content
stringlengths
20
64.1k
राजेश घिमिरे झट्ट सुन्दा नौलोमात्रै होइन विचित्रैको लाग्छ- घाइते जुत्ता-चप्पलको अस्पताल।, मान्छे बिरामी हुँदा उपचार गर्ने ठाउँलाई अस्पताल भनिन्छ। पशुको उपचारका लागि पनि अस्पताल सञ्चालनमा छन्। खुला आकासमुनि यस्तो विचित्रको अस्पताल सञ्चालनमा आएको भने करिब तीन महिना भयो।, चितवन सदरमुकाम भरतपुरको केन्द्रमै सडक छेउमा रामकु...
सेतोपाटी संवाददाता नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागले बाराको विश्रामपुर-५ को सुलभ ट्रेड कन्सर्नका प्रोप्राइटर अमिरी ठाकुरविरूद्ध मुद्दा दायर गरेको छ।, उनीविरूद्ध ६ करोड ५२ लाख १३ हजार ७२६ रुपैयाँ बिगो माग्दै आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ। प्रतिवादीलाई जरिवाना र कैद सजायसम...
सेतोपाटी संवाददाता प्रहरीले धम्क्याएर पैसा कमाउन खोज्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले तीन जनालाई काठमाडौंको बागबजारबाट सोमबार पक्राउ गरेको हो।, पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका-२का १९ वर्षीय प्रदीप कार्की, शैलुङ गाउँपालिका-८ का १९ वर्षीय सुरज भण्डारी र २१ वर्षीय किरण कार्की ...
युनिक श्रेष्ठ तारा खसेको देख्नुभएको छ? देखेपछि हत्तपत्त आँखा चिम्लिएर केही माग्नुभएको छ? , तारा खसेको देख्दा केही मागे पूरा हुन्छ भन्ने हाम्रो विश्वास हो। बोलीचालीमा तारा खस्नु भनिने यो गतिविधिलाई खगोल विज्ञानमा उल्कावर्षा भनिन्छ।, पोखरा, भद्रकालीकी ३३ वर्षीया मनीषा द्वा उल्कावर्षा भनेपछि हुरूक्कै हुन्छिन्। कतै उल्काव...
निशा भण्डारी काठमाडौंको रवि भवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी नियन्त्रणमा आएको छ। , सोमबार दिउँसो भएको आगालगी नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले बताए। , आगलागी नियन्त्रणमा लिन जुद्ध वारूण यन्त्र काठमाडौं, ललितपुर तथा भक्तपुरको  पाँच वटा दमकल...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ।, पछिल्लो २४ घण्टामा ३७४ जना निको भएर फर...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ।, पछिल्लो २४ घण्टामा ४४१ जना निको भएर फ...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्रका कर्मचारीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आँबु प्रशाखामा कार्यरत कर्मचारी कृष्ण आलेविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको हो।, आलेले काम गरिदिएबापत गैरकानूनी रूपमा घुस माग गरेका थिए। सो सू...
सेतोपाटी संवाददाता मकवानपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्। , प्रहरीले सोमबार मकवानपुर गढी गाउँपालिका-२ स्थित भालङटारका ४६ वर्षीय देवराज गोलेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाले बताए।, उनीमाथि ४६ वर्षीय श्रीमाया गोलेको हत्याको आरोप छ।, सोमबार बि...
सेतोपाटी संवाददाता जग्गा धनीलाई थाहै नदिई कागजात किर्ते गरी जग्गा बेच्ने मालपोतका अधिकृतसहित दुई जना कर्मचारी पक्राउ परेका छन्।, प्रहरीले ठगी आरोपमा मालपोत कार्यालय, कलंकीका शाखा अधिकृत दीपक दाहाल र नायब सुब्बा नारायण श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो।, महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डिएसपी) प...
सेतोपाटी संवाददाता राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि परियोजना प्रस्ताव पेश गर्न माग भएको छ।, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भौतिक पूर्वाधार विकासलगायत कार्यक्रममा सहभागी हुन सामुदायिक विद्यालयहरुलाई आह्वान गरेको हो।, केन्द्रले पूर्वाधार विकास र पुनर्संरचना गर्न, विद्यार्थीको सिकाइ उपलब्धि स्तर अभिवृद्धि...
सेतोपाटी यातायात व्यवसायीसँग घुस लिएको आरोपमा तीन प्रहरीलाई पक्राउ गरिएको छ। , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मंगलबार राति ९ : ०० बजे पुल्चोकबाट पक्राउ गरेको हो।, कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको आरोपमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणका सन्दर्भमा छिट्टै पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी दिने बताएका छन्। , आज काठमाडौँ महानगरपालिकाको आठौँ नगरसभालाई सम्बोधन गर्दै उनले भने ‘काम गर्ने सिलसिलामा ठेकेदार कम्पनीले गलत गरेको रहेछ भने पनि हामी त्यसको सत्यतथ्य जानक...
सेतोपाटी संवाददाता इमो र ह्वाट्सएपबाट चिठ्ठा परेको भनी ठगी गरेको आरोपमा प्रहरीले बाराबाट एक युवालाई पक्राउ गरेको छ।, प्रसौनी गाउँपालिका-४ का २७ वर्षीय युवा भोला महतोलाई बारा प्रहरीले मंगलबार पक्राउ गरी बुधबार ठगी मुद्दामा अनुसन्धान थालेको हो।, महतोले गढीमाई नगरपालिका-३ का ह्वाट्सएप र इमोबाट फोन गरी २५ लाख रुपैयाँ चिठ्...
