content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता नेपालमा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा चार हजारमा पिसिआर गर्दा १२७ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ।, पछिल्लो २४ घण्टामा १३६ ज... |
सेतोपाटी सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रो जलविद्युत आयोजनाको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। , मृत्यु हुनेमा मकालु–३ हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिए। , खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भारतक... |
सेतोपाटी संवाददाता प्रतिनिधिसभा विघटन विरुद्ध नागरिक खबरदारी गरिएको छ।, प्रजातान्त्रिक विचार समाजको आयोजनामा शुक्रबार माइतिघर मण्डलामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध नागरिक खबरदारी गरिएको हो।, ‘विधिको शासन कायम गर’, ‘मानव अधिकारको रक्षा गर’, ‘हत्या, हिंसा बन्द गर’, ‘प्रे... |
सेतोपाटी संवाददाता सङ्घीय राजधानी काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने वर्षातमा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटरमात्र भइरहेको छ।, वीरशम्शेरको पालादेखिको पाइप वितरण प्रणाली भएकाले करीब तीन करोड लिटर खानेपानी चुहावट हुने गरेको आज राजधानीमा आयोजित काठमाडौं उपत्यका खानेपानी लिमिटेड... |
सेतोपाटी बारा सदरमुकाम कलैयाबाट करिब १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन् सुन्दा अचम्म लाग्छ। यो सत्य हो।, कलैयाको महागढीमाई नगरपालिका-४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक वर्षदेखि विद्यार्थीबिना सञ्चालनमा छ । , सो विद्यालयमा एक प्रधानाध्यापक, एक बालविक... |
सेतोपाटी संवाददाता रुपन्देहीको बुटवलमा आइतबार राति भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन्।, आइतबार मध्यराति पौने १ बजेतिर बुटवल उप-महानगरपालिका वडा नं. १० कालिकानगर सन्जिवनी कलेज नजिक सर्भिसलेनमा मोटरसाइकल र स्कुटर आपसमा ठक्कर खाँदा एक युवाको मृत्यु भएको हो।, तिलोत्तमाको... |
सेतोपाटी काठमाडौंको नयाँ बसपार्कदेखि कुलेश्वरसम्म विष्णुमती करिडोर कालोपत्रे गरिएको छ। , अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले विष्णुमती नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम सुरू गरेको हो। , काठमाडौंको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पाएको सिएम–पिआर जेभी निर्माण स... |
सेतोपाटी संवाददाता डोल्पामा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले श्री एयरको हेलिकप्टरलाई सात दिनभित्र जवाफ पेश गर्न पत्राचार गरेको छ। उक्त कम्पनीको हेलिकप्टरले निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारीलाई जाँच नगराई र निकुञ्ज कार्यालयमा नियमानुसार राजश्व नबुझाएरै उपल्लो डोल्पामा पर्ने धोमा हेलिकप्टर उडान... |
सेतोपाटी संवाददाता नक्कली डाक्टर बनेर बिरामी जाँचेको आरोपमा प्रहरीले अर्घाखाँचीका एक व्यक्तिलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा अर्घाखाँची मालारानी गाउँपालिका-८ का जितेन्द्र पन्थी छन्।, काठमाडौं-३ कान्ति संगमटोल बसिरहेका पन्थरीलाई केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो।, पन्थीले एनएमसी रजिष्ट्रेसन नम्बर २... |
नारायण खड्का फोर्सको अट्याक हुनासाथ हुटिङ चल्थ्यो।, नेपाल– नेपाल ...‘वाउ ! गोरखाली बीर’ दामी प्रहार। अनि सँगै ताली बज्थे। सिटी बज्थे। रिङ वरिपरी मानिसहरु जो झुम्मिएका थिए।, बीचमा फाइट चलिरहेको छ। फाइटरहरु भिडिँरहेका छन्। चोटग्रस्त फाइटर रक्ताम्मे छन्। ती मुक्केबाज जस्तै आफ्नो नाममा हुटिङ पाउँदा झनै उत्साहित बन्थे। ... |
सेतोपाटी संवाददाता वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल, काठमाडौंका नायब सुब्बा र लेखापढी घुससहित पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालको टोलीले विभागका नायब सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाललाई ८ हजार घुससहित पक्राउ गरेको हो।, अख्तियारका प्रवक्ता नारायण प्रसाद ... |
सेतोपाटी संवाददाता ललितपुरको सानेपास्थित सगरमाथा इन्जिनीयरिङ कलेजले स्थापनाका दशक यात्रा पुरा गरेको छ।, स्थापना भएको एक दशक अवधिमा कलेजले उल्लेख्य सफलता हासिल गरेको र ईन्जिनीयरिङ अध्ययनका विद्यार्थीको रोजाइमा परेको कलेजले दाबी गरेको छ।, कलेजले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कलेजका प्राचार्य ई रमेश श्रेष... |
