content
stringlengths
20
64.1k
एजेन्सी बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ।, सोमबार यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस)ले आधिकारिकरूपमा सो कुरा बताएको हो। यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन।, गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको थियो र पुष्...
सेतोपाटी संवाददाता मंगलबार काठमाडौं उपत्यकाका तीन जिल्लामा ५ जनासहित देशभर जम्मा ३२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै संक्रमित संख्या ४ सय ७ पुगेको छ।, केही बेरअघि मात्र धनकुटा जिल्ला अस्पतालका पाँच जनामा संक्रमण देखिएपछि एकै दिन ३२ संक्रमित थपिएका हुन्। तर स्वास्थ्य मन्त्रालयले पछिल्लो पाँच जनाको विवरणबारे औपचार...
सेतोपाटी संवाददाता धनकुटा जिल्ला अस्पतालका एक जना प्रहरीसहित ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बाँकी चार जना संक्रमितमध्ये एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र एक जना नर्सका श्रीमान हुन्।, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पताल श्रोतले जना...
एजेन्सी रूसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन कोरोना भाइरस (कोभिड–१९)को उपचारपछि मङ्गलबार काममा फर्किएको रूसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ।, उनले आफुलाई कोरोनाभाइरसको सङ्क्रमण भएको भन्दै गत अप्रिल ३० मा उपचारका लागि नियमित जिम्मेवारीमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिएका थिए।, मिशुस्तिन...
द न्यूयोर्क टाइम्स कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले रोग प्रतिरोधक क्षमता वृद्धि गरेको उत्पादक कम्पनीले जनाएको छ।, पहिलो चरणमा आठ जना स्वस्थ व्यक्तिमा गरिएको परीक्षण नतिजा सोमबार सार्वजनिक गर्दै उत्पादक कम्पनी मोडर्नाले भनेको छ, ‘आठ जना स्वस्थ स्वयंसेवीहरूमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित दे...
सेतोपाटी संवाददाता ­­­­सोमबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएका धनुषाका २८ वर्षीय युवक नेपाल टेलिकमको एउटा आयोजना प्रमुखका चालक रहेको खुलेको छ।, नेपाल टेलिकमका एक अधिकारीका अनुसार संक्रमित युवकको भेट ती प्रमुखसँग पछिल्लोपटक वैशाख ३१ गते भएको थियो।, त्यो दिन युवक तलब लिन टेलिकमको बबरमहल कार्यालय पुगेका थिए।, उनी लिफ्ट ...
सेतोपाटी झापाको कचनकवल गाउँपालिकाका–१० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मङ्गलबार सिल गरिएको छ।, दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।, पालिकामा सात वडा रहेका छन्।, शनिबार भारतको मुम्बईबाट आएका ३३ जनालाई केचना, ...
सेतोपाटी संवाददाता टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालले दान र सापटी नै ४ करोड दिएको हिसाब देखाएका छन्।, २०३९ सालमा गाविस सचिव हुँदै सरकारी सेवामा प्रवेश गरेका उनी २०७६ सालमा शाखा अधिकृतबाट अवकाश पाएका व्यक्ति हुन्। यो ३८ वर्षे सेवाकालको वैध आम्दानी जोड्दा उनको कमाइ आठ करोड ७७ लाख २७ हजार रूपैयाँ ...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरि नगरपालिकामा १ सय १३ जनामा गरिएको आरडिटी परीक्षणमा ९ जनामा कोरोनाको एन्टिबडी  पोजेटिभ देखिएको छ।, मंगलबार गरिएको परीक्षणमा वडा-१२ का २ जना, वडा-१३ का ४ जना र वडा-१४ का ३ जनामा कोरोनाको एन्टिबडी देखिएको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।, ‘अब उनीहरूको...
सेतोपाटी संवाददाता प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जल तथा सिचाइँ विकास डिभिजन मोरङका प्रमुख (सिडिई) आनन्द कुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ।, डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदु...
सेतोपाटी संवाददाता आफ्नो देश फर्कन पाउनुपर्ने माग गर्दै सिंहदरवारअगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि हातपात गरेका चार चिनियाँ नागरिक पाँच हजार धरौटी बुझाएर छुटेका छन्।, बुधबार उनीहरू चारै जनाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पाँच–पाँच हजार बुझाएर छुटेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले जा...
सेतोपाटी संवाददाता थप सात जनामा कोरोनाभाइरस पुष्टि भएको छ।, प्रदेश १को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो।, त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री कार्यालयले जनाएको छ।, प्...
सेतोपाटी संवाददाता बिहीबार बेलुकी कोरोनाभाइरस संक्रमन पुष्टि भएका दाङका नयाँ संक्रमित चार दिनअघि भारतबाट आएको खुलेको छ।, उनी जेठ ४ गते कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गरेका हुन्।, घोराही उपमहानगरपालिका वडा नं. ३ का ३७ वर्षीय ती पुरूषलाई भारतबाट आएपछि सोझै लगेर मानव आश्रम सेवा केन्द्र कुइरेपानीमा निर्मित क...
सेतोपाटी संवाददाता नागढुंगामा बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्की १० हजार धरौटी बुझाएर छुटेका छन्।, बिहीबार कार्कीले जिल्ला प्रशासन कार्यालयमा १० हजार धरौटी बुझाएर छुटेको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिए।, 'कार्कीले प...
