content
stringlengths
20
64.1k
समिक्षा अधिकारी र जुना श्रेष्ठ ललितपुरको एक प्राथमिक स्कुलमा पढ्ने बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक नन्दप्रसाद निरौला बिहीबार पक्राउ परेका छन्।, स्कुलका १९ जना बालिकाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै लेखेको निवेदन र त्यसैका आधारमा प्रधानाध्यापक सविता सिलवालले दिएको उजुरीका आधारमा प्रहरीले निरौलालाई...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।, बुधबार अख्तियारले प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलविरूद्ध बिगो रकम एक लाख कायम गरी अदालतमा आरोप-पत्र दायर गरेको हो।, पौडेलले नगरपालिकाको सूचना, सञ्चार तथा प्रसार...
एजेन्सी अष्ट्रेलियाका रग्वी खेलका एक पूर्व खेलाडीले आफ्नी श्रीमती र तीन छोराछोरीको जलाएर हत्या गरेका छन्।, बिबिसीमा प्रकासित समाचारका अनुसार ४२ वर्षिय रोवन बक्स्टर उनीहरू चढेको गाडीमा पेट्रोल छर्केर आगो लगाइ  हत्या गरेका हुन्। आगो लगाएपछि बक्स्टरले स्वयंलाई छुरा प्रहार गरेका थिए।  छुरा प्रहारबाट उनको समेत मृत्यु भएको ...
एजेन्सी कोरोनाभाइरसबाट जुधिरहेको चीनबाट फिर्ता ल्याइएका युक्रेनी नागरिक सवार बसमा दर्जनौं प्रदर्शनकारीले आक्रमण गरेका छन्।, ती युक्रेनी नागरिकहरूलाई १४ दिनको क्वारेन्टाइनका लागि नोबी सान्जारीस्थित अस्पताल लगिदैं गर्दा स्थानिय प्रदर्शनकारीहरूले भाइरस आफ्नो क्षेत्रमा फैलन सक्ने भन्दै आक्रमण गरेका हुन्।, आक्रमण भएपछि युक...
सेतोपाटी संवाददाता एक बालकलाई भारतमा लगेर विक्री गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।, तुलसीपुरको तल्लो हलवार निवासी ३६ वर्षीय काजु चौधरी पक्राउ परेका छन्।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा निरीक्षक चक्र डम्बरपालले चौधरीमाथि तुसलीपुरको बिजौरी निवासी १४ वर्षीय विशाल चौधरीलाई भारतको सि...
सेतोपाटी संवाददाता महाशिवरात्रि पर्वको अवसरमा पाल्पाको धार्मिक एवं पर्यटकीयस्थल सिद्धबाबा मन्दिरमा भक्तजनहरूको बिहानैदेखि भीड लागेको छ।, पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ३ स्थित सिद्धबाबा मन्दिर पाल्पा र रुपन्देहीको बुटवलको सीमा क्षेत्रमा पर्ने भएकोले रुपन्देहीका दर्शनार्थीहरूको बढी भीड लाग्ने गर्छ।, दुइटा जिल्लाको स...
सेतोपाटी संवाददाता भारतको अहमदावादस्थित विश्वकै ठूलो मोटेरा स्टेडियममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्कासँग केहीबेर फोटो खिच्नेको भीड लाग्यो।, सोमबार दुई दिने भ्रमणका लागि भारत आएका राष्ट्रपति ट्रम्पले अहमदावादस्थित विश्वकै ठूलो मोटेरा स्टेडियमको उद्घाटन गरेका थिए। उक्त उद्घाटन कार्यक्रममा उनकी छोरी इभा...
दिपकजंग शाही लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि काम गरिरहेकी सिम्रन सेरचन पोखरामा जन्मिएकी हुन्। उनी जन्मिँदा छोराको पहिचान थियो, तर पछि भने शारिरीक र मानसिक विकास छोरीको भयो।, छोराको पहिचानसहित जन्मिएकी सिम्रनको जब शारीरिक र मानसिक रुपमा पहिचान बदलिँदै गयो समाजबाट तिरस्कार हुनुप¥यो। सिम्रनले घर समाज छोडेर अन्यत...
सेतोपाटी संवाददाता टर्की र ग्रीस पठाउने भन्दै ३९ लाख ५६ हजार ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। , महानगरीय अपराध महाशाखाको टोलीले मोरङ रतुवामाई नगरपालिका ६ बुधबारे स्थायी घर भएका चुच्चेपाटी बस्दै आएका ५२ वर्षीय कमल प्रसाद पोखरेललाई गत बिहीबार पक्राउ गरेको हो। , पोखरेलले वैदेशिक रोजगारका लागि टर्की र ग्रीस आकर्षक र...
रासस उडिरहेको हेलिकोप्टरले जस्तापातासहितको सामग्री खसालेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ।, पाइलट गुञ्जमान लामाको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले आइतबार हेलिकोप्टरमार्फत् टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए।, छानबिन समितिक...
रासस नेपाल प्रहरीले सरकारी कागजात कीर्ते गर्ने चार जनालाई पक्राउ गरेको छ।, प्रहरीले विभिन्न सरकारी कार्यालयका कागजात कीर्ते गर्ने बाजुराका २८ वर्षीय रमेशबहादुर कटुवाल, २६ वर्षीय जनक कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल र ललितपुरका ४० वर्षीय शिरबाबु महर्जनलाई आइतबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।, पक्राउ परेका ...
नारायण खड्का रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. २ रालावाङ (राङ्सी)मा दुरुस्तै मादल जस्तै बज्ने प्राकृतिक ढुंगा फेला परेको छ। विकट स्थानमा रहेको त्यो ठाउँसम्म पुग्न राङ्सीबाट झन्डै २ घन्टाजति पैदल हिँड्नु पर्छ। माडीचौरबट जंकोट हुँदै भावाङपछि बल्ल राङ्सी पुगिन्छ।, घना जंगलका बीचमा पहरा (भिर)मा रहेका केही ढुंगा मादल, त...
