content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता कैलालीमा एक जना मृत फेला परेका छन्।, गोदावरी नगरपालिका-५ गेटास्थित मोहना अत्तरिया ६ लेन सडकछेउको पानी जमेको कल्भर्टमा कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का अन्दाजी ४० वर्षीय मोहनबहादुर चन्द मृत फेला परेको प्रहरीले जनाएको छ। , शनिबार बिहान स्थानीयबासीले खाल्डोमा उनको तैरिरहेको अवस्थामा शव देखेपछि प्रहरी... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यसहितको टोली महानगरपालिका क्षेत्रभित्रका कोभिडविरूद्धको खोप केन्द्रको अनुगमन गर्ने सिलसिलामा शुक्रबार जनमैत्री अस्पताल बालाजु पुग्दा धादिङबेसीकी दण्डकुमारी ढकाल खोप लगाएर आराम गरिरहेकी थिइन्।, दण्डकुमारीको छेउमै पुगेर प्रमुख शाक्यले–खोप लगाएपछिको आमाक... |
सेतोपाटी डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडक खण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानेका छैनन्।, घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र शव बुझ्ने अडान राखेपछि विगत सात दिनदेखि शव डडेल्धुरास... |
सेतोपाटी संवाददाता तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आइसियू भवन निर्माणको काम सुरू भएको छ । , शनिबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आइसियू भवनको सिलान्यास गरेका हुन्।, तुलसीपुका सबइन्जिनियर महेश भण्डारीले ६ देखि ८ बेडसम्मको आइसियू कक्ष निर्माण हुन लागेको जानकारी दिए। , जसका लागि कुल लागत ३१ ल... |
सेतोपाटी संवाददाता १५ दिने धार्मिक एवं ऐतिहासिक मिथिला मध्यमा परिक्रमा आजदेखि सुरू भएको छ।, कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट किशोरीजीको डोला उठेसँगै मिथिला मध्यमा परिक्रमा सुरू भएको हो।, यद्यपि आइतबार जनकपुरधामको हनुमान गढीबाट डोला उठेपछि मात्रै परिक्रमाको औपचारिक सुरूआत हुनेछ।, परिक्रमामा अन्य वर्षझैं यस वर्ष पनि श... |
रासस मिलको फित्तामा सल बेरिएर भोजपुरमा एक महिलाको मृत्यु भएको छ।, रामप्रसाद राई गाउँपालिका-१ ओख्रेकी ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा घाइते भई उपचाररत रहँदा मृत्यु भएको हो।, शनिबार साँझ ५ बजे सोही स्थानका योगेन्द्र राईको विद्युतीय लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा... |
सेतोपाटी संवाददाता नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ५३ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार २३१ पुगेको छ।, पछिल्लो २४ घन्टामा ७७ जना निको भएर फर्किएका छन्। योसहित ... |
नेहा झा सिरहाको लहानस्थित जिल्ला मालपोत कार्यालयमा अन्य दिनजस्तै आइतबार पनि जग्गासम्बन्धी काम गराउने सेवाग्राहीको भीड थियो।, सरकारी कार्यालयमध्ये सबैभन्दा बढी भीड हुनेमा पर्छ मालपोत कार्यालय। हिजो शनिबारको विदा भएकाले आज कार्यालयमा सेवाग्राहीको संख्या बढी नै थियो।, भीडभाडबीच कर्मचारी काम गरिरहेका थिए, सेवाग्राही विभिन... |
सेतोपाटी संवाददाता लुकिछिपी कपिलवस्तुबाट भारततर्फ लैजादै गरेको ४२ सय लिटर डिजेल प्रहरीले बरामद गरेको छ।, शुक्रबार राति ९ बजेतिर कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. २ लिङगेटस्थित चेकप्वाईन्टमा चेक गर्दा भारतीय ट्रकमा ट्यांकी जडान गरि डिजेल राखिएको फेला परेको हो।, शसस्त्र प्रहरी बल बिओपी कृष्णनगर र अध्यागमन प्रहरी पो... |
एजेन्सी युरोपका तीन ठूला मुलुक जर्मनी, फ्रान्स र इटालीले पनि बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेका कम्पनीले विकास गरेको कोरोनाभाइरसविरूद्धको खोप लगाउन रोकेका छन्।, खोप लगाएका केही मानिसहरूमा रक्तनलीमा रगत जम्ने समस्या देखिएको गुनासो आएको भन्दै यी मुलुकहरूले तत्कालका लागि यो खोप लगाउन रोकेका हुन्।, यसअघि युर... |
युनिक श्रेष्ठ प्रहरीले गत बिहीबार बौद्ध, टुसालबाट बरामद गरेको पदार्थ 'अप्रशोधित युरेनियम' भएको राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले पुष्टि गरेको छ।, नास्टले उक्त पदार्थ 'युरेनियम २३८' भएको रिपोर्ट आइतबार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीलाई बुझाएको हो।, 'प्रहरीले बरामद गरेको पदार्थको विश्लेषण ... |
रासस जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर–१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर–११ का ३२ वर्षीय दिलीप अधिकारी, भरतपुर–४ का २५ वर्षीय रोशन खत्री र का... |
सेतोपाटी पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा: दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ।, सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार... |
