content
stringlengths
20
64.1k
सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ। बिहीबार प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई र...
आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला काठमाडौँ। आइएमई लाइफ इन्स्याेरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शुक्रबार १ असारदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्रीमा ल्याउन लागेको हो। यसमध्ये १२ लाख कित्...
नेपाल बैंकले राख्यो रौतहटको चिनी मिल लिलामीमा काठमाडौँ। रौतहटस्थित श्रीराम सुगर मिल्सको सम्पत्ति लिलाम हुने भएको छ। नेपाल बैंकले बिहीबार सूचना जारी गर्दै कम्पनीको सम्पत्ति लिलामीमा राखेर बिक्री गर्न लागेको जानकारी दिएको हो । गोल्छा समूहको लगानी रहेको मिल्स दुई अर्ब रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको जनाईएको छ। मिल्स...
विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ बढ्दा युराेकाे घट्यो काठमाडौ,  १ असार । नेपाल राष्ट्र बैंकले  शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ १९ पैसा...
वित्तीय सङ्घीयता सुदृढीकरणका लागि विश्व बैंकका यस्ता छन् सुझाव काठमाडौं । नेपालले वित्तीय सङ्घीयताको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको भए पनि प्रदेश र स्थानीय तहमा नियामकीय संरचना, संस्थागत व्यवस्था, जनशक्ति क्षमतामा वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ । सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन थप काम गर्न...
कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड (पूर्णपाठ) विराटनगर । कोशी प्रदेश सरकारले आर्थिकक वर्ष २०८०/८१का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत ल्याएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत उक्त बजेट ल्याएका हुन् । बजेटमध्ये १४ अर्ब ...
कृषिमा आत्मनिर्भर बनाउन मूल्य अभिवृद्धि कर लगाइएको हो: अर्थमन्त्री महत (भिडियो) काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर लगाइएको बताएका छन्। बिहीबार सिंहदरबारमा नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषक संघ लगायत कृषकहरुसंगको सामूहिक भेटका क...
अमेरिकामा दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड सम्मानित काठमाडौँ।  एम.भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड सम्मानित भएका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यसभाद्धारा कदर स्वरुप अध्यक्ष दुगड सम्मानित भएका हुन्।  यो सम्मान पाउने उनी पहिलो नेपाली हुन्। विगत लामो समयदेखि नेपालको आर्थिक समृद्धि तथा रोजगारी सृजनामा उनले गरेको यो...
बिजुली व्यापारका लागि निजी क्षेत्र सक्षम छ : इपान अध्यक्ष आचार्य काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले निजी क्षेत्र विद्युत् व्यापारका लागि तयार भइसकेकाले सरकारले बाटो खोलिदिनुपर्ने बताएका छन्। इपानको आजदेखि यहाँ सुरु भएको २१औँ साधारणसभाको उद्घाटनसत्रमा उनले ‘नेपालको पा...
मेन्छियाम हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेन्छियाम हाइड्रोपावरको सेयर सूचीकृत भएको छ। कम्पनीको ५४ लाख २५ हजार ८३३ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो। आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ रेञ्ज पनि तोकिएको छ। कम्पनीकाे सेयर कारोबारका ला...
१ असारदेखि प्रिमियममा आईपीओ जारी गर्दै आईएमई लाइफ इन्स्याेरेन्स काठमाडौँ। आईएमई लाइफ इन्स्याेरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शुक्रबार १ असारदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो। यसम...
प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५१ अंकले बढ्यो काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५१ अंकले बढेको छ। यससँगै सूचक २०४०.५७ विन्दुमा आएको छ। ३० लाख ८८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २४ कम्पनीको ७ हजार ३ सय कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ३२ वटा कारोबार भएको छ। १९ कम्पनीको भाउ बढेको छ भने २ वटाको ...
दुई दिनमा १ हजार ७ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार  रुपै...
खल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसनबीच डिजिटल रजिस्ट्रेसनका लागि विशेष साझेदारी काठमाडौँ। खल्ती प्रा.लि र नेपाल इ-स्पोर्ट्स एसोसिएसन बिच (NESA) इ-स्पोर्ट्सको पहुँच विस्तारको लागि साझेदारी सम्पन्न भएको छ। यस साझेदारीले इ-स्पोर्ट्स क्षेत्रमा हुने टूर्नामेंट वा प्रतियोगिताको रजिस्ट्रेसनलाई डिजिटलाइज गरी बिभिन्न सुविधाका मा...
नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्दै, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल ! काठमाडौँ। नबिल बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ’नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको छ। डिबेन्चर निष्कासनको लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जनाएको छ। त्यस्तै बैंकले ऋण प...
तरकारी तथा फलफूलकाे मुल्य : काउली ५० रूपैयाँ, चाइनिज लसुन २२० रूपैयाँ काठमाडौँ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको लागि फलफूल तथा तरकारीको मुल्य तोकेकाे छ। जसअनुसार लोकल गाँजरको प्रतिकेजी न्यूनतम मूल्य ११० रूपैयाँ, मटरकोशा प्रतिकेजी मूल्य १६० रूपैयाँ, कुरीलो प्रतिकेजी २५० रूपैयाँ, काउली स्थानिय प्र...
७ असारबाट आईपीओ जारी गर्दै अप्पर लोहोरे खोला हाइड्रोपावर काठमाडौँ। अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीले असार ७ गतेदेखि आईपीओ जारी गर्ने भएको छ।  कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला  गर्न लागेको हो। कम्पनीले बिक्री खुला गर्ने २४ लाख ९८ हजार ४० कित्ता आईपीओमध्...
घोराही सिमेन्टको ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला काठमाडौँ। घोराही सिमेन्ट इन्डस्ट्रीले ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ आज (जेठ ३२ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रह...
बिहीबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ। अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ०६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६६ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ...
अर्थ मन्त्रालयद्वारा हुँदै नभएको वडा तोकेर बजेट विनियोजन चितवन । माडी नगरपालिकामा नौ वडा मात्रै रहेका छन् । विसं २०७१ मङ्सिर १६ गते माडी उपत्यकाका चार गाउँविकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो । गर्दी, बघौडा, कल्याणपुर र अध्योध्यापुरी गाउँविकास समितिलाई समाहित गरेर सो नगरपालिका बनाइएको थियो । सुरुवाती सम...
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्बमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८२ अंकले बढेर ३८३.६९ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा...
नेपालका व्यापारीले भारतबाट आलु, प्याज आयात गर्न बन्द गरे काठमाडौं । कर बढेपछि भारतबाट आलु, प्याजलगायत तरकारी आयात गर्न बन्द गरेको नेपालका व्यापारीले मंगलबार बताएका छन् । उनीहरूले १३ प्रतिशत भ्याट तिरेर आयात नगर्ने बताएका छन् । गत महिना नेपाल सरकारले भारतबाट आउने यी सामानमा १३ प्रतिशत भ्याट लगाएको थियो । नेपाल सरकारको य...
कालिका लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ।  लघुवित्तको ५ लाख ९४ हजार ४६३.२८१६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। लघुवित्तले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। गत आर्थिक वर्षक...
नेसनल माइक्रोफाइनान्सको बोनस सेयर डिम्याट खातामा काठमाडौँ। नेसनल माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ। कम्पनीले वैशाख ३ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो। तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भए...
प्रिमियम मूल्यमा बिहीबारदेखि आईपीओ जारी गर्दै घोराही सिमेन्ट काठमाडौँ। घोराही सिमेन्ट इन्डस्ट्रीले ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ जेठ ३२ गतेदेखि जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने आईपीओमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ ...
प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४९ अंकले घटेको छ। यससँगै सूचक २०२०.१५ विन्दुमा अढिएको छ। ७४ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २० कम्पनीको १७ हजार ५४० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ५५ वटा कारोबार भएको छ। १३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको ...
९ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ९ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भ...
आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन माग गण्डकी। आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ। पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो। समितिद्वारा मंगलबार आयोजित पत...
दुई कम्पनीले आईपीओ जारी गर्न बोर्डसँग मागे अनुमति काठमाडौं। दुई कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। सानिमा हाइड्रोपावर र कान्तिपुर टेलिभिजन नेटवर्कले आइपिओ जारी गर्न अनुमति माग गरेको हो। धितोपत्र बोर्डसँग सानिमा हाइड्रोपावरले २४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमति माग गरेको हो। कम...
