content
stringlengths
20
64.1k
प्रशन्न पोखरेल देशभरका सरकारी अस्पतालमा कार्यरत चिकित्सकले चार दिनदेखि बिरामीको उपचार गरेका छैनन्।, आकस्मिकबाहेकका सेवा छाडेर १ हजार चार सय सरकारी चिकित्सक आन्दोलन गर्न काठमाडौंमा भेला भएका छन्।, डाक्टरले काम नगर्दा नियमित चेकजाँच गराउने बिरामी मात्रै होइन गम्भीर खालका शल्यक्रिया गर्नुपर्ने बिरामीहरू पनि मर्कामा परेका...
सेतोपाटी संवाददाता पोहोर साल यतिबेला पोखरा फुर्सेखोलाका किसान बिष्णुजी कार्कीको  बारीभरि काँक्रा,घिरौंला,क्याप्सिकोन लटरम्म फलेका थिए। बन्दा,काउली पनि बजारमा लैजाने बेला हुन लागेका थियो।, एकदिन ठूलो असिना पानी पर्‍यो। उनको सबै तरकारी नष्ट गरिदियो।, ‘प्रकृतिका अगाडि मेरो केही लागेन। म रोएर बसें,’ कार्कीले भने।, यसपालि ...
रासस सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ । दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि गए राति कुखुरा मारिएको छ।, फार्म सञ्चालक मधुराम न्यौपानेको कुखुरा फार्ममा ब्रोइलर कुखुरामा बर्डफ्लु भएको पाइएप...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको  कर्मचारीको टोलीलाई आज बिदाइ गरेका छन्।, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली आज त्यसतर्फ जाँदैछन्।, टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम,नापी अधिकृत रवीन कार्की,सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन...
सेतोपाटी संवाददाता आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छ।, महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो।, विद्यालय सञ्चालनको अवस्था र व्...
सेतोपाटी संवाददाता सरकारले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ आफैं नाप्ने भएको छ।, प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारमा आयोजित एक कार्यक्रममा सगरमाथाको उचाइ नाप्न जान लागेका नापी विभागका अधिकारीहरूलाई विदाइ गरेका छन्।, यसअघि सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ समुन्द्र सतहदेखि...
सेतोपाटी संवाददाता नुवाकोटको बट्टारमा शुक्रबार बिहान टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बट्टारबाट गंगटेतर्फ गइरहेको  बा ५ ख २८९८ नम्बरको टिपरले विपरित दिशावाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, टिपरको ठक्करबाट मोटरसाइकल चालक बट्टारका दिवाकर खनालको ...
नारायण खड्का मजदुरीको सिलसिलामा भारत पुगेका तीन जना नेपालीको मृत्यु भएको छ। दाङको शान्तिनगर गाउँपालिका-२ अमुवाका २३ वर्षीय नोखिराम भण्डारी, २१ वर्षीय प्रकाश वली र २४ वर्षीय पूर्णबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।, पाण्डेका अनुसार चैत ६ गते पूर्णबहादुर वली ...
प्रशन्न पोखरेल गोरखाको एक सरकारी विद्यालयले विभिन्न शीर्षकको शुल्क नतिरेको भन्दै वार्षिक परीक्षाफल रोक्का गरिदिएको छ।, बारपाक-सुलिकोट गाउँपालिका ७ को पाँचखुवा देउरालीस्थित शैलपुत्री माध्यमिक विद्यालयले बिहीबार अरू विद्यार्थीको परीक्षाफल जारी गरेर शुल्क नतिर्ने सात जनाको स्थगित गरिदिएको हो।, विद्यालयमा तिर्नुपर्ने वार्...
सेतोपाटी संवाददाता व्यस्त दैनिकी, तनाव र अव्यवस्थित खानपान आधुनिक सहरीया जीवनको अभिन्न अंग जस्तै हुन्। यिनै तीन कारण हुन् जसले हामीलाई अस्वस्थ बनाउँदै लगेका छन् र हाम्रो शरीरलाई रोगको घर बनाउँदै छन्।, पछिल्लो समय उच्च रक्तचाप, कोलस्ट्रोल, मधुमेहजस्ता रोग सामान्य भइसकेका छन्।, यसको अर्को कारण पनि छ- हामी स्वादे जिब्रोक...
सबिना श्रेष्ठ भक्तपुरको मध्यपुर थिमीमा एउटा ठाउँ छ– निगु पुखु। अर्थात्, दुइटा पोखरी।, करिब तीन सय वर्षअघि यहाँ दुईवटा पोखरी सँगसँगै निर्माण गरिएकाले यो ठाउँको नाउँ नै दुई पोखरी (निगु पुखु) रहन गएको हो।, ऐतिहासिक महत्व बोकेका यी दुई पोखरी करिब दुई दशकदेखि चउरमा परिणत भएका थिए, जसमध्ये एउटाको पुनर्निर्माण सुरु गरिएको छ।...
रासस दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुण्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ।, नलगाड नगरपालिका–१ ठूलाबगरकी ४१ वर्षीया हस्तकला घर्ती घरबाट दैनिक तरकारी विक्री गर्न रिम्नाबजार जान्छिन्। तुइनमा झुण्डिएर जाँदा उनलाई बाँचिन्छ, कि बाँचिदैन भन्दै सातो जाने गरेको छ। बजार जानलाई सहज...
रासस सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका – ४ मा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ।, काँकु डाँडागाउँका २० वर्षीया सुमन राईले  आइतबार साँझ बन्दुकमा गोली  भर्ने क्रममा पडकिएर उनको पेटमा गोली लागेकाले उपचारका लागि फाप्लु जिल्ला अस्पताल ल्याउन लाग्दा राति १ बजे बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप सुवेदीले...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौंलाई वर्ल्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरेका छन्।, आज बिहान बालुवटारमा आयोजित कार्यक्रममा वर्ल्ड बुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाणपत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरेका हुन्।, प्रमाणपत्र हस्तान्तरणपछि...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बढुवा र भर्नामा भेदभाव नगरेको बताएका छन् ।, सशस्त्र प्रहरी बल हल्चोकमा सोमबार आयोजित पत्रकार सम्मेलनमा खनालले प्रहरी नियमावलीमा रहेर कर्मचारीको भर्ना र बढुवा गरेका बताएका हुन् । प्रहरी भर्ना र बढुवामा अनियमितता समेत नभएको उनले बताए।, १ वर्षक...