रासस काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ मा आज दिउँसो बोलेरो जीप दुर्घटनामा पर्दा गाडीमा सवार दुई जना सुनकोशी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।, दोलालघाटबाट सापिङतर्फ दाना र सिमेन्ट लिएर जाँदै गरेको बा १६ च ८८३८ नम्बरको बोलेरो गाडी अचानक पछाडिको दुई वटा टायर सडकबाट तल खसी कोल्टो पर्दा उक्त बोलेरोमा सवारमध्ये...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामा पूर्णरूपमा लकडाउनलाई पालना गराउन गरेको सिलबन्दीलाई नागरिकस्तरबाट उल्लंघन गरिएको छ।, स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को दफा लगाएर जिल्लालाई पूर्णरूपमा सिल गरिएको घोषणा गरिए पनि बुधबार तौलिहवामा भने त्यसको घोर उल्लंघन भएको हो।, स्थानीय प्रशास...
भगवती पाण्डे बिहीबार कोरोनाभाइरसको संक्रमणबाट गुल्मीका ४१ वर्षीय शिक्षकको शव ११ घन्टा बित्दा पनि उठेको छैन।    , तिलोत्तमाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा मृत्यु भएका उनका आफन्तले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको र क्षतिपूर्तिको माग गर्दै शव नउठाउने बताएका छन्।, मृतकका भाइले अस्पतालको लापरबाहीको कारण दाजुको...
सेतोपाटी संवाददाता मुस्लिम धर्मावलम्बीको पर्व ईद-उल-फित्रका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले सरकारले सो दिन बिदा दिने निर्णय गरेको बताए।, ‘यो सैद्धान्तिक निर्णय हो। इस्लाम धर्मगुरूहरूले कुन दिन उपय...
भगवती पाण्डे भारतसँग सीमाना जोडिएको भू-भाग धेरै रहेको प्रदेश नम्बर ५ मा कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भइरहेको छ।, वैशाख १९ गते रूपन्देही र बाँकेमा एकेक जनामा कोरोना संक्रमण देखिएको थियो।, सुरूमा रूपन्देही कोटहीमाइ गाउँपालिका वडा नम्बर १ पुर्नीहवाका २५ वर्षीय युवक र बाँके नेपालगञ्ज उपमहानगर वडा नम्बर ८ का एक ६० वर...
नेहा झा सर्लाहीमा शनिबार पुष्टि भएका कोरोना संक्रमित एक साताअघि भारतका विभिन्न ठाउँबाट फर्केकाहरू रहेको खुलेको छ।, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सेतोपाटीलाई दिएको जानकारीअनुसार कोरोना संक्रमण पुष्टि भएका १३ जना भारतबाट फर्केका हुन्।, ‘उहाँहरू भारतका दिल्ली, मुम्बई र गुजरातबाट एक साता अघि गाउँ फर्किनुभएको खुल...
रासस एउटा वडाध्यक्षको काम विकास निर्माण र आफ्ना जनताका लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु मुख्य जिम्मेवारी हो।, दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्का भने आफैं एम्बुलेन्स चालक बनेर नागरिकको सेवामा लागेका छन्। वडाध्यक्ष खड्काले आफैंले एम्बुलेन्स चलाएर खुल्लेक गाउँबाट बिरामी लिएर दिपायलस्थित श...
सेतोपाटी संवाददाता मकवानपुरमा १७ वर्षीया किशाेरीमाथि बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, बलात्कार गरेको आरोपमा बिहीबार मकवानपुर प्रहरी कार्यालयले बकैया गाउँपालिका ७ का ४८ वर्षीय व्यक्तिलाई पक्राउ गरेको हो।, ‘बिहीबार किशाेरीमाथि बलात्कार भएको भनेर जाहेरी लिएर आउनुभएको थियो,’ मकवानपुरका प्रवक्ता इन...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले भेटेरिनरी सेवालाई आवश्यक सेवाको सूचीमा राख्न सरकारलाई अन्तरिम आदेश दिएको छ।, नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष शितलकाजी श्रेष्ठले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान र हरिप्रसाद फुयालको इजलासले उक्त सेवालाई पनि आवश्यक सेवा मान्न आदेश दिएको हो।, सरकारले अनुमोदन गरेको पशु...
रासस भक्तपुर नगरपालिका वडा नम्बर ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण भएपछि जनप्रतिनिधि बस्ने बस्ती सिल गरिएको छ।, भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत ६ गते स्वाब सङ्कलन गरी जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलाको स्वाब...
सेतोपाटी संवाददाता मकवानपुरमा ३३ केजी गाँजा र भरूवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, शुक्रबार बिहान प्रहरीले मनहरी गाउँपालिका ६ का ४० वर्षीय रामचन्द्र प्रजालाई हतियार तथा ३३ केजी गाँजासहित पक्राउ गरेको हो।, बिहीबार राति पौने १२ बजे डिपोर्ट सामुदायिक जंगलको गोरेटोबाटो हुँदै केही व्यक्ति हतियारसहित आइरहेक...
नारायण खड्का नेपालकै कान्छो जिल्ला रूकुम पूर्वमा बुधबार तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भयो।, कोरोना संक्रमण पुष्टि भएको २४ घन्टा बित्न लाग्दा पनि संक्रमितलाई अस्पताल ल्याउन सकिएको छैन।, किन?, किनकी जिल्लामा बिरामी बोक्ने एम्बुलेन्सको अभाव छ। उक्त जिल्लाभरि नै दुइटामात्र एम्बुलेन्स छन्।, रूकुम पूर्वका कोरोना फो...
युवराज श्रेष्ठ पूर्वयुवराज पारस शाहलाई शुक्रबार मध्यरातमा छाती दुख्यो। उनले आफ्ना सहयोगीलाई ‘चेष्ट पेन’ भएको बताए।, शाहका सहयोगीले उनलाई अस्पताल लैजान कोठाबाट निकाले। शाह लेकसाइडको खपौंदीस्थित अपार्टमेन्टमा बस्छन्।, शाहलाई कोठाबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा गाडी दुर्घटनामा पर्‍यो।, शाह चढेको बा १४ च २...