सेतोपाटी संवाददाता तुलसीपुर उपमहनगरपालिका वडा नं. ६ का ४५ वर्षीय राजेन्द्र केसीलाई प्रहरीले पक्राउ गरेको छ। , दाङ देउखुरी जिल्ला अदालतले २०७५ साल फागुन ७ गते  केसीलाई लेनदेन मुद्दामा दोषी ठहर गर्दै १४ लाख ८० हजार जरीवानाको फैसला गरेको थियो। , त्यसपछि फरार रहँदै आएका केसीलाई मंगलबार दिउँसो साढे १ बजेतिर मालपोत कार्यालय...
सेतोपाटी संवाददाता काठमाडौंका अधिकांश सडक ट्राफिक जामले अस्तव्यस्त बनेका छन्। नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहको विरोधसभा तथा शक्ति प्रदर्शनका लागि निस्किएका जुलुसका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो।, राजधानीका एक दर्जन ठाउँबाट जुलुस निस्किएका छन्।, काठमाडौं, भक्तपुर र ललितपुरबाट ठूलो संख्यामा नेक...
सबिना श्रेष्ठ पुरातत्व विभागले कमलपोखरीको मौलिक स्वरूप नबिगार्नू भनेर चिठी पठाउँदा-पठाउँदै काठमाडौं महानगरपालिकाले रातारात डोजर चलाएपछि संरक्षण अभियन्ताहरूले बिहीबार सर्वोच्च अदालतमा मुद्दा हालेका छन्।, अदालतले बिहीबार पेसीका लागि बोलाएको अभियन्ता तथा रिट निवेदक सञ्जय अधिकारीले जानकारी दिए।, कमलपोखरीको ऐतिहासिक, सांस्...
सेतोपाटी संवाददाता थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा  ३ हजार ५ सय ४१ जनामा पिसिआर गर्दा  २३२ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६९ हजार १८० पुगेको छ।, पछिल्लो २४ घण्टामा ३८६ ...
अनुष्का श्रेष्ठ महिनावारीका कुराः, मेरो पहिलो महिनावारी म कक्षा आठ पढ्दा भएको थियो। आफ्ना केटी साथीको समूहमध्ये म अन्तिममा महिनावारी भएकी थिएँ। त्यो बेला म स्कुलमै थिएँ। रगत त्यति धेरै आएको थिएन तर पेट निकै दुखेको थियो। , घर फर्किँदा मलाई शरीरमा असहजिलो मुहशुस भइरहेको थियो। आमाले मलाई टन्नै सुप हालेको काडा खान दिनुभयो...
सेतोपाटी संवाददाता सिन्धुलीमा आज बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।, मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर निवासी ४१ वर्षीय वसन्त मुखिया रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।, उनका अनुसार मुखियाको उपचारका क्रम...
दिपकजंग शाही भारतले अनुदानमा उपलब्ध गराएको कोरोना विरूद्धको खोप आइतबारसम्म सबै प्रदेशमा पुग्ने भएको छ। , सरकारले कोभिड–१९ विरूद्धको ‘कोभिसिल्ड’ नामक खोप सात वटै प्रदेशमा पठाउन लागेको हो।, कर्णालीमा पहिलो चरणमा उक्त कोरोना विरूद्धको खोप फ्रन्टलाइनर्सलाई लगाइने तयारी गरिएको छ। , कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अन...
रासस झण्डै तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई पक्राउ गरेको छ।, शनिबार काठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।, उनीहरुमाथि कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि रु दुई करोड ७५ लाख बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोप छ।, उन...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा पहिलो पटक गाँजा उत्पादन तथा प्रशोधन तालिम भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित भूँयार थानमा शुक्रबार र शनिबार दूई दिने तालिम सञ्चालन गरिएको हो। , तालिममा तुलसीपुरकी एक महिलासहित दाङ, सल्यान, रोल्पा, दैलेख, सुर्खेत, स्याङजा, रुकुम पश्चिम, गुल्मी, रुपन्देही जिल्लाका १८ वर...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले चिकित्सा शिक्षामा बढाउन खोजिएको शुल्क तुरुन्त फिर्ता लिन माग गरेका छन्।, केसीले शनिबार ,सेतोपाटी,सँग कुरा गर्दै चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण समितिले गरेको सिफारिस चिकित्सा शिक्षा ऐन र आफूसँग भएको सम्झौताविपरीत रहेको बताए।, कोरोना...
सेतोपाटी संवाददाता कर्तव्य गरि हत्या गरेको अभियोगमा पशुपति क्षेत्रबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा श्रीपुरका ३८ वर्षीय रवि चौधरी र नुवाकोट घर भई बालाजु बस्ने २४ वर्षीया अनु थापा छन्।, रविकी श्रीमती ३६ वर्षीया बवितादेवी चौधरीको हत्या अभियोगमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त गौशा...
नारायण महर्जन प्रतिगमनविरुद्ध आन्दोलनरत नागरिक समाजले ‘बालुवाटार मार्च’ कार्यक्रम गरेको छ। , सोमबार कमलपोखरी बचाउ अभियानका अभियन्तासहितको सहभागितामा कमलपोखरीको माटोको टिका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरेको हो।, कार्यक्रममा कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवं नागरिक अभियन्ताको सहभागिता थि...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तनहुँका सब-इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) तनहुँका सब-इन्जिनियर सुरेन्द्र अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।, अख्तियारले अधिकारीविरूद्ध मंगलबार काठमाडौंको विशेष...