सेतोपाटी संवाददाता फेवातालमा डुङ्गा पल्टिँदा काठमाडौं महानगर १० कपनका २७ वर्षीय सुमित भन्ने रामशरण लुइटेल बेपत्ता भएका छन्। उनको खोजी भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराका राजेन्द्रबाबु रेग्मीले बताए।, ,उनीसँगै डुङ्गामा सवार सुविन चालिसे र रुपेश अधिकारीको भने प्रहरीले सकुसल उद्धार गरेको छ। उनीह! पनि काठमाडौं १० कपन न...
सेतोपाटी संवाददाता कलंकीमा सोमबार साँझ मालवाहक ट्रकले ९ वटा सवारीसाधनलाई ठक्कर दिएको छ।, थानकोटबाट कलंकी आइरहेको मालवाहक ट्रकको ब्रेक फेल हुँदा कलंकी नजिक ढुंगाअड्डाको ओरालोमा ३ मोटरसाइकल, १ स्कुटर, २ मिनीट्रक, १ स्कोर्पियो, १ ट्याक्सी, १ हात्तीगाडी र १ सरकारी गाडीलाई ठक्कर दिएको हो।, उक्त दुर्घटनामा एक जनाले ज्यान गु...
दिपकजंग शाही दैलेखका एकजना प्रधानाध्यापकलाई घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ।, जिल्लाको नौमुले गाउँपालिका–१ मा रहेको भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंहलाई बिहीबार ३० हजार रुपैयाँ घुस रकमसहित रंगेहात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मे...
सेतोपाटी संवाददाता कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीलाई उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल लगिएको छ।, नेपाली सेनाको हेलिकप्टरबाट बिहीबार अपरान्ह काठमाडौं ल्याइएका मैनालीलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिएको हो।, महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ कालापानीमा कार दुर्घटना हु...
सेतोपाटी संवाददाता कास्कीका अर्जुन श्रेष्ठ दक्षिण कोरियाको थेगुमा रेस्टुरेन्ट चलाउँछन्। रेस्टुरेन्टमा दिनभर खटिँदा उनले दुइटा मास्क प्रयोग गर्छन्।, एउटा मास्कको २ सय ९० रुपैयाँ पर्छ। उनले यसरी मास्कको प्रयोग गर्न थालेको धेरै भएको छैन।, पछिल्लो समय थेगुमा कोरोना-१९ को संक्रमण बढेपछि श्रेष्ठको मुखमा मास्क छुट्दैन।, उनको...
जुना श्रेष्ठ काव्य बराल दस वर्ष मात्र भए, उनको ख्याति रंगमञ्च दुनियाँमा ठूलै छ।, उनको पछिल्लो नाटक 'झिम्के मामा' हो। काठमाडौंका मण्डला र शिल्पी थिएटरदेखि गोरखामा सडक नाटक गर्न भ्याइसकेका छन्। खेल्ने-कुद्ने उमेरलाई रगंमञ्च संसारमा घोलेर रमाएका काव्य भन्छन्, 'मलाई नाटक गर्न मन लाग्छ। नाटक गर्दा फ्रेस हुन्छु।', निर्देशक ...
रासस पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई-तीनसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए।, ‘अहिलेको प्रकृति हेर्दा अझै दुई-तीन दिन मौसम सुधार ...
सेतोपाटी संवाददाता कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा श्रीमान–श्रीमतीको ‘रहस्यमय’ हत्या भएको छ।, बिहीबार दिउँसो ५० वर्षीय श्रीमान जयलाल भण्डारी र २० वर्षीया धना भण्डारीको आफ्नै घरमा हत्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर सुरज कार्कीले सेतोपाटीलाई जानकारी दिए।, ‘श्रीमान श्रीमतीको हत्या भएको ...
सेतोपाटी संवाददाता पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहा कर्जन्हा नगरपालिका-४ मा रोकिरहेको ट्रकमा ठोक्कर दिँदा मोटरसाइकलमा सवार यात्रुको मृत्यु भएको छ।, बिहीबार पौने २ बजे बस्तीपुर पेट्रोल पम्प नजिक पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.३ ख. ९०२४ नम्बरको ट्रक बिग्रिएपछि रोकिरहेको थियो।, सोही दिशातर्फ आउँदै गरेको स.८ प.७७१२...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका तीन डिआइजीलाई एआइजीमा सिफारिस गरिएको छ।, आज बसेको बढुवा सिफारिस समितिले सो निर्णय गरेको स्रोतले बतायो।, एआइजीमा सिफारिस हुनेमा डिआइजी तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पाल रहेका छन्। , लम्साल आइजिपी ठाकुर ज्ञवालीका ब्याचका हुन् भने क्षेत्री र पाल त्यस पछिका ब्याचका हुन्। , आइजिप...
एजेन्सी पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस ठोक्किएर दुर्घटना हुँदा मृत्यु हुने सङ्ख्या ३० पुगेको छ।, घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताए।, उक्त दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूमा महिला, बालबालिकाको सङ...
एजेन्सी अमेरिकाले कोरोनाभाइरसका कारण आफ्नो मुलुकमा एक व्यक्तिको निधन भएको पुष्टि गरेको छ।, अमेरिकी अधिकारीहरूले कोरोनाभाइरसका कारण विविध किसिमको स्वास्थ्य समस्या रहेका एक ५० वर्षिय पुरुषको वासिङ्टनस्थित उत्तर-पश्चिम राज्यमा उपचारका क्रममा मृत्यु भएको बताएका छन्।, चीनको हुबेई प्रान्तको वुहानबाट महामारी सुरू भएयता अमेरि...
