content
stringlengths
20
64.1k
सिभिल लघुवित्तले गर्यो लाभांश दिने घोषणा काठमाडौँ। सिभिल लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।  शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ।  साथै बैंकले बोनसमा लाग्ने कर तिर्न ०.५८ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनील...
सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी वालिङ। यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल भएका छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गरेका हुन्। सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी रु ८९...
सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ कम्पनीलाई कालोसूचीमा राख्यो काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ कम्पनीलाई कालोसूचीमा राखेको छ। आइतबार सार्वजनिक सूचना निकालेर कार्यालयले समयमै काम नसक्ने, निर्माण कार्य अलपत्र पार्ने विभिन्न १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो। एक वर्षदेखि सा...
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले पाउँछ भर्न ? काठमाडौँ। मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आज (माघ १५ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले ...
मोलुङ हाइड्रोपावरको आइपिओ भर्ने आज अन्तिम मौका काठमाडौँ। मोलुङ हाइड्रोपावर कम्पनीको आइपिओ भने आज अन्तिम दिन रहेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दाहरुले आज बैंकिङ्ग समयसम्म आवेदन दिन पाउने छन्। कम्पनीले पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि बिक्री आईपीओ बिक्री खुला ...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ १४ पैसा र विक्री मूल्य १३० रुपैयाँ ७४ पैसा तोकिएको छ। यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र विक्री दर १४२ रुपैयाँ...
सरकारले बन्द भएका उद्योग सञ्चालन गर्छ : मन्त्री भण्डारी काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले बन्द भएका उद्योग सञ्चालनको वातावरण बनाउने बताएका छन् । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्तरुपमा आयोजना गरेको नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपा...
अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर भैरहवा। भन्सार हुँदै नियमित रुपमा आउने मालबस्तुमा अनिवार्य मार्जिन र आयतमै प्रतिबन्ध लगाउँदा भैरहवा भन्सार कार्यालयमा राजश्व संकलनमा असर परेको छ। जिप, कार र भ्यान लगायतका वस्तु आयातमा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै राजश्व संकलनको मुख्य आधार र...
आर्थिक संकटमा पाकिस्तान, एक डलरको मुल्य २५५ पाकिस्तानी रुपैयाँ काठमाडौँ। पाकिस्तानको आर्थिक संकट दिन प्रति दिन बढ्दै गएको छ। ऋणको बोझले दबिएको पाकिस्तानको विदेशी मुद्रा सञ्चिति लगभग सक्न लागेको छ र देश नगदको चरम संकटको सामना गरिरहेको छ। यसैबीच अमेरिकी डलरको तुलनामा पाकिस्तानी मुद्रामा ठूलो गिरावट आएसँगै पाकिस्तानलाई अर...
विश्वका शीर्ष अर्बपतिको सूचीमा ठूलो फेरबदल, गौतम अडानी सातौं नम्बरमा झरे काठमाडौँ।  विश्वका शीर्ष अर्बपतिको सूचीमा ठूलो फेरबदल भएको छ। कम्पनीको शेयरमा आएको गिरावटका कारण शीर्ष १० मा परेका भारतीय उद्योगपति गौतम अडानीको सम्पति घटेको छ भने मुकेश अम्बानीको केहि बढेको छ। अब अदानी चौथोको सट्टा सातौँ नम्बरमा झरेका छन् भने अम्...
प्रभु बैंकको सीईओमा शेरचन काठमाडौँ। प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन्। बिहीबार बसेको  सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि दुई कार्यकाल बैंकको सीईओ बनिसकेका शेरचन पुनः तेस्रो पटक नियुक्त भएका हुन्। सेञ्चुरी ब...
वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिपिडब्लु लघुवित्तको आईपीओ आउँदै काठमाडौँ। बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले यही माघ २२ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि आईपीओ बि...
एकैदिन ११ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम गरेको हो। बिहिबार प्रति तोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार १ सयले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भ...
आजकाे हरियो तरकारी र फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार  शुक्रबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, नेपाली सुन्ताला १३० रुपैयाँ तोकिएको छ। रातो आलु २५ रुपैया, सेतो आलु...
