content stringlengths 20 64.1k ⌀ |
|---|
१८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, दिउँसो २ बजे बोलकबोल हुने काठमाडौँ। नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिन गरि ३ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज (सोमबार) दिउँसो २ बजे बो... |
हरियो तरकारी र फलफूलको मुल्य आज कति ? काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पफलफुल तथा तरकारीकाे बजार मुल्य सार्वजनिक गरेकाे छ ।
जसअनुसार सोमबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवि ३०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ... |
आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ७० पैसा र बिक्रीदर १३२ रूपैयाँ ३० पैसामा कारोबार भइरहेको छ।
युरोपियन युरो आज एकको खरिद मूल्य १४० रूपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रूपैयाँ २६ पैसा, बेलायती पाउण्डक... |
आर्थिक राहतको व्यवस्था गर्न माग काठमाडौँ। साना तथा मझौला व्यवसायीले कोरोना महामारीबाट पीडामा परेका व्यवसायीलाई आर्थिक राहतको व्यवस्था गर्न माग गरेका छन्।
उद्योगी तथा व्यवसायीको छाता सङ्गठनले आइतबार यहाँ संयुक्त पत्रकार सम्मेलन गरि कोरोना महामारीबाट समस्यामा परेका व्यवसायीलाई आर्थिक राहतको व्यवस्था गर्न माग गरेका हुन्।
... |
राष्ट्र बैंकको निर्देशन पछि बैंकका सेवा सुचारु नै रहने काठमाडौं। पुष्पकमद दाहाल प्रचण्ड नेतृत्वको सरकारले अकास्मात १ फागुनलाई ‘जनयुद्ध दिबस’ मनाउने भन्दै सार्बजनिक बिदा दिए पनि बैंकहरुका अत्याबश्यक सेवा भने सुचारु हुने भएका छन्।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी मुलकभरका बैंकहरुलाइ अत्याबश्यक सेवा प्रवाह नरोक्न भन... |
सरकारले थप दायित्व सिर्जना हुने कुनै आयोजना प्रस्ताव नगर्ने काठमाडौं। सरकारले चालु आर्थिक वर्षमा थप दायित्व सिर्जना गर्ने गरी नयाँ कार्यक्रम तथा आयोजना प्रस्ताव नगर्ने भएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप दायित्व स... |
लक्ष्यको तुलनामा सरकारी राजस्व वृद्धिदर पछिल्लो ५५ वर्षयताकै कमजोर काठमाडौं। सरकारले चालू आर्थिक वर्ष २०७९\८० का लागि राजस्व सङ्कलनमा राखेको लक्ष्यको वृद्धिदर साढे पाँच दशकयताकै न्यून देखिएको छ।
चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै... |
मुलुकको परिवर्तन उल्टाउने षडयन्त्रहरु देखापर्न थालेका छन्ः प्रधानमन्त्री प्रचण्ड काठमाडौं। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले मुलुकको परिवर्तन उल्टाउने षडयन्त्रहरु देखापर्न थालेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गा... |
बजेटको अर्धवार्षिक समीक्षाको पूर्णपाठ काठमाडौं। सरकारले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट घटाएको जानकारी दिएका हुन्।
गत १५ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पेसको गरेको बजेटको आ... |
आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैनः अर्थमन्त्री काठमाडौं। सरकारले चालु आर्थिक वर्षका लागि राखेको आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने भएको छ।
आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटले राख... |
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा सर्वसाधरणका लागि आवेदन दिने म्याद थप काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १५ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आईतबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
यता आयोजना प्रभावित क्षेत्रका स्थानीय... |
सरकारले १४ प्रतिशतले घटायो चालु आर्थिक वर्षको बजेटको आकार काठमाडौं। सरकारले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट घटाएको जानकारी दिएका हुन् ।
गत १५ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माल... |
सेयर बजार राताम्मे, ६०.८८ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ६०.८८ अंकले घटेर २१२१.७५ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.९९ अङ्कले बढेर ४०४.४३ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सच... |
