content
stringlengths
20
64.1k
नेहा झा धनुषाको इलाका प्रहरी कार्यालय सबैलामा प्रहरी हिरासतमा रहेका एक जना युवकको मृत्यु भएको छ। सवारी ज्यान मुद्दामा हिरासतमा रहेका  सबैला नगरपालिका-१२ का २३ वर्षीय शम्भु सदाले हिरासतको शौचालयमा आत्महत्या गरेको प्रहरीले बताएको छ तर उनको परिवारले भने शम्भुको हत्या भएको भन्दै छानबिन हुनुपर्ने माग गरेर प्रदर्शन थालेका छ...
दिपकजंग शाही जुम्लाको कनकासुन्दरी गाउँपालिकामा कार्यरत एक जना अहेव जेठ ७ गतेदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनामा रहेको एकीकृत क्वारेन्टिनमा खटिए। क्वारेन्टिनमै खटिएका उनमा त्यसको १२ दिनपछि कोरोना देखियो।, जेठ १९ गते गरिएको सामूहिक परीक्षणमा उनलाई पनि कोरोना आशंका गरियो। २१ गते गरिएको पिसिआर परीक्षणका क्रममा कोर...
सेतोपाटी संवाददाता सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले जोर-बिजोर प्रणालीमा निजी सवारी चलाउने निर्णय गरेको हो।, अर्थमन्त्री युवराज खतिवडाले यसरी निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन।, यसरी गाडी चलाउँदा चालकबाहेक गाडीमा दुई जना राख्नुपर्ने  छ भ...
सेतोपाटी संवाददाता परीक्षण किट अभाव भएपछि सुदूरपश्चिम प्रदेशले क्वारेन्टिनमा रहेका मानिसलाई विनापरीक्षण घर पठाउने तयारी गरेको छ।, प्रदेश स्वास्थ्य निर्देशनालयले परीक्षणमा किट अभाव रहेको भन्दै क्वारेन्टिनमा १४ दिन पुगेका र लक्षणविहीन मानिसलाई जाँच नगरी घर पठाइने जनाएको छ।, निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले सेत...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा २५० कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २५० कोरोना संक्रमित थपिएका हुन्। , योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४६१४ पुगेको छ। तीमध्ये ८६१ जना डिस्चार्ज भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन्।, सरकारले पछिल्लो...
भगवती पाण्डे गुल्मीमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।, जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकका ३६ वर्षीय पुरुषको शनिबार राती सवा ९ बजे मृत्यु भएको तम्घास अस्पतालका डाक्टर कविराज भुसालले जानकारी दिएका छन्।, उनी जेठ २ गते भारतबाट गाउँ आएका थिए।, धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित पाञ्चायन माविको क्वारेन्...
एजेन्सी भ्रष्टाचार आरोपमा थुनामा रहँदै आएका पाकिस्तानी पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीलाई कोभिड–१९ संक्रमण भएको छ।, पाकिस्तानी पत्रिका डनका अनुसार पूर्व प्रधानमन्त्री गिलानीलाई संक्रमण भएको जानकारी उनका छोरा कासिम गिलानीले ट्वीटमार्फत दिएका हुन्।, पाकिस्तानी पूर्व प्रधानमन्त्रीका छोरा कासिमले देशको उच्च पदस्थ पद...
सेतोपाटी संवाददाता भेन्टिलेटरको सहायतामा उपचार गरेका कपिलवस्तुका एक कोरोना संक्रमित युवा शुक्रबार कोरोनामुक्त भई घर फर्किएका छन्।, कपिलवस्तु नगरपालिका वडा नं. १२ का २२ वर्षीय युवालाई कोरोना संक्रमण पुष्टि भएपछि जेठ १४ गते उपचारको लागि बुटवल ल्याइएको थियो। , कोरोना संक्रमण हुनु पहिले नै मधुमेहको समस्याबाट पीडित उनलाई द...
सेतोपाटी संवाददाता नेपालमा शुक्रबार ४४८  जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो दैनिक वृद्धि अहिलेसम्मकै बढी हो।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा ४४८ जना संक्रमित थपिएका हुन्। , योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ। तीमध्ये ८७७ जना उपचारपछि ...
एजेन्सी अस्पतालको कमी भएपछि नयाँ दिल्लीले कोरोनाभाइरस संक्रमितको उपचार गर्न रेलका डिब्बाहरू प्रयोग गर्ने भएको छ।, आइतबार भारतको केन्द्रीय सरकारले कोरोनाभाइरस संक्रमितको उपचारका लागि नयाँ दिल्लीलाई रेलका ५०० डिब्बाहरू उपचारका सामाग्रीसहित प्रयोग गर्न दिने निर्णय गरेको हो।, ती डिब्बाहरूमा आठ हजार बेडहरू हुने गृहमन्त्री ...
रासस बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ ल्याएको हो।, ढाकामा जम्मा भएका नेपाली लिन आजै निगमको वाइड बडी ‘ए’ ३३० जहाज गएको थियो। नेपाली बोकेर वाइड बडी जहाज केही बेरअघि त्रि...
सेतोपाटी संवाददाता प्रदेश २ को आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।, आज बसेको चौथो अधिवेशनको १० औं प्रदेशसभा बैठकमा प्रदेश प्रमुख तिलक परियारद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई मुख्यमन्त्री लालबाबु राउतले प्रस्ताव गरेका थिए।, प्रमुख प्रतिपक्षी नेपा...