रासस जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन्।, घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली रहेको प्रहरीले जनाएको छ।, उनीहरूमध्ये खातीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र डोल... |
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय लुहाम सल्यानका प्रमुख रहेका प्रहरी निरीक्षक श्यामकुमार यादवविरूद्ध सेवाग्राहीसँग १० हजार रूपैयाँ घुस मागेको आरोप लागेको छ।, दुर्घटना बीमा प्रमाणित गरिदिन एक सेवाग्राही पुग्दा उनले पैसा मागेको आरोप छ। उनीविरूद्ध घुस मागेको आरोपसहित सेवाग्राहीले उजुरी दिएका थिए।, दाङको तुलसीपुर उ... |
नारायण अधिकारी यही चैत ९ गतेदेखि शुरु गर्न लागिएको राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र पारिएको छ।, चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरु गरिँदै छ। पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना शुरु गरिने छ।, गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमा नै भइरहेको छ। चितवन र पर्सालाई एउटा ब्लक बन... |
सेतोपाटी संवाददाता बल्खुको सुकुम्बासी टोलमा एक महिलाको हत्या भएको छ।, सोमबार साँझ साढे ७ बजे प्रहरी पुग्दा टहराको घरमा एक महिलाको शव बोरामा पोका पारिएको अवस्थामा शव फेला परेको हो।, महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार श्रीमानले श्रीमतीको हत्या गरेको आशंका छ।, मृतक अन्दाजी ३... |
सेतोपाटी आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ।, जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ... |
रासस बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ।, सोमबार जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो।, वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोला... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा टायर पड्किएर वीङ्गर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अन्य ६ जना घाइते भएका छन्।, बुधबार बिहान ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरियामा महेन्द्रनगरबाट धनगढी आउँदै गरेको म १ ज २४३ नम्बरको वीङ्गर दुर्घटना भएको हो।, मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपा... |
सेतोपाटी झापाको कनकाईमा ‘मेयर आवास कार्यक्रम’अन्तर्गत स्थानीय मुसहर बस्तीका विपन्न परिवारलाई शौचालयसहितको घर हस्तान्तरण गरिएको छ। , घरबारविहीन विपन्न परिवारलाई जस्ताको छाना भएको घरमा बसोबासको व्यवस्था मिलाउने अभियानमा क्रियाशील स्थानीय सरकार कनकाई नगरपालिकाले आफ्नो अभियानको निरन्तरतास्वरूप कनकाई–४ स्थित मुसहर बस्तीका ... |
भगवती पाण्डे बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदास्थल जितगढी र सांस्कृतिक सहर पुरानो बुटवल (बटौली) लाई जोड्नेगरी संग्रहालय निर्माण सुरू भएको छ।, यो ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालीन नेपाल-अंग्रेज युद्ध ताकाको झल्को दिनेगरी निर्माण गर्न लागिएको महत्वपूर्ण संरचना हो। , जितगढी (बटौली) युद्ध संग्रहालयका नाममा निर्म... |
सेतोपाटी संवाददाता गत फागुन २६ गते प्रहरीले ललितपुरको बागमती गाउँपालिका-७ गम्दीबाट एक पुरूषलाई नियन्त्रणमा लियो। उनलाई प्रहरीले १५ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा पक्राउ गरेको थियो। पक्राउ परेका ३२ वर्षीय पुरूष बालिकाको नातामा भिनाजु पर्छन्।, बलात्कारको खबर प्रहरीले विद्यालयबाट पाएको थियो। सोही सूचनाको आधारमा महा... |
सेतोपाटी संवाददाता बैंकिङ कसूर मुद्दामा एक करोड ८५ लाख जरिवाना भएका फरार प्रतिवादी पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले झापा घर भई काठमाडौं महानगरपालिका-४ का ५१ वर्षीय उपेन्द्रप्रसाद ढुंगानालाई पक्राउ गरेको हो।, उनलाई सिआइबीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक गंगा पन्तले जानक... |
सेतोपाटी दिपायल सिलगढी नगरपालिका-२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन्। , जिल्ला अदालतले मृतक मीनाका श्रीमान प्रकाश, ससुरा प्रेम , सासू दुर्गा र उनकी बहिनी रम्भा दमाईंलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो। , गत फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुनसक्ने ज... |
सेतोपाटी संवाददाता देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपरान्हपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायु र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ र ह... |