सेतोपाटी संवाददाता बुधबार बिहान पूर्वडिआइजी रमेश खरेलले पत्रकारहरूलाई सन्देश पठाए- क्रिष्टल पार्टी प्यालेसमा बिहीबार दिउँसो तीनदेखि पाँच बजेसम्म हाम्रो नेपाल हामी नेपाली अभियानको उदघाटन छ। तपाईंको उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।, हाम्रो नेपाल र हामी नेपाली अभियानको संयोजकको हैसियतमा खरेलले उक्त निम्तो पठाए...
शेरधन राई दोलखाकी बालिका खड्काले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दर्ता गरेकी छन्।, ‘नाता कायम गरी अंश दिलाइ पाऊँ’ भन्दै उनले शुक्रबार मुद्दा दिएकी हुन्। खड्काले दिएको मुद्दामा मुख्यमन्त्री राईले शारीरिक यातना दिएको र यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको...
सेतोपाटी संवाददाता ललितपुरको हात्तीवनस्थित सेतीपाखामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्।, बिहीबार सेतीपाखामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ।, घाइते तिर कुमारी सुनारलाई उपचारका लागि ललितपुरस्थित पाटन अस्पतालमा लगिएको परिसरका एसएसपी टेक प्रसाद राईले बताए।,...
सेतोपाटी कोशी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीको आक्रमणबाट शनिबार सप्तरीमा एक महिलाको मृत्यु भएको छ।, घाँस काट्न आरक्षमा गएकी सप्तरीको कञ्चनरुप नगरपालिका–५ की ४१ वर्षीया चन्द्रिकादेवी मुखियाको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।, जङ्गली हात्तीको आक्रमणमा परी मुखियाको घटनास्थलमै मृत्यु...
सेतोपाटी संवाददाता घोराही उपमहानगरपालिकाले आफ्नै नगर प्रहरीमार्फत् बजार व्यवस्थापनको काम गर्दै आएको छ।, एक प्रहरी सहायक निरीक्षक,दुई  हवल्दार र चार जवान गरी कूल सात जना नगर प्रहरीले घोराहीको नगर व्यवस्थापन गर्दै आएका हुन्।, कमाण्डर हुन् रुद्रप्रशाद पन्थी।, कार्यविधि बनाएर २०७६ साल भदौ १६ गते खुला प्रतिस्पर्धामार्फत् न...
सेतोपाटी संवाददाता सरकारले कोरोनाभाइरसको संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने भएको छ।, शनिबार बालुवाटारस्थित प्रधानमन्त्रीले बोलाएको छलफलमा कोरोना रोकथामको पूर्वतयारीको लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन भएको छ।, गृह, पर्यटन, स्वास्थ्य, अर्थ र शिक्षा मन्त्री समेत...
सेतोपाटी संवाददाता थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दका कारण दाङसहित आसपासका जिल्लाहरूको जनजीवन बिहानैदेखि प्रभावित भएको छ।, मोर्चाले कैलाली घटनामा मुख्य योजनाकार मानिएका सांसद रेशम चौधरीलगायत ११ जनाको बिनासर्त रिहाइको माग गर्दै मंगलबार र बुधबार बन्दको आह्वान गरेको छ।, थरुहटको आमहड्तालका कारण ...
सेतोपाटी संवाददाता गोरखाबाट नियन्त्रणमा लिइएका आठ जना चिनियाँ कामदारलाई काठमाडौं ल्याइएको छ।, माथिल्लो बूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिकको साथमा आवश्यक कागज पत्र नभेटिएपछि नियन्त्रणमा लिइएको थियो।, नौलो नेपाल हाइड्रोपावर कम्पनीले काम गर्न उनीहरूलाई नेपाल ल्याएको थियो।, आरूघाट गाउँपालिका वडा नम्...
नारायण महर्जन काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ। मंगलबार बिहान रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो।, चीर ठड्याएसँगै मंगलबारदेखि राजधानी लगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ।,हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ११ ब...
सेतोपाटी संवाददाता उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेटेका छन्।, प्रधामन्त्री निवास बालुवाटार गएर उपराष्ट्रपति पुनले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्।, मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओलीलाई शुभकामना दिन पुन बालुवाटार गएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले सेतोपाट...
सेतोपाटी संवाददाता नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गरी जुत्ता प्रहार गर्नेमाथि अनुसन्धान गर्न तीन सदस्यीय छानबिन समिति गठन भएको छ।, जुम्लाका रतन तिरुवामाथि अनुसन्धान गर्न महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको हो।, यस समितिमा ...
रासस भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहुँदा काठमाडौँ महानगरपालिका (कामपा)लाई ब्रुमर सञ्चालन गर्न समस्या परेको छ।, आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक विभाग मातहतमा पर्दछ। विगत एक वर्षदेखि कामपाले सडक सफा बनाउन नियमितरूपमा सात ब्रुमर सञ्चालन गर्दै आएको छ। त्यसको प्रभाव ठूला सडकमा मात्रै देख्न पाइन्छ।, ...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न सोमबार अस्पताल भर्ना हुँदैछन्। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार ओलीको मिर्गौला प्रत्यारोपणको गर्ने तयारी छ।, १३ वर्षअघि ओलीले भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए।, त्यतिबेला उनको शल्यक्रिया गर...
सेतोपाटी संवाददाता जबरजस्ती करणी मुद्दा लागेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरी जिल्ला अदातल सुनसरीमा उपस्थित भएका छन्। मंगलबार बिहान १२ बजेतिर उनी जिल्ला अदालत सुनसरी पुगेका थिए।, ‘अदालत आउनासाथ हामीले उहाँलाई थुनुवा पूर्जी दिएर झुम्का जेल पठाएका छौं’,जिल्ला अदालत सुनसरीका निमित्त स्रेस्तेदार निधिराम दाहालले ...