सेतोपाटी संवाददाता जिल्ला अदालत रूकुम पश्चिमले चौरजहारीमा भएको हत्याकाण्डमा मुछिएका दुई नाबालकलाई बाल सुधार गृहमा पठाउने आदेश गरेको छ।, जेठ १० गते चौरजहारीमा प्रेमिका लिन पुगेका जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरेको भन्दै आइतबार ३४ जना विरूद्ध मुद्दा दायर भएको थियो।, न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा मु...
सेतोपाटी परशुराम नगरपालिका नगरप्रमुख भीमबहादुर साउदले डडेल्धुरामा पिसीआर मेसिन खरिदका लागि  पाँच लाख सहयोग गरेका छन्।, आफ्ना स्व. दाजु दलबहादुर साउदको स्मृतिमा राजेन्द्र निर्माण सेवा प्रालिका तर्फबाट नगरप्रमुख साउदले पाँच लाख दिन लागेका हुन्।, सुदूरपश्चिममा कोरोना परीक्षण गर्ने पिसीआर मेसिन एउटा मात्र रहेकाले परीक्षणक...
सेतोपाटी कोरोना भाइरसको संक्रमण बढ्ने भएपछि सरकारले गरेको लकडाउनपश्चात निरन्तर ७७ दिन निःशुल्क खाना खुवाएको इलामेली किचन बन्द भएको छ।, लकडाउन खुकुलो भएसँगै केही सहजता भएको भन्दै किचन बन्द भएको हो।, इलाम बजारमा किनमेल गर्न आएका र अस्पतालमा बिरामी लिएर आएकाहरुलाई निःशुल्क खाना खुवाउने अभियान नै सञ्चालन गरिएको थियो।, होट...
सेतोपाटी संवाददाता गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिएका छन्।, भारतबाट फर्किएर विभिन्न जिल्लाका क्वारेन्टिनमा रहेका युवाहरूमा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए।, यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको छ।, थपिएका संक्रमितहरुमा स्याङ्जाक...
सेतोपाटी आइतबार मृतावस्थामा फेला परेका २० वर्षीय अमित रसाइलीको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।  , कास्की प्रहरीले सोमबार गरेको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख दानबहादुर कार्कीले घटनाको प्रारम्भिक अनुसन्धानबाट अमितकै साथीबाटै उनको हत्या भएको जानकारी दिए।  पक्राउ पर्नेमा  सुनम गुरुङ, शंकर सुनार, मनीष श्...
एजेन्सी चीनसँग लामो सीमाक्षेत्र र ९.७ करोड जनसंख्या भएको भियतनाममा हालसम्म ३ सय ३० जनामात्र कोरोना संक्रमित फेला परेका छन् भने सोका कारण कसैको पनि मृत्यु भएको छैन।, यस्तोमा धेरैलाई भियतनाममा किन संक्रमण फैलिएन भन्ने लाग्नसक्छ।, विज्ञहरूले संक्रमण नियन्त्रणका लागि भएको थोरै समयको भरपुग प्रयोग गर्नाले भियतनाममा अन्तजस्त...
भगवती पाण्डे अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन्।, शितगंगा नगरपालिका वडा नं. ५ स्थित हरी माविको क्वारेन्टिनमा रहेका सोहि वडाका ४३ वर्षीय पुरुषले बुधवार विहानपख झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक माधव बुढाथोकीले...
सेतोपाटी भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो।, चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएपछि सञ्चार कक्ष सिल गरी यहाँ रहेका १२ प्...
सेतोपाटी कञ्चनपुरको बेलौरी क्षेत्रबाट सशस्त्र प्रहरीले दुई जनालाई खैरो हिरोइनसहित बुधबार पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१० बस्ने २५ वर्षीय रामु खाँण ठकुरी र बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय आशिष उपाध्यायलाई ०.६१ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले जानकारी द...
एजेन्सी पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जनाएको छ।, पछिल्लो चौबिस घण्टामा पाकिस्तानमा ५ हजार ८३९ जना नयाँ संक्रमित भेटिएका छन्। योसहित पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको कूल संख्या १ लाख ५४ हजार ७६० पुगेको छ ।, पाकिस्तानमा कोरोना भाइरससँग सम्बन्धित...
सेतोपाटी संवाददाता प्रतिवन्धित लागु औषध खैरो हिरोइनसहित तुलसीपुरमा दुई जना पक्राउ परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमके निवासी २३ वर्षीय लोकबहादुर थापा र घोराही १५ की २० वर्षीया सरिता परियार पुन पक्राउ परेका छन्।, पक्राउ परेकामध्ये थापाको साथबाट १ ग्राम ३ सय ४० मिलिग्राम खैरो हिरोइन र ३३ हजार नगद फेला परे...
सेतोपाटी गए रातिदेखि परेको अविरल वर्षाका कारण पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध बनेको छ।, आज बिहान पहिरो गएको हो। पहिरोका कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग अवरुद्ध बनेको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्ध...
सेतोपाटी संवाददाता रुकुम पूर्वकी एक वडा सदस्यको लडेर मृत्यु भएको छ।, भूमे गाउँपालिका वडा नं. ४ की ५८ वर्षीया धनशरी कामीको लडेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गजुशिद्धि बज्राचार्यले सेतोपाटीलाई बताए।, बुधबार बेलुका ४ बजेतिर काँडा भन्ने स्थानमा पैदल हिँडिरहेकी वडा सदस्य कामी लडेर गम्भीर घाइते भएकी थिइन्।, उनलाई स्थानी...