सेतोपाटी संवाददाता सप्तरीमा घरको छतमा खेल्दै गरेको अवस्थाबाट खसेर एक जना बालकको मृत्यु भएको छ।, जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर-१० बनौला बस्ने खुशीलाल मण्डलका दुई वर्षीय छोरा दीपक मण्डलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।, छतमा खेल्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका बालकलाई उपचार... |
खिलानाथ ढकाल नेपाल प्रहरीले सबैभन्दा बढी आलोचना भएको राष्ट्रिय,अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको घटना हो- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या। , २०७५ साउनमा उनको बलात्कारपछि हत्या भएको थियो तर साढे २ वर्षसम्म बित्दा पनि उनका हत्यारा पत्ता लागेका छैनन्। , निर्मलाका हत्यारा रहस्यमै रहेका बेल... |
युनिक श्रेष्ठ बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन्।, बस्नेतलाई मंगलबार साँझ काठमाडौं गोंगबुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले सेतोपाटीलाई जानकारी दिए।, 'उनलाई हामीले भर्खरै गों... |
सेतोपाटी संवाददाता काठमाडौंमा बुधबार अपरान्ह वर्षा भएको छ।, पश्चिमी वायुको प्रभावले हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। , ‘काठमाडौंमा हल्का वर्षा भएको छ। हिमाली भेगमा हिमपात र पहाडी क्षेत्रमा फाट्टफुट्ट वर्षा हुने र तराईमा बादल लाग्ने संभावना छ,’ मौसमविद् गंगा नगरकोटीले सेतोपाटीसँग भनिन्।, उनक... |
सेतोपाटी कालीकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ।, सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका–३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भएको हो। , प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको लाफा चौथा सडक मर्मत... |
सेतोपाटी संवाददाता बैतडी दोगडाकेदार गाउँपालिका-७ की भागरथी भट्टको हत्यामा संलग्न किशोरलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ।, प्रहरीले सार्वजनिक गर्दा ती किशोरको अनुहारमा नकाव लगाइएको थियो।, प्रहरीले ती किशोर नाबालक अर्थात् १८ वर्षभन्दा मुनिको हुन सक्ने ठानेर नाम पनि औपचारिक रूपमा सार्वजनिक गरेको छैन।, १८ वर्षभन्दा मु... |
डाक्टर सुमिता प्रधान, ग्याष्ट्रो सर्जन पित्तथैलीमा पत्थरी हुने धेरै कारण छन्। २५ प्रतिशत वंशाणुगत कारणले हुन्छ। पित्त बग्ने बाटो बन्द भयो, अलि बिस्तारै बग्यो भने पत्थरी हुन्छ। हर्मोन र गर्भवस्थाका कारणले पनि पत्थरी हुन्छ। मोटो मान्छेले एक्कासी तौल घटायो भने पनि यस्तो समस्या हुन्छ। कतिपय अवस्थामा जथाभाबी औषधी प्रयोग गर... |
सेतोपाटी संवाददाता बारास्थित मालपोत कार्यालयका प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाल पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खनाल र बडाललाई ६ लाख घुस रकमसहित पक्राउ गरेको हो।, शुक्रबार टंगालबाट खटिएको अख्तियारको टोलीले सिमरा उपमहानगरपालिका-२२ जर्गा होटलबाट दुबैलाई पक्राउ ग... |
सेतोपाटी संवाददाता आइफोन पठाइदिने भन्दै ठगी गर्ने पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले पर्वत घर भई काठमाडौंको टोखा-११ बस्ने ४५ वर्षीय हरिप्रसाद बस्याललाई पक्राउ गरेको हो।, उनलाई मंगलबार गोंगबु बसपार्कको कालीगण्डकी गेष्ट हाउस नजिकैबाट पक्राउ गरेको हो।, ब्युरोका अनुसार उनले सामाजिक सञ्जालमार्फत... |
सेतोपाटी संवाददाता झापाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१ का २१ वर्षीय विजय आलेमगर, सोही ठाउँका १८ वर्षीय देव आलेमगर, २१ वर्षीय मनोज तामाङ र भारत किसनगञ्ज घर भई हाल विर्तामोड-५ बस्ने २० वर्षीय अभिकुमार रहेका छन्।, शुक्रबार उनीहरूलाई झापाका दुई अलग स्थानबा... |
रासस बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका अभियुक्त किशोरले बयान फेरेका छन्। , बुधबार सरकारी वकिल कार्यालयमा लिइएको बयानमा अभियुक्त किशोरले बलात्कारपछि हत्या गरेको स्वीकारेका उनका बुुवाले जानकारी दिए। बुधबार सार्वजनिक गरिएका किशोरले यसअ... |
विनोद सापकोटा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कार्यकर्ता बोकेर सार्वजनिक यातायातका साधन गएपछि पूर्व-पश्चिम राजमार्गमा सर्वसाधरणको बिचल्ली भएको छ।, राजमार्गमा पूर्व जाने र पश्चिमतर्फ जाने सार्वजनिक यातायातका साधन नभेटिएपछि कतिपय सर्वसाधरण गन्तव्य नै नपुगी फर्कनु परेको छ।, ... |