मिड सोलु हाइड्रोपावरले आइपीओ जारी गर्न बोर्डसँग माग्यो अनुमति काठमाडौँ। मिड सोलु हाइड्रोपावरले आइपीओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैको लागि आइपिओ जारी गर्न अनुमति माग गरेको हो। कम्पनीले १४ लाख ९६ हजार ८०० कित्ता आइपीओ जारी गर्न लागेको हो। क...
माया खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला, न्युनतम १० कित्ता भर्न पाउने काठमाडौँ। माया खोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आज (माघ १३ गते)देखि आईपीओ बिक्री खुला भएको छ। कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाल...
सर्बसाधारणको लागि सुपर माई हाइड्रोपावरको आईपीओ माघ २३ गतेदेखि आउँदै काठमाडौँ।  सुपर माई हाइड्रोपावर लिमिटेडले सर्बसाधारणको लागि माघ २३ गतेदेखि आइपिओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो। कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशत हुन आउने ५ करो...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।  राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ २५ पैसा र विक्री मूल्य १३० रुपैयाँ ८५ पैसा तोकिएको छ। यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४१ रुपैयाँ ९५ पैसा र विक्री दर १४२ रुपै...
भन्सार प्रशासनलाई सूचना प्रविधिमैत्री बनाइनेछ : अर्थमन्त्री काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री...
नेप्से सामान्य अंकले घट्यो, २ अर्ब ८६ करोडमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ०.३५ अंकले घटेर २१८३.२७ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.११ अङ्कले घटेर ४१३.१३ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक...
तीन कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ। बिहिबारको कारोबारमा लुम्बिनी जनरल इन्स्योरेन्स, सुर्योज्योती इन्स्योरेन्स र बाराही हाइड्रोपावर पब्लिकको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी तीन वटै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढे...
सबैको लघुवित्तको लाभांश घोषणा काठमाडौँ। सबैको लघुवित्त वित्तीय संस्था आफ्नो सेयरधनीलाई लाभांश दिने भएको छ।  बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै बोनसमा लाग्ने कर तिर्न ०.९४ प्रतिशत नगद लाभांश पनि दिने भएको छ। संस्थाले हाल कायम चुक्ता पूँजी...
स्वाभिमान लघुवित्तले गर्यो लाभांश दिने घोषणा काठमाडौँ। स्वाभिमान लघुवित्त वित्तीय संस्था आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।  बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै बोनसमा लाग्ने कर तिर्न १.०५ प्रतिशत नगद लाभांश पनि दिने भएको छ। संस्...
हलो ब्रिक प्रविधिमा नवीनतम् थालनी पाटन। भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने इँटाको सट्टा हलो ब्रिक (प्लाल भएको इँटा) आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री र प्रयोग गर्न सजिलो हुने भएकाले यसको प्रयोगमा जोड दिन थालिएको छ। युरोपियन युनियनको सहयोगमा स्वीच एशिया ग्रान्टस प्रोग्राममार्फत बिल्डिङ इनर्जी इफिसियन्सी इन न...
पेट्रोलियम पाइपलाइन परियोजना : दोस्रो चरणको काम तीव्र अमलेखगञ्ज। नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ। नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो। बुधबार अम...
सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो। बुधबार प्रति तोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले बढेर १ लाख ६ हजार ९ स...
निगमले टिकट बिक्री प्रभावकारी बनाउने काठमाडौँ। नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले टिकट बिक्री प्रणाली व्यवस्थापन प्रभावकारी बनाउने भएको छ। उक्त प्रयोजनका लागि निगमले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सँग छलफल गर्दै १५ दिनभित्र समस्या समाधान गर्नेगरी कार्यदल गठन गरेको हो। निगमको टिक बिक्री वृद्ध...
“डिजिटल रूपान्तरणको ६ वर्ष मनाउँदै खल्ती” काठमाडौँ। नेपालको अग्रणी डिजिटल वालेट मध्येको एक, खल्तीले माघ १२ गते (२६ जनवरी) मा आफ्नो छैठौं वार्षिकोत्सव मनाइरहेको छ। नेपालीहरूको सामान्य भुक्तानी आवश्यकताहरूमा योगदान पुर्याउदै २०१७ मा डिजिटल रूपान्तरण सुरुवात गरेको थियो। त्यस बेला देखि खल्तीले हरेक नेपालीलाई वित्तीय समावेश...
नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट काठमाडौँ। नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ। आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नका लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो। अब नबिल बैंकका ग्राहकले दे...
स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृती प्राप्त गरि...
आज हरियो तरकारी र फलफूलको मुल्य कति ? काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको मूल्य तोकेको छ। समितिका अनुसार आज बिहिबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ / नेपाली सुन्ताला ...
अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ। बिहिबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ २५ पैसा र विक्री मूल्य १३० रुपैयाँ ८५ पैसा तोकिएको छ। बुधबार अमेरिकी डलर एकको खरिद मुल्य १३० र...
छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व गुम्दै भैरहवा। द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनःस्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको छ। यसबाट राजस्व सङ्कलनसमेत प्रभावित बनेको छ। रुपन्देहीका सात भन्सारमध्ये एउटा छोटी भन्सार मात्र सञ्चालनमा छ। छवटा छोटी भन्सार अझै सञ्चालनमा आ...
मलको सहज आपूर्तिका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन काठमाडौं । दिगो विकास सुशासन समितिका सभापति प्रकाश पन्थले किसानको हातमा सहजरुपमा मल पु¥याउनका लागि कार्ययोजना बनाइ कार्यान्वयन निर्देशन दिएका छन् । दिगो विकास सुशासन समितिले आयोजना गरेको ‘किसानलाई कृषि मल एवं बीउबिजन समयमा उपलब्ध गराउने सुनिश्चिता’ विषयक छलफलमा...
दुई वर्षमा तीन हजार झोलुङ्गे पुल बनाउँदै सरकार काठमाडौँ । सरकारले आगामी दुई वर्षमा मुलुकभर तीन हजार झोलु्ङ्गे पुल निर्माणको योजना अघि बढाएको छ । झोलुङ्गे पुलको अभावमा नागरिक शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताबाट वञ्चित हुन नपरोस् भनी प्रत्येक आधाआधा घण्टाको दूरीमा पुल निर्माणका लागि योजना बनाइएको सहरी विकास मन्त...
१०.३७ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ४६ करोडमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १०.३७ अंकले बढेर २१८३.६२ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३० अङ्कले घटेर ४१४.२४ बिन्दुमा पुगेको छ। नेपाल स्ट...
काठमाडौंको तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण काठमाडाैं। काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ। नियमित रुपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा आकस्मिक रुपमा...
फोर्ब्सको धनी सूचीमा अडानी चौथो स्थानमा झरे, अम्बानी शीर्ष १० बाट बाहिर ! काठमाडौँ। विश्वका शीर्ष अर्बपतिको सूचीमा ठूलो फेरबदल भएको छ। कम्पनीको शेयरमा आएको गिरावटका कारण शीर्ष १० मा परेका भारतीय उद्योगपति गौतम अडानी र मुकेश अम्बानीको सम्पत्ति घटेको छ। अब अदानी तेस्रोको सट्टा चौथो नम्बरमा झरेका छन् भने अम्बानी १२ नम्बरम...
सिर्सिया भन्सारद्वारा लक्ष्यको ६७ प्रतिशत राजस्व सङ्कलन वीरगञ्ज। मुलुकको तेस्रो ठूलो भन्सार पर्साको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा लक्ष्यको ६७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा रु ३२ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष...
राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत काठमाडौँ। काठमाडौँ महानगरपालिकाले राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजस्व सफ्टवेयरसँग एनआइसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ। कामपाको वडा नं ५ बाट सुरु गरिएको सफ्टवेयर परीक्षण कार्य प्रभावकारी भए ३२ वटै...
लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन काठमाडौँ। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ। नेपाल बीमा प्राधिकरणको निर्देशनमा कम्पनीले लाभांश संशोधन गरेको हो। अव कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश संशोधन गरेर ६.९९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.३६७९ प्रतिशत नगद लाभांश दिने भएको छ। गत पुस ...