सेतोपाटी संवाददाता सर्लाहीमा निमार्णाधीन नयाँ घर भत्किँदा एक जनाको मृत्यु भएको छ।, बिहीबार राति पौने सात बजे चन्द्रनगर गाउँपालिका-७ बस्ने कैलाश साहको घरको छानामा खपडा छाउने क्रममा भत्किँदा एक जनाको मृत्यु भएको हो।, साथै अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।, घर भत्किँदा गम्भीर घाइते भएका ६...
सेतोपाटी माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ।, बिहान ४:१५ बजे खसेको पहिलो राति १० बजे पन्छाएर सडक नियमित गरिएको हो।, नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो।, दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो ...
सेतोपाटी संवाददाता चितवनका ७४ वर्षीय फोक्सोका क्यान्सर पीडित एक वृद्ध कोरोनाबाट निको भएका छन्।, भरतपुर अस्पतालमा उपचाररत उनी श्रीमतीसहित शुक्रबार डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. प्रमोद पौडेलले जानकारी दिए।, झन्डै एक महिनाअघि ती वृद्ध र उनकी श्रीमतीमा संक्रमण पुष्टि भएको थियो। उनी परिवारसहित भारतमा क्यान्सरको उपच...
प्रकाश शिलवाल माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ।, कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिस...
एजेन्सी पछिल्लो साताहरूमा रंगभेद विरोधी आन्दोलनका कारण कोरोना भाइरसको महामारीले अखबारहरूमा कम प्रमुखता पाए।, केही दिन यता त्यहाँ कोरोना संक्रमितको संख्या बढेको छ। यसका कारण त्यहाँ भाइरसको दोश्रो चरणको महामारी सुरू हुने होकी भन्ने त्रास उत्पन्न भएको छ।, यध्यपी अमेरिकी उपराष्ट्रपतिले यस त्रासलाई 'हद भन्दा बढी' भएको प्रत...
रासस गत सोमबार शुक्लागण्डकी– ९ मा पर्ने सुरौदी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका युवक आज पाँच दिनपछि मृत फेला परेका छन्।, खोटाङ जिल्ला घर भई हाल शुक्लागण्डकी– ८ मा दिदीभिनाजुसँगै बसेर ज्यालादारी मजदूरी गर्दै आएका १७ वर्षीय रामबहादुर राईलाई खोलाले बगाएको थियो।, शुक्लागण्डकी – ४ र ८ का बीचमा पर्ने सेती पुलमुनि तैरिरह...
सेतोपाटी संवाददाता गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३५ जना पुगेका छन्।, जसमध्ये शनिबार मात्र ५८ जना नयाँ संक्रमित थपिएका छन्।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, भरतपुर र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परिक्षण पश्चात थप ५८ जना नयाँ संक्रमित रहेको पुष्टि भएको हो।, शनिबार देखिएका सं...
निशा भण्डारी काठमाडौंका सडकमा शनिबार पनि सरकारविरूद्ध शान्तिपूर्ण प्रदर्शन भयो।, स्वतर्फूत भेला भएका युवाहरूले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै सहिदगेट अगाडि सडकमा प्लेकार्ड लिएर प्रदर्शन गरे।, उनीहरूले दश अर्बको हिसाब पारदर्शी हुनुपर्ने, १०० प्रतिशत पिसिआर विधिबाट कोरोना ...
सेतोपाटी जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन्।, सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन्। भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए।, सुरूमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको भए पनि भाग्ने प्र...
सेतोपाटी कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राख्ने अभियानलाई जारी राखेको छ।, सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय चितवनको क्षेत्रमा पर्ने सीमानाकामा यस्तो अभियानलाई कडाइका साथ निरन्तरता दिइए...
सेतोपाटी हेटौँडाका एक युवा व्यवसायी बुधबार बिहान जङ्गलमा मृतावस्थामा भेटिएका छन्।, निजको शव हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडाको जङ्गलमा भेटिएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–५ सानोपोखराका ३० वर्षीय पविनमान श्रेष्ठको  शव आज फेला परेको हो।, राप्तीपुलबाट भैरवडाँडा जाने बाटोको जङ्गल...
रासस पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई आफू र वडासँग समन्वय नगरी होटलमा राखेकामा स्थानीयवासीले विरोध गरेका छन्।, स्थानीयवासीका अनुसार पोखरा– ६, बैदामस्थित तुलिप पोखरा इनमा चिकित्सक र नर्स चार दिनदेखि बस्दै आएका छन्।, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक...
सविता बुढा बाजुरामा पिसिआर मेसिन खरिद गर्ने काम स्थगित भएको छ।, प्रदेशमा एक मात्र पिसिआर मेसिन हुँदा कोराना परीक्षणमा समस्या भइरहेको भन्दै जिल्लाको बूढीगंगा नगरपालिकाले मेसिन खरिद गर्ने निर्णय गरेको थियो।, सोही अनुसार नगरपालिकाले मेसिन खरिद गर्ने भनेर ३० लाख बजेट छुट्याइसकेको थियो। उक्त बजेटले मात्रै पिसिआर मेसिन खरिद...
सेतोपाटी संवाददाता सर्लाहीको लालबन्दी नगरपालिकाका वडा नम्बर १७ का वडाअध्यक्षले आफ्नो क्रसर उद्योग परिसरमा अवैधरुपमा पालेको हरिणको भालेले हान्दा मंगलबार साँझ एक ७० वर्षीय वृद्ध घाइते भएका छन्।, हरिणको आक्रमणबाट सोही वडा बस्ने वर्ष ७० का गणेश भनिने भीम बहादुर कटुवाल घाइते भएका हुन्।, इलाका प्रहरी कार्यालयका सई प्रदीप चौ...