हेमन्त काफ्ले गत मार्चको अन्त्य र अप्रिलको मध्यसम्म आइपुग्दा स्वास्थ्य विशेषज्ञहरूले अष्ट्रेलियालाई पनि कोरोना भाइरस (कोभिड–१९) को ‘संकटग्रस्त क्षेत्र’ बन्न सक्ने जोखिम रहेको चेतावनी दिएका थिए।, अष्ट्रेलियाको अवस्था पनि त्यस्तै थियो। संक्रमण फैलिँदो क्रममा थियो। अस्पतालहरूमा बिरामीको संख्या बढ्दै थियो। तर, परीक्षण निक...
सेतोपाटी संवाददाता डडेलधुराको रिसोर्टमा २० वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन्। , बुधबार अम्मरगढी नगरपालिका ८ स्थित रातोगुँरास रिसोर्टमा वडा नम्बर ७ की निर्मलाकुमारी बोहरा मृत अवस्थमामा फेला परेकी हुन्। , जिल्ला प्रहरी कार्यालयका अनुसार उनी बुधबार बिहान सात बजे रिसोर्टमा कोठा भाडामा लिएर बसेकी थिइन्।, ‘बिहान सा...
रासस सप्तरीको डाकनेश्वरी नगरपालिका–९ सखुवामा काठको चिर्पट प्रहारबाट एक जनाको मृत्यु भएको छ।, घाइते डाकनेश्वरी नगरपालिका–९ सखुवाका ५५ वर्षीय सुखदेव मण्डलको उपचारको क्रममा गए राति न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको मृतकका परिवारले जानकारी दिएको छ।, शनिबार साँझ उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर...
सेतोपाटी संवाददाता क्वारेन्टिनस्थलमा मृत्यु भएका कञ्चनपुर कृष्णपुर नगरपालिका ७ का वडाध्यक्षको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले मृतकको पिसिआर परीक्षणमा कोरोना नदेखिएको जानकारी दिए।, वडाध्यक्ष कल्लु राना गएराति खाना खाएर नयाँ क्वारेन्टाइन हेर्न जाने क्रममा एक्कासी कुर...
रासस थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका वडा ६ की गङ्गा कार्कीको मृत्यु भएको छ।, उपचारका क्रममा: काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति १०ः३० बजे उनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए।, न...
सेतोपाटी संवाददाता कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)ले जुन र जुलाईमा कोरोना भाइरसका बिरामी बढ्ने अनुमान गरेको छ।, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका विशेषज्ञहरु र नेपाली सेनाका विशेषज्ञ चिकित्सकहरुले अन्तर्राष्ट्रिय ट्रेन्डका आधारमा यस्तो प्रक्षेपण गरेका हुन्।, ‘हामीले गणितीय विश्लेषणका आधारमा गरे...
सेतोपाटी संवाददाता भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका ३५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको लखनउ आसपास आईपुग्दा उनको गत जेठ १० गते मृत्यु भएको थियो।  लखनउबाट बसमा आउँदा आफूलाई छटपटी भएको बताएका उनलाई छाती दुख्ने र बान्ता हुने भ...
सेतोपाटी संवाददाता डडेल्धुरा रिसोर्टमा मृत फेला परेकी युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन्।, बुधबार अमरगढी नगरपालिका ८ स्थित रातोगुँरास रिसोर्टमा वडा नम्बर ७ की २० वर्षीया निर्मलाकुमारी बोहरा मृत अवस्थामा फेला परेकी थिइन्।, आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले निर्मलाका प्रेम...
सेतोपाटी संवाददाता सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपलिका ८ निवासी २८ वर्षीय युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, स्वाब परीक्षण गर्न काठमाडौं पठाइएकोमा युवकमा संक्रमण पुष्टि भएको मेयर नाम्गेल जाङ्बु शेर्पाले बताए। , उनका अनुसार संक्रमित युवकको ट्राभल हिस्ट्री देखिएको छैन। युवक लकडाउन अघि देखि नै गाउँमै बसिरहेको पाइएको...
सेतोपाटी संवाददाता नेपालमा बिहीबार १५६ कोरोनाभाइरसका संक्रमित थपिएका छन्। , स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार  बिहीबार  दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १,...
दिपकजंग शाही संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट सदनमा प्रस्तुत गरेको छ।, अर्थमन्त्री युवराज खतिवडाले बिहीबार १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सदनमा प्रस्तुत गरेका छन्। आर्थिक वर्ष ०७७/७८ को बजेटको आकार यस आवको तुलनामा घटेको छ।, संघीय सरकारले ल्याएको करिब १५ खर्ब बजेटमा कर्णाली पनि समेटिएको छ। संघीय सरकारले कर्णालीका...
सेतोपाटी संवाददाता दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। उनमा संक्रमण पुष्टि भएकोबारे आफूलाई जानकारी आएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए।, अहिले संक्रमितको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको छ।, अस्पतालका एक चिकित्सकका अनुसार उनल...
एजेन्सी केही दिनअघि पाकिस्तानको कराँची अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनामा परेको पाकिस्तानी अन्तर्राष्ट्रिय एयरलायन्सको जहाजको अवेशषमा ४ करोड ८० लाख रुपैयाँ फेला परेको छ।, अनुसन्धान तथा उद्धारकर्ताहरूले बिहीबार उक्त परिणामको विभिन्न देशको मुद्रा फेला पारेका हुन्। उक्त रकम दुइटा लगेजमा भेटिएको हो।, 'विमानस्थलको स...
