content
stringlengths
20
64.1k
एकै दिन ६ अर्बले बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ४ अर्बले बढेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार २१ चैतसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५४ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको छ। २० चैतसम्म बैंकहरूको निक्षेप ५४ खर्ब २४ अर्ब रुपैयाँ रहेको थ...
व्यवसायी विस्थापित हुने क्रम बढ्दै घोराही। दाङमा चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा दुई सय ७३ उद्योग तथा फार्म बन्द भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग तथा वाणिज्यतर्फ उद्योग तथा फार्म बन्द भएका हुन्। कार्यालय प्रमुख लालबहादुर गुरुङका अनुसार बन्द भएका फार्म एक सय ३० उद्योगतर्फ र एक ...
आज हरियो तरकारी तथा फलफूलको मूल्य कति? काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफुलको मूल्य सार्बजनिक गरेको छ। जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबि...
रावा इनर्जीको आईपीओ बिक्री खुला, क-कसले पाउँछ भर्न ? काठमाडौँ। रावा इनर्जी डेभलपमेन्टको आईपीओ आज (चैत २३ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालका लागि आईपीओ बिक्री खुला भएको हो। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि जारी पुँजीको १० प्रतिशतले हुन...
भूगोल इनर्जीको आईपीओ बिक्री खुला काठमाडौँ। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि आज (चैत २३ गते)देखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १० लाख ८८ हजार १०७ कित्ताको प्रति कित्ता १ सय रुपयाँ अंकित मूल्यमा १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो...
अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ। बिहिबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा तोकिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ प...
जामका कारण उपत्यकामा वार्षिक एक खर्ब १६ अर्बको क्षति काठमाडौ। काठमाडौं उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक रु एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ। सवारी जाम हुँदा त्यसबाट सिर्जना हुने वायु र ध्वनि प्रदूषण, तेलको खपत, सवारी साधनमा हुने ह्रास, स्वास्थ्यमा पर्ने समस्या, दुर्घटना जस्ता कारणले आर्थिक क्ष...
आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने काठमाडौँ। एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ। “एसियन डेभलपमेन्ट आउटलुक, अप्रिल २०२३” प्रतिवेदनमार्फत् एडिबीले यस्तो प्रक्षेपण सार्...
८.३९ अंकले बढ्यो नेप्से परिसूचक काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से परिसूचक ८.३९ अंकले बढेर १८७५.०७ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९७ अङ्कले घटेर ३५३.९५ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६२ कम्पनीको २६ लाख...
वाणिज्य महासंघको निर्वाचनका लागि अन्जन श्रेष्ठले गरे प्रतिवद्धता पत्र सार्वजनिक (भिडियो) काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच श्रेष्ठले आफ्नो समूह घोषणा गर्दै प्र...
एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत भएको छ। एभरेष्ट बैंकको १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र–२०८९’’ नाममा ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ४६ हजार ८३० कित्ता नेप्से सूचीकृत भएको छ। ...
आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह काठमाडौँ। नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गरेका छन्। विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बिहान उनीसँग छलफल गरेका हुन्। छलफलका क्रममा ती दा...
कृषि विकास बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न काठमाडौँ। लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ७ वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले ग्लोबल मनी विक २०२३ को अवसरमा युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउन साक्षरता कार्यक्रम सम्पन...
थ्रीस्टार हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति काठमाडौँ। थ्रीस्टार हाइड्रोपावर लिमिटेडलाई आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। कम्पनीले दुई चरण गरि आईपिओ निष्काशन गर्ने छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ जारी गर्नेछ। त्यस्तै, दोस्रो च...
प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार काठमाडौँ। प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा झिनो सुधार देखिएको छ। नेप्से परिसुचकमा ०.१५ अंकले वृद्धिभइ १८६६.८२ विन्दुमा आएको छ। यससँगै ८ कम्पनीको एक हजार ४२२ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ९७ हजार ४८२ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने ३ कम्पनी घट...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो। मंगलबार प्रति तोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँमा का...