सेतोपाटी संवाददाता प्रहरीले लुटपाट गरेको आरोपमा दोहोरी साँझका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले काठमाडौंको दरबारमार्गस्थित आँधिखोला दोहोरी साँझमा काम गर्ने दुई जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका-१ घर भई काठमाडौं नयाँ बानेश्वर बस्ने २१ वर्षीय सुनि...
सेतोपाटी संवाददाता नेपालमा खोप अभियानको पहिलो दिन बुधबार देशभर ९ हजार ८४ जना व्यक्तिले कोरोनाविरूद्धको खोप लगाएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४ जिल्लाका ९३ खोप केन्द्रहरूमार्फत नौ हजार बढी स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले खोप लगाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ। , जसमध्ये प्रदेश नम्बर १ मा एक ह...
सेतोपाटी संवाददाता छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन विक पक्राउ परेका छन्।, कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा पक्राउ परेका हुन्।, उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रह...
सेतोपाटी संवाददाता भन्सार छलेर भण्डारण गरिएको तीन करोड बढीको खाद्य सामग्री प्रहरीले बरामद गरेको छ।, काठमाडौंबाट लगेर भण्डारण गरी राखेको सो मूल्य बराबरको सामग्री प्रहरीले  फेला पारेको हो।, मंगलबार झापा प्रहरीले दमक-६ बाट सो बराबरको सामग्री बरामद गरेको छ।, दमक-६ को एक घर भाडामा लिएर भण्डारण गरिएका ग्लोबल ओरियन्स कम्पनीक...
सेतोपाटी संवाददाता थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४५७४ मा पिसिआर परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ९२ पुगेको छ।, पछिल्लो २४ घण्टामा २८५ जना निक...
सेतोपाटी संवाददाता चोरी मुद्दामा फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन्।, रामेछाप दोरम्बा गाउँपालिका-४ का ४० वर्षीय प्रेमबहादुर थापा मगरलाई प्रहरीले ललितपुर महानगरपालिका-२९ हरिसिद्धीबाट मंगलबार पक्राउ गरेको छ।, २०५८ चैत २७ गते ललितपुर जिल्ला अदालतबाट तीन वर्ष ५ महिना २० दिन कैद सजाय सुनाएको थियो।, सजाय तोकेको १९...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले एक अर्ब बिगो कायम गर्दै सर्लाही गोडेता नगरपालिका-८ का सरोजकुमार मिश्रसहित १७ जनाविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ।, नक्कली भ्याट बिल प्रयोग गरी विभिन्न १० वटा व्यापारिक फर्म सञ्चालन गरेर राजश्व छलेको अभियोगमा एक अर्ब चार करोड २४ लाख ९९ हजार ७२८ रुपैयाँ बिगो माग्दै विभागले ...
सेतोपाटी संवाददाता लैनचौरबाट कटुवा पेस्तोलसहित एक पक्राउ परेका छन्।, सशस्त्र प्रहरी(एपिएफ)ले काठमाडौं महानगरपालिका-२६ लैनचौर क्षेत्रबाट बुधबार एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो।, प्रहरी निरीक्षक सुमन शर्माका अनुसार पक्राउ पर्ने सिन्धुपाल्चोक भोटेचौर गाउँपालिका-३ घर भई सामाखुसी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृ...
रासस/एएफपी बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनेकाले विकास गरेको कोभिड-१९ विरूद्धको खोप ६५ वर्षभन्दा मुनिका व्यक्तिलाई मात्र दिन जर्मनीको खोप आयोग स्टिकोले बिहीबार सिफारिस गरेको छ।, एस्ट्र्जेनेकाद्वारा विकसित उक्त खोपमा पाका उमेरका व्यक्तिहरूलाई प्रयोग गरी यसको प्रभावकारिताबारे आवश्यक पर्ने अपर्याप्त तथ्याङ्क...
सेतोपाटी संवाददाता छोरीको बलात्कार आरोपमा झड्केलो बुवा जनकपुरबाट पक्राउ परेका छन्।, पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका-५ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडामा बस्ने ४५ वर्षीय पुरूष छन्। , उनीमाथि आफ्नी सौतेनी छोरीमाथि बलात्कार गरेको आरोप लागेको धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्र...
सेतोपाटी संवाददाता बिहीबार साँझसम्म २८ हजार ७ सय ३२ ले  कोरोना भाइरसविरूद्धको खोप लगाएका छन्।, स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड-१९ खोप अभियान अन्तर्गत दोस्रो दिन साँझ ५ सम्म २८ हजार ७ सय ३२ ले खोप लगाएका हुन्।, त्यसमध्ये प्रदेश नम्बर १ का ३ हजार ८ सय ४७, प्रदेश २ का २ हजार १ सय ७४, बागमतीका ११ हजार ४ सय ६१, गण्डकीमा...
सेतोपाटी संवाददाता रेडपाण्डाको छालासहित तीन जना पक्राउ परेका छन्।, बाँके कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट रेडपाण्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका-१० का ४० वर्षीय दलबहादुर शाही, जाजरकोट जुनिचाँदी गाउँपालिका-११ का ४२ वर्षीय धनबहादुर शाही र सल...