फलफूल तथा तरकारीकाे आजको मूल्य : गाेलभेडा ७ रुपैयाँ, काउली ५५ रुपैयाँ काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजकाे मूल्य सर्वजनिक गरेकाे छ। जसअनुसार कालीमाटीमा प्रतिकेजी ६ रुपैयाँ ४० पैसादेखि ६५० रुपैयाँसम्मका फलफूल र तरकारी पाइने भएको छ। मूल्यसूची अनुसार आज सानो गोलभेडा (लोकल)को मूल्य सबैभन्दा सस्तो ६ ...
अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ। अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ५० पैसा र बिक्री दर १३२ रूपैयाँ १० पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ६० पैसा...
३४.१७ अंकले बढ्यो नेप्से, ४ अर्ब १२ करोड माथिको कारोबार काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.५२ अंकले बढेर ३७९.८७ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से...
नारायणी डेभलपमेन्ट बैंकले बोलायो एजीएम काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकले २१औं वार्षिक साधारणसभा आगामी १ असारमा बोलाएको छ। सभा होटल मोनालिसा, सौराहा चितवनमा बिहान ११.३० बजेबाट सुरु हुनेछ । यता, बैंकले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ। लाभांश वितरण सम्बन्धी एजेन्डा छैन। सभामा बैंकले आर्थिक वर्ष २०७८/७९...
अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो काठमाडौँ। सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) प्रक्रिया संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशनपछि फेरि रोकिएको छ। अर्थ समितिको सोमबार बसेको बैठकले नयाँ धितोपत्र व्यापारी र स्टक ए...
नबिल बैंक र एसियन पेन्टसबीच च्यानल फाइनान्सिङको सम्झौता काठमाडौँ। नबिल बैंक लिमिटेड र एसियन पेन्टस नेपाल प्रालिबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य गरिएको छ। च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी गरिएको हो। नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसियन पेन्...
ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता काठमाडौँ। ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ। यस सम्झौता अन्तर्गत, अब विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स्, नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखा मध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी ...
सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको छ। सोमबार प्रति तोला १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर प्रति तोला १ लह १२ हजार ७ सय रुपैयाँमा कारोबार भई र...
महालक्ष्मी विकास बैंकको ९ लाख ४७ हजार ३९२ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ।  महालक्ष्मी विकास बैंकले ९ लाख ४७ हजार ३९२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बिक्रीमा राखिएको यस सेयरमा हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन्। संस्थापक सेयरधनीले यस सेयरमा ३५ दिन भित्र आवेदन दिईसक्नुपर्नेछ। इच्छ...
नेपाल रिपब्लिक मिडियाको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ? काठमाडौँ। नेपाल रिपब्लिक मिडियाको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। यस आईपीओमा आज बैंकिंग समयसम्म लगानीकर्ताले आवेदन दिन पाउने छन्। कम्पनीले जेठ २३ गतेदेखि सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैय...
फलफूल तथा तरकारीकाे आजको मूल्य : मालदह आँप ७० रुपैँया, लसुन २३० रुपैँया काठमाडौँ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी मूल्य १८० रुपैयाँ, कुरीलो प्रतिकेजी २५०,काउली स्थानिय प्रतिकेजी मूल्य ४० रुपैयाँ, आलु रात...
विदेशी मुद्राको विनिमय दरः अमेरिकन डलरकाे भाउ बढ्दा युराेकाे घट्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरकाे भाउ ५ पैसाले बढेकाे छ भ...
सीमा पार गएर आलु प्याज जसरी सवारी साधन किन्न सकिन्न : अर्थमन्त्री महत काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमा पार गएर आलु प्याज किने जसरी सवारी साधन खरिद गर्न नसकिने भन्दै करका दरसम्बन्धीका सूचना चुहाएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमाथिको सामान्य छलफलका क्रममा उठे...