सेतोपाटी संवाददाता केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एक जनालाई किर्ते कागजात बनाइ ठेक्का हात पारेको आरोपमा पक्राउ गरेको छ। , बुधबार साँझ ठेकेदार रविन्द्र महर्जनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिइन्।, उनलाई सिआइबीले ललितपुरबाट पक्राउ गरेको हो। , 'उनले बौद्ध गुम्बा विकास समितिको लेटर प्य... |
नृपेन्द्रबहादुर मल्ल अँगेनामा आगो बलिरहेको छ, ओदानमाथि एउटा ताप्केमा पिठो र केही चामलका मुठी फत्फत पाकिरहेको आवाज आइरहेको छ, चुलोको दायाँपट्टी दुई छोरी एक छोरा आगोमा हात फिँजाएर आगो तापिरहेका छन्। एक अधबैंसे महिला बाहिर भित्र गर्दै केही खोजीरहेकी जस्तै गरिरहेकी छन्।, चुलोको पूर्वपट्टी भुइँमा एक थान कपडा ओछ्याइएको छ, त... |
सेतोपाटी संवाददाता चेक बाउन्स मुद्दामा प्रकाश दुगड पक्राउ परेका छन्।, शुक्रबार बिहान उनलाई काठमाडौंको ताहाचलबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए।, उनीविरूद्ध बैंकिङ कसूरको चेक बाउन्स मुद्दामा गत माघमा महानगरीय प्रहरी वृत्त, मालीगाउँमा जाहेरी परेको थियो।, अद... |
नारायण ढुङ्गाना चौध वर्षअघि देवकुमार (दिपेश) भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन्। ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको पिरतीको डोरी अहिले चटक्क चुँडिएको देख्नेहरु जो कोहीको पनि मन अमिलो हुन्छ।, अन्तरजातीय जोडीले भागी विवाह गरेरसँगै जीउने मर्ने वाचा गरेका थिए। ‘एक मुठी सा... |
भानुभक्त अदालती प्रक्रियाबिना ४० वर्षदेखि भारतको पश्चिम बंगालका विभिन्न जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना शनिबार रिहा भएका छन्।, कलकत्ता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि शनिबार बिहान दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई कलकत्तास्थित नेपाली महावाणिज्यदूतावासको रोहबरमा परिवारको जिम्मा लगाएको हो।, अभियोग ... |
सेतोपाटी संवाददाता काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नखेलस्थित खहरेमा दुई पुरूषको शव फेला परेको छ।, शुक्रबार दिउँसो दुई पुरूषको शव फेला परेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।, उनीहरूको पहिचान खुल्न सकेको छैन। एक पुरूष अन्दाजी ३०-३२ र अर्का २०-२२ का रहेको एस... |
सेतोपाटी पूर्वी चितवनको कालिका नगरपालिकामा आज बिहान ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर छिन्।, प्रहरीका अनुसार जुटपानीबाट शक्तिखोरतर्फ जाँदै गरेको नम्बर प्लेट नराखिएको ट्रयाक्टरले सोही ... |
युवराज श्रेष्ठ गोरखाको आरूघाटकी पूर्णिमा श्रेष्ठ पेशाले फोटो पत्रकार हुन्। तर अचेल उनी फोटो पत्रकार भन्दा आरोहीका रूपमा चिनिन्छिन्। , अहिले उनी अन्नपूर्ण प्रथमको आरोहणका लागि पोखराबाट प्रस्थान गरिसकेकी छन्। उनीसँगै यो हिमाल चढ्ने अरू विदेशी महिला छन्। , यी महिलामध्ये पहिला बाजी मार्नेले अन्नपूर्ण प्रथम आरोहण गर्ने पहि... |
सेतोपाटी संवाददाता ४० वर्षदेखि भारतीय जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना जेलबाट छुट्ने भएका छन्।, उनका भाइ प्रकाशचन्द्र तिम्सिनाले शुक्रबार कलकत्ता उच्च अदालतमा उनलाई बुझ्ने सम्झौतामा हस्ताक्षर गरेका छन्।, हत्या आरोपमा सन् १९८० मा दार्जिलिङबाट पक्राउ परेका दुर्गाप्रसादको मुद्दाको अन्तिम फैसला भने भएको छैन।, 'सम्... |
सेतोपाटी संवाददाता नेपालमा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ७७ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ९०६ पुगेको छ।, पछिल्लो २४ घन्टामा १०६ जना निको भएर फर्किएका छन्।, योसहि... |
भानुभक्त ४० वर्षपछि भारतीय जेलबाट मुक्त भएका इलामका दुर्गाप्रसाद तिम्सिनाले अन्तत: आमासँग भेटेका छन्।, उनी आइतबार अपरान्ह इलामस्थित घर पुगेका हुन्। , उनले आमालाई मिठाइ लिएर आएका थिए। उनले आमालाई मिठाइ खुवाइदिए। ‘यो त दुब्लाएछ नि,’ छोरालाई देखेपछि ८६ वर्षकी आमा धनमाया तिम्सिनाले भनिन्, ‘के भएको? साह्रै दुब्लाएछ त?’ हलो... |
सेतोपाटी संवाददाता सरकारले विभिन्न समयमा बसेको मन्त्रिपरिषदका निर्णयहरू बिहिबार सार्वजनिक गरेको छ।, मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले फागुन २०, फागुन २५, चैत १ र चैत ५ गते बसेकोम मन्त्रिपरिषद बैठकका निर्णयहरू स... |