प्रशन्न पोखरेल माध्यमिक शिक्षा परीक्षा (एसइई) का विद्यार्थीलाई आन्तरिक मूल्यांकनबाट नम्बर दिने बाटो खुलेको छ।, राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा गठन हुने समितिले विद्यार्थीको मूल्यांकन गरी नम्बर पठाउने अधिकार दिएको हो।, कोरोनाभाइरस महामारीले शैक्षिक सत्र २०७६ को एसइई परीक्षा स्...
भगवती पाण्डे दाँतमा कीरा लागेकैले रूपन्देहीका आशा गुरूङ बेलायती सेनामा भर्ती हुन पाएनन्।, त्यतिबेला उनी जति खुसी भएका थिए उनको परिवार त्यति नै दु:खी बनेको थियो। , हजुरबुवा र बुवा बेलायती सेनाबाट अवकास पाएकोले उनलाई पनि भर्ती गराउने परिवारको धोको थियो। त्यही धोकोको दबाबमा परेर उनले ब्रिटिस लाहुरेको फारम भरेका थिए।, आशा...
सेतोपाटी संवाददाता ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।, मृत्यु हुनेमा ४९ वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ।, स्रोतका अनुसार उनलाई यसअघि नै परीक्षणका क्रममा कोरोना देखिएको थियो।, काठमाडौंमै बस्दै आएका उनको स्थायी ठेगाना चितवन हो। अस्पतालका अनुसार ती संक्रमितले ५ महिनाअघि मिर्गौला प्रत...
सेतोपाटी संवाददाता सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ।, बिहीबार बिहान आठ बजे सप्तरीको छुट्टाछुट्टै स्थानमा चट्याङले लागेर चार जनाको मृत्यु भएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए।, 'बिहानै सप्तरीका छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर चार जनाले ज्यान गुमाएका छन...
सेतोपाटी संवाददाता सप्तरीमा सरकारी नम्बर प्लेटको गाडीले ठक्कर दिँदा आमा-छोराको मृत्यु भएको छ।, बुधबार राति नौ बजे खडक नगरपालिका-७ मा च १ झ ७८७ नम्बरको सरकारी जीपको ठक्करबाट स १० प ९०५० नम्बरको मोटरसाइकलमा सवार आमा छोराको मृत्यु भएको हो।, वडा नम्बर ५ का मोटरसाइकल चालक अन्दाजी ३५-४० वर्षीय छोरा वीरेन्द्र दास र ६०-६५ सुत...
रासस काठमाडौंको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। , ,टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान कृष्णहरिलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, बुधबार राति करिब १ बजेको समयमा विवाद हु...
रासस बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन्।, उनलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।, इलाका प्रहरी कार्यालय बुर्तिव...
सेतोपाटी संवाददाता सल्यानमा पहिरोले पुरिएर एक वृद्धको मृत्यु भएको छ।, जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. ६ सिरेनी निवासी ७७ वर्षीय डिल्लीबहादुर आलेको पहिरोमा पुरिएको अवस्थामा शव फेला परेको हो।, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार आले घरदेखि असार ९ गते घाँस काट्न भनि गएपछि बेपत्ता थ...
सेतोपाटी संवाददाता मोरङमा स्कोर्पियोको ठक्करबाट तीन जनाको मृत्यु भएको छ।, कानेखोला गाउँपालिका-७ स्थित सडकखण्डमा बिहीबार राति आठ बजे पथरीबाट इटहरीतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।, बा १४ च ९६४३ नम्बरको स्कोर्पियोले मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रह...
सेतोपाटी संवाददाता तुलसीपुरमा जंगली च्याउ खाँदा १४ जना विरामी भएका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी ३५ बर्षीया विमला विक, उनका १० बर्षीय छोरा र ११ वर्षीया छोरी, सोही ठाउँका ३६ वर्षीय टेकबहादुर पुन, उनकी ३३ वर्षीया श्रीमति कमला पुन र उनको १९ वर्षीय छोरा टोपेन्द्र पुन विरामी भएका छन्।, त्यस्तै रा...
सविता बुढा चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ।, क्यान्सर पीडित कैलालीको गोलावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको शनिबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।, योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ जना पुगेको छ।, सूचना अधिकारी लिलाधर पौडेलले फोक्साकोे क्यान्सरको उप...
सविता बुढा धनगढी उप–महानगरपालिकाले २८ बेडको आइसोलेशन संचालनमा ल्याएको छ ।,  , उप–महानगरपालिकामा कोरोना संक्रमितहरु संख्या बढेपछि  उपचारका लागि आइसाेलेसन संचालनमा ल्याएको नगरप्रमुख नृपबहादुर वडले बताए।, वडा नं १५ जडिबुटी प्रशोधन केन्द्रमा निर्माण भएको आइसोलेसनमा संक्रमित बिरामीहरु राख्न सुरु भैसकेको मेयर वडले जानका...
रासस मन्त्रीलाई पर्‍यो भने मात्रै साइवरको विषय सम्बोधन हुने कि सामान्य नागरिकका पनि उजुरी र मर्का हेरिन्छ? शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा सुरक्षा निकायसँग एक सांसदले जिज्ञासा राखे। , प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको बैठकमा सांसद रामबहादुर विष्टले माथिल्ला ओहदाका मानिसलाई अप्ठेरोमा पर्दा मात्रै आ...
सेतोपाटी संवाददाता कोरोनाभाइरस महामारीपछि लकडाउन अवधिमा प्रदेश नम्बर ५ मा तीन सय ९३ जनाले आत्महत्या गरेका छन्।, चैत ११ गतेदेखि जेठ मसान्तसम्मको तथ्यांकले उक्त संख्यामा आत्महत्या देखाउँछ। प्रदेश ५ का १२ जिल्लामा ८२ दिनमा तीन सय ९३ जनाले आत्महत्या गरेका हुन्।, प्रदेश ५ स्थित प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार ...