सेतोपाटी संवाददाता नेपाली सेनाले हिमाल सफाइ अभियान सुरु गर्ने भएको छ। सेनाले सगरमाथासहित ६ वटा हिमालको सफाइ गर्ने योजना बनाएको हो।, दुई वर्षअघि सगरमाथाको सफाइ गरेको नेपाली सेनाले यस पटक ६ वटा हिमाल सफाइ गर्न लागेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले जानकारी दिए।, खड्... |
सेतोपाटी संवाददाता नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार ७० पुगेको छ।, पछिल्लो २४ घण्टामा ९१ जना निको भएर फर्किएका छन्। य... |
सेतोपाटी आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ।, मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने गर्दछ।, ‘आगामी तीन दिन देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने छ’, उनले भने। , पछिल्लो केही दिनयता अपरान्ह तथा साँझपख मौसम बदली भई... |
नारायण खड्का दाङमा जिप र अटो आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ। अटोमा सवार थप पाँच यात्रु घाइते भएका छन्।, घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकोले उपचारको लागि बाँकेको कोलहपुर रिफर गरिएको प्रहरीले जनाएको छ।, दुर्घटनामा दाङको शान्तिनगर गाउँपालिका वडा नं. १ पेदीखोलाका अटो चालक ३० वर्षीय रमेश विकको मृत्यु भएको ... |
सबिना श्रेष्ठ 'मेरो जिब्रोले 'ट' र 'त' को फरक जान्दैनथ्यो,
ड र द, ध र ढ, ठ र थ बीचको दुरी मान्दैनथ्यो,
त्यसैले 'तिमी' आकाशमा टिमटिम गर्ने 'टिमी' बन्दिन्थ्यौ,
'ढोका' सधैं एक 'धोका' थियो,
'दराज' मा सधैं 'डर' को राज थियो...', कवि उज्ज्वला महर्जनको 'जिब्रो' शीर्षककाे यो कविताले नेवार समुदायको साझा समस्या प्रतिविम्बित गर्छ... |
सेतोपाटी सरकारले देशका विभिन्न आठ स्थानमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ।, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि शहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक/एक वटा तथा एउटा केन्द्रीयस्तरमा भण्डारण गृह निर्माणक... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सुनाएसँगै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।, काठमाडौं उपत्यकालगायत देशैभरी नेपाल प्रहरी हाईअलर्टमा रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले सेतोपाटीलाई जानकारी दिए। यद्यपी अहिले... |
सेतोपाटी इन्द्रावती गाउँपालिका वडा नं २ का मोहन गिरीले प्राविधिक शिक्षा अध्ययन गर्ने सात विद्यार्थीलाई जनही रु ५० हजार सहयोग प्रदान गरेका छन्।, इन्द्रावती–३ को सिंहमती माविमा आयोजित शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा शुक्रबार उनले सो रकम हस्तान्तरण गरेका हुन्। , महेन्द्र माविबाट एसइई गर्ने दिनिसा गिरी, बनित भारती, ... |
सेतोपाटी रुपन्देहीको सियारी गाउँपालिकाले सार्वजनिक र गुठीका जग्गा संरक्षण सुरू गरेको छ।, सबै जग्गाको लगत संकलन गर्दै समुदायको सहकार्यमा ऐतिहासिक र पुरानो गुठीका रूपमा रहेको सियारी गाउँपालिका-३ भैसाखादरस्थित रामजानकी मठमन्दिरको नाममा रहेको जग्गामा केही भूमाफियाले चलखेल गरेपछि पालिकाले समुदायसमेत गुहारेको छ।, उक्त जग्गा... |
सेतोपाटी संवाददाता कास्कीमा आफ्नो बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, प्रहरीले पोखरा महानगरपालिका-३२ महकुना बस्ने ३४ वर्षीय रामकृष्ण कामीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिए।, उनले सोमबार ब... |
सेतोपाटी संवाददाता धनुषामा साढे २५ लाख रुपैयाँसहित दुई जना हुण्डी कारोबारी पक्राउ परेका छन्।, पक्राउ पर्नेमा महोत्तरी बस्ने एक जना टेन्ट व्यवसायी सञ्जय साह र भारत पिपरौनका सुमित यादव रहेको धनुषा प्रहरीले जनाएको छ। , धनुषाको जटही नाकाबाट साढे २५ लाख रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्र... |
दुर्गा देवकोटा कैलालीको धनगढीकी अस्मिता चौधरीले बालिका हुँदा कम्लहरी देखेकी थिइन् तर उनलाई आफू पनि कम्लहरी बस्नुपर्ला भन्ने लागेको थिएन। अस्मिता आठ वर्षकी थिइन्। स्थानीय नवदुर्गा विद्यालयमा कक्षा ५ मा अध्ययनरत अस्मिताको घरमा आमाबुवा रहँदा जसोतसो जीवन चलिरहेको थियो। अस्मिताका बुवाको मृत्युपछि अस्मिताले पढ्ने, खेल्ने उम... |
सेतोपाटी कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अएका छन्।, गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान सुरू गर्दैगर्दा कोरोनाले एसइई परीक्षा स्थगित भएसँगै बन्द भएका यस क्षेत्रका विद्यालय विसं २०७६ चैत महिनादेखि हालसम्म बन्द नै भए।, पहुँच पुगेका ठाउँमा अनलाइन कक्षा सञ्चालन भए पनि यहा... |