सेतोपाटी संवाददाता पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ताण्डवन्युज डटकमका  सम्पादक अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको छ।, बतास कम्पनीका वीपेन्द्रराज बतासले पैसा नतिरेर ठगी गरेको समाचार लेखेका गिरीलाई कास्की प्रहरीले  सोमबार बिहान नियन्त्रणमा लिएको हो।, बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)...
सेतोपाटी संवाददाता प्रहरीलाई ३ लाख ५० हजार घूस दिन खोज्ने दिल्ली–काठमाडौं चल्ने टुरिष्ट बसका चालकसहित ३ जना पक्राउ परेका छन्।, प्रहरीलाई घूस दिन खोज्ने भारतको दिल्लीबाट काठमाडौं चल्ने ना ५ ख ४८४२ नम्बरको टुरिष्ट बसका चालक श्याम विश्वकर्मा, सुर्खेतकी दिपा राना र नुवाकोट ककनीका भरत तामाङलाई पक्राउ गरी सोमबार पत्रकार सम्...
सेतोपाटी संवाददाता पोखराको ताण्डव साप्ताहिक र ताण्डप न्युज डटकमका सम्पादक अर्जुन गिरीको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।, महासचिव रमेश विष्टले बुधबार विज्ञप्ति निकालेर जिल्ला प्रशासन कार्यालय घेराउ गर्नेदेखि गृह र सञ्चार मन्त्रालयमा विरोध पत्र बुझाउनेसम्मका कार्यक्रम सार्...
नारायण खड्का राप्ती राजमार्ग अन्तर्गत राम्री मोड काट्न क्रम सुरू भएको छ।, गलत रोड इञ्जिनियरिङले गर्दा राम्रीको भिरमा पटक/पटक सवारी दुर्घटना हुने गरेको प्रदेश प्रहरीको निष्कर्षपछि राम्रीको मोड काट्न टेण्डर आह्वान गरिएको थियो।, सोही आह्वान पश्चात उज्वल निर्माण सेवाका दीपक न्यौपानेले कामको जिम्मा लिएका छन्।, यही ठाउँमा प...
सेतोपाटी संवाददाता धनकुटाको साँगुरीगढी गाउँपालिका-५ निगालेमा मंगलबार राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।, मोबाइल चार्जमा राखेर गरेर सुतिरहेको अवस्थामा वर्षासँगै खसेको चट्याङ लागेर ३४ वर्षीय लालमान तामाङले गम्भीर घाइते भएका थिए।, चट्याङ लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्...
सेतोपाटी संवाददाता नेपाल समाचार पत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ। ६० वर्षीय  श्रेष्ठको उपचारका क्रममा बुधबार बिहान १२ बजे नर्भिक अस्पतालमा निधन भएको हो।, पाँच महिनाअघि श्रेष्ठको मृर्गौलाको पत्थरी र नाक शल्यक्रिया गरिएको थियो। त्यसपछि उनलाई जिबिएस भएको थियो।भारतको मेदान्त र राजधानीका विभिन्न अस्पता...
रासस सगरमाथाको उचाइ नाप्ने समूह सोलुखुम्बुको दिङ्बोचेमा पुगेको छ। चैत २७ गते बुधबार काठमाडौंबाट हिँडेको टोली मङ्गलबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ को दिङ्बोचेमा पुगेको हो।, नेपाल सरकारले पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन कार्य गरिरहेको छ । सो कार्यका लागि चार जनाको मापन टोली खुम्बु पुगेको नापी विभा...
सेतोपाटी संवाददाता भारतका विभिन्न राज्यमा आएको वर्षा र चट्याङसहितको हावाहुरीले कम्तिमा ३१ जनाको मृत्यु भएको छ।, मंगलबार आएको हावाहुरीले मध्यप्रदेशमा १६,  राजस्थान ६  र गुजरातमा ९ जनाको मृत्यु भएको हो।  हावाहुरीमा परी दर्जनौं मानिस घाइते भएका छन् भने करौडौंको बालीनाली र सम्पत्ति नष्ट भएको छ।, गुजरातमा प्रधानमन्त्री नरे...
नारायण खड्का सर्वसाधारण व्यक्तिको सुन राखेर मिटर व्याजमा रकम असुल्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ६० वर्षीय तुलसीराम गुप्ता रहेको प्रहरीले जानकारी दिएको छ।, तुलसीपुरमा फोटो स्टूडियो सञ्चालन गर्दै आएका गुप्ताले त्यहीबाट वर्षौंदेखि विभिन्न व्यक्तिको...
रासस सडक कालोपत्र भएको एक वर्षमै गौरीघाट–टुसाल सडकमा खाल्डाखुल्डी हुन थालेको छ। सडक कालोपत्र गर्दा गुणस्तरीय काम नभएकाले एक वर्षमै जीर्ण भएको स्थानीयवासीको गुनासो छ।, तोकिएको समयभन्दा बढी समय लगाएर बनेको सडक निर्माण भएको एक वर्षमै जीर्ण बन्दा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या रहेको स्थानीय रवि भट्टराईले बताए।, निर्...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले अनलाइनमार्फत् खेलिने पब्जीमाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।, शुक्रबार  न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए।, अधि...
रासस नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ।, गोरखा भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढंगबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो।, विसं २०७३ जेठ २४ गते निर्माण सुरू भएको उक्त भवन दुई वर्ष १० महिनाको अवधिमा ...