बोटबाटै दुई करोडको सुन्तला बिक्री गलेश्वर। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा यसवर्ष बोटबाटै रू दुई करोडको सुन्तला बिक्री भएको छ।
सुन्तला राम्रो फलेको र रोग, कीराको प्रकोप पनि नदेखिएकाले विगतका वर्षको तुलनामा यसवर्ष सुन्तला बिक्री गरेर दोब्बर बढी आम्दानी भएको किसानले बताएका छन्।
दोसल्लेकी किसान मायादेवी... |
दोल्ती पावरको आईपीओ फागुन ८ गतेदेखि आउँदै, क-कसले पाउँछ भर्न ? काठमाडौँ। दोल्ती पावर कम्पनीको आईपीओ फागुन ८ गतेदेखि बिक्री खुला हुने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित स्थानीयहरुको लागि ५ लाख ३६ हजार ४८६ कित्ता ... |
पाँँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको दोस्राे दिन अवलोकन गर्नेको भिड चितवन। माघ २७ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा शुरु भएको कृषिसँग सम्बन्धी बृहत पाँँचौँ नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनीको दोश्रो दिन चितवन, नवलपुर, धादिङ, मकवानपुर लगायतका जिल्लाहरुका अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रह्य... |
४ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी ... |
आइएमई जनरल इन्स्योरेन्स इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता काठमाडौँ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने भएका छन्। एकापसमा गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौता शुक्रबार सम्पन्न भएको हो।
प्रारम्भिक सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका सञ्चालक तथा मर्... |
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ। आइतबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ७० पैसा र बिक्रीदर १३२ रूपैयाँ ३० पैसामा कारोबार भइरहेको छ।
युरोपियन युरो आज एकको खरिद मूल्य १४० रूपैयाँ ९५ पैसा र बिक्रीदर १४२ रूपैयाँ ५९ पैसा, बेलायती पाउण... |
यस्तो छ आजको हरियो तरकारी र फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफुल तथा तरकारीकाे मुल्य सावर्जनिक गरेकाे छ।
जसअनुसार आईतबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवि ३५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, क... |
८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो सोलुखुम्बु । सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट उत्पादित ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । साहस ऊर्जा कम्पनी लिमिटेड प्रवर्द्धक रहेको उक्त आयोजना अघिल्लो सातादेखि परीक्षणका क्रममा थियो ।
सोलुदधुकण्ड नगरपालिका–११ स्थित सोलुखोलाको पानी चार ह... |
चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल केही दिनमा सञ्चालन हुँदै काठमाडौँ । काठमाडाँैको चोभार सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनल केही दिनभित्रमा सञ्चालन हुने भएको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सुक्खा बन्दरगाहभित्र रहेको एउटा टर्मिनल गएको वर्षको चैत २२ गतेदेखि नै सञ्चालनमा आएको भए पनि आन्तरिक टर्म... |
उद्योगी व्यवसायीहरुको समस्याप्रति सरकार र राष्ट्र बैंक चिन्तित छः अर्थमन्त्री पौडेल काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले उद्योगी व्यवसायीहरुको समस्याप्रति सरकार र राष्ट्र बैंक गम्भीर र चिन्तित रहेको बताएका छन् ।
शुक्रबार काठमाडौैंमा नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं साधारणसभा तथा तेश्रो... |
चालू आवको अर्धवार्षिक अवधिमा लक्ष्यको ४३ प्रतिशत राजस्व असुल गर्दै कामपा काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा लक्ष्यको ४३.८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ। त्यो गत वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ४० प्रतिशत बढी हो।
चालू आवका लागि कामपाले रु १० अर्ब ३९ करोड राजस्व असुल गर्ने लक्ष्य... |
प्रभु डिजिटल र एलएनटी नेटको लाइसेन्स खारेज काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल लिमिटेड, कमलादी काठमाडौँ र एलएनटी इन्फोटेक प्रालीको लाइसेन्स खारेज गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त दुई कम्पनीलाई दिइएको अनुमति पत्र खारेज गरिएको जनाएको हो।