दिपकजंग शाही २०७६ भदौमा सुर्खेतको कटकुवा जंगलमा मरेका भेटिएका र बेवारिसे अवस्थामा छोडिएका गाई-गोरूको विषयमा अदालतले १० जनालाई जेल सजाय सुनाएको छ।, बुधबार सुर्खेत जिल्ला अदालतले नगर प्रहरी निरीक्षकसहित १० जनालाई जेल सजाय सुनाएको हो।, अदालतले उनीहरूलाई ३ महिनादेखि डेढ वर्षसम्म जेल सजाय तोकेको छ। , नेपालगञ्ज उपमहानगरपालि...
रासस चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, एक घाइते भएका छन्। मृत्यु हुनेमा महोत्तरी मनरा सिसुवा नगरपालिका–९ का ३२ वर्षीय आनन्द झा रहेको प्रहरीले जनाएको छ।, बिहीबार साँझ चितवनको राप्ती नगरपालिका–१ पिप्लेस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना६ख ६२८६ नंको ट्रकले सोही दिशाबाट आइरहेको प्रदे...
सेतोपाटी संवाददाता थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ८५४ पुगेको छ।, पछिल्लो २४ घण्टामा ३५० जना निको भएर फर्किएका छन्। योसहित को...
नारायण ढुंगाना कपिलवस्तुको बाणगंगा नगरपालिका–१ स्थित सडकपेटीमा शरीरभरी पोलिएर असक्त अवस्थामा भेटिए अरुणकुमार मानव।, स्थानीयले दिएको सूचनाको आधारमा उद्धार गर्दा उनी सडक छेउमा रहेको परालमा गुटमुटिएको अवस्थामा थिए। उनको आफ्नै शरीरले घाउ थिचिदा परालका त्यान्द्रा अड्किएर शरीरमै गुजुल्टिएको थियो। घाउमा किरा परिसकेको अवस्थाब...
रासस सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका-२ मा आगलागी हुँदा एक बालक र एक बालिकाको ज्यान गएको छ।, स्थानीय टेकबहादुर निरौलाको मतानमा शनिबार दिउँसो करिब २ बजे आगलागी हुँदा उनीहरूको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ।, आगलागीमा परी ज्यान गुमाउनेमा टेकबहादुरका सात वर्षीय नाती सुगम र चार वर्षीया नतिनी सुदिष्मा रह...
सेतोपाटी संवाददाता लागुऔषध नियन्त्रण ब्युरोले तीन किलो अफिमसहित कलंकीबाट एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ का ‘म्याक्स लो’ भनिने ५१ वर्षीय माइला लामा छन्।, काठमाडौं-१४ कलंकीस्थित सडक किनारबाट शनिबार ब्युरोको टोलीले लामालाई पक्राउ गरिएको ब्युरो प्रवक्ता डिएसपी फडिन्द्र प्रसाईंले बतँए। ,...
युवराज श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीले माघ ५ गते गरेको असंवैधानिक संसद विघटनको विरूद्ध काठमाडौंमा नागरिक आन्दोलन जुर्मुरायो। , आन्दोलनमा क्रममा बालुवाटारमा नागरिक आन्दोलनमाथि पानीको फोहोरा हान्ने लगायत सरकारले बल प्रयोग गर्‍यो। त्यतिबेलासम्म चुपचाप बसेका पोखराका नागरिक उक्त घटनापश्चात् जुर्मुराएको छ।, ‘बृहत नाग...
भगवती पाण्डे शनिबार सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने भए पनि बिहान १० नबज्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भने भिन्दै चहलपहल थियो।, लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव भरतमणि सुवेदी, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरी, प्रदेश आपूर्ति केन्द्रका प्रमुख दिनेश चापागाईं, लुम्बिनी प्रादेशिक अस्प...
सेतोपाटी संवाददाता मकवानपुर प्रहरीले गाँजा र अफिम खेती फडानीको अभियान नै थालेको छ।, यसक्रममा बिहीबार प्रहरीले सात बिगाहा जग्गामा लगाइएको गाँजा, १३ बिगाहा अफिम खेती फडानी गरी नष्ट गरेको छ।, जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कैलाश गाउँपालिका वडा नम्बर ८ को साइचार, पाख्रेलगायन स्थानमा १३ बिगाहा क्षेत्रफलमा लगाइएको...
रासस/एएफपी जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।, आफ्नी आमाको मृत्यु भएको थाहा भएपछि आफू घर छोड्नुपर्ने डरले उनलाई फ्रिजमा राखेको ती महिलाले बताएकी छन्।, एक प्रहरी अधिकारीले समाचार संस्था एएफपीसँग भने, '४८ वर्षीय...
सेतोपाटी संवाददाता प्रदेश १ मा  आइतबारसम्ममा १३ हजार २ सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।  , खोप सुरु भएको ५ दिनभित्र सुनसरीमा २ हजार ६ सय ५४, झापामा २ हजार ५ सय ८१, मोरङमा २ हजार २ सय २४, इलाममा १ हजार १ सय ४, भोजपुरमा ५ सय ८२, ओखलढुङ्गामा ५ सय ६३, धनकुटामा ५ सय ३९, पाँचथरमा ४ सय ८९, तेह्रथुममा ४ सय ४२, खोट...
