content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता डा. गोविन्द केसीले ग्रामीण क्षेत्रमा सरकारी सवारीसाधनको प्रयोग गरेर विरामीलाई सहजीकरण गर्न आग्रह गरेका छन्।, एक विज्ञप्ति जारी गर्दै उनले लकडाउनका कारण सवारीसाधन ठप्प भएको अवस्थामा ग्रामीण क्षेत्रमा अन्य बिरामी, रुख वा भीरबाट लडेर हुने चोटपटक लागेकालाई असर परेको बताएका छन्।, हाल डडेल्धुरा अस्पतालमा ...
सेतोपाटी संवाददाता सरकारले लकडाउनलाई कडा पारेसँगै  नेपाल-भारत सीमा सशस्त्र प्रहरीले निगरानी बढाएको छ।, सशस्त्र प्रहरीले ठूलो संख्यामा सीमामा जनशक्ति खटाएको छ।, सामान्य अवस्थामा पनि तराईको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बढी केन्द्रीत थियो। अहिले २२ हजार जना सशस्त्र प्रहरी सीमामा खटिएका छन्। सशस्त्र प्रहरी बलमा ३७ हजार ज...
सन्जिब बगाले नेपाली सेनाले चीनबाट सवा २ अर्ब रुपैयाँ बढी (एक करोड ८४ लाख ४१ हजार ७ सय ६ डलर)मा मेडिकल सामग्री ल्याउन सम्झौता गरेको छ।, सेनाले जि-टु-जी प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न लागेको हो। सोही सम्झौता अनुरूप चीनबाट तीन सय ४२ टन स्वास्थ्य सामग्री ल्याइने मंगलबार सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे...
रासस इँटाभट्टामा करेन्ट लागेर मृत्यु भएका एक जना मजदुरको शव गाडेको आरोपमा इँटाभट्टाका दुई जना सञ्चालकलाई पक्राउ गरिएको छ।, पक्राउ पर्नेमा धनुषाका विदेह नगरपालिका वडा नं ३ को जोगियामा रहेको भगवती इँटाभट्टा सञ्चालक अनिफ नदाफ र अजिम मन्सुरी रहेका छन्।, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीका अनुसार सो भ...
एजेन्सी अमेरिकामा कोरोना भाइरसका कारण २४ घण्टाभित्रै २ हजार ७ सय ५१ को मृत्यु भएको छ।, मंगलबार जोन्स होप्किन्स् युनिभर्सिटीले दिएको तथ्यांकका अनुसार गएको २४ घण्टामा मात्रै त्यतिको मृत्यु भएको हो।, अमेरिकामा २४ घण्टाभित्र यति धेरै संख्यामा ज्यान गुमाएको पहिलो पटक हो।, त्यहाँ कोरोना भाइरस संक्रमितको संख्या आठ लाखभन्दा ब...
सेतोपाटी संवाददाता बिहीबार दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।, यो सँगै कोरोना सक्रमितको संख्या ४७ पुगेको छ। हिजो एकैदिन तीन जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरूको विराटनगरस्थि...
रासस जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई गए राति एक समूहले कुटपिट गरेको छ।, कुटपिटबाट नेपाली घाइते भएको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए।, कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र जयनाथ योगीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।, आक्रमणकारीको खोजीका लागि प्रहरी कार्याल...
सेतोपाटी संवाददाता काठमाडौंमा दुई जना नर्समा र्‍यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएपछि पिसिआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको छ।, टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले दुवै नर्सको पिसिआर परीक्षणमा कोरोना नदेखिएको जानकारी दिए।, उनले आइसोलेसनमा भर्ना भएका नर्सलाई आजै डिस्चार्ज गरिने जनाए।...
सेतोपाटी संवाददाता मंगलबार उदयपुरको भुल्केमा एकै दिन ११ जना कोरोना संक्रमित देखिएकामध्ये दुईजना भारत र एकजना दुबईबाट आएको खुलेको छ।, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरका अनुसार दुबईबाट आएका एक युवकमा कोरोना संक्रमण देखिएको हो। ती युवक गत फागुन १० गते दुबईबाट नेपाल आएको मगरले बताए।, बाँकी ...
युवराज श्रेष्ठ कोरोनाभाइरस संक्रमणका कारण धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा उपचाररत् युवतीको रिपोर्ट नेगेटिभ आएको छ।, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिहीबार गरिएको स्वाब परीक्षणमा उनको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले बताए।, उनका अनुसा...
रासस थुनामा राख्नुअघि स्वास्थ्य परीक्षण गर्न ल्याइएका ४८ वर्षीय व्यक्तिको आरडिटी परीक्षण गर्दा मङ्गलबार राति कोरोनाको एन्टिबडी देखिएको छ।, सप्तरीको डाकनेश्वरी नगरपालिका–४ भुतहीका सोगवीर रामको कान काटेको आरोपमा पक्राउ परेका आरोपितको स्वास्थ्य परीक्षण र आरडिटी परीक्षण गर्दा पोजेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका प्र...
सेतोपाटी संवाददाता कैलालीमा लकडाउनका बेला बन्द रहेका पसलबाट सामान चोरी गर्ने एक जना पक्राउ परेका छन्।, जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ८ पृथ्वीपुर मोहना बजारस्थित रुभान फेन्सी पसलबाट गत चैत २० गते लुगाकपडा, नगद, चेक र पासबुक चोरी भएको थियो ।, यस्तै, सोही स्थानकोे कबिर एण्ड राज ट्रेडर्सबाट वैशाख ४ गत मोबाइल र राउट...
सेतोपाटी संवाददाता चन्द्रगिरी नगपालिकास्थित मातातिर्थमा औंसीका दिन लाग्ने मेला स्थगित भएको छ।, भोलि बिहीबार परेको मातातिर्थ औंसीमा लाग्ने मेला यस वर्ष स्थगित गरिको नगरपालिकाका मेयर घनश्याम गिरीले जानकारी दिएका हुन्।, ‘हामीले भक्तजनहरूलाई नआउन भनेका छौं,’ उनले भने, ‘त्यही बस्ने पुजारीहरूले सामान्य पूजा गर्नेछन्।’, ‘हाम...