भगवती पाण्डे युवतीको बलात्कारपछि हत्या प्रयास गरेको अभियोगमा रूपन्देहीमा एक प्रहरी जवान पक्राउ परेका छन्।, ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले आफ्नै संगठन अन्तर्गत नवलपरासीको जग्गामा कार्यरत प्रहरी जवान २२ वर्षीय सुरेश कठारिया (थारु) लाई १९ वर्षीय युवतीलाई बलात्कार र हत्या प्रयास गरेको भन्दै पक्राउ गरेको हो।, ईलाका प... |
सेतोपाटी संवाददाता महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट ओछ्यानसहित बेपत्ता भएका एक बृद्ध दम्पत्ति अपहरण अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।, वेपत्ता भएको चार सातापछि घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले ४ जना अभियुक्तलाई आइतबार सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा पिपरा गाउँपालिका... |
सेतोपाटी संवाददाता कैलालीमा यात्रुवहाक बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ।, पूर्व-पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका ५ डोकेबजारमा धनगढीबाट काठमाडौं जाँदै गरेको ना ६ ख ७४६१ नम्बरको खप्तड मालिका यातायातको बस दुर्घटना भएको हो।, दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ। , बस अनियन्त्र... |
सेतोपाटी संवाददाता सिरहामा एक युवाको विभत्स हत्या भएको छ।, जिल्लाको मिर्चैया नगरपालिका- ७ निवासी २८ वर्षीय शिवकुमार यादवको विभत्स रूपमा हत्या गरिएको सिरहा प्रहरीले जनाएको छ।, शनिबार बेलुका करिब आठ बजे घरबाट निस्किएका यादव आइबतार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीप राज भण्... |
युवराज श्रेष्ठ कोरोना भाइरसका दोस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सभा, जुलुस, गोष्ठी, र्याली, भेला लगायतका कार्यक्रम नगर्न अनुरोध गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विज्ञप्ति जारी गरेर उक्त अनुरोध गर्दैगर्दा पोखराको पश्चिमाञ्चल क्याम्पस भने कोरोना भाइरसको नयाँ ‘हटस्पट’ बन्ने देखिएको ... |
रासस जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार सर्वसाधारणलाई अपिल गरेको छ।, कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायतका भिडभाड हुने काम नगर्न अपिल ग... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १८ जना विद्यार्थी घाइते छन्।, पब्लिक ज्ञानज्योति माध्यमिक विद्यालयका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।, तुलसीपुर उपमहानरपालिका वडा नम्बर १५ कोठरीबाट आज बिहान प्लस टू पढ्ने विद्यार्थीहरू लिएर आउँदै गरेको बस दुर्घटनामा परेको हो।, प्रहरी नायब... |
शरद शर्मा सरकारले आगामी आर्थिक वर्षदेखि क्षयरोगमुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्ने भएको छ।, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोगका कार्यक्रमको सूक्ष्म योजना तर्जुमा गरी क्षयरोगमुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न थालेको हो। , केन्द्रका निर्देशक डा अनुज भट्टचनले क्षयरोगलाई नियन्त्रण र निर्म... |
एजेन्सी अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारी थालेका छन्। आउँदो अप्रिल ८ पछि हुने उक्त उडान एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा गरिएको पहिलो उडान हुनेछ। , १.८ किलोग्राम तौल भएको हेलिकप्टरलाई वैज्ञानिकहरूले इन्जेन्युटी नाम दिएका छन्। अहिले यो हेलिकप्टर गत फेब्रुअरी १८ मा ... |
सेतोपाटी संवाददाता कैलालीको लम्कीमा मृतकका आफन्तले बन्द गरेको राजमार्ग प्रहरीले बल प्रयोग गरेर खुलाएको छ।, मंगलबार बिहान लम्कीचुहा-१ मा टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँकी २२ वर्षीया कमला देवकोटा बुढाको मृत्यु भएको थियो। , घटनापछि मृतकका आफन्तले शव नउठाई प्रदर्शन गरेका थिए भने दिनभ... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा मंगलबार रातिदेखि लागू हुने गरी आंशिक रूपमा निषेधाज्ञा जारी गरिएको छ। , भारतका विभिन्न प्रान्तमा बढिरहेको कोरोना भाइरसको संक्रमणको लहर नेपाल भित्रिने जोखिम रहेको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले आंशिकरूपमा निषेधाज्ञा जारी गरिएको बताए।, नेपाल सरकार र प्रदेश स्वास्थ्य न... |
नारायण खड्का दाइजोको निहुँमा बुहारीलाई मट्टितेल छर्केर जलाएर फरार भएका ससुरा सात वर्षपछि पक्राउ परेका छन्।, दाइजोमा मोटरसाइकल नल्याएको तथा मागे जति नगद रकम नल्याएको भन्दै बुहारीलाई सुतेकै स्थानामा मट्टितेल छर्केर आगो लगाई ज्यान लिन खोजेको आरोप खेपेका ७५ वर्षीय ससुरा हनिफ शेष ढपाली सात वर्षपछि पक्राउ परेका हुन्।, साविक... |
सेतोपाटी संवाददाता बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ बस्ने ४० वर्षीय बुद्धिबहादुर तामाङलाई मंगलबार पक्राउ गरेको हो।, उनीविरूद्ध उच्च अदालत पाटनले गत फागुन १७ गते बैंकिङ कसूर मुद्दामा १९ लाख ९० हजार रुपैयाँ जरिवाना र ६ दिन कैद स... |