सविता बुढा बैतडी र दार्चुलाको सीमानामा बग्ने चौलानी नदी किनारस्थित गोकुलेश्वर बजारको छेउमा ३५ घरपरिवार वादी समुदाय बसोबास गर्दै आएका छन्।, उनीहरू जीवन धान्न गिट्टी कुट्ने र भारी बोक्ने गर्छन्। बस्तीका अधिकांश महिला बिहानैदेखि गिट्टी कुट्ने काम गर्छन् भने पुरुष बजारमा आएका मालवाहक गाडी लोड-अनलोड गर्छन् अनि भारी बोक्छन्...
सेतोपाटी संवाददाता गोरखामा निर्माणाधीन पुल ढल्दा तीन जना कामदार घाइते भएका छन्।, मध्यपहाडी राजमार्ग अन्तर्गत गोरखाको पालुङटार र तनहुँ तुरतुरे जोड्ने मर्स्याङ्दी नदीमाथि निर्माण भइरहेको पुल मंगलबार राति ढलेको हो।, पुलको ढलान गर्न छड कसिरहेका तीन जना कामदार घाइते छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अध...
प्रशन्न पोखरेल सरकारले कक्षा १ देखि ८ सम्मका किताब रंगीन छाप्न सुरू गरेको छ।, कक्षा १ देखि ५ सम्मका सबै किताब रंगीन छापिएको छ भने कक्षा ६, ७ र ८ मा सात वटा विषयका किताब रंगीन बनाइएको छ।, 'कक्षा पाँचसम्म यसअघि नै रंगीन किताब थिए। कक्षा ६ र ७ मा पनि नयाँ शैक्षिक सत्रदेखि विद्यार्थीले रंगीन किताब पढ्न पाउँछन्,' केन्द्रका...
सेतोपाटी संवाददाता स्थानीय वायुको प्रभावले आज देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, ‘प्रि–मनसुन’ सुरू भएकाले स्थानीय वायुको प्रभाव परेको मौसमविद् गङ्गा नगरकोटीले बताइन्।, ‘अंग्रेजी...
रासस सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन्।, सशस्त्र प्रहरी बल नम्बर १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैँले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए।, सर्लाही बलरा नगरपालिका निवासी घाइते...
सेतोपाटी संवाददाता नक्कली शैक्षिक प्रमाण देखाई सेवा लिने प्रहरी नायब निरीक्षक (सई) विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। , बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सई उत्तम कार्कीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप–पत्र दायर गरेको हो।, अख्तियारले नक्कली प्रमाणपत्र पेश गरी लामो समयदे...
सेतोपाटी संवाददाता संसारभर कोभिड-१९ को त्रास छ। डिसेम्बरदेखि चीनको वुहानबाट सुरू भएको उक्त रोग अहिले संसारका ८० देशमा पुगिसकेको छ।  ९२ हजार ८ सय १४ जना बिरामी परेका छन् भने ३ हजार २ सय १ जनाले ज्यान गुमाएका छन्।, चीनबाहिर इरान र दक्षिण कोरियामा कोभिड-१९ धेरै फैलिएको छ भने संयुक्त राज्य अमेरिकामा पनि ९ जनाको मृत्यु भइस...
एजेन्सी कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि साउदी अरबले कडा कदमहरू चालेको छ। साउदी अरबमा सोमबारसम्म १५ जनालाई कोरोना भाइरस देखिएको छ। भाइरस फैलिन नदिन साउदीले विद्यालय र विश्व विद्यालय बन्द गरेको छ भने पाँच लाख जनसंख्या भएको कतिफ सहरका मानिसको आवातजावात रोकेको छ।, कोरोनाबाट धेरै प्रभावित ९ मुलुकका नागरिक र त्यहाँ ट्रा...
सेतोपाटी संवाददाता होलीका दिन काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ।, ट्राफिक नियम उल्लंघन गर्ने ७ सय भन्दा बढी चालकलाई कारबाही गरिए पनि अन्य कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार ७६ मोटरसाइकल र ७ सय ११ जना सवारी चालकलाई कारबाही गरिएको छ। मापसे गर्ने, तीन जना सवार भएक...
सेतोपाटी पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको महुली खण्डमा  मोटरसाइकल र भ्यान ठोक्किँदा सोमबार दुई युवकको मृत्यु भएको छ।, दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिका ५ बस्ने २६ वर्षीय प्रकाश चौधरी र सोही मोटरसाइकलमा पछाडी सवार सोही गाउँपालिका–६ बस्ने २३ वर्षीय अनिल चौधरीको उपचारका क्रममा वि...
एजेन्सी युएईमा रहेका दुई नेपाली सहित १४ जनामा कोरोनाभाइरस संक्रमण रहेको पुष्टि भएको छ।, सोमबार युएईको स्वास्थ्य मन्त्रालयले थप १४ नयाँ कोरोना संक्रमित बिरामीहरुमध्ये दुई जना नेपाली पनि रहेको बताएको हो।, खलिज टाईम्सका अनुसार कोरोनाका बिरामीहरु चार इमिरेटिस, तीन इटालियन, दुई बंगलादेशी, दुई नेपाली, एक रुसी, एक भारतीय र अ...
नेहा झा जनकपुरधाममा होली पर्वको पूर्व सन्ध्यामा आयोजित महामुर्ख सम्मेलनमा आफूलाई महामुर्खको उपाधि दिइयोस् भन्ने इच्छाका साथ दर्जनौँ विशिष्ट व्यक्तिहरु जनकपुरधामको जानकी मन्दिरमा प्रतिक्षा गरेको देखिन्थे।, जसमा मुख्यमन्त्री लालबाबु राउतदेखि प्रदेश सभासदस्य, गाउँपालिकाका अध्यक्षसम्म सामेल थिए।, ती विशिष्ट व्यक्तिहरुकाबी...