महालक्ष्मी विकास बैंकको ऋणपत्र चैत २९ गतेदेखि आउँदै, कति पाइन्छ ब्याज ? काठमाडौं। महालक्ष्मी विकास बैंकको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र चैत २९ गतेदेखि बिक्रीमा आउने भएको छ। एनएमबि बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर–२०८५’ जारी गर्न लागेको हो। यसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ...
मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ? काठमाडौँ। मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ भने आज अन्तिम दिन रहेको छ। आज बैंकिङ्ग समयसम्म कम्पनीओ आईपीओमा आवेदन दिन पाउने छन्। कम्पनीले चैत १९ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ताको २२ करोड...
साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो रामपुर। महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ। साबुन, सरफ, सिलाइकटाइ, चिप्स, अचार, स्वीटर, झोला, चप्पल, गुडिया, चुरापोते बनाउने सीप नगरपालिकाले प्रदान गर्दैआएको छ। नगरपालिकाको सहयोगमा सीपमूलक तालिम पाएपछि यहाँका महिलाले आयआर...
यस्तो छ आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ। जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा ख...
अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बुधबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। यसअघि मंगलबार भने डलर २७ पैसाले बढेको थियो। बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा कायम गरिएको छ। यसअघि मंगल...
कुखुराको मासुको मूल्य घटेपछि किसान असन्तुष्ट काठमाडौं। पोल्ट्री व्यावसायीले कुखुरा मासुको मूल्य घटाएपछि किसान मर्कामा परेका छन्। मंगलबारदेखि लागू हुने गरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपियाँले घटाइएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ। अब जिउँदो ब्रोइलर कुखुराको मूल्य २८० रुपैय...
आजदेखि लागू हुनेगरी हवाई भाडा घट्याे काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ। वायुसेवा सञ्चालक संघले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो। निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर रु १० ले कटौती गरेको थियो। सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै रु चार सय ४...
पुष्प मेलामा लक्ष्यभन्दा ३२ लाख बढी कारोबार काठमाडौं। यही चैत १७ देखि २० गतेसम्म भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा रु ३२ लाख बढी आर्थिक कारोबार भएको छ। पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा रु एक करोड सात लाख बराबरको कारोबार भएको बताइएको छ। मेलामा ३९ हजार तीन...
करको दायरा बढाउन अर्थमन्त्रीसमक्ष चेम्बरको आग्रह काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतसमक्ष नेपाल चेम्बर अफ कमर्सले करको दायरा बढाउन आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले आज अर्थमन्त्री डा महतलाई भेटेर करको दायरा बढाएर राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न आग्रह गरेको हो । “करको दर वृद्धि गर्नुभन्दा...
५.२० अंकले घट्यो नेप्से, ९१ करोड ७६ लाखको कारोबार काठमाडौं। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार ओरालो लागेको छ। मंगलबार नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ विन्दुमा आएर अडिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले घटेर ३५१.९७ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (...
लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै पीडितहरुको अनसन सुरु (भिडियो) काठमाडौं । लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै पीडितहरुले काठमाडौंमा अनसन सुरु गरेका छन् । लघुवित्त वित्तीय संस्थाहरुले गरिव जनताहरुलाई पिडा दिदा पनि राज्य मौन भएको भन्दै लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा मंगलबारबाट...
एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी दर्ता, एसोसिएट्सका उपाध्यक्ष आचार्यको समर्थन काठमाडौँ। नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को यहि चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले आज मंगलबार मनोनयन दर्ता गरेको छ। वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितक...
रसुवाबाट पन्ध्र करोडको सामग्री चीन निर्यात रसुवा। बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ। केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन्। चीनको केरुङतर्फ सामान निर्यातका लागि यहाँका ६ वटा फार्म सक्रिय रह...
डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुई जनालाई एक/एक लाख उपहार काठमाडौँ। १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्नुहुन्छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन्। साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरे...