सेतोपाटी संवाददाता बिहीबार थपिएका दुई जना कोरोना संक्रमितमध्ये एक १४ वर्षीय सर्लाहीका किशोर रहेका छन्।, स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बिहीबार दुई जना कोरोना संक्रमित थपिएका थिए।, तीमध्ये एक १४ वर्षीय किशोर र अर्की ५५ वर्षीया महिला रहेकाे मन्त्रालयले जनाएकाे छ।,...
नेहा झा नगराइन नगरपालिका वडा नम्बर २ की घुरनी सदाकी श्रीमान् कामविहीन भएको एक महिना भयो।, लकडाउनले काम ठप्प भएपछि उनकै कमाइबाट पालिएका सात जनाको परिवार अहिले समस्यामा छ।, विहान-बेलुकी छाक टार्न पनि मुश्किल यो परिवारले राहत पाएको छैन।, ‘कुनै दिन खाना खान्छौं कहिले भोकै बस्नुपर्छ,’ घरनीले सेतोपाटीसँग भनिन्, ‘साबुन र मास...
सेतोपाटी संवाददाता श्रीलंकाले पोखराको मणिपाल शिक्षण अस्पतालमा पढिरहेका आफ्ना ७६ विद्यार्थीलाई फिर्ता लगेको छ।, शुक्रबार साढे १२ बजे श्रीलंकन एयरको चार्टर्ड विमानले आफ्ना ७६ विद्यार्थीलाई फिर्ता लगेको हो जेनिथ ट्राभल्स् जिएसए फर नेपाल श्रीलंकन एयरका म्यानेजर दीपक मैनालीले जानकारी दिए।, सो विमान कोलम्बोका लागि उडेको त्र...
नारायण महर्जन कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि अपनाइएको सावधानीले इस्लाम धर्मावलम्वीहरूको मुख्य पर्व रमजान सुनसान छ।, शनिबारदेखि रमजान पर्व सुरू भए पनि काठमाडौंलगायत देशैभरका मस्जित सुनसान रहे। एकआपसमा भेटघाट तथा शुभकामना आदानप्रदान गरी मनाइने रमजान कोरोना त्रासले गर्दा सुनसान भएको हो।, रमजानका बेला पनि शनिबा...
सेतोपाटी संवाददाता पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोनाभाइरस संक्रमित निको भएका छन्।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबार दिउँसो उनीहरू आजै डिस्चार्ज भएको जानकारी दिए।, चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरूलाई केही दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। , उनीहरूलाई वै...
सेतोपाटी संवाददाता निजी विद्यालयको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल कैलालीमा मृत भेटिएका छन्।, बिहीबार राति घोडाघोडी नगरपालिका-१०मा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्ष बस्नेतले जानकारी दिए। उपाध्यक्ष भुसाल गौरीगंगा नगरपालिका-९ मा बस्ने गर्थे।, 'हिजो राति हामीले उहाँको शव फेला प...
एजेन्सी अल इण्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेज (एम्स)ले कोरोना भाइरस संक्रमित र तिनका परिवारलाई हेयका दृष्टिले हेर्दा उनीहरू ढिलो गरी अस्पताल आउने सम्भावना बढ्न सक्ने जनाएको छ।, एम्सका निर्देशक रनदीप गुलेरियाका अनुसार यसको अर्थ  कोभिड-१९ बाट हुने मृत्युदर र विरामीमा वृद्धि हुनु हो भनेका छन्।, गुलेरियाले धेरैजसो अवस्...
सेतोपाटी संवाददाता बिहीबार भोजपुरको हतुवागढीका २६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि गाउँपालिकालाई नै सिल गरिएको छ।, प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले आजदेखि हतुवागढीमा बाहिरबाट पनि नआउने र गाउँपालिकाबाट बाहिर पनि नजाने तरिकाले प्रवेश रोक लगाएको जानकारी दिए।, 'हामीले जिल्लाका अन्य नाकाहरूमा पनि आवतजा...
एजेन्सी रुसमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ।, रुसले आइतबार कोरोना भाइरसका ६ हजार ३ सय ६१ जना संक्रमित थपिएको जनाएको छ।, योसँगै रुसमा संक्रमित संख्या ८० हजार ९ सय ४९ पुगेको छ। ‍, रुसका अधिकारीहरु अनुसार संक्रमणका कारण थप ६६ जनाले ज्यान गएको छ।, त्यहाँ हालसम्म कोरोनाबाट ७ सय ४७ मृत्यु भइसकेको छ।, रूसमा को...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएर महानगरभित्र बसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेका १ हजार १६ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरेको छ।, टेष्ट गरेका सबैको रिपोर्ट नेगेटिभ आएको महानगरपालिकाले जनाएकाे छ।, आज मात्रै वडा नम्बर ११, १२, १६, २५, २८, २९, ३० र ३२ का १ सय १५ जनाको र्‍यापिड टेष्...
सेतोपाटी संवाददाता तिलगंगा अस्पताल नजिकै कार दुर्घटना भएको छ।, कारको ठक्करबाट ट्राफिक प्रहरी जवान घाइते भएकी छिन्।, शनिबार साँझ बा २१ च८५३० नम्बरको कारले ड्युटीमा खटिएकी ट्राफिक प्रहरी जवान राधा चन्दलाई ठक्कर दिएको हो।, चन्दको उपचारका लागि ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा पठाइएको डिएसपी प्रदिप कुमार सिंहले जानकारी दिए...
सेतोपाटी संवाददाता कोरोनाभाइरस संक्रमण देखिएपछि उपचाररत चितवनका एक युवक अस्पतालबाट शनिबार डिस्चार्ज भएका छन्।, तेस्रोपटक पिसिआर रिपोर्ट नेगेटिभ आएपछि कोरोना नभएको भन्दै चिकित्सकहरूले उनलाई शनिबार डिस्चार्ज गरेका हुन्।, उनी राप्ती नगरपालिका वडा नम्बर ८ का हुन्।, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीराम तिवारीले २...