भगवती पाण्डे विगत १० दिनदेखि वेपत्ता भएको भनिएका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक युवाको बंदेल मार्न आफैले थापेको विद्युतिय धरापमा परी मृत्यु भएको खुलेको छ ।, तिलोत्तमा नगरपालिका वडा नं. ११ गणेशनगर स्थित भूपू सैनिक टोलका ४० वर्षिय मिन बहादुर गौतमको बंदेल मार्न आफैले थापेको विद्युतिय धरापमा परी मृत्यु भएपछि उनकै सा...
नारायण महर्जन ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा नवौ इन्टरनेशनल ‘ट्याटू कन्भेन्सन २०१९’ आज अन्तिम दिन हो। कार्यक्रममा ट्‍याटु बनाउन युवाहरुको उपस्थिति बाक्लो छ। मेलामा अधिकांश युवायुवतीले शरीरमा ट्याटु खोपाएका छन्।, उनीहरुले आफूलाइ मन परेको डिजाइन हेर्दै ट्याटु खोप्‍ने मुड बनाइरहेका छन्। कोही ट्याटु खोप्न आन...
सेतोपाटी संवाददाता गोरखाको शहीद लखन गाउँपालिका -७ का वडाध्यक्ष शरण श्रेष्ठले जनप्रतिनिधिबापत आफूले पाएको तलब र भत्ताले सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई किताब किनेर दिएका छन्।, वडाभित्रका पाँच वटा सरकारी विद्यालयका विद्यार्थीलाई २ लाख ८८ हजार रुपैयाँले अंग्रेजी विषयका किताब किनेर वडाध्यक्ष श्रेष्ठले वितरण गरेका हु...
रासस राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ सुरू भएको छ।, आज बिहान ७ बजेबाट देशभरका एक हजार १०७ परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण रूपमा परीक्षा सुरू भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। कक्षा १२ को परीक्षामा च...
सन्जिब बगाले अनधिकृत रूपमा खुला मञ्चमा बनाइएका सटरहरूका लागि ठेकेदार कम्पनीले मोटो रकम असुलेको खुलासा भएको छ।, पुरानो बसपार्कमा भ्यू टावर निर्माणको ठेक्का पाएको जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सले खुला मञ्चमा बनेका सटरहरूको सलामी स्वरुप १५ लाखसम्म असुलेको व्यापारीहरू बताउँछन्।, सटर भाडामा लिँदा लाखौं रुपैयाँ बुझाएको तर...
सेतोपाटी संवाददाता महानगरी प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।, महानगरी प्रहरी प्रभाग नागढुंगाका प्रहरी प्रमुख ज्ञानबहादुर खड्का नेतृत्वको टोलीले चन्द्रागिरी न.पा वडा नं. २ नागढुंगास्थित बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ख ८७६६ नम्बरको यात्रुबाहक बस चेकजाँचको क्रममा लागुऔषधसहित एक जनाला...
सेतोपाटी संवाददाता पानी परेपछि फैलिएको रोगका कारण ९ जनाको मृत्यु भएपछि हुम्लाको ताजाकोट गाउँपालिकामा आइतबार विहान हेलिकोप्टरबाट स्वास्थ्यकर्मीसहित औषधी पठाइएको छ।, वान्ता हुने, रिंगाटा लाग्नेजस्ता लक्ष्यण देखिएका विरामीको मृत्यु भएको र गाउँमा अझै धेरै विरामी रहेकोले स्वास्थ्यकर्मीलाई हेलिकोप्टरबाट प्रभावित क्षेत्रमा प...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग नागढुगांले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।, काठमाडौं चन्द्रागिरी न.पा वडा नं. २ नागढुंगास्थित चेकजाँचको क्रममा खैरो हिरोइनसहित एक जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए।, उनका अनुसार  सुर्खेतबाट...
सेतोपाटी संवाददाता डकैत तथा लुटपाट घटनाका अभियुक्तले घटना गराएको दिन एक जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई भेटेको बयान दिएका छन्।, महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेका लुटपाटका अभियुक्तमध्ये एक जनाले अनुसन्धान सिलसिलामा इलाका प्रहरी कार्यालय रौतहट चन्द्रनिगाहापुरमा कार्यरत प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेलको...
सेतोपाटी संवाददाता बद्रीप्रसाद न्यौपाने मन्त्री हुँदा समाज कल्याण परिषदले बिनाप्रतिस्पर्धा टेकबहादुर गुरुङलाई दिएको फनपार्कको ६० रोपनी जग्गाको सम्झौता रद्द गरेको छ।, सरकारद्वारा गठित समाज कल्याण परिषदसम्बन्धी जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा परिषदले सम्झौता रद्द गरेको हो।, परिषदको आइतबार बसेको बैठकले भृकुटीमण्ड...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले सत्यमोहन जोशीको जन्म दिनमा महानगर अन्तर्गतका सबै कार्यालयहरूमा सार्वजनिक बिदा दिने भएको छ।, सोमबार महानगरले गरेको एक कार्यक्रममा दोस्रो नगरसभाको निर्णय अनुसार २०७६ साल वैशाख ३० गतेबाट कार्यक्रम सुरू गरी एक वर्षसम्म अर्थात् २०७७ साल वैशाख ३० गतेसम्म उत्सव मनाइने पनि जानकारी दिइ...
सेतोपाटी संवाददाता जन्ती र घरबेटी पक्षबीच झगडा हुँदा गोरखामा एक जनाको मृत्यु भएको छ।, केटी जिस्क्याएको निहुँमा भएको झगडाले लम्जुङको राइनास ४ अल्कटारबाट जन्ती आएका ३४ वर्षीय विष्णु कुमालको मृत्यु भएको हो।, राइनासबाट पालुङटार ४ कुमाल गाउँमा जन्ती आएकाहरू र माइती पक्षबीच केटी जिस्क्याएको विषयमा कुटाकुट भएको थियो।, कुटपिट...
सेतोपाटी संवाददाता कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक स्थानीय युवतीको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गरेका छन्।, स्थानीयबासीको प्रदर्शनले अहिले लम्की क्षेत्र तनावग्रस्त भएको छ।, लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावललाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्कीमा ना ७ ख ९२३३ नं.को ट्रकले ठक्कर दिँदा मृत्...