प्रि-ओपन सेसनमा नेप्से २.४२ अंकले बढ्यो काठमाडौँ। प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से परिसुचक २.४२ अंकले वृद्धि भई २१६६.०५ विन्दुमा आएको  छ। यससँगै १३ कम्पनीको ८ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ६४ हजार ६२३ रुपैयाँको सेयर कारोबार भएको छ। यो सेसनमा कुल ७ कम्पनीमा उकलो लागेको छ भन...
दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट, कुनको कति ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ। बुधबारको कारोबारमा सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनी र सानिमा जीआईसी इन्स्योरेन्सको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी दुई वटै कम्पनीको सेयर भाउ ९.९९ प्रतिशतले बढ...
घट्यो सुनको मूल्य, चाँदी स्थिर काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँ कायम गरेको हो। मंगलबार प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...
आज यस्ताे रहेकाे छ हरियो तरकारी र फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बुधबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, नेपाली सुन्तला १२५ रुपैयाँ तोकिएको छ । रातो आलु ३० रुप...
कुमारी बैंकको ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। कुमारी बैंकले ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले सेयरधनी मनिलाकुमारी अग्रवालको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो। यस संस्थापक सेयरमा सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभ...
इसेवा १५ औँ वर्षमा प्रवेश, यस्ता छन् वार्षिक उत्सवका अफर काठमाडौँ।  नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ वर्ष पुरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको छ। नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले १४ वर्ष पार गरेको हो। मंगलबार एक पत्रकार...
बुधबार पनि बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ। बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ ४६ पैसा र विक्री मूल्य १३१ रुपैयाँ ०६ पैसा तोकिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिद ...
जलविद्युत् विकासमा सर्वसाधारणको लगानी प्रवद्र्धन गर्न प्रयासरत छुः ऊर्जामन्त्री लिङ्देन काठमाडौं । उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले जलविद्युत् विकासमा सर्वसाधारणको लगानी प्रवद्र्धन गर्न आफू प्रयासरत रहेको बताएका छन्। दूधकोसी, माथिल्लो अरुण, बूढीगण्डकीजस्ता आयोजना स्वदेशी लगानीमै न...
आर्थिक वृद्धिदर हासिल गर्न सरकार प्रयासरतः अर्थमन्त्री पौडेल काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सरकार प्रयासरत रहेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेल...
आयातसँगै घट्यो निर्यात काठमाडौं।चालु आर्थिक वर्ष २०७९/८०को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो । तथ्याङ्क अनुसार गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात २० दशमलव ६८ र निर्यात ३२ दशमलव शून्य एक...
८.१४ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्बमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ८.१४ अंकले बढेर २१७३.२५ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५३ अङ्कले बढेर ४१५.५४ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सच...
सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएको विषयमा छलफल गर्छौंः अर्थमन्त्री काठमाडौँ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएका विषयमा छलफल गर्ने बताएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले अटो व्यवसायीको समस्याबारे अर्थमन्त्री...
सात कम्पनीसँग स्पष्टीकरण माग काठमाडौँ। विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ। “यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायबाट लेखी आए...
एनसेल र शिक़्वल फाउन्डेसनको सहकार्यमा ‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै काठमाडौँ। शिक़्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरुलाई लक्षित गर्दै ‘ह्याकिंग फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्र...
स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्ता संस्थापक सेयर लिलामीमा काठमाडौँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ५९ हजार कित्ता संस्थापक सेयर आज (माघ १० गते)बाट लिलामीमार्फत लिलामीमा ल्याएको छ। नबिल बैंकको स्वामित्वमा रहेको उक्त सेयर लिलामीमा ल्याएको हो। लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनी, अन्य जोक...
सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो। सोमबार प्रति तोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजारले ब...
आशा लघुवित्तको १ लाख ७० हजार ३७५ कित्ता सेयर बिक्रीमा काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाको १ लाख ७० हजार ३७५ कित्ता सेयर आज (माघ १० गते)देखि लिलामीमार्फत बिक्री खुला भएको छ। लगानीकर्ताले न्यूनतम ३८० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ। लिलामी भर्ने अन्तिम म्याद माघ २४ गतेस...