विवेक राई झापाको बाह्रदशी गाउँपालिकाका ५० वर्षीय कोरोना संक्रमित पुरुष भारतको नयाँ दिल्लीबाट आएको खुलेको छ।, गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीका अनुसार संक्रमित पुरुष ३५ दिन अगाडि दिल्लीबाट घर आएका हुन्।, उनले संक्रमित पुरुष दिल्लीको तब्लिगी जमातमा सहभागी भएर फर्किएको बताए। गाउँपालिकाले उनलाई अस्पताल पठाउने तयार...
फडिन्द्र भट्टराई बेलायतमा कोरोना भाइरस संक्रमणबाट दुई दर्जन नेपालीको मृत्यु भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। , बेलायतमा कोरोनाबाट मृत्यु हुने धेरै पूर्व गोर्खा सैनिक छन्। दूतावासको सूचीमा भएका दुई दर्जनमध्ये आधाभन्दा धेरै भूतपूर्व गोर्खा नै छन्। मृतकमध्ये दुई जना महिला छन् भने अरू सबै पुरुष। मृत्यु हुने महिल...
सेतोपाटी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार मन्त्रीपरिषदले गर्ने निर्णयका आधारमा शैक्षिक कार्यक्रम र योजना बनाउने बताएका छन्।, शिक्षा पत्रकार समूहले कोरोना भाइरसको महामारीबाट शैक्षिक क्षेत्रमा उत्पन्न परिस्थितिका बारेमा शनिबार गरिइको भर्चुअल पत्रकार साक्षात्कारमा उनले यस्तो बताएका हुन्।, शिक...
एजेन्सी विश्व स्वास्थ्य संगठनले सरकारहरूलाई 'प्रतिरोधी क्षमता भएको पासपोर्ट' वा 'खतरामुक्त प्रमाणपत्र'लाई लकडाउनलाई खुकुलो बनाउने बाटो नबनाउन भनेको छ।, उसले रोगबाट निदान पाएर एन्टीबडीको विकास गरेका व्यक्तिहरूलाई पुनः दोश्रो पटक सो भाइरसले आक्रमण गर्दैन भन्ने कुनै प्रमाण नभएकाले त्यस्तो नगर्न भनेको हो।, ती कदमहरूले भाइ...
सेतोपाटी संवाददाता बहराइनको 'द रोयल गार्ड टिम' र सेभेन समिट ट्रेक्स कम्पनीले पर्वतारोहण गाइड र उनीहरूका परिवारलाई राहत वितरण गरेका छन्।, कोरोना भाइरस र लकडाउनका कारण आफ्नो कम्पनीमा आवद्ध पर्वतारोहण क्षेत्रका कामदारले रोजगारी गुमाएपछि उनीहरूलाई आर्थिकसँगै खाद्यान्न समस्या परेकाले सहयोग गरेको कम्पनीको भनाइ छ।, द रोयल गा...
युनिक श्रेष्ठ काठमाडौं जिल्ला अदालतमा २५ लाख धरौटी बुझाएर रिहा भएका शंकर ग्रुपका मालिक सुलभ अग्रवाल फेरि पक्राउ परेका छन्।, अदालतको आदेशपछि अग्रवाल रिहा भएलगत्तै बिहीबार उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।, ‘सम्पत्ति शुद्धीकरण विभागले उहाँलाई छानब...
सन्जिब बगाले नेपाली सेनाले चीनबाट ल्याउन लागेको स्वास्थ्य सामग्री मंगलबारसम्म नेपाल आउने भएको छ।, चीनबाट स्वास्थ्य सामाग्री ल्याउने एजेन्ट तयार भइसकेकाले कुनै प्राविधिक समस्या नआए सोमबार सामान लिन वाइडबडी जहाज पठाउने सेनाको तयारी छ।, चीनबाट स्वास्थ्य सामग्री ल्याउन फ्ल्यास फ्रेट लजिस्टिक छनौट भएको सूचना चीन पठाइएको सै...
सेतोपाटी संवाददाता बिहीबार दिउँसो कमलपोखरीमा दुई कार ठोक्किएका छन्। ,पौने चार बजेतिर लोत्से चोकमा ज्ञानेश्वरबाट कृष्ण पाउरोटी कारखानातर्फ आउँदै गरेको बा १६ च ८२७२ नम्बरको कार र नक्सालको भगवतीबाट चारखालतर्फ जाँदै गरेको बा २०च ९६२९ नम्बरको कार ठोक्किएका हुन्।, दुर्घटनाबाट बा २० च ९६२९ नम्बरका चालक घाइते भएका छन्। उनलाई ...
सेतोपाटी संवाददाता गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले रुपन्देहीको तिलोत्तमामा नेपालकै सबैभन्दा बढी क्षमता र सुविधासम्पन्न मिर्गौलाको डायलासिस सेन्टर स्थापना गर्ने भएको छ। तिलोत्तमा नगरपालिकामा स्थापना गरिने उक्त सेन्टरमा ७५ वटा डायलासिस मेसिन जडान गरिने छ।, बिगत पाँच वर्षदेखि मिर्गौलाका बिरामीको उपचार र डायलासिस...
एजेन्सी एल साल्भाडोरका राष्ट्रपति नाइब बुकेलेले आइतबार कोरोना भाइरस महामारीको बीचमा भएको हिंसालाई रोक्न आपराधिक गिरोहका सदस्यहरू विरुद्ध पुलिस र सेनालाई 'घातक शक्ति' प्रयोग गर्ने अधिकार दिएका छन्।, त्यहाँ शुक्रबार मात्रै २४ जनाको हत्या भएको रिपोर्ट छ।, यो जून महिना पछिकै सबैभन्दा ठूलो हताहती हो। जूनदेखि राष्ट्रपति पद ...
सेतोपाटी संवाददाता झापाको बाह्रदशी गाउँपालिका-४ का ५० वर्षीय कोरोना संक्रमित व्यक्ति घुलमिल भएका तीन वडा तीन दिनदेखि सिल गरिएको छ।, गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीकाले वडा नम्बर ३ र ५ को केही भाग र ४ को पूरै बस्ती सिल गरिएको जानकारी दिए।, यी तीन ठाउँमै मानिसहरूको आवतजावत बन्द गरिएको छ। अध्यक्ष राजवंशीले सबै मा...