सेतोपाटी संवाददाता भक्तपुर प्रहरी हिरासतमा रहेकालाई थुनामुक्त गराइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्। प्रहरीले आइतबार सिन्धुली सुनकोशी गाउँपालिका-४ भोलेनीका ३३ वर्षीय वीरबहादुर तामाङ र रामेछाप सुनपाती गाउँपालिका-७ का २७ वर्षीय ग्याल्छेन लामालाई पक्राउ गरेको हो। , उनीहरू दुवै जना सूर्यविनायक नगरपालिका-६ बस...
सेतोपाटी संवाददाता पौडी खेल्न हाइड्रोपावरको ड्याममा पसेका दाजुभाइको डुबेर मृत्यु भएको छ।, माइजोगमाई गाउँपालिका-५ सोयाङका २० वर्षीय शेखर ढकाल र उनका १८ वर्षीय भाइ प्रवीण ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।, उनीहरू इलाम नगरपालिका-८ मा रहेको माइबेनी हाइड्रोपावरमा कार्यरत थिए।, सोही हाइड्रोपावरको ड्...
सेतोपाटी संवाददाता प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि ‘पानी, सिमसार र जीवन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्षको सिमसार दिवसको राष्ट्रिय कार्यक्रम वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विभिन्न कार्यक्रम गरी मनाउँ...
सेतोपाटी संवाददाता खानेपानी मन्त्री मणि थापाले ललितपुरको नख्खु जेलमा पुगेर विप्लव समूहका नेतालाई भेटेका छन्।, मंगलबार बिहान १० बजे जेलमा रहेका नेता हेमन्तप्रकाश ओलीलाई मन्त्री थापाले भेटेको जेलर मोहन अधिकारीले जानकारी दिए।, उनका अनुसार मन्त्री थापा केहीदिन अघिदेखि नै आउने कार्यक्रम थियो। कारागारमा भएको खानेपानीको समस्...
सेतोपाटी तामाङ समुदायको साँस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७ औं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। , त...
सेतोपाटी संवाददाता दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । , गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन्। उनीहरल...
सेतोपाटी संवाददाता मकवानपुर प्रहरीले ११ किलो गाँजा बोकेको अटो र त्यसका चालकलाई पक्राउ गरेको छ।, मंगलबार बिहान ११ बजे प्रहरीले हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित पूर्वपश्चिम राजमार्गबाट गाँजा र अटो बरामद गरेको हो।, ना२ह ४१०९ नम्बरको अटो र त्यसका चालक राजेन्द्रबहादुर दमाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानप...
सेतोपाटी संवाददाता पोखराको प्रसिद्ध फेवाताल किनारमा निजी कम्पनीले राख्न लागेको रेलिङका कामलाई तत्काललाई रोक्न सम्पदा अधिकारकर्मीले माग गरेका छन्। पोखराको बाराहीघाटदेखि पहारीघाटसम्म करीब २०० मिटर रेलिङ लगाउन पोखरा महानगरपालिका–६ ले स्लास प्लस प्रालिलाई अनुमति दिएसँगै अगाडि बढेको कार्यलाई रोक्न माग गरिएको हो। , सूचनाको ...
सेतोपाटी पहिलो चरणबाट बचेको कोरोना भाइरसविरूद्धको ‘कोभिसिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । , पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाउने भएको हो। , यही माघ १...
सेतोपाटी संवाददाता सप्तरीमा बलेरोको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा मोरङ रंगेली नगरपालिका-८ का ३७ वर्षीय भीमराज राजवंशी छन्।, बुधबार बिहान साढे ११ बजे को१ज ३१९९ नम्बरको बलेरोले लु२५प ५७१२ नम्बरको मोटरसाइकललाई भारदहस्थित पूर्वपश्चिम राजमार्गमा ठक्कर दिँदा राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...
सेतोपाटी संवाददाता पर्वमा मीठोचोखो खानु त परको कुरा अन्न बालीले तीन महिना धान्न मुस्किल पर्ने चेपाङ समुदायमा अधिकांश समय कन्दमूलले धान्ने गर्दछ । बिहान र बेलुकाको छाक टार्नका लागि उनीहरुले निकै सङ्घर्ष गर्नुपर्ने बाध्यता रहिआएको छ। , जिल्लाको ग्रामीण पहाडी भेगमा चेपाङ समुदायको बाक्लो बस्ती छ । खेतीपाती र कामका लागि बा...
दिपकजंग शाही माघ १५ गते एक समूह जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ३ को कार्यालयमा पुग्यो।, वडा अध्यक्ष प्रचण्ड वलीसहितका पदाधिकारीलाई भेटेर दुर्गम क्षेत्रका अति विपन्न, गरिब, दलित, जनजाति समुदायका परिवारलाई सोलार र सुधारिएको फलामे चुलो वितरण गर्ने विषयमा छलफल गर्‍यो।, ग्रामीण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल (आरडीसि...
सेतोपाटी संवाददाता महोत्तरीको बर्दिबासमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा केही जनप्रतिनिधि घाइते भएका छन्। , पूर्व–पश्चिम राजमार्ग बन्द गरेर बसेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेपछि झडप भएको हो। राजमार्ग खुलाउने क्रममा सामान्य झडप भएको महोत्तरी प्रहरीले जनाएको छ।, प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा नेकपा प्...