जुम्लाका स्थानीय तहलाई रू दुई अर्ब ३७ करोड विनियोजन जुम्ला। जुम्लाका आठ स्थानीय तहका लागि सङ्घीय सरकारले चालु तथा पुँजीगत खर्चतर्फ रू दुई अर्ब ३७ करोड बढी रकम विनियोजन गरेको छ। आर्थिक वर्ष २०८०/८१ को वित्तीय हस्तान्तरणमा उल्लेख भएअनुसार आगामी आर्थिक वर्षका लागि यहाँका स्थानीय तहलाई रू दुई अर्ब ३७ करोड २२ लाख रकम विनियो...
विद्युतीय गाडीमा लाग्ने कर व्यावहारिक बनाएका छौँ : अर्थमन्त्री काठमाडौँ। अर्थमन्त्री डा प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएको बताएका छन्। प्रतिनिधिसभामा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले १०० किलोवाटसम्म ...
७.७९ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ८८ करोडको कारोबार काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक ७.७९ अंकले बढेर १९८७.८७ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८३ अंकले बढेर ३७३.३५ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से...
बजेटमा अर्थतन्त्रका चुनौतीको वस्तुगत समीक्षा गरिएको छ : अर्थमन्त्री काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा अर्थतन्त्रका विद्यमान चुनौतीहरुको गहिरो र वस्तुगत समीक्षा गरिएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै ...
नयाँ स्टक र ब्रोकर लाइसेन्सबारे धितोपत्र बोर्डसँग जवाफ माग्ने अर्थ समितिको निर्णय काठमाडौँ। सरकारको निर्देशनपछि रोकिएको नयाँ स्टक एक्सचेञ्जको अनुमति (स्टक लाइसेन्स) र नेपाल धितोपत्र बोर्डले अघि बढाइसकेको नयाँ धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्रक्रियाबारे प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले बोर्डसँग जवाफ माग्ने भ...
‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डका नेपाली सिमेन्ट भारत निर्यात भैरहवा। कपिलवस्तुको बालाजी सिमेन्ट इण्डस्ट्रिजले आजदेखि भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ। कम्पनीले उत्पादन गरेको ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डका पिपिसि सिमेन्ट भारत निर्यात सुरु गरेको हो । भारत सरकारको गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स ...
स्टील उद्योगमा सरकारी नीतिको असर : राजश्व घट्दो, जोखिममा श्रमिक भैरहवा। स्टील उद्योगमा सरकारले गरेकाे व्यवस्थाले उपभोक्ता मारमा परेका छन्। सीमित उद्योगीलाई फाइदा पुग्ने गरी स्पञ्ज आइरन तथा विलेट्स आयात गर्दा लाग्ने भन्सार महसुल एवं अन्तशुल्क दरले स्टील रोलिङ उद्योगमा असर पुगेको हो। नेपाल सरकारको आर्थिक विधेयक २०८० मार्...
अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट आएको छ : अर्थमन्त्री डा महत काठमाडाैं। अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढंगले वजेट निर्माण भएको बताएका छन्। नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ५ ले आज विहान यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले देश र जनतालाई केन्द्रविन्दूमा राखेर अर्थतन्त्रलाई ...
थ्रीस्टार हाइड्रोपावरको आईपीओ असार ५ गतेदेखि आउँदै काठमाडौँ। थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले कुल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। त्यसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता र सर्वसाधारणका लागि ७ लाख ३...
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ कायम भएको छ। आइतबार प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रति तोला १ लह १२ हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनच...
यस्तो छ आजको तरकारी तथा फलफूलको मुल्य काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साेमबारको मूल्यसूची सार्वजनिक गरेको छ। जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११० रुपैयाँ, मटरकोशा प्रतिकेजी मूल्य १८० रुपैयाँ, कुरीलो प्रतिकेजी २५० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी मूल्य ५० रुपैयाँ, आलु रातो ३८ रुपैयाँ क...
रावा इनर्जीको आईपीओ मंगलबार बाँडफाँड हुने काठमाडौँ।  रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ मंगलबार (जेठ ३० गते) बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौँ कमलादीस्थित कार्यालयमा अपराह्न ४ बजे आईपीओ बाँडफाँड हुने भएको छ। कम्पनीको उक्त आईपीओमा कुल ११ लाख ६५ हजार ५२६ आवेदकबाट १ करोड २७ लाख ६१ हजार ४८...