सेतोपाटी संवाददाता जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको आरटी पिसिआर मेसिन किट अभावका कारण सुचारु हुन सकेको छैन।, गत मंगलबार नै प्रतिष्ठानले कोरोनाभाइरस (कोभिड १९) को परीक्षण गर्नको लागि आरटी पिसिआर मेसिन जडान गरेको थियो। , प्रतिष्ठानका निर्देशक मंगल रावलले केन्द्रबाट किट नआउँदा परीक्षण सुरु गर्न नस...
सेतोपाटी संवाददाता नेपालगन्जमा आइतबार ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार आज संक्रमण देखिएकामध्ये ५ जना पुरूष र ४ जना महिला छन्। उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन्।, त्यस्तै आजै पर्साको वीरगन्जमा एक जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको छ। व...
रासस अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा आज एक जनाको ज्यान गएको छ। साे घटनामा तीन जना बिरामी परेका छन्।, जंगली च्याउको पहिचान नगरी पकाएर खाएका चारमध्ये ३० वर्षीया रामकला महत्राको उपचारका क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको हो।, मृतककी छोरी सात वर्षीया बिप, सासू ५८ ...
प्रशन्न पोखरेल टोलटोलमा गएर परीक्षण गर्दा नेपालगञ्जमा एकैदिन नौ जना  कोरोनाभाइरस संक्रमित भेटिएका छन्।, नेपालगञ्ज उपमहानगरले टोलटोलमा गएर परीक्षण गर्दा ती संक्रमित फेला परेको उपमेयर उमा थापा मगरले बताइन्।, ‘शनिबार नेपालगञ्ज महानगरका वडा नम्बर ५, ७ र ८ वडाका टोल र नरेनापुर गाउँपालिकाभित्रका विभिन्न वडाका गरी ९० जनाको स...
सेतोपाटी संवाददाता कैलालीको धनगढीमा एक जना जेसिबी चालक मृत फेला परेका छन्।, दाङ जिल्ला भालुवाङ घर भएका अन्दाजी ३१ वर्षीय तिलक बुढामगर आज बिहान मृत फेला परेका हुन्।, धनगढी उपमहानगरपालिका- १४ मा रहेको पञ्चोदय माध्यमिक विद्यालयमा उनी मृत फेला परेको प्रहरीले जनाएको छ।, काम सकाएर हिजो राति नजिकैको स्कुलमा सुतेका बुढामगर बि...
रासस मङ्गलबार र बुधबार गरी चार जनाको रहस्यमय मृत्यु भएको महोत्तरीको भंगहा नगरपालिकामा आज थप दुई जनाको मृत्यु भएको छ।, मङ्गलबार र बुधबार एकपछि अर्को गरी चार जनाको रहस्यमय मृत्यु भइसकेको वडा नं ७ मेघनाथ गोरहन्नामा आज पुनः स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सिताई महाराको मृत्यु भएको नगर प्रमुख संजिवकुमार साहले ...
भगवती पाण्डे रूपन्देहीको कोटहिमाइका एक युवामा कोरोनाभाइरस संक्रमण देखिएपछि उनलाई उपचारका लागि बुटवल ल्याइयो।, भैरहवामा कोरोना संक्रमितलाई उपचार गर्ने कोरोना विशेष अस्पताल निर्माण गरे पनि ती युवालाई बुटवल ल्याएपछि उक्त अस्पतालको क्षमतामाथि प्रश्न उठेको छ।, दिल्लीबाट गत वैशाख ५ गते कोटमाइस्थित घर आएका २५ वर्षीय ती युवाम...
रासस क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएका बैतडीका एक जनाको थ्रोट स्वाब सङ्कलन गरी आज परीक्षणका लागि पठाइएको छ।, पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो।, रिपोर्टपछि मात्रै जुनेमा कोरोना भए/नभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीक...
सेतोपाटी संवाददाता महोत्तरीमा अज्ञात रोगको कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ।, आइतबार थप एक जनाको मृत्यु भएपछि दुई वस्तीमा अज्ञात रोगबाट मृत्यु हुनेको सख्या १२ पुगेको हो। , मृत्यु हुनेमा भंगाहा नगरपालिका ७ का ५९ वर्षीय रुपनारायण सिंह दनुवार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकार...
सेतोपाटी संवाददाता जुम्लाको खलंगा बजारमा वितरित खानेपानीको पाइप काटिँदा बजार क्षेत्रमा दमकलबाट पानी वितरण गर्न थालिएको छ।, एक साताअघि सडक निर्माणका क्रममा डोजरले पाइप काटिएपछि हाल उपभोक्तालाई दमकलद्वारा पानी पुर्‍याउने गरिएको छ।, चन्दननाथ नगरपालिकाले तीला नदीको पानी दमकलमा ओसारेर स्थानीयलाई वितरण गर्ने गरेको छ।, एक सा...
सेतोपाटी संवाददाता उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि थप्नुपर्ने निश्कर्ष निकालेको छ।, प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन लम्ब्याउने निश्कर्ष निकालेको हो।, ‘अहिले पनि अवस्था जोखिमपूर्ण छ। त्यसैले तत्कालै लकडाउन खोल्ने अवस्था छैन’ एक मन्त्रीले भने, ‘लकडाउन...
नारायण महर्जन काठमाडौं उपत्यका यतिबेला धुलोधुँवामुक्त छ।, लकडाउनका कारण अत्यावश्यक सवारीसाधन मात्रै संचालनमा रहेकाले प्रदुषणको मात्रा न्यून भएको छ।, सफा काठमाडौंका सडक तथा खाली ठाउँमा फूलेका फूलले यतिबेला झनै सुन्दरता बढाएको छ।, सडक छेउमा ज्याकाराण्डा फूल फूलेका छन्।, रामशाहपथ, शहिदगेट, खुल्लामञ्च, रत्नपार्क, नारायणहि...
सेतोपाटी संवाददाता प्रधानसेनापति पूर्णचन्द्र थापाले रथीमा पदोन्नति भएका प्रभुराम शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।, जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति थापाले शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।, शर्मालाई वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले रथीमा बढुवा गरेको थियो।, रथीमा पदोन्नति भएका ...