सेतोपाटी संवाददाता विराटनगर महानगरपालिका अगाडिको चिया पसलमा तोडफोड गरेको अभियोगमा प्रहरीले सात जना प्रचण्ड-माधव नेपाल समूहका कार्यकर्तालाई पक्राउ गरेको छ।, प्रहरीका अनुसार आमहड्ताल उल्लंघन आरोपमा पसल तोडफोड गरिएको हो।, तोडफोडमा संलग्न सात जना पक्राउ परेको प्रहरीले जनाएको छ।, उनीहरूले महानगरपालिका गेटबाहिर रहेका दुई वट...
सेतोपाटी संवाददाता सिरहाबाट दुई दिनअघि अपहरणमा परेका दुई वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ।, बिहीबार राति प्रहरीले दुई वर्षीय बालक प्रियन्सु यादवलाई भारतबाट सकुशल उद्धार गरेको हो।, यादव सिरहा नगरपालिका-२ का हुन्।, सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीका अनुसार बालकलाई नेपाल-भारत सिमापारिबाट उद्धार गरिएको ...
सिद्धराज भट्ट तीन दशकदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका धनगढी उपमहानगरपालिका–१३ का जागुराम चौधरी पुर्जा उपलब्ध हुने भन्दै खुसी छन्। , उनले आफूले चर्चेको जग्गा दर्ताका लागि यसअघि पटक/पटक गठन भएका सुकुम्बासी समस्या समाधान आयोगमा निवेदन दिएका थिए। अहिलेसम्म धनीपुर्जा बन्न सकेको छैन। , पछिल्लो पटक भूमिसम्बन्धी समस्या सम...
सेतोपाटी संवाददाता सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, शुक्रबार दिउँसो हरिहरपुरगढ गाउँपालिका-२ सिमरास पाखामा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।, सो दुर्घटनामा परी एकको मृत्यु र ३३ जना घाइते भएको प्रहरी निरीक्षक सन्तोषकुमार पोखरेलले बताए।, मृत्यु हुनेमा मरिण गाउँप...
सेतोपाटी संवाददाता बैतडीमा  एक  किशोरी  जंगलमा मृत फेला परेकी छिन्।, दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ कि १८ वर्षीया भागरथी भट्ट  सोही ठाउँ जगंलमा मृत फेला परेकी हुन्।, बिहीबार साँझ स्थानीयले किशोरी मृत फेला परेको खबर गरेपछि जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीको नेतृत्वमा प्रहरी ट...
सेतोपाटी संवाददाता सुदूरपश्चिममा शुक्रबारसम्म ११ हजार ३ सय ४२  जनालाई कोरोना(कोभिसिल्ड) खोप लगाइएको छ।, सबभन्दा बढी कैलालीमा ३ हजार ५ सय ७, अछाममा १ हजार ३ सय ८५, डोटीमा १ हजार १ सय २७, कञ्चनपुरमा २ हजार १ सय १, डडेल्धुरामा १ हजार ३२, बैतडीमा १ हजार ३ सय ७२ जनालाई कोरोना बिरुद्ध खोप लगाइएको प्रदेशको सामाजिक विकास मन्त...
सेतोपाटी संवाददाता घुस लिने प्रहरी हवल्दारविरूद्ध अदालतमा मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँकी प्रहरी हवल्दार शान्ति भण्डारीविरूद्ध आरोपपत्र दायर गरेको हो।, शुक्रबार काठमाडौंको विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसा...
सेतोपाटी शिशिर ऋतुमा दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहरण गरेर कीर्तिमानी राख्न सफल १० नेपाली पर्वतारोहीको टोलीलाई पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ। , पोखराका पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा माघ २६ गते पोखरा विमानस्थलमा बाजागाजासहित स्वागत गर्दै बजार परिक्रमा गरेर अभिनन्दन गर्न लागिए...
निशा भण्डारी सत्तारूढ केपी ओली नेतृत्वको नेकपाले शुक्रबार राजधानीमा आयोजना गरेको जनसभामा सहभागीलाई घर पुग्न हतारो देखिएको छ। काठमाडौं उपत्यकाबाहिरका विभिन्न जिल्लाबाट प्रधानमन्त्रीको भाषण सुन्न आउनेलाई घर पुग्न हतार भइसकेको थियो। , उनीहरू घर जाने गाडी खोज्दै भौतारिरहेका थिए। कोही पुरानो बसपार्कमा अलमलमा परेका थिए भने ...
सविता बुढा कञ्चनपुरको भीमदत्तनगरपालिका-१२ भीमबस्तीकी कोपिला सुनारले गत पुस ७ गते पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी थिइन्। , २० वर्षमै आमा बनेकी उनलाई बच्चाको स्याहारसुसार कसरी गर्ने भन्ने धेरै थाहा थिएन। त्यसैमाथि स्वास्थ्य चौकी नगएर घरमै बच्चा जन्माउँदा स्तनपानबारे पनि उनले ज्ञान पाइनन्।, ‘स्वास्थ्य चौकीमा सुत्...
सेतोपाटी बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौँ महानगरपालिका– १४ बौद्धका ३३ वर्षीय विष्णु भट्टलाई ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, मुत्यु हुनेमा भिमदत्तनगरपालिका वडा नम्वर १० तिल्केनीका १८ बर्षिय अनिल लुहार रहेका छन्।, घर नजिकैको खेतबारीमा गाईगोरुले बाली नष्ट गर्छन् भन्दै उनले खेत वरिपरि करेन्ट प्रवाह हुने तार जोडेका थिए।, त्यही तारमा परेर उनको आइतबार दिउँसो ज्यान गएको जिल्ला प्र...