यसरी मार्न सकिन्छ इलेक्ट्रिक कुकिङतर्फ छलाङ सरकारले आत्मनिर्भर अर्थतन्त्रको गफ दिए पनि पछिल्ला वर्षहरुमा हरेक वस्तुको आयात बढेर गएको छ। आफ्नै देशमा उत्पादन संभव नभएका वस्तु आयातको विकल्प नहोला तर उत्पादनको पर्याप्त संभावना भएका खाद्यन्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, माछा, मासुजन्य पदार्थलगायतको आयातसमेत बढे...
कर्मचारी सञ्चय कोष भवन लगनखेलमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर काठमाडौँ। सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक लि.ले ललितपुर जिल्ला, लगनखेल स्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको उद्घा...
आज हरियो तरकारी र फलफूलको मुल्य कति ? काठमाडौँ। आज कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ। समितिका अनुसार आज मंगलबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अदुवा ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ र अमला ६० रुपैयाँ का...
शुभम पावरले १८ माघदेखि सर्बसाधारणका लागि आईपीओ निष्काशन गर्दै काठमाडौँ। शुभम पावर लिमिटेडको आईपीओ माघ १८ गतेदेखि निष्काशन हुने भएको छ।  कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसाधारणको लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि आईपीओमा बिक्री नभएको १ लाख ८० हजार ५८० क...
मंगलबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १२९ रुपैयाँ ९३ पैसा र विक्री मूल्य १३० रुपैयाँ ५२ पैसा तोकिएको छ। सोमबार अमेरिकी डलर एकको खरिद मु...
विप्रेषणलाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्न चेम्बरको आग्रह काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विप्रेषणलाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन सरकारसँग आग्रह गरेको छ । विप्रेषणको अधिकांश हिस्सा उपभोगमा मात्रै खर्च भएकाले उत्पादनमूलक क्षेत्रमा प्रभावकारी नीतिसहित युवाको लगानीलाई प्रोत्साहन गर्न चेम्बरले...
अर्थमन्त्री पौडेलद्वारा पूँजीगत खर्च बढाउन निर्देशन काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन्। अर्थमन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त...
एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ।  बैंकको ९ लाख ७९ हजार २३.३२ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश द...
सेयर बजार १३.७१ अंकले घट्यो, ३ अर्ब ८६ करोडमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १३.७१ अंकले घटेर २१६५.१० बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०५ अङ्कले बढेर ४१३.०१ बिन्दुमा पुगेको छ। नेपाल स्टक ए...
निर्यात प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : अर्थमन्त्री पौडेल काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताएका छन्। उनले निर्यात प्रवर्द्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्न सरकार सकारात्मक रहेको बताए। आज निर्यात व्यवसायी महासङ्घका प...
नवनियुक्त योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले लिए शपथ काठमाडौं। नवनियुक्त राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। यसअ...
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ काठमाडौँ। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले डा श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेका हुन्। उपाध्यक्षमा नियुक्त डा श्रेष्ठलाई आजै आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ...
स्टार्टअप कार्यविधि र परियोजना कर्जा छिट्टै कार्यान्वयन हुन्छः अर्थमन्त्री काठमाडाैं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घले ललितपुरमा आज आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अ...
आशा लघुवित्तको १० माघदेखि १ लाख ७० हजार कित्ता बढी सेयर लिलामीमा आउँदै काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाले १ लाख ७० हजार ३७५ कित्ता सेयर माघ १० गतेदेखि लिलामीमार्फत बिक्री खुला गर्ने भएको छ। लगानीकर्ताले न्यूनतम ३८० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ। लिलामी भर्ने अन्तिम...
प्रि-ओपन सेसनमा नेप्से २.१९ अंकले वृद्धि काठमाडौं। प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक ५.९६ अंकले वृद्धि भई २१८४.७७ विन्दुमा आएको छ। यससँगै २९ कम्पनीको ७ हजार ६९८ कित्ता सेयर खरिदबिक्री हुँदा २८ लाख बढीकोे सेयर कारोबार भएको छ। यो सेसनमा कुल १७ कम्पनीमा उकालो लागेको छ भने ९ कम्पनी घटेको छ। ३ कम्पनी स्थिर छ। यता, १३ उपसूच...
१० अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, दिउँसो २ बजे बोलकबोल हुने काठमाडौँ। नेपाल राष्ट्र बैंकले १० अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिन र ३६४ दिन गरी २ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज (सोमबार) दिउँसो ...
सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो। आइतबार प्रति तोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको ने...
कालिका लघुवित्तको लाभांश घोषणा काठमाडौँ। कालिका लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ। माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै बोनसमा लाग्ने कर तिर्नको लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि गरेको छ। स...
एफवानसफ्ले सम्पन्न गर्यो बैंकर्स मिटअप, डिजिटल क्रेडिट बैंकिङ्ग प्रविधिबारे छलफल काठमाडौँ। नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत एफवान बैंकर्स मिटअप २०२३ कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविध...
रिटेल पेमेन्ट स्वीचमार्फत १८ खर्बको कारोबार काठमाडौँ। नेसनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीचमार्फत चालु आर्थिक वर्ष २०७९/८० को पौष मसान्त सम्म १८ खर्ब रुपैयाँबराबरको भुक्तानी कारोबार फर्स्योट भएको छ। उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी कारोबार संख्याको आधारमा गत आर्थिक...
एभरेष्ट बैंकको २० लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ? काठमाडौँ। एभरेष्ट बैंकको २० लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम दिन रहेको छ।  आज बैंकिङ्ग समयसम्म मात्र यस ऋणपत्रमा लगानीकर्ता आवेदन दिन पाउने छन्। बैंकले पुस २५ गतेदेखि प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक...
सुपर मादी हाइड्रोपावरको आईपीओ बिक्री खुला, कहाँ जाने भर्न ? काठमाडौँ। सुपर मादी हाइड्रोपावरको आईपीओ आज (माघ ९ गते)देखि बिक्री खुला गर्ने भएको छ। यो आईपीओ प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका बिक्री खुला गरेको हो। कम्पनीले २१ लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने २ ल...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १२९ रुपैयाँ ५० पैसा र विक्री मूल्य १३० रुपैयाँ १० पैसा तोकिएको छ। यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४० रुपैयाँ ६० पैसा र विक्री दर १४१ रुपैयाँ...
आज हरियो तरकारी र फलफूलको मुल्य कति? काठमाडौ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ। समितिका अनुसार आज सोमबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ , हरियो अंगुर १८० रुपैयाँ, अदुवा ७४, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ५० रुपैयाँ छ। त्यस्तै, अ...
बजार बनाउँदै विद्युतीय सवारी, पूर्वाधारमा अझै समस्या काठमाडौँ। विद्युतीय सवारी साधानको प्रयोगलाई बढावा दिने सरकारी नीतिको सकारात्मक प्रभाव देखिन थालेको छ। सरकारले आन्तरिक उत्पादनका रुपमा रहेको बिजुलीको खपत बढाउँदै आयातित पेट्रोलियम पदार्थ कम गर्ने र हरित ऊर्जालाई प्रवर्द्धन गर्ने नीति लिएको छ। विद्युतीय सवारी साधानको प...
बजेटरी सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्री पौडेलको आग्रह काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन्। विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधि मण्डलसँगको भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटरी सहायताको द...
अर्थमन्त्री पौडेल भन्छन्- रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार छ काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन्। प्रवासी नेपाली मञ्च अमेरिकाले शनिबार राति आयोजना गरेको रेमिट्यान्स ...
हिमालयनमा विलय हुन लागेको सिभिल बैंकको नाफा २६.३९ प्रतिशतले बढ्याे काठमाडौँ। हिमालयन बैंकसँग विलय हुन लागेको सिभिल बैंकले आर्थिक वर्ष २०७९/८०  को दोश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक गरेको विवरण अनुसार बैंकको नाफा २६.३९ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सिभिल बैंकले ...
विष्णु गाउँपालिकाको बजेट ६ महिनापछि पारित सर्लाही। सर्लाहीको विष्णु गाउँपालिकाले लामो समयपछि बजेट पारित गरेको छ। बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा बजेट पारित हुन सकेको थिएन। स्थानीय तहले प्रत्येक वर्ष असारमै नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भए पनि विष्णु गाउँपालिकाले भने माघ ४ गते मात्रै नीति ...
सुनको मूल्य घट्यो, चाँदी स्थिर काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी ...