नारायण खड्का पछिल्लो समय कोरोनाको ‘हटस्पट’ बनेको नेपालगञ्जमा मंगलबार २ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी दुई हजार ५ सय ५६ जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी प्रवक्ता शिवबहादुर सिंहले सेतोपाटीलाई जानकारी दिए।, डिएसपी सिंहले लकडाउन सुरू भएदेखि नै नेपा...
सेतोपाटी संवाददाता भोलि मंगलबारदेखि तीन दिनसम्मका लागि नेपालगन्ज उपमहानगरपालिकाले निषेधाज्ञा लगाउने भएको छ।, सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले मंगलबार दिउँसो देखि २५ गते मध्यरातसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।, ‘भोलि ११ बजे देखि कोही पनि व्यक्ति बाहिर निस्कन नपाउने गरी नेपालगन्ज उपमहा...
रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड– १९ को अणुवांशिक (जिन) को अध्ययन गर्ने भएको छ।, यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरेको छ। कोभिड–१९ का विभिन्न जिन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जिन हो भन्ने पत्ता लगाइने छ।, नेपाल स...
निशा भण्डारी भक्तपुर अस्पतालमा दैनिक १५ देखि २० जनाको कोरोना परीक्षण भइरहेको छ। परीक्षण टोलीका अनुसार एकैदिन ५६ जनाको परीक्षण भएको रेकर्ड पनि छ। यस्तै लकडाउन उल्लंघन गर्दै भक्तपुर नाकाभित्र छिर्नेको विवरण वडाको सहयोगमा पत्ता लगाई उनीहरूलाई अस्पतालमा सुरक्षित ल्याएर पनि जाँच भइरहेको छ।, अस्पतालमा कोरोना जाँचका लागि आएक...
सेतोपाटी तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् ।, इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन्।, सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन्।, कञ्चनले आफूले बा...
सेतोपाटी संवाददाता बिहीवार कोरोना भाइरसको संक्रमण पुष्टि भएका कपिलवस्तुका दुई युवक एकसाता अघि भारतबाट आएको खुलेको छ।, १६ र २२ वर्षका ती युवक भारतको मुम्बईबाट एकसाता अघि  जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएको थियो।, खुल्ला सिमानाको फाइदा उठाउँदै उनीहरु लुकेर नेपाल छिरेको थाहा पाएपछि स्थानीयले मायादेवी गाउँपालिका ...
विवेक राई छप्कैयाको स्थिति बुधबार बिहानसम्म सामान्य थियो। लकडाउनले मान्छेहरू आ-आफ्नो घर बसे पनि चहलपहल सुनिन्थ्यो। बुधबार एकै परिवारका १७ जना सदस्यमा कोरोना पोजेटिभ देखिएपछि अहिले छप्कैया चकमन्न छ।, छप्कैया बस्ती वीरगन्ज महानगरपालिका- १, २ र ३ मा फैलिएको छ। बुधबार देखिएका १७ जना संक्रमित परिवार वडा नम्बर ३ का हुन्।, उ...
सेतोपाटी संवाददाता नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या सय नाघेको छ।, बिहीबार कपिलवस्तुका २ पुरूषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०१ पुगेको हो। , आज थपिएका दुई पुरूषको उमेर १६ र २२ वर्ष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उनीहरू दुबै जनाको स्वास्थ्य अवस्था सामान्य...
सेतोपाटी कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आजदेखि बन्द गरिएको छ।, काभ्रेपलाञ्चोकसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर नाकाबाट नागरिकलाई जिल्ला आवतजावतमा पूर्णरूपमा रोक लगाइएको हो।, जिल्लास्थित कोभिड–१० रोकथाम तथा नियन्त्रण, व्यवस्थाप...
सेतोपाटी प्रदेश नं २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि दुई अर्ब रुपैयाँ खर्च गर्ने भएको छ।, यसका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले दुई अर्ब रकम निकासा गरेको छ।, चालू आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। सरकारले यसैबाट कोरोना रोकथाम...
सबिना श्रेष्ठ लकडाउन डायरी, धेरैले लकडाउनमा बन्दीजस्तो महशुस गरिरहँदा अभिनेत्री सिर्जना सुब्बालाई अलि सजिलो छ। मंसिर ४ गते छोरा जन्मिएदेखि उनी घरै बसिरहेकी थिइन्। घर बस्न उनलाई बानी परिसकेको छ।, 'मलाई त यसै पनि लकडाउनजस्तै थियो। कहीँ जान पाइने होइन। एक खालको नियमित तालिकामा छिरिसकेकी थिएँ,' उनले सेतोपाटीसँगको टेलिफोन ...
सेतोपाटी काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ५० औँ पटक रक्तदान गरेका छन्।, प्रमुख शाक्यले २५६४ औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँ महानगरपालिकाको वडा–२१ मा अवस्थित श्री गणेश युवाले आज आयोजना गरेको वार्षिक रक्तदान कार्यक्रममा ५० औँ रक्तदान गरेका हुन्।, ‘यो क्लवको स्थापना भएदेखि नै हरेक वर्ष रक्तदान गर्दै ...
सेतोपाटी संवाददाता  शनिबार एकैदिन उदयपुरको भुल्केमा चार जना कोरोना संक्रमित थपिएपछि थप ३ सय जनाको परीक्षण गरिने भएको छ।, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. मोहन सुवेदीले सोमबार ३ सय जनाको स्वाब संकलन गरिने बताए।, 'संक्रमणको जोखिम फेरि बढेको छ। हामी भुल्के आसपासमा रहेका परिवारका सदस्यको स्वाब परीक्षणको लागि काठमाडौ...
दिपकजंग शाही कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट डोल्पामा स्वास्थ्यकर्मी पठाइएको छ।, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका एक ६२ वर्षीय पुरूषमा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि शनिबार हेलिकप्टरमा स्वास्थ्यकर्मी पठाइएको हो।, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पित्रिभक्त गिरीले डोल्पाका स्वास्थ्यकर्मी अन्यौलमा परेक...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ ले राहतको सट्टा रोजगारी दिने भएको छ।, वडाभित्र स्थायी/अस्थायी रूपमा बसोबास गर्ने दैनिक ज्यालामजदुरी गरी खाने नागरिकलाई वडाले काम दिने बताएको हो।, कोरोनाभाइरस महामारीका कारण देश लकडाउनमा रहेको र यस्तो बेला कामविहीन उनीहरूलाई नगरपालिकाले खाद्यान्नलगायत राह...