सेतोपाटी संवाददाता जुम्लाको प्रहरी हिरासतबाट फरार भएका अभियुक्त ८ घण्टापछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा राखिएका तीन जना अभियुक्त आइतबार बिहान २ बजे फरार भएका थिए।, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार उनीहरुलाई आइतबार बिहान ९ बजेतिर नियन्त्रणमा लिईएको ...
रासस पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन्।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ।, जसअनुसार प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २...
सेतोपाटी संवाददाता भारतको बिहारमा एक जना १२ वर्षीया नेपाली बालिकाको हत्या भएको छ। बिहारको पूर्वी चम्पारण जिल्लामा ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हो।, घटना गत जनवरी २१ तारिखको हो। बिबिसी हिन्दीका अनुसार बर्दियाको बारबर्दिया नगरपालिका-३ का एक जना नेपालीको परिवार मजदुरीका लागि त्यहाँ गएको थियो।, सात वर्षदेखि ...
सेतोपाटी संवाददाता सुर्खेता एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। आइतबार बिहान साढे ४ बजे वीरेन्द्रनगर नगरपालिका–६ का ६१ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। , सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार उनलाई १५ गते कोरोना संक्रमण पुष्टी भएको थियो। १८ गते कर्णाली प्रदेश अस्पतालको आईसीयु कक्...
सबिना श्रेष्ठ नागरिक आन्दोलनले घरिघरि सम्झने नाम हो जनवादी गायक प्रदीप देवान, जो आफ्नो गीतमार्फत् आन्दोलनमा आएका मान्छेहरूलाई ऊर्जा थप्छन्।, बृहत नागरिक आन्दोलनमै तीन–चारपटक उनले आफ्नो प्रस्तुति दिइसके।, आन्दोलन न हो, कहिले ढुंगामुढा, कहिले लाठी त कहिले पानीको फोहोरा खानुपर्छ, हेक्कै हुन्न। यो त अझ केही होइन। माओवादी ...
नारायण खड्का दाङका कुलराज बुढाथोकी रोजगारका सिलसिलामा ११ वर्ष विदेश बसे। सुरूमा  उनी खाडी मुलुक पुगे। खाडीमा राम्रो कमाइ भएन। धेरै कमाउने लालसले उनलाई लखेटिरह्यो।, पैसा कमाउने आशमा उनी इराकदेखि अफ्रिकासम्म पुगे। इराकमा हुँदा खाद्य उद्योगमा काम गरे। अमेरिकी सेना जहाँ-जहाँ जान्थ्यो, कुलराज पनि त्यहीँका खाद्य उद्योगमा का...
भगवती पाण्डे लुम्बिनी प्रदेशका ७ वटा जिल्लामा लक्ष्यभन्दा धेरै कमले कोरोना विरुद्ध पहिलो चरणको खोप लगाएका छन्। गत माघ १४ गतेबाट नेपालभर सुरू भएको पहिलो चरणको खोप अभियान २४ गते सकियो।, यो अभियान अन्तर्गत लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ५१ जनाले खोप लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशमा ३४ ह...
सेतोपाटी संवाददाता आइतबार दिउँसो करिब १-२ बजे सन्देश परियार ललितपुरको झम्सिखेलबाट जावलाखेल पैदल जाँदै थिए।, उनी गौशाला बस्थे। काम परेर ललितपुर आएका थिए। हिँड्दै गर्दा उनी बीच बाटोमै रोकिन पर्‍यो।, उनी ‘हेर्ने कथा’का भिजुअल इडिटर पनि हुन्।, बाटोमा हिँड्दै गर्दा उनलाई गस्तीमा आएका दुई जना प्रहरीले रोके। उनीहरू विपरीत दि...
नेहा झा प्रदेश २ मा पहिलो चरणमा २५ हजारभन्दा बढी व्यक्तिले कोरोनाविरूद्धको खोप लगाएका छन्।, भारतले उपलब्ध गराएको कोरोनाविरूद्धको खोप लगाउने अभियान अन्तर्गत पहिलो चरणमा फ्रन्टलाइनमा खटिएकाहरूलाई लगाउने निर्देशिका जारी गरिए पनि सो निर्देशिकाविपरीत कोरोना खोप लगाइएको छ।, पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्...
सेतोपाटी संवाददाता सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युष्टि पार्टीको शैक्षिक हड्तालले सोमबार दाङसहित पाँच जिल्लाका शैक्षिक संस्थामा पठन-पाठन बन्द भएको छ।, रूकुम पश्चिममा अखिल (क्रान्तिकारी) का नेता पक्राउ परेको विरोध विप्लव समूहले दाङसहित साबिक राप्तीका सल्यान, प्यूठान, रोल्पा, रूकु...
भगवती पाण्डे दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित बुद्धजन्मस्थल लुम्बिनीमा निर्माण सुरू गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा ध्यान केन्द्रको ९८ प्रतिशत काम पूरा भएको छ। , लुम्बिनीमा आयोजना हुने ठूला सभा समारोहका लागि सम्मेलन केन्द्रको अभाव भएपछि २०७५ साल वैशाख १७ गते २५६२ औं बुद्ध जयन्तीको अवसर पारी राष्ट्रपत...
सेतोपाटी संवाददाता दाङमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का ७६ वर्षीय दिलबहादुर बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।, सोमबार बेलुका साढे ७ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु५६प ९८१७ नम्...