रासस कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदीको छेउमा ४८ वर्षीय धनीराम लुहार घर बनाउँदै गरेको अवस्थामा भेटिए। दस वर्ष हलिया बसेपछि विसं २०६५ मा मुक्त भएका धनीरामले बितेको एक दशकमा पनि अरुको घरमा काम गरेर परिवारको जोहो गरेको अनुभव सुनाए।, ‘साहुबाट लिएको ऋण तिर्न नसक्दा बुवाले जीवन नै अरुको घरमा काम गरेर बि...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिमा आधारित शिक्षणका लागि ‘नमूना स्मार्ट विद्यालय’ को आज उद्घाटन गरेका छन्।, ‘डिजिटल नेपाल ,:, विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रधानमन्त्री ओल...
खिलानाथ ढकाल मोरङ सुन्दर-हरैंचा ७ नम्बर चुणामणि कट्टेल वैदेशिक रोजगारीका लागि दुबईको प्रक्रिया थाल्ने सिलसिलामा सामाखुसी काठमाडौंस्थित सक्सेस डेभलपमेन्ट प्रा.लि.को सम्पर्कमा पुगेका थिए।, तेह्रथुम जिल्लाबाट नागरिक लिएका उनी दुई महिनादेखि मेनपावर कम्पनी धाइरहेका छन्।, उनका अनुसार मेनपावर कम्पनीले दुबईस्थित सेराटन होटलमा...
सेतोपाटी भारतको पूर्व तटीय क्षेत्रमा समुद्री आँधी आउने सम्भावना देखिएपछि त्यस क्षेत्रका हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ।, उडिसा राज्यका करिब ८ लाख मान्छेलाई आँधीले प्रभाव पार्नसक्ने क्षेत्रबाट सार्ने प्रक्रिया भइरहेको बिबिसीले जनाएको छ। 'फानी' नाम दिइएको आँधी २ सय किलोमिटर प्रतिघण्टाको गतिमा आउने अनुमान मौसम...
विवेक राई बर्ड फ्लुका कारण नेपालमा पहिलोपटक एक व्यक्तिको ज्यान गएको छ। बर्ड फ्लु भएका बेला कुखुराको मासु खाने कि नखाने भन्नेमा धेरैमा दुविधा देखिन्छ।, विश्व स्वास्थ्य संगठनले भने सत्तरी डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएर मासु खान हुने जनाएको छ। मासु राम्ररी नपकाइ खाएको अवस्थामा भने यो रोग मान्छेमा सर्छ। , संक...
रासस मुलुकमा आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवर्द्धन र सदाचार कायम गर्न सरकारले नक्कली भ्याट बिल बनाएर कर छली गर्नेविरूद्ध अनुसन्धान केन्द्रित गरेको छ।, विभिन्न क्षेत्रबाट आएको उजुरीका आधारमा गरिएको अनुसन्धानमा नक्कली भ्याट बिल बनाएर कर छली गर्ने ५०० को पहिचान भएको छ। उनीहरूले अनुमानित रु सात अर्ब कर छली गरेको पा...
सेतोपाटी  , झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाईं मृत्यु भएको छ। मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रवद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ। साथीसँग पौडी खेल्...
रासस सरकारले गत चैत १७ गते हावाहुरीसहितको असिनापानी र चक्रपातबाट क्षति भएका बारा र पर्साका विभिन्न स्थानमा एकैसाथ पुनःनिर्माणको काम शुरु गरेको छ ।, जनता आवास (बारा–पर्सा) निर्माण आयोजनामार्फत शुरु गरिएको उक्त पुनःनिर्माण कार्यक्रमको आज १२ स्थानमा एकैसात शिलान्यास गरिएको हो। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरे...
एजेन्सी थाइल्याण्डका नयाँ नरेश महा वाचिरालङ्कनले शनिबार राज्यभिषेक गरेका छन्। उनको चर्चा भने राज्यभिषेकभन्दा केही दिनअघि देखि नै चुलिएको थियो किनकी ६४ वर्षीय वाचिरालङ्कनले आफ्नै अंगरक्षकसँग चौथो विवाह गरेका छन्।, बुढ्यौलीमा आफ्नै अंगरक्षकलाई महारानी बनाएका वाचिरालङ्कन युवराज हुँदादेखि नै राजकाजभन्दा धेरै सुखसयल र भोगव...
नेहा झा जनकपुरधाममा जानकी जन्मोत्सव आजदेखि सुरू भएको छ।, १५ दिवसीय जानकी नवमी महोत्सव राम कथा वाचनकासाथ विधिवत रूपमा सुरू भएको हो।, जानकी नवमी महोत्सवको पहिलो दिन आज राम कथा प्रवचन, नवाह रामायण पाठ र साँझमा बधाइ मंगलगानको कार्यक्रम रहेको छ। यो महोत्सव वैशाख ३० गतेसम्म चल्ने छ।, जानकी जन्म महोत्सवको विशेष कार्यक्रम वैश...
नारायण खड्का मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम दाङका तीन गाउँपालिकामा लागू गरिएको छ।, कार्यक्रम सर्वसाधारण नागरिकको  जीवनस्तर सुधार्ने माध्यम बन्ने प्रदेश सरकारको अपेक्षा छ।, विकास र सामाजिक दृष्टिकोणले पछाडि पर्दै आएका दुर्गम बस्तीका बासिन्दाको जीवनस्तर सुधार्ने उद्धेश्यका साथ कार्यक्रम लागू भएको सरोकारवालाहरूले ब...
सेतोपाटी संवाददाता आफ्नो बच्चालाई स्वीकार गर्न नमानेको त्यसमाथि अस्पतालमा होहल्ला गरेको भन्दै मेडिसिटी अस्पतालले उजुरी गरेपछि पूर्वसांसद गायत्री साहलाई प्रहरीले पक्राउ गरेको छ।, आइतबार दिउँसो ४ बजे साह र उनका पति सन्तोषलाई पक्राउ गरेको ललितपुर प्रहरी परिसरका एसएसपी रवीन्द्र सिंह धानुकले बताए।, 'गायत्री साहले अस्पतालमा...