राजेश घिमिरे पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदुषण बढ्न थालेको छ।, वातावरण विभागका अनुसार भक्तपुर, सिमरा, हेटौंडा र धनगढीमा वायुको गुणस्तर खस्केको हो।, वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ। एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्व... |
सेतोपाटी संवाददाता ललितपुर जिल्ला प्रशासन कार्यालयले रात्रिकालीन व्यवसाय सञ्चालन नगराउन निर्देशन दिएको छ।, बुधबार प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको अध्यक्षतामा बसेको डिस्ट्रिक कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी)को बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन नगराउन निर्देशन दिएको हो।, राति ११ बजेपछि सञ्... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ। , कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन्।, चैत १५ गते पहाड र १६ गते तराईमा होली मनाइँदै छ।, यस्तै, सार... |
रासस लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ।, नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ।, निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि निकुञ्जअन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै भीडभाड नगर्न भनेको छ।, बुधबार काठमाडौं, ललितपुर र भक्तपुरमा छुट्टाछुट्टै बसेको डिस्ट्रिक कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी)को बैठकले भीडभाड हुने कार्यहरू नगर्न भनेको हो।, आउँदो चैत १५ र १६ गते हु... |
एजेन्सी भारतले अबको केही महिना कोरोनाभाइरसविरूद्धको भ्याक्सिन निर्यातमा रोक लगाउने भएको छ।, भारतको केन्द्रीय सरकारले मंगलबार ४५ वर्षमाथिका सबै नागरिकलाई अप्रिल १ देखि भ्याक्सिन दिने निर्णय गरेको थियो।, पछिल्लो समय संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको र खोप लगाउने समूह बढेकाले अबका केही महिना भारतले अरू देशलाई भ्... |
सेतोपाटी म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ।, जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापदण्ड तयार गरेको हो।, बैठकले विदेशबाट जिल्ला भि... |
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीमा अनाथालय सञ्चालन गर्दै आएका विष्णु चौधरीविरूद्ध प्रहरीमा बालिका बलात्कारसम्बन्धी उजुरी दर्ता भएको छ। , उनीविरूद्ध अनाथालयकै एक १४ वर्षीया जुम्लाकी बालिकामाथि जबरजस्ती बलात्कार गरेको जाहेरी परेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए।, ‘उजुरी प्रहरीमा बुधबार ... |
दाने बोहरा हुम्लाको चङ्खेली गाउँपालिकास्थित सलिसल्लामा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयबासी खुसी भएका छन्। , भौतिक विकासमा पिछडिएका सलिसल्लामा मिनीबस पुग्दा स्थानीयबासीले बाजागाजासहित भव्य स्वागत गरेका हुन्।, स्थानीयबासीले कच्ची सडकमा बस ल्याएर सेवा दिएको भन्दै बस, चालक र सहचालकलाई फूलमालाले समेत स्वागत गरेका छन... |
सेतोपाटी संवाददाता उडानयोग्य भिजिबिलिटी नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।, नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका अनुसार विमानस्थलमा उडानका आवश्यक भिजिबिलिटी नभएपछि उडान बन्द गरिएको हो।, विमानस्थल प्रमुख प्रताप तिवारीकाअनुसार तीन बजेदेखि उडान बन्द रहेको छ। , उडानका लागि ८ सय मिटरसम्म द... |
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ को संक्रमणको जोखिम बढ्ने सम्भावना भएकाले विद्यालयमा पठनपाठन गर्दा भीडभाड नगर्न तथा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको कडाइसाथ पालना गर्न आग्रह गरेको छ।, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज मन्त्रालयमा सम्पन्न बैठकले शिक्षक तथा विद्यार्थीक... |
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा विभिन्न सिरहाका किशोरी यादवका चार वटा व्यापारिक फर्ममाथि मुद्दा अघि बढाएको छ। , विभागले ती फर्महरूसँग दुई अर्ब १७ करोड १८ लाख १०७ रुपैयाँ बिगो मागेको छ। , विभागका अनुसार झूटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी कर छलेको आरोपमा यादव सञ्चालक... |
सेतोपाटी संवाददाता ललितपुमार शुक्रबार हावामा प्रदुषणको मात्राले खतराको तह पार गरेको छ।, वातावरण विभागको भैंसेपाटीस्थित स्टेशनले २ बजेपछि अपडेट गरेको विवरणमा यो क्षेत्रमा वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ३ सय २५ पुगेको छ।, वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले एक्वुआई ३ सयभन्दा माथि हुनु घातक हुने ब... |