रासस पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदली भई वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभ...
एजेन्सी प्रशिक्षणका क्रममा भएको विमान दुर्घटनामा दुई पाइलटको मृत्यु भएपछि क्रोसियाका रक्षामन्त्री दामिर क्रिस्टिसेभिकले बिहीबार पटबाट राजीनामाको घोषणा गरेका छन्।, जिल्न प्रशिक्षण विमान बिहीबार दिउँसो जडारको एड्रियटिक शहर नजिकै दुर्घटना भएको थियो।, 'कुनै पनि रक्षामन्त्री र कमाण्डरका लागि सिपाही गुमाउनु गाह्रो हुन्छ। के...
सेतोपाटी संवाददाता एयर इण्डियाका पाँच पाइलटमा पनि कोरनाभाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार ७७ जना पाइलटमा गरिएको परीक्षणमध्ये पाँच जनामा संक्रमण देखिएको हो।, संक्रमित पाइलटहरूमा कोरोनाभाइरसको कुनै लक्षण नदेखिएको र सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ। पाँचै जना पाइलटले बोइङ ७८७ ड्रिमलाइनरको विमान चलाउँथे। साथै ए...
युवराज श्रेष्ठ केही दिनअघि प्रदेश ५ मा कोरोनाभाइरस परीक्षण गर्न पिसिआर टेष्ट किट सकियो।, गुल्मीमा विदेशबाट आएका ६९ जनाको स्वाब संकलन गरिएको थियो। उनीहरूको स्वाब परीक्षण गर्न बुटवलको साटो पोखरा पठाइयो। गुल्मीबाट आएका ६९ वटै स्वाब परीक्षण गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला बिहान १२ बजेदेखि रातको झन्डै ...
सेतोपाटी संवाददाता प्रदेश नम्बर ५ स्थित रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आइसोलेसन सेन्टर निर्माण गरेको छ।, शंकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर निर्माण गरेको हो।, नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नम्बर २ को कार्यालयमा सारेर स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टर बनाएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए।, आइस...
सेतोपाटी संवाददाता एकैदिन कोरोनाका नयाँ १० जना संक्रमित थपिएपछि जिल्ला सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको छ।, कोरोनाका संक्रमित थपिँदै गए पनि भारतमा रहेकाहरू सीमानाकाबाट आउने क्रम नरोकिएपछि जिल्ला सुरक्षा समितिले जिल्लालाई सिल गर्ने निर्णय गरेको हो।, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनाराय...
विवेक राई एक महिना बढी समय बितिसक्दा पनि कोरोना विशेष अस्पताल तोकिएको टेकु अस्पतालमा थप आइसियू जडान कार्य सकिएको छैन।, देशमा कोरोना संक्रमणको जोखिम औंल्याउनेबित्तिकै सरकारले टेकु अस्पतालमा २० वटा आइसियू बेड र ५ वटा भेन्टिलेटर सञ्चालनमा ल्याउने भनेको थियो।, अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले लकडाउनका कारण समयम...
प्रशन्न पोखरेल लकडाउनकै बेला काठमाडौंको एक सरकारी विद्यालयले ३६ जनालाई जागिरबाट निकालेको छ।, टोखा नगरपालिका-७ को तिलिङ्गाटार माध्यमिक विद्यालयले अब कहिले खुल्छ यकिन छैन भन्दै लामो समयदेखि पढाउँदै आएका शिक्षक, कर्मचारी र सुरक्षागार्डलाई निकालेको हो।, वैशाख अन्तिम साता विद्यालय व्यवस्थापन समिति बैठक राखेर विद्यालयले शिक...
रासस कोरोना भाइरसको जोखिम हुन नदिन जुम्लाको गुठीचौर गाउँपालिका-१ मा तयार गरिएको क्वारेन्टाइनमा बसेर २५ जना १४ दिनपछि घर फर्किएका छन्। उनीहरुलाई सो गाउँपालिकाले खादा ओढाएर सम्मानसहित घर फर्काएको छ।, क्वारेन्टाइनमा रहनेका लागि सो वडाले खाना र स्वास्थ्य व्यवस्थापन गरेको वडाध्यक्ष गणेश ऐडीले जानकारी दिए। पशु सेवा केन्द्रक...
सेतोपाटी संवाददाता कपिलवस्तुमा आज संक्रमण पुष्टि भएका आठ जनामध्ये एक जना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स भएको खुलेको छ।, प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले संक्रमित एक जना स्टाफ नर्स भएको पुष्टि गरेका हुन्।, कपिलवस्तु नगरपालिका वडा १ की २५ वर्षीया उनी जिल्ला अस्पतालमा कार्यरत रहेकी उनल...
सेतोपाटी संवाददाता नेपाली सेनाले चीनबाट ल्याउने स्वास्थ्य सामग्री हवाई मार्गभन्दा स्थलमार्गबाट चाँडो आउने भएको छ।, हवाई मार्गबाट ल्याउने पालो नपाएका कारणले स्थलमार्गबाटै चाँडो आउन लागेको नेपाली सेनाले जनाएको छ।, वैशाख २२ गते ग्वान्जाओबाट हिँडेको १ सय १० क्युविक मिटरको कन्टेनर बिहीबारसम्म काठमाडौं आइपुग्ने नेपाली सेनाक...
रासस कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरी वृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ।, गत चैत ११ गतेदेखि लकडाउन सुरू भएको थियो।  बौद्ध क्षेत्रको विभिन्न स्थानबाट सो कार्यमा संलग्न दुई महिलासहित नौ पुरूषलाई पक्राउ गरी मुद्दा चलाएको वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दि...