बीमा कम्पनीले पशुधनको बीमा गर्न छाडिदिए रत्ननगर।  जिल्लामा लम्पीस्किन संक्रमणबाट पशु चौपायाको मृत्यु हुने क्रम बढेपछि बीमा कम्पनीले पशुधनको बीमा गर्न छाडिदिएका छन्। चितवनमा रहेका बीमा कम्पनीले पशुपालक कृषकको गाईभैँसीको बीमा नगदिएको भन्दै कृषकले आइतबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन्। चितवन जिल्ला दुग्ध उ...
आर्थिक विधेयकका तीन बुँदा खारेज गर्न परिसंघको माग काठमाडौँ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आर्थिक विधेयक २०८० का २६, २७ र २९ बुँदा तत्काल खारेज गर्न माग गरेको छ। सिबिफिनले सरोकारवाला संस्था र व्यक्तिसँग व्यापक छलफल गर्दा अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्ने गरी आर्थिक विधेयकमा व्यवस्था गरिएको भन्दै तत्काल...
ओ एस आर डिजिटल र डिशहोमबीच सहकार्य काठमाडौँ। ओ एस आर डिजिटल र डिशहोमबीच सहकार्य भएको छ। नेपाली चलचित्रको प्रवर्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले यी दुई कम्पनीबीच सहकार्य गर्ने सम्झौता भएको हो। ओ एस आर डिजिटल संग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ। ओ एस आर डिजिटलका...
आजकाे बिनिमय दरः अमेरिकन डलर स्थिर हुँदा युराेकाे भाउ बढ्याे काठमाडौं।। नेपाल राष्ट्र बैंकले सोमबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन डलरकाे मुल्य हिजाे तुलनामा स्थिर रहेकाे...
बजेट माथिको छलफल सकियाे, सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री डाक्टर महतले आज जवाफ दिने काठमाडौं। आर्थिक बर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरुले बोल्ने क्रम सकिएको छ। जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम रहेको छ। जेष्ठ १५ गते सार्वजनिक ग...
गण्डकीमा बजेटको आकार घट्ने गण्डकी। आन्तरिक स्रोत र सङ्घ सरकारले दिने अनुदान खुम्चिएपछि गण्डकी प्रदेश सरकारको आगामी आव २०८०\८१ को बजेटको आकार घट्ने भएको छ । चालु आवमा रु ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याइएकामा आगामी आवका लागि रु ३३ अर्बको हाराहारीमा बजेट आउने अनुमान छ । सङ्घ सरकारले पठाएको रु ३३ अर्ब ८५ करोडको सीमा (सि...
सेयर बजारमा हरियाली, ४०.४८ अंकले बढ्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१० अंकले बढेर ३७०.५२ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ...
बजेटले अर्थतन्त्रका यथार्थलाई स्वीकार गर्दैन : पूर्वअर्थमन्त्री पौडेल काठमाडाैं। पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकान गर्न नसकेको र नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम गर्न नसकेको टिप्पणी गरेका छन्। प्रतिनिध...
सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न व्यवसायीको माग काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीका वस्तुमा २प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ। सुनचाँदी व्यवसायमा आबद्ध तीनवटै महासंघले तत्काल उक्त कर लगाउने घोषणा फिर्ता गर्न माग गरेका हुन्। नेपाल सुनचाँदी व्यवसायी ...
२८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक काठमाडौँ। नेपाल राष्ट्र बैंकले २८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुने ...
दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ। आइतबारको कारोबारमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटी होटलको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी दुईवटै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो। भूगोल इनर्जीको सेयर भ...
प्रि-ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढ्यो काठमाडौँ। प्रि- ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढेको छ। यससँगै सूचक १९४१.५२ विन्दुमा आएको छ। ४ लाख ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १६ कम्पनीको ८६८ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ३१ वटा कारोबार भएको हो। १० कम्पनीको मूल्य बढ्दा ४ वटाको भाउ घटेको छ...
लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले लाभांश वितरण नगर्ने काठमाडौँ। लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले आफ्नो सेयरधनीहरुको लागि लाभांश नदिने भएको छ। शुक्रबार बसेको सञ्चालक समितिको १२५ औँ बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो। अब कम्पनीले उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा...