नारायण खड्का घोराही उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष भीमबहादुर सार्की र कार्यालय सहयोगी पतिराम चौधरीबीचको विवाद टुंगिएको छ।, सोमबार प्रहरी प्रशासन समक्ष वडा अध्यक्ष सार्कीले आफ्नो गल्ति स्वीकार गर्दै आइन्दा त्यस्तो गल्ति नदोहरीने प्रतिवद्धता जाहेर गरेपछि कार्यालय सहयोगी चौधरी मेलमिलाप गर्न राजि भएको दाङका प्रमुख...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरीमा संलग्न अभियागमा एक बालकलाई नगदसहित पक्राउ गरेको छ।, आइतबार वीरेन्द्रनगरबाट १ लाख २० हजार रुपैयाँ नगदसहित ती बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, वीरेन्द्रनगर–६ खोर्केलाईन स्थित बार एसोसियसनका अध्यक्ष नन्दराम भण्डारीको घरमा कोही नभए...
एजेन्सी इरानमा नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विगत २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ।, इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो संख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको इरानी अधिकारीहरुले बताएका छन्।, पछिल्लो मृत्युसँगै इरानमा कोरोना सङ्क्रमित भई मर्नेहरूको संख्या २९१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्र...
सेतोपाटी प्रहरीको टोलीले मंगलबार साँझ सिरहा नगरपालिका–२१ लकडिगोठबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ।, प्रहरीचौकी लकडिगोठबाट खटिएको गस्ती टोलीले कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित सिरहा नगरपालिका– २१ मल्हनियाँ निवासी २२ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो।, बाटोमा शङ्कास्पदरुपमा हिँडिरहेका अवस्थामा ...
सेतोपाटी संवाददाता विश्व मिर्गौला दिवसको अवसरमा बुटवलमा बिहीबार सचेतनामूलक प्रभातफेरी निकालिएको छ।, ‘स्वस्थ मिर्गौला सबैका लागि सबै ठाउँ’ भन्ने नाराका साथ गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको अगुवाइमा र्‍याली निकालिएको हो।, ट्राफिकचोकबाट सुरू भएको जनचेतनामूलक र्‍याली अस्पताल लाइन, बसपार्क, मिलनचोक, राजमार्ग चौराह हुँदै ...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीको अस्पताल बसाइँ केही दिन लम्बिन सक्ने उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।, गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई फागुन २८ गते डिस्चार्ज गर्ने तयारी थियो। तर प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि डिस्चार्ज नगरिएको एक चिकित्सकले सेतोपाटीलाई ब...
सेतोपाटी संवाददाता संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बिहीबार दिउँसो एउटा ट्वीट गरे- कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन। सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ। षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौं। कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला।, मन्त्री भट्टराईको यो अमुर्त ट्वीट उ...
रासस पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ को साधारण शिक्षातर्फ कक्षा ११ र १२ को विज्ञान विषयमा गणित विषय अनिवार्य हुनुपर्ने माग बढेपछि सो बारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।, केन्द्रले विषयगत संरचनामा भौतिक विज्ञान, प्राणी विज्ञान र रसायन विषय अध्ययन गर्ने विद्यार्थीका लागि कम्प्युटर विज्ञान ...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका नायब सुब्बा र लेखापरीक्षकलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।, अख्तियारले बुधबार कार्यालयमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई पाँच हजार रुपैयाँ घुस लिने/दिने क्रममा नियन्त्रण...
सेतोपाटी संवाददाता कोरोना भाइरसको महामारीकै कारण नेपाली सेनाको राष्ट्रसंघीय मिसनको तालिका समेत प्रभावित भएको छ।, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि दक्षिण सुडान जान लागेको नेपाली सैनिक टोली तत्कालका लागि रोकिएको छ।, मिसनका लागि करिव ७ सय सैनिकको टोली फागुन २५ गते त्यसतर्फ जाने तयारीमा थियो।, ‘राष्ट्रसंघले तत्काला...
सुदीप श्रेष्ठ त्यस दिन काठमाडौंको आकाशमा घनघोर कालो बादल मडारिँदै थियो। डरले जीउमा कम्पन छुट्ने गरी झिलिकझिलिक बिजुली चम्किँदै थियो।, कालो बादल मुसलधारे झरी बनेर बर्सियो। हुन्डरीले सहरलाई छपक्कै छोप्यो।, हुन्डरीसँगै मूलबस्तीभन्दा अलिकति बाहिर, करिब–करिब सहरको उत्तरी प्रवेशद्वारमा पानीका मोटा–मोटा थोपासँगै आकाशबाट माछा...
निशा भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन्।, गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट सरकारी निवास बालुवाटार फर्किएका हुन्।, १२ दिन अस्पताल बसेर फर्किएका ओलीले डिस्चार्ज हुँदा पत्रकारहरूलाई कुनै प्रतिक्रिया भने द...
रासस अर्घाखाँचीमा एक बालकको असिनाले चुटेर मृत्यु भएको छ।, शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको हो।, नगरपालिका–१२ रजिया रातामाटाका विकास नेपालीको गए राति परेको असिना पानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।, सुस्त मनस्थितिका...
सेतोपाटी संवाददाता कञ्चनपुरमा बस विद्यार्थी बोकेको बस पोखरीमा खसेको छ।, शुक्लाफाँटा नगरपालिका-११ अमरपुरममा रहेको युनिभर्सल बाल विद्या निकेतनको म १ ख ४२४ नम्बरको बस  आइतबार दिउँसो बाटोबाट छेउको माछापोखरीमा खसेको हो।, उक्त बसबाट ३० जना विद्यार्थीको उद्धार गरिसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक धर्मेन...