सुदीप श्रेष्ठ २०७२ को भुइँचालोमा नराम्ररी क्षति पुगेको सिंहदरबारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले झन्डै छ वर्षपछि पुरानै स्वरूपमा उभ्याएको छ। यसको उत्तरी, दक्षिणी र पूर्वी मोहडाका काम सकिएका छन्। पश्चिमी मोहडा असार मसान्तसम्म पूरा हुने प्राधिकरणले जनाएको छ।, भुइँचालोपछि कतिपयले सिंहदरबारको जीर्ण भवन जोगाउन सकिँदै... |
सेतोपाटी संवाददाता बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति सुनसरीमा एकको मृत्यु भएको छ।, सुनसरी बराहक्षेत्र नगरपालिका-५ का २५ वर्षीय डिगन गुरुङको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।, बुधबार मध्यराति पौने १२ बजे बराहक्षेत्र नगरपालिका-५ भरोलमा दक्षिणतर्फ जाँदै गरेको को१ज ३७६१ नम्बरको बोलेरोले विप... |
सेतोपाटी काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ।, संवैधानिक व्यवस्थाअनुरूप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन-अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। सोहीअनुरूप कामपाले स्थानीय भाषा पठनपाठनका लागि नयाँ शिक्षक राख्ने तयारी थालेको ह... |
सेतोपाटी विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ।, करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो।, बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँट... |
एजेन्सी विश्वचर्चित अमेरिकी गायिका लेडी गागाका दुइटा कुकुर चोरी भएका छन्।, अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार स्थानीय समयअनुसार बुधबार राति कुकुरहरूलाई डुलाउन हिँडेका व्यक्तिलाई गोली हानेर एक जना पुरूषले ती कुकुरहरूलाई लिएर गएका छन्।, लसएन्जलस प्रहरीले ती पुरूषले अर्धस्वचालित ह्यान्डगनले हानेर कुकुर डुलाइरहेका र्यान फि... |
रासस म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, बिहीबार राति भएको दुर्घटनामा चार जना घाइते छन्।, मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको हो।, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राई... |
भुपेन्द्र सिंह गुरुङ, चिकित्सा मनोविद मानसिक समस्या एउटा मनको प्रकृति हो। विभिन्न अध्ययनले मानसिक समस्याका धेरै कारण भनेका छन्। तर यहीँ कारण भन्ने यकिन हुन सकेको छैन।, विशेष गरेर जैविक कारण र मनोसामाजिक समस्याले मानसिक समस्या हुने ठम्याई छ।, शरीरमा चोटपटक लाग्ने, ज्वरो अनि क्यान्सरसम्मका समस्या आउँछ। यस्तो समस्या बाहि... |
निशा भण्डारी काठमाडौंको माइतीघर मण्डलामा विकासका नाममा जारी प्रतिगमनविरूद्ध प्रदर्शन गरिएको छ।, बृहत् नागरिक आन्दोलन,उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, नेवा: देय् दबूको संयोजनमा विभिन्न खल:पुच:मोर्चा/अभियानले विरोध प्रदर्शन गरेका हुन्।, उनीहरूले सुकुम्बासीलाई आदिवासी बनाउन पाइँदैन,कानुनी राज्यको प्रत्याभूत ... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। , ५७ वर्षीय जोशीलाई शुक्रबार बिहान मस्तिष्कघात भएको हो। जोशीको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ। , जोशीको अपरेशन गरिएको नेविसंघ नेता सुशान्त आचार्यले सेतोपाटीलाई बताए। , उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको कित... |
सेतोपाटी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ मा भिरबाट लडेर एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, मृत्यु हुनेमा हेटौंडा–१२ स्थित गोठेदमार बस्ने अन्दाजी ४० वर्षीय केशव विक रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।, उनका अनुसार विकको गुप्त... |
दिपकजंग शाही सुर्खेतको एक क्याम्पसले साइकल चढेर आउने विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ।, वीरेन्द्रनगरमा रहेको सिद्धपाइला क्याम्पसले साइकल चढेर क्याम्पस–घर आवतजावत गर्ने विद्यार्थीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट गर्ने घोषणा गरेको हो।, ‘हाम्रो क्याम्पसमा अहिले साढे चार सय जति विद्यार्थी अध्ययनरत हुनुहुन्छ, त... |
सेतोपाटी संवाददाता कास्की जिल्ला कास्कीकोट गाउँपालिका-४ का ३९ वर्षीय राजीभ गुरुङले टिकटकमा धनकुटाकी एक युवतीलाई साथी बनाए।, टिकटक म्यासेन्जरमा उनीहरूबीच गत पुसदेखि कुराकानी सुरू भएको थियो।, कुराकानी बाक्लिँदै जाँदा राजीभले ती युवतीलाई प्रेम प्रस्ताव राखे।, दुबै जनाबीच सम्बन्ध झ्यांगिँदै गयो। इलाका प्रहरी कार्यालय इटहर... |
राजु अधिकारी सामान्य घरेलु विवादकै कारण आफन्तबाटै मारिनु पर्ने डरलाग्दो पारिवारिक अपराधको दर ह्वात्तै बढेको छ।, भनाभनबाट सुरू हुने असमझदारी भौतिक आक्रमणको तहमा उक्लिने क्रम बढ्दै जाँदा यस्ता अपराधको संख्या पनि लगातार बढिरहेका छन्।, प्रदेश १ प्रहरी कार्यालयको पछिल्लो ६ महिनाको तथ्यांक केलाउँदा र सुरक्षा अधिकारीहरूको अन... |