शोभा शर्मा भनिन्छ, नेतृत्व क्षमता संकटको बेला देखिन्छ। यो पनि सत्य हो, नेतृत्व कति निकम्मा छ भन्ने पनि संकटकै बेला देखिन्छ!, रोग एउटै हो- कोरोना। तर कोरोनाको ऐनामा प्रदेश-१ र प्रदेश-२ सरकारका फरक-फरक अनुहार देखिएका छन्। एउटा सुरूदेखि नै कोरोनाविरूद्धको यात्राको स्पष्ट मार्गचित्र कोरेर अघि बढिरहेको छ भने अर्को के गर्ने...
सेतोपाटी संवाददाता नेपालमा शुक्रबार १७० जना कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार शुक्रबार १७० जना संक्रमित थपिएका हुन्। उनका अनुसार संक्रमितहरू झापा २८, सप्तरी ४, बारा ४,पर्सा ५, सर्लाही १(पाटन अस्पतालमा कार्यरत), म्याग्दी १, बाँके १०, कपिलवस्तु ५१, नवलपरासी २, रौतहट ५६, ...
सेतोपाटी संवाददाता भारतमा चौथो चरणको लकडाउन भोलि आइतबार (मे ३१) सम्म जारी छ।, लकडाउनले करोडौं मानिसलाई मारमा पारेको छ। मुख्यगरी भारतभित्रै एक ठाउँबाट अर्को ठाउँमा काम गर्ने श्रमिक यसको चरम मारमा परेका छन्।, हजारौं श्रमिक आ-आफ्नो घर जान राजमार्गमा हिँडेका तस्वीर र रिपोर्ट आएपछि केन्द्र सरकारले केही दिनअघि रेल सेवा पुन:...
सेतोपाटी संवाददाता सोह्रखुट्टेमा युवतीमाथि दुर्व्यहार गरेको भन्दै प्रहरीले दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।, शनिबार साँझ साढे पाँच बजे बाटोमा हिँडिरहेकी एक युवतीलाई दुर्व्यवहार गरेको देखेपछि स्थानीयले चिनियाँ नागरिकमाथि कुटपिट गरेका थिए।, स्थानीयले खबर गरेपछि प्रहरीले दुबै जनालाई नियन्त्रण लिएको महानगरीय प्र...
दिपकजंग शाही जाजरकोटको भेरी नगरपालिका–६ का स्थानीयले क्वारेन्टिन बनाउन थालिएको भन्दै नजिकको विद्यालयको छानो भत्काइदिएका छन्। , नजिकमा रहेको विद्यालयमा क्वारेन्टिन बनाएर भारतबाट आएकालाई राख्दा वरपरकालाई कोरोना संक्रमण हुने भन्दै उनीहरुले विद्यालयको छानो भत्काइदिएका हुन्।, स्थानीय टेक मल्लका अनुसार विद्यालयमा क्वारेन्टि...
युवराज श्रेष्ठ भारतबाट स्याङ्जाको वालिङ आएर क्वारेन्टिनमा बसेका २ जना युवकमा जेठ १३ गते कोरोना संक्रमण देखियो।, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएसँगै उनीहरुलाई जिल्ला अस्पताल स्याङ्जाको आइसोलेसनमा राखियो।, कोरोना भाइरसको संक्रमण नेपालमा फैलिएपछि आयुर्वेद तथा वैकल्पिक चिकित्स...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा १६६ कोरोनाभाइरसका संक्रमित थपिएका छन्। , स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १६६ जनामा संक्रमण पुष्टि भएको हो। , तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्...
भगवती पाण्डे गुल्मीको मदाने गाउँपालिकाका शिक्षकको गत जेठ ८ गते रुपन्देहीको क्रिमसन अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भयो।, संघीय सरकारले कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि छुट्टै कार्यविधि बनाएको छ। सोअनुसार जेठ ९ गते मध्यान्न १ बजेतिर शव व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ...
सेतोपाटी संवाददाता गत जेठ १० गते भारतबाट नेपाल आउने क्रममा बाटोमै मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय कोरोना संक्रमित पुरुषलाई नेपालमै मृत्यु भएको संख्यामा समावेश गरिएको छ।, शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मृतकलाई नेपालमै कोरोनाबाट मृत्यु भएको संख्या समावेश गरिएको बताए।, मन्त्रालयकै सहप्रवक्...
नारायण खड्का दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेनसमा रहेका एक व्यक्तिमा डेंगी रोग देखा परेको छ।, जिल्लाको बबई गाउँपालिका वडा नं.६ का ३० वर्षीय कोरोना संक्रमित एक पुरुषमा आइतबार जाँच गर्दा डेंगी भेटिएको अस्पतालका हेल्थ असिस्टेन्ट द्रोर्ण वलीले सेतोपाटीलाई बताए।, ‘उहाँलाई ज्वरो आउने समस्या देखिएपछि रगत जा...
समिक्षा अधिकारी सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सामुदायिक विद्यालय सुधारको जिम्मा निजीलाई दिने घोषणा गरेको छ।, अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा भनिएको छ- 'माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षि...
सेतोपाटी संवाददाता जोरपाटीस्थित नेपाल मेडिकल कलेजका चिकित्सकमाथि भएको कुटपिट र सिसिटिभी फुटेज डिलिटसम्बन्धी छानबिन गर्न तीन सदस्यीय समिति बनाइएको छ।, आइतबार अस्पतालले डिआइजी विश्वराज पोखरेलसँग कुराकानी गरी छानबिन गर्न महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो...