सविता बुढा क्वारेन्टिनमा गम्भीर विरामी परेपछि भेरी अञ्चल अस्पतालमा उपचारका लागि लगिएका कैलाली गौरीगंगा नगरपालिका वडा नम्वर ४ का २२ वर्षीय युवकलाई आयुसियुमा भर्ना गरिएको छ।, उनी शुक्रबार राति २ बजेबाट बेहोस भएका थिए। युवक बेहोस भएको ३० घण्टापछि उनलाई आइसियुमा राखेर उपचार गरिएको भेरी अञ्चल अस्पतालका सूचना अधिकारी डाक्टर...
जुना श्रेष्ठ अमिताभ बच्चन र आयुष्मान खुराना अभिनीत 'गुलाबो सिताबो' अहिले चर्चामा छ। भारतमा लकडाउनका कारण नयाँ फिल्म स्थगित गरिएका बेला दर्शकहरूले लामो समयपछि निर्देशक सुजीत सिरकरको कमेडी-ड्रामा 'गुलाबो सिताबो' हेर्न पाएका छन्।, यो फिल्म सिनेमा हलमै रिलिज गर्ने भनेर खुब प्रचारप्रसार गरिएको थियो। कोरोना महामारीका कारण ह...
सेतोपाटी संवाददाता कैलालीबाट प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका ६ जना पक्राउ परेका छन्। , प्रहरीले धनगढी उप–महानगरपालीका वडा नम्बर ९ बस्ने जिल्लाका जनसरकार प्रमुख ४८ का दल बहादुर बिकसहित ६ जनालाई शनिबार राति पक्राउ गरेको हो।, विभिन्न मितिमा आपराधिक क्रियाकलापमा संलग्न रही फरार...
सेतोपाटी सिंगापुर रेडक्रससँग आबद्द प्रारम्भ नामक सामाजिक संस्थाले २ करोड मुल्य बराबरका स्वास्थ्य सामग्री नेपाल रेडक्रस सोसाइटीलाई सहयोग गरेको छ। , स्वास्थ्य मन्त्रालय र आनी छोइङ डोल्मा फाउण्डेशनसँगको  समन्वयमा संस्थाले सिंगापुर रेडक्रस मार्फत प्राप्त अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल रेडक्रसलाई हस्तान्तरण गरेको हो।, ...
सुनिता सिटौला नेपालमा सलह कीरा प्रवेश गरेको छ। भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराका समूह देखिएको हो।, ‘आज बिहान रूखमा सलह कीरा बसेको देखेपछि किसानहरूले हामीलाई खबर गर्नुभएको हो,’ कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले सेतोपाटीसँग भने, ‘अहिले हामी फिल्डमा छौं...
सेतोपाटी कर्णाली प्रदेश सरकारले आज (असार १५ गते) सार्वजनिक बिदा दिएको छ ।, प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका जुम्लाबाहेक नौवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो।, जुम्लामा चैत महिनाको १२ गते धान दिवसका रूपमा बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले ...
सेतोपाटी संवाददाता कोरोनापछिको लकडाउनले विदेशमा अलपत्र परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएका छन्।, जेठ २२ गतेदेखि असार १३ गते शनिबारसम्म भारतबाहेक अन्य मुलुकबाट कोरोनाका कारण समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएको गैरआवासीय नेपाली संघले जनाएको छ।, कुन देशबाट कति फर्काइए?,शनिबारसम्म सबैभन्दा बढी...
नारायण खड्का जिल्लाका पहाडी क्षेत्रमा एकलाख टिम्मुरका विरुवा रोप्ने अभियान सुरू भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ प्रतापकोटबाट अभियानको सुरूवात गरिएको छ।, राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर मावि प्रतापकोटको जग्गामा १ हजार ८ सय टिमुरका विरुवा रोप्ने अभियानको सुरुवात गरिएको हो।, पहाडी क्षेत्रहरुलाई टिमुरको ...
सेतोपाटी संवाददाता कालीमाटीबाट ६५ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त कालीमाटीले स्रोत नखुलेको ६५ लाख ८ हजारसहित २ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले सोमबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट सोही ठाउँ बस्ने २५ वर्षीय भारतीय नागरिक रविशंकर सिंह र बारा जीतपुरका ४...
सेतोपाटी संवाददाता मंगलबार कोरोनाका ३ सय १६ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ३ सय १६ संक्रमित थपिएको जानकारी दिए। यो संख्या थपिएसँगै कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ।, त्यस्तै मंगलबार विभिन्न अस्पतालबाट ६० जना कोरोनाबाट निको भएर डिस्चार...
सेतोपाटी भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ।, जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन्।, गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो १ सय रूपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए।, अध्यक्ष थापाले कि...
सेतोपाटी संवाददाता बुटवलको कोरोना विशेष आइसोलेसन अस्पतालबाट डेंगीसँगै कोरोनाको समेत संक्रमण पुष्टि भएका दाङका युवासहित सात जना कोरोनामुक्त भएका छन्।, सोमबार कोरोनामुक्त भएर फर्किनेमध्ये दुई जना दाङका र एक जना रुपन्देहीका गरी तीन जना आइसियुमा भर्ना भएका थिए भने चार जना आइसोलेसनमा रही उपचाररत् थिए।, लुम्बिनी प्रादेशिक अ...
रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरविरुद्ध विशेष अदालतमा आज दायर गरेको छ।, आयोगका अनुसार २०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट रापअन द्वितीय श्रेणीमा प्रवेश गरेका ठाकुर सहलेखापाल पदमा नियुक्ति भई २०...
सेतोपाटी गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।   , मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी २४ वर्षीय युवक धीरज राई झुण्डिएको अवस्थामा फेला परेको वृत्तका प्रहरी नायब निरीक्षक विकासबाबु न्यौपा...
गिरीश गिरी 'ओहो! पुष्पलालको कुरै नगर्नुस्,' एक साताअघिको साँझ कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ भन्दै थिए, 'उनी अर्कै मानिस थिए जसको नाम अहिलेका कम्युनिस्टसँग जोड्दै नजोड्नुस्।', हामी एउटा फरक सन्दर्भमा जम्मा भएका थियौं। त्यहाँ थिए अग्रज कवि एवं गीतकार दुर्गालाल, अर्का कवि एवं गीतकार विप्लव 'प्रतीक' अनि परिचित संगीतकार...
सेतोपाटी संवाददाता विभिन्न सात जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ।, प्रदेश १ र ३ मा भने कुनै जिल्लामा पनि संक्रमितको संख्या ५ सय पुगेकाे छैन। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश २ को महोत्तरी, रौतहट र सर्लाही जिल्लामा संक्रमितको संख्या ५ सय नाघेको छ।, त्यस्तै प्...
सेतोपाटी संवाददाता सवारीसाधनकाे आवतजावत भइरहने मिनभवन सडकमा आज दृष्य फरक थियो। यातायात व्यवस्था विभाग अगाडि सडक किनारमा कोही तरकारी काट्दै थिए भने कोही भात पकाउँदै थिए।, झट्ट हेर्दा रमाइलाे पिकनिक जस्तो दृष्य देखिन्थ्याे। तर यो रमाइलोका लागि नभई ट्याक्सी चालकहरुले गरेको एउटा विरोधको शैली थियो। , ट्याक्सी चलाउन पाउनु...
एजेन्सी कोरोनाभाइरसको महामारी चलिरहेका बेला चिनियाँ वैज्ञानिकहरूले नयाँ भाइरस पत्ता लागेको बताएका छन्।, उनीहरूले गरेको एक अध्ययनका अनुसार नयाँ भाइरस चिनियाँ बंगुरमा देखिएको हो।, चिनियाँ वैज्ञानिकको एक टोलीले सन् २०११ देखि २०१८मा चीनका विभिन्न भागमा बंगुरमा पाइएको इन्फ्लुइन्जा भाइरसको अध्ययन गरेका थिए।, उक्त अध्यननमा ए...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टिन बसाइँपछि घर फर्किने व्यक्तिहरूलाई केही घरबेटीहरूले प्रवेश गर्न नदिएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही घरबेटीले क्वारेन्टिनबाट फर्किएका व्यक्तिलाई पिसिआर रिपोर्ट नभएको भन्दै प्रवेश गर्न नदिएको ...
नारायण खड्का दाङमा मंगलबार एक वडाध्यक्षसहित २१ जना नयाँ संक्रमित फेला परेका छन्।, संक्रमित वडाध्यक्ष तुलसीपुरका हुन्। यो सँगै जिल्लामा संक्रमितको संख्या ५८३ पुगेको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले बताए।, तुलसीपुरका एक वडाध्यक्षलाई कोरोना संक्रमण फेला परेपछि वडा कार्यालय बुधबारदेखि एक हप्ता सिल गर्ने निर्णय भएको तुल...
सेतोपाटी संवाददाता अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्ने क्रममा आफू दुर्व्यवहारको शिकार भएको बताएकी छन्। केही दिनअघि सामाजिक सञ्जाल 'इन्स्टाग्राम' मा भिडिओ पोस्ट गर्दै उनले उक्त कुरा सार्वजनिक गरेकी हुन्।, उनले अहिलेसम्म आठवटा फिल्ममा काम गरेकी छिन्। तीमध्ये तीनवटामा नराम्रो अनुभव भोग्नुपरेको उनको ...
सविता बुढा फूलमायाकी ७ वर्षिया छोरी अकस्मात चुपचाप बस्न थालिन्। खाना खान छोडिन्। बेला बेला भने दुख्यो भन्दै रून्थिन्।, कैलाली गौरीगंगाकी फूलमाया आत्तिइन्। , 'सुरूमा त कतै लडेकी होला भनेर सोच्यौं,' फूलमायाले भनिन्, 'चार दिनपछि छोरीलाई झनै च्याप्दै गएपछि फकाइफुलाई गरी सोध्यौं। अनि सबै उनले कुरा बताइन्।’, जेठ ११ गते बालि...
सेतोपाटी संवाददाता बुधबार कोरोनाभाइरसका चार सय ८२ जना नयाँ संक्रमित थपिएका छन्।, देशका २३ वटा प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।, मंगलबारसम्म कोरोनाका विरामी १३ हजार पाँच सय ६४ जना थिए। यो संख्या बढेर ब...
सेतोपाटी संवाददाता काभ्रेमा टिपरको ठक्करबाट दाजुभाइको मृत्यु भएको छ।, बुधबार दिउँसो पौने ३ बजे धुलिखेल नगरपालिका-२ मा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा दाजुभाइको मृत्यु भएको हो।, मृत्यु हुनेमा मोटरसाकइल चालक ५३ वर्षीय दाजु वेदप्रसाद कोइराला र ५१ वर्षीय गोवर्धनप्रसाद कोइराला छन्।, वेदप्रसाद कोइराला सव डिभिजन वन कार्यलय कट...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका एक इन्जिनियरविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।, शुक्रबार अख्तियारले चाकुपाटमा कार्यरत इन्जिनियर भरतराज आचार्यविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।, उनीविरूद्ध तीन करोड २१ लाख ६२ हजार ४२० रूपैयाँ अवैध सम्पत्...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक १० हजार जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्न सकिने जनाएको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङमा दैनिक १० हजार जनाको परीक्षण गर्न सकिने जानकारी दिए।, उनले हाल देशभर रहेका २३ वटा प्रयोगशाला रहेको र थप १० वटा नयाँ...