अन्ततः बूढीगण्डकी निर्माणको जिम्मा प्राधिकरणलाई काठमाडौं। नेपाली समाजमा एउटा लोकोक्ति प्रचलित छ ‘घुमीफिरी रुम्जाटार’। यस्तै भएको छ बूढीगण्डकी जलविद्युत् आयोजनामा पनि। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना अन्ततः घुम्दैफिर्दै फेरि प्राधिकरणको बहुमत शेयर स्वामित्व हुनेगरी अगाडि बढाउने तयारी गरिएको छ। शेयर संरचन...
अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न माग भोजपुर। नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफनो क्षेत्रमा पुन सर्भेको माग गरेका छन्। सङ्खुवासभाबाट भोजपुर हुँदै पुग्ने चार सय केभी प्रशारण लाइनका टावर निर्माणमा स्थानीयसँग समन्वय नै नगरी काम अगाडि बढाउन खोजिएको भन्दै भोज...
दुई कम्पनीको १० लाख ८८ हजार ६४०.८५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको १० लाख ८८ हजार ६४०.८५ कित्ता बोनस सेयर सूचिकृत भएको छ। आईएमई जनरल इन्स्योरेन्स र  विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको हो। आईएमई जनरल इन्स्योरेन्सको १० लाख  २० हजार ९९०.८५ कित्त...
प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार काठमाडौं। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसुचकमा ०.७७ अंकले वृद्धि भइ ११८७२.६५ विन्दुमा आएको छ। यससँगै ९ कम्पनीको एक हजार १११ कित्ता सेयर खरिदबिक्री हुँदा ५२ हजार ९८३ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल ६ कम्पनीमा उकालो लागेको छ भने २ कम्पन...
ह्वात्तै बढ्यो सुनको मूल्य काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम गरेको हो। सोमबार प्रति तोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाव...
पोखराको पर्यटन व्यवसाय संकटमा पाेखरा। पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो। कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका पर्यटन व्यवसायी सन् २०२३ सम्म आइपुग्दा पनि कोरोनाको असर...
सूर्योदय वोमी लघुवित्तको ९८ हजार ६८३ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ९८ हजार ६८३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी डोलेन्द्र पौडेल, बालकृष्ण विश्वकर्मा र कृष्णबहादुर बी.के.को नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो। संस्थापक सेयरधनीहरु डोलेन्द्र पौडेल...
एनएमबि बैंकको ऋणपत्र बिक्री खुला, १०.७५ प्रतिशत ब्याज पाइने काठमाडौं। एनएमबि बैंकको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला भएको छ। एनएमबि बैंकले १० वर्ष अवधिको ‘एनएमबि डिबेन्चर १०.७५ प्रतिशत २०८९/९०’ जारी गर्न लागेको हो। यसमा वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँक...
कालीगण्डकी करिडोर : दुई मोटरेबल पुल निर्माण पर्वत। उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुईवटा मोटरेबल पुल निर्माण गरिएका छन्। करिडोरभित्र पर्ने पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका–५ जोड्ने गरी सेतीखोलामा तथा स्याङ्जा खण्डको ...
सिटी होटलको आइपीओ बिक्री खुला काठमाडौँ। सिटी होटलले आईपिओ आज चैत २१ गतेदेखि बिक्री खुला भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि उक्त आईपिओ निष्काशन गरेको हो। होटलले सर्वसाधारणको लागि भने वैशाख २५ गतेदेखि आईपिओ बिक्री खुला गर्ने जनाएको छ। सिटी होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १...
अमेरिकी डलरसँगै युरोको पनि भाउ बढ्यो काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। मंगलबार अमेरिकी डलरको भाउ २७ पैसाले बढेको छ । यसअघि सोमबार भने डलरको कारोबार स्थिर रहेको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा कायम गरिएको छ। यसअघ...
यस्ताे छ आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ। जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ३५० रुपैयाँमा...
घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब कतिमा पाइन्छ ? काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा तीन रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर...
पेट्रोलियम पदार्थको मूल्य घट्यो काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा तीन रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ। भारतीय...