रासस बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ।  , नगरपालिकाको आइतबार बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो।, कोरोना भाइरसका कारण बन्दाबन्दी अवस्थामा पनि भारतबाट लुकिछिपी आउने क्रम नरोकिएपछि यस्तो निर्णय गर्नुपरेको नगर प्रमुख गणेशबहादुर ...
सेतोपाटी संवाददाता शिक्षामन्त्री गिरिराजमणी पोखरेलले अर्थमन्त्रीले बिहीबार प्रस्तुत गरेको बजेटमा असन्तुष्टि व्यक्त गर्दै पुनर्विचार गर्न आग्रह गरेका छन्।, खासगरी बजेटको बुँदा नम्बर १६६ मा भएको व्यवस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रस्ताव नगरिएको भन्दै उनले आइतबार एक वक्तव्य जारी गरेका छन्।, ‘बजेटको बुँदा...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा २२६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। यो वृद्धि अहिलेसम्मकै बढी हो। , स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सोमबार २२६ कोरोना संक्रमित थपिएका हुन्। , झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८,...
सेतोपाटी संवाददाता गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा लकडाउनले समस्या परेको भन्दै व्यापारी आन्दोलित भएका छन्।, मंगलबार बिहान लकडाउनको अवज्ञा गर्दै त्यहाँका व्यापारीहरूले पसल खोलेका थिए।, 'आज बिहान व्यापारीहरू लकडाउन बढी भयो भनेर सडकमा आएका थिए,'नगरपालिकाका प्रवक्ता मनोज कुमार ढुङ्गानाले भने,'केही समय चाहिँ विवाद पनि भय...
रासस सुदूरपश्चिम प्रदेश सरकारले नेपाली भूमि कालापानीबाट भारतीय सैनिक फिर्ता गराउन, त्यहाँ निर्माण गरिएको सडक बन्द गराउन र त्यस क्षेत्रमा राज्यको पूर्ण उपस्थिति गराउनका लागि आवश्यक पहल गर्न सङ्घीय सरकारलाई आग्रह गरेको छ।, प्रदेशसभाको आजको बैठकको विशेष समयमा सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहा...
रासस सरकारले विदेशबाट ल्याइने नागरिकलाई राख्न सेल्टर होल्डिङ तोकेको छ। प्रदेश नं १ र २ का नागरिकलाई भक्तपुरमा राखिने भएको छ।, वाग्मती, गण्डकी र ५ नम्वर प्रदेशका नागरिकलाई काठमाडौँमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुर जिल्लाका तोकिएका सेल्टरमा होल्डिङमा राखेर मात्रै सम्बन्धित प्रदेशको समन्वयमा जिल्ला ...
सेतोपाटी दाङमा खुकरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका – ६ राजापुर निवासी ४३ वर्षीय कृष्ण सुनार गम्भीर घाइते भएका छन्। , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार मंगलबार साँझ साढे ५ बजेतिर सोही ठाउँका ३० वर्षीय सन्तोष सुवेदीले खुकुरी प्रहार गर्दा घाइते भएका सुनारको राप्ती प्रादेशिक अस्पतालमा ...
रासस कान्तिलोकपथ अन्तर्गतको हेटौँडा उपमहानगरपालिका–६ चौघडामा आज दिउँसो ४ बजे सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले दिएको जानकारीअनुसार बा२ क ७११० नंको ट्रकले अनटेष्ट स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक करिब ४० वर्षीय श्यामफुल बलाम...
सेतोपाटी संवाददाता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ८ जना सांसदले झन्डै तीन वर्षअघि फेल भएको संविधान संशोधन प्रस्ताव ब्युँताएर संसद सचिवालयमा दर्ता गरेका छन्।, २०७४ साल भदौ ५ गते तत्कालीन व्यवस्थापिका संसदमा मतदान हुँदा दुई तिहाइ नपुगेर फेल भएकै विधेयकमा एक बुँदा थपेर मंगलबार दर्ता गरिएको छ। सभापति शेरबहादुर देउवा ...
गिरीश गिरी युट्युबमा दृश्य देखेरै अचम्म लागेको थियो।, सामुन्ने अपरेसन थिएटर छ। बेडमा पल्टेका बिरामी पेटमा मादल राखेर एकोहोरो ताल मिलाउँदै ठोकिरहेका छन्। मादल बजाउनेका पछाडि जम्मा भएका डाक्टर समूहले उनको टाउको चिर्दै गरेको देखिन्छ।, 'बजाउन सजिलो भयो?' शल्यक्रिया गरिरहेका डाक्टर सोध्छन्।, मादल बजाइरहेका चर्चित मादलवादक ...
सेतोपाटी कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।, गत जेठ १६ गते बिहान बनेपा नगरपालिका–७ तरकारी बजारका रुकेश ठकुरीको घरमा ग्यास पाइप चुहिएर आगलागी हुँदा पाँच जना घाइते भएका थिए।, घाइत...
सेतोपाटी संवाददाता भक्तपुरमा १३ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, बुधबार १३ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्ने काभ्रे पनौती नगरपालिका-४ घर भई भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने  ३१ वर्षका मोहन तामाङलाई प्रहरीले पक्राउ गरेको हो।, ती बालिका फुपू-फुपाजूसँग बस्दै आएकी थिइ...