हेर्नुहोस् आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज स्थिर रहेर सोहि  मूल्यमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्य...
रिलायन्स फाइनान्सले गर्यो लाभांश दिने घोषणा काठमाडौँ। रिलायन्स फाइनान्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै, बोनसमा लाग्ने कर तिर्न ०.३४ प्रतिशत नगद लाभांश पनि दिने भएको छ। कम्पनीले हाल काय...
गरिमा विकास बैंकको ३ लाख ८२ हजार ८९२.७७ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। गरिमा विकास बैंकको ३ लाख ८२ हजार ८९२.७७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बिक्रीमा राखेको यस सेयरमा विद्यमान संस्थापकले मात्र खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई ३५ दिनभित्र ...
उन्नति सहकार्य लघुवित्तको ३८ हजार ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ३८ हजार ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्था बिक्रीमा रखिएको यस सेयरमा विद्यमान सेयरका साथै जोकोही योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन पाउने छन्। यस सेयरको न्यूनतम मूल्य प्...
यस्ताे छ आजकाे बिदेशी मुद्राको विनिमय दर, अमेरिकन डलरकाे भाउ घट्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले आईतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ६५ पैसा र बिक्री दर १३२ रूपैयाँ...
दश महिनामा भित्रियो १० खर्ब बढी विप्रेषण काठमाडौं। चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ। वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्यामा बढोत्तरी भएको तथा वैधानिक तवरबाटै विप्रेषण भित्रन थालेकाकले आप्रवाहमा सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थि...
राष्ट्र बैंकले भन्यो– चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ । आर्थिक वर्ष २०७९/८० को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे शुक्रबार राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार समीक्षा अवधिमा चालु खाता ५४ अर्ब ६७ कर...
दश महिनामा भित्रियो रू १० खर्ब बढी विप्रेषण काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्यामा बढोत्तरी भएको तथा वैधानिक तवरबाटै विप्रेषण भित्रन थालेकाले आप्रवाहमा सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आ...
विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि, ९.७ महिनाको आयात धान्ने : राष्ट्र बैंक काठमाडौँ। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भएको र यसले ९.७ महिनाको आयात धान्न पुग्ने जनाएको छ। आर्थिक वर्ष २०७९/८० को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे शुक्रबार राष्ट्र बैंकले जारी गर...
नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता, बैंकका ग्राहकले होटलमा विशेष छुट पाउने काठमाडौँ। नबिल बैंक र ल्याण्डमार्क होटल एन्ड रिसोर्टबीच छुट सम्बन्धी सम्झौता गरेको छ।  बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी  होटलसंग सम्झौता गरेको हो। उक्त सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा...
१० महिनामा व्यापार घाटा रु १२ खर्ब चार अर्ब काठमाडौँ। चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलवनौ प्रतिशतले कमी आई रु १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात-आयात अनुपात...
करका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको छः अर्थमन्त्री डा. महत काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको बताएका छन्। राष्ट्रियसभाको आजको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँद...
नेसनल माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत काठमाडौँ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ।  संस्थाको ८ लाख ८० हजार १२.४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो। संस्थाले  गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको...
बजेटको न्यायपूर्ण ढंगले वितरण हुनुपर्छ : सांसद केसी काठमाडौँ। सांसद अर्जुनरसिंह केसीले बजेटको न्यायपूर्ण ढंगले वितरण हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उनले बजेटको न्यायपूर्ण ढंगले वितरण हुनुपर्नेमा जोड दिए। उनले भने, “निरपेक्ष गरिब...
मूल्यवृद्धि वाञ्छित सीमा माथि, शोधनान्तर स्थिति बचतमा काठमाडाैं। चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ। सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा सात दशमलव ४१ प्रतिशत पुगेको हो। नेपाल राष्ट्र बैंकले आज सार्...
मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन सेबोनको आग्रह काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह गरेको छ। यस कम्पनीले आईपीओ जारी अनुमतिको लागि सेबोनमा आवेदन नदिएको भन्दै सेयर खरिद नगर्न आग्रह गरेको हो। धितोपत्रसम्बन्धी ऐन अनुसार संगठित संस्थाहरुले निष्कासन गर्ने...