दिपकजंग शाही कर्णाली प्रदेशमा पनि सलह देखिन थालेको छ। प्रदेशका सल्यान, रुकुम पश्चिम, जाजरकोट र सुर्खेतमा सलह कीरा देखा परेको कृषि मन्त्रालयले जनाएको छ।, मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कृषि विज्ञ हरि पण्डितका अनुसार कर्णाली प्रदेश दाङ हुँदै कर्णाली प्रदेशका विभिन्न जिल्लामा सलह कीराको झुण्ड प्रवेश गरेको हो। सलहको सानो...
नेहा झा राज्यको लापरबाहीका कारण दलित समुदायले ज्यान गुमाउनु परेको भन्दै जनकपुरमा विरोध प्रदर्शन भएको छ।, सरकारको लापरबाहीका कारण मलरा सदा, शम्भु सदा र राजु सदाको ज्यान गएको भन्दै प्रदेश २ का मुसहर समुदायले विरोध प्रदर्शन गरेका हुन्।, लकडाउनका बेला सप्तरीका मलरा सदाले खान नपाएर प्राण त्यागेका थिए। त्यसैगरी भारतको मद्रा...
सेतोपाटी संवाददाता अछामको बयलपाटा अस्पतालमा आत्मदाह गरेका सिद्धार्थ आउजीका परिवारलाई साँफेबगर नगरपालिकाले दुई लाख रुपैयाँ दिएको छ।, आउजीकी श्रीमती गौरीका नाममा एक लाख र छोरी र छोराका नामको खातामा ५०/५० हजार रुपैयाँ जम्मा गरिएको वडा नम्बर ६ का अध्यक्ष प्रेम शर्माले बताए।, ‘आज दिउँसो नगरपालिकाका तर्फबाट सिद्धार्थका परिव...
सेतोपाटी संवाददाता दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।, पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ४ घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी २९ वर्षीय अर्जुन शाही, शान्तिनगर गाउँपालिका वडा नं. २ सिमसुन्दरपुर निवासी...
नेहा झा रौतहटको राजपुर नरसंहारमा संलग्न थप एक जना आराेपित पक्राउ परेका छन्।, उक्त घटनामा संलग्न आरोपित पूर्व सांसद मोहम्मद अफताब आलमका सहयोगी राजपुर नगरपालिका वडा नम्बर ६ का ३४ वर्षीय शेष सरोज भनिने शेषसेराजलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर दुईका डिआईजी धिरजप्रताप सिंहले जानकारी दिएका छन्।, प्रदेश ...
सेतोपाटी संवाददाता सरकारले क्यान्सर, मधुमेह र आइसियूमा रहेका बिरामीको कोरोना परीक्षण गर्ने भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा परीक्षणको दायरा फराकिलो बनाइएको भन्दै यस्ता रोगीहरूको कोरोना परीक्षण गरिने जानकारी गराए।, यस्तै अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका बि...
सेतोपाटी संवाददाता शुक्रबार दाङबाट २ सय ५८ नमूना परीक्षणका लागि बाँके पठाइएको छ।, तुलसीपुर उपमहानगरपालिकाका १ सय ६९, शान्तिनगर गाउँपालिकाका ३६ र बबई गाउँपालिकाका ५३ वटा स्वाब पिसिआर परीक्षणका लागि बाँके पठाइएको हो।, तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले प्रतिष्ठानले स्वाब परीक्षण गरेवापत रकम अनिवार्य गरेपछि बाँके प...
सेतोपाटी संवाददाता कञ्चनपुरमा प्रेम जोडीले नहरमा हाम फालेका छन्।, शुक्रबार दिउँसो १२ बजेतिर भीमदत्त नगरपालिका वडा नम्वर २ उल्टाखामका २३ वर्षीय राकेश चौधरीसँगै महुलियाकी २२ वर्षीया रेणु चौधरीले नहरमा हाम फालेको प्रहरीले जनाएको छ।, रेणुलाई उद्धार गरी उपचारका लागि महाकाली अस्पताल लगिएको छ भने राकेशको खोजी भइरहको जिल्ला प...
निशा भण्डारी सुडोल फाँटमा खेत रोपाइँ गर्न गएका ललितपुरस्थित खोकनाका किसान र प्रहरीबीच झडप भएको छ।, खनजोत र रोपाइँमा प्रहरीले अवरोध गरेपछि किसान र प्रहरीबीच झडप भएको हो। प्रहरीले किसानका समूहलाई लक्षित गर्दै केही सेल अश्रुग्यास र लाठीचार्ज गरेको छ।, यो पनि:, खोकनामा प्रहरीले खेत खनजोत गर्न रोकेपछि विवाद, किसानद्वारा ना...
सविता बुढा बझाङको खप्तडछान्ना गाउँपालिकाको वडा नम्बर ७ मा होमआइसोलेसनमा रहेका एक जनाले आत्महत्या गरेका छन्।, बिहीबार कोरोना रिपोर्ट पोजेटिभ आएका १८ वर्षीय युवकले घरबाट भागेर नजिकैको जंगलमा पुगी आज बिहान आत्महत्या गरेको प्रहरीले जनाएको छ।, मृतक भारतबाट आएर जेठ १९ गतेदेखि जयपुर लामागडा प्राथमिक विद्यालयमा रहेको क्वारेन्...