सेतोपाटी संवाददाता नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४४१६ मा पिसिआर गर्दा १५६ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ।, पछिल्लो २४ घन्टामा ७० जना निको भ... |
सेतोपाटी संवाददाता कैलाली प्रहरीले लागुऔषधसहित एक जना पक्राउ गरेको छ। , गोदावरी नगरपालिका -१ बसन्तपुरका ४० वर्षीय चेतराज ऐरलाई ९४० ग्राम चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।, ऐरलाई उनकै पसलबाट चरेश विक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा सो... |
रासस हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ।, जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो।, आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ। ... |
सेतोपाटी तनहुँको म्याग्दे गाउँपालिका–२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान छन्।, बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उनी मात्र होइन, उमाचोकका अधिकांश कृषक पीडित छन्।, खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएको श्रेष्ठको गुनासो छ।, ‘खेतमा काम गर्न गएको बेलामा बाँदरले आक... |
सेतोपाटी संवाददाता काठमाडौंको शंखरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना बालक घाइते भएका छन्।, आइतबार दिउँसो शंखरापुर नगरपालिका-१ चापाकोटमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।, घाइते हुनेमा ९, ११ र १६ वर... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले चैत २० गते शुक्रबारसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।, त्रिवि रजिष्ट्रारको कार्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना निकालेर पठनपाठन बन्द हुने उल्लेख गरेका छन्।, प्रदूषण बढेको र यसले विद्यार्थीलाई असर पर्न सक्ने भन्दै पठनपाठन र... |
युवराज श्रेष्ठ बाग्लुङमा आइतबार 'ग्याङ फाइट' हुँदा भिरबाट फालिएका प्रकाश कुँवर र दीपक परियारको ज्यान गयो। त्यही भिरबाट फालिएका तिलक कुँवरले भने एउटा रूखबाट लत्रेको लहरा समातेर आफ्नो ज्यान जोगाए।, बाग्लुङ निसिखोला- ७, राजकुतका तिलक अहिले काकाको बरखीमा छन्। रङ लगाउन नहुने भए पनि उनी साथीहरूसँग फागु खेल्न निस्किएका थिए। ... |
एजेन्सी कूमार्फत् सत्ता हत्याएको म्यानमारको सेनाले आफ्ना नागरिकहरूमाथि हवाई आक्रमण पनि गर्न थालेको छ।, सेनाले हवाई आक्रमण गरेपछि दक्षिणपूर्वी प्रान्त करेनका तीन हजार जना म्यानमारी शरण खोज्दै थाइल्याण्डको सीमामा पुगेका छन्। तर थाइल्यान्डका अधिकारीहरूले उनीहरूलाई देशभित्र प्रवेश गर्न दिएका छैनन्।, समाचार संस्था रोयटर्सक... |
सेतोपाटी संवाददाता शुक्रबारदेखि काठमाडौंको आकाश धुम्म भएको। न राम्ररी घाम लाग्न सकेको छ, न त बेस्सरी हावा नै चलेको छ।, चैतमा पनि बाक्लो जाकेट लगाउनु पर्ने गरी चिसो बढेको छ। हावामा प्रदुषणको मात्रा पनि उत्तिकै छ।, तीन दिनसम्म राम्ररी घाम लाग्न नसकेपछि आममानिसलाई जिज्ञासा छ- कहिलेसम्म यस्तो भइरहन्छ?, मौसमविद्हरूका अनुसा... |
सेतोपाटी संवाददाता बालुवा लोड भएको टिपर अनियन्त्रित भएर सडकबाट खस्दा ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ।, ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका-४ डुम्रिसेस्थित थुम्बेदिन-डुम्रिसे सडक खण्डमा सोम्थित थुम्बेदिन टिपर अनियन्त्रित भबार राति टिपर दुर्घटना भएको हो।, प्रहरीका अनुसार राति १० बजे प्रदेश ३-०१-०५ ख ९२७१ नम्बरको टिपर... |
नेहा झा महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरबाट हराइरहेका सात बालिका/किशोरी भारतमा फेला परेका छन्।, मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका/किशोरी अपहरणमा परेको अनुमान थियो।, भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई बिहारको सितामढीबाट उद्धार गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले ... |
सेतोपाटी संवाददाता 'एस्ट्रेक वाल क्लाइम्बिङ' ठमेलमा पहिलो पटक १५ जना दृष्टिविहीनले वाल क्लाइम्बिङ अनुभव लिएका छन्।, बुधबार बिहान 'ब्लाइन्ड रक्स' र 'सस्टेनेबल हिमालय'को आयोजनामा उनीहरूले पहिलो पटक 'वाल क्लाइम्बिङ' गरेका हुन्। ब्लाइन्ड रक्सकी संस्थापक सृष्टि केसीका अनुसार नेपालमा दृष्टिविहीनहरूले 'वाल क्लाइम्बिङ' गरेको ... |