सेतोपाटी संवाददाता मंगलबार एकैदिन ५७ जना कोरोना संक्रमित थपिएपछि विज्ञहरूले थप जोखिम बढेको औल्याएका छन्। संक्रमण दोब्बर संख्याले बढिरहेको भन्दै परीक्षणलाई ठूलो आकारमा लैजानुपर्ने उनीहरूको तर्क छ।, 'हामीले टेस्ट गर्न नसकेकै हो। अहिले परीक्षणको गति बढाएपछि संक्रमण देखिन थालेको छ,' संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले ...
एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरस कहिल्यै नहराउने चेतावनी दिएको छ।, बुधवारको प्रेस ब्रिफिङमा डब्लुएचओले यस्तो चेतावनी दिएको हो।, डब्लुएचओका आपतकालिन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस हराउँछ भन्ने भविष्यवाणी नगर्न चेतावनी दिँदै यस्तो बताएका हुन्।, त्यसैगरी उनले भाइरस विरुद्धको खोप बनिहाले पन...
सेतोपाटी संवाददाता मंगलबार थपिएका पर्साका ३९ जना र बाराका एकजना गरी ४० जना कोरोना संक्रमितलाई वीरगन्जस्थित नारायणी अस्पतालमै राख्न व्यवस्था मिलाइँदैछ। , अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार अहिले थप २० वटा आइसोलेसन बेड तयार गर्ने काम भइरहेको छ। ‘बेड राख्ने काम भइरहेको छ। बेलुकासम्म संक्रमित स...
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघले पत्रकारलाई पिसिआर प्रविधिबाट कोरोना परीक्षण गर्न माग गरेको छ।, पर्साका दुई जना पत्रकारमा कोरोनाभाइरस पोजेटिभ देखिएपछि महासंघका महासचिव रमेश विष्टले मंगलबार विज्ञप्ति निकालेर पत्रकारको परीक्षण गर्न माग गरेका हुन्।, ‘आज सरकारले घोषणा गरेका ५७ जना कोरोना भाइरस संक्रमितमध्ये कम्ती...
सेतोपाटी संवाददाता गोरखा भित्रने नाकामा आजदेखि कडाइ गरिएको छ।, तनहुँको आँबुखैरेनीबाट गोरखा भित्रने नाका मझुवा देउरालीमा बिहीबारदेखि नेपाली सेनाले डियुटी सुरू गरेको हो।, गोरखा भित्रने अन्य नाका तनहुँको नयाँ पुल हुँदै गोरखाको च्याङ्लीमा जोड्ने पुलमा शसस्त्र प्रहरी खटाइएको छ।, यस्तै धादिङ बेनिघाट हुँदै गोरखा घ्याल्चोक जो...
सेतोपाटी संवाददाता लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि बुधबारदेखि सशस्त्र प्रहरी बलको टोली खटिएको छ।, नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी लगेर आज दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको हो।, नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि अहिले विरोध भ...
नारायण महर्जन पुतलीसडक आसपासमा अचेल धमाधम काम भइरहेको छ।, लकडाउनकै बेला पुतलीसडकको ढल व्यवस्थित गर्न लागिएको हो।, ठूलो पानी पर्दा ढलमा पानी बढी भएर सडकमा आहाल पर्ने समस्या हटाउन सडक डिभिजन कार्यालय काठमाडौंले टुकुचादेखि कमलपोखरीसम्म नयाँ ढल राखेको हो।, कार्यालयका प्रमुख कुवेर नेपालीका अनुसार अहिले टुकुचादेखि स्टार मलस...
रासस कपिलवस्तुमा ६ वर्षीया बालिकासहित सुरक्षाकर्मीमा  कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै जिल्लामा कोरोना संक्रमित ३९ जना पुगेका छन्।  संक्रमितमध्ये धेरैजसो रोजगारीका लागि भारत गएर फर्किएका रहेका छन्। भारतका विभिन्न स्थानबाट फर्किएका ३२ संक्रमित भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन्।, यस्तै ६ जना दैनिक काममा धेरैसँग ...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरि नगारपालिकामा कोरोना संक्रमित देखिएपछि कीर्तिपुर नगरपालिकाका विभिन्न टोल छिर्ने सडकमा तारबार लगाइएको छ।, छिमेकी नगरपालिका चन्द्रागिरिमा कोरोना संक्रमित देखिएपछि पूर्वसावधानी अपनाउन भन्दै स्थानीय बासिन्दाले मुल सडकदेखि टोल छिर्ने सडकमा तारबार लगाएका हुन्।, चन्द्रागिरि नगरपालिकाम...
रासस विगत केही दिनयता नेपालमा विकसित मौसमी प्रणालीहरू क्रमशः हटेर बिहीबारदेखि देशभर मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, केही दिनयता नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनाका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगात...
सेतोपाटी संवाददाता बंगालको खाडीनजिकै शक्तिशाली चक्रवात बनिरहेको छ। भारतीय मौसम विभागका अनुसार अंपुन नाम दिइएको उक्त चक्रवातका कारण अबको केही घन्टापछि आँधी र भारी वर्षा हुने सम्भावना छ।, अहिले उक्त चक्रवात १३  किलोमिटर प्रतिघन्टाका दरले उत्तरतिर सरिरहेको छ। यो चक्रवात पश्चिम बंगाल र ओडिसा हुँदै उत्तरपूर्वतिर  जाने जनाइ...
सेतोपाटी संवाददाता शुक्रबार बेलुका थपिएका ९ जना संक्रमितमध्ये एकजना उदयपुरका पत्रकार रहेको खुलेको छ।, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. मोहन सुवेदीले संक्रमित २५ वर्षीय युवक पत्रकार रहेको पुष्टि गरे। उनले संक्रमितलाई अस्पताल लैजाने बारे भोलि छलफल गरेर टुंगो गरिने बताए।, स्थायी घर ताप्लि गाउँपालिका रहेका उनी सदरमु...
रासस बाजुरामा आरडिटी किटको अभाव भएको छ। किट अभावमा जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका १६० जनालाई परीक्षण नै नगरी घर पठाइएको छ।, १४ दिन क्वारेन्टाइनको बासपछि अनिवार्य रूपमा आरडिटी जाँच गरेर मात्र घर पठाउनुपर्ने प्रावधान छ। तर किट अभावका कारण परीक्षण नै नगरी घर पठाइएको हो।, ,जिल्लाका नौवटै स्थानीय तहका क्वारेन्टाइ...