सेतोपाटी पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गए राति एकको मृत्यु भएको छ ।, चोहर्वास्थित नेपाली सेना गणको बा१ग २४६२ नंको ट्रकमा स६प ८०१३ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ निवासी सागरकुमार जयसव...
एजेन्सी पाकिस्तानको लाहोरस्थित प्रसिद्ध दाता दरबार सुफी मस्जिदनजिकै विष्फोट भएको छ।, सो विष्फोटमा परी  पाँच प्रहरीसहित ८ जनाको मृत्यु र २५ जना जति घाइते भएको रेडियो पाकिस्तानले जनाएको छ।, प्रहरीको एउटा गाडीलाई लक्षित गरी सो विष्फोट गरिएको बताइएको छ।, अहिलेसम्म कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन।, इस्लाम धर्मा...
सन्जिब बगाले सहरमा बस्ने नेपालीहरुले खुल्ला स्थान देख्नै नपाउने अवस्था बन्दै गएको छ। रुखबिरुवासँग सम्पर्क टुटेको छ। माटोको गन्ध सुँघ्न पाउँदैन। न बग्ने पानीको आवाज सुनेको छ, न ताजा पानीको बासना नै थाहा छ। सहरिया शरीरले न त पुग्ने गरी हावाको स्पर्श लिन्छ, न घामको।, हामी सहरका मानिसलाई जंगलमा स्थानान्तरण गर्न सक्दैनौं। ...
नारायण खड्का सल्यानका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण दुई जनाको मृत्यु भएको छ।, जिल्लाको छत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकाको सामुदायिक वनमा लागेको आगोबाट दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी वीरेन्द्रबहादुर शाहीले शनिबार बिहान छत्रेश्वरी गा...
लेखनाथ खतिवडा पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुबोटेमा खाजा खाने क्रममा सिसा मिसिएको नुन खाएर ८ जना गम्भीर बिरामी भएका छन्। उनीहरूको पाँचथर अस्पताल र समर्पित हस्पिटलमा उपचार भइरहेको छ।, बिरामीमध्ये गम्भीर रहेका मिक्लाजुङ ३ आरुबोटेका २२ वर्षीया लक्ष्मी लिम्बू र १८ वर्षीया मनिषा नेपालीको जिल्लास्थित समर्पित हस्पि...
सेतोपाटी संवाददाता काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।, बुधबार साँझ २० वर्षीय ती युवतीमाथि अपरिचित व्यक्तिले एसिड प्रहार गरेर फरार भएपछि फरार अभियुक्त खोज्न काठमाडौं प्रहरी तत्कालै परिचालित भएको थियो ।, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीले एसिड प्रहार गर्ने व्यक्ति प्रहरीको नियन्त्...
नेहा झा जनकपुरधाम वडा नम्बर ६ का रञ्जीत मल्लिकको छोराको मुटुमा प्वाल छ। रञ्जीत अहिले छोरा प्रेमको उपचारका लागि पैसो जोहो गर्न लागिपरेका छन्।, चिकित्सकले छोराका उपचारका लागि निजी अस्पताल गए चारदेखि ५ लाखसम्म खर्च लाग्ने बताएपछि उनी पैसाको जोहोमा लागेका हुन्।, आर्थिक संकटले उनलाई थिलोथिलो पारेको छ। भएको केही पैसा यसअघि ...
सेतोपाटी संवाददाता नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा आवश्यक रहेको सम्बन्धित अधिकारीहरूले औंल्याएका छन्।,  पर्यटन विभाग र पर्यटक प्रहरी इकाई भृकुटीमण्डपले आज यहाँ आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष–२०२० र पर्यटन सुरक्षामा सरोकारवाला निकायको भूमिका’ विषयक कार्यक्रमका वक्ताले सुरक्षित वातावरण निर्म...
चेतना गुरागाईं गणेशचन्द्र अधिकारीले ललितपुर, सुनाकोठीस्थित सिभिल होम्समा घर बुकिङ गरे। चार वर्षअघि स्वामित्व हस्तान्तरण भयो। आजसम्म नक्सा पास भने भएको छैन। न घर निर्माण सकिएको प्रमाणपत्र छ, न पूरा तालाचाबी पाएका छन्।, सिभिल होम्सले यहाँको नक्सा २०६२ सालमा नगर विकास प्राधिकरणबाट स्वीकृत गराएको थियो। त्यही नक्सा र लालपू...
प्रकाश ढुंगाना कालोपुलमा बुधबार राति श्रीमतीलाई एसिड छ्यापेको भनी पक्राउ परेका विष्णु भुजेलले अपराध सकार्दै बयान दिएको प्रहरीले जनाएको छ।, काभ्रे, धुलिखेलका भुजेललाई प्रहरीले काँडाघारीबाट पक्राउ गरेको हो।, उनले प्रहरीसँगको बयानमा 'श्रीमती सँगै बस्न नमानेपछि त्यही रिसमा एसिड हानेको' बताएका छन्।, मोटरसाइकल ग्यारेजमा काम...
चेतना गुरागाईं ललितपुर, सुनाकोठीस्थित सिभिल होम्स निर्माण कम्पनीले हाउजिङवासीलाई थाहै नदिई हेरफेर गरेको 'प्लानिङ परमिट' मा काठमाडौं र ललितपुर उपत्यका विकास प्राधिकरणको मिलेमतो रहेको खुलेको छ।, हाउजिङ कम्पनीले सरकारी जग्गासमेत अतिक्रमण गर्दै तयार पारेको नयाँ नक्सा यी दुई प्राधिकरणले बिनाअध्ययन हुबहु पारित गरेका हुन्।, ...
सेतोपाटी संवाददाता स्याङ्जा पुतलीबजार नगरपालिका ५ का ५६ वर्षीय मृगौला रोग पीडित राजेन्द्रकुमार कार्कीलाई उपचार गर्न आर्थिक सहयोग जुटेको छ।, मकाउमा रहेका नेपालीहरूले पठाएको ६० हजार रुपैयाँ सहयोग बिहीबार कार्कीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले हस्तान्तरण गरेका हुन्।, नेपाल विद्यार्थी संघ मकाउले कार्की...