सेतोपाटी संवाददाता यस वर्षको कक्षा १० को एसइई परीक्षा सर्न सक्ने भएको छ। चैत ६ गतेबाट सुरु हुने भनिएको परीक्षा कोरोनाभाइरस संक्रमण जोखिमका कारण सर्न सक्ने भएको हो।, आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणको जोखिमका कारण परीक्षा सर्न सक्ने बताएका हुन्। ‘दुईतीन दिन महामारीको अव...
एजेन्सी कोरोनाभाइरसविरुद्ध भारतमा मानिसहरु भेला भएर अनेक फण्डा गरिरहेका छन्।, भारतमा ‘गो कोरोना गो’ भन्दै जप गर्नेदेखि गौमुत्र सेवन गर्नेसम्मका फण्डा भएका छन्।, भारतको सामाजिक न्याय राज्यमन्त्री रामदास अथावाले, चिनियाँ कन्सुल जेनरल टाङ गुओकाइ र बौद्ध धर्मका भिक्षुको सहभागितामा ‘गो कोरोना गो’ भन्दै जप गरिरहेको भिडिओ भा...
सेतोपाटी संवाददाता कपिलवस्तुमा साढे १८ किलोग्राम चरेश सहित तीन जना पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुनिल मल्लका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ मा खटिएको प्रहरीको विशेष टोलीले उक्त परिमाणको चरेशसहित तीन जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेहरुमा दा...
सेतोपाटी संवाददाता जिल्ला समन्वय समिति सिरहा प्रमुख प्रशासकिय अधिकृत राजीव झा आइतबार कार्यालयको गाडीमा सिरहा जादैँ थिए।, राजविराजबाट सिरहा पुग्नै लाग्दा करिब २ किलोमिटर अगाडि गुडिरहेको गाडीको अगाडि देब्रेतिर रहेको चक्का फुत्तै निस्कियो। चक्का गुड्दै २ सय मिटर भन्दा बढी पर खेतमा गएर रोकियो । ३० किलामिटर गतीमा गुडिरहेको...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले अहिलेसम्म गरेका कामबारे राष्ट्रिय सभामा जानकारी गराएका छन्।, नेपालमा आइतबारसम्म चार सय ६४ जनामा कोरोना भाइरस परीक्षण गरे पनि एक जनामा पनि पोजेटिभ नदेखिएको उनले बताए।, ‘अहिलेसम्म नेपालमा एक जनामा पनि कोरोना भाइरस पोज...
अनुषा अधिकारी 'दिन-१। मलाई एक सातामा सातवटा किताब पोस्ट गर्ने चुनौती आएको छ। कुनै व्याख्या वा समीक्षाबिना किताबको आवरण मात्र राख्ने। प्रत्येक दिन म किताबको फोटो राख्दै एक साथीलाई चुनौती दिन्छु,' लेखक उज्ज्वल प्रसाईंले केही दिनअघि फेसबुकमा लेखे।, सुजथा गिद्लाको 'एन्ट अमोङ एलिफेन्ट' फोटो राख्दै प्रसाईं 'सात दिन-सात किता...
सेतोपाटी संवाददाता सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) नियमित तालिकामै सञ्चालन हुने बताएको छ।, कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिम भए पनि उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको हो।, सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार...
सेतोपाटी संवाददाता पोखरामा एक अमेरिकी नागरिकको मंगलबार मृत्यु भएको छ। पोखरा ६ डिहिकोपाटनस्थित भिलेज इन होटलमा फागुन २८ गतेदेखि बसिरहेका अमेरिकी नागरिक ७० वर्षीय मार्क स्कोलेफेल्डको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।, उनको के कारणले मृत्यु भएको भन्नेबारे अहिलेसम्म खुलेको छैन। मृतक मार्कको शव पोष्ट मार्टमका लागि पश्च...
सेतोपाटी संवाददाता १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले नैकापबाट तीन जनालाई पक्राउ गरेको छ।, मंगलबार बिहान दुई बजे महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरी टोलीले १७ वर्षीया किशोरीलाई नैकापमा फेला पारेका थिए। उनलाई प्रहरीले सोधपुछ गर्दा तीन जनाले सामूहिक बलात्कार गरेको बताएको महानगरीय प्र...
एजेन्सी अमेरिकाको ५० राज्यमा नै कोरना भाइरसको संक्रमण पुष्टि भएको  छ।, मंगलबार भर्जिनिया राज्यले पहिलो संक्रमण पुष्टि गरेपछि अमेरिकाका सबै राज्यमा कोरोना भाइरसको संक्रमणबाट प्रभावित बनेका छन्।, राज्यका गभर्नर जिम जस्टिसले मंगलबार राज्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।, हालसम्म अमेरिकामा कोरोना ...
सेतोपाटी नेपाल प्रहरीले छ किलो १५० ग्राम  चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो।, वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगम कुँवरले झोलामा लुकाएर रा...
सेतोपाटी मध्यपुरथिमि नगरपालिका–३ कौशलटार सडकमा मंगलबार एक स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, कोटेश्वरबाट सूर्यविनायकतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–००९ प. ०३५९ नंको स्कुटरलाई ओभरटेक गर्ने क्रममा कौशल्टारमा बा. ५८ प. १६७७ नंको अर्को मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक पनौती नगरपालिका–१२ रोशी बस्न...
सेतोपाटी संवाददाता पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकको स्वास्थ्य परीक्षण र सचेतना जगाउन हेल्थ डेस्क राखिएको छ। पोखरा महानगरपालिकाले स्वदेशी तथा विदेशी पर्यटकका लागि लेकसाइडको हलनचोकमा हेल्थ डेस्क स्थापना गरेको हो।, हेल्थ डेस्कमा रहने स्वास्थ्यकर्मीले सडकमा आवत जावत गर्ने पर्यटकको ज्वरो नाप्ने, सेनिटाइजरको प्रय...
