content
stringlengths
20
64.1k
युवराज श्रेष्ठ गण्डकी प्रदेश सांसद राजीव गुरूङ ‘दिपक मनाङे’को ‘झापड’ प्रकरणलाई कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रमेश केसीले ‘सानो विषयलाई ठूलो’ बनाएको बताएका छन्।, मनाङेले झापड हानेका अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरूङले बुधबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थ...
सेतोपाटी संवाददाता प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा झापा अर्जुनधारा-११ बस्ने २४ वर्षीय आशिष बस्नेत छन्।, बुधबार अपराह्न विर्तामोड बुट्टाबारी चौकबाट बस्नेतलाई ९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।, छोराद्वारा आमामाथि खुकुरी प्रहार सुनसरी, पुस ९...
सेतोपाटी संवाददाता मकवानपुरको एभरेष्ट पानारोमा रिसोर्टमा निसास्सिएर मृत्यु भएका आठै जनाको शव आफन्तले बुझेका छन्।, प्रहरीका अनुसार मृतकको शव बिहीबार आफन्तले बुझेका हुन्।, नेपालस्थित भारतीय दूतावासको सहकार्यमा मृतकहरूको शव आफन्तलाई बुझाइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए।, मृत...
सेतोपाटी संवाददाता सांसद दीपक मनाङेले झापड हानेका मिलन गुरूङलाई पनि प्रहरीले पक्राउ गरेको छ। ठगी तथा बैंकिङ कसुरको जाहेरी परेपछि गुरूङलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।, गुरूङविरूद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी र बैंकिङ कसुरको जाहेरी परेको थियो। जाहेरी परेपछि मिलनलाई बिहीबारै प्रहरीले...
सेतोपाटी संवाददाता गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई दुई दिन थुनामा राख्न कास्की प्रशासनले अनुमति दिएको छ।, शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङेलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।, कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले मनाङेलाई दुई दिन थुनामा राख्न प्रहरीलाई अनुमति द...
दिपकजंग शाही अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ।, जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित पक्राउ गरिएको स्रोतले जनाएको छ।, स्रोतका अनुसार अख्तियारको टोलीले उनलाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको हो।, उनीमाथि थप अनुसन्धान भइरह...
सेतोपाटी संवाददाता सिरहा, भक्तपुर, सुर्खेत, मकवानपुर र मोरङका छुट्टाछुट्टै स्थान भएका दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, सिरहा, गोलबजारस्थित सडकमा बुधबार साँझ ना१ज ८०८८ नम्बरको म्याजिक गाडीको ठक्करबाट नाम, थर नखुलेका करिब ५० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ। गाडी र चालकलाई प्रहरीले नियन्त्रणम...
सेतोपाटी संवाददाता भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरकी खरिदार ललिता रोकायाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।, सेवाग्राहीबाट एक लाख पचास हजार रुपैयाँ घुस लिएको आरोपमा रोकायाविरूद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।, रोकायालाई सोही बराबरको बिगो र सजाय मा...
दिपकजंग शाही सुर्खेत जिल्ला अदालतमा ६ महिनाको अवधिमा २२१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्।, चालु आर्थिक वर्षको साउन महिनादेखि पुस महिनासम्म २२१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत सुर्खेतले जनाएको छ।, चालु आर्थिक वर्षको ६ महिनाभित्र सबभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदसम्बन्धी नै भएको अदालतले जनाएको...
सेतोपाटी संवाददाता नेपालमा पनि एक जना व्यक्तिमा कोरोना भाइरस भेटिएको पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो।, टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शंका लागेर नमूना परीक्षणको लागि हङकङ पठाएको थियो।, सो बिरामीको रिपोर्ट हिजो आएको र बिरामीमा कोरोना भ...
सेतोपाटी प्रहरीले बनेपाको विभिन्न होटलबाट करीब दुई हजार ५०० लिटर घरेलु मदिरा बरामद गरेको छ।, इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाको टोलीले सोमबार साँझ उक्त परिमाणको अवैध घरेलु मदिरा बरामद गरेको हो।, बनेपाका होटलमा अवैधरुपमा घरेलु मदिरा बिक्री गरिरहेको जानकारी पाएपछि ‘समुदाय–प्रहरी...
सेतोपाटी संवाददाता सर्लाहीको उत्तरी चुरे क्षेत्र स्थित परवानीपुरमा रहेको एनसेलको मोबाइल टावरमा विष्फोट गराइएको छ ।, लालबन्दी नगरपालिका–१६ स्थित टावरमा गएराती १ बजेतिर विष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिएका छन्।, ‘म पनि अहिले भर्खरै घटनास्थल पुगेर मलंगवा आईपुगेँ...
युवराज श्रेष्ठ कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरूङलाई सात दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ।, कास्की प्रहरीका प्रवक्ता डिएसपी राजकुमार केसीले ठगीको आरोप लागेका मिलनलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद पाएको बताए।, मिलन गुरूङमाथि पोखराका केही व्यापारीहरूले ठगी र बैंकिङ कसूर गरेको आर...
राकेश यादव वीरगन्ज पर्साको बहुदरमाई नगरपालिकामा शुक्रबार विद्यार्थी र प्रहरीबीच झडप हुँदा चार विद्यार्थी घाइते भएका छन्।, विद्यालयमा विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै शुक्रबार दिउँसो नगरपालिका कार्यालय अगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको हो।, प्रहरीको लाठी चार्जबाट बहुदरमाई-३ नगरद...
युवराज श्रेष्ठ जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरूङ(दीपक मनाङे)लाई धरौटीमा छोडेको छ।, उनलाई ६ हजार धरौटीमा रिहा गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले सेतोपाटीलाई जानकारी दिए।, बिहीबार पक्राउ परेका गुरूङलाई सार्वजनिक अपराध गरेको आरोप लागेको थियो।, मनाङेले माघ ...
एजेन्सी चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सय बढी पुगेको छ।, चीनको खूबे प्रान्त प्रशासनका अनुसार मंगलबारसम्म प्रान्तमा १३ सय संक्रमित भएको जानकारी प्राप्त भएको जनाएको छ।, संक्रमितको संख्या बढ्न थालेपछि चीनको प्रशासनले प्रतिबन्धलाई अझ कडा पारेको छ। यसका साथै चीन सरकारले आफ्ना नागरिकहरुलाई विदेश नजानसम...
एजेन्सी हेलिकप्टर दुर्घटनामा चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन भएको छ।, क्यालिफोर्नियाको क्यालाबास शहरमा भएको दुर्घटनामा उनी, उनकी छोरी जियाना सहित ९ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ।, ४१ वर्षिय ब्रायन्टसहित ९ व्यक्ति सवार निजी हेलिकप्टर खसेपछि त्यसमा ठूलो विस्फोटसहित आगलागी भएको थियो।, ...
विवेक राई चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको छ। शुक्रबार स्वस्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी एकजना व्यक्तिमा संक्रमण देखिएको स्पष्ट पारेको छ।, हङकङमा गरिएको रिपोर्ट परीक्षणपछि नेपालमा पनि कोरोना भाइरसको संक्रमित व्यक्ति भेटिएको पु्ष्टि भएको हो। टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथ...
नेहा झा धनुषामा सवारी दुर्घटना हुँदा श्रीमान् र श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीय प्रमिला साह रहेका छन्।, पूर्वपश्चिम राजमार्ग खण्ड अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँद...
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आगामी तीन दिन मौसम आंशिक रूपमा बदली भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, सोमबार पश्चिमी भू-भागका केही स्थानहरू र मध्य तथ पूर्वी भू-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ।, साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा र पूर्व...
सेतोपाटी संवाददाता टिपरको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान वीरेन्द्रनगरको मुख्य सडकमा गौतम चोक नजिकै भे १ ख २२४२ नम्बरको टिपरले भे १ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केशर सिंहको मृत्यु भएको हो।, पश्चिम दिशाबाट पूर्वतर्फ आइरहेका कालिकोटको महावै गाउँपालिका–३ डिल्लीकोटका सिंह...
शोभा शर्मा जिल्ला अदालत चितवनले अभद्र व्यवहार भनेको के हो र नागरिकको आक्रोश के हो भन्ने कुरा सम्झाउँदै एउटा फैसला गरेको छ।, न्यायाधीश हेमन्त रावलको इजलासले सार्वजनिक ठाउँमा प्रहरीले कर्तव्य राम्रोसँग ननिभाए नागरिकले विवाद गर्ने/ झोक्किने कुरा स्वभाविक भएको भन्दै फैसला गरेको हो।, मंसिर २४ गते चितवन महानगरपालिका कमलनगरम...
सेतोपाटी दाङमा साढे दुई किलो चरेससहित तीन जना पक्राउ परेका छन्।, प्राप्त सूचनाका आधारमा उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए।, पक्राउ पर्नेमा रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका २१ वर्षीय अनिल पुनमगर, रुकुम...
सेतोपाटी संवाददाता आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ।, मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुवालाई पक्राउ गर्दै मंगलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, प्रहरीका अनुसार बालिकाकी आमा केही व...
सेतोपाटी संवाददाता रुपन्देहीको रोहिणी गाउँपालिका-४ सुहिलीहवामा तीन ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।, मंगलबार बिहान आठ बजे दुइटा ट्रक एक आपसमा ठोक्किएर विपरीत दिशाबाट आइरहेको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो।, दुर्घटनामा ना २ ख ८१८४ नम्बरको ट्रक चालक र त्यही काम गर्ने दुई जनाको घटनास्थलमै मृत्यु भएको ज...
सेतोपाटी चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।, जिप्रका दाङका अनुसार टाउकोदेखि पुच्छरसम्मको चितुवाको छालासहित दङ्गीशरण गाउँपालिका–१ का २४ वर्षीय चेतबहादुर पुन र सोही ठाउँका २४ वर्षीय सौगात घर्तीलाई पक्राउ गरिएको हो।, चितुवाको छाला बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार साँझ घोराही उपमहा...
दिपकजंग शाही टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि तीन दिनदेखि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त छ।, गौतम चोकमा भे १ ख २२ ४२ नम्बरको टिपरले भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केशर सिंहको मंगलबार मृत्यु भएको थियो।, सिंहको मृत्युपछि आफन्त र छिमेकीले आन्दोलन गरे। प्रशासनले बुधबार विहानसम्म कर्फ...
सीताराम कोइराला र निशा भण्डारी क्रिकेटर सोमपाल कामीले चार वर्षअघि प्रतिभा घिमिरेलाई प्रेम प्रस्ताव राखेका थिए। प्रतिभाले जवाफ दिन झन्डै दुई साता लगाइन्।, सन् २०१६ मार्च महिनाका ती दुई साता सोमपालको निम्ति दुई जुनी बराबर भयो। त्यसपछि प्रतिभाले जे जवाफ दिइन्, त्यसले यो जोडीलाई जुनी-जुनीको निम्ति एकअर्कासँग बाँधेको छ।, द...
दिपकजंग शाही वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका महिलाहरुका लागि निशुल्क सेनेटरी प्याड वितरण थालेको छ। नगर जनस्वास्थ्य शाखाको आयोजनामा शुक्रबार वीरेन्द्रनगर १६ स्थित स्वास्थ्य चौकीबाट निशुल्क प्याड वितरण थालिएको हो। , महिनावारी र सरसफाईबारे सचेतना दिने उद्देश्यले कार्यक्रम गरिएको वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमा...
सेतोपाटी संवाददाता बुटवलको चारपाला सामुदायिक वनमा विश्वमै लोपोन्मुख पहेंलो कछुवा भेटिएको छ। बुटवल उपमहानगरपालिका वडा नंं १२ स्थित उक्त वनमा पहेँलो प्रजातिको कछुवा भेटिएको अनुसन्धानकर्ताहरुले बताएका छन्। , काठमाडौं गोल्डेन गेट कलेजबाट आएको सुरेन्द्र राजवंशीको टोलीले हालै मात्र वनमा अनुसन्धान गर्दा पहेँलो प्रजातिका ४ वट...
सेतोपाटी संवाददाता कोरोना भाइरसको प्रकोपका कारण ब्रिटिस एयरवेजले चीनसँगका सबै उडान स्थगित गरेको छ। मंगलबार बेलायतको परराष्ट्र कार्यालयले बेलायतीलाई चीन भ्रमण नगर्न आग्रह गरेसँगै सो एयरवेजले चीनसँगका सबै उडान स्थगित गरेको हो।, बुधबार एक विज्ञप्ती जारी गर्दै एयरवेजले परराष्ट्रको आग्रहपछि त्यहाँ जाने–आउने उडान स्थगित गरे...
सेतोपाटी संवाददाता अवैध उत्खनन् विरुद्ध आवाज उठाउँदै आएका धनुषाका दिलीप महतोको हत्या भएको लगभग एक महिना हुन लाग्यो।, उनको हत्या पछाडिका सबै कारणहरु अहिलेसम्म खुल्न सकेको छैन। यद्यपी प्रहरीले यस घटनामा संलग्न ५ जनालाई पक्राउ गरेको छ भने संलग्न थप व्यक्तिहरुको खोजीकार्य गरिरहेको छ।, धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ ...
सेतोपाटी संवाददाता बिपी राजमार्गअन्तर्गत पुर्वबाट काठमाडौं आउँदै गरेको स्कार्पिओ सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , शुक्रबार बिहान सवा ९ बजे सप्तरीबाट काठमाडौंका लागि छुटेको स१च १००९ नम्बरको स्कोर्पिओ सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्क बजार नजिकको राजमार्गबाट १०० मिटर तल खसेको थियो।, सो दुर्घट...
युनिक श्रेष्ठ काठमाडौं, वनस्थलीका अमिर महर्जन कक्षा १२ को परीक्षा दिएर बसेका थिए। छ महिना बिदामा उनका साथीहरू विभिन्न सीप सिक्न थाले। उनको ध्याउन्न अन्तै लाग्यो।, अमिरले आफ्ना दाजुसँगै पढेका साथी विनोद शाहीबारे सुनेका थिए। विनोद डोल्पाका स्कुलमा पढाउने शिक्षक हुन्। अमिरले विनोदलाई सानोमा देखे पनि राम्ररी चिनेका थिएनन्...
रासस कैलाली लम्कीचुहा नगरपालिका–६ गुलरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, शुक्रबार राति करिब १२ बजेतिर लोहारपुर घर भएका २२ वर्षीय मायाराम चौधरी पूर्वपश्चिम राजमार्गको गुलरा सडकखण्डमा से २ प १८५० नम्बरको मोटरसाइकलसँगै मृत भेटिएका हुन्।, चहामा व्यापार गर्दै आएका चौधरी लम्कीबाट घर जाने क्रममा राति गुलरा स...
युनिक श्रेष्ठ भ्रमण वर्ष २०२० को आधिकारिक मस्कट ‘यती’ ले संस्कृतिको अपमान गरेको भन्दै वसन्तपुरका केही स्थानीयले विरोध गरे। त्यसमा कुँदिएका चित्र केरमेट गरियो।, मस्कट बनाउनमा संलग्न कलाकारहरूले शुक्रबार विज्ञप्ति जारी गर्दै विरोधको यो शैलीप्रति दु:ख व्यक्त गरेका छन्।, आफ्नो सिर्जनात्मक अभिव्यक्तिबाट स्थानीयको भावनामा प...
समिक्षा अधिकारी काठमाडौं महानगरपालिकाले ठमेलका खम्बादेखि भुइँसम्म असरल्ल तार भूमिगत गर्न निजी इन्टरनेट, केबल सेवा प्रदायक कम्पनीलाई ३ महिना समय दिएको छ।, महानगरपालिकाका अनुसार पटकपटक सूचना जारी गरेर कम्पनीहरूलाई सेवा व्यवस्थित गर्न भनिएको थियो। तर पनि अटेर गरेकाले गत पुस पहिलो साताबाट ठमेलमा तार काट्न सुरू गरिएको थियो...
सेतोपाटी संवाददाता संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणा प्रहरीमा आफै उपस्थित भएका छन्। आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि राणा आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेका थिए।, ‘उहाँविरुद्ध पक्राउ पूर्जी जारी भएपछि आफै जिल्ला प्रहरी कार्यालय आउनुभएको छ’, सुनसरीका एक प्रहर...
रासस बागलुङको तमानखोला गाउँपालिका–१ बिसोकमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमानको मृत्यु भएको छ। सामान्य घरायसी विवादमा उनीहरुबीच कुटाकुट नै भएको स्थानीयवासीले बताएका छन्। श्रीमती भने गम्भीर घाइते भएकी छिन्।, माघ १६ गते घरायासी विवादको क्रममा ६४ वर्षीय रविलाल विकले ६० वर्षीया श्रीमती जमुना विकलाई कुटेका थिए। कु...
सेतोपाटी संवाददाता बेलायतको रश्मोर बरो काउन्सिल र नेपालको गोरखा नगरपालिकाबीच भगिनी सम्बन्धका लागि सम्झौतापत्र आदानप्रदान भएको छ।, दुबै देशका दुई नगर प्रमुखबीच भगिनी सम्बन्धका लागि सम्झौतापत्र आदानप्रदान भएको हो। शुक्रबार बेलायतमा दुबै नगरप्रमुखबीच एमओयुमा पनि हस्ताक्षर भएको छ।, गोरखा नगरपालिकाको मेयर राजनराज पन्त र रश...
एजेन्सी भारतले नोवल कोरोना भाइरसको उद्गम थलो चीनको वुहानमा रहेका तीन सय २३ जना भारतीय नागरिकलाई स्वदेश फर्काएको छ। उनीहरूसँगै मालदिभ्सका सात जना नागरिक पनि फिर्ता ल्याएको छ।, एयर इन्डियाको जम्बो बी७४७ विमानले दुईपटक उडान गरेर उनीहरूलाई भारत फर्काएको हो। फर्किन लागेका चार जनामा भने ज्वरो आएको पाइएपछि फर्कनबाट रोक लगाइए...
एजेन्सी चिनियाँ जनमुक्ति सेनाले नोवेल कोरोना भाइरसको इपिसेन्टर वुहानमा १४ सय सैन्य स्वास्थ्यकर्मी खटाएको छ।, राष्ट्रपति सी चिनफिङको निर्देशनमा सैन्य डाक्टर  र नर्सहरू आवश्यक खाद्यान्न र अन्य उपकरण बोकेर आइतबार वुहान ओर्लिएका हुन्।, उनीहरूले सोमबारदेखि काम थाल्नेछन्।  , वुहान पुग्ने अधिकांश सैन्य  स्वास्थ्यकर्मीले यसअघ...
सेतोपाटी प्रहरीले झण्डै २२ लाख रुपैयाँको मोबाइलसहित एक जना विदेशी नागरिकलाई मंगलबार नागढुङ्गाबाट पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले १८९ थान मोबाइलसहित तिब्बतीयन मुलका ४० वर्षीय स्याङ्ग्याल ग्यलाई  पक्राउ गरेको हो।, उनी हाल भारत पश्चिम बङ्गालको काल...
सेतोपाटी संवाददाता नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षका लागि फोरमका पुर्व  वरिष्ठ उपाध्यक्ष ऋषी शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको चुनाव यही माघ २४ गते काठमाडौंमा हुदैँछ। शर्मा दुई दशकदेखि वैदेशिक रोजगार क्षेत्रमा क्रियाशिल छन भने एक दशकदेखि फ...
नारायण महर्जन विभिन्न कार्यक्रम गरी मंगलबार नेपालमा पनि विश्व क्यान्सर दिवस मनाइएको छ। क्यान्सरबाट दिवंगत भएका, क्यान्सरसँग लडिरहेका तथा क्यान्सरमाथि विजय हासिल गरेकाहरूको सम्झनामा ऋचा बजिमय मेमोरियल फाउन्डेसनले मंगलबार साँझ दीप प्रज्वलन तथा दीपयात्रा गरेको छ।, पाटन दरबार स्क्वायरमा क्यान्सरविरुद्ध विजयी, क्यान्सर प्र...
रासस आज बिहान सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।, चन्द्रगढीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस माइक्रो बस र पोखराबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।, माइक्रोबसका चालक धादिङ बैरेनी–३ बस्ने २८ वर्षीय दीपक...
एजेन्सी चीन अहिले कोरोनाभाइरसको महामारीसँग जुधिरहेको छ। हुबेई प्रान्तको राजधानी वुहान सहरबाट सुरू भएको नोवेल कोरोनाभाइरसले चीनको सीमा नाघेर फिलिपिन्समा समेत एक जनाको ज्यान लिइसकेको छ। चीनबाहिर अफ्रिकाबाहेक सबै महादेशमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, आइतबारसम्म चीनमा मात्र  ३ सय ४ जनाको मृत्यु भएको छ भने १४ हजार ३ स...
समिक्षा अधिकारी जसरी कोरोना भाइरसले संसारकै ध्यान चीनको वुहान सहरमा तानेको छ, काठमाडौंमा सबैको ध्यान टेकु अस्पतालतिर केन्द्रित छ।, हामी कोरोनाको 'इपिसेन्टर' वुहानमा पढ्ने नेपाली विद्यार्थीहरूलाई काठमाडौं फर्काउने कुरा गरिरहेका बेला चीनकै अन्य प्रान्तमा बस्ने नेपालीहरू धमाधम फर्किरहेकै छन्। उनीहरू संक्रमणको डरले सोझै घ...
सेतोपाटी झापाको बिर्तामोड नगरपालिका– २ चारपाने नजिकै खेतमा मंगलबार एक व्यक्तिको शव फेला परेपछि प्रहरीले तीनजनालाई  सोधपुछका लागि नियन्त्रणमा लिएको छ। , चारपाने निवासी रहमान शेखका ज्वाइँ हराएको र नजिकै खेतमा पुरुषको शव जलेको अवस्थामा फेला परेपछि रहमानसहित उनकी श्रीमती र छोरी सुषमालाई इलाका प्रहरी कार्यालय अनारमनीले सोध...
सेतोपाटी संवाददाता आइतबार १२ बजेतिर भक्तपुरको निकोसेरास्थित एक विद्यालयमा २० वर्षीय युवक छिर्छन्।, ती युवकले यूकेजीमा अध्ययनरत एक बालिकाको नाम लिई उपचारका लागि अस्पताल लैजानुपर्ने भएकाले अभिभावकले पठाएर लिन आएको बताए।  , अभिभावकलाई ती युवाले राम्रैसँग चिनेका हुन्छन्। त्यत्तिकैमा विद्यालय प्रशासनले विश्वास गरेर ति बालि...
सेतोपाटी संवाददाता राजधानीका केही ठाउँमा आज दिनभर बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।, चक्रपथ विस्तार कार्यको लागी रुख कटान  गर्न महाराजगंज  वितरण केन्द्रको धापासी र बुढानिलकण्ठ फिडरबाट वितरीत लाइन आज बिहान ७ बजेबाट साँझ ४ बजेसम्म सट डाउन हुने प्राधिकरणले जनाएको छ।, प्राधिकरणले सुचना जारी गर्दै उक्त फिडर अन...
अनुषा अधिकारी सरकारले छाउपडी उन्मूलन कानुन कार्यान्वयनको दबाब दिएसँगै पश्चिम नेपालमा धमाधम छाउगोठ भत्काइँदैछ। यो काममा प्रहरीको मुख्य सक्रियता छ।, यही क्रममा गत शनिबार अछामको बन्नीगढी जयगढ गाउँपालिकाको लामागाउँमा पनि छाउगोठ भत्काउने टोली पुगेको थियो। वडाअध्यक्ष, महिलाहरू र अन्य सदस्यसहित तीन जना प्रहरी छाउगोठ भत्काउन ...
सेतोपाटी संवाददाता सरकारले नोवेल कोरोनाभाइरसको उदगम थलो चीनको वुहानबाट फर्काइने नेपालीलाई उपत्यकाका चार स्थानमा राख्ने तयारी गरेको छ।, शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्न लागेको हो।, बिहीबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यी चार ठाउँ व्...
सेतोपाटी कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ।, चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको हो।, यही माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्...
एजेन्सी मङ्गलबार दोहाबाट बैंककका लागि उडेको कतार एयरवेजको विमानमा सवार एक थाई महिलाले बच्चा जन्माएपछि विमानको आकस्मिक अवतरण गराइएको छ।, यात्रारत समयमा अचानक  व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा बिहान करिब तीन बजे बच्चा जन्मेको हो।, विमान कम्पनीले महिलाको नाम सार्वजनिक गरेको भने छैन। विमानमा नै बच्चा जन्मिएपछि चाल...
सेतोपाटी ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरी, राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ।, यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।, फरार प्रतिवादी वडाध्यक्ष यादवलाई पक्राउ गरी ज...
एजेन्सी चीनको वुहानबाट फैलिएको नोवेल कोरोनाभाइरसले अहिले विश्व स्वास्थ्य आपतकाल लगाइएको छ।, डेढ महिनाअघिदेखि वुहानबाट फैलिएको यो भाइरसले अहिले मानिसको स्वास्थ्यमात्र होइन, सामाजिक  जीवनमा पनि गम्भीर प्रभाव पारेको छ।, सिंगापुरमा कोरोनाभाइरसको डरले एक विवाहमा निम्त्याइएका पाहुना नै नआउने भए।  , सिङ्गापुरका जोसेफ यू र उन...
सेतोपाटी संवाददाता कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिने टिपर फेला परेको छ। बुधबार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर नख्खुमा भेटिएको हो।, बा ४ ख८५७९ नम्बरको टिपर नख्खु पुलवारि रहेको चन्द्र सुर्य ग्यारेजमा लुकाएर राखेको अवस्थामा फेला परेको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी ...
सेतोपाटी संवाददाता उपत्यकामा पुरातात्विक हिति (ढुंगेधारा) फेला परे यादवलाल कायस्थलाई सम्झिए हुन्छ। केही समययता उनी हिति उत्खनन र संरक्षणमा लागिपरेका छन्।, उनैको पहलमा दरबारमार्गमा सोर्‍हाहिति जीर्णोद्धार भइरहेको छ। सँगसँगै, उनी हात्तिसारको ढुंगेधाराका लागि लडाइँ पनि लडिरहेका छन्। उनका अनुसार, यहाँकोे जग्गामुनि हिति भए...
सेतोपाटी संवाददाता नेपाली सेनाका अवकासप्राप्त सुबेदार भवानीप्रसाद वस्तीले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिकका लागि घर बनाउन सहुलियत ऋण दिन आग्रह गरे।, धनगढीमा भएको भुतपूर्व सैनिक भेलामा आएका उनले भने,‘सर हामी सिपाहीको आर्थिक अवस्था साह्रै न्यून भयो। सिपाहीलाई जीवनमा एक पटक घर बनाउनका लागि कल्याणकारी कोषम...
चेतना गुरागाईं टिपरलाई सहरी क्षेत्रमा 'यमराज' भनिन्छ। यो तुलना त्यसै गरिएको होइन।, बुधबार मध्यरात कलंकीको अन्डरपासमुनि दुई युवाले ज्यान गुमाए। रौतहटका १९ वर्षीय राजेश चौधरी र २४ वर्षीय मुन्ना चौधरी चढेको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको थियो।, एक साताअघि गोरखामा बिहानै दूध बेच्न हिँडेकी ५२ वर्षीया ...
नारायण महर्जन पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म लाग्ने एक महिने माधवनारायण मेला आइतबारदेखि सकिएको छ। भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा नेपाल संवत ७२२ मा रणजित मल्लको पालादेखि मान्दै आएको यो मेला यस वर्षका लागि आइतबार बिहान सकिएको हो।, हनुमानघाटको त्रिवेणीधाममा लाग्ने मेलामा यस वर्ष सय भन्दा बढी महिला ...
सबिना श्रेष्ठ मिनबहादुर तामाङलाई मैले पहिलो पटक न्युरोड गेटमा भेटेकी थिएँ। दृष्टिबिहीन मिनबहादुर र उनको टोली त्यहाँ बसेर गीत गाउँछन् र संकलित रकमले गुजारा चलाउँछन्।, मंगलबार त्यो बाटो हिँड्दै गर्दा उनी र उनको टोली नदेखेपछि म झस्किएँ। केही साताअघि मात्रै महानगरपालिकाले उनीहरूको माइक र स्पिकर खोसेर सडकमा नआउन चेतावनी दि...
नारायण महर्जन बुधबार चाँगुनारायण पुगेको माधवनारायण ब्रतालुको अन्तिम परदेश यात्रा आज साँखु फर्किएको छ।, माघ ९ गतेदेखि माधवनारायण ब्रतालुको परदेश यात्रा सुरू भएको हो। ब्रतालुहरू साँखुबाट बज्रयोगिनी मन्दिर र त्यहाँबाट पशुपति गएका थिए।, माघ १० गते शुक्रबार सो यात्रा पशुपतिबाट फर्पिङतर्फ लागेको थियो भने माघ ११ गते फर्पिङबा...
सेतोपाटी संवाददाता फोटो पत्रकार नभेष चित्रकारले खिचेको हृदयविदारक तस्वीरले फोटो अफ द इयरको उपाधी जितेको छ।, आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगितामा चित्रकारको तस्वीर उत्कृष्ट घोषित भएको हो। हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षीय बालक बजरंगी मिश्रले आफ्नो आमालाई मृत्युपहि...
समिक्षा अधिकारी झमक्क साँझ परेका बेला असनको भिड छिचोल्दै भोटाहिटी निस्कन कम सकस हुँदैन। अझ आकाशे पुलमा मान्छेको ठेलमठेलबाट फुत्किनु ठूलै उपलब्धि।, साँझ ढल्कँदै जाँदा मजस्ता धेरै बटुवाको अनुहार हतासिँदै थियो। रत्नपार्कमा गाडी चढेर जानुपर्नेहरूको अनुहार झनै थकित। , घन्चमन्चमा ज्यान किच्याउँदै सार्वजनिक गाडी चढ्ने विकल्प...
सेतोपाटी संवाददाता चीनको वुहान सहर पूर्ण रूपमा बन्द भएको आज १९ दिन पुग्यो।, नोवेल कोरोनाभाइरसको उदगम थलो वुहान अझै कति दिन बन्द हुने हो थाहा छैन।, वुहान हुँदै हुवेई प्रान्तमात्र होइन संसारभरि फैलिएको कोरोनाभाइरसले आइतबारसम्म ९ सय १० जनाको ज्यान लिइसकेको छ। ४० हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।, चीनको हुबेई प्रान्त...
एजेन्सी बंगलादेशको दक्षिण तटमा रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा डुब्दा १४ जनाको मृत्यु भएको छ।, मंगलबार रोहिङ्ग्या शरणार्थी बोकेर बंगलादेशबाट मलेसिया जाँदै गरेको डुंगा सेन्ट मार्टन टापु नजिकै बे अफ बंगालमा डुबेको हो।, मृतक सबै महिला तथा बालबालिका रहेका बिबिसीले जनाएको छ। ७० जनालाई उद्दार गरिसकेको भए पनि अझै थुप्रै बेप...
सेतोपाटी संवाददाता सुनसरी दुहबीकी सम्झना खत्री परियारको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ३२ वर्षीय परियारको माघ २४ गते विराटनगर १२ स्थित उखुबारीमा शव भेटिएको थियो। , परियारको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सप्तरी कृष्णश्रवण गाउँपालिका ३ मट्टीगढाका २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई पक्राउ गरेको ह...
सेतोपाटी संवाददाता कोटेश्वरमा गर्भपतन गरेर फालेको एउटा शिशुको शव फेला परेको छ।, कोटेश्वरको फोहोर फाल्ने ठाउँमा पाँच/छ महिनाको शिशुको शव फेला परेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ।, ‘गर्भपतन गराएर फालेको शिशुको शव भेटिएको हो,’ वृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले भने।, शवको मुचुल्का उठाएर पोस्टमार्...
सेतोपाटी संवाददाता साढे २ करोड बढीको लागतमा इलाका प्रशासन कार्यालय तुलसीपुरको नयाँ भवन निर्माण पूरा भएको छ।, २ करोड ५८ लाख ९१ हजार १ सय ३० रुपैयाँ १४ पैसामा इलाका प्रशासनको साढे दुई तले आधुनिक भवन निर्माण गरिएको हो। टेन्डरमार्फत् भवन निर्माणको जिम्मा तुलसीपुरकै जुद्ध एण्ड पूर्ण निर्माण सेवाले पाएको थियो।, पश्चिम दाङका...
सेतोपाटी संवाददाता हुण्डी कारोबारमा संलग्न भएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पर्सा प्रहरीको टोलीले वीरगन्ज-१६ रजतजयन्ती चोकबाट पाँच लाख पचास हजार रूपैयाँसहित एक जनालाई आइतबार पक्राउ गरेको हो।, पक्राउ पर्नेमा भारत बिहार मोतिहारी पूर्वी चम्पारण रक्सौलका ५० वर्षीय सुरेश महतो छन्। बिआर०५ एए ७३१९ नम्बरको मो...
रमेश लम्साल माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले आगामी तीन महिनाभित्र विद्युत् खरिद सम्झौताको सबै प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएको छ।, कूल ९०० मेगावाट क्षमताको सो आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् बङ्गलादेश सरकारलाई बिक्री गर्ने ...
एजेन्सी विभिन्न मुलुकबाट चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा बस्दै आएका कुल २७ व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको चीनको विदेश मन्त्रालयले सोमबार जनाएको छ।, विरामीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने तीन जना उपचारपछि घर फर्किएका छन्।, मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण भएका  २२ जनालाई अस्पतालमा एक...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका चितवन जिल्ला अदालतका न्यायाधीश विनोद गौतमले उक्त मुद्दा बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन्। , बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउन भूमिका खेलेको भन्दै गत हप्ता अख्तियारले उनी विरूद्ध ९ करोड ६५ लाख ७६ हजारक...
सेतोपाटी संवाददाता नयाँ बानेश्वरको सडक छेउमा ट्राफिक प्रहरीको एक टोलीले सांगीतिक प्रस्तुती गरेको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धिका लागि सांगीतिक प्रस्तुती देखाएको हो। यस दिन सारङ्गी टोलीले सचेतनासम्वन्धी सांगीतिक प्रस्तुती दिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरी...
सबिना श्रेष्ठ काठमाडौं, कथैकथाको सहर हो। त्यस्ता कथा जो मन्दिर, बहा–बही, चोक, ननी अनि गल्ली-गल्लीमा भेटिन्छन्। कति सुन्नुभएको होला, कति सुनाइन आतुर छन्। 'बाखं न्यने वा' ले ती कथा खोज्ने र सुनाउने प्रयास गर्दैछ।, 'बाखं न्यने वा' अर्थात् 'कथा सुन्न आउनुहोस्'।, यही नाममा जन्मिएको एउटा समूहले प्रत्येक महिना विभिन्न ठाउँमा...
सेतोपाटी संवाददाता सल्यानको कपुरकोट ३ चोरखालामा नेपाली सेनाको ट्रक (वानटन) दुर्घटना भएको छ।, दुर्घटनामा परि जमदार यादवप्रसाद घरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता उमाकान्त जोशीले जानकारी दिए।, दुर्घटनामा परी मेजर ईश्वर सिलवाल,सिपाहीहरू विशाल गुरुङ, रेशम हिटन मगर,विपिन श्रेष्ठ, हवल्दारद्वय ...
सेतोपाटी संवाददाता चीनस्थित नेपाली दूतावासले चीनको हुबेई प्रान्तबाट आफ्ना नागरिकलाई नेपाल पठाउने तयारी थालेको छ।, बुधबार दूतावासले यसअघि नेपाल फर्कन फाराम भरेका १ सय ८० नेपाली विद्यार्थीलाई सर्तनामा फाराम भराएको छ।, फाराममा नेपाल पुगेपछि क्वारेन्टानमा रहँदा कस्तो नियम पालना गर्ने भन्ने उल्लेख छ। चीनबाट उद्दार गरेर ल्य...
एजेन्सी बदामको खोस्टाभित्र नोट अट्छ भन्ने तपाईं विश्वास गर्नुहुन्छ?, सुरक्षा निकायको आँखा छल्न तस्करहरू अनेक तिकडम गर्छन्। यस्तै एउटा नयाँ तरिकाबाट अवैध सामान ओसार्दा भारतको नयाँदिल्ली विमानस्थलमा एक तस्कर पक्राउ परेका छन्।, ती तस्करले बदामको खोस्टाभित्र लुकाएर ४५ लाख भारू बराबरको विदेशी मुद्रा अवैध ओसारपसार गर्न खोज्...
दिपकजंग शाही जाजरकोटको जुनीचाँदे गाउँपालिका–४ को लुहादह जिल्लामै छाउगोठ धेरै भएको वस्ती हो। यो वस्तीमा महिनावारी हुनेलाई कडा नियम छ।, ५ दिनअघिसम्म त उनीहरुले आफ्नो घर छुन समेत मिल्दैन। गृह मन्त्रालयले ‘छाउगोठ भत्काउन’ निर्देशन दिएको लामो समयपछि मात्र यो वस्तीका छाउगोठ जवरजस्ती भत्काइएको छ। यो वस्तीका करिव चार सय घरधुर...
अनुषा अधिकारी दस दिनअघि त्रिचन्द्र कलेजमा अध्ययनरत विनोद देउवा सिंहदरबारको पश्चिम गेटबाहिर बसेर किताब पढिरहेका थिए।, अर्थशास्त्र, दोस्रो वर्षमा स्नातक गरिरहेका १९ वर्षीय विनोदलाई साहित्य र किताब पढ्नमा धेरै रूचि छ। त्यो दिन भने उनी नेपालको संविधान पढिरहेका थिए। सिंहदरबार अगाडि उनीसँग अरू साथी पनि थिए, उसैगरी किताब खोल...
सेतोपाटी संवाददाता लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ गुरुयोजना अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजनाबारे शुक्रबार प्रदेश ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरिएको छ।, छलफलमा प्रस्तुत प्रारम्भिक गुरुयोजनाअनुसार अस्पतालमा सबै विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि आधुनिक भवनक...
सेतोपाटी संवाददाता बोलेरोको ठक्‍करबाट प्रहरी चौकी साँगाका असई तेजबहादुर गुरुङको मृत्यु भएको छ। , भक्तपुरबाट बनेपातर्फ जाँदै गरेको बा १९ च १३२३ नम्बरको बोलेरोले ड्युटीमै रहेका असइ गुरुङलाई बाटो काट्नेबेला ठक्‍कर दिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।, उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु ...
नारायण महर्जन भ्यालेनटाइन्स डे अर्थात प्रणय दिवसको प्रभाव नेपालमा पनि पर्न थालेको छ। पश्चिमा मुलुकमा हरेक वर्षको फेब्रुअरी १४ मा मनाइँदै आएको भ्यालेनटाइन्स डे पछिल्ला वर्षमा नेपालमा पनि मनाइन थालेको छ।, यो दिन प्रेम बाँड्ने विशेष दिन हो। आफूले मन पराएकोलाई प्रेम प्रस्ताव गर्ने, जोडीहरू घुम्न जाने, मनका कुरा प्रेमपूर्व...
एजेन्सी भारतको गुजरातस्थित भुजको एक कलेजको होस्टेलमा महिनावारी भए/नभएको जाँच्न प्रधानाध्यापकले ६८ जनालाई जबर्जस्ती कपडा फुकाल्न लगाएकी छन्।, बिहीबार गुजरातको भुजस्थित श्री सहजनन्द गर्ल्स इन्स्चिट्युडको होस्टेलमा होस्टेल रेक्टरले महिनावारी भएका विद्यार्थीले धार्मिक मान्यताको उल्लंघन गरेको भन्दै प्रधानाध्यापकलाई गुनासो ...
सेतोपाटी संवाददाता कुवेतमा बालुवा र ग्राभेलको थुप्रोमुनि पुरिएर मृत्यु हुने सबै ६ नेपालीको पहिचान खुलेको छ। , गत बुधबार साँझ ५ बजे कुवेतको अलमुत्ला क्षेत्रको ब्लक १ एन५मा ढल निर्माणमा व्यस्त कामदारहरूमाथि बालुवा र ग्राभेलको थुप्रो खस्दा छ नेपालीले ज्यान गुमाएका थिए।, यसअघि चार जना नेपालीको परिचय खुलेको थियो भने आइतबार...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, विराटनगरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर (सि.डि.ई) विरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।, शुक्रबार सि.डि.ई जितेन्द्र कुमार चौधरीविरूद्ध बिगो रकम ३५ लाख कायम गरी अदालतमा आरोपपत्र दायर गरेको हो।, चौधरीले भूमि इन्फ्रास्ट्रक्चर प्...
सेतोपाटी संवाददाता राष्ट्रिय मानव अधिकार आयोगले कुवेतमा ढिस्कोले पुरिएर मृत्यु तथा घाइते भएका नेपालीको अवस्थाबारे जानकारी मागेको छ।, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेर घटनाको यथार्थ जानकारी गराउन भनेको आयोगका प्रवक्ता वेद भट्टराईले...
विवेक राई शनिबार बिहानैदेखि वुहानको मौसम गडबड थियो। हिउँ, पानी र बतास चल्दै थियो। देश फर्किने तयारी गरिरहेका चन्द्रभूषण साहको मनमा भने खुसीको सीमा थिएन।, उनले सबेरै उठेर कोठा सरसफाइ गरे। केही दिनअघि किनेको चामल, तरकारी र पिउने पानी बचेको थियो। उनी ती सामान एउटै तलामा बस्ने तान्जानियाकी साथी लिलियानलाई दिन चाहन्थे।, चन...
रासस चितवनको भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  , फूलबारीबाट मङ्गलपुरतर्फ जाँदै गरेको बा१क ६२५५ नम्बरको को ट्रकले विपरीत दिशाबाट आइरहेको ना५७प १९ नम्बरको मोटरसाइकललाई सोमबार...
एजेन्सी लिउ झिमिङ वुहानमा अस्पतालका निर्देशक थिए। संसारभर त्रास फैलाएको  कोरोनाभाइरस चीनको यही सहरबाट सुरू भएको हो। कोरोनाभाइरस सुरू भएपछि उनी निर्देशक रहेको वुहान वुचाङ अस्पतालले उपचार प्रक्रियाको नेतृत्व गरेको थियो।, अस्पतालमा खट्दाखट्दा डाक्टर लिउ आफैं बिरामी परे। उपचारको क्रममा मंगलबार उनको मृत्यु भएको चिनियाँ सरक...
सेतोपाटी संवाददाता बल्खु तरकारी बजारमा काम गर्ने एक व्यक्ति खोला किनारामा मृत भेटिएका छन्।, मंगलबार बिहान बल्खु तरकारी बजार नजिकै उमेश महतोको शव खोलामा डुबेको अवस्थामा फेला परेको हो।, गत माघ २७ गते देखि उनी हराइरहेका थिए। ‘पारिवारिक समस्या देखिएको छ गत माघ २८ गत देखि हराइरहेको रहेछ, आज मृत भेटियो,’ महानगरीय प्रहरी वृत...
सेतोपाटी मध्यपुरथिमि नगरपालिका–९ राधेराधेमा रहेको इजीवे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भनी ठगी गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त थिमि भक्तपुरबाट खटिएको प्रहरी टोलीले सोमबार सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल काठम...
रासस जिल्ला कारागार अछाममा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन्। कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन्।, मंगलबार बिहान ढिलोसम्म नउठेपछि अन्य कैदीबन्दीले हेर्दा उनी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका...
सेतोपाटी संवाददाता गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौंको लाजिम्पाटबाट सोमबार राति ११ बजे लामालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।, चेकिङका क्रममा मादक पदार्थ सेवन गरेको देखिएको र प्रहरीसँग विवाद पनि गरेको भन्दै काभ्रेका लामालाई पक्राउ गरेको प्रहरीले बताएको छ।, ‘प्रहरी...
सेतोपाटी संवाददाता काठमाडौंको शंखरापुर नगरपालिका ६ का प्रवीण श्रेष्ठ सोमबार राति ढुल्ला भन्ने ठाउँमा सडकछेउमा पल्टिएका थिए। केही वर्षदेखि उनको मानसिक अवस्था बिग्रिएको थियो।  ४२ वर्षीय श्रेष्ठ कहिले घर आउँथे कहिले बाहिरै बस्थे। आमाबुवा र छोराछोरी कोही नभएकाले उनलाई रेखदेख गर्ने मान्छे थिएन।, सोमबार राति पौने १० बजेतिर ...
सेतोपाटी संवाददाता काठमाडौंको बबरमहलमा ८ वर्षअघि भएको बम विस्फोटका दोषी मकवानपुर पदपोखरी पानतलेका संयुक्त जातीय मोर्चाका नेता बुद्धिबहादुर गोले रिहा भएका छन्।, प्रजातन्त्र दिवसको अवसरमा गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गोलेको कैद सजाय मिनाहा गरेकी हुन्।, राष्ट्रपति भण्डारीले गोलेसहित ३ सय २९ ज...
सेतोपाटी संवाददाता बाँकेको बागेश्वरी मन्दिरको पूर्वतर्फ शिव महादेवको मूर्ति छ। शिवरात्रिमा भोलेबाबाले खचाखच भरिने बागेश्वरी मन्दिर परिसरमा यस वर्ष शिवभक्त देखिएनन्। उसो त अन्य समयमा पनि जुँगे महादेवको पूजा अर्चना गर्न बागेश्वरीमा उस्तै भीड हुन्छ।, अन्य समयभन्दा शिवरात्रिका दिन भीड बढ्ने गर्छ। जुँगे महादेवको मूर्तिमा प...
सेतोपाटी संवाददाता पश्चिमी न्यूनचापीय प्रणालीका कारण शुक्रबार बिहानदेखि पश्चिम नेपालका अधिकांश स्थानमा हल्का वर्षा भएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, भैरहवालगात ठाउँमा हल्का वर्षा भएको हो।, उक्त प्रणालीका कारण काठमाडौं उपत्यकाको मौसम पनि चिसो भएको छ।, ‘देशभरि ...