सेतोपाटी संवाददाता प्रहरीले नयाँ बसपार्क क्षेत्रमा व्यवसायको नाममा विकृति फैलाउने जोकोहीलाई कारबाही गर्ने बताएको छ।, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुले  आयोजना गरेको कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सो कुरा बताउँदै  त्यसमा स्थानीय...
रासस  , शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित फोक्सुण्डो खोलामा शव भेटिएको हो।, जुम्ला पातारासी गाउँपालिका–६ का २२ वर्षीय गोपाल विष्टको शव भेटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिए।, खोला किनारमा ढुंगाले छोपेर राखेको अवस्थामा उनको शव भेटिएको हो।, खच्चडसँगै रहेका गोठालाले...
सेतोपाटी अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले नेपालगञ्ज भन्सार कार्यालयमा कार्यरत दुई अधिकृत र एक नासुलाई जनही २० लाख २४ हजार १४१ रूपैयाँ बिगो भराई प्रचलित ऐनबमोजिम सजायका लागि मागदाबी गरेको छ ।, आयोगले आइतबार भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठ, बटुकृष्ण अधिकारी र नासु वसन्तकुमार सुवेदीविरुद्ध विशेष अदालत काठमाडौँमा आर...
सेतोपाटी संवाददाता धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर ६ बन्छेटारस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा बस खस्दा ज्यान जानेको संख्या  आठ पुगेको छ।, काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना.७. ख ४३८७ नम्बरको रात्रीबस आइतबार बिहान ६ बजेतिर दुर्घटनामा परेको थियो।, बस सडकबाट ३० मिटर तल त्रिशूली नदीमा खसेको थियो।, प्रत्य...
सेतोपाटी संवाददाता कर्मचारी समायोजनपछि पनि रिक्त रहेका देशभरका स्थानीय तहमा सरकारले नयाँ कर्मचारी पठाउने तयारी गरेको छ। , लोकसेवा आयोगमार्फत् कर्मचारी लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटा स्थानीय तहमा ११ हजार ४ सय ९२ जना कर्मचारी पठाउने गृहकार्य गरेको हो।, मन्त्रालयले पठाएको कर्मचारी पदपूर्ति गर्न...
सेतोपाटी संवाददाता पाँचथर हत्याकाण्डमा भागेर ज्यान बचाएकी १२ वर्षीया सीता खाजुमले कपडाले मुख छोपेर आएका एक व्यक्तिले खुकुरी हानेर परिवारका सबै सदस्यको हत्या गरेको बयान दिएकी छिन् ।, प्रदेश नम्बर एक प्रहरी स्रोतका अनुसार बिहानपख सम्पर्कमा आएकी सीताले खाना खाएर सुतिसकेपछि आएका एक व्यक्तिले खुकुरी हानेर पालैपालो ज्यान लि...
सेतोपाटी संवाददाता पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा सोमबार राति बमबहादुर फियाकसहित दुई परिवारको सामूहिक हत्यामा उनका कान्छा ज्वाइँ मानबहादुर माखिमको हात रहेको प्रहरीको अनुमान छ। मानबहादुर आफै झुण्डिएको अवस्थामा फेला परेका छन्।  , ससुरा बमबहादुर र साढुभाइ  शेर्मा परिवारका ९ जनाको हत्या गरिसकेपछि मानबहा...
सबिना श्रेष्ठ र विवेक राई उनी चउरमा नुहाइरहेकी थिइन्। मानिसहरू परैबाट उनको फोटो खिच्दै थिए। कोही त उनलाई पृष्ठभूमिमा राखेर सेल्फी पनि लिँदै थिए।, साना केटाकेटी सबभन्दा बढी रमाउँदै थिए, उनलाई नुहाइरहेको हेर्न। कोही घाँटी तन्काउँदै थिए, कोही आमाबाबुका बुई चढेका थिए।, केटाकेटीको मन न हो! आँखाले मात्र तिर्सना कहाँ मेटिन्...
सेतोपाटी संवाददाता नेपालले पहिलोपटक सगरमाथाको उचाइ आफैं नाप्दैछ। त्यसको लागि नापी विभागका दुईजना अधिकारी शिखरमा पुगेर आवश्यक तथ्यांक संकलन गरी शुक्रबार काठमाडौं फर्किएका छन्।, सगरमाथाको उचाइ नाप्न खर्च कति लाग्छ भन्ने जिज्ञासामा नापी विभागका प्रवक्ता दामोदर ढकालले सेतोपाटीसँग भने, ‘करिब १७ करोड खर्च हुने देखियो। तर यो...
सेतोपाटी संवाददाता पशुपति क्षेत्रबीचबाट खोलिएको तिलगंगा–गुह्येश्वरी सडकखण्ड बन्द गरेर त्यहाँ वृक्षरोपण सुरू गरिएको छ।, विश्व सम्पदा सूचीकृत पशुपति क्षेत्र संरक्षण गर्न यो बाटो बन्द गरिएको पशुपति विकास कोषका सदस्य-सचिव प्रदीप ढकालले जानकारी दिए। बाटो बन्द गर्न वरिपरि पर्खालले घेरिएको उनले जानकारी दिए।, 'यो बाटोमा सवारी...
सेतोपाटी उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ ।, जेठ ३ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत गोन्द्राङमा रहेको सडक बोर्डको कर सङ्कलन केन्द्रमा आगलागीमा संलग्न भएको भन्दै रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्...
सेतोपाटी संवाददाता ‘नेपालका लागि नेपाली’ अभियानले नर्सहरूको पेसागत सुरक्षा र अधिकारको लागि अन्याय र अत्याचारविरूद्ध सत्याग्रहमा रहेका नर्सद्वय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको लागि सरकारसँग अपिल गरेको छ।, नर्सद्वय बराल र शेर्पा भक्तपुरस्थित शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा अनसनरत छन् ।, मंगलबार राजधानीमा ...