सेतोपाटी संवाददाता शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुला गरिदिएको छ।, गत पुस २० गतेदेखि जिल्लान्तर सरूवा रोक्का थियो।, केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार विभिन्न शर्तहरूको अधिनमा रहेर शिक्षक सरूवा गर्न सकिने व्यवस्था गरिएको हो।, जिल्लान्तर सरूवा हुने स्थ... |
कृष्ण दवाडी पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ। सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैस... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका जिल्ला प्रहरी कार्यालयका भवन निर्माणका लागि १२ करोड ५९ लाख २ हजार ९७८ रुपैयाँ हस्तान्तरण गर्ने भएको छ।, माघ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले भवन संरचना निर्माण पूरा गर्नका लागि जिल्ला प्रहरी कार्यालयले निकासा गर्न मिल्नेगरी रकम हस्तान्तरण गर्ने निर्णय गरेको हो... |
युवराज श्रेष्ठ यसअघि फेवातालको सरकारी नक्सा थिएन। तालको क्षेत्रफल पनि सरकारले तोकेको थिएन। फेवातालबारे अहिलेसम्म झन्डै एक दर्जन अध्ययन भएका छन्। ती अध्ययनले आ-आफ्नै तरिकाले फेवातालको क्षेत्रफल र नक्सा उतारेका थिए। ती अध्ययनलाई सरकारले अहिलेसम्म मान्यता दिएको थिएन।, फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतले २०७५ वैशाख १६ ग... |
सेतोपाटी संवाददाता नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ७८ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार १४३ पुगेको छ।, पछिल्लो २४ घन्टामा ८२ जना निको भएर फर्किएका छन्। योसहित ... |
सेतोपाटी संवाददाता नालाको पानीमा डुबेर बारामा एक जना बालकको मृत्यु भएको छ।, बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुरका विनय साह सोनारका १६ महिनाका छोरा आयुष साह सोनार घर नजिकै रहेको नालाको पानीमा डुब्दा मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवका अनुसार नालाको पानीमा डुुबेर बे... |
राजु अधिकारी २०१७ सालको सेरोफेरोमा बहुसंख्यक नेपालीलाई अक्षर चिन्नै हम्मे थियो। सीमित शैक्षिक संस्था थिए, औंलामा गन्न सकिने विद्यार्थी।, त्यही बेला शंकरप्रसाद उप्रेतीले एमबिबिएसको पढाइ पूरा गरिसकेका थिए।, तेह्रथुमको हुनेखाने परिवारका सदस्य थिए उनी। जिन्दगीमा उनले जति पनि अभावका अफ्ठयारा भोग्नुपर्यो, ती सबै पढ्ने रहरक... |
सविता बुढा झन्डै दुई दशकअघि धनुषा, मिथिला नगरपालिकाका रामकुमार महतोले पियन जागिर खान परीक्षा दिएका थिए। फेल भए। पछिल्ला १८ वर्षमा लोकसेवा परीक्षामा कतिपटक फेल भए, उनलाई याद छैन। तर जति असफल भए पनि उनले हिम्मत हारेनन्।, अहिले रामकुमार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी छन्। , २०७७ भदौदेखि उनले प्रमुख जिल्ला अधिकारीको जिम... |
नारायण खड्का यही साता काठमाडौंबाट प्रभास रिजालको टोली रोल्पा जान भनि निशान कम्पनी जीप चढेर आए। उनीहरू डकुमेन्ट्री बनाउन भनेर शहिद मार्ग हुँदै रोल्पा जाँदै थिए। , तर,सडक खण्डको अवस्था देखेपछि उनीहरूले उक्त गाडी घोराहीमै थन्काए। घोराहीबाट एउटा टेम्पो झन्डै एक हजार भाडा तिरेर होलेरी पुगे। यात्राका क्रममा उनीहरू ठाउँ ठाउ... |
खेमराज गौतम कुनै बेला अकालमै मृत्यु हुने रोगको अधिकांश कारण सरुवा रोग थियो। सरुवा रोग नियन्त्रणमा समेत नेपालमा धेरै बजेट खर्च हुन्थ्यो। गाउँगाउँमा पखाला महामारीको प्रकोप हुन्थ्यो।, गाउँमै हजारौंको एकै पटक मृत्यु भएको समाचार आउँथे। आउँ, हैजा, टाइफाइड, टिभी, कुष्ठ, कमलपित्तलगायत सरुवा रोगबाट मर्ने मानिसको सङ्ख्या उल्लेख... |
खिलानाथ ढकाल अहिले नेपाल प्रहरीमा २० वर्ष जागिर खाएपछि पेन्सन हुने व्यवस्था छ। पहिले १६ वर्ष थियो। सेनामा १६ वर्ष नै छ।, माथिल्लो दर्जामा रहेकाहरू त रिटायर्ड हुञ्जेलसम्म ३० वर्षसम्म नै सेवामा रहन्छन्।, उनीहरूसँग उच्च पदमा पुग्ने प्रतिस्पर्धा हुन्छ। तुलनात्मक रूपमा सेवा सुविधा बढी हुन्छ।, पेन्सन भएपछि तल्लो दर्जाका प्र... |
एजेन्सी चिनियाँ अर्बपति तथा अलिबाबा र एन्ट ग्रुपका संस्थापक ज्याक मा चीनकै सबैभन्दा धनी व्यक्तिबाट तल झरेका छन्।, मंगलबार सार्वजनिक भएको एक सूचीबाट उनले चीनको सबैभन्दा धनी व्यक्तिबाट तल झरेको रोयटर्सले जनाएको छ।, सन् २०२० र २०१९ मा हुरून ग्लोबल रिच लिस्टमा मा र उनको परिवार पहिलो स्थानमा थियो। यसपालिको रिपोर्टमा उनी च... |