कर छलि र अवैध गतिविधि रोक्न अर्थमन्त्री र गृहमन्त्रीबीच छलफल काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि रोक्न निर्मम ढंगले अघि बढ्ने बताएका छन्। सोमबार सिंहदरबारमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा श्रेष्ठले सीमा क्षेत्रमा देखिएको अवैध गतिविधि रोक्नका स...
निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता काठमाडौं। नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्थाबारे बुझ्न र सुझाव लिन सरोकारवाला निकायसँग सम्वाद थालेका छन्। आइतबार नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घलगायत निजी क्षेत्रका छाता सङ्गठनसँग छलफल गरेका अर्थमन्त्री मह...
नेप्से परिसूचक १६.९१ अंकले घट्यो, ९१ करोड ५१ लाखको कारोबार काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार ओरालो लागेको छ। सोमबार नेप्से परिसूचक १६.९१ अंकले घटेर १८७१.६३ विन्दुमा आएर अडिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१२ अङ्कले घटेर ३५२.६४ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्...
दुई करोड लगानीमा दाना उद्योग सञ्चालनमा नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दाना उद्योग सञ्चालनमा ल्याएको छ। गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले रु एक करोड ९४ लाख ८५ हजार दुई सय ६४ लगानीमा उद्योग सञ्चालनमा ल्याएको हो। कृषि तथा पशुपक्षी विकास मन्त्रा...
अघि बढ्यो दरौदी कोरिडोर प्रसारण लाइन काठमाडौँ। दरौँदी तथा चेपे खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि केराबारी– मस्याङ्दी (दरौँदी कोरिडोर) प्रसारण लाइन निर्माण हुने भएको छ। आइतबार एक समारोहबीच प्रसारण लाइनको शिलान्याश गरिएको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी...
प्रि-ओपन सेसन नेप्सेमा झिनो अंकले वृद्धि काठमाडौँ। प्रि ओपन सेसनमा सोमबार नेप्सेमा झिनो अंकले वृद्धि भएको छ। नेप्से सूचकमा ०.०६ अंकले वृद्धि भइ १८८८.६१ विन्दुमा आएको छ। यो सेसनमा ३ कम्पनीको कुल १२० कित्ता सेयर कारोबार हुँदा ९ हजार ३४५ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल एक वटा कम्पनीको भाउ बढेको छ भने एक वटाको मूल्...
जयनगर-कुर्था रेल सेवा : आत्मनिर्भर बनाउने योजना बनाइँदै वीरगञ्ज। जयनगर-कुर्था खण्डमा नियमित रेल सेवा सञ्चालन भएको आज एक वर्ष पूरा भएको छ। गत २०७८ साल चैत १९ गते नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि सो खण्डमा नियमित रेल सेवा सञ्च...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम गरेको हो। आइतबार प्रति तोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघल...
१० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक काठमाडौँ। नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘६’ बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना प्रकाशित गर्दै ६ वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री खुला भएको जानकारी दिएको हो। चैत २२ गते निष्काशन हुने उक्त ऋणपत्र चैत २१ गते अपरान्ह ३...
२८ चैतदेखि दोल्ती पावर कम्पनीको आईपीओ आउँदै काठमाडौँ। दोल्ती पावर कम्पनीको आईपीओ चैत २८ गतेदेखि आउने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा  १० लाख ७२ हजार ९७२ कित्ता जारी गर्न लागेको हो। कम्पनीले जारी गर्ने आईपीओमध्ये १ लाख ७ हजार २९८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ। ...
२८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल हुने काठमाडौँ। नेपाल राष्ट्र बैंकले २८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज (सोमब...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७७ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ २० पैसा र बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ भने बेलाय...
दोहोरो अंकले घट्यो नेप्से, एक अर्ब २० करोडको कारोबार काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ। आइतबार नेप्से परिसूचक २०.०० अंकले घटेर १८८८.५५ विन्दुमा आएर अडिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७२ अङ्कले घटेर ३५५.७५ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज ...
निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु : अर्थमन्त्री डा. महत काठमाडौँ। नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताएका छन्। उनले त्यसका लागि निजी क्षेत्रको सुुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पारे। नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्...
केन्द्रिय बैंकले २८ अर्ब बढी ट्रेजरी बिल जारी गर्दै, सोमबार बोलकबोल हुने काठमाडौँ। नेपाल राष्ट्र बैंकले २८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोल...
कामना सेवा विकास बैंकले गर्यो लाभांश दिने घोषणा काठमाडौँ। कामना सेवा विकास बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ४.४१ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.२३ प्रतिशत नगद लाभांश दिने भएको छ। प्रस्तावित ल...
नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता काठमाडौँ। नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच बीच मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको छ।  दुवै लघुवित्तबीच गत बिहीबार एकआपसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यी दुवै लघुवित्तबीच गत पुस १२ गते मर्जरमा जाने प्...
दोल्ती पावरको आईपीओ बाँडफाँट काठमाडौँ। दोल्ती पावर कम्पनी लिमिटेडले निष्काशन गरिएको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियबासीहरुका लागि निष्काशन गरेको आईपिओ बाँडफाँट गरेको हो। कम्पनीले फागुन ८ गतेदेखि चैत ७ गतेसम्म आयोजना प्रभावित क्षेत्र दैलेखका स्थानीय बासिन्दाहरुका लागि उक्त आईपीओ जारी ग...
किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका काठमाडौँ। किसान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। जसअनुसार कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत गरि कुल ७.३६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ। उक्त लाभांश पारित गर्न चैत २८ गते वार्षिक साधारणसभा ब...
प्रि-ओपन सेसन नेप्सेमा १.९४ अंकले वृद्धि काठमाडौँ। प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसुचकमा १.९४ अंकले वृद्धिभइ १९१० विन्दुमा आएको छ। यससँगै २२ कम्पनीको एक हजार ६३९ कित्ता सेयर खरिदबिक्री हुँदा ७ लाख ३१ हजार ४३५ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल ११ कम्पनीमा उकालो लागेको छ भन...
भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य काठमाडौँ। भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ। निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा र डिजेल प्रतिलिटर ६ रुपैयाँ ८२ पैसा घटेर आ...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ कायम गरेको हो। शुक्रबार प्रति तोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महास...
अझै टुंगो लागेन औद्योगिकग्राम खोल्ने जग्गा सुर्खेत। कर्णालीका तीन जिल्लामा औद्योगिकग्राम बनाउने संघीय सरकारको योजना अलपत्र परेको छ। आव २०७६/०७७ मा संघीय सरकारले एक स्थानीय तह एक औद्योगिकग्राम सञ्चालनमा ल्याउने योजनासहित औद्योगिक ग्राम बनाउने घोषणा गरेको थियो। स्थानीय तहले औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन डीप...
वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठलाई समर्थन गर्ने उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सर्वसम्मत निर्णय पोखरा। नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठलाई जिताउनको लागि नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशले सर्वसम्मतरुपमा समर्थन गर्ने निर्णय गरेको छ। शनिवार पोखर...
एक करोड ८९ लाख राजस्व सङ्कलन वीरगञ्ज। जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना अवधिमा रु एक करोड ८९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ। ट्राफिक नियमको उल्लङ्घन गर्ने २१ हजार दुई सय सवारीसाधनमाथि कारबाही गरी रु एक करोड ८९ लाख १२ हजार पाँच सय राजस्व सङ्कलन गरेकोे जिल्ला ट्राफिक ...
व्यापारिक केन्द्र बन्दै मेलौली बैतडी।  कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको छ। तल्लोस्वराडमा मेलौली नगरपालिका सहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका छन्। पाटन –पञ्चेश्वर सडक सञ्चालन भएसँगै विकासको कामले गति लिँदै गएपछि यहाँको मुहार फेरिन थालेको ...
मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बिक्री खुला काठमाडौँ। मकर जितुमाया सुरी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो। जसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ। यसमध्ये सा...
डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिद बिक्री ? काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। शुक्रबार स्थिर रहेको अमेरिकी डलर आज २८ पैसाले घटेको छ। आइतबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ। यसअघि शुक्...
यस्तो छ आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ। जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ११० रुपैयाँ र किवि ४००रुपैयाँमा ख...
रसुवागढी नाका आजदेखि पुनः सञ्चालन रसुवा । कोभिड–१९ सङ्क्रमणसँगै बन्द भएको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर क...
रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन काठमाडौं। आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो। नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्। नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथ...
अर्थशास्त्रमा पिएचडी गरेका डा. महतलाई अर्थतन्त्र सुधार्ने चुनौती काठमाडौं। नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महत विसं २०१६ कात्तिक १९ मा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलासमा जन्मिएका हुन्। फुलब्राइट छात्रवृत्तिअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी (पिएचडी) गरेका डा महत हाल नेपाली कांग्रेसक...
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा. महत काठमाडाैं। नवनियुक्त अर्थमन्त्री डा प्रकाश शरण महतले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार हुने बताएका छन्। मन्त्रालयमा कार्यभार सम्हाल्दै अर्थमन्त्री डा महतले अहिले तत्कालका लागि सबै क...
गरिमा विकास बैंकको नयाँ वर्षको क्यालेण्डर र वेवसाईट विमोचन काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० सालको आफ्नो आधिकारीक क्यालेण्डर विमोचन गरेको छ। शुक्रबार (आज) एक विशेष कार्यक्रम आयोजना गरि सो क्यालेण्डर विमोचन गरेको हो। आफ्नै केन्द्रिय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख का...
बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कम्पनी। बिमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ। नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालित बिमा कम्पनीहरु जीवन, निर्जीवन र पुनर्बिमा व्यवसाय गर्दै आएका कम्पनीहरुले आफ्नो इजाजतपत्र अर्थात लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको हो। यो व्यवस्था वैशाखदेखि लागु हुनेछ भने नव...
ह्वात्तै बढ्यो सुनको मूल्य काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम गरेको हो। बिहिबार प्रति तोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी मह...
सांग्रिला डेभलपमेन्ट बैंकको एजीएम आज बस्दै काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा शुक्रबार बस्दैछ। सभामा बैंकले गत वर्षको नाफाबाट कुल ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ। बैंकले गत वर्षको नाफाबाट ८.५३४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४४९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेक...
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन बढ्यो, सीडी रेसियो घट्यो काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन १ अर्बले बढेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार १४ चैतसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५४ खर्ब १० अर्ब रुपैयाँ निक्षेप रहेको छ। १३ चैतसम्म बैंकहरूको निक्षेप ५२ खर्ब ९ अर्ब रुपैय...
खोटाङ उद्योग वाणिज्य संघ अध्यक्षमा राजनप्रसाद आचार्य विजयी खोटाङ। खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजनप्रसाद आचार्य र महासचिवमा अजय बस्नेत निर्वाचित भएका छन्। कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार समुन्द्रप्रसाद जोशीलाई १९६ मतले पछि पार्दै आचार्य वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका हुन्। बिहीबार र...
यस्ताे छ तरकारीको तथा फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार शुक्रबार रातो आलु २३ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ। यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो। यसैगरी कालो अंगुर १८०, अनार २५० रुपैयाँ प्रतिकेजी ...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं।नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ।  राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०५ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा कायम गरिएको छ भने बेला...
साताको सेयर बजारः ३ दिन बढ्यो, २ दिन घट्यो काठमाडौं। चालु सातामा सेयर बजार तीनदिन बढ्दा दुईदिन ओरालो लागेको छ। साताको पहिलो कारोबार दिन आइतबार २६.७८ अंकले घटेको नेप्से दोस्रो दिन सोमबार १७.७० अंकले बढेको थियो। सोमबार बढेको सेयर बजार निरन्तर तीनदिन बुधबारसम्म बढिरह्यो। यसैगरी साताको तेस्रो दिन मंगलबार १२.१० अंकले बढेको ...