इन्टरनेट (इमेलसहित) प्रमु डिजिटल (अनुमतिपत्र नं फि.ज ... |
यही हुन् राष्ट्र बैंकले एकीकृत निर्देशन २०७८ मा संशोधन गरेका मुख्य व्यवस्थाहरु काठमाडौँ। नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको नयाँ एकीकृत निर्देशन २०७८ मा केही संशोधन, परिमार्जन र व्यवस्था थप गरेको छ।
राष्ट्र बैंकले दिएको जानकारीअनुसार संशोधन, परिमार्जन र थप गरिएका व्यवस्... |
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : विदेशी सञ्चिति रकम लक्ष्यभन्दा बढी (पूर्णपाठ) काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअनुसार लक्ष्यभन्दा बढी विदेशी विनिमय सञ्चिचि रकम रहेको जनाएको छ।
कम्तिमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेगरी विदेशी विनिमय सञ्चि... |
राष्ट्र बैंकले घटायो ‘ओभरनाइट’ तरलता सुविधा काठमाडौँ। नेपाल राष्ट्र बैंकले ‘ओभरनाइट’ तरलता सुविधा घटाएको छ। यसअघि बैंकहरूले आठ प्रतिशतको ब्याजदरमा पाउँदै आएको ओभरनाइट तरलता सुविधा घटाउँदै सात प्रतिशत बनाइएको चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ।
“बैंक तथा वित्तीय संस्थालाई ८ दशमलव ५ प्रतिशतक... |
बैंक तथा वित्तीय संस्थाको कुन क्षेत्रमा कति लगानी ? काठमाडौँ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुले क्षेत्रगत कर्जा विस्तारमा आफ्नो लक्ष्य पूरा गरेको देखाइएको छ।
राष्ट्र बैंकले तोकेकोे विद्यमान व्यवस्थाअनुसार ... |
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८.५३४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.४४९ प्रतिशत नगद लाभांश दिने भएको छ।
बैंकल... |
ह्वात्तै घट्यो सुनको मूल्य काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ।
बिहिबार प्रति तोला १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ३ सयले घटेर प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवस... |
बैंकले कर्जा असुली सूचना निकाल्दा फोटो छाप्न नपाइने काठमाडौँं। बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीबाट कर्जा असुलीका लागि सूचना जारी गर्दा उनीहरुको तस्बिर सार्वजनिक गर्न नपाउने भएका छन्। ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो... |
६ महिना कमको संस्थागत मुद्दती निक्षेप राख्न नपाइने काठमाडौँ। बैंक तथा वित्तीय संस्थाले ६ महिनाभन्दा कम समयको संस्थागत मुद्दती निक्षेप राख्न नपाउने भएका छन्।
यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फको न्यूनतम तीन महिना समयका लागि मुद्दती निक्षेप राख्न पाउने व्यवस्था थियो।
तर नेपाल राष्ट्र बैंकले बिहीबार ‘नेपाल राष्ट्र बैंकबा... |
एकै दिन १० अर्बले घट्यो निक्षेप संकलन, सीडी रेसियो बढ्यो काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन एकै दिन १० अर्बले घटेको छ। बैंकहरूको निक्षेप संकलन घट्दा सिडी रेसियो बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार २५ माघसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५३ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप रहेको छ। २४ माघसम्म बैंकहरूक... |
शुभम पावरको आइपीओ बाँडफाँट, रिजल्ट यहाँबाट हेर्नुहोस् काठमाडौँ। शुभम पावरको आइपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आफ्नै कार्यालय मा बिहान ९ः३० बजे बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धककानुसार उक्त आइपिओमा कुल १२ लाख ७५ हजार ४२१ आवेदकले कुल १ करोड ३८ लाख ४७ हजार ५७० कित्ता सेयर माग भएको थियो। ... |
यस्ताे छ तरकारी तथा फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले तरकारी तथा फलफुलकाे न्युनतम मुल्य सार्बजिनक गरेकाे छ। आज शुक्रबार रातो आलु २८ रुपैयाँ प्रतिकेजी, नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ।
यसैगरी नेपाली सुन्तला १६० रूपैयाँ, कालो अंगुर र अनार २५० रुपैयाँ प्रतिकेजी रहेको छ।... |
एसियन हाइड्रोपावरको आईपीओ बिक्री खुला काठमाडौँ। एसियन हाइड्रोपावर लिमिटेडको आईपीओ आज (माघ २७ गते)देखि बिक्री खुल्ला भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसाधारणको लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुन आउने ८ लाख ४० हजार कित्ता सेयर सर्बसाधारणला... |