सविता बुढा १३ वर्षीय सचिन साउँद मैदानमा क्रिकेट खेलिरहँदा उनकी आमा सावित्री दर्शकदीर्घाबाट हुटिङ गरिरहेकी देखिन्छन्।, धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियिर लिगमा सहभागी छन् सचिन्। , सावित्री छोराको खेल भएका दिन हेर्न आफैं पुग्छिन्। उनले उता मैदानमा राम्रो खेल्नेबित्तिकै यता उन... |
सेतोपाटी प्रधानमन्त्री केपी शर्मा ओलीले विर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गरेका छन्।, उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गरे।, विर्तामोड निवासी दुर्गा प्रसाईंका रु ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो जसम... |
सेतोपाटी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरूद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गरेका छन्।, नेपाल प्रेस सङ्गठन मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले बहुमत सदस्य आफूहरूका पक्षमा रहेको पनि जिकिर गर्दै पार्टीका अधिकारिकता विषयमा समस्... |
सेतोपाटी जाजरकोटको बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन्।, एक हजार ८९१ मिटरदेखि दुई हजार ३०९ मिटरसम्मको उचाइमा रहेको यहाँका सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चरा फेला परेको छ। , विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख हिमाली गिद्ध, सङ्कटासन्न वन्यजन्तु तथा वनस्... |
सेतोपाटी संवाददाता नेपालमा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ५५३६ नमूना परीक्षण गर्दा १०७ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ४८८ पुगेको छ। , पछिल्लो २४ घन्टामा ७८ जना न... |
भगवती पाण्डे नेपाल-भारत सीमानाका रुपन्देहीको बेलहियामा देखिएको समस्या र असमझदारीलाई समाधान गर्न दुवै देशका सुरक्षा प्रमुखहरूबीच समझदारी भएपछि बेलहिया नाका सुचारू भएको छ। , भारतीय सीमा सुरक्षाबल एसएसबीले स्थानीय महिलालाई ज्यादती गरेको भन्दै सीमानाका बेलहियाबासीले बुधबार साँझ सीमानाकामा प्रदर्शन गरेपछि रातिसम्म नाका अवर... |
सेतोपाटी संवाददाता बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ परेका छन्।, ललितपुर महानगरपालिका-१४ तिखिदेवलका ४४ वर्षीय तेजबहादुर खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो।, उच्च अदालत पाटनले २०७६ असार २३ गते पाँच दिन कैद र २१ लाख रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो।, सजाय बेरुजू भई फरार उनलाई सिआइबीको टो... |
सेतोपाटी संवाददाता सर्लाहीमा लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ३ का २८ वर्षीय रामआश्रे यादव र १९ वर्षीय चन्दन महतो रहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। , प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १३ पा... |
नारायण खड्का सल्यान जिल्लाको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ११ स्थित भेरी निम्न माध्यमिक विद्यालयको छाना हुरीले उडाएको वर्ष दिन पुग्नै लाग्दा समेत मर्मत गरिएको छैन। , विद्यालय भवनको जस्तापाता गत वर्ष वैशाख २८ गते आएको हावाहुरीले उडाएको थियो। तर, हालसम्म पनि त्यो निर्माण नहुँदा विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य छ... |
भगवती पाण्डे रुपन्देहीको मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्न तयार गरिएको मञ्च स्थानीयले भत्काइदिएका छन्।, औद्योगिक व्यवस्थापन लिमिटेडको ढिलासुस्ती तथा स्थानीयको विरोधका कारण औद्योगिक करिडोरको काम अगाडि बढ्न सकेको थिएन। , शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम तय भएपछि तयार गरिएको मञ्च मोतिप... |
एजेन्सी संसारका सात आश्चार्यमा पर्ने भारतको ताज महलमा बिहीबार बिहान एकाएक वातावरण त्रासले भरियो।, उत्तर प्रदेश प्रहरीको आपतकालीन नम्बर ११२ मा एक जना व्यक्तिले बिहान ९ बजेतिर फोन गरेर आग्रास्थित ताज महलमा आफूले बम राखेको र केहीबेरमा पड्किने बताएका थिए।, त्यस्तो फोन आएपछि प्रहरीले ताज महल परिसरमा रहेका सबै पर्यटकलाई हता... |
सेतोपाटी एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित सप्तरी जिल्लाको खडक नगरपालिका-७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ।, एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ। , उनीमाथि आवश्यक कारबाही प्रक्रिया अगाड... |
सेतोपाटी संवाददाता महोत्तरीमा आफ्नै छोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप बुवा पक्राउ परेका छन्।, जिल्लाको बर्दिबास नगरपालिका खयरमारामा घरमा कोही नरहेको बेला १३ वर्षीया छोरीमा बलात्कारको प्रयास गरेको आरोपमा ती पुरूषलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए... |