सेतोपाटी ठगी मुद्दामा फरार उदयपुरको हडिया घर भई काठमाडौँ महानगरपालिका–१६ बस्ने ३५ वर्षीय दिलीपकुमार चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।, काठमाडौँ जिल्ला अदालतको २०६९ साल कात्तिक २७ को फैसलाले २० लाख ९५ हजार रूपैयाँ जरिवाना र एक वर्ष कैद सजाय ठहर भई फरार चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सुनसरीबाट पक...
सेतोपाटी भरतपुरमा शुक्रबार अपरान्ह गोली चल्दा एक जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ जुगेडीमा गोली चल्दा सोही ठाउँ निवासी ३८ वर्षीय सुकबहादुर चेपाङ घाइते भएका हुन् ।, मध्यान्ह १२ बजे घर नजिकै जङ्गलमा घाँस काट्न जाँदा गोली लागि चेपाङ घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।, कार्यालयका प्रवक्ता दुर्गाराज ...
सेतोपाटी आरोहण यात्रामा रहेका दुई एकल महिलाले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । ‘हामी पनि गर्नसक्छौँ’ भन्ने नारासहित सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ खुम्जुङका निमाडोमा शेर्पा र फुरदिकी शेर्पाले सगरमाथाको सफल आरोहण गरेका हुन् ।     , सगरमाथा क्षेत्रमै पति गुमाएका निमा डोमा शेर्पा र फुरदिकी शेर्पाले बिहीबा...
सेतोपाटी उच्च अदालत जनकपुरले जनकपुरधामस्थित रत्नसागर मठका महन्त वैकुण्ठ दासलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।, सांस्कृतिक विश्वविद्यालयअन्तर्गत जनक हजारी विद्यापीठको जग्गा कब्जा गरी बिक्री गरेको मुद्दामा बिहीबार उच्च अदालतले सो आदेश दिएको हो ।, यसअघि सरकारी कागज कीर्ते र ठगी मुद्दाका आरोपमा जिल्ला अदालत ध...
सेतोपाटी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर गरेको छ ।, खाद्य स्वच्छता कायम गर्ने सिलसिलामा २०७६ साल वैशाखसम्म खाद्य ऐनअनुसार १५३ खाद्य उद्योगमा जाँच गर्दा ७९ उद्योगका उत्पादित सामानमा अखाद्य वस्तु भेटिएकाले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर ...
सेतोपाटी संवाददाता आरोही मिङ्मा दोर्ची शेर्पाले सगरमाथा र लोत्से हिमाल ६ घण्टा १ मिनेटमा आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका छन्।, मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शेर्पाले आफ्नो कीर्तिमानबारे जानकारी गराएका हुन्।, उनले यहीँ सिजनमा विश्वको पाँचौं अग्लो मकालु शिखरको समेत आरोहण गरेका छन्।, गत जेठ १३ गते सोम...
दिपकजंग शाही कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालित नर्सिङ होम, पोलिक्लिनिक तथा मेडिकल हलहरू मापदण्डविपरीत सञ्चालन गरिएको पाइएको छ।, वीरेन्द्रनगरका पाँच वटा स्वास्थ्य संस्थामा गरिएको अनुगमनका क्रममा सञ्चालितमध्ये कुनैमा दर्ताबिना ल्याब सञ्चालन गरेको पाइएको छ भने कतिपय अनुमति लिएकाले पनि मापदण्ड पूरा नगरेको, ...
गिरीश गिरी रूखै रूखबीचमा बौद्ध ध्यानकेन्द्रजस्तो संरचना देखियो। कता कता अधुरो। मानौं कसैले राम्रो परिकल्पनाका साथ बनाउँदा-बनाउँदै सदाका लागि बीचैमा त्यागिदिए।, लटरम्मै फलेका कटहरलगायत अनेक फलफूल र थुप्रै उपयोगी रूखहरूका बीचमा वास्तुशिल्पयुक्त संरचना, जसमा चारतिर फर्केका बुद्धका चार विशाल मूर्ति छन्। मानिसलाई टहलिन मिल...
सेतोपाटी संवाददाता नेपालमा ठूलो भूकम्प आएर प्रलय हुने भनी भ्रम फैलाएको आरोपमा एक ज्योतिषीलाई प्रहरीले पक्राउ गरेको छ।, विराटनगर घर भएका ज्योतिष अर्जुन क्षेत्रीलाई मंगलबार प्रहरीले गौशाला-सिनामंगलस्थित शारदा मावि छेऊबाट पक्राउ गरेको हो।, क्षेत्रीले नेपालमा भूकम्प आउने, संसार ध्वस्त हुनेजस्ता भ्रमपूर्ण खबर अनलाइन, युट्य...
सेतोपाटी विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा मंगलबार चौधरी ग्रुप तथा 'ब्लु वेष्ट टु भ्यालु'बीच विद्युतीय फोहर व्यवस्थापनको सम्झौता भएको छ।, एलजी लाइफ स्टाइल सप्पी, मिनभवनमा गरिएको कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी तथा ब्लु वेष्ट टु भ्यालुका प्रमुख कार्यकारी अधिकृत नवीन विकास महर्जनले सम्झौता पत्...
निशा भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ वे थपिएको छ।  ८ महिनाअघि पार्किङ वे निर्माणको काम सुरू भएको थियो।  पार्किङ वे बनाउन ६० करोड रूपैयाँ लागेको छ।, अहिले विमानस्थलमा ९ वटा जहाज अट्ने पार्किङ वे छ।, ‘हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नौ वटा जहाज पार्किङ गर्न सकिन्छ । तीन वटा वाइड बडी जहाज र छ ...
चेतना गुरागाईं सडक विभागले आठलेन रिङरोडमा गति सीमा लागू गरेको छ- मुख्य लेनमा ५० किलोमिटर प्रतिघन्टा र सहायकमा २०।, मंगलबारबाट लागू गरेको भनिए पनि यो निर्धारित सीमा नयाँ होइन। चीनले 'एक्सप्रेस वे' (द्रुतमार्ग) डिजाइनमा बनाएको यो सडकमा सुरूदेखि यही नियम लागू थियो, जुन सहरी सडकको निम्ति उपयुक्त होइन भनेर इञ्जिनियरहरूले भ...