सेतोपाटी संवाददाता शुक्रबार दाङमा ८ जना संक्रमित थपिएका छन्।, चार पुरूष र चार महिला गरी ८ जनामा शुक्रबार संक्रमण पुष्टि भएको छ।, उनीहरूमध्ये दुई जना राजपुर गाउँपालिका र ६ जना लमही नगरपालिकाका हुन्।, राजपुर गाउँपालिका वडा नं. ७ निवासी २८ वर्षीय र राजपुर २ का ३० वर्षीय पुरूषमा संक्रमण पुष्टि भएको छ।, ३० वर्षीया पुरूष कु...
युवराज श्रेष्ठ पोखराको नयाँ बजारमा दुइटा मोटरसाइकल ठोक्किँदा अचानक आगलागी भएको छ।, महेन्द्रपुलदेखि पृथ्वीचोकतर्फ एकै दिशामा गुडिरहेका मोटरसाइकल नयाँबजारमा ठोक्किएको थियो। आगलागी भएपछि दुबै मोटरसाइकल जलेका छन्।, ग १४ प ३८६१ र ग १६ प ४४४१ नम्बरको दुइटै मोटरसाइकलमा २/२ जना सवार थिए। मोटरसाइकल ठोक्किएपछि चारै जना सामान्य ...
सेतोपाटी संवाददाता कोरोनाभाइरसका थप दुई सय ३२ जना संक्रमित थपिएका छन्।, देशभरका २३ वटा प्रयोगशालाबाट चार हजार ५० जनामा गरिएको पिसिआर परीक्षणमा शनिबार उक्त संख्यामा कोरोना संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।, शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १५ ह...
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको अन्त्येष्टि गर्ने क्रममा: स्थानीय बासिन्दाहरूको विरोध हुने गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अवरोध नगर्न आग्रह गरेको छ।, कोरोना संक्रमणबाट मृत्यु भएकाको शवबाट कोरोना नसर्ने भन्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आफ्नै रितिरिवाजअनुसार शव अन्त्येष...
सेतोपाटी संवाददाता आइतबार कोरोनाका २ सय ९३ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा २ सय ९३ जना संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर हालसम्म संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।, त्यस्तै यस अवधिमा १ सय ३२ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हा...
एजेन्सी कोरोनाभाइरसको संक्रमणबाट जोगिन मास्क अनिवार्य भइसकेको छ। बजारमा विभिन्न प्रकारका विभिन्न मूल्यमा मास्क पाइन्छ। सुरूसुरूमा त धेरै ठाउँमा मास्कको अभाव पनि भएको थियो।, भारतमा पनि कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा मात्र भारतमा झन्डै २५ हजार मानिसमा संक्रमण भएको छ। विश्व स्वास्थ्य सं...
सेतोपाटी संवाददाता नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।, शनिबार गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरूषको निधन भएको हो। उनी असार १७ गते कतारबाट नेपाल आएका थिए। लगत्तै उनी पालुङटारस्थित क्वारेन्टिनमा बसेका थिए।, शुक्रबार खोकीलाग्नेजस्ता समस्या देखिएपछि उनलाई गोरखा अस्पतालक...
सेतोपाटी संवाददाता एक निजी प्रयोगशालाले गरेको अध्ययनले उपत्यकाको दुई ठाउँको ढलमा कोरोना भाइरस फेला परेको देखाएको छ।, सेन्ट्रल फर मलिकुलर डायनामिक नेपाल नामक प्रगोगशालाले उपत्यकाको चार ठाउँको ढलको परीक्षण गरेकोमा दुई ठाउँमा कोभिड-१९ भाइरस देखिएको हो।, सो अध्ययनलाई नेतृत्व गरेका डा. दिवेश कर्मचार्य भन्छन्, 'हामीले उपत्य...
सेतोपाटी संवाददाता देशका विभिन्न ६ जिल्लामा संक्रमितको संख्या पाँच सयभन्दा बढी पुगेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश २ का महोत्तरी र रौतहट, प्रदेश ५ को पाल्पा र सुदूर पश्चिम प्रदेशको अछाम, कैलाली र बाजुरामा पाँच सयभन्दा बढी संक्रमित छन्।, यसअघि पाँच सयभन्दा बढी संक्रम...
सेतोपाटी संवाददाता कृषि विकास बैंकको प्रणाली ह्याक गरी रकम ठगी गरेको अभियोगमा फरार रहेका एक जना पक्राउ परेका छन्।, शनिबार साढे पाँच बजे महानगरीय अपराध महाशाखा, टेकूले तार्केश्वर नगरपालिका ५ बस्दै आएका ३६ वर्षीय सौजन तामाङलाई ललितपुरस्थित जावलाखेलबाट पक्राउ गरेको हो।, बैंकको मुख्य कार्यालय र शाखा कार्यालय न्यूरोडको वित...
सेतोपाटी संवाददाता बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ को मल्लेसीमा गएराति पहिरोमा पुरिएकाहरूको उद्धार गर्न गएको सेनाको गाडी दुर्घटनामा परेको छ।, गाउँपालिकाको वडा नम्बर ४ को बाघथलामा से १ ज ४७७ नम्बरको जीप दुर्घटनामा परेको हो।, दुर्घटनामा परी सवार १५ जनामध्ये ३ जना घाइते छन्।, घाइतेमध्ये एक जनालाई डडेलधुरा अस्पता...