भगवती पाण्डे औद्योगिक क्षेत्र व्यवस्थापनका अध्यक्ष नन्दकिशोर बस्नेतले रुपन्देहीको मोतिपुर औद्योगिक करिडोर शिलान्यासको क्रममा शुक्रबार अवरोध हुनसक्ने संकेत बिहीबार नै पाएका थिए, तर उनले त्यसलाई रोक्न चाहेनन् सामान्य रूपमा लिइदिए।, सरकारले देशका सातवटै प्रदेशमा १ हजार विघाभन्दा बढी क्षेत्रफलमा एकएक वटा औद्योगिक क्षेत्र ... |
सेतोपाटी संवाददाता ताप्लेजुङमा निर्माणाधीन मध्यतमोर जलविद्युत आयोजनाको सुरूङभित्र काम गरिरहेका दुई जना मजदूरले शनिबार ज्यान गुमाएका छन्।, सुरूङभित्र काम गरिरहेको अवस्थामा ढुंगा खसेर लाग्दा अमर विश्वकर्मा र सन्तोष बानियाँको मृत्यु भएको आयोजनाका भूगर्भविद् सूर्य लिम्बूले सेतोपाटीलाई जानकारी दिए।, ज्यान गुमाउने अमर २२ वर... |
सेतोपाटी संवाददाता आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ।, मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो।, आयोजनाको मुहानबाट सु... |
सेतोपाटी संवाददाता प्रदेश प्रमुखहरूसँगको भेटघाटका लागि प्रदेश भ्रमणमा निस्किएका प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले सडक दुर्घटनामा घाइते भएकालाई आफैंले उद्धार गरी अस्पताल पठाएका छन्। , शनिबार कर्णाली प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट गरी सुर्खेतबाट फर्कंदै गरेका डा. अहिराजले सुर्खेतको छिन्चुमा दुर्घटनामा परेको... |
सेतोपाटी राष्ट्रिय मानव अधिकार आयोगले नेपालगञ्जस्थित आयोगको कार्यालयबाट अनुगमनमा खटिएको टोलीमाथि कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ तथा सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालबाट दुर्व्यवहार भएको जनाएको छ। , आवास, भूमि, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत माग र... |
सेतोपाटी संवाददाता आवश्यक खोपको जोहो हुन नसकेपछि सरकारले जेष्ठ नागरिकले खोप पाउने उमेर समूह परिवर्तन गरेको छ। , फागुन २३ गतेदेखि ५५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिइने भनिएकोमा अहिले उक्त उमेर समूह बढाएर ६५ वर्ष पुर्याइएको छ। , स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार आगामी आइतबारदेख... |
सेतोपाटी संवाददाता दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ अरू ४ जना घाइते भएका छन्।, शनिबार बेलुका सवा ५ बजेतिर शैल्यशिखर नगरपालिका-८ अमतोलीबाट लेकम गाउँपालिका-४ रिठाचौपातातर्फ जाँदै गरेको ग ३ च १६९३ नं. को जीप दुर्घटना भएको हो।, ३८ वर्षीय करन नाथले चलाएको उक्त जीप लेकम गाउँपालिका-६ स्थित उचकोट भन्ने स्... |
एजेन्सी अमेजनका सिइओ तथा संसारकै धनी व्यक्ति जेफ बेजोसकी पूर्व श्रीमती म्याकेन्जी स्कटले विज्ञान पढाउने शिक्षकसँग विवाह गरेकी छिन्। , विश्वका धनी महिलाको सूचीमा पर्ने म्याकेन्जी स्कटले जेफ बेजोससँग सम्बन्धविच्छेद भएको दुई वर्षपछि अर्को विवाह गरेको बिबिसीले लेखेको छ। , म्याकेन्जीले आफ्नै बच्चाहरू पढ्ने विद्यालयका विज्ञ... |
सेतोपाटी पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै बागमती र प्रदेश नं १ का केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुनेछ। , साथै, उच्च पहाडी तथा हिमाली भूभा... |
सेतोपाटी संवाददाता प्रदेश २ को सरकारले एसिड पीडित आरती साहलाई सम्मान गरेको छ।, १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित एक कार्यक्रमबीच एसिड पीडित साहलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दोसल्ला ओढाएर सम्मान गरेका हुन्। , आरती साहमाथि उनकै श्रीमानले लक्ष्मीपूजाको दिन ससुरालीमा गएर एसिड प्रहार गरेका थिए।... |
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशले महासंघमा आवद्ध १२ वटा संस्थाका संस्थापक अध्यक्षहरूलाई सम्मान गरेको छ।, विधागत संस्था स्थापना गरी नेपाली पत्रकारिता क्षेत्रमा विधागत पत्रकारिताको विस्तार र विकासमा योगदान पुर्याएकोमा १२ संस्थाका संस्थापक अध्यक्षहरूलाई सम्मान गरिएको हो।, संस्थापक अध्यक्षहरू चलचित... |
सेतोपाटी संवाददाता ६५ वर्षमाथिका नागरिकलाई कोरोनाविरूद्धको खोप लगाउने कार्यक्रम कर्णालीका हिमाली भेगहरूमा अवरूद्ध भएको छ।, सुरू दिन आइतबार सबै जिल्लाका केन्द्रबाट खोप लगाइए पनि आइतबार रातिबाट नै हिउँ परेपछि सोमबार अवरूद्ध भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।, हिउँ परेपछि हुम्ला, माथिल्लो डोल्पा र माथि... |