सेतोपाटी संवाददाता शुक्रबार काठमाडौंको सतुंगलका ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य मन्त्रालयले ९ जना संक्रमित थपिएको पुष्टि गरेको हो। , संक्रमितमध्ये पर्साका ४, दाङका ३ र उदयपुरका एकजना छन्। पर्सामा देखिएका चारजनामध्ये दुईजना ९ र १० वर्षका बालक छन्। , योसँगै नेपालमा कोरोना संक्रमितक...
सेतोपाटी संवाददाता बिहीबार कोरोना पुष्टि भएका काठमाडौं, चन्द्रागिरि नगरपालिका, दहचोकका ७ वर्षीय बालक गत वैशाख ६ गते बाराबाट आएको खुलेको छ।, संक्रमित बालक आफ्नो मामाघर बाराबाट आफ्नी आमासँगै आएको चन्द्रगिरि नगरपालिका-१ का वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिए।, 'संक्रमित बालककी आमाले आफू र छोरा चैत ६ गते बारा माइती गएक...
नारायण खड्का दाङका तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।,  , गढवा गाउँपालिका निवासी २३ वर्षीय र ३६ वर्षीय युवामा कोरोना संक्रमण भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले पुष्टि गरिन्।,  , उनीहरु लमहीको क्वारेन्टिनमा बस्दै आएका छन्। त्यस्तै तुल्सीपुर ७ का ३४ वर्षीय अर्का युवामा पनि काे...
सेतोपाटी भारतले कोरोना संक्रमणमा चीनलाई उछिनेको छ। कोरोना महामारीको उद्गम चीनभन्दा धेरै पछि संक्रमण फैलिएको भारतमा शुक्रबारको पछिल्लो बिरामी संख्या चीनभन्दा १३९ जना बढी छ।, शुक्रबार साँझ ९ बजेसम्मको तथ्यांकअनुसार भारतमा ८३,०७२ जनामा संक्रमण पुष्टि भएको छ। चीनमा अहिलेसम्म ८२,९३३ जना संक्रमित छन्। शुक्रबार एक दिनमै भारत...
युवराज श्रेष्ठ फेवातालमा माछा मारेर जीवन धान्ने जलारी समुदायको माछा अहिले विक्री हुँदैन।, लकडाउनका कारण माछा खाने मानिस लेकसाइड र खपौंदी जान पाएका छैनन्। होटल र रेष्टुरेन्ट बन्द हुँदा उनीहरुको माछा किनिदिने कोही भएनन्।, पोखरा महानगरले मजदुर तथा विपन्न नागरिकलाई राहत वितरण गर्दै थियो। जलारी समुदायले भने राहत मागेनन्। उ...
सन्जिब बगाले नेपाली सेनाले चीनबाट खरिद गरेको १८.८४ टन सामान मंगलबार बिहान काठमाडौं आइपुगेको छ।, ल्याइएको सामानमा पिपिई, एन-९५ मास्क लगायतका सामान रहेको सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले जानकारी दिएका छन्।, नेपाल एयरलाइन्सको वाइडबडीमा ती सामानहरू ग्वाङ्जाओबाट नेपाल ल्याइएको हो। नेपाल एयरलाइन्सको जहाज सोमबार साँझ त्य...
सेतोपाटी चोरी शिकारमा संलग्न भएको र विद्यालय तोडफोड गरेका छुट्टाछुट्टटै घटनामा संलग्न चार जना पक्राउ परेका छन्।, प्रहरीले जिल्लाको ताराखोला गाउँपालिका–३ बाट विद्यालय तोडफोड गर्ने पूर्वशिक्षकसहित दुई र गलकोट नगरपालिका–४ बाट मृग मारेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो।,  स्थानीय जङ्गलमा संरक्षित मृग मारेर खाँदै गर...
सेतोपाटी संवाददाता नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज आज चीन जाँदैछ।, साँझ ७ बजे वाइडबडी चीनको ग्वान्जाओ जाने त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।, वाइड बडी जहाजले १८ टनसम्म स्वास्थ्य सामग्री ल्याउने नेपाली सेनाले जनाएको छ। जहाजले पिपिई,पिसिआर किट्स,एन-९५ मास्क लगायतका स्वास्थ्य सामग्री ल्याउन...
नारायण खड्का बाँकेको नरैनापुर गाउँपालिकामा एकै दिन ५९ जनामा कोरोना संक्रमण देखिएपछि त्रास फैलिएको छ।, गाउँपालिकालाई उच्च जोखिमयुक्त क्षेत्र (रेड जोन) घोषणा गर्दै पूरै गाउँपालिकालाई शिल गर्ने तयारी गरिएको छ।, एकैपटक ४७ जनामा संक्रमण फेला परेपछि सोमवार बेलुका बसेको जिल्ला सुरक्षा समितिको बैठकले गाउँपालिकाका सबै वडाहरुमा...
सेतोपाटी संवाददाता लकडाउनका बेला मुलुकभरका अदालतमा अत्यावश्यक बाहेकका मुद्दा स्थगित छन्। सर्वोच्च अदालत फुलकोर्टले चैत ७ मा १५ दिनका लागि गरेको अदालत बन्दको समयावधि लकडाउनसँगै बढेको बढ्यै छ।, त्यसले अदालतमा विचाराधीन मुद्दाका तारेख, म्याद र हदम्याद साथै अदालतमा पुग्नुपर्ने मुद्दाको हदम्याद के हुने भन्ने विषय अनिश्चित ...
अरूण सैजु शनिबार १२-१ बजेतिर धुलिखेलमा कोरोना संक्रमितको मृत्यु भयो भनेर समाचार आयो। व्यारेकमा म, एसपी र कर्नेल सरहरू सँगै थियौं। समाचार आएपछि हामी नै जान पाए हुन्थ्यो भनेर सोचिरहेको थिएँ। मैले साथीहरूबीच पनि कुरा गरें। त्यहीबेला फोन आयो। र अन्त्यमा त्यो शव उठाउन हामी नै जाने भयौं।, हामी यसका लागि तीन महिनाअघिदेखि नै ...