एजेन्सी संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको महामारीको असङ्गत प्रभाव र जर्ज फ्लोडको मृत्युलाई लिएर भएको प्रदर्शनले ‘स्थानीय असमानता’लाई उजागर गरेको संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्तले मङ्गलबार बताएका छन्।, उनले यो असमानतालाई सम्बोधन गरिनुपर्नेमा जोड दिएका छन्।, 'यो भाइरसले लामो समयदेखि वेवास्था गरिराखिएको ‘...
सेतोपाटी संवाददाता नेपालमा बिहीबार एकैदिन ३३४  जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले पछिल्लो २४ घण्टामा मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका ६५, म्याग्दीका १, बाग्लुङका...
सेतोपाटी संवाददाता लकडाउनपछि पहिलो पटक औपचारिक रूपमा नेपालीहरू स्वदेश फिर्ता भएका छन्।, शुक्रबार बिहान म्यानमारबाट २६ जना नेपाली स्वदेश आएका हुन्।, विमानस्थल कार्यालयका अनुसार पौने ११ बजे म्यानमार एयरफोर्सको जहाज नेपाली ल्याएर आएको हो।, म्यानमार सरकार आफ्नै खर्चमा यी नेपाली ल्याइदिएको हो।, आजै युएईबाट नेपालीहरू नेपाल ...
सेतोपाटी संवाददाता जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको छ।, चन्दननाथ नथरपालिका–८ तलिउम गाउँमा रहेको धुपीढुस्का माध्यमिक विद्यालयको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको हो।, क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको जानकारी चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले दिएकी छन्।, उनका अनुसार मृतक जेठ २१ गत...
सेतोपाटी संवाददाता सरकारले क्वारेन्टिनमा भएका सबै व्यक्तिको पिसिआर परीक्षण नगर्ने भएको छ।, पछिल्लो समय अत्यधिक परीक्षणको चाप बढेपछि सरकारले कोभिड-१९ टेस्टिङको नयाँ निर्देशिका जारी गर्दै प्राथमिकताका आधारमा पिसिआर परीक्षण गर्ने नीति लिएको हो।, नयाँ निर्देशिकामा सरकारले पिसिआर परीक्षणको लागि तीन वटा प्राथमिकता तय गरेको ...
दिपकजंग शाही सुर्खेतमा एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।, बुधबार राति पञ्चपुरी नगरपालिका-१ स्यानीडाँडाका २० वर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। उनको कोरोना संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेश अस्पतालले पुष्टि गरेको छ।, बिहीबार उनको स्वाब संकलन गरी सुर्खेतमा रहेको प्रयोगशालामा पिसिआर परीक्षण गर...
शोभा शर्मा हरिभक्तका बुवा क्षत्री थिए, थर ढकाल। यही आधारमा उनको थर ढकाल रह्यो, बुवाको जात भने पाएनन्।, अलि बुझ्ने भएपछि उनको मनमा एउटा प्रश्न उठ्यो- मैले बुवाको जात किन पाइनँ?, उनलाई गाउँमा, खेतमा र साथीभाइमाझ छोइछितो हुन्थ्यो, जुन उनले पचाइसकेका थिए। स्कुल भर्ना भएपछि पढाउने गुरूदेखि विद्यार्थीसम्मले उनलाई छोइछितो गर...
निशा भण्डारी लकडाउनपछि पहिलो पटक औपचारिक रूपमा नेपालीहरू स्वदेश फिर्ता भएका छन्। उनीहरूलाई प्राथमिकताको आधारमा फिर्ता ल्याइएको हो।, सरकारले लकडाउन जारी गरेको ७० दिन कटेपछि विदेशमा रहेका स्वदेशी आएका हुन्।, शुक्रबार बिहान म्यानमारबाट २६ जना नेपाली स्वदेश आएका हुन्।, विमानस्थल कार्यालयका अनुसार पौने ११ बजे म्यानमार एयरफ...
एजेन्सी ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको तेश्रो स्थानमा उक्लेको छ।, कोरोनाका कारण मृत्यु हुनेको संख्या बिहीबार ३४ हजार नाघेपछि इटालीलाई पछि पार्दै ब्राजिल तेश्रो स्थानमा उक्लेको हो।, बितेका २४ घण्टामा ब्राजिलमा १४ सय ७३ जनाको ज्यान गएको छ। योसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४ हजार २...
सेतोपाटी भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ। , जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए।, शनिबार बिहान मात्रै भारतको बै...
एजेन्सी इटाली हाल कोरोनाबाट सर्वाधिक प्रभावित मुलुकको सातौं स्थानमा छ।, हालसम्म त्यहाँ २ लाख ३५ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ भने करिब ३४ हजार जनाको मृत्यु भइसकेको छ।, इटालीमा संक्रमण विस्तारै कम हुँदै गएको छ।, पछिल्लो २४ घण्टामा त्यहाँ कोरोनाबाट ५३ जनाले ज्यान गुमाएका छन्। यो आँकडा अघिल्लो दिनको भन्दा कम हो। अघ...
सेतोपाटी दाङको देउखुरी क्षेत्रमा रहेका चार पालिकाले संयुक्त रुपमा एक सय शैयाको कोरोना विशेष आइसोलेशन केन्द्र सञ्चालनका लागि निर्माण सुरू गरेका छन्।, राप्ती, गढवा, राजपुर र लमही नगरपालिकाले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा विशेष आइसोलेशन केन्द्र सञ्चालन गर्ने भएका हुन्।, आइसोलेशनका लागि पालिकाहरुले कर्मच...