सेयर बजार १०.८७ अंकले ओरालो काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ। लगातार तिनदिन देखि बढेको सेयरबजार बिहीबार ०.५७ प्रतिशतले घटेको छ। बिहीबार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा आएर अडिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ अङ्कले घटेर ३५९.४...
नेप्से परिसूचक १०.८७ अंकले घट्यो, २७ लाख ५० हजार कित्ता सेयर कारोबार काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ अङ्कले घटेर ३६९.४८ बिन्दुमा पुगेको छ। नेपाल स्टक ए...
स्वाभिमान लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो। कम्पनीको सेयर भाउ ९७ रुपैयाँ ५० पैसाले घटेर ८ सय ७८ रुपैयाँ ३० पैसा पु...
प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा काठमाडौँ। प्रभु बैंक लिमिटेडले संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ। बैंकले १४ लाख १६ हजार १९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो। उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने र आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्ने हुन्छ। बैंकको केन्द्रीय कार्यालय बबरमहल,...
एनआईसी एसिया लघुवित्तले बोलायो बैशाख १० गते वार्षिक साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ? काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारणसभा आउँदो बैशाख १० गते बस्ने भएको छ। उक्त साधारण सभा सुनसरीको धरानस्थित होटेल गजुरमा बिहान ९ बजेबाट सुरु हुने भएको छ। सभामा संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट १४....
दुई लघुवित्तको सेयरमा मूल्य समायोजन, कुनको कति ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको सेयरमा मूल्य समायोजना भएको छ। सेयरमा मूल्य समायोजना हुनेमा विजय लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्था रहेको छ। विजय लघुवित्तको २० प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायो...
सुनको मूल्य घट्यो, चाँदी बढ्यो काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँ कायम गरेको हो। बुधबार प्रति तोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघल...
महुली लघुवित्तको १३ हजार ७२ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्थाको १३ हजार ७२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थाले ४ जना संस्थापक सेयरधनीहरुका नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो। संस्थाको यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक...
नयाँ वर्षको अवसरमा बससेवाले ल्यायो ‘सुनको हार’ उपहार योजना काठमाडौँ। नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले नयाँ वर्ष २०८० सालको नयाँ वर्षमा घुम्न जाने व्यक्तिहरूलाई लक्षित गर्दै ‘सुनको हार’ उपहार योजना सार्बजनिक गरेको छ। चैत्र १५ गतेदेखि बैशाख ५ गतेसम्म लागु हुने यस योजनामा सहभागी यात्र...
बन्दीपुर केबलकारले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ ! काठमाडौँ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २५ लाख ८० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। कम्पनीले सो आईपीओ जारी गर्नको लागि बिक्री प्रबन्धकमा नेपाल एसब...
मोदी इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम मौका काठमाडौँ। आयोजना प्रभावित स्थानीयले मोदी इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ।आज चैत १६ गते बैंकिङ समयपश्चात आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री बन्द हुने कम्पनीले जनाएकाे छ। जसअनुसार पर्वत जिल्ला अन्तर्गत कुश्मा नगरपालिकाकाे ३ र ८ वडा तथ...
अमेरिकी डलरसँगै युरो पनि महंगियाे काठमाडाैं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। लगातार तिनदिन देखि घटेको अमेरिकी डलरको भाउ आज २४ पैसाले बढेको छ। यसअघि बुधबार २९ पैसाले उक्त डलरको भाउ घटेको थियो। बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैस...
यस्तो छ आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ। जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर ११० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ११० रुपैयाँ, किवि ४०० रुपैयाँ र ...
शनिबारदेखि केरुङ नाका पूर्ण रूपमा सञ्चालन गर्न नेपाल–चीन सहमत काठमाडौं। रसुवागढी\केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ। नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको आज बसेको पहिलो बैठकमा सो सहमति भएको हो। सन् २०२३ अप्रिल १ (चैत १८ गते) देखि रसुवागढी\केरुङ निकास र प्र...