अमेरिकी डलरमा सामान्य परिवर्तन, यूरोको भाउ बढ्यो काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ३२ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन अमेरिकी डलरको खरिदमूल्य १३१ रूपैयाँ ७० पैसा र बिक्रीदर १३२ रूपैयाँ ३० प... |
राष्ट्र बैंकले मौद्रिक अर्ध वार्षिक नीतिको समीक्षा गर्दै काठमाडौ। नेपाल राष्ट्र बैंकले शुक्रबार दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्ने भएको छ।
राष्ट्र बैंकका अनुसार सञ्चालक सदस्यहरुसँग शुक्रबार बिहान ८ बजेका लागि बैठक आब्हान गरेको छ।
ऋणको माग नआएको, ऋण तिर्न समस्या भइरहेको, बजारमा तरलता बढेपनि ब्याज घट्न नसके... |
गुलाबको फूल आयातमा सरकारले लगायो प्रतिबन्ध (परिपत्रसहित) काठमाडौं । सरकारले गुलाबको फुल आयातमा प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइन डे अर्थात १४ फ्रेबुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सुचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो ।
कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा विषाधी ब्यवस्थापन केन... |
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै काठमाडौँ । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल विभागले जनाएको छ ।
हालसम्म बर्दिवासबाट निजगढसम्म ७० किमी निर्... |
फागुनभित्र मोटरसाइकलको कर तथा नवीकरण भुक्तानी गरे जरिवाना छुट काठमाडौं । फागुन भित्र मोटरसाइकल तथा स्कुटरको कर तथा नविकरण दस्तुर भुक्तानी गरे ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ ।
यातायात व्यवस्था कार्यालयका अनुसार फगुन मसान्तसम्ममा सवारीधनीहरुले कर बुझाए जरिवाना छुटको व्यवस्था आइतबार एक सूचनामार्फत जानकारी दिएको हो ।... |
१२.४३ अंकले बढ्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १२.४३ अंकले बढेर २१८२.६१ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४२ अङ्कले बढेर ४१५ .४२ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल... |
भारतीय बजारका कारण मारमा उपभोक्ता पोखरिया। नेपाली धानको मूल्यवृद्धि भएकाले किसानले राहत राहतको अनुभूति गरेका छन्। यसपाली नेपाली धानको मूल्य गत वर्षको तुलनामा प्रतिक्विन्टल रु तीन सयले वृद्धि भएपछि किसानले थोरै भए पनि राहतको महशुस गरेका हुन्। भारतले धान निकासीमा कोटा लगाएको र भारतमै पनि मूल्यवृद्धि भएकाले नेपाली धानको म... |
‘एक नेपाली, एक पर्यटक’ योजना ल्याउन माग काठमाडौँ। नेपाल चेम्बर अफ कमर्शले ‘एक नेपाली, एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन सरकारसंग माग गरेको छ। चेम्बरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुधबार भेटगरेर ‘एक नेपाली, एक पर्यटक’ रणनीतिक योजना कार्यान्वयन गरी थप पर्यटक भित्र्याउन माग गरेको हो।
चे... |
विजय लघुवित्तको सेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टिकरण काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ। धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै नेप्सेले कम्पनीलाई स्पष्टिकरण माग गर्दै कारोबार रोक्का गरेको हो ।
नेप्सेले कम्पनीलाई स्पष्टीकरण... |
यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका काठमाडौँ। तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। ज्योति विकास बैंक, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि यी ३ कम्पनीले बुक क्लोज गर्ने भएको छ। यस अनुसार आजस... |
माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट काठमाडौं। माया खोला हाइड्रोपावरको आईपीओ बिहीबार बिहान बाँडफाँट भएको छ। यसमा सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १ लाख ९९ हजार २०० जनालाई १० कित्ताका दरले सेयर हात पारेका छन्।
उक्त आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ जना आवेदकले आवेदन दिएकामा १ लाख ५६ हजार हजार ६२५ जनाको आवेदन रद्द भएको ... |
त्रिशुली जलविद्युत्को जीर्णोद्धार तथा आधुनिकीकरण गरिँदै काठमाडौं। नेपाल विद्युत प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रकोजीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरेको छ ।
२०२३ सालबाट सञ्चालनमा रहेको विद्युत्गृहका उपकरणहरु पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर ज... |
पर्सामा सात हजार करदाता थपिए वीरगञ्ज। चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा पर्सामा सात हजार नौ सय ४१ करदाता थपिएका छन्।
आन्तरिक राजस्व कार्यालय वीरगञ्जका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा प्यानतर्फ पाँच हजार पाँच सय ९२, आयकरतर्फ एक हजार छ सय ७४, मूल्य अभिवृद्धि करतर्फ पाँच सय २२ तथा अन्तःशुल्कतर्फ एक स... |
स्ट्यान्डर्ड चार्टर्ड बैंकको २४ लाख कित्ता ऋणपत्र बिक्री खुला काठमाडौँ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको २४ लाख कित्ता ऋणपत्र माघ २६ गतेदेखि बिक्री खुला हुने भएको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो।
बैंकले ५ वर्षे अवधिको ‘स्टान्डर्ड चार्टर्ड बैंक नेप... |
प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले वृद्धि काठमाडौँ। प्रि-ओपन सेसनमा बिहिबार सेयर बजार सामान्य अंकले वृद्धि भएको छ। यो सेसनमा नेप्से परिसुचक ०.९९ अंकले बढेर २१७१.१२ विन्दुमा आएको छ।
यससँगै १० कम्पनीको ३४७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ४ लाख रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ६ कम्प... |
विजय लघुवित्तको लाभांश घोषणा काठमाडौँ। विजय लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। माघ १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै बोनसमा लाग्ने कर तिर्नको लागि १.०५२६ नगद लाभांश पनि दिने भएको छ।
कम्पनीले हक कायम चुक... |
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्... |
कुमारी बैंकको २७ लाख ५५ हजार २५३ कित्ता सेयर बिक्रीमा काठमाडौँ। कुमारी बैंकको २७ लाख ५५ हजार २५३ कित्ता सेयर बिक्रीमा ल्याइएको छ। यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीका साथ अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १३८ रुपैयाँ तोकिएको छ। लग... |
रेमिट्यान्स कम्पनीहरुले महिना सकिएको ७ दिनभित्र मासिक विवरण पठाउनु पर्ने काठमाडौँ। नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई महिना सकिएको ७ दिनभित्र मासिक विवरण पठाउन निर्देशन दिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज सूचना प्रकाशित गर्दै यस्तो निर्देशन दिएको हो।
केन्द्रीय बैंकले माघ १३ मा नेपाल ... |
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहिबारको लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ७० पैसा र बिक्रीदर १३२ रूपैयाँ ३० पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन अमेरिकी डलरको खरिदमूल्य १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसामा कारोबार ... |
हरियो तरकारी र फलफूलको आजको मूल्य काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि तरकारीकाे मूल्य ताेकेकाे छ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार, किवि र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ ... |
७.१३ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ६९ करोडमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८७ अङ्कले बढेर ४१४.०० बिन्दुमा पुगेको छ।
नेपाल स्टक ... |
अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रशासक सामन्था पावरबीच शिष्टाचार भेटघाट काठमाडौँ। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गरेका छन्। गत वर्ष दुई देशबीचको कुटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाइएको स्मरण... |
९ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारवाही, ४ बैंकलाई ५० लाखको जरिवाना काठमाडौँ। नेपाल राष्ट्र बैंकले ९ वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही गरेको छ ।
जसमध्ये मध्ये ४ वटा बैंकलाई भने ५०–५० लाख नगद जरिवानासमेत गराएको छ । यसरी कारबाहीमा पर्ने बैंकहरुमा प्रभु बैंक, कुमारी, ग्लोबल आईएमी र प्राइम बैं... |
६ महिनामा चार सय ३५ उद्योग दर्ता दमौली। चालू आर्थिक वर्षको छ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता भएका छन्। पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९/८० को ६ महिनाको अवधिमा चार सय ३५ उद्योग दर्ता भएका हुन्।
सो अवधिमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन वातावरण, पर्यटन उद्योग दर्ता भएको कार्यालय प्रमुख अविनाश कुँवरले जानकार... |
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन... |
प्रि-ओपन सेसनमा नेप्सेमा ४.२७ अंकले वृद्धि काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले वृद्धि भएको छ। यससँगै सूचक २११८.६१ विन्दुमा अडिएको छ।
३२ कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ। ३६ लाख ३१ हजार रुपैयाँको सेयर कारोबार भएको छ। ३९ कम्पनीको १० हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको छ।
यता १३ उपसूचकहरु मध्ये... |
अर्घाखाँची महोत्सवमा पाँच करोडको कारोबार अर्घाखाँची। अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा शुरु भएको पाँचौं अर्घाखाँची महोत्सव करिब पाँच करोडको कारोवार गर्दै सम्पन्न भएको छ।
अर्घाखाँची उद्योग बाणिज्य संघ र अर्घाखाँची चेम्वर अफ कमर्सको संयुक्त आयोजनामा माघ ११ गतेदेखि संचालन भएको महोत्सव साेमबार सकिएकाे हाे।
समापन कार... |
माछापुच्छ्रे बैंकका ग्राहकलाई विशेष छुट काठमाडौं। डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरसँग बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।
सम्झौता पश्चात बैंकका ग्राहकले भक्तपुरमा अवस्थित भक्त... |
मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ फागुन ४ गतेदेखि आउँदै काठमाडौँ। मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ फागुन ४ गतेदेखि निष्काशन हुने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसाधारणको लागि आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले जारी गर्ने २७ लाख २८ हजार ५०० कित्ता आईपीओमध्ये १० प्रतिशतले हुन आउने २ लाख ७२ हज... |
अमेरिकी डलरमा सामान्य परिवर्तन, यूरोको भाउ बढ्यो काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ।
बुधबार अमेरिकी डलरमा सामान्य परिवर्तन आएको छ। आज अमेरिकी डलर एकको खरिददर बुधबार १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन अमेरिकी डलरको खरिदमूल्य १३२... |
हरियो तरकारी र फलफूलको मुल्य आज कति ? काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार बुधबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १४० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार, किवि र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १२० रुपैयाँमा खरिद बिक्री भ... |
सेयर बजार बढेसंगै यी कम्पनीका लगानीकर्ताले कमाए अत्याधिक मुनाफा काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.८५ अङ्कले बढेर ४१५.०१ बिन्दुमा पुगेको छ।
नेपा... |
सेयर बजारमा हरियाली, ७६.६४ अंकले बढ्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.८५ अङ्कले बढेर ४१५.०१ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्... |
प्रि-ओपन सेसनमा नेप्से ०.५८ अंकले घट्यो काठमाडौँ। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ। यो सेसनमा नेप्से परिसुचक ०.५८ अंकले घटेर २१००.१२ विन्दुमा आएको छ।
यससँगै ११ कम्पनीको ८५७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ६० हजार २७७ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल ३ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी ... |
हेर्नुहोस् मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको ने... |
आशा लघुवित्तको लाभांश घोषणा काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने भएको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै बोनसमा लाग्ने कर तिर्नको लागि १.०५२६ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।
संस्थाले हाल कायम चुक्त... |
बेस्ट फाइनान्सको १ फागुनदेखि ६ लाख १५ हजार कित्ता बढी सेयर लिलामीमा आउँदै काठमाडौँ। बेस्ट फाइनान्स कम्पनीको ६ लाख १५ हजार १०४.४७ कित्ता सेयर फागुन १ गतेदेखि लिलामीमा आउने भएको छ। कम्पनीले लिलामीमा ल्याउन लागेकोमा संस्थापक समूहको ५ लाख ५६ हजार ६७४.५७ कित्ता र सर्वसाधारण समूहको ५८ हजार ४२९.९० कित्ता सेयर रहेको छ।
लगानीक... |
रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा शतप्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान संचालन काठमाडौँ। रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नवीकरण नभएका बीमालेखहरुका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ। उक्त पुनर्जागरण अभियान यही माघ २३ गते देखि फाल्गुन १५ गतेसम्म संचालन हुने कम्पनीले जनाएको... |
यस्तो छ आजको विनिमयदर, डलर, यूरो, पाउण्डको भाउ बढयाे काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारको लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ। मंगलबार अमेरिकी डलरको भाउ १ रुपैयाँ ४४ पैसाले वृद्धि भएको छ ।
आज अमेरिकी डलर एकको खरिददरमा १३२ रूपैयाँ ७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार अमेर... |
यस्ताे छ, हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौं। मंगलबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ तथा अनार, किवि र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विक... |
आजदेखि पेट्रोल र डिजलमा ३ रुपैयाँ बृद्धि काठमाडाैं। गत राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल प्रति लिटर तीन रुपैयाँ बढेको छ। नेपाल आयल निगमले सोमबार राति १२ बजे देखि लागूहुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
आयल निगमले जारी गरेको सुचना अनुसार अबदेखि नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपैय... |
चिया निर्यातबाट बर्सेनि तीन करोड विदेशी मुद्रा आर्जन झापा। चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ।
सो मध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्ड... |
आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा छ महिनामा पन्ध्र करोड राजस्व सङ्कलन जुम्ला । आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०७९/०८० को छ महिनामा कूल लक्ष्यको ३५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुससम्म रु २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १५ करोड ४३ लाख ११ हजार मात्र राजस्व उठेको छ । कार्या... |
पेट्रोलियम पदार्थको मूल्य बढ्यो काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १७८, डिजेल र मट्टितेलम... |
पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप बढी काठमाडौं । पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात दशमलव ३० प्रतिशत बराबर रहेको छ ।
समीक्षा अवधिमा काठमाडौँ उपत्यकामा छ दशमलव ९३ प्रतिशत, तराईमा सात दशमल... |
विदेशी मुद्राको सञ्चिति बढ्यो काठमाडौं । मुलुकबाट बाहिरिनेभन्दा भित्रिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार शोधनान्तर स्थिति रु ९७ अर्ब १० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ४१ अर्ब २३ करोडले घाटा... |
छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब विप्रेषण काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा कूल रु पाँच खर्ब ८५ अर्ब आठ करोड बराबरको विप्रेषण भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको अवधिममा विप्रेषण आप्रवाह २४ दशमलव तीन प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण ... |
हिमपातले चीनबाट ल्याइएको सामग्री हिल्सामै रोकियो सुर्खेत । हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट आएको सामग्री हिल्सामै रोकिएको छ । चीनले एक तर्फी रुपमा खुलाएको उक्त नाकाबाट ल्याइएको सामग्री हिमपातले नारा लेकबाट आउने बाटो बन्द भएपछि सामान ल्याउन नसकिएको हो ।
वैशाखअघि उक्त लेकबाट सामान ल्याउन सक्ने अवस्था नरहेको य... |
४.५७ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ४७ करोडमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ४.५७ अंकले बढेर २१००.६५ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७६ अङ्कले बढेर ४०२.०१ बिन्दुमा पुगेको छ।
नेपाल स्ट... |
लुम्बिनी गुरुयोजना पहिलो प्राथमिकतामा : पर्यटनमन्त्री किराती भैरहवा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन्।
मन्त्री भएपश्चात पहिलो पटक विमानस्थल आएका मन्त्री किरातीले अन्तर्राष्ट्रिय उडानहरु लुम्बिनीमा ल्याउनका निम्... |
सूचीकृत कम्पनीको वर्गीकरणका लागि नेप्सेले माग्यो विवरण काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गर्नको लागि विवरण पठाउन माग गरेको छ। नेप्सेले एक सूचना जारी गर्दै वर्गीकरणका लागि आवश्यक विवरण पठाउन सूचीकृत संगठित संस्थाहरुलाई माग गरेको हो।
नेप्सेले आवश्यक विवरण यही फागुन १० गते कार्य... |
आजकाे हरियो तरकारी र फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार सोमबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार, किवि र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १२० रुपैयाँमा खरिदबिक्री भइरह... |
प्रि-ओपन सेसनमा नेप्से ०.२४ अंकले वृद्धि काठमाडौँ। प्रि-ओपन सेसनमा सोमबार सेयर बजार सामान्य अंकले बढेको छ। यो सेसनमा नेप्से परिसुचक ०.२४ अंकले बढेर २०९६.३२ विन्दुमा आएको छ।
यससँगै ७ कम्पनीको ४०७ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ९३ हजार १६२ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी... |
सुनको मूल्य बढ्यो, चाँदी स्थिर काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।... |
सुपर माई हाइड्रोपावरको आईपीओ बिक्री खुला, कहाँ जाने भर्न ? काठमाडौँ। सुपर माई हाइड्रोपावरले सर्वसाधारणका लागि आज माघ २३ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशत हुन आउने ५ करोड रुपैयाँबराबरको ५ लाख कित्ता आईपीओ जारी गरिएको छ। जारी भएको आईपीओमध्ये १० प्रतिशतले हुन आउने ५० हजार ... |
वीरगञ्ज भन्सारद्वारा रु ७६ अर्ब ६३ करोड राजस्व सङ्कलन वीरगञ्ज। पर्साको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा लक्ष्यको ६१ प्रतिशत राजस्व सङ्कलन गरेको छ।
चालु आवको साउनदेखि पुससम्ममा रु एक खर्ब २२ अर्ब ७७ करोड १८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ६१ दशमलव २७ प्रतिशत अर्थात् ... |
नेपालगन्ज भन्सार : गतवर्षको तुलनामा कम राजश्व असुली खजुरा। नेपालगञ्ज भन्सार कार्यालयबाट गत वर्षको तुलनामा यस वर्ष रु नौ अर्बभन्दा बढी राजस्व कम असुली भएको छ। चालु आर्थिक वर्ष २०७९/८० को गत छ महिनाको अवधिमा करिब रु साढे ३१ अर्ब व्यापार घाटा भए पनि गत वर्षको सोही अवधिको व्यापार घाटाभन्दा रु नौ अर्ब २९ करोड कम घाटा भएको न... |
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रूपैयाँ २३ पैसामा कारोबार भइरहेको छ।
युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ०२ पैसा र बिक्रीमा १४१ रूपैयाँ ६६ पैसा कायम गरिएको छ। यस्तै, ब... |
सरकारले आजवाट ट्रेजरी बिलवाट ऋण उठाउने काठमाडौं। सरकारले आजवाट ट्रेजरी बिल बोलकबोलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। नेपाल राष्ट्र बैंकले सोमबारवाट ७ अर्ब आन्तरिक ऋणका लागि १८२ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो।
यसैगरी सरकारले आज नै १४ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्य... |
झिनो अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ९३ करोडमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १.५४ अंकले बढेर २०९६.०८ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८९ अङ्कले बढेर ४००.२६ बिन्दुमा पुगेको छ।
नेपाल स्टक... |
वैदेशिक रोजगारीको क्षेत्रमा ठगी गर्नेलाई कारवाहीको दायरमा ल्याइने काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्षेत्रमा ठगी गर्नेलाई सरकारले निर्मम ढंगले कारवाहीको दायरमा ल्याइने बताएका छन्।
आइतबार सिंहदरबारमा वैदेशिक रोजगारीका क्रममा गठिएका व्यक्तिहरुंग छलफल गर्दै मन्त्री अर्... |
कुमारी बैंकको १ लाख ११ हजार ६३५ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। कुमारी बैंकको १ लाख ११ हजार ६३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याइएको छ। बैंकले संस्थापक सेयरधनी सुरेशचन्द्र तायलको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक से... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.