आज सेयर बजार बन्द काठमाडौं – आज (आइतबार) सेयर बजार बन्द रहने छ ।  सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा दिने निर्णय सँगै सेयर बजार पनि बन्द हुने भएको हो। अब सेयर बजार सोमबार बिहान ११ बजे खुल्नेछ। यसअघि बिहीबार नेप्से सूचक ५.७१  अंकले बढेर २१७८.८१ विन्दुमा पुगेर रोकिएको थियो । कुल ३ अर्ब ...
माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब २ करोड रुपैयाँ काठमाडौँ। माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकले १ अर्ब २ करोड रुपैयाँ बढी खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको तुलनामा १.४३ प्रतिशतले बढेको छ।  गत वर्षको यहि अवधिमा बैंकले १ ...
कृषि विकास बैंक १२ करोड ८९ लाख रुपैयाँ घाटामा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक काठमाडौँ। कृषि विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकले १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन ...
नेपाल राष्ट्र बैंकले १० अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै काठमाडौँ। नेपाल राष्ट्र बैंकले १० अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिन र ३६४ दिन गरी २ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि  सोमबार दिउँसो २ बजे बोलकबोल हुने राष्...
यस्तो छ आज तरकारी र फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबार  फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ। समितिकाअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३०० रुपैयाँ , हरियो अंगुर १८० रुपैयाँ, अदुवा ७०, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १०० रुप...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १२९ रुपैयाँ ५० पैसा र विक्री मूल्य १३० रुपैयाँ १० पैसा तोकिएको छ। यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४० रुपैयाँ २६ पैसा र विक्री दर १४० रुपैयाँ...
नेपालले पहिलोपटक विश्व साइक्लिङमा भाग लिँदै काठमाडौं । नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसीपमा सहभागी हुँदैछ । यही साउन १७ देखि २८ गतेसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान एक–एक पुरुषरमहिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा सुरज रानामगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटिबी ...
राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता काठमाडौं । श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागीता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । बिहीवार स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए । स्वदेश फर्किएपछि राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित ...
विश्वकपका लागि सुरक्षा अनुमतिको पर्खाइमा पाकिस्तान क्रिकेट बोर्ड काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले आफ्नो राष्ट्रिय टोलीलाई विश्वकपमा पठाउन स्वीकृति लिने अपेक्षा गरिएको छ। यसका लागि पहिले सुरक्षा प्रतिनिधिमण्डल भारत जाने र यस सम्बन्धमा स्वीकृति दिनेछ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले विश्वकपमा पाकिस्तानको सहभ...
क्रिकेट विश्वकपमा भारतसँगको खेलको नयाँ मिति पाकिस्तानद्वारा स्वीकृत काठमाडौं । आईसीसी क्रिकेट विश्वकप २०२३ मा भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेलको नयाँ मिति छिट्टै निश्चित हुन सक्छ। समाचार एजेन्सी एएनआईले ईएसपीएन क्रिकइन्फोलाई उद्धृत गर्दै भनेको छ कि अब यो खेल अक्टोबर १५ को सट्टा अक्टोबर १४ मा हुनेछ। अक्टोबर १५ नव...
वेस्ट इण्डिज क्रिकेट बोर्डप्रति भारतीय कप्तान हार्दिक पाण्ड्या आक्रोशित काठमाडौं । भारतीय कप्तान हार्दिक पाण्ड्याले वेस्ट इन्डिजमा टिम इन्डियालाई उपलब्ध गराइएको कमजोर सुविधाको मुद्दा उठाउदै यसतर्फ क्रिकेट वेस्ट इन्डिज (क्रिकेट बोर्ड)ले ध्यान दिनुपर्ने बताएका छन् । भारतीय खेलाडीले बीसीसीआई अगाडि पनि यो मुद्दा उठाएका छन्...
एसिया रग्बी नेपालमा हुने काठमाडौं । ‘एसिया रग्बी यु–२० सेभेन्स’ महिला तथा पुरुष च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । नेपाल रग्बी सङ्घद्वारा  आगामी भदौ २ र ३ गते आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ विभिन्न सात र महिलातर्फ तीन राष्ट्रको सहभागिता रहने छ । प्रतियोगिता बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलन...