content
stringlengths
20
64.1k
रासस गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत मतदान सकिएको छ। बिहान १० बजेदेखि शुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो। शान्तिपूर्ण रुपमा मतदान सकिएको र आजैबाट मतगणना शुरु हुने सङ्घका महासचिव बद्री केसीले जानकारी दिए।, निर्वाचनमा शुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएता पनि विवा...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कात्तिक मसान्तभित्र निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान लिइसक्न आग्रह गरेको छ। , ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समयमा नै दोस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्न भूकम्प पीडितलाई आग्रह गरे।, प्रा...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एमबिबिएस र बिडिएसको अध्यापन शुल्क बढाएको छ।, आयोगले बिहीबार एमबिबिएस र बिडिएसको शुल्क निर्धारण गर्दै अगाडिको शुल्कमा थप शुल्क थपेको हो।, नयाँ शुल्कअनुसार एमबिबिएस पढ्न करिब दुई लाख रुपैयाँ बढी तिर्नुपर्ने हुन्छ। बिडिएसमा पनि करिब एक लाख बढी शुल्क ति...
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा आठ करोड पचास लाख जरिवाना हुने फैसला भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर साबिक नंखेल गाविस हाल सूर्यविनायक नगरपालिका-९ का ४७ वर्षीय प्रकाशराज खत्रीलाई शुक्रबार पक्राउ गरेको हो।, भक्तपुर परिसरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानक...
राकेश यादव गाउँमा गहुँ काट्ने चटारो थियो। त्यसमाथि चुनाव।, कमलादेवी राजपुत खेतमा गहुँ काट्न गएका आफ्ना श्रीमान र छोराका लागि खाना बनाएर घरमै बसेकी थिइन्।, त्यो दिन उनले भिन्डीको तरकारी र दालभात पकाइन्। छोरा पिन्टु (त्रिलोकप्रताप सिंह)लाई भिन्डीको तरकारी खुब मनपर्थ्यो।, खाना पकाइसक्दा-नसक्दै बाहिर पिन्टुको आहट उनले सुन...
सेतोपाटी संवाददाता मानव बेचबिखन तथा ओसारपसार मुद्दाका तीन जना अभियुक्तलाई भक्तपुर जिल्ला अदालतले कारागार चलान गरेको छ।, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-६ घर भई भक्तपुर ठिमी नगरपालिका-९ बस्ने २५ वर्षीय राजेश गिरी, सोही वडाका ५० वर्षीय श्रीकान्त प्रजापति र धादिङ फुलखर्क गाउँपालिका-४ घर भई ठिमी-९ बस्ने २९ वर्ष...
सेतोपाटी हातहतियार खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार दुई जनालाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय सिरहा अदालतको फैसला कार्यान्वयन टोलीले हातहतियार खरखजाना मुद्दामा सिरहाको बरियारपट्टी गाउँपालिका–३ निवासी ४० वर्षीय कामेश्वर यादव र डाँका मुद्दामा फरार सिरहा नगरपालिका–६ नि...
सेतोपाटी संवाददाता झापाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।, सोमबार राति ८ बजेको समयमा दुधेबाट शिवगन्जतर्फ जाँदै गरेको मे२प ३५३९ नम्बरको मोटरसाइकलको ठक्करले बुद्धशान्ति गाउँपालिका-३ का ४२ वर्षीय इन्द्रबहादुर दंगालको मृत्यु भएको छ।, घाइते भएका दंगालको उपचारको क्रममा बिएण्डसी अस्पता...
सेतोपाटी संवाददाता भारतबाट भित्र्याइएको ठूलो परिमाणको पटाका प्रहरीले इटहरीमा पक्राउ गरेको छ। इटहरी उपमहानगरपालिका-४ स्थित विकेक बरालको कास्या ट्रेडर्सबाट प्रहरीले ४२ हजार पिस पटाका पक्राउ गरेको हो।, इलाका प्रहरी कार्यालयका इटहरीका अनुसार सोमबार मध्यराति ११:४५ बजे उक्त पटाका पक्राउ गरिएको हो। एक लाख १० हजार रुपैयाँमा ब...
सेतोपाटी संवाददाता सुनसरीको इटहरी उपमहानगरपालिका-११ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।, पक्राउ परेकाले दिएको सूचनाको आधारमा वीर मेडिकल हलका सञ्चालकलाई समेत पक्राउ गरिएको छ।, सोमबार साँझ सात बजे चेकजाँचमा खटिएको प्रहरी चौकी खनारको प्रहरी टोलीले को३४प ६२ नम्बरको मोटरसाइकलमा सवार चालक बुढिगंगा गाउँपालिका-७ का २२ व...
खिलानाथ ढकाल पूर्वसांसद गायत्री साहलाई मेडिसिटी अस्पतालबाट आफ्नो बच्चा जिम्मा लिएर उपस्थित हुन उच्च अदालत पाटनले आदेश दिएको छ। सात महिनाअघि जन्मिएको बालकको अहिलेको अवस्था डिस्चार्ज लिएर घर लैजानयोग्य पाइएको उक्त आदेशमा उल्लेख छ।, ‘बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६५ (३) बमोजिम बालबालिकाको हक अधिकारको प्रचलन गराउने प्...
अनुषा अधिकारी महिनावारीका कुरा, केही साताअघि पूर्व मिस नेपाल श्रृंखला खतिवडाले आफ्नो युट्युब च्यानलमा एउटा भिडिओ सार्वजनिक गरिन्। , 'छाउपडीको अनुभव' नामक उक्त भिडिओमा उनले अछाममा रहेको छाउप्रथाको अवस्था प्रस्तुत गरेकी थिइन्। त्यहाँका महिलाले महिनावारी बेला भोग्नुपर्ने समस्या चित्रण गर्दै श्रृंखला स्वयं छाउभित्र बसेको ...
एजेन्सी थाइल्याण्डका राजाले आफ्नी श्रीमती बफादार नभएको भन्दै उनको शाही पद र सैन्य पदहरु खोसेका छन्।, राजा महा वजिरालंगकर्णले तीन महिनाअघि बिहे गरेर सिनिनात वङ्भजिरापाक्दीलाई पछिल्लो श्रीमती बनाएका थिए। सिनिनातले अर्की श्रीमती (रानी) सुथिदासँग दुश्मनी निकालेको भन्दै उनले पद खोसिदिएका हुन्।, ३५ वर्षिय सिनिनातले अदालतको ...
मनोज सत्याल सप्तरीका मोहम्मद नसिर चार वर्ष यता काठमाडौंमा छन्। रमजानमात्र होइन कुनै विवाहको निम्तो मान्न समेत उनी गाउँ गएका छैनन्। डाक्टरी पढ्ने सपना पूरा गर्न उनी घुँडा धसेर पढिरहेका छन्।, पियनको जागिरबाट रिटायर्ड भएका बुवालाई उनले आफू डाक्टरी पढ्ने वाचा गरेका छन्। बुवाको सन्देहबीच मेरिट लिस्टमा नाम निकालेर 'स्कलरसिप...
सेतोपाटी संवाददाता विद्यार्थी सङ्गठनले वरिष्ठ प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुखमा नियुक्त गर्नुपर्ने माग गर्दै उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका छन्।, एउटै व्यक्तिलाई दुई संस्थाको प्रमुख बनाउन नहुने तथा विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग गर्दै आज उपकुलपतिको कार्याल...
एजेन्सी संसारकै सबभन्दा पुरानो मोती आबुधावीको लुभ्र संग्रहालयमा प्रदर्शन गरिने भएको छ। अक्टोबरमा प्रदर्शन गरिने यो मोती फेला परेपछि अहिलेसम्म सार्वजनिक गरिएको थिएन। सर्वसाधारणले हेर्न पाउने सुविधा पहिलोपटक दिइएको हो।, सिएनएनका अनुसार यो मोती ८ हजार वर्ष पुरानो हो। यो आबुधावीको मरवा टापूमा भेटिएको युएइको संस्कृति तथा प...
सेतोपाटी महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मृतकको पहिचान हुननसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।,  धनगढीबाट दार्चुलातर्फ गइरहेको से१ख १९२३ नम्वरको ग्यास बोके...
खिलानाथ ढकाल गैरकानुनी शुल्क उठाएको बिरोधमा प्रदर्शन गर्न पुगेको विद्यार्थीहरूको समूहलाई नेसनल मेडिकल कलेज वीरगन्जले लखेटेको छ। कलेजले बाहिरको ‘समूह’ खटाएर आफूहरूलाई लखेटेको आन्दोलनरत् विद्यार्थीले सेतोपाटीलाई बताएका छन्।, चिकित्सा शिक्षा संघर्ष समितिका उपाध्यक्ष प्रकाश चन्दका अनुसार बिहीबार दिउँसो विद्यार्थीहरूको समू...
सेतोपाटी संवाददाता अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका र्‍यापर समिर घिसिङ भिटेनमाथि अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले ७ दिनको म्याद दिएको छ। , आजै बिहान प्रहरीले 'जरूरी पक्राउ' पूर्जी थमाएर उनलाई जावलाखेलबाट पक्राउ गरेको थियो। उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालतले ७ दिनको म्याद दिएको ललितपुर प्रहरी पर...
नारायण महर्जन शुक्रबारदेखि फूलैफूलको पर्व तिहार सुरू भएको छ। घर-घरमा ढकमक्क फुलेको सयपत्री र मखमलीले छुट्टै सुन्दरता थप्छ।, तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु-भाइ पूजा गर्न, सयपत्री-मखमली फूल नै प्रिय मानिन्छन्।, काग तिहारमा कागलाई खाना खुवाउन, भोलिपल्ट कुकुर पूजा, पर्सिपल्ट गाई हुँदै गोवर्द्धन पूजा र भाइ...
सेतोपाटी कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने हिन्दु धर्मावली नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज शुक्रबारदेखि शुरु हुँदैछ। शुक्रबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। , यस वर्ष यमदीपदान शुक्रबारदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको समितिका अ...
सेतोपाटी पशुपति क्षेत्र विकास कोषले नेपाल भारतमैत्री पशुपति धर्मशालामा तीनतारे होटल नचलाइने स्पष्ट पारेको छ।, धर्मशालामा बस्ने तीर्थयात्रीले सुरक्षा, सरसफाइ, शौचालय, भोजनलगायत उच्च कोटीका सुविधा पाउने गरी सञ्चालकले सेवा प्रदान गर्नुपर्ने गरी व्यवस्था गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले शुक्रबार जारी गरेको व...
प्रकाश शिलवाल “सुरुङमार्ग, रेलमार्ग बन्ने जलमार्ग,कुरा सुन्दा पनि आज खुशी लागिराछ,समृद्धिको सपनाको साकार रूप चाहियो,नेपालीको मुहारमा खुशी सुख चाहियो।”, ,उज्ज्यालो र सद्भावको चाड दिपावलीमा समाज रुपान्तरणमा सघाउने गीत–सङ्गीत र रचनासहित समाजका अन्य वर्गझैँ स्रष्टाहरु पनि आपसमा देउसीभैलोको रमाइलोमा कस्सिएका छन्।, मुलुकले ...
रमेश लम्साल तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत् उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो।, नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर बत्तीको जोहो गर्ने नेपाल विद्युत् प्राधिकरणलाई भने कसरी विद्युत् व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँथ्यो। घरायसी उपभोक्ताले साँझको समयमा...
सेतोपाटी संवाददाता पूर्वयुवराज्ञी हिमानी शाहले काठमाडौंको नागपोखरीमा पुगेर छठी माताको पूजा अर्चना गरेकी छन्।, पूर्वयुवराज्ञी शाहले छठ पर्वको मुख्य दिन शनिबार अपरान्ह नागपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठी माताको पूजा अर्चना गरेकी हुन्।, छठ पूजा मूल समारोह समिति तथा जयश्री सन्तोषी माता सेवा समितिलगायतका धार्म...
सेतोपाटी संवाददाता बझाङको बुंगल नगरपालिका १ कालंगा जलविद्युत आयोजनाको सुरूङभित्र फसेका मजदूरको उद्धारका लागि हेलिकप्टरबाट सशस्त्र प्रहरी पठाइएको छ।, सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका चार जना उद्धार टोलीलाई सोमबार समिट एयरको हेलिकप्टरबाट बझाङ पठाइएको एसएसपी किशोर प्रधानले जानकारी दिए।, ‘विपद व...
एजेन्सी भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लु जिल्लामा गाँजासहित १२ नेपाली पक्राउ परेका छन्।, शनिबार प्रहरीले ३१ जनालाई पक्राउ गरेको हो, जसमा १९ स्थानीय र १२ नेपाली रहेका भारतीय सञ्चार माध्यमले जनाएको छ।, १२ जना नेपालीमध्ये ५ जना महिला समेत रहेका छन्। उनीहरूलाई कुल्लु जिल्लाको पिनी र जानाबाट पक्राउ गरेको स्थानीय प्रहरी ग...
सेतोपाटी संवाददाता चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले चितवनका अबिरल पोखरेललाई पक्राउ गरेको हो। पोखरेलसँगै अर्का एक जना पनि पक्राउ परेका छन्। पक्राउ परेकाबारे प्रेस नोट जारी गरेर जानकारी दिइने चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए।, आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्न...
एजेन्सी अमेरिकी फास्ट-फुट कम्पनी म्याकडोनाल्ड्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्टिभ इस्टरब्रुक पदबाट वर्खास्त भएका छन्। जुनियर महिला कर्मचारीसँग प्रेम सम्बन्ध राखेको आरोपमा कम्पनीले उनलाई पदमुक्त गरेको हो।, दुवै जनाले सहमतिमै सम्बन्ध जोडिएको बताए पनि सिइओ इस्टरब्रुकले कम्पनीको नैतिक आचरण उल्लंघन गरेकाले उनलाई बर्खा...
सेतोपाटी संवाददाता देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, म्याग्दी: , मालिका गाउँपालिका-७ बिमस्थित सडकमा ग१ ख ४४७६ नम्बरको बस सडकदेखि करिब दुई सय मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।, आइतबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेहरू सोही ठाउँ बस्ने ७० वर...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी १७ औं सत्याग्रह बस्न डडेल्धुरा पुगेका छन्।, आफूले अगाडि सारेका माग पूरा नभएको भन्दै केसी सत्याग्रह बस्न डडेल्धुरा पुगेका हुन्।, ‘डडेल्धुराबाट १७ औं सत्याग्रह सुरू गर्छु, केहीबेरमा पत्रकार सम्मेलन गरी घोषणा गर्दैछु,’ केसीले सेतोपाटीसँग भने।,...
एजेन्सी भारतको राजधानी नयाँ दिल्लीका स्कुले विद्यार्थी छुट्टिमा छन्। यो छुट्टि कुनै चाडपर्व वा उत्सव मनाउन दिइएको होइन, प्रदूषणबाट बच्न हो।, केही दिनयता दिल्लीको आकाश ‘विषालु’ तुँवालोले ढाकेर प्रदूषित भएको छ। स्वास्थ्य जोखिम बढेको भन्दै राज्य सरकारले नै आपतकालीन अवस्था घोषणा गर्दै स्कुल विदा दिने निर्णय गरेको हो। करिब...
सेतोपाटी जिल्लाको शिखर नगरपालिका वडा नं १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गर्ने भएको छ।, सो वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको मङ्गलबारको बैठकले वडाभरिमा मदिरा बिक्री वितरण व्यापक भएको भन्ने गुनासो आएपछि बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो।, वडाभरिमा मद...
सेतोपाटी संवाददाता शिक्षा मन्त्रालयले नवीकरण तथा धरौटी नबुझाइ उच्च शिक्षाका वैदेशिक कार्यक्रम सञ्चालन गरिरहेका कलेजहरूको कार्यक्रम रद्द गर्ने प्रक्रिया थालेको छ। मन्त्रालयले विभिन्न देशका विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका १५ कलेजको कार्यक्रम रद्द गर्न लागेको हो।, यसरी कार्यक्रम रद्दको प्रक्रिया थालिएक...
सेतोपाटी संवाददाता चलचित्र निर्माता गोविन्द शाही पक्राउ परेका छन्।, चलचित्र निर्माण गर्दा एक करोड रुपैयाँ हिनामिना गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेका शाहीलाई बिहीबार महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो।, महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त कालिमाटीले पक्राउ गर्न सहयोग मागेपछि भक...
एजेन्सी बङ्गलादेशमा बुलबुल नाम दिइएको आँधीका कारण आइतबार चारको मृत्यु भएको पुगेको बङ्गलादेशका अधिकारीहरूले बताएका छन्।, करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८:३० बजे पश्चिम बंगालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आँधी आएको थियो। आँधीका कारण करीब तीन लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ।, आँधीबाट पर्नसक...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय बागलुङले भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ।, काठेखोला गाउँपालिका–५ बिहुँबाट प्रहरीले उनीहरुलाई आज पक्राउ गरेको हो।, उनीहरुको साथबाट एकनाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।, पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–५ का तिल...
जुना श्रेष्ठ विमानस्थलमा सामान आएका बाकस कहाँ जालान्? त्यहीँ छेउछाउ थुपारिएका होलान्! पुराना होस् वा नयाँ, फालिएका काठ देख्दा यो चिसोमा बाल्न हुन्छ भन्ने लाग्ला।, नसोच्नुस्, किनकी यही काठबाट फर्निचर बनाउन सकिन्छ। र यी फर्निचरको भरमा एउटा ठूलो रेस्टुरेन्ट नै सजाउन सकिन्छ। , यसैको उदाहरण हो- म्युज रेस्ट्रो बार। , पोखराक...
सेतोपाटी संवाददाता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश २ कमिटीका सदस्य रामबाबु बैठाले प्रहरीमा जागिर लगाइदिन्छु भनेर आफूसँग पाँच लाख ठगी गरेको भन्दै रौतहटका प्रदीप कुमार साह कानुनले प्रहरीमा उजुरी दिएका छन्।, प्रदीपले बैठालाई दिने भन्दै सुनिल चौरासियाको आइएमी बैंकको खाताबाट २०७२ साल माघ १० गते वीरगञ्जबाट काठमाडौं...
सेतोपाटी संवाददाता लागुऔषध नियन्त्रण ब्युरोले दुई किलो २३७ ग्राम कोकिनसहित एक जना ब्राजिलियन नागरिकलाई पक्राउ गरेको छ। , कतार एयरवेजको जहाजबाट काठमाडौं उत्रेका ५८ वर्षीय सर्जिओ ट्रुजलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ। , प्रहरीका अनुसार उनी ब्राजिलको सापउल...
सेतोपाटी संवाददाता दाङ, बारा र महोत्तरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। , दाङ घोराही उपमहानगरपालिका १० अमराईस्थित सडकमा रा २ प ५९९७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सोही उपमहानगरपालिका सौटीकुला बस्ने कमला सुनारको छोरी ६ वर्षीया शान्ता सुनारको राप्ती स्वास...
एजेन्सी दौडिन कुनै उपकरण चाहिँदैन। झन् प्राकृतिक सुन्दरता भएको ठाउँमा दौडिन पाए त सुनमा सुगन्ध।, दौडले शरीर ‘फिट’ राख्न मद्दत गर्छ भन्ने त हामीले बुझेकै छौं। तर दौडिनुको फाइदा यति मात्र होइन। ‘द कन्भरसेसन’ ले निकालेको ‘ब्रिटिस जर्नल अफ स्पोर्ट मेडिसिन’ मा दौडिने मान्छेको आयु नदौडिनेको भन्दा धेरै हुने उल्लेख छ।, उक्त ज...
सेतोपाटी संवाददाता १८ वर्षअघिको हत्याका फरार दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका-३ का ४२ वर्षीय गोम लामा तामाङ र ३७ वर्षीय शुक लामा तामाङ छन्।, कागेश्वरी मनहरा नगरपालिका-६ मूलपानी र गागलफेँदी बस्दै आएका दुवैलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरी जि...
अनुषा अधिकारी भक्तपुर सिद्धपोखरीको पूर्वी ढोकाबाहिर एकतले घर छ। तपाईं सिद्धपोखरीको फन्को लगाएर बाहिर निस्किनुभयो भने उक्त घरको बनावटले पक्कै पनि ध्यान तान्ला।, अगाडिबाट हेर्दा बटुवाको आरामका लागि बनाइएको सफा र चिटिक्क पाटी मात्रै देख्नुहुन्छ। पाटीको पछाडि भागमा घरजस्तो बनाइएको छ। टायलको छानो, वरिपरि रातो तोरणले बेरिएक...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल र आयकर छली प्रकरणमा पाँच वटा फर्म र त्यसका सञ्चालकविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।, ९ करोड ३९ लाख ३३ हजार ११० रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवाना र जनही तीन वर्ष कैद माग गर्दै राजधानीका ती फर्म र सञ्चालकविरूद्ध विभागले बुधबार अदालतमा मुद्...
सबिना श्रेष्ठ र समिक्षा अधिकारी सप्तरीको पुरानो गाउँ हो हनुमाननगर जुन कुनै बेला सदरमुकाम थियो। कोशी नदीले असर नपुर्याउँदो हो त आजसम्म पनि सदरमुकामै हुन्थ्यो।, बर्सेनी बाढी गाउँसम्मै पुगेपछि सदरमुकामसँगै हनुमाननगरले प्रमुख कार्यालय, अस्पताल, मन्दिर–मूर्ति लगायत आफ्ना सबै प्रमुख सम्पत्ति राजविराजलाई सुम्पियो।, एउटा मन्द...
सेतोपाटी इरानको राजधानी तेहरानका विद्यालयहरु बन्द गर्न बुधबार निर्देशन दिइएको छ। , वायु प्रदूषणको अवस्था उच्च भएपछि त्यसले असर पार्ने भएकाले विद्यालयहरु बन्द गर्न निर्देशन दिइएको अधिकारीहरुले जनाएका छन्।, गभर्नर अनौशिराभन मोहसेनी बान्डपीले पूर्वविद्यालय (किन्नर गार्डन), पूर्व प्राथमिक र प्राथमिक विद्यालयहरु बन्द गर्न ...
सेतोपाटी एक सातादेखि घरबाट हराएका चारजना बालकको बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले बुधबार उद्धार गरेको छ।, गत कात्तिक २० गतेदेखि कोहलपुर नगरपालिकाबाट हराएका १२ वर्षीय प्रकाश बिक, ११ वर्षीय दीपक तिरुवा, १३ वर्षीय श्याम बिक र बिक्की विकलाई फेला पारी आजै घरपरिवारलाई बुझाएको कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक...
सेतोपाटी ‘ओरिएन्स ग्लोबल मार्केटिङ प्रालि’ नामक बहुराष्ट्रिय कम्पनीमा आबद्ध रही नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, सो प्रालिमा आबद्ध रही नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने जिल्ला बर्दिया राजापुर नगरपालिका–३ टेडियागाउँ बस्ने २४ विर्षीया सीता थारू र चक्खापुरगाउँ बस्ने ३५ वर्षीय ...
सेतोपाटी सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।, शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।, पराल काट्ने फलामको गरास (धारिलो हतियार) ले हत्या ग...
एजेन्सी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचारका लागि विदेश जान पाकिस्तानी सरकारले बुधबार अनुमति दिने निर्णय गरेको छ।, उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर उहाँलाई उपचारका लागि विदेश जान अनुमति दिने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिएका छन्।, पाकिस्तानको तीन पटक प्रधानमन्त्री भइसक्नु भएका सरिफ भ्रष्ट...
एजेन्सी अमेरिका सान डिएगोस्थित प्याराडाइज हिल्समा एक पुरुषले तीन छोराछोरी र श्रीमतीको गोली हानी हत्या गरेका छन्। पछि उनले आफैंलाई गोली हानेका थिए।, शनिबार बिहान उनले आफ्ना चार बच्चालाई गोली हानेको थिए। गोली लागेका एक बच्चा भने बाँचेका छन्।, शनिबार बिहान पौने ७ बजे ९११ मा फोन आएको थियो फोन कर्ताले केही नबोलेपछि प्रहरी ...
सेतोपाटी संवाददाता हात्तीको आक्रमणबाट शनिबार विहान चितवनमा बाबु छोराको मृत्यु भएको छ।, इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्क विश्वकर्माका अनुसार माडी नगरपालिका वडा नम्बर ९ देउराली ओरालोमा हात्तीले आक्रमण गर्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।, माडी वडा नम्बर १ बरूवाका ६० बर्षिय बाबु बाबुराम पौडेल...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको ३६ लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त कालिमाटीले उक्त रकमसहित आइतबार बिहान भारत बेतिया, जोगपट्टी थानाका ५७ वर्षीय सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो।, काठमाडौं-१४ कुलेश्वरमा डेरा गरी बस्ने उनले भारतीय नोट र हुण्डी कारोबार गर्ने...
सेतोपाटी संवाददाता राजधानीको बसन्तपुरमा शनिबार राति साढे १० बजे मदिरा सेवन गर्दागर्दै विवाद भएपछि एकजनाले साथीको हत्या गरेका छन्।, काठमाडौं-१२ बस्ने ह्युमत टोल बस्ने ४६ वर्षीय मनिषकुमार खड्गीले काठमाडौं-१९ दमाई टोल बस्ने ४५ वर्षीय अरुण चित्रकारलाई छुरा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ड...
सेतोपाटी यहाँका एक सरकारी कार्यालयका प्रमुखलाई जबरजस्ती करणीको आरोप लागेको छ।, स्थानीय एक युवतीले वीरेन्द्रनगरस्थित साल्ट टेड्रिङ कर्पोरेशनका प्रमुख रामबाबु गुप्ताविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार जाहेरी दर्ता लगत्तै कार्यालय प्रमुख गुप्ता फरार ...
सेतोपाटी संवाददाता बैतडीको दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा विरोध गरिरहेका  महिलामाथि डोजर चलाउने ड्राइभरलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।  जिल्ला अदालत बैतडीका न्यायाधीश  ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले आइतबार डोजर ड्राइभर किशोर बोहरालाई थुनामा पठाउन आदेश दिएको हो।, बोहरालाई महिलामाथि डोजर चलाउन उक्साउने डोजर ...
रासस महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ।, लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिको सवारी नदेख्दा दुर्घटना बढेको भन्दै महाशाखाले उक्त अभियान थालेको आइतबार एक सूचना जारी गरी जनाएको छ।, लुक...
सेतोपाटी नेपालको सबैभन्दा होचो स्थान कचनकबल घुम्न आएका पाँच  युक्रेनी नागरिकलाई भारतीय सुरक्षा बल(एसएसबी)ले पक्राउ गरेको छ।, खुला सिमानाको पत्तो नपाएर भारतीय भूभागमा पुगेका उनीहरु बिहारको किसनगञ्ज क्षेत्रबाट पक्राउ परेका हुन्।, झापाको कचनकबल गाउँपालिकामा भारतीय सिमाना नजिक नेपालकै होचो स्थान केचनास्तम्भ छ। शुक्रबार सो...
रासस विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उठेको विवाद छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा गठन भएको समितिमा गृह, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रतिनिध...
दिपकजंग शाही नक्कली प्रहरी बनेर मोटरसाइकल तस्करी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरी जवानको नक्कली परिचयपत्र बनाएर चोरीका मोटरसाइकल तस्कर गर्ने दैलेख स्थित चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रशान्त शाही पक्राउ परेका हुन्।, सुर्खेतबाट मोटरसाइकल चोरी गरी बाहिरी जिल्लामा पुर्‍याउने र बाहिरबाट ल्याएर सुर्खेत...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले काठमाडौं-३१ को देवी इम्पोर्ट एन्ड एक्सपोर्ट र सञ्चालकविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। उक्त कम्पनीका प्रोप्राइटर देवी भगतले कपडा भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमा विभागले शुक्रबार मुद्दा दायर गरेको हो।, विभागका अनुसार एक करोड २६ लाख बिगो ...
सेतोपाटी संवाददाता टुँडिखेललाई अतिक्रमणमुक्त गरेर खुला पार्क बनाउन सञ्चालित ‘मुक्त टुँडिखेल’ अभियानअन्तर्गत शनिबार साहित्यिक जमघट भएको छ।, टुँडिखेलस्थित खरीको बोटमा शनिबार बिहान कविहरूले विभिन्न भाषामा कविता वाचन गरेका थिए।, आयोजकका अनुसार देवी नेपाल, रामप्रसाद ज्ञवाली, प्रभा भट्टराई, श्रवण मुकारूङ, विप्लव प्रतीक, विप...
सेतोपाटी संवाददाता नेसनल मेडिकल कलेज वीरगन्जमा दोस्रो दिन पनि शुक्रबार विद्यार्थीले धर्ना दिएका छन्। बिहीबारदेखि धर्नामा बसेका विद्यार्थीलाई शुक्रबार कलेज प्रशासनले दुर्व्यवहार गरेको छ।, विद्यार्थीका अनुसार शुक्रबार कलेज प्रशासनका व्यक्ति आएर धर्नामा बसेका केही छात्रामाथि दुर्व्यवहार गरेका हुन्। ‘केही मान्छे आएर हप्की...
सेतोपाटी संवाददाता टुँडिखेललाई अतिक्रमणमुक्त गरेर खुला पार्कमा परिणत गर्न सञ्चालित ‘मुक्त टुँडिखेल’ अभियानअन्तर्गत भोलि शनिबार साहित्यिक जमघट हुँदैछ।, टुँडिखेलस्थित खरीको बोटमा बिहान ८ बजेबाट सुरू हुने कार्यक्रममा ३२ जना कविहरूले विभिन्न भाषामा कविता वाचन गर्ने छन्।, आयोजकका अनुसार दुर्गालाल श्रेष्ठ, देवी नेपाल, रामप्...
सेतोपाटी संवाददाता नेसनल मेडिकल कलेज वीरगन्जमा शुक्रबार दोस्रो दिन धर्नामा बसेका विद्यार्थीलाई कलेज प्रशासनले कुटपिट गरेको छ।, विद्यार्थीका अनुसार शुक्रबार कलेज प्रशासनका व्यक्ति आएर धर्नामा बसेका केही छात्रामाथि दुर्व्यवहार गरेका हुन्।, ‘धर्नाका क्रममा कलेज प्रशासनबाट आएका व्यक्तिले आक्रमण गरे,’ एक विद्यार्थीले भने।,...
सेतोपाटी संवाददाता एक लाख ५५ हजार साउदी अरबको रियालसहित एक भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।, काठमाडौंबाट दुबइका लागि प्रस्थान गर्न लागेका भारतीय नागरिक आसफाक मिर्जाको साथबाट १ लाख ५५ हजार रियाल बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ। उनले लगेजमा लुकाएर लैजान लागेका अवस्थामा रियाल बरामद गरिएको प...
सेतोपाटी संवाददाता अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा दस जनाको घटनास्थलमै मृत्यु भएको छ।, सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो।, दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहे...
सेतोपाटी संवाददाता मुक्तिनाथ विकास बैंकबाट समेत चोरहरु’ले १० लाख रुपैयाँ लिएकाे खुलेको छ। गिरोहले मुक्तिनाथ विकास बैंकबाट दस लाख बराबर रकम चेकमार्फत भुक्तानी लगिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, ‘बुधबार साँझसम्ममा मुक्तिनाथ बैंकबाट दस लाख रुपैयाँ चेकमार्फत भुक्तानी लगेको जानकारी आएको छ,’ प्रवक्ता होविन...
सेतोपाटी संवाददाता शिक्षा मन्त्रालयले एमबिबिएस र बिडिएसमा उठाइएको गैरकानुनी शुल्क समायोजन निर्णय गरे पनि त्यसमा विद्यार्थीले सहमति जनाएका छैनन्।, मन्त्रालय र मेडिकल कलेजबीच मंगलबार भएको वार्तामा मेडिकल कलेज सञ्चालक गैरकानुनी शुल्क समायोजन गर्न तयार भएका थिए। तर, दुई पक्षबीच भएको उक्त सहमति अमूर्त भएको भन्दै विद्यार्थी...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका उप–मेयर हरिप्रभा खड्गीले टुँडिखेल अनुगमन गरेकी छन्। बुधबार उनले खुलामञ्च र रानीपोखरी अनुगमन गरेकी हुन्।, ‘मुक्त टुँडिखेल’ अभियानअन्तर्गत सोमबार महानगरपालिका मेयर र उपमेयरलाई तत्काल टुँडिखेल अनुगमन गर्न पत्र दिइएको थियो। त्यसैअनुरुप उनले यी ठाउँका अनुगमन गरिन्।, अनुगमनक्रममा खुल...
सेतोपाटी संवाददाता पूर्वप्रधान्यायाधीश सुशीला कार्कीले सीमा विवादको कुरालाई वेवास्ता गर्ने हो भने थप भूभाग कब्जा हुने खतरा रहेको औंल्याएकी छन्।, बुधबार लिम्पियाधुरासम्म नेपालको सीमा कायम गर्न माग गर्दै सीमा बचाउ अभियानमा सहभागी पूर्वप्रधान्यायाधीश कार्कीसहितका अगुवाहरूले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्राल...
सेतोपाटी संवाददाता अर्घाखाँची जिल्लाको नरपानीमा बुधबार भएको यात्रुवाहक बस दुर्घटनामा परी मृत्यु हुने १९ जना यात्रुको सनाखत भएको छ।, सन्धिखर्कबाट बुधबार दिउँसो साढे १ बजे बुटवलका लागि छुटेको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क ६ नरपानीस्थित रातामाटाको भिरबाट दिउँसो ४ बजे दुर्घटनामा परेको ...
सेतोपाटी संवाददाता पाल्पा, उदयपुर, चितवन र रामेछापका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।, पाल्पा, रैनादेवी छहरा गाउँपालिका-२ अधेरी गैरामा लु२८प ३५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक अर्घाखाँची पाणेनी गाउँपालिका साधनबुटाका ४० वर्षीय ...
समिक्षा अधिकारी ओहो, काठको डुंगा। कस्तो कलात्मक! कस्तो बान्की परेको!, कोसीमा नौका सयर गर्न पाउने भएपछि मन दंग पर्ने भइहाल्यो। किनारको सानो कटेरोमा दुईजना मान्छे पर्खिबसेका थिए। सायद माझी हुन्। हामी नजिक पुगेपछि उनीहरू पनि आए।, डुंगामाथि बहना होइन, बाँस रहेछ। सात मिटरजति लामो।, 'किन यति लामो बाँस लिनु भएको?', प्रश्न सु...
विनोद सापकोटा लागुऔषध ओसारपसार र सेवनविरुद्ध आक्रामक कारबाही थालेको झापा प्रहरीले एक भारतीयसहित तीन जना युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक र गौरादहबाट ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित ती युवकलाई पक्राउ गरिएको हो।, इलाका प्रहरी कार्यालय दमकमा बिहीबार जिल्ला प्रहरी कार्यालय झापाले पत्र...
विनोद सापकोटा झापाको कचनकवलमा जंगली हात्तीको आक्रमणबाट एक जना वन हेरालुको ज्यान गएको छ। स्थानीय वडा नम्बर ७ बालुवाडीस्थित पाथिभरा सामुदायिक वनका हेरालु ५५ वर्षीय काया राया क्षेत्रीको मृत्यु भएको सो क्षेत्रका संघीय सांसद राजेन्द्र लिङ्गदेनले बताए। , यो घटनाको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली...
सेतोपाटी शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका इन्जिनियर त्रिलोक जोशीलाई आज घुस रकमसहित पक्राउ गरिएको छ।, ठेक्काको काममा कमिशन मागेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले इन्जिनीयर जोशीलाई दुई लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको सो का...
सेतोपाटी संवाददाता एक किलो चरेससहित सुर्खेतबाट तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले शुक्रबार बिहान उनीहरूलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।, वीरेन्द्रनगर–१० मा रहेको दीपचन्द्र होटलको तेस्रो तलामा रहेको १०६ नम्बर कोठाबाट एक किलो ९३० ग्राम चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।, पक्राउ पर्नेमा...
सेतोपाटी संवाददाता सिद्धबाबा भनिने कृष्णदास गिरी पक्राउ नपरेको सुनसरी प्रहरीले प्रष्टीकरण दिएको छ। प्रहरीका अनुसार उनीमाथि जिल्ला अदालतमा मुद्दा दायर भइसकेको हो।, अदालतले पक्राउ पूर्जी जारी गरिसकेको छ। तर, उनीविरूद्ध परेको जाहेरी अनुसन्धानको क्रममा रहेको प्रहरीले जनायो। ‘उहाँविरूद्ध पक्राउ पूर्जी जारी भइसकेको छ, तर पक...
सेतोपाटी संवाददाता गैरकानुनी रूपमा हुण्डीको कारोबारमा संलग्न दुई जनालाई प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ३८ लाख रुपैयाँ तथा चेकसहित दुई जनालाई न्युरोडबाट बिहीबार पक्राउ गरेको हो।, पक्राउ पर्नेमा अञ्जनी ओभरसिजका सञ्चालक काठमाडौं-१८ का गोबर्धनप्रसाद सरावगी र अर्घाखाँची शितगंगा ...
सेतोपाटी संवाददाता नागढुंगा चेक प्वाइन्टबाट १६ किलो लागुऔषध चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान १ बजे र १० बजे चन्द्रागिरी नगरपालिका-२ को चेक प्वाइन्टमा धादिङबाट आउँदै गरेका दुई अलग बसबाट दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका-...
सेतोपाटी संवाददाता कीर्तिपुर नगरपालिकाका सिभिल इन्जिनियर उपेन्द्र बहादुर साउदले प्रहरीलाई घुस दिन खोजेपछि पक्राउ परेका छन्।, बिहीबार राति कलंकी खसीबजारमा मादक पदार्थ सेवन(मापसे) चेकजाँचका क्रममा बा ८८ प ७५८५ नम्बरको मोटरसाइकलमा सवार कलंकी बस्ने कीर्तिपुर नगरपालिकाका इन्जिनियर साउदलाई प्रहरीले पक्राउ गरेको हो।, मापसे ग...
एजेन्सी भारतमा एक बाघ पाँच महिनामा १३ सय किलोमिटर  हिँडेको छ। पश्चिमी राज्य महाराष्ट्रमा रहेको साढे २ वर्षको उक्त बाघ गत जुनदेखि पार्टनर, आहार र बासस्थान खोज्दै हिँडेको थियो।, अनुसन्धानकर्ताले बाघको हिँडडुल ट्रयाक गर्न रेडियो कलर जडान गरेका थिए।  बाघ खेत, नदी र राजमार्ग हुँदै छिमेकी राज्यहरू पुगेको र फर्केको देखिएको छ...
सेतोपाटी सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् ।, पक्राउ पर्नेमा  तनहुँ, म्याग्दे गाउँपालिका–३ बस्ने ३४ वर्षीय थमन भुजेल  छन् ।, विसं २०७३ कात्तिक १७ गते पृथ्वीराजमार्गस्थित म्याग्दे–३ मा भएको सवारी दुर्घटनाको घटनामा तनहुँ जिल्ला अदालतबाट विसं २०७४ मङ्सिर १२ गतेको फैसलाबाट दोषी ठहर भएका भ...
सेतोपाटी संवाददाता नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटस्थित काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्बरको बस र ना ५ ख ९१९७ नम्बरको ट्रक ठोक्किँदा १३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, बिग्रिएर रोकिराखेको बसलाई ट्रकलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका र उनीहर...
सेतोपाटी संवाददाता दोलखाको चरिकोटका स्थानीय बासिन्दाले समयमै सडक कालोपत्रे नगर्ने ठेकेदारविरूद्ध शंख फुकेर विरोध गरेका छन्।, गत असारमै कालोपत्रे गरिसक्नुपर्ने सिन्धुपाल्चोक खाडीचौर-मुडे २५ किमी र मुडे-चरिकोट ३० किमी सडक अहिलेसम्म पनि निर्माण नभएपछि ठेकेदारविरूद्ध स्थानीयले शनिबार शंख फुकेर ध्यानाकर्षण गराएका हुन्।, य...
युवराज श्रेष्ठ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको उद्घाटनका अवसरमा पोखराको रंगशालामा सोमबार साँझ तामझाम देखिन्थ्यो।, उद्घाटनमा सांगीतिक प्रस्तुतीदेखि ब्याण्डबाजा र मन्तव्य काकार्यक्रम राखिएका थिए। मन्तव्य काकार्यक्रम चल्दाचल्दै साँझ ५ बजेतिर आतिसबाजी भयो। फुटबल मैदानको दक्षिणतर्फ माइक राखिएको थियो भने सोहीतर्फको प्या...
सेतोपाटी संवाददाता कास्की क्षेत्र नं-२ मा जारी उपनिर्वाचनको क्रममा जिल्ला प्रशासनबाट अनुमति नलिइ चलाइएका एक सय पचासभन्दा बढी सवारी साधनलाई आज जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएको छ।, अनुमति नलिएका गाडी समातिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।, नियन्त्रणमा लिएका गाडीमध्ये अधिकांश मोटरसा...
सेतोपाटी संवाददाता रामजानकी विवाह महोत्सवको अन्तिम दिन रामकलेवा मनाइएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई जानकी मन्दिर परिसरमा विभिन्न पकवान खुवाएर रामकलेवा मनाइएको छ।, महोत्सवको अन्तिम दिन रामकलेवामा जानकी मन्दिरमा साधुसन्तलाई विशेष भोजन गराउने परम्परा छ। रामकलेवामा विवाहमा जन्तीका रुपमा आएका पाहुनाहरुलाई मिष्ठान्न...
भगवती पाण्डे शुक्रबार बिहान १० बजे। रातो पछ्यौरीले टाउको बेरेकी पूजा थापा डेढ वर्षको नानी काखमा लिएर नि:शब्द थिइन्। , उनी शोकको पीडामा थिइन्। केहीबेर बस पल्टिएको भीर हेरिन्। भीरले उनको जीवनसाथी हरेको थियो। नानीसँग भीर हेर्दै उनी एकोहोरो थिइन्।, बसका चालक ओमबहादुर थापामगर उनका श्रीमान् थिए। रुपन्देहीको गैंडाहवा-७ का ३२...
सेतोपाटी संवाददाता तरबार, छुरा तथा चक्कु बोकेर स्थानीयलाई आतंकित पारेको अभियोगमा धरान प्रहरीले पाँच जना युवालाई पक्राउ गरेको छ।, धरान-५ देउरालीस्थित सार्वजनिक सडकबाट बुधबार साँझ पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।, इलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा धरान-१५ का गोपाल तामाङ, दिपेश राई, वेन राई, धरान-४ ...
सेतोपाटी संवाददाता भोजपुरको अरुण गाउँपालिका-६ धाउखानीका १८ वर्षीय डिकबहादुर राईलाई आफ्नै दाजुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।, मंसिर १६ गते मादक पदार्थ सेवन गरी दाजुभाइबीच सामान्य विवाद हुँदा उनले दाजुलाई चिर्पटले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ।, ४० वर्षीय दाजु सुवास राईको घरमै उपचारको क्रममा  बु...
सेतोपाटी प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले सोमबार साँझ जाँच गर्ने क्रममा पाँच केजी गाँजासहित भारतको दरभङ्गा जिल्ला शिवराम थाना–२ निवासी ३८ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो।, यस्तै अभद्र व्य...
नारायण खड्का तत्कालीन वेष्टर्न डेभलमेन्ट बैँक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दाका अभियुक्तमध्ये दुई जना जनही १२ लाख धरौटीमा छुटेका छन्।, उच्च अदालत तुलसीपुर दाङले बैंक सञ्चालक समिति अध्यक्ष अध्यक्ष ओमभक्त बुढाथोकी र सञ्चालक समिति सदस्य अर्जुन बुढाथोकीलाई बुधबार धरौटीमा छोड्न आदेश दिएको अदालतका शाख...
सेतोपाटी संवाददाता पाँच मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन्।, युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, जानकी मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका हुन्।, चितवन, युनिभर्सल, जानकी र नेसनल मेडिकल कलेजका विद्...
रासस जिल्ला प्रहरी कार्यालय सुनसरीले सिद्धबाबा भनिने कृष्ण गिरीलाई आज दोस्रो पटक म्याद थप गरेको छ।, आफ्नै अनुयायीलाई बलात्कार गरेको अरोपमा मङ्सिर ११ गते पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीमा दोस्रो पटक म्याद थप गरेर सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए। पहिलो पटकमा गिरीलाई चार दिनको म्याद थप गरेको थिय...
सेतोपाटी संवाददाता उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेटेका छन्।, ९ दिनको अस्पताल बसाईपछि बिहिबार बालुवाटार फर्किएका प्रधानमन्त्री ओलीलाई भेट्न उपराष्ट्रपति पुन बालुवाटार गएका हुन्। उपराष्ट्रपति पुनले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेर फर्किएका थिए।, मनमोहन कार्डियोथोरासिक भास्कु...
सेतोपाटी संवाददाता प्रहरीले हुण्डीको रकमसहित दुई जनालाई सिरहाबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो सिरहा कर्जन्ना नगरपालिका-९ का उमेश मगर र लहान नगरपालिका-१९ का जीवकुमार साहलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको हो। , जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मगरकव साथबाट चार लाख रुपैयाँ भारतीय रुपैयाँ बराम...
सेतोपाटी संवाददाता बूढीगण्डकी जलविद्युत आयोजनाका प्रभावित क्षेत्र गोरखातर्फ आरूघाट र धादिङतर्फ खहरेको मुआब्जा पुनरावलोकन गर्न समिति बनाइएको छ।, गोरखा र धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, पूर्वसांसद, पूर्वमन्त्री, जनप्रतिनिधिहरू र सरोकारवाला समितिका प्रतिनिधि सम्मिलित वार्ता टोली बनाइएको हो।, मंसिर १६ गते जिल्ला...