सेतोपाटी संवाददाता सरकारले कोरोना भाइरसको संक्रमण भित्रिनबाट रोक्न युरोप, खाडी राष्ट्र इरान र मलेसिया तथा दक्षिण कोरिया र जापानबाट नेपाल आउन रोकेको छ।, मार्च २० अर्थात् शुक्रबार रातिदेखि यी देशबाट नेपालमा कुनै पनि उडान हुने छैनन्। ‘हामीले यी देशबाट उडान नगर्नु भनेको छैन। तर जब हामीले कोही पनि आउन नपाउने निर्णय गरेका छ...
एजेन्सी भारतमा चौथो कोरोनाभाइरस संक्रमित बिरामीको मृत्यु भएको छ।, पन्जावका ७० वर्षीय वृद्ध इटालीबाट जर्मनी हुँदै मार्च ७ मा भारत पुगेका थिए। उनी मधुमेहकासमेत बिरामी रहेका र उनमा कोरोनाको संक्रमण रहेको हिजो मात्रै पुष्टि भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।, बिहीबार साँझ भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले अत्यावश्यक बाहेककासेवा १२ हप्ताका लागि बन्द गरेको छ।, शुक्रबार सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फूलकोर्ट)ले बन्दीप्रत्येक्षीकरण पक्राउ पूर्जी अनुमति जस्ता सेवामात्र दिने, अरू मुद्दाको सुनुवाई, दर्ता र तारेख जस्ता कामकारबाही नगर्ने निर्णय गरेको हो।, ‘वैयक्तिक स्वतन्त्रतासँग ...
सेतोपाटी संवाददाता सरकारले मुलुकभर लामो रूटका सार्वजनिक सवारीसाधन बन्द गरेको छ।, कोरोनाभाइरस संक्रमण रोकथामका लागि सरकारले चैत १० देखि केही अवधिका लागि लामो रूटका सार्वजनिक सवारीसाधन संचालन बन्द गर्ने घोषणा गरेको छ।, प्रधानमन्त्री केपीशर्मा ओलीले देशबासीका नाममा सम्वोधन गर्दै कोरोनाको सावधानीका लागि सार्वजनिक यातायात ...
नारायण महर्जन महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको बाहिर रहेको साझा स्वास्थ्य सेवाको औषधी पसलमा शुक्रबार बिहानैदेखि लाइन थियो। महिला, पुरूष छुट्टाछुट्टै लाइनमा थिए भने अर्को लाइनमा एप्रोन लगाएका डाक्टर, नर्स उभिएका थिए।, काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेका मास्क साझाका चार वटा औषधी पसलबाट बिक्र...
सेतोपाटी संवाददाता टेकु अस्पतालबाट कोरोनाभाइरसको आशंका गरिएका  बिमारी आफूखुसी निस्किन थालेपछि अस्पतालले सुरक्षाकर्मीको आवश्यकता औंलाएको छ।, शुक्रबारमात्र अस्पतालबाट कोरोनाको आशंका गरिएका एक ब्रिटिस नागरिक आइसियू कक्षबाटै निस्किएर अर्को अस्पताल पुगेका थिए। अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले उनलाई बस्न आग्रह गर्दा...
सेतोपाटी संवाददाता कोरोना भाइरसको आशंकामा टेकु अस्पताल भर्ना भएका पाँच जना विदेशी नागरिकको नतिजा नेगेटिभ देखिएको छ।, शुक्रबार आएको नतिजामा कसैमा पनि कोरोना नभेटिएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए।, 'नतिजा नेगेटिभ आएपछि सबैलाई आजै डिस्चार्ज गर्यौं,' उनले भने।, पाँच जनामध्ये तीन अष्ट्रियाली, एक अमे...
प्रभाकर गौतम गायक दीपक बज्राचार्य र उनको 'रिदम' ब्यान्डका सदस्यहरू गत बुधबारदेखि क्वारेन्टाइनमा बसेका छन्। अस्ट्रेलिया र न्युजिल्यान्डको दुई महिना लामो सांगीतिक भ्रमण गर्ने उद्देश्य लिएर गएको ब्यान्ड कोरोना भाइरस जोखिम बढेपछि दुई सातामै स्वदेश फर्केको थियो। , दीपक बज्राचार्य, ब्यान्डका सबै सदस्यका साथै लाखे र झाँक्रीक...
सेतोपाटी एक सातामा  विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई गुनाले बढेको छ।, मार्च १४ मा १ लाख ५६ हजार ६ सय ५३ जना संक्रमित रहेकोमा २२ मार्चसम्म आइपुग्दा यो संख्यामा झण्डै शतप्रतिशतको वृद्धि हुँदै ३ लाख पाँच हजार ३६ भएको छ।, यो अवधिमा कुल १ लाख ४८ हजार ३ सय ८३ जना नयाँ संक्रमित थपिएका छन्।, पछिल्लो समय कोरोना भाइरस...
सेतोपाटी संवाददाता अध्यागमन कार्यालयले विदेशी नागरिकका लागि दिँदै आएको भिसा सेवा बन्द गरेको छ।, कोरोना भाइरसको संक्रमणको जोखिम हुनसक्ने उल्लेख गर्दै सरकारले भेला हुन प्रतिबन्ध लगाएकाले सेवा बन्द गरेको विभागले जनाएको छ।, विभागले भिसा सेवा आउँदो अप्रिल ३ सम्म बन्द रहने जनाएको छ। भिसा सेवा बन्द रहेको अवस्थामा नेपालमा २ द...