युवराज श्रेष्ठ त्यतिबेला सुनिता ज्ञवालीले आमाको दूध खान छाडेकी थिइनन्। ३ वर्षको उमेरमै गुल्मीको रूरू गाउँपालिका बलेटक्सारबाट पढ्नका लागि धरान जानुपर्यो। किनभने गाउँको स्कुलमा दृष्टीविहिनलाई पढाइन्नथ्यो। जिल्लैभरि थिएन।, उनकी दिदी अनिता पनि दृष्टिविहिन थिइन्। दिदी बहिनीलाई बुवाले धरानस्थित ज्ञानचक्षु स्कुलमा भर्ना गरि... |
सेतोपाटी ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका-५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई सुतिरहेकै अवस्थामा यही फाग... |
सबिना श्रेष्ठ काठमाडौंमा नागरिक आन्दोलन चलिरहँदा सुर्खेत, वीरेन्द्रनगरमा बादी समुदाय धर्ना बसिरहेका छन्।, खेतीयोग्य जमिन, शिक्षा, स्वास्थ्य, रोजगारी लगायत मागसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि उनीहरूले धर्ना दिएको दुई साता भयो।, त्यसैबीच आइतबार अस्मिता बादी त्यहाँको प्रतिनिधित्व गर्दै काठमाडौं आएकी थिइन... |
एजेन्सी अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छोडेको दुई महिना हुन थाल्यो। राष्ट्रपति भवनबाट बाहिरिएपछि स्वभाविक रूपमा उनी विश्व राजनीतिको दृश्यमा छैनन्।, तर चिनियाँ नागरिकमा भने उनको क्रेज अझै सकिएको छैन। राष्ट्रपति हुँदा ट्रम्पले चीनसँग व्यापार युद्ध छेडेका थिए जुन अहिले पनि जारी छ। , चिनियाँहरू तिनै ट... |
सेतोपाटी बर्दियाको मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ।, बुधबार घाँस काटिरहेकी रेनुका सुनारलाई बाघले आक्रमण गरेको हो।, मधुवन–३ की २९ वर्षीया सुनारलाई घाँस काट्न गएको बेला बाघले झम्टेर लगेको थियो।, सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरका... |
सेतोपाटी चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता बढेर गएको छ।, निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको चाप बढेपछि सीमा जोडिएको भारततर्फ जाने चिन्ता बढेर गएको हो। केही वर्षअघि बर्सातको समयमा बगेर भारत पुगेका १० वटा गैँडा उद्धार गरी ल्याइएको भए पनि अन्य केही गैँडा ल्याउन सकिएको छैन।, त्यसपछिका ... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिक लगानी कोषको समेत लगानी रहेको साविकको रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेबाट कर्जा प्रवाहमा अनियमितता भएको भन्दै ११ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको छ। , यो बैंक अहिले नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा गाभिएको छ। अख्तियारले लगानीकोषको तर्फबाट सञ्चालक पद... |
सेतोपाटी महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापन मिलाएको छ।, पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाउन रुट परिवर्तन गरिएको महाशाखाले जनाएको छ।, यहाँ विभिन्न नाका भ... |
दिपकजंग शाही दैलेखको आठबिस नगरपालिकास्थित कर्णाली नदीमा मृत भेटिएका आमा र ३ छोराछोरीको शव पोष्टमार्टमका लागि अछामको मंगलसेन लगिएको छ। मंगलबार बेलुका शव मंगलसेन लगिएको हो।, उनीहरु दैलेखका भएपनि शव अछामतर्फको नदी किनारमा भेटिएकोले मंगलसेनमा रहेको जिल्ला अस्पतालमा लैजाने निर्णय गरिएको आठविसकोट नगरपालिका–३ का वडा अध्यक्ष ... |
रासस पृथ्वी राजमार्गको चुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका-३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो।, ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक ... |
सञ्चिता घिमिरे मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ।, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो।, अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ। सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी... |
दाने बोहरा हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ।, विद्युत् मर्मतका लागि बर्सेनि लाखौं रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन।, विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरबाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनुपरेक... |
विनोद सापकोटा महादेवा ३ सप्तरीकी मञ्जु सरदार बिहिबार हस्याङ फस्याङ गर्दे पालिकाको वडा नम्बर ३ स्थित बथनाह पुगिन्।, बिहानको चुलो धन्दा सकेर बथनाह पुग्दा ९ बजिसकेको थियो। वडाध्यक्षले राहत लिन आउनू भनेकाले उनी रित्तै पुगेकी थिइन्। ‘सानो पोको होला, के बोरा बोकेर जानू’ भन्दै उनी त्यतिकै गएकी थिइन्। तर उनको अनुमानविपरित राह... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.