सेतोपाटी संवाददाता डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।, अमरगढी नगरपालिका-७ ऐरी गाउँकी ४० वर्षीया नारुदेवी ऐरीको मृत्यु भएको प्रहरीले जनाएको हो।, घाइते हुनेमा सोही ठाउँका ३० वर्षीया शारदा ऐरी र २० वर्षीया कमला विक रहेका छन्। , बुधबार दिउँसो उग्रतारा जंगल नजिकै माट... |
सेतोपाटी संवाददाता मोरङ मिक्लाजुङ गाउँपालिका-६ मा जंगली हात्तीले आक्रमण गर्दा सोमबार राति एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा थामीझोडाका ५० वर्षीय यामबहादुर बोहरा छन्।, राति १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरेर घर फर्केन क्रममा जंगलबाट आएका तीन वटा जंगली हात्तीले उनलाई कुल्चेका थिए।, गम्भीर घाइते भएका बोहराको उपचार... |
सेतोपाटी संवाददाता नुवाकोटको तारकेश्वर गाउँपालिका-३ मा कौछेनी युवा क्लव भवन मंगलबार उद्घाटन गरिएको छ।, वरिष्ट पर्यटन व्यवसायी तथा रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष वलराम न्यौपाने र युवा नेता तथा समाजका महासचिव शिव अधिकारीले भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।, उद्घाटन समारोहमा बोल्दै पर्यटन व्यवसायी तथा समाजका अ... |
भानुभक्त वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ मंगलबार घरनजिकैको मेडिकलमा गए। आँखा पिरो भएको निको पार्ने औषधी किनेर फर्किए। केही दिनयता श्रेष्ठजस्तै काठमाडौंवासी धेरैले आँखा पोल्ने, खोकी लाग्ने, नाक चिलाउने समस्या झेलिरहेका छन्।, काठमाडौंमै जन्मे-हुर्केका ८४ वर्षीय श्रेष्ठले पिरो हावा यति धेरै दिनसम्म काठमाडौंमा बसेको बस्यै... |
सेतोपाटी संवाददाता कोरोना महामारीको जोखिम दोहोरिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने नाकामा निगरानी बढाएको छ। , प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार काठमाडौं भित्रिने प्रमुख नाकामा कडाइ थालिएको हो। , बुधबारै स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा कोरोना परीक्षण गर्ने बताएको... |
सेतोपाटी संवाददाता गत बिहीबार बिहान साढे ८ बजे सर्लाहीमा एक युवकको टाउको नै काटिएको अवस्थामा शव फेला पर्यो।, मलंगवा नगरपालिका-९ पचगछिया चौरीस्थित नागेश्वर रायको खेतमा शव फेला परेको हो। शवको टाउको भने थिएन। स्थानीयले शव देखेपछि तत्कालै प्रहरी बोलाए।, जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी टोली घटनास्थल पुग्यो। जिउ भ... |
सेतोपाटी संवाददाता सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण भएको छ।, कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्केका उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए।... |
सेतोपाटी संवाददाता महोत्तरीमा अज्ञात समूहले गोली प्रहारबाट एक जना घाइते भएका छन्।, जिल्लाको औरही नगरपालिका ४ स्थित सेरामा गोली चल्दा बर्दिवास नगरपालिका -१ का रोशन कोईराला घाईते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।, आचार्यका अनुसार गोली बुधबार बेलुका ७.३० बजे चलेको हो। अज्ञ... |
सेतोपाटी संवाददाता कुख्यात अपराधी चार्ल्स शोभराजको विदेशी मिडियामा अन्तर्वार्ता आएपछि केन्द्रीय कारागार सुन्धाराले आन्तरिक रूपमा छानबिन गरेको छ।, बेलायती ,ट्याबोलोइड मिडिया सन्डे मिरर,मा गत मार्च २७ गते शोभराजको अन्तर्वार्ताको प्रकाशन भएको थियो।, कारागार व्यवस्थापन विभागको अनुमतिबिना नै सो अन्तर्वार्ता बाहिरिएपछि कारा... |
सेतोपाटी संवाददाता प्रदूषणका कारण सरकारले बन्द गरेका विद्यालयहरू आइतबारदेखि पठनपाठन सुरू हुने भएको छ।, वायु प्रदूषण बढेको पाइएको भन्दै सरकारले चार दिन देशभरका विद्यालय बन्द गरेको थियो। तर दशभन्दा बढी स्थानीय तहहरूले आफूहरूको क्षेत्रमा प्रदूषण नरहेको भन्दै विद्यालय सञ्चालन गरेका थिए।, वातावरणमा सुधार आएकोले पूर्ववत अवस... |
राजेश घिमिरे तनहुँ घर भएकी किना केसीले चितवन राष्ट्रिय निकुञ्जमा काम गर्न थालेको ६ वर्ष भयो।, निकुञ्जको रेञ्जर उनी दिन रात नभनी गैंडा, हात्ती, बाघ, गोही जस्ता जनावरको वरिपरि खट्छिन्। काम सुरू गर्दैगर्दा उनलाई डरको महसुस हुन्थ्यो। तर अचेल बानी पर्न थालेको छ। ‘सुरूआततिर काममा जाँदा डर लाग्थ्यो, जंगलको काम छ के हुने हो ज... |
रासस मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारमा गए राति कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, त्रिभुवन राजपथ हुँदै हेटौँडातर्फ आउँदै गरेको ना५ख ८१२९ नम्बरको कन्टेनरले विपरीत दिशातर्फ जाँदै गरेको ना१९प ८९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका–५ बस्ने २४ वर्षीय मोटरसाइकल चालक अनिष... |