सेतोपाटी संवाददाता इन्डियन प्रिमियर लिग क्रिकेट, विश्वकप क्रिकेट, च्याम्पियनसीप, फुटबललगायत खेलमा सट्टाबाजी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३६ वर्षीय बज्र लामा, सोही जिल्ला घर भएका ३० वर्षीय व्रज प्रकाश लामा र रामेछाप घर भएका ३३ वर्षीय उमेश कार्की रहेका छन्।, सट्टाबाजी ग...
सेतोपाटी संवाददाता काठमाडौंको अत्तरखेलमा गोली हानेर प्रहरीले एक जना लुटेरालाई पक्राउ गरेको छ। पाँचथर फिदिमका छिरिङ तामाङलाई शुक्रबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएको हो।, उनीसँगै रहेका चार जनालाई नियन्त्रणमा लिइएको र फरार भएका तामाङलाई दुई राउण्ड गोली हानी नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी सह...
सेतोपाटी संवाददाता मुस्ताङको जोमसोम विमानस्थल भोलि (शनिबार) देखि बन्द हुने भएको छ।, विमानस्थलको धावन मार्ग सुधार (ओभर ले) गर्नका लागि भोलिदेखि १५ दिनका लागि बन्द गरिने भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताएका छन्।, धावनमार्गको कालोपत्र कमजोर भएकाले स्तरोन्नत्ति गर्न लाग...
सेतोपाटी संवाददाता सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ।, गृह मन्त्रालयले विज्ञप्ति निकालेर आइतबार रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सार्वजनिक विदा हुने जानकारी गराएको हो।, सरकारले भोटोजात्राको अवसर पारेर उपत्यकामा बर्षेनी विदा दिँदै आएको छ।, मछिन्द्रनाथको भोटो अवलोकन गर्न राष्ट्रपति ज...
सेतोपाटी संवाददाता धनुषामा १२ किलो सात सय ग्राम चाँदीसहित एक जना पक्राउ परेका छन्।, सशस्त्र प्रहरी बलले नेपालबाट अवैध रूपमा भारत लैजाँदै गरेको ७ लाख ८९ हजार तीन सय ५ रुपैयाँ बराबरको चाँदीसहित महोत्तरीका बालबोध प्रसादलाई पक्राउ गरेको हो।, प्रहरी नायव उपरीक्षक सुशीलप्रसाद पराजुलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँच...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले यही जेठ २६ र २७ गते अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ।, विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण विषयमा केन्द्रीत रहेर सम्मेलन गर्न लागिएको त्रिविका उपकुलपति तीर्थ खनियाले जानकारी दिए।, सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन्।, सम्मेलन ललितपुर...
सेतोपाटी संवाददाता दुई वर्षीया बालिकाको योनीमा कपडा छिराएर मार्ने प्रयास गरेको अभियोगमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। , बारा महागढीमाई नगरपालिका १ की ४० वर्षीया कलावतीदेवी गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। , बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार गिरीले सोही ठाउँकी बालिकालाई बिहीबार झन्डै ...
सेतोपाटी संवाददाता जिटिभीबाट प्रसारित चर्चित रियालिटी शो ‘सारेगम लिटिल चाम्स–२०१९’ मा सेकेन्ड रनरअप भएका नेपालका प्रितम आचार्यलाई पूर्वी नेपालको काँकडभिट्टामा भव्य स्वागत गरिएको छ। , भारतबाट फर्कंदा सोमबार प्रितमलाई स्वागत गर्न उनका आफन्त, परिवार र इष्टमित्र मेची पुल नजिकै पुगेका थिए। नेपालका आयुष केसीले यो शोमा चौथो ...
सेतोपाटी सगरमाथा राजमार्गको फोक्सिङटारस्थित सुनकोशी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज निकालिएपछि खोटाङबाट तराईका जिल्ला आवतजावत गर्ने मुख्य नाका बन्द भएको छ ।, वर्षा शुरु भएसँगै नदीमा पानीको बहाव बढेपछि खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज निकालिएपछि तराईका जिल्ला जोड्ने नाका बन्द भएको ह...
सेतोपाटी संवाददाता जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ राजधानीसहित आसपासका क्षेत्रमा हावाहुरी चल्ने भएकाले सचेत रहन आग्रह गरेको छ।, महाशाखाका अनुसार केहीबेरअघिमात्र विकसित भएको प्रणालीका कारण काठमाडौंसहित मध्य नेपालमा हावाहुरीको सम्भावना देखिएको हो।, ‘भर्खर विकसित भएको प्रणालीको कारण काठमाडौंलगायत मध्य भूभाग...
सेतोपाटी संवाददाता पुल शिलान्यास गर्न गएका भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रघुवीर महासेठ चढेको गाडी खोलामा फसेको छ।, सोमबार अर्जुन चौपारी गाउँपालिकाको दरौं खहरे खोलामा पुल शिलान्यास गर्न पुगेका मन्त्रीकै गाडी सोही खोलामा फसेको हो।, प्रहरीका अनुसार मन्त्री चढेको बा२झ ४०२९ नम्बरको गाडी खोलाको बीचमा पुगेपछि तर्न नस...
विनोद सापकोटा बाख्रा उपहार पाएपछि झापाको साबिक पाँचगाछी गाविस हाल वडा नम्बर ५ का अतिविपन्न वर्गका महिलाहरु सोमबार मख्ख परे। , बिहान–बेलुकाको छाक टार्न समेत मुस्किल परेका आदिवासी जनजाति समुदायका अतिविपन्न महिलालाई वडा समितिले सोमबार घरघरै गएर बाख्रा उपहार दिएपछि उनीहरु खुसीले गदगद् भए।, खोको टोलीकी पार्वती ताजपुरिया उम...