खिलानाथ ढकाल बैतडी दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टले देखाइसकेको छ। भट्टको बलात्कारपछि हत्या भएको रिपोर्टले देखाए पनि प्रहरीको अनुसन्धानले अझै सतप्रतिशत नतिजा निकालिसकेको छैन।, घटना भएको चार दिन पुगिसके पनि प्रहरीले उनको बलात्कारपछि हत्यामा संलग्न को थिए पह...
सेतोपाटी मध्यपुरथिमि नगरपालिका-८ बोडेस्थित ऐतिहासिक कमलपोखरीलाई भूमाफियाको चङ्गुलबाट जोगाउन मध्यपुरथिमिका बासिन्दा उर्लिएका छन्। , भक्तपुर जिल्ला अदालतको फैसला सदर गर्नुपर्ने माग गर्दै पुनरावेदन अदालत पाटनमा आज मध्यपुरथिमिका बासिन्दा, जनप्रतिनिधि एवं कमलपोखरी संरक्षण समितिका पदाधिकारीले धर्ना दिएका छन्।, मध्यपुरथिमि ब...
सेतोपाटी संवाददाता आदिवासी धिमाल समुदायको खाद्य परिकारको प्रवर्धन र संस्कृतिको संरक्षण गर्न भन्दै मंगलबारदेख झापाको दमकमा ‘धिमाल फुड फेस्टिभल’ शुरू भएको छ ।, ‘संस्कृति, मौलिकता र स्वस्थ्य खाना’ भन्ने नारासहित  धिमाल जातीय विकास केन्द्रले आफ्नो मौलिक सांस्कृतिक परिकार प्रवर्धनका लागि दमकमा ‘चिचिरी–गेन्द्रो दिवस’ अर्थात...
सेतोपाटी संवाददाता गएको सोमबार राति ९ बजेतिर मोरङको जहदा गाउँपालिका-१ की १४ वर्षीया बालिका घरको आँगनबाट अपहरणमा परिन्।, अभिभावक र गाउँलेले थाहा पाउनेबित्तिकै उनको खोजी सुरू गरे। निकैबेरपछि भेटिएकी उनी त्यसबेलासम्ममा सामूहिक बलात्कारको शिकार भइसकेकी थिइन्।, ‘राति नौ बजेतिर पिसाब लाग्यो भन्दै घर बाहिर निस्केकी छोरी निकै...
सेतोपाटी सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ। , सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो। , केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी रविनकुमार राईले तीन हजार ३...
सेतोपाटी संवाददाता केन्द्रीय अनुसन्धान ब्युरोले फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।, वैदेशिक रोजगार कसूर मुद्धा र बैंकिङ कसूर मुद्धाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।, वैदेशिक रोजगार कसूर मुद्धामा सर्वोच्च अदालतबाट गत मंसिर ११ गते पाल्पाको बगनासकाली गाउँपालिका-७ की ५९ वर्षीया टिक...
रासस हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती (लोडसेडिङ) हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन्।, सिमकोटमा दैनिक १२ घन्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा यहाँका सेवाग्राही आन्दोलित भएका हुन्। नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाले चरम ...
नारायण महर्जन माधव नारायण मेला भर्ने ब्रतालुहरू सोमबार बिहानै पशुपतिस्थित बाग्मती नदीमा स्नान गरेका छन्। पौराणिक सहर साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका ब्रतालुहरू बुधबार साँझ पशुपतिनाथ आएका हुन्।, बुधबार साँखुबाट बज्रयोगिनी मन्दिर पुगेर त्यहाँबाट माधव नारायणलाई पशुपति पुर्‍याइएको थियो। साँखुमा एक महिना लामो व्रत...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ।, मंगलबार प्रधान कार्यालयले सात जना एसपीको सरूवा गरेको हो।, चितवनमा प्रहरी उपरीक्षक ओम अधिकारीको सरुवा भएको छ। त्यहाँ कार्यरत् नान्तिराज गुरुङको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ।, प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपरा...
सेतोपाटी संवाददाता अध्यागमन विभागले खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम संभाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राका बारे सामान्य जानकारीसमेत नभएका महिलाहरूका लागि आवश्यक पर्न सक्ने गरी परिवार तथा वडाको स्वीकृति लिनुपर्ने सुझाव आएको र यसबारे कुनै पनि निर्णय नभएको प्रष्टाएको छ।, ४० वर्ष उमेर तलका महिला विदे...
पुरुषोत्तम थापा दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका पछिल्लो समय समृद्धितिर लम्किएको छ। , स्थानीय, प्रदेश र सङ्घ गरी तिन वटै तहमा ठूलठूला नेता तथा कार्यकर्ताको बाहुल्यता रहेको चामुण्डाविन्द्रासैनीमा पछिल्लो समय सडक, सञ्चार, विद्युत्लगायत आवश्यक पूर्वधार निर्माण भएपछि दिगो विकास र समृद्धिको बाटोमा लम्किएको हो। , देशम...
सेतोपाटी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि आजदेखि निवेदन सङ्कलन सुरू भएको छ। , न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा यही फागुन मसान्तसम्म निवेदन दिन सक्नेछन्। , सूचीकृत बेरोजगारले प्...
निशा भण्डारी वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका छन्।, चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिएको उनीहरूको भनाइ छ।, शुक्रबार ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमबीच उनीहरूले मृत्युपछि शरीर दान दिने घोषणा गरेको नइ...