सेतोपाटी संवाददाता नेपाल सरकारले आइतबार साँझ नेपाल-भारत नाका एक साताका लागि बन्द गर्ने निर्णय गर्‍यो। केन्द्र सरकारले निर्णय गर्नुअघि बाँकेको रुपैडिया नाका आइतबारदेखि नै बन्द गर्नेबारे दुई देशका अधिकारीबीच सहमति भएको थियो।, तर भारतबाट आउने यात्रु रोकिएनन्। कामको शिलशिलामा भारतका विभिन्न ठाउँमा  गएका सयौं नेपाली आइतबार...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका तीन डिआइजी एआइजीमा सिफारिसमा परेको झण्डै एक महिना हुदाँसमेत उनीहरुले दर्ज्यानी चिन्ह (फूली) लगाउन पाएका छैनन ।, मन्त्रीपरिषदको बैठकले उनीहरुको बढुवा सिफारिसलाई स्वीकृति नदिएपछि डिआइजीहरु तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पालले फूली लगाउन नपाएका हुन।, उनीहरु एआइजी बढुवा सिफारिसमा...
सेतोपाटी संवाददाता बल्खु कुमारी क्लबमा हातधु ने पानी र साबुन राखिएको छ। स्थानीय कुमारी क्लबले यो व्यवस्था गरेको हो।, कोरोना भाइरसबाट बच्न सहयोग पुगोस् भनेर सडकमा पानीको ट्यांकी र साबुन राखिएको क्लबका अध्यक्ष नमुल हमाल ठकुरीले सेतोपाटीलाई बताए।, काठमाडौं महानगरले जनचेतना जगाउने काम गरेको छ। काठमाडौं महानगरपालिका-१४ की ...
सेतोपाटी संवाददाता सरकारले घोषणा गरेको कोरोना कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरूले पनि आर्थिक सहयोग गर्ने भएका छन्।, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन...
सेतोपाटी संवाददाता हिरा लुट्ने तीन प्रहरी र एक पत्रकार पक्राउमा परेका छन्।, मकवानपुरको पालुङमा सोमबार राति एक महिलाको हिरा लुटेर काठमाडौं फर्कंदै गर्दा इलाका प्रहरी कार्यालय पालुङको टोलीले पक्राउ गरेको हो।, पक्राउ पर्ने महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत असई सुरेन बस्याल, प्रहरी जवान वीरबहादुर बस्नेत, हेमकान्त...
सेतोपाटी संवाददाता  , टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुनसँग लाइभ।,  , सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग लाइभ, कोरोनाबारे सोध्नुस् प्रश्न
सेतोपाटी संवाददाता 'कोभिड-१९ सार्क इमर्जेन्सी फन्ड'मा अफगानिस्तान, श्रीलंका र बंगलादेशले पनि सहयोग गर्ने भएका छन्।, कोरोनाभाइरससँग लड्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रबीच भिडिओ कन्फरेन्समार्फत् कोषको स्थापना गर्ने निर्णय गरेका थिए।, सोही निर्णय अनुसार अफगानिस्तानले एक मिलियन डलर सहयोग गर्ने न...
सेतोपाटी संवाददाता विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भारतको विहार राज्यमा समेत देखिएपछि धनुषा प्रहरीले उच्च सर्तकता अपनाउँदै सामान्य प्रकृतिको मुद्दाको क्रममा पक्राउ परेका २० जना थुनुवालाई छोड्ने भएको छ।, कोरोनाभारइसको संक्रमणबाट बिहार राज्यमा एक जनाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्...
सेतोपाटी संवाददाता बुटवल प्रहरीले सरकारले जारी गरेको लकडाउनको सूचना अवज्ञा गरी बजारमा होहल्ला गर्दै हिँड्ने दुई जनालाई नियन्त्रणमा लिएको छ।, प्रहरीले उनीहरूलाई बुटवलको राजमार्ग चौरहाबाट नियन्त्रणमा लिएको  हो। , मादक पदार्थ सेवन गरेर मोटरसाइकलमा होहल्ला गर्दै जथाभावी हिँड्ने बुटवलकै हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई निय...
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले सर्वसाधारणलाई कोरोना भाइरससँग सम्बन्धित कुनै विषेशज्ञ चिकित्सकको परामर्श चाहिए सम्पर्क गर्न भन्दै उनीहरूको नम्बर सार्वजनिक गरेको छ। संघले ७० डाक्टरको नामावली सार्वजनिक गरेको छ।, 'नेपाल चिकित्सक संघ देशभरका सम्पूर्ण सर्वसाधारण नगरिकलाई कोरोना भाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ ...
विवेक राई चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा मंगलबार मृत्यु भएका युवालाई कोरोना भाइरस नलागेको पुष्टि भएको छ। , काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनको स्वाब परीक्षणबाट कोरोना नलागेको पुष्टि भएको भरतपुरको कोरोना अस्पताल प्रमुख भोजराज अधिकारीले बताए।, 'भर्खर नतिजा नेगेटिभ आयो,' उनले सेतोपाटीसँग भने,...
एजेन्सी डाक्टरहरू भन्छन्- हामीले एकअर्काबीच भौतिक दूरी कायम गर्‍यौं भने कोरोना भाइरसको संक्रमणलाई कम गर्न सकिन्छ। धेरै मानिसलाई यसले कसरी कोरोना भाइरसको संक्रमण रोक्छ होला र भन्ने पत्यार लाग्दैन।, तर भारतको नयाँदिल्लीको एउटा केसलाई हेर्नुभयो भने कोरोना कसरी तीव्र गतिमा फैलिन्छ भन्ने छर्लंग हुन्छ।, नयाँ दिल्लीमा अहिले ...
युनिक श्रेष्ठ सुनसरीको गढी गाउँपालिकाकी सीता विश्वास थन्दारको हत्या वा आत्महत्या भन्ने कुरामा आफैं स्पष्ट हुन नसकेपछि प्रहरीले मृतकका श्रीमान दिवशलाई अभद्र व्यवहार गरेको भन्दै पक्राउ गरेको छ।, जबकी मृतकका बुवाले दिवशविरूद्ध आत्महत्या दुरूत्साहन गरेको भन्दै दिएको जाहेरी प्रहरीले दर्ता गरेको छैन।, थन्दारको गत चैत ६ गते ...