यहीअनुसार सामान्य रुपमा औपचारिक कार्यक्रम गरियो। बोल्ने क्रम सकिएपछि जब खोप लगाउने तयारी सुरू भयो कोही पनि लगाउन तयार भएनन्।, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डाक्टर जगन्नाथ तिवारीले खोप लगाएर जिल्लामा खोप ...
सेतोपाटी संवाददाता प्रहरीले पर्सामा हत्या गरी झुण्डाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।, शुक्रबार प्रहरीले पर्सागढी नगरपालिका-५का ५१ वर्षीय भागरित राउत अहिर, ४१ वर्षीय शेष ताहिर मियाँ र २७ वर्षीय छठु पटेल भन्ने दिनेश पटेललाई पक्राउ गरेको हो।, उनीहरूमाथि बहुदरमाई नगरपालिका-४ बहुअरीका २१ वर्षीय अकलेश राउत यादवको हत्या...
एजेन्सी अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडिएले फाइजर र बायोएनटेकले बनाएको कोरोनाभाइरसविरूद्ध खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।, ट्रम्प प्रशासनले पहिलादेखि नै एफडिएलाई खोप अनुमतिको लागि दबाव दिएको बताइएको छ।, अमेरिकी सञ्चारमाध्यमका अनुसार एफडिएका प्रमुख स्टेफन हानलाई शुक्रबारसम्म खोपलाई अनुमति दिन वा...
सेतोपाटी संवाददाता राप्रपाका एक मात्र निर्वाचित सांसद राजेन्द्र लिङ्देन निमोनियाबाट गम्भीर बिरामी परेका छन्। , उनको दुबै फोक्सोमा निमोनिया संक्रमण रहेको झापा विर्तामोडस्थित बिएन्डसी अस्पतालले जनाएको छ।, झापा क्षेत्र नम्बर ३ का सांसद लिङ्देन बिहीबार श्वासप्रश्वासमा समस्या आएपछि बिएन्डसी अस्पताल भर्ना भएका थिए।, उनको अव...
सेतोपाटी संवाददाता जबरजस्ती करणी मुद्दा पाँच लाख रुपैयाँमा मिलापत्र गराएको आरोपमा मोरङमा ६ जना पक्राउ परेका छन्। , पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका-५ का धनेशु खवास, सुधारसिंह खवास, मागन खवास, कलकनु खवास, रंगेली नगरपालिका वडा नं. १ का जगतनारायण खवास र बेलबारी नगरपालिका वडा नं. ८ का ५३ को मथालु खवास छन्। , उनीहरू...
सेतोपाटी संवाददाता तेह्रथुममा सिचाईं गर्न बनाइएको प्लास्टिकको कृत्रिम पोखरीमा डुबेर तीन जना बालिकाहरुको मृत्यु भएको छ। , छथर गाउँपालिका वडा नम्बर ६ सुदाप च्याङलुङ गाउँमा स्थानियबासीले तरकारीमा सिचाईं गर्न प्लास्टिक लगाएर बनाएको पोखरीमा जमेको पानीमा डुबेर शनिबार साँझ ६,७ र ८ बर्षका तीन जना बालिकाको मृत्यु भएको प्रहरीले...
सेतोपाटी संवाददाता विसं २०७२ पुसमा चितवनको रामनगरबाट स्थानीयवासीले एक महिला सडकमा अलपत्र रहेको जानकारी गराए।  तत्कालै मानवसेवा आश्रमकी सुशीला केसी नेतृत्वको टोली उद्धारका लागि खटियो । महिलाको शरीरभरि कमिलाले ढाकेको थियो । हातको घाउ कुहिएर कीरा परेको थियो । घाउको गन्धले वरिपरि जानै मुश्किल पर्ने अवस्थाबाट ती महिलालाई म...
युनिक श्रेष्ठ प्रहरीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका-६ बाट मंगलबार एक पुरूषलाई  पक्राउ गर्‍यो। , पक्राउ पर्ने सिन्धुपालचोक घर भई ठिमी बस्ने २८ वर्षीय आशिष गिरी थिए।, उनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले पक्राउ गरेको थियो। पक्राउ गरी उनीमाथि थप अनुसन्धान गर्न महाशाखाले महानगरीय प्रहरी परिसर भक्तपुरमा बुझाएको...
खिलानाथ ढकाल मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई मंगलबार बिहान ६ जनाको समूहमा आएका विप्लव समूहका कार्यकर्ताले अपहरण गरेका थिए।, वडाध्यक्ष नरबहादुर राईका अनुसार उनलाई बिहान ६ बजे घरबाट लगिएको थियो। राईले यो खबर ८ बजेमात्रै थाहा पाएका थिए। , ‘मलाई पनि एक जना ...
राजेश घिमिरे नेपाल सरकारले निर्धारण गरेको भन्दा बढी पिसिआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ।, नेपाल सरकारले दुई हजार रुपैयाँ पिसिआर शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पतालविरुद्ध गुनासो दर्ता भएको...
नारायण खड्का रुकुम पश्चिम जिल्ला प्रशासनले १३ वटा कार्यालयमा छड्के अनुगमन गर्दा ९८ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ। , प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे सहितको टोलीले बुधबार जिल्लाका संघ र प्रदेश अन्तर्गतका १७ वटा सरकारी कार्यालयको अनुगमन गर्दा १३ वटा कार्यालयका झन्डै एक सयको हाराहारीमा कर्मचारी अनुपस्थित रह...
एजेन्सी जर्मनीमा अत्यावश्यक बाहेकका सबै पसल, विद्यालयलगायत बन्द गर्न आह्वान गरिएको छ। , कोरोना भाइरसको सङ्क्रमण अत्यधिक बढेपछि चान्सलर एंगेला मर्केलले बुधबारदेखि अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालयहरू बन्द गर्न आह्वान गरेकी हुन्।, अहिले घोषणा गरिएको यो प्रकारको आशिंक लकडाउन कम्तीमा जनवरी १० तारिखसम्म रहने र त्यसपछ...