एजेन्सी कोरोना भाइरसका कारण विश्वमा ज्यान गुमाउनेको संख्या आइतबार ४ लाख नाघेको रोयटर्सले जनाएको छ।, रोयटर्सका अनुसार पछिल्लो समय ल्याटिन अमेरिकी देश ब्राजिल र दक्षिण एसियाली मुलुक भारतमा कोरोनाको संक्रमण धेरै बढिरहेको छ।, कोरोनाका एक चौथाई मृतक अमेरिकाबाट हुन भने ब्राजिलमा मृतकको संख्या तीव्र गतिमा बढ्न थालेको रोयटर्स...
सेतोपाटी भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको सङ्क्रमण भएको पाइएपछि अनिवार्यरूपमा जाँच गरिने भएको छ।, औलोको सङ्क्रमण समुदायस्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टिनमा बसिरहेका व्यक्तिको कोरोना जाँचसँगै औलोको समेत जाँच गरिने भएको हो।, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य...
सेतोपाटी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोभिड–१९ एक सङ्क्रमितको मृत्यु भएको छ।, अस्पतालको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज विज्ञप्ति जारी गरी पुष्टि गरेको हो। , निर्देशनालयका...
सविता बुढा डोटीको के.आई.सिंह गाउँपालिका वडा नं ३ को क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको मृत्यु भएको छ।, सात दिनअघि भारतबाट आएका युवकको आज विहान ३ बजेतिर मृत्यु भएको हो।, पारिवारिक स्रोतका अनुसार हिजो साँझ स्वास्थ्यमा असहज भएको भन्ने खबर आएपनि पानी परेर बाटो अवरुद्ध भएका कारण स्वास्थ्यकर्मी आउन नसकेको बुझिएको छ।, गाउँ...
सेतोपाटी कैलालीमा सशस्त्र प्रहरीले शनिबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।, सशस्त्र प्रहरी बल नेपाल अस्थायी जाँचचौकी जुगेडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अनिलकुमार ओलीको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१० बाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।, पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ बस्ने २३ ...
सेतोपाटी संवाददाता रुपन्देहीमा थप २० जनामा काेराेनाभाइरस संक्रमण पुष्टि भएको छ।, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार लुम्बिनी साँस्कृतिक नगरपालिकाका १८ र मायादेवि गाउँपालिकाका २ गरी २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, कार्यालयका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाका १७ देखि ४५ बर्ष उमेर स...
सेतोपाटी संवाददाता रूकुम पश्चिम चौरजहारी घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन इन्सेकले माग गरेको छ।, चौरजहारी घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले यस्तो माग गरेको हो। प्रतिवेदन जेठ २६ गते नै संसदको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेललाई बुझाएको छ।, इन्सेक...
शोभा शर्मा सोमबार बिहानै अछामको बयलपाटा अस्पताल परिसरमा एक जना युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए।, साँफेबगर नगरपालिका-६ का २५ वर्षीय सिद्धार्थ आउजीको शरीरमा दनदनी आगो बल्न थालेपछि वरिपरिकाले हतार-हतार निभाए। आगो निभे पनि उनको शरीरको धेरै भाग जलिसकेको थियो। उनको जलेको शरीरको उपचार बयलपाटा अस्पतालमा सम्भवै थिए...
सेतोपाटी संवाददाता काठमाडौंको विभिन्न स्थानबाट दुई दर्जन बढी बालबालिकाको उद्धार गरिएको छ।, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रिय बाल अधिकार परिषदको नेतृत्वमा ज्येठ २६ गते अपरान्ह काठमाडौंको ठमेल, पुरानो बसपार्क र चाबहिल चुच्चेपाटीमा बेवारिसे अवस्था भेटिएका २५ जना बालबालिकालाई उद्धार गरी पुन...
नेहा झा  ,फ्रन्टलाइनका कमान्डर , डाक्टर नीरा पाठकका साथीहरू लकडाउनको समय उपयोग गर्दै घरपरिवारसँग रमाइरहेका छन्।, उनी भने अरू बेलाभन्दा बढी समय ड्युटीमा खटिनु परेको छ। किनभने उनी प्याथोलोजिष्ट हुन्। अर्थात ल्याबकी डाक्टर।, वीरगन्ज महानगरपालिकामा रहेको नारायणी अस्पतालकी उनी प्रमुख प्याथोलोजिष्ट हुन्। अरू डाक्टरको भन्दा ...
सेतोपाटी संवाददाता २४ घण्टामा ३२३ कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेकाे नियमित पत्रकार सम्मेलनमा संक्रमितको संख्या ३२३ थपिएकाे जनाएको हाे। जसमा २९२ जना पुरुष र ३१ जना महिला छन्। , थपिएकासहित संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ।, त्यस्तै कोरोनाका कारण अहिलेसम्म १५ जनाको मृत्यु ...
नारायण खड्का कोरोना पोजेटिभ नै रहँदा दाङबाट डिस्चार्ज भएका ३ जनालाई फेरि बाँकेको आइसोलेसनमा राखिएको छ।, आइतबार दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालबाट डिस्चार्ज गरिएका १० जनामध्ये ५ जना मात्रै कोरोना भाइरसबाट मुक्त भएका थिए। स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार कोरोना पोजेटिभ नै रहेता पनि अरु ५ जनालाई डिस्चार्ज गरी...
सविता बुढा भीमदत्त नगरपालिकाको वडा नं ९ मा पर्ने ब्रह्मदेवस्थित नेपाली भूमिमा भारतले ढुङ्गाको तटबन्ध बनाउन थालेको छ।, महाकाली सन्धिपछि टनकपुर पावरहाउसबाट उत्तरतर्फ नेपाली भूमिमा बनाइएको बाँधको मर्मतस्वरुप भन्दै भारतले आइतबारबाट तटबन्ध बनाउन थालेको हो।, ब्रह्मदेवमा महाकाली सन्धी भएयता बनेको बाँध छ। बाँध बनेको यो भूभाग ...