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुस्थित राजेश हार्डवेयरले बिलमा उल्लेख गरिए भन्दा कम तौलको फलामजन्य सामाग्री बिक्री गरेको पाइएको छ। , हार्डवेयरले बिलमा उल्लेख गरिएकोभन्दा कम तौलको सामान बेचेको पाइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ।, उक्त हार्डवेयर सागरमल अग्रवालको नाममा छ। , त्यसरी ठगी गरेको पाएपछि विभागल... |
सेतोपाटी संवाददाता प्रहरीले पर्साबाट १० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।, मकवानपुरबाट वीरगञ्ज गइरहेका तीन जनालाई प्रहरीले आइतबार अपराह्न गाँजासहित पक्राउ गरेको हो।, पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका-७ का जयबहादुर गोले, सोही ठाउँकी विष्णुमाया तामाङ र मनहरि गाउँपालिका मुइया परियार छन्।, वीरगञ्ज-२१ पर... |
सेतोपाटी संवाददाता काठमाडौंको नागढुंगाबाट ४३ लाख नगद र ९ वटा तिलहरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेक पोइन्टबाट दाङ तुलसीपुर उपमहानगरपालिका-५ का ३७ वर्षीय सन्दीप कौशललाई शनिबार प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी द... |
सेतोपाटी संवाददाता कोरोना भाइरस संक्रमण बढ्न थालेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले माइकिङ गरी नागरिकलाई सचेत गराउन थालेको छ।, सोमबारदेखि बिहान नौ बजेदेखि ११ बजेसम्म विभिन्न चोकहरूमा बसेर प्रहरीले सचेतनामूलक माइकिङ गर्न थालेको हो।, त्यस्तै, सडकमा हिँड्नेहरूलाई मास्क वितरण गर्ने, हात राम्ररी धुने र स्यानिटाइजरको प्रय... |
सेतोपाटी संवाददाता बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिएको बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ।, निकुञ्जका कर्मचारीलाई मारेपछि डार्ट हानेर नियन्त्रणमा लिइएको बाघलाई मंगलबार चिडियाखानामा पुर्याएको हो।, १० वर्षको भाले बाघलाई बर्दियाबाट गाडीमा हालेर ल्याइएको हो।, आइतबार साँझ पौने ६ बजे ठाकु... |
सेतोपाटी संवाददाता चिनियाँ नागरिकको डेरामा लुटपाट गर्ने चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित चिनियाँ नागरिक युन जाओमेनको डेरामा गत सोमबार लुटपाट भएको थियो।, लुटपाटमा संलग्न भएको भन्दै महानगरीय प्रहरी वृत्त लैनचौरले शुक्रबार र शनिबार चार जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्न... |
सेतोपाटी संवाददाता इलाम रोङ गाउँपालिका-३ मार्से कि ४८ वर्षीया मनमाया राईको आगोले जलेर मृत्यु भएको छ।, सोमबार बिहान ११ बजे भान्सा कोठामा चिया लिन जाँदा चुलोमा सल्किएकी थिइन्।, गाईको खोले पकाउने चुलोमा उनले लगाएको कटनको कपडामा आगो सल्किएको प्रहरीले जनाएको छ।, शरीरका विभिन्न भाग जलेर घाइते भएकी उनलाई विर्तासिटी अस्पताल व... |
सेतोपाटी संवाददाता ग्यास सिलिन्डरभित्र लागूऔषध लुकाएर ल्याउने दुई जनालाई प्रहरीले फर्पिङबाट पक्राउ गरेको छ।, दक्षिणकाली नगरपालिका-५ फर्पिङ चेक पोष्टमा ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, पक्राउ पर्नेमा पर्साका २५ वर्षीय तेजामुन गद्दी र २२ वर... |
खिलानाथ ढकाल २०७५ भदौ ३० गते दिउँसो काठमाडौं काँडाघारीस्थित महानगरीय प्रहरी प्रभागका १० जना प्रहरीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गर्यो।, गोठाटार र पेप्सीकोलाका बालुवा व्यवसायीसँग घुस मागेको आरोपमा प्रहरी नायब निरीक्षक (सई) ज्योति बिष्टसहितका प्रहरीलाई अख्तियारले पक्राउ गरेको थियो।, अख्तियार दुरूपयोग अन... |
एजेन्सी बंगलादेशमा कोरोनाभाइरसको संक्रमण रोक्न गरिएको लकडाउनविरूद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनकारीहरूले प्रहरी कार्यालयमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर तीन जना घाइते भएका छन्। , सोमबार साँझ फरिदपुर जिल्लाको सल्थामा कोरोनाविरूद्धका स्वास्थ्य उपायहरू अपाउन कार्यन्वयन गराउने क... |
सेतोपाटी संवाददाता झापामा एक जना पुरूषको शव फेला परेको छ। , बुधबार बिहान सवा आठ बजे विर्तामोड नगरपालिका-५ सुगम पेट्रोल पम्प छेउ नजिकैको झाडीमा एक पुरूषको शव फेला परेको हो। , जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-५ मातामन्दिर छेउ बस्ने ५० वर्ष... |
नारायण महर्जन बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिएको बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ।, निकुञ्जका कर्मचारीलाई मारेपछि डार्ट हानेर नियन्त्रणमा लिइएको बाघलाई मंगलबार चिडियाखानामा पुर्याएको हो।, १० वर्षको भाले बाघलाई बर्दियाबाट गाडीमा हालेर ल्याइएको हो।, आइतबार साँझ पौने ६ बजे ठाकुरबाब... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.