साना किसान र आरएमडीसी लघुवित्त मर्ज हुने, राष्ट्र बैंकबाट पायो स्वीकृति काठमाडौं । नेपाल राष्ट बैंकले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ। राष्ट्र बैंकले जेठ २४ गते पत्र पठाउँदै यी दुवै लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो। ...
कोरियन कम्पनी हानपाससँग नेपाल रेमिटको सम्झौता, नेपालीले सहजै रकम पठाउन सकिने काठमाडौँ। नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र कोरियन कम्पनी हानपास रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यो सम्झौता भएसंगै कोरियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन अत्यन्तै सहज हुने भएको छ। रेमिट्यान्स् भुक्तानी सम्...
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ। बिहिबार प्रति तोला १ लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भई रहेको सुन आज ८ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व...
आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ आउँदै काठमाडौँ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार १ गतेदेखि आईपीओ जारी गर्ने भएको छ। साथै सर्वसाधारणको लागि कम्पनीले असार २० गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँब...
नेपाल रिपब्लिक मिडियाको आईपीओ बिक्री खुला काठमाडौँ। नेपाल रिपब्लिक मिडियाले आज (शुक्रबार, जेठ २३ गते)देखि सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आईपिओ जारी गर्न लागेको हो। जसअनुसार यस कम्पनीले प्रतिकित्ता १००...
आजको तरकारी तथा फलफूलको मूल्य : मालदह आँप ८० र दशहरी १०० रुपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११० रुपैयाँ, मटरकोशा प्रतिकेजी मूल्य १६० रुपैयाँ, कुरीलो प्रतिकेजी १८० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी मूल्य ६० रुपैयाँ...
यस्ताे छ विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ बढ्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८२ पैसा र बिक्री दर १३२ रूपैयाँ ४२ पैसा रहेको...
माथिल्लो अरूण परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा दातृ निकायहरुसँग छलफल काठमाडौं । माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिरुसंग छलफल भएको छ । १ हजार ६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त यो परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंक, एसियाली विकास बैंक, ...
अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौती, आगामी बजेटमा लिइएका...
सिटी होटलकोको आईपीओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटी होटलको सेयर सूचीकृत भएको छ। कम्पनीको १ करोड ६७ लाख ४० हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो। आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ रेञ्ज पनि तोकिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम ...
७.२७ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ३० करोडमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ। बिहिबार नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९.६१ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०५ अंकले घटेर ३६४.४२ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (...
एक करोडसम्मको घरबीमा मात्र वार्षिक रू ५०० देखि ४५०० मा इसेवाबाटै गर्न सकिने काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले USAID, तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बिमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको छ। हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुल...
विद्युतीय सवारीसाधनको कर घटाउनुपर्छ : सांसद लिङ्देन काठमाडौँ। सांसद राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम भएको भन्दै यसले पार्ने नकारात्मक प्रभावका बारेमा सोच्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिदै आ...
शेयर लगानीकर्ताको सुरक्षाका लागि पूर्ण सहयोग हुन्छ : अर्थमन्त्री डा महत काठमाडाैं। अर्थ मन्त्री डा प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा महतले भने, “शेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठूलो आकर्षण छ। त्यसैले पिन ब...
प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको छ। यससँगै सूचक १९३३.३९ विन्दुमा आएको छ। २ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २४ कम्पनीको ५६६ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो। ११ कम्पनीको मूल्य बढ्दा ७ वटाको भाउ घटेको छ। ब...
तोलामा १ हजार रुपैयाँले सस्तियो सुन, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार ७०० रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भई रहेको सुन आज १ हजार रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार ७०० रुपैयाँमा ...
चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो पाँचथर। नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाएका छन्। मंगलबार चिवाभञ्ज्याङको भ्रमण गरेका उनले भारत र नेपाललाई फाइदा पुग्ने गरी सो नाका खोल्न प्रदेश सरकार लागिपरेको बताए। “चिवाभञ्ज्याङ नाकाबाट कसरी फाइदा लिन सकिन्छ ला...