एजेन्सी भारतको राजधानी नयाँदिल्लीमा जुलाई अन्तिमसम्म कोरोनाभाइरसका संक्रमित ५ लाख नाघ्ने अनुमान गरिएको छ।, मंगलबार दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले जुलाई अन्तिमसम्म संक्रमितको संख्या ५ लाख भन्दा बढी हुने बताएका छन्। त्यसका लागि ८० हजार बेड चाहिने उनको भनाइ छ।, 'जुन १५ सम्म ४४ हजार कोरोनाभाइरस संक्रमित हुन्छन् र...
सेतोपाटी संवाददाता रौतहटमा आठ लाख अवैध रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , मंगलबार बिहान पौने ११ बजे प्रहरीले इशनाथ नगरपालिका ४का धर्मेन्द्र साहलाई आठ लाख अवैध रकमसहित पक्राउ गरेको हो।, साहलाई प्रहरीले गौर नगरपालिका ४ बाट पक्राउ गरेको हो।, ‘झोलामा पैसा हालेको रहेछ। प्रहरीलाई शंका लागेर उनलाई सोधपुछ गरेको थियो...
रासस नेपालको पूर्वी सीमानाका काँकडभिट्टाको प्रवेशद्वारस्थित मेचीपुलमा कलापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिएको छ।, नेपाल कम्युनिष्ट पार्टीको भातृ सङ्गठनका रूपमा रहेका राष्ट्रिय युवासङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको संयोजनमा आज सो स्थानमा नक्सा राखिएको हो।, सो पुलको मुखमा १० फि...
सेतोपाटी संवाददाता सर्लाहीमा जीपको ठक्करबाट ६० वर्षीया वृद्धाको मृत्यु भएको छ।, बुधबार राति साढे ८ बजे कबिलासी नगरपालिका ५ रनियास्थित भित्री सडक खण्डमा भारतीय नम्वर प्लेट बिआर ०६ एस ०९९८ नम्बरको जीपले एक वृद्धालाई ठक्कर दिएको हो।, ठक्करबाट सोही ठाउँकी जानकीदेवी रामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्ला...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले कर तिर्न भन्दै सरकारले करदातालाई दिएको असार १५ गतेसम्मको म्याद सूचना कार्यान्वयन नगर्न र यो म्याद लकडाउन खुलेपछिसम्मलाई सार्न अन्तरिम आदेश दिएको छ।, अधिवक्ता सिर्जना अधिकारीसहितले दायर गरेको रिटमा सुनुवाई गर्दै बुधबार सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हा र मनोजकुमार शर्माको इजलासल...
समिक्षा अधिकारी ठूली भेरी नगरपालिकाका चक्र विश्वकर्माका छोरा दस वर्षका छन्। भर्खरै ५ कक्षा पास भएर ६ कक्षा पुगेका। कर्णाली प्रदेशको डोल्पामा कोरोना लकडाउनको प्रभाव कम छ। तर चक्रलाई कोरोनाभन्दा लकडाउनकै भय बढी छ।, कारण- चक्रका छोरा तीन महिनायता स्कुल जान पाएका छैनन्। स्कुल जान नपाउँदा छोरोका बालविकासको लय बिथोलिएको उनल...
एजेन्सी टापु राष्ट्र न्युजिल्याण्डका बासिन्दा मंगलबार ब्युँझिदा स्वतन्त्र बनेका थिए। स्वतन्त्र यस अर्थमा कि उनीहरू देशभित्र आफूले चाहेको ठाउँ जान सक्थे। मन परेको मान्छेसँग भेट्न सक्थे। साथीभाइ भेला भएर पार्टी/भोज गर्न सक्थे। चर्च वा मस्जिदमा प्रार्थना गर्न सक्थे। एकअर्कासँग हात मिलाउन सक्थे, अँगालो मार्न सक्थे, चुम्बन...
सेतोपाटी संवाददाता नेपाल मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ। आज अर्थात् जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मनसुन भित्रिनका लागि जुन खालको वातावरण हुनुपर्ने हो, त्यो बनिनसकेकाले अझै पाँच दिन लाग्ने सम्भावना रहेको मौसमविद् शा...
सेतोपाटी संवाददाता सरकारले महोत्तरीमा विषाक्त मदिरा खाएर ज्यान गुमाएकाका परिवारलाई दुई लाखका दरले २४ लाख राहत दिने भएको छ।, नेपाल सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दे विषाक्त रक्सी सेवनबाट मृत्यु भएका १२ जनाका परिवारलाई दुई लाखका दरले  २४ लाख रुपैयाँ राहत दिने निर्णय भ...
सेतोपाटी संवाददाता बुटवलबाट पाल्पातर्फ जाँदै गरेको ट्याक्सी सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुर्घटना भएको छ।, शुक्रबार दिउँसो ३ बजे पाल्पाको तिनाउ गाउँपालिकास्थित माथिल्लो सिद्धबाबा नजिकैबाट तिनाउ खोलामा खसेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।, प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब...
सेतोपाटी संवाददाता सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुर नाकामा शुक्रबार बिहान भारतीय र सशस्त्र प्रहरीबीच झडप हुदाँ १५ राउण्ड गोली फायर भयो।, त्यस झडपमा सशस्त्रको गोली लागेर एक जनाको मृत्यु भएको भारतीय मिडियाले दाबी गरेको छ।, भारतीय समाचार संस्था एएनआइले सीमा सुरक्षा बलका बिहारका आइजी संजय कुमारलाई उद्धृत गर्दै सश...